Wednesday, March 12, 2014

प्रेस विज्ञप्ती



सर्वप्रथम, 
यस पत्रकार भेटघाट कार्याक्रममा उपस्थित हुने सम्पूर्ण अतिथि तथा पत्रकार मित्रहरुमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी –माओवादी जिल्ला समिति सिन्धुलीको तर्फबाट हार्दिक क्रान्तिकारी अभिवादन । 
मित्रहरु, 
हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी – माओवादी, सिन्धुलीको आठौं जिल्ला सम्मेलन मिति २०७० फागुन २७ गते जिल्ला सदरमुकाम सिन्धुलीमा भव्य, ऐतिहासिक तथा शानदार ढंगबाट सम्पन्न भएको छ । आठौं जिल्ला सम्मेलनले विभिन्न समसामयीक राजनैतिक प्रस्ताव पारित गर्नुका साथै, संगठन सम्वन्धी नयाँ र ऐतिहाासिक निर्णय गर्दै, नयाँ जिल्ला समितिको समेत निर्वाचित गरेको छ । उक्त सम्मेलनले गरेका निर्णयहरु जानकारीको लागि यो पत्रकार भेटघाटको आयोजना गरिएको छ । 

१. नेपाल कम्युनिष्ट पार्टी – माओवादी सिन्धुली जिल्ला समितिका सदस्य तथा कमलामाई नगरपालिका कमिटी सेक्रेटरी क. शम्भु थापामगर तथा जिल्ला सदस्य क. एकबहादुर लोम्रेमगरको असामयीक निधन भएकामा यस सम्मेलनले उहाँहरु प्रति हार्दिक श्रन्दान्जली गर्दैै शोक सन्तप्त परिवारजनहरु प्रति समवेदना प्रस्ताव पारित गर्दछ । 

२. हाम्रो पार्टीले “कथित” संविधान सभाको निर्वाचन बहिष्कार गरेको कुरा सवैमा सर्वविधितै छ । लामो समयदेखि बैदेशिक हस्तक्षेत तथा षड्यन्त्रमुक्त नयाँ राष्ट्रिय राजनैतिक सहमतीको निर्माण, अधिकार सम्पन्न उच्च स्तरीय तथा सर्वपक्षीय राजनैतिक सभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निमार्ण र राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाको माग गर्दै आएको हो । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको निर्देशनमा उनीहरुकै दलाल बनेका राजनैतिक दलहरुको सहमतिमा हाम्रा मागहरुलाई वेवास्था गर्दै तत्कालिन कठपुतली गैर दलिय सरकारको माध्यमबाट कथित संविधानसभाको निर्वाचन सम्पन्न  गरिएको नाटक मंचन गरिएको छ । यस्तो अवस्थामा हाम्रो पार्टीले उठाएका उल्लेखित मागहरुको सान्दर्भिकता आज झन बढेर गएको महत्वलाई यो आठौं जिल्ला सम्मेलनले मनन् गर्दै, निर्माण गरिएको संविधानसभाको विघटनको प्रस्ताव यो आठौ जिल्ला सम्मेलनले पारित गर्दै, सरकारद्वारा गरिएका जनविरोधी र राष्ट्र विरोधी गतिविधीहरुको घोर भत्र्सना गर्ने प्रस्ताव पारित गर्दछ । 

३. विगत केही समयसम्म हाम्रो जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरि विद्युत आपुर्ति भैरहेको सन्दर्भमा केही दिन अघिबाट जिल्ला चर्को लोडसेडिङको समस्या झेलिरहेको छ । सरकारको यस प्रकारको कार्यको यो जिल्ला सम्मेलन घोर विरोध गर्दछ । 

४. हाम्रो जिल्लाको अध्यधिक क्षेत्र वनले ओगटेको छ । आज विभिन्न बहानामा बेरोकतोक बनको चोरी निकाशी, फडानी, तस्करी बढिरहेको छ । जसको कारणले गर्दा चुरे क्षेत्रको बिनास, नदि कटानका समस्याहरु तिर्ब ढंगले बढिरहेको छ । यस्तो अवस्थामा पनि सम्वधीत निकाय मौन बसिरहेको छ । यो आठौं जिल्ला सम्मेलन यसप्रकारको कार्यको घोर विरोध गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गर्दछ । 

५. जिल्ला, नगरपालिका, गाविसहरुमा आउने बजेट व्यापक दुरुपयोग, अनियमितता, हिनामिना, भ्रष्टाचार हुने गरेको छ । यस प्रकारको कार्यको आठौं जिल्ला सम्मेलन घोर विरोध गर्दछ । 

६. ऐतिहासिक ढंगले सम्पन्न भएको आठौं जिल्ला सम्मेलनले केन्द्रीय सदस्य क. चिरन पुनको नेतृत्वमा २७ पूर्ण र ९ वैकल्पिक सदस्य रहेको नयाँ जिल्ला समितिको सर्वसम्वत चयन गरेको छ । जसमा निम्न कामरेडहरु रहनु भएको छ । सेक्रेटरी क. चिरन पुन सदस्यहरुमा क. विनोद दहाल, क. थलप्रसाद देबकोटा “शुवर्ण”, क. डम्मरबहादुर कार्की, क. बर्तेबहादुर राई “शशी”, क. मदन बराल“नविन”, क. लिला पौडेल, क. पूर्णकुमारी देबकोटा “निमा”, क. रितबहादुर कार्की “माधव”, क. जुद्धबहादुर विक “जगत”, क. उद्धव पन्त, क. शुरेश शाह, क. सुवाश रायमाझी, क. हरी बस्नेत, क. बाबुराम पन्त “विचार”, क. विजय थिङ, क. रोमनराज गिरी “अशोक”, क. अर्जुन थापा, क. मनु अछामी, क. लोकेन्द्र कार्की, क. विमल बराल“अशिम”, क. ईन्दीरा काफ्ले, क. ईन्दीरा रायमाझी, क. जितबहादुर काल्तान“कुशल”, वैकल्पिक सदस्यहरुमा क. किरण राई, क. मुक्ती बास्तोला, क. विमल विक, क. हिरा बस्नेत, क. हरिकृष्ण घिमिरे, क. शानुमान तामाङ, क. भक्तबहादुर बस्नेत, क. गंगाई धामी हुनुहुन्छ । 

७. शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरी शुरु गरिएको आठौं जिल्ला सम्मेलनको उद्घाटन हाम्रो पार्टीका केन्द्रीय उपाध्यक्ष क. सि.पी गजुरेल “गौरब” ले  गर्नुभएको थियो । पार्टीका पोलिटव्युरो सदस्य तथा भोजपुरा ताम्सालिङ राज्य ईन्चार्ज क. हितमान शाक्य “सुमन” केन्द्रीय सदस्य तथा ताम्सालिङ राज्य ईन्चार्ज क. सुर्यप्रकाश सुवेदी “पथीक”, केन्द्रीय सदस्य तथा दक्षीण ताम्सालिड ईन्चार्ज क. अमृता थापा “सन्ध्या”, केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ईन्चार्ज क. अनिल शर्मा “विरही” ले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो । केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला ईन्चार्ज क. निरु दर्लामी“सिला”को अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा स्वागत क. थलप्रसाद देबकोटा “शुवर्ण”,  र सम्मेलनको संचालन तथा राजनैतिक प्रतिवेदन प्रस्तुत निर्वतमान सेक्रेटरी क. विनोद दहालले गर्नु भएको थियो । 

८. नवनिर्वाचित जिल्ला समितिको प्रथम र दोश्रो बैठक बसी कार्यक्षेत्रको विभाजन, संगठन परिचालन सम्वन्धी आवश्यक तथा ठोस निर्णयहरु गर्नुका साथै ऐतिहासिक आठौं जिल्ला सम्मेलन सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण तह र तप्काका जनसमुदायहरुप्रति हार्दिक धन्यवाद सहित ऐतिहासिक आठौं जिल्ला सम्मेलन भव्य एवं शानदार ढंगले सम्पन्न भयो । 

क्रान्तिकारी अभिवादन सहित, 


...............
चिरन पुन
सेक्रेटरी
२०७० फागुन २८

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...