Saturday, January 23, 2010

सीमा अतिक्रमण र राष्ट्रियताको पक्षमा संघर्षको आवश्यकता

अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४२
०६६ असार ११

पश्चिमबाट हाम्रो सिमा वर सर्दैछ,
पुर्वबाट नेपालीको बस्ती उठ्दैछ,
लम्क नौ जवान, चम्क नौ जवान,
खुकुरी र बन्दुक बोकी लम्क नौजवान ।

हाम्रो देश यतिवेला अनेकौ समस्याहरुमा रोमलिएको छ । जसमा यतिवेला को गम्भिर समस्या भनेको सिमा अतिक्रमणको हो, राष्ट्रियता माथि भारतीय विस्तारवादले गरेको हस्तक्ष्ँेपको हो । पञ्चायती व्यवस्थामा भारतीय पक्ष्ँले अनेकौ हस्तक्ष्ँेपहरु लद्यो । बहुदलीय व्यवस्थाको आगमन पछि नेपाली जनतालाई सिमा अतिक्रमणको समस्या हल होला भन्ने लागेको थियो, तर भारतीय विस्तारवादको हस्तक्ष्ँेप रोकिएन बरु झन बढेर गयो, अहिले हाम्रँे देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको छ ता पनि सिमा अतिक्रमण रोकिएको छैन । सिमानाका नेपाली भुमी माथि आज पनि भारतीय विस्तारवादको हस्तक्ष्ँेप कायम नै रहेको छ । पञ्चायती व्यवस्था देखि हाल सम्मका शाषकहरु भारतीय विस्तारवादको हस्तक्ष्ँेपकारी नीतिको विरोध कहिल्यै गरेनन् बरु उनिहरुकै पक्षमा लम्पसार पर्ने, जयजयकार मनाउने र आफ्नो सत्ताको आयु लामो बनाउने काम मात्र भयो, तर हाल सम्म पनि सिमा अतिक्रमण रोकिएको छैन नत सिमा विवाद नै हल भएको छ । किनकी आज पनि बारम्वार नेपाली भुभागहरु मिचिएको छ । सयौं स्थानहरुमा सिमा अतिक्रमण गरिएको छ । सयौं सिमा स्तम्भहरु हराएका छन । सिमानामा हजारौं नेपाली जनता विस्तापित भएका छन । नेपाली भुमिमा लुटपाट गर्ने, नेपाली चेलिबेटीलाई बलात्कार गर्ने र अपहरण गर्ने काम भारतीय पक्षबाट लगातार भईरहेको तत्थ्य जगजाहेर छ ।
अहिलेको सरकारको जिम्मेवार निकाय तथा आधिकारीक ब्याक्तिहरुले सिमा अतिक्रमणको प्रश्नलाई स्वीकार गर्न तयार छैनन्, उल्टै नेपाल भारत सिमा समस्या ८० प्रतिसत हल भैसकेको कुरा गरेर आफ्नो राष्ट्रघाती अनुहार उदाङ्गो पारेका छन, भारतीय विस्तारवादीहरुलाई मलजल गर्ने चरित्र छर्लङ्ग पारेका छन । प्रतिक्रियावादी तथा सामान्तवादी शो“चलाई अगाडि देखाएका छन र राष्ट्रभक्ती तथा जनपक्षीय प्रश्नहरुलाई उपहास गरेका छन ।
हाम्रो देशको मेचि देखि महाकाली सम्म भारतस“ग सिमाना जोडिएको जिल्ला तथा क्ष्ँेत्रहरु अतिक्रमणमा परेका छन । ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ ।
दार्चुलाको कालापानी – लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।

हामी नेपाली भुःभागहरुमा विदेशी सिपाहीहरु परेड खेलेको हेर्न चाहदैनौ । दिनहु“ सिमाना मिचिएको पनि हेर्न चाहदैनौ । नेपाली जनता सिमानाबाट विस्तापित भएको पनि हामीलाई स्वीकार्य छैन, नत हामीलाई विस्तारवादका कालो हस्तक्षेप स्वीकार्य छ, त्यसैले त यदि हामी हाम्रो देशमा स्वाभिमान पूर्वक बा“च्न चाहन्छौं भने राष्ट्रियता रक्ष्ाँको आन्दोलनमा समाहित बनौ, बैदेशिक हस्तक्षेप, सिमा अतिक्रमणको विरुद्ध मोर्चाबन्दी गरौं, नेपाली स्वाभिमानको रक्षार्थ खटौं, विस्तारवादी स्वार्थमा लम्पसार पर्ने प्रतिक्रियावादी, सामान्तवादी तत्वहरुलाई खवरदारी गरौं, उनिहरुलाई परास्त गर्ने आन्दोलनको शुरुवात गरौ फेरी एक पटक लम्क नौ जवान, चम्क नौ जवान खुकुरी र बन्दुक बोकी लम्क नौ जवान ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...