Sunday, July 31, 2016

लाहुरे भइयो छोडेर

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः टेक बलम्पाकी 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः लौ आयो रातो खबर 
लाहुरे भइयो छोडेर आइयो नेपालमा जहानबालालाई २ 
यस्तै रै’छ अर्काको भूमि कुर्ने चौकीदारलाई २ 
लाहुरे भइयो छोडेर आईयो 
पानी माग्दै चिच्याउँदा ऐंया आमा भनेर ढल्दा २ 
जङ्गलको बिचमापरी आकाशबाट बमगोला खस्दा
सम्झना आयो स्वदेशको लडाइँको मैदानमा पर्दाखेरी 
एउटै गाउँको सँगी साथी गोली लागि मर्दाखेरी २ 
लाहुरे भइयो छोडेर आइयो 

अर्काको भूमिमा रगतको भेल बमको बर्षा हुँदाखेरी २ 
साथी भाइहरू कहाँ पुगे होलान्, भोकै प्यासै लड्दाखेरी 
आफ्नै देशमा काम पाउने भए विदेशमा किन आउँथ्यौँ र 
दलाल सरकारले सोचेको भए यो दुःख किन पाउँथ्यौँ र २ 
लाहुरे भइयो छोडेर आइयो 

के पायौँ आज लाहुरे बनी सिमानापारी विदेश आई २ 
रुँदै होलान् जहानवाला एकपेट पनि खान नपाई
कसमखाँदै फालिदेऊ बन्दुक नलडौँ अब विदेशमा 
आफ्नैभूमिमा जनक्रान्तिगर्न फर्किदेऊअब स्वदेशमा २ 
लाहुरे भइयो छोडेर आइयो । 
२०५८

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...