Wednesday, September 6, 2023

गीतहरु ७




- क्रान्तिको हुरी
- सार्वभौम क्रान्ति
- आऊ विद्यार्थी (विद्यार्थी गीत)
- श्रमिकहरूको (श्रमिक गीत)
- श्रद्धाको फूल (श्रद्धाञ्जली गीत)
- बन्द ढोका (नौमती बाजाताल)
- देशैभरिबाट (सम्पर्क मञ्चको गीत)
- क्रान्ति गीत
- नो एमसीसी
- ओ हितसङ्गी 
- पतझर (पलायनताको सन्दर्भ)
- समय
- भनिदेऊ
- मान्छौ भने वर्गभेद
- एकता
- चुनाव




क्रान्तिको हुरी

मानव समाजमा वर्ग रहुन्जेल वर्गसङ्घर्ष चल्छ निरन्तर
जनतामा विभेदी पर्खाल छउन्जेल क्रान्तिको हुरी चल्छ निरन्तर

अन्न फलाउँछन् किसानहरूले ढुकुटी अर्कैको भर्ने
बाटो बनाउँछन् मजदुरहरूले मोटर अर्कैको चल्ने
जबसम्म यस्तो यो संसारमा लुटको स्वर्ग चल्छ
तबसम्म यस्तै उत्पीडित वर्गमुक्तिको बाटो खोज्छ

समाज चलाउने कामदारहरूले दलालले पैसा थुपार्छ
संसार सिँगार्ने श्रमिकहरूले भोकभोकै जीवन गुजार्छन्
जबसम्म यस्तो यो खुनी शासन मानव मानवबिच चल्छ
तबसम्म यस्तै समानता खोज्ने क्रान्तिको मसाल बल्छ

मानव समाजमा वर्ग रहुन्जेल वर्गसङ्घर्ष चल्छ निरन्तर
जनतामा विभेदी पर्खाल छउन्जेल क्रान्तिको हुरी चल्छ निरन्तर ।
ááá
२०७७ भदौ १०
रचना÷सङ्गीत ः चिरन पुन

सार्वभौम क्रान्ति

नसोध मलाई देशको खबर मुटु जलेर आउँछ
नसम्झाइदेऊ यो प्रतिबन्ध आक्रोश भरिएर आउँछ (दलाल सत्ता)

नसोध कहिल्यै आकाशको तारा गन्न सक्छु भनेर
नठान कहिल्यै समयको गति रोक्न सक्छु भनेर
आकाशको ताराजस्तै चम्किरहेछ प्रतिबन्धभित्र क्रान्ति
समयको गतिजस्तै लम्किरहेछ प्रतिबन्धभित्र क्रान्ति

नरोक मलाई क्रान्तिमा हिँड्न बदला चुलिएर आउँछ
नभुलिदेऊ बैरीको मुहार बदला हराएर जान्छ
नभन कहिल्यै प्रकृतिको सृष्टिलाई रोक्न सक्छु भनेर
नठान कहिल्यै सार्वभौम मृत्युलाई छेक्न सक्छु भनेर

प्रकृतिको सृष्टिजस्तै सार्वभौम हुन्छ वर्ग रहुन्जेल क्रान्ति
सार्वभौम मृत्युजस्तै सत्य बन्छ शोषण छउन्जेल क्रान्ति
नसोध मलाई देशको खबर मुटु जलेर आउँछ
नसम्झाइदेऊ यो प्रतिबन्ध आक्रोश भरिएर आउँछ ।
ááá
२०७७ साउन २८
रचना÷सङ्गीत ः चिरन पुन

आऊ विद्यार्थी (विद्यार्थी गीत)

आऊ कलम र तारा अङ्कित,
सुन्दर यो रक्तरञ्जित जनप्रिय झन्डामुनि आऊ
आऊ, न्याय, समानता, मुक्तिका लागि (विद्यार्थीहरू सबै आऊ) २

वैज्ञानिक समाजवादी व्यवस्थाका लागि २
(एकीकृत जनक्रान्तिको हाम्रो आन्दोलन)
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २
(२२ औँ राष्ट्रिय सम्मेलन) २

आऊ महान् ती सहिदको
रगतले रङ्गिएको प्रिय यो झन्डामुनि आऊ
आऊ अखिल (क्रान्तिकारी) को
प्यारो यो सङ्गठनमा (विद्यार्थीहरू सबै आऊ) २

आऊ कलम र तारा अङ्कित,
सुन्दर यो रक्तरञ्जित जनप्रिय झन्डामुनि आऊ
आऊ, न्याय, समानता, मुक्तिका लागि (विद्यार्थीहरू सबै आऊ) २
ááá
२०७८ वैशाख १
रचना ः चिरन पुन, प्रकाश शाही
सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ, शारदा रसाइली, तारा सन्ज्याल,
चिरन पुन, नारायण दङ्गाल, सिद्धान्त परियार
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः प्रतिबन्ध
श्रमिकहरूको (श्रमिक गीत)

श्रमिकहरूको आवाज बोकेर, मजदुरहरूको साथीको बनेर २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो

दलाल संसदीय व्यवस्थाको अन्त्य र
वैज्ञानिक समाजवाद स्थापनाको लागि
(हाम्रो आन्दोलन) २
श्रमिक अधिकार पूर्ण न्याय २
समानताका लागि सातौँ राष्ट्रिय सम्मेलन २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो

नो वर्क नो पे हायर एन्ड फायर, ज्यालादारी ठेकेदारी करार प्रथा
(खारेज गर अन्त्य गर) २
उत्पीडनको जालो च्यात्न २
सल्लाहको लागि सातौँ राष्ट्रिय सम्मेलन २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो

श्रमिकहरूको आवाज बोकेर, मजदुरहरूको साथीको बनेर २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो
(अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो) २ ।
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ÷सिद्धान्त परियार
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः प्रतिबन्ध

श्रद्धाको फूल (श्रद्धाञ्जली गीत)

तिमीलाई श्रद्धाको फूल तिमीलाई २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २

टिलपिल टिलपिल आँखामा आँसु छाडेर गयौ
मनैभरि मुटुभरि चोटै चोट पारेर गयौ २
अधुरै छ सपनाहरू छोडिगयौ हामीलाई
सुनौलो त्यो वाचा बन्धन तोडिगयौ हामीलाई २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २

पीडा भरिएको यादहरूमा छाडेर गयौ
सुनसान अँध्यारो दिनहरूमा पारेर गयौ २
तिमीले कोरेको बाटोमा पदचाप डोहो¥याउने
प्रण छ तिम्रो सपनामा यात्रा सबै पहिल्याउने २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २ ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन

बन्द ढोका (नौमती बाजाताल)

बन्द ढोका बन्दको बन्दै भो २
दलाल सरकार अन्धोको अन्धै भो २

केटा ः पड्ने स्कुल महँगो भैसक्यो
छैन अस्पताल सित्तैमा जिउ गैसक्यो
माल्कोट जाने बाटो खन्नु छ
नपर कोही अलमल क्रान्ति गर्ने सल्लाह गर्नु छ २
केटी ः साहुको रिन बढेको बढेछ
छैन रोजगार मन त्यसै पोलेछ
कति राम्रो धरान बजार
हुँदैन नलडे पूर्व ितमी नपर दोधार २

केटी ः काण्डै काण्ड कति हो घटाउने
बलात्कारीलाई सरकारले चोख्याउने
पोखरामा सेती बगेको
कति सहूँ हामीले दिनदिनै देशलाई ठगेको २
केटा ः गरिबलाई छैन नि गाँस न बास
यो व्यवस्थाले पार्ने भो उठिबास
बुटवलमुनि तिनाउ सलल
जनताको एकता देखेर दलालको पसिना खलल २

केटी ः भ्रष्टाचार बढ्यो सिमाना लुटियो
किनी नसक्नु महँगी चुलियो
शैलुङ्गेमा चौरी डुलेको
अत्याचार फाल्नलाई सबै मिली हामी जुटेको २
केटा ः संसदवादले दिँदैन उन्मुक्ति
समाजवाद ल्याउनलाई हुटहुटी
काठमाण्डौमा हुम्ला सबै भेट
लौ जम्मै उठिदेऊ क्रान्ति जित्न मिलाऊ हाम्रो सेट २

केटी ः दलालहरू जालमाथि जाल बुन्छन्
देशका युवा खाडीमा हाम्फाल्छन्
ढोरपाटनमा बुकी फुलेको
लौ हेर जनक्रान्ति जनतासँग कति मिलेको २
केटा ः देशको हालत देखेर मन रुन्न र
अति नै भयो जाऊँ लड्न हुन्न र
थबाङबाट झरौँ तुलसीपुर
कि हुम्ला सहिद कि त हाम्ले संसार जित्ने सुर २ ।
ááá
२०७७ फागुन
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷निलिमा पुन÷लक्ष्मी गुरुङ÷आरोह नेपाली÷
पूजा सुनार ÷प्रगति महरा÷मोहित श्रेष्ठ÷पवन विश्व
एरेन्ज ः योगेश काजी
एल्बम ः मेरो देश

देशैभरिबाट (सम्पर्क मञ्चको गीत)

देशैभरिबाट राजधानी आउनेहरू
सुख दुःख गरेर जीविका चलाउनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया मन मनमा साँची
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, इन्जिनियर
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
देशभक्त कर्मचारी, राष्ट्रवादी सुरक्षाकर्मी
जनप्रिय सञ्चारकर्मी न्यायपे्रमी कलाकार
जनगणतान्त्रिक सम्पर्क मञ्चमा जुटौँ
तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नलाई डटौँ २

कुर्ची फेरियो, कुर्चीमा बस्ने फेरिए,
तर फेरिएन जनताको मुहार २
सरकार फेरियो, सरकारमा बस्ने फेरिए,
तर फेरिएन राष्ट्रको मुहार
अब त कति सुन्नु संसदवादको कुरा
यस्तो कूचाल सहिबस्ने कहिलेसम्म हो र २

भ्रष्टाचार बढ्यो देशमा महँगी चुलियो,
तर लुट्ने ठग्नेछ सरकारको व्यवहार २
हाम्रो स्वाधीनतालाई दाउमा राखेर,
राष्ट्रघाती एमसीसीलाई गर्दैछन् गुहार
कति सहूँ साम्राज्यवादको हस्तक्षेप बारम्बार
राष्ट्रप्रेमी उठौँ सबै गरौँ खबरदार २

देशैभरिबाट राजधानी आउनेहरू
सुख दुःख गरेर जीविका चलाउनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया मन मनमा साँची
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, इन्जिनियर
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
देशभक्त कर्मचारी, राष्ट्रवादी सुरक्षाकर्मी
जनप्रिय सञ्चारकर्मी न्यायपे्रमी कलाकार
जनगणतान्त्रिक सम्पर्क मञ्चमा जुटौँ
तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नलाई डटौँ ३ ।
ááá
३० कात्तिक २०७८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷नारायण दङ्गाल÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः प्रतिबन्ध

क्रान्ति गीत

देशैभरिबाट क्रान्ति गीत कुर्लनेहरू
जेलनेल सहेर क्रान्तिमा उर्लनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया मन मनमा साँची
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, इन्जिनियर
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
सबै जाति, सबै धर्म, सबै वर्ग, रूप रङ
सबै लिङ्ग, सबै पेसा, सबै भूगोल, जन जन
नेपाल कम्युनिस्ट पार्टीको प्रिय झन्डा उठाऔँ
एकीकृत जनक्रान्तिको गर्विलो यात्रामा रमाऔँ २

कुर्ची फेरियो, कुर्चीमा बस्ने फेरिए,
तर फेरिएन जनताको मुहार २
सरकार फेरियो, सरकारमा बस्ने फेरिए,
तर फेरिएन राष्ट्रको मुहार
अब त कति सुन्नु संसदवादको कुरा
यस्तो कूचाल सहिबस्ने कहिलेसम्म हो र २

भ्रष्टाचार बढ्यो देशमा महँगी चुलियो,
तर लुट्ने ठग्नेछ सरकारको व्यवहार २
हाम्रो स्वाधीनतालाई दाउमा राखेर,
राष्ट्रघाती एमसीसीलाई गर्दै छन् गुहार
कति सहूँ साम्राज्यवादको हस्तक्षेप बारम्बार
राष्ट्रप्रेमी उठौँ सबै गरौँ खबरदार २

देशैभरिबाट क्रान्ति गीत कुर्लनेहरू
जेलनेल सहेर क्रान्तिमा उर्लनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया छातीमा च्यापी
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, पत्रकार
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
सबै जाति, सबै धर्म, सबै वर्ग, रूपरङ
सबै लिङ्ग, सबै पेसा, सबै भूगोल, जन जन
नेपाल कम्युनिस्ट पार्टीको प्रिय झन्डा उठाऔँ
एकीकृत जनक्रान्तिको गर्विलो यात्रामा रमाऔँ २ ।
ááá
३० कात्तिक २०७८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷नारायण दङ्गाल÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः मेरो देश


नो एमसीसी

मेरो देश रुँदा, रुन नसक्ने कसरी देसप्रेमी भयौ र
मेरो राष्ट्र हाँस्दा, हाँस्न नसक्ने कसरी राष्ट्रप्रेमी भयौ र २
राष्ट्रघाती एमसीसी हाम्लाई चाहिँदैन
जनघाती एमसीसी ल्याउन पाइँदैन २
चाहिँदैन एमसीसी हाम्लाई चाहिँदैन
पाइँदैन एमसीसी ल्याउन पाइँदैन २

१८१६ सुगौली सन्धि खारेज नगरे हुँदै हुन्न
१९५० असमान सन्धि रद्द नगरे हुँदै हुन्न २
खबरदार अमेरिका हाम्रो स्वाधीनतामा आँखा नलगाऊ
खबरदार साम्राज्यवाद हाम्रो मुटुमा गिद्धे नङ्ग्रा नलगाऊ २
मेरो देश रुँदा, रुन नसक्ने कसरी देशप्रेमी भयौ र
मेरो राष्ट्र हाँस्दा, हाँस्न नसक्ने कसरी राष्ट्रप्रेमी भयौ र
राष्ट्रघाती एमसीसी हाम्लाई चाहिँदैन
जनघाती एमसीसी ल्याउन पाइँदैन २
चाहिँदैन एमसीसी हाम्लाई चाहिँदैन
पाइँदैन एमसीसी ल्याउन पाइँदैन २

दलाल संसदीय व्यवस्थालाई अन्त्य नगरे हँदु ै हुन्न
वैज्ञानिक समाजवादी व्यवस्थालाई नल्याएसम्म हुँदै हुन्न २
खबरदार दलालहरू हाम्रो माटोलाई तिम्ले बेच्न नखोज
खबरदार शासकहरू हाम्रो स्वाभिमान तिम्ले बेच्न नखोज २
मेरो देश रुँदा, रुन नसक्ने कसरी देशप्रेमी भयौ र
मेरो राष्ट्र हाँस्दा, हाँस्न नसक्ने कसरी राष्ट्रप्रेमी भयौ र २
राष्ट्रघाती एमसीसी हाम्लाई चाहिँदैन
जनघाती एमसीसी ल्याउन पाइँदैन २
चाहिँदैन एमसीसी हाम्लाई चाहिँदैन
पाइँदैन एमसीसी ल्याउन पाइँदैन २ ।
ááá
२०७८ मङ्सिर २७
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन ÷ शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम् ः प्रतिबन्ध
ओ हितसँगी

ओ हितसङ्गी तिमी कहाँ छौ 
खोज्दैछु सुन्दर गाउँ, 
जहाँ हामी सङ्गै लड्ने कसम खादैथ्यौ 
ओ भन प्रीय तिमी कहाँ छौ 
खोज्दैछु तिम्रो सहर, 
जहाँ हामी सङ्गै मर्ने बाचा बाधेथ्यौ 
।। भन्दैछ्न तिमिले त बाटो मोड्यौ अरे ।। 
।। सुन्दैछु तिमिले त साथ छाड्यौ अरे ।।

हिजो धिक्कारेका खुनी उनका काखहरुमा, 
लडिबुडी गर्छौ रे भन्छन 
हिजो लल्कारेका ज्यामी दुस्मन बर्गहरुसङ्ग, 
मन्द मुस्कान हास्छौ रे भन्छ्न 
ओ हितसङ्गी तिमी कहाँ छौ 
खोज्दैछु तिम्रो मुस्कान, 
जहाँ हामी सङ्कटपर्दा सङ्गै हासेको 
ओ भन प्रीय तिमी कहाँ छौ, 
खोज्दैछु तिम्रो आँसु  
जहाँ कमरेड सहिदहुदा सङ्गै रोएको  
।। सुन्दैछु  तिमिले त साथ छाड्यौ अरे ।। 
।। भन्दैछ्न तिमिले त बास सार्यौ  अरे ।।

हिजो आक्रोशले आँखा तर्ने ठाउँहरुमा, 
बर्ग साईनो गास्छौ रे भन्छ्न 
हिजो तिरस्कृत अस्लिल उनका भाकाहरुमा, 
मलिन स्वर थप्छौरे भन्छ्न 
ओ हितसङ्गी तिमी कहाँ छौ 
बाकी छ शिखर चुम्ने, 
सङ्गसङ्गै स्वीकारेका यात्रा बाकी छ 
ओ भन प्रीय तिमी कहाँ छौ 
बाकी छ लक्ष्य भेट्ने, 
बर्गभेद मिल्काउने क्रान्ति बाकी छ 
।। भन्दैछ्न तिमिले त घात गर्यौ अरे ।। 
।। सुन्दैछु तिमिले त बर्गै फेर्यौ अरे ।।
ओ भन प्रीय । 
ááá
२०७८ पुस २३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः कर्ण विद्रोही 
एरेन्ज ः नारायण दङ्गाल 
एल्बम ः मेरो देश




पतझर (पलायनताको सन्दर्भ)

पतझर झरेर जान्छ र पो, नयाँ पालुवाले हरियाली भर्छ २
खहरे त एकदिन सुकी जाने हो तर समुन्द्रको छाल कहाँ घट्छ कमरेड हो कमरेड
अँध्यारो रात हटी जानेछ (छितिजको लाली बिहान बोकी आउँछ) २

उडिजाने माल्चरीको कहिले बथान भुलिन नि सक्छन्
सँगै लड्ने भन्ने साथी क्रान्ति हो यो छुटिन नि सक्छन् २
कोहीले घात क्रान्तिलाई गर्छन्, कोही बिचैमा थाक्छन्
निरन्तर चल्ने प्रक्रिया हो यो कोही छोडेर भाग्छन् २
कमरेड हो कमरेड
मान्छे त एकदिन मरिजाने हो (तर सृष्टिले गति कहाँ रुक्छ) २

सिमसारमुनि खोलीखेत कहिलेकाहीँ भासिन नि सक्छ
मृत्यु जित्ने जीवन हाम्रो पलायनता तर्किन नि सक्छ २
आकाशमा हेर कालो बादल गड्याङ गुडुङ भै झर्छ
स्वीकार गरे हजार हार बल्ल पो जित खुल्छ २
कमरेड हो कमरेड
सयौँ चुनौतीलाई निल्न नसके (ओजिलो क्रान्ति कहाँ सफल हुन्छ) २

पतझर झरेर जान्छ र पो, नयाँ पालुवाले हरियाली भर्छ २
खहरे त एकदिन सुकी जाने हो तर समुन्द्रको छाल कहाँ घट्छ
कमरेड हो कमरेड ।
ááá
२०७९ वैशाख २८
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः मेरो देश
समय
समय हो गतिमा चलिरहन्छ
यात्रा हो क्रान्तिको बढिरहन्छ २
रुक्दैन यो निरन्तर चलिरहन्छ
झुक्दैन यो अविरल बढिरहन्छ
समय हो गतिमा चलिरहन्छ

हिमाललाई सोध साक्षी छ सिङ्गै तिम्रै शिरमाथि
झरनालाई बुझ साक्षी छ जिउँदै तिम्रै घरपारि २
कि बिर्सियौ र खुकुरीको भर टिस्टामा पुगेको
कि भुलेछौ र नेपाली छोरा काङ्गडा लडेको
समय हो

तराईलाई सोध ताजै छ इतिहास अङ्ग्रेजलाई खेद्दाको
पहाडलाई बुझ आलै छ इतिहास बाघझैँ गर्जेको २
पुर्खालाई हेर गोर्खाली सान विश्वलाई थर्काको
सन्तान हौँ उनकै सहन्नौँ अब हामीलाई हेपेको

समय हो गतिमा चलिरहन्छ
यात्रा हो क्रान्तिको बढिरहन्छ २
रुक्दैन यो निरन्तर चलिरहन्छ
झुक्दैन यो अविरल बढिरहन्छ
समय हो गतिमा चलिरहन्छ ।
ááá
२०७९ वैशाख २०
रचना÷सङ्गीत ः चिरन पुन
भनिदेऊ

भनिदेऊ
मेरो देश मुस्कुराउँदै हाँस्ने दिन कहिले आउँछ होला
सुनिदेऊ
देशसँगै समानतामा हाँस्ने दिन कहिले आउँछ होला

कोही पनि उँच निच हुनै नपर्ने
विभेद खेपी तड्पिएर रुनै नपर्ने
डाँफे, मुनाल नाचेजस्तै नाचूँ नाचूँ लाग्ने
रातो छितिज हाँसेजस्तै हाँसूँ हाँसूँ लाग्ने
भनिदेऊ ...

पराइको हप्की दप्की खेप्नै नपर्ने
कसैसँग निहुरिएर बोल्नै नपर्ने
साकेला र देउडा गाउँदै नाचूँ नाचूँ लाग्ने
मारुनी र चुड्के भाका गाऊँ गाऊँ लाग्ने
भनिदेऊ
मेरो देश मुस्कुराउँदै हाँस्ने दिन कहिले आउँछ होला
सुनिदेऊ
देशसँगै समानतामा हाँस्ने दिन कहिले आउँछ होला ।
ááá
२०७९ कात्तिक २०
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन

मान्छौ भने वर्गभेद

मान्छौ भने वर्गभेदलाई तिमीले
बुझ्छौ भने अर्थनीतिलाई तिमीले
यहाँ वर्ग रहुन्जेल, यहाँ शोषण छउन्जेल
यहाँ वर्गसङ्घर्ष चलिरहन्छ

श्रम गर्ने मान्छेको हातमा
जबसम्म स्वामित्व आफ्नो साथ हुन्न
उत्पादित वस्तुहरूमाथि
तबसम्म सामूहिक वितरण गरिन्न
त्यहाँ वर्गभेद हुन्छ, त्यहाँ थिचोमिचो चल्छ
त्यहाँ क्रान्तिको ज्वाला बलिरहन्छ

उत्पीडित वर्गको लागि
जबसम्म आफ्नो सत्ता स्थापित हुन्न
सुख, शान्ति, समृद्धिको लागि
तबसम्म यो सत्तालाई फाल्न सकिन्न
त्यहाँ वर्गसङ्घर्ष चल्छ, यहाँ नयाँ नयाँ क्रान्ति उठ्छ,
हाम्रो यात्रा विजयमा लम्किरहन्छ ।

मान्छौ भने वर्गभेदलाई तिमीले
बुझ्छौ भने अर्थनीतिलाई तिमीले
यहाँ वर्ग रहुन्जेल, यहाँ शोषण छउन्जेल
यहाँ वर्गसङ्घर्ष चलिरहन्छ
ááá
१० कात्तिक २०७९
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन

एकता
आऊ एकताको हात मिलाऔँ हामीले
आऊ वीरताको गीत गाऊँ हामीले

लक्ष्य एउटै हो भने आपसमा हामी किन टुट्नु
एकै ठाउँ पुग्नु छ भने फरक बाटो किन हिँड्नु
सँगै हाँसौँला हामी सँगै नाचौँला
खाँचो परे यही माटोमा सँगै लडौँला
आऊ एकताको ...

एकतामै हुन्छ तागत त्यसैले हामी छुट्नुहुन्न
एकतामै खुल्छ विश्वास त्यसैले विश्वास ढल्नुहुन्न
सँगै बसौँला हामी सँगै हिँडौँला
मर्नै परे देशको लागि सँगै मरौँला
आऊ एकताको हात मिलाऔँ हामीले
आऊ वीरताको गीत गाऔँ हामीले ।
ááá
६ मङ्सिर २०७९
रचना÷सङ्गीत ः चिरन पुन




चुनाव

संसदवादी चुनाव होइन, स्थिरता बसालौँ
विकल्पमा व्यक्ति होइन, व्यवस्था बदलौँ २
सोध न सोध आफैँलाई सोध
रोज न रोज सही बाटो रोज ६

बेचेर देशलाई अबिर के घस्नू
रुवाई जनता, माला के लाउनू २
आफ्नैहरूको दुःखाएर मन
यो राष्ट्रको लुटाएर धन ३

एमसीसी एसपीपीलाई नपारे चिहान
आउँदैन देशमा शान्तिको बिहान २
आफैँभित्र आफैँलाई जगाऊँ
देशप्रेमी भएर चिनाऊँ ३

संसदवादी चुनाव होइन, स्थिरता बसालौँ
विकल्पमा व्यक्ति होइन, व्यवस्था बदलौँ २
सोध न सोध आफैँलाई सोध
रोज न रोज सही बाटो रोज ६ ।
ááá
कात्तिक २०७९
रचना ः प्रेम सी, सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन , शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः साम्यवाद

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...