Sunday, January 24, 2010

झाडा पखालाको महामारी र सरकार बारे केही कुरा

देशप्रेम साप्ताहिक, वर्ष ११,अंक १३,
२०६६ सावन १२
फैलिएको झाडा पखाला,
हालै मध्यपश्चिम तथा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा झाडा–पखालाको महामारी भयो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको तंथ्याङ्क अनसार जाजरकोटमा १ सय ४३, रुकुममा ३३, डोल्पामा ६, सुर्खेतमा ६, दैलेखमा ९, सल्यानमा २, रोल्पामा १ जनाको ज्यान गैसकेको छ भने त्यो संख्या दिनहु“ बढिरहेको छ । त्यस्तै जाजरकोटमा २ हजार, रुकुममा ५ सय, डोल्पामा १ सय ७६, सुर्खेतमा २ सय १५, दैलेखमा ७०, सल्यानमा १ सय ४५, रोल्पामा ३३ को संख्यामा झाडा पखालाले सिकिस्त विरामी छन । यो क्रम रोकिने अवस्थामा छैन । दिनहु“ फैलिरहेको छ झाडापखाला । मानिसहरु मरेका मरेनै छन, विरामी हुनेको संख्या पनि दिनका दिन बढिरहेको छ । यसको प्रभाव दाङ लगाएत आसपासका जिल्लाहरुमा पनि देखिन थालेको छ । झाडा पखालाले २ सय भन्दा बढीको ज्यान गैसकेको छ । उपचार नपाएर हजारौं नागरिकहरु तड्पिरहेका छन । समस्या झन पछि झन विकाराल बन्दै गैरहेको छ । औषधीको व्यवस्था छैन । उपचार गर्ने चिकित्सकहरु छैनन । झाडा पखाला फैलिएका सबै स्थानहरुमा आज सम्म पनि औषधी तथा चिकित्सकहरु पुग्न नसकिरहेको अवस्था छ । गा“उमा झाडा पखालाले मृत हुन गएकाहरुलाई मलामी जाने मानिस नभेटिने अवस्था सृजना भएको छ । आजको २१ औं सताव्दीको युगमा पनि हाम्रो देशमा झाडा पखालाबाट सयौं मानिसहरु मर्ने भन्ने कुरा अत्यन्त दुखदायी कुरा हो । यो अवस्थाबाट त्यो क्ष्ँेत्रलाई मुक्त पार्न हामी सवैले भुमिका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको छ ।
झाडा पखाला र भ्रमण, सरकारका प्रधानमन्त्री, मन्त्री लगाएतका प्रतिनिधिहरु झाडा पखाला प्रभावित क्ष्ँेत्रका केही स्थानहरुमा हेलिकप्टर भ्रमण गरेर फुलका माला ग्रहण गरेर फर्किसकेका छन भने विपक्ष दलका नेता डा. बाबुराम भटराईको नेतृत्वमा समेत केही सभासदहरुको टोलीले पनि त्यही प्रक्रिया दोहोराउदै हेलिकप्टरमा नै प्रभावित क्ष्ँेत्रमा घुमेर फर्के । तर सरकारले हालसम्म पनि प्रभावित क्षेत्रहरुमा प्रभावकारी ढंगले झाडा पखालालाई नियन्त्रण गर्न सकिरहेको छैन । हेलिकप्टर जाने खर्चले त्यहा“का विरामीहरुलाई औषधी तथा चिकित्सक पठाउने व्यवस्था मिलाएको भए त्यो खर्चबाट केही विरामीहरुले उपचार पाउने थिए, केही मानिसहरु मर्नबाट रोकिने थिए वा झाडा पखालालाई केही तहसम्म नियन्त्रण गर्न सकिने थियो होला ।
झाडा पखाला क्षेत्रको अवस्था, नेपालमा भौगोलिक हिसावले मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्र सबभन्दा विकट क्षेत्र हो । त्यहा“ स्वाथ्यको प“उच पुग्न सकेको छैन, त्यसैले धेरै मानिसहरु रोगी छन । शिक्षाको अभाव छ, त्यसैले मानिसहरु असिक्षित छन । अनेत्रको तुलनामा उपयुक्त रोजगारको व्यवस्था छैन त्यसैले विदेश पलाएन हुनेको संख्या पनि धैरै नै छ, त्यसमा पनि विदेश जाने मुख्य आधार भारत भएकोले विदेश गएर कमाउने र आफ्नो आर्थिक अवस्थालाई सुधार गर्ने स्थिति पनि छैन । भौगालिक हिसावले अत्यन्त असजिलो पहाडी क्षेत्र भएकोले यातायातको व्यवस्था पनि हाल सम्म हुन सकिरहेको छैन । आदी कारणहरुले गर्दा यो क्षेत्र अन्यको तुलनामा पछाडी परेको छ । मध्यपश्चिम र सुदुरपश्चिमका जनताले सफा पिउने पानी पाएनन् । खाने चामल, दाल, नुन, चिनी, लगाएतका उपभोग्य बस्तुहरुको समेत अभाव भयो । सडे–गलेका दैनिक उपभोग्य वस्तुहरुले दिन गुजारा गर्नु पर्ने वाध्यता वा भोकै बस्नु पर्ने अवस्था त्यह“ाका जनतालाई पर्यो । जसको कारणले गर्दा मानिसहरु हरेक प्रकारका रोगहरुबाट ग्रस्त हुनु पर्यो । रोग लागि सके पछि उपचारको व्यवस्था हुन सकेन । औषधी चिकित्सक लगाएतका श्रोत साधनको अभाव भयो । निजी क्ष्ँेत्रमा खुलेका अस्पतालहरु दुर्गम गा“उठा“उमा जाने कुरा भएन भने त्यह“ाका जनताको आर्थिक तथा भौगोलिक अवस्थाको कारणले गर्दा उपचारको निम्ति बाहिर जाने कुरा पनि असम्भव भयो । जसले गर्दा आज कर्णालीका जनता यस प्रकारको भोक, शोक र रोगबाट ग्रस्त हुनु परिरहेको छ ।
सरकारको कामको आधार, सरकार कसरी, कसले र कुनरुपबाट संचालन भएको छ भन्ने कुराले देशको अवस्था के छ भनेर बुझ्न सकिन्छ । आज सरकारमा बसेका दलहरु मुख्यतः, बहुदलीय व्यवस्था आए पछी यो वा उ ढंगले सरकार मै हाली–मुहाली गर्दै आईरहेका छन । कतिपय दल लामो समय र कतिपय छोटो समय भए पनि सरकारमै छन । तिनै पार्टी तथा व्याक्तिहरुले आज पनि मुलुक चलाईरहेका छन । त्यसैले यो सरकार प्रतिक्रियावादको गर्भबाट जम्मेको हो । यो अवसरवादको कोखमा खेलिरहेको छ । सामन्त, दलाल तथा नोकरशाह बर्ग यो सरकारको जग हो । साम्रज्यवाद तथा विस्तारवाद सरकार संचालनको मुख्य आधार हो । प्रतिक्रियावाद तथा संशोधनवाद यो सरकारको दिशा–निर्देश हो । शोषण, दमन, अन्याय, अत्याचार यो सरकारको मुख्य कडी हो । पद–प्रतिष्ठा, सुख–सुविधा, व्याक्तिगत स्वार्थ–प्रलोभन, यो सरकारको अभिष्टता हो । भ्रष्टाचार, घुसखोरी, कमिसनतन्त्र, ठेक्का–पट्टा, लुट–ब्रमलुट यो सरकारको चरित्र हो । राष्ट्रघात र जनघात यो सरकारको कर्म हो । त्यसैलेनै यो सरकारको काम जनपक्षीय छैन । राष्ट्र पक्षीय छैन । बरु जन विरोधी, राष्ट्र विरोधी, समाज विरोधी छ । नागरिक स्वतन्त्रता विरोधी पनि छ ।
सरकारको गठवन्धन, यो सरकारको गठन अराजनैतिक र अपवित्र ढंगले भएको छ । यो विभिन्न २२ दलको सहमतीमा बनेको छ । यो सरकार प्रतिगमनकारी, राजावादी, प्रतिक्रियावादी, दक्षिणपंथी–अवसरवादी, क्षेत्रीयतावादी, जातीयतावादी, संङ्किणवादी समुहको जमघट हो । यो सरकारलाई राजावादी दरवारीया तत्वहरुको समेत सहयोग र समर्थन मिलेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले पनि यो सरकारलाई मलजल गरेका छन । प्रतिगमनकारी तत्वहरु पनि यो सरकारमा घुसेका छन । ऐतिहासिक जनआन्दोलन ०६२÷६३ का अपराधीहरु समेतको यो सरकारमा सहभागिता र समर्थन रहेको छ । कुनै राजनैतिक चरित्र नभएकाहरुले समेत यो सरकारलाई साथ समर्थन दिएका छन । यो सरकार नत सरकार संचालनमा रहेका पार्टीहरुको एकमना एकतामा बनेको छ, न यसलाई जनताको समर्थन नै प्राप्त छ । त्यसैले नत यो सरकारले समयमै सार्थक संविधान निमार्ण गर्न सक्नेछ, न जनताको चाहना अनुशार राज्यको नया“ संघीय संरचना निमार्ण गर्न । नत यसले शान्तिशुरक्षाको अवस्थालाई सुधार गर्न सक्ने छ, न यसले मुल्य घटाउन । नत यो सरकारले अतिक्रमित भुमीलाई बचाउन सक्ने छ, न जनआन्दोलनको दोशीलाई कावार्ही गर्न । न यो सरकारले भ्रष्टाचारी, घुसखोरी, कमिसनतन्त्र, कालोबजारी र तस्करीहरुलाई रोक्न सक्नेछ, नत यसले चेलिबेटी बेचविखनलाई नै रोक्नेछ । नत यो सरकारले शिक्षा, स्वाथ्य, रोजगार लाई सर्वसुलभ वैज्ञानिक र गरिव जनतामा आधारित बनाउन सक्ने छ, न यसले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा हुने गरेको अराजकतालाई नै रोक्ने छ । न यो सरकारले राजनीतिक अस्थिरतालाई अन्त्य गर्न भुमिका खेल्ने छ, नत यसले दण्डहिनता र सामाजिक सुरक्षाको अवस्थालाई सुधार गर्न सक्ने छ । त्यसैले हामी सवैले यो सरकारबाट आशा गर्नु भनेको आकाशको फल आ“खा तरी मर भने जस्तै हुनेछ ।
सरकार र काण्डहरु, यो सरकारमा विभिन्न काण्डहरुको झुण्ड जम्मा भएको छ । यो सरकारमा काण्डै–काण्ड मच्चाउनेहरुको जमघट भएको छ । राष्ट्रघाती तथा जनघाती टनकपुर काण्ड, महाकाली काण्ड, लाउडा काण्ड, कालो नागरिकता वियद्येक काण्ड, नदिनाला बेचुवा काण्ड, बन तस्करी काण्ड, प्रतिगामी मतियार बन्ने काण्ड, कल काण्ड, पजेरो तथा प्राडो काण्ड, महल काण्ड, सुत्केरी भत्ता काण्ड, संकटकाल तथा सेनापरिचालन काण्ड, औषधी–उपचार काण्ड, पञ्चेश्वर परियोजना काण्ड, सिमा अतिक्रमण काण्ड लगाएत अनेकौ काण्डहरुको जगमा यो सरकारको पुनगर्ठन भएको छ । अहिले सरकारमा रहनेहरुको अनुहारमा यी तमाम खालका काण्डहरुको कालो पोतिएको छ । यस प्रकारको कालो अनुहारका साथ अहिले सरकारमा आसिनरहेकाहरुले जनताको पक्षमा भुमिका निर्वाह गर्लान राष्ट्रको पक्षमा गतिविधी गर्लान भन्ने के आधार छ र खै ? त्यसैले यो काण्डै–काण्डैको जगमा उभिएको सरकारको बारेमा स्पस्ट हुन आवश्यकता छ ।
अन्त्यमा,तोकिएको समयमै सार्थक संविधान निमार्ण गर्न, आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्षेत्रीय स्वशासन सहितको राज्य निमार्णमा जोड दिन, संघीय गणतन्त्रयुक्त राज्यको नया“ संरचना गर्न, सेनाको सहि व्यवस्थापन गर्न, शान्ति शुरक्ष्ाँको अवस्थालाई सुधार गर्न, राजनैतिक अराजकता, दण्ड हिनतालाई पूर्णरुपल रोक्न, ऐतिहासिक जन आन्दोलन ०६२÷६३ का अपराधीहरुलाई कारवार्ही गर्न, जनआन्दोलनका सहीद, घाईतेहरुलाई उचित सम्मान, सहयोग, रेखदेख गर्न, मुल्य बृद्यि फिर्ता गर्न, सिमा सुरक्ष्ाँको रक्षा गर्न, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्ष्ँमा भुमिका खेल्न, साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवादको शोषण तथा उत्पीडनहरुको अन्त्य गर्न हामी सवै जन समुदाय एकजुट हुनु पर्दछ । संघर्ष गर्नु जनताको अधिकार हो । संघर्षले नै जनताको अधिकारको संरक्ष्ँण गर्ने छ । झाडा पखाला अन्त्य गर्न सरकारको आ“खा खुल्ने छ र अत, फेरी एक पटक उठौं, जुटौं र लागौ यहिनै आजको आवश्यकता हो ।

संयुक्त आन्दोलन र वर्तमान लाचार सरकार बारे

अग्रगति साप्ताहिक, वर्ष ४, अंक १
०६६ श्रावण २८ आन्दोलनको एक दिन, श्रावण २६ गते दिनको १२ बजेको थियो । काठमाण्डौंका अतिव्यस्त नया“ बानेश्वर चोकमा मानिसहरु झुम्मिदै थिए । सवैको एक हातमा रिक्तो थालीहरु र अर्को हातमा लठ्ठी थियो । कतिपयले कम्युनिष्ट पार्टीको भण्डाहरु हल्लाईरहेका थिए । दिनको ठिक १ बजे नया“ बानेश्वर चोकबाट जुलुस सुरु भयो । जुलुसमा एकातिर रिक्तो थालीहरु बजिरहेका थिए, भने अर्कोतिर बढ्दो म“हगी नियन्त्रण गर † सिमा अतिक्रमण बन्द गर † जस्ता नाराहरु घन्किरहेको थियो । सडकका छेउ–छेउमा रहेका जनताहरुले जुलुसलाई ताली बजाएर समर्थन गरिरहेका थिए । जुलुस रिक्तो थाली बजाउदै, म“हगी विरोधी नाराहरु लगाउदै बबरमहलबाट सिंहदरबारको दक्षिणगेट तर्फ मोडियो, निषेधित क्ष्ँेत्रमा प्रहरीका घेरा तोड्दै सिंहदरबार दक्षिणतिरको मुलगेटमा पुग्यो । आन्दोलनमा घाईते, न्योचित माग राखेर गरिएको आन्दोलन जब सिंहदरबारको दक्षिण तर्फको मुलगेट निर पुग्यो, तव हुतियारा सरकारका मर्यादापालक भएर बसेका प्रहरीहरुले आन्दोलनकारी माथि चर्को दमन गर्न उत्रियो । अन्धा–धुन्धा लाठी बर्साउने काम भयो । आन्दोलनकारीहरु माथि निर्मम हस्तक्ष्ँेप गरियो । प्रहरीको लाठिचार्जबाट नेकपा (एकीकृत) का उपाध्यक्ष्ँ सिताराम तामाङ, राधा तिमिल्सीना, प्रेम सुवेदी, चिरन पुन, भुपेन्द्र नेङ्वाङ, रामकुमारी राई, केशबहादुर परियार, रामबहादुर भण्डारी, केदार गिरी, तिलक न्योपाने, घनयश्याम मिश्र, प्रेमकाजी गुरुङ, राकेश लामा, लगाएतलाई घाईते पारियो । त्यस्तै राष्ट्रिय जनमोर्चा का केन्द्रीय उपाध्यक्ष गोविन्द सिं थापा, गंगा पौडेल, विमला जिसी, नारायण सापकोटा, घनश्याम पौडेल, कमला पौडेल, काशिनाथ पोख्रेल, जनमोर्चा नेपालका अध्यक्ष्ँ दानबहादुर विश्वकर्मा, अनिल शेरचन, महेन्द्र क्ष्ँेत्री, नेकपा माक्र्सवादीका महासचिव माधव ज्ञवाली, पवित्रा थेवे र नेकपा माओवादी का शंकर क्ष्ँेत्री लगाएतलाई निर्मम हस्क्ष्ँेप गरी घाईते पारिएको छ । हैजा प्रभावित क्ष्ँेत्रलाई संङ्कटग्रस्त क्षेत्र घोषित गर † अनियन्त्रित मुल्य बृद्धिलाई नियन्त्रण गर † भन्ने मुलनाराका साथ ने.क.पा. (एकीकृत), राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, ने.क.पा. (माक्र्सवादी) र ने.क.पा. (माओवादी) केन्द्रीय संयोजन समितिको संयुक्त आयोजना संचालन भैरहेको संयूक्त संघर्षको कार्यक्रम अन्तरगत श्रावण २६ गते रिक्तो थाली जुलुसको आयोजना गरिएको थियो । आन्दोलनका मागहरु, आज राष्ट्रियता संकटमा छ । भारतीय बिस्तारवादको हस्तक्ष्ँेप अनियन्त्रित रुमपा बढिरहेको छ । नेपालको ६२ भन्दा बढी स्थानहरुमा सिमा मिचिएको छ । ६४ हजार हेक्टर नेपाली जमिन गुमेको छ । सिमामा नेपाली नागरिक माथि लुटपाट मच्याउने, कुटपिट गर्ने, नारीहरुलाई बलात्कार गर्ने, मानिसहरु अपहरण गरेर दुख दिने जस्ता कामहरु दिनहु“ रुपमा भएका छन । जनतन्त्र र जनजीविकाको क्षेत्रमा पनि त्यही अवस्था विद्धमान रहेका छन । दैनिक उपभोग्य वस्तुहरुमा मुल्य असिमित ढंगले बढिरहेको छ । कालो बजारी, कमिसनतन्त्र, घुसखोरी, तस्करी गर्ने कामहरु खुलेआम रुपमा भएका छन । उपभोग्य वस्तुहरुमा कृतिम अभाव कायम गरेर सिमित व्याक्तिहरुको भकारी भर्ने काम भएको छ । आजको २१ औं सताव्दीको युगमा पनि नेपालको मध्यपश्चिम र शुदुरपश्चिममा झाडा–पखाला र हैजा जस्तो रोगले ३०० भन्दा बढी मानिसको ज्यान गएको छ । हजारौ नागरिकहरु हैजा बाट सिकिस्त अवस्थामा छन । औषधी–उपचारको अभाव छ । चिकित्सक प्रयाप्त मात्रामा छैनन । उपचारका साधनहरुमो अभाव रहेको छ । हैजा रोकिने अवस्थामा छैन । त्यो झन बढेर देशका अन्य भागहरुमा पनि फैलने क्रम तिर्व छ, भने नया“ संविधान निमार्णको प्रश्न पनि जटिल बनेको छ । त्यसैले, हैजा प्रभावित क्ष्ँेत्रलाई संङ्कटग्रस्त क्षेत्र घोषित गरेर युद्धस्तरमा औषधी उपचार र खाद्यान्नको व्यवस्था गर † अनियन्त्रित मुल्य बृद्धिलाई नियन्त्रण गर † कृतिम अभावका लागि जिम्मेवार तत्वहरुलाई तत्काल कारवाही गर † सिमा अतिक्रमण बन्द गर † भारतीय हस्तक्ष्ँेप बन्दगर † शान्ति शुरक्षा कायम गर † तोकिएको समयमा सार्थक संविधान निमार्ण गर † जस्ता मागहरु आन्दोलनमा राखिएका छन । वर्तमान सरकार, यो सरकार टालटुले कठपुतली ढंगले बनेको छ । यसको चरित्र मुलत, प्रतिक्रियावादी तथा अवसरवादी प्रकृतिको छ । यो सरकारमा कतिपय जातीयतावादी, क्षेत्रीयतावादी, संङ्किणवादी, दरवारियावादी र प्रतिगामी चिन्तन र चरित्रको समेत मिसावट भएको छ । राष्ट्रघाती टनकपुर, महाकाली, बेचुवाहरु यसमा सामेल भएका छन । पजेरो काण्ड, मल काण्ड, दुध काण्ड, औषधी उपचार काण्ड, सुत्केरी भक्ता काण्ड, लाउडा काण्ड, लगाएत अनगिन्ती काण्ड गराउनेहरु यो सरकारमा सामेल भएकोले पनि यो सरकारको अनुहार सवैको सामु प्रस्ट छ । सरकारको मुल लक्ष्य भनेको विभिन्न साम्रज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग संझौतापरस्त नीति अवलम्वन गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने तर्फनै केन्द्रीत रहेको छ । आफ्नो सरकारको आयु लम्विन्छ भने जुन सुकै प्रकारका राष्ट्र हित र जनहित विपरित काम गर्न पनि तयार हुने यसको चरित्र हो । विगतका दिनमा राष्ट्रघाती संन्धी–संझौता, जनघाती कामहरु गरेर आफ्नो अनुहार जनताको सामु छर्लङ्ग पारेका तत्व र पार्टीहरु यो सरकारमा सामेल भएको हुनाले पनि यो सरकारको आजको दिनमा औचित्व र आवश्यताको कुनै महत्व छैन । त्यसैले यो सरकारले जनताको आधारभुत समस्याहरुलाई समाधान गर्ने तर्फ कुनै पहल गरेको छैन । मुल्य बढिरहेको छ, सिमाना मिचिएको छ, राष्ट्रियता संकटमा छ, हैजाले मानिस मरिरहेका छन, कालो बजारी मौलाएकै छ, तस्करहरुको विगविगी रहेकै छ, शान्ति शुरक्षाको अवस्था पनि चिन्ताजनक छ ता पनि यो सरकार लाचार बनेर बसेको छ । संयुक्त आन्दोलनको आवश्यकता, ने.क.पा. (एकीकृत), राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, ने.क.पा. (माक्र्सवादी) र ने.क.पा. (माओवादी) केन्द्रीय संयोजन समितिको आयोजनामा यतिवेला चरणवद्ध आन्दोलन संचालन भैरहेको छ । गत श्रावण १८ गते दिनको ३ बजे शान्तिबाटिकामा संयुक्त संघर्षका कार्यक्रमको उद्घाटन गरिएको थियो । श्रावण २० गते जुलुस सहित स्वाथ्य मन्त्रालयमा धर्ना कार्यक्रम र स्वास्थ मन्त्रिको पुत्ला जलाउने कार्यक्रमहरु सम्पन्न भैसकेका छन । त्यस्तै, श्रावण २२ गते मह“गी र हैजाको विषयमा तत् सम्वन्धी विज्ञहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम चेम्वर अफ कमर्सको सभाकक्ष जमलमा सम्पन्न भएको छ, भने श्रावण २४ गते अवैध बा“ध, सीमा अतिक्रमण र कोशी पीडितहरुको सम्वन्धमा तत् सम्वन्धी विज्ञहरुको उपस्थितिमा नेपाल पर्यटन बोर्डको सभाकक्ष्ँ प्रदशनिमार्गमा अन्तरक्रिया कार्यक्रमहरु भव्य ढंगले सम्पन्न भई सकेका छन, भने श्रावण २६ गते व्यापक प्रहरी हस्तक्षेप र दमनका बीच रिक्तो थाली जुलुस पनि सम्पन्न भैसकेको छ । आजको अवस्थामा एकातिर ५ पार्टीले संचालन गरेको यस प्रकारका संघर्षका कार्यक्रमहरुलाई अझ तिर्व ढंगले अघि बढाउनु पर्दछ भने अर्कोतिर मिल्न सक्ने अन्य राजनीतिक पार्टी, नागरिक समाज, पत्रकार लगाएत सवै तह र तप्काका जनसमुदायहरुस“ग यो संयुक्त आन्दोलनलाई विस्तार र विकाश गर्न जोड दिनु पर्दछ । साझा समस्याहरुलाई समाधान गर्न संयुक्त ढंगले नै हल गर्न प्रयत्न गरिनु पर्दछ । आन्दोलनलाई अझ संयुक्त आन्दोलनमा विकाश गर्न जोड दिनु पर्दछ । नागरिक समाज, पत्रकार, कलाकार, वकिल, बुद्धिजिवी, युवा, किसान, मजदुर, विद्यार्थी, महिला, व्यापारी, आदिवासी जनजाति, तराईवासी, सवै क्ष्ँेत्र, तह र तप्कामा रहेका जनसमुदायहरुलाई एकाकार गर्न पहल र प्रयत्न गर्नु पर्दछ । संयुक्त आन्दोलनले नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षलाई बलियो र सुदिृढ पार्न सकिने भएकोले त्यो दिशामा सवैले पहल गर्नु पर्दछ । देखिएका संकट र समाधानको निकाश आन्दोलन नै भएकोले यो दिशामा सवैले कोशिष गरौं । संयुक्त आन्दोलनको विकाश र विस्तारमा लागौं । वर्तमानमा देखिएको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको साथै अन्य समस्याहरुलाई समाधानको निम्ति सवै एक जुट बनौं

ऐतिहा“सिक जनआन्दोलन ०६२÷६३ र लोकतान्त्रिक गणतन्त्रवारे

अग्रगति साप्ताहिक, वर्ष १, अंक ६
०६३ भाद्र २९
नेपाल र नेपाली जनता यतिबेला ऐतिहा“सिक चरणमा छन । राष्ट्र, राष्टी«यता र जनअधिकारका प्रश्नहरु पनि विषेश सङ्क्रमणकालिन स्थितिबाट गुज्रिरहेको छ । त्यसैले सबै नेपाली नागरिकको सामु मुलुकलाई नया“ रुपान्तरणमा लैजाने महान जिम्मेवारी आईपरेको छ । समस्याहरुलाई ठिक स“ग बुझ्नु, समाधानको बाटो पहिल्याउनु र व्यापक एकताका साथ मुलुकलाई नया“ चरणमा पुर्याउनु हामी सबैको दायीत्व बनेको छ । मुलुकले अहिलेको अवस्थासम्म आईपुग्नको लागि पनि केहि ऐतिहा“सिक चरण पार गरिसकेको छ । त्यसमा उल्लेखित कारणले भुमिका खेल्यो भन्नु अनुपयुक्त रहने छैन । क. हतियारवद्ध रहेका माओवादी र निशस्त्र रहेका ७ राजनैतिक दलहरुको विचमा समझदारी कायम गरी निरङ्कुश राजतन्त्रको विरुद्ध केन्द्रीत आन्दोलनमा जान तयार हुनु । ख. विगतका दिनहरुमा दलहरुबाट भएका कमिकमजोरीहरुको दलहरुबाटै आत्मसमिक्ष्ाँ गर्दै संविधान सभाको चुनावको ऐजेण्डालाई मुर्तता प्रदान गर्न सफल हुनु । ग. लामो ऐतिहासिक जन आन्दोलन र १९ दिन सम्मको आमहड्ताल सम्पन्न गरेर राजतन्त्रको विरुद्धको जन आक्रोशलाई साम्राज्यवादी, विस्तारवादी लगाएत अन्तराष्टी«य शक्तिहरुको अगाडी प्रमाणित गर्न सफल हुनु ।घ. दलहरुद्धारा घोषणा गरिएको ऐतिहासिक जन आन्दोलन ०६२÷६३ मा नागरिक समाज, पत्रकार महासंघ, नेपाल वार एसोसियसन, बुद्धिजिवी संगठनहरु, जनजाति महासंघ लगाएत सबै पेशाकर्मी र न्यायप्रेमी जनसमुदायकको सहभागिता र सहयोग प्राप्त गर्न सफल हुनु आदी ।यसमा मुख्य रुपमा ३ ओटा उपलब्दी प्राप्त भएको छ । एक – ०५९ आश्विन १८ गते गुमेको अधिकारहरु पुर्नस्थापित गर्न सफल भएको छ । दुई – नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाउनको निम्ति संविधान सभाको निर्वाचनको एक मात्र राजनैतिक ऐजेण्डामा मुलुकका सबै राजनैतिक दल तथा समाजिक संघ– संस्था लगाएत सम्पूर्ण बर्ग धरातलहरुलाई एकैठा“उमा लैजान सफल भएको छ । तिन – गणतन्त्रको पक्षमा जनमतको ब्यापक अभिवृद्धी भएको छ । जसको कारणले गर्दा राजा र राजतन्त्रलाई एककदम झुकाउन बाध्य पारिएको छ तर राजा र राजतन्त्र पूर्णरुपमा पराजित भैसकेको छैन । नेपाली जनता पूर्ण सार्वभौम सक्ता सम्पन्न हुन जरुरी छ । त्यसको लागि संविधान सभाको निर्वाचनको परिणमलाई जनताको पक्षमा ल्याउनु यतिवेलाको सबैभन्दा महत्वपूर्ण काम हो । संविधान सभाको निर्वाचनमा अगाडी बढ्दा आई पर्ने षडयन्त्रहरुलाई चकनाचुर पार्न, मुलुकलाई नया“ दिशामा रुपान्तरण गरेर लैजान सबै एकजुट हुनुपर्ने आवाश्यकता रहेको छ । नेपाली जनतालाई सर्वभौम बनाउने सन्दर्भमा छलफल गरिरह“दा शहिदको बलिदानी र ऐतिहासिक जनआन्दोलन ०६२÷६३ ले उठाएका विषयवस्तुहरुलाई कसैले भुल्न हुदैन । तथावी अहिले मुलुकमा ३ ओटा धारहरु देखा परिरहेका छन । १. लोकतान्त्रिक गणतान्त्रिक पक्ष्ँ । २. सोभायमान (अभचझयलष्ब)ि राजसंस्थाको पक्ष्ँ । ३. राजा र राजतन्त्रलाई बलियो बनाउन चाहने पक्ष । तेश्रो पक्ष्ँ यतिवेला हारेको अवस्थामा रहेको छ तर उनिहरुले फेरी पनि षडयन्त्रहरु गर्न सक्ने संभावनाहरुलाई पुरै अस्विकार गर्न सकिन्न त्यसैले सर्वप्रथम सबै नागरिकहरु यसबाट सचेत हुन जरुरी छ ।
दोश्रो सोभायमान (अभचझयलष्ब)ि राजतन्त्रको पक्षमा नेपाली काग्रेसका सभापती तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला लगाएत कतिपय आन्दोलनकारी दल कै नेताहरुले आफ्नो अभिमत जाहेर गरेको पाईएको छ तर पनि संस्थागत रुपमा निर्णय भने अहिले सम्म आईसकेको छैन । यदी सोभायमान (अभचझयलष्ब)ि राजसंस्थाको पक्षमा नेपाली काग्रेस, गिरिजा प्रसाद कोईराला र अरु कसैले उभ्याउने कोशिस भयो भने त्यो निश्चय नै उनिहरुको लागि अभिसाप सावित हुनेछ । यो कुरा जनताको विचबाट ऐतिहासिक जन आन्दोलन ०६२÷६३ मा उठान भएको माग र नाराहरुले प्रमाणित गरिसकेको छ ।
पहिलो लोकतान्त्रिक गणतान्त्रिक पक्ष्ँ हो । यो नै आजको स्थितिमा सबैभन्दा शक्तिशाली र ताकतवान पक्ष्ँ हो । जनताको जुझारु एकताले र ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को प्रतिविम्व हो । नेपाली जनता अधिकार सम्पन्न हुने मुख्य आधार हो । जिवनको प्रवाह नगरेर खुला आकाश मुिन तातो गोली खान तयार भएका जनताको चाहना हो । हात–खुट्टा शरिरका अंगहरु गुमाएर पनि मर्ने वा जित्ने उद्देश्यका साथ आन्दोलनमा होमिएका लाखौं युवाहरुको मुल भावना हो । लोकतान्त्रिक गणतन्त्रले नै ऐतिहासिक जन आन्दोलन ०६२÷६३ को मुल मर्म र भावनालाई समेट्न सक्ने छ । जन आन्दोलनका शहिदहरु, घाईतेहरु र ऐतिहासिक जन उपस्थितिको उद्देश्यलाई पुरा गर्न सक्ने छ । यसका विपरित हुने गतिविधि, षडयन्त्रहरु जनतालाई सह्यहुने छैन त्यो कुरा ऐतिहासिक जन आन्दोलन ०६२÷६३ ले नै मुखरित गरि सकेको छ ।लोकतान्त्रिक गणतन्त्रको पक्षमा मुलुकलाई लैजान आई पर्ने केहि राजनैतिक तथा प्राविधिक समस्याहरुका विषयहरु पनि छन जसमा सबै पक्ष स्पस्ट हुन जरुरी रहन्छ । क. राजा र राजतन्त्रको विषयमा स्पस्ट द्रिष्टिकोण अवलम्वन गरिनु पर्ने विषय । ख. दुवै पक्षको हतियार र सैनिकको ब्यवस्थापनमा सहि नीति अख्तियार गरि जनतालाई स्थायी शान्तिको अनुभुती दिलाउनु पर्ने प्रश्न ।ग. अन्तरिम संविधान, अन्तरिम सरकार जस्ता राजनैतिक विषयहरुमा निचोडमा पुगेर समस्याको हल खोजिनु पर्ने सवाल । घ. राज्यको पुर्नसंरचनालाई केन्द्रमा राखिनु पर्ने विषय र त्यसो गर्दा कुन आधार, प्रकृया र मापदण्डहरुबाट निर्धारण गरिने भन्ने प्रश्नको निचोड । ङ. संविधान सभाको निर्वाचनमा जा“दा ठेगान गरिनु पर्ने प्रारुप, प्रकृया, निर्वाचन प्रणाली, प्रतिनिधित्वको ब्यवस्था, निर्वाचक अंगहरु, चुनिईसकेका प्रतिनिधिहरुलाई पनि प्रत्यागमनको ब्यवस्था जस्ता महत्वपूर्ण विषयहरुमा सहमतिमा पुग्नुपर्ने सवाल । च. संविधान सभाको निर्वाचनमा सबैक्षेत्रको समानुपातिक, समावेशी र सहभागितामुलुक प्रतिनिधित्वको प्रश्नमा हुनु पर्ने सहमती । जस्ता प्रश्नहरु यतिवेलाका प्रमुख विषयहरु हुन । जसलाई सबैपक्षको सहभागितामा ब्यापक छलफलहरु, बहसहरु, क्रिया– अन्तरक्रियाहरु मार्फत राजनैतिक सहमतीमा पुगेर हल खोजिनु पर्दछ ।
उल्लेखित विषयहरुमा ब्यापक छलफल र बहसहरु हुन नसकेको कारणले गर्दा नै राजनैतिक सहमतीमा पुग्न सकिएन । त्यसैको असरले गर्दा संविधान मस्यौदा समितिले ठोस र मुर्त संविधान मस्यौदा तयार पार्न नसकेको प्रश्न हाम्रो अगाडी ताजै भएको विषय हो । त्यसैले सबै राजनैतिक दलहरु, संघ– संस्थाहरु, नागरिक समाजहरु लगाएत सम्पूर्ण तह र तप्काका न्यायप्रमी जनसमुदायहरुले यसको निचोडमा पुग्नको लागि महान जिम्मेवारीताको साथ हरदम कोशिस गर्न जरुरी रहेको छ । त्यसमा पनि बु“दा नं. क र ख को बारेमा सबैभन्दा अगाडी सहमतिमा पुग्नु पर्दछ ।प्रथमः– राजा र राजतन्त्र राख्ने बारे कुनै पनि मान्यतामा नेपाली जनतालाई स्वीकार्य हुनेछैन किनकी हाम्रो मुलुकलाई यो अवस्थामा पुर्याउनमा राजा र राजतन्त्र कै भुमिका रहेको छ । राजतन्त्र विहिन लोकतान्त्रिक गणतन्त्रले नै आजको विन्दुमा नेपाली जनताको अभिमतलाई कदर गर्न सक्ने छ । दोश्रोः– संविधान सभाको निर्वाचनको सम्पुर्ण प्रकृया तोकिनु भन्दा अगाडी सरकारी सैनिक र उसको हतियार ब्यारेकमा फिर्ता गर्ने र माओवादी को हतियार र सैनिकलाई पनि अस्थायी क्याम्प खडा गरि राख्ने ब्यवस्था मिलाई लालन पोषणको ब्यवस्था राज्यले नै गर्ने गरि सहमतिको हल खोजिनु पर्दछ । संविधान सभाको निर्वाचनको परिणाम स“गै सेनाको विलोपिकरणको प्रकृयामा मुलुकलाई लैजानु पर्दछ । यो प्रकृयामा मुलुकलाई लैजा“दा नेपाली जनतामा दुवै सैनिक र हतियारको त्रास हटेर जानेछ । जनताले खुलेर संविधान सभाको निर्वाचनमा आफ्नो अभिमत जाहेर गर्न सक्नेछन । सबै राजनैतिक शक्तिहरुलाई निर्धक्क आफ्नो राजनैतिक विषयबस्तुहरु जनताको अगाडी लगेर जानको निम्ति सजिलो धरातल पैदा हुनेछ ।
जनताले रोजेको र ऐतिहासिक जन आन्दोलन ०६२÷६३ ले खोजेको लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि फेरी एकपटक ऐतिहासिक लडा“ईको जरुरी पर्न सक्ने छ, त्यसको निम्ति लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको सबै राजनैतिक दलहरु, पत्रकार, नागरिक समाज लगाएत सबै तहका जनसमुदायहरुको विचमा फेरी ब्यापक एकता हुन जरुरी छ । लोकतान्त्रिक गणतान्त्रिक सघर्षलाई प्रभावकारी बनाउनको लागि दुई ओटा मुख्य कुरामा तत्काल ध्यान दिनु पर्दछ ।१. केन्द्र देखि क्षेत्र, जिल्ला हु“दै स्थानीय स्तर सम्म लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निमार्ण गर्न पहल गर्नु । २. राजतन्त्र विहिन लोकतन्त्रको स्थापनाको लागि ब्यापक एकताको साथ हरसंभव प्रचार प्रसार र मोर्चा बन्दी आन्दोलनमा जोड दिनु ।
आजको घडीमा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नै अपरिहार्य आवाश्यकता भएको र सघर्षको लागि लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निमार्ण गर्ने सन्दर्भमा छलफल भईरहदा“ पनि आज विभिन्न तहबाट विरोधका स्वरहरु उठिरहेका छन । त्यसप्रकारको विरोधले कुनै पनि मान्यतामा अर्थ राख्ने छैन । त्यो विरोधको लागि विरोध मात्र हुनेछ र जनताको एकताले फेरी त्यस्ता शक्तिहरुलाई किनारा लागाई दिनेछन । यो नै अहिलेको अवस्थामा नेपाली जनता र नेपाली माटोले राखेको चाहना हो । ऐतिहासिक जन आन्दोलन ०६२÷ ६३ ले समेटेको मुल पक्ष र भावना हो । यो नै मुलुक र जनताको अपरिहार्य आवाश्यकता हो । यो कार्यलाई सफल पार्नु नै आजको विन्दुमा सबैको ऐतिहासिक कार्यभार हो ।

Saturday, January 23, 2010

प्रतिगमनको समस्या निकास र आन्दोलन बारे

हा“क साप्ताहिक, वर्ष २१, अंक २०
२०६० चैत्र १८
“मुख्यतया समाजमा भित्रि अन्तरविरोधहरुको विकाशबाटनै समानमा परिवर्तनहरु हुन्छन अर्थात उत्पादक शक्तिहरु र उत्पादनका सम्वन्धहरुका विचको अन्तरविरोध, बर्गहरुको अन्तरविरोध, पुरानो र नौलाको अन्तरविरोध यिनै अन्तरविरोधहरुको विकाशले नै समाजलाई अगाडि बढाँउछ र पुरानो समाजमाथि नौलो समानको विजयको निम्ति यो भित्रि प्रेरक शक्ति बन्छ ।” “सन १९३७ अगस्तमा अन्तरविरोधका विषयमा सर्वहाराबर्गका महान नेता का. माओले बताउनु भएको थियो ।”
आज हाम्रो देशको राजनैतिक पेरिफेरी का. माओले भन्नुभए जस्तै चरम अन्तरविरोधहरुको बिचबाट गुर्जेको छ । जनतालाई दमन गर्न खोज्ने र त्यो दमन अनि बन्धनबाट मुक्तहुन खोज्नेहरुको बिच आज तिर्ब अन्तरविरोध बढेको छ । बसिखाने बर्ग र गरिखाने बर्गको बिच ठुलो लडाई चलिरहेको छ । प्रजातन्त्र र जनअधिकारको माग गर्नेहरु र एकतन्त्रिय हुकुमलादेर शोषणको स्वर्गमा रमाउन चाहनेहरुको बिच चर्को अन्तरविरोध बढेको छ । नयाँ युगका युवा—विद्यार्थीहरु नयाँ नयाँ नाराहरु खोज्दैछन । नयाँ युगको निम्ति हार गुहार गर्दैछन । नयाँ नयाँ मागहरु राख्दैछन । पुरानालाई ध्वस्त बनाउन चाहन्छन । सडेगलेकाहरुलाई उखलेर फ्याँक्न चाहन्छन । पुरानो विचारको स्थानमा नयाँ विचारको विज रोप्न चाहन्छन । त्यो राष्ट्रको निम्ति, त्यो जनताको निम्ति, त्यो गरिखाने बर्गको निम्ति,, त्यो मजदुर, किसान, श्रमजिवि बर्गको निम्ति । सडकहरु रक्तम्मै पारेर स्वाभिमानको निम्ति चिच्च्याईरहेका छन । थाप्लोमाथि लाठी फन्किदा र बर्सिदा पनि घाँटी सुकन्जरी गणतन्त्रका नारा घन्क्याईरहेका छन । यो नयाँ युगको पुकार हो । नयाँ मान्छेको आवाज हो । उनिहरुले प्रजातन्त्रको निम्ति मर्नैपरे पनि मरौंला भनेर बाँचा बधिरहेका छन । सहितको रगतले साटेर प्राप्त गरेका अधिकारहरुलार्इं रक्षा र पुनस्र्थापना गर्न चाहन्छन । अबत त्यतिले मात्र नपुग्ने भएको छ । परिस्थितिले नेटा काटिसकेको छ । दमनका रुपहरुपनि बदलिदै गएको छ । तर दमन भएको स्थानमा प्रतिकार पनि हुन्छ । त्यो प्रतिकार सँगै विस्फोट पनि अनिवार्यसर्त हो । त्यसैले कुनैपनि चिजको नस्टहुनुमा आन्तरिक कारणको भुमिकाले नै प्रधानता पाँउछ । एकातिर अहिले उठेको जनताको आवाज, जनताको शक्ति र अर्कोतिर प्रतिगामीहरुको सषयन्त्र र बन्दुकको होडबाजी बेजोड ढंगले चलेको छ । तर यि शक्तिमा सर्वमान्य जनताको शक्ति भएको ले प्रतिगामी तत्वहरु आफैले खनेको खाडलमा आफै फस्नेकुरा स्वतह निस्चित छ ।
अब प्रतिगामीहरुको भुमिकाले उनिहरुको आयुको छिनोफानो गर्नेछ । २१ औं सताब्दीको युगको खोजिमा हिंडिरहेका युवा—विद्यार्थीहरु यहि आवज उठाईरहेका छन । जनताले यहि कुरा बोलिरहेको छ । इतिहासले यहिकुरा सिकाईरहेको छ । त्यसैले राजाको भुमिकाले नै राजतन्त्रको अस्तित्वको संरक्षण र नस्टमा निर्णयक रुपरेखा कोर्ने छ । बैज्ञानिक युगमा बैज्ञानिक ढंगबाट नचल्ने हो र आजका जनतालाई पनि १७ औं सताब्दीमा जस्तो संझने हो भने यसको परिणामले जनतालाई घाटा पुर्याउने छैन । आजका युवाले परिस्थितिलाई राम्रो गरी बुझेका छन । ठिक—बेठिक छुट्ट्याउन सक्छन । राजनैतिक मुल्य मान्यताको सिमालाई अवलोकन गर्न सक्छन । राजनैतिक रुपले के गर्न ठिक र बेठिक त्यो पनि केलाउन सक्छन । आजसम्म कहाँ, कसरी, कसले सहि वा गल्ती गरेका छन त्यो पनि अवलोकन गरेका छन । त्यसैले आज पुरानोलाई भत्काएर त्यसको स्थानमा नयाँको जग बसाल्न खोजिरहेका हुन ।
प्रतिगमन विरुद्ध जुटेका गणतन्त्रको स्वरहरुलाई दबाब राजनितिको अर्थमा बुझेको कुरा राजाको अन्तरवार्ता तथा संबोधनमा आयो । युवा विद्यार्थिहरुको काम राजनैतिक नारा लगाउदै हिड्ने होईन, पड्ने लेख्ने हो भन्ने उपदेशपनि सुनियो तर आजका युवा, तरुण, विद्यार्थीहरुलाई के त्यो कुराले चित्त बुझेको होला ? यहिकुरा पञ्चायती ब्यवस्थामा पनि भनिने गरिन्थ्यो । गरिव युवा, विद्यार्थी, किसान, मजदुर, शिक्षक, पत्रकार कसैले पनि राजनिती गर्नुु हुदैन राजनिति गर्नेकाम धनिहरुको हो । जानेबुझेकाहरुको हो । आज पनि त्यहिकुरा बेलिदैछ । अब काम नलाग्ने उपदेशको कुनै अर्थ, सार्थकता र स्वभाविक रहदैन । जो उपदेश दिन लायकनै छैन उसको उपदेशको के महत्व ? जसले खुलेआम आर्थिक, राजनैतिक संरचनामाथि धावा बोलिरहेको छ । जनतालाई बन्दुकको थर्कन दिईरहेको छ उनैले दिएको फोर्सा उपदेशको सान्दर्भिकता नै के छ ? आफैले नियम नमान्नहरुको नियम मान्न जनतालाई जरुरी किन ? अनुशासनको पाठ पढाउनेहरुले आफ्नो अनुहारलाई ऐनामा हेर्न सक्नु पर्दछ । मुल्य मान्यताको खोजी गर्नेहरुले आफुले पनि मुल्य मान्यताको दायरालाई बुझ्नु पदैछ । मर्यादाको अपेक्षा राख्नेहरुले आफुले पनि अर्काको मर्यादालाई कदर गर्न सिक्नु पर्दछ । त्यसैले आजको युगले माग गरेको गोरेटोमा लामवद्ध भएर कुवार्नी दिन समेत तयार भएका नयाँ युगमा नयाँ युवा विद्यार्थीहरु जुर्मुर्याईरहेका छन । जायज माग राखेर सलवलाईरहेका छन । आवाश्यकता परे मुलुकको नेत्रित्व, सिङ्गो आन्दोलनको नेत्रित्व गर्नसमेत पछि हट्ने छैनन भन्ने सन्देश दिईरहेका छन ।
प्रतिगमनको विरुद्ध जुटेका आजका युवा विद्यार्थीहरु अवैधानिक होईन वैधानिक आन्दोलनको दायरामा छन । बन्दुक बोकेर होईन भण्डा बोकेर सडकमा ओर्लिरहेका छन । जंगलबाट होईन सहरबाट आन्दोलनको संङ्खघोष गरिरहेका छन । काल्पनिकतामा होईन वास्तविकताको खोजीमा दौडिरहेका छन । हुकुमतन्त्रको विरुद्धमा अनअधिकारको खोजिमा सलवलाईरहेका छन । आश्विन १८ गतेबाट प्रतिगमनका नायक राजाले चालेका हरेक राष्ट्रविरोधी जनविरोधी कृयाकलापले गर्दानै सारा जनतालाई सडकमा उत्रनकोलागि निम्ता दिएको हो । आम्ने साम्नेको लडाईमा उतारेको हो । नजान्नेलाई जान्ने , नबुझेकालाई बुझाउने काम गरेको हो । प्रतिफल आज गणतन्त्रको नाराहरु घन्किरहेको छ । अबत नारायणहिटी, सिंहदरवारको आँगन काठमाडौंमा मात्रहोईन हिमालको फेँदमा समेत गणतन्त्रको नारा थर्किनथालिसकेको छ । बजार देखि गाँउसम्म, विश्वविद्यालयहरु देखि विगट गाँउका प्राथमिक विद्यालयहरुसम्म “२१ औं सताब्दीमा राजतन्त्रको सान्र्दभिकता कति ? ” भनेर छताछुल्ल छलफलहरु चलिरहेको छ । बोल्नै नहुने, लेख्नै नहुने, भन्नै नहुने भनिएकाहरुको विरुद्धमा नै आज सिङ्गो मुलुक खनिएको छ । यो यर्थातलाई आजका युवा—विद्यार्थीहरुले राम्रोगरी बुझेका छन । जागिर खाएका सिपाईहरु भोली आफ्नै झुप्रेघरमा नर्फकी सुकैछैन । आज गाँउ बिर्सेका जवानहरु भोली त्यहि बिकट गाँउमा नघुमी सुकैछैन । कलो खाएर जयजयकार मनाउन उत्रनेहरुको कलो पनि भोली सकिने निश्चित छ ।
आज सबैलाई प्रस्ट भैसकेको छकि मुलुकको अहिलेको प्रमुख समस्या प्रतिगमनको हो । अग्रगमनको लागि प्रतिगमनलेनै अवरोध सिृजना गरिरहेको छ । जबसम्म प्रतिगमनलाई परास्त गर्न सकिदैन त्यतिबेलासम्म मुलुकलाई अग्रगमनको बाटोमा लैजान सकिन्न । आज विद्धमान रहेका अन्य समस्याहरु पनि झन झन झाँङ्गिदै जानेछ । त्यसैले आज सबै युवा, विद्यर्थी, किसान, महिला, मजदुर, पत्रकार, वकिल, बुद्धिजिवि सबैतहका समुदायहरुले प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्तगर्न संचालित संयुक्त आन्दोलनमा होमिनु पर्नेबेला भएको छ । प्रतिगमनको विरुद्धको आन्दोलनमा देखिएको संझौतापरस्त, अवसरवादी ढुलमुले निति र ब्यवहारको बिरोध गर्दै तिनिहरुलाई पन्छ्याउदै आन्दोलनमा नउत्रिकन सुकैनहुने अवस्था खडाभएको छ । संयुक्त आन्दोलनको दायरालाई अझ फराकिलो पार्नुपर्ने परिस्थिति निमार्णभएको छ । जुझारु ससक्त अनि संयुक्त आन्दोलनले नै प्रतिगमनलाई परास्तगर्न सकिने भएकोले आजको अनिवार्य सर्त भनेको पनि त्यहि आन्दोलन नै हो । यो कुरालाई मननगरी युवा—विद्यार्थीहरु जोडतोडले आन्दोलनमा उत्रेका छन । राजनैतिक पार्टीहरु पनि त्यहि आन्दोलनको क्रममानै छन ।
पुर्णप्रजातन्त्र स्थापना नभएको कारणले गर्दानै आज हाम्रो मुलुकमा यसप्रकारका समस्याहरु सजिलैगरी आएका हुन । फेरिपनि जबसम्म मुलुकमा पूर्णप्रजातन्त्र स्थापनागर्न सकिन्न जनतालाई वास्तविक अर्थमा सार्वभौम सम्पन्न बनाउन सकिन्न यसप्रकारका समस्याहरु सजिलैगरी दोहोरिनेकुरा निश्चित छ । ०४६ सालमा संचालित आन्दोलनलाई त्रिपक्षिय संझौता गरि नटुङ्याएको भए र नेपाल अधिराज्यको संविधान निमार्ण गर्ने बेलामा जनतालाई पूर्णरुपमा सार्वभौम सम्पन्न गराउनेकुरामा ध्यानदिइएको भए र तात्कालिन ने. क. पा. मसालले जोडदाररुपले उठाएको सार्वभौम सत्ता बास्तविक अर्थमा जनतामा हस्तान्त्रण गर्न संविधान सभाको चुनाव हुनु पर्दछ अनि जनताले चुनेको प्रतिनिधिले संविधान निमार्ण गरिनु पर्दछ भन्ने सवाललाई सबैपक्षले बुझिदिएको भए पनि मुलुक आजको अवस्थामा पुग्न गाह्रो हुन्थ्यो । फलस्वरुप चुनिएका मानिसहरुले संविधान निमार्ण गरे । जनतालाई ढाटेर रातलाई दिन भनियो । चपाउने दाँतअर्कै र देखाउने दाँदकोरुपमा संविधानको मुलप्रस्तावनामा सार्वभौम सत्ता जनतामा निहित रहेकोकुरा उल्लेख गरियो । प्रजातन्त्रको निम्ति लामो लडाईलडेका राजनैतिक शक्तिहरुले पनि यो जित सबैको हो भनेर कुर्लिने काम गरियो । तर जनताको जित भएको थिएन, संविधान कालो निमार्ण गरिएको थियो । सार्वभौम सत्ता जनतामा निहितरहने कुरा लेखिएको भएतापनि राज्यको सम्पुर्ण अंगलाई परिचालन गर्ने जिम्मा राजाको पोल्टामा नै सुम्पिएको थियो । त्यहिकुराको विरोध गर्दै तत्कालिन ने. क. पा. मसालले “कालो संविधानको भण्डाफोर गरौ” भनेर २०४८ सालको आम संसदीय निर्वाचन समेत बहिस्कार गरेको कुरा दिनको घामझैं छलङ्ग छ । आज परिस्थितिले सबैलाई प्रस्ट पारिदिएको छ । सबैपक्ष राजनैतिक पार्टीहरु देखि सम्पुर्ण तहमा आज त्यसको छलफलहरु जोडतोडले चलिरहेको छ । अझै पनि एकरुप समझदारीमा पुग्न आन्दोलनकारी शक्तिहरुले ध्यान दिनु पर्दछ ।
आजको दिनमा २०४६ सालको आन्दोलनबाट प्राप्त भएका सिमित अधिकारहरुको रक्षा र पुर्नस्थापना गर्दै त्यो आधारबाट आन्दोलनलाई अझ माथि उठाउन पहल गर्नु पर्दछ । अहिले सडकमा उठिरहेका गणतन्त्रको आवाजलाई संगठितगरी नेत्रित्व प्रधान गर्दै अगाडि बढ्न राजनैतिक पार्टीहरुले ध्यान दिनु पर्दछ । त्यसको साथै मुलुकलाई पूर्णप्रजातन्त्रिक परिपाटीमा लैजानको निम्ति र जनतालाई पूर्णरुपले सार्वभौम बनाउनको लागि अहिलेको उपयुक्त विधि संविधान सभाको चुनाव हुन आवास्यक छ । जसले जनतालाई पूर्ण सावंभौम सत्ता सम्पन्न बनाउने छ र त्यो दिशाको निम्ति बाटो खोल्ने छ । त्यसैले संविधान सभाको चुनाव मार्फत सार्वभौम सत्ता जनतामा हस्तान्त्रण गराउन सबैले जोडबल लगाउनु पर्दछ । आन्दोलनको अनिवार्य एजेण्डा जनतालाई पूर्णरुपले सार्वभौम बनाउने सवाल बन्नु पर्दछ । यो नै आजको परिस्थितिले खोजिरहेको छ ।
“बर्गहरु सधर्ष गर्छन केहि बर्गले विजय पाँउछन अरुहरु निमूर्ल हुन्छन । ईतिहास यस्तै छ , सभ्यताको हजारौं वर्षको इतिहास यस्तै छ । यस दृष्टिबाट ईतिहासको ब्याख्या गर्नुनै ऐतिहासिक भौतिकवाद हो । यस दृष्टिको विपरित उभिने विचारधारा ऐतिहासिक आर्दशवाद हो । ” सन १९४९ अगस्त १४ मा “भ्रमहरुलाई मिल्काउ सघर्ष गर्न तयारी गर ” भनेर का. माओले बताउनु भएको थियो ।
आज हामी विजयको निम्ति लडाई लडेका छौ । हाम्रो जित निश्चित छ । जनताको जित निश्चित छ । किनकी आजको युग विज्ञानको युग हो । सभ्यताको युग हो । ऐतिहासिक भैतिकवादी युग हो । दोन्दात्मक भौतिकवादी युग हो । आजको विश्व विज्ञानमा अडेको छ । हामीले त्यहिकुरा माथि विश्वास मान्छौ । त्यसैले त आजका युवा विद्यार्थीहरु कराईरहेका छन । यस्तो अवस्थामा पनि आर्दशवादी ढंगले सबैकुरालाई हेरेर आफुलाई चलाउने कोशिस कसैले गर्न चाहन्छन भने त्यसलाई नत युगले मान्ने छ , नत विज्ञानको नियमले नै मान्नेछ नत जनताले नै त्यसलाई स्वीकार गर्न तयार हुनेछन । त्यसैले त आजका जोसिलो युवा—विद्यार्थीहरुले आर्दशवादको पर्खाललाई तोड्न चाहन्छन । विज्ञानको मुल्य र मान्यताहरुलाई स्थापित र अवलम्वन गरी अगाडि बढ्न चाहन्छन । दासताको जंजिरमा बाँधिएर खुनले प्यास मेटाउने संरचनामा होईन पूर्णप्रजातन्त्र, जनअधिकार र शान्ति शुरक्षा कायमभएको मुलुक निमार्ण गर्न चाहन्छन । सैनिक हिरासतमा छटपटिएको मुलुकमा होईन सबैले हास्ने, बोल्ने र रमाउने परिपाटीको शुरुवात गर्न चाहन्छन ।
अहिले युवा—विद्यार्थीहरुले सत्ता होईन अधिकार खोजिरहेका छन । मृत्यु होईन जिवन मागिरहेका छन । त्यसैले सोँच विचार गरेर नै आन्दोलनमा होमिएका छन । राजाको स्वयच्छचारी निरङ्कुसताको विरोध गरिरहेका छन र गणतन्त्रको माग गरिरहेका छन । यो कुनै रहर होईन परिस्थितिले माग गरेको बाध्यात्मक स्वरुप हो । बर्तमान अवस्थाले उब्जाएका सवालहरु हुन । मुलुकमा यो परिस्थिति सिृजना निमार्ण गर्ने जनता होईनन स्वयम पञ्चायती तत्वहरु हुन । प्रतिगमनका बफादार पात्रहरुनै हुन । राजतन्त्र र राजा नै हुन । सबैले बुझेको कुरा होकि जुन तत्वहरुले जनता खुसी भएको देख्न चाँहदैन, मुलुकलाई लुटुरखान पल्किरहेका छन, तिनैले आफ्ना गुमेको स्वर्गलाई पुर्नस्थापित गराउन खोजिरहेका छन । फल स्वरुप आफ्ना हरेक प्रतिगामी कदमलाई अगाडि बढाईरहेका हुन । जसले गर्दानै आजको लडाईको सुरुवात भएको हो । निश्चितै रुपमा अधिकार खोज्नु जनताको कर्तब्य हो । परिस्थितिको आव्हानलाई कदर गर्न आजका युवा— विद्यार्थीहरुको दाईत्व हो । मुलुकले हार—गुहार गरिरहेको बेलामा त्यो बन्धनबाट मुक्त पार्न लडाई लड्नु आजका युवा—विद्यार्थीहरुको अनिवार्य भित्रको एउटा महत्वपूर्ण सवाल हो । त्यसैले त आज प्रतिगमनको विरुद्धमा प्रजातन्त्रको पक्षमा, अधिनायकवादको विरुद्धमा स्वाभिमानको पक्षमा, निरङ्कुसताको विरुद्धमा जनअधिकारको पक्षमा युवा—विद्यार्थीहरु सडकमा ओर्लिरहेका छन । गणतन्त्रको नारा घन्क्याईरहेका छन । विश्वको ईतिहासमा स्थापित युवा—विद्यार्थीहरुको भुमिकालाई आज फेरी यो मुलुकमा दोहोर्याउन खोजिरहेका छन । यो जित हाम्रै हो । संसार हामै्र हो । भविश्य हाम्रै हो । प्रतिगमन— मूर्दावाद । युवा—विद्यार्थी आन्दोलन— जिन्दावाद ।



प्रतिगमनको निरन्तरता र राजनीतिक पार्टीहरु बीच हुनु पर्ने एकरुपता बारे

हा“क साप्ताहिक, वर्ष २०, अंक २७
२०६० असार ४
गत वर्ष आश्विन १८ गते राजाले जननिर्वाचित सरकारलाई अपदस्त गरि कार्यकारणी अधिकार आफ्नो हातमा लिने काम भोि । त्यसपछि मुलत हाम्रो देश प्रतिगमनको खाडलमा फस्न पुग्यो । २५० बर्षको निरङ्कूस सामान्तवादी राज्य सत्ताको पछिल्लो खुड्किलोको रुपमा आश्विन १८ गतेको घटना देखापर्यो । २५० बर्षको लामो ईतिहासमा अनगिन्ती घटना परिघटनाहरु भए जो राष्ट्र र जनताको निम्ति घातक सावित भएको छ । सत्ताको निम्ति आफु—आफुमा काटमार चलाउने, एक भाईले अर्को भाईलाई विभत्स हत्या गर्ने जस्ता अनगिन्ती काण्डहरु नेपालको ईतिहासमा सामान्य भई सकेको छ । शाषक बर्गहरु अनेक प्रकारका मध्ययुगिन बर्बताको प्रतिक सावित भए । त्यसको पछिल्लो नमुना २०५८ जेष्ठ १९ गतेको राजदरवार हत्याकाण्ड हो । जहाँ एउटै परिवारका वंश समेत नरहने गरि १० जनाको सर्वनास भएको थियो । त्यसपछि राज्यको तर्फबाट अत्यन्तै अपत्यारिलो “भटटटटटट....” को प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । त्यसपछिको पृष्ठभुमिमा फेरि हाम्रो देशलाई पञ्चायति निरङ्कुस सामान्ति तथा अधिनायकवादी सासनविधिका जाँतोमुनि चपेटेर राख्ने दुस्वपना देखिदै छ ।
२००७ सालमा नेपाली जनताले आन्दोलन गरेर केहि रुपमा भएपनि प्रजातान्त्रिक अधिकारहरुको सूरुवात गरेका थिए । तत्कालिन राजा त्रिभुवनले २०१० सालमानै आफुले २००७ सालमा घोषणा गरेको मुलभुतकुरालाई फेरि आफ्नो हातमा केन्द्रीत गर्नेकाम भएको थियो । त्यसैगरि २०१५ सालमा राजा महेन्द्रले फेरि संविधानको घोषणा गरे । २०१५ सालमानै मुलुकमा आम निर्वाचन भोि । नेपाली काग्रेसले दुई तिहाई बहुमत प्रप्त गरेर वि. पि. कोईरालाको नेत्रित्वमा सरकार समेत गठन गर्यो । काग्रेसको बहुमतको सरकार २ बर्षपनि नवित्दै २०१७ साल पुस १ गते राजा महेन्द्रले २०१५ सालमा आफैले घोषणा गरेको संविधानलाई खारेजी गरेर निरङ्कुस पञ्चायति ब्यवस्थाको शुरुवात गरियो । त्यसपछि राजनैतिक दलहरुमाथि प्रतिवन्द लगाईयो । नेताहरुलाई एक—एक गरेर गिरफ्तारी गर्ने र जेलमा सडाउने जस्ता षडयन्त्रहरु भए । तर जनतालाई त्यसले सहिय भएको थिएन । त्यस पछि पनि निरङ्कुस पञ्चायति ब्यवस्था विरुद्ध निरन्तर सर्घषहरु भए तर जोडदार आन्दोलन उठ्न नसकेको कारणले गर्दा २०४६ साल ३० बर्षको अवधिसम्म सासक बर्गहरुले निरङ्कुस पञ्चायती ब्यवस्था टिकाई राख्न सफल भए । २०३६ सालमा मुलुकभर आन्दोलन चल्यो । त्यसलाई थम्कार्न राजा बिरेन्द्रले जनमत संघर्हको घोषणा गरे । बहुदल र निर्दलको निम्ति चुनाव गरियो तर बहुदलको पक्षमा मत परेको बाकसलाई रातारात सिमाना कटाई भारतको चारकोसे झाडीमा लगेर फ्याकियो । दिल्लीदरवार बाट निर्दलको पक्षमा फर्जिमत ल्याई गनियो र निर्दललाई विजय भएको घोषणा गरियो । त्यसरी खुलेआम गरिएको धाँदलि र जनताको अभिमत माथि पञ्चायती बुट र बन्दुक तानाशाही ब्यवस्थाको पराकास्ट थियो ।
३० बर्षको अवधिमा अत्यन्त डरलाग्दा घटनाहरु भए । सुनको चर्पि बनाईयो । सुनका मुर्तिहरु रातारात स्वीजल्र्याण्ड पुगे । गलैचा काण्ड, मल काण्ड, दुध काण्ड, चरेश काण्ड, विमान काण्ड, सर्पको छालाहरु तस्करी, गैंडाका खाकहरुको तस्करी, बाघका छालाहरुको तस्करी आदी जस्ता काण्डहरु भए । पञ्चायती ब्यवस्थाकै संरक्षणमा पालिएको गुण्डाहरु गाँउ—गाँउमा पसेर ठुला—ठुला आतङ्कहरु मच्चाए । फेरि निरङ्कुस पञ्चायती ब्यवस्थाको विरुद्ध जनताले २०४६ सालमा आन्दोलन चलाए । त्यो आन्दोलनको नेत्रित्व नेपाली काग्रेस, वाममोर्चा र राष्ट्रीय जनआन्दोलन संयोजन समितिमा सामेल भएका राजनैतिक शक्तिहरुले गरेका थिए । त्यो आन्दोलनमा पनि राजन रायमाँझी जस्ता नावालकहरुको रगतले सारा देश रक्तम्य बन्यो । आन्दोलन चर्किरहेकै थियो । राजा बिरेन्द्रले त्यो संगठित आन्दोलनलाई थाम्न सक्ने स्थिति थिएन । मुलुकभर पञ्चायती कालरात्रीको विरुद्ध जनता संगठित भैरहेको अवस्थामा राजाले २०४६ साल चैत्र २६ गते राती बहुदलको घोषणा गरेको नाटक गरे । राजा, काग्रेस र वाममोर्चा मिलेर त्रिपक्षिय संझौता गरियो र आन्दोलनलाई संझौतामा टुङ्ग्याउने काम गरेर जनताको आन्दोलन प्रति धोकादिने काम गरे ।
२०४७ साल बैशाखमा नेपाली काग्रेसका नेता कृष्ण प्रसाद भट्टराईको नेत्रित्वमा अन्तरिम सरकार बन्यो । त्यसमा काग्रेस, राजा र वाममोर्चामा समावेस भएका ब्याक्तिहरु सरकारमा बसेका थिए । त्यसपछि संविधान निमार्ण गर्ने सवालहरु चले । संविधान सुझाव आयोग गठन गरिएको नाटक गरियो र २०४७ साल कार्तिक २३ गते कथित सार्वभौम सत्ता जनतामा रहेको भनिएको कालो संविधानको घोषणा गरियो । त्यसको मुल प्रस्तावनामै “स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न नेपालको राज्जशक्तिको स्रोत जनता नै हो भन्ने तथ्यलाई ह्दयङ्म गरी लोकसम्मति अनुकूल शासन व्यवस्था सञ्चालन गर्न सङ्कल्प हामीबाट “नेपाल अधिराज्यको संविधान २०४७, प्रस्तावना पेज नं. १” त्यतिबेलै तात्कालिन ने.क.पा.(मसाल) ले त्यसको चर्को विराध गरेको थियो । “त्रिपक्षिय संझौता धोका हो, जनताले चुनेको प्रतिनिधिले संविधान निमार्ण गर्न पाउनु पर्दछ, संविधान सभाको चुनाव हुनु पर्दछ, जनतालाई ढाटिएको छ र जे लेखिएको भएता पनि कालो संविधानको घोषणा भएको छ सार्वभौमसत्ताका मालिक जनता होईन राजानै भएका छन” भनेर आफ्नो स्पस्ट दृष्टिकोण अघि सारेको थियो । त्यतिबेला कसैले सुनिएन बरु उल्टै त्यो कुरालाई खिल्लिमा उडाउने कामहरु पनि भए । जनताको आन्दोलन प्रतिको गद्धारी र कालो संविधानको विरुद्ध २०४८ सालको आम संसदीय निर्वाचन समेत बहिस्कार गरेको थियो । आजसम्म पनि त्यसको लगातार विरोध र भण्डाफोर गर्दै आएको कुरा हाम्रो सामु प्रस्टै अनि ताजै छ ।
आज १३ बर्षको अवधि वितिसकेको छ । निश्चितै रुपमा यो विचमा सत्तामा जाने ठुला भनाँउदा पार्टीहरुले जनतालाई राहत प्रदान गर्नसकेनन् । जनविरोधि कृयाकलापहरुमा तल्लिन भए, सिमित रुममा भएपनि प्रजातान्त्रिक अधिकारहरुलाई जनताको पक्षमा प्रयोग गर्न सकिन्थ्यो त्यो भएन तर आज त्यसैलाई प्रमुख बताएर प्रतिगामिहरुले आफ्ना षडयन्त्रकारी तानावानाहरु बुन्दैगैरहेका छन । प्रतिगमन विरुद्ध आज संयुक्त आन्दोलन चलिरहेको छ । सबैको सामु छलफलले स्थान पाईरहेको छ । के २०४७ साल कार्तिक २३ गते घोषणा भएको संविधान सार्वभौमसत्ता जनतामा नै निहित थियो ? के त्यतिबेलाको संविधान निमार्ण गर्ने प्रकिृया र विधि सहि अवलम्वन भएको थियो ? निश्चित रुपमा भएको थिएन त्यो कुरा यो १३ बर्षको बिचमा भएका हरेक गतिविधिहरुले प्रस्ट पारिसकेको छ । यस सवालमा स्वंयम संविधान निर्माताहरुको समेत मौनता रहेको छ । आज राजतन्त्रको आवाश्यकता छ कि छैन ? राजाको आवाश्यकता कति छ ? आश्विन १८ को घटना र त्यसपछिका हरेक गतिविधिहरु राजाले कति ठिकगरे कति बेठिक ? यसप्रकारको व्यवस्था र तरिका २१ औं सताव्दीको युगसँग मेल खान्छ कि खाँदैन ? राजाको कदमलाई जनताले कति मनपराएको छन ? छलफलको विन्दु त्यतिमा मात्र सिमित रहेन राजधानिमा दरवारकै अगाडि गणतन्त्रको नाराहरु जोडतोडले घन्किन पुग्यो । बेरोकतोक रुपमा राजा र राजतन्त्रको विरुद्ध आक्रोशपुर्ण अभिव्यक्तिहरु आईरहेका छन । “नारायणहिटि खाली गर गणतन्त्र आँउदैछ , बाटो हिड्दा होसगर .......ले किच्ला मूर्तिहरु जोगाउ........ले चोर्ला , ले ले जनता खुकुरी ले .......लाई छप्काई दिँउ , ........गुण्डा रुखमा झुण्डा , ........जान्दैनौं राजतन्त्र मान्दैनांै , ...........जान्दैनांै दर्शन भेट मान्दैनांै” अहिलेको हैजा .........लाई लैजा ” आदि जस्ता अनगिन्तिनाराहरु राजधानिका मुल सडकमै दिनहुँ जसो सुनिन्छ । छताछुल्ल ढंगले नाराहरु घन्किरहेका छन । जन आक्रोश दिनहुँ बढिरहेको छ । आन्दोलनकारी पार्टीहरुलाई आफ्नो नीतिमा फेरबदल गर्न र राजतन्त्र विरुद्ध दरिलो ढंगले उभिन आफ्नैे कार्यकर्ताको जोडदार दवाव परिरहेको छ । गणतन्त्रको निम्ति चर्कोकुरा उठिरहदाँ र राजा र राजतन्त्रको विरुद्ध यसरी नाराहरु घन्किदा पनि औपचारिक रुपमा राजनैतिक पार्टीहरु चुपचाप रहेका छन । सबैकोणबाट यसलाई परिस्थितिको वाध्यात्मक अवस्था हो भन्न पनि सकिन्छ ।
गत आश्विन १८ गतेको शाही घोषणा पश्यात एक—एक गरेर प्रतिगामी नीतिहरु तय गरिदै छ । प्रतिगमनलाई मजवुद र सुदृट बनाउनको लागी हालै “युनिफाईट कमाण्ड” को अवधारण अधिसारेर मुलुकलाई चर्को सैनिकिकरणको चपेटामा फसाईदै छ । नागरिकहरुलाई समेत हातहतियार वितरण गर्ने र विभिन्न जिल्लाहरुमा हातहतियार चलाउन सिकाउने तालिम दईएको कुरा सार्वजनिक रुपमा आईरहेका छन । ५ दलले संचालन गरेको प्रतिगमन विरोधि संयृुक्त आन्दोलनलाई मत्थर पार्नको निम्ति दरवारबाट नियोजित षडयन्त्रहरु लगातार रुपमानै भैरहेका छन । पछिल्लो दर्शनभेट त्यसैको पराकाष्ट हो । तर पनि आन्दोलनरत दलहरु राजाको दर्शनभेटमा गए । आज सबैक्षेत्रबाट त्यसको चर्को विरोध भैरहेको छ । आफ्नै पार्टीका कार्यकर्ता र भातृ संगठनका नेता तथा कार्यकर्ताहरु खुलेआम रुपमानै आफ्नै पार्टीको विरुद्ध उत्रे । प्रतिगमन विरुद्ध यस प्रकारले सडक तातिरहेको बेला, आन्दोलनकारीहरुको रगतले सारा सडकहरु रक्तम्मै बनिरहेकोे बेला, जनताहरुको आन्दोलन प्रति साहनुभुति जोडतोडले बढिरहेको बेलामा राजा सँगको भेटको कुनै औचित्य नभएको र कुनै सार्थक परिणाम आउन नसक्ने कारण बताउदै जनमोर्चा नेपालले राजा सँगको भेटलाई अश्विकार गर्यो र जनताको साहनुभुति समेत बटुल्यो । आज सबैतह र तप्काबाट आन्दोलनकारी दलहरुले देखाउने अवसरवादी द्धय चरित्र, र ढुलमुले पनको खुलेर विरोध गर्नु पर्ने अवस्था छ । यद्धपी यो उनिहरुको बर्गियचरित्रको प्रतिफल पनि हो । जनमोर्चा नेपाल तथा ने.क.पा. (एकता—केन्द्र मसाल) ले सोहि कुरामा जोडदिँदै प्रतिगमन विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने कुरामा सबै जनसमुदायहरु सँग अपिल गर्दै आईरहेको छ । प्रतिगमनलाईनै आजको प्रमुख समस्या बताउदै आईरहेको र अग्रगमनको निम्ति प्रतिगमनले नै बाधक भुमिका खेलिरहेको कुरा बताईरहेको छ । त्यसैले आजको विन्दुमा प्रतिगमनलाई परास्त गर्नु नै मुख्य लक्ष्य बनाईनु पर्दछ भन्नेकुरा राख्दै ०४६ सालको आन्दोलनबाट प्राप्त भएका प्रजातान्त्तिक ,जनतान्त्रिक अधिकारहरुको पुर्नस्थापनाको कुरालाई आन्दोलनको आधारविन्दु बनाउनु पर्ने कुरामा लगातार जोडदिदै बताईरहेको छ ।
प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई रोक्ने एक मात्र उपाय भनेको संयुक्त ससक्त जुझारु आन्दोलन नै हो । आजको अवस्थामा ५ राजनैतिक पार्टीहरुले मुख्यगरि ४ कुराहरुमा ध्यान पुर्यानु पर्ने देखिन्छ । १.प्रतिगमन विरुद्धको संयुक्त आन्दोलनलाई अझै प्रभावकारी, व्यवस्थित र ससक्ततामा रुपान्तरण गर्न जोड दिनु पर्दछ । अझैपनि जुुन रुपमा प्रतिगमन विरुद्धको आन्दोलनले उच्चता हासिल गर्नृु पर्दथ्यो त्यो हुन सकिरहेको छैन । पार्टीहरुमा ढिलाढालापन देखिएको छ । देशव्पापी रुपमा आन्दोलनको स्वरुपलाई अझै चक्र्याउनु पर्ने वर्तमान अवस्थाले माग गरिरहेको छ । यसलाई सम्पुर्ण पार्टी पङ्ती सचेतहुँदै आ—आफ्नै ढंगले प्रशिक्षण, निर्देशन ,अनुगमन गर्दै राष्ट्रव्यापिरुपमा जोडदार आँधिबेहरी सृजना गर्नुपर्ने अवस्था विद्धमान छ । त्यसमा ५ पार्टीहरुले तत्काल ध्यानदिनु पर्दछ ।
२. अगाडि नै घोषणा भएको न्युनतम सहमतिको १८ बुँदे प्रस्तावनालाई कृयान्वयन गराउने र जोडदार रुपमा त्यसको मुलमर्मलाई पक्रेर आन्दोलनमा जानु पर्दछ । प्रथमत आश्विन १८ गते पछाडि तत्कालै संयुक्त आन्दोलनमा जानु पर्दथ्यो त्यो हुन सकेन । आश्विन १८ को शाहिघोषणाको फिर्ता, प्रतिनिधिसभाको पुर्नस्थापना र दलको सहमतिमा सर्वदलिय सरकार बनाउने माग बाट अगाडि बढेको ५ पार्टीको आन्दोलन परिस्थितिको झड्कामा हुत्तिदै १८ बुँदे न्युनतम सहमतिको प्रस्तावसम्म पुग्न सकियो । अहिलेको अवस्थाबाट हेर्दा १८ बु्ँदे प्रस्तावमा महत्वपुर्ण सवालहरु समेत समावेश गरिएको छ । “राजाको स्वविवेकिय ढंगले प्रयोगहुने सम्पुर्ण ऐन कानुनहरुको खारेजी, ३ जनालाई मात्र श्री ५ को पदवि दिइनुपने, सेना निर्वाचित सरकारको मातहतमा रहनुपर्ने, राज परिसदको खारेजी हुनुपर्ने स्व. राजा बिरेन्द्रको सम्पक्ति राष्ट्रीयकरण हुनुपर्ने, वर्तमान राजाको सम्पक्ति सार्वजनिक हुनुपर्ने लगाएतका मागहरु छन । यो मागलाई कृयान्वयन गराउन सबै पार्टीहरु डटेरलाग्नु पर्दछ । त्यसको निम्ति सवैले विश्वासको वतावरण कायमगरि १८ बुँदे प्रस्तावको मुल गोरेटोमा हिड्न कोशिस गर्नुपर्ने जरुरी खड्किएको छ । तत्कालिन हिसावले १८ बुँदे प्रस्तावसम्म मुलुकलाई धकेल्न जुनसुकै चुनौति आईपरेपनि सामना गरेर जान ५ पार्टीहरु तयार हुनुपर्दछ । जसले प्रतिगमनलाई परास्त गरि अग्रगमनमा मुलुकलाई लैजान र पुर्ण बहुदलिय प्रणलिको निम्ति सजिलो धरातल सृजना हुनेछ ।
३. जनतालाई वास्तविक अर्थमा सर्वभौमसत्ता सम्पन्न वनाउने प्रकृया र अग्रगमनको ठोस निचोडमा पुग्न छलफललाई केन्द्रीत बनाइनु पर्दछ । अहिले पनि ५ पार्टीमा अग्रगमनको निम्ति ठोस सहमति छैन । जतिवेलासम्म वास्तविक अर्थमा जनता सार्वभौम हुनदैनन तव सम्म पुर्ण प्रजातन्त्रको स्थापना हुन सक्दैन निश्चितरुपमा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने एकमात्र प्रकृया भनेको जनताले आफैले संविधान निमार्ण गर्न पाउनु हो । आफैले चुनेको प्रतिनिधिले संविधान वनाउन पाउने अधिकार जनतालाईनै सुम्पनु पर्दछ । त्यो भनेको संविधान सभाको चुनावको प्रकृयाले मात्र संभव छ । तर अहिलेको अवस्थामा आन्दोलनको उठानविन्दु ०४६ सालको आन्दोलनवाट प्राप्त भएको जनअधिकारहरु पुर्नवहाली, शाहिघोषणाको फिर्तालाई बनाईनु पर्दछ । त्यो जगबाट मुलृुकलाई संविधान सभाको चुनावसम्म पुग्न सजिलो आधार तयारहुन्छ । त्यसैले संविधान सभाको चुनावको निम्ति हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने अवस्था सवैको काँधमाथि आईपरेको छ ।
४. प्रतिगमन विरुद्ध उठेका सम्पुर्ण वर्गसमुदाय, पेशागत संघ संस्था प्रतिगमनको विपरित कित्तामा उभिएका सबै स—साना राजनैतिक पार्टीहरुलाई समेत आन्दोलनमा समावेश गरेर जान ध्यान दिनु पर्दछ । प्रतिगमनको समस्या सिङ्गोमुलुकको समस्या हो त्यसैले यसलाई समाधान गर्न सारा मुलुकनै उठ्नुपर्ने हुन्छ । पत्रकार, मानवअधिकारवादी संघ संस्था , युवा, विद्यार्थी, महिला, मजदुर, वकिल, बुद्धिजिवि, सवैतह तप्काका न्यायप्रमि जनसमुदायहरुलाई आन्दोलनमा समेटेर लैजानु पर्ने भुमिका ५ दलले खेल्नु पर्दछ ।
अहिलेको अवस्थाले माग गरेको प्रतिगमन विरुद्धको आन्दोलनलाई प्रभावकारी र उपलब्दिमुलक बनाउन सबै श्रमजिवि बर्ग समुदाय एकजुट बनौ । राष्ट्रीय संकटलाई समाधान गरौ । प्रतिगमन–मुर्दावाद । जनताको जुझारु एकता जिन्दावाद ।


सीमा अतिक्रमण र राष्ट्रियताको पक्षमा संघर्षको आवश्यकता

अग्रगति साप्ताहिक, वर्ष ३, अंक ४२
०६६ असार ११

पश्चिमबाट हाम्रो सिमा वर सर्दैछ,
पुर्वबाट नेपालीको बस्ती उठ्दैछ,
लम्क नौ जवान, चम्क नौ जवान,
खुकुरी र बन्दुक बोकी लम्क नौजवान ।

हाम्रो देश यतिवेला अनेकौ समस्याहरुमा रोमलिएको छ । जसमा यतिवेला को गम्भिर समस्या भनेको सिमा अतिक्रमणको हो, राष्ट्रियता माथि भारतीय विस्तारवादले गरेको हस्तक्ष्ँेपको हो । पञ्चायती व्यवस्थामा भारतीय पक्ष्ँले अनेकौ हस्तक्ष्ँेपहरु लद्यो । बहुदलीय व्यवस्थाको आगमन पछि नेपाली जनतालाई सिमा अतिक्रमणको समस्या हल होला भन्ने लागेको थियो, तर भारतीय विस्तारवादको हस्तक्ष्ँेप रोकिएन बरु झन बढेर गयो, अहिले हाम्रँे देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको छ ता पनि सिमा अतिक्रमण रोकिएको छैन । सिमानाका नेपाली भुमी माथि आज पनि भारतीय विस्तारवादको हस्तक्ष्ँेप कायम नै रहेको छ । पञ्चायती व्यवस्था देखि हाल सम्मका शाषकहरु भारतीय विस्तारवादको हस्तक्ष्ँेपकारी नीतिको विरोध कहिल्यै गरेनन् बरु उनिहरुकै पक्षमा लम्पसार पर्ने, जयजयकार मनाउने र आफ्नो सत्ताको आयु लामो बनाउने काम मात्र भयो, तर हाल सम्म पनि सिमा अतिक्रमण रोकिएको छैन नत सिमा विवाद नै हल भएको छ । किनकी आज पनि बारम्वार नेपाली भुभागहरु मिचिएको छ । सयौं स्थानहरुमा सिमा अतिक्रमण गरिएको छ । सयौं सिमा स्तम्भहरु हराएका छन । सिमानामा हजारौं नेपाली जनता विस्तापित भएका छन । नेपाली भुमिमा लुटपाट गर्ने, नेपाली चेलिबेटीलाई बलात्कार गर्ने र अपहरण गर्ने काम भारतीय पक्षबाट लगातार भईरहेको तत्थ्य जगजाहेर छ ।
अहिलेको सरकारको जिम्मेवार निकाय तथा आधिकारीक ब्याक्तिहरुले सिमा अतिक्रमणको प्रश्नलाई स्वीकार गर्न तयार छैनन्, उल्टै नेपाल भारत सिमा समस्या ८० प्रतिसत हल भैसकेको कुरा गरेर आफ्नो राष्ट्रघाती अनुहार उदाङ्गो पारेका छन, भारतीय विस्तारवादीहरुलाई मलजल गर्ने चरित्र छर्लङ्ग पारेका छन । प्रतिक्रियावादी तथा सामान्तवादी शो“चलाई अगाडि देखाएका छन र राष्ट्रभक्ती तथा जनपक्षीय प्रश्नहरुलाई उपहास गरेका छन ।
हाम्रो देशको मेचि देखि महाकाली सम्म भारतस“ग सिमाना जोडिएको जिल्ला तथा क्ष्ँेत्रहरु अतिक्रमणमा परेका छन । ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ ।
दार्चुलाको कालापानी – लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।

हामी नेपाली भुःभागहरुमा विदेशी सिपाहीहरु परेड खेलेको हेर्न चाहदैनौ । दिनहु“ सिमाना मिचिएको पनि हेर्न चाहदैनौ । नेपाली जनता सिमानाबाट विस्तापित भएको पनि हामीलाई स्वीकार्य छैन, नत हामीलाई विस्तारवादका कालो हस्तक्षेप स्वीकार्य छ, त्यसैले त यदि हामी हाम्रो देशमा स्वाभिमान पूर्वक बा“च्न चाहन्छौं भने राष्ट्रियता रक्ष्ाँको आन्दोलनमा समाहित बनौ, बैदेशिक हस्तक्षेप, सिमा अतिक्रमणको विरुद्ध मोर्चाबन्दी गरौं, नेपाली स्वाभिमानको रक्षार्थ खटौं, विस्तारवादी स्वार्थमा लम्पसार पर्ने प्रतिक्रियावादी, सामान्तवादी तत्वहरुलाई खवरदारी गरौं, उनिहरुलाई परास्त गर्ने आन्दोलनको शुरुवात गरौ फेरी एक पटक लम्क नौ जवान, चम्क नौ जवान खुकुरी र बन्दुक बोकी लम्क नौ जवान ।

नेकपा (एकीकृत)को नयॉ संविधान निर्माण सम्बन्धमा सुझावहरू

प्रस्तावना
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राज्य नेपालका सार्वभौम हामी नेपाली जनता
नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशलाई मूर्त रूप दिंदै,
देशको सार्वभौम सत्ता, अखण्डता र अक्षुण्णता, स्वतन्त्रता र स्वाधीनतालाई शीर्ष स्थानमा राख्दै,
देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लै¨िक, धार्मिक, सामाजिक, आर्थिक समस्याहरू हल गर्न अन्यायपूर्ण विगतप्रति ध्यान दिंदै, आत्मनिर्णयको सिद्धान्त र जातीय क्षत्रीय स्वशासनको आधारमा राज्यको सङ्घीय संरचना निर्माण गर्दै,
मुलुकको विविधतायुक्त मौलिक राष्ट्रिय चरित्र सुव्यवस्थित गर्ने अठोट गर्दै,
एकात्मक र केन्द्रीकृत राज्यसत्ताद्वारा विभेदमा पारिएका जाति र समुदायको सहभागितामूलक र समानुपातिक प्रतिनिधित्व तथा सीमान्तकृत, लोपोन्मुख, दलित, उत्पीडित जाति र क्षेत्र तथा मजदूर, किसान वर्ग लगायत अल्पसंख्यक जाति, आदिवासी, जनजाति, महिला, मुक्त कमैया, मुक्त हलिया, कम्लरी, अशक्त, अपा¨, तराई वासी मधेसी, सुदूर र दुर्गम क्षेत्र, आदिका जनसमुदायको आरक्षण सुरक्षित गर्दै,
जनताको प्रतिस्पर्धात्मक, लोकतान्त्रिक शासन व्यवस्था, मौलिक मानव अधिकार, वाल अधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यताप्रतिको पूर्ण प्रतिवद्धता व्यक्त गर्दै,
सामन्ती अवशेषहरूलाई निर्मूल गर्न अहिलेसम्म मुलुकमा कायम भेदभाव, शोषण, दमन र उत्पीडनको अन्त्य गर्दै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक न्याय, विकास र परिवर्तन प्रत्याभूत गर्न,
आजसम्मका विभिन्न सङ्घर्ष र आन्दोलनवाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न र गरीखाने श्रमजीवी वर्ग, तह र तप्काका जनतामाथिका शोषण, दमन र उत्पीडनलाई निर्मूल पार्दै शोषित–पीडित श्रमजीवी जनसमुदायका हक, हित र अधिकार सुनिश्चित गर्न संविधानसभावाट तयार भएको यो नेपालको संविधान २०६.. जारी भएको घोषणा गर्दछौं ।

२) प्रारम्भिक
क) नेपाली जनताले निर्वाचित जनप्रतिनिधि रहेको संघीय जनसभाद्वारा नेपालको सार्वभौम सत्ता र राजकीय सत्ताको प्रयोग गर्नेछन् ।
ख) नेपाल एक स्वतन्त्र र स्वाधीन, अविभाज्य र अक्षुण्ण, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष र छुवाछूत मुक्त बहुजातीय र बहुभाषिक संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य हो ।
ग) नेपालमा बोलिने सबै भाषाहरू वशुभाषिक नेपालका राष्ट्रभाषा हुन् ।
घ) सबै स्वशासित प्रान्तहरूको प्रतिनिधित्व झल्कने गरी राष्ट्रिय झण्डाको निर्माण अनुसूचीमा व्यवस्था भए बमोजिम हुनेछ । (राष्ट्रिय चिन्हहरूको आवश्यकता छैन ।)
ङ) नेपालको राष्ट्रिय गान र निशाना अनुसूचीमा व्यवस्था भए बमोजिम हुनेछ । स्वशासित प्रान्तीय गान र निसान छाप पनि अनुसूचीमा व्यवस्था भए बमोजिम हुनेछ ।

३) मौलिक हक ः
– स्वतन्त्रको हक
– समानताको हक
– छुवाछुत तथा भेदभाव विरुद्धको हक,
– प्रकाशन प्रशारण तथा छापाखाना सम्बन्धी हक
– वातावरण तथा स्वास्थ्य सम्बन्धी हक ः
प्रत्येक नागरिकले राज्यवाट आधारभूत स्वास्थ्य सेवा पाउने हक हुनेछ । विपन्नताका कारणवाट उपचार हुन नसकेको हकमा राज्यको तर्फवाट व्यवस्था गर्नुपर्नेछ ।
शिक्षा, भाषा तथा संस्कृति सम्बन्धी हक ः
प्रयेक नागरिकलाई राज्यवाट निःशुल्क र अनिवार्य शिक्षा पाउने हक हुनेछ । आर्थिक हैसियतले पढ्न पढाउन नसक्नेको हकमा उनीहरूको शिक्षा दिक्षा र जिविकोपार्जनको व्यवस्था राज्यले गर्नुपर्नेछ ।
रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक
सम्पत्तिको हक,
महिला तथा लै¨िक अल्पसंख्यकको हक ः
सामाजिक न्यायको हक,
बालवालिका र वृद्धवृद्धाको हक,
साम्प्रदायिकता विरुद्धको हक,
धर्म तथा संस्कृति सम्बन्धी हक, न्याय सम्बन्धी हक,
निवारक नजरबन्द विरुद्धको हक,
यातना विरुद्धको हक,
सूचनाको हक,
गोपनीयताको हक,
शोषण विरुद्धको हक,
श्रम सम्बन्धी हक,
देश निकाला विरुद्धको हक,
संवैधानिक उपचारको हक,
प्रत्येक महिलालाई गर्भाधारण,
प्रजनन वा गर्भपतन सम्बन्धी हक,
महिला भएकै कारणवाट कुनै किसिमको भेदभाग गरिनेछैन,
बालवालिकालाई अनिवार्य पढाउन पर्ने,
गरिबीको रेखामुनि रहेका असहाय परिवार अर्थात वालवालिककबाट नै जीवन गुजार गर्नुपर्ने परिवारका लागि राज्यले भत्ताको व्यवस्था गर्नुपर्नेछ,
असहाय, अनाथ, सुस्त मनस्थिति, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा परेका, सडक वालवालिकालाई सुनिश्चित भविष्यको लागि राज्यवाट विशेष सुविधा पाउने हक हुनेछ,
कुनै पनि नावालकलाई कुनै कलकारखाना, खान िवा यस्तै अन्य कुनै जोखिमपूर्ण काममा लगाउन वा सेना, प्रहरी वा द्वन्द्वमा प्रयोग गर्न पाइने छैन,
वालवालिकालाई कुनै पनि श्रम गर्न वाध्य गरिने छैन आदि हुनेछ ।


४) नागरिकता
नेपालको अन्तरीम संविधान २०६५ लाई आधार मानेर नयॉ संविधान निर्माण हु‘दाको बखत नागरिकता प्राप्त गरेको व्यक्तिहरू मात्र नेपालको नागरिक हुनेछन् । तर उक्त अन्तरिम संविधान (२०६३) को ८ (५) वमोजिम जन्मेको आधारमा नागरिकता दिने छैन र त्यसरी प्राप्त नागरिकतालाई अमान्य गरिनेछ ।
क) नेपालको अन्तरिम संविधान २०६३ जारी हु‘दाका बखत वंंशजका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरू ।
ख) यो संविधान जाररु भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यक्तिहरू
ग) नेपाल सरहद भित्र फेला परेको पीतृत्व मातृत्वको ठेगाना नभएको प्रत्येक नावालक निजको वावु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपाली नागरिक ठहर्नेछ ।
घ) तेस्रो लि¨ि नेपाली वालिगले आफ्नो पहिचान सहितको नागरिकता पाउने छन् ।
ङ) नेपाल भित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा सो क्षेत्रभित्र बसोवास भएको व्यक्ति प्रचलित कानुनको अधिनमा रहि नेपालको नागरिक हुनेछ ।
च) नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेकी महिला र विदेशी नागरिकसंग विहे गरेकी नेपाली महिलाको पतिले पहिले नागरिकता छाडेपछि कानुन वमोजिम अंगीकृत नेपाली नागरिकता पाउने छन् । नीजहरूबाट जन्मेका सन्तानले पनि वालिगले चाहेमा नेपाली नागरिकता पाउने छन् । तर दोहोरो नागरिकता भने मान्य हुनेछैन ।
छ) नेपाली जनताको गणतान्त्रिक वा देशभक्तिपूर्ण संघर्षमा असाधारण योगदान भएका वा नेपाल राज्यको प्रतिष्ठालाई उठाउन योथदान गरेका विदेहीलाई सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्न सकिनेछ । सम्मानार्थ नागरिकता पदिने कार्य दोहोरो नागरिकता हुने आधार भने हुनेछैन ।

५) राज्यको दायित्व ः
– राज्यको वर्तमान केन्द्रिकृत र एकात्मक ढॉचाको अन्त्य गरी आत्मनिर्णयको सिद्धान्त र जातीय क्षेत्रीय स्वशासनको आधारमा संघीय गणतन्त्रात्मक स्वरूपको राज्यको संरचना निर्माण गर्ने ।
– नेपाली जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वोच्चताको कार्यान्वयन गर्ने र समानतामा आधारित राजनीतिक प्रणाली अवलम्वन गर्ने ।
– राज्य संरचनाका सबै अंगहरूमा आदिवासी जनजाति, तराईवासी मधेशी, दलित, महिला, मजदूर, किसान, अपा¨, लै¨िक अल्पसंख्यक, पिछडीएका वर्ग र क्षेत्र सबैलाई जातीय संरचनाको आधारमा पूर्ण समानुपातिक र समावेशीताको आधारमा सहभागी गराउने ।
– अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ र संयुक्त राष्ट्रसंघको आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी घोषणा पत्रका व्यवस्थालाई तदारुकताका साथ कार्यान्वयन गर्ने ।
– सामन्ती भू–स्वामित्वको अन्त्य गर्न क्रान्तिकारी भूमि सुधार लागु गर्ने, विदेशी प्रभूत्व, नियन्त्रण र विदेशमाथिको निर्भरतालाई समाप्त पारी स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने र शिक्षा, स्वास्थ्य, रोजगारी आदिका सबै नागरिकहरूको समान अधिकार स्थापित गर्ने नीति अवलम्वन गर्ने ।
– सबै विभेदकारी कानुनको अन्त्य गर्ने र जातीय छुवाछुतलाई कडा कानुनको कठघरामा ल्याउने ।
– नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डतामा ऑच आउन नदिने ।
– मुलुकको सामाजिक विविधतालाई संवोधन हुने राष्ट्रको मौलिक चरित्रको निर्माण गर्ने ।
– आदिवासी जनजातिहरूको सांस्कृतिक प्रथा, न्याय प्रणाली संचालन र परम्परागत सीपको आधारमा आदिवासी जनजातिहरूको प्राकृतिक स्रोतमाथि सामुदायिक उपभोगक प्रत्याभुत गर्नु ँज्यको दायित्व हुनेछ ।
– क्रान्ति, जनसङ्घर्षवा जनआन्दोलनवाट अहिलेसम्म नेपाली जनताले प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सो को लाभहरूको न्यायोचित वितरणका आधारमा उपभोग गर्न पाउने अवस्थाको सृजना गर्दै समुन्नत र समृद्ध नेपाल निर्माणको लागि अग्रगामी जनमुखी राजनैतिक परिवर्तन गर्ने राज्यको राजनैतिक उद्देश्य हुनुपर्दछ ।

६) राज्यका निर्देशक सिद्धान्त र नीतिहरू
– नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेखित राज्यका निर्देशक सिद्धान्तको प्रावधानहरूलाई समावेश गर्ने ।
– मुलुकलाई आत्मनिर्णयको सिद्धान्त र जातीय, क्षेत्रीय स्वशासनको आधारमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था गर्ने ।
– आर्थिक, सामाजिक वा शैक्षिक दृष्ट्रिले पछाडी पारिएका मजदूर, किसान, दलित, महिला, आदिवासी जनजाति र मधेशी समुदायलाई राज्यको मूल प्रवाहकम समाहित गराउन निश्चित अवधिका लागि आरक्षणको विशेष व्यवस्था गर्ने ।
– प्रत्याह्वान व्यवस्था सहितको समानुपातिक निर्वाचन प्रणाली कायम गर्ने ।
– सामन्त, दलाल र नोकरशाही पू‘जीपति वर्ग र प्रिितगामी तथा अग्रगमन विरोधी तत्वहरूका जनविरोधी र राष्ट्रविरोधीहरूलाई नियन्त्रण गरी देशको अग्रगामी दिशा सुनिश्चित गर्ने ।
– राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक, सामाजिक विषयहरूमा जनमतसंग्रहद्वारा टुंगो लगाउने व्यवस्था गर्ने ।
– नागरिकहरूका गॉस, वास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा सुनिश्चित गर्ने ।
– पञ्चशीलका आधारमा छिमेकी र संसारका अन्य मुलुकहरूसंग शान्तिपूर्ण सह–अस्तित्व स्थापित विकसित र सुदृढ गर्ने ।
— सामन्तवादका सबै अवशेषहरु निर्मूल गर्नु
— भ्रष्टाचार, कमीसनखोर र घुसखोरी, सामाजिक अपराध घोषित गर्नु
— राष्ट्रघात, राष्ट्रिय आत्मसमर्पणवाद, विदेशी शक्ति केन्द्रको दलानी रोक्नु
— विक्रित पू‘जीवादी र छाडा संस्कृतिलाई निरुत्साहित गर्नु
— वर्गीय, जातीय, लै¨िक, भाषिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक, कानुनी शोषण, दमन, भेदभाव र असमानताको अन्त गर्नु
— नागरिकहरुको गास, वास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र अमनचयनको सुनिश्चित गर्नु
— पञ्चशीलका आधारमा छिमेकी र भन्सारका अरु मुलुकहरुसित शान्तिपूर्ण सह–अस्तित्व स्थापित, विकसित सुदृढ गर्नु
— सेनाको न्यनिकरण, आधुनिकीकरण र रुपान्तरण गरी जन सुृरक्षा प्रणालीलाई राष्ट्रिय सुरक्षा प्रणालीको रुपमा विकसित गर्नु
— जनताको निर्वाचन र प्रत्याह्वानको अधिकार र सुनिश्चित गर्नु
— कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण, व्यवसायीकरण गर्ने नीति अवलम्वन गर्नु
— मुलुकको औद्योगिकरणमा जोड दिनका स्थानीय, साना तथा मध्यम खालका उदोगहरुमा जोड दिंदै ठूला ठूला उद्योगहरुको स्थापना, विकास र सुदृढिकरणको नीति अवलम्वन गर्नु
— दण्डहीनताको स्थिति अन्त गरिनेछ ।
— हरेकलाई श्रम गर्न उत्प्रेरित गरिनेछ ।
— राजकीय अर्थतन्त्रलाई सबल बनाउने कार्य सुनिश्चित गरिनेछ ।
— ग्रामीण जनसमुदाय, विशेष गरेर महिलाहरूको श्रमलाई सहकारीकरण, सामूहिकीकरण र सामाजिकीकरण गर्न विशेष पहल गरिनेछ ।
— खनिज तŒव, जलस्रोत, वन–जङ्गल, हिमाल, पहाड, तराई, पर्ती जग्गा, सुकुम्बासकिा नाममा अतिक्रमित भूमि, नदीका बगर, आदिको समुचित व्यवस्थापन गर्न पहल गरिनेछ ।
— सामन्त र जमीनदार वर्गका स्वामिŒवमा रहेका जग्गा विनामुआवजा जप्mत गरी मोही तथा गरीब किसान वर्गलाई वितरण गरिनेछ वा आवश्यकतानुसार राजकीय अथवा सार्वजनिक प्रयोजनका लागि उपयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
— निजी सम्पक्तिलाई पैत्रिक सम्पत्ति बनाउने नागरिकहरूको हक सुनिश्चित गरिनेछ ।
— श्रमको उत्पादकŒव बढाउनका लागि उत्पादक शक्तिको योजनाबद्ध विकास गर्न र तिनलाई सशक्त बनाउन जोड दिइनेछ ।
— मितव्ययिताको नीति अवलम्बन गर्ने र खेरफाल्ने प्रवृतिका विरुद्ध कडा कारबाही गर्ने नीति अवलम्बन गरिनेछ ।
— उत्पादक शक्तिको विकास गर्न, विशेष गरेर अत्याधुनिक उत्पादनका साधनहरूको व्यवस्था गर्न र श्रम–शक्तिको दक्षता बढाउनका लागि विशेष नीति तर्जुमा गरिनेछ ।
— उत्पादक शक्तिको विकासको आधारमा जनताको जीविका स्तर र सांस्कृतिक स्तर माथि उठाउन विशेष जोड दिइनेछ ।
— निजी सम्पत्ति तथा सहकारी, सामूहिक र सार्वजनिक सम्पत्तिका बीचमा तालमेल मिलाउ“र्दै तथा निजी सम्पत्तिका कारणले हुने शोषणलाई रोक्दै सहकारी, सामूहिक र सार्वजनिक सम्पत्तिको विकास गर्न जोड दिइनेछ । नेपालको आवश्यकता, प्राथमिकता र राष्ट्रिय हितलाई संरक्षण गर्दै स्वदेशी तथा विदेशीहरूलाई समेत निजी उद्योगधन्धा वा व्यापारिक प्रतिष्ठानहरू स्थापना गर्न र सुदृढ गर्न दिइनेछ । तर त्यसो गर्दा राष्ट्रिय तथा राजकीय अर्थतन्त्रको विकास र श्रमजीवी जनताका अधिकारहरूमाथि प्रतिकूल प्रभाव नपर्ने गरी निजी उद्योग र उद्यमहरू स्थापित गर्न अनुमति दिइनेछ ।
— राजस्व छल्ने, कमिसनखोर, ठग आदिमाथि कडा कारबाही गर्ने नीति अवलम्बन गरिनेछ ।
— नेपालको आवश्यकता, प्राथमिकता र राष्ट्रिय हितविपरीत विदेशी मुलुकहरूसित भए–गरेका असमान सन्धि–सम्झौताहरू खारेज गरिनेछ र नेपालको आवश्यकता, प्राथमिकता र राष्ट्रिय हितलाई उच्च महŒव दिंदै नया“ सन्धि–सम्झौताहरू गर्ने नीति अवलम्बन गरिनेछ ।
— समतामूलक र लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्दै शैक्षिक प्रतिष्ठानहरू स्थापित गर्ने तथा तिनलाई सर्वसुलभ बनाउन, तिनलाई भौतिक र प्राविधिक किसिमले सुसमृद्ध बनाउन जोड दिइनेछ ।
— नैसर्गिक र सामाजिक विकासका लागि वैज्ञानिक अधययन, अनुसन्धान र प्रयोग गर्ने तथा अत्याधुनिक प्राविधिक ज्ञान प्राप्तिको अवसर सर्वसुलभ बनाउने नीति प्रत्याभूत गरिनेछ ।
— साहित्य, कला, छापा, सञ्चारका माध्यमहरू — पत्रपत्रिका, विद्युतीय माध्यम, आदिका साथै वाचनालय, पुस्तकालय, पुराताŒिवक संग्रहालय, सांस्कृतिक केन्द्रहरू स्थापना गर्ने तथा विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।
— मनोरञ्जन गर्ने नाममा अश्लील प्रकाशन, रेडियो–टीभी आदिबाट उच्छृङ्खल, अश्लील र नग्न प्रदर्शनलाई निरुत्साहित गरिनेछ र तीमाथि रोक लगाइनेछ ।
— विभिन्न उपचार प्रणाली, विशेष गरेर वैकल्पिक उपचार प्रणालीलाई समेत योजनाबद्धरूपले विकसित गरिनेछ ।
— उच्च आदर्श र नैतिकतामा जोड दिंदै वैज्ञानिक, शिक्षाप्रद र जनपक्षीय प्रकाशन, प्रसारण र विकासमा जोड दिइनेछ ।
— जनसुरक्षा प्रणाली अवलम्बन गर्दै — दार्शनिक, राजनैतिक, आर्थिक, रणनैतिक र कार्यनैतिक, आदि — जनताको सर्वतोमुखी विकासलाई उच्च प्राथमिकता दिइनेछ ।
— श्रमप्रतिको भावना सम्माजनक बनाउन, श्रमिक जनसमुदायको भूमिकालाई सम्मान गर्न सशक्तप्रकारले अगाडि बढाउन, ग्रामीण र शहरिया क्षेत्रका जनताका साझा हितहरू सुनिश्चित गर्न विशेष ध्यान दिइनेछ ।
— रष्ट्रिय सम्मान, स्वाभिमान र राष्ट्रियताको विकासलाई उच्च महŒव दिंदै राष्ट्रिय हित तथा राष्ट्रिय स्वाभिमान प्रतिकूल प्रवृत्तिहरू बढ्न नदिने नीति अवलम्बन गरिनेछ ।
— जनसंख्या वृद्धिको अनुपातमा सामाजिक योजनाका उपायहरू समायोजन गर्दै जाने नीति अवलम्बन गरिनेछ ।
— मुलुकका सबै भागहरूमा प्रदूषण रोक्नका लागि पर्यावरणीय र वातावरणीय प्रतिकूल हुने तथा नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी उद्योगधन्धा वा अरू कुनै काम गर्न वा गराउन दिइने छैन ।
— कर्मचारीतन्त्र, संवैधानिक र सुरक्षा निकाय, आदिमा विद्यमान नोकरशाही प्रवृत्तिलाई अन्त्य गरिनेछ ।
— मुलुकको अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक शोषण, दमन र उत्पीडनको अन्त्य गरिनेछ, मुलुकको कब्जा गरिएको भूमि फिर्ता गर्न, सीमा अतिक्रमण रोक्न, अन्तरराष्ट्रिय नियमविपरीत नेपाली भूमि डुवानमा पर्ने गरी बनाइएका तथा बनाउने योजना बनाइएका बा“धसम्बन्धी विषयलाई अन्तरराष्ट्रिय नियम अनुसार हल गर्न प्रयत्न गरिनेछ ।
— मुलुकमा केही वर्ष यता निरन्तर रूपमा हत्या, हिंसा, आतङ्क र अराजकता बढिरहेको पृष्ठभूमिमा तिनलाई रोक्न ठोस कदम चालिनेछ । त्यसैगरेर मानव अङ्ग तस्करी गर्ने, चेलीबेटी बेचविखन गर्ने, बलात्कार गर्ने, जिउज्यान मास्ने, शान्ति, सुरक्षा र अमन चयन खलबल्याउने तŒवहरूका अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यबाट समेत हुनेगरेर दमनकारी गतिविधि रोक्न विशेष अभियान चलाइनेछ ।

७) संघीय राज्यको संरचना र शासन प्रणाली
संघीय रँज्य संरचनाको तह
१) केन्द्र २) प्रदेश र ३) स्थानिय गरी तीन तहको हुने छ । स्थनिय तहमा इलाका, गाउ÷नगर, विशेष गाउ र टोल हुने छ ।
राज्यको मुख्य अङ्गहरू
ड्ड व्यवस्थापिका ९ीभनष्कबितष्खभ०
ड्ड कार्यपालिका ९भ्हभअगतष्खभ०
ड्ड न्यायपालिका ९व्गमष्अष्बचथ०
१. व्यवस्थापिका
व्यवस्थापिका दुई सदनात्मक ९द्यष्अबmभचष्ब०ि जातीय सभा र जनप्रतिनिधि सभा हुनेछ । राज्यको सर्वोच्च अङ्ग जातीय सभा र जनप्रतिनिधि सभा मिलेर बनेको विधायिकालाई संघीय जनसभा ९ँभमभचब िएभयउभिुक ऋयलनचभकक० भनिनेछ । स्वशासित प्रदेशहरूमा जातीय प्रादेशिक स्वशासनको सिद्धान्तअनुसार स्वशासित सभाहरूको विधायीकाको व्यवस्था हुनेछ ।
— व्यवस्थापिकामा मजदूरको लागि १५ प्रतिशत तथा गरीब, भूमिहीन तथा निम्न वर्गीय किसानलाई २५ प्रतिशत स्थान सुरक्षित गरिनेछ ।
— विदेशमा कामका लागि गएका प्रवासी श्रमजीवी वर्गका लागि मतदानको हकलगायत २ प्रतिशत स्थान सुरक्षित गरिनेछ ।
— हरेक जात÷जाति वा समुदायका लागि न्यूनतम एक स्थान सुरक्षित गरिनेछ ।
— हरेक जात, जाति वा जनजातिका कम्तिमा पनि एकजना महिलाको संघीय जनसभामा उपस्थिति अनिवार्य गराइनेछ ।
(क) जातीय सभा
सिङ्गो देशलाई निर्वाचन क्षेत्र मानेर जातीय समानुपातिक निर्वाचन प्रणालीद्वारा राज्यका सबै जात, जाति, आदिवासी जनजाति र समुदायको जनसङ्ख्याको अनुपातमा संविधानमा व्यवस्था भएबमोजिम निर्वाचित संख्याको प्रतिनिधिहरूबाट जातीय सभाको निर्माण हुनेछ । जति थोरै जनसंख्या भएका समुदायबाट पनि कम्तीमा १÷१ जना प्रतिनिधि अनिवार्य हुनेछ । महिलाहरूको प्रतिनिधित्वको समानुपात सबै जात, जाति, जनजाति र समुदायहरूबाट गर्नु पर्नेछ ।
(ख) जनप्रतिनिधि सभा
सूची समानुपतिक निर्वाचन प्रणालीको आधारमा स्वशासित प्रदेशलाई बहुल निर्वाचन क्षेत्र मानेर निर्वाचित जनप्रतिनिधिहरू तथा गरीब किसान र मजदूर वर्गका निश्चित निर्वाचित प्रतिनिधिहरू संविधानमा व्यवस्था भएबमोजिमको सिट संख्याको जनप्रतिनिधि सभा बन्नेछ । सबै तहहरूमा प्रतिनिधित्व गर्ने प्रदेश र वर्गहरूबाट महिलाहरूको समानुपातिक प्रतिनिधित्व गराउनु पर्नेछ ।
(ग) स्वशासित प्रादेशिक सभा
१. जातीय स्वशानको आधारमा स्थापित स्वशासित प्रदेशहरूलाई जातीय स्वशासित सभा भनिनेछ । सिङ्गो प्रदेशलाई निर्वाचन क्षेत्र मानेर समानुपातिक निर्वाचन प्रणालीद्वारा प्रदेशभित्र बसोवास गर्ने सबै जात, जाति, आदिवासी जनजाति र समुदायको जनसंख्याको अनुपातको आधारमा निर्वाचित निर्धारित सिट संख्यको सदस्यहरू र गरीब किसान र मजदूर वर्गका निश्चित निर्वाचित प्रतिनिधिहरू तथा महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको एक सदनात्मक जातीय स्वशासित प्रादेशिक सभा बन्नेछ ।

२. प्रादेशिक र भाषिक स्वशासनको आधारमा स्थापित स्वशासित प्रदेशहरूलाई प्रादेशिक स्वशासित सभा भनिनेछ । स्वशासित प्रदेश भित्रका स्वशासित इलाकाहरूलाई बहुल निर्वाचन क्षेत्र मानेर सूची समानुपातिक निर्वाचन प्रणालीको आधारमा निर्वाचित निर्धारित सिट संख्याका सदस्यहरू र गरीब किसान र मजदूर वर्गका निश्चित निर्वाचित प्रतिनिधिहरू एवं महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको एक सदनात्मक प्रादेशिक स्वशासित सभा बन्नेछ ।
घ) इलाका स्वशासित सभा
१. जातीय स्वशासनको आधारमा स्थापित स्वशासित इलाकालाई जातीय स्वशासित इलाका सभा भनिने छ । सिङ्गो इलाकालाई निर्वाचन क्षेत्र मानेर समानुपातिक निर्वाचन प्रणालीद्वारा इलाकाभित्र बसोवास गर्ने सबै जात, जाति, आदिवासी जनजाति र समुदायको जनसङ्ख्याको अनुपातको आधारमा निर्वाचित निर्धारित सिट संख्यको सदस्यहरू र गरीब किसान र मजदूर वर्गका निश्चित निर्वाचित प्रतिनिधिहरू तथा महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको जातीय स्वशासित इलाका सभा बन्नेछ ।
२. भौगोकि क्षेत्र र भाषिक स्वशासनको आधारमा स्थापित स्वशासित इलाकाहरूलाई इलाका स्वशासित सभा भनिनेछ । स्वशासित इलाका सभा भित्रका स्वशासित गाउ“÷नगरहरूबाट सूची समानुपातिक निर्वाचन प्रणालीको आधारमा निर्वाचित निर्धारित सिट संख्याका सदस्यहरू र गरीब किसान र मजदूर वर्गका निश्चित निर्वाचित प्रतिनिधिहरू एवं महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको स्वशासित इलाका सभा बन्नेछ ।
ङ) स्वशासित गाउ“÷नगर सभा
१. जातीय स्वशासनको आधारमा स्थापित गाउ“÷नगर सभालाई जातीय स्वशासित गाउ“÷नगर सभा भनिने छ । त्यो गाउ“÷नगर भित्र बसोवास गर्ने सबै जात, जाति, आदिवासी जनजाति, समुदाय र वर्गको जनसङ्ख्याको आधारमा सिङ्गो गाउ“÷नगरलाई निर्वाचन क्षेत्र मानेर जातीय जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख र निर्धारित संख्याका सदस्यहरू एवं गरिब किसान–मजदूरहरूद्वारा निर्वाचित निश्चित सङ्ख्याको गरिब किसान–मजदूर प्रतिनिधिहरू र महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको जातीय स्वशासित गाउ“÷नगर सभा बन्ने छ ।
२. भूगोल र भाषाको आधारमा स्थापित स्वशासित गाउ“÷नगर सभालई गाउ“÷नगर स्वशासित सभा भनिनेछ । स्वशासित सभाको अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख र जनसंख्या तथा बसोवासको आधारमा विभाजन गरिएका टोलहरूबाट सूची समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित निर्धारित सदस्यहरू एवं गरिब गरिब किसान र मजदूरहरूद्वारा निर्वाचित निश्चित सङ्ख्याको गरब किसान–मजदूर प्रतिनिधिहरूको एवं महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको गाउ“÷नगर स्वशासित सभा बन्नेछ ।
च) विशेष स्वशासित गाउ“ सभा
अल्पसंख्यक र अति सिमान्तकृत आदिवासी जनजाति समुदाय वसोवास भएको स्थानमा ती समुदायको विशेष स्वशासित गाउ“ सभा हुने छ । त्यसको निमार्ण उनीहरूको परम्पागत समाजिक ब्यवस्थालाई समेत ध्यनमा राखेर सरल निर्वाचन प्रणालीको आधारमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष र निर्धारित संख्यको सदस्यहरूद्वारा गरिनेछ । राउटे जस्ता घुमन्ते अब्स्थामा रहेका आदिवासी जनजातिहरूलाई उनीहरूको चहाना र भावना तथा अबस्था अनुसार स्थानको समेत निर्धारण गरी विशेष व्यबस्था गर्नु पर्नेछ ।
छ) स्वशासित टोल समिति
१. जातीय स्वशासनको आधारमा स्थापित टोल समितिलाई जातीय स्वशासित टोल समिति भनिने छ । त्यो टोल भित्र बसोवास गर्ने सबै जात, जाति, आदिवासी जनजाति, समुदाय र वर्गको जनसङ्ख्याको आधारमा सिङ्गो टोललाई निर्वाचन क्षेत्र मानेर जातीय जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित अध्यक्ष, उपाध्यक्ष र जातीय जनसंख्यको अनुपातमा निर्धारित संख्याका सदस्यहरू एवं गरिब किसान–मजदूरहरूद्वारा निर्वाचित निश्चित सङ्ख्याको गरिब किसान–मजदूर प्रतिनिधिहरू र महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएका को जातीय स्वशासित टोल समिति बन्नेछ ।
२. भूगोल र भाषाको आधारमा स्थापित स्वशासित टोल समितिलई टोल स्वशासित समिति भनिनेछ । टोल समितिका सम्पूर्ण मतदाताहरूबाट सूची समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित अध्यक्ष, उपाध्यक्ष र निर्धारित संख्याका सदस्यहरू एवं गरिब किसान र मजदूरहरूद्वारा निर्वाचित निश्चित सङ्ख्याको किसान–मजदूर प्रतिनिधिहरूको एवं महिलाहरूको समानुपातिक प्रतिनिधित्व भएको टोल स्वशासित समिति बन्नेछ ।
उपर्युक्त गाउ“÷नगर सभा र टोल समितिहरूले आÏनो तहमा विधायीका र कार्यपालिका दुवैको अधिकार प्रयोग गर्ने छन् ।
२. कार्यपालिका
(क) राष्ट्रध्यक्ष
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रप्रमुख राष्ट्रध्यक्ष हुनेछ । राष्ट्रध्यक्षको निर्वाचन अप्रत्यक्ष हुनेछ । जनप्रतिनिधिसभा, जातीयसभा र जातीय÷ प्रादेशिक सभाका सदस्यहरू राष्ट्रध्यक्ष निर्वाचनको मतदाता हुनेछन् । राज्यको संकटकालिन तथा अविशिष्ट अधिकार राष्ट्रध्यक्षमा निहित हुनेछ । तर अविशिष्ट अधिकारको प्रयोग मन्त्रिपरिषदको सल्लाह र सहमतीमा हुनेछ । र, त्यसको अनुमोदन संसदबाट गराउनु पर्नेछ । एउटै व्यक्ति र जाति तथा समुदायबाट लगातार एकपटक भन्दा बढी राष्ट्रध्यक्ष हुन पाउने छैन ।
(ख) संघीय मन्त्रिपरिषद्
संघीय जनसभाको सामान्य बहुमतले सिफारिस गरेका व्यक्तिहरूबाट प्रधान मन्त्रीले संघीय मन्त्रिपरिषद्को गठन गर्नेछ । त्यसको प्रक्रिया र संख्या कानुनद्वारा निर्दिष्ट गरिने छ । तर मन्त्रीपरिषद सदस्यका लागि संघीय जनसभाको सदस्य हुनु अनिवार्य छैन । मन्त्रिपरिषद्को कार्यकारी प्रमुख प्रधानमन्त्री हुनेछ । संघीय जनसभाको सामान्य बहुमतले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । मन्त्रिपरिषदको निर्माणमा समावेशी र सहमतीय मान्यतालाई आत्मसात गरिनेछ । एउटै ब्यक्ति र जाति तथा समुदायबाट लगातार दुईपटक भन्दा बढी प्रधानमन्त्री हुने छैन । संघीय मन्त्रिपरिषद्मा प्रत्येक प्रदेशबाट न्यूनतम् एकजन मन्त्रि नियुक्त हुनु अनिवार्य हुनेछ ।
(ग) प्रादेशिक मन्त्रिपरिषद
१. जातीय स्वशासित मन्त्रिपरिषद ः जातीय स्वशासितसभाको समान्य बहुमतले सिफारिस गरेको नेता मुख्यमन्त्री हुनेछ । मन्त्रिपरिषद्को कार्यकारी प्रमुख मुख्यमन्त्रीको नियुक्ति राष्ट्रपतिले गर्नेछ । जातीय स्वशासित सभाको समान्य बहुमतले सिफारिस गरेको व्यक्तिहरूबाट कानुनद्वारा निर्दिष्ट प्रक्रिया र संख्याको जातीय स्वशासित मन्त्रिपरिषद्को गठन मुख्यमन्त्रीले गर्नेछ । तर मन्त्रीपरिषद सदस्यका लागि स्वशासित सभाको सदस्य हुनु अनिवार्य छैन । मन्त्रिपरिषदको निमार्णमा समावेशी र सहमतीय मान्यतालाई आत्मसात गरिनेछ ।
२. प्रादेशिक स्वशासित मन्त्रिपरिषद ः प्रादेशिक स्वशासित सभाको समान्य बहुमतले सिफारिस गरेको नेता मुख्य मन्त्री हुनेछ । मन्त्रिपरिषद्को कार्यकारी प्रमुख मुख्यमन्त्रीको नियुक्ति राष्ट्रपतिले गर्नेछ । प्रादेशिक स्वशासित सभाको समान्य बहुमतले सिफारिस गरेको व्यक्तिहरूबाट कानुनद्वारा निर्दिष्ट प्रक्रिया र संख्याको प्रादेशिक स्वशासित मन्त्रिपरिषद्को गठन मुख्यमन्त्रीले गर्नेछ । तर मन्त्रिपरिषद सदस्यका लागि प्रादेशिक स्वशासित सभाको सदस्य हुनु अनिवार्य हुने छैन । मन्त्रीपरिषदको निमार्णमा समावेशी र सहमतीय मान्यतालाई आत्मसात गरिनेछ ।
(घ) इलाका परिषद्
१. जातीय स्वशासित परिषद् ः जातीय स्वशासित इलाकासभाको सामान्य बहुमतले सिफरिस गरेका ब्यक्तिहरूको कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको जातीय स्वशासित इलाका परिषद्को गठन सभापति र उपसभापतिले गर्नेछन् । तर इलाका परिषद सदस्यका लागि स्वशासित सभाको सदस्य हुनु अनिवार्य हुने छैन । परिषद्को कार्यकारी प्रमुख र उपप्रमुख सभापति र उपसभापति हनेछन् । सभापति र उपसभापतिको निर्वाचन जातीय स्वशासित इलाका सभा सदस्यहरू संगै सोही प्रणालीद्वार निर्वाचित हुनेछन् । इलाका परिषदको निमार्णमा समावेशी र सहमतीय मान्यतालाई आत्मसात गरिनेछ ।
२. इलाका स्वशासित परिषद ः इलाका स्वशासित सभाको सामान्य बहुमतले सिफरिस गरेका ब्यक्तिहरूको कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको इलाका स्वशासित परिषद्को गठन सभापति र उपसभापतिले गर्नेछन् । तर इलाका परिषद सदस्यका लागि स्वशासित सभाको सदस्य हुनु अनिवार्य हुने छैन । परिषद्को कार्यकारी प्रमुख र उपप्रमुख सभापति र उपसभापति हनेछन् । सभापति र उपसभापतिको निर्वाचन स्वशासित इलाका सभा सदस्यहरू संगै सोही प्रणालीद्वार निर्वाचित हुनेछन् । परिषदको निमार्णमा समावेशी र सहमतीय मान्यतालाई आत्मसात गरिनेछ ।
३. न्यायपालिका
(क) सर्वोच्च न्यायालय
सर्वोच्च न्यायलाय राज्यको सबैभन्दा माथिल्लो तहको न्यायलय हुनेछ । यसको निर्माण न्यायसंपादन कार्यस“ग संलग्न व्यक्ति तथा विज्ञहरूबाट आवधिक निर्वाचनका आधारमा निर्वाचित २५ प्रतिशत र न्यायिक क्षेत्रमा कार्यरतहरूबाट संवैधानिक न्याय परिषदको सिफारिसमा संघीय मन्त्री परिषदको निर्णयअनुसार नियुक्तिका आधारमा ७५ प्रतिशत गरी कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निश्चित सङ्ख्याको सर्वोच्च न्यायालयको निमार्ण हुनेछ । साथै जातीय, क्षेत्रीय र भाषिक विविधताको यथार्थताको र लैङ्गीय समानताको समुचित प्रतिनिधित्व हुनेछ । जातीय आधारमा स्थापित स्वशासित प्रदेशमा स्वशासित उच्च न्यायलय र भाषिक तथा क्षेत्रीय अधारमा स्थापित प्रदेशमा सामान्य उच्च न्यायलयको स्थापना हुनेछ । त्यसै गरी स्वशासित इलाकामा पनि प्रदेशको नीतिअनुसार स्वशासित र सामान्य इलाका न्यायलयको स्थापना हुनेछ । गाउ“÷नगर र टोलहरूमा पनि न्याय समितिहरूको निर्माण हुनेछ ।
(ख) प्रादेशिक न्यायालय
१. स्वशासित उच्च न्यायलयः न्यायसंपादन कार्यसंग संलग्न संवन्धित क्षेत्रका ब्यक्ति तथा विज्ञहरूबाट आवधिक निर्वाचनका आधारमा निर्वाचित ५० प्रतिशत र प्रादेशिक न्याय परिषदको सिफारिसमा प्रादेशिक मन्त्री परिषदको निर्णय अनुसार नियुक्तिका आधारमा ५० प्रतिशत कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको स्वशासित उच्च न्यायलयको निमार्ण हुनेछ ।
२. सामान्य उच्च न्यायलयः न्यायसंपादन कार्यसंग संलग्न संवन्धित क्षेत्रका ब्यक्ति तथा विज्ञहरूबाट आवधिक निर्वाचनका आधारमा निर्वाचित ५० प्रतिशत र प्रादेशिक न्याय परिषदको सिफारिसमा प्रादेशिक मन्त्री परिषदको निर्णय अनुसार नियुक्तिका आधारमा ५० प्रतिशत कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको सामान्य उच्च न्यायलयको निमार्ण हुनेछ ।
(ग) इलाका न्यायालय
१. स्वशासित इलाका न्यायलयः न्यायसंपादन कार्यसंग संलग्न संवन्धित इलाकाको ब्यक्ति तथा विज्ञहरू आवधिक निर्वाचनका आधारमा निर्वाचित ५० प्रतिशत र इलाका न्याय परिषदको सिफारिसमा इलाका परिषदको निर्णय अनुसार नियुक्तिका आधारमा ५० प्रतिशत कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको स्वशासित इलाका न्यायलयको निमार्ण हुनेछ ।

२. इलाका सामान्य न्यायलयः न्यायसंपादन कार्यसंग संलग्न संवन्धित इलाकाका विज्ञहरूबाट आवधिक निर्वाचनका आधारमा निर्वाचित ५० प्रतिशत र इलाका न्याय परिषदको सिफारिसमा इलाका परिषदको निर्णय अनुसार नियुक्तिका आधारमा ५० प्रतिशत कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको सामान्य इलाका न्यायलयको निमार्ण हुनेछ ।
उर्पयुक्त दुबै तहका स्वशासित र सामान्य न्यायलयका बिचमा समानताका आधारमा समन्वय र सामन्जस्ताका लागि संयुक्त इजालसको ब्यवस्था हुनेछ ।
(घ) गाउ“÷नगर र टोल न्याय समिति
१. न्याय समितिः न्यायसंपादन कार्यमा संलग्न ब्यक्ति तथा विज्ञहरूबाट आवधिक निर्वाचनका आधारमा निर्वाचित कानुनद्वारा निर्दिष्ट प्रक्रिया र निर्धारित संख्याको न्याय समितिको निमार्ण हुनेछ ।
(ङ) विशेष न्यायालय
विशेष अबस्था र व्यबस्थाको लागि आबश्यकता अनुसार विशेष न्यायालयको व्यबस्था गरिने छ ।
(च) छुट्टै इजलास
महिला, बालबालिका, मजदूर तथा अन्धा अपाङ्गहरू लगायत विविध पेसा तथा वर्गहरूको विशिष्टता, विशेष अवस्था र समस्याको विशिष्टताको आधारमा न्यायालयहरूमा छुट्टा छुट्टै इजलासको व्यवस्था हुनेछ । जातीय प्रादेशिक स्वशासनको मान्यता अनुरूप स्वशासित न्यायालय र समितिहरूको न्यायिक कार्यकारी प्रमुख सम्बन्धीत स्वशासित तहको प्रमुख जनजातिहरूबाट हुनेछ । स्वशासन्को जातीय बनोटको आधारमा जातीय समावेशीको सन्तुलन हुनेछ । साथै सामान्य न्यायलयहरूमा पनि जातीय विविधत्ताको संतुलनको समुचित समावेश अनिवार्य हुनेछ ।
(छ) परम्परागत न्याय प्रणाली
उपर्युक्त न्यायपालिकाहरूमा बढुवा, छनोट र निर्वाचनको प्रक्रियाबाट सबै जाति, जनजाति र समुदायको प्रतिनिधित्व हुनुका साथै न्यायब्यवस्थामा आदिवासी जनजाति, भाषिक तथा अल्पसंख्यक समुदाहरूको परम्परागत कानुन तथा न्याय प्रणाली ९ऋबकतयmबचथ ीबध बलम क्थकतझ० र संस्थालाई पनि अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य मान्यतास“ग नबाझिएसम्म मान्यताको ब्यवस्था हुनेछ ।
९) राज्यको मुख्य संयन्त्रहरू
ड्ड कर्मचारीतन्त्र (द्यगचभबगअचबअथ)
ड्ड सुरक्षा निकाय (क्भअगचष्तथ बउउबचबतगक)
ड्ड संवैधानिक अंगहरू (ऋयलकतष्तगतष्यलब िद्ययमष्भक)
१. कर्मचारीतन्त्र
कर्मचारीतन्त्रमा लोकतान्त्रिकरण, विधि र शासनको पालना, जनउत्तरदायी भावनाको विकास तथा जातीय, क्षेत्रीय, लैङ्गीय र वर्गीय सहभागिताको आधारमा समानुपातिक पहु“चलाई प्रत्याभूत गरिनेछ । कर्मचारीतन्त्र तटस्थ प्रकारको हुने छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई समृद्ध नयॉ नेपाल बनाउनका लागि स्थायी सरकारका रूपमा चिनिने राज्यको कर्मचारी संयन्त्रलाई सक्षम, सबल र दक्ष बनाउनका लागि तथष्ट र अधिकृत स्तरीय प्रणाली अनुसार निर्माण र संचालन गर्नु अत्यावश्यक हुन्छ । अतः “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कर्मचारी संयन्त्र÷प्रशासनिक व्यवस्था तथष्टताको सिद्धान्तमा आधारित हुनेछ । र, कर्मचारी संयन्त्र अधिकृत स्तरीय प्रणाली अनुसार संचालन हुनेछ । सो सम्बन्धि अन्य व्यवस्था कानुनद्वारा निर्धारण गरे अनुसार हुन आवश्यक हुनेछ ।” भन्ने संवैधानिक प्रावधानको व्यवस्था हुन आवश्यक छ ।
२. सुरक्षा निकाय
सरकार र जनताप्रति उत्तरदायी हुनका साथै सरकारद्वारा परिचालित र नियन्त्रित तथा राष्ट्रिय हितको शुरक्षा र जनभावना अनुरूप चल्ने हुनेछ । छिमेकी देशहरूसंग पञ्चशिलको आधारमा शान्ति सन्धि गरी सेनाको न्यूनिकरण, रूपान्तर र आधुनिकिकरण गर्दै जनशुरक्षाको नीति अबलम्वन गरिनेछ । जनसुरक्षको नीतिलाई स्थापित गर्दै प्रतिक्रियावादी सेनालाई उन्मुलन गरिनेछ स्वशासित प्रदेशहरूले संघीय राज्यको अनुमती र केन्द्रीय सुरक्षा नीतिको परिपालना अनुसार प्रादेशिक शान्ति शुरक्षा र प्रशासनको शुव्यबस्थाको लागि प्रादेशिक प्रहरी प्रशासनको व्यबस्था गर्ने छन् ।
३. संवैधानिक अङ्गहरू
संवैधानिक अङ्गको निर्माण र अनुमोदन लोकतान्त्रिक पद्धति र पारदर्शी तरिकाले हुने छ । साथै सो प्रबन्ध गरिनु अगाडि सार्वजानिक सुनुवाईको समेत व्यवस्था गरिनेछ ।
१) संवैधानिक अंगका प्रमुख र सदस्यहरू संवैधानिक परिषद्को शिफारिसमा राष्ट्रपतिवाट नियुक्त हुनेछन् ।
२) संवैधानिक अ¨का सदस्यहरू मध्ये एक तिहाइको नियुक्ति स्वतन्त्र प्रतिस्पर्धावाट गरिने छ, अनुभव र स्वतन्त्र प्रतिस्पर्धा दुवैलाई मिलाउ‘दा पनि समावेशी प्रतिनिधित्व गराउन ध्यान दिइनेछ ।
३) संवैधानिक अ¨गका प्रमुख र सदस्यहरूको नियुक्ति संसदीय सुनुवाईद्वारा अनुमोदित हुनुपर्नेछ । संसदीय सुनुवाइको लागि रिक्त कुनै एक पदमा एक भन्दा बढि व्यक्तिहरूको नाम सिफरिस गरी त्यस मध्येवाट नियुक्ति सुनिश्चित गरिने छ ।
४) संवैधानिक अ¨का प्रमुख र सदस्यहरूले निश्पक्षता र व्यावसायिकताका आधारमा काम गर्नेछन् ।
५) कम्तीमा स्नातकोपाधी भएको नियुक्ति हु‘दाका बखत कुनै राजनीतिक दलको क्रियाशिल सदस्य नभएको र ४५ वर्ष पुरा गरेको, र विगतको हवि स्वच्छ र प्रतिष्ठित भएको वयक्ति मात्र संवैधानिक अ¨को प्रमुख र सदस्य पदका लागि योग्य हुनेछ ।
६) संवैधानिक अ¨का प्रमुख र सदस्यहरूको सेवाका अन्य शर्त, सुविधा र काम कार्वाहीलाई कानुनद्वारा व्यवस्थित गरिनेछ ।
७) गणतनत्र नेपालका तर्फवाट विभिन्न देशहरूमा नियुक्त हुने रँजदुतको योग्यता, नियुक्ति, सेवाका शर्त सुविधा र संसदीय सुनुवाई सम्बन्धमा धारा १ देखि ६ सम्मका व्यवस्था अपनाइनेछ तर राजदुतको पदमा नियुक्त हुन राजनीतिक दलको सदस्यताले बाधा पार्ने छैन ।
स्पष्टिकरण ः संवैधानिक अ¨ भन्नाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परिक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई जनाइनेछ ।

८) अन्य संवैधानिक अंगहरू
नेपालको प्राकृतिक स्रोत साधनको उचित प्रयोग र परिचालन गर्न विभिन्न जाति एवं अलपसंख्यक समुदायको राज्यको विभिन्न अंगमा पहुच सुनिश्चित गर्न, लि¨ भेद समाप्त पार्न नीति तर्जृृमा गर्न र भाषा संस्कृति उत्थान गर्न संवैधानिक परिषदको सिफसिसमा राष्ट्राध्यक्षले अन्य संवैधानिक अंगहरूका प्रमुख आयुक्त र सदस्यहरू नियुक्त गर्नेछन् । अन्य संवैधानिक अंगका आयुक्त र सदस्यहरूको सेवा योग्यता, सेवाका सर्त र सुविधा कानुन वमोजिम हुनेछ । अन्य संंवैधानिक अंगहरू निम्न अनुसार हुनेछन् ः
१) राष्ट्रिय भूमि आयोग
२) राष्ट्रिय दलित आयोग
३) राष्ट्रिय महिला आयोग
४) लै¨िक, अपा¨, मुस्लिम तथा धार्मिक अल्पसंख्यक आयोग
५) आदिवासी जनजाति भाषा संस्कृति आयोग
६) प्राकृतिक स्रोत सम्पदा आयोग
७) अल्पसंख्यक आयोग

स्वशासित प्रदेशहरूको नामाकरण
स्वशासित प्रदेशहरूको नामाकरण छलफल कै लागि प्रस्तावित नाम मात्र हुन् । नामाकरणको निर्णय गर्दा त्यस क्षेत्रको जात, जाति, आदिवासी जनजाति, भाषा–भाषी, समुदायका जनताको भावना, ऐतिहासिकता र बस्तुस्थितिको वारेमा छलफल र सहमतिको आधारमा निष्कर्षमा पुगिने छ ।
हामे पाटीैले देशको जातीय, भाषिक, भौगोलिक बनोट र अबस्थिति आदिको सामान्य र सरसर्ति अध्ययनका आधारमा छलफलका लागि सामान्यतया निम्न अनुसार ११ वटा स्वशासित प्रदेश (ब्गतयलयmयगक च्भनष्यल) मा विभाजन गर्ने प्रस्ताव गरेको छ । स्वशासित प्रदेशहरू भित्र त्यह“ाको बस्तुस्थिति र आवश्यकता अनुसार हिमाल, पहाड र तराईमा स्वशासित इलाका, गा“उ÷नगर र टोल तथा विशेष गा“उहरू हुनेछन् ।
लिम्बुवान, खम्बुवान, तामाङसालिङ, तमुवान, मगरात, नेपाःमण्डल र थरूहट स्वशासित प्रदेश मूलतः जातीय अधारमा, मिथला–थारू र अवद्य–भोजपूरा स्वशासित प्रदेश मूलतः भाषिक आधारमा तथा खसान र पश्चिम खसान स्वशासित प्रदेश मुलतः क्षेत्रको आधारमा प्रस्तवित स्वशासित प्रदेशहरू हुन् ।

१०) प्रस्तावित स्वशासित प्रदेशहरू ः
१. लिम्बुवान स्वशासित प्रदेश
लिम्बुवान स्वशासित प्रदेशको भूगोल सामान्यतः हाल नेपालको ताप्लेजुङ, पा“चथर, तेह्रथुम, इलाम र धनकुटा जिल्लाका साथै संखुवासभाको अरूण नदी पूर्व तथा झापा, मोरङ र सुनसरी जिल्लाको पहाडी भू–भाग हुनेछ ।
२. खम्बुवान स्वशासित प्रदेश
प्रस्तावित खम्बुवान स्वशासनको भूगोगले सामान्यतः सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, खोटाङ र उदयपुर गरी ५ वटा जिल्लाहरूका साथै संखुवासभाको अरूण नदीको पश्चिम भागले ओगटेको भाग हुनेछ ।
३. तामाङसालिङ स्वशासित प्रदेश
तमाङसालिङ स्वशासित प्रदेशको भूगोल सामान्यतः नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, सिन्धुली, मकवानपुर तथा चितवन र काठमाडौं उपत्यकाको पहाडी भू–भाग हुनेछ ।
४. नेपाःमण्डल स्वशासित प्रदेश
नेपाःमण्डल स्वशासित प्रदेशको भूगोल सामान्यतः काठमाण्डौं उपत्यका अर्थात भक्तपुर, ललितपुर र काठमाडौ हुनेछ ।
५. तमुवान(गुरुङ) स्वशासित प्रदेश
तमुवान स्वशासित प्रदेशको भूगोल सामान्यतः मनाङ, मुस्ताङ, गोर्खा, लम्जुङ, का“स्की, तनहु र स्याङजा जिल्लाको भू–भाग हुनेछ । त्यसमा पर्वत र डोल्पा जिल्लाको तमु वसोवासको भाग पनि समावेश हुनेछ ।
६. मगरात स्वशासित क्षेत्र
मगरात स्वशासित प्रदेशको भूगोल सामान्यतः अहिलेको पाल्पा, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, अर्गखा“ची, प्यूठान, रूकुम र रोल्पा जिल्लाहरूको भू–भाग हुनेछ । त्यस्तै नवलपरासीको पहाडी भाग र तनहु, स्याङजा र डोल्पाको मगर बसोवासको भु–भाग समावेस गर्नुपर्नेछ ।
७. खसान स्वशासन प्रदेश
खसान स्वशासित प्रदेशको भूगोल सामान्यतः हुम्ला, मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, डोल्पा, सुर्खेत र सल्यान जिल्लाको भू–क्षेत्र ओगटेको छ ।
८. पश्चिम खसान स्वशासित प्रदेश
पश्चिम खसान स्वशासित प्रदेशको भूगोल सामान्यतः दार्चुला, बझाङ, बाजुरा, आछाम, डोटी, डडेलधुरा र बैतडी सुदुरपश्चिम खसान स्वशासित प्रदेशको भूगोल हुनेछ ।
९. थरूहट स्वशासित प्रदेश
थरूहट स्वशासित प्रदेशको भूगोल सामान्यतः कन्चनपुर, कैलाली, बर्दिया, बा“के र दाङ–देउखुरीको भू–क्षेत्र थरूहट स्वशासनको भूगोल हुनेछ ।
१०. अवध–भोजपुरा स्वशासित प्रदेश
अवध–भोजपुरा स्वशासित प्रदेशको भूगोल सामान्यतः हालको कपिलवस्तु, रूपन्देही, नवलपरासी र चितवन जिल्लाको भुक्षेत्र हुनेछ
११. मिथिला–थारु स्वशासित क्षेत्र
मिथिला–थारू स्वशासित प्रदेशको भूगोल सामान्यतः पूर्वी तराईको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, मोरङ, सुनसरी र झापा जिल्लाको भुक्षेत्र हुनेछ ।

११) एक भन्दा बढी स्वशासन र धेरैको स्वशासन
नेपालको सामाजिक बसोवासको अबस्थाले गर्दा एउटै आदिवासी जनजाति तथा भाषा–भाषिको एकभन्दा बढी स्थानमा स्वशासन स्थापना हुनेछ । यस सिद्धान्त अनुसार एउटा आदिवासी जनजाति तथा भाषा–भाषीको एक ठाउ“मा स्वशासित प्रदेश, अर्को ठाउ“मा स्वशासित इलाका वा गाउ“÷नगर वा टोलहरू हुनेछन् । साथै एकै स्थानमा एक भन्दाबढी जाति, आदिवासी जनजातिहरूको स्वशासन कायम हुनेछ । स्वशासित क्षेत्रभित्र बसोबास गर्ने अन्य जात, जाति, जनजाति तथा भाषा–भाषी र अल्पसंख्यक समुदायको स्वशासनमा समावेशी, सहभागिता र समानुपातिक प्रतिनिधित्वको अधिकारहरू शुनिश्चित हुनेछ ।

१२) स्वशासन भित्र स्वशासन
नेपालको समाजिक बसोवासको विशिष्ट अबस्थाले गर्दा एउटै स्वशासन भित्र धेरै जात, जाति, जनजातिको स्वशासन हुने छ । जस्तै– मैथिल–थारु स्वशासित प्रदेशभित्र तीनवटा स्वशासित इलाकाहरू बन्नेछन् । जसमा बारा, पर्सा र रौतहटको भु–खण्डमा भोजपुरी–बज्जिका स्वशासित इलाका, सिराह, सप्तरी, महोत्तरी, धानुषा र सर्लाहीमा मैथिली—थारू स्वशासित इलाका र सुनसरी, मोरङ र झापाको थारू–कोचिला स्वशासित इलाका बन्नेछ । त्यसै गरी नवल परासीको तराई वेल्ट र रूपन्देहीको पूर्वी भागमा थारू–भोजपुरी, कपिल वस्तुमा अवध स्वशासित इलाका र हिमाली भेगमा शेर्पा लगायत जनजातिहरूको स्वशासित इलाकाहरू स्थापना गर्नु आबश्यक हुनेछ । स्वशासित प्रदेशहरूमा वसोवास गर्ने जात, जाति, जनजातिहरूको भाषिक, सांसकृतिक र समाजिक बसोवासको अवस्थिति तथा भौगोलिक अवस्था अनुसार स्वशासित इलाका, गाउ“÷नगर र टोल तथा विषेश स्वशासित गाउ“हरूको स्थापन हुनेछ ।

१३) आत्मनिर्णय अधिकार सम्वन्धि नीति
नेपालको मिश्रित हुदै गएको सामाजिक संरचनाको सन्दर्भमा राष्ट्रिय एकता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सर्वोपरि राखी आत्मनिर्णयको अधिकारलाई राजनितिक, आर्थिक, सामाजिक, भाषिक एवं सांस्कृतिक विकास गर्न जातीय क्षेत्रीय स्वशासनको अधिकार प्रयोगको रूपमा बुझ्नु पर्दछ । ने.क.पा.(एकीकृत) ले नेपाल राज्यको संघीय नय“ा संरचनाको माध्यमबाट पछि परेका र पारिएका जाति र समुदायलाई अधिकार सम्पन्न गराउने उद्देश्यले आत्मनिर्णयको अधिकारलाई जातीय क्षेत्रिय स्वशासन स्थापना र त्यसलाई बलियो बनाउने अर्थमा ग्रहण गरेको छ ।

१४) संघात्मक राज्यको आधार
क) जातीय, क्षेत्रीय स्वशासन ः नेपाल जस्तो जातीय, भाषिक, सा“स्कृतिक, धार्मिक र क्षेत्रीय विविधता र बहुलता भएको देशमा जाति, भाषा र क्षेत्रलाई मुल आधार र समाजिक, सांस्कृति, प्राकृतिक स्रोत–साधन र भौगोलिक सामिप्यता आदि भौतिक विकासका सम्भाब्यतालाई समेत ध्यानमा राखेर जातीय क्षेत्रीय स्वशासनको निमार्ण गरिनु सर्वोत्तम हुन्छ । ने.क.पा. (एकीकृत) ले आत्मनिर्णय अधिकारको सिद्धान्त र जातीय क्षेत्रीय स्वशासन आधारमा संघीय राज्य संरचना गर्ने मान्यता राख्दछ ।
(ख) राज्यको शासन प्रणाली ः संघीय शासन प्रणालीले मुलतः केन्द्र र प्रदेशका बीचमा राजकीय शक्ति र स्रोत साधनको बाडफाड गर्दछ । मुख्यत राष्ट्रिय सुरक्षा, मौद्रिक प्रणाली, परराष्ट्र सम्बन्ध, अन्तराष्ट्रिय र अन्तरप्रादेशिक सिमा निर्धारणको अधिकार केन्द्रमा निहित राखी अन्य अधिकार स्वशासित प्रदेशहरूलाई हुने छ । अवशिष्ट अधिकार केन्द्रमा हुनेछ ।
(ग) स्वशासनको सिद्धान्तको आधारमा प्रशासन, विकास, शिक्षा, स्वास्थ्य, भाषा–स.स्कृति जस्तै– भूमि र प्राकृतिक श्रोतसाधन माथिको अधिकार पनि स्वशासनकै (प्रदेश सरकार) अन्तरगत राखिने छ । स्वशासन भित्रका सबै प्राकृतिक श्रोतसाधन, सा“स्कृतिक एवम् धार्मिक सम्पदाहरूको संरक्षण, प्रवद्र्धन र परिचालन स्वशासित प्रदेशले नै गर्नेछ ।
स्रोत साधनमा राजश्वलाई केन्द्रीय र प्रादेशिक रूपमा वर्गीकृत गरी सोही अनुसार अधिकार स्थापित गरिने छ । राष्ट्रिय राजमार्ग, केन्द्रीय हवाई सेवा, राष्ट्रिय र अन्तरप्रादेशिक वा बहुप्रादेशिक प्राकृतिक स्रोत साधन र केन्द्रीय उद्योग वाणिज्य जस्ता केन्द्रसंग बढी संबन्ध भएका पक्षहरूलाई स्वशासित प्रदेशहरूसंग समन्वय र संयोजन गरी केन्द्रले परिचालन गर्नेछ । प्रादेशिक शुरक्षा, प्रदेश भित्रका प्राकृतिक स्रोत साधनको परिचालन र उपयोग, राजनीतिक, आर्थिक, समाजिक, भाषिक, सांस्कृतिक, धार्मिक आदि समग्र विकास तथा संरक्षण र सम्वद्र्धनका लागि स्वतन्त्ररूपले नीति निमार्ण, निर्णय, योजना र कार्यान्वयनका अधिकार स्वशासित प्रदेशहरूमा रहनेछ । प्राकृतिक संरक्षण र जैविक विविद्यतासंग जोडीएको आदिवासी जनजातिहरू र विभिन्न समुदायको परम्परागत ज्ञान, सिप र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नु स्वशासनको कर्तब्य हुनेछ ।
घ) गैर भौगोलिक संघ ः निश्चित भुगोल नभएका र छरिएर रहेका जाति तथा समुदायको केन्द्रीय राज्यमा प्रतिनिधित्व लगायतका अधिकारको प्रत्याभूतको लागि गैर भौगोलिक (ल्यल(त्भचचष्तयचष्ब)ि संघको अवधारणागत मान्यतालाई आत्मासात गरिने छ । नेपालको सन्र्दभमा विशेषत दलित जातिहरूको केन्द्रीय राज्य र प्रदेशमा प्रतिनिधित्वलाई सुनिश्चत गर्नको लागि गैर प्रादेशिक संघको ब्यवस्था गरिने छ ।

१५) जनमत संग्रह
राष्ट्रका महत्वपुर्ण राजनितिक, आर्थिक र सामाजिक विषय तथा राष्ट्रिय महत्वका अन्र्तराष्ट्रिय संधी समझौताहरू जनमत संग्रहद्वारा निर्णय लिने संवैधानिक ब्यवस्था गरिने छ ।

१६) प्रत्याह्वान
आम प्रचलनमा जनतालाई जनप्रतिनिधि चुन्ने अधिाकारलाई लोकतान्त्रिक अधिकारको रूपमा जसरी लिने गरिन्छ त्यसरी नै जनप्रतिनिधिलाई प्रत्याव्हान गर्ने जनताको अधिकार कै रूपमा लिनु पर्दछ । जनताद्वारा चुनिएका प्रतिनिधि जनता र राष्ट्र प्रति उत्तरदायी नभएको र लोकतान्त्रिक मुल्य मान्यता अनुसार आचरण र व्यहबार नगरेको खण्डमा त्यस्ता जनप्रतिनिधिलाई प्रत्याव्हान गर्ने स्पष्ट संबैधानिक ब्यवस्थाको अभावमा विगतमा राष्ट्र धात, जनविरोधी र लोकतान्त्रिक मुल्य मान्यता विपरित कार्य गर्ने जनप्रतिनिधिहरूलाई केही गर्न नसकी मुकदर्शक बन्न परेका कटु सत्य सर्व विद्धितै छ । त्यसकारण संघीय राज्यको संविधानमा संविधानसभाका प्रतिनिधिलाई समेत लागु हुने गरी सबै तहका जनप्रतिनिधि तथा सरकार प्रमुख, मन्त्रीपरिषदका सदस्य आदिलाई प्रत्याव्हानको संंवैधानिक व्यवस्था गरिनेछ ।

१७) राजनीतिक दल सम्बन्धी व्यवस्था ः
१) निश्चित दर्शन, विचारधारा र कार्यक्रममा आधारित भै राजनीतिक दल खोल्ने अधिकार पूर्ण रूपले सुरक्षीत गरिने छ । राजनीतिक दलहरूमा लोकतान्त्रिक मूल्य , समावेशी र समानुपातिक प्रतिनिधित्व हुनेछ ।
२) उपधारा १ अन्तर्गत खोलिने राजनीतिक दलले समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार प्रसार गर्न गरँउन वा त्यस प्रयोजनका लागि अन्य कुनै काम गर्न सक्नेछन् ।
३) राजनीतिक दलहरूमाथि प्रतिवन्ध लगाउने गरी कुनै कानुन व्यवस्था वा निर्णय गर्न पाइने छैन । त्यसरी बनाइएको कानुन व्यवस्था वा कुनै निर्णय संविधानको प्रतिकूल मानिने र स्वतः अमान्य हुनेछ ।
४) निर्वाचन आयोगवाट मान्यता प्राप्त गर्न चाहने प्रत्येक राजनीतिक दलले निर्वाचन आयोगद्वारा निर्धारण गरिएकोृ सामान्य कार्यविधि पुरा गरी निर्वाचन आयोगमा दर्ता गराउनु पर्नेछ ।
५) दल दर्ता विधि र निर्वाचन सम्बन्धि अन्य कुराहरू कानुनद्वारा निर्धारण गरिए अनुसार हुनेछ ।
६) राजनीतिक दलहरूले विभिन्न जनवर्गीय संगठन वा भातृ संगठनहरू खोल्न सकनेछन् । त्यस खालका भातृ संगठनहरूका नीति, उद्देश्य कार्यक्रम प्रष्ट गरी बैधानिकता दिइनेछ ।
७) कुनै पनि राजनीतिक दलले कुनै अर्को धर्म, संसकृति विरुद्ध जान वा साम्प्रदायिक द्वन्द्व फैलाउन पाउने छैनन् ।
८) राजनीतिक दलहरू बीच निर्वाचनको स्वतन्त्र र स्वच्छ प्रतिस्पर्धा हुन सक्नेछ । तर खास प्रकारको वर्ग वा समुदायको उतथानका लागि निश्चित वर्ग वा समुदायका उम्मेदवार बीच मात्र प्रतिस्पर्धा हुने गरी राज्यले कानुन बनाउन सक्नेछ ।
९) कुनै राजनीतक दल विभिन्न कारणले विभाजित भई पहिलेको अवस्थामा नरहेको भएपनि त्यस राजनीतक दलको केन्द्रीय समिति वा संसदीय दलका कम्तीमा ३३ प्रतिशत सदस्यहरूले त्यसवाट अलग राजनीतक दलको रूपमा स्थापित हुन चाहेमा उनीहरूलाई दलको मान्यता दिइने छ ।
१०) वहुदलीय व्यवस्थाको प्रवद्र्धनका लागि राजनीतक दलहरूलाई समानुपातिक आधारमा राज्यले आर्थिक अनुदान दिनेछ ।
११) सबै राजनीतक दलहरूले आफ्नो आय स्रोतको कोष र सो जुटाउने स्रोत पारदर्शी वनाउनु पर्नेछ र मान्यता प्राप्त संस्थावाट वार्षिक लेखापरिक्षण गर्नुपर्नेछ ।
१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बॉच्न पाउने हक हुनेछ र मृत्यु दण्डको सजाय हुने गरी कुनै कानुन बनाइने छैन ।
२) प्रत्येक नागरिकलाई
क) विचार र अभिव्यक्तिको स्वत्नत्रता
ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता
ग) राजनीतक दल वा संगठन खोल्ने स्वतन्त्रता
घ) संघ र संस्था खोल्ने स्वतन्त्रता
ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता
च) कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता हुनेछ ।

३) सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणवाट बञ्चित गरिने छैन ।

४) राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जात, जाति, लि¨ तथा लै¨िक पहिचान, उत्पति, भाषा, शारीरिक वा मानसिक, क्षेत्र अपांगता, वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गर्नेछैन ।

५) समान कामका लागि महिला, पुरुष, लै¨िक, अल्पसंख्यकका बीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन ।

६) कुनै पनि व्यक्तिलाई जात, वंश, समुदाय वा पेशाका आधारमा कुनै किसिमको छुवाछुत तथा जातीय भेदभाव गरिने छैन । यस्तो भेदभावपूर्ण व्यवहार कडा दण्डनीय हुनेछ ।

७) विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका अन्य जुनसुकै माध्यवाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य पाठ्य, श्रव्य दृष्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्ने वा छाप्न पूर्व प्रतिवन्ध लगाइने छैन ।

८) वातावरण तथा स्वास्थ्य सम्बन्धी हक ः
क) प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बॉच्ने हक हुनेछ ।
ख) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा पाउने हक हुनेछ ।
ग) राज्यले विपन्नताका कारणबाट उपचार हुन नसकेका हकमा व्यवस्था गर्नुपर्नेछ ।

९) शिक्षा तथा संस्कृति सम्बन्धी हक ः
क) प्रत्येक समुदायलाई आफ्नो मातृ भाषामा शिक्षा पाउने हक हुनेछ ।
ख) प्रत्येक नागरिकलाई राज्यवाट उच्च माध्यामिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुनेछ ।
ग) नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बर्धन गर्ने हक हुनेछ ।
घ) प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क र अनिवार्य शिक्षा पाउने हक हुनेछ । राज्यले आर्थिक हैसियतले पढ्न पठाउन नसकेको हकमा उनीहरुको शिक्षा, दिक्षा र जिविकोपार्जनको व्यवस्था गर्नुपर्नेछ ।
१०) रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक ः
क) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ ।
ख) महिला, श्रमिक, बृद्ध, अपा¨ तथा अशक्त र असहाय नागरिकलाई सामाजिक सुरक्षाको हक हुनेछ ।
ग) प्रत्येक नागरिकलाई खाद्य संप्रभुताको हक हुनेछ ।

११) सम्पत्तिको हक ः
क) प्रत्येक नागरिकलाई प्रचलित कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ ।

१२) महिला तथा लै¨िक अल्पसंख्यकको हक ः
क) महिला तथा लै¨िक अल्पसंख्यक भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव गरिने छैन ।
ख) प्रत्येक महिलालाई गर्भाधारण, प्रजनन वा गर्भपतन सम्बन्धी हक हुनेछ ।
ग) पैतृक सम्पत्तिमा छोरा, छोरी, लै¨िक अल्पसंख्यकलाई समान हक हनेछ ।
घ) तेस्रो लि¨िले शल्यक्रियावाट लि¨ परिवर्तन गर्न चाहेमा सो गर्ने स्वतन्त्रता हुनेछ ।

१३) सामाजिक न्यायको हक ः
क) आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका मजदुर, किसान महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, उत्पीडित वर्ग, अपा¨, तथा लै¨िक अल्पसंख्यक, धार्मिक अल्पसंख्यक, गरिबलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचना जातीय पहिचान सहित सहभागी हुने हक हुनेछ ।
ख) सशस्त्र द्वन्द्वकालमा भएका नरसंहार र अमानवीय घटनाहरुको पूर्ण छानवीन र दोषीलाई सजायसहित पीडितलाई क्षतिपूर्तिको हक हुनेछ ।

१४) बालवालिकाको हक ः
क) प्रत्येक बालवालिकालाई आफ्नो पहिचान तथा नामको हक हुनेछ ।
ख) प्रत्येक १६ वर्ष सम्मका बालवालिकालाई पालनपोषण, आधारभूत शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक हुनेछ ।
ग) प्रत्येक बालवालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषण विरुद्धको हक हुनेछ । यस्तो शोषणजन्य कार्य कानुनद्वारा दण्डनीय हुनेछ र यस्तो व्यवहार गरिएको व्यक्तिलाई कानुनले निर्धारण गरे बमोजिमको क्षतिपूर्ति दिइनेछ ।
घ) असहाय, अनाथ, सुस्त मनस्थिति, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा परेका, सडक बालवालिकालाई पुनरजीवन, शिक्षा, पुनरवास आदिको सुनिश्चित भविश्यको लागि राज्यवाट विशेष सुविधा पाउने हक हुनेछ ।
ङ) कुनै पनि नाबालकलाई कुनै कलकारखाना, खानी वा यस्तै अन्य कुनै जोखिमपूर्ण काममा लगाउन वा सेना, प्रहरी वा द्वन्द्वमा प्रयोग गर्न पाइने छैन ।
च) कुनैपनि बालवालिकालाई कुनैपनि श्रम गर्न वाध्य गरिने छैन ।

१५) धर्म तथा संस्कृति सम्बन्धी हक ः
क) नेपाल एक धर्मनिरपेक्ष राज्य भएकोले प्रत्येक व्यक्तिलाई अरुको धार्मिक आस्था र स्वतन्त्रताको पूर्ण सम्मान गर्दै धर्म रोज्ने, अभ्यास गर्ने र धर्म नमान्ने अधिकार हुनेछ । धर्मको आधारमा हुने कुनैपनि भेदभाव, घृणा र अवहेलना दण्डनीय हुनेछ ।
ख) प्रत्येक व्यक्ति, परिवार र समुदायलाई समान एवं स्वायत्त रुपमा आ–आफ्नो भाषा, धर्म, लिपि, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने अधिकार हुनेछ ।

१६) न्याय सम्बन्धी हक ः
क) कुनैपनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना निजले बुझ्ने भाषामा नदिई थुनामा राखिने छैन ।
ख) पक्राउमा परेका व्यक्तिलाइृ पक्राउ परेको समयमा नै आफुले रोजेको कानुन व्यवसायीसंग सल्लाह लिन पाउने हक हुनेछ । त्यस्तो व्यक्तिले आफ्नो कानुन व्यवसायीसंग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ र त्यस्तो व्यक्तिलाई आफ्नो कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हकबाट वञ्चित गरिने छैन ।
ग) असमर्थ पक्षलाई राज्यबाट निःशुल्क कानुनी सेवा पाउने हक हुनेछ ।

१७) नजरवन्द विरुद्धको हक ः
क) नेपाल राज्यको सार्वभौमसत्ता र अखयडता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निबारक नजरबन्दमा राखिनेछैन ।

१८) यातना विरुद्धको हक ः
क) अनुसन्धान, तहकिकात वा पुपक्र्षको सिलसिलामा वा अरु कुनै किसिमले थुनामा रहेको कुनै पनि व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसंग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिनेछैन ।

१९) सूचनाको हक ः
क) प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ ।

२०) गोपनीयताको हक ः
क) कुनैपनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार, चरित्र सम्बन्धी कुृराहरुको गोपनीयता कानुनद्वारा तोकिएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ ।

२१) शोषण विरुद्धको हक ः
क) प्रत्येक नागरिकलाई शोषण विरुद्धको हक हुनेछ ।
ख) प्रथा, परम्परा र प्रचलनको नाममा वा कुनै पनि किसिमले कसैलाई शोषण गर्न पाइने छैन ।
ग) मानिसलाई बेचविखन गर्न, दास वा बॉधा बनाउन पाइने छैन ।
घ) कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।

२२) श्रम सम्बन्धी हक ः
क) प्रत्येक कामदार र कर्मचारीलाई उचित श्रम अभ्यासको हक हुनेछ ।
ख) कानुनमा व्यवस्था भएबमोजिम प्रत्येक कामदार र कर्मचारीलाई आ–आफ्ना हित रक्षाको निमित्त टे«ड युनियन खोल्ने, संगठित हुने र सामुहिक सौदावाजी गर्ने हक हुनेछ ।

२३) देश निकाला विरुद्धको हक ः
क) कुनैपनि नागरिकलाई देश निकाला गरिने छैन ।

संवैधानिक उपचारको हक ः
क) कुनैपनि नागरिकलाई संवैधानिक उपचारको हक हुनेछ ।
ख) हरेक व्यक्तिलाई साम्प्रदायिकताको विरुद्धको हक हुनेछ ।
ग) प्रत्येक नागरिकलाई राज्यवाट खाना, बस्न र रोजगारीको सुरक्षाको हक हुनेछ ।

राज्यका नीतिहरु ः
क) सरकारी सहकारिता र नीजि क्षेत्रको माध्यमवाट मुलुककमा अर्थतन्त्रको विकास गर्ने नीति राज्यले अवलम्बन गर्नेछ ।
ख) राज्यले किसानलाई प्रोत्साहन गर्नेगरी कृषि क्षेत्रमा उत्पादबत्व बढाई कृषिमा आधारित अधिकांश जनताको आर्थिक उन्नति हुने अवस्थाहरुको सिर्जना गरी कृषिलाई उद्योगको रुपमा विकास गर्नेछ ।
ग) देशको मुख्य सामाजिक, आर्थिक शक्तिको रुपमा रहेको श्रम शक्तिलाई सुलभ रुपमा रोजगार उपलब्ध गराई काम पाउने अधिकार सुनिश्चित गरी उनीहरुको अधिकार र हितको संरषण गरी उद्यमको व्यवस्थापनमा सहभागिता बढाउने नीति राज्यले अवलम्बन गर्नेछ ।
घ) महिला वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको विशेष व्यवस्था गरी राष्ट्र विकासमा अधिकाधिक सहभागी बढाउने नीति राज्यले अवलम्वन गर्नेछ ।
ङ) राज्यले एकल महिला, अनाथ, बालवालिका, असाहाय, वृद्ध, अपा¨, अशक्तर लोपन्मुख जातिको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अबलम्वन गर्नेछ ।
च) शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता र रोजगारीमा २५ प्रतिशत आरक्षणको व्यवस्था गरी आर्थिक तथा सामाजिक रुपले पिछडिएका आदिवासी, जनजाति, दलित, महिला, अपा¨, लै¨िक अल्पसंख्यक र भार्मिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदाय तथा गरिबीको रेखामुनीका मजदुर किसानको उत्थान गर्ने नीति राज्यले अवलम्बन गर्नेछ ।
छ) राज्यले उन्नतिका लागि विज्ञान तथा प्रविधिको विकासलाई विशेष प्राथमिकताको साथ राज्यवाट उपेक्षित भएका तथा समाजमा अपहेलित भएका वर्गहरु जस्तै ः महिला, दलित, आदिवासी, जनजाति, अपा¨, मधेशी, लै¨िक अल्पसंख्यक र धार्मिक अल्पसंख्यक (मुस्लीम, इसाई, आदि) समेतको हकहितको लागि नीति योजना तथा कार्यक्रमको निर्माण गर्ने अधिकार सम्पन्न छुट्टाछुट्टै आयोगहरुको गठन गर्न सकिने नीति राज्यले अबलम्बन गर्नेछ ।
ज) केन्द्रदेखि स्थानीय तहसम्म राज्यका हरेक निकाय जस्तै ः सरकारी, अर्ध सरकारी वा गैर सरकारी संघ संस्थाको नीति निर्माण देखि नेतृत्व तहमा महिला, आदिवासी, जनजाति, दलित, अपा¨, लै¨िक अल्पसंख्यक, धार्मिक अल्पसंख्यकको समान प्रतिनिधित्व गराउन विशेष प्राथमिकताका साथ स्थान आरक्षण गर्ने नीति राज्यले लिनेछ ।
झ) देशको उन्नतिको लागि विज्ञान तथा प्रविधिको विकासको लागि प्राथमिकता दिने नीति राज्यले खबलम्वन गर्नुका साथै स्थानीय प्रविधिको विकास गर्ने नीति अबलम्वन गर्नेछ ।
ञ) राज्यले महिला, दलित, आदिवासी, जनजाति, मधेशी, धार्मिक अल्पसंख्यक (मुस्लीम, इसाई आदि) लगायत अल्पसंख्यक भूमिहीन, सुकुम्वासी, मुक्त कमैया, अपा¨,, लै¨िक अल्पसंख्यक, पिछडिएको क्षेत्र तथा समुदाय र द्वन्द्वपीडितका लागि सकारात्मक विभेदका आधारमा विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्नेछ ।
ट) किसान, मजदुर लगायत ?मका आश्रित वर्गको विकासको लागि प्राविधिक शिक्षा, तालिम, प्रशिक्षणको आवश्यक, पूर्वाधारको व्यवस्था गरी उनीहरुलाइृ राज्यको विकास प्रक्रियामा सहभागी गराउने नीति राज्यले अवलम्बन गर्नेछ ।
ठ) मुलुकमा विद्यमान परम्परागत ज्ञान, सिप र अभ्यासको पहिचान र संरक्षण गर्दै त्यसलाई आधुनिकीकरण गर्ने नीति राज्यले अवलम्बन गर्नेछ ।
ड) राज्यले संयुक्त राष्टसंघको वडापत्र, असंलग्नात, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्टिय कानुन । विश्वशान्तिको मान्यताको आधारमा नेपालको परराष्ट नीति हुनेछ ।
ढ) मुलुकमा बढिरहेको हत्या, हिंसा, आतंक र अराजकता रोक्न ठोस कदम चालिनेछ । मानव अंग तस्करी गर्ने, चेलीवेटी वेचविखन गर्ने, जीउ ज्यान मास्ने, बेच्ने, शान्ति सुरक्षा र अमनचयन खल्वलाउने तत्वहरुको अपराधिक क्रियाकलाप रोक्न अभियान चलाइनेछ ।













Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।