Tuesday, September 5, 2023

गीतहरु ४


- लौ आयो रातो खबर
- मेघझैँ गर्जी
- पूर्व होस् या पश्चिम
- हाम्रा मान्छे (बेपत्ता योद्धाको स्मरणमा)
- लाहुरे भइयो
- फर्क स्वदेश
- खबरदार
- आठौँ महाधिवेशन
- कथित चुनाव
- चमचम गर्ने खुकुरी
- विदेशी गल्ली
- रोल्पाको थबाङ
- हजार अप्ठ्यारा
- कहाँ झुकेको छ (सन्दर्भ सहिद सप्ताह)
- नरुनू आमा
- आऊ समाऊँ
- जहाँ दमन हुन्छ







लौ आयो रातो खबर

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर २
दुश्मनलाई थर्काउने
क्रान्तिज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको
लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

बिहानीको मिरमिरेमै वर्गयुद्धको खबर बोकी २
शिरमा कफन बाँधी अब जनक्रान्तिको रहर बोकी २
दन्किएको ज्वालाजस्तै
समुन्द्रको छालजस्तै २
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

दुश्मनको सङ्गीनले क्रान्ति हाम्रो छेकिन्न भनी २
संसद्वादी षड्यन्त्रले हाम्रो यात्रा रोकिन्न भनी २
अजङ्ग त्यो चट्टानजस्तै
स्पातिलो ज्वारजस्तै २
लौ लौ आयो रातो खबर
चिरन पुन ‘मिलन’ ÷ छज्ञ
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

पूर्व पश्चिम गर्जिएर उठ बन्दुक बोक भनी २
गाउँ सहर एकैसाथ दलाललाई ठोक भनी २
ज्वालामुखी विष्फोटजस्तै
कुर्लिआउने चट्याङजस्तै २
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
दुश्मनलाई थर्काउने
क्रान्ति ज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर ।
ááá
२०७१
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

मेघझैँ गर्जी

मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली २
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २

गाउँ सहर एकसाथ उठ अब फेरि लुकेर बस्नुहँुदैन
श्रमिकहरू सबै जुट अब फेरि थाकेर बस्नुहुँदैन २
भाग्नेहरू भाग्दै जान्छन् क्रान्तिवीर बढ्छन् अघि
थाक्नेहरू थाक्दै जान्छन् वर्गयोद्धा बढ्छन् अघि
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २

झिक तलबार अब कस कम्मर फेरि हारेर बस्नुहुँदैन
बोक बन्दुक अब जुर्मुराउँदै फेरि झुकेर बस्नुहुँदैन २
हार्ने होइन जित्ने गरी जनसेना लड्छन् फेरि
नयाँ युग ल्याउने गरी रातामान्छे लड्छन् फेरि
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दै छौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २ ।
ááá
२०७१
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी, रमन थामी, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

पूर्व होस् या पश्चिम

पूर्व होस् या पश्चिमका साथी, उठौँ अब लालझन्डा समाती २
हिमाल पहाड मधेसका साथी, जुटौँ अब लालझन्डा समाती २
जुटौँ अब लालझन्डा समाती

कालो बजारी, छ भ्रष्टाचारी देशको बेहाल भो
तस्करी चर्को, महँगी बढ्दो जनताको बेहाल भो २
पूर्व होस् या पश्चिमका साथी
उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी
जुटौँ अब लालझन्डा समाती २

किसान मजदुर, त्यो मध्यमवर्ग गाउँ सहर उठ्दै छन्
जनक्रान्ति ल्याउन एकीकृत हुँदै लौ सबै जुट्दै छन् २
पूर्व होस् या पश्चिमका साथी
उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी
जुटौँ अब लालझन्डा समाती २
विदेशी हैकम नतोडी हुन्न आऊ सबै मिलेर
दलाली सत्ता नफाली हुन्न लडौँ है मिलेर २

पूर्व होस् या पश्चिमका साथी, उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी, जुटौँ अब लालझन्डा समाती ५ ।
ááá
२०७२
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी, आरोह नेपाली, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

हाम्रा मान्छे (बेपत्ता योद्धाको स्मरणमा)

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ २
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २

कैँयौँ वर्ष भैसक्यो खै कहाँ छन् बेपत्ता २
बूढी आमा सोद्धै छिन्, बेपत्ताको अवस्था
दण्डपाणि खै
पूर्ण पौडेल खै ?
रेवकला खै
दुर्गा विशङ्खे खै ?
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ

हातमा सिक्री बाँधेर भीरबाट फाल्यौ कि २
आँखा पट्टी बाँधेर आगो लगाई मा¥यौ कि
सीएनहरू खै
हाम्रा सन्तान खै ?
कहिले आउँछन् खै
फणिन्द्रहरू खै ?
हाम्रा मान्छे कहाँ लग्यो
चिरन पुन ‘मिलन’ ÷ छछ
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ

खाल्टो खनी पु¥यौ कि जेलभित्र थुन्याँै कि २
गोली ठोकी मा¥यौ कि, टुक्रा पारी फाल्यौ कि
सहँदैनौ अब
बरु सहिद बन्छौँ
लड्छौँ फेरि अझै
मुक्त हुनलाई सबै

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २ ।
ááá
२०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी र निर्मला घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

लाहुरे भइयो

लाहुरे भइयो छोडेर आइयो नेपालमा जहानबालालाई २
यस्तै रै’छ अर्काको भूमि कुर्ने चौकीदारलाई २
लाहुरे भइयो छोडेर आइयो

पानी माग्दै चिच्याउँदा ऐंया आमा भनेर ढल्दा २
जङ्गलको बिचमा परी आकाशबाट बमगोला खस्दा
सम्झना आयो स्वदेशको लडाइँको मैदानमा पर्दाखेरि
एउटै गाउँको सँगी साथी गोली लागि मर्दाखेरि २
लाहुरे भइयो छोडेर आइयो

अर्काको भूमिमा रगतको भेल बमको बर्षा हुँदाखेरि २
साथी भाइहरू कहाँ पुगे होलान्, भोकै प्यासै लड्दाखेरि
आफ्नै देशमा काम पाउने भए विदेशमा किन आउँथ्यौँ र
दलाल सरकारले सोचेको भए यो दुःख किन पाउँथ्यौँ र २
लाहुरे भइयो छोडेर आइयो

के पायौँ आज लाहुरे बनी सिमाना पारि विदेश आई २
रुँदै होलान् जहानबाला एकपेट पनि खान नपाई
कसम खाँदै फालिदेऊ बन्दुक नलडौँ अब विदेशमा
आफ्नै भूमिमा जनक्रान्ति गर्न फर्किदेऊ अब स्वदेशमा २
लाहुरे भइयो छोडेर आइयो ।
ááá
२०५८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

फर्क स्वदेश

फर्क स्वदेश नेपाली दाजुभाइ, आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर, फर्कौं है सँगी हो आफ्नै जन्म घर २

ती तिम्रा सानो भाइले पर्खेर बाटो हेर्दै छन्
ती तिम्री सानी बैनीले सम्झेर सधैँ रुँदै छिन्
यी वृद्ध आमा नि टोलाइरहेछिन्
ती तिम्री सँगिनी बोलाइरहेछिन् २

यो हाम्रो मातृभूमिलााई विदेशीले नङ्ग्रा गाड्दै छ
त्यो तिम्रो सानो गाउँमा फटाहाले राज गर्दै छ
गाउँ घर सबैले तिमीलाई खोज्दै छ
क्रान्तिको बाटोमा लम्क भन्दै छ २

दलालको बादशाहलाई मिलेर सँगै फालौँला
साम्यवादको निर्माण गरी बल्ल पो थकाइ मारौँला
नेपाली जनताको यही सल्लाह छ
दुश्मनको किल्लामा खैलाबैला छ २

फर्क स्वदेश नेपाली दाजुभाइ
आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर
फर्कौं है सँगी हो आफ्नै जन्म घर २
फर्कौं है सँगी हो आफ्नै जन्म घर २ ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बविता पाख्रीन
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

खबरदार

खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१

दलाल सत्ताको अब (सहँदैनौँ दमन) २
भ्रष्ट यो जाल झेल अब (चाहँदैँनौ हैकम) २
जेल हाले स्पातझैँ बन्छ, क्रान्तिको लागि यो मन
एक मरे लाखौँ जन्मिन्छ, बाँधेर शिरमा कफन
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१

विस्तारवादीको अब (चाहँदैनौँ दमन) २
साम्राज्यवादीको अब, (सहँदैनौँ हैकम) २
दमन गरे विष्फोट भैदिन्छौँ, फाल्छौँ बरु यो जीवन
मुक्त हुन्छौँ संसार जित्दै, तोडेर सबै बन्धन
खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१ ।
ááá
२०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक, रमन, आरोह, निर्मला, सोनु, विमला
एरेन्ज ः आशीष अविरल
एल्बम् ः लौ आयो रातो खबर

आठौँ महाधिवेशन

निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जञ्जीर तोड्न क्रान्तिको मसाल बाल्ने २
यो हो हाम्रो आठौँ महाधिवेशन ४

संसारबाटै रातो सूर्य अस्ताइसक्यो लाग्नेलाई
विश्वभरि क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई
सगरमाथाको देश बोल्छ, हिमाल पहाड मधेस बोल्छ २
खोला नाला छहरा बोल्छ, गाउँ सहर पहरा बोल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४

गाउँ सहरको विशेषता मध्यमवर्गको उपस्थिति
विज्ञान प्रविधि विकास र भू–परिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ, दलित मधेसी एकत्व खेल्छ २
(दलाल सत्ताका) २ उत्पीडन बोल्छ, देशभक्तको एकता फुल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजीवीको एकता बन्दै, दलालको चिहान खन्छ २
स्वाधीनताको आवाज बोल्दै, जनक्रान्तिको बिहान खुल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४ ।
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर

कथित चुनाव (खारेज अभियानको सन्दर्भमा)

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ २
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट

हाम्रो देशको नदीनाला बेचिखाने यिनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यिनै हुन् २
यो देशको स्रोत साधन लुटिखाने यिनै
मूल्यवृद्धि चर्काएर मस्ती गर्ने यिनै
सुकुमबासी बस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाइँ गर्ने यिनै

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौँ
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौँ
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट

जनता चुस्ने यो व्यवस्था उखेलेरै फाल्नैपर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनैपर्छ २
उत्पीडित श्रमिकहरू सबै मिली उठौँ
राष्ट्रभक्त नेपाली हो जुर्मुराउँदै हिँडौँ
एकीकृत जनक्रान्तिको महासमरमा बढौँ
मक्किएको यो व्यवस्था एकधक्कामा फालौँ
जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट !
ááá
वैशाख, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक, सौगात, रमण, निर्मला, बबिता, सोनु
एरेन्ज ः सौगात सायर









चमचम गर्ने खुकुरी

चमचम गर्ने खुकुरी शान लाउने बेला भो २
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो
चमचम गर्ने खुकुरी सान लाउने बेला भो २

कायरहरू सङ्कटबाट घुँडा टेकी भाग्छन्
वीरहरू क्रान्ति गर्छन् र दुश्मनलाई जित्छन् २
सडेगलेको यो सत्ता ढल्छ पक्कै ढल्छ
क्रान्तिले आफ्नो बाटो आफैँ खन्दै जान्छ २
बेला भो, बेला भो,
आँधीबेहरी ल्याउने बेला भो
आगोसँग खेल्ने बेला भो
अस्त्र शस्त्र बोक्ने बेला भो
दलालहरू ठोक्ने बेला भो
चमचम गर्ने खुकुरी गर्ने खुकुरी सान लाउने बेला भो २

राष्ट्रघाती कालो सत्ता कब्जा गरिछाड्छौँ
लुटाहाको जाली संसार ध्वस्त पारिदिन्छौँ २
मक्किएको यो सत्ता एकधक्कामै फाल्छौँ
वर्गबैरी सखाप पार्दै हाम्रो लक्ष्य चुम्छौँ २
बेला भो, बेला भो
तुफानसँग खेल्ने बेला भो
विष्फोटहरू हेर्ने बेला भो
एम्बुसहरू फुल्ने बेला भो
क्रान्तिमोर्चा खुल्ने बेला भो

चमचम गर्ने खुकुरी सान लाउने बेला भो २
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो
चमचम गर्ने खुकुरी सान लाउने बेला भो २ ।
ááá
फागुन, २०७४
रचना÷सङ्गीत ः चिरन
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी




विदेशी गल्ली

कसले पु¥यायो तिमीलाई
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा,
(विदेशी गल्ली गल्लीमा)
रहरले हो कि बाध्यताले
दसहन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा
(भारतको गल्ली गल्लीमा) २

कहिलेसम्म देश छाडी लर्को लागी जाने तिमी पराइको देशमा
तातो रातो खून पसिना किन बस्छौ बगाएर बिरानो त्यो ठाउँमा
हाम्रै परिवेशमा जाँगर चलाउनु छ,
आफ्नै सुन्दर देशमा मोती फलाउनु छ २
कसले पु¥यायो ...

कति दिन बस्छौ तिमी देश लुटिएको हेरी परदेशी ठाउँमा
रात दिन ठाउँ ठाउँमा सीमा मिचिएको फेरि हाम्रो आफ्नै देशमा
फर्की आऊ परदेशबाट देश सिँगार्नु छ
हाम्लाई शोषणमाथि क्रान्ति चर्काउनु छ २

कसले पु¥यायो तिमीलाई
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा,
(विदेशी गल्ली गल्लीमा)
रहरले हो कि बाध्यताले
दसहन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा
(भारतको गल्ली गल्लीमा) २
कसले पु¥यायो ... ।
ááá
चैत, २०७४
रचना÷सङ्गीत ः चिरन पुन, 
स्वर ः निर्मला घिसिङ , 
एरेन्ज ः आशीष अविरल, 
एल्बम ः चमचम गर्ने खुकुरी

रोल्पाको थबाङ

रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २

जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै २
राणाको शासन पञ्चको हुकुम नेपाली जनता कहाँ झुके खै २
सिस्नेको हिमाल त्यो माछापुच्छ«े धौलागिरीको शिर
शैलुङ्गे काख त्यो साँगा–झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २

दलाल सत्ता यो जनघात कति दिन सहौँ यो राष्ट्रघात २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार २
पूर्वको मेची त्यो सप्तकोशी कालीगङ्गाको बेग
कञ्चन मस्र्याङ्दी त्यो महाकाली बागमतीमा हाम्रो भेट
रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २ ।
ááá
पुस, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः चमचम गर्ने खुकुरी

हजार अप्ठ्यारा

हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा २
(सुवासिलो सुगन्ध छर्न) २
(फल्नू फुल्नू यहीँ माटोमा) २

निस्पट्ट त्यो अँध्यारो चिर्न (जून बनेर आऊ) २
विषालु काँडा पन्छाउँदै (फूल बनेर आऊ) २।२
जून बनेर आऊ फूल बनेर आऊ २
हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा

कठीन घुम्ती उमङ्गयात्रा (रोक्दै नरोकी आऊ) २
हजारौँ चोट सहेर पनि (मुस्कान बोकेर आऊ) २।२
रोक्दै नरोकी आऊ मुक्कान बोकेर आऊ २

हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा
(सुवासिलो सुगन्ध छर्न) २
(फल्नू फुल्नू यही माटोमा) २ ।
ááá
पुस, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बबिता पाख्रीन
एरेन्ज ः बीबी अनुरागी
एल्बम ः चमचम गर्ने खुकुरी
कहाँ झुकेको छ (सन्दर्भ सहिद सप्ताह)

कहाँ झुकेको छ र
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिँचिएको हाम्रो इतिहास २

कोही छुटे बाटैमा हिम्मत हारेर
कोही बिके दुश्मनको गोटी बनेर २
कोही छौँ जनक्रान्तिको झन्डा नछाडेर
समाजवाद ल्याइछाड्ने हिम्मत नहारेर
कहाँ छिपेको छ र
वीरताले कुँदिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ हारेको छ र
गौरवताले रङ्गिएको क्रान्तिको हाम्रो इतिहास

बर्बरताको पर्खाल ढाल्न अठोट लिनेहरू
दासताको जञ्जीर तोड्ने राता मान्छेहरू २
सगरमाथा शिखर नाघ्न उर्लिएकाहरू
एकीकृत जनक्रान्तिमा निस्किएकाहरू २

कहाँ झुकेको छ र
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिँचिएको (हाम्रो इतिहास
हाम्रो इतिहास) ४ ।
ááá
फागुन, २०७४
रचना÷सङ्गीत ः चिरन पुन , स्वर ः चिरन पुन, बबिता पाख्रीन
एरेन्ज ः आशीष अविरल, एल्बम ः चमचम गर्ने खुकुरी

नरुनू आमा

नरुनू आमा, नरुनू बाबा २
लड्न जाँदै छु, म त लड्न जाँदै छु
जित्न जाँदै छु, म त जित्न जाँदै छु
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदै छु
हजार चोट सहनुभन्दा जित्न जाँदै छु
नरुनू आमा, नरुनू बाबा

कानुन छ भन्छन्– दिनै चेली बलात्कार, (खै रोक्न आज सकेको) २
सरकार छ भन्छन्– लाखौँ युवा विदेसिए, (खै छेक्न आज सकेको) २
यो कस्तो कानुन हो यो कस्तो कानुन हो
यो कस्तो सरकार हो यो कस्तो सरकार हो
नरुनू आमा, नरुनू बाबा

चिचिला बाबुनानी भोकले रुँदा (झर्को नमानी सम्झाइदिनू) २
दुष्टले आई घर घेरा हाल्दा (एक थोपा आँसु नबगाइदिनू) २
यो दलाल सत्ता हो यो दलाल सत्ता हो
यो भ्रष्ट सरकार हो यो भ्रष्ट सरकार हो

नरुनू आमा, नरुनू बाबा २
लड्न जाँदै छु, म त लड्न जाँदै छु
जित्न जाँदै छु, म त जित्न जाँदै छु
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदै छु
हजार चोट सहनुभन्दा (जित्न जाँदै छु) ४ ।
ááá
साउन, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सुनिता थिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी

आऊ समाऊँ

आऊ समाऊँ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू २
हामीले हातहरू

पिल्सिएका मानव जातिको मुक्तिका लागि सबै आऊ
हेपिएका श्रमिकहरूको स्वतन्त्रताका लागि आऊ २
नसा नसामा देशभक्तिको रगत उमाल्नेहरू
शिरा शिरा राष्ट्रभक्तिको प्रेम उराल्नेहरू
आऊ जुटाऊँ क्रान्तिका लागि हामीले साथहरू
हामीले हातहरू

बाँधिएका रक्तपिपासुको बन्धन चुँडाल्न तिमी आऊ
मुर्झिएका विश्वक्रान्तिको ज्वारभाटा उराल्नलाई आऊ २
थोपा थोपामा जनक्रान्तिको बीज उमार्नेहरू
मुटु मुटुमा क्रान्तिज्वाला निभ्न नदिनेहरू
आऊ रमाऊ क्रान्तिका लागि हामीले मनहरू
हामीले हातहरू

आऊ समाऊ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू
हामीले हातहरू ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी

जहाँ दमन हुन्छ

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार २
अब हामी सहन्नौँ तेरो अत्याचार २
भन्दै छौँ हाम्रै हो, लिपु हाम्रै हो २
कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो
भन्दै छौँ हाम्रै हो, महाकाली हाम्रै हो २
गण्डक हाम्रै हो, त्यो कर्णाली हाम्रै हो २

कति गाड्छौ सिमानामा विषालु त्यो खुनी पञ्जा
कति लाउँछौ पानीमाथि विस्तारवादी गिद्धेआँखा २
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर लाख बन्छौँ सम्झिराख
भन्दै छौँ छोड अब, सीमा मिच्न छोड २
हाम्रो भूमि छोड्, अब तेरो हैकम छोड्
भन्दै छौँ छोड् अब, लुटपाट छोड् २
(हस्तक्षेप छोड्, अब हाम्लाई हेप्न छोड) २

उतै मात्र छैनन् दुश्मन यतै दलाल डुलिरा’छन्
सिक्किमजस्तै बनाउन जाल बुन्दै घुमिरा’छन् २
देश बेच्ने राष्ट्रघाती उतैतिर बास सरे हुन्छ
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दै छौँ छोड् अब, देश बेच्न छोड् २
जनता ठग्न छोड्, अब दलाल बन्न छोड्
भन्दै छौँ छोड् अब, राष्ट्रघात छोड् २
जनघात छोड् अब कालो सत्ता छोड् २
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर , एल्बम ः चमचम गर्ने खुकुरी
 

गीतहरु ३

 


- रातो सलाम
- तिहार आयो रे
- भैलीमा भाइ
- देशै डुब्यो  (कमेडी)
- किसान मार्च
- मुक्तियुद्ध
- जनताले रोजेको
- घुमीमा घुमी (तीजी–भाकामा)
- कानुन मिची (तीजी–भाकामा)
- गोली चलाई
- अघि बढ्दै
- विदेशमा गई पहरा फोर्ने



रातो सलाम (सहिदप्रति समर्पण)

रातो सलाम हाम्रो छोडेर जाने वीर सहिदलाई
रातो सलाम हाम्रो मुक्तिका खातिर लड्ने वीरलाई

संसारै थर्काउँथ्यो त्यो चर्को बोलीले
झुकेन तिम्रो शिर दुश्मनको गोलीले
सुनसान पारेर त्यो गाउँ सारा
छोडेर गयौ तिमी यो धर्ती सारा
रातो सलाम ...

उत्पीडनको आक्रोशले तातो रगत उम्लिरहोस्
क्रान्तिकारी वर्गयुद्ध विश्वभरि चम्किरहोस्
उर्लेर आउनेछ क्रान्तिकारी भेल
सखापै हुनेछ सामन्तीको खेल
रातो सलाम ...

विद्रोहको ज्वाला बनी बैरी सखाप पारिदिन्छौँ
महानता गौरव यात्रा सधैँभरि कायम राख्छौँ
कम्मरै कसेर उठ्नेछ सार
लडेरै मर्छौं बरु सब सर्वहारा

रातो सलाम हाम्रो छोडेर जाने वीर सहिदलाई
रातो सलाम हाम्रो मुक्तिका खातिर लड्ने वीरलाई ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो रे (सोरठी भाकामा)

तिहार आयो रे आहै तिहार आयो रे
आहै घुमिफिरी बर्षै दिनको तिहार आयो रे

बेचिखाए लौ उनले बेचिखाए
आहै यो देशको नदी नाला बेचिखाए

लुटिखाए लौ उनले लुटिखाए
आहै हाम्रो देशको स्रोत साधन लुटिखाए

ढाँटिखाए लौ उनले ढाँटिखाए
आहै जनताको अधिकारलाई ढाँटिखाए

ठगिखाए लौ उनले ठगिखाए
आहै जनताको खुन पसिना ठगिखाए

तिहार आयो रे आहै तिहार आयो रे
आहै घुमिफिरी वर्षै दिनको तिहार आयो रे ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

भैलीमा भाइ (सोरठी भाकामा आशीष गीत)

भैलीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना हाम्रो शुभकामना

कोहीमा सन्तान देशको सेवा गरून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जनसेवक बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जननेता बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान अन्यायविरुद्ध लडून्
हाम्रो शुभकामना

कोहीमा सन्तान इन्जिनियर बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान डाक्टर पाइलट बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जनसेना बनून्
हाम्रो शुभकामना

भैलीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना

देउसीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना
हाम्रो शुभकामना ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

देशै डुब्यो  (कमेडी)

देशै डुब्यो चुर्लुम्मै
गिरिजा गए लुरुङ्ङै
भट्टराई बाबु रोएको कल्ले सुन्ने हो
जालमाथि अर्को जाल कल्ले बुन्ने हो

छयालीस सालको हत्यारालाई फेटा सिलाई लाउने
एउटै थालमा माम पस्की तीनभाइले खाने
दाउ थियो शेरबहादुरको गिरिजाले भ्यायो
मुसा उम्की दुलोभित्र बिरालो भो म्याओ
देशै डुब्यो ...

चिच्चाउने शेरबहादुरको मुखमा बुझो लाग्यो
भट्टराईको सपना त अधुरो नै रह्यो
ठूलो पार्टी भनेर चिच्याउने हो
कुर्सीको तानातान कल्लाई पो दिने हो
देशै डुब्यो ...

विरोधीलाई दबाउन गोली ठोक्नुपर्छ
नाइँ नाइँ हुन्न त्यसरी त वार्ता गर्नुपर्छ
नेपाललाई सिङ्गापुर बनाउनेछु मैले
फेरि पनि मन्त्री बन्छु रोक्नेछैन कोइले
कसले कसलाई पछार्नु छ अब कम्मर कस
तिम्रो अब मौका छैन नरोईकन बस
नरोईकन बस ... ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

किसान मार्च

लम्कियो हाम्रो किसान अभियान
चम्कियो हाम्रो किसान अभियान
गाउँ घरलाई ब्युँझाउँदै विरोधीलाई थर्काउँदै
क्रान्तिकारी झन्डा बोकेर
राता राता झन्डा बोकेर

महँगीले चुली नाघिसक्यो
भ्रष्टाचारले सीमा काटिसक्यो
नदीनाला बिक्री गरिसक्यो
विदेशीले भूमि लुटिसक्यो
सबैले बुझ्ने बेला भो
लम्कियो हाम्रो ...

सर्वहारा शोषित सुकुमबासीहरू
शोषित पीडित किसान मजदुरहरू
जनतालाई लुट्ने को हो चिनौँ
कालो कानुन सबै मिली फालौँ
सबैले सोच्ने बेला भो
एकढिक्का हुने बेला भो

लम्कियो हाम्रो किसान अभियान
चम्कियो हाम्रो किसान अभियान
गाउँ घरलाई ब्युँझाउँदै विरोधीलाई थर्काउँदै
क्रान्तिकारी झन्डा बोकेर
राता राता झन्डा बोकेर ।
ááá
२०५६
रचना÷सङ्गीत ः चिरन पुन

मुक्तियुद्ध

मुक्तियुद्ध लड्नलाई उठ
गरिब सारा सुतेका जनता
हाम्रो दिन आउँदैन त्यसै
दुष्टसँग नलडे अब त

अन्धकार छायो यो धर्तीमाथि
सङ्गीनले रोप्यो त्यो छातीमाथि
उठ उठ दाजुभाइ बन्दुक भिरेर
यो व्यवस्था ढाल्नु छ सबै मिलेर
मुक्तियुद्ध ...

खून हाम्रो पियो शासकले आज
ज्यान हाम्रो लियो शोषकले आज
मजदुर किसान सबैले क्रान्ति गीत गाऊँ
गाउँको शोषक भगाउँदै सहरतिर जाऊँ
मुक्तियुद्ध ...

एउटालाई ढाले सयौँ वीर हुन्छौँ
क्रान्तिको ज्वाला झन् बढी फुक्छौँ
यो देशमा लालकिरण पक्कै छाउनेछ
गरिबको सुदिन पक्कै आउनेछ

मुक्तियुद्ध लड्नलाई उठ
गरिब सारा सुतेका जनता
हाम्रो दिन आउँदैन त्यसै
दुष्टसँग नलडे अब त ।
ááá
२०५६
रचना÷सङ्गीत ः चिरन पुन

जनताले रोजेको (तीजी–भाकामा)

गाउँ घर उठेर जनता सबै जुटेर
हटेर होइन बन्दुकसँग डटेर
बरिलै जनताले रोजेको गणतन्त्र

एक्काईस जनाले बलिदान दिएर
हजारौँ घाइते आन्दोलनमा बनेर
बरीलै हामीले खोजेको गणतन्त्र

राजतन्त्र होइन गणतन्त्र चाहिन्छ
झुक्काए जनतालाई फेरि पनि लडिन्छ
बरिलै जनताले चाहेको गणतन्त्र

राजाको शासन अब हाम्लाई चाहिन्न
त्यो शासन रहेमा हाम्रो हक पाइन्न
बरिलै हामीले खोजेको गणतन्त्र

राजतन्त्रविहीन गणतन्त्र ल्याइन्छ
अति भो हामीलाई जनअधिकार चाहिन्छ
बरिलै जनताले रोजेको गणतन्त्र

संविधानसभाको चुनावको बाटो भई
ल्याइछाड्छौँ अधिकार पुरानो जलाई
बरिलै हामीले खोजेको गणतन्त्र

समान प्रतिनिधित्व खोज्दै छन् सबैले
समतामूलक गणतन्त्र रोज्दै छन् सबैले
बरिलै जनताले रोजेको गणतन्त्र

राज्यको पुनर्संरचना गरेरै छाड्नु छ
पुरानो सत्ताको जञ्जिर सबै तोड्नु छ
बरिलै हामीले खोजेको गणतन्त्र

समावेशी राज्य यहाँ अब ल्याइन्छ
सबैको अधिकार सुनिश्चितता चाहिन्छ
बरिलै जनताले रोजेको गणतन्त्र

समानताको संरचना चाहना छ सबैलाई
सचेत बनौँ जन हो फेरि धोका देलान् हामीलाई
बरिलै हामीले खोजेको गणतन्त्र ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

घुमीमा घुमी (तीजी–भाकामा)

घुमीमा घुमी तीज आयो फेरि हाम्रो शुभकामना
सबै मिली उत्पीडनको गरौँ सामना

हामी सबै मिल्यौँ भने समानता ल्याइछोड्छौँ
नारी बेच्ने कालो कानुन अब चुँडाल्छौँ

जबसम्म अधिकार खोसेर ल्याइन्न
चुप लागेर बस्यो भने त्यसै पाइन्न

महिला भेद्भाव सहेर कति बस्ने हामीले
थिचोमिचो कालो कानुन तोडौँ सबैले

हामीलाई शोषण गरी खान कहाँ पाइन्छ
सम्पत्तिमा समान हक अब चाहिन्छ

कानुन मात्र होइन हाम्लाई व्यवहारमा लागू गर
समानता जनतालाई अब देखाई छोड ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

कानुन मिची (तीजी–भाकामा)

कानुन मिची राजा अघि सरेर
शासन गर्ने भन्दै थे गरिब दुःखी जनता मारेर

मुकुकभरि सङ्कटकाल लगाई
बोल्न लेख्न नदिने दरबारिया फूर्ति देखाई

दुःखी जनतालाई रुवाबासी पारेर
कालो शासन चलाए मुक्तिकामी जनता मारेर

सबै जनताको भावनालाई मिचेर
हिन्दु राजा भन्दै थे आस्थामाथि धावा बोलेर

राज्य ढुकुटी आफैँले लुटेर
भाषण गर्दै हिँड्दै छन् जनताको नेता बनेर

कम्ब्याट लगाई हेलिकप्टर चढेर
आदेश गर्दै डुल्दै छन् छाउनीमा सिपाही बनेर

खुनी दरबारमा जनघाती जुटाई
कालो विधेयक ल्याउँदै छन् षड्यन्त्रकारी मनै फुकाई

सैनिक बलमा शासन गर्छु भनेर
हारगुहार गर्दै छन् जनताको सेवक बनेर

कहिलेसम्म साढे भै हिँड्ने छौ हेरौँला
मक्किएको यो व्यवस्था के गरी टिकाऊँला

कहाँ जनताले राजतन्त्र खोजेको
तिम्रो हैकम फालेर गणतन्त्र रोजेको ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

गोली चलाई

गोली चलाई नेपाली छोराको छाती फोरियो
निर्दोषीलाई दुश्मनले समाती जेलमा थुनियाँे

भारी बोक्ने भरियालाई हलो जोत्ने किसानलाई
स्कुल जाने विद्यार्थीलाई बाटो हिँड्ने बटुवालाई
लछार्दै पछार्दै सङ्गीनको बिच पारेर
लखेट्दै लखेट्दै जङ्गलमा घेरा हालेर
गोली चलाई नेपाली बस्तीमा आगो लगायो

निर्दोषीलाई हातखुट्टा भाँचेर अनि मारियो
पढ्न लेख्न नजान्नेलाई कारखानाका मजदुरलाई
असी बर्से वृद्धलाई पाँच बर्से बालकलाई
गाउँ गाउँमा पुगेर गरिबलाई मुद्दा लगायो
घर घरमा पुगेर निमुखालाई सङ्गीन सोझायो
गोली चलाई नेपाली चेलीको इज्जत लुटियो

निर्दोषीलाई आगोमा पोलेर अनि मारियो
यो दलाल सत्तालाई पल्टाउन गोली थापी मर्छौं बरु
थोपा रगत छउन्जेलसम्म दुश्मनसँग लड्छौँ बरु
वर्गीय युद्ध हाम्रो यो देशमा फेरि उठाउँदै
सुनौलो मुक्तिमार्ग सगरमाथा चुली कटाउँदै

गोली चलाई नेपाली छोराको छाती फोरियो
निर्दोषीलाई दुष्टले समाती जेलमा थुनियाँे ।
ááá
२०५७
रचना÷सङ्गीत ः चिरन पुन

अघि बढ्दै

अघि बढ्दै छौँ, अघि बढ्दै छौँ २
लेफ्टराइटको तालमा अघि बढ्दै छौँ
क्रान्तिको लागि अघि बढ्दै छौँ २
लेफ्टराइटको तालमा अघि बढ्दै छौँ
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ ।

समाजवाद पक्कै ल्याउने वर्गसङ्घर्ष हो हाम्रो २
माक्र्सवाद लेनिनवाद माओवाद छ राम्रो २
समाजवाद ल्याउनैपर्ने महान् उद्देश्य हो हाम्रो
कहिल्यै झुकेका छैनौँ इतिहास भुलेका छैनौँ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ

वर्गीय आन्दोलन यो सुनौलो लक्ष्य हो हाम्रो २
यो राज्यसत्ता फाल्न बरु बलिदान दिन्छौँ हाम्रो २
सर्वहारा जुट्नैप¥यो सुनिश्चित जित छ हाम्रो
विचार न हाम्रो गल्छ, आस्था न हाम्रो ढल्छ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ

श्रमजीवीको दिन ल्याउने ठूलो अभियान हो हाम्रो २
साम्राज्यवाद अन्त्य गर्ने अब लामबन्दी हो हाम्रो २
मुक्तिमार्ग हिँड्नैप¥यो सुन्दर अतीत छ हाम्रो
बरु जीवन यो फाल्छौँ सारा संसारै जित्छौँ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ २
लेफ्ट राइटको तालमा अघि बढ्दै छौँ
क्रान्तिको लागि अघि बढ्दै छौँ २
लेफ्ट राइटको तालमा अघि बढ्दै छौँ
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ ६ ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन, 
स्वर÷एरेन्ज ः सौगात सायर, 
एल्बम ः लालदस्ता

विदेशमा गई पहरा फोर्ने

विदेशमा गई पहरा फोर्ने मजदुरको कथा हो यो
सुरुङमा पसी कोइला खन्ने ज्यामीको व्यथा हो २

धुँवाको मुस्लो कारखानाभित्र हप्काउँदै खेद्छ नेपालीलाई
विदेशी गल्लीमा चौकीदार गर्ने प्रशस्तै भेट्यौँ स्वदेशी भाइ २
घरबाट हिँडेको भन्छन् बीस वर्ष पुगी गो
हाल खबर बताइदेऊ भन्छन् हामीलाई स्वदेशको २

सिमाना काटी विदेश पसी सहर गल्ली डुलेको भेट्यौँ
रक्ताम्मै पारी शरीर सारा सयौँ दाजु भाइ अपाङ्ग देख्यौँ २
छाडेर नजाऊ अब जन्मेको प्यारो घर

के पायौ तिमीले त्यहाँ गरेर चौकीदार २
विदेशको सेवा गरेर अब पुग्दैन हामीलाई
क्रान्तिको विगुल फुकेर बरु ब्युँझाऊँ सबैलाई २।२ ।
ááá
२०५७
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात सायर
एरेन्ज ः कमल सौराग
एल्बम ः मुक्ति आन्दोलन

Monday, September 4, 2023

गीतहरु २


- बस्नु भने छाप्रो छैन
- चट्याङजस्तै गोली
- बिदाइ आज  (बिदाइ गीत)
- महिना बित्यो
- रिमझिम पानी
- सुकुमबासी
- उठ्नुपरेछ
- पश्चिमबाट  (राष्ट्रियता)
- आँट बोकेर
- कस्ता छन् है (कमेडी)



बस्नु भने छाप्रो छैन

बस्नु भने छाप्रो छैन, महल यहाँ बनाउनेलाई
राम्रो लाउनु कहिल्यै छैन, मेसिनहरू चलाउनेलाई
पेटभरि खानु छैन, अन्न यहाँ फलाउनेलाई ।

मजदुर हाम्रो पाखुरामा कारखानाको इन्जिन चल्छ
किसान हाम्रो पसिनामा फाँटैभरि अन्न फल्छ
कुल्ली हाम्रो रगतमाथि, ठुला ठुला महल बन्छ
मजदुर हाम्रो पौरखमा सडकभरि मोटर गुड्छ
बस्नु भने ...

बसिखाने मानिसहरू करोडौँको मालिक भए
नेपालीको अस्मितालाई रातो रात बेचिखाए
जसले रगत बगाउँदै छ, उनैमाथि शोषण गरे
जसले संसार सिँगार्दै छ, उनैमाथि दमन गरे ।
बस्नु भने ...

हामीबिना संसारमा न त कोही बाँच्न सक्छ
हामीबिना यो धर्तीमा न त राज्य टिक्न सक्छ
किसान मजदुर सबै मिली जुर्मुराउनुपर्छ अब
एक ढिक्का बन्याँैँ भने लुट्ने राज्य फाल्छौँ तब

बस्नु भने छाप्रो छैन, महल यहाँ बनाउनेलाई
राम्रो लाउनु कहिल्यै छैन, मेसिनहरू चलाउनेलाई
पेटभरि खानु छैन, अन्न यहाँ फलाउनेलाई ।
ááá
२०५२
रचना÷सङ्गीत ः चिरन पुन

चट्याङजस्तै गोली

चट्याङजस्तै गोली चल्यो,
तुवाँलोले देशै छोप्यो
गरिब हामी जनतालाई
पुलिसले गोली ठोक्यो
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

सरकारका लठैतहरू गाउँ गाउँमा पस्न थाले
बिना–कसुर जेलमा लगी भोकै प्यासै थुन्न थाले
सबै बस्तीको आँसु झारेर
जहानबालालाई बिच पारेर
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

पारि गाउँकी बैनीलाई झुक्काई लग्यो मुम्बईमा
सानो भाइलाई ढालिहाल्यो स्कुलको मैदानमा
हाम्रो गाउँमा पुलिस पसेर
बाँधी पल्टायो सिक्री बेरेर
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

अन्धकारमा पिल्सिएका सबै जनता जुट्नैप¥यो
हाम्लाई दुःख दिनेमाथि जाईलाग्नै पर्ने भयो
खूनको बदला खुनै लिनु छ,
गोलीको बदला गोली दिनु छ
राँको सल्किन्छ, अब युद्ध चर्किन्छ ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः रक्तिम परिवार, भाग १०
स्वर ः तुलबहादुर सलामी, विष्णु पुन, लक्ष्मी गुरुङ, दलबहादुर विक
एरेन्ज ः शिलाबहादुर मोक्तान

बिदाइ आज  (बिदाइ गीत)

बिदाइ आज हुन्छौँ हामी स्वीकार दिनुहुनेछ,
वर्गीय मायाले सधैँ हाम्लाई डो¥याउनेछ
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

जसको सरकार आए पनि हाम्लाई केही भएन
सामन्तीले राज ग¥यो, हाम्रो दुःख गएन
बुझौँ है दिदी बैनी बुझौँ आमा बाबुले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

गरिबको खुनमाथि शोषक पौडिरहेछन्
पुलिसको गोलीबाट जनता मरिरहेछन्
बुझौँ है मजदुरले बुझौँ हामी सबैले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

हामी सबै मिल्यौँ भने विशाल शक्ति बन्नेछौँ
फटाहाको छातीमाथि, हामी चढ्न सक्नेछौँ
बुझौँ है नारी बुझौँ मुक्तिकामीले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

महिना बित्यो

महिना बित्यो, बर्षौं बित्यो कसै भएन
महिलालाई समानता हुँदै भएन

हिमालबाट नदी बग्छ, भई नागबेली
दाउरा घाँसमा सीमित हुन्छन् नेपालका चेली
बुझिदिनुस् है नारीको आह्वान सुनिदिनुस् है ।

दुःखपूर्ण वेदनाले हाम्रो मन रुन्छ
अत्याचारको भुँमरीमा नारी बढी हुन्छन्
सम्झी बुझ्दै छन् अधिकार लिनलाई एकजुट हुँदै छन्

नेपालका दिदी बहिनी अब हामीले बुझौँ
हामी पनि साहस बोकी न्याय निम्ति लडौँ
एकजुट भएर छोड्नेछौँ समानता देशमा लिएर

महिना बित्यो, बर्षौं बित्यो कसै भएन
महिलालाई समानता हुँदै भएन ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन


रिमझिम पानी

रिमझिम पानी परेकै बेलामा
आमा रुँदै साहुको मेलामा
भीरको टाकुरामा गरिबको बेहाल भो स्याउले बुकुरामा

बुबालाई दुश्मनले गोली हानी मा¥यो
ठूलो दाइलाई फटाहाले जेलभित्र पा¥यो
सानी बैनी मरिहालिन् खान नपाएर
घरमा आई साहु ठालुले जान्छन् हप्काएर
रिमझिम पानी ...

सुर्केबारी स्याउले झुप्रा दुष्ट मिली लुटे
गरिब हाम्रो खुन पसिना सामन्तीले चुसे
आउँछ पालो हाम्रो पनि घुमिफिरी कुनै दिन
छितिजमुनि किरण छर्दै ल्याउनेछौँ नि दिव्य दिन

रिमझिम पानी परेकै बेलामा
आमा रुँदै साहुको मेलामा
भीरको टाकुरामा गरिबको बेहाल भो स्याउले बुकुरामा ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

सुकुमबासी

सुकुमबासीको कथालाई
निर्धा दुःखीको व्यथालाई
गाउँमा सुनाउँदै आयौँ हामी नाच्दै गाउँदै

चुक्लीको भरैमा जालीको घरैमा
झुप्रालाई जलायो महल ठडायो
गरिबको पसिना ठालुले चुस्दै छ
शोषित जनताको घरबास उठ्दै छ
सुकुमबासी ...

दुष्टको जालोले जनतालाई तर्साउँछ
सत्ताको भरैमा आतङ्क मच्चाउँछ
उठौँ है दाजुभाइ दलाल मास्नलाई
बन्द यो पिंजडा मिलेर तोड्नलाई

सुकुमबासीको कथालाई
निर्धा दुःखीको व्यथालाई
गाउँमा सुनाउँदै आयौँ हामी नाच्दै गाउँदै ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

उठ्नुपरेछ

उठ्नुपरेछ हामी जुट्नुपरेछ
शोषित जनताहरू जुट्नुपरेछ

गाउँ घरमा चिप्ला मिठा कुरा लिई आउँछन्
हुने कुरा गर्नु छैन फूर्ति मात्र लाउँछन्
बेचिखाए माक्र्सवाद र लेनिनवादका नीति
शोषकसँगै मिलिमतो देखियो उनको गति

सही नीति छोडिसके भाषण गर्ने जाली
सङ्घर्षका बाटो छोडे कुर्सीको परे भोगी
हँसिया र हथौडाको झन्डा रुचाउने
व्यवहार हामी हे¥यो भने कति नसुहाउने

नेताहरू ठुला ठुला धाक मात्र लाउँछन्
सझौता र सन्धि भन्दै विदेशतिर धाउँछन्
उठौँ अब न्यायप्रेमी सबलाई बुझाउनु छ
क्रान्तिकारी रातो झन्डा माथि उठाउनु छ ।

उठ्नुपरेछ हामी जुट्नुपरेछ
शोषित जनताहरू जुट्नुपरेछ
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

पश्चिमबाट  (राष्ट्रियता)

पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ,
लम्क नौजवान
खुकुरी र बन्दुक बोकी चम्क नौजवान

हैकमवादी नीतिले देशै डसिसक्यो
हाम्रो कालापानीमा सेना आइबस्यो
भारतीय विस्तारवाद हाम्रो सीमा छोड्
कालापानी छोड् अब हाम्रो भूमि छोड्

खबरदार दुश्मनहरू जनता जुट्दै छन्
ठाउँ ठाउँमा आन्दोलनको आँधी उठाउँदै छन्
पूर्व पश्चिम सङ्घर्षको ज्वाला दन्कँदै छ
विस्तारवादी झन्डा त्यो अब च्यातिनेछ ।

पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ,
लम्क नौजवान
खुकुरी र बन्दुक बोकी चम्क नौजवान
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः दलबहादुर विक, विष्णु पुन, लक्ष्मी गुरुङ, तुलबहादुर सलामी
एल्बम ः रक्तिम परिवार, भाग ११
एरेन्ज ः शिलाबहादुर मोक्तान

आँट बोकेर

आँट बोकेर अघि बढ
बाटो त्यसै खुल्नेछ
दीप बालेर लड्दै जाऊ
जनताले साथ दिनेछन्
एकजुट सबै हुनेछन्

झुप्रामा तिमी पुग्ने गर
क्रान्तिको सन्देश छर्ने गर
पिल्सिएका बस्तीलाई बिहानीजस्तै हँसाउने पार
हिम्मत बोकेर आऊ सबै
कहिल्यै नझुक्ने सिपाही भै
आँट बोकेर ...

गरिब जनता मिल्यौँ भने
सामन्ती सत्ता ढल्नेछ
आँधी बनेर बढ्यौँ भने दिन खुलेर आउनेछ
बन्दुक भिरेर मैदानमा लड
फाल्नु नै पर्छ दुष्टको राज

आँट बोकेर अघि बढ
बाटो त्यसै खुल्नेछ
दीप बालेर लड्दै जाऊ
जनताले साथ दिनेछन्
एकजुट सबै हुनेछन् ।
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन

कस्ता छन् है (कमेडी)

कस्ता छन् है देशका नेता हाँसो मात्र उठ्छ,
उनको व्यवहार हेर्दाखेरि मलाई दिक्क लाग्छ
छि छि रिस मात्र उठ्छ

यति सानो हाम्रो देशमा कति धेरै मन्त्री
विकास गर्ने होइनन् सबै राजदरबारका सन्त्री
गरिब देशका धनी नेता पजेरोमा चढ्छन्
राजस्वलाई स्वाहा पारी मोजमस्ती गर्छन्

गण्डकी, कोशी, टनकपुर बेची देशको विकास गरे
दरबारलाई खुसी पारी सबले भुँडी भरे
त्यतिले पनि नपुगेर महाकाली पनि बेचे
सोझा साझा जनतालाई कस्तो जाल रचे

बाँदरको बथान आई हाम्रो देशलाई घे¥यो
देश विकासको नाम पारी आफ्नो भुँडी भ¥यो
सिक्किमजस्तै नेपाललाई क्वाप्पै खाने हो कि
आस्त आस्त नेपालीलाई उतै लाने हो कि
हा हा हा पीर प¥यो मलाई
सोधौँ अब कल्लाई ।

कस्ता छन् है देशका नेता हाँसो मात्र उठ्छ,
उनको व्यवहार हेर्दाखेरि मलाई दिक्क लाग्छ
छि छि रिस मात्र उठ्छ
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन
 

गीतहरु १





- थाप्लोमा थोत्रे टोपी
- भैलो खेल्न आएछौँ हामी
- यही हो हाम्रो जिन्दगी
- पीपलुको फेदीमा  (गाउँको सन्दर्भमा)
- के सुनाऊँ साथी
- तिहार आयो गाउँघर (तिहारको सन्दर्भमा)
- मादीको तिरैमा
- कालो बादल



थाप्लोमा थोत्रे टोपी

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा

दिन रात दुःख गर्दा न खान पुग्यो
साहुको हली बनी न ऋण तिरियो
त्यो सुर्केबारी थियो साहुले खाइदियो
चुहिने झाप्रो थियो पहिरोले लैदियो

लालबाला खान नपाई रुँदै छन् धरधरी
आँखामा आँसु बग्यो बर्सात्को भेलसरि
न बस्ने गाउँ अब नटेक्ने ठाउँ पायौँ
जीवनभरि हाम्रो सन्तान साहु ठालुको दासी बन्याँे

यो व्यवस्था रहेसम्म हाम्लाई लुट्न छोड्नेछैन
कालो कानुन रहेसम्म हाम्रो दिन आउनेछैन
अधिकार मागी होइन, खोसी लिनुपर्छ अब
शिरमा कफन बाँधी उठ ठोकी लिनुपर्छ अब ।

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

भैलो खेल्न आएछौँ हामी

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले

तिहारको बेला आयो
देशभरि खुसी छायो
रङ्गी बिरङ्गी फूलले
बगँैचा सारा सजायो
भैलो ...

गाउँ सहर झलमल भयो
घर घरमा दीप बालेर
ताङ घिन्ताङ मादल बज्यो
देउसी र भैलो खेलेर

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो, भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

यही हो हाम्रो जिन्दगी

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी

देश भयो कङ्गाल यो देशका जनता भैसके गास न बास
दुष्टको जालो फिजिँदै गयो, हुने भो वनवास
विस्तारवादी नीतिमा नाच्ने यो देशका नाइकेहरू
धाकधम्की लगाई हिँड्दै छन् देशमा विदेशी दलालहरू

गरिबको खून बगाउँदै हिँड्यो सामन्ती नीतिले
झुप्रा र छाप्रा जलाउँदै हिँड्यो शोषकको नीतिले
चुपचाप लागि कति दिन बस्नू राज ग¥यो दुष्टले
सामन्ती बन्धन कसी है गयो बुझेनौँ हामीले ।

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

पीपलुको फेदीमा
(गाउँको सन्दर्भमा)

पीपलुको फेदीमा चौतारीमा बसियो
चैतको महिना घाम लाग्यो घमाइलो
जन्मोत्सव मनाउन टाढाबाट आइयो
सुखौरा गाउँमा गरौँ है रमाइलो
घमाइलो आऊ बसौँ गरौँ है रमाइलो

माथिलाई प¥यो निउरेको वन
सुखौरादेखि तल बग्यो तम्मुखोला
अहिलेको साल रमाइलो गरौँ
दुईदिने जीवन फेरि भेट होला नहोला
तम्मुखोला फेरि भेट होला कि नहोला

जति जति हे¥यो झनै राम्रो लाग्छ
ढकमक पार्दै फुलेको गुँरास
टाढाको सँगी भेट भयो आज
सम्झँदै गर्दा मन हुन्छ उराठ
गुँरास सम्झनाले मन हुन्छ उराठ

धौलागिरी छाया बाग्लुङमा पर्ने
माछापुच्छ«े छाया पोखराको फेवातालैमा
हुन्छ त दाजुभाइ बिदा पाऊँ आजलाई
नमरे बाँचे भेट होला अर्को सालैमा
तालैमा फेरि भेट अर्को नि सालैमा

पीपलुको फेदीमा ... ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

के सुनाऊँ साथी

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल

कोपिला थियो बगैँचामाथि चिचिला भनेनन्
पिस्तोलको गोली छातीमा गड्यो बा भन्न पाएनन्
जनता मार्ने हत्यारालाई कानुनले के ग¥यो
गरिबमाथि परेड खेल्दै दुशमनले राज ग¥यो
के सुनाऊँ ...

लेक र बेसी, भीर पहरामा फुलेका फूलहरू
आउनेछ एकदिन अँध्यारो चिर्दै लुकेका दिनहरू
खबरदार यहाँ जनता मार्ने दुश्मनहरू हो
मसाल बोकी जुट्दै छ बस्ती गरिबहरूको

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो गाउँघर
(तिहारको सन्दर्भमा)

तिहार आयो गाउँघर दैलोमा
हिँड्यौँ सबै देउसी र भैलोमा
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

आयौँ हामी नाच्दै र गाउँदै
तिहारको सन्देश सुनाउँदै
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सामन्तले नौ जाल बुन्याँै
गरिबलाई घर न घाट बनायो
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फेरि आयौँ जोरमादल भिरेर
यो सत्ताको दशहन्डर सहेर
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फूल फुल्यो घाम लाग्यो घमाइलो
सुख दुःख गरौँ है रमाइला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सँगै लडौँ हातमा हात समाऊँला
बाँच्यौँ भने अर्को साल भेटौँला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल ।
ááá
२०५०
रचना ÷सङ्गीत ः चिरन पुन


मादीको तिरैमा

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो

मादी नदी बग्दै छ, सुस्साहट लिएर
यो देशका जनता हामी बस्नुपर्ने रोएर
यस्तै हाम्रो कर्म हैन नेपालका जनताको
अत्याचारलाई बुझेनौँ तानाशाही फटाहाको
मादीको ...

थारु, शेर्पा, गुरुङ, मगर, दरै, तामाङ, दनुवार
जुटौँ अब सबै जाति भिर्नैप¥यो हतियार
कति दिन सहने हामी दासताको साङ्लोलाई
भेल बनी अघि बढौँ नयाँ दिन ल्याउनलाई

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो
ááá
२०५१, चिन्तुटार, तनहुँ
रचना÷सङ्गीत ः चिरन पुन

कालो बादल

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर

माक्र्सवाद भन्दै जनता लाम लागेर अघि बढ्नेछन्
अन्धकार पन्छाउनलाई साहस बोकी अघि बढ्नेछन्
उकुस मुकुस भाको धर्ती ब्युँझेर पक्कै उठ्नेछन्
ठाउँ ठाउँमा शोषक मास्दै योद्धा सारा अघि बढ्नेछन्

चारैतिर रातो झन्डाले यो धर्ती सिँगारिनेछ
क्रान्तिको ठूलो हुरीले कोलो मैलो बढारिनेछ
सामन्तीको सत्ता ढलाई देशको मुहार फेरिनेछ
साम्यवाद निर्माण गरी हाम्रो आह्वान पूरा हुनेछ ।

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर
ááá
२०५१
रचना÷सङ्गीत ः चिरन पुन
 

Sunday, September 3, 2023

व्यवस्था बदल्न अभिप्रेरित गर्ने गीत ‘चुनाव’

 

गीति समीक्षा ३
– नारायण शर्मा

देशमा आगामी मङ्सिर ४ गतेलाई संसदीय चुनावको मिति तोकिएको छ । केही पार्टी र नेताहरूलाई चुनाव निकै लागेको छ । हवाईकल्पनाका अनेकौँ रङ्गिन सपनाहरूले रङ्गाएर अनेकौँ पार्टीले चुनावी घोषणापत्र, अपिल र पोस्टरहरू बनाएका छन् । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालहरूबाट समेत ती नेता र पार्टीहरूले भोट माग्दै व्यापक प्रचार प्रसार गरिरहेका छन् । चुनाव जितेर सत्तामा पुगेपछि कहिल्यै गाउँ नफर्केकाहरूसमेत यतिबेला आफ्नो चुनावी क्षेत्रमा पुगेर गाउँलेका अगाडि घनुष्टङ्कार शैलीमा नुगिरहेका छन् । हो, यो चुनावमा अनेकथरी उम्मेदवार हरूले आफूलाई विकल्पका रूपमा उभ्याउँदै भोट मागिरहेका छन् । तर के यो व्यवस्थाअन्तर्गत हुने निर्वाचनहरूबाट चुनिने व्यक्तिहरूले देश र समाजको मुहार फेर्ने सामथ्र्य राख्दछन् ? अहिलेको आवश्यकता चुनावबाट शासन गर्ने व्यक्ति फेर्ने हो कि यो भ्रष्ट व्यवस्था बदल्ने ? यही प्रश्नको उत्तर बोकेर नेपाली साङ्गीतिक बजारमा एउटा गति आइपुगेको छ, ‘चुनाव’ ः
एमसीसी, एसपीपीलाई नपारी चिहान
आउँदैन देशमा शान्तिको बिहान
आफैँभित्र आफैँलाई जगाऊँ
देशप्रेमी भएर चिनाऊँ
संसदवादी चुनाव होइन स्थिरता बसालौँ
विकल्पमा व्यक्ति होइन व्यवस्था बदलौँ ।

यसरी गतिले स्पष्ट रूपमा यो व्यवस्थाअन्तर्गत हुने निर्वाचनबाट चुनिने व्यक्तिहरूले देश र जनताको अवस्थामा परिवर्तन ल्याउन नसक्ने बताएको छ । चुनाव वास्तवमा अस्थिरताको जड हो । ‘साम, दाम, दण्ड, भेद’ को नीति अपनाएर, झुट्टा आश्वासनका सपनाहरू बाँडेर जनताको भोट बटुली सत्तामा पुग्नेहरूले देशलाई समृद्धि र विकासको मार्गमा होइन, विनासको बाटोमा हिँडाएको हामीले देख्दै र भोग्दै आएका छौँ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता गर्नेहरू, एसपीपीजस्तो झनै राष्ट्रघाती सम्झौता गर्न तम्सनेहरू फेरि पनि जनताका बिचमा भोट माग्दै आइरहेका छन् । गीतले देशभक्त नेपालीहरूलाई आफूभित्रको देशभक्तिपूर्ण भावना जगाई त्यस्ता राष्ट्रघाती सन्धि सम्झौताहरूलाई चिहान बनाउन आह्वान गरेको छ । गीतमा देशको सार्वभौमिकता र स्वाधीनतालाई माया गर्ने हरेक देशभक्त नेपालीहरूको मनको भावना समेटिएको छ । त्यसकारण यसलाई एक देशभक्तिपूर्ण चेतनामूलक गीतका रूपमा पनि लिन सकिन्छ ।

‘चुनाव’ नामक यस चेतनामूलक देशभक्तिपूर्ण गीतलाई (जनगायक चिरन पुन ‘मिलन’को यु–ट्युब च्यानलबाट) २०७९ कात्तिक २० गते पर्यटन बोर्डको सभाहल काठमाडौँमा विशेष समारोहका बिच सार्वजनिक गरिएको थियो । नेकपाका प्रवक्ता ‘ प्रकाण्ड’ को प्रमुख आतिथ्यतामा सो गीत सार्वजनिक समारोह अघि बढेको थियो । प्रमुख अतिथि प्रकाण्डले यु–ट्युबमा गीत अपलोड गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रकाण्डले यसप्रकारका प्रगतिशील गीत÷सङ्गीतले देशको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउन ठूलो मद्दत पुग्ने बताएका थिए । समारोहमा सार्वजनिक गरिएको गीत ‘चुनाव’ माथि वरिष्ठ प्रगतिवादी
साहित्यकार आहुति, वरिष्ठ जनगायक माधव प्रधान र रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष एवम् हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्माले समीक्षा गरेका थिए । समारोहलाई नेकपाका अध्यक्ष ऋषि कट्टेल, चलचित्र निर्माता सङ्घका अध्यक्ष, राष्ट्रवादी अभिनेता नवल खड्काले समेत सम्बोधन गरेका थिए । समारोहमा प्रगतिवादी सांस्कृतिक आन्दोलनमा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ जनगायक माधव प्रधान र नयाँ पुस्ताकी उदयमान जनगायिका अनु शर्मालाई सम्मान एवम् कदरपत्र प्रदान गरिएको थियो । गीतका सर्जक प्रेम स, सङ्गीतकार एवम् गायक चिरन पुन ‘मिलन’, गायिका शारदा रसाइली, सङ्गीत संयोजक नारायण दङ्गाल, निर्देशक मिलन श्रेष्ठ, छायाकार सन्तोष तिमिल्सिनालगायत ‘चुनाव’ गीत
निर्माण युनिटका सम्पूर्ण सदस्यहरूलाई समेत समारोहमा कदरपत्र प्रदान गरिएको थियो । चिरन पुन ‘मिलन’को अध्यक्षतामा अघि बढेको सो समारोहको सञ्चालन प्रेम सीले गरेका थिए ।

गीतकार सीका गीतहरू यस अघि कतै सुनिएको थिएन । सम्भवतः यो उनको पहिलो गीत होला । तर गीत सुन्दा यो पहिलो रचनाजस्तो लाग्दैन । ‘चुनाव’ गीतका शब्दहरू निकै सरल छन् तर तिनले ऊर्जाशील भाव बोकेका छन् । गीतको सङ्गीत र सङ्गीत संयोजन पनि उस्तै सुन्दर छ । गायक गायिका दुवैका ओजिला र मिठासपूर्ण स्वरहरूले गीतको शब्दभाव र सुन्दर सङ्गीतप्रति न्याय नै गरेका छन् । गीतको भीडीयो सामान्य रूपमा तयार गरिएको छ । गीतका सर्जक, सङ्गीतकारका साथमा कलाकार एवम् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका यात्रीहरू सरल माझी, राजन नेपाली, चिरञ्जीवी सी, एलबी थापा, कविता पुन, सन्ध्या मगर, ललित विक, तारा सन्ज्याल, ललित बम, प्रेम सिजापति, रमेश रावत, प्रजिना दर्नाल, भरत रावल, पाल्देन लामा, सञ्जीव नेपाली, प्रवेश दर्नाल, विमर्श, सुशील बलम्पाकी, सुशील हमाल, राम पुन, प्रा.डा. केआर दाहाल र विक्रम क्षेत्रीको गीतको भिडियोमा भूमिका रहेको छ । सबै टोली एकै स्थानमा बसेर सामान्य अभिनय तथा नृत्य गर्दै गीतको भिडियो तयार गरिएको छ । गीतका शब्द र सङ्गीतले मागेका दृश्यहरू भिडियोमा कम नै देखिन्छ । जनमुक्ति अभियानका प्रत्येक अभियात्रीहरूलाई गीतले ऊर्जा र साहस प्रदान गरेको छ ।

गीतमा देशको यथार्थ अवस्था चित्रण गरिएको छ । देशमा स्थिरता र सुशासन चाहने हो भने जनता यसप्रकारका संसदीय चुनावहरूमा अल्झिनुहुँदैन । यो चुनावले शासन गर्ने व्यक्तिहरू मात्र बदल्न सक्छ । घुम्ने कुर्सीमा बसेर शासन गर्ने मान्छेहरू मात्र बदल्न सक्छ तर शोषित पीडित श्रमजीवी जनताको जीवन अवस्था बदल्न सक्दैन । देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा यस्तो चुनावबाट गएका व्यक्तिहरूले गर्न सक्दैनन् । बरु उनीहरू आफ्नो शासनसत्ताको कुर्सी जोगाउन साम्राज्यवादी एवम् विस्तारवादी शक्तिहरूसामु लम्पसार पर्दै जानेछन् । राष्ट्रघात र जनघातका दर्दनाक पीडामा तिनले देशलाई डुबाउँदै जानेछन् । राष्ट्रको सम्पत्तिमाथि तिनले ब्रह्मलुट मच्चाउँदै जानेछन् । महँगी, अनियमितता, भ्रष्टचार देशमा झनै बढ्दै जानेछ । देश झन्भन्दा झन्पछि कङ्गाल बन्दै जानेछ । 

जनवादी गीत समिक्षक तथा लेखक 

क्रान्तिभित्रको सुख चिनाउने एक ऊर्जाशील गीत ‘भोग्नलाई त’



गीति समीक्षा २
नारायण शर्मा

केही मानिसहरूले क्रान्तिलाई डरलाग्दो हाउगुजीको रूपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठ्याराहरूको पहाडका रूपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरू । तर सङ्घर्ष, आन्दोलन र क्रान्तिमा दुःखै दुःखको पहाड मात्र हुँदैन । बुझ्न चिन्न र अनुभूत गर्न सक्ने हो भने क्रान्तिभित्रै सुखको सागर पनि भेट्न सकिन्छ । सुख के हो ? खुसी के हो ? यो मानिसले आ–आफ्नो चेतनास्तर र दृष्टिकोणअनुसार अनुभूति गर्ने विषय हो । निश्चित दर्शन, ज्ञान र चेतनाकै अभावमा धेरै मानिसहरूले क्रान्तिभित्र छिपेको सुखको सागर देख्न सक्दैनन् । क्रान्तिभित्र लुकेको सुख र खुसी चिनाउने एउटा ऊर्जाशील गीत आएको छ–नेपाली साङ्गीतिक बजारमा । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को शब्द, रचना, चिरन पुनको सङ्गीत र नारायण दङ्गालको सङ्गीत संयोजनमा आएको ‘भोग्नलाई त’ बोलको उक्त गीतमा योगेश काजी र शारदा रसाइलीले स्वर दिएका छन् । गीतमा महासमरको यात्रामा रहेका अभियात्रीले त्यहीँभित्र अनुभूत गर्ने सुख र खुसीलाई सरलीकृत रूपमा उतारिएको छ ः
जहाजमा उड्नु, गाडीमा गुड्नु
साथीभाइसँग रसरङ्गमा डुब्नु
सबै सबै सुख नै हुन्
न्यायका लागि जोखिममा खेल्नु
सत्यका लागि विपत्ति झेल्नु
सङ्घर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त सुख अनेकौँ छन्
जीवनमा भोग्ने सङ्घर्षको सुख
प्रिय लाग्छ मलाई ।

हो, कसैका निम्ति रसरङ्गमा डुब्नु नै सुखको उच्चतम् विन्दु हुन सक्छ । एकथरी मानिसहरूले धन दौलतलाई नै सुख र खुसीको मुख्य कारक मान्दछन् । तर सबै खुसीहरू, सबै सुखहरू पैसाले किन्न सकिँदैन । पैसाले मात्र सबै मानिसहरूलाई खुसी र सुखी बनाउन सकिँदैन । पैसा त मानिसले नै सिर्जना गरेको विनिमयको एक माध्यम न हो ! पैसा नै साध्य होइन, त्यो एक साधन मात्र हो । पैसाका कारण मनमा उत्पन्न हुने खुसी क्षणिक हुन्छ । पैसा सकिएसँगै त्यो खुसी र सुख पनि सकिन्छ । तर आफूले गरेको कामबाट अरूको मुहारमा देखिने खुसीले आफ्नो मनमा पैदा गराउने खुसी र सुख त्यो दीर्घकालीन प्रकृतिको हुन्छ । न्यायपूर्ण र समतामूलक समाज निर्माणको महायात्रामा हिंडिरहेको यात्रीका निम्ति त्यही सङ्घर्षभित्र, त्यही आन्दोलनभित्र खुसीको सागर हुन्छ । हो, त्यो यात्रा निकै अप्ठ्यारो र जोखिमपूर्ण अवस्था हुन्छ तर त्यो जोखिमसँग पैठीजोरी खेल्दै अघि बढ्नुको आनन्द छुट्टै हुन्छ । त्यो यात्रा करोडौँ दीन, दुःखी, असहाय र पीडितजनहरूको सुदिन ल्याउन, उनीहरूको मुहारमा खुसी ल्याउन थालिएको यात्रा हो । त्यसैले वास्तविक क्रान्तिकारीहरूले कहिल्यै पनि हरेस खाँदैनन् । निरास हुँदैनन् उनीहरू । त्यही जोखिमभित्र, त्यही विपत्तिभित्रबाट पनि क्रान्तिपश्चात्को समतामूलक र न्यायपूर्ण समाजको सुन्दर तस्बिर देखिरहेका हुन्छन् उनीहरू । गीतमा त्यही वास्तविकता बोलिएको छ ः
उन्मादी विलास रमझममा भुल्नु
प्रियतम प्रियतमा अँगालोमा झुल्नु
यी सारा सबै सुख नै हुन
मुक्तिको लागि आगोमा कुद्नु
लक्ष्यको लागि हुरीमा उड्नु
सङ्घर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त ।

सुख र खुसी अनुभूति गर्ने मनहरू चेतना र दृष्टिकोणअनुसार फरक फरक हुने गर्छन् । कसैका लागि विलासी रमझममा भुल्नु नै सुख हुन सक्छ । कसैका लागि अरूलाई शोषण गरेर कालोधन थुपार्दा पनि खुसी मिल्न सक्छ, सुख मिल्न सक्छ । तर एक सचेत मानिस त्यसरी सुखी र खुसी रहन सक्दैन । मानिसलाई प्राणीहरूमध्येको सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसमा हुने सोच्न, बुझ्न सक्ने क्षमताकै कारण ऊ सर्वश्रेष्ठ ज्ञटट ÷ सपनाका यात्री
प्राणी गनिएको हो । आफ्नो लागि मात्र त जुनसुकै प्राणी पनि बाँच्ने गर्दछ । सचेत मानव भइसकेपछि अरूको निम्ति, समाजको निम्ति, देशको निम्ति बाँच्ने र केही गर्ने हिसाबले सोच्नुपर्दछ । त्यस्तो सोचाई राख्यौँ भने हामीले गर्ने हरेक कामभित्रै सुख र खुसी पाउन सक्छौँ । हामीले देखेका छौँ– नीतिमध्येको सर्वश्रेष्ठ नीति मानिने
राजनीतिक फाँटका नेताहरू जब सत्ता र शक्तिमा पुग्छन्, तब उनीहरूमध्ये प्रायःको जीवनशैलीमा आमूल परिवर्तन आउने गर्छ । हिजो सङ्घर्षका बेलामा जनताका झुग्गी झुपडीहरूमा रमाउने, उनीहरूको मन, उन्मादी विलास रमझममा भुल्न पुग्छ । सत्ता र शक्तिमा पुगिसकेपछि । सुख र खुसी अनुभूति गर्ने उनीहरूको शैली र प्रवृत्ति पनि फेरिन पुग्छ । त्यो उनीहरूले अपनाउँदै आएको विचार दर्शनमै परिवर्तन आएर उत्पन्न भएको भाव हो । जब मानिसको दृष्टिकोण र विचारमै फरक आउँछ सुख र खुसी अनुभूति गर्ने तरिकामा पनि फरक आउन थाल्छ ।

हिजो पैदलयात्रा गर्दै जनताको झुपडीमा पुगेर आटोपिठो खाँदा सुख र खुसीको अनुभूति गर्ने नेता, आज चौरासी व्यञ्जनको खान्कीमा मात्र खुसी र सुखी देखिन्छ । प्राडो, पजेरो, हेलिकोप्टर र जहाजको यात्रा नै उसका लागि प्रिय बन्न पुग्छ । उसको खुसी त्यही हुन्छ । सत्ता शक्तिमा पुगेर पनि श्रमजीवी जनताकै बीचमा गएर घुलमिल हुनु, उनीहरूसँगै काम गर्नुमा सुख र खुसी होइन, हीनताबोध हुन्छ उनीहरूलाई । तर सबै नेताहरू त्यस्ता हुन्छन् भन्ने होइन । 

गीतका लेखक स्वयम् पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक शिखर नेता हुन् । गीतका शब्दहरूमा मात्र होइन, आफ्नो जीवन व्यवहारमा पनि उनले अहिलेसम्म जनमुक्तिको अभियानभित्रैको सुख र खुसीलाई प्रिय मानेको देखिन्छ । यस्तै अहिलेकै परिवेशमा हेर्ने हो भने पनि हर्क साम्पाङ राईजस्ता, जनताकै बिचमा, जनतासँगै काम गर्दा सुखी र खुसी हुने मेयर पनि छन् यै समाजमा । स्वतन्त्रबाट उम्मेदवार बनेर विजयी भएका उनी जनतासँगै गिट्टी कुटिरहेका हुन्छन्, पाइप बोकिरहेका हुन्छन, फोहोर सङ्कलन गरिरहेका हुन्छन् । उनी त्यसैमा सुखी र खुसी देखिन्छन् । हिजो सङ्घर्षको बेलाको जीवनशैली र आज धरानको मेयरमा निर्वाचित भइसकेपछिको उनको जीवनशैलीमा फरक देखिँदैन । त्यसैले चिन्न सक्ने हो भने सबैभन्दा प्रिय सुख र खुसी श्रमजीवी जनताको बिचमा रहँदा हुन्छ । तिनै श्रमजीवी जनताको मुक्तिका लागि सङ्घर्षको मैदानमा होमिँदा हुन्छ । जनमुक्तिका लागि आगोमा कुँद्दा, समतामूलक समाज निर्माणका लागि सङ्घर्षको हुरीमा होमिँदा जुन आत्मसन्तुष्टि, खुसी र सुख मिल्छ, त्यो नै सबैभन्दा प्रिय हुन्छ । वास्तविक जननेताका लागि, समाजको हरेक अगुवाका निम्ति त्यस्तो सुख नै वास्तविक सुख बन्नुपर्दछ । गीत ‘भोग्नेलाई त’ ले मूलतः त्यही सन्देश प्रवाह गरेको छ ।

गीतमा सरल शब्दहरूमा गम्भीर भावलाई बडो कुशलतापूर्वक उतारेका छन् रचनाकारले । कुनै पनि गीतका शब्दभावहरू जतिसुकै उच्च भए पनि त्यसले न्यायपूर्ण सङ्गीत र स्वर पाउन सकेन भने त्यो गीत पूर्ण बन्न सक्दैन । गीत ‘भोग्नेलाई त’ मा सबै विधाको संजोग मिलेको देखिन्छ । जुन उच्च क्रान्तिकारी भावका साथ रचनाकारले गीतका शब्दहरू कोरेका छन्, त्यसको मूल मर्मलाई बुझेरै सङ्गीतकारले ती शब्दमा सङ्गीत भरेका छन् । सङ्गीतकार स्वयम् पनि प्रगतिशील सांस्कृतिक आन्दोलन एवम् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील रहेका व्यक्तित्व भएरै हुनुपर्छ; प्रस्तुत गीतमा उनले न्यायपूर्ण सङ्गीत दिएका छन् । यो गीत निर्माणका बेला राज्यले नेकपामाथि प्रतिबन्ध लगाएको थियो । रचनाकार सङ्गीतकार भूमिगत रूपमा एउटै मिसनमा थिए । “हाम्रो पार्टीको आठौँ केन्द्रीय समितिको बैठकको दौरानमा प्रतिबन्धकै बेला २०७७ सालको सुरुआततिरै यो गीत मलाई दिनुभएको थियो महासचिव कमरेडले”, सङ्गीतकार चिरन पुन भन्छन्, “त्यो बेला रेकर्ड गर्ने परिस्थिति थिएन । समय परिस्थिति मिलाउँदा–मिलाउँदै अहिले मात्र सार्वजनिक गर्न सक्यौँ ।” 

गीतका शब्दहरू देख्दा नै सरल तर गम्भीर भाव बोकेका लागेर आफूले सङ्गीत भरेको पुनले प्रस्ट पारे । “प्रगतिशील, क्रान्तिकारी गीत भन्नेवित्तिकै बम, बारुद्ध, राइफल, हान्ने, मार्ने भाव दिने शब्द हुनुपर्छ भन्ने मान्यता पनि राख्ने गरेको पाइन्छ । तर महासचिव विप्लवद्वारा लिखित यो गीतका शब्दहरू जनताले बुझ्न सक्ने सरल भाषामा लेखिएको छ”, सङ्गीतकार पुनले भने, “हरेक क्रान्तिकारीहरूलाई सङ्घर्षभित्रको सुख नै प्रिय हुन्छ– त्यही यथार्थ बोलेको छ, यो गीतले ।” गीतको सङ्गीत संयोजक र गायक गायिकाको कामबाट आफू पूर्णतयाः सन्तुष्ट रहेको समेत सङ्गीतकार पुनले बताए । सङ्गीत संयोजक नारायण दङ्गालले पनि सङ्गीतको संयोजन बडो कुशलतापूर्वक गरेका छन् । गायक योगेश काजी र गायिका शारदा रसाइलीको स्वरले पनि पूर्ण न्याय गरेको छ, गीतप्रति । सबैको संयोजन राम्रो मिलेको छ । रचनाकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक, गायिका सबैको एकीकृत कलाबाट एउटा ज्सपनाका यात्री सुन्दर कर्णप्रिय जनगीत निर्माण भएको छ । जनसङ्गीतको पङ्क्तिमा एउटा अर्को क्रान्तिकारीभावको सुन्दर ऊर्जाशील गीत थपिएको छ ।

सूचना प्रविधिको उच्चतम् विकास हुँदै गइरहेको वर्तमान समयमा गीत÷सङ्गीतलाई सुन्न मात्र होइन; हेर्न पनि चाहन्छन् स्रोताहरू । गीत जुन रूपमा सुन्दर बनेको छ, त्यसको भावअनुसारका नृत्य, अभिनयलाई पनि दृश्याङ्कन गरेर भिजुअलसहित ल्याएको भए गीत अझ सुन्दर र सार्थक बन्न सक्थ्यो भन्ने भाव गीत सुन्ने जो कोहीको मनमा पनि उब्जन पुग्दछ । दर्शक स्रोताको उक्त गुनासोलाई अस्वाभाविक मान्न सकिँदैन । देशको प्रगतिशील सांस्कृतिक आन्दोलनमा मात्र होइन; राजनीतिक आन्दोलनमा पनि ठूलो अर्थ र महत्त्व राख्दछन् यसप्रकारका गीतहरूले । व्यावसायिकताका नाममा छाडा, अश्लील र पाश्चात्य गीत–सङ्गीतको बोलवाला रहेको नेपालको वर्तमान साङ्गीतिक बजारमा क्रान्तिकारी भाव बोकेको यसप्रकारका ऊर्जाशील गीत आउनु जनसङ्गीतप्रेमी सम्पूर्णका निम्ति हर्षकै कुरा हो । आगामी दिनमा पनि सर्जकबाट यसप्रकारका सिर्जनाहरूले निरन्तरता पाइराखून् । गीतका सर्जक, सङ्गीतकार, सङ्गीत संयोजक, गायक गायिकालगायत ‘भोग्नेलाई त’ गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरूलाई बधाईका साथ यो गीत सफलताको हार्दिक शुभकामना ! आखिर कस्तो छ त क्रान्तिभित्रको सुख चिनाउने ‘भोग्नेलाई त’ गीत ? अब चिरन पुन अफिसियल यु–ट्युब च्यानलमा गएर सुनौँ र हेरौँ है त !

जनवादी गीत समिक्षक तथा लेखक


गीति समीक्षा १
युग बदल्ने ‘सपनाका यात्रीहरू’
– खेम थपलिया

मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले यस्तै सन्दर्भलाई इङ्गित गरेर भन्नुभएको थियो, “जब मान्छे एउटा असल कामका लागि समर्पित हुन्छ, त्यति बेला ऊ मर्नदेखि डराउँदैन । यदि मलाई गिरफ्तार गरियो भने पनि म गाउँछु । यदि उनीहरूले मेरो जिब्रो काटिदिए भने पनि म आफ्नो हत्केलाले टेबुलमाथि बजाएर गाउँछु । यदि उनीहरूले मेरो हत्केलालाई पनि काटिदिए भने मैले आफ्नो खुट्टाबाट आवाज निकाल्नेछु । यदि उनीहरूले मेरो खुट्टा पनि काटिदिए भने मैले आफ्नो शरीरलाई युद्धमा लडिबुडी गराउनेछु । यदि उनीहरूले मलाई फासिमै चढाए भने मैले रक्तसङ्गीतम्द्वारा आफ्नो सन्देश जनतासमक्ष पु¥याउनेछु ।” प्रख्यात गद्दरको यो कुरा अहिले नेपाल कम्युनिस्ट पार्टीको जीवनमा ठ्याक्कै लागु भएको छ । 

इतिहासको संवेदनशील यस घडीमा क्रान्तिकारीहरूले आफ्नो ज्यानलाई हत्केलामा राखेर देश र जनताको सेवा गरिरहेका छन् । राज्यद्वारा प्रतिबन्धात्मक अवस्थामा पनि सिर्जनात्मक काममा तीव्रता आएको छ । त्यही सिर्जनात्मक कार्य–शृङ्खलामा आइपुगेको छ, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा रचित गीत, ‘सपनाका यात्रीहरू ।’ ‘सपनाका यात्रीहरू’ यु–ट्युवमार्फत् सार्वजनिक पनि भइसकेको छ ः
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन ।

विप्लव राजनीतिक पार्टीको नेतृत्व मात्र हुनुहुन्न, उहाँ उत्पीडित तथा श्रमजीवी  जनताको मन र हृदयलाई छामेर लेख्न सक्ने गीतकार पनि हुनुहुन्छ । उहाँका गीतहरू नेपाली साङ्गीतिक फाँटमा विशेष चर्चामा रहने गरेका छन् । उहाँका ‘देशको मुहार’, ‘उठ साथी हो’, ‘चेले भन्नुभएको’, ‘जागै बस’, ‘हामी माओवादी’, ‘तुफानमा जिउने’, ‘कसले बनायो’, यस्तो पनि’, ‘भुल्नुहुँदैन कमरेड’, ‘क्रान्तिकारीको जीवन’ जस्ता ज्ञटण् ÷ सपनाका यात्री गीतहरू स्थापित छन् । यु–ट्युवमा राखिएका उहाँका गीतका भ्युअर्स लाखौँ छन् । गम्भीर अन्तर्वस्तुसहित समृद्धशाली गीति–शृङ्खलामा उहाँको ‘सपनाका यात्रीहरू’ पनि जोडिन आइपुगेको छ । 

जनयुद्धका तत्कालीन नेतृत्वले क्रान्तिकारी सपनाको रातो झन्डालाई चौबाटोमा अलपत्र छाडेर भागेपछि विप्लवले त्यो सपनाको रातो झन्डालाई सम्हाल्दै क्रान्तिकारी जनसमुदायमा क्रान्तिकारी आशावाद र क्रान्तिकारी सपना जगाउन यो गीतको रचना गर्नुभएको हो । गीत सङ्गीत प्राचीन विधा हो । यो समाजको श्रम तथा उत्पादन प्रक्रियाको विकाससँग जोडिँदै आएको छ । पुँजीवादले गीत सङ्गीतलाई बजारु मालमा फेरिदिए पनि यसको वर्ग पक्षधरता कायम नै छ । यो विचार र संवेदनाको प्रकटीकरणमार्पmत् मूर्तीकृत हुन्छ । गीत सङ्गीतमा अन्तर्वस्तु र रूप एकापसमा अन्तप्र्रविष्ट भएको हुन्छ । सङ्गीतभित्र ध्वनि साङ्गीतिक स्वरूपमा उत्पन्न हुने स्वर, त्यसको आघात– सङ्घात, आरोह–अवरोह, ताल–तान–नाद–मान, गीत सङ्गीत र विन्याँस यसका अवयव हुन्छन् ।

आज पनि नेपाली समाजमा लोकभाका, लोकलय र लोकपरम्परा जीवितै छन् । दुनियाँमा दिन–प्रतिदिन विकसित नवीन प्रविधिको अधिकतम उपयोगले गीत सङ्गीतको प्रभावकारिता बढाउन सकिने कुरा हान्स आइन्सलरको भनाइ मननीय छ । यसको प्रभावकारितामा गीतसित सङ्गीतको संयोजन तथा गीत र स्वरको उचित चयनजस्ता कुरा आउँछन् । शब्दअनुसार सङ्गीत र सोहीअनुरूप स्वर भएन भने त्यो कर्णप्रिय र कालजयी बन्न सक्तैन । वर्गसमाजमा हरेक वर्गले आफ्नो वर्गप्रेमअनुसार गीत सङ्गीतको पनि निर्माण र प्रचार–प्रसार गरिरहेका हुन्छन् । नेपालमा हाँसो–आँसु, सुख–दुःख, आक्रोश–पीडा, विद्रोह तथा प्रतिबद्धताका साथै, जनताका अनुभव, अनुभूति र संवेदनाको अभिव्यञ्जनापूर्ण क्रान्तिकारी गीत सङ्गीत अघि बढिरहेको छ । त्यसैको पछिल्लो कडी हो, ‘सपनाका यात्रीहरू ।’

नेपालमा राणाविरोधी आन्दोलनदेखि नै जनताका गीत सङ्गीत सामन्तवादको शिरमाथि बज्रिन थालेको हो । जनयुद्धकालमा पुरानो सत्ताले क्रान्तिकारी गीत सङ्गीतमाथि दमनको दुष्चक्र मात्र चलाएन, उसले जनताका गीत सङ्गीतलाई भयङ्कर खतरा मात्र पनि देखेन, उसले कृष्ण सेन ‘इच्छुक’ लगायत १७० बढी संस्कृतिकर्मीको हत्यासमेत गरिदियो । राष्ट्रियता, जनतन्त्र, जनजीविका, न्याय र समानताको आवाजलाई गीत सङ्गीतमा उन्ने जनताका कलाकारको अनेकोट, भाबाङ, डुङ्लाहरूमा सामूहिक हत्या गरियो । हुन त पुरानो सत्ताले समग्र सपनाकै हत्या गर्ने दुष्प्रयत्न नगरेको होइन, आज तिनै सपना चिहान खोतल्दै वैज्ञानिक समाजवादी युगको आराधना गरिरहेका छन् । लेनिनले भन्नुभएको छ– हामीले सपना देख्नुपर्छ ।

हो, हामीले सपना देखिरहेका छौँ, सपना जगाइरहेका छौँ । निश्चय पनि सपनालाई पूरा गर्ने महान् अभियानमा लामबद्ध यात्रीहरूले सपनालाई जगाउनुपर्दछ, जगाउन सक्नुपर्दछ र जगाउन जान्नुपर्दछ । जीवन सपनामा जिउँछ, सपनामै रमाउँछ । जीवन र सपनाका बिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । जीवन र सपनामध्ये एकको अभावमा अर्कोको कुनै अर्थ हुँदैन । हेरौँ, एक साक्ष्य ः
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन
सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ
सपनाहरू मर्न नदेऊ, सपनाहरू झर्न नदेऊ ।

क्रान्तिकारी गीत सङ्गीतमा सङ्घर्ष, समर्पण र बलिदानको इतिहास गाँसिएर आउँछ । नेपालमा न्यायपूर्ण समाज स्थापनार्थ हजारौँ योद्धाले बलिदान गरिसकेका छन् । हाम्रा गीत सङ्गीत मालेमावादी सौन्दर्य चिन्तनमा आधारित छन् । वर्गसङ्घर्ष प्रतिभाहरू जन्माउने र हुर्काउने प्रयोगशाला पनि हो । यसको विकास र विस्तारमा राजनीतिक कार्यदिशाबाट निर्देशित जनकलाकारको बलिदान, समर्पण र साधनाले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । जसरी हिजो जनयुद्धका निमित्त क्रान्तिकारी गीत सङ्गीतले प्रेरणा, प्रोत्साहन र ऊर्जा थपेको थियो; त्यसैगरी, आज एकीकृत जनक्रान्तिका लागि क्रान्तिकारी गीत सङ्गीतले सोही भूमिका निर्वाह गरिरहेको छ ।

सुपष्ट योजना, लक्ष्य र दृष्टिकोण भएको मान्छे चराजस्तै स्वतन्त्र उड्न सक्तछ । उसलाई कसैले पनि कैद गर्न सक्तैन । ऊ साँघुरो घेराबाट मुक्त हुँदै विस्तृत आयामका साथ विचरण गरिरहेको हुन्छ । उसले एकैछिनमा आकाश–धर्ती जोडिदिन सक्तछ । महान् सहिदहरू आकाशमा चम्किरहने तारा हुन् । आकाशमा चम्किरहेका तारा हाम्रा लक्ष्य पनि हुन् । जसरी महान् सहिदहरू आकाशमा तारा बनेर चम्किरहेका हुन्छन्, त्यसैगरी तिनको योगदानले धर्ती पनि चम्किरहेको छ । धर्ती र सपना एकापसमा चम्किरहेका हुन्छन् किनकि सपनाको फूल धर्तीमै फुल्दछ । एकीकृत जनक्रान्तिमा मात्र एघारजना महान् योद्धाहरूले बलिदान दिइसक्नुभएको छ । यो ज्ञटद्द ÷ सपनाका यात्री बलिदानको प्रतापद्वारा हाम्रो धर्ती, हाम्रो आकाश र हाम्रो सपना चम्किरहेको छ । रूप र अन्तर्वस्तुको सुन्दर समायोजनद्वारा कालजयी बनेको गीत ‘सपनाका यात्रीहरू’ ले नयाँ यथार्थलाई आत्मसात् गर्दै क्रान्तिकारी सचेतन हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको छ । हेरौँ, अर्को एक साक्ष्य ः
भुरुरु उड्यो पंक्षी, पंक्षीझैँ उड्यो मान्छे
सपना उड्यो पंक्षीसँग, मान्छे उड्यो सपनासँग
चम्किने आकाशका तारा, ताराजस्तै चम्क्यो धर्ती
सपना चम्क्यो तारासँग, धर्ती चम्क्यो सपनासँग ।

गीत सङ्गीतले जनसमुदायको ठूलो हिस्सालाई एकैचोटि प्रभावित पार्न सक्तछ । हाम्रा गीत सङ्गीतमा प्रतिध्रुबीय गीत सङ्गीतका विरुद्ध लड्ने प्रचुर क्षमता रहेको छ । जनताका प्रत्यक्ष जीवनमा आधारित भएर लेखिएका गीतहरू जनताको ढुकढुकी बन्दछन् । ‘सपनाका यात्रीहरू’ पनि त्यही ढुकढुकी हो । दुनियाँ परिवर्तनशील छ । यो निरन्तर बदलिँदै आएको छ । समयको यो विशाल र अथाह प्रवाहमा युगहरू पनि बदलिँदै आएको छ । आज केही मान्छेहरू आफ्नो लुटको स्वर्ग बचाउन क्रान्तिको युग सकिएको, परिवर्तनको औचित्य नरहेको भन्दै छन् । यस्तो अवैज्ञानिक र सफेद झुटलाई प्रस्तुत गीतले पूरै इन्कार गरिदिएको छ । जब क्रान्तिकारीहरूका सपना युग परिवर्तनसँगै फेरिन्छ, तब समाज र जनताको जीवन पनि सुन्दर र हराभरा हुन्छ । प्रस्तुत गीतले शोषण, दमन, अन्याय र अत्याचारको युगको अन्त्य भएर न्याय, समानता, वैज्ञानिक समाजवादी युग आउने अमीट विश्वास व्यक्त गरेको छ । हेरौँ, प्रस्तुत गीतको अर्को एक साक्ष्य ः
निरन्तर बग्ने समय, समयझैँ बदलिन्छ युग
सपना उड्छ युगसँग, युग फेरिन्छ सपनासँग ।

हामीलाई थाहा छ, हतारो–चटारोमा गरिएका शब्दसंयोजन, सङ्गीतबद्धता तथा प्रस्तुतिले गीत सङ्गीतमा समस्या निम्त्याउँछ । नेपालमा गीतलेखन तथा सङ्गीत संयोजनको एकरेखीयताले अनुभूति र सम्प्रेषण, रागानुभूति र भाव बोधगम्यताको अभाव नदेखिएको होइन । गीत सङ्गीतमा आधुनिक र लोकशैलीको सुन्दर संयोजनद्वारा गुण र परिमाण दुवैमा छलाङ मार्न सकिन्छ । गीत सङ्गीत प्रचारात्मक अङ्ग मात्र होइन; यो स्तरीयकरण, वैचारिकीकरण र लोकप्रियकरणको सुन्दर सम्मिलन पनि हो । ‘सपनाका यात्रीहरू’ मा शब्द, सङ्गीत र स्वरको उपयुक्त सम्मिलन रहेको छ । प्रस्तुत गीत एउटै केन्द्रीय भावमा लेखिएको छ, यो सुन्दा मात्र होइन, पढ्दा पनि लययुक्त छ ।

क्रान्ति र क्रान्तिकारी मनोविज्ञानका कारण क्रान्तिकारी गीतहरूमा वीर रसको घनत्व प्रचुर मात्रामा रहेको पाइन्छ । क्रान्तिकारी गीत सङ्गीतमा करुण रसलाई वीर रससँग जोडेर संवेदनायुक्त क्षणमा पनि निराशालाई आशामा एवम् मृत्युलाई गौरवपूर्ण बलिदानमा फेर्ने परम्परा रहिआएको छ । आज पूर्वको मारुनीदेखि पश्चिमको देउडासम्म एवम् हिमालको सेलोदेखि तराईको सखिया गीतहरू जनपक्षीय उपयोग गर्ने क्रम तीव्रतामा छ । हामीले आधुनिकताको नाममा लोकलाई बिर्सिने र लोकको नाममा आधुनिकतालाई घृणा गर्ने परम्पराको अन्त्य गर्नैपर्दछ । हाम्रा गीतहरू आदर्श बन्नुपर्दछ । हाम्रा गीतहरू फासिवादी दलाल एवम् प्रतिक्रान्तिकारीहरूका मुटुभेदन गर्ने तीर बन्नुपर्दछ । 

हाम्रो आन्दोलनसित व्यथा, आवेग, पीडा मात्रै छैन; प्रतिशोध, प्रतिरोध र वीरत्व भावको गहिराइ पनि छ । हाम्रा गीत सङ्गीतले जनता र जनसंस्कृतिकर्मीबिचको सम्बन्धलाई सामिप्यता र जीवन्तता प्रदान गर्दै आएको छ । हाम्रा गीत सङ्गीत भीषण युद्धमोर्चामा बारुदको धुवाँमा फुलेका फूल हुन् । हाम्रो यात्रा हजारौँ माइलको छ, चढ्नुपर्ने सर्वोच्च शिखर छ, फोड्नुपर्ने अनगिन्ती काला पहाड छन् । हामीलाई विश्वास छ, एक दिन सपनाका यात्रीहरूले हजारौँ माइलको यात्रा पूरा गर्नेछन्, सर्वोच्च शिखरमा चढेर रातो झन्डा पहराउनेछन्, काला पहाडहरू तोड्नेछन् । करिब ६ मिनेटको समयावधि रहेको प्रस्तुत गीत ‘सपनाका यात्रीहरू’ मा जनसंस्कृतिकर्मी चिरन पुनको सङ्गीत र योगेश काजीको स्वर रहेको छ ।

माक्र्सवादी साहित्यकार तथा लेखक
१ असार, २०७७ 
 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।