Wednesday, September 6, 2023

गीतहरु ६





- ठोकेर भन्न मिल्छ
- जीवन मृत्यु (कोरोना लागेर २ महिना अस्पताल बसाइको सन्दर्भमा)
- शुद्धीकरण (पार्टीले सञ्चालन गरेको शुद्धीकरण अभियानको दौरान)
- फरक 
- देश जलिरहेछ
- सपना बेच्ने सहर (कोरोनाका कारणले भइरहेको लकडाउनको सन्दर्भमा)
- कालापानीमा
- क्रान्तिका राता सिपाही
- कोही साथीलाई
- कोरोनाको महामारी
- जाऊँ जाऊँ हिँड
- थेवा हिँड्यो क्रान्तिमा
- क्रान्तिकारी जीवन
- म हाँसेको
- जीवन खोजिरहेछु
- बलिदान
- तराईमा तोरी झुल्दा
- श्रद्धाञ्जली





ठोकेर भन्न मिल्छ

ठोटेर भन्न मिल्छ यहाँ क्रान्तिको जित हुन्छ पक्कै
डटेर भन्न मिल्छ यहाँ जनताको दिन आउँछ पक्कै
शोषण छ, दमन छ, लुट छ यहाँ
हत्या छ, हिंसा छ भ्रष्टाचार यहाँ

एकातिर पुँजीवादले संसारभरि द्वन्द्व भड्का’को हेर
अर्कोतिर उत्पीडित वर्गले विश्वभरि मोर्चा कसेको बुझ
खूनहरूमा लतपतिएको खुनी संसार हेर
लासहरूमा पुरिएको जाली संसार बुझ
ठोटेर भन्न मिल्छ ...

एकातिर साम्राज्यवादले आफ्नो चिहान आफैँ खन्दै छ हेर
अर्कोतिर सर्वहाराले आफ्नो बिहान आफैँ खोज्दै छन् बुझ
सङ्कटहरूमा गिजोलिएको दलाल सत्ता हेर
आक्रोशहरूमा बाँधिएको जनएकता हेर

ठोटेर भन्न मिल्छ यहाँ क्रान्तिको जित हुन्छ पक्कै
डटेर भन्न मिल्छ यहाँ जनताको दिन आउँछ पक्कै
शोषण छ, दमन छ, लुट छ यहाँ
हत्या छ, हिंसा छ भ्रष्टाचार छ ।
ááá
२०७१
रचना ÷सङ्गीत ः चिरन पुन

जीवन मृत्यु (कोरोना लागेर २ महिना अस्पताल बसाइको सन्दर्भमा)

जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ २
जीवन छ र पो मृत्यु अनिवार्य छ
मृत्यु छ र पो जीवन मूल्यबोध छ
जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ

समय छ र पो सङ्कट छ, सङ्कट छ र पो पीडा छ
पीडा छ र पो जीवन छ, जीवन छ र पो मृत्यु छ २
समयबिनाको जीवन, जीवन के जीवन हुन्छ
पीडाबिनाको मृत्यु, मृत्यु के मृत्यु हन्छ
सृष्टि छ र पो मृत्यु बाँचिरहेछ
मृत्यु छ र पो जीवन चलिरहेछ

जीवन छ र पो लक्ष्य छ, लक्ष्य छ र पो चुनौती छ
चुनौती छ र पो सङ्घर्ष छ, सङ्घर्ष छ र पो विजय छ २
विजयबिनाको जीवन, जीवन के जीवन हुन्छ
लक्ष्यबिनाको मृत्यु, मृत्यु के मुत्यु हुन्छ
हार छ र पो विजय चलिरहेछ
विजय छ र पो जीवन बाँचिरहेछ

जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ
जीवन छ र पो मृत्यु अनिवार्य छ
मृत्यु छ र पो जीवन मूल्यबोध छ ।
जीवन नहुने मृत्यु, मृत्यु के मृत्यु हुन्छ
मृत्यु नहुने जीवन, जीवन के जीवन हुन्छ
ááá
१ वैशाख २०७७
रचना÷सङ्गीत÷
स्वर ः चिरन पुन,
एरेन्ज ः नारायण दङ्गाल, 
एल्बम ः साम्यवाद


शुद्धीकरण (पार्टीले सञ्चालन गरेको शुद्धीकरण अभियानको दौरान)

क्रान्तिका लागि सुदृढ पार्टी अनिवार्य हुन्छ हुन्छ
सुदृढ पार्टी बन्नका लागि शुद्धीकरण चाहिन्छ 

आत्मसमर्पण होइन कमरेड विद्रोह गर्न लागौँ
वर्ग समन्वय झन् हुँदै होइन सङ्घर्ष गर्न डटौँ
शुद्धीकरणद्वारा पार्टीको रूपान्तरण पार्टीले गर्नुपर्छ
रूपान्तरित पार्टीले क्रान्तिको नेतृत्व पार्टीले गर्नुपर्छ
क्रान्तिका लागि ...

पलायनता होइन कमरेड अडिग बन्न सिकौँ
गद्दारी झन् हुँदै होइन बलिदान हुन सकौँ
आफूलाई बदल्दै पार्टीलाई नमूना हामीले बनाउनुपर्छ
शुद्धीकरणलाई आफू र पार्टीको जीवनमा लागू गर्नपर्छ
क्रान्तिका लागि सुदृढ पार्टी अनिवार्य हुन्छ हुन्छ
सुदृढ पार्टी बन्नका लागि शुद्धीकरण चाहिन्छ ।
ááá
१० मङ्सिर २०७६
रचना÷सङ्गीत ः चिरन पुन


फरक 

ओ छुवाछूत भन्नेहरू, ओ जातिपाती मान्नेहरू २
सृष्टिमा फरक देखाइदेऊ, रगतमा फरक देखाइदेऊ २
सृष्टिमा फरक देखाइदेऊ, रगतमा फरक देखाइदेऊ २

हामीले बनाएको मन्दिरमा तिम्रो भगवान बस्छ भने
हामीले सिलाएका पोसाकहरू तिम्रो भान्सासम्म पस्छ भने २
मान्छे मान्छेबिच किन भेदभाव हुन्छ बताइदेऊ
कोही छूत किन कोही अछूत फरक देखाइदेऊ २
ओ नयाँ युगका मान्छेहरू, अधिकारका भान्सेहरू
खुसीमा फरक देखाइदेऊ, आँसुमा फरक देखाइदेऊ २
खुसीमा फरक देखाइदेऊ, आँसुमा फरक देखाइदेऊ २

हामीले सिर्जिएका सिर्जनामा तिम्रो सानमान बढ्छ भने
हामीले बजाएका बाजाहरूले तिम्रो साइत बाटो खुल्छ भने २
श्रम छूत हुने मान्छे नहुने किन बताइदेऊ
तिमी र मेरो भिन्नता के हो फरक देखाइदेऊ २
ओ सीप उमार्ने मान्छेहरू, ओ देश सिँगार्ने मान्छेहरू २
एकताको हात उठाइदेऊ, समानताको आवाज घन्काइदेऊ २
एकताको हात उठाइदेऊ, समानताको आवाज घन्काइदेऊ २
ओ छुवाछूत ... ।
ááá
२०७६ माघ २०
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः राज सिग्देल
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः मेरो देश




देश जलिरहेछ

देश जलिरहेछ
यहाँ मान्छे मरिरहेछ
एउटा आउँछ जलिरहोस् भन्छ
अर्को आउँछ मरिरहून् भन्छ
देश जलिरहेछ ...

पश्चिमतिर लिम्पियाधुरामा पराइले आँखा लगाउने
देशैभरि सिमानामा गाडिएका जङ्गेपिलर गायब बनाउने
देश लुटिरहेछ
यहाँ मान्छे बेचिरहेछ
एउटा आउँछ लुटि रहून् भन्छ
अर्को आउँछ बेचिरहून् भन्छ
देश जलिरहेछ ...

एकातिर निर्दोषको लासमाथि खुनीहरू कुर्सी जोगाउने
अर्कोतिर स्वाधीनता सुम्पिएर उनीहरू सत्ता जोगाउने
देश रोइरहेछ
यहाँ रगत बगिरहेछ
एउटा आउँछ रोइरहोस् भन्छ
अर्को आउँछ बगिरहोस् भन्छ

देश जलिरहेछ
यहाँ मान्छे मरिरहेछ
एउटा आउँछ, जलिरहोस् भन्छ
अर्को आउँछ मरिरहून् भन्छ
देश जलिरहेछ ।
ááá
५ वैशाख २०७७
रचना ÷सङ्गीत ः चिरन पुन

सपना बेच्ने सहर (कोरोनाका कारणले भइरहेको लकडाउनको सन्दर्भमा)

समना बेच्ने सहर आज निम्छरो भयो मेरै सामु
रहर सजाउने प्रहर आज सुनसान भयो मेरै सामु

कोलाहल सहरमा लुटमा रमाउने तिमी नि एक्लै छौ
गरिबको आँसुमा सपना सजाउने म पनि एक्लै छु
के ग¥यो तिम्रो शासनले,
के ग¥यो तिम्रो सत्ताले
मानवमाथिको पीडालाई रोक्न सकेनौ किन ?

धन बलको निम्ति दुनियाँ जलाउने ऊ पनि एक्लै छ
निर्जनका लागि झुप्रामा रमाउने उनी नि एक्लै छन्
के ग¥यो तिम्रो पैसाले,
के ग¥यो तिम्रो शक्तिले
मानवमाथिको सङ्कटलाई छेक्न सकेनौ किन ?

सपना बेच्ने सहर आज निम्छरो भयो मेरै सामु
रहर सजाउने प्रहर आज सुनसान भयो मेरै सामु ।
ááá
२० चैत २०७६
रचना÷सङ्गीत ः चिरन पुन

कालापानीमा

हाम्रो कालापानीमा धेरै भो पराइले परेड खेलेको
हाम्रो लिम्पियाधुरा धेरै भो लुटिएर आँसु झारेको
मुटुमाथि नङ्ग्रा गाडेको, विदेशी बुट बजे्रको

कहिले पूर्व च्याङ्थापुमा आँखा लगाउँछ
कहिले उसले भद्रपुरका बस्ती उठाउँछ
एकातर्फी दशगजामा बाँध ठड्याउँछ
हाम्रो सीमा मिचेर मोटर गुडाउँछ
हाम्रो लिपुलेकमा धेरै भो छिमेकीले आँखा गाडेको
हाम्रो सुस्ता मिची धेरै भो विदेशीले हैकम चला’को
छातीमाथि परेड खेलेको, चारैतिर रजाइँ गरेको

पहिले पूर्व टिस्टासम्म नजितेको हैन
पश्चिमतर्फ काङ्गडामा नलडेको हैन
लगाऊ फेरि सिरूपाते खुकुरीमा सान
देखाऊ अब स्वाभिमानी फेरि पहिचान
हाम्रो स्वाभिमान कति सहूँ उनीहरू रजाइँ गरेको
हाम्रो आक्रोशलाई कति रोकूँ देशभक्ति रगत उम्लेको
चिथोरेर मासु लुछेको, निचोरेर रगत चुसेको ।

हाम्रो कालापानीमा धेरै भो पराइले परेड खेलेको
हाम्रो लिम्पियाधुरा धेरै भो लुटिएर आँसु झारेको
मुटुमाथि नङ्ग्रा गाडेको, विदेशी बुट बजे्रको
ááá
२८ चैत २०७६
रचना÷सङ्गीत ः चिरन पुन


क्रान्तिका राता सिपाही

क्रान्तिका राता सिपाही हामी
राष्ट्रका राता सिपाही
खाँचो परे रगत दिन सक्ने
खाँचो परे रगत लिन सक्ने
खाँचो परे जीवन दिन सक्ने
खाँचो परे जीवन लिन सक्ने

आकाशमा बेगिने चरीजस्तै
क्रान्तिको सन्देश बोकेर हिँड्ने
सप्तरङ्गी त्यो इन्द्रेणीजस्तै
जनतासँग सम्बन्ध जोड्दै
क्रान्तिका राता सिपाही हामी
राष्ट्रका राता सिपाही
परिआए जेलनेल सहने
परिआए बादलजस्तै उड्ने
परिआए भोकै प्यासै लड्ने
परिआए ज्वालामुखीझैँ फुट्ने

माहुरीजस्तै मरिमेटेर
राष्ट्रको सिर्जना गर्न सक्ने
फूलले सुगन्ध छरे जस्तै
क्रान्तिमा बलिदान दिन सक्ने
क्रान्तिका राता सिपाही हामी
राष्ट्रका राता सिपाही ... ।
ááá
१२ असार २०७७
रचना÷सङ्गीत ः चिरन पुन

कोही साथीलाई

कोही साथीको हत्या गरेर
कोही साथीलाई जेलमा थुनेर
रोकिन्न हाम्रो क्रान्ति
छेकिन्न हाम्रो क्रान्ति
थोपा थोपा रगत रहुन्जेल

सारा संसारैभरि लुट चलेको बेला
उथल पुथल बनाउँदै जनता जागेको बेला
गर्लम्मै ढल्छ फेरि मक्किसकेको पर्खाल
रक्ताम्मै बन्छ फेरि स्वायत्त आतङ्क ढली
कोही साथीको ...

चिङ काङसाङ बनेर जाग्छ सक्दैन विचार गलाउन
ज्वालाझैँ बनेर बल्छ खुनी शासन जलाउन
स्पात भएर उठ्छ श्रमिक वर्ग हँसाउन
छलाङ मारेर बढ्छ रातो विश्व बनाउन
कोही साथीको हत्या गरेर
कोही साथीलाई जेलमा थुनेर
रोकिन्न हाम्रो क्रान्ति
छेकिन्न हाम्रो क्रान्ति
थोपा थोपा रगत रहुन्जेल ।
ááá
५ असार २०७७
रचना÷सङ्गीत ः चिरन पुन


कोरोनाको महामारी

कोरोनाको महामारी संसारभरि आयो
धनी गरिब नभनेर मानव जीवन खायो

अत्याधुनिक अस्पताल बनिसक्यो भन्थे
राम्रा राम्रा डाक्टरहरू पढिसके भन्थे
महँगो महँगो औषधी उत्पादन भो भन्थे
प्रविधि र मेसिनहरू साथमै हुन्छन् भन्थे
कोरोनाको महामारी ...

धनीहरूले धन छ भने केही हुँदैन भन्थे
अणुबम र हतियारले पुगिजान्छ भन्थे
मानवीय सङ्कट आओस् त्रास छैन भन्थे
संसार लुट प्रकृतिको आश छैन भन्थे

कोरोनाको महामारी संसारभरि आयो
धनी गरिब नभनेर मानव जीवन खायो ।
ááá
२३ चैत, २०७६
रचना÷सङ्गीत ः चिरन पुन


जाऊँ जाऊँ हिँड

जाऊँ जाऊँ हिँड साथी हो
शिखर चुम्न बाँकी नै छ
जुरुक्कै उठिदेऊ शिरमा कफन बाँधेर
क्रान्ति जित्न अझै बाँकी नै छ

दबिएका नारीहरू सबै विभेद अन्त्य गर्न बन्धन चुँडाली उठ
हेपिएका उत्पीडितहरू दासताको जालो च्यात्न (औजार उचाली जुट) २
पिल्सिएका सुकुमबासी झुप्रामा आगो लगाउनेलाई बदला लिन उठ
विद्यार्थी र युवाहरू अन्यायको विरुद्धमा (बन्दुक बोकेर जुट) २
जाऊँ जाऊँ हिँड ...

लुटिएको किसानहरू हाम्लाई लुट्ने लुटमाथि एक बनेर उठ
ठगिएका श्रमिकहरू श्रमको शोषण अन्त्य गर्न हातमा जे छ जुट
राष्ट्रप्रेमी देशभक्त यो देशलाई बचाउन साथ दिएर उठ
न्यायप्रेमी जनता सबै देशको मुहार फेर्नलाई आँट बोकेर जुट

जाऊँ जाऊँ हिँड साथी हो
शिखर चुम्न बाँकी नै छ
जुरुक्कै उठिदेऊ शिरमा कफन बाँधेर
क्रान्ति जित्न अझै बाँकी नै छ ।
ááá
२९ असार, २०७७
रचना ÷सङ्गीत ः चिरन पुन

थेवा हिँड्यो क्रान्तिमा

पैंतला फुटेको छ झुत्रिएको कपडा
सर्वहारा जीवन छ छैन केही प्रवाह
थेवा हिँड्यो क्रान्तिमा

जीवन बुझ्यो, जगत् बुझ्यो बुझ्यो दर्शन केही
झुट बुझ्यो लुट बुझ्यो, बुझ्यो बेइमानी त्यहीँ
गै’जाला बरु यही एउटा जीवन
आईजाला सहन्छु हातमा हतकडी
थेवा हिँड्यो क्रान्तिमा

विचार बुझ्यो नीति बुझ्यो, बुझ्यो क्रान्तिको बाटो
सहिदको सपना घाइतेको विपना, बुझ्यो नेपाली माटो
सहन्छु बरु जेलको पर्खाल
कि ल्याउँछु अब गरिबको संसार
पैंतला फुटेको छ झुत्रिएको कपडा
सर्वहारा जीवन छ छैन केही प्रवाह
थेवा हिँड्यो क्रान्तिमा ।
ááá
२३ चैत, २०७६
रचना÷सङ्गीत ः चिरन पुन


क्रान्तिकारी जीवन

यो क्रान्तिकारीले रोज्ने, वीरहरू हिँड्ने बाटो हो
यो समानता ल्याउने, योद्धाहरूले चुन्ने बाटो हो

भौतिक शरीर मर्छ एकदिन सबको
तर कायरहरू मर्छन् छिन्छिन्जस्तै
अजर अमर भै जन मनमा बस्ने सबको
हामी चट्टान फोरेर फुल्ने फूलजस्तै
यो बारुदसँग खेल्ने, मृत्युसँग जुध्ने बाटो हो
यो लक्ष्य चुम्न रम्ने, हार्दा हार्दै जित्ने बाटो हो

आगोहरूसँग चुम्ने यात्रा हो हाम्रो
आफू जलेर उज्यालो दिने मसालजस्तै
सङ्कटहरूलाई निल्ने जीवन हो हाम्रो
जहाँ अँध्यारो चिरेर खुल्ने बिहानजस्तै

यो क्रान्तिकारीले रोज्ने, वीरहरू हिँड्ने बाटो हो
यो समानता ल्याउने, योद्धाहरूले चुन्ने बाटो हो ।
ááá
५ साउन, २०७७
रचना÷सङ्गीत ः चिरन पुन


म हाँसेको

म हाँसेको शान्तिको लागि
म बाँचेको क्रान्तिको लागि
हिमाल भन्छ शान्ति बोलाऊ
पहाड रुन्छ क्रान्ति हँसाऊ ओ कमरेड

भोकले दानापानी मागेको हुन्छ जब
रोगले जन जनलाई च्यापेको हुन्छ तब
अभावले तनहरू जलेको हुन्छ जब
आक्रोशले मन मुटु उम्लेको हुन्छ तब
म फुलेको न्यायका लागि
म झरेको मुक्तिका लागि
तराई भन्छ न्याय समाऊ
आकाश बोल्छ मुक्ति उठाऊ ओ कमरेड

अन्यायको विरोध गर्दा जेल कोचिन्छ जब
पिल्सिएका आवाजहरू सङ्गठित बन्छ तब
राष्ट्रप्रेमी कुरा गर्दा गोली ठोकिन्छ जब
जनप्रेमी क्रान्तिवीर लाखौँ जन्मिन्छन् तब
म हाँसेको शान्तिको लागि
म बाँचेको क्रान्तिको लागि
हिमाल भन्छ शान्ति बोलाऊ
पहाड रुन्छ क्रान्ति हँसाऊ ओ कमरेड ।
ááá
१५ साउन २०७७
रचना÷सङ्गीत ः चिरन पुन


जीवन खोजिरहेछु

आफैँभित्र आफैँलाई भेट्ने जीवन खोजिरहेछु
ताराजस्तै चम्किरहने देश खोजिरहेछु

निमुखाहरूले सम्मानपूर्वक बाँच्न पाएको जीवन
अपाङ्गहरूले सहजतामा हाँस्न पाएको जीवन
भेदभावको पर्खालहरू देख्न नपर्ने देश
उँच नीच बन्धनहरू भोग्न नपर्ने देश
मरेर पनि बाँचिरहने जीवन खोजिरहेछु
ताराजस्तै चम्किरहने देश खोजिरहेछु

शिक्षा र स्वास्थ्य सर्वसुलभ भोग्न पाएको जीवन
छाना र नाना समानतामा हेर्न पाएको जीवन
रङ्गी चङ्गी फूलझैँ सुन्दर फुलेको देश
समानताको मझेरीमा मुसुक्क हाँसेका देश
आफैँभित्र आफैँलाई भेट्ने जीवन खोजिरहेछु
ताराजस्तै चम्किरहने देश खोजिरहेछु ।
ááá
५ भदौ २०७७
रचना÷सङ्गीत ः चिरन पुन


बलिदान

देशको लागि बलिदान दिने सहिदलाई,
जेलनेलको कहर हाँसी पचाउनेलाई २
सलाम, सलाम, सलाम, लाल सलाम २

हिटलरी सत्ता ढाल्ने, समाजवादी बीउ रोप्ने, अक्टुबर क्रान्तिलाई सलाम
साम्राज्यवाद धुलो चटाउने, चिङ काङसाङझैँ अडिग रहने, चिनियाँ क्रान्तिलाई सलाम २
क्युबाली क्रान्तिलाई, भियतनामी साहसलाई, फिलिपिनी बलिदानलाई सलाम
दुश्मनसँग नझुकेर, बरु जेल प्रिय ठान्ने पेरुको गोन्जालोलाई सलाम
विश्वभरि क्रान्तिको झन्डा फहराउनेलाई
गरिखाने वर्गको मुहार हँसाउनेलाई २
सलाम, सलाम, सलाम, लाल सलाम २

बलिबेदीमा चढेर पनि जीवनको बलिदान दिने, महान् ती सहिदलाई सलाम
सहिदको सपना साकार पार्नलाई बेपत्ता हुने, बेपत्ता योद्धाहरूलाई सलाम २
प्रतिक्रान्तिको दुष्चक्रमा थिलोथिलो परेर पनि, जुर्मुराउँदै उठ्नेलाई सलाम
विप्लवी चेत बोकी, समर हँसाउन हातेमालो गर्नेलाई सलाम
सलाम, सलाम, सलाम, लाल सलाम २
देशको लागि बलिदान दिने सहिदलाई
जेलनेलको कहर हाँसी पचाउनेलाई २
सलाम, सलाम, सलाम, लाल सलाम २ ।
ááá
२०७७ असोज १
रचना÷सङ्गीत ः चिरन पुन

तराईमा तोरी झुल्दा
तराईमा तोरी झुल्दा,पहाड हाँस्नुपर्छ
पहाडमा गुँरास फुल्दा, हिमाल नाच्नुपर्छ २।१
माथि माथि हिमाल सेतै मुनाल नाचेको
तल तल झरनासँगै, पहाड हाँसेको २
नागबेली खोलाजस्तै जनताको ताँती
भोकभोकै मर्नुभन्दा लडी मर्नु जाती २
पश्चिम्लाई चोट पर्दा पूर्व दुख्नुपर्छ
यो माटोलाई सङ्कट पर्दा सबै उठ्नुपर्छ २।१
हेर न हेर कुखुरा बास्यो, बिहानी खुल्दै छ
पूर्वमा क्षितिज रक्ताम्मै भयो, क्रान्ति लहर झुल्दै छ २
उडिहिँड्ने माल्चरीको कति राम्रो ताँती
हेपिएर बस्नुभन्दा लडी मर्नु जाती २।१
तराईमा तोरी झुल्दा, पहाड हाँस्नुपर्छ
पहाडमा गुँरास फुल्दा, हमाल नाच्नुपर्छ २।१ ।
ááá
२०७७ असार २१
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः मेरो देश


श्रद्धाञ्जली

(कमरेड वीरजङ्गको स्मरणमा)
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली ४
श्रद्धाञ्जली, श्रद्धाञ्जली शिर झुकाई श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली मुट्ठी उठाई श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।

चुनौती थियो पहाडजस्तै, लक्ष्य हिमालजस्तै
अडान थियो, चट्टानजस्तै, विचार सागरजस्तै २
कहिल्यै ननिभ्ने ताराजस्तै सहिद बनी गयौ
अजर अमरझैँ जुगजुगसम्म चम्किरहने भयौ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।

फूल झरेको रित्तो रित्तो बगैँचाझैँ हुन्छ
साथी छुटेको खल्लो खल्लो पन्छीजस्तै बन्छ २
कसैको मृत्यु हलुङ्गो हलुङ्गो प्वाँखजस्तै बन्छ
कसैको मृत्यु गरुङ्गो गरुङ्गो समरजस्तै बन्छ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।

मुटु झिकेर तड्पी तड्पी बाँचेको झैँ लाग्छ
सुख दुःखमा सँगै आज हाँसेको झैँ लाग्छ २
तिमीले हिँडेको बाटो कहिल्यै भुल्न दिनेछैनौँ
तिमीले रोजेको आदर्श कहिल्यै मर्न दिनेछैनौँ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली

चुनौती थियो पहाडजस्तै, लक्ष्य हिमालजस्तै
अडान थियो, चट्टनजस्तै, विचार सागरजस्तै २
कहिल्यै ननिभ्ने ताराजस्तै सहिद बनी गयौ
अजर अमरझैँ जुगजुगसम्म चम्किरहने भयौ २
श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली
श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली ।
ááá
२०७७ भदौ २
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः सपनाका यात्री












 







 
















Tuesday, September 5, 2023

गीतहरु ५


- रातो झन्डा
- एकीकृत जनक्रान्ति
- तिम्ले देख्छौ
- वैज्ञानिक समाजवाद
- उठ किसान मजदुर
- भुरुरु उडिजाने
- कहिले पुग्छु
- क्रान्तिको बाटो
- बन्दुक उठाउनैपर्छ
- बन्दुक किनिदेऊ
- चुहिने छानो
- खूनको बदला (कमरेड कुमार, तीर्थ, अमृत, धनरूप हत्याको सन्दर्भमा)
- क्रान्तिको महासमर
- क्रान्ति निरन्तर
- सम्झना ताजै छ
- क्रान्तिप्रेमी (सन्दर्भ सहिद सप्ताह)
- नोभेल कोरोना (नोभेल कोरोना भाइरस काभिड १९ को महामारीको सन्दर्भमा)
- प्रतिबन्ध (दलाल सरकारले प्रतिबन्ध लगाएको एक (१) वर्ष भएको सन्दर्भमा)
- फेरि आयौँ
- रोकेर कहाँ रोकिन्छ
- पलपल रसाएका







रातो झन्डा
मेरो यो हँसिया हथौडा अङ्किएको रातो झन्डालाई २
मेरो यो सहिदको रगतले रङ्गिएको रातो झन्डालाई २
नछोऊ, तिमी नछोऊ २
तिम्रो हात विषालु बनिसकेछ २
नछोऊ तिमी नछोऊ

मेरो झन्डा झुकेको हैन
मैले क्रान्ति छोडेको छैन २
बरु झन्डा तिमीले छोड्यौ
सबै आस्था तिमीले बेच्यौ २
नछोऊ तिमीले नछोऊ २
तिम्रो हात विषालु बनिसकेछ २
नछोऊ तिमी नछोऊ

मेरो आदर्श ढलेको हैन
मैले सहिदलाई भुलेको छैन २
बरु सपना तिमीले भुल्यौ
सबै आँसु बेचेर गयौ २
मेरो यो हँसिया हथौडा अङ्किएको रातो झन्डालाई २
मेरो यो सहिदको रगतले रङ्गिएको रातो झन्डालाई २
नछोऊ, तिमी नछोऊ २
तिम्रो हात विषालु बनिसकेछ २
नछोऊ तिमी नछोऊ
ááá
जेठ, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमण थामी, 
एरेन्ज ः हेमराज आश्रम, 
एल्बम ः क्रान्तिकारी रातो झन्डा




एकीकृत जनक्रान्ति

निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जञ्जीर तोड्न क्रान्तिको मसाल बाल्ने २
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४

संसारबाटै रातो सूर्य अस्ताइसक्यो लाग्नेलाई
विश्वभरि क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई
सगरमाथा देश बोल्छ, हिमाल, पहाड, मधेस बोल्छ
(खोला नाला) २ छहरा बोल्छ, गाउँ सहर पहरा बोल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४

गाउँ सहरको विशेषता मध्यमवर्गको उपस्थिति
विज्ञान प्रविधि विकास र भू–परिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ, दलित मधेसी एकत्व खेल्छ
(दलाल सत्ताको) २ उत्पीडन बोल्छ, देशभक्तको एकता फुल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजीवीको एकता बन्दै, दलालको चिहान खन्छ
(स्वाधीनताको) २ आवाज बोल्दै, जनक्रान्तिको बिहान खुल्छ
यो हो हाम्रो एकीकृत जनक्रान्ति ६ ।
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः क्रान्तिकारी रातो झन्डा

तिम्ले देख्छौ (निर्मला पन्त बलात्कार हत्याको सन्दर्भमा)

तिम्ले देख्छौ कि देख्दैनौ
बलात्कार भै नारीहरू दिनका दिन मरेको
तिम्ले सुन्छौ कि सुन्दैनौ
विदेशबाट रातो बाकस छिन्छिन्मै आएको
(कोही खान नपाएर जुठो टिपी खाएको,
कोही लाउन नपाएर नाङ्गै बुङ्गै हिँडेको) २
तिम्ले देख्छौ कि देख्दैनौ

मिरमिरेमै पढ्न गा’की छोरी (डर भो) फर्किन्छिन् फर्किन्नन्
न्याय माग्दा उल्टै जेल हाल्छ (त्रास भो) न्याय निसाप छैन
निलो आकाश ताराजस्तै (कहिले आउँछ) न्याय समानता
सप्तरङ्गी फुलेजस्तै (कहिले बन्छ) सुन्दर बगैँचा
तिम्ले देख्छौ कि देख्दैनौ

कोही चेली रुँदै होलिन् आज (बन्द त्यो) विदेशी कोठीमा
कोही नारी पर्दै होलिन् आज (निर्दयी) दुष्टको जालैमा
जाली संसार बन्दपर्खाल (तोडी जाऊँ) निलो गगनमा
स्वतन्त्र र निर्भिक बन्न (क्रान्ति गरौँ) हाम्रै आँगनमा
तिम्ले देख्छौ कि देख्दैनौ .. ।
ááá
असोज, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः क्रान्तिकारी रातो झन्डा

वैज्ञानिक समाजवाद

छातीमाथि सङ्गीन रोपे पनि, जेलनेल बरु शिर काटे पनि
मुटुको धड्कनभन्दा प्यारो छ हाम्रो वैज्ञानिक समाजवाद
टल्कने हिमालभन्दा सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
आउनेछ समाजवाद आउनेछ साम्यवाद
वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद

नथाकेर नझुकेर गौरवताको हाँसो हाँस्न २
उँचनिच निमूर्ल पारी समानताको लाली छर्न
छातीमाथि सङ्गीन रोपे पनि, जेलनेल बरु शिर काटे पनि
मुटुको धड्कनभन्दा प्यारो छ हाम्रो वैज्ञानिक समाजवाद
टल्कने हिमालभन्दा सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
आउनेछ समाजवाद आउनेछ साम्यवाद
वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद

जाग अब दबिएका श्रमिकको मुहार फेर्न २
तोडिआऊ सारा बन्धन जनक्रान्तिको जित हेर्न
छातीमाथि सङ्गीन रोपे पनि, जेलनेल बरु शिर काटे पनि
मुटुको धड्कनभन्दा प्यारो छ हाम्रो वैज्ञानिक समाजवाद
टल्कने हिमालभन्दा सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
सुन्दर छ हाम्रो वैज्ञानिक साम्यवाद
आउनेछ समाजवाद आउनेछ साम्यवाद
वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन,
एरेन्ज ः आशीष अविरल, 
एल्बम ः क्रान्तिकारी रातो झन्डा

उठ किसान मजदुर

उठ किसान मजदुरहरू जुट सबै श्रमिकहरू २
एकीकृत जनक्रान्तिको विचार बोकी उठ
वैज्ञानिक समाजवाद ल्याउनलाई जुट २
उठ हो उठ, जुट हो जुट २

ओत लाग्ने छाना छैन
भोको पेटमा खाना छैन २
नाङ्गो ढाक्ने नाना छैन
दलाल यो सत्ताको केही काम छैन २
उठ देशभक्त राष्ट्रप्रेमी जुट सबै जनप्रेमी २
लुटिखाने यो व्यवस्था फाल्नलाई उठ
भ्रष्टाचारी यो सत्ता ढाल्नलाई जुट २
उठ हो उठ, जुट हो जुट २

पढ्ने लेख्ने शिक्षा छैन
सर्वसुलभ स्वास्थ्य छैन २
गरिखाने रोजगार छैन
जनसत्ताबाहेक केही काम छैन २
उठ किसान मजदुरहरू जुट सबै श्रमिकहरू २
एकीकृत जनक्रान्तिको विचार बोकी उठ
वैज्ञानिक समाजवाद ल्याउनलाई जुट २
उठ हो उठ, जुट हो जुट २ ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशीष अविरल
एल्बम ः आवाज, भाग ४, क्रान्तिकारी रातो झन्डा

भुरुरु उडिजाने

भुरुरु उडिजाने सिमलको भुवाजस्तै २
गाउँ छोडी नजाऊ, देशै छाडी नजाऊ २
सुख दुःख गरौँला यहीँ गाउँमा
सँग सँगै हाँसौँला आफ्नै ठाउँमा २

बेचिखाएर यो हाम्रो पौरख बिचल्लीमा रुने बनाए २
नौ देशपारि खेदाइ आज रेमिटेन्सले आफू मोटाए २
भुरुरु उडिजाने आकाशको चरीजस्तै
घर छोडी नजाऊ, पराइ देश नजाऊ २
सुख दुःख गरौँला यही गाउँमा
सँग सगै हाँसौँला आफ्नै ठाउँमा

मुटुमा माया यो देशको राखी पुगिजाऊँला गाउँ÷सहरमा २
मनमा माया जनताको साँची, क्रान्ति गरौँ हाम्रै समाजमा २
भुरुरु उडिजाने सिमलको भुवाजस्तै २
गाउँ छोडी नजाऊ, देशै छाडी नजाऊ २
सुख दुःख गरौँला यही गाउँमा
सँग सँगै हाँसौँला आफ्नै ठाउँमा २ ।
ááá
भदौ, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः क्रान्तिकारी रातो झन्डा

कहिले पुग्छु

कहिले पुग्छु म गरिबको झुप्राहरूमा
कहिले पुग्छु म दुःखीको बस्तीहरूमा
कहिले भेट्छु मजदुरलाई कहिले किसानलाई
कहिले भेट्छु श्रमिकलाई कहिले भीरयालाई ...

पहिरोले बासै लग्यो बस्ने बास छैन
सुर्केबारी साहुले लग्यो गरिखाने छैन
किन आउँछ पापी चाडबाड हामी गरिबलाई
भन्दै आँसुको टलपल थोपा एकोहोरो टोलाई
कहिले पुग्छु ...

दिनभरि मेलापात साँझ खानु छैन
महँगीले नेटा काट्यो किनी लाउनु छैन
जेठो छोरा मुग्लान पस्यो आउने आशै छैन
यो सरकारले हेर्ला भन्ने हाम्लाई आशै छैन

कहिले पुग्छु म गरिबको झुप्राहरूमा
कहिले पुग्छु म दुःखीको बस्तीहरूमा
कहिले भेट्छु मजदुरलाई कहिले किसानलाई
कहिले भेट्छु श्रमिकलाई कहिले भरियालाई ।
ááá
असोज, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन

क्रान्तिको बाटो

यहाँ सजिलो छैन साथी, यो त क्रान्तिको बाटो हो २
यो हिमाल, तराई घुम्छ, कहिले गाउँ, सहर डुल्छ
यो जेल, नेल पुग्छ, कहिले गोली थापिमाग्छ
यहाँ सजिलो छैन साथी
यो त क्रान्तिको बाटो हो २

वर्ग जहाँ हुन्छ त्यहाँ विगुल बज्छ क्रान्तिको २
क्रान्ति जहाँ हुन्छ त्यहाँ (ढोका खुल्छ शान्तिको) २
यो उथल पुथल ल्याउँछ, कहिले बारुद बनी फुट्छ
यो बादल बनी उड्छ, कहिले शान्त, सरल बन्छ
यहाँ सजिलो छैन साथी
यो त क्रान्तिको बाटो हो २

मान्छेद्वारा मान्छेमाथि लुट हुन्छ जहिलेसम्म २
लुटिनेले लुट्नेमाथि –धावा बोल्छ त्यैलेसम्म) २
यो जूनघामझँै खुल्छ, कहिले रात बनेर आउँछ
यो ज्वालामुखीझँै फुट्छ, कहिले समानतामा हाँस्छ
यहाँ सजिलो छैन साथी, यो त क्रान्तिको बाटो हो २
यो हिमाल, तराई घुम्छ, कहिले गाउँ, सहर डुल्छ
यो जेल, नेल पुग्छ, कहिले गोली थापिमाग्छ
यहाँ सजिलो छैन साथी
यो त क्रान्तिको बाटो हो २।३ ।
ááá
जेठ, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला, रमण, अनिश
एरेन्ज ः आशीष अविरल, एल्बम ः क्रान्तिकारी रातो झन्डा

बन्दुक उठाउनैपर्छ

बन्दुकबाट छुट्टी पाउन (बन्दुक उठाउनैपर्छ) २
शोषणबाट मुक्त हुन (बन्दुक उठाउनैपर्छ) २
किनकि, उनीसँग बन्दुकै हैकम छ
किनकि, हामीमाथि बन्दुककै शासन छ २

प्रतिबन्धको माखेसाङ्लोले आवाज थुनेको हेर
स्वाभिमानी छातीमाथि गोली ठोकेको बुझ
श्रमिकको आस्थामाथिको दमनलाई सुन
भोकाहरूको भोकमाथि बुट कुल्चेको बुझ २
किनकि, हामीमाथि राज्य आतङ्क छ
किनकि, हाम्रो देशमा लुट भ्रष्टाचार छ २

काण्डैकाण्डले देशै कङ्गाल बनाउनेलाई चिन
दिनदिनै चेलीको अस्मिता लुटिमार्ने हत्यारा जोगाउनेलाई जान
सिमानामा जङ्गेपिलर गुमिसकेको हेर
लिम्पियाधुरा हेर्दा हेर्दै लुटिसकेको बुझ २
किनकि, उनीसँग बन्दुकै हैकम छ
किनकि, हामीमाथि बन्दुककै शासन छ २

बन्दुकबाट छुट्टी पाउन (बन्दुक उठाउनैपर्छ) २
जनताको सुदिन ल्याउन (बन्दुक उठाउनैपर्छ) ४ ।
ááá
माघ, २०७६
रचना÷सङ्गीत ः चिरन पुन
स्वर÷एरेन्ज÷स्वर ः सौगात सायर
एल्बम ः प्रतिबन्धा

बन्दुक किनिदेऊ

आमा मेरी आमा बाबा मेरो बाबा
सधैँभरि साहुको रिनमा थिचिबस्नुभन्दा
छाप्रेघर भोको पेट मिचिबस्नुभन्दा
दुश्मन चिनाइदेऊ मलाई लड्न हिँडाइदेऊ
हाम्लाई लुट्ने दुश्मन मास्न बन्दुक किनिदेऊ
आमा मेरी आमा ...

कम्युनिस्टको सरकार हो भन्थे भ्रष्टाचार त झन् उर्लेर गयो
गरिबको दिन आउँछ भन्थे महँगी त झन् चर्केर गयो
उस्तै छ काण्डैकाण्ड, उस्तै छ चर्को कर, उस्तै छ कमिसनको खेल
उस्तै छ लुटतन्त्र, उस्तै छ दलाल सत्ता, उस्तै छ षड्यन्त्रको खेल
आमा मेरी आमा ...

सुशासनको चर्का कुरा गर्थे जनघात झन् चर्केर गयो
समृद्धिको खुबै चर्चा गर्थे राष्ट्रघात झन् बढेर
उस्तै छ हत्याहिंसा, उस्तै छ व्यभिचार, उस्तै छ काला कानुन
उस्तै छ अत्याचार, उस्तै छ बेरोजगार, उस्तै छ देशको बेहाल

आमा मेरी आमा बाबा मेरो बाबा
सधैँभरि साहुको रिनमा थिचिबस्नुभन्दा
छाप्रेघर भोको पेट मिचिबस्नुभन्दा
दुश्मन चिनाइदेऊ मलाई लड्न हिँडाइदेऊ
हाम्लाई लुट्ने दुश्मन मास्न बन्दुक किनिदेऊ
आमा मेरी आमा बाबा मेरो बाबा ।
ááá
जेठ, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

चुहिने छानो

चुहिने छानो, नाङ्गो शरीर, ढाकिन्छ कहिले भन
निम्छरा अनुहार, भोकै पेट, भरिन्छ कहिले भन
बढेको मूल्य, हत्या÷आतङ्क
सकिन्छ कहिले भन
बलात्कार चेली, युवा पलायन
रोकिन्छ कहिले भन

भ्रष्टाचार अन्त्य, चर्को कर, थामिन्छ कहिले भन
पराइले हेप्ने, सिमाना मिच्ने, सकिन्छ कहिले भन
राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने
तर्किन्छ कहिले भन
दुःखीलाई सुख, सुखलाई शान्ति
फर्किन्छ कहिले भन

सुन्दर बगैँचा, समानताको फूल, फक्रिन्छ कहिले भन
राष्ट्रको उमङ्ग, निर्जनमा मुस्कान, उघ्रिन्छ कहिले भन
चुहिने छानो, नाङ्गो शरीर, ढाकिन्छ कहिले भन
निम्छरा अनुहार, भोकै पेट, भरिन्छ कहिले भन ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

पुरिएका छैनन्  (२५ औँ जनयुद्ध दिवसको सन्दर्भमा)

पुरिएका छैनन् अझै जनयुद्धका घाउहरू
सकिएका हैनन् हाम्रा क्रान्तिका योजनाहरू
मेटिएका हैनन्, पुरिएका छैनन्
ती रगतका टाटाहरू, यी क्रान्तिका डोबहरू ...

कहाँ बिर्सेका छौँ र चिचिला नानी च्यापी घोराही मोर्चा सँगै जितेको
कहाँ भुलेका हौँ र एकमुठी सातु खाई बेथान मोर्चा सँगै लडेको
बिर्सिएका हैनन्, भरिएका छैनन्
यी सहिदका बलिदानहरू, ती घाइतेका रोदनहरू

कहाँ बिर्सेका छौँ र दुश्मनले शिर काटी एउटै खाल्टोमा पुरेको
कहाँ भुलेका हौँ र दोरम्बा गोलीकाण्ड एउटै चिहान परेको
तर्सिएका हैनन्, भागिएका छैनन्
ती घाइते योद्धाहरू, यी सहिदका परिवारहरू

कहाँ बिर्सेका छौँ र बलिदानलाई हाँसी हाँसी सँगै हाम्ले निलेको
कहाँ भुलेका हौँ र क्रान्तिमा लक्ष्य चुम्न सहिदको बाटोमा कुदेको
निभिसकेका छैनन्, मेटिसकेका हैनन्
ती क्रान्तिका झिल्काहरू
यी विप्लवी आवाजहरू

पुरिएका छैनन् अझै जनयुद्धका घाउहरू
सकिएका हैनन् हाम्रा क्रान्तिका योजनाहरू
मेटिएका छैनन्, पुरिएका हैनन्
त्यो रगतका टाटाहरू, त्यो क्रान्तिका डोबहरू ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

खूनको बदला (कमरेड कुमार, तीर्थ, अमृत, धनरूप हत्याको सन्दर्भमा)

खूनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ २
कुमार, तीर्थ मार्नेहरूलाई, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खूनको बदला खुनै, गोलीको बदला गोली ३

चाहे होस् पुलिसको बर्दीभित्र छोपिएको दुश्मन
चाहे होस् राजनीतिको आवरणमा बेरिएको गोमन २
माटोमुनि लुके अनि पानीभित्र डुबे पनि
आकाशमाथि उडे अनि देशै छाडी भागे पनि
खूनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ
कुमार, तीर्थ मार्नेहरूलाइर्, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खूनको बदला खुनै, गोलीको बदला गोली ३

चाहे ल्याऊ दलालहरू हजार हजार षड्यन्त्रका ताना
हेर्दै जाऊ क्रान्तिभित्र क्रान्ति जित्ने क्रान्तिकारी सान २
जेलभित्र थुने अनि आलो रगत पिए पनि
मासु लुछिखाए अनि शिर काटी लिए पनि
खूनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ
कुमार, तीर्थ मार्नेहरूलाइर्, क्रान्ति रोक्न आउनेहरूलाई
धनरूप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खूनको बदला खुनै, गोलीको बदला गोली ३ ।
ááá
कात्तिक, २०७६
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः लालकिरण, उषाछितिज
एरेन्ज ः बिट ६४, एल्बम ः प्रतिबन्ध

क्रान्तिको महासमर

क्रान्तिको महासमरमा जागरणको धून भर्दै
विद्रोही यो तनहरूमा उन्मुक्तिको गीत गाउँदै
वेदनाको मनहरूमा
चेतनाको स्वर भर्दै
क्रान्तिको महासमरमा

आँसु हैन रोजेको आँसु हैन
हाँसो छैन खोजेको हाँसो छैन
विरहले चुँडिएको
उमङ्गको तार जोड्दै
क्रान्तिको महासमरमा

बिहानीको घामजस्तै बिहानीको
पूर्णिमाको जूनजस्तै पूर्णिमाको
सप्तरङ्गी इन्द्रेणीझैँ
जनक्रान्तिको धार जोड्दै
क्रान्तिको महासमरमा ।
ááá
कात्तिक, २०७५
रचना÷सङ्गीत ः चिरन पुन

क्रान्ति निरन्तर

क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर
सागर छुन नदी बनी बगिरहने
लक्ष्य चुम्ने अठोट बोकी कुदिरहने
क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर

जञ्जीर भिराऊ या जेल पठाऊ
सङ्गीन रोप या शिर छिनाऊ
तिम्रो क्रूर दमनले झुक्दै नझुक्ने
तिम्रो प्रतिबन्धले छेक्दै नछेक्ने
क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर

आकाश खसोस् या तारा झरोस्
सागर सुकोस् या हिमाल ढलोस्
तिम्रो खुनी शासनले रोक्नै नसक्ने
वैज्ञानिक समाजवाद नल्याई नछाड्ने

क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर
सागर छुन नदी बनी बगिरहने
लक्ष्य चुम्ने अठोट बोकी कुदिरहने
क्रान्ति निरन्तर कमरेड क्रान्ति निरन्तर ।
ááá
वैशाख, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

सम्झना ताजै छ

सम्झना ताजै छ सँगै हिँडेको
छ्याम्वा खाँदै तामाङ बस्ती सँगै घुमेको
सम्झना आलै छ, सँगै डुलेको
हुरी आउँदा खरको छानो सँगै बसेको ...

वारि पारि चुरे बस्ती लालपुर्जा नि छैन
मर्ने गरी काम ग¥यो खान पुग्ने हैन
कोही छोरा मुग्लान पसे कोही छोरी परदेश
यो व्यवस्था रहेसम्म बन्ने छैन घर देश
सम्झना ताजै छ ...

राम्रो भूमि दलालले भागबन्डामा खान्छ
केही नहुने गरिबलाई भोक भोकै मार्छ
न पिउने सफा पानी, न त राम्रो बास भो
गरिब लुट्ने सरकारसँग हाम्लाई के पो आश भो

सम्झना ताजै छ सँगै हिँडेको
छ्याम्वा खाँदै तामाङ बस्ती सँगै घुमेको
सम्झना आलै छ, सँगै डुलेको
हुरी आउँदा खरको छानो सँगै बसेको ।
ááá
वैशाख, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

क्रान्तिप्रेमी (सन्दर्भ सहिद सप्ताह)

क्रान्तिप्रेमी हौ भने राष्ट्रप्रेमी छौ भने (सङ्कटमा साथ देऊ)
न्यायप्रेमी हौ भने जनप्रेमी छौ भने (क्रान्तिमा हात देऊ)
दुःखमा साथ देऊ, क्रान्तिमा हात देऊ ...

अँध्यारो होइन धर्तीमा उज्यालोको किरण देऊ
निराश होइन जीवनमा साहसिलो हिम्मत देऊ
दुःखीलाई सुख देऊ, भोकमा भोजन देऊ
सङ्कटमा साथ देऊ, क्रान्तिमा हात देऊ
क्रान्तिप्रेमी हौ भने ...

दासता होइन समाजमा उन्मुक्तिको प्रेरणा देऊ
मौनता होइन जीवनमा विद्रोहको चेतना देऊ
विभेदमा न्याय देऊ, जनप्रिय विचार देऊ
स्वाधीनता बचाउने, राष्ट्रिय भावना देऊ

क्रान्तिप्रेमी हौ भने राष्ट्रप्रेमी छौ भने (सङ्कटमा साथ देऊ)
न्यायप्रेमी हौ भने जनप्रेमी छौ भने (क्रान्तिमा हात देऊ)
दुःखमा साथ देऊ, क्रान्तिमा हात देऊ ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

नोभेल कोरोना (नोभेल कोरोना भाइरस काभिड १९ को महामारीको सन्दर्भमा)

नोभेल कोरोना भाइरस आयो
मानव मृत्युको ताण्डवनृत्य बोकेर
भन्दैन उँच निच, मान्दैन जात पात
नोभेल कोरोना भाइरस आयो

प्रकृतिले मानिसलाई चोट दिन्छ कहिलेकाहीँ
मानवता हराएको खोट दिन्छ कहिलेकाहीँ
छान्दैन धनी गरिब, जान्दैन भूगोल फरक
नोभेल कोरोना भाइरस आयो

वर्गविभेद नगरेर घात गर्छ कहिलेकाहीँ
निष्ठुरीझैँ एकैपलमा आँसु दिन्छ कहिलेकाहीँ
भन्दैन गाउँ सहर, मान्दैन महिला पुरुष
नोभेल कोरोना भाइरस आयो
मानव मृत्युको ताण्डवनृत्य बोकेर
भन्दैन उँच निच, मान्दैन जात पात
नोभेल कोरोना भाइरस आयो ।
ááá
चैत, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

प्रतिबन्ध (दलाल सरकारले प्रतिबन्ध लगाएको एक (१) वर्ष भएको सन्दर्भमा)

यो हो प्रतिबन्ध २
राम्रो कुरा बोल्छु भन्दा बोल्न नपाइने
सही कुरा लेख्छु भन्दा लेख्न नपाइने २
प्रतिबन्ध यो
बगैँचाको फूल टिपी लाउन नपाइने
हाँस्नेहरू मुस्कुराउँदै हाँस्न नपाइने, यो हो प्रतिबन्ध २

आँखामा पट्टी बाँधेर उज्यालोको के कुरा गर्छौ
विचारमा बन्धी लगाई स्वाभिमानको के कुरा गर्छौ २
प्रतिबन्ध यो,
लेख्नेलाई झुट्टा मुद्दा जेल पठाउने
बोल्नेको मुख थुनी गोली उडाउने, यो हो प्रतिबन्ध २

मन मनमा विष छरेर मानवताको के कुरा गर्छौ
जन जनमा भेद गरेर समानताको के कुरा गर्छौ २
प्रतिबन्ध यो
हिँड्नेको पैंतलामा काँडा बिछ्याउने
हेर्नेको आँखामाथि कालो पोतिदिने
यो हो प्रतिबन्ध २
राम्रो कुरा बोल्छु भन्दा बोल्न नपाउने
सही कुरा लेख्छु भन्दा लेख्न नपाउने २
प्रतिबन्ध यो,
बगैँचाको फूल टिपी लाउन नपाइने
हाँस्नेहरू मुस्कुराउँदै हाँस्न नपाउने, यो हो प्रतिबन्ध ४ ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन
एरेन्ज ः नारायण दङ्गाल, एल्बम ः प्रतिबन्ध

फेरि आयौँ

फेरि आयौँ हजुरको घर, क्रान्ति जित्ने सपना बोकेर
हाम्रो लक्ष्य भा’छैन पूरा, गद्दारीले जालैमा पारेर ...

कहाँ गयो जनसत्ता खोइ त हाम्रो जनसेना
जनताको आधार किल्ला कसले खायो भन
सहिदको सपनालाई त्यसै त्यसै फाले खेर
दुश्मनसँग ढल्की ढल्की हिँड्छन् लाजै नमानेर
त्यसैले त आएको हामी, क्रान्ति जित्न कम्मरै कसेर
बरु जाओस् यही एउटा जीवन, हुन्न अब घरैमा बसेर

लेकै फुल्ने लालिगुँरास, तल तल बग्ने भेरी
नयाँ नेतृत्व र विचार लिई आयौँ हामी फेरि
सहिदको सपनालाई पक्कै पूरा गर्नैपर्छ
पक्कै क्रान्ति जित्नलाई अब सबै जुट्नुपर्छ
फेरि आयौँ हजुरको घर, क्रान्ति जित्ने सपना बोकेर
हाम्रो लक्ष्य भा’छैन पूरा, गद्दारीले जालैमा पारेर ।
ááá
कात्तिक, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

रोकेर कहाँ रोकिन्छ

रोकेर कहाँ रोकिन्छ क्रान्ति
छेकेर कहाँ छेकिन्छ क्रान्ति
थुनेर कहाँ थुनिन्छ क्रान्ति
मारेर कहाँ सकिन्छ क्रान्ति
क्रान्ति हो निरन्तर चलिरहन्छ उथल पुथल बनाउँदै बढिरहन्छ ...

आगोसँग खेलेर बाँचेको हुन्छ क्रान्ति
जेल नेल सहेर हाँसेका हुन्छ क्रान्ति
हाँस्दा हाँस्दै मर्न सक्ने
मर्दा मर्दै बाँच्न सक्ने
क्रान्ति हो निरन्तर चलिरहन्छ दुश्मनको किल्ला ढाल्दै बढिरहन्छ

दुश्मनसँग भिड्दा भिड्दै स्पात बन्छ क्रान्ति
मुक्तिप्रिय चेतनामा विष्फोट हुन्छ क्रान्ति
हजार सङ्कट झेल्न सक्ने
मृत्युमार्ग खेल्न सक्ने
क्रान्ति हो निरन्तर चलिरहन्छ सुनौलो छितिज चुम्न बढिरहन्छ

रोकेर कहाँ रोकिन्छ क्रन्ति
छेकेर कहाँ छेकिन्छ क्रान्ति
थुनेर कहाँ थुनिन्छ क्रान्ति
मारेर कहाँ सकिन्छ क्रान्ति
क्रान्ति हो निरन्तर चलिरहन्छ उथल पुथल बनाउँदै बढिरहन्छ ।
ááá
फागुन, २०७६
रचना÷सङ्गीत ः चिरन पुन

पलपल रसाएका
पलपल रसाएका आँखाहरू ओभाएका छैनन्
जन जन मिसाएका भावनाहरू फेरिएका छैनन् २

डोबहरू आलै छ सपनाहरू जिउँदै छन्
रगतहरू आलै छ पीडाहरू ताजै छन् २
हरपल चिरिएका घाउहरू पुरिएका छैनन्
पल पल मुर्छिएर आँसु झरेको भुलिएका छैनन् २

सँगै लडेको ताजै छ भोकभोकै कुदेको आलै छ
हार्दा रुँदै जित्दा हाँस्दै हिमपात छिचोलेको ताजै छ २
पल पल रसाएका आँखाहरू ओभाएका छैनन्
जन जन मिसाएका भावनाहरू फेरिएका छैनन् २ ।
ááá
जेठ, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन ÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः सपनाको यात्री

गीतहरु ४


- लौ आयो रातो खबर
- मेघझैँ गर्जी
- पूर्व होस् या पश्चिम
- हाम्रा मान्छे (बेपत्ता योद्धाको स्मरणमा)
- लाहुरे भइयो
- फर्क स्वदेश
- खबरदार
- आठौँ महाधिवेशन
- कथित चुनाव
- चमचम गर्ने खुकुरी
- विदेशी गल्ली
- रोल्पाको थबाङ
- हजार अप्ठ्यारा
- कहाँ झुकेको छ (सन्दर्भ सहिद सप्ताह)
- नरुनू आमा
- आऊ समाऊँ
- जहाँ दमन हुन्छ







लौ आयो रातो खबर

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर २
दुश्मनलाई थर्काउने
क्रान्तिज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको
लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

बिहानीको मिरमिरेमै वर्गयुद्धको खबर बोकी २
शिरमा कफन बाँधी अब जनक्रान्तिको रहर बोकी २
दन्किएको ज्वालाजस्तै
समुन्द्रको छालजस्तै २
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

दुश्मनको सङ्गीनले क्रान्ति हाम्रो छेकिन्न भनी २
संसद्वादी षड्यन्त्रले हाम्रो यात्रा रोकिन्न भनी २
अजङ्ग त्यो चट्टानजस्तै
स्पातिलो ज्वारजस्तै २
लौ लौ आयो रातो खबर
चिरन पुन ‘मिलन’ ÷ छज्ञ
आयो आयो अब तातो खबर
लौ है आयो रातो खबर
आयो आयो अब तातो खबर

पूर्व पश्चिम गर्जिएर उठ बन्दुक बोक भनी २
गाउँ सहर एकैसाथ दलाललाई ठोक भनी २
ज्वालामुखी विष्फोटजस्तै
कुर्लिआउने चट्याङजस्तै २
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
दुश्मनलाई थर्काउने
क्रान्ति ज्वाला दन्काउने २
एकीकृत जनक्रान्तिको विगुल फुक्दै आन्दोलनको

लौ आयो रातो खबर
आयो आयो अब तातो खबर
लौ लौ आयो रातो खबर
आयो आयो अब तातो खबर ।
ááá
२०७१
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

मेघझैँ गर्जी

मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली २
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २

गाउँ सहर एकसाथ उठ अब फेरि लुकेर बस्नुहँुदैन
श्रमिकहरू सबै जुट अब फेरि थाकेर बस्नुहुँदैन २
भाग्नेहरू भाग्दै जान्छन् क्रान्तिवीर बढ्छन् अघि
थाक्नेहरू थाक्दै जान्छन् वर्गयोद्धा बढ्छन् अघि
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दैछौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २

झिक तलबार अब कस कम्मर फेरि हारेर बस्नुहुँदैन
बोक बन्दुक अब जुर्मुराउँदै फेरि झुकेर बस्नुहुँदैन २
हार्ने होइन जित्ने गरी जनसेना लड्छन् फेरि
नयाँ युग ल्याउने गरी रातामान्छे लड्छन् फेरि
मेघझैँ गर्जी भेलझैँ उर्ली
भन्दै छौँ फेरि कुर्ली कुर्ली
बोकेर अब आइपुग्यो सुन्दर विचारको मूल
उठ उठ अब आइपुग्यो राता मान्छेको हुल २ ।
ááá
२०७१
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी, रमन थामी, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

पूर्व होस् या पश्चिम

पूर्व होस् या पश्चिमका साथी, उठौँ अब लालझन्डा समाती २
हिमाल पहाड मधेसका साथी, जुटौँ अब लालझन्डा समाती २
जुटौँ अब लालझन्डा समाती

कालो बजारी, छ भ्रष्टाचारी देशको बेहाल भो
तस्करी चर्को, महँगी बढ्दो जनताको बेहाल भो २
पूर्व होस् या पश्चिमका साथी
उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी
जुटौँ अब लालझन्डा समाती २

किसान मजदुर, त्यो मध्यमवर्ग गाउँ सहर उठ्दै छन्
जनक्रान्ति ल्याउन एकीकृत हुँदै लौ सबै जुट्दै छन् २
पूर्व होस् या पश्चिमका साथी
उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी
जुटौँ अब लालझन्डा समाती २
विदेशी हैकम नतोडी हुन्न आऊ सबै मिलेर
दलाली सत्ता नफाली हुन्न लडौँ है मिलेर २

पूर्व होस् या पश्चिमका साथी, उठौँ अब लालझन्डा समाती
हिमाल पहाड मधेसका साथी, जुटौँ अब लालझन्डा समाती ५ ।
ááá
२०७२
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः रमन थामी, आरोह नेपाली, निर्मला घिसिङ, सोनु घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

हाम्रा मान्छे (बेपत्ता योद्धाको स्मरणमा)

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ २
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २

कैँयौँ वर्ष भैसक्यो खै कहाँ छन् बेपत्ता २
बूढी आमा सोद्धै छिन्, बेपत्ताको अवस्था
दण्डपाणि खै
पूर्ण पौडेल खै ?
रेवकला खै
दुर्गा विशङ्खे खै ?
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ

हातमा सिक्री बाँधेर भीरबाट फाल्यौ कि २
आँखा पट्टी बाँधेर आगो लगाई मा¥यौ कि
सीएनहरू खै
हाम्रा सन्तान खै ?
कहिले आउँछन् खै
फणिन्द्रहरू खै ?
हाम्रा मान्छे कहाँ लग्यो
चिरन पुन ‘मिलन’ ÷ छछ
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ

खाल्टो खनी पु¥यौ कि जेलभित्र थुन्याँै कि २
गोली ठोकी मा¥यौ कि, टुक्रा पारी फाल्यौ कि
सहँदैनौ अब
बरु सहिद बन्छौँ
लड्छौँ फेरि अझै
मुक्त हुनलाई सबै

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेऊ
कुन कुनामा लुकायौ
छिट्टै हाम्लाई बताइदेऊ
जिउँदो भए सास देखाइदेऊ
मा¥यौ भने लास देखाइदेऊ २ ।
ááá
२०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी र निर्मला घिसिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

लाहुरे भइयो

लाहुरे भइयो छोडेर आइयो नेपालमा जहानबालालाई २
यस्तै रै’छ अर्काको भूमि कुर्ने चौकीदारलाई २
लाहुरे भइयो छोडेर आइयो

पानी माग्दै चिच्याउँदा ऐंया आमा भनेर ढल्दा २
जङ्गलको बिचमा परी आकाशबाट बमगोला खस्दा
सम्झना आयो स्वदेशको लडाइँको मैदानमा पर्दाखेरि
एउटै गाउँको सँगी साथी गोली लागि मर्दाखेरि २
लाहुरे भइयो छोडेर आइयो

अर्काको भूमिमा रगतको भेल बमको बर्षा हुँदाखेरि २
साथी भाइहरू कहाँ पुगे होलान्, भोकै प्यासै लड्दाखेरि
आफ्नै देशमा काम पाउने भए विदेशमा किन आउँथ्यौँ र
दलाल सरकारले सोचेको भए यो दुःख किन पाउँथ्यौँ र २
लाहुरे भइयो छोडेर आइयो

के पायौँ आज लाहुरे बनी सिमाना पारि विदेश आई २
रुँदै होलान् जहानबाला एकपेट पनि खान नपाई
कसम खाँदै फालिदेऊ बन्दुक नलडौँ अब विदेशमा
आफ्नै भूमिमा जनक्रान्ति गर्न फर्किदेऊ अब स्वदेशमा २
लाहुरे भइयो छोडेर आइयो ।
ááá
२०५८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक बलम्पाकी
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

फर्क स्वदेश

फर्क स्वदेश नेपाली दाजुभाइ, आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर, फर्कौं है सँगी हो आफ्नै जन्म घर २

ती तिम्रा सानो भाइले पर्खेर बाटो हेर्दै छन्
ती तिम्री सानी बैनीले सम्झेर सधैँ रुँदै छिन्
यी वृद्ध आमा नि टोलाइरहेछिन्
ती तिम्री सँगिनी बोलाइरहेछिन् २

यो हाम्रो मातृभूमिलााई विदेशीले नङ्ग्रा गाड्दै छ
त्यो तिम्रो सानो गाउँमा फटाहाले राज गर्दै छ
गाउँ घर सबैले तिमीलाई खोज्दै छ
क्रान्तिको बाटोमा लम्क भन्दै छ २

दलालको बादशाहलाई मिलेर सँगै फालौँला
साम्यवादको निर्माण गरी बल्ल पो थकाइ मारौँला
नेपाली जनताको यही सल्लाह छ
दुश्मनको किल्लामा खैलाबैला छ २

फर्क स्वदेश नेपाली दाजुभाइ
आफ्नै देश सुन्दर पार्नलाई २
हुँदैन हामीलाई विदेशीको भर
फर्कौं है सँगी हो आफ्नै जन्म घर २
फर्कौं है सँगी हो आफ्नै जन्म घर २ ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बविता पाख्रीन
एरेन्ज ः आशीष अविरल
एल्बम ः लौ आयो रातो खबर

खबरदार

खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१

दलाल सत्ताको अब (सहँदैनौँ दमन) २
भ्रष्ट यो जाल झेल अब (चाहँदैँनौ हैकम) २
जेल हाले स्पातझैँ बन्छ, क्रान्तिको लागि यो मन
एक मरे लाखौँ जन्मिन्छ, बाँधेर शिरमा कफन
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१

विस्तारवादीको अब (चाहँदैनौँ दमन) २
साम्राज्यवादीको अब, (सहँदैनौँ हैकम) २
दमन गरे विष्फोट भैदिन्छौँ, फाल्छौँ बरु यो जीवन
मुक्त हुन्छौँ संसार जित्दै, तोडेर सबै बन्धन
खबरदार दुश्मनहरू (तिम्रो काल आयो) २
जनतालाई लुटिखाने (तिम्रो दिन गयो) २
लेफ्ट राइट लेफ्ट ४
लेफ्ट राइटको तालमा खुकुरी भिरेर
खाँचो परे लड्नेछौँ बन्दुक भिरेर २।१ ।
ááá
२०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक, रमन, आरोह, निर्मला, सोनु, विमला
एरेन्ज ः आशीष अविरल
एल्बम् ः लौ आयो रातो खबर

आठौँ महाधिवेशन

निम्छरा अनुहारमा खुसीको लाली छर्ने
दासताको जञ्जीर तोड्न क्रान्तिको मसाल बाल्ने २
यो हो हाम्रो आठौँ महाधिवेशन ४

संसारबाटै रातो सूर्य अस्ताइसक्यो लाग्नेलाई
विश्वभरि क्रान्तिज्वाला निभिसक्यो भन्नेलाई
सगरमाथाको देश बोल्छ, हिमाल पहाड मधेस बोल्छ २
खोला नाला छहरा बोल्छ, गाउँ सहर पहरा बोल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४

गाउँ सहरको विशेषता मध्यमवर्गको उपस्थिति
विज्ञान प्रविधि विकास र भू–परिवेष्ठित अवस्थिति
जाति जनजाति आवाज बोल्छ, दलित मधेसी एकत्व खेल्छ २
(दलाल सत्ताका) २ उत्पीडन बोल्छ, देशभक्तको एकता फुल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४

राष्ट्रघात जनघात प्रतिक्रान्तिको विरुद्धमा
कालो बजार भ्रष्टाचार घुसखोरीको विरुद्धमा
श्रमजीवीको एकता बन्दै, दलालको चिहान खन्छ २
स्वाधीनताको आवाज बोल्दै, जनक्रान्तिको बिहान खुल्छ
यो हो हाम्रो आठौँ महाधिवेशन ४ ।
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर

कथित चुनाव (खारेज अभियानको सन्दर्भमा)

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ २
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट

हाम्रो देशको नदीनाला बेचिखाने यिनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यिनै हुन् २
यो देशको स्रोत साधन लुटिखाने यिनै
मूल्यवृद्धि चर्काएर मस्ती गर्ने यिनै
सुकुमबासी बस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाइँ गर्ने यिनै

जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौँ
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौँ
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट

जनता चुस्ने यो व्यवस्था उखेलेरै फाल्नैपर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनैपर्छ २
उत्पीडित श्रमिकहरू सबै मिली उठौँ
राष्ट्रभक्त नेपाली हो जुर्मुराउँदै हिँडौँ
एकीकृत जनक्रान्तिको महासमरमा बढौँ
मक्किएको यो व्यवस्था एकधक्कामा फालौँ
जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ
झुक्याउन फेरि नि बोकी आऊलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट !
ááá
वैशाख, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः टेक, सौगात, रमण, निर्मला, बबिता, सोनु
एरेन्ज ः सौगात सायर









चमचम गर्ने खुकुरी

चमचम गर्ने खुकुरी शान लाउने बेला भो २
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो
चमचम गर्ने खुकुरी सान लाउने बेला भो २

कायरहरू सङ्कटबाट घुँडा टेकी भाग्छन्
वीरहरू क्रान्ति गर्छन् र दुश्मनलाई जित्छन् २
सडेगलेको यो सत्ता ढल्छ पक्कै ढल्छ
क्रान्तिले आफ्नो बाटो आफैँ खन्दै जान्छ २
बेला भो, बेला भो,
आँधीबेहरी ल्याउने बेला भो
आगोसँग खेल्ने बेला भो
अस्त्र शस्त्र बोक्ने बेला भो
दलालहरू ठोक्ने बेला भो
चमचम गर्ने खुकुरी गर्ने खुकुरी सान लाउने बेला भो २

राष्ट्रघाती कालो सत्ता कब्जा गरिछाड्छौँ
लुटाहाको जाली संसार ध्वस्त पारिदिन्छौँ २
मक्किएको यो सत्ता एकधक्कामै फाल्छौँ
वर्गबैरी सखाप पार्दै हाम्रो लक्ष्य चुम्छौँ २
बेला भो, बेला भो
तुफानसँग खेल्ने बेला भो
विष्फोटहरू हेर्ने बेला भो
एम्बुसहरू फुल्ने बेला भो
क्रान्तिमोर्चा खुल्ने बेला भो

चमचम गर्ने खुकुरी सान लाउने बेला भो २
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
बेला भो, बेला भो २
फेरि जङ्घार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो
दुश्मनसँग भिड्ने बेला भो
चमचम गर्ने खुकुरी सान लाउने बेला भो २ ।
ááá
फागुन, २०७४
रचना÷सङ्गीत ः चिरन
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी




विदेशी गल्ली

कसले पु¥यायो तिमीलाई
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा,
(विदेशी गल्ली गल्लीमा)
रहरले हो कि बाध्यताले
दसहन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा
(भारतको गल्ली गल्लीमा) २

कहिलेसम्म देश छाडी लर्को लागी जाने तिमी पराइको देशमा
तातो रातो खून पसिना किन बस्छौ बगाएर बिरानो त्यो ठाउँमा
हाम्रै परिवेशमा जाँगर चलाउनु छ,
आफ्नै सुन्दर देशमा मोती फलाउनु छ २
कसले पु¥यायो ...

कति दिन बस्छौ तिमी देश लुटिएको हेरी परदेशी ठाउँमा
रात दिन ठाउँ ठाउँमा सीमा मिचिएको फेरि हाम्रो आफ्नै देशमा
फर्की आऊ परदेशबाट देश सिँगार्नु छ
हाम्लाई शोषणमाथि क्रान्ति चर्काउनु छ २

कसले पु¥यायो तिमीलाई
अरबको खाडीमा, त्यो मरुभूमिमा, मलाया छाउनीमा,
(विदेशी गल्ली गल्लीमा)
रहरले हो कि बाध्यताले
दसहन्डर खानुमा, सीमा काटी जानुमा, जीवन उतै फाल्नुमा
(भारतको गल्ली गल्लीमा) २
कसले पु¥यायो ... ।
ááá
चैत, २०७४
रचना÷सङ्गीत ः चिरन पुन, 
स्वर ः निर्मला घिसिङ , 
एरेन्ज ः आशीष अविरल, 
एल्बम ः चमचम गर्ने खुकुरी

रोल्पाको थबाङ

रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २

जारको सत्ता हिटलरी दमन जनताको सामु कहाँ टिक्यो खै २
राणाको शासन पञ्चको हुकुम नेपाली जनता कहाँ झुके खै २
सिस्नेको हिमाल त्यो माछापुच्छ«े धौलागिरीको शिर
शैलुङ्गे काख त्यो साँगा–झन्ज्याङ सगरमाथा उच्च शिर
रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २

दलाल सत्ता यो जनघात कति दिन सहौँ यो राष्ट्रघात २
नलडी हुन्न नफाली हुन्न मिलेर हामी यो अत्याचार २
पूर्वको मेची त्यो सप्तकोशी कालीगङ्गाको बेग
कञ्चन मस्र्याङ्दी त्यो महाकाली बागमतीमा हाम्रो भेट
रोल्पाको थबाङ, रुकुमको चुनबाङ
कर्णालीसँगै त्यो ढोरपाटन २
जनक्रान्ति गर्न जाग्दै छन् फेरि २
काँधमा बन्दुक बोकेर २ ।
ááá
पुस, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर
एल्बम ः चमचम गर्ने खुकुरी

हजार अप्ठ्यारा

हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा २
(सुवासिलो सुगन्ध छर्न) २
(फल्नू फुल्नू यहीँ माटोमा) २

निस्पट्ट त्यो अँध्यारो चिर्न (जून बनेर आऊ) २
विषालु काँडा पन्छाउँदै (फूल बनेर आऊ) २।२
जून बनेर आऊ फूल बनेर आऊ २
हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा

कठीन घुम्ती उमङ्गयात्रा (रोक्दै नरोकी आऊ) २
हजारौँ चोट सहेर पनि (मुस्कान बोकेर आऊ) २।२
रोक्दै नरोकी आऊ मुक्कान बोकेर आऊ २

हजार अप्ठ्यारा आउन सक्छन् तिम्रो लक्ष्य र बाटोमा
(सुवासिलो सुगन्ध छर्न) २
(फल्नू फुल्नू यही माटोमा) २ ।
ááá
पुस, २०७४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः बबिता पाख्रीन
एरेन्ज ः बीबी अनुरागी
एल्बम ः चमचम गर्ने खुकुरी
कहाँ झुकेको छ (सन्दर्भ सहिद सप्ताह)

कहाँ झुकेको छ र
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिँचिएको हाम्रो इतिहास २

कोही छुटे बाटैमा हिम्मत हारेर
कोही बिके दुश्मनको गोटी बनेर २
कोही छौँ जनक्रान्तिको झन्डा नछाडेर
समाजवाद ल्याइछाड्ने हिम्मत नहारेर
कहाँ छिपेको छ र
वीरताले कुँदिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ हारेको छ र
गौरवताले रङ्गिएको क्रान्तिको हाम्रो इतिहास

बर्बरताको पर्खाल ढाल्न अठोट लिनेहरू
दासताको जञ्जीर तोड्ने राता मान्छेहरू २
सगरमाथा शिखर नाघ्न उर्लिएकाहरू
एकीकृत जनक्रान्तिमा निस्किएकाहरू २

कहाँ झुकेको छ र
बलिदानले भरिएको क्रान्तिको हाम्रो इतिहास
कहाँ लुकेको छ र
सहिदको रगतले सिँचिएको (हाम्रो इतिहास
हाम्रो इतिहास) ४ ।
ááá
फागुन, २०७४
रचना÷सङ्गीत ः चिरन पुन , स्वर ः चिरन पुन, बबिता पाख्रीन
एरेन्ज ः आशीष अविरल, एल्बम ः चमचम गर्ने खुकुरी

नरुनू आमा

नरुनू आमा, नरुनू बाबा २
लड्न जाँदै छु, म त लड्न जाँदै छु
जित्न जाँदै छु, म त जित्न जाँदै छु
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदै छु
हजार चोट सहनुभन्दा जित्न जाँदै छु
नरुनू आमा, नरुनू बाबा

कानुन छ भन्छन्– दिनै चेली बलात्कार, (खै रोक्न आज सकेको) २
सरकार छ भन्छन्– लाखौँ युवा विदेसिए, (खै छेक्न आज सकेको) २
यो कस्तो कानुन हो यो कस्तो कानुन हो
यो कस्तो सरकार हो यो कस्तो सरकार हो
नरुनू आमा, नरुनू बाबा

चिचिला बाबुनानी भोकले रुँदा (झर्को नमानी सम्झाइदिनू) २
दुष्टले आई घर घेरा हाल्दा (एक थोपा आँसु नबगाइदिनू) २
यो दलाल सत्ता हो यो दलाल सत्ता हो
यो भ्रष्ट सरकार हो यो भ्रष्ट सरकार हो

नरुनू आमा, नरुनू बाबा २
लड्न जाँदै छु, म त लड्न जाँदै छु
जित्न जाँदै छु, म त जित्न जाँदै छु
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदै छु
हजार चोट सहनुभन्दा (जित्न जाँदै छु) ४ ।
ááá
साउन, २०७५
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सुनिता थिङ
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी

आऊ समाऊँ

आऊ समाऊँ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू २
हामीले हातहरू

पिल्सिएका मानव जातिको मुक्तिका लागि सबै आऊ
हेपिएका श्रमिकहरूको स्वतन्त्रताका लागि आऊ २
नसा नसामा देशभक्तिको रगत उमाल्नेहरू
शिरा शिरा राष्ट्रभक्तिको प्रेम उराल्नेहरू
आऊ जुटाऊँ क्रान्तिका लागि हामीले साथहरू
हामीले हातहरू

बाँधिएका रक्तपिपासुको बन्धन चुँडाल्न तिमी आऊ
मुर्झिएका विश्वक्रान्तिको ज्वारभाटा उराल्नलाई आऊ २
थोपा थोपामा जनक्रान्तिको बीज उमार्नेहरू
मुटु मुटुमा क्रान्तिज्वाला निभ्न नदिनेहरू
आऊ रमाऊ क्रान्तिका लागि हामीले मनहरू
हामीले हातहरू

आऊ समाऊ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू
हामीले हातहरू ।
ááá
माघ, २०७४
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन
एरेन्ज ः आशीष अविरल
एल्बम ः चमचम गर्ने खुकुरी

जहाँ दमन हुन्छ

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार २
अब हामी सहन्नौँ तेरो अत्याचार २
भन्दै छौँ हाम्रै हो, लिपु हाम्रै हो २
कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो
भन्दै छौँ हाम्रै हो, महाकाली हाम्रै हो २
गण्डक हाम्रै हो, त्यो कर्णाली हाम्रै हो २

कति गाड्छौ सिमानामा विषालु त्यो खुनी पञ्जा
कति लाउँछौ पानीमाथि विस्तारवादी गिद्धेआँखा २
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर लाख बन्छौँ सम्झिराख
भन्दै छौँ छोड अब, सीमा मिच्न छोड २
हाम्रो भूमि छोड्, अब तेरो हैकम छोड्
भन्दै छौँ छोड् अब, लुटपाट छोड् २
(हस्तक्षेप छोड्, अब हाम्लाई हेप्न छोड) २

उतै मात्र छैनन् दुश्मन यतै दलाल डुलिरा’छन्
सिक्किमजस्तै बनाउन जाल बुन्दै घुमिरा’छन् २
देश बेच्ने राष्ट्रघाती उतैतिर बास सरे हुन्छ
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दै छौँ छोड् अब, देश बेच्न छोड् २
जनता ठग्न छोड्, अब दलाल बन्न छोड्
भन्दै छौँ छोड् अब, राष्ट्रघात छोड् २
जनघात छोड् अब कालो सत्ता छोड् २
ááá
माघ, २०७३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत
एरेन्ज ः सौगात सायर , एल्बम ः चमचम गर्ने खुकुरी
 

गीतहरु ३

 


- रातो सलाम
- तिहार आयो रे
- भैलीमा भाइ
- देशै डुब्यो  (कमेडी)
- किसान मार्च
- मुक्तियुद्ध
- जनताले रोजेको
- घुमीमा घुमी (तीजी–भाकामा)
- कानुन मिची (तीजी–भाकामा)
- गोली चलाई
- अघि बढ्दै
- विदेशमा गई पहरा फोर्ने



रातो सलाम (सहिदप्रति समर्पण)

रातो सलाम हाम्रो छोडेर जाने वीर सहिदलाई
रातो सलाम हाम्रो मुक्तिका खातिर लड्ने वीरलाई

संसारै थर्काउँथ्यो त्यो चर्को बोलीले
झुकेन तिम्रो शिर दुश्मनको गोलीले
सुनसान पारेर त्यो गाउँ सारा
छोडेर गयौ तिमी यो धर्ती सारा
रातो सलाम ...

उत्पीडनको आक्रोशले तातो रगत उम्लिरहोस्
क्रान्तिकारी वर्गयुद्ध विश्वभरि चम्किरहोस्
उर्लेर आउनेछ क्रान्तिकारी भेल
सखापै हुनेछ सामन्तीको खेल
रातो सलाम ...

विद्रोहको ज्वाला बनी बैरी सखाप पारिदिन्छौँ
महानता गौरव यात्रा सधैँभरि कायम राख्छौँ
कम्मरै कसेर उठ्नेछ सार
लडेरै मर्छौं बरु सब सर्वहारा

रातो सलाम हाम्रो छोडेर जाने वीर सहिदलाई
रातो सलाम हाम्रो मुक्तिका खातिर लड्ने वीरलाई ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो रे (सोरठी भाकामा)

तिहार आयो रे आहै तिहार आयो रे
आहै घुमिफिरी बर्षै दिनको तिहार आयो रे

बेचिखाए लौ उनले बेचिखाए
आहै यो देशको नदी नाला बेचिखाए

लुटिखाए लौ उनले लुटिखाए
आहै हाम्रो देशको स्रोत साधन लुटिखाए

ढाँटिखाए लौ उनले ढाँटिखाए
आहै जनताको अधिकारलाई ढाँटिखाए

ठगिखाए लौ उनले ठगिखाए
आहै जनताको खुन पसिना ठगिखाए

तिहार आयो रे आहै तिहार आयो रे
आहै घुमिफिरी वर्षै दिनको तिहार आयो रे ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

भैलीमा भाइ (सोरठी भाकामा आशीष गीत)

भैलीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना हाम्रो शुभकामना

कोहीमा सन्तान देशको सेवा गरून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जनसेवक बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जननेता बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान अन्यायविरुद्ध लडून्
हाम्रो शुभकामना

कोहीमा सन्तान इन्जिनियर बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान डाक्टर पाइलट बनून्
हाम्रो शुभकामना

कोहीमा सन्तान जनसेना बनून्
हाम्रो शुभकामना

भैलीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना

देउसीमा भाइले दिएको आसिक
हाम्रो शुभकामना
हाम्रो शुभकामना ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

देशै डुब्यो  (कमेडी)

देशै डुब्यो चुर्लुम्मै
गिरिजा गए लुरुङ्ङै
भट्टराई बाबु रोएको कल्ले सुन्ने हो
जालमाथि अर्को जाल कल्ले बुन्ने हो

छयालीस सालको हत्यारालाई फेटा सिलाई लाउने
एउटै थालमा माम पस्की तीनभाइले खाने
दाउ थियो शेरबहादुरको गिरिजाले भ्यायो
मुसा उम्की दुलोभित्र बिरालो भो म्याओ
देशै डुब्यो ...

चिच्चाउने शेरबहादुरको मुखमा बुझो लाग्यो
भट्टराईको सपना त अधुरो नै रह्यो
ठूलो पार्टी भनेर चिच्याउने हो
कुर्सीको तानातान कल्लाई पो दिने हो
देशै डुब्यो ...

विरोधीलाई दबाउन गोली ठोक्नुपर्छ
नाइँ नाइँ हुन्न त्यसरी त वार्ता गर्नुपर्छ
नेपाललाई सिङ्गापुर बनाउनेछु मैले
फेरि पनि मन्त्री बन्छु रोक्नेछैन कोइले
कसले कसलाई पछार्नु छ अब कम्मर कस
तिम्रो अब मौका छैन नरोईकन बस
नरोईकन बस ... ।
ááá
२०५५
रचना÷सङ्गीत ः चिरन पुन

किसान मार्च

लम्कियो हाम्रो किसान अभियान
चम्कियो हाम्रो किसान अभियान
गाउँ घरलाई ब्युँझाउँदै विरोधीलाई थर्काउँदै
क्रान्तिकारी झन्डा बोकेर
राता राता झन्डा बोकेर

महँगीले चुली नाघिसक्यो
भ्रष्टाचारले सीमा काटिसक्यो
नदीनाला बिक्री गरिसक्यो
विदेशीले भूमि लुटिसक्यो
सबैले बुझ्ने बेला भो
लम्कियो हाम्रो ...

सर्वहारा शोषित सुकुमबासीहरू
शोषित पीडित किसान मजदुरहरू
जनतालाई लुट्ने को हो चिनौँ
कालो कानुन सबै मिली फालौँ
सबैले सोच्ने बेला भो
एकढिक्का हुने बेला भो

लम्कियो हाम्रो किसान अभियान
चम्कियो हाम्रो किसान अभियान
गाउँ घरलाई ब्युँझाउँदै विरोधीलाई थर्काउँदै
क्रान्तिकारी झन्डा बोकेर
राता राता झन्डा बोकेर ।
ááá
२०५६
रचना÷सङ्गीत ः चिरन पुन

मुक्तियुद्ध

मुक्तियुद्ध लड्नलाई उठ
गरिब सारा सुतेका जनता
हाम्रो दिन आउँदैन त्यसै
दुष्टसँग नलडे अब त

अन्धकार छायो यो धर्तीमाथि
सङ्गीनले रोप्यो त्यो छातीमाथि
उठ उठ दाजुभाइ बन्दुक भिरेर
यो व्यवस्था ढाल्नु छ सबै मिलेर
मुक्तियुद्ध ...

खून हाम्रो पियो शासकले आज
ज्यान हाम्रो लियो शोषकले आज
मजदुर किसान सबैले क्रान्ति गीत गाऊँ
गाउँको शोषक भगाउँदै सहरतिर जाऊँ
मुक्तियुद्ध ...

एउटालाई ढाले सयौँ वीर हुन्छौँ
क्रान्तिको ज्वाला झन् बढी फुक्छौँ
यो देशमा लालकिरण पक्कै छाउनेछ
गरिबको सुदिन पक्कै आउनेछ

मुक्तियुद्ध लड्नलाई उठ
गरिब सारा सुतेका जनता
हाम्रो दिन आउँदैन त्यसै
दुष्टसँग नलडे अब त ।
ááá
२०५६
रचना÷सङ्गीत ः चिरन पुन

जनताले रोजेको (तीजी–भाकामा)

गाउँ घर उठेर जनता सबै जुटेर
हटेर होइन बन्दुकसँग डटेर
बरिलै जनताले रोजेको गणतन्त्र

एक्काईस जनाले बलिदान दिएर
हजारौँ घाइते आन्दोलनमा बनेर
बरीलै हामीले खोजेको गणतन्त्र

राजतन्त्र होइन गणतन्त्र चाहिन्छ
झुक्काए जनतालाई फेरि पनि लडिन्छ
बरिलै जनताले चाहेको गणतन्त्र

राजाको शासन अब हाम्लाई चाहिन्न
त्यो शासन रहेमा हाम्रो हक पाइन्न
बरिलै हामीले खोजेको गणतन्त्र

राजतन्त्रविहीन गणतन्त्र ल्याइन्छ
अति भो हामीलाई जनअधिकार चाहिन्छ
बरिलै जनताले रोजेको गणतन्त्र

संविधानसभाको चुनावको बाटो भई
ल्याइछाड्छौँ अधिकार पुरानो जलाई
बरिलै हामीले खोजेको गणतन्त्र

समान प्रतिनिधित्व खोज्दै छन् सबैले
समतामूलक गणतन्त्र रोज्दै छन् सबैले
बरिलै जनताले रोजेको गणतन्त्र

राज्यको पुनर्संरचना गरेरै छाड्नु छ
पुरानो सत्ताको जञ्जिर सबै तोड्नु छ
बरिलै हामीले खोजेको गणतन्त्र

समावेशी राज्य यहाँ अब ल्याइन्छ
सबैको अधिकार सुनिश्चितता चाहिन्छ
बरिलै जनताले रोजेको गणतन्त्र

समानताको संरचना चाहना छ सबैलाई
सचेत बनौँ जन हो फेरि धोका देलान् हामीलाई
बरिलै हामीले खोजेको गणतन्त्र ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

घुमीमा घुमी (तीजी–भाकामा)

घुमीमा घुमी तीज आयो फेरि हाम्रो शुभकामना
सबै मिली उत्पीडनको गरौँ सामना

हामी सबै मिल्यौँ भने समानता ल्याइछोड्छौँ
नारी बेच्ने कालो कानुन अब चुँडाल्छौँ

जबसम्म अधिकार खोसेर ल्याइन्न
चुप लागेर बस्यो भने त्यसै पाइन्न

महिला भेद्भाव सहेर कति बस्ने हामीले
थिचोमिचो कालो कानुन तोडौँ सबैले

हामीलाई शोषण गरी खान कहाँ पाइन्छ
सम्पत्तिमा समान हक अब चाहिन्छ

कानुन मात्र होइन हाम्लाई व्यवहारमा लागू गर
समानता जनतालाई अब देखाई छोड ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

कानुन मिची (तीजी–भाकामा)

कानुन मिची राजा अघि सरेर
शासन गर्ने भन्दै थे गरिब दुःखी जनता मारेर

मुकुकभरि सङ्कटकाल लगाई
बोल्न लेख्न नदिने दरबारिया फूर्ति देखाई

दुःखी जनतालाई रुवाबासी पारेर
कालो शासन चलाए मुक्तिकामी जनता मारेर

सबै जनताको भावनालाई मिचेर
हिन्दु राजा भन्दै थे आस्थामाथि धावा बोलेर

राज्य ढुकुटी आफैँले लुटेर
भाषण गर्दै हिँड्दै छन् जनताको नेता बनेर

कम्ब्याट लगाई हेलिकप्टर चढेर
आदेश गर्दै डुल्दै छन् छाउनीमा सिपाही बनेर

खुनी दरबारमा जनघाती जुटाई
कालो विधेयक ल्याउँदै छन् षड्यन्त्रकारी मनै फुकाई

सैनिक बलमा शासन गर्छु भनेर
हारगुहार गर्दै छन् जनताको सेवक बनेर

कहिलेसम्म साढे भै हिँड्ने छौ हेरौँला
मक्किएको यो व्यवस्था के गरी टिकाऊँला

कहाँ जनताले राजतन्त्र खोजेको
तिम्रो हैकम फालेर गणतन्त्र रोजेको ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन
प्रकाशित ः गीति पुस्तक

गोली चलाई

गोली चलाई नेपाली छोराको छाती फोरियो
निर्दोषीलाई दुश्मनले समाती जेलमा थुनियाँे

भारी बोक्ने भरियालाई हलो जोत्ने किसानलाई
स्कुल जाने विद्यार्थीलाई बाटो हिँड्ने बटुवालाई
लछार्दै पछार्दै सङ्गीनको बिच पारेर
लखेट्दै लखेट्दै जङ्गलमा घेरा हालेर
गोली चलाई नेपाली बस्तीमा आगो लगायो

निर्दोषीलाई हातखुट्टा भाँचेर अनि मारियो
पढ्न लेख्न नजान्नेलाई कारखानाका मजदुरलाई
असी बर्से वृद्धलाई पाँच बर्से बालकलाई
गाउँ गाउँमा पुगेर गरिबलाई मुद्दा लगायो
घर घरमा पुगेर निमुखालाई सङ्गीन सोझायो
गोली चलाई नेपाली चेलीको इज्जत लुटियो

निर्दोषीलाई आगोमा पोलेर अनि मारियो
यो दलाल सत्तालाई पल्टाउन गोली थापी मर्छौं बरु
थोपा रगत छउन्जेलसम्म दुश्मनसँग लड्छौँ बरु
वर्गीय युद्ध हाम्रो यो देशमा फेरि उठाउँदै
सुनौलो मुक्तिमार्ग सगरमाथा चुली कटाउँदै

गोली चलाई नेपाली छोराको छाती फोरियो
निर्दोषीलाई दुष्टले समाती जेलमा थुनियाँे ।
ááá
२०५७
रचना÷सङ्गीत ः चिरन पुन

अघि बढ्दै

अघि बढ्दै छौँ, अघि बढ्दै छौँ २
लेफ्टराइटको तालमा अघि बढ्दै छौँ
क्रान्तिको लागि अघि बढ्दै छौँ २
लेफ्टराइटको तालमा अघि बढ्दै छौँ
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ ।

समाजवाद पक्कै ल्याउने वर्गसङ्घर्ष हो हाम्रो २
माक्र्सवाद लेनिनवाद माओवाद छ राम्रो २
समाजवाद ल्याउनैपर्ने महान् उद्देश्य हो हाम्रो
कहिल्यै झुकेका छैनौँ इतिहास भुलेका छैनौँ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ

वर्गीय आन्दोलन यो सुनौलो लक्ष्य हो हाम्रो २
यो राज्यसत्ता फाल्न बरु बलिदान दिन्छौँ हाम्रो २
सर्वहारा जुट्नैप¥यो सुनिश्चित जित छ हाम्रो
विचार न हाम्रो गल्छ, आस्था न हाम्रो ढल्छ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ

श्रमजीवीको दिन ल्याउने ठूलो अभियान हो हाम्रो २
साम्राज्यवाद अन्त्य गर्ने अब लामबन्दी हो हाम्रो २
मुक्तिमार्ग हिँड्नैप¥यो सुन्दर अतीत छ हाम्रो
बरु जीवन यो फाल्छौँ सारा संसारै जित्छौँ २
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ २
लेफ्ट राइटको तालमा अघि बढ्दै छौँ
क्रान्तिको लागि अघि बढ्दै छौँ २
लेफ्ट राइटको तालमा अघि बढ्दै छौँ
अघि बढ्दै छौँ, अघि बढ्दै छौँ ६ ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन, 
स्वर÷एरेन्ज ः सौगात सायर, 
एल्बम ः लालदस्ता

विदेशमा गई पहरा फोर्ने

विदेशमा गई पहरा फोर्ने मजदुरको कथा हो यो
सुरुङमा पसी कोइला खन्ने ज्यामीको व्यथा हो २

धुँवाको मुस्लो कारखानाभित्र हप्काउँदै खेद्छ नेपालीलाई
विदेशी गल्लीमा चौकीदार गर्ने प्रशस्तै भेट्यौँ स्वदेशी भाइ २
घरबाट हिँडेको भन्छन् बीस वर्ष पुगी गो
हाल खबर बताइदेऊ भन्छन् हामीलाई स्वदेशको २

सिमाना काटी विदेश पसी सहर गल्ली डुलेको भेट्यौँ
रक्ताम्मै पारी शरीर सारा सयौँ दाजु भाइ अपाङ्ग देख्यौँ २
छाडेर नजाऊ अब जन्मेको प्यारो घर

के पायौ तिमीले त्यहाँ गरेर चौकीदार २
विदेशको सेवा गरेर अब पुग्दैन हामीलाई
क्रान्तिको विगुल फुकेर बरु ब्युँझाऊँ सबैलाई २।२ ।
ááá
२०५७
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः सौगात सायर
एरेन्ज ः कमल सौराग
एल्बम ः मुक्ति आन्दोलन

Monday, September 4, 2023

गीतहरु २


- बस्नु भने छाप्रो छैन
- चट्याङजस्तै गोली
- बिदाइ आज  (बिदाइ गीत)
- महिना बित्यो
- रिमझिम पानी
- सुकुमबासी
- उठ्नुपरेछ
- पश्चिमबाट  (राष्ट्रियता)
- आँट बोकेर
- कस्ता छन् है (कमेडी)



बस्नु भने छाप्रो छैन

बस्नु भने छाप्रो छैन, महल यहाँ बनाउनेलाई
राम्रो लाउनु कहिल्यै छैन, मेसिनहरू चलाउनेलाई
पेटभरि खानु छैन, अन्न यहाँ फलाउनेलाई ।

मजदुर हाम्रो पाखुरामा कारखानाको इन्जिन चल्छ
किसान हाम्रो पसिनामा फाँटैभरि अन्न फल्छ
कुल्ली हाम्रो रगतमाथि, ठुला ठुला महल बन्छ
मजदुर हाम्रो पौरखमा सडकभरि मोटर गुड्छ
बस्नु भने ...

बसिखाने मानिसहरू करोडौँको मालिक भए
नेपालीको अस्मितालाई रातो रात बेचिखाए
जसले रगत बगाउँदै छ, उनैमाथि शोषण गरे
जसले संसार सिँगार्दै छ, उनैमाथि दमन गरे ।
बस्नु भने ...

हामीबिना संसारमा न त कोही बाँच्न सक्छ
हामीबिना यो धर्तीमा न त राज्य टिक्न सक्छ
किसान मजदुर सबै मिली जुर्मुराउनुपर्छ अब
एक ढिक्का बन्याँैँ भने लुट्ने राज्य फाल्छौँ तब

बस्नु भने छाप्रो छैन, महल यहाँ बनाउनेलाई
राम्रो लाउनु कहिल्यै छैन, मेसिनहरू चलाउनेलाई
पेटभरि खानु छैन, अन्न यहाँ फलाउनेलाई ।
ááá
२०५२
रचना÷सङ्गीत ः चिरन पुन

चट्याङजस्तै गोली

चट्याङजस्तै गोली चल्यो,
तुवाँलोले देशै छोप्यो
गरिब हामी जनतालाई
पुलिसले गोली ठोक्यो
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

सरकारका लठैतहरू गाउँ गाउँमा पस्न थाले
बिना–कसुर जेलमा लगी भोकै प्यासै थुन्न थाले
सबै बस्तीको आँसु झारेर
जहानबालालाई बिच पारेर
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

पारि गाउँकी बैनीलाई झुक्काई लग्यो मुम्बईमा
सानो भाइलाई ढालिहाल्यो स्कुलको मैदानमा
हाम्रो गाउँमा पुलिस पसेर
बाँधी पल्टायो सिक्री बेरेर
लाठी बर्सायो, गाउँमा सङ्गीन तेस्र्यायो

अन्धकारमा पिल्सिएका सबै जनता जुट्नैप¥यो
हाम्लाई दुःख दिनेमाथि जाईलाग्नै पर्ने भयो
खूनको बदला खुनै लिनु छ,
गोलीको बदला गोली दिनु छ
राँको सल्किन्छ, अब युद्ध चर्किन्छ ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः रक्तिम परिवार, भाग १०
स्वर ः तुलबहादुर सलामी, विष्णु पुन, लक्ष्मी गुरुङ, दलबहादुर विक
एरेन्ज ः शिलाबहादुर मोक्तान

बिदाइ आज  (बिदाइ गीत)

बिदाइ आज हुन्छौँ हामी स्वीकार दिनुहुनेछ,
वर्गीय मायाले सधैँ हाम्लाई डो¥याउनेछ
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

जसको सरकार आए पनि हाम्लाई केही भएन
सामन्तीले राज ग¥यो, हाम्रो दुःख गएन
बुझौँ है दिदी बैनी बुझौँ आमा बाबुले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

गरिबको खुनमाथि शोषक पौडिरहेछन्
पुलिसको गोलीबाट जनता मरिरहेछन्
बुझौँ है मजदुरले बुझौँ हामी सबैले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला

हामी सबै मिल्यौँ भने विशाल शक्ति बन्नेछौँ
फटाहाको छातीमाथि, हामी चढ्न सक्नेछौँ
बुझौँ है नारी बुझौँ मुक्तिकामीले
हुन्छ त दाजुभाइ फेरि भेटौँला
हुन्छ त दिदी बहिनी फेरि भेटौँला ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

महिना बित्यो

महिना बित्यो, बर्षौं बित्यो कसै भएन
महिलालाई समानता हुँदै भएन

हिमालबाट नदी बग्छ, भई नागबेली
दाउरा घाँसमा सीमित हुन्छन् नेपालका चेली
बुझिदिनुस् है नारीको आह्वान सुनिदिनुस् है ।

दुःखपूर्ण वेदनाले हाम्रो मन रुन्छ
अत्याचारको भुँमरीमा नारी बढी हुन्छन्
सम्झी बुझ्दै छन् अधिकार लिनलाई एकजुट हुँदै छन्

नेपालका दिदी बहिनी अब हामीले बुझौँ
हामी पनि साहस बोकी न्याय निम्ति लडौँ
एकजुट भएर छोड्नेछौँ समानता देशमा लिएर

महिना बित्यो, बर्षौं बित्यो कसै भएन
महिलालाई समानता हुँदै भएन ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन


रिमझिम पानी

रिमझिम पानी परेकै बेलामा
आमा रुँदै साहुको मेलामा
भीरको टाकुरामा गरिबको बेहाल भो स्याउले बुकुरामा

बुबालाई दुश्मनले गोली हानी मा¥यो
ठूलो दाइलाई फटाहाले जेलभित्र पा¥यो
सानी बैनी मरिहालिन् खान नपाएर
घरमा आई साहु ठालुले जान्छन् हप्काएर
रिमझिम पानी ...

सुर्केबारी स्याउले झुप्रा दुष्ट मिली लुटे
गरिब हाम्रो खुन पसिना सामन्तीले चुसे
आउँछ पालो हाम्रो पनि घुमिफिरी कुनै दिन
छितिजमुनि किरण छर्दै ल्याउनेछौँ नि दिव्य दिन

रिमझिम पानी परेकै बेलामा
आमा रुँदै साहुको मेलामा
भीरको टाकुरामा गरिबको बेहाल भो स्याउले बुकुरामा ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

सुकुमबासी

सुकुमबासीको कथालाई
निर्धा दुःखीको व्यथालाई
गाउँमा सुनाउँदै आयौँ हामी नाच्दै गाउँदै

चुक्लीको भरैमा जालीको घरैमा
झुप्रालाई जलायो महल ठडायो
गरिबको पसिना ठालुले चुस्दै छ
शोषित जनताको घरबास उठ्दै छ
सुकुमबासी ...

दुष्टको जालोले जनतालाई तर्साउँछ
सत्ताको भरैमा आतङ्क मच्चाउँछ
उठौँ है दाजुभाइ दलाल मास्नलाई
बन्द यो पिंजडा मिलेर तोड्नलाई

सुकुमबासीको कथालाई
निर्धा दुःखीको व्यथालाई
गाउँमा सुनाउँदै आयौँ हामी नाच्दै गाउँदै ।
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

उठ्नुपरेछ

उठ्नुपरेछ हामी जुट्नुपरेछ
शोषित जनताहरू जुट्नुपरेछ

गाउँ घरमा चिप्ला मिठा कुरा लिई आउँछन्
हुने कुरा गर्नु छैन फूर्ति मात्र लाउँछन्
बेचिखाए माक्र्सवाद र लेनिनवादका नीति
शोषकसँगै मिलिमतो देखियो उनको गति

सही नीति छोडिसके भाषण गर्ने जाली
सङ्घर्षका बाटो छोडे कुर्सीको परे भोगी
हँसिया र हथौडाको झन्डा रुचाउने
व्यवहार हामी हे¥यो भने कति नसुहाउने

नेताहरू ठुला ठुला धाक मात्र लाउँछन्
सझौता र सन्धि भन्दै विदेशतिर धाउँछन्
उठौँ अब न्यायप्रेमी सबलाई बुझाउनु छ
क्रान्तिकारी रातो झन्डा माथि उठाउनु छ ।

उठ्नुपरेछ हामी जुट्नुपरेछ
शोषित जनताहरू जुट्नुपरेछ
ááá
२०५३
रचना÷सङ्गीत ः चिरन पुन

पश्चिमबाट  (राष्ट्रियता)

पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ,
लम्क नौजवान
खुकुरी र बन्दुक बोकी चम्क नौजवान

हैकमवादी नीतिले देशै डसिसक्यो
हाम्रो कालापानीमा सेना आइबस्यो
भारतीय विस्तारवाद हाम्रो सीमा छोड्
कालापानी छोड् अब हाम्रो भूमि छोड्

खबरदार दुश्मनहरू जनता जुट्दै छन्
ठाउँ ठाउँमा आन्दोलनको आँधी उठाउँदै छन्
पूर्व पश्चिम सङ्घर्षको ज्वाला दन्कँदै छ
विस्तारवादी झन्डा त्यो अब च्यातिनेछ ।

पश्चिमबाट हाम्रो सीमा वर सर्दै छ
पूर्वबाट नेपालीको बस्ती उठ्दै छ,
लम्क नौजवान
खुकुरी र बन्दुक बोकी चम्क नौजवान
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः दलबहादुर विक, विष्णु पुन, लक्ष्मी गुरुङ, तुलबहादुर सलामी
एल्बम ः रक्तिम परिवार, भाग ११
एरेन्ज ः शिलाबहादुर मोक्तान

आँट बोकेर

आँट बोकेर अघि बढ
बाटो त्यसै खुल्नेछ
दीप बालेर लड्दै जाऊ
जनताले साथ दिनेछन्
एकजुट सबै हुनेछन्

झुप्रामा तिमी पुग्ने गर
क्रान्तिको सन्देश छर्ने गर
पिल्सिएका बस्तीलाई बिहानीजस्तै हँसाउने पार
हिम्मत बोकेर आऊ सबै
कहिल्यै नझुक्ने सिपाही भै
आँट बोकेर ...

गरिब जनता मिल्यौँ भने
सामन्ती सत्ता ढल्नेछ
आँधी बनेर बढ्यौँ भने दिन खुलेर आउनेछ
बन्दुक भिरेर मैदानमा लड
फाल्नु नै पर्छ दुष्टको राज

आँट बोकेर अघि बढ
बाटो त्यसै खुल्नेछ
दीप बालेर लड्दै जाऊ
जनताले साथ दिनेछन्
एकजुट सबै हुनेछन् ।
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन

कस्ता छन् है (कमेडी)

कस्ता छन् है देशका नेता हाँसो मात्र उठ्छ,
उनको व्यवहार हेर्दाखेरि मलाई दिक्क लाग्छ
छि छि रिस मात्र उठ्छ

यति सानो हाम्रो देशमा कति धेरै मन्त्री
विकास गर्ने होइनन् सबै राजदरबारका सन्त्री
गरिब देशका धनी नेता पजेरोमा चढ्छन्
राजस्वलाई स्वाहा पारी मोजमस्ती गर्छन्

गण्डकी, कोशी, टनकपुर बेची देशको विकास गरे
दरबारलाई खुसी पारी सबले भुँडी भरे
त्यतिले पनि नपुगेर महाकाली पनि बेचे
सोझा साझा जनतालाई कस्तो जाल रचे

बाँदरको बथान आई हाम्रो देशलाई घे¥यो
देश विकासको नाम पारी आफ्नो भुँडी भ¥यो
सिक्किमजस्तै नेपाललाई क्वाप्पै खाने हो कि
आस्त आस्त नेपालीलाई उतै लाने हो कि
हा हा हा पीर प¥यो मलाई
सोधौँ अब कल्लाई ।

कस्ता छन् है देशका नेता हाँसो मात्र उठ्छ,
उनको व्यवहार हेर्दाखेरि मलाई दिक्क लाग्छ
छि छि रिस मात्र उठ्छ
ááá
२०५४
रचना÷सङ्गीत ः चिरन पुन
 

गीतहरु १





- थाप्लोमा थोत्रे टोपी
- भैलो खेल्न आएछौँ हामी
- यही हो हाम्रो जिन्दगी
- पीपलुको फेदीमा  (गाउँको सन्दर्भमा)
- के सुनाऊँ साथी
- तिहार आयो गाउँघर (तिहारको सन्दर्भमा)
- मादीको तिरैमा
- कालो बादल



थाप्लोमा थोत्रे टोपी

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा

दिन रात दुःख गर्दा न खान पुग्यो
साहुको हली बनी न ऋण तिरियो
त्यो सुर्केबारी थियो साहुले खाइदियो
चुहिने झाप्रो थियो पहिरोले लैदियो

लालबाला खान नपाई रुँदै छन् धरधरी
आँखामा आँसु बग्यो बर्सात्को भेलसरि
न बस्ने गाउँ अब नटेक्ने ठाउँ पायौँ
जीवनभरि हाम्रो सन्तान साहु ठालुको दासी बन्याँे

यो व्यवस्था रहेसम्म हाम्लाई लुट्न छोड्नेछैन
कालो कानुन रहेसम्म हाम्रो दिन आउनेछैन
अधिकार मागी होइन, खोसी लिनुपर्छ अब
शिरमा कफन बाँधी उठ ठोकी लिनुपर्छ अब ।

थाप्लोमा थोत्रे टोपी काँधमा हलो बोकी
अघि पछि गोरु खेदी जानुपर्ने साहुको मेलामा ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

भैलो खेल्न आएछौँ हामी

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले

तिहारको बेला आयो
देशभरि खुसी छायो
रङ्गी बिरङ्गी फूलले
बगँैचा सारा सजायो
भैलो ...

गाउँ सहर झलमल भयो
घर घरमा दीप बालेर
ताङ घिन्ताङ मादल बज्यो
देउसी र भैलो खेलेर

भैलो खेल्न आएछौँ हामी
दुःख हजुरले नमान्दिनू है
भैलो, भैलो, भैलो भनिदेऊ साथी खुसी खुसीले
भैलो, भैलो, भैलो भनिदेऊ सँगी जोशै जोशले ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

यही हो हाम्रो जिन्दगी

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी

देश भयो कङ्गाल यो देशका जनता भैसके गास न बास
दुष्टको जालो फिजिँदै गयो, हुने भो वनवास
विस्तारवादी नीतिमा नाच्ने यो देशका नाइकेहरू
धाकधम्की लगाई हिँड्दै छन् देशमा विदेशी दलालहरू

गरिबको खून बगाउँदै हिँड्यो सामन्ती नीतिले
झुप्रा र छाप्रा जलाउँदै हिँड्यो शोषकको नीतिले
चुपचाप लागि कति दिन बस्नू राज ग¥यो दुष्टले
सामन्ती बन्धन कसी है गयो बुझेनौँ हामीले ।

यही हो हाम्रो जिन्दगी
दुई दिनको जीवन पनि हुने भो बन्धकी ।
ááá
२०४९
रचना÷सङ्गीत ः चिरन पुन

पीपलुको फेदीमा
(गाउँको सन्दर्भमा)

पीपलुको फेदीमा चौतारीमा बसियो
चैतको महिना घाम लाग्यो घमाइलो
जन्मोत्सव मनाउन टाढाबाट आइयो
सुखौरा गाउँमा गरौँ है रमाइलो
घमाइलो आऊ बसौँ गरौँ है रमाइलो

माथिलाई प¥यो निउरेको वन
सुखौरादेखि तल बग्यो तम्मुखोला
अहिलेको साल रमाइलो गरौँ
दुईदिने जीवन फेरि भेट होला नहोला
तम्मुखोला फेरि भेट होला कि नहोला

जति जति हे¥यो झनै राम्रो लाग्छ
ढकमक पार्दै फुलेको गुँरास
टाढाको सँगी भेट भयो आज
सम्झँदै गर्दा मन हुन्छ उराठ
गुँरास सम्झनाले मन हुन्छ उराठ

धौलागिरी छाया बाग्लुङमा पर्ने
माछापुच्छ«े छाया पोखराको फेवातालैमा
हुन्छ त दाजुभाइ बिदा पाऊँ आजलाई
नमरे बाँचे भेट होला अर्को सालैमा
तालैमा फेरि भेट अर्को नि सालैमा

पीपलुको फेदीमा ... ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

के सुनाऊँ साथी

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल

कोपिला थियो बगैँचामाथि चिचिला भनेनन्
पिस्तोलको गोली छातीमा गड्यो बा भन्न पाएनन्
जनता मार्ने हत्यारालाई कानुनले के ग¥यो
गरिबमाथि परेड खेल्दै दुशमनले राज ग¥यो
के सुनाऊँ ...

लेक र बेसी, भीर पहरामा फुलेका फूलहरू
आउनेछ एकदिन अँध्यारो चिर्दै लुकेका दिनहरू
खबरदार यहाँ जनता मार्ने दुश्मनहरू हो
मसाल बोकी जुट्दै छ बस्ती गरिबहरूको

के सुनाऊँ साथी हो हाम्रो नि देशको हाल
सामन्तीहरूले फिँजाइसके जाल ।
ááá
२०५०
रचना÷सङ्गीत ः चिरन पुन

तिहार आयो गाउँघर
(तिहारको सन्दर्भमा)

तिहार आयो गाउँघर दैलोमा
हिँड्यौँ सबै देउसी र भैलोमा
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

आयौँ हामी नाच्दै र गाउँदै
तिहारको सन्देश सुनाउँदै
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सामन्तले नौ जाल बुन्याँै
गरिबलाई घर न घाट बनायो
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फेरि आयौँ जोरमादल भिरेर
यो सत्ताको दशहन्डर सहेर
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

फूल फुल्यो घाम लाग्यो घमाइलो
सुख दुःख गरौँ है रमाइला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल

सँगै लडौँ हातमा हात समाऊँला
बाँच्यौँ भने अर्को साल भेटौँला
यस्तै भयो हाल गरिब दुःखीको यस्तै छ नि चाल ।
ááá
२०५०
रचना ÷सङ्गीत ः चिरन पुन


मादीको तिरैमा

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो

मादी नदी बग्दै छ, सुस्साहट लिएर
यो देशका जनता हामी बस्नुपर्ने रोएर
यस्तै हाम्रो कर्म हैन नेपालका जनताको
अत्याचारलाई बुझेनौँ तानाशाही फटाहाको
मादीको ...

थारु, शेर्पा, गुरुङ, मगर, दरै, तामाङ, दनुवार
जुटौँ अब सबै जाति भिर्नैप¥यो हतियार
कति दिन सहने हामी दासताको साङ्लोलाई
भेल बनी अघि बढौँ नयाँ दिन ल्याउनलाई

मादीको तिरैमा हामी जुटियो
वर्गीय मायाले बल्ल भेटियो
ááá
२०५१, चिन्तुटार, तनहुँ
रचना÷सङ्गीत ः चिरन पुन

कालो बादल

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर

माक्र्सवाद भन्दै जनता लाम लागेर अघि बढ्नेछन्
अन्धकार पन्छाउनलाई साहस बोकी अघि बढ्नेछन्
उकुस मुकुस भाको धर्ती ब्युँझेर पक्कै उठ्नेछन्
ठाउँ ठाउँमा शोषक मास्दै योद्धा सारा अघि बढ्नेछन्

चारैतिर रातो झन्डाले यो धर्ती सिँगारिनेछ
क्रान्तिको ठूलो हुरीले कोलो मैलो बढारिनेछ
सामन्तीको सत्ता ढलाई देशको मुहार फेरिनेछ
साम्यवाद निर्माण गरी हाम्रो आह्वान पूरा हुनेछ ।

यो धर्तीका कालो बादल हटाउनलाई छ
यो माटोमा बिहानीको किरण छर्नलाई
जुट्दै छन् जनता कम्मर कसेर
उठ्दै छन् जनता मुट्ठी कसेर
ááá
२०५१
रचना÷सङ्गीत ः चिरन पुन
 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।