Saturday, November 6, 2021

दलाल पुँजिवादी सत्ता र केपी सरकारको काण्डे अनुहार

 प्रकासित ः रातोखबर साप्ताहिक २०७६ फागुन २१ बुधबार ः 
अनलाईन ईरातोखबर २०७६ फागुन २७ गते 

चिरन पुन ‘मिलन’
प्रारम्भ ः 
अहिले हाम्रो देशमा दलाल पुँजिवादी राज्यसत्ता र केपी मण्डलीको काण्डे सरकारले जनतालाई आतङ्कीत बनाएको छ । यो राज्यसत्ता र सरकार जनविरोधी छ । यो राष्ट्रविरोधी पनि छ । यो भ्रष्टाचारी छ । यो हत्यारा छ । यो फाँसिवादी छ । यसको चरित्र कालोबजारिया प्रकृतिको छ । यसको चरित्र तस्करी र कमिसनखोरी धरातलमा छ । चरम् षडयन्त्रकारी पनि छ । निकृष्ट राष्ट्रघाति छ । ठुल्ठुला घोटाला र काण्डहरु लादेको छ । भ्रष्टाचारी, कमिसनखोर र कालाबजारियाहरुसँग लगन गाठो कसेको छ । उत्तरसाम्राज्यवादीहरुको पाउमा लम्पसार पर्ने र निगम् पुँजिवादलाई बेरोकतोक देशभित्र भित्राउने काम गरेको छ ।  यो चरम् शोषणकारी पनि छ । आफ्नो कुर्सीस्वार्थ पुरा गर्न जुनसुकै प्रकारका जनविरोधी हथकण्डा अपनाउन यो तयार हुन्छ । जस्तोसुकै प्रकारका षडयन्त्रकारी गतिविधी संचालन गर्न मरिहत्य गर्छ ।  त्यसैले हाम्रो पार्टी माथि प्रतिवन्द लादेको छ । क्रान्तिप्रेमी जनतामाथि दमन थोपरेको छ । हत्या–आतङ्क मच्चाएको छ । क्रान्तिप्रेमी जनता र नेता कार्यकर्तालाई झुट्टा मुद्धामा फसाएको छ । जेल, नेल र हिरासतमा कोचेको छ ।  

केपी सरकारको काण्डे परिचय ः 
केपी ओली नेतृत्वको मण्डलीले यो सरकारलाई जनताको सरकार, कम्युनिस्टको सरकार, दुई तिहाईको सरकार, ‘सुखि नेपाली र सम्वृद्ध नेपाल’ आदीका नाराहरु दिएको छ । आकाशतर्फ फर्किएर केपी ओलीले नानाभाँतीका उट्पट्याङ् आश्वासनहरु बाडिरहेका हुन्छन । तर, ति सवै आश्वासनहरु बेकामी छन । कम्युनिस्ट चरित्र, आदर्शको त कुरै छोडौ सामान्य लोकतान्त्रिक मुल्य–मान्यता बोकेको काँग्रेसलाई समेत उसका जनता र राष्ट्र विरुद्धका कार्यले उछिनेको छ । यसले आफुलाई कम्युनिस्ट होईन जनविरोधी र राष्ट्रविरोधी काण्डै काण्डले भरिएको काण्डे सरकारको परिचय बनाएको छ । एनसेल करछली काण्ड, ह्वाईट बोर्डि जहाज काण्ड, सुन काण्ड, चिनी काण्ड, बालुवाटार ललिता निवास काण्ड, बुढिगण्डकी काण्ड, मेलम्ची काण्ड, मिटर ब्याजी काण्ड, मल काण्ड, भ्रष्टाचार काण्ड, निर्मला पन्त बलात्कार–हत्या काण्ड, आर्थिक घोटाला काण्ड, करै कर काण्ड, तस्करी–कालोबजारी काण्ड, होली बाईन काण्ड, कमिसनखोर काण्ड, आफ्ना नाता गोतालाई जागिर ख्वाउने काण्ड, लिपु–लिम्पीयाधुरा काण्ड, अवैद्य ठेक्का पट्टा काण्ड, निर्दोश नागरिकको हत्या काण्डजस्ता अनेकौ घृणीत, तिरस्कृत, षडयन्त्रकारी, जनताको हित विपरित र राष्ट्रको स्वाधीनता बिपरित काण्डहरु मच्चाएर मुलुकलाई बदनाम बनाउने कार्य गरिरहेका छन । 
केपी ओली नेतृत्वको काण्डे सरकारले आर्थिक हिसावले मुलुकलाई परनिर्भर र भिखमाँङ्गा बनाएको छ । राजनीतिक हिसावले आत्मसमपर्णकारी, दब्बु पारेको छ । सामाजिक हिसावले विचलनकारी तथा विखण्डन परिवेश सृजना गरेको छ भने, साँस्कृतिक हिसावले विकृत, अश्लिलता र कर्तव्यविमुख धरातलमा फसाएको छ । हरेक गतिविधीहरु आधारभुत राजनीतिक नैतिकता र मान्यता विपरित केन्द्रीत छ । यसप्रकारका काण्ड, घटनाक्रम र अबान्छित कार्यले गर्दा यो सरकार रुझेको विरालो जस्तो बनेको छ । सत्तामुखि निम्छरो अनुहार बोकेर नैतिकहिन ढङ्गले यो सरकार डुलिरहेको छ । यस्तो खालको नालायक काण्डे सरकारलाई सम्पूर्ण राष्ट्रप्रमी र जनप्रेमी जनसमुदायहरु एकतावद्ध भएर जरैबाट उखलेर फाल्न लामवद्ध बन्नु बाहेक अव अर्को विकल्प छैन र देखिदैन । 

चरित्रहिन नेतृत्व र बदनाम भुमिका ः  
अहिलेको केपी सरकार जसरी जन विरोधी र राष्ट्र विरोधी छ त्यसैगरी चरित्रहिन पनि छ । यो सरकार बदनाम मान्छेहरुको झुण्ड जस्तै बनेको छ । सरकार र सरकारी पार्टीका जिम्मेवार मन्त्री र नेताहरुनै हरेक प्रकारका बदनामी कमाएर राज्यलाई निर्लज्ज पारेको छ । यो विभिन्न जनताको हित विपरित, राष्ट्रको स्वाधीनता विपरित कार्य, गतिविधी र काण्डहरु मच्चाएर पेन्डुलम मात्र बनेको छैन, षडयन्त्रकारी र फाँसिवादी पनि भएको छ । हत्या, हिँसा, बलात्कार, भ्रष्टाचार, घुसखोर, कमिसनखोर जस्ता पाखण्डपूर्ण गतिविधीहरु हुनुमा एकातिर दर्शन, विचार, राजनीति, सिद्धान्त र बर्गप्रतिको गद्धारीका कारणले गर्दा हो भने अर्कोतर्फ चरित्रहिन नेतृत्व र उनिहरुको बदनाम भुमिकाका कारणले गर्दा पैदा भएको हो । 
हालै केपीको निकै पाखण्डी, असहिष्णु, कुटिल विस्वासपात्र संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको मोलमोलाई गर्दाको अडियो सार्वजानिक भएपछि राजिनामा दिनु पर्यो । आफुलाई प्रखर घुस विरोधी बताउने केपी र गोकुल बास्कोटाले एउटा प्रेस किन्दा त ७०÷७४ करोड कमिसन खान्छन वा माग्छन भने उनिहरुको अधिनस्त संचालित कैयौ परियोजनाहरुबाट कति रकम झ्याम् पारे होलान सहजै अनुमान गर्न सकिन्छ । एउटा नेपाली उखान छ, ‘सियो चोर्ने ले सुन पनि चोर्छ र घर पनि फोर्छ’ यहाँ प्रश्न नैतिकताको हो ।  यस्ता नैतिकहिन मानिसहरुको हातमा रहेको सरकारले कसरी जनतालाई सेवा र राष्ट्रलाई हित गर्न सक्लान् गम्भिर प्रश्न उठेको छ । यस्तो प्रकारका  बदनामी घटनाका कारणबाट सरकारको जिम्मेवार मन्त्री, पार्टीका नेताहरुले राजिनामा दिनुपर्ने विषयलाई कदापी सामान्य मान्न सकिदैन । यस्ता प्रकारका अनेकौ घटना र सन्दर्भहरु छन जो वर्तमान केपी सरकार र केपी –प्रचण्ड नेतृत्वको पार्टीका मन्त्री र नेताहरुले देखाएको चरित्र र खेलेको भुमिका जसका कारणबाट उनिहरुले आफुले आफ्नो जिम्मेवारीबाट पदच्युत मात्र होईन, देशलाई नै लज्जित बनाउने कार्य गरेका छन । 
बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री र सरकारी नेकपाका नेता केसव स्थापीतले चरित्रहिन कार्य गरेकाले २०७५ कार्तिक १६ गते आफ्नो पद गुमाउनु परेको थियो । त्यस्तै सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री तथा सरकारी पार्टीका नेता प्रकाशबहादुर रावतले आर्थिक अनियमितता र किर्ते काण्डका कारणले २०७६ कार्तिक २४ गते आफ्नो मन्त्री पद गुमाउनु परेको घटना समेत ताजै छ । परस्त्रीसँगको काण्डले सुदुर पश्चिम प्रदेशकै सामाजिक विकाश मन्त्री तथा सरकारी पार्टीका नेता दिर्घबहादुर सोडारीले पदीय आचरण विपरित कार्य गरेकाले २०७५ कार्तिक २७ गते मन्त्री पदबाट हात धुनु पर्यो । नक्कली बैङ्क ग्यारेन्टी काण्ड घटाएर कर्णाली प्रदेश भौतिक पूर्वाधारमन्त्री तथा सरकारी पार्टीका अर्का नेता खड्कबहादुर खत्री २०७६ भदौमा बर्खास्तीमा परे । भने, सोलु कोरिडोर निमार्णका क्रममा करिब २६ करोड अनियमितता गरेको भन्दै तत्कालिन उर्जा मन्त्री तथा सरकारी पार्टीका नेतृ राधा ज्ञवालीले २०७२ असोज १५ गते बर्खास्ती हुनु परेको घटना नेपाली जनतासामु लुकेको छैन । 
तत्कालिन कानुनमन्त्री तथा सरकारी पार्टीका नेता शेरबहादुर तामाङले बंगलादेशमा एमविविएस पड्न जाने  नेपाली छात्राले सर्टिपिकेट पाउन शारिरिक सम्वन्ध कायम गर्नु पर्ने जस्ता अनौतिक अभिव्याक्ति दिएका कारण २०७५ साउन ८ गते राजिनामा दिनु परेको थियो । २०७२ साल असारमा तत्कालिन एमाले नेता तथा कृषिमन्त्री हरिप्रसाद पराजुली ले महिलामाथि अस्लिल हर्कत गरेकाकारण बर्खास्तीमा परे । तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नै कर्मचारीमाथिको यौन दुराचारको आरोपमा सभामुखबाट २०७६ असोज १४ गते राजीनामा दिदै जेलसमेत बस्नु पर्यो, भने अहिले संचारमन्त्री तथा सरकारका प्रवत्ता समेत रहेका केपीका रखौटे गोकुल बास्कोटाले सेक्युरेटि प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७४ करोड कमिसन बार्गेनिङका दौरान निलज्र्ज सरकारबाट बाहिरिनु पर्यो । यो विषय २ महिना अगाडि नै प्रधानमन्त्री ओलीलाई थाहा थियो र उनि किन चुप लागे ? उल्टै तिनै भ्रष्टाचारी गोकुलको गुणगानमा समय खेर फाले यसले के कुरा स्पस्ट हुन्छ भने यो घटनामा प्रधानमन्त्री समेतको संलग्नता भएको स्पस्ट हुन्छ ।  यि सवै घटना र सन्दर्भहरु सरकारी पार्टीका नेता र मन्त्रीहरुले गरेका कर्तुतहरु हुन । त्यसका साथै गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मदिरा काण्ड, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको महिला काण्ड जस्ता घटनाहरु गुपचुप गरिएको छ । नेताहरु आफ्नो जन्मदिन मनाउन जनताले तिरेको करबाट लाखौँ लाख खर्च गर्दै हेलिकप्टरमा सयर गरिरहेका छन । यि र यस्ता प्रकारका प्रतिनिधीमुलक घटनाले सरकारी पार्टी र केपी मण्डली सरकारको मुल प्रवृति के र कस्तो हो भन्ने कुरा बुझ्न कठिन पर्दैन । यस्ता पात्रहरुले भरिएको विचार विहिन समुह र दृष्टिकोण विहिन झुण्डमा आज सरकारी (नेकपा) परिणत भएको छ । दृष्टिकोण विहिन समुह भएकाकारण उनिहरुले यसप्रकारका घृणित कार्यहरु गर्न उद्धत भैरहेको कुरा दिनको घाम जस्तै छर्लङ्गै भएको छ । 

८ सय ८४ जना भेडिगोठे साँसदको लुट ः 
आज जनप्रतिनिधीका नाममा माथि देखि तलसम्म जनतामा माथि लुट मच्चाएको छ । राष्ट्रलाई कङ्गाल बनाउने कार्य भैरहेको छ । तस्करहरु, चोर डकैतहरु, कालोबजारियाहरु, कमिसनखोरीहरु, हत्यारा–बलात्कारीहरु, ठेकेदारीहरु राष्ट्रघातिहरु, जनघातिहरु कथित जनप्रतिनिधी बनेर सुखविलास गरिरहेका छन् । हाम्रो जस्तो देशमा निकै ठुलो संसदहरुको ताँती छ । उनिहरुलाई जनप्रतिनिधीको रुपमा राज्यले खर्च बेहोरिरहेको छ । त्यसबाहेक राज्यले मासिक करोडौँ खर्च पूर्वहरुलाई बेहोर्ने गर्दछ । यसको सन्द्यर्भमा कुरा गर्दा केहि सन्दर्भहरु उल्लेख्य छन त्यो हेरौ ः झण्डै १ अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा जम्मा साँसदको सङ्ख्या ५ सय ४५ जनाको छ । त्यस्तै, ३२ करोड जनसङ्ख्या भएको अमेरिकामा ४ सय ३५ जना साँसदले देश संचालन गरेका छन । २५ करोड जनसङ्ख्या भएको ईन्डोनेसियामा साँसद ५ सय ५० जना, २० करोड जनसङ्ख्या भएको ब्राजिलमा साँसद ५ सय १३ जना, १९ करोड जनसङ्ख्या भएको पाकिस्तानमा साँसद सङ्ख्या २ सय ७२ जना मात्रै छन । १७ करोड जनसङ्ख्या भएको नाईजेरियामा साँसद ३ सय ६० जना, १६ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा साँसद ३ सय ३० जनाले देश संचालन गरिरहेका छन ।  १४ करोड जनसङ्ख्या भएको जापानमा ४ सय ८० जना, १२ करोड जनसङ्ख्या भएको रुसमा ४ सय ४० जनाको साँसदको सङ्ख्या छ । यि सन्दर्भहरुलाई हेर्दा उदेक लाग्दछ कि, जम्मा २ करोड ७० लाख चानचुन जनसङ्ख्या भएको हाम्रो मुलुकमा साँसदको सङ्ख्या ८ सय ८४ जनाको भेडिगोठ छ । उनिहरु आलिसान सुविधामा छन् । आफ्नै हात जगन्नाथ भनेजस्तै जनताले सकिनसकी करतिरेको ढुकुटिमाथि ब्रह्लुट मच्चाईरहेका छन् । लाग्छ उनिहरु कुनै युगका महाराजाहरु हुन । धनाड्य मालिकहरु हुन । कुख्यात तस्करहरु हुन । चल्तीका डाकुहरु हुन । राज्य उनिहरुकै बपौति हो । देशको अर्थतन्त्र उनिहरुकै विर्ता हो । 
हामीले हेर्नसक्छौ ः एकजना निजामति राष्ट्रसेवक कर्मचारी (जसले आफ्नो परिवारको जिविकार्जनका मुख्य उदेश्य सहित मुलुकमा जागिर खाएको हुन्छ) को अधिकृतले ३० हजार, उपसचिवले ३४ हजार, सहसचिवले ४० हजार, ना. सुव्वाले २३ हजार र मुख्यसचिवले ५४ हजार तलवमा मासिक गुजारा गर्दै राज्यलाई सेवा गरेका हुन्छन् । सेनामा प्रमुख सेनानीको २८ हजार, महासेनानीको ३१ हजार, उपरथीको ३७ हजार रथीको ३८ हजार र प्रधानसेनापतिको ३९ हजार तथा प्रहरी आईजिपीको ३८ हजार, एआईजीको ३७ हजार, डिआईजीको ३२ हजार, एसएसपीको ३० हजार र हवल्दारको १८ हजार मासिक तलबमा ठुलो चाडबाडमा घरपरिवारलाई भेट्न समेत जान नपाई काम गर्दछन् । किनकी, उनिहरुले राज्यसँग जागिर खाईरहेका छन यो स्वभावीक पनि छ र उनिहरुलाई आजको महङ्गीको अवस्थामा यति सुविधाले नपुगेको पनि हुन सक्छ ।  
तर, राजनीति भनेको नीतिहरुको पनि मुल नीति हो । यो जनताको सेवाका लागि गरिन्छ । राष्ट्रका हितका लागि गरिन्छ । आफ्नो ब्याक्तिगत स्वार्थबाट मुक्त भएर गरिन्छ । घर परिवारको मोह, जेल नेलको डर, मृत्युको आगमन सवैलाई यसले वेप्रवाह लिन्छ । यो स्वयीच्छिक र बेतलवी काम भएकालेनै सवैले यो काम गर्न सक्दैनन् । यसमा निश्चित तलव भत्ता हुदैन । २०५४ सालसम्म पनि जनप्रतिनधीहरुलाई मासिक तलव भत्ता थिएन । तर आज राजनीतिलाई कमाईखाने भाँडो बनाईएको छ । राजनीतिलाई तस्करी गर्ने अखडामा परिणत बनाउने कार्य भएको छ, यो अत्यन्त गलत कार्य हो । आज जनप्रतिनिधीहरुले आफ्नो तलव सुविधा आफै निर्धारण गरेर राज्यको ढुकुटीलाई स्वाहा पार्ने काम गरेका छन् भने जनताकालाई करै करको जातोमुनि पिसिरहेका छन् । एकजना नगरपालीकामा निर्वाीचत जनप्रतिनिधीले आफ्नो सम्पूर्ण सुविधा बाहेक वडाअध्यक्षले मासिक २५ हजार, उपमेहेरको ३५ हजार र मेहेरको ४० हजार तलब बुझ्छ । गाँउपालीकाका वडाअध्यक्षले मासिक २० हजार, उपाध्यक्षले ३० हजार र अध्यक्षले ३५ हजार तलब बुझ्छन् । महानगरपालीकाको वडाअध्यक्षले मासिक ३० हजार, उपमेहरले ५० हजार र मेहरले ६० हजार तलव बुझ्छन् । त्यसबाहेकका उनिहरुले लिने सुविधा अनेकौ प्रकारका छन । जनप्रतिनधीहरु आफैले आफ्नै ठेक्कामा डोजरहरु चलाएका छन्, जनतालाई ढाटेका छन र ५ वडा वडाभएको गाँउपालीकामा अध्यक्ष उपाध्यक्षले चड्ने सुविधासम्पन्न गाडी बाहेक ५०÷६० वटासम्म सेतो नम्वरप्लेटका सरकारी मोटरसाईकलहरु बेरोकतोक गुडिरहेका छन । सरकारी नम्वर प्लेटका गाडिहरु लगेर जाँडखाने भट्टी चाहार्ने, विवाह, वर्तवन्ध र आफ्ना आसेपासेलाई ओसार पसार गर्ने साधन भएको छ । यसरी स्थानिय जनप्रतिनिधीका नाममा करोडौँ रकम स्वाहा पार्ने कार्यलाई यो दलाल पुँजिवादी सत्ताले उद्धत गरेको छ ।  
एकजना जनताको प्रतिनिधी, राजनीतिलाई जनताको सेवा भन्दै हिड्ने साँसदले मासिक १ लाख ४८ हजार भन्दा धेरै तलब बुझेर खान्छन् । राष्ट्रपतिले मासिक ५ लाख भन्दा धेरै, उपराष्ट्रपतिले मासिक ४ लाख ५० हजार भन्दा धेरै, प्रधानमन्त्रीले मासिक ३ लाख भन्दा धेरै, सभामुखले मासिक २ लाख ८० हजार भन्दा तलब बुझेर भर्कुछन् । उनिहरुको सुरक्षा, यातायात, सुचना संचार, सचिवालय र दैनिक भैपरिआउने सुविधाको कुरा गर्नेहो भने त्यो अकल्पनिय छ । देशका प्रधानमन्त्री समेत रहेका केपी ओलीले आफ्नो ब्याक्तिगत उपचारका लागि मात्रै करिब १ खर्ब भन्दा धेरैको उपचार खर्च राज्यकोशबाट लिएका छन्  । आफ्नो सम्पक्ति विवरणमा १ कठ्ठा जमिन र १ तोला सुन लेखाएका प्रचण्डसँग आफ्नो परिवारका सदस्यको उपचारका लागि अमेरिका, सिङ्गापुर, थाईल्याण्ड, चीन जस्ता देशहरुमा करोडौ खर्च गर्ने पैसा कहाँबाट आउँछ ? यो स्वभावीक प्रश्न छ उनिहरुले देशलाई लुटेका छन् । राष्ट्रलाई ठगेका छन् । तस्कर, कमिसनखोर, कालोबजारिया, विचौलियाहरु उनिहरुको किचन पात्रहरु बनेका छन् । यी सवै कार्य जनताले कर तिरेर जम्मा भएको र विदेश पलायन हुने युवाहरुको रेमिटेन्स्बाट संकलित रकमबाट जम्माा भएको राज्यकोशको ढुकुटी र विचौलिया, तस्कर, घुसखोरीबाट प्राप्त रकमबाटै भईरहेको कुरा बुझ्न मुस्किल पर्दैन । यसरी स्थानिय तहका २८,२०८ जनप्रतिनिधी र प्रतिनिधीसभा, राष्ट्रियसभा, मन्त्रीपरिषद्, उनिहरुका आसेपासेले भरिएका सचिवालय र राज्यले खर्च बेहुर्नु पर्ने नेतृत्वहरुको खर्च विवरणलाई हेर्दा उदेकलाग्दो अवस्थामा छ । एकातिर आज प्रत्येक नेपालीको टाउकोमा ३८ हजार रिण थोपरिएको छ भने अर्कोतिर सत्ताधारीहरुको ठाँट, रवाफ र भड्किलो खर्च ब्यवस्थालाई हेर्दा कुनै आलिसान राजा महाराजाको भन्दा कम देखिदैन । यसरी राज्यको ढुकुटिलाई आफ्नै बाउको बपौति सम्झेर राज्यलाई टाट पल्टाईरहेका छन । जनप्रतिनिधीका नाममा राज्यलाई कङ्गाल बनाईरहेका छन । यो सम्पूर्ण जनसमुदायले बुझ्न आवश्यक छ र उनिहरुको लुटको स्वर्गलाई एकीकृत जनक्रान्तिको ज्वालाले जलाएर राख पारिदिनु पर्दछ । 

अस्थिर र ढुलमुल सरकार ः 
बहुदलको आगमन पछिका नेपालको सरकार र सरकार गठन पुनर्गठनका सन्दर्भहरुलाई हेर्दा किनै घिनलाग्दो अवस्थाको छ । आफ्नो कुर्सी स्वार्थलाई केन्द्रमा राखेर सरकार गठन पुनगर्ठनको फोहोरी खेलहरु देखाएर विश्वलाई नै चकित पार्ने कार्य सत्तासिनहरुले गरेका छन् । आफ्नो झिना मसिनो स्वार्थपूर्ति गर्न सरकारको छिनाझपेटी र सरकार गठन पुनर्गठनको सन्दर्भहरुलाई हेर्ने हो भने उदेकलाग्दो परिस्थिती छ । नेपालमा बहुदलिय ब्यवस्थाको आगमन पछिको करिब यो ३० बर्षको आवधीमा सरकार परिवर्तनको सन्दर्भलाई हेर्नेहो भने हामी स्पस्ट हुन सक्छौ कि, हाम्रो देशमा कुर्सीको छिनाझपेटी कुन तह र कुन हदसम्मको भयो भनेर ।  दक्षीण एसियाका देशहरुमा मात्रैपनि सरकार फेरिएको सन्द्यर्भलाई हेर्नेहो भने, श्री लङ्कामा जम्मा ६ पटक सरकार परिवर्तन भएको छ, । 
बङ्गलादेशमा ९ पटक, भारतमा ११ पटक, पाकिस्तानमा १३ पटक र हाम्रो देश नेपालमा २७ पटक सरकार बदलिएको छ । यो कुराले हाम्रो देशको राजनीतिक अस्थिरतालाई बताउछ । सरकारको संचालन यिनै पार्टीहरुले गरेका छन् । यिनै नेताहरु कुन न कुनैरुपमा मन्त्री बनेका छन । सरकारमा हाल क्रियाशिल रहेका पार्टीहरु नेपाली काग्रेस, एमाले, राप्रपा, मद्येशवादी र प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी नै हुन ।  हाम्रो जस्तो देशका लागि यो निकै डरलाग्दो र भयायह अवस्था हो । राजनीतिक अस्थिरताको मुख्य कारण वर्तमान दलाल पुँजिवादी राज्यसत्ता नै हो । यसरी एकतिर सरकारका कामहरु झन पछि झन भयानक, भ्रष्टाचारी, षडयन्त्रकारी र फासिवादी बन्दै जाने र अर्कोतिर उत्तरसाम्राज्यवादी शक्तिहरु हाम्रो देशको स्वाधीनतामाथि हस्तक्षेप गर्दै जाने अवस्थाले मुलुकको अवस्था जर्जर र पिडादायी दिशातर्फ गैरहेको छ । त्यसैले यो अस्थिर र ढुलमुल सरकारको दलाल पुँजिवादी चरित्रलाई बेलैमा नेपाली जनताले जरैबाट उखलेर फाल्नु पर्दछ । 

अन्त्यमा ः  
अहिले हाम्रो देश क्रान्ति र प्रतिक्रान्तिको भीषण टकरावमा छ । एकातिर दलाल पुँजिवादी राज्यसत्ताका सम्पूर्ण मतियारहरु टुप्पीदेखिकै बल लगाएर फाँसिवाद लादेका छन् भने अर्कोतर्फ कमरेड विप्लवको नेतृत्वमा हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी एककिृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न महासमरमा जुटेको छ । एकीकृत जनक्रान्ति हरेक दमन, षडयन्त्रलाई चिर्दै नेपालको सम्पूर्ण भुभागहरुमा भुसको आगोजस्तै हुर्किएको छ । त्यो विशालरुपमा जनताको भरोषायोग्य बन्दै गएको छ । सामाजिक दलाल पुँजिवादका मतियार केपी –प्रचण्ड गुट र बादल गृह प्रशासनले जतिसुकै दमन र षडयन्त्रका तानाबानाहरु बुने पनि जनतासामु यि सवै निष्प्रभावी र किस्काम सावित हुनेछ । हत्या, आतङ्क, लुट, खसोटले टिकेको तिम्रा स्वर्गलाई जनताको मजवुत एकता र झनै सुद्धिढ बन्दै गएको एकीकृत जनक्रन्तिले ध्वस्त पारिदिनेछ । यहि सङ्कल्प, प्रतिवद्धता र दायीत्वबोधसाथ उठौ, जुटौ, लागौ र वैज्ञानिक समाजवाद स्थापना गर्ने सुन्दर सपना र दृढयाात्रालाई सुनिश्चित पारौँ । 
२०७६ फागुन ५ । 


दुई (२) दुस्मन कारोना भाइरस (कोभिड –१९)र प्रतिवन्द्धको विरुद्धमा नेपाली जनता

 
ईरातोखबर अनलाईन २०७६ चैत्र २१ शुक्रबार १२ ः १८ बजे । 

चिरन पुन ‘मिलन’ 
आरम्भ ः 
अहिले हाम्रो देश नेपाल दुई (२) दुस्मनसँगको लडाईमा केन्द्रीत बनेको छ, ति दुस्मनहरु हुन ः 
एक ः कोरोना भाइरस (कोभिड –१९) । 
दुई ः केपी सरकारले जनतामाथि लादेको फाँसिवादी प्रतिवन्द्ध । 
नेपाली जनताको अगाडि यि दुवै दुस्मन निकै खतरनाक, भयानक र डरलाग्दो छ । एकातिर आज संसारभर कोरोना भाइरस (कोभिड –१९)ले हालबेहाल मच्चाइरहेको छ । विश्वनै लकडाउनको अवस्थामा छ । आजसम्मको तथ्याङ्को अवस्थालाई हेर्दा कोरोना भाइरस(कोभिड – १९)को कारणले मृत्युहुनेको सङ्ख्या ५१ हजार ४ सय ४२ जना पुगेको छ । सङ्क्रमितको सङ्ख्या १० लाख, २ हजार, २ सय नाघेको छ ।  अहिले सम्म ईटालीमा १३ हजार ९ सय १५ जना, स्पेनमा १० हजार ९६ जना, अमेरिकामा ५ हजार, ६ सय, ३२ जना, फ्रान्समा ४ हजार, ५ सय ३ जना, चीनमा ३ हजार, ३ सय, १८ जनाको मृत्यु भैसकेको छ । त्यस्तै बेल्जियममा १ हजार ११ जना, ईरानमा ३ हजार, १ सय, ६० जनाको मृत्यु भैसकेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या २ लाख, ३६ हजार, २ सय, ११ जना नाघिसकेको छ भने, ईटालीमा १ लाख २५ हजार, फ्रान्समा १ लाख १० हजार भन्दा धेरै छन् । यो अहिले संसारभरी फैलिएको छ र युरोपका देशहरु अहिले यसको मुख्य चपेटामा छन् । अहिले यो भाइरस भुसको आगोजस्तै संसारका हरेक देशहरुमा फैलिरहेका कारणले गर्दा यो महामारी कहाँसम्म पुग्छ भन्नेकुरा अहिलै भन्न सकिने अवस्था छैन । अर्कोतिर हाम्रो देशमा केपी सरकारले जनतामाथि लादेको फाँसिवादी प्रतिवन्द्धका कारणले निर्दोश मानिसहरु मारिएका छन् । झुट्टामुद्धा लगाईएको छ । नेल भीराइएका छन् । जेल–हिरासतमा डुलाइएका छन । लकडाउनकै अवस्थामा पनि गिरफ्तारीमा पारिएका छन । । त्यसैले नेपाली जनता अहिले दुई (२) दुस्मनका अगाडि निरन्तर निडर÷सचेत संघर्षमा छन । मानवजातिले एकातिर प्राकृतिकरुपमा देखा पर्ने भयाभह मानवमृत्युको कहर बेहोरेकाछन् भने अर्कोतर्फ दलाल पुँजिवादी ÷साम्राज्यवादी शक्तिहरुले जनतामाथि लादिएको दमन, उत्पीडन र मानवमृत्युको कहर बेहोरिरहेको छन । 

जनताको दुई (२) दुस्मनका विरुद्ध सङ्घर्ष र विजय ः 
एक ःकुनै बेला रुस र युरोपका जनताहरु पनि दुई दुस्मनको विरुद्ध भिषण संघर्षमा केन्द्रीत बनेका थिए । त्यो हो एक ः विश्वयुद्धमा सम्केन्द्रीत बनेका साम्राज्यवादीहरु र दुई ः आफ्नै देशका जनविरोधी तानाशाहहरु । सन् १९१४ देखि १९१८ सम्म ४ बर्ष प्रथम विश्वयुद्ध चल्यो । त्यो बेला फ्रान्स, बेलायत र जमर्नी औपनिवेशको मालिक थिए । युरोपका तिनै साम्राज्यवादी देशहरुको टक्करमा प्रथम विश्वयुद्ध शुरु भएको थियो । प्रथम विश्वयुद्धमा युरोपका अस्ट्रो — हङ्गेरी, फ्रान्स, जर्मनी, बेलायत, ईटाली, रुस, जापान र उत्तर अमेरिकाका संयुक्त राष्ट्रहरु जोडिएका थिए । जहाँ दुई (२) करोेड भन्दा धेरै मानिसहरु मारिए । १ करोड भन्दा धेरै मानिसहरु घाईते अपाङ्ग बने । त्यहि युद्धमा जर्मनीले पहिलो चोटी विशालु ग्यासको समेत प्रयोग गर्यो । साम्राज्यवाद–साम्राज्यवादको अन्र्तविरोध र साम्राज्यवाद र उत्पीडित जनताविचको अन्तरविरोध र युद्धका बीच सन् १९१७ नोभेम्वर ७ मा बोल्सेविक पार्टी र क. लेनिनको नेतृत्वमा सोभियत समाजवादी क्रान्ति सम्पन्न भयो । यो क्रान्तिले एकातिर प्रथम विश्वयुद्धको गलत प्रस्तावनाहरुमाथि विजय हासिल गर्यो भने अर्कोतर्फ आफ्नै शाषकहरुले जनतामाथि लादेको तानाशाही दमनलाई परास्त गर्न सफल बन्यो । जसको कारणले गर्दा एकातिर सोभियत समाजवादी सत्तालाई जन्मदियो भने, अर्कोतिर युरोपभर समाजवादी सत्ताको विजारोपण गर्यो । यसरी सोभियत समाजवादी सत्ता स्थापनामा जनताको दुई (२) दुस्मनका विरुद्ध सङ्घर्ष गरे र विजयी प्राप्त गरे । 
दुई ःजतिखेर चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनी जनवादी क्रान्ति अघिबढिरहेको थियो । त्यो अवस्थामा पनि चिनी कम्युनिस्ट पार्टी र त्यहाँका जनताले दुई (२) दुस्मनका विरुद्ध सङ्घर्षलाई एकैचोटि अगाडि बढाउनु परेको थियो । ति दुस्मनहरु थिए एक ः जापानी साम्राज्यवाद जसले लामोसमयदेखि चिनलाई कब्जागरेर बसेको थियो । दोश्रो विश्वयुद्धका गलत प्रस्तावहरु र तिनका नेतृत्वदायी साम्राज्यवादी शक्तिहरु । दुई ः चिनी जनताको विरुद्ध लागिपरेका चिनीया शाषकहरु । (सन् १९३९ देखि १९४५ सम्म) दोश्रो विश्वयुद्धचल्यो । दोश्रो विश्वयुद्ध पनि मानविय क्षेति र विनास निकै ठुलो हुन पुग्यो । सोभियत संघले  २ करोड मानिसहरु गुमाउनु पर्यो । पोल्याण्ड  ६० लाख, जर्मनी  ८० लाख, युगोस्लाभिया  १७ लाख, फ्रान्स  ६ लाख २० हजार, चेकोस्लाभियामा  ८ लाख ५ हजार मानिसहरुको मृत्यु भयो ।  त्यस्तै अमेरिकामा ३ लाख ६७ हजार, फिनल्याण्डमा  ९७ हजार, ईटालीमा  ६ लाख ७० हजार, अष्ट्रीयामा  ३ लाख ४६ हजार, हल्याण्ड २ लाख ५५ हजार, बुल्गेरियामा  ३२ हजार, डेनमार्क  ४ हजार, रोमानियामा७ लाख ७० हजार, बेलायत  ६ लाख ६५ हजार मानिसहरुले मृत्युवरण गरे । भने, ग्रीसमा  ५ लाख ७० हजार, हङ्गेरी  ७ लाख ९० हजार, बेल्जियममा  १ लाख ६० हजार, चिनमा  ३० लाख, भारतमा ५० लाख मानिसहरु त्यसैबखत भएको भोखमरीका कारणले गर्दा मानिसहरुको मृत्यु भयो । यसैविच सन् १९४५ अगष्ट ६ गते विहान ७ ः १५ बजे जापानको हिरोसिमामा ९ हजार पाउण्ड वजन भएको लिटिल व्वाई नामक बम खसाईयो । ९० हजार घरहरु ध्वस्त भयो । ८० हजारभन्दा धेरै मान्छेहरु जलेर खरानी परे । १ लाख भन्दा धेरै  मान्छे जलेर घाईते भए भने, करिब २० हजारभन्दा धेरै बच्चाहरु खरानी भएका सन्दर्भहरु यसै परिवेशमा भएको थियो । 
दोश्रो विश्वयुद्धसम्म आईपुग्दा केहि पात्रहरु मानवसमाजमा सकारात्मक तथा नकारात्मक प्रवृतिहरु बोकेर उदाएका थिए । क)एडोल्फ हिटलर जर्मन (तानाशाह नाईके) ख) बेनिटो मुसोलिनो  (ईटाली)  सन् १८८३ –१९४५, ग)  हितेकी तेजो (जापान)  सन् १८८४ – १९४८, घ) फ्रान्सिस्कोबहमन्डे फ्रेङ्को (स्पेनी तानाशाह)  सन् १८९२ – १९७५,(उनि हिटलर, मुसोलिनो पछिका ठुला कम्युनिस्ट विरोधी तानाशाह थिए) ।  ङ) फ्रेङ्कलिन डियालो रुजवेल्ट (अमेरिका) सन् १८८२ –१९४५  दुईओटा विपरित धु्रवका नेता स्टालिन र चर्चिललाई मिलायर लैनाने पहलकर्ता थिए । च) नेविल चेम्बरलेन  (बेलायत)  सन् १८६९ – १९४०, उनले विश्वयुद्धको बेला फासिवादलाई निकै सन्तुस्ट बनाए । छ) विन्स्टन स्पेन्सर चर्चिल  (बेलायत)  सन् १९७४ – १९६५ ।  उनि पनि निकै ठुलो कम्युनिष्ट विरोधी सासक मानिन्थे । ज) जोसेफ स्टालिन  (सोभियत संघ)  सन् १८७९ – १९५३ ।  रुसी समाजवादी क्रान्तिका योद्धा । सोभियत समाजवादी सत्ताका अगुवा रहनु भएको थियो । झ) चाल्र्स दिगाल (जर्मनी)  सन् १८९० – १९७०,  ञ) च्याङ काई सेक  चीन सन् १८८७– १९७५,  च्याङ काई सेक चिनिया कोमिन्ताङ सरकारको प्रमुख थिए, र उनले कम्युनिष्ट माथि ठुलो दमन गरे । ट) माओत्सेतुङ  चिन सन् १८९३ –१९७६ । यी पात्रहरु मानव हित र मानव मृत्युका निम्ति मुख्य पात्रहरु मानिन्छ । जसले राष्ट्र, उत्पीडित जनता, कम्युनिस्ट सत्ताको पक्ष वा विपक्षमा आफ्नो सकारात्मक तथा नकारात्मक भुमिका युग युगसम्म रहिरहने छाप छोडेका छन् । यस्तो सन्दर्भ र परिवेशमा विश्वसर्वहारा बर्गका महान नेता कमरेड माओले चिनी कम्युनिस्ट पार्टीको नेतृत्वमा एकातिर विस्व साम्राज्यवादका नाईकेहरु र अर्को देशभित्रैका जनविरोधी तत्वहरु र साम्राज्यवादका मतियारहरुलाई एकैचोटी परास्त गरेर चिनमा जनवादी ÷समाजवादी सत्ताको सन् १९४९ मा विजारोपण गर्नुभयो । र त्यसको प्रभाव विश्वभरमा र मुख्यत ः एसियाका धेरै मुलुकहरुमा पर्यो । चिनी जनताको साथ समर्थनमा चिनी कम्युनिस्ट पार्टी र कमरेड माओको नेतृत्वमा  दुई (२) दुस्मनलाई परास्त गरेर आफ्नो सुनौलो योजनालाई पुरा गरे । आज चिनले  कोरोनाको भाइरसको सन्दर्भमा पनि अर्को चमत्कारिक कार्य गरेर विश्वलाई चकित पार्ने कार्य गरेका छन् । यो सन्दर्भहरु समेत हेर्न लाएक छ । यसको अन्त्यसम्म पुग्दा निश्चित देश र त्यसको नीति र नेतृत्वहरुको भुमिका उल्लेख्य हुनेछन् । 
३. जसरी सोभियत समाजवादी सत्ता र चिनी जनवादी ÷समाजवादी सत्ता स्थापनाको बेलामा त्यहाँका जनताले दुई (२) दुस्मनहरुलाई परास्त गरेर अघि बढ्नु परेको थियो । त्यहि परिवेश आज नेपाली जनतामाथि सृजना भएको छ । दुस्मन एक ः कोरोना भाइरस (कोभिड –१९)र दुस्मन दुई ः प्रतिवन्द्ध नेपाली जनताविच उपस्थित भएको छ र, नेपाली जनताले यसका विरुद्ध सङ्घर्ष गर्नु परिरहेको छ । आज यी दुई दुस्मनको कहर झेल्नु परिरहेको छ । हाम्रो जनप्रीय तथा गौरवशाली पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले केन्द्रीय समितिको तर्फबाट मिति २०७५ चैत्र १० गते प्रेस विज्ञप्ती मार्फत “कोरोना सङ्क्रमणका विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गर्दछ । यो बेला देशका सवै चिकित्सक एवम् स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ । तत्काल पार्टी कार्यककर्ता र जनसेनाहरुलाई आफु सचेत बन्दै आम जनतालाई कोरोना विरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथै कोरोना भाइरसबाट देशमुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कार्वार्ही बाहेक अन्य आक्रमक कावार्हीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा आवगत गराउँछौ” भन्दै जनतालाई एकढिक्का बन्दै बर्तमानमा देखिएको कोरोना विरुद्ध लाग्नु पर्नेकुराको अपील गर्नुभएको छ । र देशव्यापीरुपमा पार्टीका सम्पूर्ण निकाय सक्दो जनतासँग सहकार्य गरेर विभिन्न राहत र जनसचेतना कार्यक्रमहरु सहित जनतसँग पुगिरहेको छ । तर सरकारको तर्फबाट हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी माथि र क्रान्तिप्रेमी जनसमुदायमाथि थोपरेको प्रतिवन्द्ध फिर्तालिने र जेल हिरासतमा भएका कामरेडहरुलाई विनासर्त छोडिदिनुको सट्टा उल्टै देश लकडाउन भैरहेकै बेला दाङ जिल्लाबाट एकराज चौधरीलाई चैत्र १३ गते गिरफ्तार गरेर झुट्टामुद्धामा फसाएको छ ।
गणतान्त्रिक खेलकुद महासघंका केन्द्रीय अध्यक्ष जयन्द्र चन्दसहित महासचिव विनोद चन्द, केन्द्रीय सदस्यहरु कमर आरसी र प्रेम केसीलाई चैत्र ९ गते गिरफ्तार गरेर वेपत्ता पारेको झुट्टामुद्धामा फसाएको छ । वर्तमान केपी सरकारको षडयन्त्र, फाँसिवादी दमन, जनविरोधी चरित्र, तानाशाही शैली र कुटिल योजनाहरुलाई हेर्दा उनको खुनी, आततायी र मानवमृत्युमा रमाउने खालको छ भन्नेकुरा स्पस्ट हुन्छ । क्रान्तिप्रेमी जनतामाथि दमन लादेको छ । विश्वभर कोरोना भाईरस (कोभिड – १९) को आतङ्क मच्चिरहँदा केपी सरकार कानमा तेलहालेर बसेको छ । सम्पूर्ण नेताहरु घरमै क्वारेन्टाईनमा बसेर आफ्नो राष्ट्रघाति र जनघाति आयु लम्ब्याउन मनसायमा छन् भने अर्कोतर्फ देशभित्रै बैज्ञानिक समाजवाद, एकीकृत जनक्रान्तिको पक्षमा र चर्को भ्रष्टाचार, कालोबजारी, घुसखोरी, तस्करी, जनहत्या, जनघात र राष्ट्रघातको बिरुद्धमा उभिदा प्रतिवन्द्धको कहर बेहोर्नु परिरहेको छ । अवश्य ! नेपाली जनताले कोरोना भाईरस (कोभिड –१९) र प्रतिवन्द्ध विरुद्धको संघर्षमा विजयी हुनेछन । यो प्राकृतिक र अप्राकृतिक दुस्मनहरुलाई नेपाली जनताले परास्त गर्नेछन । संसारभर फौलिएको मानवमृत्युलाई रोक्न र वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाली जनता सफल रहनेछन । 

मानवमृत्युको भुवरीमा फसेको विस्व परिवेश ः 
मानिसले विभिन्न प्रकारका मानवमृत्युको भुवरीहरु बेहोर्दै आईरहेका छन । विभिन्न प्रकारका रोगहरु, युद्ध तथा क्रान्ति, प्राकृतिक प्रकोप लगाएतका कारणबाट संसारभर करोडौँ मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको छ । सवै सन्दर्भहरुमा ति मानवमृत्युको महामारी बोकेर आएको छ । अहिले संसारभर कोरोना भाइरस (कोभिड – १९)भुसको आगोजस्तै फैलिरहेको छ । संसारभरका विकसित र अर्थतन्त्रमा धनि  देशहरुलाई समेत यसको प्रभावले लपेटेको छ । यसले संसारभर के कति मानिसलाई सङ्क्रमित बनाउनछ  र के कति मानिसको मृत्यु हुन्छ अहिलै भन्न सकिदैन किनकी, हालसम्म यसको औषधी पत्ता लागेको अवस्था छैन र यो फैलदो अवस्थामा छ । संसारभरका मानिसहरु एकतावद्ध बनेर कोरोना भाइरस (कोभिड – १९)सँग लडाई लड्नु परेको छ ।
हामीले मानवमृत्युका केहि सन्दर्भहरुलाई हेर्न सक्छौ कि कति भयानक र दर्दनाक थियो ति मानवमृत्युका काला दिनहरु । सन् १६५ देखि सन् १८० सम्म फैलिएको युरोप एन्टोनाईन प्लेगले ५० लाख मानिसलाई मृत्युको मुखमा धकेलेको थियो । त्यस्तै सन् २५० देखि सन् २७१ सम्म युरोपमा साईप्रोयन्को प्लेगले एकैदिन रोम शहरमा ५ हजार मानिसको ज्यान लिएको सन्दर्भ छ ।  सन् ५४१ देखि ५४२ को १ बर्षमा जस्टिनियन्को प्लेग विश्वको झन्डै १० प्रतिसत मानिसको मृत्यु भएको पाईन्छ ।  सन् १५४५ देखि सन् १५४८ सम्म मध्ये अमेरिकामा फैलिएको कोकोलिजटली महामारीले गर्दा १ करोड ५० लाख मासिनको मृत्युको घाट उतार्यो । त्यस्तै सन् १६६५ देखि १६६६ सम्म लण्डनमा फैलिएको भयानक प्लेगले १ लाखजना मानिसको मृत्यु भयो । सन् १७२० देखि १७२३ सम्म फ्रान्समा फैलिएको भयानक प्लेगबाट १ लाख मानिसको निधन भयो । सन् १७७० देखि १७७२ सम्म रुसमा फैलिएको रसियाली प्लेगका कारण गर्द १ लाख मानिस मरे । त्यस्तै सन् १८८९ देखि १८९० सम्म युरोपमा फैलिएको ईन्फुलुन्जाबाट १० लाख मानिसको मृत्यु भएको छ । 
मानवमृत्युको भयानक श्रङ्खला त्यतिमामात्रै सिमित रहेन । सन् १९१८ जनवरी देखि सन्१८२० डिसेम्वरसम्म फैलिएको स्पेनी फ्लुले करिव ५० करोड भन्दा बढि मानिसलाई सङ्क्रमण र करिव ५ देखि १० करोड मानिसको मृत्यु भएको थियो । जो आजसम्म पनि यसप्रकारका महामारीको सामना मानवसमाजले बेहोर्नु परेको देखिदैन । सन् १९५७ देखि १९५८ सम्म फैलिएको एसियाली फ्लु (ईन्फुलुन्जा) ले ११ लाख भन्दा धेरै मानिसले ज्यान गुमाउनु परेको तत्थ्य जगजाहेर छ । त्यस्तै सन् १९८१ देखी आफ्रीकाबाट शुरुभएको एचआइभाी एडस्ले संसारभरका ४ करोड भन्दा धेरै मानिसलाई सङ्क्रमित पारेको छ भने यसले ३ करोड ५० लाख भन्दा धेरै मानिसको ज्यान लिईसकेको अवस्था छ । सन् २००९ देखि २०१० सम्म उत्तर अमेरिकी देश मेक्सिकोबाट शुरुभएको स्वाईन फ्लुले १ अर्व ४० करोड मानिसलाई सङ्क्रमित बनायो भने झण्डै ५ लाख भन्दा धेरै मानिसको मृत्यु भएको सन्दर्भ देखिन्छ । त्यस्तै सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रीकाबाट शुरुभएको ईभोला भाइरसले १८ हजार भन्दा धेरै मानिसलाई सङ्क्रमित बनायो भने ११ हजार भन्दा धेरै मानिसको ज्यान लियो । 
सन् १९०७ देखि १९११ सम्म चिनमा अनिकालका कारणबाट २ करोड ५० लाखजनाको मृत्यु भएको थियो । भने दाश्रो विश्वयुद्धताका भारतमा ७० लाख मानिसहरु मरे । सन् १९२० को भुकम्पमा झण्डै २ लाख ७३ हजार मानिसको निधन चिनमा भयो ।  सन् १९४५ मा बाढीका कारणबाट १ लाख ४५ हजार मानिसले आफ्नो ज्यान गुमाउनु पर्यो । त्यस्तै सन् १९५८ देखि १९६३ सम्ममा चिनमै अनिकालको कारणबाट ४३ लाख मानिसले ज्यान फाले ।  सन् १९१० मा हैटीमा गएको विनासकारी भुकम्पका कारणबाट ३ लाख १६ हजार भन्दा धरै मानिसहरु मरे । हाम्रै देश नेपालमा विस २०७२ सालमा गएको भुकम्पका कारणबाट झण्डै १० हजार मानिसको जिवनलिला समाप्त भएको अवस्था हाम्रै अगाडि ताजै छ ।  प्रथम विश्वयुद्धका कारणले करिब २ करोड भन्दा धेरै र दोश्रो विश्वयुद्धका कारणबाट झण्डै ६ करोड भन्दा धेरै मासिनको ज्यान गएको छ । यसबाट अङ्ग ÷भङ्ग, घाईते÷अपाङ्ग हुनेको सङ्ख्या असिमित नै छ । भने विभिन्न समयमा जाने भुकम्प, बाढी, पहिरो आदीका कारणबाट मृत्यु हुनेको सङ्ख्याको कुनै लेखा जोखानै छैन । यसरी मानवमृत्युको भयानक श्रृङ्खलाहरुका पहाड मानव समुदायसामु भयानक ढङ्गले उभिएको छ । यसरी मानवसमाजले विभिन्न खाले भयानक मृत्युलाई स्वीकार गर्दै अगाडि बढेको छन् । अहिले संसारभर एकैचोटी आगोको लप्काले बेरिएजस्तै कोरोना भाइरस (कोभिड – १९)ले संसारलाईनै आक्रान्त पारेको छ । विगतका दिनहरुमा कुनै स्थान विशेषमा देखिने गरेको महामारी यो पटक ंसंसारभर एकैपटक फैलिदै छ र मानिसको जिवन लिदैँछ । यसैको कारणबाट विश्वनै अहिले लकडाउनमा छ । 

कोरोना भाईरस(कोभिड – १९) र नेपाली परिवेश ः 
हाम्रो देशमा आजको मितिसम्म कोरोना भाईरस (कोभिड – १९)सङ्क्रमितको सङ्ख्या जम्मा ६ जना देखिएका छन् । अमेरिकामा बस्ने २ जना र अष्ट्र्लियामा १ जना नेपालीको कोरानाकै कारणले ज्यान गएको समाचार आएको छ । यो अवस्था अरुदेशको तुलनामा नगन्य हो । तर मुस्किल प्रश्न के हो भने राज्यले कसरी कति मानिसलाई कोरोनाको सङ्क्रमित छन भनेर थाहा पाउने ? कति मानिसलाई कोरोना चेकअपको निम्ति वातावरण मिलेको होला ?कति मानिसहरु चेकअप बनाउन स्वास्थ्य सस्थाहरु पुगे होलान् ? चेकअप गर्ने उपकरण देशको सवैभागहरुमा प्रयाप्त थियो वा थिएन ?नमुना परिक्षणहरु देशब्यापी ठुलोमात्रामा भएको भएपो जानकारीको अवस्थालाई अनुमान लगाउन सकिने थियो आदी जस्ता वस्तुनिष्ट तत्थ्यहरुको अभावमा हाम्रो देश र नेपाली समाजलाई कोरोना भाईरस (कोभिड – १९) को असर के कति छ भनेर कुर्लनु मनासिव रहने छैन । तर यत्तिभन्न सकिन्छ कि सङ्क्रमित विरामी देशको राजधानी काठमाण्डौ, पूर्वको मुख्य शहर विराटनगर र पश्चिमको मुख्य शहर धनगढिसम्म फौलिएको देखिएको र नेपाली परिवारहरुको सरसम्पर्क विश्वका धेरै मुलुकहरुमा रहेकाले यसको प्रभाव देशभर रहन सक्नेछन् यो अनुमान लगाउन अन्यथा रहनेछैन । 
यसप्रकारका प्राकृतिक महाविपत्ती र मानवमृत्युको भयानक श्रृङ्खलाहरु मानिसलाई पहिल्यै सुचित गरेर आउने विषयहरु होईनन् । त्यसैले संसारभर मानिसहरु सचेत बन्नु पर्दछ । यसप्रकारका महाविपत्तीहरु र मानवमृत्युको महामारीबाट सकेसम्म कम मानविय क्षेती होस्भन्नका लागि राज्यहरु जनहितैसी बन्नु पर्दछ । तर हाम्रो देशको सासनसत्ता जनउत्तरदायी छैन । जनहितैषी पनि छैन । घर हुनेहरु घरमै क्वारेन्टाईनमा बस्लान् ? सम्पत्ति हुनेहरुले खालान ?तर घरबार नहुनेहरु कहाँ बस्ने ?सम्पक्ति नहुनेहरुले के खाने ?दिनभर अर्काको कामगरेर जिवन गुजारा चलाउने मजदुर, सुकुम्वासी र श्रमीक बर्गले के गरी जिवन गुजारा गर्ने ?राज्यले चर्को कर थोपरेको छ । दौनिक जिवन निर्वाहका सामाग्रीहरु किनी नसक्नु महँगो छ । बजारमा सामान्य मास्कमा समेत कालोबजारी भएको पाइन्छ । कोरोना भाइरस (कोभिड – १९)कै बहानामा बजारमा कालोबजारी र भ्रष्टाचार देखिन शुरुभैसकको छ । भुकम्पको बेला राहतमा आएको चामल र त्रिपाल समेत बेचेर खाएको कुरा थियो भने, अहिले सामान्य मास्कसमेतमा बालोबजारी भैरहेको छ । बजारमा स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट (पिपिई) छैन । औषधी छैन । मास्क, पञ्जा, सेनिटाइजर, बुट लगाएतका उपकरणहरु छैनन् । लगाउने गाउनहरु छैन । पेटभर्ने खाना छैन । बस्ने घर छैन । मासिक पैसा आउने रोजगार छैन । निजी अस्पतालहरु आफ्नो मुलगेटमा ताला ठोकेर बसेका छन । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीहरुको सङ्ख्यानै कमी छ । भएका स्वास्थ्यकर्मीहरु पनि असुरक्षाका बावजुद उपचारमा खटिएका छन । विरामीहरुलाई प्रायाप्त सुविधा छैन । एम्वुलेन्स छैन । अतिआवाश्यक औषधी र स्वास्थ्य सामाग्रीहरुमा समेत विदेशीको भरपर्नु पर्ने भएको छ । यसैसन्दर्भमा ठुला ठुला भ्रष्टाचारको किर्तिमानी दलाल सरकारले देखाईसकेको छ । 
विभिन्न देशहरुमा कोरोना भाइरस (कोभिड – १९)कै कारणले नेपाली कामदारहरु कामबाट निकालिएको अवस्था छ । विभिन्न समाचार माध्यमहरुहेर्दा उनिहरु नत स्वदेश फर्कन सक्छन् न त्यहीँ काम गर्न सक्छन् उनिहरुको उद्धार कस्ले गर्ने ? भारतबाट समेत फर्कने लाखौ नेपालीहरु अहिले बाटो घाटोमा अलपत्र परेका समाचारहरु आईरहेकै छन् । हजारौँ चिलविचल्ली परेका छन । शहरमा बसेर मजदुरी गर्ने मजदुरहरुको जिवन यतिवेला कसरी बितेको होला ? तर,नेताहरु सुविधासम्पन्न घरमै क्वारेन्टाईनमा जिवन बाँचेका छन् । मन्त्रीहरु सम्पूर्ण भेटघाट नै बन्द गरेर सुरक्षीत बसेका छन् भने गरिव जनताले के गर्ने ? कसरी जिवन चलाउने ? कसरी कोरोना भाइरसको उपचार गर्ने ?कसरी यो महासङ्कटलाई टार्ने ? यो विषय आज निकै ज्वलन्त बन्दै गैरहेको छ । अझै यो अवस्था अलि लामो समय लम्वियो भने देशको हालत के हुन्छ ?यस्तो अवस्थामा आज नेपाली जनता बाँचिरहेका छन् वा बाँच्दा बाँच्दै मरिरहेका छन ।

अन्त्यमा ः 
यसरी एकातिर नेपाली जनतालाईकोरोना भाइरस (कोभिड – १९)र अर्कोतर्फ दलाल पुँजिवादी राज्यसत्ता र फासिस्ट केपी सरकारले थोपरेको प्रतिवन्द्धको मारले सताएको छ । यसले ठुला भन्ने साम्राज्यवादी देशहरुको धोति फुस्किएको छ । माथि उल्लेखित सन्दर्भहरुलाई हेर्दा विभिन्न रोगहरुले भन्दा धेरै मानिस पुँजिवादले वा साम्राज्यवादले मारेको छ । विभिन्न समयमा देखा पर्ने रोगब्याधी भन्दा साम्राज्यवादको उत्पीडन धेरै गुणा खतरायुक्त छ । हाम्रै देशको कुरा गर्दा हालसम्म कोरोना भाइरस (कोभिड – १९)ले भन्दा धेरै मानिस त यो दलाल केपी सरकारले मारेको छ ।यो अवस्थाबाट नेपाली क्रान्तिकारी, जनप्रेमी र राष्ट्रप्रेमी  जनता कुनै पनि हातलमा झुक्ने छैनन्, तर्सने छैनन । कहिल्यै हिम्मत हार्ने छैनन् । जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार हुनेछन । र आज हाम्रो देशमा देखिएको दुई (२) दुस्मन कारोना र प्रतिवन्द्ध विरुद्धको लडाईमा नेपाली जनता विजयी हुनेछन । कोरोना भाइरस (कोभिड – १९) पराजित हुनेछ र केपी सरकारले लादेको प्रतिवन्द्धको षडयन्त्रलाई चकनाचुर पार्दै एकीकृत जनक्रान्ति सफल हुनेछ र वैज्ञानिक समाजवाद स्थापना हुनेछ । 
२०७६ चैत्र २१ 

खुनको बदला खुन, गोलिको बदला गोली

क्षेप्यास्त्र साप्ताहिक २०७६ चैत्र ९ गते आईतवार 
अनलाईन जनखबर डट कम २०७६ चैत्र १० सोमवार 
ईरातोखबर अनलाईन २०७६ चैत्र १५ शनिवार 

चिरन पुन ‘मिलन’ 
विषय प्रवेश ः 
निकम्मा राज्यको समाजिक दलाल फाँसिवादी दमन र षडयन्त्रलाई वेप्रवाह चिर्दै हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको छ । हाम्रो पार्टीको जनप्रीय नीति–कार्यक्रम र कार्यबाट अतालिएको केपी सरकार हाम्रो पार्टीमाथि प्रतिवन्द्ध लादेर फाँसिवादी दमनमा उत्रिएको छ । क्रान्तिप्रेमी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । झुट्टामुद्धामा फसाएको छ । पञ्चायत विर्साउने गरी देशभरका प्रहरी हिरासत र जेलहरुमा डुलाएको छ । चरम प्रकारका शारिरक तथा मानसिक यातना दिएको छ । क्रान्तिप्रेमी जनसमुदायलाई आतङ्कित पारेको छ ।  गोलि हानेर मारेको छ । यसप्रकारका घटनाहरु अघि बढिरहदा दुस्मनसँग नझुकी छातिमा गोली थापेर सहिद हुने कमरेड कुमार पौडेल, कमरेड तिर्थ गौतम, कमरेड निरकुमार राई ‘अमृत’, कमरेड धनरुप बटाला लगाएतको बलिदान एकीकृत जनक्रान्तिको अमुल्य दिशा–निर्देश सावित हुनेछ । अवश्य कमरेडहरुको अमुल्य बलिदानको बदला नेपाली क्रान्तिले लिने नै छ । 
आजहामी कमरेडहरुको बलिदानलाई स्मरण गरिरहेका छौ । शहीदको सपनालाई पुरा गरिछाड्ने प्रतिवद्धता लिएका छौ । कमरेडहरु शहीद हुनुभएको छ । तपाईहरुको बलिदान पहाड जस्तो ओजिलो र गरुङ्गो छ । जसले देश, जनता र क्रान्तिको लागि बलिदान गर्दछ उसलाई युग युगसम्म जनताले स्मरण गरिनै रहन्छन् । यसै सन्दर्भमा नेपाली जनताले खुनको बदला खुन र गोलिको बदला गोली भन्ने दिन आएको छ । दलाल पुँजिवादी, तिनका मतियार, भ्रष्ट जनविरोधी र षडयन्त्रकारीहरु संसारभर जहाँ भागे पनि, जहाँ लुके पनि, जहाँ पुगेपनि, जेल नेल झुट्टामुद्धाहरु थोपरेपनि, हत्या दमन गरेपनि, क्रान्तिकारीहरुको शिर छिनालेर लगेपनि एकदिन त्यसको बदला एकीकृत जनक्रान्तिले दिने छ । यहि परिवेश र कमरेडहरुको बलिदानको स्मरणमा मैले एउटा गित÷सङ्गीत तयार पारेको छु । “खुनको बदला खुन लिनुछ गोलिको बदला गोली दिनुछ”। यो लेखको सान्दर्भीकता सहित यही गितबाट यो लेखको आरम्भ गरिएको छ । 
खुनको बदला खुन लिनुछ, गोलिको बदला गोलि दिनुछ 
कुमार, तिर्थ मार्नेहरुलाइर्, क्रान्ति रोक्न आउनेहरुलाई 
धनरुप, अर्मत मार्नेहरुलाई, क्रान्ति छेक्न आउनेहरुलाई
खुनको बदला खुन गोलिको बदला गोली   

चाहेहोस् पुलिसको बर्दिभित्र छोपिएको दुस्मन   
चाहेहोस् राजनीतिको आवरणमा बेरिएको गोमन   
माटो मुनि लुके पनि 
पानि भित्र डुवे पनि
आकाशमाथि उडे पनि, 
देशै छाडी भागे पनि 
खुनको बदला खुन, गोलिको बदला गोलि  

चाहेल्याउ दलालका हजार – हजार षडन्त्रका ताना  
हेर्दैजाउ क्रान्ति भित्र क्रान्ति जित्ने क्रान्तिकारी शान 
जेल भित्र थुने पनि 
आलो रगत पिए पनि 
माशु लुक्षि खाए पनि 
शिर काटी लए पनि 
खुनको बदला खुन गोलिको बदला गोलि ।  

फाँसिवादी दमनका घृणीत नमुना ः   
नालायक केपी – बादल गृह प्रशासनको प्रत्यक्ष निर्देशनमा प्रहरी भित्रका गद्धार र मतियार प्रहरीहरुलाई प्रयोग गरेर योजनावद्ध घटनाहरु घटाएका केही उलेख्य सन्दर्भहरुलाई यहाँ चर्चा गर्न लागिएको छ । देशभर दलाल पुँजिवादी राज्य आतङ्क, झुट्टामुद्धा, जेल–नेल, गिरफ्तारी, अदालतको रिहाईगर्ने आदेश गेटैमा पुन ः गिरफ्तार जस्ता प्रकृया त छँदैछ । कैयौँ कमरेडहरुले बलिदान दिईसक्नु भएको छ । कैयौँ कमरेडहरु जेल र नेलको कहर बेहोरिरहनु भएको छ । कैयौ कमरेडहरु वारेन्टेट हुनुहुन्छ । यसप्रकारका गतिविधीहरु त छँदैछ, यहाँ उल्ल्ोख गर्न खोजिएको सन्दर्भहरु छन् जसले कानुनी राज्यको खिल्ली उडाएको छ । मानवअधिकारको दृष्टिले अत्यन्त निकिृष्ट र घृणित प्रकृतिको छ । कथित लोकतन्त्र र गणतन्त्रको धज्जी उडाउने प्रकारको छ । फासिस्ट चरित्रलाई चित्रण गर्ने अवस्थाको छ । सत्ताधारीको फाँसिवादी षडयन्त्रलाई उदाङ्गो पार्ने किसिमको छ । केपी – बादल गृह प्रशासनको खुनी चरित्रलाई चित्रण गर्ने प्रकारको छ । जो भ्रत्र्सना योग्य छ । खेदजन्य छ । निकृष्ट छ । खुनी छ । आततायी छ । त्यसैले यी घटना र सन्दर्भहरुलाई यहाँ प्रस्तुत गर्नैै पर्ने भएको छ । 
१. हाम्रो जनप्रीय पार्टीका जनकपुर ब्यूरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले गिरफ्तार गर्यो । कानुनी प्रकृयाहरुलाई लत्याउदै त्यहि चरम कुटपिट गर्यो ।  ५–७ स्थानमा हात भाँचिदियो । अनि टाउको लगाएत शरिरका विभिन्न भागहरुमा गोली हानेर कायरतापूर्वक हत्या गर्यो । यो केपी –बादल गृह प्रशासनको अत्यन्त निन्दनीय र भत्सर्नायोग्य कार्य हो । त्यो कायरतापूर्वक हत्या घटनाका बारेमा गृहमन्त्रीले संसदमा साँसदहरुको जवाफ दिन पुगे दोहोरो मुडभेडमा कुमार पौडेलको मृत्यु भयो । घटनाका बारेमा मानवअधिकारवादी संघ÷सस्थाहरुले आफ्नो स्पस्ट अभिमत दिईसकेको र, त्यस घटनाका सवै सन्दर्भहरु बाहिर सार्वजनिक भैसकेकै छन् । त्यो घटनाका लागि निर्देशन दिने, त्यो घटनामा सहभागी हुने प्रहरी, राजनीतिक दलालहरु लगायत सम्पूर्णको पहिचान भएको पनि छ । परिवारको तर्फबाट अदालतमा किटानी मुद्धा दर्ता पनि गरिएको सन्दर्भ छ । अव त्यो घटनामा सहभागी देखिएकाहरु र घटना घटाउन उद्धत हुने र  निर्देशन दिनेहरुलाई सरकारले के कारवार्ही गर्ला त ? सवै जनमनको जिज्ञासा पनि छ । राज्यले अपनाएको यसप्रकारको आततायी हत्याकाण्डको जिम्मेवार कस्ले लिने हो ? हत्याकाण्ड घटाउन निर्देशन गर्ने गृहमन्त्री वा प्रहरी प्रमुख, वा सिडियो, वा एसपी, वा हत्याकाण्डमा सहभागीहुने प्रहरीहरु वा स्थानीय राजनीतिक दलालहरु वा अन्य कोही उनिहरुलाई के कारवार्ही हुन्छ त ? प्रश्न यहाँ उठेको छ । 
कमरेड कुमार पौडेलको हत्याकाण्ड मच्चाउने पात्रहरुलाई कारवार्ही गर्नु पर्छ कि पर्दैन ? उनिहरु दोशी हुन कि होईनन् अब लुकेको विषय छैन । मानवअधिकारकमीहरुको सहि र स्पस्ट दृष्टिकोण र हत्याकाण्डको सम्पूर्ण तत्थ्यहरु सार्वजनिक भैसकेको अवस्थामा यदि राज्यले दोशीहरुलाई कारवार्ही गर्दैन भने, जनताले उनिहरुलाई कमरेड कुमार पौडेललाई त्यसैगरी हातखुट्टा भाचेर टाउको र शरिरका विभिन्न भागहरुमा गोलि हानेर हत्याको बदला हत्या भन्ने अवस्था आयो भने त्यसको जवाफ केपी –बादलहरु र गृह प्रशासन र त्यसका मतियारहरुले दिनु पर्दछ । राज्यले गिरफ्तार गरिसकेपछि कानुनी प्रकृयाहरु हुँदा हुदै यसप्रकारको आततायी, खुनी हत्याकाण्डले यो राज्य र सरकारको चरित्रलाई बुझ्न र जान्न जो कसैलाई पनि मुस्किल पर्दैन  । क्रान्तिकारीहरुले दुस्मनहरुसँग जिवनको भिख मागेर बाच्ने होईन कि खुनको बदला खुन र गोलिको बदला गोलिको जवाफ दिनु निर्विकल्प बाटो खुलेको छ । 
२. भोजपुर जिल्लाको शदरमुकाममा पार्टीको योजनालाई कार्यन्वयन गर्न जाने सन्दर्भमा सगरमाथा ब्यूरो सदस्य तथा सेक्रेटरी कमरेड निरकुमार राई ‘अमृत’लाई प्रहरीले गिरफ्तार गर्यो । गिरफ्तार गरिसकेपछि गोली हानेर हत्या गरियो । यसले मानवअधिकारको उपहास त गर्यो नै कथित कानुनि राज्यको पनि खिल्ली उडाएको छ । यदि प्रहरीलाई गिरफ्तार गरिसकेपछि गोली हानेर हत्या गर्ने अधिकार छ भने जनतालाई त्यसको प्रतिकार गर्ने अधिकार हुन्छ हुँदैन ? बन्दुकको बदला बन्दुक भन्ने अधिकार जनतालाई रहन्छ कि रहँदैन ? गोलिको बदला गोली भन्ने विषय नागरिकलाई छुट हुन्छ कि हुँदैन ? खुनको बदला खुन भन्ने बाटो खुल्छ कि खुल्दैन ?  यि प्रश्न ज्वलन्त बनेको छ । राज्यले गिरफ्तार गरिसकेपछि निन्दनीय र कायरता पूर्वक हत्या गरिएको दोश्रो घृणीत नमुनायोग्य सन्दर्भ बनेको छ यो । 
३. सोलुमा खुल्ला राजनीतिक अभियानका दौरानमा रहेका पार्टीका सदस्य र जनमुक्ति सेनाका सदस्य कमरेड तिर्थ गौतमलाई पनि त्यसैगरी प्रहरीले गिरफ्तार गरेर गोलि हानेर मार्यो । हातमा बन्दुक छ भन्दैमा निर्दोश नागरिकमाथि यसरी हत्या गर्दै जाने छुट केपी –बादल गृह प्रशासनलाई किन हुन्छ ? खुनको आहालमा रमाउन चाहने दलाल पुँजिवादी मतियारहरुले घटाएको तेश्रो खुनी घटना हो यो । अब प्रश्न उठेको छ यसप्रकारको आततायी घटना घटाउनेहरुलाई राज्यले कस्तो कारवार्ही गर्ने ? कारवार्ही गर्ने कि नगर्ने ? राज्यले उनिहरुलाई कारवार्ही गरेन भने जनताले अब के गर्ने ? मुखमा चुकुल ठोकेर बस्ने वा बन्दुकको बदला बन्दुक समाउने । खुनको बदला खुन लिने नीति लिने । फासिवादी सरकारले जनतालाई एकतर्फीरुपमा लादेको युद्धको बदला क्रान्तिले लिने कि निरिह बनेर बस्ने आजको वस्तुगत राजनीतिक परिवेशले खोजेको जवाफ हो यो । राजनीतिक अभियानमा रहेका कार्यकर्तालाई यसरी राज्यले गिरफ्तार गर्ने र हत्या गर्दै जाने अनि उनिहरुनै असनको साँडेजस्तो गरि घुम्ने छुट अवश्य दिनुहुदैन । यस्तो परिस्थितिमा जनतालाई बन्दुक बोक्ने छुट अवश्य हुनेछ । प्रतिवादमा गोली ठोक्ने र बम पड्काउने अधिकार अवश्य रहने छ ।  राज्यको घटाएको यो तेश्रो र घृणित खुनी कदम बनेको छ । 
४. कतिथ स्थानीय चुनाव बहिस्कारको दौरानमा मालकोट–कालिकोटमा धनरुप बटालालाई प्रहरीले त्यसैगरी गोली हानेर हत्या गर्यो । त्यसका दोशीहरुलाई आजसम्म पनि कारवार्हीै हुन सकेको छैन । यो राज्यले गैरकानुनी रुपमा घटाएको चौथो घटना आततायी तथा अमानवीय घटना हो । 
५. कपिलवस्तु जिल्लाको शिवगढीमा संयुक्त गस्तीका दौरान कमरेड दुर्गा रानालाई आफ्नै घरमा बसिरहेकै अवस्थामा गिरफ्तार गरियो । प्रहरीले आफ्नो चौकीमा लगिसकेपछि ट्वाईलेटमा लगेर पछाडीबाट खुट्टामा गोलि हानियो र कमरेड दुर्गा रानालाई घाईते बनाईयो । कानुनको निकै दुवाईदिने केपी सरकार र उसका मतियारहरुले आफ्नै कानुनको धज्जी उडाउने कार्य भयो । जुन कार्यले राज्यले अवलम्वन गरेको मानवअधिकारको प्रश्नलाई समेत उजागर पारेको छ । आजसम्म पनि कमरेड दुर्गा राना घाईते अवस्थामा जेलमा हुनुहुन्छ । यसप्रकारको निन्दनीय कार्यको जति विरोध र भत्र्सना गरेपनि कमै हुन्छ । यसप्रकारको घटनाले लोकतन्त्र र कानुनि राज्यको उपहास गरेको मात्रै छैन । केपी मण्डलीको फाँसिवादी चरित्रलाई उदाङ्गो पारिदिएको छ ।  
६. पार्टीका केन्द्रीय सदस्य कमरेड असल, ब्युरो सदस्य कमरेड राजिव, जनकपुर ब्युरो सदस्य कमरेड रोहित, कमरेड विमर्सलाई हप्तौसम्म प्रहरीले गिरफ्तार गरिसकेपछि आँखामा कालो पट्टि बाँधेर घुमाउने कार्य भयो । चरम ढंगले कुटपिट गरियो । हात खुट्टामा पिनले रोपियो । मरणासन्न हुनेगरी यातना दिईयो । खाना खान दिईएन । हप्तैसम्म पारिवारीक भेटघाट गर्न दिईएन । जो कमरेडहरु आजसम्म पनि घाईते र अपाङ्ग अवस्थामा हुनुहुन्छ । यसप्रकारको दमनलाई फाँसिवादी दमन नभनेर के भन्ने ? खुनी कदम नभनेर के भन्ने ? यसलाई आततायी कदम नभनेर के भन्ने ? नेपाली जनताले यसप्रकारको राज्यको दमनको जवाफ मागिरहेका छन । परिस्थितिले यसप्रकारको यातनाको बदला खोजिरहेको छ । अवश्य यसप्रकारको घटनाश्रङ्खलाहरुले खुनको बदला खुन र गोलिको बदला गोली भन्नु पर्ने परिवेशलाई जन्माउन खोजिरहेको छ ।  
७. मेची कोसी ब्युरो सदस्य कमरेड लक्ष्मण पौडेललाई अस्पतालले क्यान्सरको उपचार प्रकृया अघि बढाउनु पर्ने शिफारिस गर्दा गर्दै पनि उपचारनै गर्न नदिएर दशौ जिल्लाहरुको यातना सहित हिरासतमा घुमाउने कार्य गरियो । भने हाम्रो पार्टीसँग सम्वद्ध रहेको विद्यार्थी संगठनको केन्द्रीय कोषाध्यक्ष कमरेड नरेन्द्र विकलाई चरम यातना सहित हिरासतमा करेन्टको झड्का दिने कार्य भयो  । यसप्रकारका आततायी घटना श्रङ्खालाहरु कुनैपनि कानुनी राज्यको नैतिकता भित्र पर्ने विषय होईन । मानवअधिकारको दुवाई दिने र आफुलाई कम्युनिस्ट भन्ने सरकारले घटाएको निकृष्ट, निन्दनीय र घृणीत घटनाहरुको श्रङ्खला बनेको छ ।  
खुनी हत्याकाण्ड र पासविक यातनाको भुँमरीमा केपी–बालद गृह प्रशासन फसेको छ । क्रान्तिप्रेमी जनतालाई आतङ्कित पारेर आफ्नो कम्युनिस्ट विरोधी फाँसिवादी चरित्र जनतासामु छर्लङ्गाएको छ । वैज्ञानिक समाजवाद विरोधी र क्रान्ति विरोधी खलनायक बनेर उभिएका छन उनिहरु । उनिहरु फासिस्ट दमनको हिमायती बनेका छन । 
नालायक राज्यको षयडन्त्र र दमन ः 
हाम्रो पार्टीको जनप्रीय दर्शन, नीति, सिद्धान्त, कार्यक्रमप्रतिको लोकप्रीयताबाट अतालिएर यो नालायक सरकारले प्रतिवन्द लगाएको पनि १ बर्षको समय वितिसकेको छ । यसै दौरानमा कमरेड कुमार, कमरेड तिर्थ, कमरेड निरकुमार, कमरेड महान, कमरेड दिपेन्द्र, कमरेड निरन्तर, कमरेड प्रज्वल, कमरेड रविन, कमरेड रामस्ािंह कमरेड धनरुप, कमरेड सनराईजले उच्च साहदत प्राप्त गरिसक्नु भएको छ । एकीकृत जनक्रान्तिका दौरान कमरेडहरुको उच्च बलिदानले वैज्ञानिक समाजवादको अनिवार्यतालाई झनै मार्ग निर्देश गरेको छ । शहिदहरुले कहिल्यै नझुक्ने शिर, कहिल्यै नडग्ने विचार, कहिल्यै नथाक्ने एकीकृत जनक्रान्तिको यात्रा, कहिल्यै नगल्ने प्रतिवद्धता, कहिल्यै नढल्ने हिम्मत, कहिल्यै नमर्ने शहिदको बदिदानलाई आज क्रान्तिले उच्च सम्मानका लागि प्वाँख जस्तो हलुङ्गो होईन पहाड जस्तो ओजिलो र गरुङ्गो बलिदानको मुल्यबोघ गरेको छ ।  
पाखण्डी केपी मण्डलीले थोपरेको प्रतिवन्द्धकै दौरान कमरेड सुदर्शन, शिलु, रणवीर, माइला, प्रज्वलन, बुन्धु, हितमान, आर्दश, दिपेश लगाएत सयौं जना कमरेडहरुलाई विभिन्न झुट्टा मुद्धाहरु थोपरेर जेल—हिरासतमा बन्दी बनाईएको छ । गिरफ्तार कमरेडहरुले पार्टीको नीति अनुशार जेलको मोर्चालाई दुस्मनसँग नडगमगाउने गरी भुमिका निर्वाह गर्नु भएको छ । विभिन्न शारिरिक तथा मानसिक यातना, देशभरका चिसो जेल, हिरासतको कहरलाई कुनै प्रवाह नगरेर एकीकृत जनक्रान्तिको मार्गलाई झनै उच्च पार्ने कार्य गर्नुभएको छ । कमरेडहरु कतै नडगमगाई हाम्रो पार्टीले अघि सारेको नीति कार्यक्रमप्रति प्रतिवद्ध बनेर जनतालाई विस्वास र दुस्मनलाई मुटुको किला बनेर अजङ्ग हिमालजस्तो उभिनु भएको छ । यो एकीकृत जनक्रान्तिका लागि पेरणादायी छ ।  
हामीले पढेका छौ, हेरेका छौ कि, रोमानियाका कुख्यात तानाशाह भ्लान टेपस जसले रोमनियाली हजारौ जनताको  आखा निकाल्ने, अनुहार छेदविछेद बनाउने, हजारौ जनताको खुन पिउने, २० औँ हजार जनताको छाला निकालेर गरम पानिमा डुबाएर मार्ने, हजारौँ जनतालाई विशालु किराले टोकाएर मार्ने र करिब १ लाख भन्दा धेरै जनताको हत्या गर्ने कुख्यात तानाशाह भ्लान टेपसको सत्ता अजम्मरी बनेन । ईस्वी १५३३ – १५४७ सम्म रुसमा सासन गरेका तानाशाह ईभान चितुतले  दैनिक १ हजार मानिसलाई यातना दिने र  फासीमा चडाउथे । हजारौ जनतालाई कुकुर, विरालो र हिङ्श्रक जनावरलाई टोकाएर मार्ने, हजारौँ महिला माथि बलात्कार गर्ने र फासिदिने कार्यगर्ने क्रुर तानाशाहको पनि अन्त्य भयो । त्यस्तै, जर्मन तानाशाह एडल्फ हिटलर जसका कारण दोश्रो विश्वयुद्ध नै भयो, ६० लाख यहुदी र ५ लाख सर्वसाधारण मानिसलाई यातना दिएर मारे । उनै क्रुर तानाशाह हिटलरको समेत अकल्पनिय अन्त्य भयो । मिश्रका मिरान, दक्षीण अफ्रिकामा २५ बर्ष शासन गरेका बेल्जियमका शासक पोर्ट, उज्वेकिस्तानी शासक इस्लामी र ईटालिएन तानाशाह तथा फाँसिवादका प्रवर्तक बेनिटो मुसोलिनी जस्ताको शासन, दमन, उत्पीडन जनताले टिक्न दिएनन् । तिरष्कृत गरे र शासनसत्तानै फालिदिए छन । तानाशाहहरुको अकल्पनीय अन्त्य भएको सन्दर्भहरु हाम्रो अगाडि जगजाहेर छ ।   

अन्त्यमा ः 
विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनले हजारौँ क्रान्तिविरहरुलाई गुमाएको छ । शहिदहरुको बलिदान मर्न नदिने प्रतिवद्धता हाम्रो पार्टीले लिएको छ । शहिदहरुको मार्ग निर्देशनलाई कहिल्यै झुक्न नदिने सपथ पार्टीले आत्मसाथ गरेको छ । अवश्य यो दलाल पुँजिवादी राज्यसत्ताले निकै ठुलो मुल्य चुकाउनु पर्नेछ । क्रान्तिप्रेमी जनताप्रति राज्यले लादेको फाँसिवादको बदला क्रान्तिकै दौरान लिईने छ । 
त्यसैले नेपाली दलाल पुँजिवादको नेपाली एजेन्ट, फाँसिवादी दमनका हिमायती वर्तमान दलाल सत्ता र त्यसका असली मतियार केपी –बादलको दमनकारी निर्देशन र सरकारको षडयन्त्रलाई एकीकृत जनक्रान्तिले जरैबाट उखलेर फालिदिने छ । एकीकृत जनक्रान्तिको आगो सल्किसकेको छ र त्यो आगो झनै दन्किदै छ । दलाल पुँजिवादी सत्ता र केपी मण्डलीले लादेको फाँसिवादका विरुद्ध खुनको हिसाव खुनले र गोलिको हिसाव गोलिले बदला लिन नेपाली क्रान्ति तयार छ । यो परिवेशमा न्यायप्रेमी नेपाली जनता, क्रान्तिप्रेमी राष्ट्रवादी, देशभक्त, किसान, मजदुर, वुद्धिजिवी, पत्रकार, वकिल, श्रमिक, मध्यमवर्ग लगाएतका सम्पूर्ण न्यायप्रेमी जनसमुदाय फेरी शिरमा कफन बाँधेर भन्न थालेको अनुभुत भैरहेको छ, ‘खुनको बदला खुन र गोलिको बदला गोली’ । 
धन्यवाद । 
२०७६ फागुन २९ 


एल्बम ः चमचम गर्ने खुकुरी





 

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः सौगात, रमण थामी, विमला विक, देवी बस्नेत 
एरेन्ज ः सौगात सायर 
एल्बम ः चमचम गर्ने खुकुरी 




जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार 
(अब हामी सहन्नौँ तेरो अत्याचार) २  
भन्दै छौँ हाम्रै हो 
लिपु हाम्रै हो 
कालापानी हाम्रै हो त्यो सुस्ता हाम्रै हो 
भन्दै छौँ हाम्रै हो
महाकाली हाम्रै हो २ 
गण्डक हाम्रै हो, त्यो कर्णाली हाम्रै हो २ 

कति गाड्छौ सिमानामा विषालु त्यो खुनी पञ्जा
कति लाउँछौ पानीमाथि विस्तारवादी गिद्धे आँखा २ 
उत्पीडनको ज्वालामुखी फुट्छ अब बुझिराख
सानो झिल्का सल्किएर लाख बन्छौँ सम्झिराख
भन्दै छौँ छोड अब
सीमा मिच्न छोड २ 
हाम्रो भूमि छोड्, 
अब तेरो हैकम छोड्
भन्दै छौँ छोड् अब
लुटपाट छोड् २ 
(हस्तक्षेप छोड्, अब हाम्लाई हेप्न छोड) २ 

उतै मात्र छैनन् दुश्मन यतै दलाल डुलिरा’छन् 
सिक्किमजस्तै बनाउन जाल बुन्दै घुमिरा’छन् २ 
देश बेच्ने राष्ट्रघाती उतैतिर बास सरे हुन्छ 
जनता लुट्ने जनघाती झिटिझाम्टो कसे हुन्छ
भन्दै छौँ छोड् अब 
देश बेच्न छोड् २ 
जनता ठग्न छोड्, अब दलाल बन्न छोड्
भन्दै छौँ छो्ड अब 
राष्ट्रघात छोड् २ 
जनघात छोड् अब कालो सत्ता छोड् २  
माघ, २०७३
 

आऊ समाऊँ क्रान्तिका लागि

रचना÷सङ्गीत÷स्वर ः चिरन पुन 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः चमचम गर्ने खुकुरी 










आऊ समाऊँ क्रान्तिका लागि हामीले हातहरू 
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू २ 
हामीले हातहरू 

पिल्सिएका मानवजातिको मुक्तिका लागि सबै आऊ
हेपिएका श्रमिकहरूको स्वतन्त्रताका लागि आऊ २  
नसा नसामा देशभक्तिको रगत उमाल्नेहरू
शिरा शिरा राष्ट्रभक्तिको प्रेम उराल्नेहरू
आऊ जुटाऊँ क्रान्तिकालागि हामीले साथहरू 
हामीले हातहरु 

बाँधिएका रक्तपिपासुको बन्धन चुँडाल्न तिमी आऊ
मुर्झिएका विश्वक्रान्तिको ज्वारभाटा उराल्नलाई आऊ २ 
थोपा थोपामा जनक्रान्तिको बीज उमार्नेहरू 
मुटु मुटुमा क्रान्तिज्वाला निभ्न नदिनेहरू 
आऊ रमाउ क्रान्तिका लागि हामीले मनहरू 
हामीले हातहरु 
आउ समाउ क्रान्तिका लागि हामीले हातहरू
आऊ मिलाऊँ क्रान्तिका लागि हामीले काँधहरू 
हामीले हातहरू । 
माघ, २०७४

नरुनू आमा नरुनु बाबा

रचना÷संङ्गीत ः चिरन पुन 
स्वर ः सुनिता थिङ 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः चमचम गर्ने खुकुरी 

नरुनू आमा, नरुनू बाबा २ 
लड्न जाँदैछु, म त लड्न जाँदैछु  
जित्न जाँदैछु, म त जित्न जाँदैछु 
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदैछु  
हजार चोट सहनुभन्दा जित्न जाँदैछु  
नरुनू आमा, नरुनू बाबा  
 
कानुन छ भन्छन् – दिनै चेली बलात्कार, (खै रोक्न आज सकेको) २
सरकार छ भन्छन् – लाखौँ युवा बिदेसिए, (खै छेक्न आज सकेको) २ 
यो कस्तो कानुन हो यो कस्तो कानुन हो 
यो कस्तो सरकार हो यो कस्तो सरकार हो 
नरुनू आमा नरुनु बाबा 
 
चिचिला बाबुनानी भोकले रुँदा (झर्को नमानी सम्झाइदिनू) २
दुष्टले आई घर घेरा हाल्दा (एक थोपा आँसु नबगाइदिनू) २ 
यो दलालसत्ता हो यो दलालसत्ता हो  
यो भ्रष्ट सरकार हो यो भ्रष्ट सरकार हो  
नरुनू आमा, नरुनू बाबा २ 
लड्न जाँदैछु, म त लड्न जाँदैछु  
जित्न जाँदैछु, म त जित्न जाँदैछु 
हजार मत्ृयु जिउनुभन्दा लड्न जाँदैछु  
हजार चोट सहनुभन्दा (जित्न जाँदैछु) ४    
साउन, २०७५ 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।