Thursday, January 4, 2018

असफलताको चाङ्गभित्र लुकेको नेपाली संभावना


रातोखबर साप्ताहिक 
बर्ष ३, अंक २९ पूर्णङ्क १२४ 
२०७४ पुस १९ बुधबार काठमाण्डौ । 
चिरन पुन 
१. असफल संसदवादी राजनैतिक पार्टी र सरकार ः 
बहुदलको आगमन पछि सवैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली काग्रेस हो । २०४७ मा काग्रेस नेता कृष्णप्रसाद भटराईको नेतृत्वमा पहिलो अन्तरिम सरकारबाट काग्रेसले आफ्नो सरकारको यात्रा तय गर्यो । त्यसपछि २०४८ मा गिरिजाप्रसाद कोईरालको नेतृत्वमा दोश्रो, २०५५ बैशाख २ गते सभापति कोईरालाकै नेतृत्वमा तेश्रो, २०५६ जेठ १३ गते नेता कृष्णप्रसाद भटराईको नेतृत्वमा चौथो, २०५६ चैत्र ७ गते गिरिजाप्रसाद कोईरालाकै नेतृत्वमा पाँचौ,  २०५८ साउन ११ गते नेता शेरबहादुर देउवाको नेतृत्वमा छैठौपल्ट नेपाली काग्रेस सरकारमा बस्यो । २०६१ जेठ २१ गते नेका (प्रजातान्त्रिक) का सभापती शेरबहादुर देउवाको नेतृत्वमा सातौ, २०६३ बैशाख १२ गते  सभापती गिरिजाप्रसाद कोईरालाकै नेतृत्वमा आठौ पटक काग्रेसकै सरकार बन्यो । २०७० माघ २८ गते  पार्टी सभापती शुशिल कोइरालाको नेतृत्वमा नवौं, र २०७४ असोज महिनामा सभापती शेरबहादुर देउवाको नेतृत्वमा दशौं पटक काग्रेसको तर्फबाट प्रधानमन्त्रीमा बने । वहुदलपछिको यो २८ बर्षमा सवैभन्दा धेरै आफ्नो नेतृत्वमा सरकार बनाउने पार्टी नेपाली काग्रेसनै हो । उसको पालामा निकैधेरै राष्ट्रघात, जनघातका घटनाहरु भयो । भ्रष्टाचार, कमिसनखोर, कालोबजारी जस्ता विषयहरुले चुलि नाध्यो । त्यसैले नेपाली काग्रेस र उसले सचालन गरेको सरकार पूर्णत असफल, राष्ट्रविरोधी, जनविरोधी सरकारको रुपमा नेपाली जनताको अघि चिरपरिचत बनेको छ । 

त्यस्तै एमाले पनि निकै ठुलो ढुलमुले र अवसरवादी पार्टीको रुपमा परिचत छ । २०५१ सालमा एमाले अध्यक्ष मनमोहनको नेतृत्वमा पहिलो एमालेको सरकार बन्यो । २०६६ जेठ ११ गते एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा दोश्रो, २०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको नेतृत्वमा तेश्रो,  २०७२ असोज २५ गते एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वमा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भए । तर उसले सरकारका लागि राप्रपाजस्तो पार्टीसँग पनि गठवन्धन सरकारमा सामेल भयो । काग्रेस भन्दा पनि धेरै पटक गठवन्धन सरकारमा सामेल हुने पार्टी पनि एमाले नै हो । अझ तत्कालिन राजा ज्ञानेन्द्रलाई समेत एमाले नेता माधव नेपालले प्रधानमन्त्रीको लागि विन्ती पत्र चडाएर आफ्नो र पार्टीको अवसरवादी चरित्रलाई जनतासमक्ष छर्लङ्ग पारे । एमाले पूर्णत अवसरवादी पार्टी हो, उसको भुमिका चरमप्रतिक्रियावादी भुमिकातर्फ परिलक्षित छ । कैयौ जनविरोधी, राष्ट्रविरोधी पहिचान एमालेको परिचय हो । भ्रष्टाचार, कालोवजारी, कमिसनलाई आफ्नो राजनीतिको केन्द्रविन्दुमा  राखेको एमालेले आफ्नो संशोधनवादी अनुहार जनतासमक्ष उदाङ्गो पारेकोछ । 

१० बर्ष जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र उनको पार्टी माओवादी केन्द्र (माके) शान्तिप्रकृया पश्च्यात ठुल्ठुला जनविरोधी गतिविधीमा केन्द्रीकृत भयो । उसले मुख्यत १० बर्षको महान जनयुद्धको प्रस्तावनालाई ठुलो धोका र गद्धारी गरेर दलाल ससदवादमा पतन भयो । २०६४ को संविधानसभाको निर्वाचन मार्फत सवैभन्दा ठुलो दलको नेताको रुपमा २०६५ साउन ३१ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसिन भए । त्यसपछि, २०६८ भदौ १२ गते माओवादी नेता डा. बाबुराम भटराई र २०७३ साउन १९ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बसे । शन्तिप्रकृया पछि कैयौ पटक माके संयुक्त सरकारमा समेत सामेल बन्यो । २०६४ को संविधानसभाको निर्वाचनमा जनतले गरेको आशालाई रड्डीको टोकरीमा मिल्काउदै आफ्नो नवसंशोधनवादी राजनैतिक चरित्रमा इमान्दार पात्रको रुपमा खडा भए र हाल एमालेसँग गठवन्धन गरेर आफ्नो सशोधनवादी यात्रामा पूर्णत नेपाली जनताले स्पस्ट बुझ्ने गरि रुपान्तरीत बन्न पुगको छ । 

२०५३ फागुन २९ एमालेको समर्थनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । २०५४ असौज २१ गते काग्रेसको समर्थनमा राप्रपा नेता सुर्यवहादुर थापा  र २०५९ असोज २५ गते राप्रपा नेता लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्रीको कुर्सीमा आसिन बने । २०६० जेठ २२ गते राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापा पुनः प्रधानमन्त्री नियुक्त भए । यसबाहेक पनि तत्कालिन राजा ज्ञानेन्द्र र २०६९ चैत्र १ गते सर्वोच्च अदालतका प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रीपरिषदको गठन गरियो । अहिले हाम्रो देश दक्षिण एसियामा मात्र होईन, पुरै विश्वमा छोटो समयमा धेरै पटक सरकार गठन र पुर्नगठन गर्ने र छोटो समयमा सवैभन्दा धेरै मानिसलाई  मन्त्री बनाउने देश बनेको छ । सरकारहरु वारम्वार परिवर्तन भयो । कुर्सी प्राप्त गर्ने खेल धेरै गरियो । तर, देशको आर्थिक र विकाशको अवस्था निकै दयनिय बन्यो । राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोर र विचौलियाको चंगुलमा देशलाई फसाउने काम गरियो । आजसम्मको अवस्थालाई हेर्दा राजनीति ठेकेदार, व्यापारी, तस्करी, कालोबजारिया, गुण्डा, भ्रष्टाचारी र विचौलियाको हातमा सुम्पने काम भएको छ । यहाँका संसदवादी पार्टीहरु साम्राज्यवाद र दलाल पँुजीवादी बर्गलाई खुसि बनाउदै आफ्नो कर्सी स्वार्थमा तल्लिन बनेका छन् । यसरी नेपालका संसदवादी पार्टी र बनेका सरकारले ठुलो राष्ट्रघात, जनघात गर्दै, नेपाली जनताको हक, हित र अधिकारलाई साम्राज्यवाद र दलालको पोल्टामा सुम्पदै गएका छन् । यसअर्थमा, नेपालमा क्रियाशिल संसदवादी पार्टी र उनको नेतृत्वमा बनेका सरकार पूर्णतह् असफल सिद्ध भैसकेको छ ।  

२. असफल शान्तिप्रकृया ः 
२०६३ मंसीर ५ गते सरकार र तत्कालिन माओवादीवीच बिस्तृत शान्ति संझौतामा हस्ताक्षर गरियो । २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन मार्फत तत्कालिन नेकपा (माओवादी) सवैभन्दा ठुलो दल पनि भयो । प्रचण्ड, बाबुराम र फेरी प्रचण्डको नेतृत्वमा सरकार पनि बन्यो । यो विचमा क्रमश ः जनसत्ता, जनअदालत, जनमुक्तिसेना सवै विघटन गरियो । तत्कालिन माओवादी पार्टीले उठाएका राजनीतिक मुद्धाहरुलाई चटक्कै बिर्सेर पुरानै संसदवादीहरुको गठजोडमा प्रचण्ड र बाबुरामहरु लागे । जनमुक्तिसेनाको भरणपोषणका लागि भनेर राज्यकोषबाट अरबौ रकम बुझेर आफ्नो दुना सोझाउने काम गरे । आफ्नो निकटका नेता कार्यकर्ताहरुलाई रक्तचन्दन, सुन तस्करीमा समेत लगाउने काम गरे । 

प्रचण्ड÷बाबुरामले सवै दार्शनिक र सैद्धान्तिक आदर्शहरुलाई बेचे । जनयुद्धमा उठाएका राजनैतिक मुद्धाहरुलाई तिलान्जली दिएर, दलाल संसदवादी सत्तासँग आत्मसमर्पण गरे । नयाँ जनवाद, वैज्ञानिक समाजवाद, सर्वहारा वर्गको अधिनायकत्व, बलप्रयोगको सिद्धान्त आदीलाई बिर्से । जनयुद्धका महान योगदानहरुलाई साम्राज्यवादी÷प्रतिक्रियावादी र संसदवादीशक्तिहरुसँग बेचेर कुर्सीस्वार्थमा लागे । आफ्ना सवै क्रान्तिकारी÷कम्युनिस्ट मुल्य÷मान्यताहरुलाई छोडेर यात्रालाई संशोधनवादी÷अवसरवादी दिशातर्फ केन्द्रीत बनाउदै लगे । कुर्सीका लागि राष्ट्रघात र जनघातमा केन्द्रीत बन्न पुगे । भ्रष्टाचार, कालोबजारी, कमिसनखोरीको प्रकृयामा लागे । दलाल बर्गसँग साँठगाँठ र गठजोठ गर्न पुगे । तर, जनयुद्धमा आफ्नो बलिदान दिने बीर शहीद, परिवार आज आकुल÷व्याकुल अवस्थामा छन् । हजारौ वेपत्ता योद्धाका परिवारहरुको दैनिकी दयनिय अवस्थामा गुज्रिरहेको छ । जनयुद्धका घाईते÷अपाङ्ग योद्धाहरुको समस्या पनि विकराल छ । यस्तो अवस्थामा तत्कालिन माओवादी भित्रका क्रान्तिकारीहरुले प्रचण्डको संशोधनवाद विरुद्ध विद्रोहको झण्डा उठाए । त्यो सँग सम्वन्ध विच्छेद गर्दै, नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठन गरेर क्रान्तिकारी विचार, महान जनयुद्ध र उत्पीडित नेपाली जनतामाथि भए गरिएका सवै प्रकारका गद्धारी र धोखाधडीको विरुद्ध एकीकृत जनक्रान्तिको उद्धघोष गरिसकेको अवस्था छ । यस्तो परिवेशमा स्वभावैले तत्कालिन माओवादी र राज्यपक्षसँग भए गरिएका सवै शान्ति÷संझौताहरु व्यवहारत स्वतह ः भङ्ग हुन पुगेको छ । 

क. विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आजको विश्व र नेपालको राजनीतिक अवस्थाको वस्तुनिस्ट सस्लेषण गर्दै एकीकृत जनक्रान्तिमा लामवद्ध हुने÷बनाउने प्रकृयाको उद्धघोष गरिसकेको छ । न त यो संसदीय व्यवस्थाका लागि १० बर्षको महान जनयुद्ध संचालित थियो ? न प्रचण्ड÷बाबुराम मण्डलीले गरेको गद्धारीलाई सहर्ष स्वीकार गरेर संसदवादको फोहोरी खेलमा सामेल बनाउने कुरा क्रान्तिकारीहरुका लागि मान्यहुने विषय हो । के माओवादी क्रान्तिमा हारेर वा आत्मसर्मपण गरेर शान्तिप्रकृयामा आएका हुन ? के राज्यले माओवादीमाथि युद्ध जितेर वा एकलौटी हतियार खोसेर शान्तिप्रकृयामा ल्याईएको हो ? त्यसैले, शान्तिप्रकृयालाई क्रान्तिकारीहरुले मान्नु पर्ने कुनै सन्दर्भ र कारणहरु तत्थ्यपरक छैनन् । यस मानेमा तत्कालिन अवस्थामा गरिएका शान्ति÷संझौता स्वातह ः खारेज हुने वा भंङ्ग भएको अर्थमा जान्नु, बुझ्न आवश्यक छ । जहाँसम्म आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले हतियार उठाउने कुरा छ, त्यो राज्यको नीतिमा भर पर्ने विषय हो । राज्यले राजनीतिक हिसावले व्यवहार गर्छ त्यससँग प्रतिस्पर्दा गर्न नेकपा तयार भएको कुरा बारम्वार उद्धघोष भएकै छ । होईन, राज्यले हतियारको बलमा ठिक लगाउन सकिन्छ भन्ने युद्धवादी नीति अख्तियार गर्छ र दमन गर्न आउँछ भने, त्यसको प्रतिवादमा उत्पीडित नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टी तमतयारनै रहेको कुरामा कोहि पनि दुविदामा नससे हुन्छ ।  

३. असफल कथित संसदवादी चुनाव ः 
धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिका अन्तरर्गत सेर्तुङ स्थित बोराङको मुक्रव देवी मावि मतदान केन्द्रमा ९९ दशमलव २६ प्रतिसत मत खस्यो । त्यहाँ मतदाता संख्या ८ सय १५ जना थिए । चुनावमा ८ सय ९ मत खस्यो । जबकी मतदाता नामावलीमा रहेको मध्ये १७ जनाको मृत्यु पहिलेनै भैसकेको थियो । बाजुरामा १ जनाले ६० पटकसम्म मत खसालेको समाचार बाहिरै आयो । । अझ संकटकाललाई विर्साउने गरी सेनाको घेरावन्दीमा यो चुनाव गरियो । मतदान गर्न नजाने जनतालाई बन्दुक तेर्साउदै मतहाल्न बाध्य पारियो । निर्दोश नेकपाका कैयौ नेता कार्यकतालाई हिरासतमा कोच्यो । यसरी दिनको संकेत विहानीबाटै गर्न सकिन्छ भनेजस्तै यो चुनाव कस्तो भयो, सानो नमुना यी विषयहरुबाटै प्रष्ट हुन सकिन्छ । यहाँसम्मको राजनीतिक परिस्थिती हेर्दा नेपालको राजनीति पुरै तस्कर, व्यापारिक घराना, गुण्डानाईके, ठेकेदार, राष्ट्रघाती, जनघाति, भ्रष्टाचारी, मानवतस्करी र हत्याराहरुको हातमा पुगेकोछ । राजनीतिमा हामीले नियतलाई हेर्ने होइन परिणामबाट मुल्याङ्कन गर्नेहो । चुनावमा जुनढंगले आर्थिक चलखेल भएको छ, त्यो रुपमा नेपाली वैकहरुबाट खर्चको निकासी नभएको सन्दर्भले मुलुक कालोबजारीयाहरुको चङ्गोलमा पुगेको छ । आज देउवा, केपी, प्रचण्डहरु तिनै तस्कर, भ्रष्टाचारी, व्यापारिक घराना, गुण्डा नाईके, ठेकेदार, राष्ट्रघाती, जनघाति, हत्यारा र कालोबजारीयाको नेता बन्न पुगका छन् । जीवनभर आस्था र ईमान्दार राजनीति गर्ने कार्यकर्ताहरु निरिह र अपमानित बनेर ओठ सुकाउदै हिन्ने अवस्था पैदा भएको छ । आफ्नो जिवनभर तस्कर, व्यापार, गुण्डागर्दी, ठेक्कापट्टा, राष्ट्रघात, जनघात, हत्या÷हिंसा र आतंङ्क, कालोबजारी, चेलिबेटी बेचविखन र मानव तस्कर गरेर देशलाई ब्रम्ह्लुट र कंङ्गाल बनाउनेहरु राजनीतिको ठुल्ठुला गफ हाँक्दै जनताको बीचमा हल्लिनेकुरा झनै लाजमर्दो र उदेकलाग्दो छ । त्यसैले परिणामत यो कथित चुनाव असफल मात्र हैन, जनताको बीचमा खारेजको तहमानै पुगेको छ । 

४. असफल सुरक्षा नीति ः 
सरकारले (सेना, सशस्त्रप्रहरी, प्रहरी, म्यादीप्रहरी र राष्ट्रीय अनुसन्धान) गरी झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरेको कुरा बारम्वार भनिरहेको थियो । तर, देशभर उम्मेदवार केन्द्रीत बम विस्फोटनका घटनाहरु चुनावकै दिनसम्म रोकिएन । १ जना म्यादी प्रहरी चौधरीको ज्यान गयो । दर्जनौ उम्मेदवारको घर र गाडिमा बम पड्कियो । भने, देशभरका दर्जनौ चुनावी सभामा विस्फोटनका घटनाहरु भए । कैयौ उम्मेदवार र सर्वसाधारणहरु घाईते बने । देशभरका सैयौ स्थानमा वेवारिसे बमहरु फेला परे । गृहमन्त्रालय र सुरक्षा निकायले जतिनै सुरक्षा व्यवस्था कडा भनेपनि बिशेषत ः दलाल, भ्रष्ट, तस्कर उम्मेदवारहरु र तिनका आसेपासेहरुका लागि यो चुनाव निकै त्रस्त, भयवित र आतंङ्कित बन्न पुग्यो । 

२०७४ मंसीर १९ गते बर्ष २५ अंक २८५ कान्तिपुर दैनिकले “कहाँ चुके सुरक्षा निकाय ?” भन्ने मुख्य व्यानरमा समाचार छाप्यो । सुरक्षा निकाय चुक्नुमा ७ वटा कारण देखाईएको छ । एक ः गुप्तचर संयन्त्र फितलो हुनु । दुई ः सुरक्षा निकायको समन्वय कमजोर हुनु । तीन ः पहिलो चरणमा धेरै सुरक्षा कर्मी उपत्यका बाहिर खटाईनु । चार ः जाँच र खानतलासी प्रभावकारी नहुनु । पाँच ः विस्फोटक पदार्थ पहिले देखिनै काठमाण्डौमा हुनु । छ ः विस्फोटनमा भाडाका अपराधी प्रयोग हुनु । सात ः विप्लव समुहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनु आदी । यो निस्कर्ष गृहमन्त्रालय र सुरक्षा निकायको  उपल्लो तहको हो । 

माथिको निस्कर्षमाथि धेरै घोत्लिनु पर्छ जस्तो लाग्दैन । सुरक्षा निकायको असफलता गलत सुरक्षा नीतिका कारणले गर्दा हो । त्यो नीतिको बागडोर सरकार संचालकहरुको हातमा थियो । निर्वाचन सुरक्षामा यसप्रकारको परिणाम आउनु निम्न कारणहरु हुन । पहिलो ः सुरक्षा निकायहरुमा राष्ट्रभक्त÷देशभक्तिको भावना प्रवल हुनु र यो चुनावले उनिहरुको मन नछुनु, दोश्रो ः यो दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्र र जनविरोधी गतिविधीबाट सुरक्षा निकाय वाक्क÷दिक्क हुनु, तेश्रो ः यी राष्ट्रघाती, जनघाति, भ्रष्टाचारी उम्मेदवारलाई जिताएर के हुन्छ ? भन्ने भावना परिवेशले बन्न जानु, चौथो ः  वर्तमान राज्यसत्ताले लादेको उत्पीडनले घरपरिवार र सामाजिक जिवन भताभुङ बनेको अवस्थाले यो व्यवस्था प्रति वितिष्णा जाग्नु, पाचौं ः आफुलाई ठुलाभन्ने संसदवादी दलहरुको आपसी अन्तरविरोधको उत्पीडनमा पर्नु, छैठौं ः वर्तमान समस्या राजनैतिक भएकाले यसको समाधान पनि राजनैतिक ढंगले गरिनु पर्दछ भन्ने मान्यता सुरक्षानिकायमा बलियो देखिनु, सातौ ः सरकारमा बसेका संसदवादी दलले मुलुकमा जवर्जस्त युद्ध थोपर्ने रणनीति मन नपर्नु, आठौंः २४ सै घण्टा राष्ट्रसेवामा रहेका सुरक्षाकर्मीहरुलाई उचित सेवा÷सुविधाबाट बच्तित गरिनु रहेकाछन । किनकी, सुरक्षानिकायमा अधिकांश हिस्सा किसान, मजदुर र श्रमिकका छोरा÷छोरी छन् । र, सुरक्षा निकायभित्रैका केही सम्भ्रान्तवर्गको रवैया, भ्रष्टाचारले हैरान बनेका छन् । यि सवै समस्याको केन्द्रमा वर्तमान दलाल संसदिय सत्ता र त्यसको राजनैतिक कारण मुख्य आधार बन्न पुगेको हो ।   

५. असफलताको चाङ्गभित्र लुकेको नेपाली संभावना ः 
भनिन्छ, हरेक असफलताले सफलताको पाठ सिकाउछ । आज विश्वका आर्थिक सम्पन्नता भएका मुलुकहरुको ईतिहाँस हेर्दा पनि निकै संकटग्रस्त अवस्थाबाट माथि उठेको पाईन्छ । ति देशहरु आ—आफ्नै सापेक्षताका समस्याहरुमा जकडिएका थिए । चीन सन् १९४९ सम्म विभिन्न साम्राज्यवादी देशहरुको रजाईस्थल बनेको थियो, त्यहि चीन आज आर्थिक सम्पन्नताको शिखरमाछ । अमेरिकाले आफ्नो अर्थतन्त्रलाई यो अवस्थासम्म पुर्याउन निकै ठुलो टिकडम गरिरहेको छ । जापान दोश्रो विश्वयुद्धमा हार सहित अर्थतन्त्रमा निकै ठुलो तहस÷नहस भयो, तर उसले ति शिक्षालाई सहिढंगले सधुपयोग गर्दै आफ्नो सम्वृद्धिलाई विश्वसामु टिकाईराख्न सक्यो । ठुलो अन्तरद्धन्दबाट गुर्जदै आएको जर्मनी आफ्नो आर्थिक सम्वृद्धीकालागि निकै ठुलो कष्ट बेहोरेको देखिन्छ । २०० भन्दा धेरै राज्यलाई एकतावद्ध गराउदै, पूर्वी र पश्चिम जर्मनीका समस्यालाई समाधान गर्दै एकतावद्ध बनेर उसले विश्वसामु आर्थिक शिर ठाडोबनाउन सफल भएको हो । फ्रान्स, ब्राजिल, ईटाली, रसिया, क्यानडा, अष्ट्रेलियाआदी देशहरु पनि धेरै असफलताहरुका वीच यो अवस्थासम्म आईपुगका हुन । सन् १९४७ सम्म वेलायत, जापान, जस्ता देशहरुको उपनिवेशमा रहेको हाम्रै छिमेकी मुलुक भारतले अहिले विश्व आर्थिक बजारमा माथिनै फड्को मारिसकेको छ । 

भुगोलको हिसावले १९० औ र जनसंख्याको हिसावले ११६ औं स्थानमा रहेको सिंङ्गापुरलाई तत्कालिन प्रधानमन्त्री लि क्वान यू को पहलबाट १९५९ सम्म प्रतिव्याक्ति आय ४ सयबाट आज प्रतिव्याक्ति आय ५३ हजार डलर सम्म पुर्याउन सफल बने । जम्मा ५ लाख ३७ हजार जनसंख्या भएको लक्जम्वर्गले १,०३११६ प्रतिव्याक्ति आम्दानी गरेर विश्वमा प्रथम मुलुक बन्न सफल बनेकोछ । भौगोलिक हिसावले ४१,२२४ किमी सहित विश्वमा १३५ स्थनमा रहेको स्वीर्जल्याण्ड ७९,२४२ सहित दोश्रो, नर्वे ७०,३९२ सहित प्रतिव्याक्ति आम्दानीका हिसावले विश्वमा तेश्रो, ६७,०७९ प्रतिव्याक्ति आम्दानी सहित मकाउ चौथो, आईसल्याण्ड ६२,५६२ सहित पाँचौ  र जनसंख्याको हिसावले १९,७४००० भई विश्वको १४८ औं स्थानमा रहेको कतार ६०,७८७ प्रतिव्याक्ति आम्दामी सहित विश्वको छैठौ मुलुक बन्न सफल बनेको छ । ति मुलुकहरुले पनि आ आफ्नै प्रकारका समस्याबाट माथि उठेको हो । विश्व स्तरमा देखिएका यी आर्थिक सम्वृद्धिलाई हेर्दा हाम्रो देशको आजसम्मको  आर्थिक÷राजनीतिक असफलताको चाङ्गभित्र निकै ठुलो संभावना बोकेको अवस्था विद्धमान छ । यतिधेरै श्रोत÷साधन भएको सुन्दर देश हाम्रो प्रतिव्यााक्ति आम्दानीका हिसावले वार्षीक जम्मा ७३३ सहित विश्वमा १७९ नम्वरमा रहेको छ । यो हुनुमा नेपालको सत्ताधारीहरुले नेपालको श्रोत साधनहरुलाई कौडीको मुल्यमा वेचेर आफ्नो पेट भर्ने परम्पराले गर्दा नै हो । जलश्रोतमा विश्वको दोश्रो ठुलो देश हाम्रै हो । पर्यटन र जडिवुटी नेपालको अर्को महत्वपूर्ण श्रोत हो । अनेकै श्रोत साधनहरुको संभावना बोकेको हाम्रो देशलाई भिखमङ्गा र गरिव मुलुकको सुचिमा पुर्याईएको छ । यो अवस्थाबाटमुक्त हुन हामीले नै हरेक संभावनाहरुका बाटोलाई खोजि गर्नुपर्ने हुन्छ । 

हालै सम्पन्न भएको भनिएको कथित चुनावसम्म आउदा दलाल संसदीय व्यवस्था पूर्णत असफल बनेको छ । नेपालमा हाल देखिएका आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक समस्याको जग वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । उत्पीडकहरुको स्वार्थसिद्ध गर्ने लुटको व्यवस्था हो यो ।  यो व्यवस्था रहेसम्म राजनीतिक समानता, शान्ति, सम्वृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । त्यसैले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन अनिवार्य छ । अब सम्पूर्ण उत्पीडित बर्ग, क्षेत्र, लिङ्गका जनसमुदाय एकतावद्ध हुदै बैज्ञानिक समाजवादका लागि गोलवन्द बन्नु पर्दछ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सवै राष्ट्रभक्त तथा देशभक्तहरु, किसान, मजदुर, विद्यार्थी, वकिल, वुद्धिजिवी, कर्मचारी, सुरक्षा निकाय, मध्ययम बर्गका जनसमुदाय एकतावद्ध हुनु पर्दछ । एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अभियानमा लामवद्ध हुनु पर्दछ । अन्याय र उत्पीडनले नै विद्रोहको जन्म दिन्छ । विद्रोहले क्रान्तिको संङ्खघोष गर्दछ । वर्तमान दलाल संसदीय व्यवस्थाले पैदा गरेको असफलताको चाङ्गभित्र लुकेको नेपाली क्रान्तिको संभावनालाई आत्मसाथ गरौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने गौरवपूर्ण यात्राको प्रारम्भ गर्दै, एकीकृत जनक्रान्तिको आँधी बेह्री सृजना गरौ । 



Friday, December 29, 2017

कथित चुनाव खारेज गरौं


रचना ÷संगीत ः चिरन पुन 
ऐरेन्ज ः सौगात सायर
स्वर ः टेक, सौगात, रमण, निर्मला, बविता, सोनु 
स्टुडियो ः हाम्रो स्टुडियो पुतलीसडक 

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं
दलाल सत्ताको उत्पीडन तोड्न सवैमिली अघि बढौं,,,,,,,,,,, २
झुक्याउन फेरीनि बोकी आउलान नोट
यि राष्ट्रघातिलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनै पर्छ चोट
यि जनघातिलाई किन दिने भोट ।

हाम्रो देशको नदिनाला बेची खाने यिनै हुन
असमान यी संझौताले देश ठग्ने यिनै हुन,,,,,,,,,,, २
यो देशको श्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ति गर्ने यिनै
सुकुम्वासी वस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाई गर्ने यिनै

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौं
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौं
झुक्याउन फेरीनि बोकि आउलान् नोट
यि भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यि जनतामारालाई किन दिने भोट

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नै पर्छ
शान्ति, समानता, सम्वृद्धिलाई बैज्ञानिक समाजवाद ल्याउनै पर्छ ,,,,, २
उत्पीडित श्रमिकहरु सवै मिली उठौं
राष्ट्रभक्त नेपाली हो जुर्मुराउदै हिडौं
एकीकृत जनक्रान्तिको महासमरमा बढौं
मक्किएको यो व्यवस्था एकधक्कामा फालौं
जनसत्तालाई,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, ।

२०७४ बैशाख १५

एकीकृत जनक्रान्ति तिमि,,,,,,,,,

रचना ः क. आधार 
संगीत ः चिरन पुन 
स्वर ः विमला विक, रमेश नेपाली । 
एकीकृत जनक्रान्ति तिमि हाँसिराख है (हासिराख है)
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,२ 
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घरघरमा टाँसिराख है । 

गाँउ शहर चारैतिर तिम्रै चर्चा छ रे 
जताहेर्यो उतैतिर तिम्रै पर्चा छ रे
सजिव पात पलाईरहे निर्जिव पात झरे
स्वाधिनता र मुक्ति पाउन तिम्रै भर परे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है (हाँसिराख है)  
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,,२
ए हो संगीहो जनक्रान्ति हाँसिराख है
ए हो साथीहो घरघरमा टाँसिराख है । 

संसार भरी दलाल पूँजी गलपासोमा छरे 
सिङ्गो धर्ति क्रान्ति गित आहै गाँउदै छरे
वैज्ञानिक समाजवाद लहै छाउदै छरे
हाम्रो प्यारो देशले नयाँ जिवन पाउदै छरे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है (हाँसिराख है)  
घर घरमा विजय खबर टाँसिराख है (टाँसिराख है),,,,२
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घरघरमा टाँसिराख है 
ए हो संगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो सम्वन्ध गासिराख है,,,,,, ।  


यो हो हाम्रो एकीकृत जनक्रान्ति


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक 
रेकडिस्ट ः राजीव 
निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जंजीर तोड्न क्रान्तिको मसाल बाल्ने,,,,,,,,,,,२ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,, ४  

संसारबाटै रातो सुर्य अस्ताईसक्यो लाग्नेलाई
विश्वभरी क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई 
सगरमाथा देश बोल्छ (हिमाल पहाड मधेश बोल्छ) ,,, २ 
खोला नाला छहरा बोल्छ (गाँउ शहर पहरा बोल्छ),,,,, २ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,, ४ 

गाँउ शहरको विशेषता मध्यमबर्गको उपस्थिति
विज्ञान प्रविधी विकाश र भुपरिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ (दलित मधेशी एकत्व खेल्छ),,, २
दलाल सत्ताको उत्पीडन बोल्छ (देशभक्तको एकता फुल्छ),,,,, २
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,,,,,,,४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजिवीको एकता वन्दै (दलालको चिहान खन्छ),,, २ 
स्वाधीनताको आवाज बोल्दै (जनक्रान्तिको विहान खुल्छ),,,,, २ 
यो हो हाम्रो एकीकृत जनक्रान्ति ,,,,,,,,,,,,, 

२०७३ माघ २० 

रोल्पाको थवाङ


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक 
रेकडिस्ट ः राजीव 
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै,,,,,,,,२
राणाको सासन पन्चको हुकुम नेपाली जनता कहाँ झुके खै,,,,,,,,,,२
सिस्नेको हिमाल त्यो माछापुछ्रे धौलागिरीको शिर 
सैलुङ्गे काख त्यो साँगा झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

दलाल सत्ता यो जनघात कतिदिन सहौ यो राष्ट्रघात,,,,,,,, २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार,,,,,,,,,,२ 
पूर्वको मेची त्यो सप्तकोशी कालीगंगाको बेग
कन्चन मरस्याङदी त्यो महाकाली बागमतीमा हाम्रो भेट 
रोल्पाको थबाङ रुकुम चुनवाङ
कर्णाली सँगै त्यो ढोरपाटन,,,,,,,,,,२
जनक्रान्ति गर्न जाग्दैछन फेरी,,,,, २ 
काधमा बन्दुक बोकेर,,,,,,,,,, २

२०७३ पौष १९ 

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार


रचना÷संगीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
ऐरेन्ज ः सौगात सायर
रेकडिङ ः प्राईम रेकडिङ पुतली सडक
रेकडिस्ट ः राजीव  
जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार,,,, २ 
अब हामी सहन्नौ तेरो अत्याचार,,,,, २ 
भन्दैछौ हाम्रै हो 
लिपु हाम्रै हो,,,, २        कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो
भन्दैछौ हाम्रै हो
महाकाली हाम्रै हो,,,, २ 
गण्डक हाम्रै हो त्यो कर्णाली हाम्रै हो,,,,,,,, २ 

कति गाड्छौ सिमानामा विशालु त्यो खुनि पंजा,,,, २
कति लाउछौ पानीमाथि विस्तारवादी गिद्धे आखा,,,,,२ 
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर राख बन्छौ संझीराख
भन्दैछौ छोड अव
सिमा मिच्न छोड,,,, २ हाम्रो भुमि छोड अब तेरो हैकम छोड
भन्दैछौ छोड अव
लुटपाट छोड,,,,,,,२ हस्तक्षेप छोड अब हाम्लाई हेप्न छोड,,,,, २ 


उतैमात्र छैनन दुस्मन यतै दलाल डुलिराछन,,,, २ 
सिक्किम जस्तै बनाउन जाल बुन्दै घुमिराछन,,,,  २
देश बेच्ने राष्ट्रघाती उतै तिर बास सरेहुन्छ 
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दैछौ छोड अब 
देश बेच्न छोड,,,, २  जनता ठग्न छोड अब दलाल बन्न छोड
भन्दैछौ छोड अब 
राष्ट्रघात छोड,,,,,,,,२ जनघात छोड अब कालो सत्ता छोड,,,,,, २ 

२०७३ माघ २३ । 

Thursday, December 28, 2017

किन आवश्यक छ बैज्ञानिक समाजवाद ?



रातोखबर साप्ताहिक 
बर्ष ३, अंक २६ 
पूर्णाङ्क १२१ 
२०७४ मंङ्सिर २७ बुधबार । 
चिरन पुन 

प्रारम्भ ः 
“कम्युनिष्टहरुले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन् । उनिहरुले आफ्ना उद्देश्यहरु अहिलेका सबै सामाजिक अवस्थालाई वलपुर्वक फ्याकेर मात्र प्राप्त हुन सक्दछ भन्ने कुरा खुल्ला रुपले घोषणा गर्दछन ।” – माक्र्स÷एङ्गेल्स कम्युनिष्ट घोषणा–पत्र । क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको, सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारा बर्गको संगठित दस्ता हो । सर्वहारा संगठनको उच्च रुप हो । सवै जन संगठनहरुको उच्च रुप हो । मजदुर बर्गको अगुवाको सजिव रुप हो । क्रान्तिकारी परिवर्तनको संवाहक हो । र आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको जग हो । त्यसैले उनिहरुले जनता समक्ष आफ्ना विचार, सिद्धान्त र लक्ष्यलाई खुल्लमखुल्ला र स्पस्ट ढंगले राख्छन । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीले माक्र्स÷एङ्गेल्सले राख्नु भएको उक्त सन्दर्भलाई आत्मसाथ गर्ने मात्र होईन कि त्यो दिशावोधलाई पुरम्पुरा लागु गर्न दृढ संकल्पीत छ । नेपाल कम्युनिस्ट पार्टी वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक फ्याकेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हाल भएका सवैखाले उत्पीडन र विभेदको अन्त्य गर्न सक्नेछ । न्यायपूर्ण र समानतामूलक समाजको स्थापनार्थ क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी क्रियाशिल बनेको छ । 
मानवसमाजको विकाश क्रमको अवस्था ः  
 उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र  परिवर्तन  अनुशार मानिसको उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जाने भएकाले, समाजको विकाशक्रममा देखा परेका आर्थिक आधारहरु अनुरुप मानवसमाजको विकाशक्रम आजसम्म परिचालित बनेको छ । उत्पादनको साधनमा सामुहिक स्वामित्व हुने आदिम साम्यवादी युगको चरण मानवसमाजले पार गरिसकेका छौ । उत्पादनका साधनहरुमाथि दाश÷मालिकको स्वामित्व हुने दासयुगलाई समेत मानवसमाजले पार गरिसकेको अवस्था हो । औजारहरु धातुको हुने, राज्यहरुको विकाशक्रम शुरु हुने, श्रमको विभाजन हुने, वैद्धिक श्रम शारिरिक श्रमको विभाजन हुने, शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म र शुरुवात हुने, उधोगहरुको अनेकन शाखाहरु खुल्ने, दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुने दास÷मालिकको हक हित अनुकुल व्यवस्थाले मानवसमाजको हल नहुने भएपछि त्यो युगलाई समेत मानव समाजले पछाडि छोडेर अघि बढे । 

उत्पादनका साधनहरु माथि सामन्तहरुको स्वामित्व हुने सामन्तवादी व्यवस्थालाई समेत मानवसमाजले धुलो चटाईदिईसकेका छन । किसानहरुको व्यापक उत्पक्ती र विकाश र जमिनहरुको मालिक सामन्तहरुनै हुने, औजारहरुमा झनै आधुनिकता आएको र समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ भएको सामन्तवादी व्यवस्थालाई पनि मानवसमाजले देखे, बुझे र अनुभव गरे । धर्मको प्रभुत्व पनि यसै युगबाट शुरु र विकाश भएको, र श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरुभए पश्च्यात त्यहि अन्तरसंघर्षले सामन्तवादी युगको मानवसमाजले विदा गरे । 

उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुने पुजिवादी व्यवस्थाको आगमन भयो । ठुला उधोग कारखानाहरुको विकाश, माल उत्पादन नाफाको लागि गरिने व्यवस्था, र विधुत विस्तार र विकाशले ठुलो फड्को मारेको पुजिवादी युगमा यि सवै विषयहरुमा पुजिपतिको मात्रै स्वामित्व कायम रह्यो । उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता, उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक स्वरुप र व्याक्तिगत स्वामित्व  बीचको अन्तरविरोध  यो व्यवस्थाको मुलकडि हो । यो व्यवस्थाले सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि गर्यो । तर यो पुजिवादी युगले पनि मानवसमाजको न्यायपूर्ण पक्षलाई संवोधन गर्न सकेन । पुजिवादको विकाश र विस्तारसँगै साम्राज्यवादमा रुपान्तरण हुन पुग्यो । त्यसले पनि ठुला ठुला अन्तरविरोधहरुकोे जन्म दिदै आणविक होटवाजी सम्म विश्वलाई पुराइरहेको छ । यो व्यवस्थाको चरण अन्तिम अवस्थामा प्रवेश गरिसकेको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टीले आजको साम्राज्यवादलाई उत्तरसम्राज्यवाद भनेर सस्लेषण गरिएको हो । अझ यसलाई निभ्न लागेको साम्राज्यवाद, वा अन्तिम चरणमा पुगेको साम्राज्यवाद, वा अस्ताउन थालेको साम्राज्यवाद भनेर पनि वुझ्न सकिन्छ । 

बैज्ञानिक समाजवादको संघारमा मानवसमाज ः 
“कम्युनिस्टहरुको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो ।” “— माक्र्स÷एङ्गेल्स कम्युनिस्ट घोषणा पत्र ।” जसरी बर्गहरुको विभाजन नीजि सम्पत्तिका कारणले पैदा भएको हो, त्यसैगरी ति बर्गहरुमा देखिएको आर्थिक समस्यालाई हल गर्न पनि नीजि सम्पत्तिको उन्मुलन वा अन्त्य आवश्यक छ । माक्र्स÷एङ्गेल्सले निकै सुन्दर तर्क अघिसार्नु भएको थियो । क. लेनिनले “साम्यवादमा क्षमता अनुसारको काम र काम अनुसारको दाम” भनेर व्याख्या गर्नु भयो ।  

वैज्ञानिक समाजवादका २ चरणहरु छन । एक ः समाजवादी व्यवस्था र दुई ः साम्यवादी व्यवस्था । यो अवस्थसम्म पुग्दा राज्य र बर्गहरुको पूर्ण उन्मुलन सम्म पुग्नेछ । आदीम साम्यवादी युग, दाश युग, सामन्तवादी युग र पुजिवादी÷साम्राज्यवादी युगको अन्त्य पछि बैज्ञानिक समाजवादी युगको शुरुवात अनिवार्य छ । माथिनै चर्चा गरिएझै विभिन्न अन्याय र उत्पीडनयुक्त समाजलाई पार गर्दै आईरहेको मानवसमाजले अव न्यायपूर्ण समाजको आवश्यकतालाई वोध गरेको छ । वैज्ञानिक समाजवादले समानतामुलक समाजको प्रतिनिधित्व गर्ने भएकाले त्यो व्यवस्थाको अनिवार्यतालाई नेपाल कम्युनिस्ट पार्टीले जोड दिएको हो । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुने र माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ । 

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या÷अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तिन आधारलाई अघि सारेको छ । एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरुका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकता अनुसारको दामको नीति तय गरिनु पर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरुका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनु पर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधाभाग गरी उनीहरुको नीजि जिवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरुले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने श्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरुले नीजिसम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरुको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्ने छ । यो समाजका लागि सरल र आदर्शयुत्त हुनेछ । जुनकुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हलगर्न संभवनै देखिदैन । त्यसैले बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित गर्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको प्रकृयाबाट गुर्जनुपर्ने हुन्छ, हो यसैका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले छलफल, बहस र आन्दोलनलाई केन्द्रीकरण गर्दै अघि बढिरहेको छ । 

नेपालमा देखिएको बर्गीय पक्षधरता ः 
आज नेपालमा रहेको मानवसमाजको बर्गीय पक्षधरतालाई हामीले राम्ररी नबुझेसम्म नेपालको बर्गीय आन्दोलनलाई ठिकढंगले अघि बढाउन सकिदैन । आजको राजनैतिक शक्तिको चरित्र के हो ? र नेपाली समाजको अर्थराजनीतिक विशेषता कस्तो छ ? भनेर ठिक निस्कर्ष निकाल्न आवश्यक छ । आर्थिक दृष्टिले हेर्दा हाल नेपालमा ८ वटा वर्ग विद्धमान छन् । एक ः दलाल नोकरशाही पुँजीपति बर्ग, दुई ः सामन्त बर्ग, तीन ः राष्ट्रिय पुँजीपति वर्ग, चार ः सुदखोर, माफिया बर्ग, पाँच ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग) छ ः सर्वहारा वा मजदुर वर्ग, सात ः किसान वर्ग, आठ ः भुमिहिन सुकुम्वासी वर्गहरु हुन । हालमा देखिएका यी वर्गहरुमा एक ः दलाल नोकरशाही पुँजीपति वर्ग, दुई ः सामन्त वर्ग र तीन ः सुदखोर, माफिया वर्गको हातमा नेपालको राज्यसत्ताको केन्द्रीकरण भएको छ । यो वर्ग जनविरोधी र उत्पीडक वर्गहरु हुन । अर्कोतिर एक ः राष्ट्रिय पुँजीपति वर्ग, दुई ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), तीन ः सर्वहारा वा मजदु वर्ग, चार ः किसान वर्ग, पाँच भूमिहिन सुकुम्वासी वर्ग नेपालको उत्पीडित, श्रमिक, शोषीत ÷पिडित र क्रान्तिकारी वर्गहरु हुन । राष्ट्रभक्ती र देशभक्ती भावनालाई क्रान्तिकारी शक्तिहरुले गोलवन्द गर्न हरदम पहल गर्न आवश्यक छ । यी दुई वर्गको विचको अन्तरविरोध नै आज नेपालको मुख्य अन्तरविरोध हो । यसलाई एकीकृत जनक्रान्ति मार्फत दलाल नोकरशाही पुँजीपति, जनविरोधी वर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर क्रान्तिकारी वर्गको हातमा लिन अनिवार्य हुन्छ । यसले मात्र समाजमा रहेको उत्पीडनलाई हल गर्न सक्नेछ । यो व्यवस्था भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । 

जसरी आर्थिक दृष्टिले वर्गको बारेमा उल्लेख गरियो, त्यसैगरी राजनीतिक हिसावले पनि नेपालमा रहेका राजनैतिकशक्तिहरुलाई हेर्न, वुझ्न र जान्न आवश्यकता छ । हाल नेपालमा रहेका राजनीतिकशक्तिलाई मुख्यत ः सात (७) वटा शक्तिमा विभाजन गर्न सकिन्छ । एक ः दलाल पुँजीवादी शक्ति, दुई ः पुँजीवादी शक्ति, तीन ः नोकरशाही शक्ति, चार ः सुदखोर, माफिया शक्ति, पाँच ः देशभक्त शक्ति, छ ः सुधारवादी शक्ति र सात ः क्रान्तिकारी शक्तिहरु हुन । आजको नेपाली समाज यिनै शक्तिहरुको बीचमा देखा पर्ने राजनीतिक अन्तरविरोधको बीचमा छ । दलाल पुँजीवादी शक्ति, नोकरशाही शक्ति, सुदखोर, माफिया शक्तिहरु यो दलाल संसदवादी सत्तालाई टिकाउन लागि परेका छन् । उनिहरुले वर्तमान राज्यसत्ताको सवै सुख सुविधा÷र अंगहरुको प्रयोग गरेर क्रान्तिकारी शक्तिलाई आतकंकारीका भिल्ला भिराउदै युद्धमार्फत आफ्नो लुटको सत्तालाई कायम राख्न चाहन्छन् भने अर्कोतिर, सवै देशभक्त, राष्ट्रिय पुँजीपति शक्ति र क्रान्तिकारी शक्तिहरु यो दलाल संसदवादी शक्तिको हातमा रहेको राज्यसत्तालाई फालेर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न लागि परेका छन । राष्ट्रभक्त, देशभक्त र क्रान्तिकारीहरु उनिहरुको विरुद्ध एकीकृत जनक्रान्तिमा लामवद्ध हुदै वैज्ञानिक समाजवादका लागि एकतावद्ध बन्दै गैरहेका छन् । यो अवस्थामा आजको आर्थिक तथा राजनैतिक दृष्टिले देखा परेका समस्याको हल वैज्ञानिक समाजवादले मात्र गर्न सक्नेछ । उत्पीडितहरुको समाज र न्यायपूर्ण समाजका लागि वैज्ञानिक समाजवाद यसमानेमा अर्थपूर्ण र अनिवार्य मानिएको हो । 

पुछारमा ः  
उल्लेखित विषय र अवस्थाका आधारमा वैज्ञानिक समाजवादका लागि उत्पीडित जनसमुदाय एकतावद्ध हुन अनिवार्य छ । कम्युनिस्ट आन्दोलनमा देखा परेका सवैखाले प्रतिक्रिवाद÷अवसरवाद ÷संशोधनवादलाई परास्त गर्न जरुरी छ । सवैखाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, लुटपाट र वचौलियाको जगजगीलाई तोड्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको बाटो सहि हुन्छ भन्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको मान्यता रहेको छ । अवश्य पनि हरेक क्रान्ति सभ्य, शुशिल र सरल बाटोमा जाँदैन । त्यसका लागि निकै उथल पुथल अवस्थाको खाँचो पर्न सक्छ । दलाल संसदवादी सत्ताले जनतालाई एकतर्फी युद्ध थोपरेर अघि बढेकाले त्यो अन्यायपूर्ण युद्धलाई रोक्न र परास्त गर्न क्रान्तिकारीहरु र उत्पीडित वर्गहरुले पनि न्यायपूर्ण क्रान्तिको साहारा लिनु पर्ने हुनसक्छ । हरेक युद्धहरुलाई सहि ढंगले समाधान गर्ने भनेको सहि क्रान्तिकारी दर्शन, सिद्धान्त, राजनीति र विचार बोकेको क्रान्तिकारी पार्टीको नेतृत्वमा संचालन हुने क्रान्तिले मात्र हो । अवश्यपनि हामीले कसैलाई लुकाउनु हुदैन, बलप्रयोगको सिद्धान्तलाई तिलान्जली दिने पार्टी क्रान्तिकारी हुन सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले बलप्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दछ । आवश्यकता परेको खण्डमा क्रान्तिका सवैखाले साधन र श्रोतलाई प्रयोग गर्नुपर्ने आदर्शमाथि विस्वास राख्छ । त्यसैले दलाल संसदवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, सेना, न्यायलयको अवधारणालाई मुर्तरुपमा लागु र क्रियाशिल गर्न थालिएको हो । सवै उत्पीडित जनसमुदाय यो महाअभियानमा लामवद्ध बनौ । दलाल व्यवस्था — मूर्दावाद ! वैज्ञानिक समाजवाद — जिन्दावाद !

२०७४ मंसीर २० 
 


 






Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।