Tuesday, September 15, 2009

माओवादी सँग पार्टी एकताको संभावना बारे केही कुरा ।

हालै नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र – मसाल) बीच पार्टी एकता सम्पन्न भएको छ । यसै सन्दर्भमा माओवादी स“गको एकता प्रकिृयामा नेकपा (एकीकृत) पनि सामेल ह“ुदैछ भन्ने कुरा विभिन्न पत्र–पत्रिकाहरुले जोडतोडले लेखे । विषेश गरी माओवादी नेताहरुले नेकपा (एकीकृत)स“ग पनि एकता ह“ुदैछ भनेर निकै हल्ला चलाए । विगतका दिनमा पनि नेकपा (एकीकृत)बाट पलाएन भएका केही अवसरवादीहरुस“ग पार्टी एकताको नाटक गरेर जोडतोडकासाथ सरकारी संचार माध्यमबाट प्रचार गरिरहेका थिए । यतिवेला फेरी माओवादी, एकताकेन्द्र – मसाल, एकीकृत र माले गरी चौपक्ष्ँीय एकता हुन्छ भनेर माओवादी, एकताकेन्द्र – मसाल एकीकरण घोषणा सभाको दौरानमा प्रचार गरे । माओवादी र एकताकेन्द्र मसालको एकता घोषणासभामा र त्यसपछि फेरी माघको पहिलो हप्तामा एकीकृत र मालेस“ग एकता हुन्छ भनेर माओवादी नेताहरुको अभिब्यक्ति सुनिएको छ ।

निश्चित रुपमा नीति, सिद्धान्त, राजनीति, विचार मेल खाएको अवस्थामा फरक–फरक पार्टीमा रहनु उचित कुरा होइन । त्यसप्रकारको अवस्थामा पार्टी एकताको पहल गर्नु पर्दछ र एकता पनि गरिहाल्नु पर्दछ तर नीति, सिद्धान्त दृष्टिकोण, विचार र राजनीतिको मेल नभइकन ठूला पार्टी बनाउने र विभिन्न अवसरवादी उदेश्य पूरा गर्ने मनसायकासाथ पार्टी एकता गरिन्छ भने त्यसले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई बल पुग्दैन । यसले पार्टीहरुलाई एकताको प्रकिृयामा होइन फुटकै दिशातर्फ धकेल्छ । नेपालको सन्दर्भमा विगतमा भएका पार्टी एकता र त्यसपछि भएका फुटहरुले त्यो कुरा पुष्टि गरिसकेको छ । हालै सम्पन्न भएको माओवादी र एकताकेन्द्र–मसालको एकता कति दिगो, सैद्धान्तिक र व्यवहारिक होला, कति विचारधारात्मक दृष्टिकोणमा आधारित होला त्यो अहिल्यै भन्न सकिन्न । हालसम्म उनिहरुले अवलम्वन गरेको बैचारिक धरातललाई हेर्ने हो भने उनिहरुको हालको एकता दृष्टिकोणमा आधारित छ भन्न सकिने अवस्था देखिदैन । यसको लागि आउने दिनहरुलाई पर्खन्ुा पर्दछ र उनिहरुको महाधिवेशनलाई कुर्नु पर्दछ ।

माओवादीले माक्र्सवाद– लेनिनवाद– माओवाद र प्रचण्डपथलाई नै आफ्नो पथप्रदशक सिद्धान्त मान्दछ । आफ्नो उपयोगितावादी नीति पूरा गर्न (अहिले उनिहरुले माओवाद÷ माओविचारधारा र प्रचण्डपथलाई महाधिवेशन सम्मको लागि आन्तरिक छलफलको विषय बनाएको छ ) त्यो महाधिवेशन पछि पनि कायम रहने छ । सर्वहारा वर्गका अधिनायकत्वको विकल्पमा एकाईसा“ै शताव्दीको जनवादलाई अगाडि सारेको छ । राजनीतिक क्रान्ति समाप्त भएको र आर्थिक क्रान्तिको कुरा गरिरहेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग सम्झा“ैतापरस्त नीति अवलम्वन गरेको छ । उनिहरुमा अहिले पनि अराजनैतिक सो“च चिन्तनहरु कायम छ । सत्ता स्वार्थको लागि जस्तोसुकै शक्तिहरुस“ग पनि सम्ंझौता गर्ने शैली र प्रवृतिहरु छोटो समयमानै माओवादीमा देखापरिसकेको छ ।

सरकारमा गएको लामो समय भैसक्दा पनि जनताका समस्याहरु समाधान गर्ने तर्फ वेवास्था गरिरहेको छ । संविधान लेखनका कार्यहरुमा ढिलासुस्ती भैरहेको छ । वैदेशिक चलखेलहरुलाई रोक्न सकिरहेको छैन । पछिल्लो समयमा पनि सिमाना तथा जलश्रोत माथिको भारतिय हस्तक्षेप कायम छ त्यसलाई रोक्नुको सट्टा उल्टै उनिहरुस“ग सम्ंझा“ैतापरस्त नीति अवलम्वन गरेको छ । शान्ति शुरक्षाको प्रश्नहरु यतिवेला पनि जटिल छ । लोडसेडिङ तथा बढ्दो म“हगीले जनतालाई उठिबास पारेको छ । राजनीतिक अराजकतालाई सरकारमा बसेका पार्टीले नै अगाडि बढाएका छन । यसप्रकारको गतिविधिहरुलाई समेत हेर्दा माओवादीको राजनीतिक यात्रा चरम ढंगले संशोधनवादतर्फ कुदिरहेको अवस्था स्पस्ट छ ।

अहिले एकीकृत नेकपा (माओवादी) ले स्वीकार गरेको पथप्रदशक सिद्धान्त पनि अवस्तुवादी, उपयोगितावादी र सारस“ग्रहवादी छ । किनकी विश्व कम्युनिस्ट आन्दोलनमा माओवाद र माओविचारधाराको विषयमा महान बहसहरु चल्दै आइरहेको छ । माओवाद र माओविचारधाराले उठान गरेका विचारधारात्मक सैद्धान्तिक प्रश्नहरुको सही पहिचान र अवलम्वन गर्ने कुराले नै क्रान्ति सम्पन्न गर्ने वा पार्टीहरुको दिशा संशोधनवाद वा अराजकतावादमा जाने फैसला हुन्छ । यस प्रकारको मतभेद अहिले पनि कायम छ । यदि माओवादीको दृष्टिकोणमा माओवाद र माओविचारधारा एउटै हुन र यसले समान सैद्धान्तिक अवधारणलाई प्रतिनिधित्व गर्दछ भने किन माओवादी ले माओवाद÷ माओविचारधारास“गै लेख्ने सहमति गरे ? पथप्रदशक सिद्धान्तमा माओवाद वा माओविचारधारा एउटा मात्र लेखे पुग्ने थियो होला ? यसले नेपालको कम्युनिस्ट आन्दोलनमा जटिल र गम्भिर प्रश्न उब्जाएको छ । माओवादी पक्षले प्रचण्डपथ र माओवादलाई सधैको लागि छोड्ने अवस्था देखिदैन किनकी उनिहरुले पार्टीको नामनै माओवादी राखेका छन । माथि देखि तलसम्मका कार्यकर्ताहरु यही विचारधारात्मक प्रश्नमा प्रशिक्षित भएका छन । यसरी आफ्नो पथप्रदशक सिद्धान्तमा समेत माओवादीले फेरी उपयोगितावादी र सारसंग्रहवादी नीति अपनाएको छ । यो उनिहरुको सम्झौतापरस्त नीति हो । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा वैचारिक भ्रम छर्ने तरिका हो ।

नेकपा (एकीकृत) को स्पस्ट धारणा छ कि माओवाद र माओविचारधाराले फरक सैद्धान्तिक अवधारणालाई आत्मसाथ गर्दछन । यसको छुट्टा छुट्टै विचारधारात्मक महत्व छ । यसका आ–आफ्नै सैद्धान्तिक पक्ष्ँहरु छन । त्यसैले नेकपा (एकीकृत) ले माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई आफ्नो पथप्रदशक सिद्धान्त मान्दछ । सर्वहारावर्गको अधिनायकत्वलाई स्वीकार गर्दछ । वर्ग संघर्ष र यतिवेला पनि राजनीतिक क्रान्तिको महत्वलाई आत्मसाथ गर्दछ । बलपूर्वक नया“ जनवादी क्रान्ति सम्पन्न गर्ने कुरामा विश्वास गर्दछ । महान सर्वहारा सा“स्कृतिक क्रान्तिको दिशा निर्देशलाई आत्मसाथ गर्दछ । साम्राज्यवादी तथा विस्तारवादी नीतिको विरुद्ध स“घर्षलाई प्रधान महत्वको विषय ठान्दछ ।

नेकपा (एकीकृत)को एकताको सातांै महाधिवेशनले माओवादीलाई सर्वहारावर्गिय दृष्टिकोण गुमाउदै र निम्न पु“जीवादी चरित्र ग्रहण गर्दै गएको, एकाईसांै सताव्दीको जनवादको नाममा सर्वहारा वर्गको अधिनायकत्वलाई अश्विकार गरेको, बहुदलीय प्रतिस्प्रधाको नीति ल्याई राजावादीहरुको नाममा संयुक्तमोर्चा र पूर्व अञ्चलाधिस र जर्नेलहरुलाई संविधानसभामा निर्वाचित गरेको र साम्राज्यवादी विस्तारवादी स“ग संझौतापरस्त नीति अवलम्वन गरेको संशोेधनवाद उन्मुख पार्टीको रुपमा स्पस्ट व्याख्या गरेको छ । त्यसैले एकताको साता“ै महाधिवेशनले तत्काल माओवादीस“ग पार्टी एकताको कुनै सम्भावना नरहेको सर्वसम्वत निर्णय गरेको थियो । बरु त्यो महाधिवेशनले माक्र्सवाद–लेनिनवाद– माओविचारधारालाई मार्ग निर्देशक सिद्धान्त मान्ने, सर्वहारा सा“स्कृतिक क्रान्तिको समर्थन गर्ने तथा सर्वहारा वर्गको नेतृत्वदायी भूमिका र सर्वहारा अधिनायकत्वको समर्थन गर्ने कम्युनिस्ट क्रान्तिकारीलाई एकीकरणको लागि विशेष प्रस्ताव पारित गरेको थियो । र अहिले पनि नेकपा (एकीकृत) माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको सैद्धान्तिक धाराको रुपमा अगाडि बढिरहेको छ ।


यसरी नीति, सिद्धान्तमा मेल खाने, विचार दृष्टिकोणमा समान भएका, रणनैतिक तथा कार्यनैतिक प्रश्नहरुमा एकरुपता कायम भएका र एकताको सन्दर्भमा पार्टी बीच वार्ता संम्वाद चलिरहेको अवस्थामा पार्टी एकताको हल्ला चलाउनु र पत्र–पत्रिकाहरुले लेख्नु स्वभाविक र सान्दर्भिक हो । तर नत नीति सिद्धान्तमा मेल खान्छ, न विचार दृष्टिकोणमा समान धारणा छ, न रणनैतिक तथा कार्यनैतिक प्रश्नहरुमा एकरुपता नै छ , न व्यवहार समान छन यस्तो अवस्थामा अनावश्यक र असान्दर्भिक यसप्रकारका हल्ला चलाउनु राजनीतिक धर्म र मर्म भित्रको कुरा पर्दैन । यसलाई बरु गोयवल्स शैली भन्न सकिन्छ । किनकी नत नेकपा (एकीकृत) ले अहिले नै माओवादीस“ग तत्काल पार्टी एकताको नीति बनाएको छ, नत नेकपा (एकीकृत) को माओवादीस“ग नीति, सिद्धान्त, विचार, ब्यवहारमा मेल खान्छ, नत नेकपा (एकीकृत) ले माओवादीसंग पार्टी एकताको लागि कुनै वार्ता नै चलाएको छ, यस्तो अवस्थामा अनावश्यक रुपमा पार्टी एकताको हल्ला चलाउनु हास्स्यास्पद मात्र हैन यो माओवादीको सैद्धान्तिक पराजय र राजनीतिक अराजकताको मानसिकता हो ।

धन्यवाद ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...