Monday, March 3, 2014

हामी कम्युनिष्टहरु,,, ।


संसारका मजदुर एक होऔ भनेकै छौ,
हसिया हथौडा झण्डा बोकेकै छौ,
बहुदलीय जनवाद र २१ औ सताव्दीको जनवादको नारा जपेकै छौ,
परि आउदा व्यात्तिगत सुविधा र भ्रष्टाचारमा सामेल भएकै छौ,
प्रतिक्रियावादीको दलाली,  गुलामी र मलामी  गरेकै छौ,
हामी कम्युनिष्टहरु,,,,,,,,,,,,,,,, ।

राष्ट्रघाती र जनघाति संन्धी संझौतामा सहि छाप ठोकेकै छौ,
साम्राज्यवादी र विस्तारवादी सामु लम्पसार परेकै छौ,
कालापानी जस्ता भुभागमा विदेशी सेनालाई बस्न दिएकै छौ,
लुटपाट, बलात्कार, चोरी डकैती, अपहरण भैरहदा पनि सहेकै छौ,
६४ हजार हेक्टर जमिन गुम्दा पनि चुप लागेर बसेकै छौ,
महाकाली, कर्णली, कौशी, गण्डकी, नारायणी जस्ता नदीहरुको भेटी चडाएकै छौ,
हामी कम्युनिष्टहरु,,,,,,,,,,,,,,,,,,,,,, ।

२०७० फागुन २०












Tuesday, August 13, 2013

लेनिनवादी संगठनात्मक सिद्धान्त
चिरन पुन

“क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन । सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाइृ पुरा गर्न सक्छ ”
“चुनिएको रचनाहरु, अंग्रजी संस्करण, मास्को १९४७, भाग १ पृष्ठ १६३, १६४ क. लेनिन”

१. क्रान्तिकारी पार्टी संगठनको महत्व ः 
क. राजनीतिक रुपान्तरण,
ख. सामाजिक रुपान्तरणमा,
ग. साँस्कृतिक रुपान्तरणमा,
घ. आर्थिक रुपान्तरणमा,
ड. धार्मिक रुपान्तरणमा ,  आदी ।
“क्रान्तिकारी सिद्धान्त तथा ईतिहासको ज्ञान र  व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहोउन्जेल कुनै पनि राजनैतिक दलले महान क्रान्तिकारी आन्दोलनलाई विजय तर्फ लैजानु संभव छैन” । 
“राष्ट्र्यि युद्धमा चिनीया कम्युनिष्ट पार्टीको भुमिका”, “१९३८, अक्टोबर क. माओ ” । 

२. क्रान्तिकारी पार्टी संगठन के हो ? 
क. सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो ।
ख. सर्वहारा बर्गको संगठित दस्ता हो ।
ग. सर्वहारा संगठनको उच्च रुप हो ।
घ. सवै जन संगठनहरुको उच्च रुप हो ।
ड. मजदुर बर्गको अगुवाको सजिव रुप हो ।
च. क्रान्तिकारी परिवर्तनको संवाहक हो ।
छ. आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको गज हो ।
“नीति नै क्रान्तिकारी पार्टीका समस्त व्यवहारिक कारबाहिहरुको आरम्भ विन्दु हो” । “उद्योग बाणीज्य सम्वन्धी नीतिका विषयमा” “२७ फरवरी १९४८, क. माओ ” । 
३. संगठनात्मक सिद्धान्त ः 
१. जनवादी केन्द्रीयता ः

  • जनवाद + केन्द्रीयता (जनवादी केन्द्रीयता) 
  • जनजाद — अराजकतावाद । 
  • केन्द्रीयता — नोकरशाह तानाशाह । 

क. निर्णण पूर्व विचारमा स्वतन्त्रता निर्णय पश्चायत कार्यमा एकरुपता ।
ख. सामुहिक निर्णय व्याक्तिगत जिम्मेवारी ।
ग. अल्पमत बहुमतको अधिनस्त

  • सवै सदस्यहरु संगठनको अधिनस्त ।  
  • सवै तल्ला समिति उपल्लो समितिको अधिनस्त । 
  • सवै समिति केन्द्रीय समितिको अधिनस्त । 
  • केन्द्रीय समिति राष्ट्र्रिय सम्मेलन ÷ महाधिवेशनको अधिनस्त । 
  • राष्ट्र्रिय सम्मेलन ÷महाधिवेशन जनवादी केन्द्रीयताको अधिनस्त ।
  • जनवादी केन्द्रीयता क्रान्तिकारी सिद्धान्त, विचार र पार्टीको अधिनस्त । 

“कसैले अनुशासनको यी नियमहरुलाई उल्लड्घन गर्छ भने पार्टी एकतालाई भड्ग गर्दछ”  “राष्ट्र्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भुमिका” “ अक्टोबर १९३८” 
२. अनुशासन र गोपनियता ः (अनुशासन + गोपनियता) 
क. व्याक्तिगत ।
ख. संगठनात्मक ।
ग. साँस्कृतिक ।
घ. सामाजिक ।
ड. राजनीतिक ।
च. संघर्ष प्रतिको आदी ।
३. आलोचना तथा आत्मआलोचना ( आलोचना + आत्मआलोचना) 
क. सौहाद्रपूर्ण ढंगले ।
ख. तत्थ्य मुलक ।
ग. पूर्वाग्रह विना ।
घ. सृजनात्मक ।
ड. निर्णयमा आधारित ।
च. पार्टी , निर्णय,  संगठनात्मक सिद्धान्तमा आधारित ।
४. सहि नेतृत्वको चईन । 
“नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै पनि हालतमा यसबारे लापरबाही गर्नु हुन्न ”, 
“परिस्थितिको विषयमा परिपत्र”, “मार्च २०, १९४८ क. माओ ” । 
क. सिद्धान्त निष्ठ, वैचारिक प्रतिवद्धता र राजनैतिक परिपक्कता ।
ख. ईमान्दारीता र निरन्तरता ।
ग. जुझारु, विद्रोही, सिकारु, सृजनात्मक, समर्पण भाव, संघर्ष प्रमी ।
घ. जनमुखी चरित्र ।
ड. संगठनात्मक, साँस्कृतिक, व्याक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक
अनुशासनको पालना । 
च. तिनै स्थानमा संघर्ष गर्न तयारी हुने । आफ्नो विरुद्ध, गलत विचार र सिद्धान्तको
विरुद्ध र बाहिरी    दुष्मनहरुको विरुद्ध । 

“म के दावा गर्छु भने निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुन सक्दैन ” । “क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्यरुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन ” । “संकलित रचनाहरु रसियाली संस्करण” “ भाग ४, पृष्ठ ४५६ क. लेनिन ”।

५. अन्तरपार्टी संघर्ष । 
क. अन्तरपार्टी संघर्षलाई व्यवस्थित बनाउने ।
ख. पार्टी भित्र देखा पर्ने  वा आउने गलत विचारको विरुद्ध संघर्ष ।
ग. संझौता परस्त विचारको विरुद्ध संघर्ष ।
घ. दक्षिणपथी, मध्यपथी, अराजकतावदी, विचारको विरुद्धको संघर्ष आदी ।

धन्यवाद ।

 ऐतिहासिक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दात्मक भौतिकवादलाई मानव समाजमा लागु गर्नेनै ऐतिहासिक भौतिकावाद हो । 
२. माक्र्सको भौतिक खोजहरु मध्य ऐतिहासिक भौतिकवाद पनि एक हो । 
३. द्धन्दात्मक भौतिकवादले सम्पूर्ण जगतको अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले मानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानव समाज हो । 
४. ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानको बीचको मानव समाजको अध्ययन गर्न 
अन्य धेरै माजिक विज्ञानहरु छन । 

क. ईतिहास, 
ख. राजनीति शास्त्र, 
ग. अर्थशास्त्र, 
घ. न्याय शास्त्र, 
ड. भाषा शास्त्र, आदी । 
५. ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशिलरुपमा हेर्दछ । मानव समाज निरन्तर परिवर्तन 
हुदै जान्छ र भविश्यमा पनि परिवर्तन हुदै जान्छ । 
६. ऐतिहासिक भौतिकवादले समाजमा हुने परिवर्तन समाजको भौतिक जिवनको परिस्थितिहरुमा 
हुने परिवर्तनबाट शूरु हुन्छ । 
७. ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोश्रो मान्दछ । 
८. समाज परिवर्तनको लागि ३ ओटा प्रश्नले मुख्य भुमिका खेलेको हुन्छ । 
क. भौतिक अवस्था । 
ख. जनसंख्या । 
ग. उत्पादन प्रणाली । 
यी भौतिक परिस्थितिहरु मध्य उत्पादन प्रणाली बढी महत्वको हुन्छ । 
९. उत्पादन प्रणाली भनेको मानिसहरु बाच्नको लागि चाहिने आवश्यक भैतिक वस्तु उत्पादन 
गर्ने प्रणाली हो । 
१०. मानिसहरुले आफ्नो आवश्यकता पूर्ति गर्न उत्पादन प्रणालीको विकाश गर्दछन । उत्पादन प्रणालीम जुन
परिवर्तन हुदै जान्छ, त्यसको आधारमा नै मानव समाजको परिवर्तन हुदै जान्छ । 

११. उत्पादन प्रणाली जुन स्तरको हुन्छ समाज व्यवस्था पनि त्यही अनुशारको हुन्छ । 
क. उत्पादन शक्ति र उत्पादन सम्वन्ध मिलेर उत्पादन प्रणाली बन्दछ ।
ख. उत्पादनका औजार र उत्पादनका वस्तु मिलेर उत्पादनको साधन बन्दछ ।
ग. उत्पादनको साधन र श्रम (जनशक्ति) मिलेर उत्पादक शक्ति बन्दछ ।

१२. मेहनतकश जनता उत्पादक शक्तिको मुख्य तत्व हुन । 
क. श्रमको वस्तु र श्रमको साधनलाई उत्पादनको साधन भनिन्छ ।
ख. श्रमको वस्तु भनेको जग्गा, जमिन, खानी, कच्चा पदार्थ आदी पर्दछन ।
ग. उत्पादनका औजार भनेको मेसिन, कलकारखाना, हात हतियार आदी हुन ।
१३. उत्पादन, वितरण, विनिमय र उपभोगको प्रकृयालाई समाजमा हुने सम्वन्धलाई उत्पादन 
सम्वन्ध भनिन्छ ।

१४. उत्पादन सम्वन्ध स्वामीत्वको रुपमा आधारित हुन्छ । 
क. सम्पक्तीमा समाजिक स्वामित्वमा शोषण मुक्त समाज बन्दछ ।
ख. सम्पक्तीमा नीजि स्वामित्वमा शोषणमुलक समाज बन्दछ ।

१५. उत्पादनको साधनको स्वामित्वमा वितरणको अवस्था पनि फरक फरक हुन्छ । 
क. निजी स्वामित्वमा असमानता मुलक वितरण हुन्छ ।
ख. सामुहिक स्वामित्वमा काम अनुशार वा आवश्यकता अनुशारको वितरण हुन्छ ।

१६. ऐतिहासिक भौतिकवादको २ मुख्य विषय छन । 
क. आधार ।
क.  उत्पादनको सम्वन्धको समग्रतानै समाजको आर्थिक आधार हो ।
ख. आर्थिक आधार अन्तरगतनै उत्पादन, वितरण, विनिमय, उपभोग आदी पर्दछन ।
ग. मानिस मानिसको आपसी सम्वन्धले नै प्रकृतिसग संघर्ष गर्दछन ।
घ. सामाजिक जिवनको सामाजिक आर्थिक संरचनानै आर्थिक आधार हो ।

ख. संरचना । संरचना अन्तरगत निम्न अनुशारका विषयहरु पर्दछन ।
क. दर्शन,
ख. सिद्धान्त,
ग. दृष्टिकोण,
घ. विचार,
ड..संस्कृति,
च. राजनैतिक पार्टी,
छ. संघ संस्था,
ज. धर्म आदी ।

ग.  समाजमा जस्तो किसिमको आधार हुन्छ, त्यस्तै किसिमको संरचना हुन्छ ।
घ. आधार परिवर्तन हुदा संरचना पनि परिवर्तन हुन्छ ।
ड. पुरानो आर्थिक आधारहरु समाप्तहुदा पनि संरचना परिवर्तन भएन भने त्यहा
सास्कृतिक क्रान्ति अनिवार्य हुन्छ । 
च. आधार र संरचना बीचमा द्धन्दात्मक सम्वन्ध हुन्छ ।

१७.  उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र परिवर्तन अनुशार मानिसको 
उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यसै अनुशार 
ईतिहासमा उत्पन्न सम्वन्धमा ५ रुपहरु देखा परेका छन । 
क. आदीम साम्यवादी युग ।
१. उत्पादनको साधनमा सामुहिक स्व्ँँमित्व ।
२. उत्पादनको औजारहरु पिछिडिएको थिए, जस्तो पत्थर, हाड, काठका औजारहरु ।
३. पिछिडिएको औजारहरु भएकोले अतिरिक्त वस्तु उत्पादन गर्न सकिदैनथ्यो ।
४. व्याक्तिगत सम्पक्ति र बर्गहरु थिएन ।

ख. दास युग ।
१. उत्पादनका साधनहरु माथि दाश मालिकको स्वामित्व ।
२. औजारहरु धातुको थियो ।
३. अतिरिक्तमुल्य उत्पादन हुन थाल्यो ।
४. राज्यहरुको विकाश हुन थाल्यो ।
५. उत्पादन शक्तिको विकाशले श्रम विभाजन पनि भयो ।
६. दास मालिक लगाएतका बर्गहरु देखा पर्न थाले ।
७. वैद्धिक श्रम शारिरिक श्रमबाट अलक हुन थाल्यो ।
८. शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म भयो ।
९. उधोगहरुको अनेक शाखाहरु खुल्न थाले ।
१०. दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुन थाले आदी ।

ग. सामान्ती युग । 
१. उत्पादनको साधनहरु माथि सामन्तको स्वामित्व ।
२. किसानहरुको पनि व्यापक उत्पक्ती र विकाश हुन्छ ।
३. जमिनहरुको मालिक सामन्तहरुनै हुन्छन ।
४. थोरै जमिन किसानहरुलाई कमाउन दिईन्छ ।
५. औजारहरु आफ्नो हुन्छ तर त्यसलाई किन्न र बेच्न पाईदैन ।
६. औजारहरुमा झनै आधुनिकता आउछ ।
७. यो समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ हुन्छ ।
८. शिल्प  र व्यापारको बिकाश तथा सहरहरुको बिकाश र विस्तारको शुरुवात हुन्छ ।
९. कृषी उत्पादनलाई परिस्कृत गर्यो । व्यापारको  विकाश हुन थाल्छ र ठुला
कारखानाहरु पनि खुल्न थाल्छन । 
१०. धर्मको प्रभुत्व पनि यसै युगबाट हुन थाल्छ ।
११. श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरु हुन्छ ।
१२. यतिबेला कल कारखाना उत्पादनको लागि व्यापक अन्तराष्ट्र्यि बजारको
आवाश्यकत हुन्छ । तर, संड्किण सामन्ती अर्थतन्त्रले त्यस्तो बजारको 
बाटोमा बाधा सृजना गर्ने भएकोले त्यसको विस्थापन पुजिवादी व्यवस्था र 
पुजिवादी क्रान्तिले गर्दछ । 

घ. पुजिवादी युग । 
१. उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुन्छ ।
२. ठुला उधोग कारखानाहरुको विकाश हुन्छ ।
३. माल उत्पादन नाफाको लागि गरिन्छ ।
४. यसै बेला देखि विधुत विस्तार र विकाशले ठुलो फड्को मार्दछ ।
५. उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता,
उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको 
विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । 
६. पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक
स्वरुप र व्याक्तिगत स्वामित्व बीचको अन्तरविरोध । 
७. पुजीवादी समाजको मुख्य बर्ग सर्वहारा र पुँजीपती हो ।
८. किसान तथा निम्न पुजिपति बर्ग पनि सहायक बर्गको रुपमा हुन्छन ।
९. सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि भयो ।
१०. बुर्जुवा विचारको साथ साथै मजदुर बर्गको विचारधाराको पनि जन्म भयो । पहिलो
ट्र्ेड युनियन र पछि सर्वहरा   बर्गको राजनीतिक पार्टी पनि गठन भयो । 

ड. समाजवादी युग । 
१. उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुन्छ ।
२. माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ ।
३. व्याक्तिगत सम्पक्तीको पूर्ण उन्मुलन गरिन्छ ।
४. यस व्यवस्थाको उच्चतम रुप समाजवादी व्यवस्था हो ।
५. जहाँ राज्य र बर्गहरुको पूर्ण उन्मुलन हुन्छ ।

१८. बर्ग र बर्ग संघर्ष । 
क. व्यात्तिगत सम्पक्तिको उदयसँगै बर्ग र बर्ग संघर्षको उदय तथा विकाश भयो ।
ख. समाजमा बर्गहरुको उत्पक्ति श्रम विभाजनबाट भयो ।
ग. बर्ग संघर्षमा सर्वहारा बर्गको अधिनायकत्व हुन आवश्यक छ ।
घ. बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुने बेला सम्म निरन्तर चलिरहन्छ ।
ड. माक्र्सले भनेका छन (दास युग देखि आज सम्मको ईतिहास बर्ग संघर्षको हो) ।
च. पुजिपतिहरुले बर्ग संघर्षलाई स्वीकार गर्दछन तर सर्वहारा बर्गको अधिनायकत्वलाई
स्वीकार गर्दैनन । 

१९. ऐतिहाँसिक भौतिकवादका प्रवृगहरु ।
राजनैतिक अस्तित्व             राजनैेतिक चेतना ।
सामाजिक चेतना कानुन ।
उत्पादन पद्धती नैतिकता ।
अधिरचना आधार (सामाजिक प्रगति)

धन्यवाद ।

 द्धन्दात्मक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दवाद शव्द ग्रीक भाषको “दियालेगो” शव्दबाट बनेको अंग्रेजी शव्द “डाईलेटिक्स” शव्दको अनुवाद हो । २. हेगेलको द्धन्दवाद र फयरवाकको भौतिकवादमा रहेको कमजोरीलाई हटाई कार्लमाक्र्सले (१८१८  १८८३) द्धन्दात्मक भौतिकवादको निर्माण गर्नु भएको हो । 
३. द्धन्दात्मक भौतिकवादले पदार्थ, गति, दिक, काललाई अध्ययनको प्राथमिक विषयवस्तु बनाउदछ । 
४. द्धन्दात्मक भौतिकवादले प्रकृति, र ब्रहमाण्ड अध्ययन गर्दछ । 
क. पदार्थ ः पदार्थ भनेको ब्रमाण्डमा विद्धमान रहेको सम्पूर्ण भौतिकवस्तुलाई मानिन्छ । 
ख. पदार्थको उत्पक्ति र नास हुदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो । 
ग. पदार्थ गतिको अन्तरविरोधको उच्चतम रुप हो । 
  • पदार्थ र गति ः 

क. पदार्थ र  गतिलाई सृजना र नष्ट गर्न सकिन्न । 
ख. यसको रुप र स्थिति परिवर्तन भैरहन्छ । 
ग. पदार्थ र गतिलाई एक अर्काबाट अलग गर्न सकिन्न । 
घ. जहाँ पदार्थ हुन्छ, त्यहा गति हुन्छ । जहाँ गति हुन्छ, त्यहा पदार्थ हुन्छ । 
ड. पदार्थको अस्तित्व नास भयो भने गतिको पनि अन्त्य हुन्छ । 
च. अहिले सम्मको विज्ञानले गतिलाई यसप्रकारले परिभाषित गरेको छ । 
१. यान्त्रीक 
२. भौतिक 
३. रासाईनिक 
४. जैविक 
५. सामाजिक 

छ. हाम्रो वरिपरी रहेको भौतिक जगत गतिशिल पदार्थको समग्र रुप हो । 
ज. पदार्थ भनेको वस्तुगत यथार्थ हो, र यो हाम्रो चेतना भन्दा आफ्नो अलग्गै अस्तित्वमा रहेको छ । 
  • दिक र काल 

क. दिक त्रिआयामिक हुन्छ । यो पदार्थको अस्तित्वको स्वरुप हो । 
ख. काल भुत देखि भविस्य तर्फ सरल रेखामा हुन्छ । 
ग. द्धन्दात्मक भौतिकवादले दिक र काललाई पदार्थको अस्तित्वको स्वरुपमा मान्दछ । 
घ. कुनै पनि पदार्थको गतिले दिक र कालमा नै स्थान लिन्छ र दिक र काल बाहिर कुनै पनि पदार्थको अस्तित्व रहन सक्दैन । 
ड. पदार्थ र गति जस्तै दिक र काल पनि मानव चेतना भन्दा अलग्गै अस्तित्वमा रहन्छ  र दुवै अन्तरसंवन्धीत रहन्छ । 
च. जसरी पदार्थ दिक र काल विना अस्तित्वमा रहन सक्दैन, त्यसै गरी दिक र काल पनि पदार्थ विना अस्तित्वमा रहन सक्दैन । 
छ. दिकले पदार्थको अस्तित्वको स्वरुपको रुपमा भौतिक जगतको फैलाव, स्थान र अवस्थितिलाई ईड्कित गर्दछ । 
ज. कालले पदार्थको अस्तित्वको स्वरुपको अवधि र क्रमलाई ईड्कित गर्दछ । 

५. द्धन्दात्मक भौतिकवाका मुख्य नियमहरु ः (माक्र्स एड्गेल्स संकलित रचना ग्रन्थ २५, पृष्ठ ३५६)
क. विपरित तत्वको बीच एकता र संघर्ष ।  
१. प्रकृति,  समाज र चिन्तनका हरेक क्षेत्रमा हुने सवै परिघटनाहरुको विशेषता भने तिनिहरुमा अन्तरनिहित विरोधी तत्वहरुको बीच एकता र संघर्ष हो । 
२. निजिर्व जगतमा प्रोटोन र ईलेक्ट््रोन बीचको एकता र संघर्ष, जीवित जनतमा विपरित तत्वहरुको सम्मिलन र बेमिलनको रुपमा, समाजमा बर्गीय विरोध वा बर्ग संघर्ष र चिन्तनमा विष्लेषण र सस्लेषणको रुपमा लिन सकिन्छ । 
३. एउटा विपरित तत्व अर्को विना अस्तित्वमा रहन सक्दैन । 
४. दुई विरोधी पक्षहरु मध्य एउटाको अस्तित्व लोप भयो भने त्यो वस्तु पनि अन्त्य हुन्छ । तर मुख्य भुमिका भने संघर्षले खेल्दछ, जसले कुनै पनि परिघटनालाई विकाशमा अगाडि बढाउछ र एउटा अल्पकालिन हुन्छ । 

ख. मात्राबाट गुणमा परिवर्तन र पुनरावृति ।
१. कुनै पनि वस्तुमा अन्तरनिहित विरोधी तत्वहरुका बीचमा हुने संघर्षको परिणाम स्वरुप नै त्यो वस्तुमा      मात्रात्मक परिवर्तन हुदै क्रमश ः गुणात्मक परिवर्तन हुने स्थिति हुन्छ । 
२. मात्रा र गुण एक आपसमा अन्तरसम्वन्धित र छुटाउन नसकिने अवस्थामा हुन्छ । 
३. गुणात्मक परिवर्तनको लागि मात्रात्मक परिवर्तनले एउटा उल्लेखनिय अवस्थामा आईपुग्नु पर्दछ । 
४. प्रकृति र समाजमा हुने विकाश २ किसिमबाट हुन्छ । 
क. मन्द विकाश  । 
ख. दु्रत विकाश । 
(यसरी मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन भए पछि एउटा वस्तु पुरानो अवस्थाबाट नया अवस्थामा फेरिन्छ र त्यही विन्दुबाट पुन ः त्यो प्रकृया दोहोरिन्छ र त्यसैलाई मात्राबाट गुणमा परिवतनको   नरावृति भनिन्छ । ) 

ग. निषेधको निषेध ।
१. मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुदा नै निषेधको निषेध हुन्छ र पुरानो वस्तुको निषेध भई नया वस्तु उत्पन्न हुन्छ । 
२. कुनै पनि विकाशको प्रकृयामा निषेध हुनु अनिवार्य छ । वा, निषेध नभै पुरानोबाट नया हुन असम्भव छ ।
३. निषेधको निषेधको कारणले पुरानो भन्दा नया तर संवृध चिजको उत्पक्ति हुन जान्छ । 

६. द्धन्दवादका प्रवर्गहरु ।  
क. एक विशेष र सामान्य 
ख. कारण र असर
ग. नियमितता र आकस्मिकता
घ. संभावना र यथार्थता
ड.. सार र रुप
च. सत्व र परिघटना

धन्यवाद । 

Monday, August 12, 2013

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा


चिरन पुन 
१. आरम्भमा ः 
हामी सहि युवा आन्दोलनको कुरा गरिरहेका छौं । हामीले समाजलाई अग्रगामी दिशा तर्फ रुपान्तरण गर्न खोजिरहेका छौं । शोषणलाई अन्त्य गर्नु हाम्रो चाहना हो,  यो युगलाई बदल्नु हाम्रो लक्ष्य हो ।  त्यसैले, हाम्रो पहल प्रतिगामी, यथास्थितिवादी, सुधारवादी र अराजकतावादी धरातलबाट युवा संगठन र आन्दोलनलाई मुक्त बनाउन चाहन्छौं । 

२. युवा समस्याहरु र के गर्ने ः 
हामीले देखिरहेका छौं, आज युवाहरुको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार, साँस्कृतिक र सामाजिक सुरक्षाको हो । राँज्यले शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा जस्ता प्रश्नहरुलाई आफ्नो अनिवार्य दायीत्व भित्र राखेर यसको पक्षमा भुमिका खेल्नु पर्ने थियो । तर, त्यो हुन सकिरहेको छैन । 

शिक्षा, 
देशको शिक्षा नीति अत्यन्त नाजुक अवस्थाको छ ।  देशमा सर्वसुलभ शिक्षा छैन । भएको शिक्षा पनि वैज्ञानिक र व्यवहारिक छैन । त्यो, सिमित उच्च तह र बर्गको पउँचमा र सहर केन्द्रीत मात्र छ । देशका ७२ प्रतिसत मानिसहरु शिक्षाबाट बन्चित छन । त्यसको लागि पुरानो शैक्षिक नीतिलाई बदल्ने, पुरानो शैक्षिक व्यवस्थालाई बदल्ने, पुरानो शैक्षिक पद्धतीलाई खारेज गर्ने, पुरानो अध्यापन नीतिलाई पूर्णरुपमा बदल्ने र नयाँ शैक्षिक व्यवस्था, नयाँ पद्धती, नयाँ शिक्षा नीतिलाई उत्पादन मुलक, बैज्ञानिक र व्यवहारिक बनाउन जोड गर्ने र त्यसको लागि संघर्ष गर्नु पर्दछ ।

स्वास्थ्य, 
स्वाथ्यको अवस्था पनि त्यही प्रकारको छ । नेपालको वर्तमान स्वास्थ्य नीति खराब छ । भएका स्वाथ्य केन्द्रहरु शहर केन्द्रीत मात्र छ । शहरमा केन्द्रीत भएका स्वास्थ्य केन्द्रहरु पनि निकै महँगो छ । त्यसैले आम नेपाली जनता स्वास्थ्य उपचारको पउँचमा छैनन । मानिस, युवा अवस्थामा पुगी नसक्दै उ अनेकौ रोगले ग्रस्त बनिसकेको हुन्छ । शारिरीक अस्वस्थताको कारणले गर्दा उ मानसिक रुपमा पनि निकै कमजोर बनिसकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो, घरपरिवारको, समाजको र देशको लागि केही काम गर्न नसक्ने अवस्थामा रहन्छ । यहि स्थिति आज नेपालमा विद्धमान रहेको छ । त्यसैले, स्वास्थ्यलाई जनमुखी बनाउन जोड दिनु, यसलाई राज्यको अनिवार्य दायीत्व भित्र राख्न पहल प्रयत्न गर्नु, यसको सर्वसुलभतामा जोड दिनको लागि पहल गर्नु पर्दछ । 

रोजगार, 
अर्को, समस्या भनेको रोजगारीको हो । यो समस्या पनि युवाहरुको लागि निकै ज्वलन्त बनेको छ । देशमा सरकारल रोजगारीको व्यवस्था मिलाउन सकिरहेको छैन । त्यसैले, लाखौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा पलाएन भैसकेका छन । दैनिक हजारौं युवाहरु आज पनि आफ्नो देश छोडेर विदेशमा पलाएन हुने क्रम तिर्व बनिरहेको छ । नत, युवाहरुको जिवन विदेशमा सुरक्षित छ, न उनिहरुले त्यहाँ राम्रो काम पाईरहेका छन, न त्यहाँ उनिहरुको सामाजिक मर्यादा छ । यसरी, आज नेपाली युवाहरुले नयाँ जोस, जाँगर, बल र उत्साहलाई विदेशी भुमिमा पोखिरहेका छन । अतः सम्पूर्ण विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा फर्काउने नीति बनाउनु पर्दछ । नेपाली युवाहरुले नयाँ जोस, जाँगर, बल र उत्साहलाइ लाई देशमै लगाउनको लागि रोजगारको व्यवस्था मिलाउनको लागि पहल गर्नु पर्दछ । बैज्ञानिक र व्यवहारिक रोजगारको खोजीमा लाग्न पहल र प्रयत्न गर्नु पर्दछ , आदी । 

साँस्कृतिक, 
नेपाली युवाहरुमा साँस्कृतिक समस्या पनि अर्को मुलभुत समस्या हो । साम्राज्यवादी, विस्तारवादी, पुँजीवादी र सामन्तवादी साँस्कृतिक धरातलले हाम्रो देशलाई निकै गाँजेको छ । आज एकातिर,  पश्चिमेली  पुँजीवादी पाश्चात्य संस्कृतिले युवाहरुलाई उपभोक्तावाद, उदण्डता, चमत्कार र ध्वंस, छाडा सेक्स र पाश्चात्य संस्कृति, व्याक्तिवाद, शोषण र पुँजीमा आधारित बन्न अभिप्रेरित बनाईरहेको छ भने अर्कोतिर,  सामन्तवादी संस्कृतिले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद र भाग्यवाद, वंशको श्रखला, रुडिवाद, अलौकिकवाद जस्ता संस्कृतिले पनि नेपाली युवाहरुलाई दिग्भ्रमित पारिरहेको अवस्था कायम छ । अतः भौतिक परिस्थितिमा आधारित, उत्पादन प्रणालीसँग आधारित, जनताको आन्दोलनसँग आधारित, सहि व्यवहार सम्उन्नत विचार सँग आधारित, आमुल परिवर्तन र रुपान्तरणमा आधारित, श्रम प्रति प्रेम र शोषण प्रति विरोधमा आधारित जनवादी तथा समाजवादी साँस्कृतिक मुल्य मान्यतालाई स्थापनार्थ जोड दिनु  । 
सामाजिक सुरक्षा, 
यसको साथै सामाजिक सुरक्षाको प्रश्न पनि आज जटिल मोडमा रहेको समस्या हो । जुनसुकै मुलुकमा पनि जनताले शान्तिपुर्वक बस्न र बाँच्न पाउने उसको अधिकार हो । तर, आज नेपालको सामाजिक सुरक्षाको प्रश्न पनि निकै खलबलिएको अवस्थामा छ । समाजमा हत्या, हिंसा, अपहरण, लुटपाट, चोरी, डकैती जस्ता क्रियाकलापहरुले जोर पक्रेको छ । जसको कारणले गर्दा नेपाली जनता र युवाहरुको सामाजिक जिवन निकै प्रताडित बनेको छ । 

 ३. युवा आन्दोलनमा विचारधारात्मक चिन्तन ः
उत्पादन प्रणालीको विकाशको क्रममा उत्पादक शक्तिको पनि विकाश र परिवर्तन हुदै जान्छ । त्यस अनुशार मानिसको उत्पादन सम्वन्ध र उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यही प्रक्रियामा मानिसको राजनीतिक, सामाजिक, साँस्कृतिक चेतनाहरु पनि बदलिदै जान्छ । राम्रो र नराम्रो, सहि र गलत पक्षहरुको पनि समाजमा देखा पर्दै जान्छ । त्यसैले युवा आन्दोलन शहि ढंगले अगाडि बढाउनको लागि आन्दोलनको  विचारधारात्मक पक्षलाई पनि राम्रो गरि बुझ्न आवश्यक छ र सहि विचारको पक्षमा आफुलाई समाहित गर्न जरुरी छ । जुनकुरा क्रान्तिकारी  युवा आन्दोलनको मुख्य कडि हुन जान्छ । हाल नेपालको युवा आन्दोलनमा मुख्यत ः ३ ओटा विचारधारात्मक पक्षमा युवा आन्दोलन क्रियाशिल रहेका छन । 

प्रतिक्रियावादी चिन्तन, 
यसमा प्रतिगामी र यथास्थितिवादी विचारधारात्मक पक्ष छन । युवा आन्दोलनमा यतिवेला प्रतिगामीको अवस्था कमजोर रहेको छ । खासगरी गत ०६२÷६३ को ऐतिहाँसिक जन आन्दोलनको बलबाट राजतन्त्रको औपचारिक अन्त्य पछि यो धाराको खासै चर्चा छैन । तर, आज पनि यो वैचारिक पक्षमा यथास्थितिवादको चलखेल देखिन्छ । यसको मुख्य अभिष्ट भनेको आज विद्धमान रहेको दलाल, नोकरशाह, पुँजीपति तथा सामन्तवर्गको राज्य सत्तालाई टिकाई राख्नु हो । यसको अर्थ यथास्थितिवादको पक्षपोषण गर्नु हो । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा जान नदिन भुमिका खेलिरहेको हुन्छ । यसले विद्धमान रहेको दमन, शोषण, उत्पीडन, भेदभावलाई कायमै राख्न चाहन्छ । प्रतिक्रियावादी राज्य सत्तालाई टिकाईराख्न यसले बारम्वार गुण्डागर्दी गर्दछ ।  साम्राज्यवाद विस्तारवादको दलाली गर्ने काम गर्दछ । यो पक्ष सामन्त, दलाल नोकरशाह, पुँजीपति बर्गको निरन्तर सेवामा लागिरहेको छ । यसको सस्थागत प्रतिनिधित्व मुख्य नेपाल तरुण दलले गरेको छ । आफुलाई नेपाली काग्रेसको भातृ संगठनको रुपमा चिनाउने यो युवा संगठनले मुख्य यथास्थितिवादको पक्षपोषण गर्दछ र प्रतिक्रियावादी राज्य सत्ताको टिकाई राख्न भुमिका खेल्दछ ।  लगाएत अन्य कतिपय स साना युवा संगठनहरु पनि यसमा क्रियाशिल रहेका छन ।  यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा लैजान अवरोध सृजना गरिरहेको छ । यसबाट सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । 

सुधारवादी चिन्तन,  
यो विचारधारात्मक पक्षको सैद्धान्तिक नेतृत्व दक्षिणपंथी अवसरवादले गर्दछ । यो विचारधारा सहि क्रान्तिकारी विचारधारा सँग नजिक देखिएको भएता पनि यसले अन्त्यतः तिनै दलाल, नोकरशाह तथा पुजिपती बर्गको सेवामा नै लागेको हुन्छ । प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणमा नै यो धारा क्रियाशिल रहेको पाईन्छ । यसको मुख्य अभिष्ट सुधारवाद हो । सामान्य सुधारलेनै युवा समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने यसको मुल दृष्टिकोण हो । यसले बर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, महान सर्वहारा साँस्कृतिक क्रान्तिको  मुल्य÷मान्यतालाई तिलाञ्जली दिएको हुन्छ । बर्तमान प्रकृतिको चुनावबाट नै सवै कुराको हल गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । सरकार, सत्ता, कुर्सी, पदको लागि यो चिन्तन मरिहत्य गरेर लागेको हुन्छ । साम्राज्यवाद, विस्तारवाद, सामन्तवादसँग साँठगाँठ नगरीकन आफ्नो स्वर्थ पुर्ती नहुने भएकोले यसले जहिल पनि साम्राज्यवाद, विस्तारवाद र सामन्तवादसँगको आत्मसमर्पण, उनिहरुको दलाली गर्दछ । जो नेपालको सन्दर्भ पनि ताजै छ । तत्कालिन तथा दिर्घकालिन विषयहरुको छिनोफानोमा पनि यसको चरित्र ढुलमुल, अस्पस्ट र अवसरवादी प्रकारको हुन्छ, त्यसैले यसले जहिले राष्ट्रघाती तथा जनघाती कामको पक्षपोषण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक युवा संघ, नेपाल (हालको युवा संघ, नेपाल) ले यो विचारधाराको नेतृत्व गरिरहेको छ । यसमा अन्य कतिपय युवा संगठनहरु पनि क्रियाशिल रहेको पाईन्छ । यसले युवाहरुको जोस, जाँगर, उत्साह÷उमङ्गलाई नष्ट पारी युवा आन्दालनलाई सुधारवादमा लगेर फसाउँछ । संसदीय गोलचक्करमा युवा आन्दोलनलाई केन्द्रीत गर्दछ । त्यसैले सुधारवादी विचारधाराको बारेमा सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । यसले नेपाली क्रान्तिकारी आन्दोलनलाई अवरोध सृजना गरिरहेको हुन्छ । यो धारा युवा आन्दोलन र युवा मुक्तीको लागि अवरोधक रहेको छ । त्यसैले  यसबाट स्पस्ट हुँदै, सहि क्रान्तिकारी युवा आन्दोलनमा समाहित हुन आवश्यकता छ । 

अराजकतावादी चिन्तन, 
क्रान्तिकारी युवा आन्दोलनमा अर्को खतरनाक प्रवृतिको नेतृत्व अराजकतावादी विचारधारले गरेको छ । यसको सैद्धान्तिक नेतृत्व “उग्रबामपंथी” चिन्तनले गरेको हुन्छ । यसले ठोस परिस्थितिको  ठोस विष्लेषण गर्न सक्दैन । अराजकतावादी गतिविधी यसको चारित्रिक पहिचान हो । उग्रवामपंथी भड्कावको पतन दक्षिणपंथी असरवादमानै हुने भएकोले क्रमशः यसले पनि बर्ग संघर्षलाई तिलाञ्जली, सर्वहारावर्ग अधिनायकत्वलाई तिलाञ्जली, महान सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिदै अगाडि बढिरहेको हुन्छ । नयाँ जनवादी क्रान्तिको नीति देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यो प्रवृति पनि सरकार, कुर्सी, पद ÷प्रतिष्ठा को लागि लालाहित हुने भएकोले यसले साम्राज्यवाद, विस्तारवाद र सामान्तवादसँगको सम्वन्धलाई सुधार गर्दै अगाडि बढिरहेको छ । यसको नेतृत्व आज योङ कम्युनिष्ट लिंग ले गरेको छ । 

क्रान्तिकारी चिन्तन, 
युवाहरुको समस्यालाई ठोस ढंगले पहिचान गरेर आमुल परिवर्तकारी आन्दोलनकै बलमा युवाहरुको समस्यालाई समाधान गर्न क्रान्तिकारी चिन्तन लागि परेको हुन्छ । यसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवादको विरुद्धमा सधै  संघर्षमा जोडदिन्छ । सामन्त, दलाल तथा नोकरशाह पुँजिपती बर्गको राज्यसत्तालाई खतम पारेर नयाँ जनवादी राज्यसत्ताको स्थापनामा जोड दिन्छ ।  क्रान्तिकारी आन्दोलनको सधै सहयोगी भुमिका खेििलरहेको हुन्छ । यसले समाजमा हुने सवैखाले शोषण, दमन र उत्पीडनको अन्त्यको लागि संघर्षमा जोड दिनु पर्ने कुरामा विश्वास राख्दछ । माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पदप्रदशक सिद्धान्त मान्दै, नयाँ जनवादी क्रान्ति, सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्य सत्ताको स्थापना, महान  सर्वहारा साँस्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै आफ्नो क्रान्तिकारी युवा आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । क्रान्तिकारी नीति, सिद्धान्त, दर्शनलाई आत्मसाथ गर्नु यसको चारित्रिक विषेशता हो । शोषण प्रति घृणा र श्रम प्रतिको प्रेमलाई आत्मसाथ गर्दछ । 

यस प्रकारको क्रान्तिकारी चिन्तनले मात्र युवा आन्दोलनलाई सहि ढंगले नेतृत्व प्रधान गर्न सक्दछ । युवाहरुको समस्याहरुलाई सहि ढंगले समाधान गर्न भुमिका खेल्न सक्दछ । त्यसैल्ो, यस प्रकारको क्रान्तिकारी चिन्तनले लेस भएको युवा संगठनको निर्माण आजको आवश्यकता हो । सामन्यतः यो भुमिकालाई हेर्दा आज नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) त्यो दिशामा परिचालित भएको छ । यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन भएकोले पनि यसको क्रान्तिकारी दायीत्व झन बढेर जाने कुरा स्वतहः सिद्ध छ ।  त्यसको विकाश, विस्तार, रुपान्तरणको लागि धेरै काम गर्न अझै पनि आवश्यक छ । यसको भुमिकालाई देशका सम्पूर्ण भागका युवाहरुलाई पहिचान दिलाउन र संगठन विस्तारमा जोड दिन अझै बाँकी  छ । निश्चयनै यो भुमिकाहरुलाई पुरा गर्न क्रान्तिकारी चिन्तन बोकेको नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) सफल हुनेनै छ । त्यसको लागि संगठनमा लागेका सवै नेता कार्यकर्ता जिम्मेवारी बोधका साथ लाग्नु आजको परिवेशले माग गरेको यर्थाथता र दायीत्वबोध हो । 

४. क्रान्तिकारी युवा आन्दोलनको निम्ति तत्काल गर्नु पर्ने कामहरु ः
युवाहरुलाई ठोस ढंगले मुलुकको बारेमा चिन्ता गर्ने र आमुल परिवर्तनकारी आन्दोलनमा समाहित हुने दिशा प्रवाहितगर्न अनिवार्य रहेको विषय हो । त्यसको लागि तत्कालमा केहि कामलाई सुचिकृत गरेर अगाडि बढाउन आवश्यक छ । 

विचारधारात्मक काम ः 
क) नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्न ध्यान दिनु , ख) देशका केन्द्र, प्रदेश, जिल्ला, एरिया, गाँउ÷नगर र टोलहरुमा पुस्तकालय र वाचनालयहरुको व्यवस्थापन गर्न जोड दिनु, ग)  व्यापक रुपमा युवाहरुलाई साहित्य, राजनीति, अर्थनीति, दर्शन, कला आदीको विषयमा स्वअध्ययनलाई प्रशय दिने, घ) आवश्यक पाठ्य साम्रागीको तयार पार्ने र नियमित तल पठाउन ध्यान दिने, ङ) संगठनको मुखपत्र, बुलेटिन आदी जस्ता प्रकाशनहरुलाई नियमित बनाउने, च) विश्व स्तरमा संचालन भएका क्रान्तिकारी आन्दोलन सँग सम्वन्धित पाठ्य सामाग्रीहरुको अध्ययनमा जोड दिने, छ) नियमित प्रशिक्षणमा जोड दिने, आदी । 

संगठनात्मक काम ः
क) संगठनहरुको प्रचारात्मक कामले ल्याएको अनुकुलतालाई तुरुन्त संगठनात्मक शक्तिमा बदल्न प्रयत्न गर्ने, ख) युवा पूर्णकालिन कार्यकर्ता निर्माणमा व्यापक जोड दिने, ग) व्यापक युवा पूर्णकालिन कार्यकर्ताको परिचालन, रेखदेख, र विस्तारमा जोड दिने, घ) आम जनतालाई साधारण सदस्यमा, साधारण सदस्यलाई संगठित सदस्यमा, संगठित सदस्यलाई अगुवा कार्यकर्तामा, अगुवा कार्यकर्तालाई पूर्णकालिन कार्यकर्तामा बदल्न मुख्य ध्यान दिने, ङ) नियमित सम्मेलन, भेला, बैठक आदी जस्ता कामको निरन्तरतामा जोड, आदी । 
संघर्ष सम्वन्धी काम ः 
क) सम्राज्यवाद, विस्तारवाद, सामन्तवाद विरुद्धको संघर्षमा व्यापक जोड दिनु, ख) पुँजीवाद, यथास्थितिवाद र संङ्क्रिणवाद विरुद्धको संघर्षमा जोड, ग) सुधारवाद तथा   अराजकतावाद विरुद्धको संघर्षमा जोड दिनु, घ) राष्ट्रियता, जनअधिकार तथा जनजिविकाको पक्षमा हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, ङ) सामाजिक तथा साँस्कृतिक रुपान्तरणको निम्ति हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, च) शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको निम्ति चल्ने संघर्षमा भाग लिनु र त्यसको नेतृत्व गर्नु, छ) रचनात्मक, सृजनात्मक क्रियाकलाप, र जनवादी सुधार अभियानलाई तिर्वता दिनु र त्यसको लागि संघर्ष गर्नु , आदी । 

५. क्रान्तिकारी युवा आन्दोलनले अनुशरण गर्नुपर्ने कुराहरु ः 
क) कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु, ख) कडा मेहनत गर्नु, राम्रो योजना बनउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु, ग) अध्ययनलाई कामसँग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु, घ) कामको बारम्वार मुल्याङ्कन÷सिमाहलोकन गर्नु, ङ) नयाँ नयाँ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु, च) आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु, छ) कामहरुको असल कुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्चयाउनु, ज) जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र जनतालाई सिकाउनु, झ) जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नुृ, ञ) अध्ययन अनुसन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु, ट) तन्दुरुस्त ध्यान दिनु र नियमित व्यायमहरु गर्नु, ठ) श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु, आदी । जुन विषयहरुमा कामरेड माओले व्यापक चर्चा गर्नु भएको थियो । 

समापनमा, 
ठेगान गरिएको समयमा त संविधान बनेननै । थपिएको समयमा पनि नयाँ अग्रगामी सार्थक संविधान बन्ने कुनै आधार छैन । आफुलाई ठुला भनाउदा पार्टीहरु संविधान बनाउनमा भन्दा सत्ता, सरकार र कुर्सीको लागि मरिहत्य गरिरहेका छन । देशको राजनीतिक संक्रमणको फाईदा उठाउनको लागि साम्राज्यवादी तथा विस्तारवादी झन कम्मर कसेर लागेका छन । उनिहरुको चलखेल तिर्व ढंगले बढेको छ । दिनहुँ सिमा मिचिएको छ । राष्ट्रियताको समस्या गम्भिर बनेको छ । हत्या, हिङ्सा, अराजकता, असान्ती बढेको छ । यस्तो अवस्थामा हामी सवै नेपाली युवाहरु बर्तमानमा थोपरिएका समस्याहरुलाई समाधान गर्न फेरी एकपटक एकतावद्ध हुन आवश्यकता छ । फेरी एक पटक आन्दोलनको आँधी बेहरी सृजना गर्न जरुरी छ । जनताको अनेक समस्याहरुलाई बेवास्था गर्दै कुर्सीको लागि मरिहत्य गर्ने दल र नेताहरुलाई खवरदारी गर्नु पर्ने बेला भएको छ । त्यसैले थप गरिएको समयमा सार्थक संविधान निर्माणको लागि सवै एकतावद्ध बनौं । फेरी एकपटक आ–आफ्नो स्थानबाट जुरुक्क उठौं । 
लेखक ः नेपाल कम्युनिष्ट पार्टी (एककिृत) का केन्द्रीय सदस्य तथा युवा मोर्चाको ईन्चार्ज हुनुहुन्छ । 

राजनैतिक अर्थशास्त्र 
चिरन पुन

१. अर्थशास्त्रको आधारभुमी ( बेलायत ) हो ।
२. अर्थशास्त्रको जन्मदाता एडम स्मिथ हुन ।
  क. उनले नै मूल्यको सृजना श्रमबाट हुन्छ भन्ने कुरा पत्ता लगाए ।
ख. त्यसलाई रिकार्डो, माल्थस लगाएतका अर्थशास्त्रीहरुले पनि स्वीकार गरे ।

३. अर्थशास्त्रको क्षेत्रमा माक्र्सको महत्वपूर्ण कृति पुजी हो । जो ३ भागमा प्रकाशित छ ।
क. पहिलो भाग माक्र्सले लेखे ।
ख. दोश्रो र तेश्रो भाग माक्र्सको नोटको आधारमा एड.्गेल्सले तयार पारिदिए ।
ग. मास्र्सका ३ पक्ष मध्य राजनैतिक अर्थशास्त्र एक महत्वपूर्ण पक्ष हो ।
घ. त्यसको साथै एतिहासिक भैतिकवाद र द्धन्दात्मक भौतिकवाद उनको अर्को दुई महत्वपूर्ण पक्ष हो ।

४. राजनैतिक अर्थशास्त्रले मानवसमाजको विकाश क्रममा भौतिक सरसामान, औजारहरुको उत्पादन, तरण, विनिमय, उपभोगको क्रममा मानिसहरु विच आर्थीक सम्वन्धको विज्ञान हो ।
क. यसले स्वामित्व, ज्याला, मुनाफाको बारेमा अध्ययन गर्दछ । (मानिसको प्रथम ऐतिहासिक काम श्रम हो)
ख. माक्र्सवादीहरु प्रथम पदार्थ र दोश्रो चेतनालाई स्वीकार गर्दछन ।
ग. पुजीवादीहरुले त्यसको ठिक उल्टो प्रथम चेतना र दोश्रो पदार्थलाई मान्दछन ।

५. मानिसको उपयोगिता र अतिरिक्त मुल्य उत्पादनका औजार र उत्पादनका बस्तु मिलेर उत्पादनका साधन बन्दछ  । जस्तो सामाजिक व्यवस्थामा ।
१.  उत्पादन प्रणाली ः
क. उत्पादक शक्ति  ः
ख. उत्पादन सम्वन्ध ः
२. उत्पादनका साधन ः
क. उत्पादनका वस्तु ः
ख. उत्पानका औजार ः
३. उत्पादन शक्ति ः ९एचयमगभतष्यल एयधभच०
क. उत्पादनका साधन ः
ख. मानविय श्रम ः
४. उत्पादन सम्वन्ध ः ९च्भभितष्यल इा एयचमगभतष्यल०
क. शोषणमुलक समाज ः (दास युग, सामन्ती युग, पुजीवादी युग)
ख. शोषणविहिन समाज ः  (आदिम साम्यवादी युग, वैज्ञानिक साम्यवादी युग)

६. माक्र्सले उत्पादनको महत्पूर्ण पक्ष अर्थशास्त्रको अंग माल वा वस्तु हो ।
क.  विक्री गर्न वा नाफाको लागि उत्पादन गरिएको बस्तु माल हो ।
ख. वस्तु वा मालको मुल्यमा निर्धारण गरिन्छ । जसका दुई पक्ष छन ।
अ. उपयोगी मूल्य ः पैसा – वस्तु º उपयोग ।
आ. विनिमय मूल्य ः पैसा – वस्तु º पैसा – वस्तु º पैसा (अतिरिक्त मुल्य सहितको पैसा)
ई. मल्य श्रमबाट आउछ ।
ग. अतिरिक्त वस्तु बेचेर अतिरिक्त मुल्य प्राप्ती हुन्छ, त्यहिबाट नै श्रमको शोषण हुन्छ ।
अ. आवश्यक समय º आवश्यक वस्तु ।
आ. अतिरिक्त समय º अतिरिक्त वस्तु ।
उत्पादनमा आवश्यक समय — १, २, ३, ४ — आवश्यक वस्तु ।
उत्पादनमा अतिरिक्त समय — ५, ६, ७, ८  — अतिरिक्त वस्तु ।

७. पूँजीपतिहरु दुई किसिमबाट पूँजीको लगानी गर्दछन ।
क. स्थिर पूँजी
(मेसिन, कल कारखाना, औजार, कच्चा पदार्थ खरिद गर्न लगाईएको पूँजी )
ख. अस्थिर पूँजी
 ( श्रम खरिद गर्न लगाईको पूँजी ) जसले अतिरिक्त मुल्य खरिद गर्दछ ।    
ग. उत्पादनको साधनलाई श्रमले गतिशिल बनाउँछ । जस्तो  एउटा दराजको उत्पादनमा हेरौं,
काठको मुल्य ः (कच्चा पदार्थ )  रु. १५००।
श्रमको मूल्य ः (कामदार) रु. ५०० ।
कुल लगत मुल्य ः (जम्मा) रु २०००।
नाफा   ः (पूँजीपतिले)   रु. ५००।
विक्री मुल्य ः (जम्मा) रु. २५००।
स्थिर पूँजी रु. १५००।
नयाँ मुल्य रु. १०००।  (अतिरिक्त मुल्य)

८. अतिरिक्त मुल्य दुई भागमा बाडिन्छ ।
क. मजदुरले लैजाने,   आवश्यक श्रम ।
ख. पूँजीपतिले लैजाने,  नाफा अतिरिक्त मुल्य ।
ग. श्रमिकले पाउने आवश्यक श्रम हो र पूँजीपतिले लैजाने अतिरिक्त मुल्यनै शोषण हो ।

९. पूँजीपतिले नाफाको लागि दुई तरिका अवलम्वन गरेको हुन्छ ।
क. निरपेक्ष अतिरिक्त मुल्य ः घण्टा बढाएर ।
ख. सापेक्ष अतिरिक्त मुल्य ः श्रम वा मेसिनको कार्य बढाएर ।
आवश्यक श्रम मुल्य º कामको घण्टा  १, २, ३, ४, ५ º श्रमिकले लैजाने  रु. ५००।
अतिरिक्त श्रम मुल्य  º कामको घण्टा  ६, ७, ८, ९, १० º मालिकले लैजाने रु. ५००।

१०. ठुलो पूँजीपतिसँग सानो पूँजीपतिले प्रतिष्पर्दा गर्न सक्दैन ।
जस्तै ः
ठुलो पूँजीपति सानो पूजीपति
पूँजी         रु. १०, ००००००।   रु. १,००००००।
नाफा         रु. २,५०, ०००।   रु. २५, ०००।
व्याक्तिगत खर्च       रु. १,०००००।     रु. २५, ०००।
बचत         रु. १,५०, ०००।   रु. छैन ।
१० बर्षको बचत     रु. १५, ००००००।   रु. छैन ।
१० बर्ष पछिको पूँजी  रु. २५, ००००००।  रु. १, ००००००।    

राजनीति, कला, साहित्य र संस्कृति
चिरन पुन 

“हाम्रा सवै सहित्य र कला जनसमुदायका निम्ति हुन् र सर्वप्रथम मजदुर र किसानहरुका लागि हुन । ति मजदुर र किसानका निम्ती सृजना गरिएका हुन, यो उनिहरुकै लागि हुनु पर्दछ ।”“ साहित्य र कला सम्वन्धी ऐनान गोष्ठीमा” क. माओ मे १९४२ 
“सास्कृतिक विनाको सेना  बोधो सेना हो र बोधो सेनाले शत्रुलाई हराउन सक्दैन” “ सास्कृतिक कार्यम संयुक्त मोर्चा ”  “क. माओ, अक्टुवर ३०, १९४४”
१. राजनीति सामाजिक आन्दोलनको नायक हो । 
२. राजनीतिक आन्दोलनका नेताहरु सामाजिक आन्दोलनका पनि नायकहरु हुन । 
३. राजनीति संगठित हुन्छ, यसले ठुल्ठुला संघर्षहरु संचालन गर्दछ, आन्दोलनको नेतृत्व गर्दै त्यसलाई विजयसम्म पुर्याउछ । सत्ता खोस्छ र मुलुकलाई अघि बढाउन यसले महत्पूर्ण भुमिका खेल्दछ । 
४. राजनीतिले सत्ताहरु परिवर्तन पनि बनाउछ । 
५. राजनीति आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदी विषयहरुको जग हो । 
६. राजनीतिले देशको खाका (फ्रेम) निमार्ण गर्दछ भने साहित्यले मासु भर्ने  र रक्त संचार गराउने काम गर्दछ । 
७. साहित्य संगठित हुदैन । 
८. साहित्यले आन्दोलन तथा संघर्षहरु गर्दैन तर, बलिदानी लडाई, संघर्ष र आन्दोलनको निम्ति बलिदानी भावनाको विकाश गराउने, आन्दोलन र संघर्षको निम्ति उत्प्रेरित गर्ने र जित्ने आँट दिलाउने र हार्दा पनि निराश हुन बाट रोक्ने काम गरेको हुन्छ । 
९. तर, साहित्य राजनीतिसँग सम्वन्धित हुन्छ । 
क. राजनीतिक आन्दोलनसँग गाँसिएको साहित्यको नै समाजमा बढ्ता महत्व हुन्छ । 
ख. जुन मानिस आन्दोलनसँग जोडिएको हुन्छ, त्यहाँबाट निर्माण भएको साहित्यलेनै समाजको यथार्ततालाई आत्मसाथ गर्न सक्दछ । (कला साहित्यको खानी पिछिडिएको जनसमुदायनै हुन) 
१०. रुसी महान साहित्यकार मेक्सिम गोर्कीले संस्कृतिलाई मानिसको दोश्रो स्वभाव भनेका छन । 

११. राजनीतिक आन्दोलनहरुमा साहित्यकारहरुको पनि महत्वपूर्ण स्थान र भुमिका रहन्छ । 
  जस्तो ः 
सोभियत समाजवादी आन्दोलनमा  मेक्सिम गोर्की
चिनी कम्युनिष्ट आन्दोलनमा लुसुन । 
भियतनामी आन्दोनलमा होचिमिन्ह आदी । 
१२. हामीले लगाउने पोसाक र भोजनमा पनि संस्कृति हुन्छ, जो प्रकृति र भुगोलसँग सम्वन्धित रहन्छ । 
क. संस्कृतिको विविध रुपहरु छन । 
१. पोसाक सम्वन्धि, 
२. भाषा सम्वन्धि, 
३. भोजन सम्वन्धि, 
४. धर्म सम्वन्धि, 
५. गीत सम्वन्धि, 
६. निर्माण सम्वन्धि, 
७. जाति सम्वन्धि, 
८. भुुगोल सम्वन्धि, 
९. घर सम्वन्धि आदी । 

ख. संस्कृति कृतिम कुरामा आधारित हुन्छ । 
१. पोसाक सिलाएर लगाउने, भोजन पकाएर खाने, भाषा बोल्ने, धर्म मान्ने, घर बनाएर बस्ने,  गीत गाउने आदी सवै कृतिम कुराहरु हुन । 
२. संस्कृति सरल बाट जटिल तर्फ जान्छ । 
३. संस्कृति बस्तुगत अवस्थामा आधारित हुन्छ । 
४. संस्कृति पशुजगत बाट मानव जगतमा संड्.क्रमण रहेको हो । आदी । 

१३. हाल नेपालमा २ किसिमको संस्कृतिको बोलवाला विद्धमान रहेको छ । 
क. सामन्तवादी संस्कृति ः 
१. यो भाग्यवादमा आधारित छ । 
(यसले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवादलाई मुल कुरा मानेको हुन्छ, त्यसैले भाग्यवाद नै सामन्तवादको मुख्य कुरा हो यसले मानिसलाई काम गर्नबाट वन्चित गराउने, संघर्षबाट भगाउने काम गरिरहन्छ यो संस्कृतिको हाम्रो देशमा विगविगी रहेको छ ) ।

२. यो बंशको श्रड्खलामा आधारित रहेको छ । 
(राजाको छोरा राजा हुने, पुरेतको छोरा पुरेतै हुने, लाहुरेको छोरा लाहुरैनै हुने, मास्टरको छोरा मास्टरै हुने, डाक्टरको छोरा डाक्टरै हुने, आखिर किसानको छोरा किसान हुने र मजदुरको छोरा मजदुरै हुने आदी) 
३. यो रुडिवादमा आधारित छ । 
(यसले ठालुहरुको चाकडी गर, ईश्वरका भक्ति बन र सेवा गर, मुखियाको सेवा गर, पुरेत ब्रामणको सेवा गर, राजा महाराजाको सेवा गर, धनि मनिहरुको चाकडी र सेवा गर आदी भनेर मानिसलाई दाशी बनाईरहेको हुन्छ र यो कर्मकाण्डीय अवस्थामा जकडिएको छ ) 

४. यो अलौकिक शक्तिमा आधारित छ । 
(संसारमा जे भएको छ, त्यसमा मानिसहरुको केहि हात छैन, जे भयो, जे हुदैछ, जे हुनेछ त्यो सवै अलौकिक शक्तिको भरमा हुन्छ भन्ने धारणालाई यसले अघि बढाउछ) 

५. यो शोषणमा आधारित छ । 
(यसको मुल विषय कसरी शोषण गर्न सकिन्छ, कसरी मानिसलाई दाशी बनाउन सकिन्छ, कसरी उनिहरुमाथि सधै हैकम चलाउन पाईन्छ यसको मुल विषय यहि हो)

ख. पूँजीवादी संस्कृति ः 
१. यो संस्कृति उपभोत्तावादमा आधारित रहेको छ । 
(यसले संसारका सवै कुरालाई उपभोग्य वस्तुको रुपमा लिएको हुन्छ ) ।
२. यो उदण्डता, चमत्कार र ध्वसंमा आधारित हुन्छ । 
( यसले समाजमा उदण्ड प्रवृतिलाई बढवा दिन्छ, हामीले समाजमा फिल्म देखेका छौ ? एकजना नाएकको चमत्कार कति हुन्छ के त्यो संभव भएको कुरा हो ?
 यसले सृजनालाई होईन ध्वसंलाई प्रसय दिन्छ) । 
३. यो छाडा सेक्स र पाश्चात्य कुराहरुमा आधारित रहन्छ । 
( यसको मुलकुरा छाडा सेक्स हो । समाजमा पाश्चात्य कुराहरुले निकै ठुलो दिग्भ्रमित पारिरहेको हुन्छ) । 
४. यो व्याक्तिवादमा आधारित छ । 
(यसको सवै गतिविधीहरु व्याक्तिमा आधारित रहन्छ । यसले समाजलाई भन्दा व्याक्तिलाई महत्व दिन्छ) । 
५. यो संस्कृति पूँजीमा आधारित छ । 
( यसले सवै कुरालाई पूँजी वा पैसा जम्मा गर्ने श्रोतको रुपमा लिन्छ ) । 
६. यो शोषणमा आधारित छ । 
(शोषणनै यो संस्कृतिको मुल विषय हो) । 

मानिसले धर्म बनाउछ, तर धर्मले मानिस होईन, फयरवाक । 

१४. उपभोत्तावाद, भाग्यवाद, व्याक्तिवाद, रहस्यवाद, छाडा सेक्स, उदण्डता, अनावश्यक चमत्कार, विरुद्ध लड्ने माक्र्सवाद नै हो । त्यसैले राजनीति र संस्कृतिको माध्यमबाट माक्र्सवादलाई व्यापक जनतामा लैजान सक्नु पर्दछ ।

१५. संसारमा माक्र्सवादलाई आधार बनाएर ठुला ठुला मजदुर आन्दोलनहरु सफल भएका छन । क्रान्तिहरु सम्पन्न गरिएका छन । त्यसले मजदुरहरुको राज्यसत्तालाई स्थापीत गराएको छ । 
क. पेरिस कम्युन त्यसको पहिलो रुप हो । 
ख. रुसमा समाजदवादी क्रान्ति । 
ग. चिनमा जनवादी क्रान्ति ।
घ. भियतनाममा भियतनामी क्रान्ति । आदी । 

१६. हाल समाजमा देश, जनता, पार्टी, क्रान्तिको निम्ति सोच्ने मानिसहरु अत्यन्त कम छन । पार्टीमा लाग्ने, नेतृत्व गर्ने भनेको त झनै समुन्नत मस्तिस्क, चरित्र, निडर मनोबललाई उकास्ने आदर्शको लागि साहित्य र संस्कृति नै पड्नु पर्दछ । 
(जस्तो ः घर निर्माण गर्न मानिसको उन्नत ज्ञान र सीप लागेको छ र नै सुन्दर घर, भवन भौतिक संस्कृतिको सुन्दर नमुना हुन जान्छ ) । 

१७. संस्कृतिको २ पक्ष हुन्छ । 
क. भौतिक पक्ष ः 
१. समाज परिवर्तन हुदै जाँदा समाज बर्गीय भयो । 
२. समाज बर्गीय भए पछि संस्कृति पनि बर्गीय भयो । 
३. समाजमा जुन बर्ग सत्तामा थियो, त्यसैले कला, साहित्य, संस्कृति, ज्ञान, विज्ञान, प्रवृधी आदी लाई सत्तामा भएको   बर्गले आफ्नो फाईदाको निम्ति प्रयोग गर्यो । 
४. संस्कृतिलाई विरोधी वर्गलाई उत्पीडन गर्ने हतियारको रुपमा प्रयोग गरियो । 

ख. भावनात्मक पक्ष ः 
१. भावनात्मक पक्ष भौतिक पक्षभन्दा धेरै पछि आएको हो । 
२. पहिला प्रवृधीको विकाश भयो , त्यसले निम्न स्तरको हतियार र औजारहरुको निमार्ण  भयो । 
३. औजारहरुको प्रयोगले मानिसले नयाँ किसिमको उत्पादन शुरु गर्यो । 
४. प्रारम्भीक स्तरको प्रवृतिसँग संस्कृतिको पनि शुरुवात भयो । 
५. प्रवृधीको प्रयोगबाट मानिसले शक्तिको विकाश गर्यो, त्यो नै भावनात्मक संस्कृतिको पक्ष हो । 

१८ क. बैज्ञानिक तथ्यअनुशार मानिसको उत्पक्ति र विकाश सरलबाट जटिल तिर र पशु जगतबाट मानव जगत तिर भयो ।     विज्ञानले सवै चिजलाई नियमको रुपमा हेर्दछ तर कला भन्दा फरक छ । 
ख. साहित्य, कला नियमहरुको प्रणाली होईन, यो भाव जगतसँग सम्वन्धित छ । साहित्य र कलामा जिवन विम्वमा चित्रको रुपमा उत्पक्ति हुन्छ । 
(जस्तो ः मेक्सिम गोर्कीको उपन्यास आमा मा प्रमुख पात्र पावेल छन, याड्मोको उपन्यास युवाहरुको गीतमा प्रमुख पात्र ताओचिन छन, त्यस्तै  पारिजातको बैशको मान्छेमा प्रमुख पात्र सुवानी छिन) 
ग. तिनीहरुमा व्याक्तिको रुपमा समाज भित्रको बर्ग संघर्षलाई चित्रण गरिएको छ । 

१९. मानव सभ्यताको क्रममा (भाषा, गीत, धर्म, लिपी, कविता) आदी प्रकृतिसँगको लडाईको क्रममा विकाश हुदै आएको हो । 
क. मानव जातिको बढेको गतिलाई नयाँ संकेतको माग गर्यो । 
ख. पुरानो संकेतहरुको प्रयाप्त भएन । 
ग. शूरुमा विभिन्न ध्वनिहरुको संड्खला बन्यो । 
(जस्तो ः सत्रुसँग जुझ्न, बालि लगाउन, समुदायलाई संकेत गर्न, उत्साहलाई जनाउन, पिडालाई बुझाउन आदी) 
घ. वस्तुगत परिस्थिति र प्रकृतिको आधारमा संकेतको निमार्ण गरियो । 
(जस्तो ः पानी कलकल गर्यो, आकाश गड्याड. गर्यो, जहाज उड्यो आदी, आवाज अनुशार नामको पनि विकाश भयो) । 

२०. मानिसले देखेको र भोगेको कुराहरुले मनमा एक तरड्ग जगाउछ । त्यसलाई अनुभुति भनिन्छ । 
(जस्तो हामी बाटोमा हिडेको बेला बाघ देखियो भने त्यसले मनको कुनै तारमा आघात पार्दछ त्यस आघातलाई हामी डर भन्छौ, यसमा २ पक्ष छन) । 
क. भावना ः 
ख. धारणा ः 
१. भावना भन्दा धारणा अलि माथिको कुरा हो । 
२. पहिले मानिसको जिवनलाई चलाउन ज्ञान र नियमहरु नभएकोले नदेखिने शक्ति छ  भनेर मानिसले कल्पना गर्दथ्यो । 
३. मानिसको त्यहि कल्पनाको संसारबाट ईश्वर र देवी देवताहरुको जन्म भएको हो । 
४. त्यसैले आज ईश्वर र भगवान मानिएकाहरु मानिसकै रुप र आकारमा छन । 

२१. मानिसले मानि आएका कर्म काण्ड, संस्कार र व्यवहारहरु संस्कृतिका उपजहरु हुन । 
क. मानिसले अवलम्वन गरेका सवै कर्म काण्डहरुमा अन्धविश्वास छ । 
ख. सवै कर्म काण्डहरु खर्चिलो छ । 
ग. त्यसले मानिसको मनोवललाई कमजोर बनाउछ र शोषक र सामन्तहरुलाई झन मजवुद बनाउछ । त्यसैले यी    कर्मकाण्डहरुलाई त्याग्न पहल गर्नु पर्दछ । 

२२. जनवादी संस्कृति ः 
क. भौतिक वस्तुमा आधारित । 
ख. उत्पादन प्रणालीसँग आधारित । 
ग. आन्दोलनसँग आधारित । 
घ. व्यवहार र समउन्नत विचारसँग आधारित । 
ड. परिवर्तनसँग आधारित । 
च. श्रम प्रति आस्था र शोषण प्रति विरोधमा आधारित । 
“क्रान्तिकारी संस्कृति बहुसंड्ख्यक जनताको निम्ति शक्तिशालि क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भुमि तयार पार्दछ । यो क्रान्तिको बेलामा, व्यापक क्रान्तिकारी मोर्चामा महत्वपूर्ण, साच्चै आवश्यक, संघर्षशिल एक मोर्चा हो । ” “नया जनवादका विषयमा” “क. माओ, जनवरी १९४०”, 
(त्यसैले भौतिकवादीहरु, क्रान्तिकारीहरु, कम्युनिष्टहरुले नराम्रा संस्कृतिहरुसँग निरन्तर संघर्ष गर्दै जानु पर्दछ ) । 
धन्यवाद । 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।