Monday, August 12, 2013

महान सर्वहारा साँस्कृतिक क्रान्ति बारे ।
                                                                                                                                          चिरन पुन

  •  एउटा माक्र्सवादी लेनिनवादी पार्टी गठन हुँदा खेरिनै पार्टी भित्र साँस्कृतिक क्रान्ति संचालन गर्नु पर्दछ । 
  •  उक्त साँस्कृतिक क्रान्ति पार्टी भित्रमा तमाम खाले पुराना रुडिवादी संस्कार र संस्कृति बोकेका पार्टी सदस्यहरु भित्र वा बाहिर व्यापक रुपमा संचालन गरिनु पर्दछ । 
  • क. माओले चिनी कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गर्नु भयो । 
  • चिनिया कम्युनिष्ट पार्टी भित्र सर्वहारा वर्गको मुल अण्डाद्धारा पुँजीपति बर्गको मुल अण्डा ध्वस्त पारेर सर्वहारा बर्गको राज्य कायम गर्नका लागि महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरिएको थियो । 
  • साँस्कृतिक क्रान्तिले साहित्य, कला, शिक्षा, राजनीति, धर्म लगाएत सवै क्षेत्रमा सर्वहारा वर्गीय दृष्टिकोण रुपान्तरण गर्न ठुलो कोशिश गरेको हो । 
  • ६. महान सर्वहारा साँस्कृतिक क्रान्तिले चिनको कम्युनिष्ट पार्टीको नेतृत्वमा पुग्न सफल भएको दक्षिणपंथी संशोधनवादीहरु (ल्यू साओ, तेड. साओ पिड.) जस्ता पूँजीवादीहरुको मुलअण्डामा ईड्कित गर्दै ९द्ययmद द्यबचम त्जभ ज्भबम त्तगबतभच० मुल अड्डामा बम बर्साउ भन्ने मुल नारा तय गरियो । 
  • ८ अगष्ठ १९६६ मा बसेको चिनको कम्युनिष्ट पार्टीको केन्द्रीय बैठकले सर्वहारा साँस्कृतिक क्रान्तिलाई योजनावद्ध ढंगले अगाडि सार्यो । त्यसमा अग्रीम भूमिका निर्वाह गर्ने 
  • क. च्याड. चिड.
  • क. च्याड. चुड. चिआओ 
  • क. वाड. हड. वेन
  • क. चाओविन युवान लगाएत हुनुहुन्थ्यो । 
  • पुँजीवादीहरुले चिनमा प्रतिक्रान्ति भएपछि साँस्कृतिक क्रान्तिको १९६६ देखि १९७६ सम्मको दशकलाई कालो दशकको रुपमा घोषणा गरियो । 
  • साँस्कृतिक क्रान्तिका अगुवा ४ जनालाई आजिवन कारावास तोकियो भने क. च्याड. चिड.लाई  जेलमै हत्या गरियो । 
  • १९६६ अगष्ठ ८ मा चिनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई योजनावद्ध अगाडि बढाउन निम्न १६ वुँदे निर्णय गरियो । 

१. समाजवादी क्रान्तिमा एउटा नौलो अध्याय ः 

  • राजनैतिक सत्ता पल्ट्याउन व्यापक जनमत तयार पार्नु पर्दछ । 
  • त्यस जनमतले वैचारिक क्षेत्रमा व्यापक लडाई लड्नु पर्दछ । 
  • जनवादी सत्ता स्थापना भए पछि पनि निरन्तर त्यो सत्ता टिकाउन ध्यान दिनु पर्दछ । 

२. मुलधार र बाड्गा टिड्गा बाटाहरु ः 

  • साँस्कृतिक क्रान्तिमा कामदार, किसान, सेना, वुद्धिजिवी, क्रान्तिकारी कार्यकर्ता मिली मुख्य शक्ति हुने भएकोले त्यहाँ अवरोधहरु आउन सक्ने छ । 
  • साँस्कृतिक क्रान्ति पनि एक विशाल क्रान्ति भएकोले त्यसमा पनि प्रतिरोधहरु उत्पन्न हुन सक्नेछ । 
  • ति प्रतिरोधहरु मुख्य पुँजीवादी बाटो लिएर पार्टी भित्र घुसेका अधिकारीहरुबाट आउने छ । 
  • प्रतिरोधहरु पुरानो समाजबाट हुर्केका बानी व्यवहोराहरुबाट आउने छ । 
  • शूरुमा त्यस  प्रकारका प्रतिरोधहरु कडा रुपमा पनि आउन सक्नेछ तर पछि ति सवै हराउदै जानेछ । 

“प्रतिरोधमा संघर्षहरु उल्टो पाल्टो पनि हुन्छ त्यसबाट क्रान्तिलाई कुनै नोक्सान हुने छैन, बरु त्यसले अनुभव सिकाउने छ । युवा टोलीलाई खारेर स्पात बनाउने छ र क्रान्तिको बाटो सोझो नभएर बाड्गो टिड्गो हुन्छ भनेर बुझाउने छ ” “ क. माओ ” ।

३. सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनसमुदायलाई व्युँझाउ ः 
पार्टी नेतृत्वले निडर बनेर आम जनताहरुलाई उठाउने सहास गर्दछन कि गर्दैनन् त्यस कुराले क्रान्तिको उपलव्दीलाई निर्धारण गर्नेछ । तर पार्टी संगठनमा र नेतृत्वमा रहेकाहरुमा निम्न ४ भिन्न परिस्थिति छ ।

  • पार्टीका प्रमुखहरु जो आन्दोलनका अग्रिम मोर्चामा उभिएर जोसका साथ जनतालाई उठाउने सहास गर्दछन । निडर, लडाकु , सहासी छन । गलत कामहरुलाई आलोचना गर्ने मौका दिन्छन । ति ईमान्तार प्रमुखहरुलाई सर्वहारावादी क्रान्तिको अग्रिम मोर्चाको नेतृत्वमा राख्नु पर्दछ । 
  • जुन नेतृत्वले आफुलाई अयोग्य, कमजोर स्थितिमा भएको पाउछन । डराउछन, नयाँ परिस्थिति र जनताको क्रान्तिकारी आन्दोलनको अनविज्ञता छन, नेतृत्व परिस्थितिबाट पछाडी छ भने उनिहरुलाई  तुरुन्त नेतृत्वबाट बदल्नु पर्दछ ।  
  • जसले गल्ति गर्दछन, जनताले गल्तिको आलोचना गर्दछन । आफुलाई गलत्यायर निकाल्छन भन्ने डरले त्रास माथि राख्छन । आत्मआलोचना गर्दछन तर सुधार गर्दैनन्, पुन ः भुल र विराम गर्दै जान्छन त्यसले आन्दोलनलाई वाधा पुर्याउने हुँदा उनिहरुलाई बढिभन्दा बढि सुधार्ने मौका दिने तर नेतृत्वमा नराख्ने गर्नु पर्दछ । 
  • केहि ईकाईहरु तिनीहरुको हातमा छ,  जुन पूँजीवादी बाटो लिई पार्टीमा घुसेका छन, आन्दोलनलाई दबाउन बाटो खोज्दछन, क्रान्तिलाई धुमिल बनाउन चाहन्छन त्यस्तालाई तत्काल आफ्नो अण्डाबाट तत्काल खारेज गरेर उनिहरुलाई  जनताबाट नड्ग्याउनु पर्दछ । 

४. आन्दोलनमा जनसमुदायहरुलाई आफै शिक्षित बनाउन ध्यान देउ ः

  • यो क्रान्ति जन समुदायलाई आफै मुक्त बनाउनु हो । 
  • जनतालाई विश्वास गर । 
  • जनता माथि भर पर । 
  • जनताको उत्साहलाई आदर गर । 
  • डर त्रास हटाउ । 
  • क्रान्ति शुशिल र सभ्य नहुने भएकोले खैला बैला देखि नडराउ । 
  • जनताले गलत विचारको आलोचना गर्न सक्ने वातावरण बनाउ । 
  • जनताले गलत कुराहरुको भण्डाफोर गर्न सकुन । 
  • जनताले ठिक र बेठिक छुट्याउन सकुन । 
  • सत्रु र मित्रहरु बीच स्पस्ट रेखा चित्रण गर्न सकुन । अनि मात्र जनताको नैतिक चेतना माथि उठ्न सक्ने छ ।

५. पार्टीको बर्गीय कार्यदिशालाई दृढतापूर्वक लागु गर ः 

  • हाम्रो सत्रुहरु को हुन ? र हाम्रा मित्रहरु को हुन ? यो प्रश्न क्रान्तिको लागि महत्वपूर्ण छ । 
  • पार्टी नेतृत्वले क्रान्तिकारी तथा वामपंथी माथि विस्वास गर्नु पर्दछ । 
  • अवसरवादीको भण्डाफोर गर्न सवै शक्ति केन्द्रीत पार । 
  • अवसरवादीहरुलाई जनताबाट एक्लो बनाउन कोशिस गर । 
  • प्रतिक्रियावादी वुर्जुवा वुद्धिजिवी र सामान्य वुद्धिजिवीको वैचारिक क्षेत्रमा जनता बीच फरक देखाउ । 

६. जनता बीचको अन्तरविरोधहरुलाई सहि ढंगले संचालन गर ः 

  • जनताले भिन्न विचार लिनु सामान्य कुरा हो । 
  • भिन्न विचारहरुको विवादले अनिवार्य फाईदाजनक हुन्छ । 
  • विवादको सिलसिलामा जनताले सहि र गलत कुराको किटानी गर्नेछन । 
  • विस्तारै जनता सहमतिमा पुग्ने छन । 
  • हरेक विवादहरुलाई तर्फले संचालन गर । 
  • वाद्यय पार्न बल प्रयोग नगर । 
  • क्रान्तिकारी एकतालाई मजवुद पार्न वाद विवाद र व्यापक छलफलहरु चलाउ । 
  • विवादमा महत्वपूर्ण र गौण विषय छान । 

७. क्रान्तिकारी जनसमुहलाई प्रतिक्रान्तिकारी मार्का लगाउनेबाट सर्तक पार ः 

  • पार्टी भित्रका समाजवादी विरोधी प्रति क्रान्तिकारीहरुसँग होसियार बन । 
  • उनिहरुको गलत कार्यको समयमै भण्डाफोर गर । 
  • क्रान्तिकारी जनता बीच उनिहरुलाई घुस्न नदेउ । 
  • जनतामा घुसपैठ गर्न र उस्काउन कसैलाई पनि नदेउ । 

८. कामदारहरुको प्रश्नमा ध्यान देउ ः (कामदारहरुलाई ४ भागमा राख) 

  • असल कामदार । 
  • तुलनात्मक रुपमा असल कामदार । 
  • गम्भिर गल्ती गरेको तर पार्टी र समाजवाद विरोधी नभैसकेको कामदार । 
  • पार्टी, समाजवाद विरोधी दक्षिणपंथी पुँजिवादी कामदार । 

९. साँस्कृतिक क्रान्तिकारी समुह, कमिटी र महाधिवेशनहरु ः 
  • यिनीहरुलाई जनवादी केन्द्रीयताको आधारमा संचालन गर । 
  • भेला, सम्मेलन, महाधिवेशनहरु नियमित गर । 
  • आलोचना र आत्माआलोचनालाई नियमित पार । 
१०. शैक्षिक सुधारको प्रश्न ः 
  • पुरानो शैक्षिक व्यवस्थालाई खारेज गर । 
  • पुरानो शैक्षिक पद्धतीलाई खारेज गर । 
  • पुरानो अध्यापन विधीलाई पूर्णरुपमा बदल्न प्रयत्न गर । 
  • नयाँ शैक्षिक व्यवस्था लागु गर । 
  • नयाँ शैक्षिक पद्धतीलाई लागु गर । 
  • नयाँ शिक्षालाई उत्पादन मुलक र व्यवहारिक बनाउ । 

११.समाचार पत्रमा नाम लिएर आलोचना गर्ने प्रश्न ः 

  • पूँजीवादी र सामन्तवादी विचारको आलोचना गर । 
  • पत्र पत्रिकामा सर्वहारा विश्व दृष्टिकोणहरुको प्रचार गर । 
  • माक्र्सवाद लेनिनवाद माओविचारधारको राम्ररी प्रचार गर । 
  • कसैको नाम लिएर आलोचना गर्नु पर्ने भएमा कमिटिमा छलफल गरेर निचोड निकाल । 

 १२. वैज्ञानिक, प्राविधिक र कार्यालयका कर्मचारी प्रतिको नीति ः 

  • तिनीहरुमा देशभक्तिको भावना रहोस । 
  • सकृय पूर्वक आआफ्नो क्षेत्रमा काम गरुन । 
  • पार्टी र समाजवादको बिरोध नगरुन । 
  • कुनै अर्को देशसँग अनुचित सम्वन्ध नराखुन । 
  • एकता आलोचना र एकताको नीति कायम राखुन । 
  • खास क्षेत्रमा विशेष योगदान दिने वैज्ञानिक, प्राविधिक र कर्मचारीलाई विशेष ध्यान देउ । 
  • उनिहरुको विश्व दृष्टिकोण र कार्यशैलीलाई फेर्न काममा सघाउने कोशिष गर । 
  • निश्चित कामको जिम्मा देउ र कमिटिमा राखेर काममा लगाउन जोड गर । 
  • उनिहरुलाई राम्रो काममा प्रोत्साहन र गलत कामको आलोचना गर्न सधै तयार पार । 

१३. सहर गाँउहरुमा यस क्रान्तिलाई समाजवादी शिक्षासँग मिलाउने व्यवस्था मिलाउ ः 

  • ठुला र मध्यम स्तरका सहरहरु, साँस्कृतिक एंव शैक्षिक इकाईहरु, पार्टी र सरकारको नेतृत्वदायी अंगहरु यस साँस्कृतिक क्रान्तिका ध्यान आक्रशणका केन्द्रहरु हुन । 
  • समाजवादी शिक्षा आन्दोलनमा गति दिन ध्यान देउ । 
  • राजनीतिक, बैचारिक, अर्थतन्त्र र संगठनको क्षेत्रमा भएको फोहोर मैला सफा गर्न साँस्कृतिक क्रान्तिको केन्द्रविन्दु बनाउनु पर्दछ । 

१४. क्रान्तिप्रति द्रढ बन र उत्पादन बढाउ ः 

  • जनताको विचारलाई क्रान्ति प्रति दृढ बनाउन ध्यान देउ । 
  • विचार उठेकाहरुलाई उत्पादन बढाउने काममा केन्द्रीत गर । 
  • उत्पादनलाई उच्च गुणका साथ बढाउनु  ध्यान देउ । 
  • साामाजिक उत्पादनको विकाशमा प्रेरक शक्ति साँस्कृतिक क्रान्ति बनोस ।

१५. सैनिक शक्ति ः 

  • सैनिक सेवामा, पार्टी केन्द्रीय समिति, सेना आयोग र जनमुक्ति सेनाको साधारण राजनैतिक विभागहरुमा निर्देशन अनुशार साँस्कृतिक क्रान्ति र समाजवादी शिक्षा संचालन गर्नु हो । 

१६. माओविचारधारा महान सर्वहारा साँस्कृतिक क्रान्तिको पद प्रदशक सिद्धान्त हो । 
  • माओका रचनाहरु अध्ययन गर्नु र जनतामा लागु गर्नु । 
  • साँस्कृतिक क्रान्ति, पार्टीको निर्णय, पद्धतीको बारेमा अध्ययन गर्नु । 
  • नौलो जनवाद बारे अध्ययन गर्नु । 
  • ऐनान गोष्ठिबारे अध्ययन गर्नु । 
  • अन्तरविरोधबारे अध्ययन गर्नु । 
  • व्यवहार बारे अध्ययन गर्नु ।  

धन्यवाद ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...