Thursday, March 23, 2017
Sunday, July 31, 2016
लौ आयो रातो खबर
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी
एरेन्ज ः आशिष अविरल
एल्बम ः लौ आयो रातो खबर
लौ आयो रातो खबर
आयो आयो अब तातोखबर २
दुश्मनलाई थर्काउने
क्रान्तिज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुलफुक्दै आन्दोलनको
लौ आयो रातो खबर
आयो आयो अब तातोखबर
लौ है आयो रातोखबर
आयो आयो अब तातोखबर
बिहानीको मिरमिरेमै वर्गयुद्धको खबर बोकी २
शिरमाकफन बाँधीअब जनक्रान्तिकोरहर बोकी २
दन्किएको ज्वालाजस्तै
समुन्द्रको छालजस्तै २
लौ लौ आयो रातोखबर
आयो आयो अब तातोखबर
लौ है आयो रातोखबर
आयो आयो अब तातोखबर
दुश्मनको सङ्गीनले क्रान्ति हाम्रो छेकिन्नभनी २
संसद्वादी षड्यन्त्रले हाम्रो यात्रा रोकिन्नभनी २
अजङ्ग त्यो चट्टानजस्तै
स्पातिलो ज्वारजस्तै २
लौ लौ आयो रातोखबर
आयो आयोअब तातोखबर
लौ है आयो रातोखबर
आयो आयो अब तातोखबर
पूर्व पश्चिम गर्जिएर उठ बन्दुक बोक भनी २
गाउँ सहर एकैसाथ दलाललाई ठोक भनी २
ज्वालामुखी विष्फोटजस्तै
कुर्लिआउने चट्याङजस्तै २
लौ लौ आयो रातोखबर
आयो आयो अब तातोखबर
दुश्मनलाई थर्काउने
क्रान्ति ज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुलफुक्दै आन्दोलनको
लौ आयो रातोखबर
आयो आयोअब तातोखबर
लौ लौ आयो रातोखबर
आयो आयो अव तातोखबर ।
२०७२
मेघझैँ गर्जी
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी, रमन थामी, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशिष अविरल
एल्बम ः लौ आयो रातो खबर
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली २
बोकेरअब आइपुग्यो सुन्दर विचारको मूल
उठउठ अब आइपुग्यो राता मान्छेको हुल २
गाउँ सहर एकसाथ उठअब फेरि लुकेर बस्नुहँुदैन
श्रमिकहरू सबै जुटअब फेरि थाकेर बस्नुहुँदैन २
भाग्नेहरू भाग्दै जान्छन् क्रान्तिवीर बढ्छन् अघी
थाक्नेहरू थाक्दै जान्छन् वर्गयोद्धा बढ्छन् अघी
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेरअब आइपुग्यो सुन्दर विचारको मूल
उठउठ अब आइपुग्यो राता मान्छेको हुल २
झिक तलबारअब कसकम्मर फेरि हारेर बस्नुहुँदैन
बोक बन्दुक अब जुर्मुराउँदै फेरि झुकेर बस्नुहुँदैन २
हार्ने होइन जित्ने गरी जनसेना लड्छन् फेरी
नयाँ युग ल्याउने गरी रातामान्छे लड्छन् फेरी
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २
२०७२
हाम्रा मान्छे कहाँ लग्यो (बेपत्ता योद्धाको स्मरणमा)
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी र निर्मला घिसिङ
एरेन्ज ः आशिष अविरल
एल्बम ः लौ आयो रातो खबर
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ २
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदोभए सास देखाइदेऊ
मा¥यौभने लास देखाइदेऊ २
कैँयौँ वर्ष भैसक्यो खै कहाँछन् बेपत्ता २
बूढी आमा सोद्धैछिन्, बेपत्ताको अवस्था
दण्डपाणि खै
पूर्ण पौडेल खै ?
रेवकला खै
दुर्गा विशङ्खे खै ?
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
हातमा सिक्री बाँधेर भीरबाट फाल्यौ की २
आँखा पट्टी बाँधेर आगोलगाई मा¥यौ की
सीएनहरू खै
हाम्रा सन्तान खै ?
कहिले आउँछन् खै
फणिन्द्रहरू खै ?
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
खाल्टो खनी पु¥यौ कि जेलभित्र थुन्यौ की २
गोली ठोकी मा¥यौ कि, टुक्रा पारी फाल्यौकी
सहँदैनौ अब
बरु सहिद बन्छौँ
लड्छौँ फेरि अझै
मुक्त हुनलाई सबै
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २
२०७३
फर्क स्वदेश नेपाली
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बविता पाख्रीन
एरेन्ज ः आशिष अविरल
एल्बम ः लौ आयो रातो खबर
आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर
फर्कौँ है सँगी हो आफ्नै जन्म घर २
ती तिम्रा सानो भाइले पर्खेर बाटो हेर्दै छन्
ती तिम्री सानी बैनीले सम्झेर सधैँ रुँदै छिन्
यी वृद्ध आमा नि टोलाइरहेछिन्
ती तिम्री सङ्गीनी बोलाइरहेछिन् २
यो हाम्रो मातृभूमिलााई विदेशीले नङ्ग्रा गाड्दै छ
त्यो तिम्रो सानो गाउँमा फटाहाले राज गर्दै छ
गाउँ घर सबैले तिमीलाई खोज्दै छ
क्रान्तिको बाटोमा लम्क भन्दै छ २
दलालीको बादशाहलाई मिलेर सँगै फालौँला
साम्यवादको निर्माण गरी बल्ल पो थकाइ मारौँला
नेपाली जनताको यही सल्लाह छ
दुश्मनको किल्लामा खैलाबैला छ २
फर्क स्वदेश नेपाली दाजुभाइ
आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर
फर्कौँ है सँगी हो आफ्नै जन्म घर २
फर्कौँ है सँगी हो आफ्नै जन्म घर २ ।
२०५३
लाहुरे भइयो छोडेर
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी
एरेन्ज ः आशिष अविरल
एल्बम ः लौ आयो रातो खबर
यस्तै रै’छ अर्काको भूमि कुर्ने चौकीदारलाई २
लाहुरे भइयो छोडेर आईयो
पानी माग्दै चिच्याउँदा ऐंया आमा भनेर ढल्दा २
जङ्गलको बिचमापरी आकाशबाट बमगोला खस्दा
सम्झना आयो स्वदेशको लडाइँको मैदानमा पर्दाखेरी
एउटै गाउँको सँगी साथी गोली लागि मर्दाखेरी २
लाहुरे भइयो छोडेर आइयो
अर्काको भूमिमा रगतको भेल बमको बर्षा हुँदाखेरी २
साथी भाइहरू कहाँ पुगे होलान्, भोकै प्यासै लड्दाखेरी
आफ्नै देशमा काम पाउने भए विदेशमा किन आउँथ्यौँ र
दलाल सरकारले सोचेको भए यो दुःख किन पाउँथ्यौँ र २
लाहुरे भइयो छोडेर आइयो
के पायौँ आज लाहुरे बनी सिमानापारी विदेश आई २
रुँदै होलान् जहानवाला एकपेट पनि खान नपाई
कसमखाँदै फालिदेऊ बन्दुक नलडौँ अब विदेशमा
आफ्नैभूमिमा जनक्रान्तिगर्न फर्किदेऊअब स्वदेशमा २
लाहुरे भइयो छोडेर आइयो ।
२०५८
पूर्व होस् या पश्चिमका साथी
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी, आरोह नेपाली, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशिष अविरल
एल्बम ः लौ आयो रातो खबर
पूर्वहोस् या पश्चिमका साथी
उठौँअब लालझन्डा समाती २
हिमाल पहाड मधेसकासाथी
जुटौँ अब लालझन्डा समाती २
जुटौँ अब लालझन्डा समाती
कालोबजारी, छ भ्रष्टाचारी देशको बेहाल भो
तस्करीचर्को, महङ्गीबढ्दो जनताको बेहाल भो २
पूर्वहोस् या पश्चिमका साथी
उठौँअब लालझन्डा समाती
हिमाल पहाड मधेसकासाथी
जुटौँअब लालझन्डा समाती २
किसान मजदुर, त्यो मध्यमवर्ग गाउँ सहर उठ्दै छन्
जनक्रान्ति ल्याउन एकीकृत हुँदै लौ सबै जुट्दै छन् २
पूर्वहोस् या पश्चिमका साथी
उठौँअब लालझन्डा समाती
हिमाल पहाड मधेसकासाथी
जुटौँ अब लालझन्डा समाती २
विदेशी हैकम नतोडी हुन्न आऊ सबै मिलेर
दलाली सत्ता नफाली हुन्न लडौहै मिलेर २
पूर्वहोस् या पश्चिमका साथी
उठौँअब लालझन्डा समाती
हिमाल पहाड मधेसकासाथी
जुटौँ अब लालझन्डा समाती ५
२०७२
Subscribe to:
Posts (Atom)
Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न
Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न चीरन पुन (सी) प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।
-
Communist revolutions throughout history The following is a list of communist revolutions throughout history . Among the lesser kno...
-
संविधान निर्माण सम्वन्धी ः १. ०६९ जेठ १४ गते भित्र जनताको लोकतान्त्रिक संघीय गणतन्त्मक संविधान अनिवार्य जारी गर । २. नया संविधानमा गणतन्त्...
-
रातोखबर साप्ताहिक बर्ष ३, अंक २९ पूर्णङ्क १२४ २०७४ पुस १९ बुधबार काठमाण्डौ । चिरन पुन १. असफल संसदवादी राजनैतिक पार्टी र सरका...





