Tuesday, September 5, 2023

गीतहरु ५


- रातो झन्डा
- एकीकृत जनक्रान्ति
- तिम्ले देख्छौ
- वैज्ञानिक समाजवाद
- उठ किसान मजदुर
- भुरुरु उडिजाने
- कहिले पुग्छु
- क्रान्तिको बाटो
- बन्दुक उठाउनैपर्छ
- बन्दुक किनिदेऊ
- चुहिने छानो
- खूनको बदला (कमरेड कुमार, तीर्थ, अमृत, धनरूप हत्याको सन्दर्भमा)
- क्रान्तिको महासमर
- क्रान्ति निरन्तर
- सम्झना ताजै छ
- क्रान्तिप्रेमी (सन्दर्भ सहिद सप्ताह)
- नोभेल कोरोना (नोभेल कोरोना भाइरस काभिड १९ को महामारीको सन्दर्भमा)
- प्रतिबन्ध (दलाल सरकारले प्रतिबन्ध लगाएको एक (१) वर्ष भएको सन्दर्भमा)
- फेरि आयौँ
- रोकेर कहाँ रोकिन्छ
- पलपल रसाएका







रातो झन्डा
मेरो यो हँसिया हथौडा अङ्किएको रातो झन्डालाई २
मेरो यो सहिदको रगतले रङ्गिएको रातो झन्डालाई २
नछोऊ, तिमी नछोऊ २
तिम्रो हात विषालु बनिसकेछ २
नछोऊ तिमी नछोऊ

मेरो झन्डा झुकेको हैन
मैले क्रान्ति छोडेको छैन २
बरु झन्डा तिमीले छोड्यौ
सबै आस्था तिमीले बेच्यौ २
नछोऊ तिमीले नछोऊ २
तिम्रो हात विषालु बनिसकेछ २
नछोऊ तिमी नछोऊ

मेरो आदर्श ढलेको हैन
मैले सहिदलाई भुलेको छैन २
बरु सपना तिमीले भुल्यौ
सबै आँसु बेचेर गयौ २
मेरो यो हँसिया हथौडा अङ्किएको रातो झन्डालाई २
मेरो यो सहिदको रगतले रङ्गिएको रातो झन्डालाई २
नछोऊ, तिमी नछोऊ २
तिम्रो हात विषालु बनिसकेछ २
नछोऊ तिमी नछोऊ
ááá
जेठ, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमण थामी, 
एरेन्ज ः हेमराज आश्रम, 
एल्बम ः क्रान्तिकारी रातो झन्डा




एकीकृत जनक्रान्ति

निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जञ्जीर तोड्न क्रान्तिको मसाल बाल्ने २
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४

संसारबाटै रातो सूर्य अस्ताइसक्यो लाग्नेलाई
विश्वभरि क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई
सगरमाथा देश बोल्छ, हिमाल, पहाड, मधेस बोल्छ
(खोला नाला) २ छहरा बोल्छ, गाउँ सहर पहरा बोल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४

गाउँ सहरको विशेषता मध्यमवर्गको उपस्थिति
विज्ञान प्रविधि विकास र भू–परिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ, दलित मधेसी एकत्व खेल्छ
(दलाल सत्ताको) २ उत्पीडन बोल्छ, देशभक्तको एकता फुल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजीवीको एकता बन्दै, दलालको चिहान खन्छ
(स्वाधीनताको) २ आवाज बोल्दै, जनक्रान्तिको बिहान खुल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ६ ।
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः क्रान्तिकारी रातो झन्डा

तिम्ले देख्छौ (निर्मला पन्त बलात्कार हत्याको सन्दर्भमा)

तिम्ले देख्छौ कि देख्दैनौ
बलात्कार भै नारीहरू दिनका दिन मरेको
तिम्ले सुन्छौ कि सुन्दैनौ
विदेशबाट रातो बाकस छिन्छिन्मै आएको
(कोही खान नपाएर जुठो टिपी खाएको,
कोही लाउन नपाएर नाङ्गै बुङ्गै हिँडेको) २
तिम्ले देख्छौ कि देख्दैनौ

मिरमिरेमै पढ्न गा’की छोरी (डर भो) फर्किन्छिन् फर्किन्नन्
न्याय माग्दा उल्टै जेल हाल्छ (त्रास भो) न्याय निसाप छैन
निलो आकाश ताराजस्तै (कहिले आउँछ) न्याय समानता
सप्तरङ्गी फुलेजस्तै (कहिले बन्छ) सुन्दर बगैँचा
तिम्ले देख्छौ कि देख्दैनौ

कोही चेली रुँदै होलिन् आज (बन्द त्यो) विदेशी कोठीमा
कोही नारी पर्दै होलिन् आज (निर्दयी) दुष्टको जालैमा
जाली संसार बन्दपर्खाल (तोडी जाऊँ) निलो गगनमा
स्वतन्त्र र निर्भिक बन्न (क्रान्ति गरौँ) हाम्रै आँगनमा
तिम्ले देख्छौ कि देख्दैनौ .. ।
ááá
असोज, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः क्रान्तिकारी रातो झन्डा

वैज्ञानिक समाजवाद

छातीमाथि सङ्गीन रोपे पनि, जेलनेल बरु शिर काटे पनि
मुटुको धड्कनभन्दा प्यारो छ हाम्रो वैज्ञानिक समाजवाद
टल्कने हिमालभन्दा सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
आउनेछ समाजवाद आउनेछ साम्यवाद
वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद

नथाकेर नझुकेर गौरवताको हाँसो हाँस्न २
उँचनिच निमूर्ल पारी समानताको लाली छर्न
छातीमाथि सङ्गीन रोपे पनि, जेलनेल बरु शिर काटे पनि
मुटुको धड्कनभन्दा प्यारो छ हाम्रो वैज्ञानिक समाजवाद
टल्कने हिमालभन्दा सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
आउनेछ समाजवाद आउनेछ साम्यवाद
वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद

जाग अब दबिएका श्रमिकको मुहार फेर्न २
तोडिआऊ सारा बन्धन जनक्रान्तिको जित हेर्न
छातीमाथि सङ्गीन रोपे पनि, जेलनेल बरु शिर काटे पनि
मुटुको धड्कनभन्दा प्यारो छ हाम्रो वैज्ञानिक समाजवाद
टल्कने हिमालभन्दा सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
आउनेछ समाजवाद आउनेछ साम्यवाद
वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन,
एरेन्ज ः आशीष अविरल, 
एल्बम ः क्रान्तिकारी रातो झन्डा

उठ किसान मजदुर

उठ किसान मजदुरहरू जुट सबै श्रमिकहरू २
एकीकृत जनक्रान्तिको विचार बोकी उठ
वैज्ञानिक समाजवाद ल्याउनलाई जुट २
उठ हो उठ, जुट हो जुट २

ओत लाग्ने छाना छैन
भोको पेटमा खाना छैन २
नाङ्गो ढाक्ने नाना छैन
दलाल यो सत्ताको केही काम छैन २
उठ देशभक्त राष्ट्रप्रेमी जुट सबै जनप्रेमी २
लुटिखाने यो व्यवस्था फाल्नलाई उठ
भ्रष्टाचारी यो सत्ता ढाल्नलाई जुट २
उठ हो उठ, जुट हो जुट २

पढ्ने लेख्ने शिक्षा छैन
सर्वसुलभ स्वास्थ्य छैन २
गरिखाने रोजगार छैन
जनसत्ताबाहेक केही काम छैन २
उठ किसान मजदुरहरू जुट सबै श्रमिकहरू २
एकीकृत जनक्रान्तिको विचार बोकी उठ
वैज्ञानिक समाजवाद ल्याउनलाई जुट २
उठ हो उठ, जुट हो जुट २ ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशीष अविरल
एल्बम ः आवाज, भाग ४, क्रान्तिकारी रातो झन्डा

भुरुरु उडिजाने

भुरुरु उडिजाने सिमलको भुवाजस्तै २
गाउँ छोडी नजाऊ, देशै छाडी नजाऊ २
सुख दुःख गरौँला यहीँ गाउँमा
सँग सँगै हाँसौँला आफ्नै ठाउँमा २

बेचिखाएर यो हाम्रो पौरख बिचल्लीमा रुने बनाए २
नौ देशपारि खेदाइ आज रेमिटेन्सले आफू मोटाए २
भुरुरु उडिजाने आकाशको चरीजस्तै
घर छोडी नजाऊ, पराइ देश नजाऊ २
सुख दुःख गरौँला यही गाउँमा
सँग सगै हाँसौँला आफ्नै ठाउँमा

मुटुमा माया यो देशको राखी पुगिजाऊँला गाउँ÷सहरमा २
मनमा माया जनताको साँची, क्रान्ति गरौँ हाम्रै समाजमा २
भुरुरु उडिजाने सिमलको भुवाजस्तै २
गाउँ छोडी नजाऊ, देशै छाडी नजाऊ २
सुख दुःख गरौँला यही गाउँमा
सँग सँगै हाँसौँला आफ्नै ठाउँमा २ ।
ááá
भदौ, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः क्रान्तिकारी रातो झन्डा

कहिले पुग्छु

कहिले पुग्छु म गरिबको झुप्राहरूमा
कहिले पुग्छु म दुःखीको बस्तीहरूमा
कहिले भेट्छु मजदुरलाई कहिले किसानलाई
कहिले भेट्छु श्रमिकलाई कहिले भीरयालाई ...

पहिरोले बासै लग्यो बस्ने बास छैन
सुर्केबारी साहुले लग्यो गरिखाने छैन
किन आउँछ पापी चाडबाड हामी गरिबलाई
भन्दै आँसुको टलपल थोपा एकोहोरो टोलाई
कहिले पुग्छु ...

दिनभरि मेलापात साँझ खानु छैन
महँगीले नेटा काट्यो किनी लाउनु छैन
जेठो छोरा मुग्लान पस्यो आउने आशै छैन
यो सरकारले हेर्ला भन्ने हाम्लाई आशै छैन

कहिले पुग्छु म गरिबको झुप्राहरूमा
कहिले पुग्छु म दुःखीको बस्तीहरूमा
कहिले भेट्छु मजदुरलाई कहिले किसानलाई
कहिले भेट्छु श्रमिकलाई कहिले भरियालाई ।
ááá
असोज, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन

क्रान्तिको बाटो

यहाँ सजिलो छैन साथी, यो त क्रान्तिको बाटो हो २
यो हिमाल, तराई घुम्छ, कहिले गाउँ, सहर डुल्छ
यो जेल, नेल पुग्छ, कहिले गोली थापिमाग्छ
यहाँ सजिलो छैन साथी
यो त क्रान्तिको बाटो हो २

वर्ग जहाँ हुन्छ त्यहाँ विगुल बज्छ क्रान्तिको २
क्रान्ति जहाँ हुन्छ त्यहाँ (ढोका खुल्छ शान्तिको) २
यो उथल पुथल ल्याउँछ, कहिले बारुद बनी फुट्छ
यो बादल बनी उड्छ, कहिले शान्त, सरल बन्छ
यहाँ सजिलो छैन साथी
यो त क्रान्तिको बाटो हो २

मान्छेद्वारा मान्छेमाथि लुट हुन्छ जहिलेसम्म २
लुटिनेले लुट्नेमाथि –धावा बोल्छ त्यैलेसम्म) २
यो जूनघामझँै खुल्छ, कहिले रात बनेर आउँछ
यो ज्वालामुखीझँै फुट्छ, कहिले समानतामा हाँस्छ
यहाँ सजिलो छैन साथी, यो त क्रान्तिको बाटो हो २
यो हिमाल, तराई घुम्छ, कहिले गाउँ, सहर डुल्छ
यो जेल, नेल पुग्छ, कहिले गोली थापिमाग्छ
यहाँ सजिलो छैन साथी
यो त क्रान्तिको बाटो हो २।३ ।
ááá
जेठ, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला, रमण, अनिश
एरेन्ज ः आशीष अविरल, एल्बम ः क्रान्तिकारी रातो झन्डा

बन्दुक उठाउनैपर्छ

बन्दुकबाट छुट्टी पाउन (बन्दुक उठाउनैपर्छ) २
शोषणबाट मुक्त हुन (बन्दुक उठाउनैपर्छ) २
किनकि, उनीसँग बन्दुकै हैकम छ
किनकि, हामीमाथि बन्दुककै शासन छ २

प्रतिबन्धको माखेसाङ्लोले आवाज थुनेको हेर
स्वाभिमानी छातीमाथि गोली ठोकेको बुझ
श्रमिकको आस्थामाथिको दमनलाई सुन
भोकाहरूको भोकमाथि बुट कुल्चेको बुझ २
किनकि, हामीमाथि राज्य आतङ्क छ
किनकि, हाम्रो देशमा लुट भ्रष्टाचार छ २

काण्डैकाण्डले देशै कङ्गाल बनाउनेलाई चिन
दिनदिनै चेलीको अस्मिता लुटिमार्ने हत्यारा जोगाउनेलाई जान
सिमानामा जङ्गेपिलर गुमिसकेको हेर
लिम्पियाधुरा हेर्दा हेर्दै लुटिसकेको बुझ २
किनकि, उनीसँग बन्दुकै हैकम छ
किनकि, हामीमाथि बन्दुककै शासन छ २

बन्दुकबाट छुट्टी पाउन (बन्दुक उठाउनैपर्छ) २
जनताको सुदिन ल्याउन (बन्दुक उठाउनैपर्छ) ४ ।
ááá
माघ, २०७६
रचना÷सङ्गीत ः चिरन पुन
स्वर÷एरेन्ज÷स्वर ः सौगात सायर
एल्बम ः प्रतिबन्धा

बन्दुक किनिदेऊ

आमा मेरी आमा बाबा मेरो बाबा
सधैँभरि साहुको रिनमा थिचिबस्नुभन्दा
छाप्रेघर भोको पेट मिचिबस्नुभन्दा
दुश्मन चिनाइदेऊ मलाई लड्न हिँडाइदेऊ
हाम्लाई लुट्ने दुश्मन मास्न बन्दुक किनिदेऊ
आमा मेरी आमा ...

कम्युनिस्टको सरकार हो भन्थे भ्रष्टाचार त झन् उर्लेर गयो
गरिबको दिन आउँछ भन्थे महँगी त झन् चर्केर गयो
उस्तै छ काण्डैकाण्ड, उस्तै छ चर्को कर, उस्तै छ कमिसनको खेल
उस्तै छ लुटतन्त्र, उस्तै छ दलाल सत्ता, उस्तै छ षड्यन्त्रको खेल
आमा मेरी आमा ...

सुशासनको चर्का कुरा गर्थे जनघात झन् चर्केर गयो
समृद्धिको खुबै चर्चा गर्थे राष्ट्रघात झन् बढेर
उस्तै छ हत्याहिंसा, उस्तै छ व्यभिचार, उस्तै छ काला कानुन
उस्तै छ अत्याचार, उस्तै छ बेरोजगार, उस्तै छ देशको बेहाल

आमा मेरी आमा बाबा मेरो बाबा
सधैँभरि साहुको रिनमा थिचिबस्नुभन्दा
छाप्रेघर भोको पेट मिचिबस्नुभन्दा
दुश्मन चिनाइदेऊ मलाई लड्न हिँडाइदेऊ
हाम्लाई लुट्ने दुश्मन मास्न बन्दुक किनिदेऊ
आमा मेरी आमा बाबा मेरो बाबा ।
ááá
जेठ, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

चुहिने छानो

चुहिने छानो, नाङ्गो शरीर, ढाकिन्छ कहिले भन
निम्छरा अनुहार, भोकै पेट, भरिन्छ कहिले भन
बढेको मूल्य, हत्या÷आतङ्क
सकिन्छ कहिले भन
बलात्कार चेली, युवा पलायन
रोकिन्छ कहिले भन

भ्रष्टाचार अन्त्य, चर्को कर, थामिन्छ कहिले भन
पराइले हेप्ने, सिमाना मिच्ने, सकिन्छ कहिले भन
राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने
तर्किन्छ कहिले भन
दुःखीलाई सुख, सुखलाई शान्ति
फर्किन्छ कहिले भन

सुन्दर बगैँचा, समानताको फूल, फक्रिन्छ कहिले भन
राष्ट्रको उमङ्ग, निर्जनमा मुस्कान, उघ्रिन्छ कहिले भन
चुहिने छानो, नाङ्गो शरीर, ढाकिन्छ कहिले भन
निम्छरा अनुहार, भोकै पेट, भरिन्छ कहिले भन ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

पुरिएका छैनन्  (२५ औँ जनयुद्ध दिवसको सन्दर्भमा)

पुरिएका छैनन् अझै जनयुद्धका घाउहरू
सकिएका हैनन् हाम्रा क्रान्तिका योजनाहरू
मेटिएका हैनन्, पुरिएका छैनन्
ती रगतका टाटाहरू, यी क्रान्तिका डोबहरू ...

कहाँ बिर्सेका छौँ र चिचिला नानी च्यापी घोराही मोर्चा सँगै जितेको
कहाँ भुलेका हौँ र एकमुठी सातु खाई बेथान मोर्चा सँगै लडेको
बिर्सिएका हैनन्, भरिएका छैनन्
यी सहिदका बलिदानहरू, ती घाइतेका रोदनहरू

कहाँ बिर्सेका छौँ र दुश्मनले शिर काटी एउटै खाल्टोमा पुरेको
कहाँ भुलेका हौँ र दोरम्बा गोलीकाण्ड एउटै चिहान परेको
तर्सिएका हैनन्, भागिएका छैनन्
ती घाइते योद्धाहरू, यी सहिदका परिवारहरू

कहाँ बिर्सेका छौँ र बलिदानलाई हाँसी हाँसी सँगै हाम्ले निलेको
कहाँ भुलेका हौँ र क्रान्तिमा लक्ष्य चुम्न सहिदको बाटोमा कुदेको
निभिसकेका छैनन्, मेटिसकेका हैनन्
ती क्रान्तिका झिल्काहरू
यी विप्लवी आवाजहरू

पुरिएका छैनन् अझै जनयुद्धका घाउहरू
सकिएका हैनन् हाम्रा क्रान्तिका योजनाहरू
मेटिएका छैनन्, पुरिएका हैनन्
त्यो रगतका टाटाहरू, त्यो क्रान्तिका डोबहरू ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

खूनको बदला (कमरेड कुमार, तीर्थ, अमृत, धनरूप हत्याको सन्दर्भमा)

खूनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ २
कुमार, तीर्थ मार्नेहरूलाई, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खूनको बदला खुनै, गोलीको बदला गोली ३

चाहे होस् पुलिसको बर्दीभित्र छोपिएको दुश्मन
चाहे होस् राजनीतिको आवरणमा बेरिएको गोमन २
माटोमुनि लुके अनि पानीभित्र डुबे पनि
आकाशमाथि उडे अनि देशै छाडी भागे पनि
खूनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ
कुमार, तीर्थ मार्नेहरूलाइर्, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खूनको बदला खुनै, गोलीको बदला गोली ३

चाहे ल्याऊ दलालहरू हजार हजार षड्यन्त्रका ताना
हेर्दै जाऊ क्रान्तिभित्र क्रान्ति जित्ने क्रान्तिकारी सान २
जेलभित्र थुने अनि आलो रगत पिए पनि
मासु लुछिखाए अनि शिर काटी लिए पनि
खूनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ
कुमार, तीर्थ मार्नेहरूलाइर्, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खूनको बदला खुनै, गोलीको बदला गोली ३ ।
ááá
कात्तिक, २०७६
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः लालकिरण, उषाछितिज
एरेन्ज ः बिट ६४, एल्बम ः प्रतिबन्ध

क्रान्तिको महासमर

क्रान्तिको महासमरमा जागरणको धून भर्दै
विद्रोही यो तनहरूमा उन्मुक्तिको गीत गाउँदै
वेदनाको मनहरूमा
चेतनाको स्वर भर्दै
क्रान्तिको महासमरमा

आँसु हैन रोजेको आँसु हैन
हाँसो छैन खोजेको हाँसो छैन
विरहले चुँडिएको
उमङ्गको तार जोड्दै
क्रान्तिको महासमरमा

बिहानीको घामजस्तै बिहानीको
पूर्णिमाको जूनजस्तै पूर्णिमाको
सप्तरङ्गी इन्द्रेणीझैँ
जनक्रान्तिको धार जोड्दै
क्रान्तिको महासमरमा ।
ááá
कात्तिक, २०७५
रचना÷सङ्गीत ः चिरन पुन

क्रान्ति निरन्तर

क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर
सागर छुन नदी बनी बगिरहने
लक्ष्य चुम्ने अठोट बोकी कुदिरहने
क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर

जञ्जीर भिराऊ या जेल पठाऊ
सङ्गीन रोप या शिर छिनाऊ
तिम्रो क्रूर दमनले झुक्दै नझुक्ने
तिम्रो प्रतिबन्धले छेक्दै नछेक्ने
क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर

आकाश खसोस् या तारा झरोस्
सागर सुकोस् या हिमाल ढलोस्
तिम्रो खुनी शासनले रोक्नै नसक्ने
वैज्ञानिक समाजवाद नल्याई नछाड्ने

क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर
सागर छुन नदी बनी बगिरहने
लक्ष्य चुम्ने अठोट बोकी कुदिरहने
क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर ।
ááá
वैशाख, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

सम्झना ताजै छ

सम्झना ताजै छ सँगै हिँडेको
छ्याम्वा खाँदै तामाङ बस्ती सँगै घुमेको
सम्झना आलै छ, सँगै डुलेको
हुरी आउँदा खरको छानो सँगै बसेको ...

वारि पारि चुरे बस्ती लालपुर्जा नि छैन
मर्ने गरी काम ग¥यो खान पुग्ने हैन
कोही छोरा मुग्लान पसे कोही छोरी परदेश
यो व्यवस्था रहेसम्म बन्ने छैन घर देश
सम्झना ताजै छ ...

राम्रो भूमि दलालले भागबन्डामा खान्छ
केही नहुने गरिबलाई भोक भोकै मार्छ
न पिउने सफा पानी, न त राम्रो बास भो
गरिब लुट्ने सरकारसँग हाम्लाई के पो आश भो

सम्झना ताजै छ सँगै हिँडेको
छ्याम्वा खाँदै तामाङ बस्ती सँगै घुमेको
सम्झना आलै छ, सँगै डुलेको
हुरी आउँदा खरको छानो सँगै बसेको ।
ááá
वैशाख, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

क्रान्तिप्रेमी (सन्दर्भ सहिद सप्ताह)

क्रान्तिप्रेमी हौ भने राष्ट्रप्रेमी छौ भने (सङ्कटमा साथ देऊ)
न्यायप्रेमी हौ भने जनप्रेमी छौ भने (क्रान्तिमा हात देऊ)
दुःखमा साथ देऊ, क्रान्तिमा हात देऊ ...

अँध्यारो होइन धर्तीमा उज्यालोको किरण देऊ
निराश होइन जीवनमा साहसिलो हिम्मत देऊ
दुःखीलाई सुख देऊ, भोकमा भोजन देऊ
सङ्कटमा साथ देऊ, क्रान्तिमा हात देऊ
क्रान्तिप्रेमी हौ भने ...

दासता होइन समाजमा उन्मुक्तिको प्रेरणा देऊ
मौनता होइन जीवनमा विद्रोहको चेतना देऊ
विभेदमा न्याय देऊ, जनप्रिय विचार देऊ
स्वाधीनता बचाउने, राष्ट्रिय भावना देऊ

क्रान्तिप्रेमी हौ भने राष्ट्रप्रेमी छौ भने (सङ्कटमा साथ देऊ)
न्यायप्रेमी हौ भने जनप्रेमी छौ भने (क्रान्तिमा हात देऊ)
दुःखमा साथ देऊ, क्रान्तिमा हात देऊ ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

नोभेल कोरोना (नोभेल कोरोना भाइरस काभिड १९ को महामारीको सन्दर्भमा)

नोभेल कोरोना भाइरस आयो
मानव मृत्युको ताण्डवनृत्य बोकेर
भन्दैन उँच निच, मान्दैन जात पात
नोभेल कोरोना भाइरस आयो

प्रकृतिले मानिसलाई चोट दिन्छ कहिलेकाहीँ
मानवता हराएको खोट दिन्छ कहिलेकाहीँ
छान्दैन धनी गरिब, जान्दैन भूगोल फरक
नोभेल कोरोना भाइरस आयो

वर्गविभेद नगरेर घात गर्छ कहिलेकाहीँ
निष्ठुरीझैँ एकैपलमा आँसु दिन्छ कहिलेकाहीँ
भन्दैन गाउँ सहर, मान्दैन महिला पुरुष
नोभेल कोरोना भाइरस आयो
मानव मृत्युको ताण्डवनृत्य बोकेर
भन्दैन उँच निच, मान्दैन जात पात
नोभेल कोरोना भाइरस आयो ।
ááá
चैत, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

प्रतिबन्ध (दलाल सरकारले प्रतिबन्ध लगाएको एक (१) वर्ष भएको सन्दर्भमा)

यो हो प्रतिबन्ध २
राम्रो कुरा बोल्छु भन्दा बोल्न नपाइने
सही कुरा लेख्छु भन्दा लेख्न नपाइने २
प्रतिबन्ध यो
बगैँचाको फूल टिपी लाउन नपाइने
हाँस्नेहरू मुस्कुराउँदै हाँस्न नपाइने, यो हो प्रतिबन्ध २

आँखामा पट्टी बाँधेर उज्यालोको के कुरा गर्छौ
विचारमा बन्धी लगाई स्वाभिमानको के कुरा गर्छौ २
प्रतिबन्ध यो,
लेख्नेलाई झुट्टा मुद्दा जेल पठाउने
बोल्नेको मुख थुनी गोली उडाउने, यो हो प्रतिबन्ध २

मन मनमा विष छरेर मानवताको के कुरा गर्छौ
जन जनमा भेद गरेर समानताको के कुरा गर्छौ २
प्रतिबन्ध यो
हिँड्नेको पैंतलामा काँडा बिछ्याउने
हेर्नेको आँखामाथि कालो पोतिदिने
यो हो प्रतिबन्ध २
राम्रो कुरा बोल्छु भन्दा बोल्न नपाउने
सही कुरा लेख्छु भन्दा लेख्न नपाउने २
प्रतिबन्ध यो,
बगैँचाको फूल टिपी लाउन नपाइने
हाँस्नेहरू मुस्कुराउँदै हाँस्न नपाउने, यो हो प्रतिबन्ध ४ ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन
एरेन्ज ः नारायण दङ्गाल, एल्बम ः प्रतिबन्ध

फेरि आयौँ

फेरि आयौँ हजुरको घर, क्रान्ति जित्ने सपना बोकेर
हाम्रो लक्ष्य भा’छैन पूरा, गद्दारीले जालैमा पारेर ...

कहाँ गयो जनसत्ता खोइ त हाम्रो जनसेना
जनताको आधार किल्ला कसले खायो भन
सहिदको सपनालाई त्यसै त्यसै फाले खेर
दुश्मनसँग ढल्की ढल्की हिँड्छन् लाजै नमानेर
त्यसैले त आएको हामी, क्रान्ति जित्न कम्मरै कसेर
बरु जाओस् यही एउटा जीवन, हुन्न अब घरैमा बसेर

लेकै फुल्ने लालिगुँरास, तल तल बग्ने भेरी
नयाँ नेतृत्व र विचार लिई आयौँ हामी फेरि
सहिदको सपनालाई पक्कै पूरा गर्नैपर्छ
पक्कै क्रान्ति जित्नलाई अब सबै जुट्नुपर्छ
फेरि आयौँ हजुरको घर, क्रान्ति जित्ने सपना बोकेर
हाम्रो लक्ष्य भा’छैन पूरा, गद्दारीले जालैमा पारेर ।
ááá
कात्तिक, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

रोकेर कहाँ रोकिन्छ

रोकेर कहाँ रोकिन्छ क्रान्ति
छेकेर कहाँ छेकिन्छ क्रान्ति
थुनेर कहाँ थुनिन्छ क्रान्ति
मारेर कहाँ सकिन्छ क्रान्ति
क्रान्ति हो निरन्तर चलिरहन्छ उथल पुथल बनाउँदै बढिरहन्छ ...

आगोसँग खेलेर बाँचेको हुन्छ क्रान्ति
जेल नेल सहेर हाँसेका हुन्छ क्रान्ति
हाँस्दा हाँस्दै मर्न सक्ने
मर्दा मर्दै बाँच्न सक्ने
क्रान्ति हो निरन्तर चलिरहन्छ दुश्मनको किल्ला ढाल्दै बढिरहन्छ

दुश्मनसँग भिड्दा भिड्दै स्पात बन्छ क्रान्ति
मुक्तिप्रिय चेतनामा विष्फोट हुन्छ क्रान्ति
हजार सङ्कट झेल्न सक्ने
मृत्युमार्ग खेल्न सक्ने
क्रान्ति हो निरन्तर चलिरहन्छ सुनौलो छितिज चुम्न बढिरहन्छ

रोकेर कहाँ रोकिन्छ क्रन्ति
छेकेर कहाँ छेकिन्छ क्रान्ति
थुनेर कहाँ थुनिन्छ क्रान्ति
मारेर कहाँ सकिन्छ क्रान्ति
क्रान्ति हो निरन्तर चलिरहन्छ उथल पुथल बनाउँदै बढिरहन्छ ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

पलपल रसाएका
पलपल रसाएका आँखाहरू ओभाएका छैनन्
जन जन मिसाएका भावनाहरू फेरिएका छैनन् २

डोबहरू आलै छ सपनाहरू जिउँदै छन्
रगतहरू आलै छ पीडाहरू ताजै छन् २
हरपल चिरिएका घाउहरू पुरिएका छैनन्
पल पल मुर्छिएर आँसु झरेको भुलिएका छैनन् २

सँगै लडेको ताजै छ भोकभोकै कुदेको आलै छ
हार्दा रुँदै जित्दा हाँस्दै हिमपात छिचोलेको ताजै छ २
पल पल रसाएका आँखाहरू ओभाएका छैनन्
जन जन मिसाएका भावनाहरू फेरिएका छैनन् २ ।
ááá
जेठ, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन ÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः सपनाको यात्री

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...