राजनीति, कला, साहित्य र संस्कृति
चिरन पुन
“हाम्रा सवै सहित्य र कला जनसमुदायका निम्ति हुन् र सर्वप्रथम मजदुर र किसानहरुका लागि हुन । ति मजदुर र किसानका निम्ती सृजना गरिएका हुन, यो उनिहरुकै लागि हुनु पर्दछ ।”“ साहित्य र कला सम्वन्धी ऐनान गोष्ठीमा” क. माओ मे १९४२
“सास्कृतिक विनाको सेना बोधो सेना हो र बोधो सेनाले शत्रुलाई हराउन सक्दैन” “ सास्कृतिक कार्यम संयुक्त मोर्चा ” “क. माओ, अक्टुवर ३०, १९४४”
१. राजनीति सामाजिक आन्दोलनको नायक हो ।
२. राजनीतिक आन्दोलनका नेताहरु सामाजिक आन्दोलनका पनि नायकहरु हुन ।
३. राजनीति संगठित हुन्छ, यसले ठुल्ठुला संघर्षहरु संचालन गर्दछ, आन्दोलनको नेतृत्व गर्दै त्यसलाई विजयसम्म पुर्याउछ । सत्ता खोस्छ र मुलुकलाई अघि बढाउन यसले महत्पूर्ण भुमिका खेल्दछ ।
४. राजनीतिले सत्ताहरु परिवर्तन पनि बनाउछ ।
५. राजनीति आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदी विषयहरुको जग हो ।
६. राजनीतिले देशको खाका (फ्रेम) निमार्ण गर्दछ भने साहित्यले मासु भर्ने र रक्त संचार गराउने काम गर्दछ ।
७. साहित्य संगठित हुदैन ।
८. साहित्यले आन्दोलन तथा संघर्षहरु गर्दैन तर, बलिदानी लडाई, संघर्ष र आन्दोलनको निम्ति बलिदानी भावनाको विकाश गराउने, आन्दोलन र संघर्षको निम्ति उत्प्रेरित गर्ने र जित्ने आँट दिलाउने र हार्दा पनि निराश हुन बाट रोक्ने काम गरेको हुन्छ ।
९. तर, साहित्य राजनीतिसँग सम्वन्धित हुन्छ ।
क. राजनीतिक आन्दोलनसँग गाँसिएको साहित्यको नै समाजमा बढ्ता महत्व हुन्छ ।
ख. जुन मानिस आन्दोलनसँग जोडिएको हुन्छ, त्यहाँबाट निर्माण भएको साहित्यलेनै समाजको यथार्ततालाई आत्मसाथ गर्न सक्दछ । (कला साहित्यको खानी पिछिडिएको जनसमुदायनै हुन)
१०. रुसी महान साहित्यकार मेक्सिम गोर्कीले संस्कृतिलाई मानिसको दोश्रो स्वभाव भनेका छन ।
११. राजनीतिक आन्दोलनहरुमा साहित्यकारहरुको पनि महत्वपूर्ण स्थान र भुमिका रहन्छ ।
जस्तो ः
सोभियत समाजवादी आन्दोलनमा मेक्सिम गोर्की
चिनी कम्युनिष्ट आन्दोलनमा लुसुन ।
भियतनामी आन्दोनलमा होचिमिन्ह आदी ।
१२. हामीले लगाउने पोसाक र भोजनमा पनि संस्कृति हुन्छ, जो प्रकृति र भुगोलसँग सम्वन्धित रहन्छ ।
क. संस्कृतिको विविध रुपहरु छन ।
१. पोसाक सम्वन्धि,
२. भाषा सम्वन्धि,
३. भोजन सम्वन्धि,
४. धर्म सम्वन्धि,
५. गीत सम्वन्धि,
६. निर्माण सम्वन्धि,
७. जाति सम्वन्धि,
८. भुुगोल सम्वन्धि,
९. घर सम्वन्धि आदी ।
ख. संस्कृति कृतिम कुरामा आधारित हुन्छ ।
१. पोसाक सिलाएर लगाउने, भोजन पकाएर खाने, भाषा बोल्ने, धर्म मान्ने, घर बनाएर बस्ने, गीत गाउने आदी सवै कृतिम कुराहरु हुन ।
२. संस्कृति सरल बाट जटिल तर्फ जान्छ ।
३. संस्कृति बस्तुगत अवस्थामा आधारित हुन्छ ।
४. संस्कृति पशुजगत बाट मानव जगतमा संड्.क्रमण रहेको हो । आदी ।
१३. हाल नेपालमा २ किसिमको संस्कृतिको बोलवाला विद्धमान रहेको छ ।
क. सामन्तवादी संस्कृति ः
१. यो भाग्यवादमा आधारित छ ।
(यसले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवादलाई मुल कुरा मानेको हुन्छ, त्यसैले भाग्यवाद नै सामन्तवादको मुख्य कुरा हो यसले मानिसलाई काम गर्नबाट वन्चित गराउने, संघर्षबाट भगाउने काम गरिरहन्छ यो संस्कृतिको हाम्रो देशमा विगविगी रहेको छ ) ।
२. यो बंशको श्रड्खलामा आधारित रहेको छ ।
(राजाको छोरा राजा हुने, पुरेतको छोरा पुरेतै हुने, लाहुरेको छोरा लाहुरैनै हुने, मास्टरको छोरा मास्टरै हुने, डाक्टरको छोरा डाक्टरै हुने, आखिर किसानको छोरा किसान हुने र मजदुरको छोरा मजदुरै हुने आदी)
३. यो रुडिवादमा आधारित छ ।
(यसले ठालुहरुको चाकडी गर, ईश्वरका भक्ति बन र सेवा गर, मुखियाको सेवा गर, पुरेत ब्रामणको सेवा गर, राजा महाराजाको सेवा गर, धनि मनिहरुको चाकडी र सेवा गर आदी भनेर मानिसलाई दाशी बनाईरहेको हुन्छ र यो कर्मकाण्डीय अवस्थामा जकडिएको छ )
४. यो अलौकिक शक्तिमा आधारित छ ।
(संसारमा जे भएको छ, त्यसमा मानिसहरुको केहि हात छैन, जे भयो, जे हुदैछ, जे हुनेछ त्यो सवै अलौकिक शक्तिको भरमा हुन्छ भन्ने धारणालाई यसले अघि बढाउछ)
५. यो शोषणमा आधारित छ ।
(यसको मुल विषय कसरी शोषण गर्न सकिन्छ, कसरी मानिसलाई दाशी बनाउन सकिन्छ, कसरी उनिहरुमाथि सधै हैकम चलाउन पाईन्छ यसको मुल विषय यहि हो)
ख. पूँजीवादी संस्कृति ः
१. यो संस्कृति उपभोत्तावादमा आधारित रहेको छ ।
(यसले संसारका सवै कुरालाई उपभोग्य वस्तुको रुपमा लिएको हुन्छ ) ।
२. यो उदण्डता, चमत्कार र ध्वसंमा आधारित हुन्छ ।
( यसले समाजमा उदण्ड प्रवृतिलाई बढवा दिन्छ, हामीले समाजमा फिल्म देखेका छौ ? एकजना नाएकको चमत्कार कति हुन्छ के त्यो संभव भएको कुरा हो ?
यसले सृजनालाई होईन ध्वसंलाई प्रसय दिन्छ) ।
३. यो छाडा सेक्स र पाश्चात्य कुराहरुमा आधारित रहन्छ ।
( यसको मुलकुरा छाडा सेक्स हो । समाजमा पाश्चात्य कुराहरुले निकै ठुलो दिग्भ्रमित पारिरहेको हुन्छ) ।
४. यो व्याक्तिवादमा आधारित छ ।
(यसको सवै गतिविधीहरु व्याक्तिमा आधारित रहन्छ । यसले समाजलाई भन्दा व्याक्तिलाई महत्व दिन्छ) ।
५. यो संस्कृति पूँजीमा आधारित छ ।
( यसले सवै कुरालाई पूँजी वा पैसा जम्मा गर्ने श्रोतको रुपमा लिन्छ ) ।
६. यो शोषणमा आधारित छ ।
(शोषणनै यो संस्कृतिको मुल विषय हो) ।
मानिसले धर्म बनाउछ, तर धर्मले मानिस होईन, फयरवाक ।
१४. उपभोत्तावाद, भाग्यवाद, व्याक्तिवाद, रहस्यवाद, छाडा सेक्स, उदण्डता, अनावश्यक चमत्कार, विरुद्ध लड्ने माक्र्सवाद नै हो । त्यसैले राजनीति र संस्कृतिको माध्यमबाट माक्र्सवादलाई व्यापक जनतामा लैजान सक्नु पर्दछ ।
१५. संसारमा माक्र्सवादलाई आधार बनाएर ठुला ठुला मजदुर आन्दोलनहरु सफल भएका छन । क्रान्तिहरु सम्पन्न गरिएका छन । त्यसले मजदुरहरुको राज्यसत्तालाई स्थापीत गराएको छ ।
क. पेरिस कम्युन त्यसको पहिलो रुप हो ।
ख. रुसमा समाजदवादी क्रान्ति ।
ग. चिनमा जनवादी क्रान्ति ।
घ. भियतनाममा भियतनामी क्रान्ति । आदी ।
१६. हाल समाजमा देश, जनता, पार्टी, क्रान्तिको निम्ति सोच्ने मानिसहरु अत्यन्त कम छन । पार्टीमा लाग्ने, नेतृत्व गर्ने भनेको त झनै समुन्नत मस्तिस्क, चरित्र, निडर मनोबललाई उकास्ने आदर्शको लागि साहित्य र संस्कृति नै पड्नु पर्दछ ।
(जस्तो ः घर निर्माण गर्न मानिसको उन्नत ज्ञान र सीप लागेको छ र नै सुन्दर घर, भवन भौतिक संस्कृतिको सुन्दर नमुना हुन जान्छ ) ।
१७. संस्कृतिको २ पक्ष हुन्छ ।
क. भौतिक पक्ष ः
१. समाज परिवर्तन हुदै जाँदा समाज बर्गीय भयो ।
२. समाज बर्गीय भए पछि संस्कृति पनि बर्गीय भयो ।
३. समाजमा जुन बर्ग सत्तामा थियो, त्यसैले कला, साहित्य, संस्कृति, ज्ञान, विज्ञान, प्रवृधी आदी लाई सत्तामा भएको बर्गले आफ्नो फाईदाको निम्ति प्रयोग गर्यो ।
४. संस्कृतिलाई विरोधी वर्गलाई उत्पीडन गर्ने हतियारको रुपमा प्रयोग गरियो ।
ख. भावनात्मक पक्ष ः
१. भावनात्मक पक्ष भौतिक पक्षभन्दा धेरै पछि आएको हो ।
२. पहिला प्रवृधीको विकाश भयो , त्यसले निम्न स्तरको हतियार र औजारहरुको निमार्ण भयो ।
३. औजारहरुको प्रयोगले मानिसले नयाँ किसिमको उत्पादन शुरु गर्यो ।
४. प्रारम्भीक स्तरको प्रवृतिसँग संस्कृतिको पनि शुरुवात भयो ।
५. प्रवृधीको प्रयोगबाट मानिसले शक्तिको विकाश गर्यो, त्यो नै भावनात्मक संस्कृतिको पक्ष हो ।
१८ क. बैज्ञानिक तथ्यअनुशार मानिसको उत्पक्ति र विकाश सरलबाट जटिल तिर र पशु जगतबाट मानव जगत तिर भयो । विज्ञानले सवै चिजलाई नियमको रुपमा हेर्दछ तर कला भन्दा फरक छ ।
ख. साहित्य, कला नियमहरुको प्रणाली होईन, यो भाव जगतसँग सम्वन्धित छ । साहित्य र कलामा जिवन विम्वमा चित्रको रुपमा उत्पक्ति हुन्छ ।
(जस्तो ः मेक्सिम गोर्कीको उपन्यास आमा मा प्रमुख पात्र पावेल छन, याड्मोको उपन्यास युवाहरुको गीतमा प्रमुख पात्र ताओचिन छन, त्यस्तै पारिजातको बैशको मान्छेमा प्रमुख पात्र सुवानी छिन)
ग. तिनीहरुमा व्याक्तिको रुपमा समाज भित्रको बर्ग संघर्षलाई चित्रण गरिएको छ ।
१९. मानव सभ्यताको क्रममा (भाषा, गीत, धर्म, लिपी, कविता) आदी प्रकृतिसँगको लडाईको क्रममा विकाश हुदै आएको हो ।
क. मानव जातिको बढेको गतिलाई नयाँ संकेतको माग गर्यो ।
ख. पुरानो संकेतहरुको प्रयाप्त भएन ।
ग. शूरुमा विभिन्न ध्वनिहरुको संड्खला बन्यो ।
(जस्तो ः सत्रुसँग जुझ्न, बालि लगाउन, समुदायलाई संकेत गर्न, उत्साहलाई जनाउन, पिडालाई बुझाउन आदी)
घ. वस्तुगत परिस्थिति र प्रकृतिको आधारमा संकेतको निमार्ण गरियो ।
(जस्तो ः पानी कलकल गर्यो, आकाश गड्याड. गर्यो, जहाज उड्यो आदी, आवाज अनुशार नामको पनि विकाश भयो) ।
२०. मानिसले देखेको र भोगेको कुराहरुले मनमा एक तरड्ग जगाउछ । त्यसलाई अनुभुति भनिन्छ ।
(जस्तो हामी बाटोमा हिडेको बेला बाघ देखियो भने त्यसले मनको कुनै तारमा आघात पार्दछ त्यस आघातलाई हामी डर भन्छौ, यसमा २ पक्ष छन) ।
क. भावना ः
ख. धारणा ः
१. भावना भन्दा धारणा अलि माथिको कुरा हो ।
२. पहिले मानिसको जिवनलाई चलाउन ज्ञान र नियमहरु नभएकोले नदेखिने शक्ति छ भनेर मानिसले कल्पना गर्दथ्यो ।
३. मानिसको त्यहि कल्पनाको संसारबाट ईश्वर र देवी देवताहरुको जन्म भएको हो ।
४. त्यसैले आज ईश्वर र भगवान मानिएकाहरु मानिसकै रुप र आकारमा छन ।
२१. मानिसले मानि आएका कर्म काण्ड, संस्कार र व्यवहारहरु संस्कृतिका उपजहरु हुन ।
क. मानिसले अवलम्वन गरेका सवै कर्म काण्डहरुमा अन्धविश्वास छ ।
ख. सवै कर्म काण्डहरु खर्चिलो छ ।
ग. त्यसले मानिसको मनोवललाई कमजोर बनाउछ र शोषक र सामन्तहरुलाई झन मजवुद बनाउछ । त्यसैले यी कर्मकाण्डहरुलाई त्याग्न पहल गर्नु पर्दछ ।
२२. जनवादी संस्कृति ः
क. भौतिक वस्तुमा आधारित ।
ख. उत्पादन प्रणालीसँग आधारित ।
ग. आन्दोलनसँग आधारित ।
घ. व्यवहार र समउन्नत विचारसँग आधारित ।
ड. परिवर्तनसँग आधारित ।
च. श्रम प्रति आस्था र शोषण प्रति विरोधमा आधारित ।
“क्रान्तिकारी संस्कृति बहुसंड्ख्यक जनताको निम्ति शक्तिशालि क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भुमि तयार पार्दछ । यो क्रान्तिको बेलामा, व्यापक क्रान्तिकारी मोर्चामा महत्वपूर्ण, साच्चै आवश्यक, संघर्षशिल एक मोर्चा हो । ” “नया जनवादका विषयमा” “क. माओ, जनवरी १९४०”,
(त्यसैले भौतिकवादीहरु, क्रान्तिकारीहरु, कम्युनिष्टहरुले नराम्रा संस्कृतिहरुसँग निरन्तर संघर्ष गर्दै जानु पर्दछ ) ।
धन्यवाद ।
No comments:
Post a Comment