Saturday, January 30, 2010

पार्टी एकताको रक्ष्ाँमा देखिएका समस्या र महामन्त्री–सहमहामन्त्री कामरेडहरुले खेलेका नकरात्मक भुमिकाहरु बारे


ज भन्दा ४ बर्ष अगाडी तात्कालिन ने. क. पा. (एकताकेन्द्र)्र र ने. क. पा. (मसाल) मिलेर ने. क. पा. (एकताकेन्द्र– मसाल) निमार्ण भएको कुरा सबैमा जानकारी कै विषय हो । क्रान्तिकारी पार्टीमा एकता वा विखण्डन आधारभुत, रणनैतिक प्रश्नहरुको जगमा हुने गर्दछ । तात्कालिन ने. क. पा. (मसाल) र ने. क. पा. (एकताकेन्द)्र विच एकता गर्दा वा एकता प्रकृयाहरु अगाडी बढाईदा पनि तिनै आधारभुत सैदान्तिक प्रश्नहरुले नै मुख्य एकताको आधार खडा गरिदिएको थियो ।
क. दुवै समुह आधारभुतरुपमा माक्र्सवादी लेनिनवादी धरातलमा रहेका थिए ।
ख. दुबैले माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथ प्रदशक सिदान्त मान्दथे ।
ग. दुवैले तात्कालिन सघर्ष र वर्ग सघर्षको प्रश्नहरुमा समान द्रिष्टिकोण राख्दथे ।
घ. चुनावको प्रश्नलाई हेर्ने, बुझ्ने, उपयोग र बहिस्कार गर्ने सन्दर्भमा पनि समान निष्कर्षहरु थिए ।
ङ. सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने र महान सर्वहारा सा“स्कृतिक क्रान्तिका मुल्य– मान्यताहरुलाई आत्मसाथ गर्ने सवालहरु पनि एक आपसमा मिल्दथे ।
च. लेनिनवादी संगठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयताको सिद्धान्तको सवालमा पनि समानमतहरु थिए ।
एकातिर यिनै आधारभुत सैद्धान्तिक, दार्शनिक विषयहरुमा एक आपसमा समान भएको कारणले गर्दा नै दुई समुहको विचमा पार्टी एकताको निम्ति मुल आधार खडा गरिदिएको थियो । मुख्य यिनै सैद्धान्तिक रणनैतिक समानताको धरातलले गर्दा नै तात्कालिन मतभेदका विषयहरु मुख्य बन्न सक्दैनन् भन्ने मापदण्डलाई केन्द्रमा राखेर १६ ओटा मतभेदको विचमा नै पार्टी एकता गरिएको थियो । अर्कोतिर कम्युनिष्ट पार्टीहरुको विचमा हु“दै आएको असैद्धान्तिक टुट–फुट, बिखण्डनको प्रकृयालाई रोक्दै क्रान्तिकारीहरुका विचमा ब्यापक ध्रुविकरणको बाटोबाट अगाडी बढ्दै नौलो जनवाद, समाजवाद र साम्यवादी लक्ष्य हा“सिल गर्नु थियो । यिनै महान उद्देश्यलाई केन्द्रमा राखेर ब्यापक माथि देखि तलसम्म छलफल गरी पार्टीका सम्पूर्ण कार्यकर्ता र जनदवावको बावजुद पार्टी एकता सम्पन्न गरिएको थियो ।

मुल नेत्रित्वमा देखिएको अराजनैतिक प्रश्न ः–
आज ने. क. पा. (एकताकेन्द्र– मसाल) मा महामन्त्री क. मोहन विक्रम सिंह र सहमहामन्त्री क. प्रकाशले माथी उल्लेखित आधारभुत प्रश्नहरुलाई चटक्कै विर्सेर रणनैतिक धरातलको कारणले भन्दा तात्कालिक राजनैतिक र संगठनात्मक कारण देखाएर पार्टीलाई विखण्डनकोे संघारमा पुर्याउनु भएको छ । पार्टी महामन्त्री र सहमहामन्त्रीको नियोजित फुटपरस्त षडयन्त्रको प्रतिफल नै पार्टीले यस्तो अवस्था बेहोर्नु परेको हो । ४ वर्ष अगाडी ब्यापक पार्टी कार्यकर्ता र जनताको चाहना अनि आधारभुत रणनैतिक प्रश्नहरुको समानताको जगमा गरिएको पार्टी एकतालाई विखण्डन गरेर आफ्नो मनोमानी कायम गर्ने महामन्त्री र सहमहामन्त्रीको कुनियतले गर्दा आज पार्टी यो अवस्थामा पुगेको हो । पार्टीको मुल नेत्रित्वले नै गुटस्वार्थ, पुर्वसमुह स्वार्थ, आत्मकेन्द्रीत, अराजकतावादी सैली र संङ्किण फुटपरस्त मनसायको योजनालाई पार्टीमा लाद्ने र आफ्नो सिमित स्वार्थ पुरा गर्ने उदेश्यले गर्दा नै पार्टीमा यस प्रकारको स्थिति आईपरेको हो ।
नेपालको कम्युनिष्ट आन्दोलनको विगतका विभाजनहरुको स्थितिलाई हेर्दा पनि कतिपय विभाजन बाहेक मुलत व्याक्ती केन्द्रीत, तात्कालिन नेत्रित्वको नोकरशाही सैली, आग्रह– पुर्वाग्रहमा आधारित रहेर पार्टी विभाजनहरु गरिएको थियो । आज ने. क. पा. (एकताकेन्द्र – मसाल) पनि महामन्त्री र सहमहामन्त्री को कारणहरुले गर्दा त्यही पुरानो सैली र पुरानै बाटोबाट अगाडी बढिरहेको अवस्था हो । आधारभुत रणनैतिक सवालहरुलाई भन्दा तात्कालिन प्रश्नहरु देखाएर एक– अर्कालाई आरोप– प्रत्यारोप गरी गुट स्वार्थमा रमाउदै पार्टीलाई विभाजन गर्ने यो नै सवभन्दा गलत तरिका हो र त्यही वाटोबाट महामन्त्री का.मोहन जी र सहमहामन्त्री का.प्रकाश जी हिडिरहनु भएको छ ।

महामन्त्री र सहमहामन्त्री कमरेडहरुमा देखिएका कमजोरीहरु ः–
क. पार्टी एकता महाधिवेशनले गरेका दिशा– निर्देशलाई महामन्त्री र सहमहामन्त्रीले नै उपेक्षा गर्नु ।
ख. पार्टीको विधान, नियमावली, संगनात्मक पद्धती र अनुशासनलाई मिचेर ब्याक्ति केन्द्रीत गुटस्वार्थमा रमाउनु ।
ग. एकीकृत पार्टीको प्रशिक्ष्ँण, फोरम, बैठक, भेला, सम्मेलन, महाधिवेशनमा जोड दिनुको सट्टा महामन्त्री– सहमहामन्त्री नै पद्धती विपरीत गुटवन्दीपूर्ण कार्यमा केन्द्रीत हुनु ।
घ. लेनिनवादी संगठनात्मक सिदान्त तथा जनवादी केन्द्रीयताको सिदान्तलाई पार्टीमा कडाईपुर्वक लागु गराउनुको सट्टा आफै त्यसको बिरुद्ध धावा बोलेर अगाडी बढ्नु ।
ङ. पार्टी र कार्यकर्ताको जनवादी अधिकारहरु माथि केन्द्रीय कार्यालयबाटनै भोटे ताल्चा मारिनु
च. आफुलाई अनुपयुक्त लागेको फरकमतहरुलाई कार्यकर्तामा“झ (तलसम्म) नपठाईनु ।
छ. अन्तरविरोध नै जिवित पार्टीैको प्राण हो भन्ने मापदण्ड र पार्टीको गतिनै अन्तरविरोधमा निहित छ भन्ने द्धोन्दवादको आधारभुत नियम विरुद्ध महामन्त्री र सहमहामन्त्री नै जाईलाग्नु ।
ज. देशको समसामयिक राजनैतिक परिस्थितिलाई आफ्नो पार्टीको सहि वैचारीक अनुकुलतामा दिशा– निर्देश गर्नुको साटो पार्टीको बैठक राख्न नमानेर वा स्थानमा समेत सहमत नभएर आत्मसुरक्ष्ाँवादी नीति अवलम्वन गर्नु ।
झ. पार्टीको बैठक राखेर निर्णय अनुशार पार्टीलाई चल्ने चलाउने भन्दा गुटको बैठक राखेर पार्टीलाई चलाउने अराजक सैलीहरुमा आफुहरु नै अगाडी बढ्नु ।
ञ. पराई पार्टीको राजनिति बोकेर षडयन्त्र गर्नु र सैद्धान्तिक राजनैतिक निष्कर्षहरुमा आग्रह पुर्वाग्रहमा आधारित भएर पार्टीलाई जडतामा फसाउनु ।
ट. पार्टीमा रहेका मतभेदका विषयहरुलाई ब्यवस्थित बनाउन पार्टीको मुखपत्र, बुलेटिन लगाएत पार्टी प्रकाशनहरुलाई जोडदिने र ब्यवस्थित बनाउन कोशिस नगर्नु र पार्टी नजिक रहेका पत्रिकाहरुमा फरक मतहरुलाई दुई पेज दिने भन्ने पार्टीको सर्वसम्मत निर्णयलाई समेत मिचेर आफुखुसी पत्रिका संचालनको निम्ति निर्देशन दिनु ।
ठ. कार्यालय संचालनमा अवरोध सृजना गर्ने, आर्थिक पारदर्सिताको समेत अभाव रहनु । जस्ता समस्याहरु आज पार्टी नेत्रित्वमा नै देखापरेका समस्याहरु हुन ।
उल्लेखित समस्याहरु जिवित पार्टी भित्र देखापरिरहने समस्याहरु हुन तर त्यस प्रकारका समस्याहरु पार्टीमा देखिएको खण्डमा आत्मसमिक्ष्ाँ गर्न तैयार हुनै पर्दछ । उल्लेखित समस्याहरुका वावजुद पनि आलोचना आत्मआलोचना गर्दै पार्टीलाई अगाडी बढाउन सकिने रणनैतिक, सैद्धान्तिक, दार्शनिक आधारहरु पार्टीमा थिए तर महामन्त्री र सहमहामन्त्रीले नै पार्टीलाई त्यो दिशामा लैजाने प्रयत्न गर्नु भएन । पार्टीमा दार्शनिक, सैद्धान्तिक र रणनैतिक प्रश्नहरुमा कडा अन्तरसघर्ष र राजनिति र ब्यवहारमा लचकताको नीतिलाई तिलान्जली दिने काम महामन्त्री र सहमहामन्त्रीले नै गर्नुभयो । यिनै समस्याको कारणले गर्दा नै पार्टी एकताको लागी बाधा पैदाभएको छ ।

का. मोहन विक्रम सिंह र का. प्रकाश समुहको सामु उभिएका आधारभुत प्रश्नहरु ः–
यतिबेला पराई प्रवृती, आराजक र बिखण्डनकारी पक्षको नेत्रित्व गर्नुहुने सहमहामन्त्री का. प्रकाश जसले मोहनविक्रम सिंह पार्टीमा हुनुहुन्न भन्ने मनोमानी बिज्ञप्ती जारी गरेर औपचारीक रुपमा पार्टीमा विभाजनको रेखा कोर्ने काम गरेका छन । त्यसैगरी आफै महामन्त्री भएको पार्टी ने. क. पा. (एकताकेन्द्र–मसाल) स“ग न–सम्वन्ध न–सम्वन्धविच्छेद को नीतिलागु गरी कोअर्डिनेसन गठन गरेर वैधानिक मोर्चा, विभिन्न जनवर्गिय संगठनहरुको मनोमानी भेला गरेर छुट्टै संगठनहरु निमार्ण गर्दै आफ्नो फुटपरस्त बाटो तताईरहनु भएको छ । यस्तो अवस्थामा महामन्त्री का. मोहन विक्रम सिंह र सहमहामन्त्री का. प्रकाश समुहको अगाडी केही आधारभुत सैद्धान्तिक प्रश्नहरु उभिएको छ जसलाई उहा“हरुले औचित्व पुष्टी र उत्तरित गर्न जरुरी छ ।

के ४ बर्ष अगाडि पार्टी एकता गर्नु गलत भएको थियो ? के अहिले महामन्त्री र सहमहामन्त्रीले नेत्रित्व गर्नुभएको पक्ष वा समुह आधारभुत रुपमा माक्र्सवादी लेनिनवादी धरातलबाट च्युत भएका छन ? के माक्र्सवाद, लेनिनवाद, माओविचारधाराको पदप्रदशक सिद्धान्तबाट महामन्त्री वा सहमहामन्त्री समुह विचलन भएका छन् ? के ४ बर्ष अगाडि ५ बर्ष लगाएर ब्यापक छलफल, फोरमबाट निकालिएका सैद्धान्तिक निष्कर्षहरु गलत थिए ? तात्कालिन सघर्ष, बर्ग सघर्ष, चुनावको प्रश्न, आदी जस्ता प्रश्नहरुमा एक अर्का पक्षमा ब्यापक परिवर्तन भएको छ ? के सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने प्रश्न र सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल मर्मलाई एक अर्का समुहले तिलाञ्जली दिएका छन ? के यतिवेला कुनै समुहमा बैचारीक विचलन आएको वा अवसरवादी भड्कावमा पतन भएको निष्कर्ष निकाल्न उचित रहन्छ ? आदी जस्ता महत्वपुर्ण सवालहरुको सैद्धान्तिक हल नखोजिकन महामन्त्री र सहमहामन्त्री समुह एक अर्का सित मिल्न नसक्ने निष्कर्ष हो भने त्यो आधारभुत सैद्धान्तिक धरातल माथीको उहा“हरुको गद्दारी हो । जनता र कार्यकर्ता माथिको विश्वास घात हो । यो महामन्त्री र सहमहामन्त्री पक्षबाट मुलुक र क्रान्तिकारी आन्दोलन प्रतिको धोका हो । पार्टीको उल्लेखित समस्याहरु र उहा“हरुले गरेको गलत, पार्टी विरोधी गतिविधीहरुको जगलाई केलाउ“दा महामन्त्री का.मोहनविक्रम सिंह र सहमहामन्त्री का. प्रकाशलाई अबको दिनमा ने. क. पा. (एकताकेन्द्र–मसाल) को महामन्त्री र सहमहामन्त्री भन्ने र लेख्ने कुनै नैतिक अधिकार समेत र“हदैन । किनकी न त उहा“हरुस“ग पार्टीको स्पस्ट बहुमत छ , न त उहा“हरु पार्टीको विधान र अनुशासनमा रहि रहनुभएको छ । अहिले सम्मको सन्दर्भमा उहा“हरुले पार्टीको अवस्थाको बारेमा दार्शनिक र सैद्धान्तिक जिम्मेवारी त लिनु पर्छ नै उहा“हरु नैतिक जिम्मेवारीबाट समेत उम्कन पाउनुहुन्न किनकी आज भन्दा ४ बर्ष अगाडी भएको पार्टीको एकताअधिवेशनले निश्चित मापदण्ड, नियम, विधान, सैद्धान्तिक– राजनैतिक अवधारण सहित पार्टीको महामन्त्री मोहन विक्रम सिंह र सहमहामन्त्री प्रकाशलाई मुख्य जिम्मेवारी र मुख्य नेत्रित्व सुम्पेको थियो ।

अन्त्यमा,
यतिवेला पार्टीको सामु रहेका गम्भिर चुनौतिहरु ः–
आज पार्टीको सामु मुख्यत ५ ओटा प्रश्नहरु गम्भिर चुनौतिको रुपमा उभिएको छ । त्यसलाई यसरी उल्ल्ोख गर्न सकिन्छ ।
१. गलत अराजक गतिविधिहरुलाई रोक्दै पार्टी एकताको रक्ष्ाँमा जोड दिनु ।
२. क्रान्तिकारी विचार सिद्धान्त, लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी पद्धतीको रक्षा गर्न जोड दिनु ।
३. सङ्क्रमणकालिन अवस्थामा रहेको पार्टीलाई एकता महाधिवेशन गरेर नया“ रुपान्तरणमा लैजान जोडदार रुपमा पहल गर्नु ।
४. सम्पूर्ण तहमा छरिएर रहेका क्रान्तिकारी समुह, पार्टी, वा ब्याक्तिहरुको विचमा ब्यापक धु्रविकरणको निम्ति पहल गर्नु ।
५. वर्तमान अवस्थामा मुलुकलाई पूर्ण सार्वभौमसत्ता सम्पन्न गराउनको निम्ति संविधान सभाको निर्वाचनलाई परिणममुखी बनाउन सम्पूर्ण तहमा रहेका लोकतान्त्रिक गणतन्त्रिक शक्तिहरुको विचमा सघर्ष मोर्चा निमार्ण गरेर लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनलाई अगाडी बढाउन जोड दिनु ।
६. पार्टीलाई सम्पुर्ण तहबाट सचेत, संगठित, आन्दोलित र नया“ चरणमा रुपान्तरणको प्रकृयामा लैजान जोड गर्नु । उल्ल्ोखित चुनौतिहरुलाई पार गर्दै नौलो जनवादी, समाजवादी र साम्यवादी लक्ष्यको बाटोमा सम्पूर्ण पार्टी पङ्ती जोडतोडका साथ अगाडी बढौं ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...