Monday, March 3, 2014

हामी कम्युनिष्टहरु,,, ।


संसारका मजदुर एक होऔ भनेकै छौ,
हसिया हथौडा झण्डा बोकेकै छौ,
बहुदलीय जनवाद र २१ औ सताव्दीको जनवादको नारा जपेकै छौ,
परि आउदा व्यात्तिगत सुविधा र भ्रष्टाचारमा सामेल भएकै छौ,
प्रतिक्रियावादीको दलाली,  गुलामी र मलामी  गरेकै छौ,
हामी कम्युनिष्टहरु,,,,,,,,,,,,,,,, ।

राष्ट्रघाती र जनघाति संन्धी संझौतामा सहि छाप ठोकेकै छौ,
साम्राज्यवादी र विस्तारवादी सामु लम्पसार परेकै छौ,
कालापानी जस्ता भुभागमा विदेशी सेनालाई बस्न दिएकै छौ,
लुटपाट, बलात्कार, चोरी डकैती, अपहरण भैरहदा पनि सहेकै छौ,
६४ हजार हेक्टर जमिन गुम्दा पनि चुप लागेर बसेकै छौ,
महाकाली, कर्णली, कौशी, गण्डकी, नारायणी जस्ता नदीहरुको भेटी चडाएकै छौ,
हामी कम्युनिष्टहरु,,,,,,,,,,,,,,,,,,,,,, ।

२०७० फागुन २०












No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...