Monday, August 12, 2013

राजनैतिक अर्थशास्त्र 
चिरन पुन

१. अर्थशास्त्रको आधारभुमी ( बेलायत ) हो ।
२. अर्थशास्त्रको जन्मदाता एडम स्मिथ हुन ।
  क. उनले नै मूल्यको सृजना श्रमबाट हुन्छ भन्ने कुरा पत्ता लगाए ।
ख. त्यसलाई रिकार्डो, माल्थस लगाएतका अर्थशास्त्रीहरुले पनि स्वीकार गरे ।

३. अर्थशास्त्रको क्षेत्रमा माक्र्सको महत्वपूर्ण कृति पुजी हो । जो ३ भागमा प्रकाशित छ ।
क. पहिलो भाग माक्र्सले लेखे ।
ख. दोश्रो र तेश्रो भाग माक्र्सको नोटको आधारमा एड.्गेल्सले तयार पारिदिए ।
ग. मास्र्सका ३ पक्ष मध्य राजनैतिक अर्थशास्त्र एक महत्वपूर्ण पक्ष हो ।
घ. त्यसको साथै एतिहासिक भैतिकवाद र द्धन्दात्मक भौतिकवाद उनको अर्को दुई महत्वपूर्ण पक्ष हो ।

४. राजनैतिक अर्थशास्त्रले मानवसमाजको विकाश क्रममा भौतिक सरसामान, औजारहरुको उत्पादन, तरण, विनिमय, उपभोगको क्रममा मानिसहरु विच आर्थीक सम्वन्धको विज्ञान हो ।
क. यसले स्वामित्व, ज्याला, मुनाफाको बारेमा अध्ययन गर्दछ । (मानिसको प्रथम ऐतिहासिक काम श्रम हो)
ख. माक्र्सवादीहरु प्रथम पदार्थ र दोश्रो चेतनालाई स्वीकार गर्दछन ।
ग. पुजीवादीहरुले त्यसको ठिक उल्टो प्रथम चेतना र दोश्रो पदार्थलाई मान्दछन ।

५. मानिसको उपयोगिता र अतिरिक्त मुल्य उत्पादनका औजार र उत्पादनका बस्तु मिलेर उत्पादनका साधन बन्दछ  । जस्तो सामाजिक व्यवस्थामा ।
१.  उत्पादन प्रणाली ः
क. उत्पादक शक्ति  ः
ख. उत्पादन सम्वन्ध ः
२. उत्पादनका साधन ः
क. उत्पादनका वस्तु ः
ख. उत्पानका औजार ः
३. उत्पादन शक्ति ः ९एचयमगभतष्यल एयधभच०
क. उत्पादनका साधन ः
ख. मानविय श्रम ः
४. उत्पादन सम्वन्ध ः ९च्भभितष्यल इा एयचमगभतष्यल०
क. शोषणमुलक समाज ः (दास युग, सामन्ती युग, पुजीवादी युग)
ख. शोषणविहिन समाज ः  (आदिम साम्यवादी युग, वैज्ञानिक साम्यवादी युग)

६. माक्र्सले उत्पादनको महत्पूर्ण पक्ष अर्थशास्त्रको अंग माल वा वस्तु हो ।
क.  विक्री गर्न वा नाफाको लागि उत्पादन गरिएको बस्तु माल हो ।
ख. वस्तु वा मालको मुल्यमा निर्धारण गरिन्छ । जसका दुई पक्ष छन ।
अ. उपयोगी मूल्य ः पैसा – वस्तु º उपयोग ।
आ. विनिमय मूल्य ः पैसा – वस्तु º पैसा – वस्तु º पैसा (अतिरिक्त मुल्य सहितको पैसा)
ई. मल्य श्रमबाट आउछ ।
ग. अतिरिक्त वस्तु बेचेर अतिरिक्त मुल्य प्राप्ती हुन्छ, त्यहिबाट नै श्रमको शोषण हुन्छ ।
अ. आवश्यक समय º आवश्यक वस्तु ।
आ. अतिरिक्त समय º अतिरिक्त वस्तु ।
उत्पादनमा आवश्यक समय — १, २, ३, ४ — आवश्यक वस्तु ।
उत्पादनमा अतिरिक्त समय — ५, ६, ७, ८  — अतिरिक्त वस्तु ।

७. पूँजीपतिहरु दुई किसिमबाट पूँजीको लगानी गर्दछन ।
क. स्थिर पूँजी
(मेसिन, कल कारखाना, औजार, कच्चा पदार्थ खरिद गर्न लगाईएको पूँजी )
ख. अस्थिर पूँजी
 ( श्रम खरिद गर्न लगाईको पूँजी ) जसले अतिरिक्त मुल्य खरिद गर्दछ ।    
ग. उत्पादनको साधनलाई श्रमले गतिशिल बनाउँछ । जस्तो  एउटा दराजको उत्पादनमा हेरौं,
काठको मुल्य ः (कच्चा पदार्थ )  रु. १५००।
श्रमको मूल्य ः (कामदार) रु. ५०० ।
कुल लगत मुल्य ः (जम्मा) रु २०००।
नाफा   ः (पूँजीपतिले)   रु. ५००।
विक्री मुल्य ः (जम्मा) रु. २५००।
स्थिर पूँजी रु. १५००।
नयाँ मुल्य रु. १०००।  (अतिरिक्त मुल्य)

८. अतिरिक्त मुल्य दुई भागमा बाडिन्छ ।
क. मजदुरले लैजाने,   आवश्यक श्रम ।
ख. पूँजीपतिले लैजाने,  नाफा अतिरिक्त मुल्य ।
ग. श्रमिकले पाउने आवश्यक श्रम हो र पूँजीपतिले लैजाने अतिरिक्त मुल्यनै शोषण हो ।

९. पूँजीपतिले नाफाको लागि दुई तरिका अवलम्वन गरेको हुन्छ ।
क. निरपेक्ष अतिरिक्त मुल्य ः घण्टा बढाएर ।
ख. सापेक्ष अतिरिक्त मुल्य ः श्रम वा मेसिनको कार्य बढाएर ।
आवश्यक श्रम मुल्य º कामको घण्टा  १, २, ३, ४, ५ º श्रमिकले लैजाने  रु. ५००।
अतिरिक्त श्रम मुल्य  º कामको घण्टा  ६, ७, ८, ९, १० º मालिकले लैजाने रु. ५००।

१०. ठुलो पूँजीपतिसँग सानो पूँजीपतिले प्रतिष्पर्दा गर्न सक्दैन ।
जस्तै ः
ठुलो पूँजीपति सानो पूजीपति
पूँजी         रु. १०, ००००००।   रु. १,००००००।
नाफा         रु. २,५०, ०००।   रु. २५, ०००।
व्याक्तिगत खर्च       रु. १,०००००।     रु. २५, ०००।
बचत         रु. १,५०, ०००।   रु. छैन ।
१० बर्षको बचत     रु. १५, ००००००।   रु. छैन ।
१० बर्ष पछिको पूँजी  रु. २५, ००००००।  रु. १, ००००००।    

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...