Tuesday, September 5, 2023

गीतहरु ३

 


- रातो सलाम
- तिहार आयो रे
- भैलीमा भाइ
- देशै डुब्यो  (कमेडी)
- किसान मार्च
- मुक्तियुद्ध
- जनताले रोजेको
- घुमीमा घुमी (तीजी–भाकामा)
- कानुन मिची (तीजी–भाकामा)
- गोली चलाई
- अघि बढ्दै
- विदेशमा गई पहरा फोर्ने



रातो सलाम (सहिदप्रति समर्पण)

रातो सलाम हाम्रो छोडेर जाने वीर सहिदलाई
रातो सलाम हाम्रो मुक्तिका खातिर लड्ने वीरलाई

संसारै थर्काउँथ्यो त्यो चर्को बोलीले
झुकेन तिम्रो शिर दुश्मनको गोलीले
सुनसान पारेर त्यो गाउँ सारा
छोडेर गयौ तिमी यो धर्ती सारा
रातो सलाम ...

उत्पीडनको आक्रोशले तातो रगत उम्लिरहोस्
क्रान्तिकारी वर्गयुद्ध विश्वभरि चम्किरहोस्
उर्लेर आउनेछ क्रान्तिकारी भेल
सखापै हुनेछ सामन्तीको खेल
रातो सलाम ...

विद्रोहको ज्वाला बनी बैरी सखाप पारिदिन्छौँ
महानता गौरव यात्रा सधैँभरि कायम राख्छौँ
कम्मरै कसेर उठ्नेछ सार
लडेरै मर्छौं बरु सब सर्वहारा

रातो सलाम हाम्रो छोडेर जाने वीर सहिदलाई
रातो सलाम हाम्रो मुक्तिका खातिर लड्ने वीरलाई ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो रे (सोरठी भाकामा)

तिहार आयो रे आहै तिहार आयो रे
आहै घुमिफिरी बर्षै दिनको तिहार आयो रे

बेचिखाए लौ उनले बेचिखाए
आहै यो देशको नदी नाला बेचिखाए

लुटिखाए लौ उनले लुटिखाए
आहै हाम्रो देशको स्रोत साधन लुटिखाए

ढाँटिखाए लौ उनले ढाँटिखाए
आहै जनताको अधिकारलाई ढाँटिखाए

ठगिखाए लौ उनले ठगिखाए
आहै जनताको खुन पसिना ठगिखाए

तिहार आयो रे आहै तिहार आयो रे
आहै घुमिफिरी वर्षै दिनको तिहार आयो रे ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

भैलीमा भाइ (सोरठी भाकामा आशीष गीत)

भैलीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना हाम्रो शुभकामना

कोहीमा सन्तान देशको सेवा गरून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जनसेवक बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जननेता बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान अन्यायविरुद्ध लडून्
हाम्रो शुभकामना

कोहीमा सन्तान इन्जिनियर बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान डाक्टर पाइलट बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जनसेना बनून्
हाम्रो शुभकामना

भैलीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना

देउसीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना
हाम्रो शुभकामना ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

देशै डुब्यो  (कमेडी)

देशै डुब्यो चुर्लुम्मै
गिरिजा गए लुरुङ्ङै
भट्टराई बाबु रोएको कल्ले सुन्ने हो
जालमाथि अर्को जाल कल्ले बुन्ने हो

छयालीस सालको हत्यारालाई फेटा सिलाई लाउने
एउटै थालमा माम पस्की तीनभाइले खाने
दाउ थियो शेरबहादुरको गिरिजाले भ्यायो
मुसा उम्की दुलोभित्र बिरालो भो म्याओ
देशै डुब्यो ...

चिच्चाउने शेरबहादुरको मुखमा बुझो लाग्यो
भट्टराईको सपना त अधुरो नै रह्यो
ठूलो पार्टी भनेर चिच्याउने हो
कुर्सीको तानातान कल्लाई पो दिने हो
देशै डुब्यो ...

विरोधीलाई दबाउन गोली ठोक्नुपर्छ
नाइँ नाइँ हुन्न त्यसरी त वार्ता गर्नुपर्छ
नेपाललाई सिङ्गापुर बनाउनेछु मैले
फेरि पनि मन्त्री बन्छु रोक्नेछैन कोइले
कसले कसलाई पछार्नु छ अब कम्मर कस
तिम्रो अब मौका छैन नरोईकन बस
नरोईकन बस ... ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

किसान मार्च

लम्कियो हाम्रो किसान अभियान
चम्कियो हाम्रो किसान अभियान
गाउँ घरलाई ब्युँझाउँदै विरोधीलाई थर्काउँदै
क्रान्तिकारी झन्डा बोकेर
राता राता झन्डा बोकेर

महँगीले चुली नाघिसक्यो
भ्रष्टाचारले सीमा काटिसक्यो
नदीनाला बिक्री गरिसक्यो
विदेशीले भूमि लुटिसक्यो
सबैले बुझ्ने बेला भो
लम्कियो हाम्रो ...

सर्वहारा शोषित सुकुमबासीहरू
शोषित पीडित किसान मजदुरहरू
जनतालाई लुट्ने को हो चिनौँ
कालो कानुन सबै मिली फालौँ
सबैले सोच्ने बेला भो
एकढिक्का हुने बेला भो

लम्कियो हाम्रो किसान अभियान
चम्कियो हाम्रो किसान अभियान
गाउँ घरलाई ब्युँझाउँदै विरोधीलाई थर्काउँदै
क्रान्तिकारी झन्डा बोकेर
राता राता झन्डा बोकेर ।
ááá
२०५६
रचना÷सङ्गीत ः चिरन पुन

मुक्तियुद्ध

मुक्तियुद्ध लड्नलाई उठ
गरिब सारा सुतेका जनता
हाम्रो दिन आउँदैन त्यसै
दुष्टसँग नलडे अब त

अन्धकार छायो यो धर्तीमाथि
सङ्गीनले रोप्यो त्यो छातीमाथि
उठ उठ दाजुभाइ बन्दुक भिरेर
यो व्यवस्था ढाल्नु छ सबै मिलेर
मुक्तियुद्ध ...

खून हाम्रो पियो शासकले आज
ज्यान हाम्रो लियो शोषकले आज
मजदुर किसान सबैले क्रान्ति गीत गाऊँ
गाउँको शोषक भगाउँदै सहरतिर जाऊँ
मुक्तियुद्ध ...

एउटालाई ढाले सयौँ वीर हुन्छौँ
क्रान्तिको ज्वाला झन् बढी फुक्छौँ
यो देशमा लालकिरण पक्कै छाउनेछ
गरिबको सुदिन पक्कै आउनेछ

मुक्तियुद्ध लड्नलाई उठ
गरिब सारा सुतेका जनता
हाम्रो दिन आउँदैन त्यसै
दुष्टसँग नलडे अब त ।
ááá
२०५६
रचना÷सङ्गीत ः चिरन पुन

जनताले रोजेको (तीजी–भाकामा)

गाउँ घर उठेर जनता सबै जुटेर
हटेर होइन बन्दुकसँग डटेर
बरिलै जनताले रोजेको गणतन्त्र

एक्काईस जनाले बलिदान दिएर
हजारौँ घाइते आन्दोलनमा बनेर
बरीलै हामीले खोजेको गणतन्त्र

राजतन्त्र होइन गणतन्त्र चाहिन्छ
झुक्काए जनतालाई फेरि पनि लडिन्छ
बरिलै जनताले चाहेको गणतन्त्र

राजाको शासन अब हाम्लाई चाहिन्न
त्यो शासन रहेमा हाम्रो हक पाइन्न
बरिलै हामीले खोजेको गणतन्त्र

राजतन्त्रविहीन गणतन्त्र ल्याइन्छ
अति भो हामीलाई जनअधिकार चाहिन्छ
बरिलै जनताले रोजेको गणतन्त्र

संविधानसभाको चुनावको बाटो भई
ल्याइछाड्छौँ अधिकार पुरानो जलाई
बरिलै हामीले खोजेको गणतन्त्र

समान प्रतिनिधित्व खोज्दै छन् सबैले
समतामूलक गणतन्त्र रोज्दै छन् सबैले
बरिलै जनताले रोजेको गणतन्त्र

राज्यको पुनर्संरचना गरेरै छाड्नु छ
पुरानो सत्ताको जञ्जिर सबै तोड्नु छ
बरिलै हामीले खोजेको गणतन्त्र

समावेशी राज्य यहाँ अब ल्याइन्छ
सबैको अधिकार सुनिश्चितता चाहिन्छ
बरिलै जनताले रोजेको गणतन्त्र

समानताको संरचना चाहना छ सबैलाई
सचेत बनौँ जन हो फेरि धोका देलान् हामीलाई
बरिलै हामीले खोजेको गणतन्त्र ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

घुमीमा घुमी (तीजी–भाकामा)

घुमीमा घुमी तीज आयो फेरि हाम्रो शुभकामना
सबै मिली उत्पीडनको गरौँ सामना

हामी सबै मिल्यौँ भने समानता ल्याइछोड्छौँ
नारी बेच्ने कालो कानुन अब चुँडाल्छौँ

जबसम्म अधिकार खोसेर ल्याइन्न
चुप लागेर बस्यो भने त्यसै पाइन्न

महिला भेद्भाव सहेर कति बस्ने हामीले
थिचोमिचो कालो कानुन तोडौँ सबैले

हामीलाई शोषण गरी खान कहाँ पाइन्छ
सम्पत्तिमा समान हक अब चाहिन्छ

कानुन मात्र होइन हाम्लाई व्यवहारमा लागू गर
समानता जनतालाई अब देखाई छोड ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

कानुन मिची (तीजी–भाकामा)

कानुन मिची राजा अघि सरेर
शासन गर्ने भन्दै थे गरिब दुःखी जनता मारेर

मुकुकभरि सङ्कटकाल लगाई
बोल्न लेख्न नदिने दरबारिया फूर्ति देखाई

दुःखी जनतालाई रुवाबासी पारेर
कालो शासन चलाए मुक्तिकामी जनता मारेर

सबै जनताको भावनालाई मिचेर
हिन्दु राजा भन्दै थे आस्थामाथि धावा बोलेर

राज्य ढुकुटी आफैँले लुटेर
भाषण गर्दै हिँड्दै छन् जनताको नेता बनेर

कम्ब्याट लगाई हेलिकप्टर चढेर
आदेश गर्दै डुल्दै छन् छाउनीमा सिपाही बनेर

खुनी दरबारमा जनघाती जुटाई
कालो विधेयक ल्याउँदै छन् षड्यन्त्रकारी मनै फुकाई

सैनिक बलमा शासन गर्छु भनेर
हारगुहार गर्दै छन् जनताको सेवक बनेर

कहिलेसम्म साढे भै हिँड्ने छौ हेरौँला
मक्किएको यो व्यवस्था के गरी टिकाऊँला

कहाँ जनताले राजतन्त्र खोजेको
तिम्रो हैकम फालेर गणतन्त्र रोजेको ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

गोली चलाई

गोली चलाई नेपाली छोराको छाती फोरियो
निर्दोषीलाई दुश्मनले समाती जेलमा थुनियाँे

भारी बोक्ने भरियालाई हलो जोत्ने किसानलाई
स्कुल जाने विद्यार्थीलाई बाटो हिँड्ने बटुवालाई
लछार्दै पछार्दै सङ्गीनको बिच पारेर
लखेट्दै लखेट्दै जङ्गलमा घेरा हालेर
गोली चलाई नेपाली बस्तीमा आगो लगायो

निर्दोषीलाई हातखुट्टा भाँचेर अनि मारियो
पढ्न लेख्न नजान्नेलाई कारखानाका मजदुरलाई
असी बर्से वृद्धलाई पाँच बर्से बालकलाई
गाउँ गाउँमा पुगेर गरिबलाई मुद्दा लगायो
घर घरमा पुगेर निमुखालाई सङ्गीन सोझायो
गोली चलाई नेपाली चेलीको इज्जत लुटियो

निर्दोषीलाई आगोमा पोलेर अनि मारियो
यो दलाल सत्तालाई पल्टाउन गोली थापी मर्छौं बरु
थोपा रगत छउन्जेलसम्म दुश्मनसँग लड्छौँ बरु
वर्गीय युद्ध हाम्रो यो देशमा फेरि उठाउँदै
सुनौलो मुक्तिमार्ग सगरमाथा चुली कटाउँदै

गोली चलाई नेपाली छोराको छाती फोरियो
निर्दोषीलाई दुष्टले समाती जेलमा थुनियाँे ।
ááá
२०५७
रचना÷सङ्गीत ः चिरन पुन

अघि बढ्दै

अघि बढ्दै छौँ, अघि बढ्दै छौँ २
लेफ्टराइटको तालमा अघि बढ्दै छौँ
क्रान्तिको लागि अघि बढ्दै छौँ २
लेफ्टराइटको तालमा अघि बढ्दै छौँ
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ ।

समाजवाद पक्कै ल्याउने वर्गसङ्घर्ष हो हाम्रो २
माक्र्सवाद लेनिनवाद माओवाद छ राम्रो २
समाजवाद ल्याउनैपर्ने महान् उद्देश्य हो हाम्रो
कहिल्यै झुकेका छैनौँ इतिहास भुलेका छैनौँ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ

वर्गीय आन्दोलन यो सुनौलो लक्ष्य हो हाम्रो २
यो राज्यसत्ता फाल्न बरु बलिदान दिन्छौँ हाम्रो २
सर्वहारा जुट्नैप¥यो सुनिश्चित जित छ हाम्रो
विचार न हाम्रो गल्छ, आस्था न हाम्रो ढल्छ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ

श्रमजीवीको दिन ल्याउने ठूलो अभियान हो हाम्रो २
साम्राज्यवाद अन्त्य गर्ने अब लामबन्दी हो हाम्रो २
मुक्तिमार्ग हिँड्नैप¥यो सुन्दर अतीत छ हाम्रो
बरु जीवन यो फाल्छौँ सारा संसारै जित्छौँ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ २
लेफ्ट राइटको तालमा अघि बढ्दै छौँ
क्रान्तिको लागि अघि बढ्दै छौँ २
लेफ्ट राइटको तालमा अघि बढ्दै छौँ
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ ६ ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन, 
स्वर÷एरेन्ज ः सौगात सायर, 
एल्बम ः लालदस्ता

विदेशमा गई पहरा फोर्ने

विदेशमा गई पहरा फोर्ने मजदुरको कथा हो यो
सुरुङमा पसी कोइला खन्ने ज्यामीको व्यथा हो २

धुँवाको मुस्लो कारखानाभित्र हप्काउँदै खेद्छ नेपालीलाई
विदेशी गल्लीमा चौकीदार गर्ने प्रशस्तै भेट्यौँ स्वदेशी भाइ २
घरबाट हिँडेको भन्छन् बीस वर्ष पुगी गो
हाल खबर बताइदेऊ भन्छन् हामीलाई स्वदेशको २

सिमाना काटी विदेश पसी सहर गल्ली डुलेको भेट्यौँ
रक्ताम्मै पारी शरीर सारा सयौँ दाजु भाइ अपाङ्ग देख्यौँ २
छाडेर नजाऊ अब जन्मेको प्यारो घर

के पायौ तिमीले त्यहाँ गरेर चौकीदार २
विदेशको सेवा गरेर अब पुग्दैन हामीलाई
क्रान्तिको विगुल फुकेर बरु ब्युँझाऊँ सबैलाई २।२ ।
ááá
२०५७
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात सायर
एरेन्ज ः कमल सौराग
एल्बम ः मुक्ति आन्दोलन

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...