Thursday, September 7, 2023

दर्शन, ज्ञान र क्रान्तिकारी सङ्घर्ष


सुरुआत
ज्ञान, दर्शन र क्रान्तिकारी सङ्घर्षलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्ने, बुझ्ने रव्याख्या गर्नुका साथै, संसारलाई बदल्ने प्रक्रियामा सामेल हुनु सही कम्युनिस्टहरूको आदर्शहो । माक्र्सवादी दर्शनलाई बुझ्नु भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई बुझ्नु हो ।समाज विकासक्रमलाई बुझ्नु हो । द्वन्द्वात्मक भौतिकवादलाई मानव समाजमा लागू गर्नु नैऐतिहासिक भौतिकवाद हो । माक्र्सको भौतिक खोजहरूमध्ये ऐतिहासिक भौतिकवाद पनि एकहो । द्वन्द्वात्मक भौतिकवादले सम्पूर्ण जगत्को अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादलेमानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानवसमाजहो । ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानबीचको मानव समाजको अध्ययन गर्नअन्य धेरै सामाजिक विज्ञानहरू छन् । त्यसमा एक ः इतिहास, दुई ः राजनीतिशास्त्र, तीन ःअर्थशास्त्र, चार ः न्यायशास्त्र, पाँच ः भाषाशास्त्र आदि ।

ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशील रूपमा हेर्दछ । मानवसमाजनिरन्तर परिवर्तन हँुदै जान्छ र भविश्यमा पनि परिवर्तन हुँदै जान्छ । ऐतिहासिक भौतिकवादलेसमाजमा हुने परिवर्तन समाजको भौतिक जीवनको परिस्थितिहरूमा हुने परिवर्तनबाट सुरुहुन्छ । ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोस्रोमान्दछ । समाज परिवर्तनका लागि ३ ओटा प्रश्नले मुख्य भूमिका खेलेको हुन्छ । एक ःभौगोलिक अवस्था, दुई ः जनसङ्ख्या, तीन ः उत्पादन प्रणाली । हामीले यो प्रक्रियालाईबुझ्ने भनेको क्रान्तिलाई बुझ्नु हो । हामी कम्युनिस्ट दर्शन (माक्र्सवादी दर्शन) लाई आत्मसात्गर्ने कम्युनिस्ट पार्टीका मान्छेहरू हौँ । हामी सबै समाजलाई क्रान्तिकारी मान्छे बनाउनचाहन्छौँ । माक्र्सवादी दर्शनलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने मान्छे बनाउन चाहन्छाँै । साथै,ज्ञण् ÷ एकीकृत जनक्रान्तिका आधारहरूबदलिएको सकारात्मक विषयहरू र जितहरूको रक्षा र विकास गर्न सकने पार्टी र मान्छेबनाउन चाहन्छौँ ।

दार्शनिक पक्ष
संसारमा धेरै दार्शनिकहरू जन्मे । संसारको बारेमा धेरैले आ आफ्नो तरिकाले व्याख्यागरे । उनीहरूले संसारलाई बुझाउने कोसिस गरे । आफ्नो तर्फबाट तर्क–वितर्क गरे । यसलाईहामीले दुई चरणमा हेर्न सक्नेछाँै ः एक, प्राचीन युनान र रोम र दोस्रो, आधुनिककाल ।पानीलाई मुख्य तत्व बताउने प्राचीन युनानका भौतिकवादी दार्शनिक (थेल्स, ६२४—५५० ईपू), अनन्त र असीम विषयलाई मूल तत्व बताउने (एनेक्सिमेन्डर, ६१०—५४६ ईपू),वायुलाई मूल तत्व बताउने (एनेक्सिमिनिज ५५८—५२८ ईपू), सङ्ख्यालाई परम् पदार्थबताउने प्रसिद्ध गणितज्ञ (पाईथागोरस ५८०—४७०), पदार्थहरूमा गति र विपरीत तत्व हुन्छभन्दै आगोलाई मूल तत्व बताउने र सर्वप्रथम द्वन्द्ववादी विचार राख्ने (हेराक्लिटस ५३५—४४७ईपु), द्वन्द्वात्मक तर्क प्रणालीका जन्मदाता तथा मूल सत् हुन्छ र त्यो सत्, नित्य, शाश्वत्,अविभाज्य र अपरिवत्र्य हुन्छ भन्ने मान्यता राख्ने (जेनो फनिज ५७९—४८० ईपू), अणुलाईमूल तत्व बताउने (एम्पिडोक्लिज ४९५—४५३ ईपू) ।

परमाणुलाई मुख्य तत्व बताउँदै तिनीहरूको सञ्चालनमा बाह्यशक्तिको अनावश्यकहुन्छ भन्ने मान्यता राख्ने (ल्यूसिम्पस ४८० ईपू), व्यक्तिगत स्वार्थलाई सर्वोच्च प्राथमिकतादिँदै, धर्म र पुरानो रीतिरिवाज र अन्धविश्वासको विरोध गर्ने (प्रोटोगरिस ४८१—४११ ईपू),गलत विचारको तर्कद्वारा उदाङ्गो पार्ने र जनतालाई भ्रम फैलाएको आरोपमा मृत्युदण्डकोसजाय पाएका (सुकरात ७७०—४०० ईपू), संसारभन्दा बाहिर विचारको स्वतन्त्र अस्तित्व हुन्छभन्दै बुद्धिगम्य ज्ञानमा जोड दिने वस्तुवादी आदर्शवादी प्राचीन युनानका महान् दार्शनिक
(प्लेटो ४२८—३४७ ईपू), ईश्वरलाई सृष्टिको आदि र अन्त्य बताउने (अरस्तु ३८४—३२१ ईपू),देवी–देवतालाई मान्य, जीवनमा सुख प्राप्तिलाई सबैभन्दा जोड दिने र संसार प्राकृतिकनियमअनुसार चल्छ भन्ने (एपिक्युरस ३४२—२७० ईपू) हरू प्राचीन युनान र रोमकालकामुख्य दार्शनिकहरू मानिन्छन्, जसले समाजबारे आ–आफ्नै मान्यताबाट व्याख्या र तर्क गरे ।

दोस्रो, आधुनिककालको समयमा पनि दार्शनिकहरू आफ्नै प्रकारले लागिपरे ।मध्ययुगीन धर्म, अन्धविश्वास आदिको आलोचना गर्दै भौतिकवादी दर्शनको स्थापना गर्ने(फ्रान्सिस बेकन सन् १५६१—१५२६) जसलाई आगमन तर्कका पितासमेत मानिन्छ । प्रकृतिबारेभौतिकवादी मत प्रकट गर्ने र पदार्थभित्र गतिको अस्तित्वलाई स्वीकार गरे तर उनले गतिकोउत्पत्ति ईश्वरले गरेको हुन्छ भन्ने मत राख्ने दार्शनिक (रेजे डेमनर्त सन् १५६९—१५५०),ईश्वरलाई परम् तत्व बताउँदै प्रकृतिको स्वतन्त्र अस्तित्व मान्ने (स्पिनोजा सन् १५३२—१६७७),चिदणुलाई संसारको मूल तत्व बताउँदै, विभिन्न दर्शन, धर्म, भौतिकवाद र आदर्शवादलाईसमन्वय गर्ने तर्क प्रस्तुत (लाई बनिज सन् १५४५—१७१६) गरे । अनुभवलाई ज्ञानको साधनबताउने (जानलाक सन् १६३२—१७०४) ले आत्मा, ईश्वर र जगत्लाई तीन तत्व माने उनलाईअनुभववादका पितासमेत मानिन्छ । ईसाइ धर्म, रुढीवाद तथा परम्परागत अन्धविश्वासकाकटु आलोचक रहेका (डेबिड ह्युम सन् १७७१—१७८९) उनले सन्देहवादको प्रतिपादन गरे ।विचारलाई परम् तत्व मान्ने र त्यो तत्व द्वन्द्वात्मक प्रकारले प्रकृतिमा बदलिन्छ
भन्ने तर्क राख्दै उनले द्वन्द्ववादको सिद्धान्तलाई व्यवस्थित रूप दिए (जर्ज विल्हेम फेडरिकहेगेल सन् १७७०—१८३१), भौतिकवाद र द्वन्द्ववादको कट्टर विरोधी तथा निराशावाद रदुःखलाई सार्वभौम मान्ने दार्शनिक (आर्थर सोपेन हावर सन् १७८८—१८६०) थिए । हेगेलकोदर्शनको आदर्शवादी पक्षको आलोचना गर्दै, भौतिकवादी विचारको प्रतिपादन गर्ने दार्शनिक(फायरबाख सन् १८०४—१८७२) हुन् ।

त्यसो गर्दा उनले हेगेलको द्वन्द्ववादको पनि विरोध गरे । साथै उनले मानव जीवनमाधर्मको आवश्यकतामाथि उनले जोड दिए । (कार्ल माक्र्स सन् १८१८—१८८३) उनले (फ्रेडरिकएंगेल्स सन् १८२०—१८९५) सँग मिलेर द्वन्द्वात्मक भौतिकवादको स्थापना गरे । इतिहासर समाज विकासको क्षेत्रमा समेत दर्शनको विकास गरेर ऐतिहासिक भौतिकवादको समेतप्रतिपादन गरे । माक्र्सवादी दर्शनको सबैभन्दा ठूलो विशेषता भनेको दर्शनलाई दर्शनसँगजोडेर त्यसको मुख्य कार्य भनेको विश्वको व्याख्या गर्नु मात्र नभएर त्यसलाई बदल्नु होभन्ने कुराको व्याख्या गरे ।

कार्ल माक्र्सको पालापछि पनि (फ्रान्सिस हरवर्ट ब्रेडल सन् १८४६—१९२४) उनलेनिरपेक्ष सत्यलाई सत्य बताए । निरपेक्षवादको तीव्र आलोचना गर्दै, संसारका वस्तुहरूकोस्वतन्त्र अस्तित्व हुन्छ र उनले नव–यथार्थवादको सिद्धान्तलाई विकसित गरे । नव–प्रत्यक्षवादका प्रतिनिधि मानिने (बटनाई रसेल सन् १८९२—१९७०) देखि एक वर्गद्वारा अर्कोवर्गको उत्पीडन र वर्गीय प्रभुत्वलाई प्राकृतिक बताउने (बेर्गसा सन् १८५९—१९४१) सम्मका
दार्शनिकहरू क्रियाशील रहे । तत्पश्चात् पनि कैयौँ दार्शनिकहरूले आफ्नो तर्कहरू दिँदैआएका छन् ।

आजसम्मको यी दर्शनहरूको मुख्य आधारलाई हेर्ने हो भने माक्र्सवादी दर्शन नैश्रमजीवी, उत्पीडित जनताको सही दर्शन हो । यसको गरिमा, ओज र सान्दर्भिकतालाईहामीले आत्मसात् गर्नुपर्ने महत्व आज पनि त्यत्तिकै छ, जतिबेला रुसमा समाजवाद, युरोपतथा चीनमा जनवादी–समाजवादी सत्ताको स्थापनाले विश्वका बहुसङ्ख्यक जनतामा उत्साहपैदा गरेको थियो र आदर्शवादी तथा प्रतिक्रियावादी सत्ताका तानाशाहहरूमा ठूलो खैलाबैलामच्चाएको थियो । शासन–सत्तामा जनता–सर्वहारावर्गको अधिनायकत्व सम्भव छ भन्ने कुराविश्वसामु प्रस्टाएको थियो । त्यसैले माक्र्सवादी दर्शन नै आजको विश्वको सर्वश्रेष्ठ दर्शन रबाटो हो भन्ने मान्यतामा हामी क्रान्तिकारीहरू कहीँ विचलित हुनुपर्दैन ।

ज्ञानको सिद्धान्त
हामीले के गर्ने ? युद्ध वा क्रान्ति ? यसको फैसला कसरी हुन्छ ? के युद्ध रक्रान्ति एउटै विषय हो ? यसको ज्ञान कसरी प्राप्त गर्ने ? भन्ने विषयहरूलाई बहसकोविषय बनाउनुपर्दछ । यसका भ्रमलाई चिर्नुपर्दछ । यसको फरक कुरालाई बुझ्न र बुझाउनसक्नुपर्दछ । त्यसका लागि हामीले ज्ञानको सिद्धान्तको केही दार्शनिक पक्षलाई बुझ्नआवश्यक हुन्छ । दर्शनको धेरै भाग र पक्षहरू छन । त्यसमध्ये एक हो, ज्ञानको सिद्धान्त ।ज्ञान कसरी प्राप्त हुन्छ ? ज्ञानको स्रोत के हो ? हाम्रा प्राप्त ज्ञान कहाँसम्म सत्य हुन्छ ?प्राचीनकालदेखि नै यसबारेमा बेग्लाबेग्लै मत रहँदै आएको छ ।

अनुभववाद, बुद्धिवाद, अज्ञेयवाद, आदर्शवाद, भौतिकवाद आदिले यसबारेमाबेग्लाबेग्लै धारणा बनाएको हुन्छ । हरेक दार्शनिकले ज्ञान मीमांसाबारे आफ्नो विचार प्रकटगरेका छन । मानवजातिको इतिहासमा अहिलेसम्म यससम्बन्धी अनुभव र ज्ञानको विशालखोज–अनुसन्धान गरेर माक्र्सवादले ज्ञानसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण प्रतिपादनगरेको हो ।ज्ञान प्राप्तिको विषयमा पदार्थको प्रश्नले विशेष महत्व राख्दछ । भौतिक पदार्थ केहो ? भौतिक संसार के हो ? बाह्य संसार के हो ? यो छ वा छैन ? यो सत्य हो वा होइन ?यो आजसम्मका दार्शनिकहरूको ज्ञान प्राप्तिको प्रमुख लडाइँ हो । धेरै दार्शनिकले पदार्थकोअस्तित्वलाई नै अस्वीकार गरेका छन् । चेतना पदार्थको स्वाभाविक गुण हो र प्राकृतिकविकासको उच्च विकसित परिणाम हो ।
ज्ञानको उद्देश्य के हो ? संसारलाई बुझ्नु, संसारको व्याख्या गर्नु । तर, माक्र्सवादलेबुझ्नु र व्याख्या गर्नुलाई मात्र मुख्य ठान्दैन, यसलाई बदल्नुसँग जोडेर हेर्दछ । ज्ञान कसरीप्राप्त हुन्छ त ? यसबारे संसारमा दुईओटा मतले विशेष महत्व राखेका छन् ः प्रथम, ज्ञानकोस्रोतलाई बाहिर देख्ने अनुभववाद । अनुभवलाई नै ज्ञानको भण्डार मान्ने दृष्टिकोण बेकन,वर्कले, ह्यूम आदिले राखे । दोस्रो, हाम्रो आत्मालाई मात्र ज्ञानको स्रोत मान्ने बुद्धिवाद ।
यसैको जगमा माक्र्सवादले ज्ञानको स्रोत पदार्थलाई मान्यो । विज्ञान, प्रविधि, टेक्नोलोजीकोयुगसम्म आइपुग्दासम्म संसारमा यही विषमा चर्काचर्की छ । ज्ञानको आधार के हो ? पदार्थवा चेतना ? भौतिक वस्तु वा पदार्थ या मन, चेतना ? माक्र्सवादले ज्ञान प्राप्तिको आधारपदार्थलाई मानेको छ । भौतिक वस्तु नै ज्ञान प्राप्तिका कच्चा पदार्थहरू हुन् ।

द्वन्द्वात्मक भौतिकवादले पदार्थ, गति, दिक्, काललाई अध्ययनको प्राथमिक विषयबनाउँछ । द्वन्द्वात्मक भौतिकवादले प्रकृति र ब्रह्माण्डको अध्ययन गर्दछ । (क) पदार्थ ः पदार्थभनेको ब्रह्माण्डमा विद्यमान रहेको सम्पूर्ण भौतिकवस्तुलाई मानिन्छ । (ख) पदार्थ उत्पत्ति रनास हुँदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो । (ग) पदार्थ गतिको अन्तर्विरोधकोउच्चतम् रूप हो । त्यसैले ज्ञान प्राप्तिका आधार पनि यही विषयलाई माक्र्सवादले मुख्यविषय मानेको छ ।

प्राप्त ज्ञान केका लागि ? बुझ्नु र व्याख्या गर्नु वा बुझ्ने, व्याख्या गर्ने सँगै बदल्ने ?हामी माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी, माओवादीहरूले बुझ्ने, व्याख्या गर्ने विषयसँगैबदल्ने कुरालाई महत्वका साथ हेर्दछाँै । आजको कम्युनिस्ट आन्दोलनभित्र (मोहनविक्रमलेनेतृत्व गरेको मसाल, प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, सिपी मैनालीले नेतृत्व गरेकोमाले, केपीले नेतृत्व गरेको एमाले, वैद्यले नेतृत्व गरेको (क्रान्तिकारी माओवादीले जो नामकोअगाडि आफूलाई नेपाल कम्युनिस्ट पार्टी लेखेका छन्) उनीहरूमा ज्ञानको सिद्धान्त कहाँ
लागू हुन्छ ? माक्र्सवाद कहाँ झल्कन्छ ? द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कहाँजोडिन्छ ? आजको उदेकलाग्दो प्रश्न यही हो, जो संसार बदल्ने कुरा छोडिसकेका छन्वा संसार बदल्न सम्भवै छैन वा राजनीतिक क्रान्ति समाप्त भइसक्यो वा परिस्थिति बनेकोछैन वा बल प्रयोग सम्भव नै छैन जस्ता प्रश्नभित्र माक्र्सवाद, मालेमावादको सम्बन्ध कहाँजोडिएको छ ? द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादसँग उनीहरूले नेतृत्वगरेका पार्टीहरूको के नाता छ ? यी प्रश्नको हल खोज्दै, नेपाल कम्युनिस्ट पार्टी माओवादीलेक्रान्ति सम्पन्न गर्न खोजिरहेको छ ।हामीले के गर्ने ? क्रान्ति । क्रान्ति भनेको निश्चित दर्शन, सिद्धान्त, विचार,कार्यदिशा, नीति, रणनीति, कार्यनीति र क्रान्तिकारी पार्टीले सञ्चालन गरेको हुन्छ । त्यसकोलागि राष्ट्रिय–अन्तर्राष्ट्रियअनुकूल परिस्थिति, सक्षम नेतृत्वको आवश्यकता हुन्छ । माओलेभन्नु भएजस्तै ३ जादुगरी हतियार एक, क्रान्तिकारी पार्टी, दोस्रो, क्रान्तिकारी सेना र तेस्रो,क्रान्तिकारी संयुक्त मोर्चा (सत्ता) अनिवार्य हुन्छ । नयाँ जनवाद, समाजवाद र साम्यवादीलक्ष्य क्रान्तिको केन्द्रीय विषय बनेको हुन्छ । हाम्रो पार्टीलाई विभिन्न कोणबाट युद्धवादी भनेरहल्लाा पिटाइराख्ने गरिएको छ तर नेकपा माओवादीले युद्ध होइन, क्रान्ति गर्न खोजेको हो,क्रान्ति शान्तिका लागि गरिन्छ । अधिकारका लागि गरिन्छ । स्वाधीनताका लागि गरिन्छ ।सम्पूर्ण खाले बन्धनबाट मुक्तिका लागि गरिन्छ ।

यो कुरालाई सबैले बुझ्न आवश्यक छ । यो विषयलाई आम बहसको विषयबनाउनुपर्दछ । यसका भ्रमहरूलाई चिर्नुपर्दछ । त्यसैले हाम्राअगाडि आज मात्र दुईवटा बाटाछन् ः एक, आजको परिवेश र भौतिक जगत्ले र सिर्जना गरेका ज्ञान–सीपलाई प्रयोगगरेर क्रान्तिकारी आधार तयार पार्न र क्रान्ति सम्पन्न गर्न लाग्नु, दोस्रो, आत्मसमर्पण,यथास्थितिवाद, नवसंशोधनवाद, जडसूत्रवादको चङ्गुलमा फस्दै प्रतिक्रान्तिकारी, आदर्शवादीर संसद्वादी सत्तालाई मलजल गर्ने, उसैको तावेदारी गर्ने र बुर्जुवा सत्तामा कुर्सीको आयुलामो बनाउने खेलमा संलग्न हुन् । आजको कम्युनिस्टहरू र क्रान्तिकारीहरूका लागि यहीदुई विषय आजका मुख्य र सान्दर्भिक छन् ।


माक्र्सवादी दर्शनको जगमा खडा भएका क्रान्ति
विश्वका धेरै मुलुकमा माक्र्सवादी दर्शन, नीति, सिद्धान्तका आधारमा क्रान्ति सञ्चालनगरियो । कतिपय क्रान्ति विजयसम्म पुग्न सकेनन् । सन् १८७१ मा पेरिस कम्युनको स्थापनाभयो । सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो र सोभियत समाजवादी सत्ताको स्थापनाग¥यो, जसको नेतृत्व रसिएन कम्युनिस्ट पार्टी बोल्सेविकले गरेको थियो ।

रोजा लक्जेम्बर्ग र कार्ल लिबेक्नेच्टको नेतृत्वमा सन् १९१८ देखि १९१९ सम्म जर्मनक्रान्ति सञ्चालन गरियो । त्यस्तै, सन् १९१९ मा बेला कुको नेतृत्वमा ५ महिनासम्म हंगेरियनक्रान्ति गरियो । मंगोलियन जनक्रान्तिकारी पार्टीको नेतृत्वमा मंगोलियन क्रान्ति सन् १९२१मा सञ्चालन भयो । चिनियाँ कम्युननिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा दीर्घकालीनजनयुद्धमार्फत चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९४५ मा भियतनाममा अगस्टक्रान्ति सञ्चालन गरियो । किम इल सुङको नेतृत्वमा रहेको ‘वर्कर्स पार्टी अफ कोरिया’ लेसन् १९४८ मा ‘डेमोक्र्याटिक पिपल्स रिपब्लिक अफ कोरिया’ को स्थापना भयो ।त्यस्तै, सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वोभाराको नेतृत्वमा ‘क्युबियन रिभोलुसन’सञ्चालन भयो । सन् १९६३ मा कङ्गो, सन् १९६९ मा फिलिपिन्स, सन् १९७९ देखि १९९०सम्म नाइजेरिया, पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ सन् १९८०, नेपाल कम्युनिस्ट पार्टी
माओवादीले २०५२ सालदेखि दीर्घकालीन जनयुद्ध सञ्चालन ग¥यो, त्यसले १० वर्षको समयलियो । सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा आजसम्म पनिलडिरहेको अवस्था छ । यसबीचमा पूर्वी युरोपका कैयौँ देशमा क्रान्ति सञ्चालन तथा सम्पन्नभए । यसप्रकारका क्रान्ति आज हाम्रा लागि प्रेरणाप्रद छन् । क्रान्तिका दौरान हासिल भए–गरिएका सकारात्मक तथा नकारात्मक शिक्षा हाम्रा अगाडि बढ्ने आधारहरू बन्न सक्नेछन् ।

नेपालमा भएका विद्रोह र सशस्त्र सङ्घर्ष
तत्कालीन अवस्थामा सत्ताले जनतामाथि भए–गरेका दमन, उत्पीडनका विरुद्ध हाम्रोदेशमा समेत कैयौँ प्रकारका सङ्गठित वा असङ्गठित विद्रोहहरू सञ्चालन भएका छन । यीविद्रोहरू सशस्त्र प्रकारका थिए । कतिपय कम्युनिस्ट दर्शनमा आधारित थिए भने कतिपयथिएनन् । तर, सबै विद्रोहमा हतियार वा बल प्रयोग वा सशस्त्र विधिमा आधारित विद्रोहथियो । जुन कुरा आज हाम्रो लागि पनि पे्ररणादायी बन्न सक्नेछन् । राणा शासनविरुद्ध १९३३तिर लखन थापासहितले विद्रोह सुरु गरे, केही समयपश्चात् नै राणा प्रधानमन्त्री जङ्गबहादुरराणाको लखन थापासहित ६ जना युवालाई गोर्खा मनकामनामा रुखमा झुन्ड्याएर हत्यागरियो । १९८० को दशकको अन्त्यतिर प्रचण्ड गोर्खाले नेपाल प्रजापरिषद्को नाममा राणा शासनविरुद्ध सशस्त्र र निःशस्त्र आन्दोलन गरे । प्रचण्ड गोरखाका सदस्यहरूले १९८८ माभीम शमसेरमाथि बम प्रहार गरे । उक्त सङ्घर्षको दौरानमा ४ जनाको हत्या गरियो ।

१९९९ मा भारतमा आन्दोलन गरिरहेका जयप्रकाश नारायण र राममनोहर लोहियालाईराणाहरूले गिरफ्तार गरेर सिरहा जिल्लाको हनुमाननगरको जेलमा राखेका अवस्थामा नेपालीयुवाले जेलमा सशस्त्र आक्रमण गरी नारायण र लोहियालाई छुटाएर भारत पठाइदिए ।२००४ सालमा स्थापना भएको कांग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासनविरुद्ध सशस्त्रसङ्घर्ष सुरु गरेको थियो । त्यो बेला तत्कालीन सरकारले दर्जनौँको हत्या ग¥यो तर २००७
सालमा राणा, कांग्रेस र भारतको त्रिपक्षीय सम्झौतामा सशस्त्र युद्ध तुहियो । २००८ सालमासामन्तवाद र विस्तारवादविरुद्ध सुदूर पश्चिममा किसान नेता भीमदत्त पन्तले सशस्त्रविद्रोहको उठान गरे । पन्तको ‘कि जोत हलो कि छोड थलो नत्र हुनेछैन भलो’ को नारामासयौँ युवाहरू सामेल भएका थिए । २००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्रविद्रोहको उठान गरे तर राज्यको ठूलो दमन ग¥यो र उनी मारिए ।

राजाको ‘कू’ विरुद्ध नेपाली कांग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलनसुरु ग¥यो । सोही साल माघ ५ गते जनकपुरको रगभूमिमा राजाको गाडीमाथि बम प्रहारगरियो । सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फासि दिइयो । २००७सालदेखि २०१७ सालसम्म सञ्चालन भएको सङ्घर्षको दौरानमा ८ जनाले ज्यान गुमाए ।

२०१८ माघमै कांगे्रसले भरतपुर कब्जा ग¥यो । सोही सेरोफेरोमा पर्सा, कञ्चनपुर, विराटनगर,रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधि भए । यो दौरानमा ११९ जनाकोज्यान गएको थियो ।२०१९ असोज १७ गते पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएको बझाङीराजासहित ११ जना कांग्रेसी कार्यकर्तालाई शाहीसेनाले गिरफ्तार गरी वित्थडलेकमा हत्यागरियो । कांग्रेसले सशस्त्र सङ्घर्षको क्रममा २०३१ सालमा ओखलढुङ्गाको टिमुरेबोटेमा ४१जना कार्यकर्ता शाहीसेनाको अपरेसनमा मारिएका थिए । गिरफ्तार परेका लडाकु टुकुडीकानेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमाराजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरियो तर कांग्रेसले २०३३ सालमा राजासँगसहकार्य गर्ने मेलमिलापको नीति लिएपछि सशस्त्र सङ्घर्षको नीति त्याग्यो ।

२०२७ सालमा तत्कालीन पूर्व कोशी प्रान्तीय कमिटी मातहात कार्यरत झापाकाकेही कम्युनिस्टले त्यस कमिटीबाट अलग भई ‘झापा जिल्ला कमिटी नेकपा’ को स्थापनागरे । अलग पार्टीको स्थापनापछि ‘वर्ग सत्रु खत्तम पार्ने’ विद्रोह सुरु गरे । यो नै नेपालकोयोजनाबद्ध र सङ्गठित सशस्त्र सङ्घर्ष थियो । त्यो दौरानमा २३ जनालाई राज्यले मा¥यो ।

२०३० र ३१ सालमा झापामा पुन किसान सङ्घर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी,धनुक्षा, सिन्धुलीमा पनि किसान सङ्घर्ष चल्यो ।२०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोसिस गरियो ।त्यसबेला खडेरीले चितवनमा अनिकाल परेको थियो । जुगेडीमा धर्मे र घोडे भन्ने दुईसामन्तले अन्न लुकाएर राखेका थिए । चेपाङ र गुरुङ जातिको बाहुल्य रहेको त्यो स्थानमाखानका लागि सङ्घर्ष गर्नुबाहेक विकल्प नदेखेपछि २०३४ साल असार ६ गते किसानहरूलेसुरक्षा दल बनाई ती सामन्तको घर कब्जा गरे र अन्न बितरण गरियो । २०३६ सालकोआन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो भने
सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केहीयुवाले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालीन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठानगर्न खोजे तर राज्यले उनीहरूमाथि दमन ग¥यो र ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी,दलबहादुर रजन मारिए र अन्य जेलमा परे ।२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा रोल्पा थबाङी जनताले विद्रोह गरे रमतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्करकाण्डमा६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबारवरिपरि, सिंहदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको आसपास बम प्रहार गरियो ।
२०४२ साल चैतमा घोषणा भएको चुनावमा ध्वस्त पार्नका लागि तत्कालीन नेकपा (मशाल)का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण गरे । २०४६ सालकोजनआन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमाउनुपरेको थियो ।

२०५२ साल तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध सुरु गरियो र त्यो१० वर्षसम्म चल्यो र १५ हजारभन्दा धेरै सहिद बने । कैयौँ बेपत्ता छन । घाइते–अपाङ्गकोअवस्था आज पनि दयनीय छ । त्यसपछि पनि विभिन्न चरणमा सङ्घर्ष सञ्चालन गरिएकाछन् । मधेस आन्दोलन २०६२–०६३ को आन्दोलनमा पनि नेपालीको सहिद बन्ने क्रमरोकिएको छैन । यो क्रम नयाँ जनवाद, समाजवाद र साम्यवादसम्म पनि जारी रहनेछ ।वर्गको अन्त्य नहुँदासम्म चलिरहनेछ ।

सङ्घर्षमा सशस्त्रको प्रश्न
माथि उल्लिखित क्रान्ति र विद्रोहहरूका सन्दर्भहरूलाई हेर्दा कम्युनिस्टहरूले मात्रहोइन, कम्युनिस्ट विचारलाई नमान्नेहरूले पनि हतियारको प्रयोगलाई प्राथमिकतामा राखेकाछन् । सबैमा प्रायः हतियार वा बल प्रयोग वा सशस्त्र सङ्घर्षमा आाधारित छन् । यसले केबुझाउँछ भने हतियारबिनाको सङ्घर्ष वा आन्दोलन वा क्रान्ति सम्भव छैन । जब सत्ता ठूलादमन र नरसंहारमा उत्रन्छ, त्यसलाई रोक्न जनताले विभिन्न उपाय र बाटाहरू खोज्दछन् ।त्यसका लागि माओले भनेजस्तै “हतियारको बलमा टिकेको सत्तालाई परास्त गर्न हतियारनै प्रयोग गर्नुपर्दछ” भन्ने मान्यता कम्युनिस्टका लागि मात्र होइन, अन्य विचार राख्नेले पनिप्रयोग गरेका स्पस्ट उदाहरण माथिका तथ्यले प्रस्ट्याउँछ ।

जब आफूलाई कम्युनिस्ट हुँ भन्नेहरूले नै बल प्रयोग वा सशस्त्र सङ्घर्ष वाहतियारसहितको क्रान्तिलाई बेठीक ठान्छ वा सिद्धान्तको मात्र कुरा गर्दै कहिल्यै त्यसकोआवश्यकता र तयारीमा लाग्दैन वा परिस्थिति बनेको देख्दैन वा अहिले सकिँदैन भन्छ, यस्तोबेलामा प्रश्न उठ्छ कि अब उनीहरू कम्युनिस्ट हुन्छन् वा हँुदैनन् ? उनीहरू क्रान्तिकारीबन्छन् वा बन्दैनन् ? आज यही प्रश्नले एमाले, माओवादी केन्द्रको त कुरै छोडौँ, मसाल,क्रान्तिकारी माओवादीजस्ता कम्युनिस्ट भन्नेहरूलाई समेत गिज्जाइरहेको छ ।नेपाल कम्युनिस्ट पार्टीले जनताको संविधान, जनताको सत्ता, जनताको सेना, अर्कोक्रान्ति एकीकृत जनक्रान्तिको शङ्खघोष गरिसकेको छ । यो आवेग, आक्रोश र भावनाकोमात्र कुरा होइन, आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले निम्त्याएको अनिवार्यआवश्यकता हो । पार्टीले भनेकौ छ, पुरानो संविधान जनताको पक्षमा छैन, त्यसैले नयाँसंविधान, जनतामा आधारित संविधान हुनुपर्दछ ।

पुरानो सत्ताले जनतालाई सेवा सुविधा दिन सकिरहेको छैन, त्यसैले नयाँ जनताकोसत्ता । यो त आजको अनिवार्य आवश्यकता हो । यसले जनतामा उत्साह पैदा गरेको छ ।फेरि जनतामा विश्वास जगाएको छ । अहिले नेपाल कम्युनिस्ट पार्टीले धेरै हतियारकोकुरा गरेको छैन, बरु जनताको अधिकारको मात्र विषय उठाएको छ । राष्ट्रघात, जनघात,भ्रष्टाचार, कालोबजारी, कमिसनखोर, वैदेशिक हस्तक्षेप र दलाल पुँजीवादले जनतालाईपारेको असरको मात्र कुरा गरेको छ । फेरि हेक्का राख्नुपर्ने अर्को सन्दर्भ के हो भने आफूलाईअन्याय पर्दा संसारमा कोही पनि हातमा दही जमाएर नबस्ने रहेछ, मुखमा चुकुल ठोकेर पनिनबस्ने रहेछ, यही कुरा माथिको सन्दर्भहरूले समेत स्पस्ट पारेको छ ।

उपसंहार“
ज्ञान अभ्यासबाट सुरु हुन्छ र अभ्यासबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरिअभ्यासमा नै फर्कनुपर्दछ । वैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फ फड्कोमा प्रकटहुनैपर्छ र यो झन् बढ्ता महत्वपूर्ण छ”, (माओ, सही विचार कहाँबाट आउँछ, मे १९६३) माक्र्सवादी दर्शन, मालेमावादी सिद्धान्त, एकीकृत जनक्रान्तिको कार्यदिशा हाम्रालागि अघि बढ्ने वैचारिक आधार हुन् । खरानीबाट माथि उठेर वैज्ञानिक समाजवादी क्रान्तिसम्पन्न गर्ने हुटहुटीसहित पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको नेतृत्व गर्ने सक्षम पार्टीहँसिलो मुहारसहित जनतासामु उपस्थित भइसकेको छ ।

क्रान्तिका लागि क्रान्तिकारी पार्टी, सक्षम नेतृत्वको आवश्यकता रहन्छ, त्यसको पूर्णतागरिसकिएको छ । नयाँ पार्टी, नयाँ कार्यदिशा, नयाँ कार्यनीति, नयाँ एकीकृत जनक्रान्तिकोकार्यदिशा, नयाँ नेतृत्व र नयाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुनिष्ठ विश्लेषणसहितनेपाल कम्युनिस्ट पार्टी उपस्थित भएको छ । यसर्थ, सही ज्ञान, दर्शन र क्रान्तिकारीसङ्घर्षलाई नयाँ उचाइबाट उठाउँदै एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढौँ ।

(हस्तक्षेप, मुखपत्र नारायणी ब्युरो, नेकपा, अङ्क २, वैशाख २०७५)

विषयक्रम ः






दर्शन, ज्ञान र क्रान्तिकारी सङ्घर्ष ÷ ९ á
सामाजिक दलाल पुँजीवाद र अन्तर्विरोध ÷ १९ á
समकालीन राजनीतिक परिस्थिति, राष्ट्रियता र निकास ÷ २४ á
क्रान्तिकारी विरासत र जनताको विद्रोह ÷ ३१ á
असफलताको चाङभित्र लुकेको सम्भावना ÷ ३६ á
किन आवश्यक छ वैज्ञानिक समाजवाद ÷ ४३ á
जनघातीलाई किन दिने भोट ÷ ४८ á
कथित निर्वाचन र जनताको प्रतिकार ÷ ५४ á
दुई विचार–राजनीतिको टकराव र स्थानीय निर्वाचन ÷ ५९ á
जनताको खाद्य सम्प्रभुता र जनजीविका ÷ ६३ á
भारतीय हस्तक्षेप र हाम्रो दायित्व ÷ ६८ á
भूकम्पीय विपत्ति र षड्यन्त्र ÷ ७६ á
एकीकृत जनक्रान्ति र गाउँ–सहरको सम्बन्ध ÷ ७९ á
प्रथम राष्ट्रिय सम्मेलनको दिशानिर्देश ÷ ९० á
कोलार चुनखानी र जनसरोकार ÷ ९७ á
कम्युनिस्ट आन्दोलनमा संस्कृति र प्रभाव ÷ १०३ á
आजको सन्दर्भमा मैले देखेको कुरा ÷ १०९ á
जनसुरक्षा दस्ताको नीतिगत प्रतिबद्धता ÷ ११४ á
जनसुरक्षा दस्ताको प्रस्तावना र उद्देश्य ÷ ११८ á
के यो कम्युनिस्ट सरकार हो ÷ ११२ á
महाधिवेशन र जनअपेक्षा ÷ १२६ á
पार्टीको नीति, सिद्धान्त र नेतृत्व ÷ १३० á
जनसुरक्षा दस्ताको आवश्यकता र औचित्य ÷ १३७ á
वर्तमान राज्यसत्ता र केही सैद्धान्तिक प्रश्न ÷ १४० á
कम्युनिस्ट आन्दोलनले उजागर गरेका विषय ÷ १४५ á
संविधान निर्माणमा दलको भूमिका ÷ १५२ á
युवा समस्या र आन्दोलनको दिशा ÷ १५८ á
संविधान निर्माणमा शान्तिसुरक्षाको प्रश्न ÷ १६६ á
आन्तरिक समस्या र राष्ट्रिय सम्मेलन ÷ १६९ á
संविधान निर्माण र राष्ट्रिय स्वाधीनता ÷ १७४ á
मेची–महाकाली अभियान २०६६ ÷ १८० á
वर्तमान सत्ता, सङ्घर्ष र संविधान निर्माण ÷ १८५ á
कम्युनिस्ट ध्रुवीकरणको प्रश्न ÷ १९० á
चौतर्फी अतिक्रमण र गणतान्त्रिक सरकार ÷ १९५ á
झाडा–पखालाको महामारी र सरकार ÷ १९८ á
संयुक्त आन्दोलन र वर्तमान लाचार सरकार ÷ २०२ á
सङ्घीय गणतन्त्र स्थापना, र आवश्यकता ÷ २०५ á
सीमा अतिक्रमण र राष्ट्रियताको सङ्घर्ष ÷ २०९ á
आत्मनिर्णयको सिद्धान्त र सङ्घीय राज्य ÷ २१२ á
प्रधानमन्त्री प्रचण्डको सम्बोधनबारे ÷ २१७ á
पार्टी एकताको सम्भावना ÷ २२२ á
दलीय सर्वसत्तावाद र संविधानसभाको निर्वाचन ÷ २२६ á
राजनीतिक सङ्क्रमण र राष्ट्रियता ÷ २३१ á
संविधानसभाको निर्वाचन र शान्तिसुरक्षा ÷ २३७ á
संविधानसभा, राज्यको नीति र रूपान्तरण ÷ २४१ á
लोकतान्त्रिक गणतन्त्र स्थापनाका आधार ÷ २४५ á
संयुक्त युवा आन्दोलन र वाईसीएल ÷ २५० á
गणतन्त्र स्थापनाका लागि युवा ÷ २५४ á
जनआन्दोलन ०६२÷०६३ र लोकतान्त्रिक गणतन्त्र ÷ २५९ á
पार्टी एकताको रक्षामा नकारात्मक भूमिका ÷ २६३ á
प्रतिगामनविरुद्ध आन्दोलन र पार्टीहरू ÷ २६८ á
लुम्बिनी प्रकरणमा राज्यको नीति ÷ २७३ á
सङ्कटपूर्ण परिस्थिति र युवाहरू ÷ २७८ á
एकाधिकारतन्त्र र पारदर्शिता ÷ २८१ á
प्रतिगमनको समस्या, आन्दोलन र निकास ÷ २८५ á
सांस्कृतिक समारोहमा जनजाति कलाकारको गर्जन ÷ २९१ á
प्रतिगमन र युवाहरूको दायित्व ÷ २९७ á
प्रतिगमन र राजनीतिक पार्टी ÷ ३०० á
राजनीति, कला–साहित्य र संस्कृति ÷ ३०६ á
 

प्रकाशकीय

 



सार्थक कदम

चिरन पुन ‘मिलन’ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् नारायणी ब्युरो इन्चार्ज हुनुहुन्छ । नेकपाका युवानेता चिरन जनवादी कलाकार पृष्ठभूमिका व्यक्तित्व हुनुहुन्छ । गीतकार, सङ्गीतकार र गायकसमेत रहनुभएका चिरनका विभिन्न जनवादी गीति एल्बमहरू सार्वजनिक भइसकेका छन् भने कतिपय सार्वजनिक हुने क्रममा छन् । यतिबेला भने उहाँ राजनीतिलाई केन्द्रमा राखेर लेखिएको पुस्तक ‘एकीकृत जनक्रान्तिका आधारहरू’ लिएर उपस्थित हुनुभएको छ । डेढ दशकभित्र विभिन्न आवश्यकतामा निर्माण भएर प्रकाशित भइसकेका दार्शनिक, राजनीतिक, वैचारिक, सांस्कृतिक र साङ्गठनिक विषयका लेखहरूको सङ्ग्रह हो– ‘एकीकृत जनक्रान्तिका आधारहरू’ ।

‘एकीकृत जनक्रान्तिका आधारहरू’ मूलतः नेपालमा विभिन्न कालखण्डमा सञ्चालित आन्दोलन, सङ्घर्ष, विद्रोह, जनयुद्ध र क्रान्तिको चर्चा–परिचर्चा गरिएको राजनीतिक पुस्तक हो । विभिन्न सन्दर्भ र जिम्मेवारीमा रहँदा आवश्यकताअनुसार लेखिएका लेखहरूको सङ्ग्रह हो यो । यस पुस्तकमा सङ्गृहीत लेखहरू राष्ट्रियता, जनतन्त्र, जनजीविका, समसामयिक राजनीति, संस्कृति र पछिल्लो कालखण्डमा नेपालमा नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयनलाई केन्द्रमा राखिएको छ । 

एकीकृत जनक्रान्ति सही दार्शनिक तथा राजनीतिक दृष्टिकोण र कार्यदिशा रहेको निष्कर्षसहित सङ्गृहीत यस पुस्तकले नेपाली भूमिबाट विकसित मालेमावादको नयाँ कार्यदिशाबाट नै कम्युनिस्ट आन्दोलनले सही दिशा समात्ने र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्त हुने निष्कर्ष निकालिएको छ । एउटै विषय र उद्देश्यमा आधारित भएर नलेखिएकाले पाठकले सबै लेखहरूमा शीर्षक सार्थकता पाउनेछैनन् तर सारमा नेपाल, नेपाली श्रमजीवी जनता र विश्व सर्वहारावर्गको मुक्ति नै यस पुस्तकको मूल सार हो । विविध विषयमा लेखिएको झन्डै ग्रन्थाकारको पुस्तक प्रकाशन गर्ने अवसर दिने चिरन पुन ‘मिलन’ लाई बधाई र उहाँको स्रष्टा जीवनको सफलताका लागि शुभकामना दिन्छौँ र पाठकवर्गसँग विगतमा अन्य पुस्तक र हाम्रा सिर्जनालाई झैँ यस पुस्तकलाई पनि माया गर्नुहुनेछ भन्ने अपेक्षा राख्छौँ ः
पश्चिमबाट हाम्रो सीमा वर सर्दैछ
पूर्वबाट नेपालीको बस्ती उठ्दैछ
लम्क नौजवान, चम्क नौजवान
खुकुरी र बन्दुक बोकी लम्क नौजवान ।
प्रकाशकीय
१३ जेठ, २०७५
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति 

लेखकीय

 


सर्वप्रथम माओले सन् १४ अगस्ट १९४९ मा ‘भ्रमहरूलाई मिल्काऊ, सङ्घर्षको तयारी गर’ भन्ने सन्दर्भमा राख्नुभएको सुन्दर भनाइ प्रस्तुत गर्न चाहन्छु, “वर्गहरू सङ्घर्ष गर्छन्, केही वर्ग विजय पाउँछन्, अरूहरू निर्मूल हुन्छन् । इतिहास यस्तै छ, सभ्यताको हजारौँ वर्षको इतिहास यस्तै छ ।” वर्गसङ्घर्ष निरन्तर चलिरहेको छ । विजय पाउने सुन्दर अभिलासा छ । इतिहासका सकारात्मक तथा नकारात्मक शिक्षाहरूको जगबाट यात्रा निरन्तर जारी छ । यात्राको लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादसम्मको हो ।

मेरो जीवनको राजनीतिक यात्रा कहिल्यै निरस बनेन, बरु सधँै उत्साहित, सक्रिय र आशावादी ढङ्गले बित्यो र यो अहिलेसम्म पनि निरन्तरमा छ । कामका दौरानमा जे जति जिम्मेवारीहरू आइलागे, त्यसलाई सधैँ उत्साहपूर्वक आफ्नो क्षमताले पुगे र भेटेसम्म पूरा गर्ने भूमिकामा आफूलाई कहिल्यै पछि पारिनँ । आजसम्मको राजनीतिक यात्रामा पारिवारिक सुख–सुविधा र आर्थिक प्रलोभनहरूका बन्धनहरूलाई कुल्चेर क्रान्ति, क्रान्ति र फेरि पनि क्रान्ति भन्दै वैज्ञानिक समाजवाद र साम्यवादको चुचुरो चुम्न हामफाल्ने प्रतिबद्धतामा कमी आउने गलत दृष्टिकोणलाई आफूभन्दा अलि टाढा राख्न सकिएको छ ।

विभिन्न समय, सन्दर्भ र जिम्मेवारीमा रहँदा समसामयिक विषयहरूमा तत्कालीन अवस्थामा आफूलाई लागेको र सकेजति सही दृष्टिकोणहरू लेखमार्फत सार्वजनिक गरिएको कुरा पनि सर्वविदितै छ । ती सबै लेखहरू विविध कारणले गर्दा सङ्कलन गर्न असमर्थ रहेँ । मुख्यतः २०६० सालदेखि हालसम्मका केही र भेटिएका दार्शनिक, सैद्धान्तिक, राजनीतिक, समसामयिक, सांस्कृतिक एवम्राष्ट्रियतासित सम्बन्धित लेखहरूलाई सङ्कलन गरेर एकीकृत जनक्रान्तिको आधारहरू नामक पुस्तक तपाईंहरूको हातमा सगौरव पस्कन सफल भएको छु । निश्चय पनि प्रस्तुत पुस्तक विभिन्न समय र जिम्मेवारीमा रहँदा लेखिएका लेखहरूको सङ्ग्रह भएकाले यसमा सङ्गृहीत कतिपय सामग्रीमा शृङ्खला नमिलेजस्तो अनुभूति हुनु स्वभाविक नै हो । यो सन्दर्भबाट विज्ञ पाठक मित्रहरूमा पर्न जाने असुविधाप्रति म सचेत छु ।

जीवनमा क्रान्ति र वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानको खोजी गर्दै हरेक मोड चाहर्न कतै बाँकी राखियो जस्तो लाग्दैन । आज नेपाल कम्युनिस्ट पार्टी त्यसको संवाहक बनेर कमरेड विप्लवको नेतृत्वमा नेपाली जनतासामु उपस्थित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा सर्वोत्तम् कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ सहित वैज्ञानिक र वस्तुपरक निष्कर्षका साथ क्रान्ति–याात्रा अघि बढिरहेको छ । १. गाउँ सहरको सम्बन्ध र विकास (नगरसमाजको विकास) २. विज्ञान र प्रविधिमा विकास ३. भूपरिवेष्ठित देश ४. नयाँ श्रमिकवर्गको विकास ५. जाति–जनजातिको बसोवास र अन्तर्सम्बन्ध ६. देशभक्त शक्तिको उपस्थिति एवम् ७. दलाल पुँजीवादी चरित्र आदि समकालीन नेपाली समाजको नवीन विशेषतालाई ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाले सही र वस्तुपरक सम्बोधन गरेको छ । उत्तर साम्राज्यवाद, दलाल तथा सामाजिक दलाल पुँजीवादका सबैखाले उत्पीडनलाई परास्त गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्तिको महाअभियानले अग्रगति लिइहेकै छ । यसर्थ, प्रस्तुत पुस्तकको नाम एकीकृत जनक्रान्तिका आधारहरू राखिएको हो ।

महान् तथा ऐतिहासिक १० बर्से जनयुद्ध निकै ठूलो समर्पण, त्याग, बलिदान र सहादतको जगमा उभिएको कुरा सबैको सामु सुस्पस्ट नै छ । नेपालमा नयाँ जनवादी, समाजवादी र साम्यवादी राज्यसत्ता आवश्यक छ भन्ने बुलन्द आह्वानलाई विश्वसामु थर्कमान हुने गरी प्रत्याक्रमणको चरणसम्म १० बर्से महान् जनयुद्ध अघि बढेको थियो । सर्वहारावर्गको राज्यसत्ता ल्याइछोड्ने अजङ्ग क्रान्तिकारी प्रतिबद्धतालाई सुनौलो भविश्यतर्फ बेगिलो तुफानजस्तै शिखरतर्फ हुइँकिँदै थियो । सर्वहारावर्गीय मुक्तिको लागि कि मुक्ति कि मृत्युको प्रतिबद्धतामा हाँस्दै सहिद बन्न लामबन्दी हुने गौरवमय यात्रामा खचाखच भरिएका क्रान्तिकारी योद्धाको भूमिकाले सामुद्रिक छालजस्तै गर्जेर दुश्मनहरूलाई हुङ्कार दिँदै थिए । एकाएक, नायकहरू खलनायकमा बदलिए । आक्रोशहरू पीडामा बदलिए । कारबाहीहरू बार्गेनिङमा बदलिए । क्रान्तिकारी नीति, सिद्धान्त, विचार, दर्शन, प्रतिबद्धताहरूमा दुषित, विषालु तथा खतरनाक जीवाणुहरूको प्रवेश भयो र निराशाको चरम सङ्कट, पलायनता र विसर्जनको भुँमरीमा माओवादी आन्दोलनमा नराम्ररी फस्यो । फेरि तिनै खरानीहरूबाट जुर्मुराउँदै एउटा विशाल प्रतिबद्धता नेपाली जनतासामु ठिङ्ग उभिएको छ, नेपाल कम्युनिस्ट पार्टी । “गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बहादुर लड्छ र इमानदार अघि बढ्छ ।” महान् होची मिन्हको यो भनाइलाई आत्मसात् गर्दै वैज्ञानिक समाजवादको शिखर चुम्न फेरि लामबद्ध हुँदैछन् राता मान्छेहरू !

पार्टीको जिम्मेवारी र साङ्गठनिक कामको व्यस्तताको बीचमा पनि यो पुस्तक सार्वजनिक गर्न मलाई उत्पेरणा दिने सम्पूर्ण मित्रहरू धन्यवादका पात्र हुनुहुन्छ । तत्कालीन अवस्थामा मेरो लेखहरू प्रकाशन गरेर पाठकसामु पु¥याउन भूमिका खेल्ने ‘जनक्रान्ति’ केन्द्रीय मुखपत्र, नेपाल कम्युनिस्ट पार्टी, ‘हस्तक्षेप’ मुखपत्र नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरो, ‘रातो खबर’ साप्ताहिक काठमाण्डौ, ‘Ñउषाकालीन’ साप्ताहिक बाग्लुङ, ‘नयाँ दिशा’ दैनिक बुटवल, ‘देशप्रेम’ साप्ताहिक काठमाण्डौ, ‘हाँक’ साप्ताहिक काठमाण्डौ, ‘अग्रगति’ साप्ताहिक काठमाण्डौ, ‘समर प्रतीक’ मासिक काठमाडौ, ‘Ñदृष्टिकोण’ मासिक काठमाण्डौ, ‘Ñजुलुस’ साप्ताहिक हेटौंडा, ‘युवा कम्युनिस्ट’ मुखपत्र काठमाण्डौ, ‘रिहा’ त्रैमासिक काठमाण्डौ, ‘सञ्चार दर्शन’ साप्ताहिक काभ्रे, ‘जनजाति सन्देश’ पाक्षिक काठमाण्डौलगायतका सम्पूर्ण टिमलाई यो बेलामा स्मरणसहित हार्दिक धन्यवाद दिन चाहन्छु ।

पुस्तकको भाषा सम्पादनमा सहयोग गर्ने मित्र खेम थपलियाप्रति आभार व्यक्त नगरिरहन सक्दिनँ । आवरण साजâ–सज्जामा मिहिनेत पुस्तकलाई सुन्दर बनाउन भूमिका खेल्नुहुने अग्निराज पौडेल ‘अराप’ प्रति कृतज्ञ छु । पुस्तक प्रकाशन गरेर पाठकसामु पु¥याउन सहयोग गर्ने अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । पुस्तकमा कमजोरीहरू छन्र हुन सक्छन्, आवश्यक सुझाव र सल्लाहका लागि मेरो सकारात्मक पर्खाइ रहने नै छ । तपाईंहरूको सुझाव, सल्लाहले मेरो आगामी लेखन–यात्रालाई झनै प्रतिबद्ध बनाउने विश्वास र प्रतिबद्धतासहित !

चिरन पुन ‘मिलन’

E-mail : chiranpunji@gmail.com

Blog : chiranpun.blogspot.com


सवैलाई धन्यवाद ।





गीतकारहरू ः
विप्लव सी
प्रकाण्ड सी
विषम सी
पे्रम सी
धर्मेन्द्र बास्तोला ‘कन्चन’
उदय चलाउने ‘दीपक’
नारायण दङ्गाल
ओम पुन
कृष्णहरि भट्ट
हरि सी
विजयराज प्यासी
आधार सी
प्रकाश सी
रणवीर सी

एरेन्जर (म्युजिक संयोजन)
शिलाबहादुर मोक्तान 
बीबी अनुरागी
आशीष अविरल
नारायण दङ्गाल
सौगात सायर
कमल सौराग
हेमराज आश्रम
योगेश काजी


गायक गायिका
टेकबहादुर बलम्पाकी
निलिमा पुन
बबिता पाख्रीन
सौगात सायर
प्रगति महरा
केशरी घर्ती मगर ‘एलिना’
चिरन पुन ‘मिलन’ 
मोहित श्रेष्ठ
अनिश योञ्जन
रमण थामी
निर्मला घिसिङ
सोनु घिसिङ
लक्ष्मी गुरुङ (बुटवल)
लक्ष्मी गुरुङ ‘निरपवन’
देवी बस्नेत
विमला विक
तुलबहादुर सलामी
विष्णु पुन
शारदा रसाइली
सिद्धान्त परियार
रमेश परियार
सुनिता थिङ
लक्ष्मण तामाङ
आरोह नेपाली
राज सिग्देल
योगेश काजी
तारा सञ्ज्याल
चिरन पुन ‘मिलन’

मिक्सिङ–मास्टरिङ
महेश्वरमान राजभण्डारी
श्यामश्वेत रसाइली
राजीव शाह
नारायण दङ्गाल
चन्द्र चौधरी
एचवीएन किस्मत ‘भान्जा’
प्रकाश खरेल
नरेन्द्र वियोगी
कृष्ण महर्जन
पे्रमदीप राम्जाली

रेकर्डिङ स्टुडियो
म्युजिक नेपाल
रागा रेकर्डस
म्युजिक प्लस
गुञ्जन रेकर्डिङ
वेव रेकर्डिङ
प्रिज्मा रेकर्डिङ
काठमाण्डौ डिजिटल
अकेस्टिक रेकर्डिङ
ड्रिम्स रेकर्डिङ
भर्जिन भ्वाइस रेकर्डिङ
एसएमएस रेकर्डिङ
साउन्ड मिल
अल्फा डिजिटल

बाद्यवादनतर्फ
कुमार महाराजा
(ढोलक÷तबला÷मादल)
भुवन गन्धर्व
(ढोलक÷तबला÷मादल)
खड्क बुढा (मादल)
पोषण घर्ती मगर (मादल)
हेमन्त कान्छा (सारङ्गी)
गोपाल देव (बाँसुरी)
रत्न विक (बाँसुरी)
सन्तोष श्रेष्ठ (ईश राज)
अनुप (गितार)
बलबहादुर जैरु (पञ्चेबाजा)
 

Wednesday, September 6, 2023

गीतहरु ८



- जनक्रान्ति तिमी
- तिमीलाई खोज्दै
- सपनाका यात्री
- त्यो आउनेछ
- आँधी हुरी
- कदममा कदम (परेड गीत)
- सिर्जनाको फÁल
- एउटा जित
- मजदुर किसान दाजुभाइ
- तिमी कतै
- जिते संसार
- सङ्घर्षको सुख प्रिय लाग्छ
- सहिद
- जनताको काखैमा
- ध्वस्त गर
- जनताको हुल
- फूलले झैँ
- आकाशमा हेर
- गरिब
- सुझाऊ तिमी
- साम्यवाद
- प्राणभन्दा प्यारो
 -निराश हुनु हुन्न साथी




जनक्रान्ति तिमी
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है
घर घरमा विजय खबर टाँसिराख है
ए हो सँगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घर घरमा टाँसिराख है
गाउँ सहर चारैतिर तिम्रै चर्चा छ रे
जता हे¥यो उतैतिर तिम्रै पर्चा छ रे

सजीव पात पलाइरहे निर्जीव पात झरे
स्वाधीनता र मुक्ति पाउन तिम्रै भर परे
एकीकृत जनक्रान्ति तिमी हाँसिराख है
घर घरमा विजय खबर टाँसिराख है
ए हो सँगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घर घरमा टाँसिराख है

संसारभरि दलाल पुँजी गलपासोमा छरे
सिङ्गो धर्ती क्रान्ति गीत आहै गाउँदै छ रे
वैज्ञानिक समाजवाद लहै छाउँदै छ रे
हाम्रो प्यारो देशले नयाँ जीवन पाउँदै छ रे

एकीकृत जनक्रान्ति तिमी हाँसिराख है
घर घरमा विजय खबर टाँसिराख है
ए हो सँगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो घर घरमा टाँसिराख है
ए हो सँगी हो जनक्रान्ति हाँसिराख है
ए हो साथी हो सम्बन्ध गाँसिराख है ।
ááá
रचना ः मोहलाल चन्द ‘आधार’, 
सङ्गीत ः चिरन पुन
स्वर ः विमला विक, रमेश नेपाली, एरेन्ज ः 
सौगात सायर, 
एल्बम ः सपनाका यात्री
तिमीलाई खोज्दै
तिमीलाई खोज्दै लेक पुगेँ, पुगेँ तराईसम्म
तिमीलाई खोज्दै बेसी पुगेँ, पुगेँ हिमालसम्म
पूर्वको मेची पुगेँ, पश्चिमको भेरी पुगेँ
तिमीलाई खोज्न सबै पुगेँ, पुगेँ अरब खाडीसम्म

मैले सोधेँ तारेभीरलाई टोलाउँदै भन्याँे उसले दुःखीको गीत गाउँदै छ
मैले सोधेँ देउरालीलाई बोलाउँदै भन्याँे उसले जनताको सङ्गीत भर्दै छ
मैले सोधेँ सालघारीलाई सुसाउँदै भन्याँे उसले मुक्तिको सन्देश छर्दै छ
मैले सोधेँ झरनालाई कलकलाउँदै भन्याँे उसले क्रान्तिको गीत गाउँदै छ
तिमीलाई खोज्दै ...

बराजुको खेत पुगी किसानलाई सोधेँ मैले हाम्रो दिन आउँछ भन्दै छन्
बरपीपलको छायामुनि भरियालाई सोधेँ मैले हाम्रो जित हुन्छ भन्दै छन्
व्यभिचारको चौघेरामा चेलीलाई सोधेँ मैले निराश नभै उठ्न भन्दै छन्
कारखानको भट्टीभित्र मजदुरलाई सोधेँ मैले क्रान्ति विगुल फुक भन्दै छन्

तिमीलाई खोज्दै लेक पुगेँ, पुगेँ तराईसम्म
तिमीलाई खोज्दै बेसी पुगेँ, पुगेँ हिमालसम्म
पूर्वको मेची पुगेँ, पश्चिमको भेरी पुगेँ
तिमीलाई खोज्न सबै पुगेँ, पुगेँ अरब खाडीसम्म ।
ááá
असोज, २०७५
रचना ः नारायण दङ्गाल, सङ्गीत ः चिरन पुन
स्वर ः सिद्धान्त परियार, 
एरेन्ज ः नारायण दङ्गाल, 
एल्बम ः सपनाका यात्री



सपनाका यात्री
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ २
सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन २
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ
सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन मर्छ २
सपनाहरू मर्न नदेऊ,
सपनाहरू झर्न नदेऊ २

भुरुरु उड्यो पन्छी, पन्छीझैँ उड्यो मान्छे
सपना उड्यो पन्छीसँग
मान्छे उड्यो सपनासँग २
सपना टुटे यात्रा टुट्छ, यात्रा टुटे लक्ष्य छुट्छ २
सपनाहरु टुट्न नदेउ
लक्ष्यलाइ छुट्न नदेउ २
सपना फुले जिवन फुल्छ, जिवन फुले आशा जाग्छ
सपनाहरु फुल्न देउ
आशाहरु जाग्न देउ २

चम्किने आकाशका तारा, ताराजस्तै चम्क्यो धर्ती २
सपना चम्क्यो तारासँग,
धर्ती चम्क्यो सपनासँग २

निरन्तर बग्ने समय, समयझैँ बदलिन्छ युग
सपना उड्छ युगसँग,
युग फेरिन्छ सपनासँग २
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ २
सपनामै जिउँछ जीवन
सपनामै रम्छ जीवन २
सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ ।
ááá
भदौ, २०७५
रचना ः नेत्रविक्रम चन्द ‘विप्लव’,
सङ्गीत ः चिरन पुन
स्वर÷एरेन्ज ः योगेश काजी
एल्बम ः सपनाका यात्री

त्यो आउनेछ
त्यो आउनेछ आउनेछ,
क्रान्तिको हुरी फेरि आउनेछ
पुँजीवादी सत्तालाई उडाई लानेछ,
क्रान्तिको हुरीले उडाई लानेछ
त्यो आउनेछ

तराईका फाँटबाट माथि माथि उठ्दै
पहाडका पाखाबाट डाँडा काँडा नाघ्दै
सिङ्गो आकाश ढाकेर त्यो आउनेछ
सारा धर्ती छोपेर त्यो आउनेछ, त्यो आउनेछ, आउनेछ

सहरका गल्लीबाट ज्वालाहरू बाल्दै
कारखानाका भट्टीबाट आगोहरू बोक्दै
चैतमासको हुरीजस्तै बेगबेगमा आउनेछ
बर्षाको भेलजस्तै उर्लि उर्लि आउनेछ, त्यो आउनेछ, आउनेछ

देशघाती दलालको स्वर्ग जलाउँदै
वैज्ञानिक समाजवादको झन्डा फहराउँदै
गाउँदेखि सहरसम्म लहर बनेर
युग फेर्ने अभियानको सन्देश छोडेर

त्यो आउनेछ आउनेछ
क्रान्तिको हुरी फेरि आउनेछ
पुँजीवादी सत्तालाई उडाई लानेछ
क्रान्तिको हुरीले उडाई लानेछ
त्यो आउनेछ, आउनेछ ।
ááá
वैशाख, २०७५
रचना ः नेत्रविक्रम चन्द ‘विप्लव’, 
सङ्गीत ः चिरन पुन, 
एरेन्ज ः योगेश काजी

आँधी हुरी
आँधी हुरी भुँवरी र ज्वारभाटा पन्छाउँदै
बलिदान र वीरताका पाइलाहरू पछ्याउँदै
आऊ साथी शिखर चढ्ने अर्को नयाँ यात्रा थालौँ
उन्मुक्तिको महान् यात्रा अठोट हाम्रो जारी राखौँ

प्रगतिका पाइला सधैँ रगतले सिँचेका छन्
क्रान्तिबाहेक सभ्यताले काँचुली कहाँ फेरेका छन्
एउटा होइन, सय होइन, हजार क्रान्ति लड्नुपर्छ
र त हेर मानव जाति अस्तित्वमा अघि बढ्छ
आँधी हुरी ...

हजार हजार मृत्युहरू कोखिलामा च्यापी हिँड्ने
अजर अमर योद्धा बनी आजादीको युद्ध जित्ने
समयका अग्रगामी पाइलाहरू खोजी हिँड्ने
तिमी नै हो इतिहासमा नयाँ नयाँ पर्दा खोल्ने
आँधी, हुरी, भुँवरी र ज्वारभाटा पन्छाउँदै
बलिदान र वीरताका पाइलाहरू पछ्याउँदै
आऊ साथी शिखर चढ्ने अर्को नयाँ यात्रा थालौँ
उन्मुक्तिको महान् यात्रा अठोट हाम्रो जारी राखौँ ।
ááá
पुस, २०७१
रचना ः दीपक चलाउने ‘उदय’
सङ्गीत ः चिरन पुन

कदममा कदम (परेड गीत)
कदममा कदम बढाई, हातमा हात मिलाई
लेफ्ट राइट लेफ्ट
बढ नौजवान अघि बढ
नयाँ संसार निर्माण गर्न
डट सङ्घर्षमा डट, डट विप्लवी सङ्ग्राममा डट

विद्रोह हो अधिकार हरजनको टिक्दैन यो अन्धकार (टर्न अप)
समानता र समृद्धिको उज्ज्वल भै आउनेछ प्रज्वलित यो संसार
विष्फोट भै ज्वालामुखीझैँ, चट्याङझैँ गर्जंदै उठ
युवा, प्रौढ, वृद्ध हो, मुक्तिका खातिर उठ
कदममा कदम बढाई

हट्नेछ विभेद सारा जात, रङ्ग, असमान गरिबीको
हुनेछ पृथ्वी सबैको लक्ष्य चुम्ने अनन्त नक्षत्रको
चल्नेछन् उद्यम कला, सन्तति सुख सबैको
स्वाभिमानी शिर उठाई, हिँड्न छ मानव विश्वको
कदममा कदम बढाई

नझुकौँ नडगौँ कोही साम्यवादको अन्तिम हो लक्ष्य यो
तोडौँ लौ अन्धकारको जञ्जीरसबै अन्त्य हुन्छ पुँजीवादको
मेटाऊ सबै कृत्रिम रेखा, विश्व सिङ्गै हो मानिसको
मिलाऊ अन्तर्राष्ट्रिय हातहरू, क्रान्ति हो नयाँ युगको
कदममा कदम बढाई ।
ááá
भदौ, २०७५
रचना ः धर्मेन्द्र बास्तोला ‘कञ्चन’
सङ्गीत ः चिरन पुन
सिर्जनाको 
सङ्घर्षमै सिर्जनाको फूल फुल्दो रै’छ
क्रान्तिमै अधिकारको छितिज खुल्दो रै’छ
फूल फुल्दो रै’छ, छितिज खुल्दो रै’छ

सङ्घर्षमै सिर्जनाको फूल फुल्दो रै’छ
सङ्घर्षशील मानिसले स्वार्थ भुल्दो रै’छ
समाजमा श्रमिक वर्ग स्वाट्टै घुल्दो रै’छ
जब घुल्यो समाजमा चेत खुल्दो रै’छ
चिस्यानमा नि सङ्घर्षको आगो बल्दो रै’छ

जीवन र जगत्मै विचार फुल्दो रै’छ
नयाँ नयाँ खोजहरूमा निकास डुल्दो रै’छ
एकीकृत जनक्रान्तिमै जीवन फुल्दो रै’छ
वैज्ञानिक समाजवादमा युगै खुल्दो रै’छ ।

सङ्घर्षमै सिर्जनाको फूल फुल्दो रै’छ
क्रान्तिमै अधिकारको छितिज खुल्दो रै’छ
फूल फुल्दो रै’छ, छितिज खुल्दो रै’छ
सङ्घर्षमै सिर्जनाको फूल फुल्दो रै’छ
ááá
२०७५
रचना ः मोहलाल चन्द ‘आधार’
सङ्गीत ः चिरन पुन

एउटा जित
एउटा हार एउटा जित अन्तिम सत्य हुँदैन है
मृत्युसँग नखेल्नेले जीवन जिउन सक्दैन है

अविश्वास र आशङ्काको कालो बादल पन्छाउने
श्रमजीवी जन मनको मुक्तिमार्ग डो¥याउने

इतिहासको नियम हो यो सत्कर्मको बाटो हिँडौँ
धोखाधडी गद्दारीका पर्खालहरू तोडी बढौँ

एउटा हार एउटा जित अन्तिम सत्य हुँदैन है
मृत्युसँग नखेल्नेले जीवन जिउन सक्दैन है ।
ááá
२०७५
रचना ः दीपक चलाउने ‘उदय’
सङ्गीत ः चिरन पुन
मजदुर किसान दाजुभाइ
मजदुर किसान दाजुभाइ मसाल बाली आउँदै छन्
भ्रष्टाचारी दलालको महलमा आगो लाउँदै छन्

लुट्नसम्म लुटेका छौ हाम्रै खुन चुसेका छौ
पसिनाको मूल्य पाउन जुर्मुराउँदै उठेका छौ
मजदुर किसान दाजुभाइ ...

सोचेका छौ छोडिजाऊँला खोक्रो बनाई उडिजाऊँला
हाम्रो देशको ढुकुटीलाई रित्तो बनाई भागिजाऊँला

मजदुर किसान दाजुभाइ मसाल बाली आउँदै छन्
भ्रष्टाचारी दलालको महलमा आगो लाउँदै छन् ।
ááá
२०७४
रचना ः विजयराज प्यासी
सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ, रमण थामी
एरेन्ज ः हेमराज आश्रम

तिमी कतै
तिमी कतै कालो मैलो भेल त¥यौ कि
तिमी कतै झुक्किएर जेल प¥यौ कि
ओ प्रिय

हुलभेलमा अचेतना लागू ग¥यौ कि
होस गुमाई दुश्मनसामु तलै झ¥यौ कि
रङ्गी चङ्गी प्रलोभनमा कतै गल्यौ कि
यातनाले होस गुमाई ठहरै प¥यौ कि
कतै तिमी

महान् सदित सम्झिएर जित हासिल ग¥यौ कि
चक्रवर्ती सङ्घर्षमा जीवन ध¥यौ कि
सलाम साथी सलाम सँगी कमाल ग¥यौ कि

तिमी कतै कालो मैलो भेल त¥यौ कि
तिमी कतै झुक्किएर जेल प¥यौ कि
ओ प्रिय
हुलभेलमा अचेतना लागू ग¥यौ कि ।
ááá
२०७६
रचना ः मोहलाल चन्द ‘आधार’
सङ्गीत ः चिरन पुन
जिते संसार
डुम्रे भन्सार, डुम्रे भन्सार २
हारेमा के छ र जिते संसार २
डुम्रे भन्सार, डुम्रे भन्सार २
हारेमा हत्कडी जिते संसार ३

दुई पटक होइन मर्ने, जुनी एक हो जान्नु,
मरी लाने के पो छ र किन डर मान्नु २
भाग्य, कर्म केही होइन, न छ पाप पुण्य,
स्वर्ग नर्क केही छैन, न छ लिने दिने २
डुम्रे भन्सार, डुम्रे भन्सार २
लुट्नेहरू लुटेकै छन् लुट्नेसम्म लुटे,
चुस्नेहरू चुसेकै छन् चुस्नसम्म चुसे
डुम्रे भन्सार, डुम्रे भन्सार २
कति बस्ने दमन सही, फेरि सबै जुट्ने,
काँधमा बन्दुक बोकी, एक भई उठ्ने २

आकाशको गड्याङ गुडुङ, मेघ होइन क्रान्ति,
क्रान्तिले नै लिई आउँछ, सबले खोज्ने शान्ति २
दुनियाँलाई दुःख दिने, यही संसदवाद हो,
जनताको व्यवस्था त वैज्ञानिक समाजवाद हो २
डुम्रे भन्सार, डुम्रे भन्सार २
भ्रष्टाचारी दलालको अब दिन गयो,
दलाल सत्ता अन्त्य गर्ने दिन अब आयो
डुम्रे भन्सार, डुम्रे भन्सार २
आऊ न साथी सबै मिली नयाँ मोर्चा कसौँ,
भ्रष्ट शासन अन्त्य गरी ढुक्कसँग बसौँ २
डुम्रे भन्सार, डुम्रे भन्सार २
हारेमा के छ र जिते संसार २
डुम्रे भन्सार, डुम्रे भन्सार २
हारेमा हत्कडी जिते संसार ३ ।
ááá
२०७६ वैशाख
रचना ः सन्तोष बुढा मगर विषम
सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷सिद्धान्त परियार÷शारदा रसाइली÷केशरी घर्ती मगर
एल्बम ः सपनाका यात्री



सङ्घर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त सुख (अनेकौँ छन्) ३
जीवनमा भोग्ने सङ्घर्षको सुख प्रिय लाग्छ २
भोग्नलाई त सुख अनेकौँ छन्
जीवनमा भोग्ने सङ्घर्षको सुख प्रिय लाग्छ २

जहाजमा उड्नु, गाडीमा गुड्नु,
साथीभाइसँग रस–रङ्गमा डुब्नु २
सबै सबै सुख नै हुन्
न्यायका लागि जोखिममा खेल्नु,
सत्यका लागि विपत्ति झेल्नु
सङ्घर्षको सुख प्रिय लाग्छ २
भोग्नलाई त सुख अनेकौँ छन्
जीवनमा भोग्ने सङ्घर्षको सुख प्रिय लाग्छ २

उन्मादी विलास रमझममा भुल्नु
प्रियतम्, प्रियतमा अँगालोमा झुल्नु २
यी सारा सबै सुख नै हुन्
मुक्तिका लागि आगोमा कुद्नु
लक्ष्यका लागि हुरीमा उड्नु
सङ्घर्षको सुख प्रिय लाग्छ २

भोग्नलाई सुख (अनेकौँ छन्) ३
क्रान्तिमा भोग्ने सङ्घर्षको सुख प्रिय लाग्छ २
भोग्नलाई त सुख अनेकौँ छन्
जीवनमा भोग्ने सङ्घर्षको सुख प्रिय लाग्छ ३ ।
ááá
२०७५ चैत २५
रचना ः नेत्रविक्रम चन्द विप्लव
सङ्गीत ः चिरन पुन, 
स्वर ः योगेश काजी÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल, 
एल्बम ः सपनाका यात्री
सहिद
सुनले, सहिद !
तिमीले अक्षर कुँदेर गयौ,
तर, बाँच्नेको जीवन कति छ कष्ट,
फर्किएर त हेर भएका छैनन् सपना पूरा
सङ्ग्राम चल्दै छ, समयले फेरि सहिदको मार्ग छिन्–परछिन् बढ्दै छ ।

जाति र जात, धनी र गरिब पुरानै व्यवस्था
आकाशमुनि बन्दीको जस्तो जनताको अवस्था
लुट्नेले खायो, लुटिने रोयो, फर्केको उनै दिन
सक्दैनौ देख्न, मुख थुनी बस्न, नसुनी स्वरहीन ।

भुलेका छैनौँ रगतको मूल्य, न भुल्छौँ सपना
न बस्छौँ हामी दयामा उनको, न सहन्छौँ यातना
सुन्दर संसार मानिसको हुने सर्वोच्च सभ्यता
आउनेछ एकदिन, खुलेर आकाश जनताको व्यवस्था ।

सुनले, सहिद ! तिमीले अक्षर कुँदेर गयौ, तर
बाँच्नेको जीवन कति छ कष्ट, फर्किएर त हेर
भएका छैनन् सपना पूरा सङ्ग्राम चल्दै छ
समयले फेरि सहिदको मार्ग यो देशमा बढ्दै छ ।
ááá
रचना ः धर्मेन्द्र बास्तोला ‘कञ्चन’
सङ्गीत ः चिरन पुन

जनताको काखैमा

जनताको काखैमा बसेर, जनताकै मायामा हुर्केर
जोगायौ आस्थाको ज्योतिलाई, बल्दै छ उज्यालो छरेर २।४

हुरीमा परियो रमाइयो, झरीले चुट्यो पचाइयो
विपत्ति आए सहियो, रगत बग्यो खपियो २
सकेन आमा सकेन, सकेन बाबा सकेन
चट्टानझैँ हाम्रो विश्वास, गोलीले ढाल्न सकेन
सकेन दिदी सकेन, सकेन बैनी सकेन
हिमालझैँ हाम्रो आस्थालाई, आगोले गाल्न सकेन
जनताको काखैमा बसेर, जनताकै मायामा हुर्केर
जोगायौ आस्थाको ज्योतिलाई, बल्दै छ उज्यालो छरेर २।४

जेलैमा परियो झुकेनौ, यातना पायौ चुकेनौ
भोकभोकै प¥यौ गलेनौ, घरबास उठे रुकेनौ २
निभ्दैन दाइ निभ्दैन, निभ्दैन भाइ निभ्दैन
दुनियाँ फेर्ने सपना, क्रान्तिको दियो निभ्दैन
निभ्दैन साथी निभ्दैन, निभ्दैन सँगी निभ्दैन
संसार हँसाउने हाम्रो सपना, टुट्दैन कहिल्यै टुट्दैन
जनताको काखैमा बसेर, जनताकै मायामा हुर्केर
जोगायौ आस्थाको ज्योतिलाई, बल्दै छ उज्यालो छरेर २।४
ááá
२०७८ बैसाख
रचना ः विप्लव, सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन, प्रगति महरा, केशरी घर्ती मगर, लक्ष्मण पाख्रीन
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः साम्यवाद

ध्वस्त गर
ध्वस्त गर युवा हो, सबै ध्वस्त गर
नयाँ समाज निर्माण गर्न पुरानोलाई ध्वस्त गर

वर्गविभाजनकारी उत्पादन सम्बन्धहरू
अन्यायपूर्ण सामाजिक सम्बन्धहरू
प्रगतिको छेकबार गर्ने सबै संस्कृतिहरू
पिछडिएका विचार अनि प्रतिगामी चेतनाहरू

शान्ति, समृद्धि र प्रगतिका सम्पूर्ण तगाराहरू
उज्ज्वल भविष्यको बन्ध्याकरण गर्ने अप्ठ्याराहरू
मानिसमाथि शोषण गर्ने नियम कानुनहरू
स्वतन्त्रतामा अड्चन हाल्ने सबै बन्धनहरू

ध्वस्त गर युवा हो, सबै ध्वस्त गर
नयाँ समाज निर्माण गर्न पुरानोलाई ध्वस्त गर ।
ááá
रचना ः कमरेड कञ्चन
सङ्गीत ः चिरन पुन

जनताको हुल
आकाशमा लौ हेर माल्चरीको हुल, क्रान्तिको बाटोमा नगर्नू है भुल
आइसक्यो लौ हेर जनताको हुल, फुटिसक्यो ए साथी क्रान्तिको मूल

हो पूर्व मेची पश्चिम काली सबैतिर जाली
ऐ जनताले पार्नुपर्छ अब यिनलाई खाली
हो चटके र पटकेलाई दिनुहुन्न ताली
ऐ गर्छन् यिनले जनतालाई जाली भाषण खाली
आकाशमा ...

हो जनताको आन्दोलनले राजा गए
ऐ फेरि पनि फटाहाले कब्जा गरे
हो जप्दै छन् फेरि पनि उही पुरानो मन्त्र
ऐ फाल्नुपर्छ जरैदेखि यो दलालीतन्त्र
आकाशमा ...
हो गाउँ सहर सबैतिर हल्ली खल्ली चल्यो
ऐ एकीकृत जनक्रान्ति अघि बढिसक्यो
हो दलाल सत्ता हेर अब ढल्न थालिसक्यो
ऐ वैज्ञानिक समाजवाद नजिक आइसक्यो
आकाशमा ...

हो बोलाइसके दलाल पराइ विदेशीलाई देशमा
ऐ आइसके दुष्टहरू साधु सन्त भेषमा
हो विदेशीको कलो खाई शासन गर्ने देशमा
ऐ राष्ट्रघाती खेल खेल्छन् दौरा सुरुवाल भेषमा
आकाशमा ... ।
ááá
रचना ः ओम पुन
सङ्गीत ः चिरन पुन

फूलले झैँ
फूलले झैँ मगमगाउने सुवास छर्नलाई
जनताको मुहारमा मुस्कान भर्नलाई
युद्ध त हुँदै हैन हिंसा त झनै होइन २
हामीले मुक्तिको लडाइँ लड्दै छौँ
हामीले वर्गीय क्रान्ति गर्दै छौँ २

हेर न हेर गाउँ सहरमा (उठ्दै छन् जोशिला मुट्ठीहरू) २
शिखर चुम्ने लक्ष्यलाई भेट्ने (बढ्दै छन् आँटिला शिरहरू) २
हाँसी हाँसी देशको लागि बलिदान दिन
जनताको जीवनमा खुसी दिन ल्याउन २

महान् छ विचार गौरवशाली (सुन्दर छ हाम्रो यात्रा) २
बाटो हो हाम्रो साम्यवादी (श्रमिक वर्गको साथ) २
वर्ग, जाति, वर्णको उत्पीडन फाल्न
वनको चरी नाचेजस्तै समानतामा नाच्न २

फूलले झैँ मगमगाउने सुवास छर्नलाई
जनताको मुहारमा मुस्कान भर्नलाई
युद्ध त हुँदै हैन हिंसा त झनै होइन २
हामीले मुक्तिको लडाइँ लड्दै छौँ
हामीले वर्गीय क्रान्ति गर्दै छौँ २
ááá
रचना ः हरि नेपाली
सङ्गीत ः चिरन पुन

आकाशमा हेर
आकाशमा हेर नौलाख तारा चम्किन्छ साँझखेर
अति भो हेर जनता सारा उठिदेऊ एक भएर २
सबैले बाँच्न पाउने पूरै धर्तीभरि
आफ्नै घाम आफ्नै जून सिङ्गै आकाशभरि २
आकाशमा हेर नौलाख तारा

आकाशभित्र आकाश गङ्गा कहाँ रोकिन्छ र !
समाजवादभित्र सुन्दर सपना कहाँ छेकिन्छ र ! २
देशले आज यही भन्छ
युगले आज त्यही भन्छ (भन्छ भन्छ त्यही भन्छ) २
वैज्ञानिक समाजवाद छिट्टै ल्याऊँ भन्छ

धर्ती आफ्नै सागर आफ्नै हिमाल पनि पाउनेछौँ
सुन्दर छ माथि सगरमाथा शिखर हाम्ले चुम्नेछौँ २
जनता आज के भन्छ
राष्ट्रले आज के भन्छ (भन्छ भन्छ त्यही भन्छ) २
वैज्ञानिक समाजवाद छिट्टै ल्याऊँ भन्छ

आकाशमा हेर नौलाख तारा चम्किन्छ साँझखेर
अति भो हेर जनता सारा उठिदेऊ एक भएर २
सबैले बाँच्न पाउने पूरै धर्तीभरि
आफ्नै घाम आफ्नै जुन सिङ्गै आकाशभरि २
आकाशमा हेर नौलाख तारा ।
ááá
रचना ः प्रेम सी
सङ्गीत ः चिरन पुन
एरेन्ज ः आशीष अविरल
एल्बम ः मेरो देश

गरिब
गरिबहरूको सहर हुँदैन र
गरिबहरूको रहर हुँदैन र

त्यो मात्र बाँच्ने जो जो धनी छन्
त्यो मात्र हाँस्ने जो जो हुनेछन्
मर्ने गरिब हुन जो सधैँ मरेकै छन्
यो धर्ती सिँचेर दबेका दबै छन्

अँध्यारो हट्नेछ उज्यालो आउनेछ
क्रान्तिको किरणले सबलाई छुनेछ
उठ्नेछ धर्ती जुट्नेछन् जन
एकता हुनेछ टुटेका मन
गरिबहरूको सहर हुँदैन र
गरिबहरूको रहर हुँदैन र ।
ááá
२०६९ साउन ९
रचना ः कृष्णहरि भट्ट
सङ्गीत ः चिरन पुन

सुझाऊ तिमी
सुझाऊ तिमी उनीहरूलाई
जो श्रमको मूल्य आफ्नो अधिकार मागिरहेछन्
सघाऊ तिमी उनीहरूलाई
जो नाङ्गो शरीर खाली पेट कुदिरहेछन्

नजिक नजिकै छन् तितर वितर छरपस्ट गर्नेहरू
सँगसँगै छन् छद्भभेषी र विचलनकारीहरू
चिन सही विचार चिन जनताको साथी चिन
बुझ सही बाटो बुझ श्रमिकको साथी बुझ

आउने नै छ प्रहार ठूलो विचलन नबनौँ हामी
बनाउनु नै छ एउटै घर विचार नछाडौँ हामी
विजय सुनिश्चित हाम्रै हुन्छ अब सबैले सुन
दलाल सत्ता फाल्नैपर्छ भन एकैस्वरमा भन

सुझाऊ तिमी उनीहरूलाई
जो श्रमको मूल्य आफ्नो अधिकार मागिरहेछन्
सघाऊ तिमी उनीहरूलाई
जो नाङ्गो शरीर खाली पेट कुदिरहेछन् ।
ááá
२०७९ भदौ २२
रचना ः कृष्णहरि भट्ट
सङ्गीत ः चिरन पुन




साम्यवाद
कम्युनिस्ट पार्टी निर्माणमा तथ्यसहित रूपान्तरण
साम्यवादी श्रमिक सत्ता जनता जित्ने व्यवस्था २
जनताको जित सुनिश्चित छ
पुँजीवादको हार अनिवार्य छ
हाम्रो लक्ष्य विश्व क्रान्तिको
विश्व श्रमिक व्यवस्था साम्यवाद हो २
हो हो हो साम्यवाद हो ४

साम्यवादी सत्ता ल्याउनु छ, समृद्धिको शिखर चुम्नु छ
जनता सुखी बनाई छाड्नु छ, चमत्कारी विकास गर्नु छ २
पार्टीसँग विश्लेषण छ
माक्र्सवादी संश्लेषण छ
अनिश्चय रक्षा र रूपान्तरण हो
एकीकृत स्वामित्व अर्थशास्त्रको २
हो हो हो अर्थशास्त्रको २
हो हो हो साम्यवाद हो २

हाम्रो देशलाई स्वाधीन गर्नु छ, जनतालाई मुक्त पार्नु छ
वर्गशोषण अन्त्य गर्नु छ, विभेद सारा धुलो पार्नु छ २
जनताको जित सुनिश्चित छ
पुँजीवादको हार अनिवार्य छ
हाम्रो लक्ष्य विश्व क्रान्तिको,
विश्व श्रमिक व्यवस्था साम्यवाद हो २
हो हो हो साम्यवाद हो ४

कम्युनिस्ट पार्टी निर्माणमा तथ्यसहित रूपान्तरण
साम्यवादी श्रमिक सत्ता जनता जित्ने व्यवस्था २
जनताको जित सुनिश्चित छ
पुँजीवादको हार अनिवार्य छ
हाम्रो लक्ष्य विश्व क्रान्तिको
विश्व श्रमिक व्यवस्था साम्यवाद हो २
हो हो हो साम्यवाद हो ४
ááá
२०७९ मङ्सिर ४
रचना ः प्रकाण्ड सी
सङ्गीत ः चिरन पुन
स्वर ः चिरन सी, कर्ण विद्रोही, प्रगति महरा, रमण थामी, लक्ष्मण पाख्रीन, शुशिला सी, सारदा रसाईली 
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः साम्यवाद



प्राणभन्दा प्यारो
प्राणभन्दा प्यारो, देश लाग्छ मलाई
साम्यवादी सपना, महान् लाग्छ मलाई २
त्यसैले
मेरो लक्ष्य जुनी जुनीसम्म
मेरो यात्रा युग युगसम्म ४
मेरो यात्रा

साम्यवादी सभ्यता कहिल्यै नभुल्नू
सुख दुःखमा सधैँभरि हिमाल भइदिनू २
हजार माइलको यात्रामा कहिल्यै नथाक्नू
नयाँ युगमा पुगेर (नयाँ मान्छे भैदिनू) ३
ढिलासुस्ती नगरौँ, समय रोकिन्न
निरन्तर नहिँडे, लक्ष्यमा पुगिन्न
त्यसैले
मेरो लक्ष्य जुनी जुनीसम्म
मेरो यात्रा युग युगसम्म ४
मेरो यात्रा

साँचो साँचो देखेर सत्य सुनाउनू
रातो किताब पढेर कलम चलाउनू २
बलिदानको वीरगाथा शिरमा बोकिरहनू
सङ्घर्षको मैदानमा युगको गीत गाउनू ३
खराब काम गरेर, कहिल्यै नबाँच्नू
असल काम गरेर, अमर भैरहनू

प्राणभन्दा प्यारो, देश लाग्छ मलाई
साम्यवादी सपना, महान् लाग्छ मलाई २
त्यसैले
मेरो लक्ष्य जुनी जुनीसम्म
मेरो यात्रा युग युगसम्म ४
मेरो यात्रा
ááá
२०७९ मङ्सिर
रचना ः प्रेम सी
सङ्गीत ः चिरन पुन
स्वर ः राज सिग्देल
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः साम्यवाद



निराश हुनु हुन्न साथी
निराश हुनु हुन्न साथी हरेस खानु हुन्न २
निराश भए हरेस खाए २
(लक्ष्य भेटिदैन) ४

जिन्दगीमा धोका हँदा कहिले काँही हार खाँदा २
(विपक्तीमा एक्लो पर्दा) २ पिडा अनि आँशु झर्दा २
संघर्षमा कमजोर हुँदा चारैतिर औला उठ्दा
वैरीहरुले मौका छोपी जथाभावी देश लुट्दा
निराश हुनु हुन्न साथी हरेस खानु हुन्न २
निराश भए हरेस खाए २
(लक्ष्य भेटिदैन) ४

चारैतिर दुँखै दुखका ठुला पहाड शिरैमा खस्दा २
(दुखका कारण विसालुकाँडा) २ कतिसुख मिल्छ झिक्दा २
नविर्षनु आफ्नो लक्ष्य जस्तोसुकै सङ्कट पर्दा
नयाँ संसार बनाई छोड्छौ सबैको साथ पाँउदा
निराश हुनु हुन्न साथी हरेस खानु हुन्न २
निराश भए हरेस खाए २
(लक्ष्य भेटिदैन) ४
ááá
९ फागुन, २०७९
रचना ः भरत सी
सङ्गीत ः चिरन पुन
स्वर ः राज सिग्देल
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः साम्यवाद
 

गीतहरु ७




- क्रान्तिको हुरी
- सार्वभौम क्रान्ति
- आऊ विद्यार्थी (विद्यार्थी गीत)
- श्रमिकहरूको (श्रमिक गीत)
- श्रद्धाको फूल (श्रद्धाञ्जली गीत)
- बन्द ढोका (नौमती बाजाताल)
- देशैभरिबाट (सम्पर्क मञ्चको गीत)
- क्रान्ति गीत
- नो एमसीसी
- ओ हितसङ्गी 
- पतझर (पलायनताको सन्दर्भ)
- समय
- भनिदेऊ
- मान्छौ भने वर्गभेद
- एकता
- चुनाव




क्रान्तिको हुरी

मानव समाजमा वर्ग रहुन्जेल वर्गसङ्घर्ष चल्छ निरन्तर
जनतामा विभेदी पर्खाल छउन्जेल क्रान्तिको हुरी चल्छ निरन्तर

अन्न फलाउँछन् किसानहरूले ढुकुटी अर्कैको भर्ने
बाटो बनाउँछन् मजदुरहरूले मोटर अर्कैको चल्ने
जबसम्म यस्तो यो संसारमा लुटको स्वर्ग चल्छ
तबसम्म यस्तै उत्पीडित वर्गमुक्तिको बाटो खोज्छ

समाज चलाउने कामदारहरूले दलालले पैसा थुपार्छ
संसार सिँगार्ने श्रमिकहरूले भोकभोकै जीवन गुजार्छन्
जबसम्म यस्तो यो खुनी शासन मानव मानवबिच चल्छ
तबसम्म यस्तै समानता खोज्ने क्रान्तिको मसाल बल्छ

मानव समाजमा वर्ग रहुन्जेल वर्गसङ्घर्ष चल्छ निरन्तर
जनतामा विभेदी पर्खाल छउन्जेल क्रान्तिको हुरी चल्छ निरन्तर ।
ááá
२०७७ भदौ १०
रचना÷सङ्गीत ः चिरन पुन

सार्वभौम क्रान्ति

नसोध मलाई देशको खबर मुटु जलेर आउँछ
नसम्झाइदेऊ यो प्रतिबन्ध आक्रोश भरिएर आउँछ (दलाल सत्ता)

नसोध कहिल्यै आकाशको तारा गन्न सक्छु भनेर
नठान कहिल्यै समयको गति रोक्न सक्छु भनेर
आकाशको ताराजस्तै चम्किरहेछ प्रतिबन्धभित्र क्रान्ति
समयको गतिजस्तै लम्किरहेछ प्रतिबन्धभित्र क्रान्ति

नरोक मलाई क्रान्तिमा हिँड्न बदला चुलिएर आउँछ
नभुलिदेऊ बैरीको मुहार बदला हराएर जान्छ
नभन कहिल्यै प्रकृतिको सृष्टिलाई रोक्न सक्छु भनेर
नठान कहिल्यै सार्वभौम मृत्युलाई छेक्न सक्छु भनेर

प्रकृतिको सृष्टिजस्तै सार्वभौम हुन्छ वर्ग रहुन्जेल क्रान्ति
सार्वभौम मृत्युजस्तै सत्य बन्छ शोषण छउन्जेल क्रान्ति
नसोध मलाई देशको खबर मुटु जलेर आउँछ
नसम्झाइदेऊ यो प्रतिबन्ध आक्रोश भरिएर आउँछ ।
ááá
२०७७ साउन २८
रचना÷सङ्गीत ः चिरन पुन

आऊ विद्यार्थी (विद्यार्थी गीत)

आऊ कलम र तारा अङ्कित,
सुन्दर यो रक्तरञ्जित जनप्रिय झन्डामुनि आऊ
आऊ, न्याय, समानता, मुक्तिका लागि (विद्यार्थीहरू सबै आऊ) २

वैज्ञानिक समाजवादी व्यवस्थाका लागि २
(एकीकृत जनक्रान्तिको हाम्रो आन्दोलन)
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २
(२२ औँ राष्ट्रिय सम्मेलन) २

आऊ महान् ती सहिदको
रगतले रङ्गिएको प्रिय यो झन्डामुनि आऊ
आऊ अखिल (क्रान्तिकारी) को
प्यारो यो सङ्गठनमा (विद्यार्थीहरू सबै आऊ) २

आऊ कलम र तारा अङ्कित,
सुन्दर यो रक्तरञ्जित जनप्रिय झन्डामुनि आऊ
आऊ, न्याय, समानता, मुक्तिका लागि (विद्यार्थीहरू सबै आऊ) २
ááá
२०७८ वैशाख १
रचना ः चिरन पुन, प्रकाश शाही
सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ, शारदा रसाइली, तारा सन्ज्याल,
चिरन पुन, नारायण दङ्गाल, सिद्धान्त परियार
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः प्रतिबन्ध
श्रमिकहरूको (श्रमिक गीत)

श्रमिकहरूको आवाज बोकेर, मजदुरहरूको साथीको बनेर २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो

दलाल संसदीय व्यवस्थाको अन्त्य र
वैज्ञानिक समाजवाद स्थापनाको लागि
(हाम्रो आन्दोलन) २
श्रमिक अधिकार पूर्ण न्याय २
समानताका लागि सातौँ राष्ट्रिय सम्मेलन २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो

नो वर्क नो पे हायर एन्ड फायर, ज्यालादारी ठेकेदारी करार प्रथा
(खारेज गर अन्त्य गर) २
उत्पीडनको जालो च्यात्न २
सल्लाहको लागि सातौँ राष्ट्रिय सम्मेलन २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो

श्रमिकहरूको आवाज बोकेर, मजदुरहरूको साथीको बनेर २
आयो आयो आयो हाम्रो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन आयो आयो
आयो आयो आयो
(अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासङ्घ आयो) २ ।
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला घिसिङ÷सिद्धान्त परियार
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः प्रतिबन्ध

श्रद्धाको फूल (श्रद्धाञ्जली गीत)

तिमीलाई श्रद्धाको फूल तिमीलाई २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २

टिलपिल टिलपिल आँखामा आँसु छाडेर गयौ
मनैभरि मुटुभरि चोटै चोट पारेर गयौ २
अधुरै छ सपनाहरू छोडिगयौ हामीलाई
सुनौलो त्यो वाचा बन्धन तोडिगयौ हामीलाई २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २

पीडा भरिएको यादहरूमा छाडेर गयौ
सुनसान अँध्यारो दिनहरूमा पारेर गयौ २
तिमीले कोरेको बाटोमा पदचाप डोहो¥याउने
प्रण छ तिम्रो सपनामा यात्रा सबै पहिल्याउने २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २
श्रद्धाको फूल तिमीलाई २
तिमीलाई श्रद्धाको फूल तिमीलाई २ ।
ááá
रचना÷सङ्गीत ः चिरन पुन

बन्द ढोका (नौमती बाजाताल)

बन्द ढोका बन्दको बन्दै भो २
दलाल सरकार अन्धोको अन्धै भो २

केटा ः पड्ने स्कुल महँगो भैसक्यो
छैन अस्पताल सित्तैमा जिउ गैसक्यो
माल्कोट जाने बाटो खन्नु छ
नपर कोही अलमल क्रान्ति गर्ने सल्लाह गर्नु छ २
केटी ः साहुको रिन बढेको बढेछ
छैन रोजगार मन त्यसै पोलेछ
कति राम्रो धरान बजार
हुँदैन नलडे पूर्व ितमी नपर दोधार २

केटी ः काण्डै काण्ड कति हो घटाउने
बलात्कारीलाई सरकारले चोख्याउने
पोखरामा सेती बगेको
कति सहूँ हामीले दिनदिनै देशलाई ठगेको २
केटा ः गरिबलाई छैन नि गाँस न बास
यो व्यवस्थाले पार्ने भो उठिबास
बुटवलमुनि तिनाउ सलल
जनताको एकता देखेर दलालको पसिना खलल २

केटी ः भ्रष्टाचार बढ्यो सिमाना लुटियो
किनी नसक्नु महँगी चुलियो
शैलुङ्गेमा चौरी डुलेको
अत्याचार फाल्नलाई सबै मिली हामी जुटेको २
केटा ः संसदवादले दिँदैन उन्मुक्ति
समाजवाद ल्याउनलाई हुटहुटी
काठमाण्डौमा हुम्ला सबै भेट
लौ जम्मै उठिदेऊ क्रान्ति जित्न मिलाऊ हाम्रो सेट २

केटी ः दलालहरू जालमाथि जाल बुन्छन्
देशका युवा खाडीमा हाम्फाल्छन्
ढोरपाटनमा बुकी फुलेको
लौ हेर जनक्रान्ति जनतासँग कति मिलेको २
केटा ः देशको हालत देखेर मन रुन्न र
अति नै भयो जाऊँ लड्न हुन्न र
थबाङबाट झरौँ तुलसीपुर
कि हुम्ला सहिद कि त हाम्ले संसार जित्ने सुर २ ।
ááá
२०७७ फागुन
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷निलिमा पुन÷लक्ष्मी गुरुङ÷आरोह नेपाली÷
पूजा सुनार ÷प्रगति महरा÷मोहित श्रेष्ठ÷पवन विश्व
एरेन्ज ः योगेश काजी
एल्बम ः मेरो देश

देशैभरिबाट (सम्पर्क मञ्चको गीत)

देशैभरिबाट राजधानी आउनेहरू
सुख दुःख गरेर जीविका चलाउनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया मन मनमा साँची
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, इन्जिनियर
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
देशभक्त कर्मचारी, राष्ट्रवादी सुरक्षाकर्मी
जनप्रिय सञ्चारकर्मी न्यायपे्रमी कलाकार
जनगणतान्त्रिक सम्पर्क मञ्चमा जुटौँ
तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नलाई डटौँ २

कुर्ची फेरियो, कुर्चीमा बस्ने फेरिए,
तर फेरिएन जनताको मुहार २
सरकार फेरियो, सरकारमा बस्ने फेरिए,
तर फेरिएन राष्ट्रको मुहार
अब त कति सुन्नु संसदवादको कुरा
यस्तो कूचाल सहिबस्ने कहिलेसम्म हो र २

भ्रष्टाचार बढ्यो देशमा महँगी चुलियो,
तर लुट्ने ठग्नेछ सरकारको व्यवहार २
हाम्रो स्वाधीनतालाई दाउमा राखेर,
राष्ट्रघाती एमसीसीलाई गर्दैछन् गुहार
कति सहूँ साम्राज्यवादको हस्तक्षेप बारम्बार
राष्ट्रप्रेमी उठौँ सबै गरौँ खबरदार २

देशैभरिबाट राजधानी आउनेहरू
सुख दुःख गरेर जीविका चलाउनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया मन मनमा साँची
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, इन्जिनियर
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
देशभक्त कर्मचारी, राष्ट्रवादी सुरक्षाकर्मी
जनप्रिय सञ्चारकर्मी न्यायपे्रमी कलाकार
जनगणतान्त्रिक सम्पर्क मञ्चमा जुटौँ
तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नलाई डटौँ ३ ।
ááá
३० कात्तिक २०७८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷नारायण दङ्गाल÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः प्रतिबन्ध

क्रान्ति गीत

देशैभरिबाट क्रान्ति गीत कुर्लनेहरू
जेलनेल सहेर क्रान्तिमा उर्लनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया मन मनमा साँची
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, इन्जिनियर
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
सबै जाति, सबै धर्म, सबै वर्ग, रूप रङ
सबै लिङ्ग, सबै पेसा, सबै भूगोल, जन जन
नेपाल कम्युनिस्ट पार्टीको प्रिय झन्डा उठाऔँ
एकीकृत जनक्रान्तिको गर्विलो यात्रामा रमाऔँ २

कुर्ची फेरियो, कुर्चीमा बस्ने फेरिए,
तर फेरिएन जनताको मुहार २
सरकार फेरियो, सरकारमा बस्ने फेरिए,
तर फेरिएन राष्ट्रको मुहार
अब त कति सुन्नु संसदवादको कुरा
यस्तो कूचाल सहिबस्ने कहिलेसम्म हो र २

भ्रष्टाचार बढ्यो देशमा महँगी चुलियो,
तर लुट्ने ठग्नेछ सरकारको व्यवहार २
हाम्रो स्वाधीनतालाई दाउमा राखेर,
राष्ट्रघाती एमसीसीलाई गर्दै छन् गुहार
कति सहूँ साम्राज्यवादको हस्तक्षेप बारम्बार
राष्ट्रप्रेमी उठौँ सबै गरौँ खबरदार २

देशैभरिबाट क्रान्ति गीत कुर्लनेहरू
जेलनेल सहेर क्रान्तिमा उर्लनेहरू २
देशको माया मुटुमा राखी
जनताको माया छातीमा च्यापी
वकिल, लेखक, बुद्धिजीवी, किसान, मजदुर, पत्रकार
युवा, महिला, विद्यार्थी, खेलाडी, शिक्षक, पत्रकार
सबै जाति, सबै धर्म, सबै वर्ग, रूपरङ
सबै लिङ्ग, सबै पेसा, सबै भूगोल, जन जन
नेपाल कम्युनिस्ट पार्टीको प्रिय झन्डा उठाऔँ
एकीकृत जनक्रान्तिको गर्विलो यात्रामा रमाऔँ २ ।
ááá
३० कात्तिक २०७८
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन÷नारायण दङ्गाल÷शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः मेरो देश


नो एमसीसी

मेरो देश रुँदा, रुन नसक्ने कसरी देसप्रेमी भयौ र
मेरो राष्ट्र हाँस्दा, हाँस्न नसक्ने कसरी राष्ट्रप्रेमी भयौ र २
राष्ट्रघाती एमसीसी हाम्लाई चाहिँदैन
जनघाती एमसीसी ल्याउन पाइँदैन २
चाहिँदैन एमसीसी हाम्लाई चाहिँदैन
पाइँदैन एमसीसी ल्याउन पाइँदैन २

१८१६ सुगौली सन्धि खारेज नगरे हुँदै हुन्न
१९५० असमान सन्धि रद्द नगरे हुँदै हुन्न २
खबरदार अमेरिका हाम्रो स्वाधीनतामा आँखा नलगाऊ
खबरदार साम्राज्यवाद हाम्रो मुटुमा गिद्धे नङ्ग्रा नलगाऊ २
मेरो देश रुँदा, रुन नसक्ने कसरी देशप्रेमी भयौ र
मेरो राष्ट्र हाँस्दा, हाँस्न नसक्ने कसरी राष्ट्रप्रेमी भयौ र
राष्ट्रघाती एमसीसी हाम्लाई चाहिँदैन
जनघाती एमसीसी ल्याउन पाइँदैन २
चाहिँदैन एमसीसी हाम्लाई चाहिँदैन
पाइँदैन एमसीसी ल्याउन पाइँदैन २

दलाल संसदीय व्यवस्थालाई अन्त्य नगरे हँदु ै हुन्न
वैज्ञानिक समाजवादी व्यवस्थालाई नल्याएसम्म हुँदै हुन्न २
खबरदार दलालहरू हाम्रो माटोलाई तिम्ले बेच्न नखोज
खबरदार शासकहरू हाम्रो स्वाभिमान तिम्ले बेच्न नखोज २
मेरो देश रुँदा, रुन नसक्ने कसरी देशप्रेमी भयौ र
मेरो राष्ट्र हाँस्दा, हाँस्न नसक्ने कसरी राष्ट्रप्रेमी भयौ र २
राष्ट्रघाती एमसीसी हाम्लाई चाहिँदैन
जनघाती एमसीसी ल्याउन पाइँदैन २
चाहिँदैन एमसीसी हाम्लाई चाहिँदैन
पाइँदैन एमसीसी ल्याउन पाइँदैन २ ।
ááá
२०७८ मङ्सिर २७
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन ÷ शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम् ः प्रतिबन्ध
ओ हितसँगी

ओ हितसङ्गी तिमी कहाँ छौ 
खोज्दैछु सुन्दर गाउँ, 
जहाँ हामी सङ्गै लड्ने कसम खादैथ्यौ 
ओ भन प्रीय तिमी कहाँ छौ 
खोज्दैछु तिम्रो सहर, 
जहाँ हामी सङ्गै मर्ने बाचा बाधेथ्यौ 
।। भन्दैछ्न तिमिले त बाटो मोड्यौ अरे ।। 
।। सुन्दैछु तिमिले त साथ छाड्यौ अरे ।।

हिजो धिक्कारेका खुनी उनका काखहरुमा, 
लडिबुडी गर्छौ रे भन्छन 
हिजो लल्कारेका ज्यामी दुस्मन बर्गहरुसङ्ग, 
मन्द मुस्कान हास्छौ रे भन्छ्न 
ओ हितसङ्गी तिमी कहाँ छौ 
खोज्दैछु तिम्रो मुस्कान, 
जहाँ हामी सङ्कटपर्दा सङ्गै हासेको 
ओ भन प्रीय तिमी कहाँ छौ, 
खोज्दैछु तिम्रो आँसु  
जहाँ कमरेड सहिदहुदा सङ्गै रोएको  
।। सुन्दैछु  तिमिले त साथ छाड्यौ अरे ।। 
।। भन्दैछ्न तिमिले त बास सार्यौ  अरे ।।

हिजो आक्रोशले आँखा तर्ने ठाउँहरुमा, 
बर्ग साईनो गास्छौ रे भन्छ्न 
हिजो तिरस्कृत अस्लिल उनका भाकाहरुमा, 
मलिन स्वर थप्छौरे भन्छ्न 
ओ हितसङ्गी तिमी कहाँ छौ 
बाकी छ शिखर चुम्ने, 
सङ्गसङ्गै स्वीकारेका यात्रा बाकी छ 
ओ भन प्रीय तिमी कहाँ छौ 
बाकी छ लक्ष्य भेट्ने, 
बर्गभेद मिल्काउने क्रान्ति बाकी छ 
।। भन्दैछ्न तिमिले त घात गर्यौ अरे ।। 
।। सुन्दैछु तिमिले त बर्गै फेर्यौ अरे ।।
ओ भन प्रीय । 
ááá
२०७८ पुस २३
रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः कर्ण विद्रोही 
एरेन्ज ः नारायण दङ्गाल 
एल्बम ः मेरो देश




पतझर (पलायनताको सन्दर्भ)

पतझर झरेर जान्छ र पो, नयाँ पालुवाले हरियाली भर्छ २
खहरे त एकदिन सुकी जाने हो तर समुन्द्रको छाल कहाँ घट्छ कमरेड हो कमरेड
अँध्यारो रात हटी जानेछ (छितिजको लाली बिहान बोकी आउँछ) २

उडिजाने माल्चरीको कहिले बथान भुलिन नि सक्छन्
सँगै लड्ने भन्ने साथी क्रान्ति हो यो छुटिन नि सक्छन् २
कोहीले घात क्रान्तिलाई गर्छन्, कोही बिचैमा थाक्छन्
निरन्तर चल्ने प्रक्रिया हो यो कोही छोडेर भाग्छन् २
कमरेड हो कमरेड
मान्छे त एकदिन मरिजाने हो (तर सृष्टिले गति कहाँ रुक्छ) २

सिमसारमुनि खोलीखेत कहिलेकाहीँ भासिन नि सक्छ
मृत्यु जित्ने जीवन हाम्रो पलायनता तर्किन नि सक्छ २
आकाशमा हेर कालो बादल गड्याङ गुडुङ भै झर्छ
स्वीकार गरे हजार हार बल्ल पो जित खुल्छ २
कमरेड हो कमरेड
सयौँ चुनौतीलाई निल्न नसके (ओजिलो क्रान्ति कहाँ सफल हुन्छ) २

पतझर झरेर जान्छ र पो, नयाँ पालुवाले हरियाली भर्छ २
खहरे त एकदिन सुकी जाने हो तर समुन्द्रको छाल कहाँ घट्छ
कमरेड हो कमरेड ।
ááá
२०७९ वैशाख २८
रचना÷सङ्गीत ः चिरन पुन
एल्बम ः मेरो देश
समय
समय हो गतिमा चलिरहन्छ
यात्रा हो क्रान्तिको बढिरहन्छ २
रुक्दैन यो निरन्तर चलिरहन्छ
झुक्दैन यो अविरल बढिरहन्छ
समय हो गतिमा चलिरहन्छ

हिमाललाई सोध साक्षी छ सिङ्गै तिम्रै शिरमाथि
झरनालाई बुझ साक्षी छ जिउँदै तिम्रै घरपारि २
कि बिर्सियौ र खुकुरीको भर टिस्टामा पुगेको
कि भुलेछौ र नेपाली छोरा काङ्गडा लडेको
समय हो

तराईलाई सोध ताजै छ इतिहास अङ्ग्रेजलाई खेद्दाको
पहाडलाई बुझ आलै छ इतिहास बाघझैँ गर्जेको २
पुर्खालाई हेर गोर्खाली सान विश्वलाई थर्काको
सन्तान हौँ उनकै सहन्नौँ अब हामीलाई हेपेको

समय हो गतिमा चलिरहन्छ
यात्रा हो क्रान्तिको बढिरहन्छ २
रुक्दैन यो निरन्तर चलिरहन्छ
झुक्दैन यो अविरल बढिरहन्छ
समय हो गतिमा चलिरहन्छ ।
ááá
२०७९ वैशाख २०
रचना÷सङ्गीत ः चिरन पुन
भनिदेऊ

भनिदेऊ
मेरो देश मुस्कुराउँदै हाँस्ने दिन कहिले आउँछ होला
सुनिदेऊ
देशसँगै समानतामा हाँस्ने दिन कहिले आउँछ होला

कोही पनि उँच निच हुनै नपर्ने
विभेद खेपी तड्पिएर रुनै नपर्ने
डाँफे, मुनाल नाचेजस्तै नाचूँ नाचूँ लाग्ने
रातो छितिज हाँसेजस्तै हाँसूँ हाँसूँ लाग्ने
भनिदेऊ ...

पराइको हप्की दप्की खेप्नै नपर्ने
कसैसँग निहुरिएर बोल्नै नपर्ने
साकेला र देउडा गाउँदै नाचूँ नाचूँ लाग्ने
मारुनी र चुड्के भाका गाऊँ गाऊँ लाग्ने
भनिदेऊ
मेरो देश मुस्कुराउँदै हाँस्ने दिन कहिले आउँछ होला
सुनिदेऊ
देशसँगै समानतामा हाँस्ने दिन कहिले आउँछ होला ।
ááá
२०७९ कात्तिक २०
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन

मान्छौ भने वर्गभेद

मान्छौ भने वर्गभेदलाई तिमीले
बुझ्छौ भने अर्थनीतिलाई तिमीले
यहाँ वर्ग रहुन्जेल, यहाँ शोषण छउन्जेल
यहाँ वर्गसङ्घर्ष चलिरहन्छ

श्रम गर्ने मान्छेको हातमा
जबसम्म स्वामित्व आफ्नो साथ हुन्न
उत्पादित वस्तुहरूमाथि
तबसम्म सामूहिक वितरण गरिन्न
त्यहाँ वर्गभेद हुन्छ, त्यहाँ थिचोमिचो चल्छ
त्यहाँ क्रान्तिको ज्वाला बलिरहन्छ

उत्पीडित वर्गको लागि
जबसम्म आफ्नो सत्ता स्थापित हुन्न
सुख, शान्ति, समृद्धिको लागि
तबसम्म यो सत्तालाई फाल्न सकिन्न
त्यहाँ वर्गसङ्घर्ष चल्छ, यहाँ नयाँ नयाँ क्रान्ति उठ्छ,
हाम्रो यात्रा विजयमा लम्किरहन्छ ।

मान्छौ भने वर्गभेदलाई तिमीले
बुझ्छौ भने अर्थनीतिलाई तिमीले
यहाँ वर्ग रहुन्जेल, यहाँ शोषण छउन्जेल
यहाँ वर्गसङ्घर्ष चलिरहन्छ
ááá
१० कात्तिक २०७९
रचना÷सङ्गीत÷स्वर ः चिरन पुन

एकता
आऊ एकताको हात मिलाऔँ हामीले
आऊ वीरताको गीत गाऊँ हामीले

लक्ष्य एउटै हो भने आपसमा हामी किन टुट्नु
एकै ठाउँ पुग्नु छ भने फरक बाटो किन हिँड्नु
सँगै हाँसौँला हामी सँगै नाचौँला
खाँचो परे यही माटोमा सँगै लडौँला
आऊ एकताको ...

एकतामै हुन्छ तागत त्यसैले हामी छुट्नुहुन्न
एकतामै खुल्छ विश्वास त्यसैले विश्वास ढल्नुहुन्न
सँगै बसौँला हामी सँगै हिँडौँला
मर्नै परे देशको लागि सँगै मरौँला
आऊ एकताको हात मिलाऔँ हामीले
आऊ वीरताको गीत गाऔँ हामीले ।
ááá
६ मङ्सिर २०७९
रचना÷सङ्गीत ः चिरन पुन




चुनाव

संसदवादी चुनाव होइन, स्थिरता बसालौँ
विकल्पमा व्यक्ति होइन, व्यवस्था बदलौँ २
सोध न सोध आफैँलाई सोध
रोज न रोज सही बाटो रोज ६

बेचेर देशलाई अबिर के घस्नू
रुवाई जनता, माला के लाउनू २
आफ्नैहरूको दुःखाएर मन
यो राष्ट्रको लुटाएर धन ३

एमसीसी एसपीपीलाई नपारे चिहान
आउँदैन देशमा शान्तिको बिहान २
आफैँभित्र आफैँलाई जगाऊँ
देशप्रेमी भएर चिनाऊँ ३

संसदवादी चुनाव होइन, स्थिरता बसालौँ
विकल्पमा व्यक्ति होइन, व्यवस्था बदलौँ २
सोध न सोध आफैँलाई सोध
रोज न रोज सही बाटो रोज ६ ।
ááá
कात्तिक २०७९
रचना ः प्रेम सी, सङ्गीत ः चिरन पुन
स्वर ः चिरन पुन , शारदा रसाइली
एरेन्ज ः नारायण दङ्गाल
एल्बम ः साम्यवाद

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।