Saturday, January 30, 2010

शुभकामना क्षेत्रीय मुखपत्र संकल्पलाई

अखिल नेपाल जनवादी युवा संघ
केन्द्रीय कार्यलय
काठमाण्डौ
फोन न.ं ४४४४१२८


जनताको सुनौलो भविश्यप्रति हार्दिक समर्पणका साथ कठीन चुनौतिहरुको सामना गर्दै मुक्तिमार्ग तर्फ लम्किदै र आमूल परिवर्तनकारी आन्दोलनको निम्ति दिशाबोध गराउदै अग्रिम भूमिकानिर्वाह गर्न महान उदेश्यको सुनौलो छितिजतर्फ कठोर संकल्पका साथ पहिलो अंकमै साइकलयात्राको विशेषङ्कको रुपमा उपस्थित हुन लागिरहेको अखिल नेपाल जनवादी युवा संघ नारायणी–गण्डकी क्षेत्रीय समन्वय समितिको मुखपत्र “संकल्प” लाई हार्दिक शुभकामना । प्रतिगमन विरुद्ध अनकन्टार बस्तीहरु देखि शहरका गल्लीहरुसम्म, आलिसान महलहरुदेखि सुकुम्वासीका झुप्राहरु सम्म बेगिदै गरेको तुफान सरी हुर्कदै गरेको ज्वाला बनी कालो सासनको अन्त्यको शंखघोष गर्दै नौलो संसारको स्थापनार्थ चल्ने आन्दोलनको महान् गुरु, जटिलताको बीचमा आमूल परिवर्तनकारी प्रशिक्षक बनेर निरन्तर उभिइरहोस् “संकल्प” ।
वर्गहरुको उदय सँगै वर्गिय आन्दोेलनको सुरुवात भएको छ । आज पनि बसिखाने वर्गहरु र गरिखाने वर्गहरुको बीच अन्तरद्धन्द्ध जोडतोडले चलिरहेको छ । बसिखाने वर्गहरुले गोला वारुद, आधुनिक हातहतियार, प्रहरी, सैनिक, काला कानुनहरुको माध्यमबाट गरिखाने वर्गहरुमाथी सधै आफ्नो अधिपत्य कायम राख्ने षडयन्त्र भईरहेको छ । फलस्वरुप ४६ सालको आन्दोलनका उपलब्दिहरुमाथि धावा बोल्दै मुलुकलाई प्रतिगमनको कुचक्रमा फसाईएको छ । एक पछि अर्को गर्दै प्रतिगामी षडयन्त्रका तानावाना बुनेर अधिनायकवादी उदेश्य पुरा गर्न प्रतिगामीहरुले आफ्ना गतिविधिहरुलाई कस्दै लगिरहेको स्थिति छ । यसलाई जनताको एकीकृत र सशक्त संयुक्त आन्दोलनले मात्र संभव छ ।
नेपाली युवाहरुलाई इतिहासले सुम्पेको जिम्मेवारी, बर्तमानले राखेको अपेक्षा र आमुल परिवर्तनकारी आन्दोलनमा निर्णयक भूमिका गर्नु पर्ने दाईत्वप्रति हामीहरु सचेत र सजक हुनुपर्ने आवाश्यकता छ । उत्पीडित जनता र घाएल राष्ट्र्ले नेपाली युवाहरुमाथी ठूलो भरोसा र विश्वास राखेको छ । अनि त्यो कर्तब्यनिष्ट जिम्मेवारी नेपाली युवाहरुको काँधमाथि सुम्पेको छ । त्यसलाई पुरागर्नु आजको प्रमुख काम हो । अतः त्यो दिशामा सबै नेपाली समुदायहरु एकजुट हुदै आज देखिएको युवा समस्या, राष्ट्र्यि समस्या, विदेशी हस्तक्षेपको समस्या, प्रतिगमनको समस्याको विरुद्ध जुझ्दै मुलुकलाई अग्रगामी दिशातर्फ लैजान प्रयत्न गरौ । आन्दोलनलाई सुनौलो भविश्य प्रति केन्द्रित गरौं, यवा संगठनलाई मजवुद पारौं । सबै नेपाली युवाहरुलाई आमुल परिवर्तनकारी आन्दोलनमा समावेश गरौं । त्रिमार्गको गोरेटोमा चालिएको संग्रामीयात्रालाई घनघोरतामा परिणत गरौं र त्यो आन्दोलन सँग घनिष्टतम सम्वन्ध कायम गर्दै वर्गीय आन्दोलनको साथी बनेर निरन्तर यात्रामा हिडिरहोस् “संकल्प” । अखिल नेपाल जनवादी युवा संघ नरायणी–गण्डकी क्षेत्रीय समन्वय समितिलाई धन्यवादसहित “संकल्प” ले आफ्नो संकल्प पूरा गर्नेछ भन्ने अपेक्षा राख्दछु । अभिवादनसहित !
( चिरन पुन )
महासचिव


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...