Friday, December 29, 2017

कथित चुनाव खारेज गरौं


रचना ÷संगीत ः चिरन पुन 
ऐरेन्ज ः सौगात सायर
स्वर ः टेक, सौगात, रमण, निर्मला, बविता, सोनु 
स्टुडियो ः हाम्रो स्टुडियो पुतलीसडक 

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं
दलाल सत्ताको उत्पीडन तोड्न सवैमिली अघि बढौं,,,,,,,,,,, २
झुक्याउन फेरीनि बोकी आउलान नोट
यि राष्ट्रघातिलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनै पर्छ चोट
यि जनघातिलाई किन दिने भोट ।

हाम्रो देशको नदिनाला बेची खाने यिनै हुन
असमान यी संझौताले देश ठग्ने यिनै हुन,,,,,,,,,,, २
यो देशको श्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ति गर्ने यिनै
सुकुम्वासी वस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाई गर्ने यिनै

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौं
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौं
झुक्याउन फेरीनि बोकि आउलान् नोट
यि भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यि जनतामारालाई किन दिने भोट

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नै पर्छ
शान्ति, समानता, सम्वृद्धिलाई बैज्ञानिक समाजवाद ल्याउनै पर्छ ,,,,, २
उत्पीडित श्रमिकहरु सवै मिली उठौं
राष्ट्रभक्त नेपाली हो जुर्मुराउदै हिडौं
एकीकृत जनक्रान्तिको महासमरमा बढौं
मक्किएको यो व्यवस्था एकधक्कामा फालौं
जनसत्तालाई,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, ।

२०७४ बैशाख १५

एकीकृत जनक्रान्ति तिमि,,,,,,,,,

रचना ः क. आधार 
संगीत ः चिरन पुन 
स्वर ः विमला विक, रमेश नेपाली । 
एकीकृत जनक्रान्ति तिमि हाँसिराख है (हासिराख है)
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,२ 
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घरघरमा टाँसिराख है । 

गाँउ शहर चारैतिर तिम्रै चर्चा छ रे 
जताहेर्यो उतैतिर तिम्रै पर्चा छ रे
सजिव पात पलाईरहे निर्जिव पात झरे
स्वाधिनता र मुक्ति पाउन तिम्रै भर परे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है (हाँसिराख है)  
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,,२
ए हो संगीहो जनक्रान्ति हाँसिराख है
ए हो साथीहो घरघरमा टाँसिराख है । 

संसार भरी दलाल पूँजी गलपासोमा छरे 
सिङ्गो धर्ति क्रान्ति गित आहै गाँउदै छरे
वैज्ञानिक समाजवाद लहै छाउदै छरे
हाम्रो प्यारो देशले नयाँ जिवन पाउदै छरे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है (हाँसिराख है)  
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,२
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घरघरमा टाँसिराख है 
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो सम्वन्ध गासिराख है,,,,,, ।  


यो हो हाम्रो एकीकृत जनक्रान्ति


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक 
रेकडिस्ट ः राजीव 
निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जंजीर तोड्न क्रान्तिको मसाल बाल्ने,,,,,,,,,,,२ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,, ४  

संसारबाटै रातो सुर्य अस्ताईसक्यो लाग्नेलाई
विश्वभरी क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई 
सगरमाथा देश बोल्छ (हिमाल पहाड मधेश बोल्छ) ,,, २ 
खोला नाला छहरा बोल्छ (गाँउ शहर पहरा बोल्छ),,,,, २ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,, ४ 

गाँउ शहरको विशेषता मध्यमबर्गको उपस्थिति
विज्ञान प्रविधी विकाश र भुपरिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ (दलित मधेशी एकत्व खेल्छ),,, २
दलाल सत्ताको उत्पीडन बोल्छ (देशभक्तको एकता फुल्छ),,,,, २
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,,,,,,,४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजिवीको एकता वन्दै (दलालको चिहान खन्छ),,, २ 
स्वाधीनताको आवाज बोल्दै (जनक्रान्तिको विहान खुल्छ),,,,, २ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,,,,,,,, 

२०७३ माघ २० 

रोल्पाको थवाङ


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक 
रेकडिस्ट ः राजीव 
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै,,,,,,,,२
राणाको सासन पन्चको हुकुम नेपाली जनता कहाँ झुके खै,,,,,,,,,,२
सिस्नेको हिमाल त्यो माछापुछ्रे धौलागिरीको शिर 
सैलुङ्गे काख त्यो साँगा झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

दलाल सत्ता यो जनघात कतिदिन सहौ यो राष्ट्रघात,,,,,,,, २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार,,,,,,,,,,२ 
पूर्वको मेची त्यो सप्तकोशी कालीगंगाको बेग
कन्चन मरस्याङदी त्यो महाकाली बागमतीमा हाम्रो भेट 
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

२०७३ पौष १९ 

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक
रेकडिस्ट ः राजीव  
जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार,,,, २ 
अब हामी सहन्नौ तेरो अत्याचार,,,,, २ 
भन्दैछौ हाम्रै हो 
लिपु हाम्रै हो,,,, २        कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो
भन्दैछौ हाम्रै हो
महाकाली हाम्रै हो,,,, २ 
गण्डक हाम्रै हो त्यो कर्णाली हाम्रै हो,,,,,,,, २ 

कति गाड्छौ सिमानामा विशालु त्यो खुनि पंजा,,,, २
कति लाउछौ पानीमाथि विस्तारवादी गिद्धे आखा,,,,,२ 
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर राख बन्छौ संझीराख
भन्दैछौ छोड अव
सिमा मिच्न छोड,,,, २ हाम्रो भुमि छोड अब तेरो हैकम छोड
भन्दैछौ छोड अव
लुटपाट छोड,,,,,,,२ हस्तक्षेप छोड अब हाम्लाई हेप्न छोड,,,,, २ 


उतैमात्र छैनन दुस्मन यतै दलाल डुलिराछन,,,, २ 
सिक्किम जस्तै बनाउन जाल बुन्दै घुमिराछन,,,,  २
देश बेच्ने राष्ट्रघाती उतै तिर बास सरेहुन्छ 
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दैछौ छोड अब 
देश बेच्न छोड,,,, २  जनता ठग्न छोड अब दलाल बन्न छोड
भन्दैछौ छोड अब 
राष्ट्रघात छोड,,,,,,,,२ जनघात छोड अब कालो सत्ता छोड,,,,,, २ 

२०७३ माघ २३ । 

Thursday, December 28, 2017

किन आवश्यक छ बैज्ञानिक समाजवाद ?



रातोखबर साप्ताहिक 
बर्ष ३, अंक २६ 
पूर्णाङ्क १२१ 
२०७४ मंङ्सिर २७ बुधबार । 
चिरन पुन 

प्रारम्भ ः 
“कम्युनिष्टहरुले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन् । उनिहरुले आफ्ना उद्देश्यहरु अहिलेका सबै सामाजिक अवस्थालाई वलपुर्वक फ्याकेर मात्र प्राप्त हुन सक्दछ भन्ने कुरा खुल्ला रुपले घोषणा गर्दछन ।” – माक्र्स÷एङ्गेल्स कम्युनिष्ट घोषणा–पत्र । क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको, सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारा बर्गको संगठित दस्ता हो । सर्वहारा संगठनको उच्च रुप हो । सवै जन संगठनहरुको उच्च रुप हो । मजदुर बर्गको अगुवाको सजिव रुप हो । क्रान्तिकारी परिवर्तनको संवाहक हो । र आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको जग हो । त्यसैले उनिहरुले जनता समक्ष आफ्ना विचार, सिद्धान्त र लक्ष्यलाई खुल्लमखुल्ला र स्पस्ट ढंगले राख्छन । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीले माक्र्स÷एङ्गेल्सले राख्नु भएको उक्त सन्दर्भलाई आत्मसाथ गर्ने मात्र होईन कि त्यो दिशावोधलाई पुरम्पुरा लागु गर्न दृढ संकल्पीत छ । नेपाल कम्युनिस्ट पार्टी वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक फ्याकेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हाल भएका सवैखाले उत्पीडन र विभेदको अन्त्य गर्न सक्नेछ । न्यायपूर्ण र समानतामूलक समाजको स्थापनार्थ क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी क्रियाशिल बनेको छ । 
मानवसमाजको विकाश क्रमको अवस्था ः  
 उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र  परिवर्तन  अनुशार मानिसको उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जाने भएकाले, समाजको विकाशक्रममा देखा परेका आर्थिक आधारहरु अनुरुप मानवसमाजको विकाशक्रम आजसम्म परिचालित बनेको छ । उत्पादनको साधनमा सामुहिक स्वामित्व हुने आदिम साम्यवादी युगको चरण मानवसमाजले पार गरिसकेका छौ । उत्पादनका साधनहरुमाथि दाश÷मालिकको स्वामित्व हुने दासयुगलाई समेत मानवसमाजले पार गरिसकेको अवस्था हो । औजारहरु धातुको हुने, राज्यहरुको विकाशक्रम शुरु हुने, श्रमको विभाजन हुने, वैद्धिक श्रम शारिरिक श्रमको विभाजन हुने, शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म र शुरुवात हुने, उधोगहरुको अनेकन शाखाहरु खुल्ने, दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुने दास÷मालिकको हक हित अनुकुल व्यवस्थाले मानवसमाजको हल नहुने भएपछि त्यो युगलाई समेत मानव समाजले पछाडि छोडेर अघि बढे । 

उत्पादनका साधनहरु माथि सामन्तहरुको स्वामित्व हुने सामन्तवादी व्यवस्थालाई समेत मानवसमाजले धुलो चटाईदिईसकेका छन । किसानहरुको व्यापक उत्पक्ती र विकाश र जमिनहरुको मालिक सामन्तहरुनै हुने, औजारहरुमा झनै आधुनिकता आएको र समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ भएको सामन्तवादी व्यवस्थालाई पनि मानवसमाजले देखे, बुझे र अनुभव गरे । धर्मको प्रभुत्व पनि यसै युगबाट शुरु र विकाश भएको, र श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरुभए पश्च्यात त्यहि अन्तरसंघर्षले सामन्तवादी युगको मानवसमाजले विदा गरे । 

उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुने पुजिवादी व्यवस्थाको आगमन भयो । ठुला उधोग कारखानाहरुको विकाश, माल उत्पादन नाफाको लागि गरिने व्यवस्था, र विधुत विस्तार र विकाशले ठुलो फड्को मारेको पुजिवादी युगमा यि सवै विषयहरुमा पुजिपतिको मात्रै स्वामित्व कायम रह्यो । उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता, उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक स्वरुप र व्याक्तिगत स्वामित्व  बीचको अन्तरविरोध  यो व्यवस्थाको मुलकडि हो । यो व्यवस्थाले सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि गर्यो । तर यो पुजिवादी युगले पनि मानवसमाजको न्यायपूर्ण पक्षलाई संवोधन गर्न सकेन । पुजिवादको विकाश र विस्तारसँगै साम्राज्यवादमा रुपान्तरण हुन पुग्यो । त्यसले पनि ठुला ठुला अन्तरविरोधहरुकोे जन्म दिदै आणविक होटवाजी सम्म विश्वलाई पुराइरहेको छ । यो व्यवस्थाको चरण अन्तिम अवस्थामा प्रवेश गरिसकेको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टीले आजको साम्राज्यवादलाई उत्तरसम्राज्यवाद भनेर सस्लेषण गरिएको हो । अझ यसलाई निभ्न लागेको साम्राज्यवाद, वा अन्तिम चरणमा पुगेको साम्राज्यवाद, वा अस्ताउन थालेको साम्राज्यवाद भनेर पनि वुझ्न सकिन्छ । 

बैज्ञानिक समाजवादको संघारमा मानवसमाज ः 
“कम्युनिस्टहरुको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो ।” “— माक्र्स÷एङ्गेल्स कम्युनिस्ट घोषणा पत्र ।” जसरी बर्गहरुको विभाजन नीजि सम्पत्तिका कारणले पैदा भएको हो, त्यसैगरी ति बर्गहरुमा देखिएको आर्थिक समस्यालाई हल गर्न पनि नीजि सम्पत्तिको उन्मुलन वा अन्त्य आवश्यक छ । माक्र्स÷एङ्गेल्सले निकै सुन्दर तर्क अघिसार्नु भएको थियो । क. लेनिनले “साम्यवादमा क्षमता अनुसारको काम र काम अनुसारको दाम” भनेर व्याख्या गर्नु भयो ।  

वैज्ञानिक समाजवादका २ चरणहरु छन । एक ः समाजवादी व्यवस्था र दुई ः साम्यवादी व्यवस्था । यो अवस्थसम्म पुग्दा राज्य र बर्गहरुको पूर्ण उन्मुलन सम्म पुग्नेछ । आदीम साम्यवादी युग, दाश युग, सामन्तवादी युग र पुजिवादी÷साम्राज्यवादी युगको अन्त्य पछि बैज्ञानिक समाजवादी युगको शुरुवात अनिवार्य छ । माथिनै चर्चा गरिएझै विभिन्न अन्याय र उत्पीडनयुक्त समाजलाई पार गर्दै आईरहेको मानवसमाजले अव न्यायपूर्ण समाजको आवश्यकतालाई वोध गरेको छ । वैज्ञानिक समाजवादले समानतामुलक समाजको प्रतिनिधित्व गर्ने भएकाले त्यो व्यवस्थाको अनिवार्यतालाई नेपाल कम्युनिस्ट पार्टीले जोड दिएको हो । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुने र माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ । 

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या÷अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तिन आधारलाई अघि सारेको छ । एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरुका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकता अनुसारको दामको नीति तय गरिनु पर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरुका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनु पर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधाभाग गरी उनीहरुको नीजि जिवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरुले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने श्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरुले नीजिसम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरुको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्ने छ । यो समाजका लागि सरल र आदर्शयुत्त हुनेछ । जुनकुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हलगर्न संभवनै देखिदैन । त्यसैले बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित गर्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको प्रकृयाबाट गुर्जनुपर्ने हुन्छ, हो यसैका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले छलफल, बहस र आन्दोलनलाई केन्द्रीकरण गर्दै अघि बढिरहेको छ । 

नेपालमा देखिएको बर्गीय पक्षधरता ः 
आज नेपालमा रहेको मानवसमाजको बर्गीय पक्षधरतालाई हामीले राम्ररी नबुझेसम्म नेपालको बर्गीय आन्दोलनलाई ठिकढंगले अघि बढाउन सकिदैन । आजको राजनैतिक शक्तिको चरित्र के हो ? र नेपाली समाजको अर्थराजनीतिक विशेषता कस्तो छ ? भनेर ठिक निस्कर्ष निकाल्न आवश्यक छ । आर्थिक दृष्टिले हेर्दा हाल नेपालमा ८ वटा वर्ग विद्धमान छन् । एक ः दलाल नोकरशाही पुँजीपति बर्ग, दुई ः सामन्त बर्ग, तीन ः राष्ट्रिय पुँजीपति वर्ग, चार ः सुदखोर, माफिया बर्ग, पाँच ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग) छ ः सर्वहारा वा मजदुर वर्ग, सात ः किसान वर्ग, आठ ः भुमिहिन सुकुम्वासी वर्गहरु हुन । हालमा देखिएका यी वर्गहरुमा एक ः दलाल नोकरशाही पुँजीपति वर्ग, दुई ः सामन्त वर्ग र तीन ः सुदखोर, माफिया वर्गको हातमा नेपालको राज्यसत्ताको केन्द्रीकरण भएको छ । यो वर्ग जनविरोधी र उत्पीडक वर्गहरु हुन । अर्कोतिर एक ः राष्ट्रिय पुँजीपति वर्ग, दुई ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), तीन ः सर्वहारा वा मजदु वर्ग, चार ः किसान वर्ग, पाँच भूमिहिन सुकुम्वासी वर्ग नेपालको उत्पीडित, श्रमिक, शोषीत ÷पिडित र क्रान्तिकारी वर्गहरु हुन । राष्ट्रभक्ती र देशभक्ती भावनालाई क्रान्तिकारी शक्तिहरुले गोलवन्द गर्न हरदम पहल गर्न आवश्यक छ । यी दुई वर्गको विचको अन्तरविरोध नै आज नेपालको मुख्य अन्तरविरोध हो । यसलाई एकीकृत जनक्रान्ति मार्फत दलाल नोकरशाही पुँजीपति, जनविरोधी वर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर क्रान्तिकारी वर्गको हातमा लिन अनिवार्य हुन्छ । यसले मात्र समाजमा रहेको उत्पीडनलाई हल गर्न सक्नेछ । यो व्यवस्था भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । 

जसरी आर्थिक दृष्टिले वर्गको बारेमा उल्लेख गरियो, त्यसैगरी राजनीतिक हिसावले पनि नेपालमा रहेका राजनैतिकशक्तिहरुलाई हेर्न, वुझ्न र जान्न आवश्यकता छ । हाल नेपालमा रहेका राजनीतिकशक्तिलाई मुख्यत ः सात (७) वटा शक्तिमा विभाजन गर्न सकिन्छ । एक ः दलाल पुँजीवादी शक्ति, दुई ः पुँजीवादी शक्ति, तीन ः नोकरशाही शक्ति, चार ः सुदखोर, माफिया शक्ति, पाँच ः देशभक्त शक्ति, छ ः सुधारवादी शक्ति र सात ः क्रान्तिकारी शक्तिहरु हुन । आजको नेपाली समाज यिनै शक्तिहरुको बीचमा देखा पर्ने राजनीतिक अन्तरविरोधको बीचमा छ । दलाल पुँजीवादी शक्ति, नोकरशाही शक्ति, सुदखोर, माफिया शक्तिहरु यो दलाल संसदवादी सत्तालाई टिकाउन लागि परेका छन् । उनिहरुले वर्तमान राज्यसत्ताको सवै सुख सुविधा÷र अंगहरुको प्रयोग गरेर क्रान्तिकारी शक्तिलाई आतकंकारीका भिल्ला भिराउदै युद्धमार्फत आफ्नो लुटको सत्तालाई कायम राख्न चाहन्छन् भने अर्कोतिर, सवै देशभक्त, राष्ट्रिय पुँजीपति शक्ति र क्रान्तिकारी शक्तिहरु यो दलाल संसदवादी शक्तिको हातमा रहेको राज्यसत्तालाई फालेर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न लागि परेका छन । राष्ट्रभक्त, देशभक्त र क्रान्तिकारीहरु उनिहरुको विरुद्ध एकीकृत जनक्रान्तिमा लामवद्ध हुदै वैज्ञानिक समाजवादका लागि एकतावद्ध बन्दै गैरहेका छन् । यो अवस्थामा आजको आर्थिक तथा राजनैतिक दृष्टिले देखा परेका समस्याको हल वैज्ञानिक समाजवादले मात्र गर्न सक्नेछ । उत्पीडितहरुको समाज र न्यायपूर्ण समाजका लागि वैज्ञानिक समाजवाद यसमानेमा अर्थपूर्ण र अनिवार्य मानिएको हो । 

पुछारमा ः  
उल्लेखित विषय र अवस्थाका आधारमा वैज्ञानिक समाजवादका लागि उत्पीडित जनसमुदाय एकतावद्ध हुन अनिवार्य छ । कम्युनिस्ट आन्दोलनमा देखा परेका सवैखाले प्रतिक्रिवाद÷अवसरवाद ÷संशोधनवादलाई परास्त गर्न जरुरी छ । सवैखाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, लुटपाट र वचौलियाको जगजगीलाई तोड्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको बाटो सहि हुन्छ भन्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको मान्यता रहेको छ । अवश्य पनि हरेक क्रान्ति सभ्य, शुशिल र सरल बाटोमा जाँदैन । त्यसका लागि निकै उथल पुथल अवस्थाको खाँचो पर्न सक्छ । दलाल संसदवादी सत्ताले जनतालाई एकतर्फी युद्ध थोपरेर अघि बढेकाले त्यो अन्यायपूर्ण युद्धलाई रोक्न र परास्त गर्न क्रान्तिकारीहरु र उत्पीडित वर्गहरुले पनि न्यायपूर्ण क्रान्तिको साहारा लिनु पर्ने हुनसक्छ । हरेक युद्धहरुलाई सहि ढंगले समाधान गर्ने भनेको सहि क्रान्तिकारी दर्शन, सिद्धान्त, राजनीति र विचार बोकेको क्रान्तिकारी पार्टीको नेतृत्वमा संचालन हुने क्रान्तिले मात्र हो । अवश्यपनि हामीले कसैलाई लुकाउनु हुदैन, बलप्रयोगको सिद्धान्तलाई तिलान्जली दिने पार्टी क्रान्तिकारी हुन सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले बलप्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दछ । आवश्यकता परेको खण्डमा क्रान्तिका सवैखाले साधन र श्रोतलाई प्रयोग गर्नुपर्ने आदर्शमाथि विस्वास राख्छ । त्यसैले दलाल संसदवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, सेना, न्यायलयको अवधारणालाई मुर्तरुपमा लागु र क्रियाशिल गर्न थालिएको हो । सवै उत्पीडित जनसमुदाय यो महाअभियानमा लामवद्ध बनौ । दलाल व्यवस्था — मूर्दावाद ! वैज्ञानिक समाजवाद — जिन्दावाद !

२०७४ मंसीर २० 
 


 






छक्याउन आउनेलाई दिनै पर्छ चोट, यि जनता मारालाई किन दिने भोट ः



रातो खबर साप्ताहिक 
बर्ष ३ अंक ४५ पूणाङ्क १२० 
२०७४ मंसीर २० वुधवार, काठमाण्डौ । 

चिरन पुन 
जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं,
दलाल सत्ताको उत्पीडन तोड्न सवैमिली अघि बढौं  २ । 
झुक्याउन फेरीनि बोकी आउलान् नोट
यि राष्ट्रघातिलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनै पर्छ चोट 
यि जनघातिलाई किन दिने भोट । 

हाम्रो देशको नदिनाला बेची खाने यिनै हुन 
असमान यी संझौताले देश ठग्ने यिनै हुन २ ।
यो देशको श्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ति गर्ने यिनै 
सुकुम्वासी वस्तीमाथि डोजर लाउने यिनै 
भ्रष्टाचारको आहालमा रजाई गर्ने यिनै ।

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौं,
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौं ।
झुक्याउन फेरीनि बोकि आउलान् नोट
यि भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यि जनतामारालाई किन दिने भोट ।  

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नै पर्छ 
शान्ति, समानता, सम्वृद्धिलाई बैज्ञानिक समाजवाद ल्याउनै पर्छ २ । 
उत्पीडित श्रमिकहरु सवै मिली उठौं
राष्ट्रभक्त नेपाली हो जुर्मुराउदै हिडौं
एकीकृत जनक्रान्तिको महासमरमा बढौं 
मक्किएको यो व्यवस्था एकधक्कामा फालौं 
जनसत्तालाई,,,,,,,, । कथित चुनाव खारेज अभियानको सन्दर्भमा तयार पारिएको एउटा गितको शव्दहरु हुन यि । २०७४ बैशाख १ गते यो गित लेखे र संगीत पनि तयार भयो । हतार हतार रेकर्र्ड पनि गरियो । सामना परिवारका थुप्रै कलाकारले गित गाउनु भयो । यो गितमा दलाल सत्ताका अंगरक्षकहरुको चरित्र र कथित चुनावको सन्दर्भलाई केहि प्रस्ट्याउन खोजिएको छ । कथित चुनावमा जनताको प्रतिकार जारी छ । बम विस्फोटका घटनाहरु रोकिएको छैन । संकटकालमा जस्तो गरी सेना परिचालन गरिएको छ । संसदवादी दल, सुरक्षाकर्मी र निर्वाचन आयोग एकअर्कालाई दोश देखाउदै आफु चोखो बन्ने होटवाजीमा लागिपरेका छन । कथित आचारसंहितालाई लत्याउदै दलाल र पैसावाला उम्मेदवारहरु २ किलोमिटरको बाटोमा समेत हेलिको प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरिरहेका छन् । राजनीति पैसावाला दलाल र ठेकेदारको हातमा पुगेको छ भन्ने कुरा  जनतालाई बुझ्न मुस्किल परेको छैन । संसदवादी व्यवस्थाका मतियार देउवा, केपी, प्रचण्ड लगाएतहरु पुरानै प्रतिक्रियावादी÷संशोधनवादी राग अलाप्दै  छन् ।  

होईन, हान्नै पर्नेहरुलाई हानेका छन्, देउवाको कार्यक्रममा पड्कियो रे नि ? केपी ओली र प्रचण्ड गएको कार्यक्रममा पनि  विस्फोट भयो रे ? रामचन्द्रे, बर्षमान, जनार्दन, रामशरण महत त झण्डै पो गएनन् हई ? होईन कान्छा यी देश लुटाहालाई त ठिकै पो गरेछन् जस्तो लाग्छ जस्ले गरेपनि मलाई त ठिकै पो लाग्याछ ! हो है वा मलाई पनि ठिकै लाग्याछ आखिर देश लुट्ने यिनै त हुन नि होईनर ? ताकेरै दलाल, भ्रष्टाचारी नेतै, नेतालाई हानेका छन हो यिनलाई अझै पुगेन जस्तो लाग्छ ! मकवानपुर जिल्लाको सदरमुकाम हेटौडा बजारको सिमाचोक स्थित ठुले दाईको चिया पसलमा भएको छलफलको सन्दर्भ हो यो । आजभोली देशभर एकाविहानै चोक चोक र हरेक चिया पसलमा चिसोलाई प्रवाह नगरेर मानिसहरु जम्मा हुन्छन् र यस्तै यस्तै बहस सुरु गरिहाल्छन् । ए,,,, बाबु यि मुलाहरुलाई भोट दिएर केहि हुनैवाला छैन मत चुनावका दिन मासुभात खाने घरमै मजाले सुत्ने विचार गर्या छु, भोट हाल्न नजा केही हुन्न यी नकचरालाई भोट हालेर बुढी र केटा केटीलाई पनि त्यहि भनेको छु मईलेत ! बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालीका १६ टाङ्गीयावस्ती ४६ का राममान भोलनको भनाई हो यो । 

“सर्वहारा बर्गका महान नेता माक्र्स र ऐङ्गेल्सले भूदास प्रथाको पतन भएझै, पूजिवादी व्यवस्थाको पनि पतन हुनेछ र पूजिवादले सर्वहाराबर्गको रुपमा आफ्नो च्याहान खन्ने बर्ग जन्माउदैछ भनेर बताउनु भएको थियो ।” त्यस्तै आज उत्तर साम्राज्यवादको पालन पोषणमा हुर्किएको दलाल संसदीय व्यवस्थाको चिहान खन्न बैज्ञानिक समाजवादी व्यवस्थाको आँधी हुरी फैलाउनु पर्ने परिवेश सृजना भएको छ । शान्ति, समानता, सम्वृद्धी र स्वाधीनताका लागि वर्तमान दलाल संसदीय व्यवस्था वाधक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका लागि पनि यो व्यवस्था झनै अवरोधक छ । दलाल संसदीय  व्यवस्था भनेको लुटिखाने बर्गको व्यवस्था हो । राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने यसको परिचायक हो । त्यसैले, यो दलाल संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जससम्म नेपाली जनताले यो व्यवस्थालाई फालेर वैज्ञाानिक समाजवादी व्यवस्थाको स्थापना गर्नसक्ने छैनन् तबसम्म जनताको अधिकार माथि यिनीहरुको धावाबोल्ने क्रम रोकिने छैन । यो विषयलाई आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले जोडतोडले उठाएको छ । 

“माक्र्स र ऐङ्गेल्सले बताउनु भएझै, पूजिपति बर्गको विरुद्ध क्रान्तिकारीहरुले सर्वहारा क्रान्तिद्धारा आफनै राजनैतिक शासन सर्वहारा बर्गको अधिनायकत्वले शोषकहरुको प्रतिरोधलाई चकनाचुर पारेर नयाँ बर्गहीन, कम्युनिष्ट समाजको सिर्जना गर्नु पर्छ ।” आज नेपाल कम्युनिस्ट पार्टी माक्र्स ऐङ्गेल्सले बताउनु भएझै दलाल बर्गको अधिनायकत्वलाई चकनाचुर पार्न चाहन्छ । जनताको मुटुमा किला सरह बनेर बसेको दलाल संसदीय व्यवस्थाको शोषणयुक्त समाजलाई जरै देखि उखलेर फाल्न चाहन्छ । यो सन्दर्भमा देखिएको एउटा सानो अन्तरविरोधको झलक कथित चुनावका सन्दर्भमा पनि देखा परेको छ । संसदवादीहरु बल लगाएर आफ्नो कथित संविधानको क्रियाशिलतालाई अघि बढाउन चाहन्छन् भने नेपाल कम्युनिस्ट पार्टी जनताको बलमा कथित चुनावको नौटकीलाई ध्वस्त पार्न चाहन्छ । आजको अन्तरविरोधको चुरो कुरा यहिमा अन्तरनिहित बनेको छ । 

राज्य लाचार छ, निकम्मा छ र पदभ्रष्ट पनि छ । बाटो हिड्ने बटुवालाई समाउछ, हिरासत राख्छ अनि भन्छ बम पड्काउने मान्छे ? बजार गर्न जानेहरुलाई समाउछ, पुलिस कस्टडीमा राख्छ अनि भन्छ विस्फोटक पदार्थ बोक्ने मान्छे ? कस्ले विस्फोट बनायो, कस्ले बम पड्कायो, किन विस्फोट बनायो ? लत्तो पत्तो पाउदैन । विस्फोटका बारेमा कुनै तत्थ्य सार्वजनिक गर्न सक्दैन अनि कतै लुगा सुकाउने १ मिटर तार र टिभीको विग्रेको रेमोट भेट्यो भने कुर्लनछ बम बनाउने सामग्री सहित गिरफ्तार ।  राजनैतिक आस्थाको आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समात्छ, विभिन्न मुद्धामा फसाउछ, हिरासत राख्छ, षडयन्त्र गर्छ तर रोकिदैन बम विस्फोटका घटनाहरु । किरिया पुत्री बसेकै अवस्थामा बैतडीका सेक्रेटरी क. बाशुदेव जोसीलाई लतार्दै पुलिसले गिरफ्तार गर्यो । बेहोस अवस्थामा रहेका आफ्नो छोरालाई आईसियुमा उपचार गराईरहेका पार्टीका पिविएम क. विरजंगलाई काठमाडौंबाट अपहरण सैलीमा पुलिसले समात्यो । ८८ बर्षका क. नन्दन अर्याल र ८५ बर्षका दरोगालाई बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुलिसले हिरासतमा लियो । दुर्घटनामा सिकिन्त परेको विरामी अस्पतालमा उपचार गराउदा गराउदै अस्पतालकै बेडबाट सिसिएम क. सुमनलाई विराटनगर न्युरो अस्पतालबाटै प्रहरीले समात्यो । 

आफै विरामी अवस्थामा घरमा लडिरहेका दाङ्गका मकर ओलीलाई पनि पुलिसले छोडेन । विद्यार्थीलाई पडाईरहेकै अवस्थामा ताप्लेजुङ्गका शिक्षीका शुशिला गौतमलाई स्कुलकै कक्षा कोठाबाट गिरफ्तार गरेर लग्यो ।  निर्वाचनकै सन्दर्भमा गठवन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागीहुँदा बुटवलको पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलन स्थलबाटै समातियो । मानव अधिकारका लागि अहोरात्र खट्ने निर्वाचन आयोगले पर्यव्क्षकका लागि परिचयपत्र सहित पर्यव्यक्षणमा हिडेका मानवअधिकार कर्मी रौतहटका होमप्रसाद गौतमलाई समेत हिरासतमा कोच्यो । यि त केहि नमुना सन्दर्भ मात्र हुन लाचार सरकारको गिरफ्तारीको । यि र यस्ता गतिविधी के हुन, राज्यले बोल्नु पर्दैन ?  कथित ठुलापार्टीका नेताहरुले भन्नु पर्दैन ? कथित लोकतन्त्रका मसिया ठान्नेहरुले देख्नु पर्दैन ? क्रान्तिकारी जनताले बुझेकै छन्, कि क्रान्तिकारीहरुका लागि राज्यका दमन उत्पेरणाका सन्दर्भहरु बन्ने गर्दछ । राज्यको दमनले प्रतिवद्धतालाई जगाउने गर्दछ । विचारमा आक्रोशको ज्वाला थपेर दन्काउने गर्दछ । त्यसले ठुला ठुला विस्फोटहरु बोकेर ल्याउछ । त्यही विस्फोटको भुवरीमा परेर ठुला ठुला तानाशाहहरु खरानी हुन्छन् ।  हामीले यतिमात्र भन्न सक्नेछौ, हेक्का रहोस् तिम्रा यो नौटकी तालले तिम्रो स्वार्थको स्वर्गलाई बचाउन सक्ने छैन । तिम्रो एकलौटी कालोयुद्ध जनताले स्वीकार गर्ने छैनन् । आंतकवादको नाममा युद्धको साहरामा आफ्नो स्वार्थ पुरा गर्ने तिम्रा अभिष्टलाई कतापी जनताले पुरा हुन दिने छैनन । 

जसरी चिन कम्युनिस्ट पार्टीको तत्कालिन महासचिव छन तु स्यूको दक्षिणपंथी अवसरवादी गुटको नेतृत्वले गर्दा सन् १९२४ देखि १९२७ सम्मको क्रान्तिकारी नीतिमा गढबढ गरेर पार्टीको नीतिमा गम्भिर भड्काव पैदा भयो  । जसको कारणले गर्दा तत्कालिन अवस्थामा क्रान्तिमा ठुलो क्षेत्रि व्यहोर्नु पर्यो । त्यसै गरी तत्कालिन माओवादीको नेतृत्वमा रहेर प्रचण्ड÷बाबुराम मण्डलीले गरेको गभ्भीर गल्तीले गर्दा आज नेपालको क्रान्तिकारी आन्दोलनमा समेत ठुलो धोकाधढी भएको छ । यो अवस्थाबाट मुक्त बन्दै एकीकृत जनक्रान्तिको महासमरलाई अघि बढाउन क. विप्लवको नेतृत्वमा पुर्नगठित पार्टी नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको शिरलाई उँचो बनाउने अभियानमा लामवन्द बनेका छन् । दाङ्ग जिल्लाको तुल्सीपुरमा भएको देउबाको कार्यक्रमका दौरान भएको विस्फोटनमा परेर एकजना म्यादी प्रहरी चौधरीको ज्यान गयो । राजनैतिक वृतमा र  अहिले सुरक्षा निकायहरुमा पनि व्यापक बहस हुन थालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चरित्र राजनैतिक हो वा होईन ? के यो पार्टी साँच्चिकै आतंकवादमा विस्वास राख्दछ ? के यो पार्टीले उठाएका मुद्धाहरु राजनैतिक छैनन् ? यस्ता बहसमा घोत्लिन थालेको नेपालको वौद्धिक बर्ग, सुरक्षा निकाय, मानवअधिकारकर्मी र सवैले एकपटक फेरी निधार तन्काएर सोच्नु पर्ने बेला भएको छ । “कागलाई बेलपाक्यो हर्ष न विस्मात” भने जस्तै कथित विस्लेषक र सुरक्षाविद्धको भ्रष्ट अनुहार झल्काउदै टुप्पिदेखिको बल लगाएर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आतंकारी देख्ने तिम्रा कुदृष्टिको मुल्याङ्गकन नेपाली जनताले गर्नेनै छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई समातेर जेल हाल्दैमा यो बैज्ञानिक समाजवादी आन्दोलन रोकिन्छ भन्ने लागेको छ भने फेरी एकपटक समाजशास्त्र, मानवशास्त्र  र राजनैतिक अर्थशास्त्रको शिक्षा लिन र “राम राम भन्ने तर काध नथाम्ने” परिपाटी जस्तै एकीकृत जनक्रान्तिले तिम्रा सवै भ्रमलाई च्यातचुत पारिदिनेछ । तिम्रा सवै कुदृष्टिहरुलाई नाङ्गो झार पारिदिनेछ । जसरी रुसमा लोकवादीले मानव ईतिहाँसको बुझाई गलत थियो, ईतिहाँसको निर्माता बर्गहरु र बर्गसंघर्षहरु होईनन् त्यसका प्रमुख व्याक्ति÷ नायक बीरहरु हुन भन्दथे । त्यस्तै, आज कथित वुद्धिजिवी र सुरक्षाविदहरुले  नेकपाले उठाएको माग र मुद्धालाई आतकंवादको जामा पहिलाएर हेर्ने उनिहरुको गलत दृष्टिकोणको पनि छिट्टै पर्दाफास हुनेछ । 

चिनमा सन् १९२७ अक्टुवरमा हुनान च्याङसी सिमान्त क्षेत्र स्थित चिङकाङशान पहाडमा ऐतिहासिक क्रान्तिकारी आधार क्षेत्र स्थापना गर्दै, १९२८ अप्रैलमा क. चु तेहको नेतृत्वमा रहेको नानछाङ विद्रोहमा भाग लिने सैन्य दललाई क. माओ नेतृत्वमा रहेको सैन्य दलसग मिलाएर चिनी मजदुर तथा किसानको लाल फौजको चौथो सेनाको गरेर च्याङ क्याई सेकको नेतृत्वमा रहेको सेनालाई संयुक्त प्रतिरोध गर्दै चिङकाङशान पहाडको आधार क्षेत्रलाई जसरी सुढृढ गरिएको थियो । त्यसै गरी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई अघि बढाउदै दलाल संसदीय व्यवस्थाका हरेक जिवाणुहरुलाई नस्ट गर्न योजनावद्ध र संगठित अभियानमा लामवद्ध भएको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी सत्ता, दलाल सरकारको विकल्पमा जनसरकार, पुरानो सेनाको विकल्पमा नयाँ र सुद्धढ जनसेना, पुरानो अदालतको विकल्पमा जन अदालतको पुर्नगठन गर्दै अघि बढेको छ । यसैको वरिपरी जनताको व्यापक साथ समर्थनले गर्दा, कथित चुनावलाई खारेज गर्ने र जनसत्तालाई सुद्धृढ गर्ने अभियानले शिखर चुम्दै गएको छ । सम्पूर्ण किसान, मजदुर, युवा, विद्याार्थी, महिला, कर्मचारी, शुरक्षाकर्मी, मध्ययमवर्ग,  राष्ट्रभक्त र देशभक्त शक्तिहरु एकतावद्ध हुदै गएका छन  । पुरानो सत्ताले फैलाएका अफवाहहरुलाई चकनाचुर पार्न लामवन्द बन्दै अघि बढेका छन । दलाल सत्तालाई ढाल्ने र वैज्ञानिक समाजवादी सत्तालाई आगमन गर्ने यो अभियानमा खाचो परेको खण्डमा गोला — बारुद, बम मात्र हैन, सवैखाले क्रान्तिका औजारहरुलाई प्रयोग गर्न क्रान्तिकारीहरु कत्तिपनि पछिहड्नु हुदैन भन्ने क्रान्तिकारी मान्यतामा अविचलित बन्दै गएका छन । नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कथित चुनाव खारेज अभियानले अवश्य सार्थक महत्वका साथ सफलता प्राप्त गर्दै अघि बढेको छ । र जनताले फेरी पनि भन्दै गएका छन्, झुक्याउन फेरीनि बोकी आउलान् नोट, यि राष्ट्रघातिलाई किन दिने भोट ? 

धन्यवाद 
२०७४ मंसीर १७ । 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।