Sunday, January 24, 2010

ऐतिहा“सिक जनआन्दोलन ०६२÷६३ र लोकतान्त्रिक गणतन्त्रवारे

अग्रगति साप्ताहिक, वर्ष १, अंक ६
०६३ भाद्र २९
नेपाल र नेपाली जनता यतिबेला ऐतिहा“सिक चरणमा छन । राष्ट्र, राष्टी«यता र जनअधिकारका प्रश्नहरु पनि विषेश सङ्क्रमणकालिन स्थितिबाट गुज्रिरहेको छ । त्यसैले सबै नेपाली नागरिकको सामु मुलुकलाई नया“ रुपान्तरणमा लैजाने महान जिम्मेवारी आईपरेको छ । समस्याहरुलाई ठिक स“ग बुझ्नु, समाधानको बाटो पहिल्याउनु र व्यापक एकताका साथ मुलुकलाई नया“ चरणमा पुर्याउनु हामी सबैको दायीत्व बनेको छ । मुलुकले अहिलेको अवस्थासम्म आईपुग्नको लागि पनि केहि ऐतिहा“सिक चरण पार गरिसकेको छ । त्यसमा उल्लेखित कारणले भुमिका खेल्यो भन्नु अनुपयुक्त रहने छैन । क. हतियारवद्ध रहेका माओवादी र निशस्त्र रहेका ७ राजनैतिक दलहरुको विचमा समझदारी कायम गरी निरङ्कुश राजतन्त्रको विरुद्ध केन्द्रीत आन्दोलनमा जान तयार हुनु । ख. विगतका दिनहरुमा दलहरुबाट भएका कमिकमजोरीहरुको दलहरुबाटै आत्मसमिक्ष्ाँ गर्दै संविधान सभाको चुनावको ऐजेण्डालाई मुर्तता प्रदान गर्न सफल हुनु । ग. लामो ऐतिहासिक जन आन्दोलन र १९ दिन सम्मको आमहड्ताल सम्पन्न गरेर राजतन्त्रको विरुद्धको जन आक्रोशलाई साम्राज्यवादी, विस्तारवादी लगाएत अन्तराष्टी«य शक्तिहरुको अगाडी प्रमाणित गर्न सफल हुनु ।घ. दलहरुद्धारा घोषणा गरिएको ऐतिहासिक जन आन्दोलन ०६२÷६३ मा नागरिक समाज, पत्रकार महासंघ, नेपाल वार एसोसियसन, बुद्धिजिवी संगठनहरु, जनजाति महासंघ लगाएत सबै पेशाकर्मी र न्यायप्रेमी जनसमुदायकको सहभागिता र सहयोग प्राप्त गर्न सफल हुनु आदी ।यसमा मुख्य रुपमा ३ ओटा उपलब्दी प्राप्त भएको छ । एक – ०५९ आश्विन १८ गते गुमेको अधिकारहरु पुर्नस्थापित गर्न सफल भएको छ । दुई – नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाउनको निम्ति संविधान सभाको निर्वाचनको एक मात्र राजनैतिक ऐजेण्डामा मुलुकका सबै राजनैतिक दल तथा समाजिक संघ– संस्था लगाएत सम्पूर्ण बर्ग धरातलहरुलाई एकैठा“उमा लैजान सफल भएको छ । तिन – गणतन्त्रको पक्षमा जनमतको ब्यापक अभिवृद्धी भएको छ । जसको कारणले गर्दा राजा र राजतन्त्रलाई एककदम झुकाउन बाध्य पारिएको छ तर राजा र राजतन्त्र पूर्णरुपमा पराजित भैसकेको छैन । नेपाली जनता पूर्ण सार्वभौम सक्ता सम्पन्न हुन जरुरी छ । त्यसको लागि संविधान सभाको निर्वाचनको परिणमलाई जनताको पक्षमा ल्याउनु यतिवेलाको सबैभन्दा महत्वपूर्ण काम हो । संविधान सभाको निर्वाचनमा अगाडी बढ्दा आई पर्ने षडयन्त्रहरुलाई चकनाचुर पार्न, मुलुकलाई नया“ दिशामा रुपान्तरण गरेर लैजान सबै एकजुट हुनुपर्ने आवाश्यकता रहेको छ । नेपाली जनतालाई सर्वभौम बनाउने सन्दर्भमा छलफल गरिरह“दा शहिदको बलिदानी र ऐतिहासिक जनआन्दोलन ०६२÷६३ ले उठाएका विषयवस्तुहरुलाई कसैले भुल्न हुदैन । तथावी अहिले मुलुकमा ३ ओटा धारहरु देखा परिरहेका छन । १. लोकतान्त्रिक गणतान्त्रिक पक्ष्ँ । २. सोभायमान (अभचझयलष्ब)ि राजसंस्थाको पक्ष्ँ । ३. राजा र राजतन्त्रलाई बलियो बनाउन चाहने पक्ष । तेश्रो पक्ष्ँ यतिवेला हारेको अवस्थामा रहेको छ तर उनिहरुले फेरी पनि षडयन्त्रहरु गर्न सक्ने संभावनाहरुलाई पुरै अस्विकार गर्न सकिन्न त्यसैले सर्वप्रथम सबै नागरिकहरु यसबाट सचेत हुन जरुरी छ ।
दोश्रो सोभायमान (अभचझयलष्ब)ि राजतन्त्रको पक्षमा नेपाली काग्रेसका सभापती तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला लगाएत कतिपय आन्दोलनकारी दल कै नेताहरुले आफ्नो अभिमत जाहेर गरेको पाईएको छ तर पनि संस्थागत रुपमा निर्णय भने अहिले सम्म आईसकेको छैन । यदी सोभायमान (अभचझयलष्ब)ि राजसंस्थाको पक्षमा नेपाली काग्रेस, गिरिजा प्रसाद कोईराला र अरु कसैले उभ्याउने कोशिस भयो भने त्यो निश्चय नै उनिहरुको लागि अभिसाप सावित हुनेछ । यो कुरा जनताको विचबाट ऐतिहासिक जन आन्दोलन ०६२÷६३ मा उठान भएको माग र नाराहरुले प्रमाणित गरिसकेको छ ।
पहिलो लोकतान्त्रिक गणतान्त्रिक पक्ष्ँ हो । यो नै आजको स्थितिमा सबैभन्दा शक्तिशाली र ताकतवान पक्ष्ँ हो । जनताको जुझारु एकताले र ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को प्रतिविम्व हो । नेपाली जनता अधिकार सम्पन्न हुने मुख्य आधार हो । जिवनको प्रवाह नगरेर खुला आकाश मुिन तातो गोली खान तयार भएका जनताको चाहना हो । हात–खुट्टा शरिरका अंगहरु गुमाएर पनि मर्ने वा जित्ने उद्देश्यका साथ आन्दोलनमा होमिएका लाखौं युवाहरुको मुल भावना हो । लोकतान्त्रिक गणतन्त्रले नै ऐतिहासिक जन आन्दोलन ०६२÷६३ को मुल मर्म र भावनालाई समेट्न सक्ने छ । जन आन्दोलनका शहिदहरु, घाईतेहरु र ऐतिहासिक जन उपस्थितिको उद्देश्यलाई पुरा गर्न सक्ने छ । यसका विपरित हुने गतिविधि, षडयन्त्रहरु जनतालाई सह्यहुने छैन त्यो कुरा ऐतिहासिक जन आन्दोलन ०६२÷६३ ले नै मुखरित गरि सकेको छ ।लोकतान्त्रिक गणतन्त्रको पक्षमा मुलुकलाई लैजान आई पर्ने केहि राजनैतिक तथा प्राविधिक समस्याहरुका विषयहरु पनि छन जसमा सबै पक्ष स्पस्ट हुन जरुरी रहन्छ । क. राजा र राजतन्त्रको विषयमा स्पस्ट द्रिष्टिकोण अवलम्वन गरिनु पर्ने विषय । ख. दुवै पक्षको हतियार र सैनिकको ब्यवस्थापनमा सहि नीति अख्तियार गरि जनतालाई स्थायी शान्तिको अनुभुती दिलाउनु पर्ने प्रश्न ।ग. अन्तरिम संविधान, अन्तरिम सरकार जस्ता राजनैतिक विषयहरुमा निचोडमा पुगेर समस्याको हल खोजिनु पर्ने सवाल । घ. राज्यको पुर्नसंरचनालाई केन्द्रमा राखिनु पर्ने विषय र त्यसो गर्दा कुन आधार, प्रकृया र मापदण्डहरुबाट निर्धारण गरिने भन्ने प्रश्नको निचोड । ङ. संविधान सभाको निर्वाचनमा जा“दा ठेगान गरिनु पर्ने प्रारुप, प्रकृया, निर्वाचन प्रणाली, प्रतिनिधित्वको ब्यवस्था, निर्वाचक अंगहरु, चुनिईसकेका प्रतिनिधिहरुलाई पनि प्रत्यागमनको ब्यवस्था जस्ता महत्वपूर्ण विषयहरुमा सहमतिमा पुग्नुपर्ने सवाल । च. संविधान सभाको निर्वाचनमा सबैक्षेत्रको समानुपातिक, समावेशी र सहभागितामुलुक प्रतिनिधित्वको प्रश्नमा हुनु पर्ने सहमती । जस्ता प्रश्नहरु यतिवेलाका प्रमुख विषयहरु हुन । जसलाई सबैपक्षको सहभागितामा ब्यापक छलफलहरु, बहसहरु, क्रिया– अन्तरक्रियाहरु मार्फत राजनैतिक सहमतीमा पुगेर हल खोजिनु पर्दछ ।
उल्लेखित विषयहरुमा ब्यापक छलफल र बहसहरु हुन नसकेको कारणले गर्दा नै राजनैतिक सहमतीमा पुग्न सकिएन । त्यसैको असरले गर्दा संविधान मस्यौदा समितिले ठोस र मुर्त संविधान मस्यौदा तयार पार्न नसकेको प्रश्न हाम्रो अगाडी ताजै भएको विषय हो । त्यसैले सबै राजनैतिक दलहरु, संघ– संस्थाहरु, नागरिक समाजहरु लगाएत सम्पूर्ण तह र तप्काका न्यायप्रमी जनसमुदायहरुले यसको निचोडमा पुग्नको लागि महान जिम्मेवारीताको साथ हरदम कोशिस गर्न जरुरी रहेको छ । त्यसमा पनि बु“दा नं. क र ख को बारेमा सबैभन्दा अगाडी सहमतिमा पुग्नु पर्दछ ।प्रथमः– राजा र राजतन्त्र राख्ने बारे कुनै पनि मान्यतामा नेपाली जनतालाई स्वीकार्य हुनेछैन किनकी हाम्रो मुलुकलाई यो अवस्थामा पुर्याउनमा राजा र राजतन्त्र कै भुमिका रहेको छ । राजतन्त्र विहिन लोकतान्त्रिक गणतन्त्रले नै आजको विन्दुमा नेपाली जनताको अभिमतलाई कदर गर्न सक्ने छ । दोश्रोः– संविधान सभाको निर्वाचनको सम्पुर्ण प्रकृया तोकिनु भन्दा अगाडी सरकारी सैनिक र उसको हतियार ब्यारेकमा फिर्ता गर्ने र माओवादी को हतियार र सैनिकलाई पनि अस्थायी क्याम्प खडा गरि राख्ने ब्यवस्था मिलाई लालन पोषणको ब्यवस्था राज्यले नै गर्ने गरि सहमतिको हल खोजिनु पर्दछ । संविधान सभाको निर्वाचनको परिणाम स“गै सेनाको विलोपिकरणको प्रकृयामा मुलुकलाई लैजानु पर्दछ । यो प्रकृयामा मुलुकलाई लैजा“दा नेपाली जनतामा दुवै सैनिक र हतियारको त्रास हटेर जानेछ । जनताले खुलेर संविधान सभाको निर्वाचनमा आफ्नो अभिमत जाहेर गर्न सक्नेछन । सबै राजनैतिक शक्तिहरुलाई निर्धक्क आफ्नो राजनैतिक विषयबस्तुहरु जनताको अगाडी लगेर जानको निम्ति सजिलो धरातल पैदा हुनेछ ।
जनताले रोजेको र ऐतिहासिक जन आन्दोलन ०६२÷६३ ले खोजेको लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि फेरी एकपटक ऐतिहासिक लडा“ईको जरुरी पर्न सक्ने छ, त्यसको निम्ति लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको सबै राजनैतिक दलहरु, पत्रकार, नागरिक समाज लगाएत सबै तहका जनसमुदायहरुको विचमा फेरी ब्यापक एकता हुन जरुरी छ । लोकतान्त्रिक गणतान्त्रिक सघर्षलाई प्रभावकारी बनाउनको लागि दुई ओटा मुख्य कुरामा तत्काल ध्यान दिनु पर्दछ ।१. केन्द्र देखि क्षेत्र, जिल्ला हु“दै स्थानीय स्तर सम्म लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निमार्ण गर्न पहल गर्नु । २. राजतन्त्र विहिन लोकतन्त्रको स्थापनाको लागि ब्यापक एकताको साथ हरसंभव प्रचार प्रसार र मोर्चा बन्दी आन्दोलनमा जोड दिनु ।
आजको घडीमा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नै अपरिहार्य आवाश्यकता भएको र सघर्षको लागि लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निमार्ण गर्ने सन्दर्भमा छलफल भईरहदा“ पनि आज विभिन्न तहबाट विरोधका स्वरहरु उठिरहेका छन । त्यसप्रकारको विरोधले कुनै पनि मान्यतामा अर्थ राख्ने छैन । त्यो विरोधको लागि विरोध मात्र हुनेछ र जनताको एकताले फेरी त्यस्ता शक्तिहरुलाई किनारा लागाई दिनेछन । यो नै अहिलेको अवस्थामा नेपाली जनता र नेपाली माटोले राखेको चाहना हो । ऐतिहासिक जन आन्दोलन ०६२÷ ६३ ले समेटेको मुल पक्ष र भावना हो । यो नै मुलुक र जनताको अपरिहार्य आवाश्यकता हो । यो कार्यलाई सफल पार्नु नै आजको विन्दुमा सबैको ऐतिहासिक कार्यभार हो ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...