Tuesday, September 5, 2023

गीतहरु ४


- लौ आयो रातो खबर
- मेघझैँ गर्जी
- पूर्व होस् या पश्चिम
- हाम्रा मान्छे (बेपत्ता योद्धाको स्मरणमा)
- लाहुरे भइयो
- फर्क स्वदेश
- खबरदार
- आठौँ महाधिवेशन
- कथित चुनाव
- चमचम गर्ने खुकुरी
- विदेशी गल्ली
- रोल्पाको थबाङ
- हजार अप्ठ्यारा
- कहाँ झुकेको छ (सन्दर्भ सहिद सप्ताह)
- नरुनू आमा
- आऊ समाऊँ
- जहाँ दमन हुन्छ







लौ आयो रातो खबर

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर २
दुश्मनलाई थर्काउने
क्रान्तिज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको
लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

बिहानीको मिरमिरेमै वर्गयुद्धको खबर बोकी २
शिरमा कफन बाँधी अब जनक्रान्तिको रहर बोकी २
दन्किएको ज्वालाजस्तै
समुन्द्रको छालजस्तै २
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

दुश्मनको सङ्गीनले क्रान्ति हाम्रो छेकिन्न भनी २
संसद्वादी षड्यन्त्रले हाम्रो यात्रा रोकिन्न भनी २
अजङ्ग त्यो चट्टानजस्तै
स्पातिलो ज्वारजस्तै २
लौ लौ आयो रातो खबर
चिरन पुन ‘मिलन’ ÷ छज्ञ
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

पूर्व पश्चिम गर्जिएर उठ बन्दुक बोक भनी २
गाउँ सहर एकैसाथ दलाललाई ठोक भनी २
ज्वालामुखी विष्फोटजस्तै
कुर्लिआउने चट्याङजस्तै २
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
दुश्मनलाई थर्काउने
क्रान्ति ज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर ।
ááá
२०७१
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

मेघझैँ गर्जी

मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली २
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २

गाउँ सहर एकसाथ उठ अब फेरि लुकेर बस्नुहँुदैन
श्रमिकहरू सबै जुट अब फेरि थाकेर बस्नुहुँदैन २
भाग्नेहरू भाग्दै जान्छन् क्रान्तिवीर बढ्छन् अघि
थाक्नेहरू थाक्दै जान्छन् वर्गयोद्धा बढ्छन् अघि
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २

झिक तलबार अब कस कम्मर फेरि हारेर बस्नुहुँदैन
बोक बन्दुक अब जुर्मुराउँदै फेरि झुकेर बस्नुहुँदैन २
हार्ने होइन जित्ने गरी जनसेना लड्छन् फेरि
नयाँ युग ल्याउने गरी रातामान्छे लड्छन् फेरि
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दै छौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २ ।
ááá
२०७१
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी, रमन थामी, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

पूर्व होस् या पश्चिम

पूर्व होस् या पश्चिमका साथी, उठौँ अब लालझन्डा समाती २
हिमाल पहाड मधेसका साथी, जुटौँ अब लालझन्डा समाती २
जुटौँ अब लालझन्डा समाती

कालो बजारी, छ भ्रष्टाचारी देशको बेहाल भो
तस्करी चर्को, महँगी बढ्दो जनताको बेहाल भो २
पूर्व होस् या पश्चिमका साथी
उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी
जुटौँ अब लालझन्डा समाती २

किसान मजदुर, त्यो मध्यमवर्ग गाउँ सहर उठ्दै छन्
जनक्रान्ति ल्याउन एकीकृत हुँदै लौ सबै जुट्दै छन् २
पूर्व होस् या पश्चिमका साथी
उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी
जुटौँ अब लालझन्डा समाती २
विदेशी हैकम नतोडी हुन्न आऊ सबै मिलेर
दलाली सत्ता नफाली हुन्न लडौँ है मिलेर २

पूर्व होस् या पश्चिमका साथी, उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी, जुटौँ अब लालझन्डा समाती ५ ।
ááá
२०७२
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी, आरोह नेपाली, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

हाम्रा मान्छे (बेपत्ता योद्धाको स्मरणमा)

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ २
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २

कैँयौँ वर्ष भैसक्यो खै कहाँ छन् बेपत्ता २
बूढी आमा सोद्धै छिन्, बेपत्ताको अवस्था
दण्डपाणि खै
पूर्ण पौडेल खै ?
रेवकला खै
दुर्गा विशङ्खे खै ?
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ

हातमा सिक्री बाँधेर भीरबाट फाल्यौ कि २
आँखा पट्टी बाँधेर आगो लगाई मा¥यौ कि
सीएनहरू खै
हाम्रा सन्तान खै ?
कहिले आउँछन् खै
फणिन्द्रहरू खै ?
हाम्रा मान्छे कहाँ लग्यो
चिरन पुन ‘मिलन’ ÷ छछ
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ

खाल्टो खनी पु¥यौ कि जेलभित्र थुन्याँै कि २
गोली ठोकी मा¥यौ कि, टुक्रा पारी फाल्यौ कि
सहँदैनौ अब
बरु सहिद बन्छौँ
लड्छौँ फेरि अझै
मुक्त हुनलाई सबै

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २ ।
ááá
२०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी र निर्मला घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

लाहुरे भइयो

लाहुरे भइयो छोडेर आइयो नेपालमा जहानबालालाई २
यस्तै रै’छ अर्काको भूमि कुर्ने चौकीदारलाई २
लाहुरे भइयो छोडेर आइयो

पानी माग्दै चिच्याउँदा ऐंया आमा भनेर ढल्दा २
जङ्गलको बिचमा परी आकाशबाट बमगोला खस्दा
सम्झना आयो स्वदेशको लडाइँको मैदानमा पर्दाखेरि
एउटै गाउँको सँगी साथी गोली लागि मर्दाखेरि २
लाहुरे भइयो छोडेर आइयो

अर्काको भूमिमा रगतको भेल बमको बर्षा हुँदाखेरि २
साथी भाइहरू कहाँ पुगे होलान्, भोकै प्यासै लड्दाखेरि
आफ्नै देशमा काम पाउने भए विदेशमा किन आउँथ्यौँ र
दलाल सरकारले सोचेको भए यो दुःख किन पाउँथ्यौँ र २
लाहुरे भइयो छोडेर आइयो

के पायौँ आज लाहुरे बनी सिमाना पारि विदेश आई २
रुँदै होलान् जहानबाला एकपेट पनि खान नपाई
कसम खाँदै फालिदेऊ बन्दुक नलडौँ अब विदेशमा
आफ्नै भूमिमा जनक्रान्ति गर्न फर्किदेऊ अब स्वदेशमा २
लाहुरे भइयो छोडेर आइयो ।
ááá
२०५८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

फर्क स्वदेश

फर्क स्वदेश नेपाली दाजुभाइ, आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर, फर्कौं है सँगी हो आफ्नै जन्म घर २

ती तिम्रा सानो भाइले पर्खेर बाटो हेर्दै छन्
ती तिम्री सानी बैनीले सम्झेर सधैँ रुँदै छिन्
यी वृद्ध आमा नि टोलाइरहेछिन्
ती तिम्री सँगिनी बोलाइरहेछिन् २

यो हाम्रो मातृभूमिलााई विदेशीले नङ्ग्रा गाड्दै छ
त्यो तिम्रो सानो गाउँमा फटाहाले राज गर्दै छ
गाउँ घर सबैले तिमीलाई खोज्दै छ
क्रान्तिको बाटोमा लम्क भन्दै छ २

दलालको बादशाहलाई मिलेर सँगै फालौँला
साम्यवादको निर्माण गरी बल्ल पो थकाइ मारौँला
नेपाली जनताको यही सल्लाह छ
दुश्मनको किल्लामा खैलाबैला छ २

फर्क स्वदेश नेपाली दाजुभाइ
आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर
फर्कौं है सँगी हो आफ्नै जन्म घर २
फर्कौं है सँगी हो आफ्नै जन्म घर २ ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बविता पाख्रीन
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

खबरदार

खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१

दलाल सत्ताको अब (सहँदैनौँ दमन) २
भ्रष्ट यो जाल झेल अब (चाहँदैँनौ हैकम) २
जेल हाले स्पातझैँ बन्छ, क्रान्तिको लागि यो मन
एक मरे लाखौँ जन्मिन्छ, बाँधेर शिरमा कफन
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१

विस्तारवादीको अब (चाहँदैनौँ दमन) २
साम्राज्यवादीको अब, (सहँदैनौँ हैकम) २
दमन गरे विष्फोट भैदिन्छौँ, फाल्छौँ बरु यो जीवन
मुक्त हुन्छौँ संसार जित्दै, तोडेर सबै बन्धन
खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१ ।
ááá
२०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक, रमन, आरोह, निर्मला, सोनु, विमला
एरेन्ज ः आशीष अविरल
एल्बम् ः लौ आयो रातो खबर

आठौँ महाधिवेशन

निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जञ्जीर तोड्न क्रान्तिको मसाल बाल्ने २
यो हो हाम्रो आठौँ महाधिवेशन ४

संसारबाटै रातो सूर्य अस्ताइसक्यो लाग्नेलाई
विश्वभरि क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई
सगरमाथाको देश बोल्छ, हिमाल पहाड मधेस बोल्छ २
खोला नाला छहरा बोल्छ, गाउँ सहर पहरा बोल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४

गाउँ सहरको विशेषता मध्यमवर्गको उपस्थिति
विज्ञान प्रविधि विकास र भू–परिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ, दलित मधेसी एकत्व खेल्छ २
(दलाल सत्ताका) २ उत्पीडन बोल्छ, देशभक्तको एकता फुल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजीवीको एकता बन्दै, दलालको चिहान खन्छ २
स्वाधीनताको आवाज बोल्दै, जनक्रान्तिको बिहान खुल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४ ।
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर

कथित चुनाव (खारेज अभियानको सन्दर्भमा)

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ २
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट

हाम्रो देशको नदीनाला बेचिखाने यिनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यिनै हुन् २
यो देशको स्रोत साधन लुटिखाने यिनै
मूल्यवृद्धि चर्काएर मस्ती गर्ने यिनै
सुकुमबासी बस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाइँ गर्ने यिनै

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौँ
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौँ
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट

जनता चुस्ने यो व्यवस्था उखेलेरै फाल्नैपर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनैपर्छ २
उत्पीडित श्रमिकहरू सबै मिली उठौँ
राष्ट्रभक्त नेपाली हो जुर्मुराउँदै हिँडौँ
एकीकृत जनक्रान्तिको महासमरमा बढौँ
मक्किएको यो व्यवस्था एकधक्कामा फालौँ
जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट !
ááá
वैशाख, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक, सौगात, रमण, निर्मला, बबिता, सोनु
एरेन्ज ः सौगात सायर









चमचम गर्ने खुकुरी

चमचम गर्ने खुकुरी शान लाउने बेला भो २
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो
चमचम गर्ने खुकुरी सान लाउने बेला भो २

कायरहरू सङ्कटबाट घुँडा टेकी भाग्छन्
वीरहरू क्रान्ति गर्छन् र दुश्मनलाई जित्छन् २
सडेगलेको यो सत्ता ढल्छ पक्कै ढल्छ
क्रान्तिले आफ्नो बाटो आफैँ खन्दै जान्छ २
बेला भो, बेला भो,
आँधीबेहरी ल्याउने बेला भो
आगोसँग खेल्ने बेला भो
अस्त्र शस्त्र बोक्ने बेला भो
दलालहरू ठोक्ने बेला भो
चमचम गर्ने खुकुरी गर्ने खुकुरी सान लाउने बेला भो २

राष्ट्रघाती कालो सत्ता कब्जा गरिछाड्छौँ
लुटाहाको जाली संसार ध्वस्त पारिदिन्छौँ २
मक्किएको यो सत्ता एकधक्कामै फाल्छौँ
वर्गबैरी सखाप पार्दै हाम्रो लक्ष्य चुम्छौँ २
बेला भो, बेला भो
तुफानसँग खेल्ने बेला भो
विष्फोटहरू हेर्ने बेला भो
एम्बुसहरू फुल्ने बेला भो
क्रान्तिमोर्चा खुल्ने बेला भो

चमचम गर्ने खुकुरी सान लाउने बेला भो २
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो
चमचम गर्ने खुकुरी सान लाउने बेला भो २ ।
ááá
फागुन, २०७४
रचना÷सङ्गीत ः चिरन
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी




विदेशी गल्ली

कसले पु¥यायो तिमीलाई
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा,
(विदेशी गल्ली गल्लीमा)
रहरले हो कि बाध्यताले
दसहन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा
(भारतको गल्ली गल्लीमा) २

कहिलेसम्म देश छाडी लर्को लागी जाने तिमी पराइको देशमा
तातो रातो खून पसिना किन बस्छौ बगाएर बिरानो त्यो ठाउँमा
हाम्रै परिवेशमा जाँगर चलाउनु छ,
आफ्नै सुन्दर देशमा मोती फलाउनु छ २
कसले पु¥यायो ...

कति दिन बस्छौ तिमी देश लुटिएको हेरी परदेशी ठाउँमा
रात दिन ठाउँ ठाउँमा सीमा मिचिएको फेरि हाम्रो आफ्नै देशमा
फर्की आऊ परदेशबाट देश सिँगार्नु छ
हाम्लाई शोषणमाथि क्रान्ति चर्काउनु छ २

कसले पु¥यायो तिमीलाई
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा,
(विदेशी गल्ली गल्लीमा)
रहरले हो कि बाध्यताले
दसहन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा
(भारतको गल्ली गल्लीमा) २
कसले पु¥यायो ... ।
ááá
चैत, २०७४
रचना÷सङ्गीत ः चिरन पुन, 
स्वर ः निर्मला घिसिङ , 
एरेन्ज ः आशीष अविरल, 
एल्बम ः चमचम गर्ने खुकुरी

रोल्पाको थबाङ

रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २

जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै २
राणाको शासन पञ्चको हुकुम नेपाली जनता कहाँ झुके खै २
सिस्नेको हिमाल त्यो माछापुच्छ«े धौलागिरीको शिर
शैलुङ्गे काख त्यो साँगा–झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २

दलाल सत्ता यो जनघात कति दिन सहौँ यो राष्ट्रघात २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार २
पूर्वको मेची त्यो सप्तकोशी कालीगङ्गाको बेग
कञ्चन मस्र्याङ्दी त्यो महाकाली बागमतीमा हाम्रो भेट
रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २ ।
ááá
पुस, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः चमचम गर्ने खुकुरी

हजार अप्ठ्यारा

हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा २
(सुवासिलो सुगन्ध छर्न) २
(फल्नू फुल्नू यहीँ माटोमा) २

निस्पट्ट त्यो अँध्यारो चिर्न (जून बनेर आऊ) २
विषालु काँडा पन्छाउँदै (फूल बनेर आऊ) २।२
जून बनेर आऊ फूल बनेर आऊ २
हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा

कठीन घुम्ती उमङ्गयात्रा (रोक्दै नरोकी आऊ) २
हजारौँ चोट सहेर पनि (मुस्कान बोकेर आऊ) २।२
रोक्दै नरोकी आऊ मुक्कान बोकेर आऊ २

हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा
(सुवासिलो सुगन्ध छर्न) २
(फल्नू फुल्नू यही माटोमा) २ ।
ááá
पुस, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बबिता पाख्रीन
एरेन्ज ः बीबी अनुरागी
एल्बम ः चमचम गर्ने खुकुरी
कहाँ झुकेको छ (सन्दर्भ सहिद सप्ताह)

कहाँ झुकेको छ र
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिँचिएको हाम्रो इतिहास २

कोही छुटे बाटैमा हिम्मत हारेर
कोही बिके दुश्मनको गोटी बनेर २
कोही छौँ जनक्रान्तिको झन्डा नछाडेर
समाजवाद ल्याइछाड्ने हिम्मत नहारेर
कहाँ छिपेको छ र
वीरताले कुँदिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ हारेको छ र
गौरवताले रङ्गिएको क्रान्तिको हाम्रो इतिहास

बर्बरताको पर्खाल ढाल्न अठोट लिनेहरू
दासताको जञ्जीर तोड्ने राता मान्छेहरू २
सगरमाथा शिखर नाघ्न उर्लिएकाहरू
एकीकृत जनक्रान्तिमा निस्किएकाहरू २

कहाँ झुकेको छ र
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिँचिएको (हाम्रो इतिहास
हाम्रो इतिहास) ४ ।
ááá
फागुन, २०७४
रचना÷सङ्गीत ः चिरन पुन , स्वर ः चिरन पुन, बबिता पाख्रीन
एरेन्ज ः आशीष अविरल, एल्बम ः चमचम गर्ने खुकुरी

नरुनू आमा

नरुनू आमा, नरुनू बाबा २
लड्न जाँदै छु, म त लड्न जाँदै छु
जित्न जाँदै छु, म त जित्न जाँदै छु
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदै छु
हजार चोट सहनुभन्दा जित्न जाँदै छु
नरुनू आमा, नरुनू बाबा

कानुन छ भन्छन्– दिनै चेली बलात्कार, (खै रोक्न आज सकेको) २
सरकार छ भन्छन्– लाखौँ युवा विदेसिए, (खै छेक्न आज सकेको) २
यो कस्तो कानुन हो यो कस्तो कानुन हो
यो कस्तो सरकार हो यो कस्तो सरकार हो
नरुनू आमा, नरुनू बाबा

चिचिला बाबुनानी भोकले रुँदा (झर्को नमानी सम्झाइदिनू) २
दुष्टले आई घर घेरा हाल्दा (एक थोपा आँसु नबगाइदिनू) २
यो दलाल सत्ता हो यो दलाल सत्ता हो
यो भ्रष्ट सरकार हो यो भ्रष्ट सरकार हो

नरुनू आमा, नरुनू बाबा २
लड्न जाँदै छु, म त लड्न जाँदै छु
जित्न जाँदै छु, म त जित्न जाँदै छु
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदै छु
हजार चोट सहनुभन्दा (जित्न जाँदै छु) ४ ।
ááá
साउन, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सुनिता थिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी

आऊ समाऊँ

आऊ समाऊँ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू २
हामीले हातहरू

पिल्सिएका मानव जातिको मुक्तिका लागि सबै आऊ
हेपिएका श्रमिकहरूको स्वतन्त्रताका लागि आऊ २
नसा नसामा देशभक्तिको रगत उमाल्नेहरू
शिरा शिरा राष्ट्रभक्तिको प्रेम उराल्नेहरू
आऊ जुटाऊँ क्रान्तिका लागि हामीले साथहरू
हामीले हातहरू

बाँधिएका रक्तपिपासुको बन्धन चुँडाल्न तिमी आऊ
मुर्झिएका विश्वक्रान्तिको ज्वारभाटा उराल्नलाई आऊ २
थोपा थोपामा जनक्रान्तिको बीज उमार्नेहरू
मुटु मुटुमा क्रान्तिज्वाला निभ्न नदिनेहरू
आऊ रमाऊ क्रान्तिका लागि हामीले मनहरू
हामीले हातहरू

आऊ समाऊ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू
हामीले हातहरू ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी

जहाँ दमन हुन्छ

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार २
अब हामी सहन्नौँ तेरो अत्याचार २
भन्दै छौँ हाम्रै हो, लिपु हाम्रै हो २
कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो
भन्दै छौँ हाम्रै हो, महाकाली हाम्रै हो २
गण्डक हाम्रै हो, त्यो कर्णाली हाम्रै हो २

कति गाड्छौ सिमानामा विषालु त्यो खुनी पञ्जा
कति लाउँछौ पानीमाथि विस्तारवादी गिद्धेआँखा २
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर लाख बन्छौँ सम्झिराख
भन्दै छौँ छोड अब, सीमा मिच्न छोड २
हाम्रो भूमि छोड्, अब तेरो हैकम छोड्
भन्दै छौँ छोड् अब, लुटपाट छोड् २
(हस्तक्षेप छोड्, अब हाम्लाई हेप्न छोड) २

उतै मात्र छैनन् दुश्मन यतै दलाल डुलिरा’छन्
सिक्किमजस्तै बनाउन जाल बुन्दै घुमिरा’छन् २
देश बेच्ने राष्ट्रघाती उतैतिर बास सरे हुन्छ
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दै छौँ छोड् अब, देश बेच्न छोड् २
जनता ठग्न छोड्, अब दलाल बन्न छोड्
भन्दै छौँ छोड् अब, राष्ट्रघात छोड् २
जनघात छोड् अब कालो सत्ता छोड् २
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर , एल्बम ः चमचम गर्ने खुकुरी
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...