Wednesday, September 6, 2023

गीतहरु ६





- ठोकेर भन्न मिल्छ
- जीवन मृत्यु (कोरोना लागेर २ महिना अस्पताल बसाइको सन्दर्भमा)
- शुद्धीकरण (पार्टीले सञ्चालन गरेको शुद्धीकरण अभियानको दौरान)
- फरक 
- देश जलिरहेछ
- सपना बेच्ने सहर (कोरोनाका कारणले भइरहेको लकडाउनको सन्दर्भमा)
- कालापानीमा
- क्रान्तिका राता सिपाही
- कोही साथीलाई
- कोरोनाको महामारी
- जाऊँ जाऊँ हिँड
- थेवा हिँड्यो क्रान्तिमा
- क्रान्तिकारी जीवन
- म हाँसेको
- जीवन खोजिरहेछु
- बलिदान
- तराईमा तोरी झुल्दा
- श्रद्धाञ्जली





ठोकेर भन्न मिल्छ

ठोटेर भन्न मिल्छ यहाँ क्रान्तिको जित हुन्छ पक्कै
डटेर भन्न मिल्छ यहाँ जनताको दिन आउँछ पक्कै
शोषण छ, दमन छ, लुट छ यहाँ
हत्या छ, हिंसा छ भ्रष्टाचार यहाँ

एकातिर पुँजीवादले संसारभरि द्वन्द्व भड्का’को हेर
अर्कोतिर उत्पीडित वर्गले विश्वभरि मोर्चा कसेको बुझ
खूनहरूमा लतपतिएको खुनी संसार हेर
लासहरूमा पुरिएको जाली संसार बुझ
ठोटेर भन्न मिल्छ ...

एकातिर साम्राज्यवादले आफ्नो चिहान आफैँ खन्दै छ हेर
अर्कोतिर सर्वहाराले आफ्नो बिहान आफैँ खोज्दै छन् बुझ
सङ्कटहरूमा गिजोलिएको दलाल सत्ता हेर
आक्रोशहरूमा बाँधिएको जनएकता हेर

ठोटेर भन्न मिल्छ यहाँ क्रान्तिको जित हुन्छ पक्कै
डटेर भन्न मिल्छ यहाँ जनताको दिन आउँछ पक्कै
शोषण छ, दमन छ, लुट छ यहाँ
हत्या छ, हिंसा छ भ्रष्टाचार छ ।
ááá
२०७१
रचना ÷सङ्गीत ः चिरन पुन

जीवन मृत्यु (कोरोना लागेर २ महिना अस्पताल बसाइको सन्दर्भमा)

जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ २
जीवन छ र पो मृत्यु अनिवार्य छ
मृत्यु छ र पो जीवन मूल्यबोध छ
जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ

समय छ र पो सङ्कट छ, सङ्कट छ र पो पीडा छ
पीडा छ र पो जीवन छ, जीवन छ र पो मृत्यु छ २
समयबिनाको जीवन, जीवन के जीवन हुन्छ
पीडाबिनाको मृत्यु, मृत्यु के मृत्यु हन्छ
सृष्टि छ र पो मृत्यु बाँचिरहेछ
मृत्यु छ र पो जीवन चलिरहेछ

जीवन छ र पो लक्ष्य छ, लक्ष्य छ र पो चुनौती छ
चुनौती छ र पो सङ्घर्ष छ, सङ्घर्ष छ र पो विजय छ २
विजयबिनाको जीवन, जीवन के जीवन हुन्छ
लक्ष्यबिनाको मृत्यु, मृत्यु के मुत्यु हुन्छ
हार छ र पो विजय चलिरहेछ
विजय छ र पो जीवन बाँचिरहेछ

जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ
जीवन छ र पो मृत्यु अनिवार्य छ
मृत्यु छ र पो जीवन मूल्यबोध छ ।
जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ
ááá
१ वैशाख २०७७
रचना÷सङ्गीत÷
स्वर ः चिरन पुन,
एरेन्ज ः नारायण दङ्गाल, 
एल्बम ः साम्यवाद


शुद्धीकरण (पार्टीले सञ्चालन गरेको शुद्धीकरण अभियानको दौरान)

क्रान्तिका लागि सुदृढ पार्टी अनिवार्य हुन्छ हुन्छ
सुदृढ पार्टी बन्नका लागि शुद्धीकरण चाहिन्छ 

आत्मसमर्पण होइन कमरेड विद्रोह गर्न लागौँ
वर्ग समन्वय झन् हुँदै होइन सङ्घर्ष गर्न डटौँ
शुद्धीकरणद्वारा पार्टीको रूपान्तरण पार्टीले गर्नुपर्छ
रूपान्तरित पार्टीले क्रान्तिको नेतृत्व पार्टीले गर्नुपर्छ
क्रान्तिका लागि ...

पलायनता होइन कमरेड अडिग बन्न सिकौँ
गद्दारी झन् हुँदै होइन बलिदान हुन सकौँ
आफूलाई बदल्दै पार्टीलाई नमूना हामीले बनाउनुपर्छ
शुद्धीकरणलाई आफू र पार्टीको जीवनमा लागू गर्नपर्छ
क्रान्तिका लागि सुदृढ पार्टी अनिवार्य हुन्छ हुन्छ
सुदृढ पार्टी बन्नका लागि शुद्धीकरण चाहिन्छ ।
ááá
१० मङ्सिर २०७६
रचना÷सङ्गीत ः चिरन पुन


फरक 

ओ छुवाछूत भन्नेहरू, ओ जातिपाती मान्नेहरू २
सृष्टिमा फरक देखाइदेऊ, रगतमा फरक देखाइदेऊ २
सृष्टिमा फरक देखाइदेऊ, रगतमा फरक देखाइदेऊ २

हामीले बनाएको मन्दिरमा तिम्रो भगवान बस्छ भने
हामीले सिलाएका पोसाकहरू तिम्रो भान्सासम्म पस्छ भने २
मान्छे मान्छेबिच किन भेदभाव हुन्छ बताइदेऊ
कोही छूत किन कोही अछूत फरक देखाइदेऊ २
ओ नयाँ युगका मान्छेहरू, अधिकारका भान्सेहरू
खुसीमा फरक देखाइदेऊ, आँसुमा फरक देखाइदेऊ २
खुसीमा फरक देखाइदेऊ, आँसुमा फरक देखाइदेऊ २

हामीले सिर्जिएका सिर्जनामा तिम्रो सानमान बढ्छ भने
हामीले बजाएका बाजाहरूले तिम्रो साइत बाटो खुल्छ भने २
श्रम छूत हुने मान्छे नहुने किन बताइदेऊ
तिमी र मेरो भिन्नता के हो फरक देखाइदेऊ २
ओ सीप उमार्ने मान्छेहरू, ओ देश सिँगार्ने मान्छेहरू २
एकताको हात उठाइदेऊ, समानताको आवाज घन्काइदेऊ २
एकताको हात उठाइदेऊ, समानताको आवाज घन्काइदेऊ २
ओ छुवाछूत ... ।
ááá
२०७६ माघ २०
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः राज सिग्देल
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः मेरो देश




देश जलिरहेछ

देश जलिरहेछ
यहाँ मान्छे मरिरहेछ
एउटा आउँछ जलिरहोस् भन्छ
अर्को आउँछ मरिरहून् भन्छ
देश जलिरहेछ ...

पश्चिमतिर लिम्पियाधुरामा पराइले आँखा लगाउने
देशैभरि सिमानामा गाडिएका जङ्गेपिलर गायब बनाउने
देश लुटिरहेछ
यहाँ मान्छे बेचिरहेछ
एउटा आउँछ लुटि रहून् भन्छ
अर्को आउँछ बेचिरहून् भन्छ
देश जलिरहेछ ...

एकातिर निर्दोषको लासमाथि खुनीहरू कुर्सी जोगाउने
अर्कोतिर स्वाधीनता सुम्पिएर उनीहरू सत्ता जोगाउने
देश रोइरहेछ
यहाँ रगत बगिरहेछ
एउटा आउँछ रोइरहोस् भन्छ
अर्को आउँछ बगिरहोस् भन्छ

देश जलिरहेछ
यहाँ मान्छे मरिरहेछ
एउटा आउँछ, जलिरहोस् भन्छ
अर्को आउँछ मरिरहून् भन्छ
देश जलिरहेछ ।
ááá
५ वैशाख २०७७
रचना ÷सङ्गीत ः चिरन पुन

सपना बेच्ने सहर (कोरोनाका कारणले भइरहेको लकडाउनको सन्दर्भमा)

समना बेच्ने सहर आज निम्छरो भयो मेरै सामु
रहर सजाउने प्रहर आज सुनसान भयो मेरै सामु

कोलाहल सहरमा लुटमा रमाउने तिमी नि एक्लै छौ
गरिबको आँसुमा सपना सजाउने म पनि एक्लै छु
के ग¥यो तिम्रो शासनले,
के ग¥यो तिम्रो सत्ताले
मानवमाथिको पीडालाई रोक्न सकेनौ किन ?

धन बलको निम्ति दुनियाँ जलाउने ऊ पनि एक्लै छ
निर्जनका लागि झुप्रामा रमाउने उनी नि एक्लै छन्
के ग¥यो तिम्रो पैसाले,
के ग¥यो तिम्रो शक्तिले
मानवमाथिको सङ्कटलाई छेक्न सकेनौ किन ?

सपना बेच्ने सहर आज निम्छरो भयो मेरै सामु
रहर सजाउने प्रहर आज सुनसान भयो मेरै सामु ।
ááá
२० चैत २०७६
रचना÷सङ्गीत ः चिरन पुन

कालापानीमा

हाम्रो कालापानीमा धेरै भो पराइले परेड खेलेको
हाम्रो लिम्पियाधुरा धेरै भो लुटिएर आँसु झारेको
मुटुमाथि नङ्ग्रा गाडेको, विदेशी बुट बजे्रको

कहिले पूर्व च्याङ्थापुमा आँखा लगाउँछ
कहिले उसले भद्रपुरका बस्ती उठाउँछ
एकातर्फी दशगजामा बाँध ठड्याउँछ
हाम्रो सीमा मिचेर मोटर गुडाउँछ
हाम्रो लिपुलेकमा धेरै भो छिमेकीले आँखा गाडेको
हाम्रो सुस्ता मिची धेरै भो विदेशीले हैकम चला’को
छातीमाथि परेड खेलेको, चारैतिर रजाइँ गरेको

पहिले पूर्व टिस्टासम्म नजितेको हैन
पश्चिमतर्फ काङ्गडामा नलडेको हैन
लगाऊ फेरि सिरूपाते खुकुरीमा सान
देखाऊ अब स्वाभिमानी फेरि पहिचान
हाम्रो स्वाभिमान कति सहूँ उनीहरू रजाइँ गरेको
हाम्रो आक्रोशलाई कति रोकूँ देशभक्ति रगत उम्लेको
चिथोरेर मासु लुछेको, निचोरेर रगत चुसेको ।

हाम्रो कालापानीमा धेरै भो पराइले परेड खेलेको
हाम्रो लिम्पियाधुरा धेरै भो लुटिएर आँसु झारेको
मुटुमाथि नङ्ग्रा गाडेको, विदेशी बुट बजे्रको
ááá
२८ चैत २०७६
रचना÷सङ्गीत ः चिरन पुन


क्रान्तिका राता सिपाही

क्रान्तिका राता सिपाही हामी
राष्ट्रका राता सिपाही
खाँचो परे रगत दिन सक्ने
खाँचो परे रगत लिन सक्ने
खाँचो परे जीवन दिन सक्ने
खाँचो परे जीवन लिन सक्ने

आकाशमा बेगिने चरीजस्तै
क्रान्तिको सन्देश बोकेर हिँड्ने
सप्तरङ्गी त्यो इन्द्रेणीजस्तै
जनतासँग सम्बन्ध जोड्दै
क्रान्तिका राता सिपाही हामी
राष्ट्रका राता सिपाही
परिआए जेलनेल सहने
परिआए बादलजस्तै उड्ने
परिआए भोकै प्यासै लड्ने
परिआए ज्वालामुखीझैँ फुट्ने

माहुरीजस्तै मरिमेटेर
राष्ट्रको सिर्जना गर्न सक्ने
फूलले सुगन्ध छरे जस्तै
क्रान्तिमा बलिदान दिन सक्ने
क्रान्तिका राता सिपाही हामी
राष्ट्रका राता सिपाही ... ।
ááá
१२ असार २०७७
रचना÷सङ्गीत ः चिरन पुन

कोही साथीलाई

कोही साथीको हत्या गरेर
कोही साथीलाई जेलमा थुनेर
रोकिन्न हाम्रो क्रान्ति
छेकिन्न हाम्रो क्रान्ति
थोपा थोपा रगत रहुन्जेल

सारा संसारैभरि लुट चलेको बेला
उथल पुथल बनाउँदै जनता जागेको बेला
गर्लम्मै ढल्छ फेरि मक्किसकेको पर्खाल
रक्ताम्मै बन्छ फेरि स्वायत्त आतङ्क ढली
कोही साथीको ...

चिङ काङसाङ बनेर जाग्छ सक्दैन विचार गलाउन
ज्वालाझैँ बनेर बल्छ खुनी शासन जलाउन
स्पात भएर उठ्छ श्रमिक वर्ग हँसाउन
छलाङ मारेर बढ्छ रातो विश्व बनाउन
कोही साथीको हत्या गरेर
कोही साथीलाई जेलमा थुनेर
रोकिन्न हाम्रो क्रान्ति
छेकिन्न हाम्रो क्रान्ति
थोपा थोपा रगत रहुन्जेल ।
ááá
५ असार २०७७
रचना÷सङ्गीत ः चिरन पुन


कोरोनाको महामारी

कोरोनाको महामारी संसारभरि आयो
धनी गरिब नभनेर मानव जीवन खायो

अत्याधुनिक अस्पताल बनिसक्यो भन्थे
राम्रा राम्रा डाक्टरहरू पढिसके भन्थे
महँगो महँगो औषधी उत्पादन भो भन्थे
प्रविधि र मेसिनहरू साथमै हुन्छन् भन्थे
कोरोनाको महामारी ...

धनीहरूले धन छ भने केही हुँदैन भन्थे
अणुबम र हतियारले पुगिजान्छ भन्थे
मानवीय सङ्कट आओस् त्रास छैन भन्थे
संसार लुट प्रकृतिको आश छैन भन्थे

कोरोनाको महामारी संसारभरि आयो
धनी गरिब नभनेर मानव जीवन खायो ।
ááá
२३ चैत, २०७६
रचना÷सङ्गीत ः चिरन पुन


जाऊँ जाऊँ हिँड

जाऊँ जाऊँ हिँड साथी हो
शिखर चुम्न बाँकी नै छ
जुरुक्कै उठिदेऊ शिरमा कफन बाँधेर
क्रान्ति जित्न अझै बाँकी नै छ

दबिएका नारीहरू सबै विभेद अन्त्य गर्न बन्धन चुँडाली उठ
हेपिएका उत्पीडितहरू दासताको जालो च्यात्न (औजार उचाली जुट) २
पिल्सिएका सुकुमबासी झुप्रामा आगो लगाउनेलाई बदला लिन उठ
विद्यार्थी र युवाहरू अन्यायको विरुद्धमा (बन्दुक बोकेर जुट) २
जाऊँ जाऊँ हिँड ...

लुटिएको किसानहरू हाम्लाई लुट्ने लुटमाथि एक बनेर उठ
ठगिएका श्रमिकहरू श्रमको शोषण अन्त्य गर्न हातमा जे छ जुट
राष्ट्रप्रेमी देशभक्त यो देशलाई बचाउन साथ दिएर उठ
न्यायप्रेमी जनता सबै देशको मुहार फेर्नलाई आँट बोकेर जुट

जाऊँ जाऊँ हिँड साथी हो
शिखर चुम्न बाँकी नै छ
जुरुक्कै उठिदेऊ शिरमा कफन बाँधेर
क्रान्ति जित्न अझै बाँकी नै छ ।
ááá
२९ असार, २०७७
रचना ÷सङ्गीत ः चिरन पुन

थेवा हिँड्यो क्रान्तिमा

पैंतला फुटेको छ झुत्रिएको कपडा
सर्वहारा जीवन छ छैन केही प्रवाह
थेवा हिँड्यो क्रान्तिमा

जीवन बुझ्यो, जगत् बुझ्यो बुझ्यो दर्शन केही
झुट बुझ्यो लुट बुझ्यो, बुझ्यो बेइमानी त्यहीँ
गै’जाला बरु यही एउटा जीवन
आईजाला सहन्छु हातमा हतकडी
थेवा हिँड्यो क्रान्तिमा

विचार बुझ्यो नीति बुझ्यो, बुझ्यो क्रान्तिको बाटो
सहिदको सपना घाइतेको विपना, बुझ्यो नेपाली माटो
सहन्छु बरु जेलको पर्खाल
कि ल्याउँछु अब गरिबको संसार
पैंतला फुटेको छ झुत्रिएको कपडा
सर्वहारा जीवन छ छैन केही प्रवाह
थेवा हिँड्यो क्रान्तिमा ।
ááá
२३ चैत, २०७६
रचना÷सङ्गीत ः चिरन पुन


क्रान्तिकारी जीवन

यो क्रान्तिकारीले रोज्ने, वीरहरू हिँड्ने बाटो हो
यो समानता ल्याउने, योद्धाहरूले चुन्ने बाटो हो

भौतिक शरीर मर्छ एकदिन सबको
तर कायरहरू मर्छन् छिन्छिन्जस्तै
अजर अमर भै जन मनमा बस्ने सबको
हामी चट्टान फोरेर फुल्ने फूलजस्तै
यो बारुदसँग खेल्ने, मृत्युसँग जुध्ने बाटो हो
यो लक्ष्य चुम्न रम्ने, हार्दा हार्दै जित्ने बाटो हो

आगोहरूसँग चुम्ने यात्रा हो हाम्रो
आफू जलेर उज्यालो दिने मसालजस्तै
सङ्कटहरूलाई निल्ने जीवन हो हाम्रो
जहाँ अँध्यारो चिरेर खुल्ने बिहानजस्तै

यो क्रान्तिकारीले रोज्ने, वीरहरू हिँड्ने बाटो हो
यो समानता ल्याउने, योद्धाहरूले चुन्ने बाटो हो ।
ááá
५ साउन, २०७७
रचना÷सङ्गीत ः चिरन पुन


म हाँसेको

म हाँसेको शान्तिको लागि
म बाँचेको क्रान्तिको लागि
हिमाल भन्छ शान्ति बोलाऊ
पहाड रुन्छ क्रान्ति हँसाऊ ओ कमरेड

भोकले दानापानी मागेको हुन्छ जब
रोगले जन जनलाई च्यापेको हुन्छ तब
अभावले तनहरू जलेको हुन्छ जब
आक्रोशले मन मुटु उम्लेको हुन्छ तब
म फुलेको न्यायका लागि
म झरेको मुक्तिका लागि
तराई भन्छ न्याय समाऊ
आकाश बोल्छ मुक्ति उठाऊ ओ कमरेड

अन्यायको विरोध गर्दा जेल कोचिन्छ जब
पिल्सिएका आवाजहरू सङ्गठित बन्छ तब
राष्ट्रप्रेमी कुरा गर्दा गोली ठोकिन्छ जब
जनप्रेमी क्रान्तिवीर लाखौँ जन्मिन्छन् तब
म हाँसेको शान्तिको लागि
म बाँचेको क्रान्तिको लागि
हिमाल भन्छ शान्ति बोलाऊ
पहाड रुन्छ क्रान्ति हँसाऊ ओ कमरेड ।
ááá
१५ साउन २०७७
रचना÷सङ्गीत ः चिरन पुन


जीवन खोजिरहेछु

आफैँभित्र आफैँलाई भेट्ने जीवन खोजिरहेछु
ताराजस्तै चम्किरहने देश खोजिरहेछु

निमुखाहरूले सम्मानपूर्वक बाँच्न पाएको जीवन
अपाङ्गहरूले सहजतामा हाँस्न पाएको जीवन
भेदभावको पर्खालहरू देख्न नपर्ने देश
उँच नीच बन्धनहरू भोग्न नपर्ने देश
मरेर पनि बाँचिरहने जीवन खोजिरहेछु
ताराजस्तै चम्किरहने देश खोजिरहेछु

शिक्षा र स्वास्थ्य सर्वसुलभ भोग्न पाएको जीवन
छाना र नाना समानतामा हेर्न पाएको जीवन
रङ्गी चङ्गी फूलझैँ सुन्दर फुलेको देश
समानताको मझेरीमा मुसुक्क हाँसेका देश
आफैँभित्र आफैँलाई भेट्ने जीवन खोजिरहेछु
ताराजस्तै चम्किरहने देश खोजिरहेछु ।
ááá
५ भदौ २०७७
रचना÷सङ्गीत ः चिरन पुन


बलिदान

देशको लागि बलिदान दिने सहिदलाई,
जेलनेलको कहर हाँसी पचाउनेलाई २
सलाम, सलाम, सलाम, लाल सलाम २

हिटलरी सत्ता ढाल्ने, समाजवादी बीउ रोप्ने, अक्टुबर क्रान्तिलाई सलाम
साम्राज्यवाद धुलो चटाउने, चिङ काङसाङझैँ अडिग रहने, चिनियाँ क्रान्तिलाई सलाम २
क्युबाली क्रान्तिलाई, भियतनामी साहसलाई, फिलिपिनी बलिदानलाई सलाम
दुश्मनसँग नझुकेर, बरु जेल प्रिय ठान्ने पेरुको गोन्जालोलाई सलाम
विश्वभरि क्रान्तिको झन्डा फहराउनेलाई
गरिखाने वर्गको मुहार हँसाउनेलाई २
सलाम, सलाम, सलाम, लाल सलाम २

बलिबेदीमा चढेर पनि जीवनको बलिदान दिने, महान् ती सहिदलाई सलाम
सहिदको सपना साकार पार्नलाई बेपत्ता हुने, बेपत्ता योद्धाहरूलाई सलाम २
प्रतिक्रान्तिको दुष्चक्रमा थिलोथिलो परेर पनि, जुर्मुराउँदै उठ्नेलाई सलाम
विप्लवी चेत बोकी, समर हँसाउन हातेमालो गर्नेलाई सलाम
सलाम, सलाम, सलाम, लाल सलाम २
देशको लागि बलिदान दिने सहिदलाई
जेलनेलको कहर हाँसी पचाउनेलाई २
सलाम, सलाम, सलाम, लाल सलाम २ ।
ááá
२०७७ असोज १
रचना÷सङ्गीत ः चिरन पुन

तराईमा तोरी झुल्दा
तराईमा तोरी झुल्दा,पहाड हाँस्नुपर्छ
पहाडमा गुँरास फुल्दा, हिमाल नाच्नुपर्छ २।१
माथि माथि हिमाल सेतै मुनाल नाचेको
तल तल झरनासँगै, पहाड हाँसेको २
नागबेली खोलाजस्तै जनताको ताँती
भोकभोकै मर्नुभन्दा लडी मर्नु जाती २
पश्चिम्लाई चोट पर्दा पूर्व दुख्नुपर्छ
यो माटोलाई सङ्कट पर्दा सबै उठ्नुपर्छ २।१
हेर न हेर कुखुरा बास्यो, बिहानी खुल्दै छ
पूर्वमा क्षितिज रक्ताम्मै भयो, क्रान्ति लहर झुल्दै छ २
उडिहिँड्ने माल्चरीको कति राम्रो ताँती
हेपिएर बस्नुभन्दा लडी मर्नु जाती २।१
तराईमा तोरी झुल्दा, पहाड हाँस्नुपर्छ
पहाडमा गुँरास फुल्दा, हमाल नाच्नुपर्छ २।१ ।
ááá
२०७७ असार २१
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः मेरो देश


श्रद्धाञ्जली

(कमरेड वीरजङ्गको स्मरणमा)
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली ४
श्रद्धाञ्जली, श्रद्धाञ्जली शिर झुकाई श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली मुट्ठी उठाई श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।

चुनौती थियो पहाडजस्तै, लक्ष्य हिमालजस्तै
अडान थियो, चट्टानजस्तै, विचार सागरजस्तै २
कहिल्यै ननिभ्ने ताराजस्तै सहिद बनी गयौ
अजर अमरझैँ जुगजुगसम्म चम्किरहने भयौ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।

फूल झरेको रित्तो रित्तो बगैँचाझैँ हुन्छ
साथी छुटेको खल्लो खल्लो पन्छीजस्तै बन्छ २
कसैको मृत्यु हलुङ्गो हलुङ्गो प्वाँखजस्तै बन्छ
कसैको मृत्यु गरुङ्गो गरुङ्गो समरजस्तै बन्छ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।

मुटु झिकेर तड्पी तड्पी बाँचेको झैँ लाग्छ
सुख दुःखमा सँगै आज हाँसेको झैँ लाग्छ २
तिमीले हिँडेको बाटो कहिल्यै भुल्न दिनेछैनौँ
तिमीले रोजेको आदर्श कहिल्यै मर्न दिनेछैनौँ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली

चुनौती थियो पहाडजस्तै, लक्ष्य हिमालजस्तै
अडान थियो, चट्टनजस्तै, विचार सागरजस्तै २
कहिल्यै ननिभ्ने ताराजस्तै सहिद बनी गयौ
अजर अमरझैँ जुगजुगसम्म चम्किरहने भयौ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।
ááá
२०७७ भदौ २
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः सपनाका यात्री












 







 
















No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...