Sunday, July 31, 2016

मेघझैँ गर्जी

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः टेक बलम्पाकी, रमन थामी, निर्मला घिसिङ, सोनु घिसिङ 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः लौ आयो रातो खबर 
मेघझैँ गर्जी भेलझैँ उर्ली  
भन्दैछौँ फेरि कुर्ली कुर्ली २ 
बोकेरअब आइपुग्यो सुन्दर विचारको मूल 
उठउठ अब आइपुग्यो राता मान्छेको हुल २ 

गाउँ सहर एकसाथ उठअब फेरि लुकेर बस्नुहँुदैन 
श्रमिकहरू सबै जुटअब फेरि थाकेर बस्नुहुँदैन २ 
भाग्नेहरू भाग्दै जान्छन् क्रान्तिवीर बढ्छन् अघी 
थाक्नेहरू थाक्दै जान्छन् वर्गयोद्धा बढ्छन् अघी 
मेघझैँ गर्जी भेलझैँ उर्ली 
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेरअब आइपुग्यो सुन्दर विचारको मूल 
उठउठ अब आइपुग्यो राता मान्छेको हुल २ 

झिक तलबारअब कसकम्मर फेरि हारेर बस्नुहुँदैन 
बोक बन्दुक अब जुर्मुराउँदै फेरि झुकेर बस्नुहुँदैन २ 
हार्ने होइन जित्ने गरी जनसेना लड्छन् फेरी 
नयाँ युग ल्याउने गरी रातामान्छे लड्छन् फेरी 
मेघझैँ गर्जी भेलझैँ उर्ली 
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल 
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २  

२०७२ 

No comments:

Post a Comment

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ – चिरन सी प्रकाशन ः जनखबर डटकम २०८२ बैशाख, २ (मङ्गलबार) काठमाडौ । आउनुहोस, आउनुहोस, लैजानुहोस, सस्तो मुल्यमा बिक्री...