Monday, April 7, 2014

आधार नोट ।


 ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालको आयोजनामा २४ औ जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित “राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा – माओवादीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. चिरन पुनद्धारा प्रस्तुत आधार नोट ।
 
२४ औं जन आन्दोलन दिवसको सन्दर्भमा “राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निर्माण” वियषक अन्तरक्रिया कार्यक्रम ३३     दलीय राष्ट्रिय मोर्चा, नेपाल  सिन्धुलीको आयोजनामा सम्पन्न हुन लागिरहेको छ । यस सन्दर्भमा ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालको     तर्फबाट यो संक्षीप्त आधार नोट प्रस्तत गरिएको छ ।

प्रस्तावना
 नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र साँस्कृतिक विविधता भएको मुलुक हो । त्यसअनुसार नेपाललाई सबै जातिको साझा     राज्यको रुपमा निर्माण गरिनुपर्ने हो तर, राज्य निर्माणको साढे दुई सय वर्ष पूर्वदेखि एकल जातीय मनुवादी साम्प्रदायिक प्रकृतिको     राज्य प्रणाली स्थापना गरियो । त्यसले गर्दा नेपालको आन्तरिक राष्ट्रिय एकतालाई कमजोर बनाउँदै लगियो । त्यसमाथि डेढसय     वर्षपूर्व सुगौली सन्धिदेखि इष्ट इण्डिया कम्पनीद्वारा अर्धऔपनिवेशिक अवस्था पनि थोपरियो । अतः नेपाल लामो समयदेखि     अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्रदै आइरहेको छ । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा, सबै प्रकारका उत्पीडित     जातिहरुको साझा सङ्घीय गणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितता गरी साझा तथा समृद्ध नेपालको निर्माण गर्नुपर्ने     ऐतिहासिक कार्यभार नेपाली जनताको अगाडि रहेको छ । तिनै विषयहरुलाई लिएर नेपाली जनताले १० बर्षको जनयुद्ध र     ०६२÷६३को संयुक्त जनआन्दोलनलगायत २००७ सालदेखि पटक पटक विभिन्न आन्दोलनहरु सञ्चालन गर्दै आइरहेका छन् । ती     आन्दोलनहरुबाट मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, दलीय व्यवस्थालगायतका लोकतन्त्रका केही सीमित अधिकारहरु प्राप्त     भए । परन्तु, सत्तारुढ राजनीतिक दलका शीर्ष नेताहरुको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनले गर्दा १२–बुँदे दिल्ली सम्झौता र     गणतन्त्रको स्थापनापश्चात् पनि मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाको अवस्था झन् गम्भीर सङ्कटमा परेको छ । फलतः सीमित     लोकतान्त्रिक अधिकारहरु पनि गुम्ने स्थितिमा पुगेको छ र मुलुक नवऔपनिवेशिकरणको दिशातर्फ बढ्दै गइरहेको छ ।
 
 गणतन्त्रको स्थापनाबाट मुलुकमा पूर्ण लोकतन्त्रको स्थापना हुने, नारायणहिटी दरबार र सिंहदरबारमा केन्द्रित रहेको एकात्मक तथा     मुट्ठीभर सम्भ्रान्त वर्गमा सिमित रहेको अधिकारलाई राज्यको पुनर्संरचना गर्दै सङ्घीय प्रणालीमार्फत ती अधिकारहरुलाई जनताको     घरदैलो र झुपडीमा पु¥याइने र नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउने जनसंविधान निर्माण गर्ने नेपाली जनताको     उत्कृट अभिलाषा रहेको हो । परन्तु, तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन र दलाल     प्रवृत्तिका कारणले उक्त अधिकार नेपाली जनताको हातमा आउन सकेन र बाह्य शक्तिहरुको हातमा केन्द्रित हुन पुग्यो । २०६४     सालको संविधानसभाको निर्वाचनबाट संविधानसभाको गठन त भयो, परन्तु सार्वभौम अधिकार सम्पन्न मानिएको संविधानसभालाई     अधिकारविहीन बनाएर चार वर्षसम्मको कार्यकालमा पनि संविधान निर्माण गर्न दिइएन । ‘संविधानको अन्तर्वस्तुमा सहमति हुन     सकेन’ भन्ने नाममा तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुमार्फत् संविधानसभाको सामान्य प्रक्रियामा समेत प्रवेश नगरी अन्ततः     संविधानसभालाई नै विघटन गराइयो ।
   
 बृहत शान्तिसम्झौता र अन्तरिम संविधानको जगमा निर्माण भएको संविधानसभालाई एक पक्षीय ढङ्गले गरिएको विघटनबाट सङ्घीय     संविधान निर्माण नगर्ने मात्र होइन, दलहरुबीचको पूर्व सहमतिहरुलाई तोड्ने प्रक्रियाको समेत शुरुवात भयो । सहमतिहरु तोड्ने     क्रममा साम्राज्यवाद र विस्तारवादको अगाडि आत्मसमर्पण गर्दै आइरहेका ४ दलका नेताहरुमार्फत अन्तरिम संविधान र वृहत शान्ति     सम्झौता विपरित २५ बुँदे आदेश जारी गरी न्यायपालिकाको प्रमुखको नेतृत्वमा कथित दोस्रो संविधानसभा निर्वाचनको प्रायोजन     गरियो । त्यसको परिणाम हाम्रो सामु सु स्पस्ट नै छ । यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनताको रक्षा र जन संधिवानको निर्माणको प्रश्न     अहम महत्वको हुनु स्वभाविक बनेको छ ।

के यी विषयहरुमा बेवास्था गरेर राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्छ ? 
  • राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्ने ।
  •  नेपाल–भारत सरकारबीचको सन १९५० को सन्धिलगायतका सम्पूर्ण असमान सन्धि–सम्झौताहरु खारेज गरी पञ्चशीलको सिद्धान्त र समानताको आधारमा राष्ट्रिय हितअनुरुप सन्धि–सम्झौताहरु गर्ने ।
  •   नेपाल–भारत बीचको अन्तर्राष्ट्रिय खुला सीमानाको नियन्त्रण र नियमन गर्ने ।
  •  नेपालभित्र भइरहेको बाह्य आप्रवासनलाई नियन्त्रण गर्ने । जन्मको आधारमा नागरिकता दिने नीतिलाई खारेज गरी राष्ट्रिय हितअनुकूलको नागरिकता नीति अबलम्वन गर्ने । विगतमा आप्रवासीहरुलाई परिलक्षित गरी वितरण गरिएका नागरिकता प्रमाणपत्रहरुको सन्दर्भमा उच्च स्तरीय छानबिन आयोग गठन गरी छानबिन गर्ने ।
  •  कालापानी, सुस्ता, पशुपतिनगरलगायतका ५४ स्थानभन्दा बढी सीमावर्ती क्षेत्रमा गरिएको अतिक्रमित भूमि फिर्ता गराउने ।
  •  जलस्रोत क्षेत्रमा भएका असमान सन्धि–सम्झौताहरु खारेज गर्ने । खासगरी महाकाली सन्धि, माथिल्लो कर्णाली, अरुण तेस्रो, कोशी उच्च बाँध, माथिल्लो मस्र्याङ्दी लगायतका सम्झौताहरु खारेज गर्नुपर्ने ।
  •  विप्पा सम्झौता खारेज गर्ने र विदेशी एकाधिकार तथा दलाल पुँजीलाई नियन्त्रण गरी राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्ने ।
  •   विराटनगरस्थित भारतीय क्याम्प अफिस हटाउनु पर्ने र त्यसप्रकारका गैरकानुनी विदेशी क्याम्प वा अफिसहरु नेपालमा सञ्चालन गर्न नदिने ।
  •  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १५ वटा विमान स्थलको व्यवस्थापन गर्न, अध्यागमन विभाग र प्रहरी प्रतिष्ठानलाई आधुनिकीकरणको नाममा भारतलाई दिन गरिएको सहमतिका साथै लुम्बिनी तथा पशुपतिनगरमा भारतीय अध्यागमनको कार्यालय स्थापना गर्न भारतसँग गरिएका सहमति र सम्झौताहरु खारेज गर्ने ।
  •  सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट एकपक्षीय ढङ्गले निर्माण गरिएका तटबन्धहरुका कारणले नेपाली भूमि डुबानमा पर्ने र भूक्षय हुने गरिरहेकोले त्यसप्रकारको एक पक्षीय तटबन्ध निर्माण गर्ने कार्यहरु बन्द गरिनुपर्ने । र, विगतमा एकपक्षीय ढङ्गले बनाइएका तटबन्धहरुका कारणले नेपालतर्फ पुगेको क्षतिको क्षतीपूर्ति भारतद्वारा दिइनुपर्ने ।
जन संविधान निमार्णको प्रश्न ः  
  • नयाँ संविधानमा किसान, मजदुर, सुकुम्बासी, हली, गोठाला, कमैया, कमलरी आदि सम्पूर्ण श्रमजीवि वर्गहरुको राज्यका सबै अङ्गहरुमा समुचित प्रतिनिधित्व सुनश्चित गर्ने । र ती वर्गहरुको हकहित र अधिकारको सुनिश्चित हुने संविधान निर्माण गर्ने ।
  •  निर्वाचन प्रणाली अवलम्बन गर्दा, दलहरुका साथै उत्पीडित समुदायहरुको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित हुनेगरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने ।
  •   नागरिकहरुको मौलिक हक र अधिकारहरुको संरक्षण गर्ने । वाक तथा प्रेसस्वतन्त्रताको सुनिश्चित गर्ने । नागरिकहरुको कानुनसम्मत निजी सम्पत्तिको संरक्षण गर्ने । एकले अर्कोमाथि कुनैपनि प्रकारको शोषण, दमन र उत्पीडन गर्न वर्जित गर्ने । जाति, वर्ग, लिङ्ग, भाषा र विचारको आधारमा गरिने सबैप्रकारका विभेदहरु अन्त गर्ने ।
  •   पितृसत्तात्मक सामन्ती ब्राह्मणवादी राज्यव्यवस्थाका कारणले लैङ्गिक भेदको आधारमा महिलाहरुमाथि हुँदै आइरहेको उत्पीडनको अन्त्य गर्ने । लैङ्गिक आधारमा गरिने भेदभावलाई दण्डनीय बनाउने ।
  •  मनुवादमा आधारित सामन्ती ब्राह्मणवादी राज्यव्यवस्थाका कारणले दलितहरुमाथि हुँदै आइरहेको छुवाछूतप्रथा पूर्णतः अन्त्य गर्ने । छुवाछूतलाई दण्डनीय बनाई कडा कानुनी कारवाहीको व्यवस्था गर्ने ।
  •   भूमिहीन सुकुम्बासीहरुको बसोबासको सुनिश्चितता गर्ने । बेरोजगार युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्ने । मजदुरहरुको हकहित र अधिकार सुनिश्चित गर्ने ।
  •  आदिवासी÷जनजाति अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा–पत्रलाई स्वीकार गर्दै आई.एल.ओ. अभिसन्धि १६९ को मान्यतालाई स्थापित गर्ने ।
  •  सम्पूर्ण जाति, भाषाभाषी धर्मावलम्बीहरुका संस्कृति, भेषभुषा र सामाजिक परम्पराको पहिचान, प्रबद्र्धन, संरक्षण र विकासको संवैधानिक व्यवस्था गर्ने ।
के यि विषयहरुमाथि नजरअन्दाज गरेर मुलुकको निकाश संभव छ ?  
  •   २०६९ जेठ १४ गते मध्यरातमा तत्कालीन सरकारले गरेको घोषणा, २०६९ चैत्र १ गते राष्ट्रपतिबाट जारी गरिएको २५ बुँदे वाधाअडकाउ फुकाउसम्बन्धी आदेश र त्यस आधारमा जबर्जस्त रुपमा थोपरिएको दोस्रो संविधानसभालाई अस्वीकार गर्ने ।
  •  आन्दोलनरत राजनीतिक दलहरुसहितको अधिकारसम्पन्न सर्वपक्षीय राजनीतिक गोलमेचसभा गर्ने । गोलमेचसभाको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गर्ने ।
  •  सर्वपक्षीय राजनीतिक गोलमेचसभाबाट नै नयाँ संविधान निर्माणको लागि मूलभूत अन्तरवस्तुहरुमा सहमति गर्ने । संविधान निर्माणको मार्गचित्र सहमतिले निश्चित गर्ने । नयाँ संविधानमा राष्ट्रियताको सम्बद्र्धन, गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष वा राज्यले कुनैपनि धर्मको पक्ष नलिने र जनसमुदायलाई धार्मिक स्वतन्त्रता रहने व्यवस्था गर्ने । विगतमा एकल जातीय राज्यद्वारा आदिबासी÷जनजाति र मधेशीहरुमाथि गरिदै आएको उत्पीडनको पहिचान गरी उनीहरुलाई स्वायत्तता सहितको सङ्घीय प्रणालीको व्यवस्था गर्ने । राज्यका सबै अङ्गहरुमा आदिवासी–जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, लोपोन्मुख समुदाय र पिछडिएको क्षेत्रका समुदायहरुको जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्ने ।

 
धन्यवाद,
२०७० चैत्र २४    
सिन्धुली


Wednesday, March 12, 2014

प्रेस विज्ञप्ती



सर्वप्रथम, 
यस पत्रकार भेटघाट कार्याक्रममा उपस्थित हुने सम्पूर्ण अतिथि तथा पत्रकार मित्रहरुमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी –माओवादी जिल्ला समिति सिन्धुलीको तर्फबाट हार्दिक क्रान्तिकारी अभिवादन । 
मित्रहरु, 
हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी – माओवादी, सिन्धुलीको आठौं जिल्ला सम्मेलन मिति २०७० फागुन २७ गते जिल्ला सदरमुकाम सिन्धुलीमा भव्य, ऐतिहासिक तथा शानदार ढंगबाट सम्पन्न भएको छ । आठौं जिल्ला सम्मेलनले विभिन्न समसामयीक राजनैतिक प्रस्ताव पारित गर्नुका साथै, संगठन सम्वन्धी नयाँ र ऐतिहाासिक निर्णय गर्दै, नयाँ जिल्ला समितिको समेत निर्वाचित गरेको छ । उक्त सम्मेलनले गरेका निर्णयहरु जानकारीको लागि यो पत्रकार भेटघाटको आयोजना गरिएको छ । 

१. नेपाल कम्युनिष्ट पार्टी – माओवादी सिन्धुली जिल्ला समितिका सदस्य तथा कमलामाई नगरपालिका कमिटी सेक्रेटरी क. शम्भु थापामगर तथा जिल्ला सदस्य क. एकबहादुर लोम्रेमगरको असामयीक निधन भएकामा यस सम्मेलनले उहाँहरु प्रति हार्दिक श्रन्दान्जली गर्दैै शोक सन्तप्त परिवारजनहरु प्रति समवेदना प्रस्ताव पारित गर्दछ । 

२. हाम्रो पार्टीले “कथित” संविधान सभाको निर्वाचन बहिष्कार गरेको कुरा सवैमा सर्वविधितै छ । लामो समयदेखि बैदेशिक हस्तक्षेत तथा षड्यन्त्रमुक्त नयाँ राष्ट्रिय राजनैतिक सहमतीको निर्माण, अधिकार सम्पन्न उच्च स्तरीय तथा सर्वपक्षीय राजनैतिक सभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निमार्ण र राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाको माग गर्दै आएको हो । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको निर्देशनमा उनीहरुकै दलाल बनेका राजनैतिक दलहरुको सहमतिमा हाम्रा मागहरुलाई वेवास्था गर्दै तत्कालिन कठपुतली गैर दलिय सरकारको माध्यमबाट कथित संविधानसभाको निर्वाचन सम्पन्न  गरिएको नाटक मंचन गरिएको छ । यस्तो अवस्थामा हाम्रो पार्टीले उठाएका उल्लेखित मागहरुको सान्दर्भिकता आज झन बढेर गएको महत्वलाई यो आठौं जिल्ला सम्मेलनले मनन् गर्दै, निर्माण गरिएको संविधानसभाको विघटनको प्रस्ताव यो आठौ जिल्ला सम्मेलनले पारित गर्दै, सरकारद्वारा गरिएका जनविरोधी र राष्ट्र विरोधी गतिविधीहरुको घोर भत्र्सना गर्ने प्रस्ताव पारित गर्दछ । 

३. विगत केही समयसम्म हाम्रो जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरि विद्युत आपुर्ति भैरहेको सन्दर्भमा केही दिन अघिबाट जिल्ला चर्को लोडसेडिङको समस्या झेलिरहेको छ । सरकारको यस प्रकारको कार्यको यो जिल्ला सम्मेलन घोर विरोध गर्दछ । 

४. हाम्रो जिल्लाको अध्यधिक क्षेत्र वनले ओगटेको छ । आज विभिन्न बहानामा बेरोकतोक बनको चोरी निकाशी, फडानी, तस्करी बढिरहेको छ । जसको कारणले गर्दा चुरे क्षेत्रको बिनास, नदि कटानका समस्याहरु तिर्ब ढंगले बढिरहेको छ । यस्तो अवस्थामा पनि सम्वधीत निकाय मौन बसिरहेको छ । यो आठौं जिल्ला सम्मेलन यसप्रकारको कार्यको घोर विरोध गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गर्दछ । 

५. जिल्ला, नगरपालिका, गाविसहरुमा आउने बजेट व्यापक दुरुपयोग, अनियमितता, हिनामिना, भ्रष्टाचार हुने गरेको छ । यस प्रकारको कार्यको आठौं जिल्ला सम्मेलन घोर विरोध गर्दछ । 

६. ऐतिहासिक ढंगले सम्पन्न भएको आठौं जिल्ला सम्मेलनले केन्द्रीय सदस्य क. चिरन पुनको नेतृत्वमा २७ पूर्ण र ९ वैकल्पिक सदस्य रहेको नयाँ जिल्ला समितिको सर्वसम्वत चयन गरेको छ । जसमा निम्न कामरेडहरु रहनु भएको छ । सेक्रेटरी क. चिरन पुन सदस्यहरुमा क. विनोद दहाल, क. थलप्रसाद देबकोटा “शुवर्ण”, क. डम्मरबहादुर कार्की, क. बर्तेबहादुर राई “शशी”, क. मदन बराल“नविन”, क. लिला पौडेल, क. पूर्णकुमारी देबकोटा “निमा”, क. रितबहादुर कार्की “माधव”, क. जुद्धबहादुर विक “जगत”, क. उद्धव पन्त, क. शुरेश शाह, क. सुवाश रायमाझी, क. हरी बस्नेत, क. बाबुराम पन्त “विचार”, क. विजय थिङ, क. रोमनराज गिरी “अशोक”, क. अर्जुन थापा, क. मनु अछामी, क. लोकेन्द्र कार्की, क. विमल बराल“अशिम”, क. ईन्दीरा काफ्ले, क. ईन्दीरा रायमाझी, क. जितबहादुर काल्तान“कुशल”, वैकल्पिक सदस्यहरुमा क. किरण राई, क. मुक्ती बास्तोला, क. विमल विक, क. हिरा बस्नेत, क. हरिकृष्ण घिमिरे, क. शानुमान तामाङ, क. भक्तबहादुर बस्नेत, क. गंगाई धामी हुनुहुन्छ । 

७. शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरी शुरु गरिएको आठौं जिल्ला सम्मेलनको उद्घाटन हाम्रो पार्टीका केन्द्रीय उपाध्यक्ष क. सि.पी गजुरेल “गौरब” ले  गर्नुभएको थियो । पार्टीका पोलिटव्युरो सदस्य तथा भोजपुरा ताम्सालिङ राज्य ईन्चार्ज क. हितमान शाक्य “सुमन” केन्द्रीय सदस्य तथा ताम्सालिङ राज्य ईन्चार्ज क. सुर्यप्रकाश सुवेदी “पथीक”, केन्द्रीय सदस्य तथा दक्षीण ताम्सालिड ईन्चार्ज क. अमृता थापा “सन्ध्या”, केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ईन्चार्ज क. अनिल शर्मा “विरही” ले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो । केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला ईन्चार्ज क. निरु दर्लामी“सिला”को अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा स्वागत क. थलप्रसाद देबकोटा “शुवर्ण”,  र सम्मेलनको संचालन तथा राजनैतिक प्रतिवेदन प्रस्तुत निर्वतमान सेक्रेटरी क. विनोद दहालले गर्नु भएको थियो । 

८. नवनिर्वाचित जिल्ला समितिको प्रथम र दोश्रो बैठक बसी कार्यक्षेत्रको विभाजन, संगठन परिचालन सम्वन्धी आवश्यक तथा ठोस निर्णयहरु गर्नुका साथै ऐतिहासिक आठौं जिल्ला सम्मेलन सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण तह र तप्काका जनसमुदायहरुप्रति हार्दिक धन्यवाद सहित ऐतिहासिक आठौं जिल्ला सम्मेलन भव्य एवं शानदार ढंगले सम्पन्न भयो । 

क्रान्तिकारी अभिवादन सहित, 


...............
चिरन पुन
सेक्रेटरी
२०७० फागुन २८

Friday, March 7, 2014

देश सुन्दर भएर के गर्नु,,,,,,


देश सुन्दर भएर के गर्नु,
राज्यसत्ता दलाल, नोकरशाह तथा पुजीपतिबर्गको हातमा छ,
जनता मेहनेती भएर के गर्नु,
सरकार प्रतिक्रियावादी तथा अवसरवादीहरुको साथमा छ,

पार्टी ठुला भएर के गर्नु,
ति सवै साम्राज्यवाद र विस्तारवादका दलालमा परिणत भैसकेका छन,
नेता ठुला भएर के गर्नु,
उनि सवै निजी स्वार्थ, भ्रष्टाचार र कमिसनमा चुर्लुम्म डुविसकेका छन,

खबरदार,,, राष्टघाती र जनघाति हो,
जनता प्रतिक्रियावादी र अवसरवादी पार्टीको चेतमा परिसकेका छन,
खबरदार,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,विदेशीका दलालहरुहो,
जनता फेरी ठुलो संघर्षमा होमिने सल्लाह गरिसकेका छन ।

२०७० फागुन २३

Monday, March 3, 2014

हामी कम्युनिष्टहरु,,, ।


संसारका मजदुर एक होऔ भनेकै छौ,
हसिया हथौडा झण्डा बोकेकै छौ,
बहुदलीय जनवाद र २१ औ सताव्दीको जनवादको नारा जपेकै छौ,
परि आउदा व्यात्तिगत सुविधा र भ्रष्टाचारमा सामेल भएकै छौ,
प्रतिक्रियावादीको दलाली,  गुलामी र मलामी  गरेकै छौ,
हामी कम्युनिष्टहरु,,,,,,,,,,,,,,,, ।

राष्ट्रघाती र जनघाति संन्धी संझौतामा सहि छाप ठोकेकै छौ,
साम्राज्यवादी र विस्तारवादी सामु लम्पसार परेकै छौ,
कालापानी जस्ता भुभागमा विदेशी सेनालाई बस्न दिएकै छौ,
लुटपाट, बलात्कार, चोरी डकैती, अपहरण भैरहदा पनि सहेकै छौ,
६४ हजार हेक्टर जमिन गुम्दा पनि चुप लागेर बसेकै छौ,
महाकाली, कर्णली, कौशी, गण्डकी, नारायणी जस्ता नदीहरुको भेटी चडाएकै छौ,
हामी कम्युनिष्टहरु,,,,,,,,,,,,,,,,,,,,,, ।

२०७० फागुन २०












Tuesday, August 13, 2013

लेनिनवादी संगठनात्मक सिद्धान्त
चिरन पुन

“क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन । सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाइृ पुरा गर्न सक्छ ”
“चुनिएको रचनाहरु, अंग्रजी संस्करण, मास्को १९४७, भाग १ पृष्ठ १६३, १६४ क. लेनिन”

१. क्रान्तिकारी पार्टी संगठनको महत्व ः 
क. राजनीतिक रुपान्तरण,
ख. सामाजिक रुपान्तरणमा,
ग. साँस्कृतिक रुपान्तरणमा,
घ. आर्थिक रुपान्तरणमा,
ड. धार्मिक रुपान्तरणमा ,  आदी ।
“क्रान्तिकारी सिद्धान्त तथा ईतिहासको ज्ञान र  व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहोउन्जेल कुनै पनि राजनैतिक दलले महान क्रान्तिकारी आन्दोलनलाई विजय तर्फ लैजानु संभव छैन” । 
“राष्ट्र्यि युद्धमा चिनीया कम्युनिष्ट पार्टीको भुमिका”, “१९३८, अक्टोबर क. माओ ” । 

२. क्रान्तिकारी पार्टी संगठन के हो ? 
क. सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो ।
ख. सर्वहारा बर्गको संगठित दस्ता हो ।
ग. सर्वहारा संगठनको उच्च रुप हो ।
घ. सवै जन संगठनहरुको उच्च रुप हो ।
ड. मजदुर बर्गको अगुवाको सजिव रुप हो ।
च. क्रान्तिकारी परिवर्तनको संवाहक हो ।
छ. आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको गज हो ।
“नीति नै क्रान्तिकारी पार्टीका समस्त व्यवहारिक कारबाहिहरुको आरम्भ विन्दु हो” । “उद्योग बाणीज्य सम्वन्धी नीतिका विषयमा” “२७ फरवरी १९४८, क. माओ ” । 
३. संगठनात्मक सिद्धान्त ः 
१. जनवादी केन्द्रीयता ः

  • जनवाद + केन्द्रीयता (जनवादी केन्द्रीयता) 
  • जनजाद — अराजकतावाद । 
  • केन्द्रीयता — नोकरशाह तानाशाह । 

क. निर्णण पूर्व विचारमा स्वतन्त्रता निर्णय पश्चायत कार्यमा एकरुपता ।
ख. सामुहिक निर्णय व्याक्तिगत जिम्मेवारी ।
ग. अल्पमत बहुमतको अधिनस्त

  • सवै सदस्यहरु संगठनको अधिनस्त ।  
  • सवै तल्ला समिति उपल्लो समितिको अधिनस्त । 
  • सवै समिति केन्द्रीय समितिको अधिनस्त । 
  • केन्द्रीय समिति राष्ट्र्रिय सम्मेलन ÷ महाधिवेशनको अधिनस्त । 
  • राष्ट्र्रिय सम्मेलन ÷महाधिवेशन जनवादी केन्द्रीयताको अधिनस्त ।
  • जनवादी केन्द्रीयता क्रान्तिकारी सिद्धान्त, विचार र पार्टीको अधिनस्त । 

“कसैले अनुशासनको यी नियमहरुलाई उल्लड्घन गर्छ भने पार्टी एकतालाई भड्ग गर्दछ”  “राष्ट्र्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भुमिका” “ अक्टोबर १९३८” 
२. अनुशासन र गोपनियता ः (अनुशासन + गोपनियता) 
क. व्याक्तिगत ।
ख. संगठनात्मक ।
ग. साँस्कृतिक ।
घ. सामाजिक ।
ड. राजनीतिक ।
च. संघर्ष प्रतिको आदी ।
३. आलोचना तथा आत्मआलोचना ( आलोचना + आत्मआलोचना) 
क. सौहाद्रपूर्ण ढंगले ।
ख. तत्थ्य मुलक ।
ग. पूर्वाग्रह विना ।
घ. सृजनात्मक ।
ड. निर्णयमा आधारित ।
च. पार्टी , निर्णय,  संगठनात्मक सिद्धान्तमा आधारित ।
४. सहि नेतृत्वको चईन । 
“नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै पनि हालतमा यसबारे लापरबाही गर्नु हुन्न ”, 
“परिस्थितिको विषयमा परिपत्र”, “मार्च २०, १९४८ क. माओ ” । 
क. सिद्धान्त निष्ठ, वैचारिक प्रतिवद्धता र राजनैतिक परिपक्कता ।
ख. ईमान्दारीता र निरन्तरता ।
ग. जुझारु, विद्रोही, सिकारु, सृजनात्मक, समर्पण भाव, संघर्ष प्रमी ।
घ. जनमुखी चरित्र ।
ड. संगठनात्मक, साँस्कृतिक, व्याक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक
अनुशासनको पालना । 
च. तिनै स्थानमा संघर्ष गर्न तयारी हुने । आफ्नो विरुद्ध, गलत विचार र सिद्धान्तको
विरुद्ध र बाहिरी    दुष्मनहरुको विरुद्ध । 

“म के दावा गर्छु भने निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुन सक्दैन ” । “क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्यरुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन ” । “संकलित रचनाहरु रसियाली संस्करण” “ भाग ४, पृष्ठ ४५६ क. लेनिन ”।

५. अन्तरपार्टी संघर्ष । 
क. अन्तरपार्टी संघर्षलाई व्यवस्थित बनाउने ।
ख. पार्टी भित्र देखा पर्ने  वा आउने गलत विचारको विरुद्ध संघर्ष ।
ग. संझौता परस्त विचारको विरुद्ध संघर्ष ।
घ. दक्षिणपथी, मध्यपथी, अराजकतावदी, विचारको विरुद्धको संघर्ष आदी ।

धन्यवाद ।

 ऐतिहासिक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दात्मक भौतिकवादलाई मानव समाजमा लागु गर्नेनै ऐतिहासिक भौतिकावाद हो । 
२. माक्र्सको भौतिक खोजहरु मध्य ऐतिहासिक भौतिकवाद पनि एक हो । 
३. द्धन्दात्मक भौतिकवादले सम्पूर्ण जगतको अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादले मानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानव समाज हो । 
४. ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानको बीचको मानव समाजको अध्ययन गर्न 
अन्य धेरै माजिक विज्ञानहरु छन । 

क. ईतिहास, 
ख. राजनीति शास्त्र, 
ग. अर्थशास्त्र, 
घ. न्याय शास्त्र, 
ड. भाषा शास्त्र, आदी । 
५. ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशिलरुपमा हेर्दछ । मानव समाज निरन्तर परिवर्तन 
हुदै जान्छ र भविश्यमा पनि परिवर्तन हुदै जान्छ । 
६. ऐतिहासिक भौतिकवादले समाजमा हुने परिवर्तन समाजको भौतिक जिवनको परिस्थितिहरुमा 
हुने परिवर्तनबाट शूरु हुन्छ । 
७. ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोश्रो मान्दछ । 
८. समाज परिवर्तनको लागि ३ ओटा प्रश्नले मुख्य भुमिका खेलेको हुन्छ । 
क. भौतिक अवस्था । 
ख. जनसंख्या । 
ग. उत्पादन प्रणाली । 
यी भौतिक परिस्थितिहरु मध्य उत्पादन प्रणाली बढी महत्वको हुन्छ । 
९. उत्पादन प्रणाली भनेको मानिसहरु बाच्नको लागि चाहिने आवश्यक भैतिक वस्तु उत्पादन 
गर्ने प्रणाली हो । 
१०. मानिसहरुले आफ्नो आवश्यकता पूर्ति गर्न उत्पादन प्रणालीको विकाश गर्दछन । उत्पादन प्रणालीम जुन
परिवर्तन हुदै जान्छ, त्यसको आधारमा नै मानव समाजको परिवर्तन हुदै जान्छ । 

११. उत्पादन प्रणाली जुन स्तरको हुन्छ समाज व्यवस्था पनि त्यही अनुशारको हुन्छ । 
क. उत्पादन शक्ति र उत्पादन सम्वन्ध मिलेर उत्पादन प्रणाली बन्दछ ।
ख. उत्पादनका औजार र उत्पादनका वस्तु मिलेर उत्पादनको साधन बन्दछ ।
ग. उत्पादनको साधन र श्रम (जनशक्ति) मिलेर उत्पादक शक्ति बन्दछ ।

१२. मेहनतकश जनता उत्पादक शक्तिको मुख्य तत्व हुन । 
क. श्रमको वस्तु र श्रमको साधनलाई उत्पादनको साधन भनिन्छ ।
ख. श्रमको वस्तु भनेको जग्गा, जमिन, खानी, कच्चा पदार्थ आदी पर्दछन ।
ग. उत्पादनका औजार भनेको मेसिन, कलकारखाना, हात हतियार आदी हुन ।
१३. उत्पादन, वितरण, विनिमय र उपभोगको प्रकृयालाई समाजमा हुने सम्वन्धलाई उत्पादन 
सम्वन्ध भनिन्छ ।

१४. उत्पादन सम्वन्ध स्वामीत्वको रुपमा आधारित हुन्छ । 
क. सम्पक्तीमा समाजिक स्वामित्वमा शोषण मुक्त समाज बन्दछ ।
ख. सम्पक्तीमा नीजि स्वामित्वमा शोषणमुलक समाज बन्दछ ।

१५. उत्पादनको साधनको स्वामित्वमा वितरणको अवस्था पनि फरक फरक हुन्छ । 
क. निजी स्वामित्वमा असमानता मुलक वितरण हुन्छ ।
ख. सामुहिक स्वामित्वमा काम अनुशार वा आवश्यकता अनुशारको वितरण हुन्छ ।

१६. ऐतिहासिक भौतिकवादको २ मुख्य विषय छन । 
क. आधार ।
क.  उत्पादनको सम्वन्धको समग्रतानै समाजको आर्थिक आधार हो ।
ख. आर्थिक आधार अन्तरगतनै उत्पादन, वितरण, विनिमय, उपभोग आदी पर्दछन ।
ग. मानिस मानिसको आपसी सम्वन्धले नै प्रकृतिसग संघर्ष गर्दछन ।
घ. सामाजिक जिवनको सामाजिक आर्थिक संरचनानै आर्थिक आधार हो ।

ख. संरचना । संरचना अन्तरगत निम्न अनुशारका विषयहरु पर्दछन ।
क. दर्शन,
ख. सिद्धान्त,
ग. दृष्टिकोण,
घ. विचार,
ड..संस्कृति,
च. राजनैतिक पार्टी,
छ. संघ संस्था,
ज. धर्म आदी ।

ग.  समाजमा जस्तो किसिमको आधार हुन्छ, त्यस्तै किसिमको संरचना हुन्छ ।
घ. आधार परिवर्तन हुदा संरचना पनि परिवर्तन हुन्छ ।
ड. पुरानो आर्थिक आधारहरु समाप्तहुदा पनि संरचना परिवर्तन भएन भने त्यहा
सास्कृतिक क्रान्ति अनिवार्य हुन्छ । 
च. आधार र संरचना बीचमा द्धन्दात्मक सम्वन्ध हुन्छ ।

१७.  उत्पादन प्रणालीको विकाशक्रममा उत्पादक शक्तिको विकाश र परिवर्तन अनुशार मानिसको 
उत्पादन सम्वन्ध, उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यसै अनुशार 
ईतिहासमा उत्पन्न सम्वन्धमा ५ रुपहरु देखा परेका छन । 
क. आदीम साम्यवादी युग ।
१. उत्पादनको साधनमा सामुहिक स्व्ँँमित्व ।
२. उत्पादनको औजारहरु पिछिडिएको थिए, जस्तो पत्थर, हाड, काठका औजारहरु ।
३. पिछिडिएको औजारहरु भएकोले अतिरिक्त वस्तु उत्पादन गर्न सकिदैनथ्यो ।
४. व्याक्तिगत सम्पक्ति र बर्गहरु थिएन ।

ख. दास युग ।
१. उत्पादनका साधनहरु माथि दाश मालिकको स्वामित्व ।
२. औजारहरु धातुको थियो ।
३. अतिरिक्तमुल्य उत्पादन हुन थाल्यो ।
४. राज्यहरुको विकाश हुन थाल्यो ।
५. उत्पादन शक्तिको विकाशले श्रम विभाजन पनि भयो ।
६. दास मालिक लगाएतका बर्गहरु देखा पर्न थाले ।
७. वैद्धिक श्रम शारिरिक श्रमबाट अलक हुन थाल्यो ।
८. शोषित जनसमुदायलाई दवाउन सेना, राज्य, कानुन आदीको जन्म भयो ।
९. उधोगहरुको अनेक शाखाहरु खुल्न थाले ।
१०. दास मालिकको नामले परियोजना, नहर, सडक, भवन आदी निमार्ण हुन थाले आदी ।

ग. सामान्ती युग । 
१. उत्पादनको साधनहरु माथि सामन्तको स्वामित्व ।
२. किसानहरुको पनि व्यापक उत्पक्ती र विकाश हुन्छ ।
३. जमिनहरुको मालिक सामन्तहरुनै हुन्छन ।
४. थोरै जमिन किसानहरुलाई कमाउन दिईन्छ ।
५. औजारहरु आफ्नो हुन्छ तर त्यसलाई किन्न र बेच्न पाईदैन ।
६. औजारहरुमा झनै आधुनिकता आउछ ।
७. यो समाजमा जल र बायु शक्तिको प्रयोग आरम्भ हुन्छ ।
८. शिल्प  र व्यापारको बिकाश तथा सहरहरुको बिकाश र विस्तारको शुरुवात हुन्छ ।
९. कृषी उत्पादनलाई परिस्कृत गर्यो । व्यापारको  विकाश हुन थाल्छ र ठुला
कारखानाहरु पनि खुल्न थाल्छन । 
१०. धर्मको प्रभुत्व पनि यसै युगबाट हुन थाल्छ ।
११. श्रमको मुल्य, बजार र सामन्तवादी दासताको बीच संघर्ष शुरु हुन्छ ।
१२. यतिबेला कल कारखाना उत्पादनको लागि व्यापक अन्तराष्ट्र्यि बजारको
आवाश्यकत हुन्छ । तर, संड्किण सामन्ती अर्थतन्त्रले त्यस्तो बजारको 
बाटोमा बाधा सृजना गर्ने भएकोले त्यसको विस्थापन पुजिवादी व्यवस्था र 
पुजिवादी क्रान्तिले गर्दछ । 

घ. पुजिवादी युग । 
१. उत्पादनका साधनहरु माथि पुजिपतीको स्वामित्व हुन्छ ।
२. ठुला उधोग कारखानाहरुको विकाश हुन्छ ।
३. माल उत्पादन नाफाको लागि गरिन्छ ।
४. यसै बेला देखि विधुत विस्तार र विकाशले ठुलो फड्को मार्दछ ।
५. उत्पादनको विस्तार, टेक्नोलोजीको  विकाश, मजदुरहरुको शोषणमा तिर्वता,
उत्पादनमा अराजकता, पुजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको 
विशालरुपमा बिनास आदी पुजिवादका विशेषताहरु हुन । 
६. पुजिवाद उत्पादन विधिको सवभन्दा ठुलो अन्तरविरोध हो । उत्पादनको सामाजिक
स्वरुप र व्याक्तिगत स्वामित्व बीचको अन्तरविरोध । 
७. पुजीवादी समाजको मुख्य बर्ग सर्वहारा र पुँजीपती हो ।
८. किसान तथा निम्न पुजिपति बर्ग पनि सहायक बर्गको रुपमा हुन्छन ।
९. सेना तथा आधुकिन बल प्रयोगको व्यापक विस्तार पनि भयो ।
१०. बुर्जुवा विचारको साथ साथै मजदुर बर्गको विचारधाराको पनि जन्म भयो । पहिलो
ट्र्ेड युनियन र पछि सर्वहरा   बर्गको राजनीतिक पार्टी पनि गठन भयो । 

ड. समाजवादी युग । 
१. उत्पादनको साधन माथि सामुहिक स्वामीत्व हुन्छ ।
२. माल उत्पादन समाजको आवश्यकता अनुशार गरिन्छ ।
३. व्याक्तिगत सम्पक्तीको पूर्ण उन्मुलन गरिन्छ ।
४. यस व्यवस्थाको उच्चतम रुप समाजवादी व्यवस्था हो ।
५. जहाँ राज्य र बर्गहरुको पूर्ण उन्मुलन हुन्छ ।

१८. बर्ग र बर्ग संघर्ष । 
क. व्यात्तिगत सम्पक्तिको उदयसँगै बर्ग र बर्ग संघर्षको उदय तथा विकाश भयो ।
ख. समाजमा बर्गहरुको उत्पक्ति श्रम विभाजनबाट भयो ।
ग. बर्ग संघर्षमा सर्वहारा बर्गको अधिनायकत्व हुन आवश्यक छ ।
घ. बर्ग संघर्ष साम्यवादी समाज स्थापना नहुने बेला सम्म निरन्तर चलिरहन्छ ।
ड. माक्र्सले भनेका छन (दास युग देखि आज सम्मको ईतिहास बर्ग संघर्षको हो) ।
च. पुजिपतिहरुले बर्ग संघर्षलाई स्वीकार गर्दछन तर सर्वहारा बर्गको अधिनायकत्वलाई
स्वीकार गर्दैनन । 

१९. ऐतिहाँसिक भौतिकवादका प्रवृगहरु ।
राजनैतिक अस्तित्व             राजनैेतिक चेतना ।
सामाजिक चेतना कानुन ।
उत्पादन पद्धती नैतिकता ।
अधिरचना आधार (सामाजिक प्रगति)

धन्यवाद ।

 द्धन्दात्मक भौतिकवाद 
चिरन पुन 

१. द्धन्दवाद शव्द ग्रीक भाषको “दियालेगो” शव्दबाट बनेको अंग्रेजी शव्द “डाईलेटिक्स” शव्दको अनुवाद हो । २. हेगेलको द्धन्दवाद र फयरवाकको भौतिकवादमा रहेको कमजोरीलाई हटाई कार्लमाक्र्सले (१८१८  १८८३) द्धन्दात्मक भौतिकवादको निर्माण गर्नु भएको हो । 
३. द्धन्दात्मक भौतिकवादले पदार्थ, गति, दिक, काललाई अध्ययनको प्राथमिक विषयवस्तु बनाउदछ । 
४. द्धन्दात्मक भौतिकवादले प्रकृति, र ब्रहमाण्ड अध्ययन गर्दछ । 
क. पदार्थ ः पदार्थ भनेको ब्रमाण्डमा विद्धमान रहेको सम्पूर्ण भौतिकवस्तुलाई मानिन्छ । 
ख. पदार्थको उत्पक्ति र नास हुदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो । 
ग. पदार्थ गतिको अन्तरविरोधको उच्चतम रुप हो । 
  • पदार्थ र गति ः 

क. पदार्थ र  गतिलाई सृजना र नष्ट गर्न सकिन्न । 
ख. यसको रुप र स्थिति परिवर्तन भैरहन्छ । 
ग. पदार्थ र गतिलाई एक अर्काबाट अलग गर्न सकिन्न । 
घ. जहाँ पदार्थ हुन्छ, त्यहा गति हुन्छ । जहाँ गति हुन्छ, त्यहा पदार्थ हुन्छ । 
ड. पदार्थको अस्तित्व नास भयो भने गतिको पनि अन्त्य हुन्छ । 
च. अहिले सम्मको विज्ञानले गतिलाई यसप्रकारले परिभाषित गरेको छ । 
१. यान्त्रीक 
२. भौतिक 
३. रासाईनिक 
४. जैविक 
५. सामाजिक 

छ. हाम्रो वरिपरी रहेको भौतिक जगत गतिशिल पदार्थको समग्र रुप हो । 
ज. पदार्थ भनेको वस्तुगत यथार्थ हो, र यो हाम्रो चेतना भन्दा आफ्नो अलग्गै अस्तित्वमा रहेको छ । 
  • दिक र काल 

क. दिक त्रिआयामिक हुन्छ । यो पदार्थको अस्तित्वको स्वरुप हो । 
ख. काल भुत देखि भविस्य तर्फ सरल रेखामा हुन्छ । 
ग. द्धन्दात्मक भौतिकवादले दिक र काललाई पदार्थको अस्तित्वको स्वरुपमा मान्दछ । 
घ. कुनै पनि पदार्थको गतिले दिक र कालमा नै स्थान लिन्छ र दिक र काल बाहिर कुनै पनि पदार्थको अस्तित्व रहन सक्दैन । 
ड. पदार्थ र गति जस्तै दिक र काल पनि मानव चेतना भन्दा अलग्गै अस्तित्वमा रहन्छ  र दुवै अन्तरसंवन्धीत रहन्छ । 
च. जसरी पदार्थ दिक र काल विना अस्तित्वमा रहन सक्दैन, त्यसै गरी दिक र काल पनि पदार्थ विना अस्तित्वमा रहन सक्दैन । 
छ. दिकले पदार्थको अस्तित्वको स्वरुपको रुपमा भौतिक जगतको फैलाव, स्थान र अवस्थितिलाई ईड्कित गर्दछ । 
ज. कालले पदार्थको अस्तित्वको स्वरुपको अवधि र क्रमलाई ईड्कित गर्दछ । 

५. द्धन्दात्मक भौतिकवाका मुख्य नियमहरु ः (माक्र्स एड्गेल्स संकलित रचना ग्रन्थ २५, पृष्ठ ३५६)
क. विपरित तत्वको बीच एकता र संघर्ष ।  
१. प्रकृति,  समाज र चिन्तनका हरेक क्षेत्रमा हुने सवै परिघटनाहरुको विशेषता भने तिनिहरुमा अन्तरनिहित विरोधी तत्वहरुको बीच एकता र संघर्ष हो । 
२. निजिर्व जगतमा प्रोटोन र ईलेक्ट््रोन बीचको एकता र संघर्ष, जीवित जनतमा विपरित तत्वहरुको सम्मिलन र बेमिलनको रुपमा, समाजमा बर्गीय विरोध वा बर्ग संघर्ष र चिन्तनमा विष्लेषण र सस्लेषणको रुपमा लिन सकिन्छ । 
३. एउटा विपरित तत्व अर्को विना अस्तित्वमा रहन सक्दैन । 
४. दुई विरोधी पक्षहरु मध्य एउटाको अस्तित्व लोप भयो भने त्यो वस्तु पनि अन्त्य हुन्छ । तर मुख्य भुमिका भने संघर्षले खेल्दछ, जसले कुनै पनि परिघटनालाई विकाशमा अगाडि बढाउछ र एउटा अल्पकालिन हुन्छ । 

ख. मात्राबाट गुणमा परिवर्तन र पुनरावृति ।
१. कुनै पनि वस्तुमा अन्तरनिहित विरोधी तत्वहरुका बीचमा हुने संघर्षको परिणाम स्वरुप नै त्यो वस्तुमा      मात्रात्मक परिवर्तन हुदै क्रमश ः गुणात्मक परिवर्तन हुने स्थिति हुन्छ । 
२. मात्रा र गुण एक आपसमा अन्तरसम्वन्धित र छुटाउन नसकिने अवस्थामा हुन्छ । 
३. गुणात्मक परिवर्तनको लागि मात्रात्मक परिवर्तनले एउटा उल्लेखनिय अवस्थामा आईपुग्नु पर्दछ । 
४. प्रकृति र समाजमा हुने विकाश २ किसिमबाट हुन्छ । 
क. मन्द विकाश  । 
ख. दु्रत विकाश । 
(यसरी मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन भए पछि एउटा वस्तु पुरानो अवस्थाबाट नया अवस्थामा फेरिन्छ र त्यही विन्दुबाट पुन ः त्यो प्रकृया दोहोरिन्छ र त्यसैलाई मात्राबाट गुणमा परिवतनको   नरावृति भनिन्छ । ) 

ग. निषेधको निषेध ।
१. मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुदा नै निषेधको निषेध हुन्छ र पुरानो वस्तुको निषेध भई नया वस्तु उत्पन्न हुन्छ । 
२. कुनै पनि विकाशको प्रकृयामा निषेध हुनु अनिवार्य छ । वा, निषेध नभै पुरानोबाट नया हुन असम्भव छ ।
३. निषेधको निषेधको कारणले पुरानो भन्दा नया तर संवृध चिजको उत्पक्ति हुन जान्छ । 

६. द्धन्दवादका प्रवर्गहरु ।  
क. एक विशेष र सामान्य 
ख. कारण र असर
ग. नियमितता र आकस्मिकता
घ. संभावना र यथार्थता
ड.. सार र रुप
च. सत्व र परिघटना

धन्यवाद । 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।