Saturday, January 30, 2010

अराजकताबादको आहालमा कथित जनयुद्ध, भण्डाफोर अभियानमा दाड.को अनुभुती



प्युठानमा माओवादीले जनमोर्चाका २१ जना नेता तथा कार्यकर्ताहरुलाई अपहरण गरी ६ जनालाई अझै सम्म कथित जंगली हिरासतमा राखिरहेका छन । बिरामी हुदा औषधी उपचारबाट बन्चित गराउने, पत्रपत्रिका पड्न नदिने, रेडियो सुन्न नदिने र चरम शारिरिक तथा मानसिक यातना दिईरहेका छन । त्यो लगाएत माओवादी वाट भएका हरेक गलत जनविरोधी कृयाकलापको विरुद्ध तथा प्रतिगमनको विरुद्ध पश्चिमाञ्चलका सम्पुर्ण जिल्लाहरुमा जनमोर्चा नेपालले भण्डाफोर अभियान संचालन गरिरहेको छ । त्यस सिलसिलामा दाड. जिल्लाको अधिकासं गा. बि.स. हरुमा पुगेर जनता संग भेटघाट हुने मौका मिल्यो । त्यहा भएका घटनाहरुको बारेमा नजिकवाट हेर्ने, जनताको बिचमा पुगेर राज्य तथा माओवादी बाट भैरहेका गतिविधिहरुको बारेमा बुझ्ने, जनताको पिडाहरुलाई संगाल्ने अवसर मिल्यो । त्यसमा प्राप्त भएका केही अनुभुतिहरु लाई यहाँ राख्ने कोशिस गरिएको छ ।
“बाबुहरु मेरो खेतमा जम्मा चार मुरी धान फल्छ । अहिले त झन त्यही पनि भएन । म एउटी बुढीलाई ४ महिना पनि खान पुग्दैन । माओवादीहरु आएर मलाई १० पाथी धान मागे मैले म गरिब छु । धानले मलाई ४ महिना पनि खान पुग्दैन । मेरो साहारा कोही पनि छैन । १० पाथी धान दिएर म के खाएर बाँच्ने ? ५ पाथी लैजाउ भनिदिए तर माओवादीहरु मानेनन् । कति बिलौना गर्दा पनि मानेनन् । मैले दिएको ५ पाथी धान पनि नलगी मलाई धम्क्याउदै हामी लाई १० पाथी नै चाहिन्छ भनेर फर्के । बाबु निकै डर लागेको छ कहिले राती मार्न आउने हुन ? १० पाथी धान नै छुट्टाई राखिदिएको छु । “मर्नु भन्दा त बहुलाउनु नै निको ? हे बरै हामी गरिबको निम्ती के दिन आयो ?” आँखा भरि आँशु टलपल पारेर सेतै फुलेकी, सेतै पहिरन गरेकी, आँखा कम देख्ने, कान पनि कम सुन्ने ६५ बर्षिय बृद्ध महिलाले जनमोर्चाले आयोजना गरेको भण्डाफोर कार्यक्रम स्थल दाड. जिल्ला धर्ना गा.बि.स. को डाँगी गाँउ स्थित श्री जनता प्राथमिक विधालयको प्राङ्गढमा आई टुक्रुस्स बसेर धरधरी रुदै आफ्नो मनको बिलौना पोखिन ।”
सबैको हातमा राता राता झण्डा फहराईरहेका छन । जोडतोडले नाराहरु घन्किरहेको छ । ७२ बर्षिय किसान नेता मनिराम शर्माले जनमोर्चाको ठुलो झण्डा फहराउदै लेफ्ट राईटको तालमा पैदल मार्चको नेत्रित्व गरिरहनु भएको छ । बाटो बाटोमा (ईन्द्रेणी—रक्तिम) जनताका कलाकारहरुले “आगनमै बम पड्किन्छ कहिले, आछ्यानमै संगिन तेर्सिन्छ कहिले ....झन भन्दा झन भो आज आतंक गाह्रो भो जनतालाई बाँच्न दिनरात ...” जस्ता गितहरुले पैदल मार्चलाई उत्साहित पारिरहेका छन । सबैको अनुहारमा आगोको ज्वाला जस्तै कठोर मुस्कान छाईरहेको छ । उत्साह, उमङ्ग र प्रतिबद्धता अजङ्ग पहाड जस्तै बनि सबैको मनमा उभिएको छ । आन्दोलनको लक्ष्य प्रति सर्मपित सवै साथिहरु प्रतिबद्ध छन । मार्चमा महिलाहरुको संख्या पनि अत्यन्त उत्साहपरक रहेको छ । दुई ओटा हाते माईकले जुलुसको अगाडी र पछाडी कार्यक्रमको बारेमा प्रस्ट्याउने काम भएको छ । जताततै जनताले रङ्गी बिरङ्गी फुलका मालाहरु पहिर्याई दिंदै, राता अविरहरु बर्षाउदै मार्चलाई स्वागत गरिरहेका छन । बाटो बाटोमा सेतै फुलेका बृद्ध किसानहरुले “बाबु हो, नानीहरु हो तिमिहरुले साेंचेको सवैकुराहरु पुगोस, तिमिहरुको यात्रा सफल होस ।” भन्ने जस्ता भावविभोर शुभकामनाहरु दिईरहेका हुन्थे । कतिपयले तपाईहरुलाई डर लाग्दैन ? फेरी मार्लान्नी बाबुहरु समेत भन्थे । जुन गा.बि.स. को जुन स्थानहरुमा हाम्रो मार्च पुग्दथ्यो, हाम्रो विषयमा बुझिसकेपछि गाँउका सबै किसानहरु हाम्रो नजिक झुम्मिन्थे । सबैले आफ्ना भित्री मनका पिडायुक्त भावनाहरु टिलविल आँसुका साथ ओकल्थे । मार्च भरि पचासाँै स्थानहरुमा ब्यापक जनताको उपस्थितिमा ठुला ठुला विरोध सभाहरु सम्पन्न भए । सयौं स्थानहरुमा कोणसभाहरु भए । जनता सँग भेटघाट, छलफल, प्रशिक्षण हरु पनि सम्पन्न भए । हरेक कार्यक्रमहरुमा जनताहरुले त्रासपुर्ण बातावरणमा डराई—डराई आफ्ना कुराहरु सुनाउँथे । माओवादीको विषेश क्षेत्रिय ब्युरो प्रमुख विप्लवले तोकआदेश मुलक ढंगले लेखिएको ५ हजार, १० हजार, १५ हजार, २० हजार, २५ हजार, ३० हजार को ताकेता पत्रहरु देखाउथे र जोरजर्वजस्ती तरिकाले हजारौ रकम र मुिरका मुरी धान लगे भनेर बिलौना पोख्नेहरुको संख्या पनि कम थिएन ।
प्रतिगमन — मुर्दावाद ÷ जनमोर्चा नेपाल —जिन्दावाद÷ माओवादी होसमा आऊ — गरिव जनता नसताऊ ÷ हत्या, अपहरण, चन्दा आतंक — बन्द गर ÷ जनताको जुझारु एकता – जिन्दावाद ÷ अपहरित साथीहरुलाई – रिहा गर ÷ जंगली अदालत होईन, जनताको आदालतको सामना गर ÷ जस्ता नाराहरु धन्किने गर्दथ्यो । जिल्लाका सम्पुर्ण भागहरुमा (जहाँ मार्च पुग्यो) भित्ते लेखनका कामहरु पनि भए । जनमोर्चाको संगठन नभएका गा. वि. स. हरुमा पनि कार्यक्रम स्थलमा खचाखच जनसमुहको उपस्थिती रहन्थ्यो । खाना खाने समयमा मार्चमा सहभागी सयौं जनालाई जनताले खाना ख्वाउनको निम्ति खोसाखोस नै हुने गर्दथ्यो । राती सुत्ने बेलामा जनताहरु आफैले बाँडफाँड गरि सुताउँथे । ति सम्पुर्ण गतिविधिले हामिलाई के महसुस गराउदथ्यो भने हामीहरु आफ्नै संगठनको आधार क्षेत्रमा गैरहेका छौ ताकी सम्पुर्ण जनसमुदायहरु जनमोर्चामा प्रतिबद्ध छन र संगठित छन ।
संगठनात्मक हिसावले काग्रेस र एमालेले आफ्नो आधार क्षेत्र दावि गर्ने र प्रचारात्मक हिसावले माओवादी ले आफनो नयाँ सत्ताको जन्मथलो नै दावि गरिरहेको जिल्ला हो दाड. । बहुदलको स्थापना भैसकेपछि लगातार रुपमा मन्त्रि खाएको , राजसभा स्थाई समितिका सभापति भएको , भैगोलिक हिसावले पनि सुगम , दुई दुई ओटा पुराना नगरपालिका भएको , पुर्व पश्चिम राजमार्गले चिरिएको , पञ्चायती अवस्था मा होस वा १२ बर्षे बहुदलको अवस्थामा होस वा आश्विन १८ पछिको प्रतिगामी अवस्थामा होस जतिबेला पनि चर्चामा आईरहने जिल्लाको नाम हो दाड. । अहिले त्यस जिल्लामा आफुलाई ठुला भनाउँदा पार्टीहरुको उपस्थिती सुन्यता छ । हरेक गाँउमा राज्य तथा माओवादीका बन्दुके जमातहरुले जनतालाई पालो गरि गरि सताईरहेका छन । जनता अतंकित, भयाभह, डर, त्रासमा बाँचका छन । जिल्ला भरिनै साँझ ७ बजे बाट कफर््युको घोषणा भएको रहेछ । जिल्ला भरिकैै चिया पसल देखि बजारहरु साँझ ७ बजे पछि अन्धरकारमय हुन्छ । सारा गाँउहरु पनि सुनसान पल्टिन्छ । राती गाँउमा कोहि बिरामी भोि भने मर्नु बाहेक अरु कुनै उपाएनै देखिदैन । कहिले सतबरिया, कहिले घोराही, कहिले भालुवाड. आक्रमणको ताजा अनुभव संङ्गालेकाहरु बताउँछन “अझै स्मरण छ ति घटनाहरु अहिले पनि मुटु थरथरी काप्छ , रातभर माओवादीले जोरजर्वजस्ती चलाउने र दिनभर फेरि सरकारी सैनिकले दुखदिने, अब फेरि कहिले आक्रमणको मारमा परिने हो हे राम त्यस्तो दिन कहिल्यै नआवस ।” खिन्न हुदै भालुवड. बजारमा एउटा सानो होटल गरि बसेका ४५ बर्षिय महिलाले हाम्रो मार्चटोलिलाई बताईन ।
“मेरो एउटा छोरोले प्रहरीमा जागीर खान्छ । घरमा नआएको पनि झण्डै ४ बर्ष बितिसक्यो । मेरो श्रीमति टाउको सम्वन्धी विरामी भएर लगातार कहिले पाल्पा, कहिले काठमान्डा, कहिले भारतको विभिन्न स्थानहरुमा उपचार गर्न लैजाँदा लैजाँदै थुर्पै पैसा खर्च भैसक्यो । सम्पुर्ण रकम रिण खोजेर चलाईएको छ कसरी तिर्ने हो ? केही दिन अगाडी म घरमा नभएको बेलामा माओवादीहरु आएका रहेछन् १५ हजारको ताकेता चन्दाको चिठी पनि छोडेका थिए, त्यसको केहि दिन पछाडी फेरी आए । मैले आफ्नो हालत सम्पुर्ण बताएर तोकिएको पैसा दिन नसक्ने कुरा राँखे , तर उनिहरु मान्दै मानेनन् । तोकिएको पैसा नदिए मार्छौ भनेर धक्की दिए । म ७२ बर्ष पुगिसकेको छु , अब मलाई बाँच्ने रहर पनि छैन । मैले पैसा दिनै सक्दिन कँहा बाट दिने ? बरु मार्छौ भने मार भनिदिए । अनि माओवादीहरुले झोक्किदै अझ मुख मुखै लाग्ने ? हामीले त्यती सजिलै कहाँ मार्छौर ? हात खुट्टा काटी दिन्छौ । आँखा, नाक, कान झिकिदिन्छौ । हात खुट्टामा पिनले खोलिदिन्छौ । जिब्रो काटिदिन्छौ अनि मात्र तड्पाई तड्पाई मार्छौ भनेर जोर जर्वजस्ती गरे । गाँउका केहि मानिसहरु आएर मर्नु भन्दात बरु रिणै खोजेर भएपनि पैसा देउ भन्ने सल्लाह दिए अनि के गर्ने रिण खोजेर पैसा बुझाईयो । कलियुग भनेको त यहि पो रहेछ ।” लामो लामो स्वाँ स्वाँ सास फेर्दै दाड. जिल्ला हलवार गा.बि.स को खादे्रमा एक ७२ बर्षिय बृद्धले मंसिर ७ गते हामिलाई सुनाउनु भोि ।
जँहा—जँहा हाम्रो मार्च अभियान पुग्दछ त्यो भन्दा अगाडिनै सम्पुर्ण स्थानहरुमा विभिन्न प्रकारका भ्रमहरु छर्ने, डर—त्रास देखाउने, कार्यक्रममा जानुहुदैन भनेर जनतालाई धम्क्याउने, आज जनमोर्चाले कार्यक्रम गर्ने स्थानमा लडाई चल्छ नजानु भनेर आतंकित पार्ने काम माओवादी बाट जिल्लाभरिनै प्रशस्त मात्रमा भए । मंसिर ४ गते हाम्रो मार्च अभियान जिल्लाको पश्चिमी क्षेत्र पवन नगर गा.बि.स.मा पुगेर कार्यक्रम गरिरहेको बेला आफुलाई शान्ति नगर गा.बि.स.को कथित जनसरकार प्रमुख बताउने एक अपरिचित व्याक्तिले एकाएक आई कार्यक्रमका संचालक डिलाराम बुढाथोकी लाई यहाँ कस्को अनुमतिले कार्यक्रम राख्यौ भनेर धम्क्याउने काम समेत गरे । साथिहरुले हामिहरु जनमोर्चाको अनुमतिले आएका छौ , जनताको अनुमतिले आएका हौ भन्ने जवाफ दिनुभएपछि आफुलाई सर्मिन्दा हुदै एकाएक कथित जनसरकार प्रमुख कार्यक्रम स्थलबाट हाराउन पुगे । त्यसको केहि समय पछाडी सोही गाँउका छुट्टीमा गएका सैनिकहरु सँग अंगालो मारेर तिनै आफुलाई कथित जनसरकार बताउने मानिस आएको पनि देखियो । त्यसको ठिक भोलिपल्ट विहानको खाना र कार्यक्रम तुलसिपुर नगरपालिकाको वडा न.ं १० भट्टे भन्ने स्थानमा राखिएको थियो । त्यसको रातिनै माओवादीका हतियारधारी कथित लालसेनाहरु २५—३० जनाको संख्यामा आई जर्वजस्त जनताको घर भित्र पसि जनमोर्चालाई खान दिनु हुदैन भनेर बन्दुक सोझ्याउदै भोली यहाँ जनमोर्चाले कार्यक्रम राखेका छन् कोहि पनि नजाला भनि जंगली उर्दी जाहेर गरे । राती त्यहि गाँउमा सुते । बिहान हाम्रो मार्च त्यहाँ पुग्यो माओवादीको जर्वजस्तीका बावजुद पनि जनताले हामिलाई झुम्मिएर स्वागत गरे । माओवादीले राती गरेका कुराकानिहरु पनि सुनाए , उनिहरुले दिएको धाक धम्किको बारेमा पनि हाम्रो मार्च टोलिलाई खुलस्त राखे । गाँउका सम्पुर्ण जनताको उपस्थितिमा विशाल कार्यक्रम सम्पन्न गरियो । अनि फेरि पनि निरन्तर आउनुहोला भन्ने कामना गर्दै सबैले हात हल्लाएर हाम्रो मार्च टोलिलाई बिदाई गरे ।
२०६० मंसिर ९ गते दिँउसको खाना र कार्यक्रम रामपुर गा.बि.स मा आयोजना गरिएको थियो त्यस दिन अनेत्र पनि कार्यक्रम राखिएको ले त्यो रामपुर गा.बि.स.मा बिरोध कोणसभा राखिएको थियो । कार्यक्रम स्थलको नजिक बिधालय रहेछ हाम्रो कार्यक्रमको जानकारी पाए पछि विधालयबाट सबै बिधार्थीहरु हाम्रो कार्यक्रम स्थलमा आएर झोम्मिए । रिता मानुषीले मन्तब्य राखिरहनु भएको थियो त्यतिकैमा एकजना अपरिचित लाग्ने ब्याक्ति आई हातमा लठ्ठी समाएर त्यहाँ झुम्मिएका बिधार्थीहरुलाई भेडा बाख्रा लखेटे झैँ गरि बिधालय तर्फ खेद्न पुगे । कार्यक्रम पनि सकियो पछि स्थानिय जनता सँग कुराकानिहरु भए, साथीहरुले गाउलेलाई बिधर्थी लखेल्ने मानिस त्यही बिधालयको शिक्षक भएको कुरा सोधियो । तर उनि शिक्षक नभएर त्यही गा.बि.स.को कथित जनसरकार प्रमुख रहेको कुरा थाहा भोि । यस प्रकारको तह सम्म पनि माओवादीले दाड.मा जनता माथी बन्दुक र सैन्यवादी, अराजक, गैरराजनैतिक चरित्र प्रदशन गरेको भेटियो ।
हाम्रो मार्च अभियान मंसिर १३ गते देउखुरी क्षेत्रको अत्यन्त बिगट दक्षिणी गा.बि.स राजपुरको पोहरा भन्ने स्थानमा पुगियो । त्यहा हाम्रो संगठनको नाम निसानै रहेनछ , अत्यन्त पिछिडिएको बस्ति, धेरैले त नेपाली भाषा पनि बुझ्दैनथिए, बोल्न पनि जान्दैनथिए । त्यस दिन हाम्रो मार्च टोली आउदैछ भनेर थाहा पाएपछि सबै कामकाजमा नगएको कुरा बताए । हामिहरु सबै घरहरुमा बाँडिएर खाना खायौ, अत्यन्त खुसी साथ जनताले आफु सँग भएको दुध, घिउ, दहि सहर्ष टक्राए । दिनभर कार्यक्रम भािृ । स्थानिए भाषामा रेशम बि.सी, भरत भण्डारी, नाराएण योगी ले अभियानको बिषयमा बोल्नु भोि । जनताले जोर—जोरले ताली पिटे त्यही दिन हामी राप्ती तरेर लामो बाटो सतबरिया पुग्नु पर्ने थियो । तर त्यहाका जनताले हामीलाई तपाईहरु आज हाम्रो गाँउमा बस्नुहोस भनेर हाम्रो बाटो छेके, सबैले अनुरोध गरे । तर समय अभावको कारणले गर्दा फेरि आउने बाचा बाँधेर हात हल्लाउदै हाम्रो मार्च अभियान राप्तीमा हेलिदै सतबरिया तर्फ लाग्यो ।
आज देश रोईरहेको छ । जनता रोईरहेका छन । दुई थरी हतियार वालाहरु हतियारको तमासा देखाईरहेका छन । जनतालाई दुख दिईरहेका छन । हतियार भएको आधारले आफुलाई सर्वसक्तिमान सम्झिरहेका छन । प्रतिक्रियावादी, प्रतिगामी हरुले आफ्नो स्थितिलाई झन पछि झन मजबुद बनाउदै लगिरहेका छन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त नगरे सम्म हाम्रो देश अग्रगमनमा जान सक्दैन । त्यसैले प्रतिगमनको विरुद्ध संघर्षलाई केन्द्रित पार्नु पर्ने आजको प्रमुख बिषय हो । आज देशलाई रणनैतिक हिसावले सैन्यवादमा फसाउने दुवैथरि बन्दुकेहरुको मनसाए बुझिन्छ । प्रतिगामीहरुले त्यस प्रकारको सोचाई राख्नु लाई अन्यथा भन्न सकिदैन किनकी उनिहरुको वर्ग चरित्र, राजनैतिक चरित्र नै त्यसप्रकारको छ । तर दुखको कुरा क्रान्तिको नाममा, क्रान्तिकारी आन्दोलनको नाममा, जनयुद्धको नाममा आज माओवादीहरुले जनतालाई जोर जर्वजस्ती गरिरहेका छन । राजनैतिक आस्थाको कारण बाट सर्वसाधारण जनताको घांटी रेटेर मार्ने, आँखा झिकिदिने, नाक काटिदिने, खुट्टामा काँटी ठोकेर हिड्न लगाउन, तोके जति चन्दा नदिएको भनि गाउ निकाला गर्ने, जनताको घर कब्जा गरेर ताला मारिदिने, विकाश निमार्णको भैतिक संरचनाहरुमा बम पड्काएर ध्वस्त पारिदिने, राजनैतिक हिसाबले प्रतिवाद गरेको आधारमा अपहरण गरि कथित जंगली हिरासतमा राखी चरम शारिरिक तथा मानसिक यातना दिने काम निरन्तर संचालन गरिरहेका छन । आज उनिहरुले बिचार लाई गौण र बन्दुक लाई प्रधान ठनिरहेका छन । उनिहरुको हरेक गतिविधिहरु बिचारको आधारमा होईन कि बल र हतियारको आधारमा संचालित छन । यो उनिहरुको चरम सैन्यवादी रुझानको प्रतिफल हो । सैन्यवादी प्रवृतिको उपज हो । आज माओवादी चरम अराजकतावादको खाडलमा फस्दै गैरहेका छन । गुण्डागर्दीको दिशा समातिरहेका छन । उनिहरुले संचालन गरेको हरेक जनविरोधि गतिविधिहरुले प्रतिगामीहरुलाई मद्धत पुर्याईरहेको छ । प्रतिगमनका नायकलाई आफ्नो शक्ति अझ कस्दै लैजानको निम्ती माओवादी गतिविधिले बल पुगिरहेको छ ।
माओवादीहरुले बिगतका दिनहरुदेखिनै जे मागहरु सैदान्तिक,राजनैतिक तथा ब्यवहारिक हिसाबले राख्दै आए ठिक अर्को बिन्दु बाट ति मागहरुलाई राजाले पुरा गरिदिदै आएका छन । दरवार सँगको सम्वन्धलाई “अघोषित कार्यगत एकता” रुपमा चित्रण गर्ने, राजा लाई देशभक्ति किक्तामा राख्ने, बाग्लुङमा बेलाएती सेनाको अधिकृतहरुलाई अपहरण गर्दा सर्वोच्च कमाण्डर प्रचण्डले सोक बिहिल हुदै विज्ञप्ती दिने, अनि आस्थाको आधारमा राजनैतिक पार्टीका नेता कार्यक्रताहरुलाई अपहरण गर्ने , मार्ने , कथित जंगली हिरासतमा राखेर शारिरिक तथा मानसिक यातना दिने जस्ता अनगिन्ती जनविरोधि गतिविधिहरुको कारक तत्व माओवादीले अवलम्वन गरेको उर्गवामपन्थी गलत राजनैतिक बैचारिक धरातलनै हो । त्यसैको दुसित गर्भबाट जन्मेका हरेक कृयाकलापले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गराईरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तब्य बन्दछ । त्यसैले सबै राजनैतिक पार्टी, बौधिक समुदाय, राजनैतिक कर्मी लगाएत सम्पुर्ण तह र तप्का बाट ध्यान पुर्यादै गलत बैचारिक, राजनैतिक, सैदान्तिक,ब्यवहारिक पक्षहरुको विरुद्ध निर्ममता पुर्वक, संझौताहिन सैदान्तिक राजनैतिक रुपले संघर्ष संचालन गरिनु पर्दछ । जनतालाई त्यसको विषयमा सचेत पार्नु पर्दछ । गलत चिँजलाई सुधार्न हर संभव बाटाहरु अवलम्वन गर्नु पर्दछ । त्यही दैरानमा आज जनमोर्चा नेपाल छ । अहिलेको भण्डाफोर अभियान पनि त्यसैको एउटा अंग हो । आशा छ जनताको साथ अहिले जस्तै सदा—सदा रहने छ ।
२०६० मंसिर १ गते मार्च अभियानको उद्घाटन दाड.को सदरमुकाम घोराही बजारको दामोदर चोकमा भएको थियो । त्यस पछि विभिन्न गा.बि.स.हरु धर्ना, डुरुवा, उरहरी, टरिगाँऊ, हेकुली, पवननगर, तुल्सीपुर नगर पालिकाको विभिन्न वार्डहरु, हलवार, त्रिभुवन नगर पालिकाको विभिन्न वडाहरु, मानपुर, हापुर, गुलरिया, रामपुर, मौरिघाट, सिसनिया, सोनपुर, लालमटिया, बढरा, गोवडिया, गंगा परसपुर, गढवा, राजपुर, सतबरिया लगायतका गा.बि.स.हरु पार गर्दै २०६० मंसिर १५ गते लमही बजारमा हजारैं जनताको उपस्थितिमा जुलुसले बजार परिक्रमा गरि प्रथम चरणको कार्यक्रमको समापन गरियो ।


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...