Monday, August 27, 2012

नेपालको कम्युनिष्ट आन्दोलनमा संस्कृति र प्रभाव ।


अग्रगती साप्ताहिक 
बर्ष ७, अंक १
२०६९ साउन २५, विहिबार । 

चिरन पुन
विषय प्रवेश ः 
नेपालको कम्युनिष्ट आन्दोलन अहिले ६३ बर्षमा हिडिरहेको छ । यस अवधीमा नेपालको कम्युनिष्ट  आन्दोलनमा कैयौ उतार चडाव, वाद विवाद, टुट फुटहरु भएका छन । यो आन्दोलनले हामीलाई निकै सकरात्मक तथा नकरात्मक शिक्षाहरु प्रदान गरेको छ ।  अहिले नेपालमा एक दर्जन भन्दा धेरै कम्युनिष्ट पार्टीहरु  क्रियाशिल छन । सवैले हसिया र हतौडा अंकित झण्डा बोक्दछन । समाजवाद र साम्यवादको कुरा पनि सवैले गर्दछन । उनिहरुको रणनैतिक तथा तत्कालिन मुल्य मान्यताहरु भने फरक फरक छ । आजको सन्दर्भलाई हेर्दा बहुसंख्यक नेपाली जनताले कम्युनिष्ट विचारधारा मन पराएका छन । तर, नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गीय संस्कृति वा क्रान्तिकारी संस्कृतिको जग भने भताभु¨ अवस्थामा रहेको छ ।  सर्वहारा बर्गीय चिन्तन, क्रान्तिकारी संस्कृतिको मुल्य मान्यता, कार्य प्रणाली, व्यवहारीक तौर तरिका, नैतिकता, क्रान्तिकारी आत्म विस्वास र सभ्यताको कुरा गर्दा नेपालको कम्युनिष्ट आन्दोलन निकै कमजोर अवस्थामा छ । आज नेपालको कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवादी, प्रभुत्ववादी, विस्तारवादी, सामन्तवादी संस्कृतिको प्रभावले पुरै ग्रस्त पारेको छ । यस्तो अवस्थामा नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन । त्यसैले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले साम्राज्यवादी, प्रभुत्ववादी, विस्तारवादी, सामन्तवादी संस्कृतिलाई पुरै रुपमा ध्वस्त पार्न योजनावद्ध सर्वहारा बर्गीय, क्रान्तिकारी संस्कृतिको जगमा जुझारु आन्दोलन संचालन गर्नु अनिवार्य छ । क्रान्तिकारी संस्कृति बहुसंख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भूमि तयार पार्छ । त्यसैले सर्वहारा बर्गीय, क्रान्तिकारी संस्कृतिको पक्षमा आन्दोलनलाई चर्काउनु क्रान्तिकारी कम्युनिष्ट पार्टीको दायीत्व, कर्तव्य, भुमिका र जिम्मेवारी रहन आवश्यक छ । अनि मात्र नेपालको कम्युनिष्ट आन्दोलनले आप्mनो समाजवादी तथा साम्यवादी लक्ष्यलाई चुम्न सक्ने छ । 

संस्कृति भनेको के हो ? 
रुसी महान साहित्यकार मेक्सिम गोर्कीले संस्कृतिलाई “मानिसको दोश्रो स्वभाव” भनेका छन । मानिसको उत्पत्ति र विकाशको क्रममा देखिएका सवै संगठित तथा असंगठित मुल्य मान्यताहरुको भण्डार संस्कृति हुन । त्यसैले संस्कृति कृतिम कुरामा आधारित हुन्छ । जस्तो पोसाक लगाउने, भोजन पकाएर खाने, घर बनाएर बस्ने आदी सवै कृतिम कुराहरु नै हुन । संस्कृति सरल बाट जटिल तर्फ जान्छ । त्यसैले संस्कृतिले समाजलाई क्रमश प्रभाव पारिरहेको हुन्छ र त्यसको प्रभावले सरल बाट निकै जटिल मोडमा लैजान्छ । मानव समाज बानी व्यवहोराको कमारो हुने कारण पनि संस्कृतिको प्रभावले गर्दा नै हो । अर्को अर्थमा भन्नु पर्दा संस्कृति पशु जगतबाट मानव जगत तर्फ संङ्क्रमण भएको हो । संस्कृति बस्तुगत जगत र अवस्थामा आधारित रहन्छ । जस्तै पोसाक, भोजन, भाषा, धर्म, गीत, घर, बाटो, भौतिक सामाग्रीहरु निर्माण आदी सवैमा पनि आफ्नै अवस्थाको संस्कृति हुन्छ । जो प्रकृति र भुगोल सँग सम्वन्धित रहन्छ । त्यसैले संस्कृतिको पनि विविध रुपहरु छन । जस्तो पोसाक प्रकृति र भुगोल अनुशार फरक फरक ढंगले सिलाईन्छ र लगाईन्छ । भाषा फरक फरक ढंगले बोलिन्छ । गीत फरक फरक भुगोल र प्रकृतिमा फरक फरक ढंगले बनाईन्छ र  गाईन्छ । भोजन पनि भुगोल र प्रकृति अनुशार नै उत्पादन गरिन्छ, पकाईन्छ अनि खाईन्छ । घरहरु पनि फरक फरक ढंगको भौगोलिक बनावट र अवस्था अनि प्रकृति अनुशार नै निर्माण गरिएको हुन्छ ।  त्यसैले संस्कृतिको विविध रुपहरु छन भनिएको हो ।  

संस्कृतिको पक्ष ः 
संस्कृतिको दुई पक्षहरु छन जसले समाज, राजनीति, कम्युनिष्ट पार्टी सवैलाई प्रभाव पारिरहेको हुन्छ । क. भौतिक पक्ष । समाज परिवर्तनशिल छ र समाज परिवर्तन हुदै जाँदा समाज वर्गीय भएको हो । समाज बर्गीय भए पछि संस्कृति पनि बर्गीय भयो । समाजमा जुन जुन बर्ग सत्तामा रहँदै आयो, त्यसैले कला, साहित्य, संस्कृति, ज्ञान, विज्ञान, प्रवृधी, हतियार सवैलाई आफ्नो सत्ता स्वार्थ र फाईदाको लागि प्रयोग गर्दै आएको छ । त्यसैले संस्कृतिलाई पनि आफ्नो शत्रुहरु, विरोधी बर्गहरुलाई समाप्त गर्ने, दमन उत्पीडन गर्ने हतियारको रुपमा प्रयोग गरियो । नेपालको कम्युनिष्ट आन्दोलनमा पनि साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवाद र सामन्तवादले नै आज सम्म संस्कृतिको भौतिक पक्षलाई उपयोग गर्दै आएकोले ठुलो र नशा नशा सम्म त्यसै अनुकुलको प्रभाव जमाउदै आएको हो ।

ख. भावनात्मक पक्ष । भावनात्मक पक्ष भौतिक पक्ष भन्दा धेरै पछि विकाश भएको हो । जस्तो पहिला प्रवृधीको उत्पादन भयो, त्यसले निम्न स्तरको हतियार र औजारहरुको निर्माण भयो । तिनै औजारहरुको विकासले गर्दा नै समाजले नयाँ किसिमको उत्पादन शुरु गरेको हो । उत्पादनको विकास र विस्तारले गर्दा भावनात्मक पक्षको विकास र विस्तार भएको हो । प्रारम्भीक स्तरको प्रवृधीसँगै संस्कृतिको पनि शुरुवात भएको हो । प्रवृतिको सहयोगबाट मानिसले शक्तिको विकास गर्यो । त्यो नै भावनात्मक संस्कृतिको पक्ष हो । आज नेपाली समाज र कम्युनिष्ट आन्दोलनले मानि आएको कर्मकाण्ड, संस्कार, परम्परा, सैली र व्यवहार तिनै भौतिक तथा भावनात्मक संस्कृतिको उपज हुन । समाजले अवलम्वन गर्दै आएको सवै कर्मकाण्डहरुमा अन्ध विस्वास छ । सवै कर्मकाण्डहरु निकै खर्चिलो छ ।  त्यसले मानिसको मनोवललाई कमजोर बनाउछ ।  शोषक, सामन्त र ठालु बर्गहरुलाई झन मजवुद पर्दछ,  ता पनि नेपालको कम्युनिष्ट आन्दोलनले त्यसलाई त्याग्न, निषेध गर्न र  त्यसको विरोध गर्न सकिरहेको छैन ।  यो नै आजको सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनको गलत संस्कृतिको पक्ष हो । 

संस्कृतिको प्रभाव ः 
बैज्ञानिक तत्थ्य अनुशार प्राणीको उत्पक्ती र विकास सरल बाट जटिल तिर र पशु जगतबाट मानव जगत तिर भएको हो । त्यसैले संस्कृतिको प्रभावको सृड्खला पनि त्यहि अनुशार विस्तार भयो र त्यसको प्रभाव पनि रहदै आएको हो । जस्तो हामीेले एकछिन एउटा सन्दर्भलाई हेर्न सक्दछौ, रुसी साहित्यकार मेक्सिम गोर्कीले लेख्नु भएको उपन्यास “आमा” पडिरहेका मात्र छौ । त्यसको प्रमुख पात्र पावेल हुन । ति पावेलले दुख पाउदा हामीले पनि दुखको अनुभुत गरेका हुन्छौं । पावेलले आन्दोलन गर्दा हामीले पनि आन्दोलन गरेको अनुभुत गर्दछौ, उनले सुख पाउदा हामीले पनि निकै सुखको अनुभुत गरेका हुन्छौं तर हामी उपन्यास पडिरहेका मात्र हुन्छौ त्यो संस्कृतिको प्रभाव हो । 

आज नेपाली समाजमा मुख्यतः दुई किसिमको संस्कृति निकै जिउदो जाग्दो अवस्थामा रहेको छ । पहिलो, पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृति दोश्रो,  सामन्तवादी संस्कृति ।  जसको प्रभावले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि माथि उठ्नबाट रोकिरहेको छ । यसले कम्युष्निट आन्दोलनलाई अवरोध पुराईरहेको छ । क. पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृति ः  यो संस्कृति उपभोक्तावादमा आधारित छ । यसले सवै कुरालाई उपभोग्य ठान्दछ । पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृति उदण्डता, चमत्कार र ध्वसमा आधारित छ । त्यसैले यो पँुजीवादी संस्कृतिले सधै  उदण्डता र चमत्कारलाई विश्वास गर्दछ । मानिसलाई अनावश्यक चमत्कार देखाइ दिने, उदण्डता देखाई दिने र भ्रममा पारि दिने । जस्तो, हामीले फिल्म हेरिरहेका छौ, एकजना नायकले चमत्कार देखाउछ ।  उसले घर नाघेको हुन्छ ।  पानिमा डुबेको हुन्छ । धेरै जना हतियारवद्धहरुसँग लडाई लड्छ र जितेकै हुन्छ ।  उसले ठुला ठुला पहराहरुमा जम्प गर्दछ ।  उडिरहेको जहाजबाट हाम फाल्दछ यस्ता दृष्यहरु देखाएर मानिसलाई भ्रम र अनावश्यक चमत्कार देखाउने गरिन्छ  । यो नै पुँजीवादी अर्थात साम्राज्यवादी संस्कृतिको धरातल हो ।  जसले मानिसलाई वास्तविक जिवन र जगतबाट निकै टाढा धकेलिदिन्छ ।

पुँजीवादी संस्कृति छाडा यौन र पाश्चात्य कुरामा आधारित छ । यसको मुल कुरा छाडा यौन हो । पाश्चात्य कुराहरु हो ।  यसको सवै सन्दर्भ सामाग्री छाडा यौन र पाश्चात्य विषयहरु हुन । जसले समाजलाई दिग्भ्रमित बनाउँछ । मानिसलाई नाङ्गो पार्न निर्देशित गर्दछ । यो व्याक्तीवाद र शोषणमा आधारित छ । यो संस्कृतिले सवै कुरालाई पुँजी वा पैसा जम्मा गर्ने साधनको रुपमा लिन्छ र प्रयोग गर्दछ । समाजलाई शोषण गर्नु र आफुले पैसा कमाउनु यो संस्कृतिको मुल विषय हो । आज नेपाली समाज र कम्युनिष्ट आन्दोलन पनि साम्राज्यवादी अर्थात पुँजीवादी संस्कृतिको पछि पछि दौडिरहेको अवस्थामा विद्धमान छ । आजको नेकपा (एमाले), ए नेकपा (माओवादी) लगाएतका आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरु पनि यो संस्कृतिमा चुर्लुम्मै डुवेका छन । त्यसैले उनिहरुको गतिविधी आलिसान महल, पजेरो, सुख, सुविधा, सत्ता, लुटपाट, भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरमा केन्द्रीत बनेको छ ।  साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवाद उनिहरुका भरोसायोग्य पात्रहरु हुन । यो नेपालको कम्युनिष्ट आन्दोलनमा परेको नकरात्मक प्रभावहरु हुन । यसमा अन्य कम्युनिष्ट आन्दोलनमा देखिएका पार्टीहरु पनि पुरै रुपमा अछुतो रहेको देखिदैन । 

ख. सामन्तवादी संस्कृति ः सामन्तवादी संस्कृति भाग्यवादमा आधारित छ । यसले पूर्व जन्म, यस जन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद आदीलाई मुल विषय मान्दछ । आज नेपाली कम्युनिष्ट आन्दोलनले पनि यी विषयहरुसँग सम्वन्ध विच्छेद गर्न सकिरहेका छैनन । पूर्व जन्मको पापले यो जन्ममा दुख पाईएको हो र यो जन्मको धर्मले अर्को जन्ममा सुख पाईन्छ भन्ने संस्कृतिले कम्युनिष्ट आन्दोलनका ठुला ठुला नेताहरुलाई पनि पगालेको छ । जन्म देखि मृत्यु सम्मका कर्मकाण्डहरुलाई पुरै टुप्पी देखि पैतला सम्म अवलम्वन गरेको हामीले कम्युनिष्ट आन्दोलन र हाम्रो समाजमा देखेका छौ । परिवारका सदस्यको मृत्यु भयो भने टाउको मुडुले पारेर, सेतै कपडा शीर देखि पाउ सम्म बेरेर, १३ दिन देखि ३ दिन सम्म काज किरिया बस्ने र किरियाबाट उम्के पछि १ बर्ष सम्म सेतै लगाएर हिडेको अवस्था पनि हामीले यो समाजमा देखेकै छौ । कम्युनिष्ट पार्टीको बैठकहरु छोडेर १० बर्ष अगाडि मृत्यु भैसकेकाहरुलाई सम्झेर एकछाके बस्ने र श्राद्धे गर्न विभिन्न बाहाना बनाएर घरमा कुलेलम ठोक्ने  कम्युनिष्ट आन्दोलनमा लागेका दिग्गज नेताहरुलाई पनि हामीले यहि समाजमा भोगेका छौ । समाजमा सामन्य नागरिकले दशै, तिहार, तीज, लोसार, त्रिशमश, ईद, रुद्री, सत्यनारायणको पुजा, चण्डी, माघे संक्रान्ती, साउने सक्रान्ती आदी चाडहरुमा खुसीले  फुरु¨ हुनु सामान्य कुरा होला तर, कम्युनिष्ट पार्टीका केन्द्रीय समिति अझै नेतृत्वहरु नै ती चाड बाड आउनु भन्दा १ महिना अगाडि नै घरमा पुगेर टुप्पी देखि पैतला सम्म चाड वाडको तयारीमा लाग्ने प्रवृति पनि हामीले देखेकै छौ । जस्तो झापा आन्दोलनबाट आएको मोहनचन्द्र अधिकारीले खुल्ला मंचमा यज्ञ नै लगाए । मनमोहन अधिकारी, माधव नेपाल लगाएतका आफुलाई कम्युनिष्ट भन्ने नेताहरु प्रधानमन्त्री बन्दा कालो बोको भोक दिए । पुष्पकमल दहाल उर्फ प्रचण्डले कोशी टप्पुमा पुगेर मैस पुजन गरे । यस प्रकारको पाखण्ड प्रवृति कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमै जर्वजस्त देखिएको छ । यस्तो अवस्थामा आजको कम्युनिष्ट आन्दोलन रहेको छ । के यो प्रकारको प्रवृति,  संस्कृति, व्यवहारलाई अ¨ालेर नेपालमा कम्युनिष्ट आन्दोलनको विकास र विस्तार संभव छ ? अवश्य छैन । 

सामन्तवादी संस्कृति वंशको श्र¨खलामा आधारित छ । जस्तो हामीले हेर्न सक्छौ, राजाको छोरा राजा नै हुने, पुरेतको छोरा पुरेतै हुने, लाहुरेको छोरा लाहुरे नै हुने, नेताको छोरा नेता नै हुने, डाक्टरको छोरा डाक्टरै हुने, किसानको छोरा किसान नै हुने र आखिर मजदुरको छोरा मजदुर नै हुने । यो संस्कृति रुडिवादमा पनि आधारित छ । ठालुहरुको चाकडी गर, राजा महाराजाको सेवा गर सामन्तवादी संस्कृतिको मुल जग हो । ईश्वरको भक्ती गर, मुखियाको सेवा गर, पुरेत ब्रामणको सेवा गर भनेर सामन्तवादी संस्कृतिले मानिसलाई दाशी बनाउछ । आज हामीले देखेका छौ कि नेपाली समाज र त्यसमा पनि कम्युनिष्ट आन्दोलनमा आफुलाई खास विषेश संझने, सवैले मेरै चाकडी गरोस, मलाई मान सम्मान गरोस, अझ यतिसम्म म आउदा सवै जना उठेर शीर निहुराउन भन्ने प्रवृतिहरु हामी हामै्र वरीपरी पनि देख्न सक्छौ, हो यहि सामन्तवादी संस्कृतिको उपज हो । संसारमा जे छ , त्यो मानिसको हातमा छैन प्रभुको इसारा र भरमा छ, भनेर सवै कुरालाई अलौकिक ठान्ने संस्कृति सामन्तवादी संस्कृति हो । शोषणमा आधारित रहेको यो संस्कृतिले भाग्यवादलाई मुल कुरा मान्दछ । यसले मानव समाजलाई काम गर्न बाट बन्चित गराउने, संघर्षबाट भगाउने, आन्दोलनबाट भगाउने गर्दछ र  श्रममा होईन भाग्यमा निर्भर बनाउछ । त्यसैले नेपाली समाज र नेपालको कम्युनिष्ट आन्दोलन यहि र यस्ता संस्कृतिको रसातलमा भास्सिएको छ । यो नै आजको संस्कृतिको नकारात्मक प्रभाव हो । यस्तै प्रवृति,  सैली र संस्कृतिको अन्त्य गर्न चिनमा सन् १९६६ देखि ७६ सम्म “मुल अण्डामा बम बर्साउ” भन्ने मुल नाराका साथ महान सर्वहारा सšास्कृतिक क्रान्ति सम्पन्न गरिएको थियो । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने हो भने यो संस्कृतिको विरुद्ध धावा बोल्नु पर्दछ । यस्तो प्रवृति बोकेर कम्युनिष्ट आन्दोलनमा लागेका आडम्वरीहरुलाई नड्डाउनु पर्दछ । र सर्वहारा वर्गीय, क्रान्तिकारी संस्कृतिको पक्षमा कम्युनिष्ट आन्दोलनको जगलाई उभ्याउनु पर्दछ । 

अन्त्यमा अब के गर्ने ? 
सर्वहारा बर्गीय संस्कृतिको प्रचार प्रसार, विकास र विस्तारमा लाग्ने । क्रान्तिकारी संस्कृतिलाई आत्मसाथ गर्ने विषय कम्युनिष्ट आन्दोलनको आजको केन्द्रीय प्रश्न बनाउने । सम्पूर्ण साम्राज्यवादी अर्थात पुšजीवादी संस्कृतिलाई त्याग्ने र त्यसको विरुद्ध सर्वहारा वर्गीय संस्कृतिको पक्षमा मोर्चावन्दी लडाईमा जोड दिने । सम्पूर्ण सामन्तवादी संस्कृतिको जगलाई जरै देखि भत्काने । त्यसको लागि मुख्य त कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबाट त्यो काम सुरु गर्ने र समाजलाई मार्गदर्शन बनेर आफ्नो पछि लगाउन भुमिका खेल्ने । सम्पूर्ण कर्म काण्डहरुलाई त्याग्ने । उपभोत्तावाद, भाग्यवाद, व्याक्तीवाद, रहस्यवाद, छाडा सेक्स, उदण्डता, चमत्कार विरुद्ध लड्ने माक्र्सवाद नै भएकोले माक्र्सवादी सिद्धान्तलाई दृढ बनाउने । सम्पूर्ण चाड बाडहरुलाई परम्परागत हिसावले मनाउन छोड्ने । “मानिसले धर्म बनाउछ, धर्मले मानिस होईन” भन्ने फयरवाकको भनाईलाई आत्मसाथ गर्ने । व्याक्तिगत सुविधा, पद प्रतिष्ठा, आर्थिक लाभ, महल, पजेरो, भ्रष्टाचार, नातावाद, कृपावाद आदी सवैलाई त्याग्ने र क्रान्तिकारी संस्कृतिमा प्रतिवद्ध हुने । सत्ता र कुर्सीको फोहोरी खेलहरुबाट मुक्त हुने । भौतिक वस्तुमा आधारित, उत्पादन प्रणालीमा आधारित, सम्उन्नत विचार र व्यवहारमा आधारित, आमुल परिवर्तनकारी आन्दोलनमा आधारित, श्रम प्रतिको आस्था र विस्वासमा केन्द्रीत संस्कृतिलाई दृढता पूर्वक लागु गर्ने । कम्युनिष्ट आन्दोलन, जनवाद, समाजवाद, साम्यवाद स्थापनाको लागि कार्ल माक्र्स, ऐगेल्स, लेनिन, स्टालिन, माओका दार्शनिक आधारहरुलाई दरिलो ढंगले पक्रने । “संस्कृति विनाको सेना बोधो सेना हो, र बोधो सेनाले शत्रुलाई हराउन सक्तैन” भन्ने क. माओको यो भनाईलाई आत्मसाथ गर्दै जनवाद, समाजवाद र साम्यवादको स्थापनार्थ सर्वहारा बर्गीय, क्रान्तिकारी सँस्कृतिको पक्षमा भिषण आन्दोलनको तयारीमा लागौं । 
धन्यवाद । 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...