Saturday, January 23, 2010

प्रतिगमनको समस्या निकास र आन्दोलन बारे

हा“क साप्ताहिक, वर्ष २१, अंक २०
२०६० चैत्र १८
“मुख्यतया समाजमा भित्रि अन्तरविरोधहरुको विकाशबाटनै समानमा परिवर्तनहरु हुन्छन अर्थात उत्पादक शक्तिहरु र उत्पादनका सम्वन्धहरुका विचको अन्तरविरोध, बर्गहरुको अन्तरविरोध, पुरानो र नौलाको अन्तरविरोध यिनै अन्तरविरोधहरुको विकाशले नै समाजलाई अगाडि बढाँउछ र पुरानो समाजमाथि नौलो समानको विजयको निम्ति यो भित्रि प्रेरक शक्ति बन्छ ।” “सन १९३७ अगस्तमा अन्तरविरोधका विषयमा सर्वहाराबर्गका महान नेता का. माओले बताउनु भएको थियो ।”
आज हाम्रो देशको राजनैतिक पेरिफेरी का. माओले भन्नुभए जस्तै चरम अन्तरविरोधहरुको बिचबाट गुर्जेको छ । जनतालाई दमन गर्न खोज्ने र त्यो दमन अनि बन्धनबाट मुक्तहुन खोज्नेहरुको बिच आज तिर्ब अन्तरविरोध बढेको छ । बसिखाने बर्ग र गरिखाने बर्गको बिच ठुलो लडाई चलिरहेको छ । प्रजातन्त्र र जनअधिकारको माग गर्नेहरु र एकतन्त्रिय हुकुमलादेर शोषणको स्वर्गमा रमाउन चाहनेहरुको बिच चर्को अन्तरविरोध बढेको छ । नयाँ युगका युवा—विद्यार्थीहरु नयाँ नयाँ नाराहरु खोज्दैछन । नयाँ युगको निम्ति हार गुहार गर्दैछन । नयाँ नयाँ मागहरु राख्दैछन । पुरानालाई ध्वस्त बनाउन चाहन्छन । सडेगलेकाहरुलाई उखलेर फ्याँक्न चाहन्छन । पुरानो विचारको स्थानमा नयाँ विचारको विज रोप्न चाहन्छन । त्यो राष्ट्रको निम्ति, त्यो जनताको निम्ति, त्यो गरिखाने बर्गको निम्ति,, त्यो मजदुर, किसान, श्रमजिवि बर्गको निम्ति । सडकहरु रक्तम्मै पारेर स्वाभिमानको निम्ति चिच्च्याईरहेका छन । थाप्लोमाथि लाठी फन्किदा र बर्सिदा पनि घाँटी सुकन्जरी गणतन्त्रका नारा घन्क्याईरहेका छन । यो नयाँ युगको पुकार हो । नयाँ मान्छेको आवाज हो । उनिहरुले प्रजातन्त्रको निम्ति मर्नैपरे पनि मरौंला भनेर बाँचा बधिरहेका छन । सहितको रगतले साटेर प्राप्त गरेका अधिकारहरुलार्इं रक्षा र पुनस्र्थापना गर्न चाहन्छन । अबत त्यतिले मात्र नपुग्ने भएको छ । परिस्थितिले नेटा काटिसकेको छ । दमनका रुपहरुपनि बदलिदै गएको छ । तर दमन भएको स्थानमा प्रतिकार पनि हुन्छ । त्यो प्रतिकार सँगै विस्फोट पनि अनिवार्यसर्त हो । त्यसैले कुनैपनि चिजको नस्टहुनुमा आन्तरिक कारणको भुमिकाले नै प्रधानता पाँउछ । एकातिर अहिले उठेको जनताको आवाज, जनताको शक्ति र अर्कोतिर प्रतिगामीहरुको सषयन्त्र र बन्दुकको होडबाजी बेजोड ढंगले चलेको छ । तर यि शक्तिमा सर्वमान्य जनताको शक्ति भएको ले प्रतिगामी तत्वहरु आफैले खनेको खाडलमा आफै फस्नेकुरा स्वतह निस्चित छ ।
अब प्रतिगामीहरुको भुमिकाले उनिहरुको आयुको छिनोफानो गर्नेछ । २१ औं सताब्दीको युगको खोजिमा हिंडिरहेका युवा—विद्यार्थीहरु यहि आवज उठाईरहेका छन । जनताले यहि कुरा बोलिरहेको छ । इतिहासले यहिकुरा सिकाईरहेको छ । त्यसैले राजाको भुमिकाले नै राजतन्त्रको अस्तित्वको संरक्षण र नस्टमा निर्णयक रुपरेखा कोर्ने छ । बैज्ञानिक युगमा बैज्ञानिक ढंगबाट नचल्ने हो र आजका जनतालाई पनि १७ औं सताब्दीमा जस्तो संझने हो भने यसको परिणामले जनतालाई घाटा पुर्याउने छैन । आजका युवाले परिस्थितिलाई राम्रो गरी बुझेका छन । ठिक—बेठिक छुट्ट्याउन सक्छन । राजनैतिक मुल्य मान्यताको सिमालाई अवलोकन गर्न सक्छन । राजनैतिक रुपले के गर्न ठिक र बेठिक त्यो पनि केलाउन सक्छन । आजसम्म कहाँ, कसरी, कसले सहि वा गल्ती गरेका छन त्यो पनि अवलोकन गरेका छन । त्यसैले आज पुरानोलाई भत्काएर त्यसको स्थानमा नयाँको जग बसाल्न खोजिरहेका हुन ।
प्रतिगमन विरुद्ध जुटेका गणतन्त्रको स्वरहरुलाई दबाब राजनितिको अर्थमा बुझेको कुरा राजाको अन्तरवार्ता तथा संबोधनमा आयो । युवा विद्यार्थिहरुको काम राजनैतिक नारा लगाउदै हिड्ने होईन, पड्ने लेख्ने हो भन्ने उपदेशपनि सुनियो तर आजका युवा, तरुण, विद्यार्थीहरुलाई के त्यो कुराले चित्त बुझेको होला ? यहिकुरा पञ्चायती ब्यवस्थामा पनि भनिने गरिन्थ्यो । गरिव युवा, विद्यार्थी, किसान, मजदुर, शिक्षक, पत्रकार कसैले पनि राजनिती गर्नुु हुदैन राजनिति गर्नेकाम धनिहरुको हो । जानेबुझेकाहरुको हो । आज पनि त्यहिकुरा बेलिदैछ । अब काम नलाग्ने उपदेशको कुनै अर्थ, सार्थकता र स्वभाविक रहदैन । जो उपदेश दिन लायकनै छैन उसको उपदेशको के महत्व ? जसले खुलेआम आर्थिक, राजनैतिक संरचनामाथि धावा बोलिरहेको छ । जनतालाई बन्दुकको थर्कन दिईरहेको छ उनैले दिएको फोर्सा उपदेशको सान्दर्भिकता नै के छ ? आफैले नियम नमान्नहरुको नियम मान्न जनतालाई जरुरी किन ? अनुशासनको पाठ पढाउनेहरुले आफ्नो अनुहारलाई ऐनामा हेर्न सक्नु पर्दछ । मुल्य मान्यताको खोजी गर्नेहरुले आफुले पनि मुल्य मान्यताको दायरालाई बुझ्नु पदैछ । मर्यादाको अपेक्षा राख्नेहरुले आफुले पनि अर्काको मर्यादालाई कदर गर्न सिक्नु पर्दछ । त्यसैले आजको युगले माग गरेको गोरेटोमा लामवद्ध भएर कुवार्नी दिन समेत तयार भएका नयाँ युगमा नयाँ युवा विद्यार्थीहरु जुर्मुर्याईरहेका छन । जायज माग राखेर सलवलाईरहेका छन । आवाश्यकता परे मुलुकको नेत्रित्व, सिङ्गो आन्दोलनको नेत्रित्व गर्नसमेत पछि हट्ने छैनन भन्ने सन्देश दिईरहेका छन ।
प्रतिगमनको विरुद्ध जुटेका आजका युवा विद्यार्थीहरु अवैधानिक होईन वैधानिक आन्दोलनको दायरामा छन । बन्दुक बोकेर होईन भण्डा बोकेर सडकमा ओर्लिरहेका छन । जंगलबाट होईन सहरबाट आन्दोलनको संङ्खघोष गरिरहेका छन । काल्पनिकतामा होईन वास्तविकताको खोजीमा दौडिरहेका छन । हुकुमतन्त्रको विरुद्धमा अनअधिकारको खोजिमा सलवलाईरहेका छन । आश्विन १८ गतेबाट प्रतिगमनका नायक राजाले चालेका हरेक राष्ट्रविरोधी जनविरोधी कृयाकलापले गर्दानै सारा जनतालाई सडकमा उत्रनकोलागि निम्ता दिएको हो । आम्ने साम्नेको लडाईमा उतारेको हो । नजान्नेलाई जान्ने , नबुझेकालाई बुझाउने काम गरेको हो । प्रतिफल आज गणतन्त्रको नाराहरु घन्किरहेको छ । अबत नारायणहिटी, सिंहदरवारको आँगन काठमाडौंमा मात्रहोईन हिमालको फेँदमा समेत गणतन्त्रको नारा थर्किनथालिसकेको छ । बजार देखि गाँउसम्म, विश्वविद्यालयहरु देखि विगट गाँउका प्राथमिक विद्यालयहरुसम्म “२१ औं सताब्दीमा राजतन्त्रको सान्र्दभिकता कति ? ” भनेर छताछुल्ल छलफलहरु चलिरहेको छ । बोल्नै नहुने, लेख्नै नहुने, भन्नै नहुने भनिएकाहरुको विरुद्धमा नै आज सिङ्गो मुलुक खनिएको छ । यो यर्थातलाई आजका युवा—विद्यार्थीहरुले राम्रोगरी बुझेका छन । जागिर खाएका सिपाईहरु भोली आफ्नै झुप्रेघरमा नर्फकी सुकैछैन । आज गाँउ बिर्सेका जवानहरु भोली त्यहि बिकट गाँउमा नघुमी सुकैछैन । कलो खाएर जयजयकार मनाउन उत्रनेहरुको कलो पनि भोली सकिने निश्चित छ ।
आज सबैलाई प्रस्ट भैसकेको छकि मुलुकको अहिलेको प्रमुख समस्या प्रतिगमनको हो । अग्रगमनको लागि प्रतिगमनलेनै अवरोध सिृजना गरिरहेको छ । जबसम्म प्रतिगमनलाई परास्त गर्न सकिदैन त्यतिबेलासम्म मुलुकलाई अग्रगमनको बाटोमा लैजान सकिन्न । आज विद्धमान रहेका अन्य समस्याहरु पनि झन झन झाँङ्गिदै जानेछ । त्यसैले आज सबै युवा, विद्यर्थी, किसान, महिला, मजदुर, पत्रकार, वकिल, बुद्धिजिवि सबैतहका समुदायहरुले प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्तगर्न संचालित संयुक्त आन्दोलनमा होमिनु पर्नेबेला भएको छ । प्रतिगमनको विरुद्धको आन्दोलनमा देखिएको संझौतापरस्त, अवसरवादी ढुलमुले निति र ब्यवहारको बिरोध गर्दै तिनिहरुलाई पन्छ्याउदै आन्दोलनमा नउत्रिकन सुकैनहुने अवस्था खडाभएको छ । संयुक्त आन्दोलनको दायरालाई अझ फराकिलो पार्नुपर्ने परिस्थिति निमार्णभएको छ । जुझारु ससक्त अनि संयुक्त आन्दोलनले नै प्रतिगमनलाई परास्तगर्न सकिने भएकोले आजको अनिवार्य सर्त भनेको पनि त्यहि आन्दोलन नै हो । यो कुरालाई मननगरी युवा—विद्यार्थीहरु जोडतोडले आन्दोलनमा उत्रेका छन । राजनैतिक पार्टीहरु पनि त्यहि आन्दोलनको क्रममानै छन ।
पुर्णप्रजातन्त्र स्थापना नभएको कारणले गर्दानै आज हाम्रो मुलुकमा यसप्रकारका समस्याहरु सजिलैगरी आएका हुन । फेरिपनि जबसम्म मुलुकमा पूर्णप्रजातन्त्र स्थापनागर्न सकिन्न जनतालाई वास्तविक अर्थमा सार्वभौम सम्पन्न बनाउन सकिन्न यसप्रकारका समस्याहरु सजिलैगरी दोहोरिनेकुरा निश्चित छ । ०४६ सालमा संचालित आन्दोलनलाई त्रिपक्षिय संझौता गरि नटुङ्याएको भए र नेपाल अधिराज्यको संविधान निमार्ण गर्ने बेलामा जनतालाई पूर्णरुपमा सार्वभौम सम्पन्न गराउनेकुरामा ध्यानदिइएको भए र तात्कालिन ने. क. पा. मसालले जोडदाररुपले उठाएको सार्वभौम सत्ता बास्तविक अर्थमा जनतामा हस्तान्त्रण गर्न संविधान सभाको चुनाव हुनु पर्दछ अनि जनताले चुनेको प्रतिनिधिले संविधान निमार्ण गरिनु पर्दछ भन्ने सवाललाई सबैपक्षले बुझिदिएको भए पनि मुलुक आजको अवस्थामा पुग्न गाह्रो हुन्थ्यो । फलस्वरुप चुनिएका मानिसहरुले संविधान निमार्ण गरे । जनतालाई ढाटेर रातलाई दिन भनियो । चपाउने दाँतअर्कै र देखाउने दाँदकोरुपमा संविधानको मुलप्रस्तावनामा सार्वभौम सत्ता जनतामा निहित रहेकोकुरा उल्लेख गरियो । प्रजातन्त्रको निम्ति लामो लडाईलडेका राजनैतिक शक्तिहरुले पनि यो जित सबैको हो भनेर कुर्लिने काम गरियो । तर जनताको जित भएको थिएन, संविधान कालो निमार्ण गरिएको थियो । सार्वभौम सत्ता जनतामा निहितरहने कुरा लेखिएको भएतापनि राज्यको सम्पुर्ण अंगलाई परिचालन गर्ने जिम्मा राजाको पोल्टामा नै सुम्पिएको थियो । त्यहिकुराको विरोध गर्दै तत्कालिन ने. क. पा. मसालले “कालो संविधानको भण्डाफोर गरौ” भनेर २०४८ सालको आम संसदीय निर्वाचन समेत बहिस्कार गरेको कुरा दिनको घामझैं छलङ्ग छ । आज परिस्थितिले सबैलाई प्रस्ट पारिदिएको छ । सबैपक्ष राजनैतिक पार्टीहरु देखि सम्पुर्ण तहमा आज त्यसको छलफलहरु जोडतोडले चलिरहेको छ । अझै पनि एकरुप समझदारीमा पुग्न आन्दोलनकारी शक्तिहरुले ध्यान दिनु पर्दछ ।
आजको दिनमा २०४६ सालको आन्दोलनबाट प्राप्त भएका सिमित अधिकारहरुको रक्षा र पुर्नस्थापना गर्दै त्यो आधारबाट आन्दोलनलाई अझ माथि उठाउन पहल गर्नु पर्दछ । अहिले सडकमा उठिरहेका गणतन्त्रको आवाजलाई संगठितगरी नेत्रित्व प्रधान गर्दै अगाडि बढ्न राजनैतिक पार्टीहरुले ध्यान दिनु पर्दछ । त्यसको साथै मुलुकलाई पूर्णप्रजातन्त्रिक परिपाटीमा लैजानको निम्ति र जनतालाई पूर्णरुपले सार्वभौम बनाउनको लागि अहिलेको उपयुक्त विधि संविधान सभाको चुनाव हुन आवास्यक छ । जसले जनतालाई पूर्ण सावंभौम सत्ता सम्पन्न बनाउने छ र त्यो दिशाको निम्ति बाटो खोल्ने छ । त्यसैले संविधान सभाको चुनाव मार्फत सार्वभौम सत्ता जनतामा हस्तान्त्रण गराउन सबैले जोडबल लगाउनु पर्दछ । आन्दोलनको अनिवार्य एजेण्डा जनतालाई पूर्णरुपले सार्वभौम बनाउने सवाल बन्नु पर्दछ । यो नै आजको परिस्थितिले खोजिरहेको छ ।
“बर्गहरु सधर्ष गर्छन केहि बर्गले विजय पाँउछन अरुहरु निमूर्ल हुन्छन । ईतिहास यस्तै छ , सभ्यताको हजारौं वर्षको इतिहास यस्तै छ । यस दृष्टिबाट ईतिहासको ब्याख्या गर्नुनै ऐतिहासिक भौतिकवाद हो । यस दृष्टिको विपरित उभिने विचारधारा ऐतिहासिक आर्दशवाद हो । ” सन १९४९ अगस्त १४ मा “भ्रमहरुलाई मिल्काउ सघर्ष गर्न तयारी गर ” भनेर का. माओले बताउनु भएको थियो ।
आज हामी विजयको निम्ति लडाई लडेका छौ । हाम्रो जित निश्चित छ । जनताको जित निश्चित छ । किनकी आजको युग विज्ञानको युग हो । सभ्यताको युग हो । ऐतिहासिक भैतिकवादी युग हो । दोन्दात्मक भौतिकवादी युग हो । आजको विश्व विज्ञानमा अडेको छ । हामीले त्यहिकुरा माथि विश्वास मान्छौ । त्यसैले त आजका युवा विद्यार्थीहरु कराईरहेका छन । यस्तो अवस्थामा पनि आर्दशवादी ढंगले सबैकुरालाई हेरेर आफुलाई चलाउने कोशिस कसैले गर्न चाहन्छन भने त्यसलाई नत युगले मान्ने छ , नत विज्ञानको नियमले नै मान्नेछ नत जनताले नै त्यसलाई स्वीकार गर्न तयार हुनेछन । त्यसैले त आजका जोसिलो युवा—विद्यार्थीहरुले आर्दशवादको पर्खाललाई तोड्न चाहन्छन । विज्ञानको मुल्य र मान्यताहरुलाई स्थापित र अवलम्वन गरी अगाडि बढ्न चाहन्छन । दासताको जंजिरमा बाँधिएर खुनले प्यास मेटाउने संरचनामा होईन पूर्णप्रजातन्त्र, जनअधिकार र शान्ति शुरक्षा कायमभएको मुलुक निमार्ण गर्न चाहन्छन । सैनिक हिरासतमा छटपटिएको मुलुकमा होईन सबैले हास्ने, बोल्ने र रमाउने परिपाटीको शुरुवात गर्न चाहन्छन ।
अहिले युवा—विद्यार्थीहरुले सत्ता होईन अधिकार खोजिरहेका छन । मृत्यु होईन जिवन मागिरहेका छन । त्यसैले सोँच विचार गरेर नै आन्दोलनमा होमिएका छन । राजाको स्वयच्छचारी निरङ्कुसताको विरोध गरिरहेका छन र गणतन्त्रको माग गरिरहेका छन । यो कुनै रहर होईन परिस्थितिले माग गरेको बाध्यात्मक स्वरुप हो । बर्तमान अवस्थाले उब्जाएका सवालहरु हुन । मुलुकमा यो परिस्थिति सिृजना निमार्ण गर्ने जनता होईनन स्वयम पञ्चायती तत्वहरु हुन । प्रतिगमनका बफादार पात्रहरुनै हुन । राजतन्त्र र राजा नै हुन । सबैले बुझेको कुरा होकि जुन तत्वहरुले जनता खुसी भएको देख्न चाँहदैन, मुलुकलाई लुटुरखान पल्किरहेका छन, तिनैले आफ्ना गुमेको स्वर्गलाई पुर्नस्थापित गराउन खोजिरहेका छन । फल स्वरुप आफ्ना हरेक प्रतिगामी कदमलाई अगाडि बढाईरहेका हुन । जसले गर्दानै आजको लडाईको सुरुवात भएको हो । निश्चितै रुपमा अधिकार खोज्नु जनताको कर्तब्य हो । परिस्थितिको आव्हानलाई कदर गर्न आजका युवा— विद्यार्थीहरुको दाईत्व हो । मुलुकले हार—गुहार गरिरहेको बेलामा त्यो बन्धनबाट मुक्त पार्न लडाई लड्नु आजका युवा—विद्यार्थीहरुको अनिवार्य भित्रको एउटा महत्वपूर्ण सवाल हो । त्यसैले त आज प्रतिगमनको विरुद्धमा प्रजातन्त्रको पक्षमा, अधिनायकवादको विरुद्धमा स्वाभिमानको पक्षमा, निरङ्कुसताको विरुद्धमा जनअधिकारको पक्षमा युवा—विद्यार्थीहरु सडकमा ओर्लिरहेका छन । गणतन्त्रको नारा घन्क्याईरहेका छन । विश्वको ईतिहासमा स्थापित युवा—विद्यार्थीहरुको भुमिकालाई आज फेरी यो मुलुकमा दोहोर्याउन खोजिरहेका छन । यो जित हाम्रै हो । संसार हामै्र हो । भविश्य हाम्रै हो । प्रतिगमन— मूर्दावाद । युवा—विद्यार्थी आन्दोलन— जिन्दावाद ।



No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...