Sunday, January 24, 2010

झाडा पखालाको महामारी र सरकार बारे केही कुरा

देशप्रेम साप्ताहिक, वर्ष ११,अंक १३,
२०६६ सावन १२
फैलिएको झाडा पखाला,
हालै मध्यपश्चिम तथा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा झाडा–पखालाको महामारी भयो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको तंथ्याङ्क अनसार जाजरकोटमा १ सय ४३, रुकुममा ३३, डोल्पामा ६, सुर्खेतमा ६, दैलेखमा ९, सल्यानमा २, रोल्पामा १ जनाको ज्यान गैसकेको छ भने त्यो संख्या दिनहु“ बढिरहेको छ । त्यस्तै जाजरकोटमा २ हजार, रुकुममा ५ सय, डोल्पामा १ सय ७६, सुर्खेतमा २ सय १५, दैलेखमा ७०, सल्यानमा १ सय ४५, रोल्पामा ३३ को संख्यामा झाडा पखालाले सिकिस्त विरामी छन । यो क्रम रोकिने अवस्थामा छैन । दिनहु“ फैलिरहेको छ झाडापखाला । मानिसहरु मरेका मरेनै छन, विरामी हुनेको संख्या पनि दिनका दिन बढिरहेको छ । यसको प्रभाव दाङ लगाएत आसपासका जिल्लाहरुमा पनि देखिन थालेको छ । झाडा पखालाले २ सय भन्दा बढीको ज्यान गैसकेको छ । उपचार नपाएर हजारौं नागरिकहरु तड्पिरहेका छन । समस्या झन पछि झन विकाराल बन्दै गैरहेको छ । औषधीको व्यवस्था छैन । उपचार गर्ने चिकित्सकहरु छैनन । झाडा पखाला फैलिएका सबै स्थानहरुमा आज सम्म पनि औषधी तथा चिकित्सकहरु पुग्न नसकिरहेको अवस्था छ । गा“उमा झाडा पखालाले मृत हुन गएकाहरुलाई मलामी जाने मानिस नभेटिने अवस्था सृजना भएको छ । आजको २१ औं सताव्दीको युगमा पनि हाम्रो देशमा झाडा पखालाबाट सयौं मानिसहरु मर्ने भन्ने कुरा अत्यन्त दुखदायी कुरा हो । यो अवस्थाबाट त्यो क्ष्ँेत्रलाई मुक्त पार्न हामी सवैले भुमिका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको छ ।
झाडा पखाला र भ्रमण, सरकारका प्रधानमन्त्री, मन्त्री लगाएतका प्रतिनिधिहरु झाडा पखाला प्रभावित क्ष्ँेत्रका केही स्थानहरुमा हेलिकप्टर भ्रमण गरेर फुलका माला ग्रहण गरेर फर्किसकेका छन भने विपक्ष दलका नेता डा. बाबुराम भटराईको नेतृत्वमा समेत केही सभासदहरुको टोलीले पनि त्यही प्रक्रिया दोहोराउदै हेलिकप्टरमा नै प्रभावित क्ष्ँेत्रमा घुमेर फर्के । तर सरकारले हालसम्म पनि प्रभावित क्षेत्रहरुमा प्रभावकारी ढंगले झाडा पखालालाई नियन्त्रण गर्न सकिरहेको छैन । हेलिकप्टर जाने खर्चले त्यहा“का विरामीहरुलाई औषधी तथा चिकित्सक पठाउने व्यवस्था मिलाएको भए त्यो खर्चबाट केही विरामीहरुले उपचार पाउने थिए, केही मानिसहरु मर्नबाट रोकिने थिए वा झाडा पखालालाई केही तहसम्म नियन्त्रण गर्न सकिने थियो होला ।
झाडा पखाला क्षेत्रको अवस्था, नेपालमा भौगोलिक हिसावले मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्र सबभन्दा विकट क्षेत्र हो । त्यहा“ स्वाथ्यको प“उच पुग्न सकेको छैन, त्यसैले धेरै मानिसहरु रोगी छन । शिक्षाको अभाव छ, त्यसैले मानिसहरु असिक्षित छन । अनेत्रको तुलनामा उपयुक्त रोजगारको व्यवस्था छैन त्यसैले विदेश पलाएन हुनेको संख्या पनि धैरै नै छ, त्यसमा पनि विदेश जाने मुख्य आधार भारत भएकोले विदेश गएर कमाउने र आफ्नो आर्थिक अवस्थालाई सुधार गर्ने स्थिति पनि छैन । भौगालिक हिसावले अत्यन्त असजिलो पहाडी क्षेत्र भएकोले यातायातको व्यवस्था पनि हाल सम्म हुन सकिरहेको छैन । आदी कारणहरुले गर्दा यो क्षेत्र अन्यको तुलनामा पछाडी परेको छ । मध्यपश्चिम र सुदुरपश्चिमका जनताले सफा पिउने पानी पाएनन् । खाने चामल, दाल, नुन, चिनी, लगाएतका उपभोग्य बस्तुहरुको समेत अभाव भयो । सडे–गलेका दैनिक उपभोग्य वस्तुहरुले दिन गुजारा गर्नु पर्ने वाध्यता वा भोकै बस्नु पर्ने अवस्था त्यह“ाका जनतालाई पर्यो । जसको कारणले गर्दा मानिसहरु हरेक प्रकारका रोगहरुबाट ग्रस्त हुनु पर्यो । रोग लागि सके पछि उपचारको व्यवस्था हुन सकेन । औषधी चिकित्सक लगाएतका श्रोत साधनको अभाव भयो । निजी क्ष्ँेत्रमा खुलेका अस्पतालहरु दुर्गम गा“उठा“उमा जाने कुरा भएन भने त्यह“ाका जनताको आर्थिक तथा भौगोलिक अवस्थाको कारणले गर्दा उपचारको निम्ति बाहिर जाने कुरा पनि असम्भव भयो । जसले गर्दा आज कर्णालीका जनता यस प्रकारको भोक, शोक र रोगबाट ग्रस्त हुनु परिरहेको छ ।
सरकारको कामको आधार, सरकार कसरी, कसले र कुनरुपबाट संचालन भएको छ भन्ने कुराले देशको अवस्था के छ भनेर बुझ्न सकिन्छ । आज सरकारमा बसेका दलहरु मुख्यतः, बहुदलीय व्यवस्था आए पछी यो वा उ ढंगले सरकार मै हाली–मुहाली गर्दै आईरहेका छन । कतिपय दल लामो समय र कतिपय छोटो समय भए पनि सरकारमै छन । तिनै पार्टी तथा व्याक्तिहरुले आज पनि मुलुक चलाईरहेका छन । त्यसैले यो सरकार प्रतिक्रियावादको गर्भबाट जम्मेको हो । यो अवसरवादको कोखमा खेलिरहेको छ । सामन्त, दलाल तथा नोकरशाह बर्ग यो सरकारको जग हो । साम्रज्यवाद तथा विस्तारवाद सरकार संचालनको मुख्य आधार हो । प्रतिक्रियावाद तथा संशोधनवाद यो सरकारको दिशा–निर्देश हो । शोषण, दमन, अन्याय, अत्याचार यो सरकारको मुख्य कडी हो । पद–प्रतिष्ठा, सुख–सुविधा, व्याक्तिगत स्वार्थ–प्रलोभन, यो सरकारको अभिष्टता हो । भ्रष्टाचार, घुसखोरी, कमिसनतन्त्र, ठेक्का–पट्टा, लुट–ब्रमलुट यो सरकारको चरित्र हो । राष्ट्रघात र जनघात यो सरकारको कर्म हो । त्यसैलेनै यो सरकारको काम जनपक्षीय छैन । राष्ट्र पक्षीय छैन । बरु जन विरोधी, राष्ट्र विरोधी, समाज विरोधी छ । नागरिक स्वतन्त्रता विरोधी पनि छ ।
सरकारको गठवन्धन, यो सरकारको गठन अराजनैतिक र अपवित्र ढंगले भएको छ । यो विभिन्न २२ दलको सहमतीमा बनेको छ । यो सरकार प्रतिगमनकारी, राजावादी, प्रतिक्रियावादी, दक्षिणपंथी–अवसरवादी, क्षेत्रीयतावादी, जातीयतावादी, संङ्किणवादी समुहको जमघट हो । यो सरकारलाई राजावादी दरवारीया तत्वहरुको समेत सहयोग र समर्थन मिलेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले पनि यो सरकारलाई मलजल गरेका छन । प्रतिगमनकारी तत्वहरु पनि यो सरकारमा घुसेका छन । ऐतिहासिक जनआन्दोलन ०६२÷६३ का अपराधीहरु समेतको यो सरकारमा सहभागिता र समर्थन रहेको छ । कुनै राजनैतिक चरित्र नभएकाहरुले समेत यो सरकारलाई साथ समर्थन दिएका छन । यो सरकार नत सरकार संचालनमा रहेका पार्टीहरुको एकमना एकतामा बनेको छ, न यसलाई जनताको समर्थन नै प्राप्त छ । त्यसैले नत यो सरकारले समयमै सार्थक संविधान निमार्ण गर्न सक्नेछ, न जनताको चाहना अनुशार राज्यको नया“ संघीय संरचना निमार्ण गर्न । नत यसले शान्तिशुरक्षाको अवस्थालाई सुधार गर्न सक्ने छ, न यसले मुल्य घटाउन । नत यो सरकारले अतिक्रमित भुमीलाई बचाउन सक्ने छ, न जनआन्दोलनको दोशीलाई कावार्ही गर्न । न यो सरकारले भ्रष्टाचारी, घुसखोरी, कमिसनतन्त्र, कालोबजारी र तस्करीहरुलाई रोक्न सक्नेछ, नत यसले चेलिबेटी बेचविखनलाई नै रोक्नेछ । नत यो सरकारले शिक्षा, स्वाथ्य, रोजगार लाई सर्वसुलभ वैज्ञानिक र गरिव जनतामा आधारित बनाउन सक्ने छ, न यसले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा हुने गरेको अराजकतालाई नै रोक्ने छ । न यो सरकारले राजनीतिक अस्थिरतालाई अन्त्य गर्न भुमिका खेल्ने छ, नत यसले दण्डहिनता र सामाजिक सुरक्षाको अवस्थालाई सुधार गर्न सक्ने छ । त्यसैले हामी सवैले यो सरकारबाट आशा गर्नु भनेको आकाशको फल आ“खा तरी मर भने जस्तै हुनेछ ।
सरकार र काण्डहरु, यो सरकारमा विभिन्न काण्डहरुको झुण्ड जम्मा भएको छ । यो सरकारमा काण्डै–काण्ड मच्चाउनेहरुको जमघट भएको छ । राष्ट्रघाती तथा जनघाती टनकपुर काण्ड, महाकाली काण्ड, लाउडा काण्ड, कालो नागरिकता वियद्येक काण्ड, नदिनाला बेचुवा काण्ड, बन तस्करी काण्ड, प्रतिगामी मतियार बन्ने काण्ड, कल काण्ड, पजेरो तथा प्राडो काण्ड, महल काण्ड, सुत्केरी भत्ता काण्ड, संकटकाल तथा सेनापरिचालन काण्ड, औषधी–उपचार काण्ड, पञ्चेश्वर परियोजना काण्ड, सिमा अतिक्रमण काण्ड लगाएत अनेकौ काण्डहरुको जगमा यो सरकारको पुनगर्ठन भएको छ । अहिले सरकारमा रहनेहरुको अनुहारमा यी तमाम खालका काण्डहरुको कालो पोतिएको छ । यस प्रकारको कालो अनुहारका साथ अहिले सरकारमा आसिनरहेकाहरुले जनताको पक्षमा भुमिका निर्वाह गर्लान राष्ट्रको पक्षमा गतिविधी गर्लान भन्ने के आधार छ र खै ? त्यसैले यो काण्डै–काण्डैको जगमा उभिएको सरकारको बारेमा स्पस्ट हुन आवश्यकता छ ।
अन्त्यमा,तोकिएको समयमै सार्थक संविधान निमार्ण गर्न, आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्षेत्रीय स्वशासन सहितको राज्य निमार्णमा जोड दिन, संघीय गणतन्त्रयुक्त राज्यको नया“ संरचना गर्न, सेनाको सहि व्यवस्थापन गर्न, शान्ति शुरक्ष्ाँको अवस्थालाई सुधार गर्न, राजनैतिक अराजकता, दण्ड हिनतालाई पूर्णरुपल रोक्न, ऐतिहासिक जन आन्दोलन ०६२÷६३ का अपराधीहरुलाई कारवार्ही गर्न, जनआन्दोलनका सहीद, घाईतेहरुलाई उचित सम्मान, सहयोग, रेखदेख गर्न, मुल्य बृद्यि फिर्ता गर्न, सिमा सुरक्ष्ाँको रक्षा गर्न, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्ष्ँमा भुमिका खेल्न, साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवादको शोषण तथा उत्पीडनहरुको अन्त्य गर्न हामी सवै जन समुदाय एकजुट हुनु पर्दछ । संघर्ष गर्नु जनताको अधिकार हो । संघर्षले नै जनताको अधिकारको संरक्ष्ँण गर्ने छ । झाडा पखाला अन्त्य गर्न सरकारको आ“खा खुल्ने छ र अत, फेरी एक पटक उठौं, जुटौं र लागौ यहिनै आजको आवश्यकता हो ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...