Saturday, January 30, 2010

बर्तमान परिस्थितिमा नेपाली युवाहरुको भुमिका बारे केहि कुरा

Justify Full

अहिले हाम्रो देश प्रतिगमनको संकटमा छटपटाईरहेको छ । ०४६ सालको जनआन्दोलनको मुल मर्ममाथि
अधिनायकवादी हैकम लादेर तानाशाही हुकुम चलाउने षडयन्त्र भैरहेको छ । २१ औं सताब्दीको युगमा पनि १८ औं सताब्दीको कल्पना गरेर गत आश्विन १८ गते राजाले जननिर्वाचित देउवा सरकारलाई अपदस्त गरि मुलुकलाई प्रतिगामी चंङ्गोलमा फसाउन पुगे । २०४७ साल कार्तिक २३ गते घोषणा भएको सिमित प्रकारको संवैधानिक लोकतन्त्रवादी अधिकारहरुको घाँटी रेटियो । दरवारबाटै नाङ्गो रुपमा प्रतिगामी मुल्यहिन चरित्र प्रदशन गरियो । त्यसपछि क्रमश प्रतिगामी तानावानाहरु बुन्दै स्थानिय निकायको खारेजी, टिके सरकारको निरन्तरता र राजदरवार खर्च सम्मन्धि अध्यादेश ल्याएर मनोपली ढंगले आफ्नो सुविधालाई झण्डै ५ गुणा बढाई ६२ करोड ९२ लाखमा पुर्याईयो । माओवादी समस्यालाई समाधान गर्ने नाममा “युनिफाईट कमाण्डको” अवधारणा अघिसारी निजामती कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी आदी जस्ता सबै निकायहरुमा सेनाको हुकुम र सेनाले सासन चलाउने संयन्त्र निर्माण गरिदै छ भने विभिन्न जिल्लाहरुमा सिविल नागरिकहरुलाई समेत हतियार बिभाजन गरिएको र हतियारको तालिम समेत संचालन गरेको कुरा समेत सार्वजनिक भैरहेको छ । यसरी एकपछि अर्कोगर्दै जनविरोधी क्रृयाकलापले निरन्तरता पाईरहेको छ ।
गत आश्विन १८ गते राजाद्धारा चालिएको प्रतिगामी कदमको विरुद्ध अहिले सिङ्गो मुलुक आन्दोलनमा जुटेको छ । एकातिर देशका जिम्मेवार ५ राजनैतिक पार्टीहरु राजाको स्वविबेकीय ढंगले प्रयोग हुने सम्पुर्ण ऐन कानुनहरुको खारेजी हुनुपर्ने, ३ जनालाई मात्र श्री ५ को पदवी दिईनुपर्ने, स्वर्गीय राजा श्री ५ बिरेन्द्रको सम्पत्ति राष्टी«य करण गरिनुपर्ने, सेना जननिर्वाचित सरकारको अधिनस्त रहनुपर्ने, राष्टी«य सभालाई जाति—जनजाति विषेश सभामा परिणत गर्नुपर्ने, वर्तमान राजाका सम्पत्ति सार्वजनिक हुनुपर्ने आदी जस्ता १८ बुँदे न्युनतम सहमतिको माग अगाडि सारेर चरणवद्ध संयुक्त जनआन्दोलनमा छन भने अर्कोतिर मुलुकमा रहेका विभिन्न बर्ग,तह र समुदायहरु पनि आ—आफ्नै रुपबाट प्रतिगमनको विरुद्ध आन्दोलनमा जुटेका छन । राजधानी लागायत मुलुकभरी नै दिनहुँ जसो राजाको प्रतिगामी कदमप्रति विरोध र आक्रोश पोखिरहेका छन । त्यसमा विषेश गरी युवा तथा विद्यार्थीहरुको संयुक्त आन्दोलनको स्वरुप निकै चर्केको छ । सडकभरी बेरोकतोक ढंगले निषेधित भनिएका नाराहरु घन्किरहेका छन । राजा र राजतन्त्र विरोधी आवाजहरु मुलुकभर फैलिरहेको छ । गणातन्त्रको नाराहरु पनि संगठित हुदै गईरहेको छ । राजाले चालेको जनविरोधी प्रतिगामी कदम र राजतन्त्र प्रतिको अविश्वासलाई घिृणा र आक्रोसका साथ पोखिरहेका छन । यसरी जनताको स्वभाविक प्रतिक्रियाहरु प्रस्फुटित भैरहेको छ ।
जनताको यो न्यायपुर्ण आवाजहरुलाई अश्रुग्याँसका सोलाहरु बर्षाएर थुुन्ने प्रयत्न भैरहेको छ । शान्तिपुर्ण तरिकाले जुलुस प्रदशन गरिरहेका आन्दोलनकारी तथा सर्वसाधारण जनतामाथि लाठी बर्साएर हातखुट्टा भाँचिदिने, कपाल फुटालिदिने, गिरफ्तार गर्नेजस्ता कामहरु दिनहुँजसो भैरहेका छन । यसरी प्रतिगामीहरुले प्रहरी, सैनिक, लाठी, गोली, बन्दुकको बलमा आफ्नो प्रतिगामी सासनको आयू लम्ब्याउन खोजिरहेका छन ।
आज सबैलाई जानकार भएको विषय हो । हाम्रो मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक लगाएतका समस्याहरु झनपछि झन चुलिदै गईरहेको छ । भयाभह, डर, त्रासको वातावरणले सिङ्गो देश आतङ््कित बनेको छ । खेतवारीमा कामगर्ने किसान, विद्यालयमा पढाउनजाने शिक्षक, अफिसहरुमा कामगर्नजाने कर्मचारी, बाटोहिड्ने बटुवा, भारी बोक्ने भरीया, उद्योग ब्यवसाय संचालनगर्नेहरु तथा ब्यापारीजन सबैको स्थिति नाजुक अवस्थामा छ । कहिले, कहाँ, को , कसरी मरिने हो भन्ने वातावरण छ । “अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)” को पछिल्लो तथ्याङ्कबाट पनि पुष्टी हुन्छ कि २०५२ साल फाल्गुण १ गते देखी २०६० पुस ७ गते सम्ममात्र ८,६२८ जना नेपालीको मृत्यु भैसकेको छ । दोश्रो युद्धविराम पछाडीको यो ४ महिनाको अवधिमा मात्र १,६५७ जना मानिसहरु मारिएको देखिन्छ । ८ बर्षको यो अवधिमा माओवादी तर्फबाट भन्दा राज्य पक्षबाट २ गुणा बढी मानिसहरु मारिएका छन । माओवादी तर्फबाट २,७७१ र राज्य पक्षबाट ५,८५७ मानिसहरु मार्नेकाम भएको छ । त्यसबाहेक पुष्टिहुन नसकेको संख्या पनि निकै ठुलो छ । आज सबैको सामु प्रश्न खडाभएको छ ति मारिएका सम्पुर्ण मानिसहरु मार्नुनै पर्ने अवस्थाका थिए ? के उनिहरुलाई मृत्युदण्डनै दिईनु पर्दथ्यो ? यस प्रकारका तमामखाले स्वभाविक उब्जिएका प्रश्नहरु भित्र मुलुक शोेकमग्न बनेको छ । मुलुक रगतको आहालमा तौरिएको छ । पिडामा छटपटाईरहेको छ भने अर्कोतिर ति ८,६२८ जना नेपाली नागरिकको घर, परिवारजन, नाता—कुटुम्व, टोल छिमेक, गाँउ—जिल्लाहरु पनि मरेतुल्य बनेको छ । यसरी मुलुकको अवस्था चिन्ताजनक रुपमा छ । नेपाली माटोले हार—गुहार र पुकार गरिरहेको छ । आन्दोलनको निम्ति उठ्न सबैलाई कामना गरिरहेको छ ।
यो अवस्थामा उमेरको हिसावले बलवान युवाहरु, नयाँजोस जाँगरले भरपुर युवा शक्ति माथि नेपाली समाजले राखेको आसा विश्वास र भरोसा प्रति हामी र हाम्रो युवा संगठनले कत्तिको दाईत्वबोध गरिरहेको छौ ? मुलुकको समस्या प्रति कत्तिको चिन्तनशिल बनिरहेका छौं ? हामिलाई समाजको पिडादायी चित्कारले कत्तिको पिडाबोध गराईरहेको छ ? आलो रगतको आहालमा रोमलिएको जनताको आत्मासँग हामी र हाम्रो युवा संगठनहरुको सम्वन्धलाई कसरी विस्तार गर्न सक्दछौ ? अनि हामी नेपाली युवाहरुमाथि समाजले राखेको अपेक्षालाई कसरी पुर्णता प्रधान गर्न सक्छौ ? भन्नेजस्ता सवालहरुनै मुख्यरुपमा अहिले हामी र हाम्रो युवा संगठनहरु प्रति कठोरबनेर उभिन्छ । निश्चित होकी ईतिहासको कालखण्डमा धार्मिक, भाषिक, जातिय, क्षेत्रिय, साम्प्रदायिक आन्दोलन होस वा आमुलपरिवर्तनकारी बर्गीय मुक्ति आन्दोलन सबैमा युवाहरुको भुमिका उल्लेख्य स्थानमा रहेको छ । त्यसैले इतिहासले सिकाएका ति अवश्मणीय पाठहरु फेरी त्यही प्रकारको कुर्वानिपुर्ण आन्दोलनको शुरुवात गर्नुपर्ने अवस्था सिृजना भएको छ । “तन्नेरीहरु सम्पुर्ण समाजका सबभन्दा बढ्ता सक्रिय र जिँउदा शक्ति हुन” भन्ने का. माआको भनाईलाई नेपाली माटोमा समेत सार्थकता तुल्याउन नेपाली युवाहरु पनि जुर्मुरयाउनु पर्नेबेला आएको छ ।
राष्ट्रको मुल र सिङ्गो समस्या समाधान नहँुदा सम्म नेपाली युवाहरुको अन्य समस्याहरु पनि समाधान नहुने कुरा प्रश्टै छ । हरेक बर्गसमुदायहरुको समस्याहरुलाई राष्ट्रको मुलसमस्याहरु सँग जोडेर आन्दोलन चलाईनु पर्दछ । अनिमात्र समस्याहरुले वास्तविक रुपमानै निकास पाउन सक्दछ । आज पनि विभिन्न युवा संगठनहरुमा विभिन्न प्रकारका सोँच, चिन्तन सैली, बैचारिक अवधारणहरु छन । दक्षिणपंथी अवसरवाद, उर्गवामपंथी अराजकतावाद, प्रतिक्रियावादको पक्ष पोषण गर्ने युवा संगठनहरुको भुमिकाले गर्दा सहि र आमुलपरिवर्तनकारी युवा आन्दोलनले गति लिनमा धौं धौं परिरहेको कुरालाई कसैले नर्कान सकिदैन । तथापी क्रान्तिकारी युवा आन्दोलन निरन्तर रुपमा अगाडी बढिरहेको छ र बढ्दै जाने छ । दिर्घकालिन अवस्थामा ति युवा संगठनहरुको गलत सैद्धान्तिक तथा बैचारिक अवधारण र त्यसबाट उत्पादीत कामकार्यवाहिको स्वरुपको विरुद्ध निर्मम र संझौंताहिन अन्तरदोन्द र अन्तरसंघर्षले निर्णयक स्वरुप ग्रहण गर्नेकुरा निश्चित रहन्छ । तात्कालिक हिसावले पनि ति गलत बैचारिक धरातलको विरुद्ध सैद्धान्तिक सघर्षलाई ध्यान नदिने भन्ने होईन तर राष्ट्रको विषेश परिस्थितिमा यस प्रकारका सघर्ष गौण र राष्ट्रिय अश्तित्वको निम्ति चल्ने सघर्षले प्रधानरुप लिन्छ । त्यसले गर्दा प्रमुख समस्याको विरुद्ध गौण र आन्तरिक समस्याहरुलाई एकठाँउमा राखी तत्कालिन हिसावले मिल्नसक्ने अवधिसम्म सहकार्य र समन्वय गरी संयुक्त आन्दोलनमा जाने कुरामा ध्यान दिनुपर्दछ । त्यहि सैद्धान्तिक मुल्य र भावना अनुरुप आज विभिन्न प्रकारका राजनैतिक सोँच भएका राजनैतिक पार्टीहरु तथा युवा संगठनहरु प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनको विरुद्ध संयुक्त आन्दोलनमा गैरहेका छन ।
प्रतिगमननै आजको प्रमुख समस्या हो । त्यसलाई परास्त गर्नु आजको मुख्य कुरा हो । प्रतिगमन परास्त नभए सम्म मुलुक अग्रगमनमा जान सक्दैन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त गर्ने एकमात्र तागतिलो हतियार भनेको जनताको जुझारु, संयुक्त र ससक्त आन्दोलन नै हो । प्रजातान्त्रिक तथा राजनैतिक आन्दोलनमा जनताको प्रतिनिधित्व राजनैतिक पार्टीहरुले नै गरिरहेका हुन्छन । त्यसैले राजनैतिक आन्दोलनको नायक राजनैतिक पार्टीहरु नै हुन । त्यसैले ति राजनैतिक पार्टीहरुको नेत्रित्वमा चल्ने हरेक प्रकारका आन्दोलनहरुमा युवाहरुको भुमिका महत्वपुर्ण हुँदै आईरहेको छ र हुन्छ । यसरी समाजमा चल्ने हरेक प्रकारका आन्दोलनहरुबाट गलत विचार र गलत शक्तिहरु परास्त अनि विलिन हुँदै जान्छन र सहि विचार लिएका शक्तिहरु स्थापित र उनिहरुले जित हाँसिल गर्दै जान्छन । त्यहि आन्दोलनले नै अवसरवाद, अराजकतावाद, प्रतिक्रियावाद तथा जनविरोधी तत्वहरुको छिनोफानो गर्दछ र गलत तत्व बोकेका शक्तिहरुलाई किनारा लागाई दिँदै जान्छ । यो नै आमुलपरिवर्तनकारी आन्दोलनले स्थापित गरेका मुल्य र मान्यताहरु हुन र क्रान्तिकारी आन्दोलनले सिकाएका पाठहरु हुन ।
अहिलेको राष्ट्रको विषेश परिस्थितिले माग गरिरहेको कुर्बानी र मुलुकको संकटपुर्ण अवस्थालाई पार लगाउन आवाश्यक पर्ने मुल्यवान रगतका थोपाहरु दिन नेपाली युवाहरु तयार हुनु पर्ने अवस्था हाम्रो सामु उपस्थित भैरहेको छ । भविश्य प्रतिको सर्मपणता, बर्तमानले धिक्कारेको परिस्थिति, ईतिहाँसले किनारा लगाईदिएको तानाशाही ब्यवस्था र त्यो सोँचलाई परास्त गर्न सम्पुर्ण नेपाली युवा तथा विद्यार्थीहरु शिरमा कफन बाँधेर अझैँ जुर्मुराउनु पर्ने बेला भएको छ । लाठी, गोली, सेना, पुलिस, जेल—नेल, मुद्धा, यातनालाई समेत प्रवाह नगरी सडकमा ओर्लिनुपर्ने दिन आएको छ । जनतामाथि हुकुमतन्त्र लादेर रमाउने प्रतिगामी नायकहरुको विरुद्ध खवरदारी गर्ने र प्रतिगमनको योजनाकारहरुलाई हिटलर, जार, लुइस सोह्रौको ईतिहास दोहोर्याउदै प्रतिगामीहरुलाई परास्त पार्नुपर्ने समय भएको छ । यो नै अहिलेको निम्ति नौजवानहरुको परिक्षामय बेला हो । सम्पुर्ण युवाहरु एक हौं । जनताको जुझारु एकता जिन्दावाद । प्रतिगमन मुर्दावाद । युवा एकता जिन्दावाद ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...