Sunday, January 24, 2010

संयुक्त आन्दोलन र वर्तमान लाचार सरकार बारे

अग्रगति साप्ताहिक, वर्ष ४, अंक १
०६६ श्रावण २८ आन्दोलनको एक दिन, श्रावण २६ गते दिनको १२ बजेको थियो । काठमाण्डौंका अतिव्यस्त नया“ बानेश्वर चोकमा मानिसहरु झुम्मिदै थिए । सवैको एक हातमा रिक्तो थालीहरु र अर्को हातमा लठ्ठी थियो । कतिपयले कम्युनिष्ट पार्टीको भण्डाहरु हल्लाईरहेका थिए । दिनको ठिक १ बजे नया“ बानेश्वर चोकबाट जुलुस सुरु भयो । जुलुसमा एकातिर रिक्तो थालीहरु बजिरहेका थिए, भने अर्कोतिर बढ्दो म“हगी नियन्त्रण गर † सिमा अतिक्रमण बन्द गर † जस्ता नाराहरु घन्किरहेको थियो । सडकका छेउ–छेउमा रहेका जनताहरुले जुलुसलाई ताली बजाएर समर्थन गरिरहेका थिए । जुलुस रिक्तो थाली बजाउदै, म“हगी विरोधी नाराहरु लगाउदै बबरमहलबाट सिंहदरबारको दक्षिणगेट तर्फ मोडियो, निषेधित क्ष्ँेत्रमा प्रहरीका घेरा तोड्दै सिंहदरबार दक्षिणतिरको मुलगेटमा पुग्यो । आन्दोलनमा घाईते, न्योचित माग राखेर गरिएको आन्दोलन जब सिंहदरबारको दक्षिण तर्फको मुलगेट निर पुग्यो, तव हुतियारा सरकारका मर्यादापालक भएर बसेका प्रहरीहरुले आन्दोलनकारी माथि चर्को दमन गर्न उत्रियो । अन्धा–धुन्धा लाठी बर्साउने काम भयो । आन्दोलनकारीहरु माथि निर्मम हस्तक्ष्ँेप गरियो । प्रहरीको लाठिचार्जबाट नेकपा (एकीकृत) का उपाध्यक्ष्ँ सिताराम तामाङ, राधा तिमिल्सीना, प्रेम सुवेदी, चिरन पुन, भुपेन्द्र नेङ्वाङ, रामकुमारी राई, केशबहादुर परियार, रामबहादुर भण्डारी, केदार गिरी, तिलक न्योपाने, घनयश्याम मिश्र, प्रेमकाजी गुरुङ, राकेश लामा, लगाएतलाई घाईते पारियो । त्यस्तै राष्ट्रिय जनमोर्चा का केन्द्रीय उपाध्यक्ष गोविन्द सिं थापा, गंगा पौडेल, विमला जिसी, नारायण सापकोटा, घनश्याम पौडेल, कमला पौडेल, काशिनाथ पोख्रेल, जनमोर्चा नेपालका अध्यक्ष्ँ दानबहादुर विश्वकर्मा, अनिल शेरचन, महेन्द्र क्ष्ँेत्री, नेकपा माक्र्सवादीका महासचिव माधव ज्ञवाली, पवित्रा थेवे र नेकपा माओवादी का शंकर क्ष्ँेत्री लगाएतलाई निर्मम हस्क्ष्ँेप गरी घाईते पारिएको छ । हैजा प्रभावित क्ष्ँेत्रलाई संङ्कटग्रस्त क्षेत्र घोषित गर † अनियन्त्रित मुल्य बृद्धिलाई नियन्त्रण गर † भन्ने मुलनाराका साथ ने.क.पा. (एकीकृत), राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, ने.क.पा. (माक्र्सवादी) र ने.क.पा. (माओवादी) केन्द्रीय संयोजन समितिको संयुक्त आयोजना संचालन भैरहेको संयूक्त संघर्षको कार्यक्रम अन्तरगत श्रावण २६ गते रिक्तो थाली जुलुसको आयोजना गरिएको थियो । आन्दोलनका मागहरु, आज राष्ट्रियता संकटमा छ । भारतीय बिस्तारवादको हस्तक्ष्ँेप अनियन्त्रित रुमपा बढिरहेको छ । नेपालको ६२ भन्दा बढी स्थानहरुमा सिमा मिचिएको छ । ६४ हजार हेक्टर नेपाली जमिन गुमेको छ । सिमामा नेपाली नागरिक माथि लुटपाट मच्याउने, कुटपिट गर्ने, नारीहरुलाई बलात्कार गर्ने, मानिसहरु अपहरण गरेर दुख दिने जस्ता कामहरु दिनहु“ रुपमा भएका छन । जनतन्त्र र जनजीविकाको क्षेत्रमा पनि त्यही अवस्था विद्धमान रहेका छन । दैनिक उपभोग्य वस्तुहरुमा मुल्य असिमित ढंगले बढिरहेको छ । कालो बजारी, कमिसनतन्त्र, घुसखोरी, तस्करी गर्ने कामहरु खुलेआम रुपमा भएका छन । उपभोग्य वस्तुहरुमा कृतिम अभाव कायम गरेर सिमित व्याक्तिहरुको भकारी भर्ने काम भएको छ । आजको २१ औं सताव्दीको युगमा पनि नेपालको मध्यपश्चिम र शुदुरपश्चिममा झाडा–पखाला र हैजा जस्तो रोगले ३०० भन्दा बढी मानिसको ज्यान गएको छ । हजारौ नागरिकहरु हैजा बाट सिकिस्त अवस्थामा छन । औषधी–उपचारको अभाव छ । चिकित्सक प्रयाप्त मात्रामा छैनन । उपचारका साधनहरुमो अभाव रहेको छ । हैजा रोकिने अवस्थामा छैन । त्यो झन बढेर देशका अन्य भागहरुमा पनि फैलने क्रम तिर्व छ, भने नया“ संविधान निमार्णको प्रश्न पनि जटिल बनेको छ । त्यसैले, हैजा प्रभावित क्ष्ँेत्रलाई संङ्कटग्रस्त क्षेत्र घोषित गरेर युद्धस्तरमा औषधी उपचार र खाद्यान्नको व्यवस्था गर † अनियन्त्रित मुल्य बृद्धिलाई नियन्त्रण गर † कृतिम अभावका लागि जिम्मेवार तत्वहरुलाई तत्काल कारवाही गर † सिमा अतिक्रमण बन्द गर † भारतीय हस्तक्ष्ँेप बन्दगर † शान्ति शुरक्षा कायम गर † तोकिएको समयमा सार्थक संविधान निमार्ण गर † जस्ता मागहरु आन्दोलनमा राखिएका छन । वर्तमान सरकार, यो सरकार टालटुले कठपुतली ढंगले बनेको छ । यसको चरित्र मुलत, प्रतिक्रियावादी तथा अवसरवादी प्रकृतिको छ । यो सरकारमा कतिपय जातीयतावादी, क्षेत्रीयतावादी, संङ्किणवादी, दरवारियावादी र प्रतिगामी चिन्तन र चरित्रको समेत मिसावट भएको छ । राष्ट्रघाती टनकपुर, महाकाली, बेचुवाहरु यसमा सामेल भएका छन । पजेरो काण्ड, मल काण्ड, दुध काण्ड, औषधी उपचार काण्ड, सुत्केरी भक्ता काण्ड, लाउडा काण्ड, लगाएत अनगिन्ती काण्ड गराउनेहरु यो सरकारमा सामेल भएकोले पनि यो सरकारको अनुहार सवैको सामु प्रस्ट छ । सरकारको मुल लक्ष्य भनेको विभिन्न साम्रज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग संझौतापरस्त नीति अवलम्वन गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने तर्फनै केन्द्रीत रहेको छ । आफ्नो सरकारको आयु लम्विन्छ भने जुन सुकै प्रकारका राष्ट्र हित र जनहित विपरित काम गर्न पनि तयार हुने यसको चरित्र हो । विगतका दिनमा राष्ट्रघाती संन्धी–संझौता, जनघाती कामहरु गरेर आफ्नो अनुहार जनताको सामु छर्लङ्ग पारेका तत्व र पार्टीहरु यो सरकारमा सामेल भएको हुनाले पनि यो सरकारको आजको दिनमा औचित्व र आवश्यताको कुनै महत्व छैन । त्यसैले यो सरकारले जनताको आधारभुत समस्याहरुलाई समाधान गर्ने तर्फ कुनै पहल गरेको छैन । मुल्य बढिरहेको छ, सिमाना मिचिएको छ, राष्ट्रियता संकटमा छ, हैजाले मानिस मरिरहेका छन, कालो बजारी मौलाएकै छ, तस्करहरुको विगविगी रहेकै छ, शान्ति शुरक्षाको अवस्था पनि चिन्ताजनक छ ता पनि यो सरकार लाचार बनेर बसेको छ । संयुक्त आन्दोलनको आवश्यकता, ने.क.पा. (एकीकृत), राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, ने.क.पा. (माक्र्सवादी) र ने.क.पा. (माओवादी) केन्द्रीय संयोजन समितिको आयोजनामा यतिवेला चरणवद्ध आन्दोलन संचालन भैरहेको छ । गत श्रावण १८ गते दिनको ३ बजे शान्तिबाटिकामा संयुक्त संघर्षका कार्यक्रमको उद्घाटन गरिएको थियो । श्रावण २० गते जुलुस सहित स्वाथ्य मन्त्रालयमा धर्ना कार्यक्रम र स्वास्थ मन्त्रिको पुत्ला जलाउने कार्यक्रमहरु सम्पन्न भैसकेका छन । त्यस्तै, श्रावण २२ गते मह“गी र हैजाको विषयमा तत् सम्वन्धी विज्ञहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम चेम्वर अफ कमर्सको सभाकक्ष जमलमा सम्पन्न भएको छ, भने श्रावण २४ गते अवैध बा“ध, सीमा अतिक्रमण र कोशी पीडितहरुको सम्वन्धमा तत् सम्वन्धी विज्ञहरुको उपस्थितिमा नेपाल पर्यटन बोर्डको सभाकक्ष्ँ प्रदशनिमार्गमा अन्तरक्रिया कार्यक्रमहरु भव्य ढंगले सम्पन्न भई सकेका छन, भने श्रावण २६ गते व्यापक प्रहरी हस्तक्षेप र दमनका बीच रिक्तो थाली जुलुस पनि सम्पन्न भैसकेको छ । आजको अवस्थामा एकातिर ५ पार्टीले संचालन गरेको यस प्रकारका संघर्षका कार्यक्रमहरुलाई अझ तिर्व ढंगले अघि बढाउनु पर्दछ भने अर्कोतिर मिल्न सक्ने अन्य राजनीतिक पार्टी, नागरिक समाज, पत्रकार लगाएत सवै तह र तप्काका जनसमुदायहरुस“ग यो संयुक्त आन्दोलनलाई विस्तार र विकाश गर्न जोड दिनु पर्दछ । साझा समस्याहरुलाई समाधान गर्न संयुक्त ढंगले नै हल गर्न प्रयत्न गरिनु पर्दछ । आन्दोलनलाई अझ संयुक्त आन्दोलनमा विकाश गर्न जोड दिनु पर्दछ । नागरिक समाज, पत्रकार, कलाकार, वकिल, बुद्धिजिवी, युवा, किसान, मजदुर, विद्यार्थी, महिला, व्यापारी, आदिवासी जनजाति, तराईवासी, सवै क्ष्ँेत्र, तह र तप्कामा रहेका जनसमुदायहरुलाई एकाकार गर्न पहल र प्रयत्न गर्नु पर्दछ । संयुक्त आन्दोलनले नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षलाई बलियो र सुदिृढ पार्न सकिने भएकोले त्यो दिशामा सवैले पहल गर्नु पर्दछ । देखिएका संकट र समाधानको निकाश आन्दोलन नै भएकोले यो दिशामा सवैले कोशिष गरौं । संयुक्त आन्दोलनको विकाश र विस्तारमा लागौं । वर्तमानमा देखिएको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको साथै अन्य समस्याहरुलाई समाधानको निम्ति सवै एक जुट बनौं

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...