Saturday, January 30, 2010

शुभकामना क्षेत्रीय मुखपत्र संकल्पलाई

अखिल नेपाल जनवादी युवा संघ
केन्द्रीय कार्यलय
काठमाण्डौ
फोन न.ं ४४४४१२८


जनताको सुनौलो भविश्यप्रति हार्दिक समर्पणका साथ कठीन चुनौतिहरुको सामना गर्दै मुक्तिमार्ग तर्फ लम्किदै र आमूल परिवर्तनकारी आन्दोलनको निम्ति दिशाबोध गराउदै अग्रिम भूमिकानिर्वाह गर्न महान उदेश्यको सुनौलो छितिजतर्फ कठोर संकल्पका साथ पहिलो अंकमै साइकलयात्राको विशेषङ्कको रुपमा उपस्थित हुन लागिरहेको अखिल नेपाल जनवादी युवा संघ नारायणी–गण्डकी क्षेत्रीय समन्वय समितिको मुखपत्र “संकल्प” लाई हार्दिक शुभकामना । प्रतिगमन विरुद्ध अनकन्टार बस्तीहरु देखि शहरका गल्लीहरुसम्म, आलिसान महलहरुदेखि सुकुम्वासीका झुप्राहरु सम्म बेगिदै गरेको तुफान सरी हुर्कदै गरेको ज्वाला बनी कालो सासनको अन्त्यको शंखघोष गर्दै नौलो संसारको स्थापनार्थ चल्ने आन्दोलनको महान् गुरु, जटिलताको बीचमा आमूल परिवर्तनकारी प्रशिक्षक बनेर निरन्तर उभिइरहोस् “संकल्प” ।
वर्गहरुको उदय सँगै वर्गिय आन्दोेलनको सुरुवात भएको छ । आज पनि बसिखाने वर्गहरु र गरिखाने वर्गहरुको बीच अन्तरद्धन्द्ध जोडतोडले चलिरहेको छ । बसिखाने वर्गहरुले गोला वारुद, आधुनिक हातहतियार, प्रहरी, सैनिक, काला कानुनहरुको माध्यमबाट गरिखाने वर्गहरुमाथी सधै आफ्नो अधिपत्य कायम राख्ने षडयन्त्र भईरहेको छ । फलस्वरुप ४६ सालको आन्दोलनका उपलब्दिहरुमाथि धावा बोल्दै मुलुकलाई प्रतिगमनको कुचक्रमा फसाईएको छ । एक पछि अर्को गर्दै प्रतिगामी षडयन्त्रका तानावाना बुनेर अधिनायकवादी उदेश्य पुरा गर्न प्रतिगामीहरुले आफ्ना गतिविधिहरुलाई कस्दै लगिरहेको स्थिति छ । यसलाई जनताको एकीकृत र सशक्त संयुक्त आन्दोलनले मात्र संभव छ ।
नेपाली युवाहरुलाई इतिहासले सुम्पेको जिम्मेवारी, बर्तमानले राखेको अपेक्षा र आमुल परिवर्तनकारी आन्दोलनमा निर्णयक भूमिका गर्नु पर्ने दाईत्वप्रति हामीहरु सचेत र सजक हुनुपर्ने आवाश्यकता छ । उत्पीडित जनता र घाएल राष्ट्र्ले नेपाली युवाहरुमाथी ठूलो भरोसा र विश्वास राखेको छ । अनि त्यो कर्तब्यनिष्ट जिम्मेवारी नेपाली युवाहरुको काँधमाथि सुम्पेको छ । त्यसलाई पुरागर्नु आजको प्रमुख काम हो । अतः त्यो दिशामा सबै नेपाली समुदायहरु एकजुट हुदै आज देखिएको युवा समस्या, राष्ट्र्यि समस्या, विदेशी हस्तक्षेपको समस्या, प्रतिगमनको समस्याको विरुद्ध जुझ्दै मुलुकलाई अग्रगामी दिशातर्फ लैजान प्रयत्न गरौ । आन्दोलनलाई सुनौलो भविश्य प्रति केन्द्रित गरौं, यवा संगठनलाई मजवुद पारौं । सबै नेपाली युवाहरुलाई आमुल परिवर्तनकारी आन्दोलनमा समावेश गरौं । त्रिमार्गको गोरेटोमा चालिएको संग्रामीयात्रालाई घनघोरतामा परिणत गरौं र त्यो आन्दोलन सँग घनिष्टतम सम्वन्ध कायम गर्दै वर्गीय आन्दोलनको साथी बनेर निरन्तर यात्रामा हिडिरहोस् “संकल्प” । अखिल नेपाल जनवादी युवा संघ नरायणी–गण्डकी क्षेत्रीय समन्वय समितिलाई धन्यवादसहित “संकल्प” ले आफ्नो संकल्प पूरा गर्नेछ भन्ने अपेक्षा राख्दछु । अभिवादनसहित !
( चिरन पुन )
महासचिव


पार्टी एकताको रक्ष्ाँमा देखिएका समस्या र महामन्त्री–सहमहामन्त्री कामरेडहरुले खेलेका नकरात्मक भुमिकाहरु बारे


ज भन्दा ४ बर्ष अगाडी तात्कालिन ने. क. पा. (एकताकेन्द्र)्र र ने. क. पा. (मसाल) मिलेर ने. क. पा. (एकताकेन्द्र– मसाल) निमार्ण भएको कुरा सबैमा जानकारी कै विषय हो । क्रान्तिकारी पार्टीमा एकता वा विखण्डन आधारभुत, रणनैतिक प्रश्नहरुको जगमा हुने गर्दछ । तात्कालिन ने. क. पा. (मसाल) र ने. क. पा. (एकताकेन्द)्र विच एकता गर्दा वा एकता प्रकृयाहरु अगाडी बढाईदा पनि तिनै आधारभुत सैदान्तिक प्रश्नहरुले नै मुख्य एकताको आधार खडा गरिदिएको थियो ।
क. दुवै समुह आधारभुतरुपमा माक्र्सवादी लेनिनवादी धरातलमा रहेका थिए ।
ख. दुबैले माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथ प्रदशक सिदान्त मान्दथे ।
ग. दुवैले तात्कालिन सघर्ष र वर्ग सघर्षको प्रश्नहरुमा समान द्रिष्टिकोण राख्दथे ।
घ. चुनावको प्रश्नलाई हेर्ने, बुझ्ने, उपयोग र बहिस्कार गर्ने सन्दर्भमा पनि समान निष्कर्षहरु थिए ।
ङ. सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने र महान सर्वहारा सा“स्कृतिक क्रान्तिका मुल्य– मान्यताहरुलाई आत्मसाथ गर्ने सवालहरु पनि एक आपसमा मिल्दथे ।
च. लेनिनवादी संगठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयताको सिद्धान्तको सवालमा पनि समानमतहरु थिए ।
एकातिर यिनै आधारभुत सैद्धान्तिक, दार्शनिक विषयहरुमा एक आपसमा समान भएको कारणले गर्दा नै दुई समुहको विचमा पार्टी एकताको निम्ति मुल आधार खडा गरिदिएको थियो । मुख्य यिनै सैद्धान्तिक रणनैतिक समानताको धरातलले गर्दा नै तात्कालिन मतभेदका विषयहरु मुख्य बन्न सक्दैनन् भन्ने मापदण्डलाई केन्द्रमा राखेर १६ ओटा मतभेदको विचमा नै पार्टी एकता गरिएको थियो । अर्कोतिर कम्युनिष्ट पार्टीहरुको विचमा हु“दै आएको असैद्धान्तिक टुट–फुट, बिखण्डनको प्रकृयालाई रोक्दै क्रान्तिकारीहरुका विचमा ब्यापक ध्रुविकरणको बाटोबाट अगाडी बढ्दै नौलो जनवाद, समाजवाद र साम्यवादी लक्ष्य हा“सिल गर्नु थियो । यिनै महान उद्देश्यलाई केन्द्रमा राखेर ब्यापक माथि देखि तलसम्म छलफल गरी पार्टीका सम्पूर्ण कार्यकर्ता र जनदवावको बावजुद पार्टी एकता सम्पन्न गरिएको थियो ।

मुल नेत्रित्वमा देखिएको अराजनैतिक प्रश्न ः–
आज ने. क. पा. (एकताकेन्द्र– मसाल) मा महामन्त्री क. मोहन विक्रम सिंह र सहमहामन्त्री क. प्रकाशले माथी उल्लेखित आधारभुत प्रश्नहरुलाई चटक्कै विर्सेर रणनैतिक धरातलको कारणले भन्दा तात्कालिक राजनैतिक र संगठनात्मक कारण देखाएर पार्टीलाई विखण्डनकोे संघारमा पुर्याउनु भएको छ । पार्टी महामन्त्री र सहमहामन्त्रीको नियोजित फुटपरस्त षडयन्त्रको प्रतिफल नै पार्टीले यस्तो अवस्था बेहोर्नु परेको हो । ४ वर्ष अगाडी ब्यापक पार्टी कार्यकर्ता र जनताको चाहना अनि आधारभुत रणनैतिक प्रश्नहरुको समानताको जगमा गरिएको पार्टी एकतालाई विखण्डन गरेर आफ्नो मनोमानी कायम गर्ने महामन्त्री र सहमहामन्त्रीको कुनियतले गर्दा आज पार्टी यो अवस्थामा पुगेको हो । पार्टीको मुल नेत्रित्वले नै गुटस्वार्थ, पुर्वसमुह स्वार्थ, आत्मकेन्द्रीत, अराजकतावादी सैली र संङ्किण फुटपरस्त मनसायको योजनालाई पार्टीमा लाद्ने र आफ्नो सिमित स्वार्थ पुरा गर्ने उदेश्यले गर्दा नै पार्टीमा यस प्रकारको स्थिति आईपरेको हो ।
नेपालको कम्युनिष्ट आन्दोलनको विगतका विभाजनहरुको स्थितिलाई हेर्दा पनि कतिपय विभाजन बाहेक मुलत व्याक्ती केन्द्रीत, तात्कालिन नेत्रित्वको नोकरशाही सैली, आग्रह– पुर्वाग्रहमा आधारित रहेर पार्टी विभाजनहरु गरिएको थियो । आज ने. क. पा. (एकताकेन्द्र – मसाल) पनि महामन्त्री र सहमहामन्त्री को कारणहरुले गर्दा त्यही पुरानो सैली र पुरानै बाटोबाट अगाडी बढिरहेको अवस्था हो । आधारभुत रणनैतिक सवालहरुलाई भन्दा तात्कालिन प्रश्नहरु देखाएर एक– अर्कालाई आरोप– प्रत्यारोप गरी गुट स्वार्थमा रमाउदै पार्टीलाई विभाजन गर्ने यो नै सवभन्दा गलत तरिका हो र त्यही वाटोबाट महामन्त्री का.मोहन जी र सहमहामन्त्री का.प्रकाश जी हिडिरहनु भएको छ ।

महामन्त्री र सहमहामन्त्री कमरेडहरुमा देखिएका कमजोरीहरु ः–
क. पार्टी एकता महाधिवेशनले गरेका दिशा– निर्देशलाई महामन्त्री र सहमहामन्त्रीले नै उपेक्षा गर्नु ।
ख. पार्टीको विधान, नियमावली, संगनात्मक पद्धती र अनुशासनलाई मिचेर ब्याक्ति केन्द्रीत गुटस्वार्थमा रमाउनु ।
ग. एकीकृत पार्टीको प्रशिक्ष्ँण, फोरम, बैठक, भेला, सम्मेलन, महाधिवेशनमा जोड दिनुको सट्टा महामन्त्री– सहमहामन्त्री नै पद्धती विपरीत गुटवन्दीपूर्ण कार्यमा केन्द्रीत हुनु ।
घ. लेनिनवादी संगठनात्मक सिदान्त तथा जनवादी केन्द्रीयताको सिदान्तलाई पार्टीमा कडाईपुर्वक लागु गराउनुको सट्टा आफै त्यसको बिरुद्ध धावा बोलेर अगाडी बढ्नु ।
ङ. पार्टी र कार्यकर्ताको जनवादी अधिकारहरु माथि केन्द्रीय कार्यालयबाटनै भोटे ताल्चा मारिनु
च. आफुलाई अनुपयुक्त लागेको फरकमतहरुलाई कार्यकर्तामा“झ (तलसम्म) नपठाईनु ।
छ. अन्तरविरोध नै जिवित पार्टीैको प्राण हो भन्ने मापदण्ड र पार्टीको गतिनै अन्तरविरोधमा निहित छ भन्ने द्धोन्दवादको आधारभुत नियम विरुद्ध महामन्त्री र सहमहामन्त्री नै जाईलाग्नु ।
ज. देशको समसामयिक राजनैतिक परिस्थितिलाई आफ्नो पार्टीको सहि वैचारीक अनुकुलतामा दिशा– निर्देश गर्नुको साटो पार्टीको बैठक राख्न नमानेर वा स्थानमा समेत सहमत नभएर आत्मसुरक्ष्ाँवादी नीति अवलम्वन गर्नु ।
झ. पार्टीको बैठक राखेर निर्णय अनुशार पार्टीलाई चल्ने चलाउने भन्दा गुटको बैठक राखेर पार्टीलाई चलाउने अराजक सैलीहरुमा आफुहरु नै अगाडी बढ्नु ।
ञ. पराई पार्टीको राजनिति बोकेर षडयन्त्र गर्नु र सैद्धान्तिक राजनैतिक निष्कर्षहरुमा आग्रह पुर्वाग्रहमा आधारित भएर पार्टीलाई जडतामा फसाउनु ।
ट. पार्टीमा रहेका मतभेदका विषयहरुलाई ब्यवस्थित बनाउन पार्टीको मुखपत्र, बुलेटिन लगाएत पार्टी प्रकाशनहरुलाई जोडदिने र ब्यवस्थित बनाउन कोशिस नगर्नु र पार्टी नजिक रहेका पत्रिकाहरुमा फरक मतहरुलाई दुई पेज दिने भन्ने पार्टीको सर्वसम्मत निर्णयलाई समेत मिचेर आफुखुसी पत्रिका संचालनको निम्ति निर्देशन दिनु ।
ठ. कार्यालय संचालनमा अवरोध सृजना गर्ने, आर्थिक पारदर्सिताको समेत अभाव रहनु । जस्ता समस्याहरु आज पार्टी नेत्रित्वमा नै देखापरेका समस्याहरु हुन ।
उल्लेखित समस्याहरु जिवित पार्टी भित्र देखापरिरहने समस्याहरु हुन तर त्यस प्रकारका समस्याहरु पार्टीमा देखिएको खण्डमा आत्मसमिक्ष्ाँ गर्न तैयार हुनै पर्दछ । उल्लेखित समस्याहरुका वावजुद पनि आलोचना आत्मआलोचना गर्दै पार्टीलाई अगाडी बढाउन सकिने रणनैतिक, सैद्धान्तिक, दार्शनिक आधारहरु पार्टीमा थिए तर महामन्त्री र सहमहामन्त्रीले नै पार्टीलाई त्यो दिशामा लैजाने प्रयत्न गर्नु भएन । पार्टीमा दार्शनिक, सैद्धान्तिक र रणनैतिक प्रश्नहरुमा कडा अन्तरसघर्ष र राजनिति र ब्यवहारमा लचकताको नीतिलाई तिलान्जली दिने काम महामन्त्री र सहमहामन्त्रीले नै गर्नुभयो । यिनै समस्याको कारणले गर्दा नै पार्टी एकताको लागी बाधा पैदाभएको छ ।

का. मोहन विक्रम सिंह र का. प्रकाश समुहको सामु उभिएका आधारभुत प्रश्नहरु ः–
यतिबेला पराई प्रवृती, आराजक र बिखण्डनकारी पक्षको नेत्रित्व गर्नुहुने सहमहामन्त्री का. प्रकाश जसले मोहनविक्रम सिंह पार्टीमा हुनुहुन्न भन्ने मनोमानी बिज्ञप्ती जारी गरेर औपचारीक रुपमा पार्टीमा विभाजनको रेखा कोर्ने काम गरेका छन । त्यसैगरी आफै महामन्त्री भएको पार्टी ने. क. पा. (एकताकेन्द्र–मसाल) स“ग न–सम्वन्ध न–सम्वन्धविच्छेद को नीतिलागु गरी कोअर्डिनेसन गठन गरेर वैधानिक मोर्चा, विभिन्न जनवर्गिय संगठनहरुको मनोमानी भेला गरेर छुट्टै संगठनहरु निमार्ण गर्दै आफ्नो फुटपरस्त बाटो तताईरहनु भएको छ । यस्तो अवस्थामा महामन्त्री का. मोहन विक्रम सिंह र सहमहामन्त्री का. प्रकाश समुहको अगाडी केही आधारभुत सैद्धान्तिक प्रश्नहरु उभिएको छ जसलाई उहा“हरुले औचित्व पुष्टी र उत्तरित गर्न जरुरी छ ।

के ४ बर्ष अगाडि पार्टी एकता गर्नु गलत भएको थियो ? के अहिले महामन्त्री र सहमहामन्त्रीले नेत्रित्व गर्नुभएको पक्ष वा समुह आधारभुत रुपमा माक्र्सवादी लेनिनवादी धरातलबाट च्युत भएका छन ? के माक्र्सवाद, लेनिनवाद, माओविचारधाराको पदप्रदशक सिद्धान्तबाट महामन्त्री वा सहमहामन्त्री समुह विचलन भएका छन् ? के ४ बर्ष अगाडि ५ बर्ष लगाएर ब्यापक छलफल, फोरमबाट निकालिएका सैद्धान्तिक निष्कर्षहरु गलत थिए ? तात्कालिन सघर्ष, बर्ग सघर्ष, चुनावको प्रश्न, आदी जस्ता प्रश्नहरुमा एक अर्का पक्षमा ब्यापक परिवर्तन भएको छ ? के सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने प्रश्न र सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल मर्मलाई एक अर्का समुहले तिलाञ्जली दिएका छन ? के यतिवेला कुनै समुहमा बैचारीक विचलन आएको वा अवसरवादी भड्कावमा पतन भएको निष्कर्ष निकाल्न उचित रहन्छ ? आदी जस्ता महत्वपुर्ण सवालहरुको सैद्धान्तिक हल नखोजिकन महामन्त्री र सहमहामन्त्री समुह एक अर्का सित मिल्न नसक्ने निष्कर्ष हो भने त्यो आधारभुत सैद्धान्तिक धरातल माथीको उहा“हरुको गद्दारी हो । जनता र कार्यकर्ता माथिको विश्वास घात हो । यो महामन्त्री र सहमहामन्त्री पक्षबाट मुलुक र क्रान्तिकारी आन्दोलन प्रतिको धोका हो । पार्टीको उल्लेखित समस्याहरु र उहा“हरुले गरेको गलत, पार्टी विरोधी गतिविधीहरुको जगलाई केलाउ“दा महामन्त्री का.मोहनविक्रम सिंह र सहमहामन्त्री का. प्रकाशलाई अबको दिनमा ने. क. पा. (एकताकेन्द्र–मसाल) को महामन्त्री र सहमहामन्त्री भन्ने र लेख्ने कुनै नैतिक अधिकार समेत र“हदैन । किनकी न त उहा“हरुस“ग पार्टीको स्पस्ट बहुमत छ , न त उहा“हरु पार्टीको विधान र अनुशासनमा रहि रहनुभएको छ । अहिले सम्मको सन्दर्भमा उहा“हरुले पार्टीको अवस्थाको बारेमा दार्शनिक र सैद्धान्तिक जिम्मेवारी त लिनु पर्छ नै उहा“हरु नैतिक जिम्मेवारीबाट समेत उम्कन पाउनुहुन्न किनकी आज भन्दा ४ बर्ष अगाडी भएको पार्टीको एकताअधिवेशनले निश्चित मापदण्ड, नियम, विधान, सैद्धान्तिक– राजनैतिक अवधारण सहित पार्टीको महामन्त्री मोहन विक्रम सिंह र सहमहामन्त्री प्रकाशलाई मुख्य जिम्मेवारी र मुख्य नेत्रित्व सुम्पेको थियो ।

अन्त्यमा,
यतिवेला पार्टीको सामु रहेका गम्भिर चुनौतिहरु ः–
आज पार्टीको सामु मुख्यत ५ ओटा प्रश्नहरु गम्भिर चुनौतिको रुपमा उभिएको छ । त्यसलाई यसरी उल्ल्ोख गर्न सकिन्छ ।
१. गलत अराजक गतिविधिहरुलाई रोक्दै पार्टी एकताको रक्ष्ाँमा जोड दिनु ।
२. क्रान्तिकारी विचार सिद्धान्त, लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी पद्धतीको रक्षा गर्न जोड दिनु ।
३. सङ्क्रमणकालिन अवस्थामा रहेको पार्टीलाई एकता महाधिवेशन गरेर नया“ रुपान्तरणमा लैजान जोडदार रुपमा पहल गर्नु ।
४. सम्पूर्ण तहमा छरिएर रहेका क्रान्तिकारी समुह, पार्टी, वा ब्याक्तिहरुको विचमा ब्यापक धु्रविकरणको निम्ति पहल गर्नु ।
५. वर्तमान अवस्थामा मुलुकलाई पूर्ण सार्वभौमसत्ता सम्पन्न गराउनको निम्ति संविधान सभाको निर्वाचनलाई परिणममुखी बनाउन सम्पूर्ण तहमा रहेका लोकतान्त्रिक गणतन्त्रिक शक्तिहरुको विचमा सघर्ष मोर्चा निमार्ण गरेर लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनलाई अगाडी बढाउन जोड दिनु ।
६. पार्टीलाई सम्पुर्ण तहबाट सचेत, संगठित, आन्दोलित र नया“ चरणमा रुपान्तरणको प्रकृयामा लैजान जोड गर्नु । उल्ल्ोखित चुनौतिहरुलाई पार गर्दै नौलो जनवादी, समाजवादी र साम्यवादी लक्ष्यको बाटोमा सम्पूर्ण पार्टी पङ्ती जोडतोडका साथ अगाडी बढौं ।

बर्तमान परिस्थितिमा नेपाली युवाहरुको भुमिका बारे केहि कुरा

Justify Full

अहिले हाम्रो देश प्रतिगमनको संकटमा छटपटाईरहेको छ । ०४६ सालको जनआन्दोलनको मुल मर्ममाथि
अधिनायकवादी हैकम लादेर तानाशाही हुकुम चलाउने षडयन्त्र भैरहेको छ । २१ औं सताब्दीको युगमा पनि १८ औं सताब्दीको कल्पना गरेर गत आश्विन १८ गते राजाले जननिर्वाचित देउवा सरकारलाई अपदस्त गरि मुलुकलाई प्रतिगामी चंङ्गोलमा फसाउन पुगे । २०४७ साल कार्तिक २३ गते घोषणा भएको सिमित प्रकारको संवैधानिक लोकतन्त्रवादी अधिकारहरुको घाँटी रेटियो । दरवारबाटै नाङ्गो रुपमा प्रतिगामी मुल्यहिन चरित्र प्रदशन गरियो । त्यसपछि क्रमश प्रतिगामी तानावानाहरु बुन्दै स्थानिय निकायको खारेजी, टिके सरकारको निरन्तरता र राजदरवार खर्च सम्मन्धि अध्यादेश ल्याएर मनोपली ढंगले आफ्नो सुविधालाई झण्डै ५ गुणा बढाई ६२ करोड ९२ लाखमा पुर्याईयो । माओवादी समस्यालाई समाधान गर्ने नाममा “युनिफाईट कमाण्डको” अवधारणा अघिसारी निजामती कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी आदी जस्ता सबै निकायहरुमा सेनाको हुकुम र सेनाले सासन चलाउने संयन्त्र निर्माण गरिदै छ भने विभिन्न जिल्लाहरुमा सिविल नागरिकहरुलाई समेत हतियार बिभाजन गरिएको र हतियारको तालिम समेत संचालन गरेको कुरा समेत सार्वजनिक भैरहेको छ । यसरी एकपछि अर्कोगर्दै जनविरोधी क्रृयाकलापले निरन्तरता पाईरहेको छ ।
गत आश्विन १८ गते राजाद्धारा चालिएको प्रतिगामी कदमको विरुद्ध अहिले सिङ्गो मुलुक आन्दोलनमा जुटेको छ । एकातिर देशका जिम्मेवार ५ राजनैतिक पार्टीहरु राजाको स्वविबेकीय ढंगले प्रयोग हुने सम्पुर्ण ऐन कानुनहरुको खारेजी हुनुपर्ने, ३ जनालाई मात्र श्री ५ को पदवी दिईनुपर्ने, स्वर्गीय राजा श्री ५ बिरेन्द्रको सम्पत्ति राष्टी«य करण गरिनुपर्ने, सेना जननिर्वाचित सरकारको अधिनस्त रहनुपर्ने, राष्टी«य सभालाई जाति—जनजाति विषेश सभामा परिणत गर्नुपर्ने, वर्तमान राजाका सम्पत्ति सार्वजनिक हुनुपर्ने आदी जस्ता १८ बुँदे न्युनतम सहमतिको माग अगाडि सारेर चरणवद्ध संयुक्त जनआन्दोलनमा छन भने अर्कोतिर मुलुकमा रहेका विभिन्न बर्ग,तह र समुदायहरु पनि आ—आफ्नै रुपबाट प्रतिगमनको विरुद्ध आन्दोलनमा जुटेका छन । राजधानी लागायत मुलुकभरी नै दिनहुँ जसो राजाको प्रतिगामी कदमप्रति विरोध र आक्रोश पोखिरहेका छन । त्यसमा विषेश गरी युवा तथा विद्यार्थीहरुको संयुक्त आन्दोलनको स्वरुप निकै चर्केको छ । सडकभरी बेरोकतोक ढंगले निषेधित भनिएका नाराहरु घन्किरहेका छन । राजा र राजतन्त्र विरोधी आवाजहरु मुलुकभर फैलिरहेको छ । गणातन्त्रको नाराहरु पनि संगठित हुदै गईरहेको छ । राजाले चालेको जनविरोधी प्रतिगामी कदम र राजतन्त्र प्रतिको अविश्वासलाई घिृणा र आक्रोसका साथ पोखिरहेका छन । यसरी जनताको स्वभाविक प्रतिक्रियाहरु प्रस्फुटित भैरहेको छ ।
जनताको यो न्यायपुर्ण आवाजहरुलाई अश्रुग्याँसका सोलाहरु बर्षाएर थुुन्ने प्रयत्न भैरहेको छ । शान्तिपुर्ण तरिकाले जुलुस प्रदशन गरिरहेका आन्दोलनकारी तथा सर्वसाधारण जनतामाथि लाठी बर्साएर हातखुट्टा भाँचिदिने, कपाल फुटालिदिने, गिरफ्तार गर्नेजस्ता कामहरु दिनहुँजसो भैरहेका छन । यसरी प्रतिगामीहरुले प्रहरी, सैनिक, लाठी, गोली, बन्दुकको बलमा आफ्नो प्रतिगामी सासनको आयू लम्ब्याउन खोजिरहेका छन ।
आज सबैलाई जानकार भएको विषय हो । हाम्रो मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक लगाएतका समस्याहरु झनपछि झन चुलिदै गईरहेको छ । भयाभह, डर, त्रासको वातावरणले सिङ्गो देश आतङ््कित बनेको छ । खेतवारीमा कामगर्ने किसान, विद्यालयमा पढाउनजाने शिक्षक, अफिसहरुमा कामगर्नजाने कर्मचारी, बाटोहिड्ने बटुवा, भारी बोक्ने भरीया, उद्योग ब्यवसाय संचालनगर्नेहरु तथा ब्यापारीजन सबैको स्थिति नाजुक अवस्थामा छ । कहिले, कहाँ, को , कसरी मरिने हो भन्ने वातावरण छ । “अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)” को पछिल्लो तथ्याङ्कबाट पनि पुष्टी हुन्छ कि २०५२ साल फाल्गुण १ गते देखी २०६० पुस ७ गते सम्ममात्र ८,६२८ जना नेपालीको मृत्यु भैसकेको छ । दोश्रो युद्धविराम पछाडीको यो ४ महिनाको अवधिमा मात्र १,६५७ जना मानिसहरु मारिएको देखिन्छ । ८ बर्षको यो अवधिमा माओवादी तर्फबाट भन्दा राज्य पक्षबाट २ गुणा बढी मानिसहरु मारिएका छन । माओवादी तर्फबाट २,७७१ र राज्य पक्षबाट ५,८५७ मानिसहरु मार्नेकाम भएको छ । त्यसबाहेक पुष्टिहुन नसकेको संख्या पनि निकै ठुलो छ । आज सबैको सामु प्रश्न खडाभएको छ ति मारिएका सम्पुर्ण मानिसहरु मार्नुनै पर्ने अवस्थाका थिए ? के उनिहरुलाई मृत्युदण्डनै दिईनु पर्दथ्यो ? यस प्रकारका तमामखाले स्वभाविक उब्जिएका प्रश्नहरु भित्र मुलुक शोेकमग्न बनेको छ । मुलुक रगतको आहालमा तौरिएको छ । पिडामा छटपटाईरहेको छ भने अर्कोतिर ति ८,६२८ जना नेपाली नागरिकको घर, परिवारजन, नाता—कुटुम्व, टोल छिमेक, गाँउ—जिल्लाहरु पनि मरेतुल्य बनेको छ । यसरी मुलुकको अवस्था चिन्ताजनक रुपमा छ । नेपाली माटोले हार—गुहार र पुकार गरिरहेको छ । आन्दोलनको निम्ति उठ्न सबैलाई कामना गरिरहेको छ ।
यो अवस्थामा उमेरको हिसावले बलवान युवाहरु, नयाँजोस जाँगरले भरपुर युवा शक्ति माथि नेपाली समाजले राखेको आसा विश्वास र भरोसा प्रति हामी र हाम्रो युवा संगठनले कत्तिको दाईत्वबोध गरिरहेको छौ ? मुलुकको समस्या प्रति कत्तिको चिन्तनशिल बनिरहेका छौं ? हामिलाई समाजको पिडादायी चित्कारले कत्तिको पिडाबोध गराईरहेको छ ? आलो रगतको आहालमा रोमलिएको जनताको आत्मासँग हामी र हाम्रो युवा संगठनहरुको सम्वन्धलाई कसरी विस्तार गर्न सक्दछौ ? अनि हामी नेपाली युवाहरुमाथि समाजले राखेको अपेक्षालाई कसरी पुर्णता प्रधान गर्न सक्छौ ? भन्नेजस्ता सवालहरुनै मुख्यरुपमा अहिले हामी र हाम्रो युवा संगठनहरु प्रति कठोरबनेर उभिन्छ । निश्चित होकी ईतिहासको कालखण्डमा धार्मिक, भाषिक, जातिय, क्षेत्रिय, साम्प्रदायिक आन्दोलन होस वा आमुलपरिवर्तनकारी बर्गीय मुक्ति आन्दोलन सबैमा युवाहरुको भुमिका उल्लेख्य स्थानमा रहेको छ । त्यसैले इतिहासले सिकाएका ति अवश्मणीय पाठहरु फेरी त्यही प्रकारको कुर्वानिपुर्ण आन्दोलनको शुरुवात गर्नुपर्ने अवस्था सिृजना भएको छ । “तन्नेरीहरु सम्पुर्ण समाजका सबभन्दा बढ्ता सक्रिय र जिँउदा शक्ति हुन” भन्ने का. माआको भनाईलाई नेपाली माटोमा समेत सार्थकता तुल्याउन नेपाली युवाहरु पनि जुर्मुरयाउनु पर्नेबेला आएको छ ।
राष्ट्रको मुल र सिङ्गो समस्या समाधान नहँुदा सम्म नेपाली युवाहरुको अन्य समस्याहरु पनि समाधान नहुने कुरा प्रश्टै छ । हरेक बर्गसमुदायहरुको समस्याहरुलाई राष्ट्रको मुलसमस्याहरु सँग जोडेर आन्दोलन चलाईनु पर्दछ । अनिमात्र समस्याहरुले वास्तविक रुपमानै निकास पाउन सक्दछ । आज पनि विभिन्न युवा संगठनहरुमा विभिन्न प्रकारका सोँच, चिन्तन सैली, बैचारिक अवधारणहरु छन । दक्षिणपंथी अवसरवाद, उर्गवामपंथी अराजकतावाद, प्रतिक्रियावादको पक्ष पोषण गर्ने युवा संगठनहरुको भुमिकाले गर्दा सहि र आमुलपरिवर्तनकारी युवा आन्दोलनले गति लिनमा धौं धौं परिरहेको कुरालाई कसैले नर्कान सकिदैन । तथापी क्रान्तिकारी युवा आन्दोलन निरन्तर रुपमा अगाडी बढिरहेको छ र बढ्दै जाने छ । दिर्घकालिन अवस्थामा ति युवा संगठनहरुको गलत सैद्धान्तिक तथा बैचारिक अवधारण र त्यसबाट उत्पादीत कामकार्यवाहिको स्वरुपको विरुद्ध निर्मम र संझौंताहिन अन्तरदोन्द र अन्तरसंघर्षले निर्णयक स्वरुप ग्रहण गर्नेकुरा निश्चित रहन्छ । तात्कालिक हिसावले पनि ति गलत बैचारिक धरातलको विरुद्ध सैद्धान्तिक सघर्षलाई ध्यान नदिने भन्ने होईन तर राष्ट्रको विषेश परिस्थितिमा यस प्रकारका सघर्ष गौण र राष्ट्रिय अश्तित्वको निम्ति चल्ने सघर्षले प्रधानरुप लिन्छ । त्यसले गर्दा प्रमुख समस्याको विरुद्ध गौण र आन्तरिक समस्याहरुलाई एकठाँउमा राखी तत्कालिन हिसावले मिल्नसक्ने अवधिसम्म सहकार्य र समन्वय गरी संयुक्त आन्दोलनमा जाने कुरामा ध्यान दिनुपर्दछ । त्यहि सैद्धान्तिक मुल्य र भावना अनुरुप आज विभिन्न प्रकारका राजनैतिक सोँच भएका राजनैतिक पार्टीहरु तथा युवा संगठनहरु प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनको विरुद्ध संयुक्त आन्दोलनमा गैरहेका छन ।
प्रतिगमननै आजको प्रमुख समस्या हो । त्यसलाई परास्त गर्नु आजको मुख्य कुरा हो । प्रतिगमन परास्त नभए सम्म मुलुक अग्रगमनमा जान सक्दैन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त गर्ने एकमात्र तागतिलो हतियार भनेको जनताको जुझारु, संयुक्त र ससक्त आन्दोलन नै हो । प्रजातान्त्रिक तथा राजनैतिक आन्दोलनमा जनताको प्रतिनिधित्व राजनैतिक पार्टीहरुले नै गरिरहेका हुन्छन । त्यसैले राजनैतिक आन्दोलनको नायक राजनैतिक पार्टीहरु नै हुन । त्यसैले ति राजनैतिक पार्टीहरुको नेत्रित्वमा चल्ने हरेक प्रकारका आन्दोलनहरुमा युवाहरुको भुमिका महत्वपुर्ण हुँदै आईरहेको छ र हुन्छ । यसरी समाजमा चल्ने हरेक प्रकारका आन्दोलनहरुबाट गलत विचार र गलत शक्तिहरु परास्त अनि विलिन हुँदै जान्छन र सहि विचार लिएका शक्तिहरु स्थापित र उनिहरुले जित हाँसिल गर्दै जान्छन । त्यहि आन्दोलनले नै अवसरवाद, अराजकतावाद, प्रतिक्रियावाद तथा जनविरोधी तत्वहरुको छिनोफानो गर्दछ र गलत तत्व बोकेका शक्तिहरुलाई किनारा लागाई दिँदै जान्छ । यो नै आमुलपरिवर्तनकारी आन्दोलनले स्थापित गरेका मुल्य र मान्यताहरु हुन र क्रान्तिकारी आन्दोलनले सिकाएका पाठहरु हुन ।
अहिलेको राष्ट्रको विषेश परिस्थितिले माग गरिरहेको कुर्बानी र मुलुकको संकटपुर्ण अवस्थालाई पार लगाउन आवाश्यक पर्ने मुल्यवान रगतका थोपाहरु दिन नेपाली युवाहरु तयार हुनु पर्ने अवस्था हाम्रो सामु उपस्थित भैरहेको छ । भविश्य प्रतिको सर्मपणता, बर्तमानले धिक्कारेको परिस्थिति, ईतिहाँसले किनारा लगाईदिएको तानाशाही ब्यवस्था र त्यो सोँचलाई परास्त गर्न सम्पुर्ण नेपाली युवा तथा विद्यार्थीहरु शिरमा कफन बाँधेर अझैँ जुर्मुराउनु पर्ने बेला भएको छ । लाठी, गोली, सेना, पुलिस, जेल—नेल, मुद्धा, यातनालाई समेत प्रवाह नगरी सडकमा ओर्लिनुपर्ने दिन आएको छ । जनतामाथि हुकुमतन्त्र लादेर रमाउने प्रतिगामी नायकहरुको विरुद्ध खवरदारी गर्ने र प्रतिगमनको योजनाकारहरुलाई हिटलर, जार, लुइस सोह्रौको ईतिहास दोहोर्याउदै प्रतिगामीहरुलाई परास्त पार्नुपर्ने समय भएको छ । यो नै अहिलेको निम्ति नौजवानहरुको परिक्षामय बेला हो । सम्पुर्ण युवाहरु एक हौं । जनताको जुझारु एकता जिन्दावाद । प्रतिगमन मुर्दावाद । युवा एकता जिन्दावाद ।

अराजकताबादको आहालमा कथित जनयुद्ध, भण्डाफोर अभियानमा दाड.को अनुभुती



प्युठानमा माओवादीले जनमोर्चाका २१ जना नेता तथा कार्यकर्ताहरुलाई अपहरण गरी ६ जनालाई अझै सम्म कथित जंगली हिरासतमा राखिरहेका छन । बिरामी हुदा औषधी उपचारबाट बन्चित गराउने, पत्रपत्रिका पड्न नदिने, रेडियो सुन्न नदिने र चरम शारिरिक तथा मानसिक यातना दिईरहेका छन । त्यो लगाएत माओवादी वाट भएका हरेक गलत जनविरोधी कृयाकलापको विरुद्ध तथा प्रतिगमनको विरुद्ध पश्चिमाञ्चलका सम्पुर्ण जिल्लाहरुमा जनमोर्चा नेपालले भण्डाफोर अभियान संचालन गरिरहेको छ । त्यस सिलसिलामा दाड. जिल्लाको अधिकासं गा. बि.स. हरुमा पुगेर जनता संग भेटघाट हुने मौका मिल्यो । त्यहा भएका घटनाहरुको बारेमा नजिकवाट हेर्ने, जनताको बिचमा पुगेर राज्य तथा माओवादी बाट भैरहेका गतिविधिहरुको बारेमा बुझ्ने, जनताको पिडाहरुलाई संगाल्ने अवसर मिल्यो । त्यसमा प्राप्त भएका केही अनुभुतिहरु लाई यहाँ राख्ने कोशिस गरिएको छ ।
“बाबुहरु मेरो खेतमा जम्मा चार मुरी धान फल्छ । अहिले त झन त्यही पनि भएन । म एउटी बुढीलाई ४ महिना पनि खान पुग्दैन । माओवादीहरु आएर मलाई १० पाथी धान मागे मैले म गरिब छु । धानले मलाई ४ महिना पनि खान पुग्दैन । मेरो साहारा कोही पनि छैन । १० पाथी धान दिएर म के खाएर बाँच्ने ? ५ पाथी लैजाउ भनिदिए तर माओवादीहरु मानेनन् । कति बिलौना गर्दा पनि मानेनन् । मैले दिएको ५ पाथी धान पनि नलगी मलाई धम्क्याउदै हामी लाई १० पाथी नै चाहिन्छ भनेर फर्के । बाबु निकै डर लागेको छ कहिले राती मार्न आउने हुन ? १० पाथी धान नै छुट्टाई राखिदिएको छु । “मर्नु भन्दा त बहुलाउनु नै निको ? हे बरै हामी गरिबको निम्ती के दिन आयो ?” आँखा भरि आँशु टलपल पारेर सेतै फुलेकी, सेतै पहिरन गरेकी, आँखा कम देख्ने, कान पनि कम सुन्ने ६५ बर्षिय बृद्ध महिलाले जनमोर्चाले आयोजना गरेको भण्डाफोर कार्यक्रम स्थल दाड. जिल्ला धर्ना गा.बि.स. को डाँगी गाँउ स्थित श्री जनता प्राथमिक विधालयको प्राङ्गढमा आई टुक्रुस्स बसेर धरधरी रुदै आफ्नो मनको बिलौना पोखिन ।”
सबैको हातमा राता राता झण्डा फहराईरहेका छन । जोडतोडले नाराहरु घन्किरहेको छ । ७२ बर्षिय किसान नेता मनिराम शर्माले जनमोर्चाको ठुलो झण्डा फहराउदै लेफ्ट राईटको तालमा पैदल मार्चको नेत्रित्व गरिरहनु भएको छ । बाटो बाटोमा (ईन्द्रेणी—रक्तिम) जनताका कलाकारहरुले “आगनमै बम पड्किन्छ कहिले, आछ्यानमै संगिन तेर्सिन्छ कहिले ....झन भन्दा झन भो आज आतंक गाह्रो भो जनतालाई बाँच्न दिनरात ...” जस्ता गितहरुले पैदल मार्चलाई उत्साहित पारिरहेका छन । सबैको अनुहारमा आगोको ज्वाला जस्तै कठोर मुस्कान छाईरहेको छ । उत्साह, उमङ्ग र प्रतिबद्धता अजङ्ग पहाड जस्तै बनि सबैको मनमा उभिएको छ । आन्दोलनको लक्ष्य प्रति सर्मपित सवै साथिहरु प्रतिबद्ध छन । मार्चमा महिलाहरुको संख्या पनि अत्यन्त उत्साहपरक रहेको छ । दुई ओटा हाते माईकले जुलुसको अगाडी र पछाडी कार्यक्रमको बारेमा प्रस्ट्याउने काम भएको छ । जताततै जनताले रङ्गी बिरङ्गी फुलका मालाहरु पहिर्याई दिंदै, राता अविरहरु बर्षाउदै मार्चलाई स्वागत गरिरहेका छन । बाटो बाटोमा सेतै फुलेका बृद्ध किसानहरुले “बाबु हो, नानीहरु हो तिमिहरुले साेंचेको सवैकुराहरु पुगोस, तिमिहरुको यात्रा सफल होस ।” भन्ने जस्ता भावविभोर शुभकामनाहरु दिईरहेका हुन्थे । कतिपयले तपाईहरुलाई डर लाग्दैन ? फेरी मार्लान्नी बाबुहरु समेत भन्थे । जुन गा.बि.स. को जुन स्थानहरुमा हाम्रो मार्च पुग्दथ्यो, हाम्रो विषयमा बुझिसकेपछि गाँउका सबै किसानहरु हाम्रो नजिक झुम्मिन्थे । सबैले आफ्ना भित्री मनका पिडायुक्त भावनाहरु टिलविल आँसुका साथ ओकल्थे । मार्च भरि पचासाँै स्थानहरुमा ब्यापक जनताको उपस्थितिमा ठुला ठुला विरोध सभाहरु सम्पन्न भए । सयौं स्थानहरुमा कोणसभाहरु भए । जनता सँग भेटघाट, छलफल, प्रशिक्षण हरु पनि सम्पन्न भए । हरेक कार्यक्रमहरुमा जनताहरुले त्रासपुर्ण बातावरणमा डराई—डराई आफ्ना कुराहरु सुनाउँथे । माओवादीको विषेश क्षेत्रिय ब्युरो प्रमुख विप्लवले तोकआदेश मुलक ढंगले लेखिएको ५ हजार, १० हजार, १५ हजार, २० हजार, २५ हजार, ३० हजार को ताकेता पत्रहरु देखाउथे र जोरजर्वजस्ती तरिकाले हजारौ रकम र मुिरका मुरी धान लगे भनेर बिलौना पोख्नेहरुको संख्या पनि कम थिएन ।
प्रतिगमन — मुर्दावाद ÷ जनमोर्चा नेपाल —जिन्दावाद÷ माओवादी होसमा आऊ — गरिव जनता नसताऊ ÷ हत्या, अपहरण, चन्दा आतंक — बन्द गर ÷ जनताको जुझारु एकता – जिन्दावाद ÷ अपहरित साथीहरुलाई – रिहा गर ÷ जंगली अदालत होईन, जनताको आदालतको सामना गर ÷ जस्ता नाराहरु धन्किने गर्दथ्यो । जिल्लाका सम्पुर्ण भागहरुमा (जहाँ मार्च पुग्यो) भित्ते लेखनका कामहरु पनि भए । जनमोर्चाको संगठन नभएका गा. वि. स. हरुमा पनि कार्यक्रम स्थलमा खचाखच जनसमुहको उपस्थिती रहन्थ्यो । खाना खाने समयमा मार्चमा सहभागी सयौं जनालाई जनताले खाना ख्वाउनको निम्ति खोसाखोस नै हुने गर्दथ्यो । राती सुत्ने बेलामा जनताहरु आफैले बाँडफाँड गरि सुताउँथे । ति सम्पुर्ण गतिविधिले हामिलाई के महसुस गराउदथ्यो भने हामीहरु आफ्नै संगठनको आधार क्षेत्रमा गैरहेका छौ ताकी सम्पुर्ण जनसमुदायहरु जनमोर्चामा प्रतिबद्ध छन र संगठित छन ।
संगठनात्मक हिसावले काग्रेस र एमालेले आफ्नो आधार क्षेत्र दावि गर्ने र प्रचारात्मक हिसावले माओवादी ले आफनो नयाँ सत्ताको जन्मथलो नै दावि गरिरहेको जिल्ला हो दाड. । बहुदलको स्थापना भैसकेपछि लगातार रुपमा मन्त्रि खाएको , राजसभा स्थाई समितिका सभापति भएको , भैगोलिक हिसावले पनि सुगम , दुई दुई ओटा पुराना नगरपालिका भएको , पुर्व पश्चिम राजमार्गले चिरिएको , पञ्चायती अवस्था मा होस वा १२ बर्षे बहुदलको अवस्थामा होस वा आश्विन १८ पछिको प्रतिगामी अवस्थामा होस जतिबेला पनि चर्चामा आईरहने जिल्लाको नाम हो दाड. । अहिले त्यस जिल्लामा आफुलाई ठुला भनाउँदा पार्टीहरुको उपस्थिती सुन्यता छ । हरेक गाँउमा राज्य तथा माओवादीका बन्दुके जमातहरुले जनतालाई पालो गरि गरि सताईरहेका छन । जनता अतंकित, भयाभह, डर, त्रासमा बाँचका छन । जिल्ला भरिनै साँझ ७ बजे बाट कफर््युको घोषणा भएको रहेछ । जिल्ला भरिकैै चिया पसल देखि बजारहरु साँझ ७ बजे पछि अन्धरकारमय हुन्छ । सारा गाँउहरु पनि सुनसान पल्टिन्छ । राती गाँउमा कोहि बिरामी भोि भने मर्नु बाहेक अरु कुनै उपाएनै देखिदैन । कहिले सतबरिया, कहिले घोराही, कहिले भालुवाड. आक्रमणको ताजा अनुभव संङ्गालेकाहरु बताउँछन “अझै स्मरण छ ति घटनाहरु अहिले पनि मुटु थरथरी काप्छ , रातभर माओवादीले जोरजर्वजस्ती चलाउने र दिनभर फेरि सरकारी सैनिकले दुखदिने, अब फेरि कहिले आक्रमणको मारमा परिने हो हे राम त्यस्तो दिन कहिल्यै नआवस ।” खिन्न हुदै भालुवड. बजारमा एउटा सानो होटल गरि बसेका ४५ बर्षिय महिलाले हाम्रो मार्चटोलिलाई बताईन ।
“मेरो एउटा छोरोले प्रहरीमा जागीर खान्छ । घरमा नआएको पनि झण्डै ४ बर्ष बितिसक्यो । मेरो श्रीमति टाउको सम्वन्धी विरामी भएर लगातार कहिले पाल्पा, कहिले काठमान्डा, कहिले भारतको विभिन्न स्थानहरुमा उपचार गर्न लैजाँदा लैजाँदै थुर्पै पैसा खर्च भैसक्यो । सम्पुर्ण रकम रिण खोजेर चलाईएको छ कसरी तिर्ने हो ? केही दिन अगाडी म घरमा नभएको बेलामा माओवादीहरु आएका रहेछन् १५ हजारको ताकेता चन्दाको चिठी पनि छोडेका थिए, त्यसको केहि दिन पछाडी फेरी आए । मैले आफ्नो हालत सम्पुर्ण बताएर तोकिएको पैसा दिन नसक्ने कुरा राँखे , तर उनिहरु मान्दै मानेनन् । तोकिएको पैसा नदिए मार्छौ भनेर धक्की दिए । म ७२ बर्ष पुगिसकेको छु , अब मलाई बाँच्ने रहर पनि छैन । मैले पैसा दिनै सक्दिन कँहा बाट दिने ? बरु मार्छौ भने मार भनिदिए । अनि माओवादीहरुले झोक्किदै अझ मुख मुखै लाग्ने ? हामीले त्यती सजिलै कहाँ मार्छौर ? हात खुट्टा काटी दिन्छौ । आँखा, नाक, कान झिकिदिन्छौ । हात खुट्टामा पिनले खोलिदिन्छौ । जिब्रो काटिदिन्छौ अनि मात्र तड्पाई तड्पाई मार्छौ भनेर जोर जर्वजस्ती गरे । गाँउका केहि मानिसहरु आएर मर्नु भन्दात बरु रिणै खोजेर भएपनि पैसा देउ भन्ने सल्लाह दिए अनि के गर्ने रिण खोजेर पैसा बुझाईयो । कलियुग भनेको त यहि पो रहेछ ।” लामो लामो स्वाँ स्वाँ सास फेर्दै दाड. जिल्ला हलवार गा.बि.स को खादे्रमा एक ७२ बर्षिय बृद्धले मंसिर ७ गते हामिलाई सुनाउनु भोि ।
जँहा—जँहा हाम्रो मार्च अभियान पुग्दछ त्यो भन्दा अगाडिनै सम्पुर्ण स्थानहरुमा विभिन्न प्रकारका भ्रमहरु छर्ने, डर—त्रास देखाउने, कार्यक्रममा जानुहुदैन भनेर जनतालाई धम्क्याउने, आज जनमोर्चाले कार्यक्रम गर्ने स्थानमा लडाई चल्छ नजानु भनेर आतंकित पार्ने काम माओवादी बाट जिल्लाभरिनै प्रशस्त मात्रमा भए । मंसिर ४ गते हाम्रो मार्च अभियान जिल्लाको पश्चिमी क्षेत्र पवन नगर गा.बि.स.मा पुगेर कार्यक्रम गरिरहेको बेला आफुलाई शान्ति नगर गा.बि.स.को कथित जनसरकार प्रमुख बताउने एक अपरिचित व्याक्तिले एकाएक आई कार्यक्रमका संचालक डिलाराम बुढाथोकी लाई यहाँ कस्को अनुमतिले कार्यक्रम राख्यौ भनेर धम्क्याउने काम समेत गरे । साथिहरुले हामिहरु जनमोर्चाको अनुमतिले आएका छौ , जनताको अनुमतिले आएका हौ भन्ने जवाफ दिनुभएपछि आफुलाई सर्मिन्दा हुदै एकाएक कथित जनसरकार प्रमुख कार्यक्रम स्थलबाट हाराउन पुगे । त्यसको केहि समय पछाडी सोही गाँउका छुट्टीमा गएका सैनिकहरु सँग अंगालो मारेर तिनै आफुलाई कथित जनसरकार बताउने मानिस आएको पनि देखियो । त्यसको ठिक भोलिपल्ट विहानको खाना र कार्यक्रम तुलसिपुर नगरपालिकाको वडा न.ं १० भट्टे भन्ने स्थानमा राखिएको थियो । त्यसको रातिनै माओवादीका हतियारधारी कथित लालसेनाहरु २५—३० जनाको संख्यामा आई जर्वजस्त जनताको घर भित्र पसि जनमोर्चालाई खान दिनु हुदैन भनेर बन्दुक सोझ्याउदै भोली यहाँ जनमोर्चाले कार्यक्रम राखेका छन् कोहि पनि नजाला भनि जंगली उर्दी जाहेर गरे । राती त्यहि गाँउमा सुते । बिहान हाम्रो मार्च त्यहाँ पुग्यो माओवादीको जर्वजस्तीका बावजुद पनि जनताले हामिलाई झुम्मिएर स्वागत गरे । माओवादीले राती गरेका कुराकानिहरु पनि सुनाए , उनिहरुले दिएको धाक धम्किको बारेमा पनि हाम्रो मार्च टोलिलाई खुलस्त राखे । गाँउका सम्पुर्ण जनताको उपस्थितिमा विशाल कार्यक्रम सम्पन्न गरियो । अनि फेरि पनि निरन्तर आउनुहोला भन्ने कामना गर्दै सबैले हात हल्लाएर हाम्रो मार्च टोलिलाई बिदाई गरे ।
२०६० मंसिर ९ गते दिँउसको खाना र कार्यक्रम रामपुर गा.बि.स मा आयोजना गरिएको थियो त्यस दिन अनेत्र पनि कार्यक्रम राखिएको ले त्यो रामपुर गा.बि.स.मा बिरोध कोणसभा राखिएको थियो । कार्यक्रम स्थलको नजिक बिधालय रहेछ हाम्रो कार्यक्रमको जानकारी पाए पछि विधालयबाट सबै बिधार्थीहरु हाम्रो कार्यक्रम स्थलमा आएर झोम्मिए । रिता मानुषीले मन्तब्य राखिरहनु भएको थियो त्यतिकैमा एकजना अपरिचित लाग्ने ब्याक्ति आई हातमा लठ्ठी समाएर त्यहाँ झुम्मिएका बिधार्थीहरुलाई भेडा बाख्रा लखेटे झैँ गरि बिधालय तर्फ खेद्न पुगे । कार्यक्रम पनि सकियो पछि स्थानिय जनता सँग कुराकानिहरु भए, साथीहरुले गाउलेलाई बिधर्थी लखेल्ने मानिस त्यही बिधालयको शिक्षक भएको कुरा सोधियो । तर उनि शिक्षक नभएर त्यही गा.बि.स.को कथित जनसरकार प्रमुख रहेको कुरा थाहा भोि । यस प्रकारको तह सम्म पनि माओवादीले दाड.मा जनता माथी बन्दुक र सैन्यवादी, अराजक, गैरराजनैतिक चरित्र प्रदशन गरेको भेटियो ।
हाम्रो मार्च अभियान मंसिर १३ गते देउखुरी क्षेत्रको अत्यन्त बिगट दक्षिणी गा.बि.स राजपुरको पोहरा भन्ने स्थानमा पुगियो । त्यहा हाम्रो संगठनको नाम निसानै रहेनछ , अत्यन्त पिछिडिएको बस्ति, धेरैले त नेपाली भाषा पनि बुझ्दैनथिए, बोल्न पनि जान्दैनथिए । त्यस दिन हाम्रो मार्च टोली आउदैछ भनेर थाहा पाएपछि सबै कामकाजमा नगएको कुरा बताए । हामिहरु सबै घरहरुमा बाँडिएर खाना खायौ, अत्यन्त खुसी साथ जनताले आफु सँग भएको दुध, घिउ, दहि सहर्ष टक्राए । दिनभर कार्यक्रम भािृ । स्थानिए भाषामा रेशम बि.सी, भरत भण्डारी, नाराएण योगी ले अभियानको बिषयमा बोल्नु भोि । जनताले जोर—जोरले ताली पिटे त्यही दिन हामी राप्ती तरेर लामो बाटो सतबरिया पुग्नु पर्ने थियो । तर त्यहाका जनताले हामीलाई तपाईहरु आज हाम्रो गाँउमा बस्नुहोस भनेर हाम्रो बाटो छेके, सबैले अनुरोध गरे । तर समय अभावको कारणले गर्दा फेरि आउने बाचा बाँधेर हात हल्लाउदै हाम्रो मार्च अभियान राप्तीमा हेलिदै सतबरिया तर्फ लाग्यो ।
आज देश रोईरहेको छ । जनता रोईरहेका छन । दुई थरी हतियार वालाहरु हतियारको तमासा देखाईरहेका छन । जनतालाई दुख दिईरहेका छन । हतियार भएको आधारले आफुलाई सर्वसक्तिमान सम्झिरहेका छन । प्रतिक्रियावादी, प्रतिगामी हरुले आफ्नो स्थितिलाई झन पछि झन मजबुद बनाउदै लगिरहेका छन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त नगरे सम्म हाम्रो देश अग्रगमनमा जान सक्दैन । त्यसैले प्रतिगमनको विरुद्ध संघर्षलाई केन्द्रित पार्नु पर्ने आजको प्रमुख बिषय हो । आज देशलाई रणनैतिक हिसावले सैन्यवादमा फसाउने दुवैथरि बन्दुकेहरुको मनसाए बुझिन्छ । प्रतिगामीहरुले त्यस प्रकारको सोचाई राख्नु लाई अन्यथा भन्न सकिदैन किनकी उनिहरुको वर्ग चरित्र, राजनैतिक चरित्र नै त्यसप्रकारको छ । तर दुखको कुरा क्रान्तिको नाममा, क्रान्तिकारी आन्दोलनको नाममा, जनयुद्धको नाममा आज माओवादीहरुले जनतालाई जोर जर्वजस्ती गरिरहेका छन । राजनैतिक आस्थाको कारण बाट सर्वसाधारण जनताको घांटी रेटेर मार्ने, आँखा झिकिदिने, नाक काटिदिने, खुट्टामा काँटी ठोकेर हिड्न लगाउन, तोके जति चन्दा नदिएको भनि गाउ निकाला गर्ने, जनताको घर कब्जा गरेर ताला मारिदिने, विकाश निमार्णको भैतिक संरचनाहरुमा बम पड्काएर ध्वस्त पारिदिने, राजनैतिक हिसाबले प्रतिवाद गरेको आधारमा अपहरण गरि कथित जंगली हिरासतमा राखी चरम शारिरिक तथा मानसिक यातना दिने काम निरन्तर संचालन गरिरहेका छन । आज उनिहरुले बिचार लाई गौण र बन्दुक लाई प्रधान ठनिरहेका छन । उनिहरुको हरेक गतिविधिहरु बिचारको आधारमा होईन कि बल र हतियारको आधारमा संचालित छन । यो उनिहरुको चरम सैन्यवादी रुझानको प्रतिफल हो । सैन्यवादी प्रवृतिको उपज हो । आज माओवादी चरम अराजकतावादको खाडलमा फस्दै गैरहेका छन । गुण्डागर्दीको दिशा समातिरहेका छन । उनिहरुले संचालन गरेको हरेक जनविरोधि गतिविधिहरुले प्रतिगामीहरुलाई मद्धत पुर्याईरहेको छ । प्रतिगमनका नायकलाई आफ्नो शक्ति अझ कस्दै लैजानको निम्ती माओवादी गतिविधिले बल पुगिरहेको छ ।
माओवादीहरुले बिगतका दिनहरुदेखिनै जे मागहरु सैदान्तिक,राजनैतिक तथा ब्यवहारिक हिसाबले राख्दै आए ठिक अर्को बिन्दु बाट ति मागहरुलाई राजाले पुरा गरिदिदै आएका छन । दरवार सँगको सम्वन्धलाई “अघोषित कार्यगत एकता” रुपमा चित्रण गर्ने, राजा लाई देशभक्ति किक्तामा राख्ने, बाग्लुङमा बेलाएती सेनाको अधिकृतहरुलाई अपहरण गर्दा सर्वोच्च कमाण्डर प्रचण्डले सोक बिहिल हुदै विज्ञप्ती दिने, अनि आस्थाको आधारमा राजनैतिक पार्टीका नेता कार्यक्रताहरुलाई अपहरण गर्ने , मार्ने , कथित जंगली हिरासतमा राखेर शारिरिक तथा मानसिक यातना दिने जस्ता अनगिन्ती जनविरोधि गतिविधिहरुको कारक तत्व माओवादीले अवलम्वन गरेको उर्गवामपन्थी गलत राजनैतिक बैचारिक धरातलनै हो । त्यसैको दुसित गर्भबाट जन्मेका हरेक कृयाकलापले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गराईरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तब्य बन्दछ । त्यसैले सबै राजनैतिक पार्टी, बौधिक समुदाय, राजनैतिक कर्मी लगाएत सम्पुर्ण तह र तप्का बाट ध्यान पुर्यादै गलत बैचारिक, राजनैतिक, सैदान्तिक,ब्यवहारिक पक्षहरुको विरुद्ध निर्ममता पुर्वक, संझौताहिन सैदान्तिक राजनैतिक रुपले संघर्ष संचालन गरिनु पर्दछ । जनतालाई त्यसको विषयमा सचेत पार्नु पर्दछ । गलत चिँजलाई सुधार्न हर संभव बाटाहरु अवलम्वन गर्नु पर्दछ । त्यही दैरानमा आज जनमोर्चा नेपाल छ । अहिलेको भण्डाफोर अभियान पनि त्यसैको एउटा अंग हो । आशा छ जनताको साथ अहिले जस्तै सदा—सदा रहने छ ।
२०६० मंसिर १ गते मार्च अभियानको उद्घाटन दाड.को सदरमुकाम घोराही बजारको दामोदर चोकमा भएको थियो । त्यस पछि विभिन्न गा.बि.स.हरु धर्ना, डुरुवा, उरहरी, टरिगाँऊ, हेकुली, पवननगर, तुल्सीपुर नगर पालिकाको विभिन्न वार्डहरु, हलवार, त्रिभुवन नगर पालिकाको विभिन्न वडाहरु, मानपुर, हापुर, गुलरिया, रामपुर, मौरिघाट, सिसनिया, सोनपुर, लालमटिया, बढरा, गोवडिया, गंगा परसपुर, गढवा, राजपुर, सतबरिया लगायतका गा.बि.स.हरु पार गर्दै २०६० मंसिर १५ गते लमही बजारमा हजारैं जनताको उपस्थितिमा जुलुसले बजार परिक्रमा गरि प्रथम चरणको कार्यक्रमको समापन गरियो ।


Sunday, January 24, 2010

युवा आन्दोलन हिजो र आज

युवा कम्युनिस्ट, मुखपत्र नेपाल कम्युनिस्ट युवा संघ (एकीकृत)
वर्ष ३, अंक १०६६ असोज
अग्रगति साप्ताहिक, वर्ष ४, अंक ११
२०६६ कार्तिक २६

आरम्भ,
विश्व कम्युनिष्ट आन्दोलनमा युवा संगठन र आन्दोलनको गौरवमय ईतिहा“स छ । शोषणमुलक समाजलाई ध्वस्त पारेर शोषणविहिन समाज निमार्ण गर्ने ठुला–ठुला आन्दोलनहरु युवाहरुले संचालन गरेका छन । श्रमजीवि वर्गको अधिकारलाई स्थापित गर्ने जनवादी, समाजवादी र साम्यवादी राज्यव्यवस्था निमार्ण गर्ने आन्दोलनको् मुख्य कडि युवाहरुनै हुन भन्न अतियुक्ति हुदैन । विश्वका महान क्रान्तिकारी अग्रजहरुले क्रान्तिकारी आन्दोलनको शुरुवात युवा अवस्था बाटै शुरु गरेका हुन । सवैभन्दा उर्जाशिल, सिर्जनशिल, सक्रिय, जागरिलो, तागतिलो, सिकारु, जुझारु, लडाकु तप्का युवाहरुनै हुन । त्यसैले पुरानो व्यवस्थाको अन्त्य गरेर नया“ व्यवस्थाको शुरुवात गर्ने आन्दोलनमा युवाहरुले ऐतिहासिक महत्व बोकेका छन । महान नेतृत्व, जुझारु सिपाई, सक्रिय कर्मचारी, सिपमुलक बैज्ञानिक, मेहेनती डाक्टर, दक्ष ईन्जिनियर, चनाखो वकिल, सिर्जनशिल समाज, उर्जाशिल नागरिक निमार्ण गर्ने मुख्य आधार युवाहरुनै हुन । त्यसैले त “क. माओले सन् १९५७ नोभेम्वर १७ मा युवाहरुलाई भन्नु भएको थियो ।” “संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरुकै हो । शक्ति र चेतनापूर्ण तिमी युवकहरु विहान आठ–नौ बजेको सूर्यझै“ जीवनको फत्र“mदो बेलामा छौ । हाम्रो आशा तिमीहरुमै रहेको छ । संसार तिमीहरुको हातमा छ । भविश्य तिमीहरुकै हातमा छ ।” नेतृत्व विकाशमा युवा, क्रान्तिकारी आन्दोलनमा क्रान्तिकारी विचार, दर्शन, सिद्धान्त, राजनीतिको आवश्यकता पर्दछ । त्यसलाई प्रतिपादन गर्ने, परिचालन गर्ने, बुझ्ने, बुझाउने र व्यवहारमा लागु गर्ने दक्ष जनशक्तिको झनै आवश्यकता पर्दछ । समाजमा देखा परेका हरेक विचार, नीति, सिद्धान्त, दर्शन र राजनीतिको बीचमा अन्तरसंघर्षहरु संचालन भैरहेका हुन्छन । ति विचारहरुको बीचमा एकले अर्काको अस्तित्वलाई समाप्त पार्न हरदम कोशिस भैरहेको हुन्छ । विचार, नीति, सिद्धान्त, राजनीति र दर्शनको बीचमा हुने अन्तरविरोधले गर्दा समाजमा शोषण, उत्पीडन, अन्याय, अत्याचार भैरहेको हुन्छ । प्रतिक्रियावादी शक्तिहरुले श्रमजीवि वर्ग माथि सवै प्रकारको दमन गर्न भुमिका खेलिरहेको हुन्छ । प्रतिक्रियावादीहरुको दमनले गर्दा श्रमजीवि वर्ग, गरिखाने वर्गलाई प्रतिरोधमा उत्रन वाध्य पार्दछ । त्यही अन्तरविरोधले पुरानो व्यवस्थाको अन्त्य भएर नया“–नया“ व्यवस्थाहरुको स्थापना हुदै गैरहेको हुन्छ । त्यसै परिवेशमा उत्पीडित जनताले क्रान्तिकारी युवाहरु निमार्ण गर्दछन । क्रान्तिकारी युवाहरुबाट क्रान्तिकारी नेतृत्व स्थापित हुन्छन । क्रान्तिकारी नेतृत्वले सहि विचार, सिद्धान्त, राजनीति, दशृन र आर्दशहरुको प्रतिपादन, परिचालन गर्न सक्छन । फेरी त्यसलाई व्यवहारमा लागु गर्न र रुपान्तरण गर्न तिनै क्रान्तिकारी युवाहरु र जनताले नै महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
जर्मनीमा एउटा एहुदी परिवारमा सन् १८१८ मा जन्मनु भएका कार्ल माक्र्सले “संसारका मजदुर एक होऔं” भन्ने नारा दिई विश्वभरिका मजदुरहरुलाई गोलवन्द गर्न सक्नु भयो । कार्ल माक्र्सले ३० वर्षको कलिलो युवा अवस्थामै सन् १८४८ मा “कम्युनिष्ट घोषणा पत्र” लेखेर विश्व भरिका कम्युनिष्टहरुको महान गुरु हुनुभयो, र संसारभरीमा कम्युनिष्ट आन्दोलनको जग बसाल्नु भयो । सन् १८५९ मा “पु“जी” ४२ बर्षको उमेरमै लेखेर विश्वभरीनै हलचल भच्चाईदिनु भयो । कार्ल माक्र्सले पुजीवादको विरोध र साम्यवादको प्रतिपादन गरेका कारण महान दार्शनिकको शुचिमा अग्रीम रुपमा चिनिनुहुन्छ ।
यस्तै सन् १८७० मा भोल्गा नदीको किनार सिम्वस्र्क रुसमा जन्मनु भएका क. लेनिन २३ बर्षको कलिलो उमेरमानै साम्यवादी विचारको प्रचारक भैसक्नु भएको थियो । २८ बर्षको कलिलो उमेरमा क. लेनिनले सन् १८९८ मा बोल्सेविक पार्टीको स्थापना गरिसक्नुृ भएको थियो । सन् १९०५ मा ३५ वर्षको उमेरमानै क. लेनिनले रुसमा जारको तानाशाहको विरुद्ध क्रान्ति शुरुगर्नु भयो, तर त्यो असफल भयो । फेरी सन् १९१७ मा दोश्रो पटक क्रान्ति गरेर तानाशाही जारको सासन पल्ट्याई दिनु भयो र आफ्नो अध्यक्षतामा सरकार समेत बनाउनु भयो । अफ्रिकामा नेल्सन मन्डेला, चिनमा क. माओ, भियतनाममा होचिमिन्ह जस्ता अग्रजहरुको क्रान्तिकारी आन्दोलनको शुरुवात र निरन्तरता उहा“हरुको युवा अवस्थास“ग अभिन्न ढंगले जोडिन्छ । त्यसैले क्रान्तिकारी आन्दोलनका अग्रज नेतृत्वको उत्पादन, बिकाश र परिचालनमा युवाहरुको भुमिका महत्वपूर्ण हुदै आईरहेको छ, र निरन्तरतामा अगाडि बढिरहने छ ।
युवा आन्दोलनको अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रभाव, युवा आन्दोलनको अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमानै अत्यन्त उल्लेख्य भुमिका रहेको छ । विश्व सर्वहारा वर्गका महान नेता क. लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व र निर्देशनमा स्थापीत युवकहरुको संगठन कम्सामोलले सोभियत समाजवादी क्रान्तिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । सन् १८९८ को बोल्सेविक पार्टीको स्थापना काल, सन् १९०५ को क्रान्तिको समय त्यस्तै सन् १९१७ को क्रान्ति, बोल्सेविक र मेन्सेविकको बीच हुने गरेको चरम बैचारीक अन्तरसंघर्ष आदीमा सोभियत युवाहरुको क्रान्तिकारी संगठन कम्सामोलको उल्लेख्य भुमिका क्रान्तिकारीहरुको लागि आज पनि अजर र अमर रहेको छ ।
हाम्रै छिमेकी मुलुक चीनमा चीनिया कम्युनिष्ट पार्टीको सहायक संगठनको रुपमा युवाहरुको क्रान्तिकारी संगठन “योङ्ग कम्युनिष्ट लिग” परिचालित थियो । क. माओका नेतृत्व र चीनिया कम्युनिष्ट पार्टीको अगुवाईमा संचालित जनवादी क्रान्तिको कालमा श्रमजीवि वर्गको मुक्तिको निम्ति अदम्य सहास र बलिदानीपूर्ण भाव सहित युवा संगठन “योङ्ग कम्युनिष्ट लिग” ले खेलेको गौरवमय भुमिका हाम्रो अगाडि सुः स्पस्ट रहेको छ । सन् १९१९ मई देखि १९२१ जुन सम्म चीनिया मई ४ आन्दोलन र कम्युनिष्ट आन्दोलनको उत्थान, सन् १९२१ जुलाई देखि १९२६ जुलाई सम्म चीनिया कम्युनिष्ट पार्टीको स्थापना, श्रमिक वर्गको आन्दोलनको विकाश, क्रान्तिकारी मोर्चा गठनको पहल र आन्दोलनको निम्ति प्रयास, सन् १९२६ देखि १९२७ सम्म चलेको प्रथम क्रान्तिकारी गृह युद्ध र उत्तरी अभियान, सन् १९२७ अगस्त देखि १९३१ सम्मको क्रान्तिकारी आधार क्षेत्रको स्थापना, जापान विरोधी आन्दोलन र पार्टी भित्र चलेको अन्तरसंघर्ष, सन् १९३१ देखि को जापानी साम्राज्यवाद विरोधी चरणवद्ध आन्दोलन, आधार क्षेत्रको निमार्ण, आन्तरिक शान्तिको पहल जो १९४२ डिसेम्वर सम्म चल्यो । त्यसपछि सन् १९४३ जनवरी देखि १९४५ सम्मको मुक्त क्ष्ँेत्रद्धारा प्रत्याक्रमणको शुरुवात, प्रतिरोध युद्ध र अन्तिम विजयको संखघोष आन्दोलन, सन् १९४५ देखि १९४६ सम्म जापानी साम्राज्यवादको आत्पसमर्पण र घरेलु जनवादको लागि संघर्ष, सन् १९४६ देखि १९४७ सम्म क्वमिङताङ फौजको विरुद्ध जनमुत्ती सेनाद्धा भिषण प्रतिरोधको चरण र क्रान्तिकारी गृह युद्धमा रणनैतिक आक्रमण र जन क्रान्तिको देशव्यापी विजयको शुरुवात सन् १९४७ जुलाई देखि १९४९ अक्टुवर सम्मको यि सवै चरणहरुमा युवाहरु, युवाहरुको क्रान्तिकारी संगठन “योङ्ग कम्युनिष्ट लिग”ले खेलेको भुमिका अजङ्ग पहाड जस्तो हाम्रो सामु उभिएको छ ।
त्यसपछि पनि सन् १९६६ देखि १९७६ सम्म चलेको महान सर्वहारा सा“स्कृतिक क्रान्तिमा युवाहरुको उल्लेख्य भुमिका रहेको हो । त्यसैले त “क. माओले सन् १९६६ जुलाई २१ गते केन्द्रीय कमिटिको बैठकमा युवाहरुको बारेमा संवोधन गर्नु भएको थियो ।” “यहासम्म कि तपाईहरुले आफ्नै जिउमा आगो लगाउन तयार हुनु पर्छ, दनदन बोलिरिहेको आगोको ज्वालामा आफुलाई होम्न तयार हुनुपर्छ के तपाईहरुमा यसो गर्न हिम्मत छ ? तपाई हरुले एकचोटि मात्र होईन बारम्वार देशलाई समाजवादमा प्रवेश गराउन बल गर्नु पर्दछ । राजनीतिलाई कमाण्डमा राख्नुहोस, जनताको बीचमा जानुहोस, उनिहरुस“ग घुलमिल गर्नुहोस र महान सा“स्कृतिक क्रान्तिलाई अझ राम्ररी हाक्नुहोस ।” क. माओको उक्त भनाई आज पनि युवा आन्दोलन र युवाहरुको लागि महत्वपूर्ण रहेको छ । यसलाई आत्मसाथ गर्नु सवै सहि युवा आन्दोलनको दायीत्व हो । पेरिस कम्युनको स्थापना, भियतनामी क्रान्तिको सफलता र नेपालको सन्दर्भमा समेत युवा आन्दोलनको प्रभाव अथक र महत्वपूर्ण रहेको छ । नेपाल कम्युनिष्ट पार्टीको मातहतमा २०१२ सालमा नेपाल राष्ट्रिय युवक फेडेरेसनको स्थापना गरिएको थियो । उक्त संगठनको २०१२ जेठ २९ देखि असार ३ गते सम्म पाल्पामा भएको प्रथम सम्मेलनले विधान तथा नीतिहरु पारित गरेको थियो र त्यस सम्मेलनले संगठनको नामलाई बदलेर पश्चिम नेपाल युवक संघ राख्यो । त्यस्तै २०१४, १७, २७ र २९ सालमा पनि युवा संगठनको गतिशिलता थियो । यसैगरी २०३८ साल माघ महिनामा राष्ट्रिय स्तरको अखिल नेपाल युवक संघ स्थापना गरियो । त्यही निरन्तरतामा बहुदलीय व्यवस्थाको स्थापना पछि अन्य युवा संगठनहरु पनि निमार्ण भए । जो आज सम्म पनि आ–आफ्नै ढंगले क्रियाशिल रहेका छन । आन्दोलनको सन्दर्भमा २००७, ०१४, ०१७, ०२७, ०३६, ०४६, ०५२ र पछिल्लो समयमा ऐतिहासिक जनआन्दोलन ०६२÷६३ सम्म आईपुग्दा लाखौं–लाख युवाहरुले बलिदानीपूर्ण संघर्षमा भाग लिईसकेका छन । हजारौं युवाहरु सहीद भैसकेका छन । त्यसैले आजको आन्दोलनको मेरुदण्ड पनि युवाहरु नै हुन भन्न अतियुक्ति हुने छैन ।
युवा आन्दोलन प्रतिको अपेक्षा, आज हाम्रो देशमा पनि समाजले युवाहरु र युवाहरुले संचालन गर्ने आन्दालन प्रति ठुलो विश्वास र भरोसा राखेको छ । विश्वस्तरमा पनि युवाहरुको आन्दोलनले ठुला–ठुला सफलताहरु चुमेको थियो । समाजले युवाहरु प्रति राखेको विश्वास र भरोसालाई पुरा गर्न आमुल परिवर्तनकारी आन्दोलनको प्रकृयालाई जोडतोडले विकाश गर्नु अनिवार्य रहेको छ । “कम्युनिष्ट समाज निमार्ण गर्ने वास्तविक कार्यभार युवाहरुको नै हो । श्रमजीवि वर्गको निम्ति वर्ग संघर्षमा होमिनु र कम्युनिज्म निमार्ण गर्न अगाडि बढ्नु युवाहरुको मुख्य कार्यभार हो” उक्त भनाई “क. लेनिनले सन् १९२० अक्टुवर २ मा युवाहरुको तेश्रो रुसी का“ग्रेसमा भन्नु भएको थियो ।”
रणनैतिक हिसावले जनवादी समाजवादी र साम्यवादी राज्य व्यवस्था निमार्ण गर्ने अभिष्टतालाई केन्द्रमा राखेर युवा आन्दोलन अगाडि बढ्नु पर्दछ । त्यसको साथै तत्कालमा देखा पर्ने समस्याहरुलाई पनि समाधान गर्न संघर्ष गर्न पछाडी पर्नु हुदैन । आज देशमा देखिएका समस्याहरुलाई समाधान गर्न पनि युवा आन्दोलनको खा“चो रहेको छ । त्यो भरोसा समाजले युवाहरु प्रति राखेको छ । यतिवेला तोकिएकै समयमा सार्थक अग्रगामी संविधान निमार्ण गर्न जोड दिनु पर्दछ । भारतीय विस्तारवादले नेपाली भुमि अतिक्रमण गरिरहेको छ त्यसलाई रोक्न राष्ट्रियताको आन्दालनको आ“धी–वेहरी सृजना गर्नु पनि अर्को महत्वपूर्ण जिम्मेवारी युवा आन्दोलनमा रहेको छ । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धी—संझौताहरुलाई खारेज गरिनु पर्दछ । सरकारले गर्ने गरेको राष्ट्रघाती, जनघाती कामहरुलाई पूर्ण रुपले रोक्न फेरी पनि आन्दोलनको आवश्यकता पर्दछ । कमिसनतन्त्र, घुसखोरी, भ्रष्टाचार, तस्करीलाई तत्काल रोकिनु पर्दछ । पूर्ण शान्तिशुरक्षाको व्यवस्था, जनआन्दोलनका अपराधीहरुलाई कारवाही जस्ता विषयहरु पनि आजका मुख्य विषयहरु हुन त्यसैले आजका यि विषयहरुलाई हल गर्नको लागि फेरी ठुलो दवाब आन्दोलनको जरुरी रहेको छ । त्यसको नेतृत्व अझ युवाहरुले गर्नु पर्दछ । समाजले राखेको यो विश्वासलाई पुरा गर्न सम्पूर्ण युवाहरु र क्रान्तिकारी युवा संगठन ठोस योजनाका साथ लाग्नु आजको अनिवार्य प्रश्न हो । “एक युवक क्रान्तिकारी छ कि छैन भनेर कसरी जाच्नु पर्छ ? हामी कसरी छुट्ट्याउन सक्छौं ? यसको एउटा मात्र कडि हुन सक्छ, त्यो हो, उ मजदुर र किसानहरुको समुह सित एकाकार भई मिल्न ईच्छुक छ कि छैन र व्यवहारमा पनि त्यसै गर्छ कि गर्दैन । उ यसो गर्न ईच्छुक छ र वास्तवमा त्यस्तै गर्छ भने उ क्रान्तिकारी हो, नत्र उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हो । उसले आज मजदुर र किसानहरुको समुहमा एकरुप पार्छ भने उ आज क्रान्तिकारी हुन्छ, भोली उ त्यसो गर्न छाड्छ र साधारण जनतालाई थिच्न थाल्छ भने उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हुन्छ ।” “सन् १९३९ मे ४ मा युवा आन्दोलनको दिशा मा क. माओले उक्त कुरा बताउनु भएको थियो ।” आजको परिवेशमा पनि यहि कुरा सहि र सत्य छ । किनकी, हाम्रो देशमा क्रान्तिकारी आन्दोलनको लागि किसान र मजदुर वर्ग नै सवैभन्दा आधारभुत वर्ग हो । त्यो वर्ग नउठे सम्म र आन्दोलनमा नलागे सम्म आजको नेपाली क्रान्तिले सफलता चुम्न सक्दैन । अन्त्यमा, युवा संगठन र आन्दोलनमा पनि विभिन्न अवसरवादी विचारहरु बारम्वार देखिने गरेको हुन्छ । एकातिर दलाल, नोकरशाही तथा सामन्ती प्रतिक्रियावादी विचारहरु युवा आन्दोलनका बाधक हुन भने अर्कोतिर दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी अराजकतावादको प्रकृयाबाट देखा पर्दछ । त्यस प्रकारको विचारले क्रान्तिलाई मदत गर्दैन बरु प्रतिक्रान्तिको सेवामा लाग्छ । उनिहरुले साम्राज्यवाद तथा विस्तारवादहरुस“ग संघर्षको होईन संझौताको नीति अवलम्वन गर्दछ । सत्ता, कुर्सी, सुख–सविधा, पद–प्रतिष्ठा, जनघाती तथा राष्ट्रघाती गतिविधीहरु उनिहरुको मुख्य कामहरुमा पर्दछन । यो गलत विचारबाट युवाहरुलाई सचेत पार्नु, युवा संगठनलाई यसबाट बचाउनु अनिवार्य रहेको छ ।
माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथप्रदशक सिद्धान्त मान्नु, सर्वहारावर्गको अधिनायकत्वलाई स्वीकार गर्नु, वर्ग संघर्षलाई हरेक समयमा आत्मसाथ गर्नु, सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य मान्यतालाई स्वीकार गर्नु र यसैको आधारबाट युवा आन्दोलनलाई अघि बढाउनु हामी सवैको दायीत्व हो । यो प्रकृयामा सवै क्रान्तिकारी युवाहरु लाग्नु पर्दछ, भने त्यही परिवेशमा युवा आन्दोलनलाई चर्काउनु पर्दछ ।

चौतर्फी अतिक्रमण, गणतन्त्र नेपाल भित्रको सरकार बारे

देशप्रेम साप्ताहिक, वर्ष ११, अंक १२
२०६६ सावन ५
विश्व २१ औं सताव्दीमा दौडिरहेको छ । आर्थिक तथा आणवीक होडवाजीमा तछाड–मछाड गरिरहेको छ । शस्त्र, अस्त्रको छिनाझपेटीमा लागेको छ । विश्वभरी आफ्नो साम्राज्य कायम गर्न उछिना–पछिना गरिरहेका छन, तर हाम्रँे देश यतिवेला चौथर्फी अतिक्रमणमा परेको छ । साम्रँज्यवाद, विस्तारवाद, सामन्तवादको अतिक्रमण, राज्य सत्ता माथिको अतिक्रमण, नदिनाला र नेपाली सीमा अतिक्रमण, पद, प्रतिष्ठा, प्र्रलोभन र कुर्सीमाथि अतिक्रमण, सेना, पुलिस, सरकारी कर्मचारीमाथि पनि अतिक्रमण, स्वास्थ्य, शिक्ष्ाँ, खेलकुद र रोजगार जताततै अतिक्रमण, राजनीति, कुटनीति त्यहा“ पनि अतिक्रमण, अनेकौं अतिक्रमण र चौतर्फी अतिक्रमण ।
हामी सवैले भन्छौं के यी अतिक्रमण ठिक हो ? होईन । के यी सवै क्ष्ँेत्रमा हुने गरका अतिक्रमणले नेपाली जनतालाई फाईदा पुगेको छ ? छैन । के यस्तो अतिक्रमणले हाम्रँे मुलुकको स्वाभिमानको रक्ष्ाँ गरेको छ ? त्यो पनि छैन, तर किन भैरहेको छ, अतिक्रमण ? किन चुप छौं हामी ? किन चुप छ सरकार यो अतिक्रमणमा ? सरकार–सरकार जस्तो भएन, नागरिक– नागरिक जस्तो भएनौं, सरकार चलाउने राजनैतिक पार्टीहरु राजनैतिक पार्टी जस्तो भएनन्, त्यसैले त भैरहेको छ यो चौतर्फी अतिक्रमण ।
हामीले भन्छौ, लेख्छौ, सुन्छौ, पड्छौ कि यो मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । जताजतै नया“ नेपाल, गणतन्त्र नेपाल, सुनौलो नेपालको सुगा रटाई भएको छ, तर नेपाल उस्तै छ, सासन व्यवस्था उस्तै छ, मह“गी– शान्तिशुरक्ष्ाँ उस्तै छ, सासन संचालन गर्ने मानिस उस्तै छन्, विकाश बजेट उस्तै छ, प्रधानमन्त्री, मन्त्रीहरु र सभासद र तिनका आउरे–बाउरे र धुपाउरेहरुको सुख, सुविधा, ठा“ट–का“ठ, रवाफ–दवाफ पनि त उस्तै छ, के फेरियो नेपालको नया“ ? गणतन्त्र नेपालको नया“ ? कमिसनतन्त्र, कालोवजारी, तस्करी र भ्रष्टाचार रोकिएको छैन । रोग, भोग र झाडा पखालाले कर्णालीमा दिनहु“ मानिस मर्न पनि छेकिएको छैन । नेपालीहरु रोजगारी नपाएर गा“उबाट सहर र सहरबाट विदेश पलाएन हुने क्रम पनि रोकिएको छैन्ँ । सत्तँ, सरकारको आडमा ठेक्का–पट्टा, लुटपाट र कुटपाट अनि अपहरणको खेल पनि त रोकिएकै छैन ।
के थाहा थियो ? कोटेश्वरका रामहरी श्रेष्ठलाई जनताको मुक्तीको निम्ति नै भनेर लडेका सेनाको व्यारेकमै ज्यान जाला भनेर । जनकपुरका पत्रकार उमा सिं र विरेन्द्र शाहलाई पनि त गणतन्त्र नेपालमा अकाल मृत्यु मर्न पर्ला भन्ने थिएन होला । बुटवलका प्रचण्ड थैवलाई पनि राजनैतिक आस्थाको आधारमा दिन–दहाडै जिवन गुमाउनु पर्ला भन्ने पक्कै थिएन, काठमाडौंका विद्यार्थी ख्याती श्रेष्ठको भौतिक शरीर टुक्रा–टुक्रा पारेर फाल्दा पनि त यो नेपाल नया“ नेपालनै थियो, गणतन्त्र नेपालनै थियो ।
हामीले बारम्वार भन्दै आएका छौं, सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धी–संझौताहरु खारेज गर, तर पनि दोहोरिदै आयो । नेपाली काग्रेसको सरकारले टनकपुर बेच्यो, एमालेको पालामा राष्ट्रघाती महाकाली सन्धी भो, भने माओवादीको पालामा पनि त्यो वा“की रहेन, पश्चिम सेती, एकीकृत बा“ध परियोजना र राष्ट्रघाती महाकाली सन्धीको क्रियान्वयन आदी–आदी । भारतस“ग जोडिएको नेपालको २६ जिल्ला मध्य २१ जिल्लाको ५४ भन्दा बढी स्थानमा नेपाली भुमि मिचिएको छ । भारतबाट एकतर्फीरुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी भुभाग मिचिएको अनुमान गरिएको छ । यसमध्य कालापानीको लिम्पियाधुरा क्षेत्रमा मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार भन्दा बढी हेक्टर जमिन मिचिएको छ ।
पुरानो नेपालको अन्त्य भयो र नया“ नेपाल आयो । राजतन्त्रात्मक नेपालको अन्त्य भयो र गणतन्त्र नेपालको स्थापना भयो । पुरानो संविधान च्यातियो, नया“ अन्तरिम संविधान आयो । पुरानो मुल्य–मान्यता फेरियो, सरकार फेरियो, सरकार संचालन गर्ने पार्टी पनि फेरिए, प्रधानमन्त्री–मन्त्री र सभासदहरु पनि त बलदिए तर जनतालाई गास, बास, कपासको समस्याले तड्पिने क्रम छोडेन । हत्या, आतङ्क र भयाभहबाट मुक्त हुने स्थिति बनेन । सत्तामा जाने राजनीतिक पार्टीको व्यवहार फेरिएन, सैली फेरिएन र नीति, सिद्धान्त, विचार, दृष्टिकोण फेरिएन ।
आखिर यी सवै हुनुमा के जिम्मेवार छन त ? साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी शक्तिहरु जिम्मेवार छन । दलाल, नोकरशाह तथा पुजि“वादीतत्वहरु जिम्मेवार छ । सरकार संचालन गर्ने राजनीतिक पार्टी र तिनका नेताहरु जिम्मेवार छन । सरकार भन्दा बाहिर हुदा“ एउटा कुरा, सरकारमा पुगे पछि अर्को कुरा गर्ने र त्यही अनुशार व्यवहार गर्ने शाषकधारीहरु जिम्मेवार छन । पुलिस, कर्मचारीतन्त्र जिम्मेवार छ । राज्य सत्ताका सबै अंग तथा संयन्त्रहरु जिम्मेवार छन, किनकी जनता माथि सासन गर्ने तिनै अंग, संयन्त्र र तत्वहरु हुन । जब सम्म सामन्ती नोकरशाह तथा दलाल बर्गको हातमा रहेको राज्यसत्ता बदलिने छैन तवसम्म यो क्रमबाट नेपाली जनता मुक्त हुने छै्रनन ।
हामीले भन्दै आएका छौं, राज्य शक्तीका श्रोत जनता नै हुन । आन्दोलनका निर्णयक कर्ता पनि जनता हुन, तर विचरा जनता π राजनैतिक आन्दोलनमा सडक भरी ईटा, ढुङ्गा, लाठी, मुडा सवै बोकेर उत्रिएकै छन, तिनै राजनैतिक पार्टीको झण्डामुनी बसेर जय नेपाल, जय मातृभुम्ँी र ल्ँँल्ँसल्ँँम्ँले अभिवादन पनि ठोकेकै छन । सेना, पुलिसले लाठी गोली बर्साउदा सवैभन्दा अगाडि ढाल बनेर उभिएकै छन । लाठी खानु परे खान्छन, पानीको पोहरामा थापिनु परे पनि थापिन्छन, जेल जानु परेपनि जान्छन, घाईते हुन पनि तयार नै छन, तातो गोली छातिमा थापेर सडकमै ढल्नु परे पनि ढल्छन । चुनावको बेलामा बुथ क्याप्चर गर्नु परे पनि गर्छन, भोट दिनु परे पनि दिन्छन । विरोधी पार्टीका नेता कार्यक्रर्ताहरुलाई पिट्न परेपनि पछि पर्दैनन् । जनताले सवै गर्छन, सधै मर्छन, सधै रुन्छन त्यसैलेत, महान छन जनता ।
खान लाउन नपाएपनि, रोग, भोग र सोकले तड्पिएर मर्नु परे पनि, भिर–पाखा, सडक–गल्ली भौतारिएर हिड्न परे पनि जनता झुकेका छैनन, थाकेका छैनन्, हारेका छैनन्, पछि हटेका छैनन् आवश्यक परे जेल जान पनि तयार छन, निरास भएका छैैनन, बरु गोली खाएर मरेका छन, त्यसैले जनता महान छन । अब फेरी एकपटक जनता आन्दोलनमा उठ्नु पर्ने बेला आएको छ । हरेक अतिक्रमणहरुलाई रोक्न फेरी जाग्ने बेला भएको छ । नेपाललाई नया“ नेपालमा लैजान र नया“ नेपालस“गै गणतन्त्र नेपालमा रुपान्तरण हुन उठौं, लागौं र फेरी जुटौं ।

झाडा पखालाको महामारी र सरकार बारे केही कुरा

देशप्रेम साप्ताहिक, वर्ष ११,अंक १३,
२०६६ सावन १२
फैलिएको झाडा पखाला,
हालै मध्यपश्चिम तथा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा झाडा–पखालाको महामारी भयो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको तंथ्याङ्क अनसार जाजरकोटमा १ सय ४३, रुकुममा ३३, डोल्पामा ६, सुर्खेतमा ६, दैलेखमा ९, सल्यानमा २, रोल्पामा १ जनाको ज्यान गैसकेको छ भने त्यो संख्या दिनहु“ बढिरहेको छ । त्यस्तै जाजरकोटमा २ हजार, रुकुममा ५ सय, डोल्पामा १ सय ७६, सुर्खेतमा २ सय १५, दैलेखमा ७०, सल्यानमा १ सय ४५, रोल्पामा ३३ को संख्यामा झाडा पखालाले सिकिस्त विरामी छन । यो क्रम रोकिने अवस्थामा छैन । दिनहु“ फैलिरहेको छ झाडापखाला । मानिसहरु मरेका मरेनै छन, विरामी हुनेको संख्या पनि दिनका दिन बढिरहेको छ । यसको प्रभाव दाङ लगाएत आसपासका जिल्लाहरुमा पनि देखिन थालेको छ । झाडा पखालाले २ सय भन्दा बढीको ज्यान गैसकेको छ । उपचार नपाएर हजारौं नागरिकहरु तड्पिरहेका छन । समस्या झन पछि झन विकाराल बन्दै गैरहेको छ । औषधीको व्यवस्था छैन । उपचार गर्ने चिकित्सकहरु छैनन । झाडा पखाला फैलिएका सबै स्थानहरुमा आज सम्म पनि औषधी तथा चिकित्सकहरु पुग्न नसकिरहेको अवस्था छ । गा“उमा झाडा पखालाले मृत हुन गएकाहरुलाई मलामी जाने मानिस नभेटिने अवस्था सृजना भएको छ । आजको २१ औं सताव्दीको युगमा पनि हाम्रो देशमा झाडा पखालाबाट सयौं मानिसहरु मर्ने भन्ने कुरा अत्यन्त दुखदायी कुरा हो । यो अवस्थाबाट त्यो क्ष्ँेत्रलाई मुक्त पार्न हामी सवैले भुमिका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको छ ।
झाडा पखाला र भ्रमण, सरकारका प्रधानमन्त्री, मन्त्री लगाएतका प्रतिनिधिहरु झाडा पखाला प्रभावित क्ष्ँेत्रका केही स्थानहरुमा हेलिकप्टर भ्रमण गरेर फुलका माला ग्रहण गरेर फर्किसकेका छन भने विपक्ष दलका नेता डा. बाबुराम भटराईको नेतृत्वमा समेत केही सभासदहरुको टोलीले पनि त्यही प्रक्रिया दोहोराउदै हेलिकप्टरमा नै प्रभावित क्ष्ँेत्रमा घुमेर फर्के । तर सरकारले हालसम्म पनि प्रभावित क्षेत्रहरुमा प्रभावकारी ढंगले झाडा पखालालाई नियन्त्रण गर्न सकिरहेको छैन । हेलिकप्टर जाने खर्चले त्यहा“का विरामीहरुलाई औषधी तथा चिकित्सक पठाउने व्यवस्था मिलाएको भए त्यो खर्चबाट केही विरामीहरुले उपचार पाउने थिए, केही मानिसहरु मर्नबाट रोकिने थिए वा झाडा पखालालाई केही तहसम्म नियन्त्रण गर्न सकिने थियो होला ।
झाडा पखाला क्षेत्रको अवस्था, नेपालमा भौगोलिक हिसावले मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्र सबभन्दा विकट क्षेत्र हो । त्यहा“ स्वाथ्यको प“उच पुग्न सकेको छैन, त्यसैले धेरै मानिसहरु रोगी छन । शिक्षाको अभाव छ, त्यसैले मानिसहरु असिक्षित छन । अनेत्रको तुलनामा उपयुक्त रोजगारको व्यवस्था छैन त्यसैले विदेश पलाएन हुनेको संख्या पनि धैरै नै छ, त्यसमा पनि विदेश जाने मुख्य आधार भारत भएकोले विदेश गएर कमाउने र आफ्नो आर्थिक अवस्थालाई सुधार गर्ने स्थिति पनि छैन । भौगालिक हिसावले अत्यन्त असजिलो पहाडी क्षेत्र भएकोले यातायातको व्यवस्था पनि हाल सम्म हुन सकिरहेको छैन । आदी कारणहरुले गर्दा यो क्षेत्र अन्यको तुलनामा पछाडी परेको छ । मध्यपश्चिम र सुदुरपश्चिमका जनताले सफा पिउने पानी पाएनन् । खाने चामल, दाल, नुन, चिनी, लगाएतका उपभोग्य बस्तुहरुको समेत अभाव भयो । सडे–गलेका दैनिक उपभोग्य वस्तुहरुले दिन गुजारा गर्नु पर्ने वाध्यता वा भोकै बस्नु पर्ने अवस्था त्यह“ाका जनतालाई पर्यो । जसको कारणले गर्दा मानिसहरु हरेक प्रकारका रोगहरुबाट ग्रस्त हुनु पर्यो । रोग लागि सके पछि उपचारको व्यवस्था हुन सकेन । औषधी चिकित्सक लगाएतका श्रोत साधनको अभाव भयो । निजी क्ष्ँेत्रमा खुलेका अस्पतालहरु दुर्गम गा“उठा“उमा जाने कुरा भएन भने त्यह“ाका जनताको आर्थिक तथा भौगोलिक अवस्थाको कारणले गर्दा उपचारको निम्ति बाहिर जाने कुरा पनि असम्भव भयो । जसले गर्दा आज कर्णालीका जनता यस प्रकारको भोक, शोक र रोगबाट ग्रस्त हुनु परिरहेको छ ।
सरकारको कामको आधार, सरकार कसरी, कसले र कुनरुपबाट संचालन भएको छ भन्ने कुराले देशको अवस्था के छ भनेर बुझ्न सकिन्छ । आज सरकारमा बसेका दलहरु मुख्यतः, बहुदलीय व्यवस्था आए पछी यो वा उ ढंगले सरकार मै हाली–मुहाली गर्दै आईरहेका छन । कतिपय दल लामो समय र कतिपय छोटो समय भए पनि सरकारमै छन । तिनै पार्टी तथा व्याक्तिहरुले आज पनि मुलुक चलाईरहेका छन । त्यसैले यो सरकार प्रतिक्रियावादको गर्भबाट जम्मेको हो । यो अवसरवादको कोखमा खेलिरहेको छ । सामन्त, दलाल तथा नोकरशाह बर्ग यो सरकारको जग हो । साम्रज्यवाद तथा विस्तारवाद सरकार संचालनको मुख्य आधार हो । प्रतिक्रियावाद तथा संशोधनवाद यो सरकारको दिशा–निर्देश हो । शोषण, दमन, अन्याय, अत्याचार यो सरकारको मुख्य कडी हो । पद–प्रतिष्ठा, सुख–सुविधा, व्याक्तिगत स्वार्थ–प्रलोभन, यो सरकारको अभिष्टता हो । भ्रष्टाचार, घुसखोरी, कमिसनतन्त्र, ठेक्का–पट्टा, लुट–ब्रमलुट यो सरकारको चरित्र हो । राष्ट्रघात र जनघात यो सरकारको कर्म हो । त्यसैलेनै यो सरकारको काम जनपक्षीय छैन । राष्ट्र पक्षीय छैन । बरु जन विरोधी, राष्ट्र विरोधी, समाज विरोधी छ । नागरिक स्वतन्त्रता विरोधी पनि छ ।
सरकारको गठवन्धन, यो सरकारको गठन अराजनैतिक र अपवित्र ढंगले भएको छ । यो विभिन्न २२ दलको सहमतीमा बनेको छ । यो सरकार प्रतिगमनकारी, राजावादी, प्रतिक्रियावादी, दक्षिणपंथी–अवसरवादी, क्षेत्रीयतावादी, जातीयतावादी, संङ्किणवादी समुहको जमघट हो । यो सरकारलाई राजावादी दरवारीया तत्वहरुको समेत सहयोग र समर्थन मिलेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले पनि यो सरकारलाई मलजल गरेका छन । प्रतिगमनकारी तत्वहरु पनि यो सरकारमा घुसेका छन । ऐतिहासिक जनआन्दोलन ०६२÷६३ का अपराधीहरु समेतको यो सरकारमा सहभागिता र समर्थन रहेको छ । कुनै राजनैतिक चरित्र नभएकाहरुले समेत यो सरकारलाई साथ समर्थन दिएका छन । यो सरकार नत सरकार संचालनमा रहेका पार्टीहरुको एकमना एकतामा बनेको छ, न यसलाई जनताको समर्थन नै प्राप्त छ । त्यसैले नत यो सरकारले समयमै सार्थक संविधान निमार्ण गर्न सक्नेछ, न जनताको चाहना अनुशार राज्यको नया“ संघीय संरचना निमार्ण गर्न । नत यसले शान्तिशुरक्षाको अवस्थालाई सुधार गर्न सक्ने छ, न यसले मुल्य घटाउन । नत यो सरकारले अतिक्रमित भुमीलाई बचाउन सक्ने छ, न जनआन्दोलनको दोशीलाई कावार्ही गर्न । न यो सरकारले भ्रष्टाचारी, घुसखोरी, कमिसनतन्त्र, कालोबजारी र तस्करीहरुलाई रोक्न सक्नेछ, नत यसले चेलिबेटी बेचविखनलाई नै रोक्नेछ । नत यो सरकारले शिक्षा, स्वाथ्य, रोजगार लाई सर्वसुलभ वैज्ञानिक र गरिव जनतामा आधारित बनाउन सक्ने छ, न यसले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा हुने गरेको अराजकतालाई नै रोक्ने छ । न यो सरकारले राजनीतिक अस्थिरतालाई अन्त्य गर्न भुमिका खेल्ने छ, नत यसले दण्डहिनता र सामाजिक सुरक्षाको अवस्थालाई सुधार गर्न सक्ने छ । त्यसैले हामी सवैले यो सरकारबाट आशा गर्नु भनेको आकाशको फल आ“खा तरी मर भने जस्तै हुनेछ ।
सरकार र काण्डहरु, यो सरकारमा विभिन्न काण्डहरुको झुण्ड जम्मा भएको छ । यो सरकारमा काण्डै–काण्ड मच्चाउनेहरुको जमघट भएको छ । राष्ट्रघाती तथा जनघाती टनकपुर काण्ड, महाकाली काण्ड, लाउडा काण्ड, कालो नागरिकता वियद्येक काण्ड, नदिनाला बेचुवा काण्ड, बन तस्करी काण्ड, प्रतिगामी मतियार बन्ने काण्ड, कल काण्ड, पजेरो तथा प्राडो काण्ड, महल काण्ड, सुत्केरी भत्ता काण्ड, संकटकाल तथा सेनापरिचालन काण्ड, औषधी–उपचार काण्ड, पञ्चेश्वर परियोजना काण्ड, सिमा अतिक्रमण काण्ड लगाएत अनेकौ काण्डहरुको जगमा यो सरकारको पुनगर्ठन भएको छ । अहिले सरकारमा रहनेहरुको अनुहारमा यी तमाम खालका काण्डहरुको कालो पोतिएको छ । यस प्रकारको कालो अनुहारका साथ अहिले सरकारमा आसिनरहेकाहरुले जनताको पक्षमा भुमिका निर्वाह गर्लान राष्ट्रको पक्षमा गतिविधी गर्लान भन्ने के आधार छ र खै ? त्यसैले यो काण्डै–काण्डैको जगमा उभिएको सरकारको बारेमा स्पस्ट हुन आवश्यकता छ ।
अन्त्यमा,तोकिएको समयमै सार्थक संविधान निमार्ण गर्न, आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्षेत्रीय स्वशासन सहितको राज्य निमार्णमा जोड दिन, संघीय गणतन्त्रयुक्त राज्यको नया“ संरचना गर्न, सेनाको सहि व्यवस्थापन गर्न, शान्ति शुरक्ष्ाँको अवस्थालाई सुधार गर्न, राजनैतिक अराजकता, दण्ड हिनतालाई पूर्णरुपल रोक्न, ऐतिहासिक जन आन्दोलन ०६२÷६३ का अपराधीहरुलाई कारवार्ही गर्न, जनआन्दोलनका सहीद, घाईतेहरुलाई उचित सम्मान, सहयोग, रेखदेख गर्न, मुल्य बृद्यि फिर्ता गर्न, सिमा सुरक्ष्ाँको रक्षा गर्न, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्ष्ँमा भुमिका खेल्न, साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवादको शोषण तथा उत्पीडनहरुको अन्त्य गर्न हामी सवै जन समुदाय एकजुट हुनु पर्दछ । संघर्ष गर्नु जनताको अधिकार हो । संघर्षले नै जनताको अधिकारको संरक्ष्ँण गर्ने छ । झाडा पखाला अन्त्य गर्न सरकारको आ“खा खुल्ने छ र अत, फेरी एक पटक उठौं, जुटौं र लागौ यहिनै आजको आवश्यकता हो ।

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।