Monday, August 12, 2013

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा


चिरन पुन 
१. आरम्भमा ः 
हामी सहि युवा आन्दोलनको कुरा गरिरहेका छौं । हामीले समाजलाई अग्रगामी दिशा तर्फ रुपान्तरण गर्न खोजिरहेका छौं । शोषणलाई अन्त्य गर्नु हाम्रो चाहना हो,  यो युगलाई बदल्नु हाम्रो लक्ष्य हो ।  त्यसैले, हाम्रो पहल प्रतिगामी, यथास्थितिवादी, सुधारवादी र अराजकतावादी धरातलबाट युवा संगठन र आन्दोलनलाई मुक्त बनाउन चाहन्छौं । 

२. युवा समस्याहरु र के गर्ने ः 
हामीले देखिरहेका छौं, आज युवाहरुको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार, साँस्कृतिक र सामाजिक सुरक्षाको हो । राँज्यले शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा जस्ता प्रश्नहरुलाई आफ्नो अनिवार्य दायीत्व भित्र राखेर यसको पक्षमा भुमिका खेल्नु पर्ने थियो । तर, त्यो हुन सकिरहेको छैन । 

शिक्षा, 
देशको शिक्षा नीति अत्यन्त नाजुक अवस्थाको छ ।  देशमा सर्वसुलभ शिक्षा छैन । भएको शिक्षा पनि वैज्ञानिक र व्यवहारिक छैन । त्यो, सिमित उच्च तह र बर्गको पउँचमा र सहर केन्द्रीत मात्र छ । देशका ७२ प्रतिसत मानिसहरु शिक्षाबाट बन्चित छन । त्यसको लागि पुरानो शैक्षिक नीतिलाई बदल्ने, पुरानो शैक्षिक व्यवस्थालाई बदल्ने, पुरानो शैक्षिक पद्धतीलाई खारेज गर्ने, पुरानो अध्यापन नीतिलाई पूर्णरुपमा बदल्ने र नयाँ शैक्षिक व्यवस्था, नयाँ पद्धती, नयाँ शिक्षा नीतिलाई उत्पादन मुलक, बैज्ञानिक र व्यवहारिक बनाउन जोड गर्ने र त्यसको लागि संघर्ष गर्नु पर्दछ ।

स्वास्थ्य, 
स्वाथ्यको अवस्था पनि त्यही प्रकारको छ । नेपालको वर्तमान स्वास्थ्य नीति खराब छ । भएका स्वाथ्य केन्द्रहरु शहर केन्द्रीत मात्र छ । शहरमा केन्द्रीत भएका स्वास्थ्य केन्द्रहरु पनि निकै महँगो छ । त्यसैले आम नेपाली जनता स्वास्थ्य उपचारको पउँचमा छैनन । मानिस, युवा अवस्थामा पुगी नसक्दै उ अनेकौ रोगले ग्रस्त बनिसकेको हुन्छ । शारिरीक अस्वस्थताको कारणले गर्दा उ मानसिक रुपमा पनि निकै कमजोर बनिसकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो, घरपरिवारको, समाजको र देशको लागि केही काम गर्न नसक्ने अवस्थामा रहन्छ । यहि स्थिति आज नेपालमा विद्धमान रहेको छ । त्यसैले, स्वास्थ्यलाई जनमुखी बनाउन जोड दिनु, यसलाई राज्यको अनिवार्य दायीत्व भित्र राख्न पहल प्रयत्न गर्नु, यसको सर्वसुलभतामा जोड दिनको लागि पहल गर्नु पर्दछ । 

रोजगार, 
अर्को, समस्या भनेको रोजगारीको हो । यो समस्या पनि युवाहरुको लागि निकै ज्वलन्त बनेको छ । देशमा सरकारल रोजगारीको व्यवस्था मिलाउन सकिरहेको छैन । त्यसैले, लाखौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा पलाएन भैसकेका छन । दैनिक हजारौं युवाहरु आज पनि आफ्नो देश छोडेर विदेशमा पलाएन हुने क्रम तिर्व बनिरहेको छ । नत, युवाहरुको जिवन विदेशमा सुरक्षित छ, न उनिहरुले त्यहाँ राम्रो काम पाईरहेका छन, न त्यहाँ उनिहरुको सामाजिक मर्यादा छ । यसरी, आज नेपाली युवाहरुले नयाँ जोस, जाँगर, बल र उत्साहलाई विदेशी भुमिमा पोखिरहेका छन । अतः सम्पूर्ण विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा फर्काउने नीति बनाउनु पर्दछ । नेपाली युवाहरुले नयाँ जोस, जाँगर, बल र उत्साहलाइ लाई देशमै लगाउनको लागि रोजगारको व्यवस्था मिलाउनको लागि पहल गर्नु पर्दछ । बैज्ञानिक र व्यवहारिक रोजगारको खोजीमा लाग्न पहल र प्रयत्न गर्नु पर्दछ , आदी । 

साँस्कृतिक, 
नेपाली युवाहरुमा साँस्कृतिक समस्या पनि अर्को मुलभुत समस्या हो । साम्राज्यवादी, विस्तारवादी, पुँजीवादी र सामन्तवादी साँस्कृतिक धरातलले हाम्रो देशलाई निकै गाँजेको छ । आज एकातिर,  पश्चिमेली  पुँजीवादी पाश्चात्य संस्कृतिले युवाहरुलाई उपभोक्तावाद, उदण्डता, चमत्कार र ध्वंस, छाडा सेक्स र पाश्चात्य संस्कृति, व्याक्तिवाद, शोषण र पुँजीमा आधारित बन्न अभिप्रेरित बनाईरहेको छ भने अर्कोतिर,  सामन्तवादी संस्कृतिले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद र भाग्यवाद, वंशको श्रखला, रुडिवाद, अलौकिकवाद जस्ता संस्कृतिले पनि नेपाली युवाहरुलाई दिग्भ्रमित पारिरहेको अवस्था कायम छ । अतः भौतिक परिस्थितिमा आधारित, उत्पादन प्रणालीसँग आधारित, जनताको आन्दोलनसँग आधारित, सहि व्यवहार सम्उन्नत विचार सँग आधारित, आमुल परिवर्तन र रुपान्तरणमा आधारित, श्रम प्रति प्रेम र शोषण प्रति विरोधमा आधारित जनवादी तथा समाजवादी साँस्कृतिक मुल्य मान्यतालाई स्थापनार्थ जोड दिनु  । 
सामाजिक सुरक्षा, 
यसको साथै सामाजिक सुरक्षाको प्रश्न पनि आज जटिल मोडमा रहेको समस्या हो । जुनसुकै मुलुकमा पनि जनताले शान्तिपुर्वक बस्न र बाँच्न पाउने उसको अधिकार हो । तर, आज नेपालको सामाजिक सुरक्षाको प्रश्न पनि निकै खलबलिएको अवस्थामा छ । समाजमा हत्या, हिंसा, अपहरण, लुटपाट, चोरी, डकैती जस्ता क्रियाकलापहरुले जोर पक्रेको छ । जसको कारणले गर्दा नेपाली जनता र युवाहरुको सामाजिक जिवन निकै प्रताडित बनेको छ । 

 ३. युवा आन्दोलनमा विचारधारात्मक चिन्तन ः
उत्पादन प्रणालीको विकाशको क्रममा उत्पादक शक्तिको पनि विकाश र परिवर्तन हुदै जान्छ । त्यस अनुशार मानिसको उत्पादन सम्वन्ध र उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यही प्रक्रियामा मानिसको राजनीतिक, सामाजिक, साँस्कृतिक चेतनाहरु पनि बदलिदै जान्छ । राम्रो र नराम्रो, सहि र गलत पक्षहरुको पनि समाजमा देखा पर्दै जान्छ । त्यसैले युवा आन्दोलन शहि ढंगले अगाडि बढाउनको लागि आन्दोलनको  विचारधारात्मक पक्षलाई पनि राम्रो गरि बुझ्न आवश्यक छ र सहि विचारको पक्षमा आफुलाई समाहित गर्न जरुरी छ । जुनकुरा क्रान्तिकारी  युवा आन्दोलनको मुख्य कडि हुन जान्छ । हाल नेपालको युवा आन्दोलनमा मुख्यत ः ३ ओटा विचारधारात्मक पक्षमा युवा आन्दोलन क्रियाशिल रहेका छन । 

प्रतिक्रियावादी चिन्तन, 
यसमा प्रतिगामी र यथास्थितिवादी विचारधारात्मक पक्ष छन । युवा आन्दोलनमा यतिवेला प्रतिगामीको अवस्था कमजोर रहेको छ । खासगरी गत ०६२÷६३ को ऐतिहाँसिक जन आन्दोलनको बलबाट राजतन्त्रको औपचारिक अन्त्य पछि यो धाराको खासै चर्चा छैन । तर, आज पनि यो वैचारिक पक्षमा यथास्थितिवादको चलखेल देखिन्छ । यसको मुख्य अभिष्ट भनेको आज विद्धमान रहेको दलाल, नोकरशाह, पुँजीपति तथा सामन्तवर्गको राज्य सत्तालाई टिकाई राख्नु हो । यसको अर्थ यथास्थितिवादको पक्षपोषण गर्नु हो । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा जान नदिन भुमिका खेलिरहेको हुन्छ । यसले विद्धमान रहेको दमन, शोषण, उत्पीडन, भेदभावलाई कायमै राख्न चाहन्छ । प्रतिक्रियावादी राज्य सत्तालाई टिकाईराख्न यसले बारम्वार गुण्डागर्दी गर्दछ ।  साम्राज्यवाद विस्तारवादको दलाली गर्ने काम गर्दछ । यो पक्ष सामन्त, दलाल नोकरशाह, पुँजीपति बर्गको निरन्तर सेवामा लागिरहेको छ । यसको सस्थागत प्रतिनिधित्व मुख्य नेपाल तरुण दलले गरेको छ । आफुलाई नेपाली काग्रेसको भातृ संगठनको रुपमा चिनाउने यो युवा संगठनले मुख्य यथास्थितिवादको पक्षपोषण गर्दछ र प्रतिक्रियावादी राज्य सत्ताको टिकाई राख्न भुमिका खेल्दछ ।  लगाएत अन्य कतिपय स साना युवा संगठनहरु पनि यसमा क्रियाशिल रहेका छन ।  यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा लैजान अवरोध सृजना गरिरहेको छ । यसबाट सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । 

सुधारवादी चिन्तन,  
यो विचारधारात्मक पक्षको सैद्धान्तिक नेतृत्व दक्षिणपंथी अवसरवादले गर्दछ । यो विचारधारा सहि क्रान्तिकारी विचारधारा सँग नजिक देखिएको भएता पनि यसले अन्त्यतः तिनै दलाल, नोकरशाह तथा पुजिपती बर्गको सेवामा नै लागेको हुन्छ । प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणमा नै यो धारा क्रियाशिल रहेको पाईन्छ । यसको मुख्य अभिष्ट सुधारवाद हो । सामान्य सुधारलेनै युवा समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने यसको मुल दृष्टिकोण हो । यसले बर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, महान सर्वहारा साँस्कृतिक क्रान्तिको  मुल्य÷मान्यतालाई तिलाञ्जली दिएको हुन्छ । बर्तमान प्रकृतिको चुनावबाट नै सवै कुराको हल गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । सरकार, सत्ता, कुर्सी, पदको लागि यो चिन्तन मरिहत्य गरेर लागेको हुन्छ । साम्राज्यवाद, विस्तारवाद, सामन्तवादसँग साँठगाँठ नगरीकन आफ्नो स्वर्थ पुर्ती नहुने भएकोले यसले जहिल पनि साम्राज्यवाद, विस्तारवाद र सामन्तवादसँगको आत्मसमर्पण, उनिहरुको दलाली गर्दछ । जो नेपालको सन्दर्भ पनि ताजै छ । तत्कालिन तथा दिर्घकालिन विषयहरुको छिनोफानोमा पनि यसको चरित्र ढुलमुल, अस्पस्ट र अवसरवादी प्रकारको हुन्छ, त्यसैले यसले जहिले राष्ट्रघाती तथा जनघाती कामको पक्षपोषण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक युवा संघ, नेपाल (हालको युवा संघ, नेपाल) ले यो विचारधाराको नेतृत्व गरिरहेको छ । यसमा अन्य कतिपय युवा संगठनहरु पनि क्रियाशिल रहेको पाईन्छ । यसले युवाहरुको जोस, जाँगर, उत्साह÷उमङ्गलाई नष्ट पारी युवा आन्दालनलाई सुधारवादमा लगेर फसाउँछ । संसदीय गोलचक्करमा युवा आन्दोलनलाई केन्द्रीत गर्दछ । त्यसैले सुधारवादी विचारधाराको बारेमा सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । यसले नेपाली क्रान्तिकारी आन्दोलनलाई अवरोध सृजना गरिरहेको हुन्छ । यो धारा युवा आन्दोलन र युवा मुक्तीको लागि अवरोधक रहेको छ । त्यसैले  यसबाट स्पस्ट हुँदै, सहि क्रान्तिकारी युवा आन्दोलनमा समाहित हुन आवश्यकता छ । 

अराजकतावादी चिन्तन, 
क्रान्तिकारी युवा आन्दोलनमा अर्को खतरनाक प्रवृतिको नेतृत्व अराजकतावादी विचारधारले गरेको छ । यसको सैद्धान्तिक नेतृत्व “उग्रबामपंथी” चिन्तनले गरेको हुन्छ । यसले ठोस परिस्थितिको  ठोस विष्लेषण गर्न सक्दैन । अराजकतावादी गतिविधी यसको चारित्रिक पहिचान हो । उग्रवामपंथी भड्कावको पतन दक्षिणपंथी असरवादमानै हुने भएकोले क्रमशः यसले पनि बर्ग संघर्षलाई तिलाञ्जली, सर्वहारावर्ग अधिनायकत्वलाई तिलाञ्जली, महान सर्वहारा साँस्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिदै अगाडि बढिरहेको हुन्छ । नयाँ जनवादी क्रान्तिको नीति देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यो प्रवृति पनि सरकार, कुर्सी, पद ÷प्रतिष्ठा को लागि लालाहित हुने भएकोले यसले साम्राज्यवाद, विस्तारवाद र सामान्तवादसँगको सम्वन्धलाई सुधार गर्दै अगाडि बढिरहेको छ । यसको नेतृत्व आज योङ कम्युनिष्ट लिंग ले गरेको छ । 

क्रान्तिकारी चिन्तन, 
युवाहरुको समस्यालाई ठोस ढंगले पहिचान गरेर आमुल परिवर्तकारी आन्दोलनकै बलमा युवाहरुको समस्यालाई समाधान गर्न क्रान्तिकारी चिन्तन लागि परेको हुन्छ । यसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवादको विरुद्धमा सधै  संघर्षमा जोडदिन्छ । सामन्त, दलाल तथा नोकरशाह पुँजिपती बर्गको राज्यसत्तालाई खतम पारेर नयाँ जनवादी राज्यसत्ताको स्थापनामा जोड दिन्छ ।  क्रान्तिकारी आन्दोलनको सधै सहयोगी भुमिका खेििलरहेको हुन्छ । यसले समाजमा हुने सवैखाले शोषण, दमन र उत्पीडनको अन्त्यको लागि संघर्षमा जोड दिनु पर्ने कुरामा विश्वास राख्दछ । माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पदप्रदशक सिद्धान्त मान्दै, नयाँ जनवादी क्रान्ति, सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्य सत्ताको स्थापना, महान  सर्वहारा साँस्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै आफ्नो क्रान्तिकारी युवा आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । क्रान्तिकारी नीति, सिद्धान्त, दर्शनलाई आत्मसाथ गर्नु यसको चारित्रिक विषेशता हो । शोषण प्रति घृणा र श्रम प्रतिको प्रेमलाई आत्मसाथ गर्दछ । 

यस प्रकारको क्रान्तिकारी चिन्तनले मात्र युवा आन्दोलनलाई सहि ढंगले नेतृत्व प्रधान गर्न सक्दछ । युवाहरुको समस्याहरुलाई सहि ढंगले समाधान गर्न भुमिका खेल्न सक्दछ । त्यसैल्ो, यस प्रकारको क्रान्तिकारी चिन्तनले लेस भएको युवा संगठनको निर्माण आजको आवश्यकता हो । सामन्यतः यो भुमिकालाई हेर्दा आज नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) त्यो दिशामा परिचालित भएको छ । यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन भएकोले पनि यसको क्रान्तिकारी दायीत्व झन बढेर जाने कुरा स्वतहः सिद्ध छ ।  त्यसको विकाश, विस्तार, रुपान्तरणको लागि धेरै काम गर्न अझै पनि आवश्यक छ । यसको भुमिकालाई देशका सम्पूर्ण भागका युवाहरुलाई पहिचान दिलाउन र संगठन विस्तारमा जोड दिन अझै बाँकी  छ । निश्चयनै यो भुमिकाहरुलाई पुरा गर्न क्रान्तिकारी चिन्तन बोकेको नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) सफल हुनेनै छ । त्यसको लागि संगठनमा लागेका सवै नेता कार्यकर्ता जिम्मेवारी बोधका साथ लाग्नु आजको परिवेशले माग गरेको यर्थाथता र दायीत्वबोध हो । 

४. क्रान्तिकारी युवा आन्दोलनको निम्ति तत्काल गर्नु पर्ने कामहरु ः
युवाहरुलाई ठोस ढंगले मुलुकको बारेमा चिन्ता गर्ने र आमुल परिवर्तनकारी आन्दोलनमा समाहित हुने दिशा प्रवाहितगर्न अनिवार्य रहेको विषय हो । त्यसको लागि तत्कालमा केहि कामलाई सुचिकृत गरेर अगाडि बढाउन आवश्यक छ । 

विचारधारात्मक काम ः 
क) नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्न ध्यान दिनु , ख) देशका केन्द्र, प्रदेश, जिल्ला, एरिया, गाँउ÷नगर र टोलहरुमा पुस्तकालय र वाचनालयहरुको व्यवस्थापन गर्न जोड दिनु, ग)  व्यापक रुपमा युवाहरुलाई साहित्य, राजनीति, अर्थनीति, दर्शन, कला आदीको विषयमा स्वअध्ययनलाई प्रशय दिने, घ) आवश्यक पाठ्य साम्रागीको तयार पार्ने र नियमित तल पठाउन ध्यान दिने, ङ) संगठनको मुखपत्र, बुलेटिन आदी जस्ता प्रकाशनहरुलाई नियमित बनाउने, च) विश्व स्तरमा संचालन भएका क्रान्तिकारी आन्दोलन सँग सम्वन्धित पाठ्य सामाग्रीहरुको अध्ययनमा जोड दिने, छ) नियमित प्रशिक्षणमा जोड दिने, आदी । 

संगठनात्मक काम ः
क) संगठनहरुको प्रचारात्मक कामले ल्याएको अनुकुलतालाई तुरुन्त संगठनात्मक शक्तिमा बदल्न प्रयत्न गर्ने, ख) युवा पूर्णकालिन कार्यकर्ता निर्माणमा व्यापक जोड दिने, ग) व्यापक युवा पूर्णकालिन कार्यकर्ताको परिचालन, रेखदेख, र विस्तारमा जोड दिने, घ) आम जनतालाई साधारण सदस्यमा, साधारण सदस्यलाई संगठित सदस्यमा, संगठित सदस्यलाई अगुवा कार्यकर्तामा, अगुवा कार्यकर्तालाई पूर्णकालिन कार्यकर्तामा बदल्न मुख्य ध्यान दिने, ङ) नियमित सम्मेलन, भेला, बैठक आदी जस्ता कामको निरन्तरतामा जोड, आदी । 
संघर्ष सम्वन्धी काम ः 
क) सम्राज्यवाद, विस्तारवाद, सामन्तवाद विरुद्धको संघर्षमा व्यापक जोड दिनु, ख) पुँजीवाद, यथास्थितिवाद र संङ्क्रिणवाद विरुद्धको संघर्षमा जोड, ग) सुधारवाद तथा   अराजकतावाद विरुद्धको संघर्षमा जोड दिनु, घ) राष्ट्रियता, जनअधिकार तथा जनजिविकाको पक्षमा हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, ङ) सामाजिक तथा साँस्कृतिक रुपान्तरणको निम्ति हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, च) शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको निम्ति चल्ने संघर्षमा भाग लिनु र त्यसको नेतृत्व गर्नु, छ) रचनात्मक, सृजनात्मक क्रियाकलाप, र जनवादी सुधार अभियानलाई तिर्वता दिनु र त्यसको लागि संघर्ष गर्नु , आदी । 

५. क्रान्तिकारी युवा आन्दोलनले अनुशरण गर्नुपर्ने कुराहरु ः 
क) कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु, ख) कडा मेहनत गर्नु, राम्रो योजना बनउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु, ग) अध्ययनलाई कामसँग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु, घ) कामको बारम्वार मुल्याङ्कन÷सिमाहलोकन गर्नु, ङ) नयाँ नयाँ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु, च) आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु, छ) कामहरुको असल कुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्चयाउनु, ज) जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र जनतालाई सिकाउनु, झ) जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नुृ, ञ) अध्ययन अनुसन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु, ट) तन्दुरुस्त ध्यान दिनु र नियमित व्यायमहरु गर्नु, ठ) श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु, आदी । जुन विषयहरुमा कामरेड माओले व्यापक चर्चा गर्नु भएको थियो । 

समापनमा, 
ठेगान गरिएको समयमा त संविधान बनेननै । थपिएको समयमा पनि नयाँ अग्रगामी सार्थक संविधान बन्ने कुनै आधार छैन । आफुलाई ठुला भनाउदा पार्टीहरु संविधान बनाउनमा भन्दा सत्ता, सरकार र कुर्सीको लागि मरिहत्य गरिरहेका छन । देशको राजनीतिक संक्रमणको फाईदा उठाउनको लागि साम्राज्यवादी तथा विस्तारवादी झन कम्मर कसेर लागेका छन । उनिहरुको चलखेल तिर्व ढंगले बढेको छ । दिनहुँ सिमा मिचिएको छ । राष्ट्रियताको समस्या गम्भिर बनेको छ । हत्या, हिङ्सा, अराजकता, असान्ती बढेको छ । यस्तो अवस्थामा हामी सवै नेपाली युवाहरु बर्तमानमा थोपरिएका समस्याहरुलाई समाधान गर्न फेरी एकपटक एकतावद्ध हुन आवश्यकता छ । फेरी एक पटक आन्दोलनको आँधी बेहरी सृजना गर्न जरुरी छ । जनताको अनेक समस्याहरुलाई बेवास्था गर्दै कुर्सीको लागि मरिहत्य गर्ने दल र नेताहरुलाई खवरदारी गर्नु पर्ने बेला भएको छ । त्यसैले थप गरिएको समयमा सार्थक संविधान निर्माणको लागि सवै एकतावद्ध बनौं । फेरी एकपटक आ–आफ्नो स्थानबाट जुरुक्क उठौं । 
लेखक ः नेपाल कम्युनिष्ट पार्टी (एककिृत) का केन्द्रीय सदस्य तथा युवा मोर्चाको ईन्चार्ज हुनुहुन्छ । 

राजनैतिक अर्थशास्त्र 
चिरन पुन

१. अर्थशास्त्रको आधारभुमी ( बेलायत ) हो ।
२. अर्थशास्त्रको जन्मदाता एडम स्मिथ हुन ।
  क. उनले नै मूल्यको सृजना श्रमबाट हुन्छ भन्ने कुरा पत्ता लगाए ।
ख. त्यसलाई रिकार्डो, माल्थस लगाएतका अर्थशास्त्रीहरुले पनि स्वीकार गरे ।

३. अर्थशास्त्रको क्षेत्रमा माक्र्सको महत्वपूर्ण कृति पुजी हो । जो ३ भागमा प्रकाशित छ ।
क. पहिलो भाग माक्र्सले लेखे ।
ख. दोश्रो र तेश्रो भाग माक्र्सको नोटको आधारमा एड.्गेल्सले तयार पारिदिए ।
ग. मास्र्सका ३ पक्ष मध्य राजनैतिक अर्थशास्त्र एक महत्वपूर्ण पक्ष हो ।
घ. त्यसको साथै एतिहासिक भैतिकवाद र द्धन्दात्मक भौतिकवाद उनको अर्को दुई महत्वपूर्ण पक्ष हो ।

४. राजनैतिक अर्थशास्त्रले मानवसमाजको विकाश क्रममा भौतिक सरसामान, औजारहरुको उत्पादन, तरण, विनिमय, उपभोगको क्रममा मानिसहरु विच आर्थीक सम्वन्धको विज्ञान हो ।
क. यसले स्वामित्व, ज्याला, मुनाफाको बारेमा अध्ययन गर्दछ । (मानिसको प्रथम ऐतिहासिक काम श्रम हो)
ख. माक्र्सवादीहरु प्रथम पदार्थ र दोश्रो चेतनालाई स्वीकार गर्दछन ।
ग. पुजीवादीहरुले त्यसको ठिक उल्टो प्रथम चेतना र दोश्रो पदार्थलाई मान्दछन ।

५. मानिसको उपयोगिता र अतिरिक्त मुल्य उत्पादनका औजार र उत्पादनका बस्तु मिलेर उत्पादनका साधन बन्दछ  । जस्तो सामाजिक व्यवस्थामा ।
१.  उत्पादन प्रणाली ः
क. उत्पादक शक्ति  ः
ख. उत्पादन सम्वन्ध ः
२. उत्पादनका साधन ः
क. उत्पादनका वस्तु ः
ख. उत्पानका औजार ः
३. उत्पादन शक्ति ः ९एचयमगभतष्यल एयधभच०
क. उत्पादनका साधन ः
ख. मानविय श्रम ः
४. उत्पादन सम्वन्ध ः ९च्भभितष्यल इा एयचमगभतष्यल०
क. शोषणमुलक समाज ः (दास युग, सामन्ती युग, पुजीवादी युग)
ख. शोषणविहिन समाज ः  (आदिम साम्यवादी युग, वैज्ञानिक साम्यवादी युग)

६. माक्र्सले उत्पादनको महत्पूर्ण पक्ष अर्थशास्त्रको अंग माल वा वस्तु हो ।
क.  विक्री गर्न वा नाफाको लागि उत्पादन गरिएको बस्तु माल हो ।
ख. वस्तु वा मालको मुल्यमा निर्धारण गरिन्छ । जसका दुई पक्ष छन ।
अ. उपयोगी मूल्य ः पैसा – वस्तु º उपयोग ।
आ. विनिमय मूल्य ः पैसा – वस्तु º पैसा – वस्तु º पैसा (अतिरिक्त मुल्य सहितको पैसा)
ई. मल्य श्रमबाट आउछ ।
ग. अतिरिक्त वस्तु बेचेर अतिरिक्त मुल्य प्राप्ती हुन्छ, त्यहिबाट नै श्रमको शोषण हुन्छ ।
अ. आवश्यक समय º आवश्यक वस्तु ।
आ. अतिरिक्त समय º अतिरिक्त वस्तु ।
उत्पादनमा आवश्यक समय — १, २, ३, ४ — आवश्यक वस्तु ।
उत्पादनमा अतिरिक्त समय — ५, ६, ७, ८  — अतिरिक्त वस्तु ।

७. पूँजीपतिहरु दुई किसिमबाट पूँजीको लगानी गर्दछन ।
क. स्थिर पूँजी
(मेसिन, कल कारखाना, औजार, कच्चा पदार्थ खरिद गर्न लगाईएको पूँजी )
ख. अस्थिर पूँजी
 ( श्रम खरिद गर्न लगाईको पूँजी ) जसले अतिरिक्त मुल्य खरिद गर्दछ ।    
ग. उत्पादनको साधनलाई श्रमले गतिशिल बनाउँछ । जस्तो  एउटा दराजको उत्पादनमा हेरौं,
काठको मुल्य ः (कच्चा पदार्थ )  रु. १५००।
श्रमको मूल्य ः (कामदार) रु. ५०० ।
कुल लगत मुल्य ः (जम्मा) रु २०००।
नाफा   ः (पूँजीपतिले)   रु. ५००।
विक्री मुल्य ः (जम्मा) रु. २५००।
स्थिर पूँजी रु. १५००।
नयाँ मुल्य रु. १०००।  (अतिरिक्त मुल्य)

८. अतिरिक्त मुल्य दुई भागमा बाडिन्छ ।
क. मजदुरले लैजाने,   आवश्यक श्रम ।
ख. पूँजीपतिले लैजाने,  नाफा अतिरिक्त मुल्य ।
ग. श्रमिकले पाउने आवश्यक श्रम हो र पूँजीपतिले लैजाने अतिरिक्त मुल्यनै शोषण हो ।

९. पूँजीपतिले नाफाको लागि दुई तरिका अवलम्वन गरेको हुन्छ ।
क. निरपेक्ष अतिरिक्त मुल्य ः घण्टा बढाएर ।
ख. सापेक्ष अतिरिक्त मुल्य ः श्रम वा मेसिनको कार्य बढाएर ।
आवश्यक श्रम मुल्य º कामको घण्टा  १, २, ३, ४, ५ º श्रमिकले लैजाने  रु. ५००।
अतिरिक्त श्रम मुल्य  º कामको घण्टा  ६, ७, ८, ९, १० º मालिकले लैजाने रु. ५००।

१०. ठुलो पूँजीपतिसँग सानो पूँजीपतिले प्रतिष्पर्दा गर्न सक्दैन ।
जस्तै ः
ठुलो पूँजीपति सानो पूजीपति
पूँजी         रु. १०, ००००००।   रु. १,००००००।
नाफा         रु. २,५०, ०००।   रु. २५, ०००।
व्याक्तिगत खर्च       रु. १,०००००।     रु. २५, ०००।
बचत         रु. १,५०, ०००।   रु. छैन ।
१० बर्षको बचत     रु. १५, ००००००।   रु. छैन ।
१० बर्ष पछिको पूँजी  रु. २५, ००००००।  रु. १, ००००००।    

राजनीति, कला, साहित्य र संस्कृति
चिरन पुन 

“हाम्रा सवै सहित्य र कला जनसमुदायका निम्ति हुन् र सर्वप्रथम मजदुर र किसानहरुका लागि हुन । ति मजदुर र किसानका निम्ती सृजना गरिएका हुन, यो उनिहरुकै लागि हुनु पर्दछ ।”“ साहित्य र कला सम्वन्धी ऐनान गोष्ठीमा” क. माओ मे १९४२ 
“सास्कृतिक विनाको सेना  बोधो सेना हो र बोधो सेनाले शत्रुलाई हराउन सक्दैन” “ सास्कृतिक कार्यम संयुक्त मोर्चा ”  “क. माओ, अक्टुवर ३०, १९४४”
१. राजनीति सामाजिक आन्दोलनको नायक हो । 
२. राजनीतिक आन्दोलनका नेताहरु सामाजिक आन्दोलनका पनि नायकहरु हुन । 
३. राजनीति संगठित हुन्छ, यसले ठुल्ठुला संघर्षहरु संचालन गर्दछ, आन्दोलनको नेतृत्व गर्दै त्यसलाई विजयसम्म पुर्याउछ । सत्ता खोस्छ र मुलुकलाई अघि बढाउन यसले महत्पूर्ण भुमिका खेल्दछ । 
४. राजनीतिले सत्ताहरु परिवर्तन पनि बनाउछ । 
५. राजनीति आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक आदी विषयहरुको जग हो । 
६. राजनीतिले देशको खाका (फ्रेम) निमार्ण गर्दछ भने साहित्यले मासु भर्ने  र रक्त संचार गराउने काम गर्दछ । 
७. साहित्य संगठित हुदैन । 
८. साहित्यले आन्दोलन तथा संघर्षहरु गर्दैन तर, बलिदानी लडाई, संघर्ष र आन्दोलनको निम्ति बलिदानी भावनाको विकाश गराउने, आन्दोलन र संघर्षको निम्ति उत्प्रेरित गर्ने र जित्ने आँट दिलाउने र हार्दा पनि निराश हुन बाट रोक्ने काम गरेको हुन्छ । 
९. तर, साहित्य राजनीतिसँग सम्वन्धित हुन्छ । 
क. राजनीतिक आन्दोलनसँग गाँसिएको साहित्यको नै समाजमा बढ्ता महत्व हुन्छ । 
ख. जुन मानिस आन्दोलनसँग जोडिएको हुन्छ, त्यहाँबाट निर्माण भएको साहित्यलेनै समाजको यथार्ततालाई आत्मसाथ गर्न सक्दछ । (कला साहित्यको खानी पिछिडिएको जनसमुदायनै हुन) 
१०. रुसी महान साहित्यकार मेक्सिम गोर्कीले संस्कृतिलाई मानिसको दोश्रो स्वभाव भनेका छन । 

११. राजनीतिक आन्दोलनहरुमा साहित्यकारहरुको पनि महत्वपूर्ण स्थान र भुमिका रहन्छ । 
  जस्तो ः 
सोभियत समाजवादी आन्दोलनमा  मेक्सिम गोर्की
चिनी कम्युनिष्ट आन्दोलनमा लुसुन । 
भियतनामी आन्दोनलमा होचिमिन्ह आदी । 
१२. हामीले लगाउने पोसाक र भोजनमा पनि संस्कृति हुन्छ, जो प्रकृति र भुगोलसँग सम्वन्धित रहन्छ । 
क. संस्कृतिको विविध रुपहरु छन । 
१. पोसाक सम्वन्धि, 
२. भाषा सम्वन्धि, 
३. भोजन सम्वन्धि, 
४. धर्म सम्वन्धि, 
५. गीत सम्वन्धि, 
६. निर्माण सम्वन्धि, 
७. जाति सम्वन्धि, 
८. भुुगोल सम्वन्धि, 
९. घर सम्वन्धि आदी । 

ख. संस्कृति कृतिम कुरामा आधारित हुन्छ । 
१. पोसाक सिलाएर लगाउने, भोजन पकाएर खाने, भाषा बोल्ने, धर्म मान्ने, घर बनाएर बस्ने,  गीत गाउने आदी सवै कृतिम कुराहरु हुन । 
२. संस्कृति सरल बाट जटिल तर्फ जान्छ । 
३. संस्कृति बस्तुगत अवस्थामा आधारित हुन्छ । 
४. संस्कृति पशुजगत बाट मानव जगतमा संड्.क्रमण रहेको हो । आदी । 

१३. हाल नेपालमा २ किसिमको संस्कृतिको बोलवाला विद्धमान रहेको छ । 
क. सामन्तवादी संस्कृति ः 
१. यो भाग्यवादमा आधारित छ । 
(यसले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवादलाई मुल कुरा मानेको हुन्छ, त्यसैले भाग्यवाद नै सामन्तवादको मुख्य कुरा हो यसले मानिसलाई काम गर्नबाट वन्चित गराउने, संघर्षबाट भगाउने काम गरिरहन्छ यो संस्कृतिको हाम्रो देशमा विगविगी रहेको छ ) ।

२. यो बंशको श्रड्खलामा आधारित रहेको छ । 
(राजाको छोरा राजा हुने, पुरेतको छोरा पुरेतै हुने, लाहुरेको छोरा लाहुरैनै हुने, मास्टरको छोरा मास्टरै हुने, डाक्टरको छोरा डाक्टरै हुने, आखिर किसानको छोरा किसान हुने र मजदुरको छोरा मजदुरै हुने आदी) 
३. यो रुडिवादमा आधारित छ । 
(यसले ठालुहरुको चाकडी गर, ईश्वरका भक्ति बन र सेवा गर, मुखियाको सेवा गर, पुरेत ब्रामणको सेवा गर, राजा महाराजाको सेवा गर, धनि मनिहरुको चाकडी र सेवा गर आदी भनेर मानिसलाई दाशी बनाईरहेको हुन्छ र यो कर्मकाण्डीय अवस्थामा जकडिएको छ ) 

४. यो अलौकिक शक्तिमा आधारित छ । 
(संसारमा जे भएको छ, त्यसमा मानिसहरुको केहि हात छैन, जे भयो, जे हुदैछ, जे हुनेछ त्यो सवै अलौकिक शक्तिको भरमा हुन्छ भन्ने धारणालाई यसले अघि बढाउछ) 

५. यो शोषणमा आधारित छ । 
(यसको मुल विषय कसरी शोषण गर्न सकिन्छ, कसरी मानिसलाई दाशी बनाउन सकिन्छ, कसरी उनिहरुमाथि सधै हैकम चलाउन पाईन्छ यसको मुल विषय यहि हो)

ख. पूँजीवादी संस्कृति ः 
१. यो संस्कृति उपभोत्तावादमा आधारित रहेको छ । 
(यसले संसारका सवै कुरालाई उपभोग्य वस्तुको रुपमा लिएको हुन्छ ) ।
२. यो उदण्डता, चमत्कार र ध्वसंमा आधारित हुन्छ । 
( यसले समाजमा उदण्ड प्रवृतिलाई बढवा दिन्छ, हामीले समाजमा फिल्म देखेका छौ ? एकजना नाएकको चमत्कार कति हुन्छ के त्यो संभव भएको कुरा हो ?
 यसले सृजनालाई होईन ध्वसंलाई प्रसय दिन्छ) । 
३. यो छाडा सेक्स र पाश्चात्य कुराहरुमा आधारित रहन्छ । 
( यसको मुलकुरा छाडा सेक्स हो । समाजमा पाश्चात्य कुराहरुले निकै ठुलो दिग्भ्रमित पारिरहेको हुन्छ) । 
४. यो व्याक्तिवादमा आधारित छ । 
(यसको सवै गतिविधीहरु व्याक्तिमा आधारित रहन्छ । यसले समाजलाई भन्दा व्याक्तिलाई महत्व दिन्छ) । 
५. यो संस्कृति पूँजीमा आधारित छ । 
( यसले सवै कुरालाई पूँजी वा पैसा जम्मा गर्ने श्रोतको रुपमा लिन्छ ) । 
६. यो शोषणमा आधारित छ । 
(शोषणनै यो संस्कृतिको मुल विषय हो) । 

मानिसले धर्म बनाउछ, तर धर्मले मानिस होईन, फयरवाक । 

१४. उपभोत्तावाद, भाग्यवाद, व्याक्तिवाद, रहस्यवाद, छाडा सेक्स, उदण्डता, अनावश्यक चमत्कार, विरुद्ध लड्ने माक्र्सवाद नै हो । त्यसैले राजनीति र संस्कृतिको माध्यमबाट माक्र्सवादलाई व्यापक जनतामा लैजान सक्नु पर्दछ ।

१५. संसारमा माक्र्सवादलाई आधार बनाएर ठुला ठुला मजदुर आन्दोलनहरु सफल भएका छन । क्रान्तिहरु सम्पन्न गरिएका छन । त्यसले मजदुरहरुको राज्यसत्तालाई स्थापीत गराएको छ । 
क. पेरिस कम्युन त्यसको पहिलो रुप हो । 
ख. रुसमा समाजदवादी क्रान्ति । 
ग. चिनमा जनवादी क्रान्ति ।
घ. भियतनाममा भियतनामी क्रान्ति । आदी । 

१६. हाल समाजमा देश, जनता, पार्टी, क्रान्तिको निम्ति सोच्ने मानिसहरु अत्यन्त कम छन । पार्टीमा लाग्ने, नेतृत्व गर्ने भनेको त झनै समुन्नत मस्तिस्क, चरित्र, निडर मनोबललाई उकास्ने आदर्शको लागि साहित्य र संस्कृति नै पड्नु पर्दछ । 
(जस्तो ः घर निर्माण गर्न मानिसको उन्नत ज्ञान र सीप लागेको छ र नै सुन्दर घर, भवन भौतिक संस्कृतिको सुन्दर नमुना हुन जान्छ ) । 

१७. संस्कृतिको २ पक्ष हुन्छ । 
क. भौतिक पक्ष ः 
१. समाज परिवर्तन हुदै जाँदा समाज बर्गीय भयो । 
२. समाज बर्गीय भए पछि संस्कृति पनि बर्गीय भयो । 
३. समाजमा जुन बर्ग सत्तामा थियो, त्यसैले कला, साहित्य, संस्कृति, ज्ञान, विज्ञान, प्रवृधी आदी लाई सत्तामा भएको   बर्गले आफ्नो फाईदाको निम्ति प्रयोग गर्यो । 
४. संस्कृतिलाई विरोधी वर्गलाई उत्पीडन गर्ने हतियारको रुपमा प्रयोग गरियो । 

ख. भावनात्मक पक्ष ः 
१. भावनात्मक पक्ष भौतिक पक्षभन्दा धेरै पछि आएको हो । 
२. पहिला प्रवृधीको विकाश भयो , त्यसले निम्न स्तरको हतियार र औजारहरुको निमार्ण  भयो । 
३. औजारहरुको प्रयोगले मानिसले नयाँ किसिमको उत्पादन शुरु गर्यो । 
४. प्रारम्भीक स्तरको प्रवृतिसँग संस्कृतिको पनि शुरुवात भयो । 
५. प्रवृधीको प्रयोगबाट मानिसले शक्तिको विकाश गर्यो, त्यो नै भावनात्मक संस्कृतिको पक्ष हो । 

१८ क. बैज्ञानिक तथ्यअनुशार मानिसको उत्पक्ति र विकाश सरलबाट जटिल तिर र पशु जगतबाट मानव जगत तिर भयो ।     विज्ञानले सवै चिजलाई नियमको रुपमा हेर्दछ तर कला भन्दा फरक छ । 
ख. साहित्य, कला नियमहरुको प्रणाली होईन, यो भाव जगतसँग सम्वन्धित छ । साहित्य र कलामा जिवन विम्वमा चित्रको रुपमा उत्पक्ति हुन्छ । 
(जस्तो ः मेक्सिम गोर्कीको उपन्यास आमा मा प्रमुख पात्र पावेल छन, याड्मोको उपन्यास युवाहरुको गीतमा प्रमुख पात्र ताओचिन छन, त्यस्तै  पारिजातको बैशको मान्छेमा प्रमुख पात्र सुवानी छिन) 
ग. तिनीहरुमा व्याक्तिको रुपमा समाज भित्रको बर्ग संघर्षलाई चित्रण गरिएको छ । 

१९. मानव सभ्यताको क्रममा (भाषा, गीत, धर्म, लिपी, कविता) आदी प्रकृतिसँगको लडाईको क्रममा विकाश हुदै आएको हो । 
क. मानव जातिको बढेको गतिलाई नयाँ संकेतको माग गर्यो । 
ख. पुरानो संकेतहरुको प्रयाप्त भएन । 
ग. शूरुमा विभिन्न ध्वनिहरुको संड्खला बन्यो । 
(जस्तो ः सत्रुसँग जुझ्न, बालि लगाउन, समुदायलाई संकेत गर्न, उत्साहलाई जनाउन, पिडालाई बुझाउन आदी) 
घ. वस्तुगत परिस्थिति र प्रकृतिको आधारमा संकेतको निमार्ण गरियो । 
(जस्तो ः पानी कलकल गर्यो, आकाश गड्याड. गर्यो, जहाज उड्यो आदी, आवाज अनुशार नामको पनि विकाश भयो) । 

२०. मानिसले देखेको र भोगेको कुराहरुले मनमा एक तरड्ग जगाउछ । त्यसलाई अनुभुति भनिन्छ । 
(जस्तो हामी बाटोमा हिडेको बेला बाघ देखियो भने त्यसले मनको कुनै तारमा आघात पार्दछ त्यस आघातलाई हामी डर भन्छौ, यसमा २ पक्ष छन) । 
क. भावना ः 
ख. धारणा ः 
१. भावना भन्दा धारणा अलि माथिको कुरा हो । 
२. पहिले मानिसको जिवनलाई चलाउन ज्ञान र नियमहरु नभएकोले नदेखिने शक्ति छ  भनेर मानिसले कल्पना गर्दथ्यो । 
३. मानिसको त्यहि कल्पनाको संसारबाट ईश्वर र देवी देवताहरुको जन्म भएको हो । 
४. त्यसैले आज ईश्वर र भगवान मानिएकाहरु मानिसकै रुप र आकारमा छन । 

२१. मानिसले मानि आएका कर्म काण्ड, संस्कार र व्यवहारहरु संस्कृतिका उपजहरु हुन । 
क. मानिसले अवलम्वन गरेका सवै कर्म काण्डहरुमा अन्धविश्वास छ । 
ख. सवै कर्म काण्डहरु खर्चिलो छ । 
ग. त्यसले मानिसको मनोवललाई कमजोर बनाउछ र शोषक र सामन्तहरुलाई झन मजवुद बनाउछ । त्यसैले यी    कर्मकाण्डहरुलाई त्याग्न पहल गर्नु पर्दछ । 

२२. जनवादी संस्कृति ः 
क. भौतिक वस्तुमा आधारित । 
ख. उत्पादन प्रणालीसँग आधारित । 
ग. आन्दोलनसँग आधारित । 
घ. व्यवहार र समउन्नत विचारसँग आधारित । 
ड. परिवर्तनसँग आधारित । 
च. श्रम प्रति आस्था र शोषण प्रति विरोधमा आधारित । 
“क्रान्तिकारी संस्कृति बहुसंड्ख्यक जनताको निम्ति शक्तिशालि क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भुमि तयार पार्दछ । यो क्रान्तिको बेलामा, व्यापक क्रान्तिकारी मोर्चामा महत्वपूर्ण, साच्चै आवश्यक, संघर्षशिल एक मोर्चा हो । ” “नया जनवादका विषयमा” “क. माओ, जनवरी १९४०”, 
(त्यसैले भौतिकवादीहरु, क्रान्तिकारीहरु, कम्युनिष्टहरुले नराम्रा संस्कृतिहरुसँग निरन्तर संघर्ष गर्दै जानु पर्दछ ) । 
धन्यवाद । 

महान सर्वहारा साँस्कृतिक क्रान्ति बारे ।
                                                                                                                                          चिरन पुन

  •  एउटा माक्र्सवादी लेनिनवादी पार्टी गठन हुँदा खेरिनै पार्टी भित्र साँस्कृतिक क्रान्ति संचालन गर्नु पर्दछ । 
  •  उक्त साँस्कृतिक क्रान्ति पार्टी भित्रमा तमाम खाले पुराना रुडिवादी संस्कार र संस्कृति बोकेका पार्टी सदस्यहरु भित्र वा बाहिर व्यापक रुपमा संचालन गरिनु पर्दछ । 
  • क. माओले चिनी कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गर्नु भयो । 
  • चिनिया कम्युनिष्ट पार्टी भित्र सर्वहारा वर्गको मुल अण्डाद्धारा पुँजीपति बर्गको मुल अण्डा ध्वस्त पारेर सर्वहारा बर्गको राज्य कायम गर्नका लागि महान सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरिएको थियो । 
  • साँस्कृतिक क्रान्तिले साहित्य, कला, शिक्षा, राजनीति, धर्म लगाएत सवै क्षेत्रमा सर्वहारा वर्गीय दृष्टिकोण रुपान्तरण गर्न ठुलो कोशिश गरेको हो । 
  • ६. महान सर्वहारा साँस्कृतिक क्रान्तिले चिनको कम्युनिष्ट पार्टीको नेतृत्वमा पुग्न सफल भएको दक्षिणपंथी संशोधनवादीहरु (ल्यू साओ, तेड. साओ पिड.) जस्ता पूँजीवादीहरुको मुलअण्डामा ईड्कित गर्दै ९द्ययmद द्यबचम त्जभ ज्भबम त्तगबतभच० मुल अड्डामा बम बर्साउ भन्ने मुल नारा तय गरियो । 
  • ८ अगष्ठ १९६६ मा बसेको चिनको कम्युनिष्ट पार्टीको केन्द्रीय बैठकले सर्वहारा साँस्कृतिक क्रान्तिलाई योजनावद्ध ढंगले अगाडि सार्यो । त्यसमा अग्रीम भूमिका निर्वाह गर्ने 
  • क. च्याड. चिड.
  • क. च्याड. चुड. चिआओ 
  • क. वाड. हड. वेन
  • क. चाओविन युवान लगाएत हुनुहुन्थ्यो । 
  • पुँजीवादीहरुले चिनमा प्रतिक्रान्ति भएपछि साँस्कृतिक क्रान्तिको १९६६ देखि १९७६ सम्मको दशकलाई कालो दशकको रुपमा घोषणा गरियो । 
  • साँस्कृतिक क्रान्तिका अगुवा ४ जनालाई आजिवन कारावास तोकियो भने क. च्याड. चिड.लाई  जेलमै हत्या गरियो । 
  • १९६६ अगष्ठ ८ मा चिनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई योजनावद्ध अगाडि बढाउन निम्न १६ वुँदे निर्णय गरियो । 

१. समाजवादी क्रान्तिमा एउटा नौलो अध्याय ः 

  • राजनैतिक सत्ता पल्ट्याउन व्यापक जनमत तयार पार्नु पर्दछ । 
  • त्यस जनमतले वैचारिक क्षेत्रमा व्यापक लडाई लड्नु पर्दछ । 
  • जनवादी सत्ता स्थापना भए पछि पनि निरन्तर त्यो सत्ता टिकाउन ध्यान दिनु पर्दछ । 

२. मुलधार र बाड्गा टिड्गा बाटाहरु ः 

  • साँस्कृतिक क्रान्तिमा कामदार, किसान, सेना, वुद्धिजिवी, क्रान्तिकारी कार्यकर्ता मिली मुख्य शक्ति हुने भएकोले त्यहाँ अवरोधहरु आउन सक्ने छ । 
  • साँस्कृतिक क्रान्ति पनि एक विशाल क्रान्ति भएकोले त्यसमा पनि प्रतिरोधहरु उत्पन्न हुन सक्नेछ । 
  • ति प्रतिरोधहरु मुख्य पुँजीवादी बाटो लिएर पार्टी भित्र घुसेका अधिकारीहरुबाट आउने छ । 
  • प्रतिरोधहरु पुरानो समाजबाट हुर्केका बानी व्यवहोराहरुबाट आउने छ । 
  • शूरुमा त्यस  प्रकारका प्रतिरोधहरु कडा रुपमा पनि आउन सक्नेछ तर पछि ति सवै हराउदै जानेछ । 

“प्रतिरोधमा संघर्षहरु उल्टो पाल्टो पनि हुन्छ त्यसबाट क्रान्तिलाई कुनै नोक्सान हुने छैन, बरु त्यसले अनुभव सिकाउने छ । युवा टोलीलाई खारेर स्पात बनाउने छ र क्रान्तिको बाटो सोझो नभएर बाड्गो टिड्गो हुन्छ भनेर बुझाउने छ ” “ क. माओ ” ।

३. सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनसमुदायलाई व्युँझाउ ः 
पार्टी नेतृत्वले निडर बनेर आम जनताहरुलाई उठाउने सहास गर्दछन कि गर्दैनन् त्यस कुराले क्रान्तिको उपलव्दीलाई निर्धारण गर्नेछ । तर पार्टी संगठनमा र नेतृत्वमा रहेकाहरुमा निम्न ४ भिन्न परिस्थिति छ ।

  • पार्टीका प्रमुखहरु जो आन्दोलनका अग्रिम मोर्चामा उभिएर जोसका साथ जनतालाई उठाउने सहास गर्दछन । निडर, लडाकु , सहासी छन । गलत कामहरुलाई आलोचना गर्ने मौका दिन्छन । ति ईमान्तार प्रमुखहरुलाई सर्वहारावादी क्रान्तिको अग्रिम मोर्चाको नेतृत्वमा राख्नु पर्दछ । 
  • जुन नेतृत्वले आफुलाई अयोग्य, कमजोर स्थितिमा भएको पाउछन । डराउछन, नयाँ परिस्थिति र जनताको क्रान्तिकारी आन्दोलनको अनविज्ञता छन, नेतृत्व परिस्थितिबाट पछाडी छ भने उनिहरुलाई  तुरुन्त नेतृत्वबाट बदल्नु पर्दछ ।  
  • जसले गल्ति गर्दछन, जनताले गल्तिको आलोचना गर्दछन । आफुलाई गलत्यायर निकाल्छन भन्ने डरले त्रास माथि राख्छन । आत्मआलोचना गर्दछन तर सुधार गर्दैनन्, पुन ः भुल र विराम गर्दै जान्छन त्यसले आन्दोलनलाई वाधा पुर्याउने हुँदा उनिहरुलाई बढिभन्दा बढि सुधार्ने मौका दिने तर नेतृत्वमा नराख्ने गर्नु पर्दछ । 
  • केहि ईकाईहरु तिनीहरुको हातमा छ,  जुन पूँजीवादी बाटो लिई पार्टीमा घुसेका छन, आन्दोलनलाई दबाउन बाटो खोज्दछन, क्रान्तिलाई धुमिल बनाउन चाहन्छन त्यस्तालाई तत्काल आफ्नो अण्डाबाट तत्काल खारेज गरेर उनिहरुलाई  जनताबाट नड्ग्याउनु पर्दछ । 

४. आन्दोलनमा जनसमुदायहरुलाई आफै शिक्षित बनाउन ध्यान देउ ः

  • यो क्रान्ति जन समुदायलाई आफै मुक्त बनाउनु हो । 
  • जनतालाई विश्वास गर । 
  • जनता माथि भर पर । 
  • जनताको उत्साहलाई आदर गर । 
  • डर त्रास हटाउ । 
  • क्रान्ति शुशिल र सभ्य नहुने भएकोले खैला बैला देखि नडराउ । 
  • जनताले गलत विचारको आलोचना गर्न सक्ने वातावरण बनाउ । 
  • जनताले गलत कुराहरुको भण्डाफोर गर्न सकुन । 
  • जनताले ठिक र बेठिक छुट्याउन सकुन । 
  • सत्रु र मित्रहरु बीच स्पस्ट रेखा चित्रण गर्न सकुन । अनि मात्र जनताको नैतिक चेतना माथि उठ्न सक्ने छ ।

५. पार्टीको बर्गीय कार्यदिशालाई दृढतापूर्वक लागु गर ः 

  • हाम्रो सत्रुहरु को हुन ? र हाम्रा मित्रहरु को हुन ? यो प्रश्न क्रान्तिको लागि महत्वपूर्ण छ । 
  • पार्टी नेतृत्वले क्रान्तिकारी तथा वामपंथी माथि विस्वास गर्नु पर्दछ । 
  • अवसरवादीको भण्डाफोर गर्न सवै शक्ति केन्द्रीत पार । 
  • अवसरवादीहरुलाई जनताबाट एक्लो बनाउन कोशिस गर । 
  • प्रतिक्रियावादी वुर्जुवा वुद्धिजिवी र सामान्य वुद्धिजिवीको वैचारिक क्षेत्रमा जनता बीच फरक देखाउ । 

६. जनता बीचको अन्तरविरोधहरुलाई सहि ढंगले संचालन गर ः 

  • जनताले भिन्न विचार लिनु सामान्य कुरा हो । 
  • भिन्न विचारहरुको विवादले अनिवार्य फाईदाजनक हुन्छ । 
  • विवादको सिलसिलामा जनताले सहि र गलत कुराको किटानी गर्नेछन । 
  • विस्तारै जनता सहमतिमा पुग्ने छन । 
  • हरेक विवादहरुलाई तर्फले संचालन गर । 
  • वाद्यय पार्न बल प्रयोग नगर । 
  • क्रान्तिकारी एकतालाई मजवुद पार्न वाद विवाद र व्यापक छलफलहरु चलाउ । 
  • विवादमा महत्वपूर्ण र गौण विषय छान । 

७. क्रान्तिकारी जनसमुहलाई प्रतिक्रान्तिकारी मार्का लगाउनेबाट सर्तक पार ः 

  • पार्टी भित्रका समाजवादी विरोधी प्रति क्रान्तिकारीहरुसँग होसियार बन । 
  • उनिहरुको गलत कार्यको समयमै भण्डाफोर गर । 
  • क्रान्तिकारी जनता बीच उनिहरुलाई घुस्न नदेउ । 
  • जनतामा घुसपैठ गर्न र उस्काउन कसैलाई पनि नदेउ । 

८. कामदारहरुको प्रश्नमा ध्यान देउ ः (कामदारहरुलाई ४ भागमा राख) 

  • असल कामदार । 
  • तुलनात्मक रुपमा असल कामदार । 
  • गम्भिर गल्ती गरेको तर पार्टी र समाजवाद विरोधी नभैसकेको कामदार । 
  • पार्टी, समाजवाद विरोधी दक्षिणपंथी पुँजिवादी कामदार । 

९. साँस्कृतिक क्रान्तिकारी समुह, कमिटी र महाधिवेशनहरु ः 
  • यिनीहरुलाई जनवादी केन्द्रीयताको आधारमा संचालन गर । 
  • भेला, सम्मेलन, महाधिवेशनहरु नियमित गर । 
  • आलोचना र आत्माआलोचनालाई नियमित पार । 
१०. शैक्षिक सुधारको प्रश्न ः 
  • पुरानो शैक्षिक व्यवस्थालाई खारेज गर । 
  • पुरानो शैक्षिक पद्धतीलाई खारेज गर । 
  • पुरानो अध्यापन विधीलाई पूर्णरुपमा बदल्न प्रयत्न गर । 
  • नयाँ शैक्षिक व्यवस्था लागु गर । 
  • नयाँ शैक्षिक पद्धतीलाई लागु गर । 
  • नयाँ शिक्षालाई उत्पादन मुलक र व्यवहारिक बनाउ । 

११.समाचार पत्रमा नाम लिएर आलोचना गर्ने प्रश्न ः 

  • पूँजीवादी र सामन्तवादी विचारको आलोचना गर । 
  • पत्र पत्रिकामा सर्वहारा विश्व दृष्टिकोणहरुको प्रचार गर । 
  • माक्र्सवाद लेनिनवाद माओविचारधारको राम्ररी प्रचार गर । 
  • कसैको नाम लिएर आलोचना गर्नु पर्ने भएमा कमिटिमा छलफल गरेर निचोड निकाल । 

 १२. वैज्ञानिक, प्राविधिक र कार्यालयका कर्मचारी प्रतिको नीति ः 

  • तिनीहरुमा देशभक्तिको भावना रहोस । 
  • सकृय पूर्वक आआफ्नो क्षेत्रमा काम गरुन । 
  • पार्टी र समाजवादको बिरोध नगरुन । 
  • कुनै अर्को देशसँग अनुचित सम्वन्ध नराखुन । 
  • एकता आलोचना र एकताको नीति कायम राखुन । 
  • खास क्षेत्रमा विशेष योगदान दिने वैज्ञानिक, प्राविधिक र कर्मचारीलाई विशेष ध्यान देउ । 
  • उनिहरुको विश्व दृष्टिकोण र कार्यशैलीलाई फेर्न काममा सघाउने कोशिष गर । 
  • निश्चित कामको जिम्मा देउ र कमिटिमा राखेर काममा लगाउन जोड गर । 
  • उनिहरुलाई राम्रो काममा प्रोत्साहन र गलत कामको आलोचना गर्न सधै तयार पार । 

१३. सहर गाँउहरुमा यस क्रान्तिलाई समाजवादी शिक्षासँग मिलाउने व्यवस्था मिलाउ ः 

  • ठुला र मध्यम स्तरका सहरहरु, साँस्कृतिक एंव शैक्षिक इकाईहरु, पार्टी र सरकारको नेतृत्वदायी अंगहरु यस साँस्कृतिक क्रान्तिका ध्यान आक्रशणका केन्द्रहरु हुन । 
  • समाजवादी शिक्षा आन्दोलनमा गति दिन ध्यान देउ । 
  • राजनीतिक, बैचारिक, अर्थतन्त्र र संगठनको क्षेत्रमा भएको फोहोर मैला सफा गर्न साँस्कृतिक क्रान्तिको केन्द्रविन्दु बनाउनु पर्दछ । 

१४. क्रान्तिप्रति द्रढ बन र उत्पादन बढाउ ः 

  • जनताको विचारलाई क्रान्ति प्रति दृढ बनाउन ध्यान देउ । 
  • विचार उठेकाहरुलाई उत्पादन बढाउने काममा केन्द्रीत गर । 
  • उत्पादनलाई उच्च गुणका साथ बढाउनु  ध्यान देउ । 
  • साामाजिक उत्पादनको विकाशमा प्रेरक शक्ति साँस्कृतिक क्रान्ति बनोस ।

१५. सैनिक शक्ति ः 

  • सैनिक सेवामा, पार्टी केन्द्रीय समिति, सेना आयोग र जनमुक्ति सेनाको साधारण राजनैतिक विभागहरुमा निर्देशन अनुशार साँस्कृतिक क्रान्ति र समाजवादी शिक्षा संचालन गर्नु हो । 

१६. माओविचारधारा महान सर्वहारा साँस्कृतिक क्रान्तिको पद प्रदशक सिद्धान्त हो । 
  • माओका रचनाहरु अध्ययन गर्नु र जनतामा लागु गर्नु । 
  • साँस्कृतिक क्रान्ति, पार्टीको निर्णय, पद्धतीको बारेमा अध्ययन गर्नु । 
  • नौलो जनवाद बारे अध्ययन गर्नु । 
  • ऐनान गोष्ठिबारे अध्ययन गर्नु । 
  • अन्तरविरोधबारे अध्ययन गर्नु । 
  • व्यवहार बारे अध्ययन गर्नु ।  

धन्यवाद ।

Sunday, August 11, 2013

वार्ताका प्रस्तावहरु

दश वर्षको माओवादी जनयुद्ध, १९ दिने संयुक्त जनआन्दोलन, मधेसी, आदिवासी–जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्रका आन्दोलनलगायतका विभिन्न आन्दोलनहरुको जगमा जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अपेक्षासहित निर्वाचनद्वारा संविधानसभाको गठन भएको थियो । परन्तु, चार वर्षको अवधिमा पनि नयाँ संविधान निर्माण हुन सकेन । असामयिक रुपमा संविधानसभाको अवसान गराइयो । साझा सहमतिको अङ्गको रुपमा रहेको संविधानसभाको विघटनबाट सहमतिको कुनै साझा थलो बाँकी रहेन । अन्तरिम संविधान २०६३ विपरीत चार दलका शीर्ष नेताहरुद्वारा ११ बुँदे सहमति गरी राष्ट्रपतिमार्फत् २५ बुँदे आदेश जारी गराइयो । फलतः सर्वदलीय सहमतिबाट निर्माण गरिएको अन्तरिम संविधान २०६३ को मर्म र भावनालाई ध्वस्त पारियो । त्यसबाट मुलुक झन्–झन् गम्भीर सङ्कटमा पर्दै गयो । विगतको आन्दोलनबाट प्राप्त सीमित लोकतान्त्रिक अधिकारहरु गुम्ने मात्र होइन, मुलुकको सिङ्गो राष्ट्रिय अस्मिता नै गम्भीर धरापमा पर्न गयो । अतः यो बेला राष्ट्रिय स्वाधीनताको रक्षा, विगतका आन्दोलनहरुबाट प्राप्त गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायतका उपलब्धिहरुको रक्षा र अग्रगामी राजनीतिक निकासको लागि विद्यमान राजनीतिक दलहरुको बीचमा नयाँ राष्ट्रिय राजनीतिक सहमति गर्नुको अर्को विकल्प छैन । त्यही सहमतिको आधारमा नयाँ संविधान निर्माणको भरपर्दो आधार तयार गरी जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्नु अनिवार्य रुपमा आवश्यक छ । त्यसैले, हामी विद्यमान राष्ट्रिय सङ्कट समाधान राजनीतिक निकासको लागि नेकपा–माओवादी समेतको ३३ राजनीतिक दलीय मोर्चाको तर्फबाट चार दलीय उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको टेबुलमा निम्न विषयहरुको प्रस्ताव प्रस्तुत गर्दछौं । 
१. २०६९ चैत्र १ गते ४ दलको सिफारिसमा राष्ट्रपति ज्यूबाट अन्तरिम संविधानको बाधा अड्काउ फुकाउसम्बन्धी धारा १५८ प्रयोग गरी जारी गरिएको २५ बुँदे असंवैधानिक र पश्चगामी आदेश खारेज गरिनुपर्दछ । 

२.  नयाँ राष्ट्रिय राजनीतिक सहमतिको लागि चार दलीय उच्च स्तरीय राजनीतिक संयन्त्रलाई भङ्ग गरी आन्दोलनरत दलहरुका साथै विद्यमान सबै राजनीतिक दलहरुको बीचमा सर्वपक्षीय गोलमेच सभा गरिनु पर्दछ । 

३. वार्ताको प्रारम्भ भइसकेको अवस्थामा २५ बुँदे आदेशको आधारमा घोषणा गरिएको मंसिर ४ को निर्वाचन, निर्वाचनसम्बन्धी ऐन, क्षेत्र निर्धारण आयोग, आचारसंहितालगायतका निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यतालिकाहरु नयाँ राष्ट्रिय राजनीतिक सहमति नहुँदासम्म स्थगित गरिनुपर्दछ । 

४. अग्रगामी राजनीतिक दलहरुको सहमति र बहुदलीय मान्यताको आधारमा राष्ट्रिय संयुक्त सरकारको गठन गरिनुपर्दछ । 

५. जनताको नयाँ संविधान निर्माणको सुनिश्चितताको लागि विगत संविधानसभाबाट संविधान लेख्न नसकिनु र संविधानसभा विघटन हुनुको कारण बारे समीक्षा गर्दै संविधान निर्माण गर्ने सुनिश्चित आधारहरु तय गरी संविधानसभाको निर्वाचन गरिनु पर्दछ । 

६.  नयाँ संविधान निर्माणको भावी कार्यभारको सम्बन्धमा विगत संविधानसभाबाट सहमत भएर पुरा भइसकेका कार्यहरुलाई स्वीकार गर्दै सहमत हुन बाँकी रहेका र अपुग विषयहरुमा केन्द्रित गरिनुपर्दछ । 

७. जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणका लागि सहमति हुन बाँकी रहेका मूलभूत सिद्धान्तहरुमा दलहरुबीच सहमति कायम गरिनु पर्दछ । 

८. सहमत नभएका विषयहरुमा लोकतान्त्रिक विधि अनुरुप प्रक्रिया अगाडि बढाउन सुनिश्चित गरिनु पर्दछ । 

९. २०६९ जेठ १४ गते संविधानसभाको कार्यविधि समाप्त भए पनि संविधान निर्माणका बाँकी रहेका विषयहरुलाई व्यवस्थापिका संसदतर्फ क्षेत्राधिकार हस्तान्तरण गरी संविधान निर्माणका बाँकी कार्यहरु व्यवस्थापिका संसदबाट पुरा गर्ने भनी दलहरुबीच सर्वसहमति कायम भएको थियो । परन्तु, सो सहमति विपरित तात्कालीन सरकारद्वारा संविधानसभाका साथै व्यवस्थापिका संसद समेत भङ्ग गरियो । त्यसरी सर्वदलीय सहमतिको उल्लङ्घन मात्र होइन, जनताको प्रतिनिधिमूलक संस्थालाई भङ्ग गर्नु घोर प्रतिगामी कदम हो । संविधान निर्माणको प्रक्रियामा संविधानसभाको विघटन कुनैपनि प्रधानमन्त्रीले गर्न नपाउने व्यवस्थाको सुनिश्चितता गरिनु पर्दछ ।

१०. विगतमा राज्य पक्ष र विद्रोही पक्षबीच भएको बृहत शान्ति सम्झौताअनुसार पुरानो राज्य व्यवस्थामा अग्रगामी पुनर्संरचना गर्ने भनी गरिएको सहमतिलाई क्रियान्वयन गरिनुपर्दछ । साथै आदिवासी–जनजाति आन्दोलन, मधेश आन्दोलन, लिम्बुवान आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन लगायतका विभिन्न उत्पीडित समुदायसँग राज्य पक्षले गरेका सम्झौताहरुको कार्यान्वयन गरिनु पर्दछ । राज्यका सबै अंगहरुमा महिला, आदिवासी–जनजाति, मधेशी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व र पहुँचको सुनिश्चितता गरिनु पर्दछ ।

११.  विगतमा संविधानसभाको अधिकांश समय सरकार गठन र विघटनमा सिमित रह्यो । सत्ता पक्ष र विपक्षबीच ५१५ बहुमतको लागि विभिन्न प्रकारका अनैतिक तथा फोहोरी खेलहरु चलिरहे । ति सबै परिघटनाहरुबाट उक्त परम्परावादी दुई दलीय संसदीय प्रणाली असफलसिद्ध भएको यथार्थता फेरिपनि राम्रोसँग पुष्टि भएको छ । अतः इतिहासको यसप्रकारको संक्रमणकालीन अवधिमा सरकार गठनमा बहुदलीय मान्यता अनुरुप दलहरुको समानुपातिक प्रतिनिधित्वका साथै सरकार सञ्चालनका लागि सहमतीय प्रणाली अवलम्बन गरिनु पर्दछ । 

१२.  सहमतीय प्रणालीको लागि निर्वाचन प्रणाली पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनु पर्दछ । त्यसबाट राज्यका अङ्गहरुमा बहुदलीय समावेशीका साथै किसान, मजदूर, सुकुम्बासी, महिला, दलित, मधेशी, मुस्लिम, उत्पीडित क्षेत्र र आदिवासी–जनजाति लगायतका विभिन्न उत्पीडित वर्ग र समुदायहरुलाई पनि समुचित प्रतिनिधित्व गराउन सकिनेछ । 

१३.  मतदाताको सूची अद्यावधिक गर्ने नाममा नागरिकता ऐन संशोधन गरी विदेशी आप्रवासीहरुलाई परिलक्षित गरी नागरिकता वितरण गरियो । अतः उक्त ऐन खारेज गरी उक्त ऐनअनुसार वितरण गरिएका नागरिकताहरु छानबिन गरिनुपर्दछ र वास्तविक नेपाली नछुटुन् र विदेशी आप्रवासी नछिरुन् भन्ने राष्ट्रिय मान्यतालाई दृढतापूर्वक कार्यान्वयन गरिनुपर्दछ । मतदाता सूची, नागरिकता प्रमाणपत्रको आधारमा मात्र तयार गरिनुपर्दछ । 

१४.  वर्तमान सरकारद्वारा गरिएका राष्ट्रिय स्वाधीनता र जनहित प्रतिकूलका निर्णयहरु खारेज गरिनुपर्दछ ।
१५.  विभिन्न समयमा नेपाल र भारतबीच राष्ट्रिय हित विपरीत गरिएका असमान सन्धि–सम्झौताहरु खारेज गरिनुपर्दछ । 

१६.  राज्य पक्षसँग विभिन्न समयमा सहमति भएअनुरुपका खारेज गरिनुपर्ने मुद्दाहरु अझै बाँकी रहेकोले ती मुद्दाहरु खारेज गरिनुपर्दछ । 

१७.  वेपत्ता नागरिकहरुको खोजी गरी सार्वजनिकीकरण गरिनुपर्दछ । जनयुद्धकालीन सहित सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मान गरी शहीद परिवार र घाइते–अपाङ्गहरुलाई निवृत्तिभरणको व्यवस्था गरिनुपर्दछ ।

१८. बहिर्गमनमा परेका जनमुक्ति सेना, द्वन्द्वपीडित प्रहरी, सेना र नागरिकहरुका मागहरु पुरा गरिनु पर्दछ । 

मिति ः २०७० साउन २२

प्रस्ताव प्रस्तुतकर्ता ः– नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाका घटकहरु 

Monday, August 27, 2012

आजको सन्दर्भमा मैले देखेको कुरा



रिहा 
विचारधारात्मक, राजनैतिक तथा चेतनामुलक राष्ट्र्रिय त्रैमासिक पत्रिका 
बर्ष १, अंक १ 
२०६९ साउन, काठमाण्डौ । 


चिरन पुन 
विषय प्रवेश ः 
रिहा त्राइमासिक का सम्पादक धावा जीले मलाई एउटा लेख लेख्न भन्नु भयो, मैले हुन्छ भनि हाले । तर, के विषयमा लेख्नु ? किन लेख्नु ? लेखेर के हुन्छ ? हाम्रो देशमा लेखाईको के महत्व छ ? यि र यस्ता तमाम जिज्ञाशाहरु मेरो मनमा उठे । आखिर, नयाँ संविधान त बनेको छैन नि ? जनताले संघीय गणतन्त्रको अनुभत गर्न पाएका पनि त छैनन ? खोई त, कहाँ पुग्यो गरिखाने बर्गको हक हितको कुरा ? सुकुम्वासीले जग्गा कहिले पाउने होला ? दिनहुँ लर्को लागेर देशका नौजवानहरु विदेशिएका छन, यसलाई कस्ले रोक्ने हो ? बजार मुल्य किनी नसक्नु भएको छ ।  बर्खामासमा पनि लोडसेडि.को समस्या छ । कालो बजारी, तस्करी, कमिसन खोरहरुको बिगबिगी देखि नसक्नु भएको छ । भ्रष्टाचार, कालोबजारी र घुसखोरीहरुले देशलाई खोक्रो बनाईसकेका छन ।  यस्तो अवस्थामा  कसैले पडुन वा नपडुन, यो लेख हेरुन वा नहेरुन, कसैलाई चित्त बुझोस वा नवुझोस, साथिले लेख लेख्न भनिहाल्नु भो, धावा जीको अनुरोधलाई नकार्न सकिन, त्यसैले आजको सन्दर्भमा मैले देखेको कुरा लाई यहाँ राख्ने जमर्को गरेको छु ।

कुरा सरकारको ः 
विगतमा जनतामाथि षडयन्त्र गर्ने  दुई  स्थान थियो, पछिल्लो कालमा त्यो बढेर तीन स्थान पुग्यो । ०६२, ३२ को ऐतिहाँसिक जन आन्दोलनले एउटा षडयन्त्र गर्ने स्थान नारायणहिटीलाई जनताले कालो पोति दिए । नयाँ वानेश्वरको संविधानसभा भवन अहिले मृत्यु सैयामा छ, भने सिंहदरबार अहिले पनि निकै सक्रिय छ, जुझारु छ, जिउदो जाग्दो छ, जाल बुनिरहेको छ । राष्ट्र् र जनताको विरुद्ध षडयन्त्र गरिरहेको छ । संविधानसभाको निर्वाचन पछि आज सम्मको सन्दर्भहरुलाई हेर्दा मैले यसो विचार गरे, आज हाम्रो लडाई निकै माथिको रहेछ । हामीले थेग्न, सोच्न, बुझ्न, जान्न र मान्न सक्ने रहेनछ ।  आत्मनिर्णयको अधिकार, गणतन्त्र, संघीयता, जातिय पहिचान,  पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानताको निम्ति, अझ राजनैतिक अग्राधिकारको निम्ति ।  हामीले निर्धक्क भन्दै आयौ, भनिरहेका छौ र सायद भोलि पनि भनौला र नारा पनि लगाउला, सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धी संझौताहरु खारेज हुनु पर्दछ । साम्राज्यवाद र विस्तारवादको हस्तक्षेप बन्द हुनु पर्दछ । राष्ट्र्यि स्वाधीनताको रक्षा हुनु पर्दछ । अब यी कुरा लेखौ कि नलेखौ ? भनौ कि नभनौ ? म दोधारमा परेको छु । 

नेपालको अर्थतन्त्रलाई उचो राख्ने सस्थानहरुको अवस्था दयनीय बनेको छ । नेपाल सरकार सार्वजनिक संस्थानहरुको ०६७ पुष सम्मको आर्थिक स्थिति समिक्षा गरी अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन २०६८ असार लाई आधार मान्नेहो भने पनि नेपाल विद्युत प्राधिकरण ८ अर्ब, ३३ करोड, २ लाख,   राष्ट्र्यि बाणिज्य बैक ११ अर्ब, २२ करोड, ८६ लाख, नेपाल आयल निगम ८ अर्ब, ४१ करोड, ८६ लाख, कृषी विकाश बैक ४ अर्ब, ३९ करोड, १७ लाख, नेपाल ओरियन्ट मेग्नसाईट ३ अर्ब, ५९ करोड, ७१ लाख, उदयपुर सिमेन्ट १ अर्ब, ७७ करोड, ३० लाख, नेपाल बायु सेवा निगम १ अर्ब, ५५ करोड, ७५ लाख, नेपाल खाद्य्य संस्थान १ अर्ब, १० करोड, ८६ लाख, नेपाल टेलिभिजन ७६ करोड, २ लाख, जनकपुर चुरोट कारखाना ८० करोड, ८ लाख, हेटौडा सिमेन्ट ६१ करोड, ९८ लाख, नेपाल औषधी लिमिटेड ४८ करोड, ५८ लाख, खानेपानी संस्थान ३९ करोड, १४ लाख, दुग्ध विकाश संस्थान ३२ करोड, ५१ लाख, जडिबुटी उत्पादन तथा प्रशोधन १३ करोड, ६२ लाख, गोर्खा पत्र संस्थान ८ करोड, ९७ लाख घाटामा छ । यसरी हेर्दा आजको विन्दुमा सरकारको अर्थिक जग कति मजवुद छ भन्ने कुरा प्रस्ट हुन सकिन्छ ।  

आज सडक दुर्घटनामा दिनहुँ दर्जनौ मानिस मरेको खबर सुनेका छौ ।  किसानहरुले मल नपाएर हाहाकार बनेको देखेका छौ ।  दैनिक उपभोग्यका सामनहरु किनी नसक्नु भएको आफैले भोगेका छौ ।  नेपालको एकमात्र अन्तराष्ट्र्यि विमान स्थल लगाएत १४ ओटा विमानस्थलको व्यवस्थापनको लागि भारतीय कम्पनिलाई सुम्पने कुरा पनि सुनेका छौ ।  जनता झाडा पखलाले मरेको, खान नपाएको, सुत्केरी हुन नसकेर महिलाहरु मरेको खबर पनि पडेका छौ ।  यता  सरकारको ध्यान जादैन ? बरु बहादुरीताका साथ अध्यादेश मार्फत पूर्व प्रधानमन्त्री, न्यायधीश, गृह मन्त्री लगाएतकाहरुलाई राज्यको करोडौ खर्चेर आलिसान सुविधान दिने निर्णय गर्न हतार बन्छ । विना विकल्प सुकुम्वासीहरुको बस्ती भत्काउने डोजर फन्काउन तयार हुन्छ । सरकारलाई नै भ्रष्टाचारको केन्द्र बनाउने षडयन्त्र गर्छ ।  हैन, म आश्चर्यमा परेको छु, यो खाँटी कम्युनिष्ट भन्नेहरुले नै नेतृत्व गरेको सरकार हो भन्ने गरेको हैन र ? युद्ध लडेर आएको पार्टीले नेतृत्व गरेको सरकार भन्ने गरिएको हैन र ?  हजारौ शहीदले बगाएको रगतको आहालमा  डुवुल्की मारेर आएका मान्छेहरुको नेतृत्वमा देश चलेको छ भन्ने सुन्ने गरिएको हैन र ? आज मलाई लागेको छ, हामी अपेक्षा गर्ने मानिसहरुनै दोशी रहेछौ ।   आखिर यी सब भन्ने कुरा न रहेछ, यतिवेला मलाई एउटा पुरानो  हिन्दी फिल्म सोलेको डाईलगको याद आईरहेको छ, “जब हजार कोश दुर गाँउमे कोई बच्चा रोताहे तो, मत रो गम्वर सिं आजाएगा” मलाई तुलना गर्न मन लागेको छ कि, आज सरकारको नेतृत्व गर्ने मान्छेहरु  तिनै  “गम्वर सिं” जस्ता भएका छन ।  

संविधानसभामा देखेको तितो यथार्थ ः 
हिजोका माओवादीले युद्धको बेलामा देशै भरी वाल पेन्टीड. गरेर लेनिनको भनाई उद्धत गरेको  देखेको थिय, “संसद भनेको खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने स्थान हो “ त्यही भनाई संविधानसभामा समेत लागु भयो । जनताले मत दुई बर्षको लागि मात्र भनेर दिएका हुन, तर पुग्यो ४ बर्ष । सजिलो थियो, उनिहरुलाई आयु थप्दै भत्ता खादैं । कति नकरात्मक पक्षलाई मात्र हेर्नु है ? कमसेकम हजार नदेख्नेहरुले हजारौं भेटे,  लाख नदेख्नेहरुले लाखौं भेटे । बाहिर जिवन भरी निद्रा नपुग्नेहरुको निद्रा पुग्यो, थकाई लागेकाहरुले थकाई मेटाउन पाय, अनुहार चिल्लो भयो, कतिपयहरुको महल, गाडी, थपिए होला ? ४ बर्ष भए पनि श्री मति खुसी भए होलिन । हुनेलाई त भयो तर, नयाँ संविधान पो “हात्ती आयो हात्ती आयो, फुस्सा” ।  हाम्रो देशले ४ बर्षमा पनि संविधान बनाउन नसकेर संविधान सभाको आयु समाप्त ।  

भन्ने गरिन्छ “हुने विरुवाको चिल्लो पात”,  गिरिजा प्रसाद कोईरालाको मृत्यु नहुने बेलासम्मको यो तथ्यलाई यहा राख्न मैले बेशै ठानेको छु । कि कति पटक संविधानसभाको बैठकमा नेताहरु सहभागी भएत ?  गिरिजा प्रसाद कोईराला १०१ पटक बैठक बस्दा उपस्थित संख्या जम्मा २, शेरबहादुर देउबा १०१ पटकको बैठकमा जम्मा ४, पुष्प कमल दहाल उर्फ प्रचण्ड १०१ पटक बैठक बस्दा जम्मा ५,  झलनाथ खनाल १०१ पटक बैठक बस्दा जम्मा उपस्थित संख्या १४,  बाबुराम भटराई १०१ पटक बैठक बस्दा जम्मा १४,  आफ्नै जिल्लामा दुई दुई स्थानबाट चुनाव हारेर पनि तालुमा आलु फलाएका  माधव कुमार नेपाल ७८ पटक बैठक बस्दा जम्मा उपस्थिती ९ ।   यि तत्थ्यले के बताउछ भने हाम्रो शुभ यात्रा नै गन्तव्यमा पुग्ने खालको थिएन । यसरी बोलिहाल्दा संविधानसभालाई संविधान निर्माण नगरी समाप्त बनाउने बहादुरी जिम्मेवारी तिनै पार्टीका तिनै नेताहरुको नै हो भन्न सवैले ठोकेरै सकिन्छ ।  गिरीजा प्रसाद कोईराला बाहेक यी संविधान सभाको बैठकलाई बेवास्था गरेर भत्ता पचाउने अन्य नेताहरु अहिले पनि जिउदो जाग्दो अवस्थामा नै छन । उनिहरुको फुर्ति फार्ति अहिले पनि घटेको देखिदैन । उनिहरु न लाज छ, न धर्म छ, न दायीत्व छ, न कर्तव्य छ, न जिम्मेवारी छ, न भुमिका छ, न कर्म छ, बरु झनै बाघ गर्जिए जस्तो गरी गर्जेको सुनिन्छ ।  

संविधानसभालाई खासमा बन्धक बनाइयो । ठुला बाहुन बाजेले मन्त्र भन्ने ६०१ जनाले स्वाहा भन्ने । संविधानसभा भित्र विभिन्न समितिहरु पनि गठन गरिएको थियो । नेताहरुलाई संविधान बनाउनु भए पो ? आखिरमा हलो हड्किएको देखाईयो  राज्यको नयाँ संरचनामा । टुप्पे नेताहरुलाई आफ्नो टुप्पी काटिएको कहाँ सहि सक्नु हुन्थ्यो र ? सवै टुप्पे नेताहरुको भुमिका आत्मघाती खालको थियो । वास्तममा उनिहरु संघीयता,  जातिय पहिचान, समानताको विरोधी थिय ।  संविधानसभा राज्य पुर्नसंरचना समिति, उच्च स्तरीय पुर्नसंरचना आयोगको प्रतिवेदनलाई खगेन्द्र संग्रौला जी को भाषामा “गौ पुत्रको जाईफल” न टिपेर खानु न खस्नु  मात्र बनाईयो । मरेको सिनोमा गिद्धले लछाचुडी गरे जस्तो सरकार र कुर्सीको तछाडमछाड मात्र भयो । टेलि सृड्खलामा एउटा पात्रले भन्ने गरेको सुनेको छु, “प्वाक्क मुखमा हान्दिउ जस्तो” लाग्ने गरी आफुलाई हात्ती भन्ने पार्टी र नेताहरुको गतिविधी देखियो । त्यो लिगलिग कोटको दौड आज पनि जारी छ । लिगलिगकोट गोर्खा मै पर्यो डा. बाबुराम के कम ? पुरानै अनुहार, बानि व्यहोरा, सैली परम्परा भएका नेपाली काग्रेस, एमालेहरु  द्रव्य शाहको अवतारमा  यतिवेला पनि लिगलिगकोटको कुर्सी जस्तै हत्याउन लागि परेका छन । अब त हामीले लेख्नै पर्छ, बोल्नै पर्छ , जान्नै पर्छ र भन्नै पर्छ यो कुर्सीको खेल छोड र मर्यादा र नैतिकताको राजनीति गर्न लाग । “कुकुरको पुछर १० बर्ष बासको ढुड्ग्रोमा राखे पनि सोझिदैन” भने जस्तै हो भने बरु कुकुरको पुछर जरैबाट काटेर फालिदिने र पुछरै नभएको कुकुर पाल्न बेशै होला ।  

किन बनेन त नयाँ संविधान ः 
संविधान नबन्नुमा थुप्रै कारणहरु छन । तर, चर्चा योग्य कारणहरुलाई यसरी उल्लेख गर्दा अन्याय नहोला भन्ने ठानेको छु । क. ठुला भनिने तीन दल र मधेशी मोर्चाको मुख्य नेताहरुको सर्वसत्तावादी भुमिका, बेईमानी, अदुरदर्शिता र सत्तालिप्सा,  ख. नेपाली काग्रेस र नेकपा (एमाले) को संघीयता र अग्रगमन विरोधी चिन्तन, उत्पीडित जाति, क्षेत्र, बर्ग, लिड्ग, दुर्गम र दुरवर्ति  समुदायको अधिकार विरोधी चिन्तन, चरित्र र भुमिका, सहमति नभए पछि प्रकृयामा पनि जान नदिने कृयाकलाप, ग.  प्रधानमन्त्री बाबुराम जीको गै्रर जिम्मेवार र कुर्सीमोह, घ. विवाद समाधान उप समितिका संयोजक प्रचण्डले सहमति नभएका विषयहरुलाई संवैधानिक समितिमा लैजाने कामलाई रोक्नु, ड. संविधानसभाको सभा अध्यक्ष सुवास नेड्वाड.को भुमिका विहिन अवस्था र पदीय जिम्मेवारी प्रतिको गद्धारी र दायीत्वबोधको अभाव, च.  संवैधानिक समितिको अध्यक्ष निलाम्वर आचार्यको भुमिका विहिन,  निष्कृय र निष्प्रवाभी भुमिका, छ. संविधानसभाका सदस्यहरुको अकृमन्य र दाशी मनोवृती, ज. दलाल, नोकरशाह तथा पुजिपति बर्गको षडयन्त्र र चलखेल, झ. विभिन्न साम्राज्यवादी, प्रभुत्ववादी  तथा विस्तारवादी शक्तिहरुको हस्तक्षेप र चलखेल आदीको कारणबाट नयाँ संविधान बनेन र उल्टै संविधानसभा नै समाप्त हुन पुग्यो । 

अन्त्यमा,   
सवै नयाँ र सार्थक संविधान निर्माण गर्न लाग्नु पर्दछ । नयाँ ढंगले राष्ट्र्रिय सहमति गर्न सक्नु पर्दछ । पुन ः संविधानसभाको निर्वाचन गर्ने र त्यसबाट नयाँ र सार्थक संधिवान बनाउने कुरामा जोड दिनु पर्दछ ।  आत्मनिर्णयको सिद्धान्तको आधारका जातीय÷क्षेत्रीय स्वशासन सहितको संघीय गणतन्त्रलाई संस्थागत गर्न, राज्यका सबै निकायहरुमा उत्पीडित वर्ग, जाति, भाषा क्षेत्र र लिङ्गको समानुपातिक समावेशी र सहभागितामुलक  प्रतिनिधित्वको ग्यारेण्टी गन,  वर्तमान सुरक्षा नीतिको खारेजी र जनसुरक्षा नीतिलाई लागु गर्न, राज्यको सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याव्हनको व्यवस्थालाई सुनिश्चित गर्न, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापीत गर्न, संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा जस्ता विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र पार्न, किसान र मजदुरको प्रतिनिधित्वलाई सुनिश्चित गन, समाजवाद उन्मुख अर्थ व्यवस्था लागु गराउन, सन् १९५० लगाएत सम्पूर्ण असमान सन्धि÷सम्झौताको खारेजी गरी राष्ट्रिय स्वाधीनताको रक्षामा जोड दिन, सामन्त, दलाल तथा नोकरशाह वर्गको वर्तमान राज्यसत्ताको भण्डाफोर र नयाँ जनवादी क्रान्तिको तयारीमा जोड दिन लाग्नु पर्दछ । 






नेपालको कम्युनिष्ट आन्दोलनमा संस्कृति र प्रभाव ।


अग्रगती साप्ताहिक 
बर्ष ७, अंक १
२०६९ साउन २५, विहिबार । 

चिरन पुन
विषय प्रवेश ः 
नेपालको कम्युनिष्ट आन्दोलन अहिले ६३ बर्षमा हिडिरहेको छ । यस अवधीमा नेपालको कम्युनिष्ट  आन्दोलनमा कैयौ उतार चडाव, वाद विवाद, टुट फुटहरु भएका छन । यो आन्दोलनले हामीलाई निकै सकरात्मक तथा नकरात्मक शिक्षाहरु प्रदान गरेको छ ।  अहिले नेपालमा एक दर्जन भन्दा धेरै कम्युनिष्ट पार्टीहरु  क्रियाशिल छन । सवैले हसिया र हतौडा अंकित झण्डा बोक्दछन । समाजवाद र साम्यवादको कुरा पनि सवैले गर्दछन । उनिहरुको रणनैतिक तथा तत्कालिन मुल्य मान्यताहरु भने फरक फरक छ । आजको सन्दर्भलाई हेर्दा बहुसंख्यक नेपाली जनताले कम्युनिष्ट विचारधारा मन पराएका छन । तर, नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गीय संस्कृति वा क्रान्तिकारी संस्कृतिको जग भने भताभु¨ अवस्थामा रहेको छ ।  सर्वहारा बर्गीय चिन्तन, क्रान्तिकारी संस्कृतिको मुल्य मान्यता, कार्य प्रणाली, व्यवहारीक तौर तरिका, नैतिकता, क्रान्तिकारी आत्म विस्वास र सभ्यताको कुरा गर्दा नेपालको कम्युनिष्ट आन्दोलन निकै कमजोर अवस्थामा छ । आज नेपालको कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवादी, प्रभुत्ववादी, विस्तारवादी, सामन्तवादी संस्कृतिको प्रभावले पुरै ग्रस्त पारेको छ । यस्तो अवस्थामा नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन । त्यसैले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले साम्राज्यवादी, प्रभुत्ववादी, विस्तारवादी, सामन्तवादी संस्कृतिलाई पुरै रुपमा ध्वस्त पार्न योजनावद्ध सर्वहारा बर्गीय, क्रान्तिकारी संस्कृतिको जगमा जुझारु आन्दोलन संचालन गर्नु अनिवार्य छ । क्रान्तिकारी संस्कृति बहुसंख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भूमि तयार पार्छ । त्यसैले सर्वहारा बर्गीय, क्रान्तिकारी संस्कृतिको पक्षमा आन्दोलनलाई चर्काउनु क्रान्तिकारी कम्युनिष्ट पार्टीको दायीत्व, कर्तव्य, भुमिका र जिम्मेवारी रहन आवश्यक छ । अनि मात्र नेपालको कम्युनिष्ट आन्दोलनले आप्mनो समाजवादी तथा साम्यवादी लक्ष्यलाई चुम्न सक्ने छ । 

संस्कृति भनेको के हो ? 
रुसी महान साहित्यकार मेक्सिम गोर्कीले संस्कृतिलाई “मानिसको दोश्रो स्वभाव” भनेका छन । मानिसको उत्पत्ति र विकाशको क्रममा देखिएका सवै संगठित तथा असंगठित मुल्य मान्यताहरुको भण्डार संस्कृति हुन । त्यसैले संस्कृति कृतिम कुरामा आधारित हुन्छ । जस्तो पोसाक लगाउने, भोजन पकाएर खाने, घर बनाएर बस्ने आदी सवै कृतिम कुराहरु नै हुन । संस्कृति सरल बाट जटिल तर्फ जान्छ । त्यसैले संस्कृतिले समाजलाई क्रमश प्रभाव पारिरहेको हुन्छ र त्यसको प्रभावले सरल बाट निकै जटिल मोडमा लैजान्छ । मानव समाज बानी व्यवहोराको कमारो हुने कारण पनि संस्कृतिको प्रभावले गर्दा नै हो । अर्को अर्थमा भन्नु पर्दा संस्कृति पशु जगतबाट मानव जगत तर्फ संङ्क्रमण भएको हो । संस्कृति बस्तुगत जगत र अवस्थामा आधारित रहन्छ । जस्तै पोसाक, भोजन, भाषा, धर्म, गीत, घर, बाटो, भौतिक सामाग्रीहरु निर्माण आदी सवैमा पनि आफ्नै अवस्थाको संस्कृति हुन्छ । जो प्रकृति र भुगोल सँग सम्वन्धित रहन्छ । त्यसैले संस्कृतिको पनि विविध रुपहरु छन । जस्तो पोसाक प्रकृति र भुगोल अनुशार फरक फरक ढंगले सिलाईन्छ र लगाईन्छ । भाषा फरक फरक ढंगले बोलिन्छ । गीत फरक फरक भुगोल र प्रकृतिमा फरक फरक ढंगले बनाईन्छ र  गाईन्छ । भोजन पनि भुगोल र प्रकृति अनुशार नै उत्पादन गरिन्छ, पकाईन्छ अनि खाईन्छ । घरहरु पनि फरक फरक ढंगको भौगोलिक बनावट र अवस्था अनि प्रकृति अनुशार नै निर्माण गरिएको हुन्छ ।  त्यसैले संस्कृतिको विविध रुपहरु छन भनिएको हो ।  

संस्कृतिको पक्ष ः 
संस्कृतिको दुई पक्षहरु छन जसले समाज, राजनीति, कम्युनिष्ट पार्टी सवैलाई प्रभाव पारिरहेको हुन्छ । क. भौतिक पक्ष । समाज परिवर्तनशिल छ र समाज परिवर्तन हुदै जाँदा समाज वर्गीय भएको हो । समाज बर्गीय भए पछि संस्कृति पनि बर्गीय भयो । समाजमा जुन जुन बर्ग सत्तामा रहँदै आयो, त्यसैले कला, साहित्य, संस्कृति, ज्ञान, विज्ञान, प्रवृधी, हतियार सवैलाई आफ्नो सत्ता स्वार्थ र फाईदाको लागि प्रयोग गर्दै आएको छ । त्यसैले संस्कृतिलाई पनि आफ्नो शत्रुहरु, विरोधी बर्गहरुलाई समाप्त गर्ने, दमन उत्पीडन गर्ने हतियारको रुपमा प्रयोग गरियो । नेपालको कम्युनिष्ट आन्दोलनमा पनि साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवाद र सामन्तवादले नै आज सम्म संस्कृतिको भौतिक पक्षलाई उपयोग गर्दै आएकोले ठुलो र नशा नशा सम्म त्यसै अनुकुलको प्रभाव जमाउदै आएको हो ।

ख. भावनात्मक पक्ष । भावनात्मक पक्ष भौतिक पक्ष भन्दा धेरै पछि विकाश भएको हो । जस्तो पहिला प्रवृधीको उत्पादन भयो, त्यसले निम्न स्तरको हतियार र औजारहरुको निर्माण भयो । तिनै औजारहरुको विकासले गर्दा नै समाजले नयाँ किसिमको उत्पादन शुरु गरेको हो । उत्पादनको विकास र विस्तारले गर्दा भावनात्मक पक्षको विकास र विस्तार भएको हो । प्रारम्भीक स्तरको प्रवृधीसँगै संस्कृतिको पनि शुरुवात भएको हो । प्रवृतिको सहयोगबाट मानिसले शक्तिको विकास गर्यो । त्यो नै भावनात्मक संस्कृतिको पक्ष हो । आज नेपाली समाज र कम्युनिष्ट आन्दोलनले मानि आएको कर्मकाण्ड, संस्कार, परम्परा, सैली र व्यवहार तिनै भौतिक तथा भावनात्मक संस्कृतिको उपज हुन । समाजले अवलम्वन गर्दै आएको सवै कर्मकाण्डहरुमा अन्ध विस्वास छ । सवै कर्मकाण्डहरु निकै खर्चिलो छ ।  त्यसले मानिसको मनोवललाई कमजोर बनाउछ ।  शोषक, सामन्त र ठालु बर्गहरुलाई झन मजवुद पर्दछ,  ता पनि नेपालको कम्युनिष्ट आन्दोलनले त्यसलाई त्याग्न, निषेध गर्न र  त्यसको विरोध गर्न सकिरहेको छैन ।  यो नै आजको सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनको गलत संस्कृतिको पक्ष हो । 

संस्कृतिको प्रभाव ः 
बैज्ञानिक तत्थ्य अनुशार प्राणीको उत्पक्ती र विकास सरल बाट जटिल तिर र पशु जगतबाट मानव जगत तिर भएको हो । त्यसैले संस्कृतिको प्रभावको सृड्खला पनि त्यहि अनुशार विस्तार भयो र त्यसको प्रभाव पनि रहदै आएको हो । जस्तो हामीेले एकछिन एउटा सन्दर्भलाई हेर्न सक्दछौ, रुसी साहित्यकार मेक्सिम गोर्कीले लेख्नु भएको उपन्यास “आमा” पडिरहेका मात्र छौ । त्यसको प्रमुख पात्र पावेल हुन । ति पावेलले दुख पाउदा हामीले पनि दुखको अनुभुत गरेका हुन्छौं । पावेलले आन्दोलन गर्दा हामीले पनि आन्दोलन गरेको अनुभुत गर्दछौ, उनले सुख पाउदा हामीले पनि निकै सुखको अनुभुत गरेका हुन्छौं तर हामी उपन्यास पडिरहेका मात्र हुन्छौ त्यो संस्कृतिको प्रभाव हो । 

आज नेपाली समाजमा मुख्यतः दुई किसिमको संस्कृति निकै जिउदो जाग्दो अवस्थामा रहेको छ । पहिलो, पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृति दोश्रो,  सामन्तवादी संस्कृति ।  जसको प्रभावले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि माथि उठ्नबाट रोकिरहेको छ । यसले कम्युष्निट आन्दोलनलाई अवरोध पुराईरहेको छ । क. पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृति ः  यो संस्कृति उपभोक्तावादमा आधारित छ । यसले सवै कुरालाई उपभोग्य ठान्दछ । पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृति उदण्डता, चमत्कार र ध्वसमा आधारित छ । त्यसैले यो पँुजीवादी संस्कृतिले सधै  उदण्डता र चमत्कारलाई विश्वास गर्दछ । मानिसलाई अनावश्यक चमत्कार देखाइ दिने, उदण्डता देखाई दिने र भ्रममा पारि दिने । जस्तो, हामीले फिल्म हेरिरहेका छौ, एकजना नायकले चमत्कार देखाउछ ।  उसले घर नाघेको हुन्छ ।  पानिमा डुबेको हुन्छ । धेरै जना हतियारवद्धहरुसँग लडाई लड्छ र जितेकै हुन्छ ।  उसले ठुला ठुला पहराहरुमा जम्प गर्दछ ।  उडिरहेको जहाजबाट हाम फाल्दछ यस्ता दृष्यहरु देखाएर मानिसलाई भ्रम र अनावश्यक चमत्कार देखाउने गरिन्छ  । यो नै पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृतिको धरातल हो ।  जसले मानिसलाई वास्तविक जिवन र जगतबाट निकै टाढा धकेलिदिन्छ ।

पुँजीवादी संस्कृति छाडा यौन र पाश्चात्य कुरामा आधारित छ । यसको मुल कुरा छाडा यौन हो । पाश्चात्य कुराहरु हो ।  यसको सवै सन्दर्भ सामाग्री छाडा यौन र पाश्चात्य विषयहरु हुन । जसले समाजलाई दिग्भ्रमित बनाउँछ । मानिसलाई नाङ्गो पार्न निर्देशित गर्दछ । यो व्याक्तीवाद र शोषणमा आधारित छ । यो संस्कृतिले सवै कुरालाई पुँजी वा पैसा जम्मा गर्ने साधनको रुपमा लिन्छ र प्रयोग गर्दछ । समाजलाई शोषण गर्नु र आफुले पैसा कमाउनु यो संस्कृतिको मुल विषय हो । आज नेपाली समाज र कम्युनिष्ट आन्दोलन पनि साम्राज्यवादी अर्थात पुँजीवादी संस्कृतिको पछि पछि दौडिरहेको अवस्थामा विद्धमान छ । आजको नेकपा (एमाले), ए नेकपा (माओवादी) लगाएतका आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरु पनि यो संस्कृतिमा चुर्लुम्मै डुवेका छन । त्यसैले उनिहरुको गतिविधी आलिसान महल, पजेरो, सुख, सुविधा, सत्ता, लुटपाट, भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरमा केन्द्रीत बनेको छ ।  साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवाद उनिहरुका भरोसायोग्य पात्रहरु हुन । यो नेपालको कम्युनिष्ट आन्दोलनमा परेको नकरात्मक प्रभावहरु हुन । यसमा अन्य कम्युनिष्ट आन्दोलनमा देखिएका पार्टीहरु पनि पुरै रुपमा अछुतो रहेको देखिदैन । 

ख. सामन्तवादी संस्कृति ः सामन्तवादी संस्कृति भाग्यवादमा आधारित छ । यसले पूर्व जन्म, यस जन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद आदीलाई मुल विषय मान्दछ । आज नेपाली कम्युनिष्ट आन्दोलनले पनि यी विषयहरुसँग सम्वन्ध विच्छेद गर्न सकिरहेका छैनन । पूर्व जन्मको पापले यो जन्ममा दुख पाईएको हो र यो जन्मको धर्मले अर्को जन्ममा सुख पाईन्छ भन्ने संस्कृतिले कम्युनिष्ट आन्दोलनका ठुला ठुला नेताहरुलाई पनि पगालेको छ । जन्म देखि मृत्यु सम्मका कर्मकाण्डहरुलाई पुरै टुप्पी देखि पैतला सम्म अवलम्वन गरेको हामीले कम्युनिष्ट आन्दोलन र हाम्रो समाजमा देखेका छौ । परिवारका सदस्यको मृत्यु भयो भने टाउको मुडुले पारेर, सेतै कपडा शीर देखि पाउ सम्म बेरेर, १३ दिन देखि ३ दिन सम्म काज किरिया बस्ने र किरियाबाट उम्के पछि १ बर्ष सम्म सेतै लगाएर हिडेको अवस्था पनि हामीले यो समाजमा देखेकै छौ । कम्युनिष्ट पार्टीको बैठकहरु छोडेर १० बर्ष अगाडि मृत्यु भैसकेकाहरुलाई सम्झेर एकछाके बस्ने र श्राद्धे गर्न विभिन्न बाहाना बनाएर घरमा कुलेलम ठोक्ने  कम्युनिष्ट आन्दोलनमा लागेका दिग्गज नेताहरुलाई पनि हामीले यहि समाजमा भोगेका छौ । समाजमा सामन्य नागरिकले दशै, तिहार, तीज, लोसार, त्रिशमश, ईद, रुद्री, सत्यनारायणको पुजा, चण्डी, माघे संक्रान्ती, साउने सक्रान्ती आदी चाडहरुमा खुसीले  फुरु¨ हुनु सामान्य कुरा होला तर, कम्युनिष्ट पार्टीका केन्द्रीय समिति अझै नेतृत्वहरु नै ती चाड बाड आउनु भन्दा १ महिना अगाडि नै घरमा पुगेर टुप्पी देखि पैतला सम्म चाड वाडको तयारीमा लाग्ने प्रवृति पनि हामीले देखेकै छौ । जस्तो झापा आन्दोलनबाट आएको मोहनचन्द्र अधिकारीले खुल्ला मंचमा यज्ञ नै लगाए । मनमोहन अधिकारी, माधव नेपाल लगाएतका आफुलाई कम्युनिष्ट भन्ने नेताहरु प्रधानमन्त्री बन्दा कालो बोको भोक दिए । पुष्पकमल दहाल उर्फ प्रचण्डले कोशी टप्पुमा पुगेर मैस पुजन गरे । यस प्रकारको पाखण्ड प्रवृति कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमै जर्वजस्त देखिएको छ । यस्तो अवस्थामा आजको कम्युनिष्ट आन्दोलन रहेको छ । के यो प्रकारको प्रवृति,  संस्कृति, व्यवहारलाई अ¨ालेर नेपालमा कम्युनिष्ट आन्दोलनको विकास र विस्तार संभव छ ? अवश्य छैन । 

सामन्तवादी संस्कृति वंशको श्र¨खलामा आधारित छ । जस्तो हामीले हेर्न सक्छौ, राजाको छोरा राजा नै हुने, पुरेतको छोरा पुरेतै हुने, लाहुरेको छोरा लाहुरे नै हुने, नेताको छोरा नेता नै हुने, डाक्टरको छोरा डाक्टरै हुने, किसानको छोरा किसान नै हुने र आखिर मजदुरको छोरा मजदुर नै हुने । यो संस्कृति रुडिवादमा पनि आधारित छ । ठालुहरुको चाकडी गर, राजा महाराजाको सेवा गर सामन्तवादी संस्कृतिको मुल जग हो । ईश्वरको भक्ती गर, मुखियाको सेवा गर, पुरेत ब्रामणको सेवा गर भनेर सामन्तवादी संस्कृतिले मानिसलाई दाशी बनाउछ । आज हामीले देखेका छौ कि नेपाली समाज र त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा आफुलाई खास विषेश संझने, सवैले मेरै चाकडी गरोस, मलाई मान सम्मान गरोस, अझ यतिसम्म म आउदा सवै जना उठेर शीर निहुराउन भन्ने प्रवृतिहरु हामी हामै्र वरीपरी पनि देख्न सक्छौ, हो यहि सामन्तवादी संस्कृतिको उपज हो । संसारमा जे छ , त्यो मानिसको हातमा छैन प्रभुको इसारा र भरमा छ, भनेर सवै कुरालाई अलौकिक ठान्ने संस्कृति सामन्तवादी संस्कृति हो । शोषणमा आधारित रहेको यो संस्कृतिले भाग्यवादलाई मुल कुरा मान्दछ । यसले मानव समाजलाई काम गर्न बाट बन्चित गराउने, संघर्षबाट भगाउने, आन्दोलनबाट भगाउने गर्दछ र  श्रममा होईन भाग्यमा निर्भर बनाउछ । त्यसैले नेपाली समाज र नेपालको कम्युनिष्ट आन्दोलन यहि र यस्ता संस्कृतिको रसातलमा भास्सिएको छ । यो नै आजको संस्कृतिको नकारात्मक प्रभाव हो । यस्तै प्रवृति,  सैली र संस्कृतिको अन्त्य गर्न चिनमा सन् १९६६ देखि ७६ सम्म “मुल अण्डामा बम बर्साउ” भन्ने मुल नाराका साथ महान सर्वहारा सšास्कृतिक क्रान्ति सम्पन्न गरिएको थियो । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने हो भने यो संस्कृतिको विरुद्ध धावा बोल्नु पर्दछ । यस्तो प्रवृति बोकेर कम्युनिष्ट आन्दोलनमा लागेका आडम्वरीहरुलाई नड्डाउनु पर्दछ । र सर्वहारा वर्गीय, क्रान्तिकारी संस्कृतिको पक्षमा कम्युनिष्ट आन्दोलनको जगलाई उभ्याउनु पर्दछ । 

अन्त्यमा अब के गर्ने ? 
सर्वहारा बर्गीय संस्कृतिको प्रचार प्रसार, विकास र विस्तारमा लाग्ने । क्रान्तिकारी संस्कृतिलाई आत्मसाथ गर्ने विषय कम्युनिष्ट आन्दोलनको आजको केन्द्रीय प्रश्न बनाउने । सम्पूर्ण साम्राज्यवादी अर्थात पुšजीवादी संस्कृतिलाई त्याग्ने र त्यसको विरुद्ध सर्वहारा वर्गीय संस्कृतिको पक्षमा मोर्चावन्दी लडाईमा जोड दिने । सम्पूर्ण सामन्तवादी संस्कृतिको जगलाई जरै देखि भत्काने । त्यसको लागि मुख्य त कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबाट त्यो काम सुरु गर्ने र समाजलाई मार्गदर्शन बनेर आफ्नो पछि लगाउन भुमिका खेल्ने । सम्पूर्ण कर्म काण्डहरुलाई त्याग्ने । उपभोत्तावाद, भाग्यवाद, व्याक्तीवाद, रहस्यवाद, छाडा सेक्स, उदण्डता, चमत्कार विरुद्ध लड्ने माक्र्सवाद नै भएकोले माक्र्सवादी सिद्धान्तलाई दृढ बनाउने । सम्पूर्ण चाड बाडहरुलाई परम्परागत हिसावले मनाउन छोड्ने । “मानिसले धर्म बनाउछ, धर्मले मानिस होईन” भन्ने फयरवाकको भनाईलाई आत्मसाथ गर्ने । व्याक्तिगत सुविधा, पद प्रतिष्ठा, आर्थिक लाभ, महल, पजेरो, भ्रष्टाचार, नातावाद, कृपावाद आदी सवैलाई त्याग्ने र क्रान्तिकारी संस्कृतिमा प्रतिवद्ध हुने । सत्ता र कुर्सीको फोहोरी खेलहरुबाट मुक्त हुने । भौतिक वस्तुमा आधारित, उत्पादन प्रणालीमा आधारित, सम्उन्नत विचार र व्यवहारमा आधारित, आमुल परिवर्तनकारी आन्दोलनमा आधारित, श्रम प्रतिको आस्था र विस्वासमा केन्द्रीत संस्कृतिलाई दृढता पूर्वक लागु गर्ने । कम्युनिष्ट आन्दोलन, जनवाद, समाजवाद, साम्यवाद स्थापनाको लागि कार्ल माक्र्स, ऐगेल्स, लेनिन, स्टालिन, माओका दार्शनिक आधारहरुलाई दरिलो ढंगले पक्रने । “संस्कृति विनाको सेना बोधो सेना हो, र बोधो सेनाले शत्रुलाई हराउन सक्तैन” भन्ने क. माओको यो भनाईलाई आत्मसाथ गर्दै जनवाद, समाजवाद र साम्यवादको स्थापनार्थ सर्वहारा बर्गीय, क्रान्तिकारी सँस्कृतिको पक्षमा भिषण आन्दोलनको तयारीमा लागौं । 
धन्यवाद । 

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।