Thursday, September 9, 2010

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा

नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को मुखपत्र
“युवा कम्युनिष्ट”
बर्ष– ४, अंक १
भाद्र

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा
१. आरम्भमा ः
हामी सहि युवा आन्दोलनको कुरा गरिरहेका छौं । हामीले समाजलाई अग्रगामी दिशा तर्फ रुपान्तरण गर्न खोजिरहेका छौं । शोषणलाई अन्त्य गर्नु हाम्रो चाहना हो, यो युगलाई बदल्नु हाम्रो लक्ष्य हो । त्यसैले, हाम्रो पहल प्रतिगामी, यथास्थितिवादी, सुधारवादी र अराजकतावादी धरातलबाट युवा संगठन र आन्दोलनलाई मुक्त बनाउन चाहन्छौं ।

२. युवा समस्याहरु र के गर्ने ः
हामीले देखिरहेका छौं, आज युवाहरुको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार, सा“स्कृतिक र सामाजिक सुरक्षाको हो । रँज्यले शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा जस्ता प्रश्नहरुलाई आफ्नो अनिवार्य दायीत्व भित्र राखेर यसको पक्षमा भुमिका खेल्नु पर्ने थियो । तर, त्यो हुन सकिरहेको छैन ।
शिक्षा,
देशको शिक्षा नीति अत्यन्त नाजुक अवस्थाको छ । देशमा सर्वसुलभ शिक्षा छैन । भएको शिक्षा पनि वैज्ञानिक र व्यवहारिक छैन । त्यो, सिमित उच्च तह र बर्गको पउ“चमा र सहर केन्द्रीत मात्र छ । देशका ७२ प्रतिसत मानिसहरु शिक्षाबाट बन्चित छन । त्यसको लागि पुरानो शैक्षिक नीतिलाई बदल्ने, पुरानो शैक्षिक व्यवस्थालाई बदल्ने, पुरानो शैक्षिक पद्धतीलाई खारेज गर्ने, पुरानो अध्यापन नीतिलाई पूर्णरुपमा बदल्ने र नया“ शैक्षिक व्यवस्था, नया“ पद्धती, नया“ शिक्षा नीतिलाई उत्पादन मुलक, बैज्ञानिक र व्यवहारिक बनाउन जोड गर्ने र त्यसको लागि संघर्ष गर्नु पर्दछ ।
स्वास्थ्य,
स्वाथ्यको अवस्था पनि त्यही प्रकारको छ । नेपालको वर्तमान स्वास्थ्य नीति खराब छ । भएका स्वाथ्य केन्द्रहरु शहर केन्द्रीत मात्र छ । शहरमा केन्द्रीत भएका स्वास्थ्य केन्द्रहरु पनि निकै मह“गो छ । त्यसैले आम नेपाली जनता स्वास्थ्य उपचारको पउ“चमा छैनन । मानिस, युवा अवस्थामा पुगी नसक्दै उ अनेकौ रोगले ग्रस्त बनिसकेको हुन्छ । शारिरीक अस्वस्थताको कारणले गर्दा उ मानसिक रुपमा पनि निकै कमजोर बनिसकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो, घरपरिवारको, समाजको र देशको लागि केही काम गर्न नसक्ने अवस्थामा रहन्छ । यहि स्थिति आज नेपालमा विद्धमान रहेको छ । त्यसैले, स्वास्थ्यलाई जनमुखी बनाउन जोड दिनु, यसलाई राज्यको अनिवार्य दायीत्व भित्र राख्न पहल प्रयत्न गर्नु, यसको सर्वसुलभतामा जोड दिनको लागि पहल गर्नु पर्दछ ।
रोजगार,
अर्को, समस्या भनेको रोजगारीको हो । यो समस्या पनि युवाहरुको लागि निकै ज्वलन्त बनेको छ । देशमा सरकारले रोजगारीको व्यवस्था मिलाउन सकिरहेको छैन । त्यसैले, लाखौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा पलाएन भैसकेका छन । दैनिक हजारौं युवाहरु आज पनि आफ्नो देश छोडेर विदेशमा पलाएन हुने क्रम तिर्व बनिरहेको छ । नत, युवाहरुको जिवन विदेशमा सुरक्षित छ, न उनिहरुले त्यह“ा राम्रो काम पाईरहेका छन, न त्यहा“ उनिहरुको सामाजिक मर्यादा छ । यसरी, आज नेपाली युवाहरुले नया“ जोस, जा“गर, बल र उत्साहलाई विदेशी भुमिमा पोखिरहेका छन । अतः सम्पूर्ण विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा फर्काउने नीति बनाउनु पर्दछ । नेपाली युवाहरुले नया“ जोस, जा“गर, बल र उत्साहलाइ लाई देशमै लगाउनको लागि रोजगारको व्यवस्था मिलाउनको लागि पहल गर्नु पर्दछ । बैज्ञानिक र व्यवहारिक रोजगारको खोजीमा लाग्न पहल र प्रयत्न गर्नु पर्दछ , आदी ।
स“ास्कृतिक,
नेपाली युवाहरुमा सा“स्कृतिक समस्या पनि अर्को मुलभुत समस्या हो । साम्राज्यवादी, विस्तारवादी, पु“जीवादी र सामन्तवादी सा“स्कृतिक धरातलले हाम्रो देशलाई निकै गा“जेको छ । आज एकातिर, पश्चिमेली पु“जीवादी पाश्चात्य संस्कृतिले युवाहरुलाई उपभोक्तावाद, उदण्डता, चमत्कार र ध्वंस, छाडा सेक्स र पाश्चात्य संस्कृति, व्याक्तिवाद, शोषण र पु“जीमा आधारित बन्न अभिप्रेरित बनाईरहेको छ भने अर्कोतिर, सामन्तवादी संस्कृतिले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद र भाग्यवाद, वंशको श्रखला, रुडिवाद, अलौकिकवाद जस्ता संस्कृतिले पनि नेपाली युवाहरुलाई दिग्भ्रमित पारिरहेको अवस्था कायम छ । अतः भौतिक परिस्थितिमा आधारित, उत्पादन प्रणालीस“ग आधारित, जनताको आन्दोलनस“ग आधारित, सहि व्यवहार सम्उन्नत विचार स“ग आधारित, आमुल परिवर्तन र रुपान्तरणमा आधारित, श्रम प्रति प्रेम र शोषण प्रति विरोधमा आधारित जनवादी तथा समाजवादी सा“स्कृतिक मुल्य मान्यतालाई स्थापनार्थ जोड दिनु ।
सामाजिक सुरक्षा,
यसको साथै सामाजिक सुरक्षाको प्रश्न पनि आज जटिल मोडमा रहेको समस्या हो । जुनसुकै मुलुकमा पनि जनताले शान्तिपुर्वक बस्न र बा“च्न पाउने उसको अधिकार हो । तर, आज नेपालको सामाजिक सुरक्षाको प्रश्न पनि निकै खलबलिएको अवस्थामा छ । समाजमा हत्या, हिंसा, अपहरण, लुटपाट, चोरी, डकैती जस्ता क्रियाकलापहरुले जोर पक्रेको छ । जसको कारणले गर्दा नेपाली जनता र युवाहरुको सामाजिक जिवन निकै प्रताडित बनेको छ ।

३. युवा आन्दोलनमा विचारधारात्मक चिन्तन ः
उत्पादन प्रणालीको विकाशको क्रममा उत्पादक शक्तिको पनि विकाश र परिवर्तन हुदै जान्छ । त्यस अनुशार मानिसको उत्पादन सम्वन्ध र उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यही प्रक्रियामा मानिसको राजनीतिक, सामाजिक, सा“स्कृतिक चेतनाहरु पनि बदलिदै जान्छ । राम्रो र नराम्रो, सहि र गलत पक्षहरुको पनि समाजमा देखा पर्दै जान्छ । त्यसैले युवा आन्दोलन शहि ढंगले अगाडि बढाउनको लागि आन्दोलनको विचारधारात्मक पक्षलाई पनि राम्रो गरि बुझ्न आवश्यक छ र सहि विचारको पक्षमा आफुलाई समाहित गर्न जरुरी छ । जुनकुरा क्रान्तिकारी युवा आन्दोलनको मुख्य कडि हुन जान्छ । हाल नेपालको युवा आन्दोलनमा मुख्यत ः ३ ओटा विचारधारात्मक पक्षमा युवा आन्दोलन क्रियाशिल रहेका छन ।

प्रतिक्रियावादी चिन्तन,
यसमा प्रतिगामी र यथास्थितिवादी विचारधारात्मक पक्ष छन । युवा आन्दोलनमा यतिवेला प्रतिगामीको अवस्था कमजोर रहेको छ । खासगरी गत ०६२÷६३ को ऐतिहा“सिक जन आन्दोलनको बलबाट राजतन्त्रको औपचारिक अन्त्य पछि यो धाराको खासै चर्चा छैन । तर, आज पनि यो वैचारिक पक्षमा यथास्थितिवादको चलखेल देखिन्छ । यसको मुख्य अभिष्ट भनेको आज विद्धमान रहेको दलाल, नोकरशाह, पु“जिपती तथा सामन्तवर्गको राज्य सत्तालाई टिकाई राख्नु हो । यसको अर्थ यथास्थितिवादको पक्षपोषण गर्नु हो । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा जान नदिन भुमिका खेलिरहेको हुन्छ । यसले विद्धमान रहेको दमन, शोषण, उत्पीडन, भेदभावलाई कायमै राख्न चाहन्छ । प्रतिक्रियावादी राज्य सत्तालाई टिकाईराख्न यसले बारम्वार गुण्डागर्दी गर्दछ । साम्राज्यवाद विस्तारवादको दलाली गर्ने काम गर्दछ । यो पक्ष सामन्त, दलाल नोकरशाह, पु“जिपती बर्गको निरन्तर सेवामा लागिरहेको छ । यसको सस्थागत प्रतिनिधित्व मुख्य नेपाल तरुण दलले गरेको छ । आफुलाई नेपाली काग्रेसको भातृ संगठनको रुपमा चिनाउने यो युवा संगठनले मुख्य यथास्थितिवादको पक्षपोषण गर्दछ र प्रतिक्रियावादी राज्य सत्ताको टिकाई राख्न भुमिका खेल्दछ । लगाएत अन्य कतिपय स साना युवा संगठनहरु पनि यसमा क्रियाशिल रहेका छन । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा लैजान अवरोध सृजना गरिरहेको छ । यसबाट सवै युवाहरु स्पस्ट हुन आवश्यक छ ।

सुधारवादी चिन्तन,
यो विचारधारात्मक पक्षको सैद्धान्तिक नेतृत्व दक्षिणपंथी अवसरवादले गर्दछ । यो विचारधारा सहि क्रान्तिकारी विचारधारा स“ग नजिक देखिएको भएता पनि यसले अन्त्यतः तिनै दलाल, नोकरशाह तथा पुजिपती बर्गको सेवामा नै लागेको हुन्छ । प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणमा नै यो धारा क्रियाशिल रहेको पाईन्छ । यसको मुख्य अभिष्ट सुधारवाद हो । सामान्य सुधारलेनै युवा समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने यसको मुल दृष्टिकोण हो । यसले बर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिएको हुन्छ । बर्तमान प्रकृतिको चुनावबाट नै सवै कुराको हल गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । सरकार, सत्ता, कुर्सी, पदको लागि यो चिन्तन मरिहत्य गरेर लागेको हुन्छ । साम्राज्यवाद, विस्तारवाद, सामन्तवादस“ग सा“ठगा“ठ नगरीकन आफ्नो स्वर्थ पुर्ती नहुने भएकोले यसले जहिल पनि साम्राज्यवाद, विस्तारवाद र सामन्तवादस“को आत्मसमर्पण, उनिहरुको दलाली गर्दछ । जो नेपालको सन्दर्भ पनि ताजै छ । तत्कालिन तथा दिर्घकालिन विषयहरुको छिनोफानोमा पनि यसको चरित्र ढुलमुल, अस्पस्ट र अवसरवादी प्रकारको हुन्छ, त्यसैले यसले जहिले राष्ट्रघाती तथा जनघाती कामको पक्षपोषण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक युवा संघ, नेपाल (हालको युवा संघ, नेपाल) ले यो विचारधाराको नेतृत्व गरिरहेको छ । यसमा अन्य कतिपय युवा संगठनहरु पनि क्रियाशिल रहेको पाईन्छ । यसले युवाहरुको जोस, जा“गर, उत्साह÷उमङ्गलाई नष्ट पारी युवा आन्दालनलाई सुधारवादमा लगेर फसाउ“छ । संसदीय गोलचक्करमा युवा आन्दोलनलाई केन्द्रीत गर्दछ । त्यसैले सुधारवादी विचारधाराको बारेमा सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । यसले नेपाली क्रान्तिकारी आन्दोलनलाई अवरोध सृजना गरिरहेको हुन्छ । यो धारा युवा आन्दोलन र युवा मुक्तीको लागि अवरोधक रहेको छ । त्यसैले यसबाट स्पस्ट हु“दै, सहि क्रान्तिकारी युवा आन्दोलनमा समाहित हुन आवश्यकता छ ।

अराजकतावादी चिन्तन,
क्रान्तिकारी युवा आन्दोलनमा अर्को खतरनाक प्रवृतिको नेतृत्व अराजकतावादी विचारधारले गरेको छ । यसको सैद्धान्तिक नेतृत्व “उग्रबामपंथी” चिन्तनले गरेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्न सक्दैन । अराजकतावादी गतिविधी यसको चारित्रिक पहिचान हो । उग्रवामपंथी भड्कावको पतन दक्षिणपंथी असरवादमानै हुने भएकोले क्रमशः यसले पनि बर्ग संघर्षलाई तिलाञ्जली, सर्वहारावर्ग अधिनायकत्वलाई तिलाञ्जली, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिदै अगाडि बढिरहेको हुन्छ । नया“ जनवादी क्रान्तिको नीति देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यो प्रवृति पनि सरकार, कुर्सी, पद ÷प्रतिष्ठा को लागि लालाहित हुने भएकोले यसले साम्राज्यवाद, विस्तारवाद र सामान्तवादस“गको सम्वन्धलाई सुधार गर्दै अगाडि बढिरहेको छ । यसको नेतृत्व आज योङ कम्युनिष्ट लिंग ले गरेको छ ।

क्रान्तिकारी चिन्तन,
युवाहरुको समस्यालाई ठोस ढंगले पहिचान गरेर आमुल परिवर्तकारी आन्दोलनकै बलमा युवाहरुको समस्यालाई समाधान गर्न क्रान्तिकारी चिन्तन लागि परेको हुन्छ । यसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवादको विरुद्धमा सधै संघर्षमा जोडदिन्छ । सामन्त, दलाल तथा नोकरशाह पु“जिपती बर्गको राज्यसत्तालाई खतम पारेर नया“ जनवादी राज्यसत्ताको स्थापनामा जोड दिन्छ । क्रान्तिकारी आन्दोलनको सधै सहयोगी भुमिका खेििलरहेको हुन्छ । यसले समाजमा हुने सवैखाले शोषण, दमन र उत्पीडनको अन्त्यको लागि संघर्षमा जोड दिनु पर्ने कुरामा विश्वास राख्दछ । माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पदप्रदशक सिद्धान्त मान्दै, नया“ जनवादी क्रान्ति, सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्य सत्ताको स्थापना, महान सर्वहारा सा“स्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै आफ्नो क्रान्तिकारी युवा आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । क्रान्तिकारी नीति, सिद्धान्त, दर्शनलाई आत्मसाथ गर्नु यसको चारित्रिक विषेशता हो । शोषण प्रति घृणा र श्रम प्रतिको प्रेमलाई आत्मसाथ गर्दछ ।

यस प्रकारको क्रान्तिकारी चिन्तनले मात्र युवा आन्दोलनलाई सहि ढंगले नेतृत्व प्रधान गर्न सक्दछ । युवाहरुको समस्याहरुलाई सहि ढंगले समाधान गर्न भुमिका खेल्न सक्दछ । त्यसैल्ो, यस प्रकारको क्रान्तिकारी चिन्तनले लेस भएको युवा संगठनको निर्माण आजको आवश्यकता हो । सामन्यतः यो भुमिकालाई हेर्दा आज नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) त्यो दिशामा परिचालित भएको छ । यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन भएकोले पनि यसको क्रान्तिकारी दायीत्व झन बढेर जाने कुरा स्वतहः सिद्ध छ । त्यसको विकाश, विस्तार, रुपान्तरणको लागि धेरै काम गर्न अझै पनि आवश्यक छ । यसको भुमिकालाई देशका सम्पूर्ण भागका युवाहरुलाई पहिचान दिलाउन र संगठन विस्तारमा जोड दिन अझै बा“की छ । निश्चयनै यो भुमिकाहरुलाई पुरा गर्न क्रान्तिकारी चिन्तन बोकेको नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) सफल हुनेनै छ । त्यसको लागि संगठनमा लागेका सवै नेता कार्यकर्ता जिम्मेवारी बोधका साथ लाग्नु आजको परिवेशले माग गरेको यर्थाथता र दायीत्वबोध हो ।

४. क्रान्तिकारी युवा आन्दोलनको निम्ति तत्काल गर्नु पर्ने कामहरु ः
युवाहरुलाई ठोस ढंगले मुलुकको बारेमा चिन्ता गर्ने र आमुल परिवर्तनकारी आन्दोलनमा समाहित हुने दिशा प्रवाहित गर्न अनिवार्य रहेको विषय हो । त्यसको लागि तत्कालमा केहि कामलाई सुचिकृत गरेर अगाडि बढाउन आवश्यक छ ।
विचारधारात्मक काम ः
क) नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्न ध्यान दिनु , ख) देशका केन्द्र, प्रदेश, जिल्ला, एरिया, गा“उ÷नगर र टोलहरुमा पुस्तकालय र वाचनालयहरुको व्यवस्थापन गर्न जोड दिनु, ग) व्यापक रुपमा युवाहरुलाई साहित्य, राजनीति, अर्थनीति, दर्शन, कला आदीको विषयमा स्वअध्ययनलाई प्रशय दिने, घ) आवश्यक पाठ्य साम्रागीको तयार पार्ने र नियमित तल पठाउन ध्यान दिने, ङ) संगठनको मुखपत्र, बुलेटिन आदी जस्ता प्रकाशनहरुलाई नियमित बनाउने, च) विश्व स्तरमा संचालन भएका क्रान्तिकारी आन्दोलन स“ग सम्वन्धित पाठ्य सामाग्रीहरुको अध्ययनमा जोड दिने, छ) नियमित प्रशिक्षणमा जोड दिने, आदी ।
संगठनात्मक काम ः
क) संगठनहरुको प्रचारात्मक कामले ल्याएको अनुकुलतालाई तुरुन्त संगठनात्मक शक्तिमा बदल्न प्रयत्न गर्ने, ख) युवा पूर्णकालिन कार्यकर्ता निर्माणमा व्यापक जोड दिने, ग) व्यापक युवा पूर्णकालिन कार्यकर्ताको परिचालन, रेखदेख, र विस्तारमा जोड दिने, घ) आम जनतालाई साधारण सदस्यमा, साधारण सदस्यलाई संगठित सदस्यमा, संगठित सदस्यलाई अगुवा कार्यकर्तामा, अगुवा कार्यकर्तालाई पूर्णकालिन कार्यकर्तामा बदल्न मुख्य ध्यान दिने, ङ) नियमित सम्मेलन, भेला, बैठक आदी जस्ता कामको निरन्तरतामा जोड, आदी ।
संघर्ष सम्वन्धी काम ः
क) सम्राज्यवाद, विस्तारवाद, सामन्तवाद विरुद्धको संघर्षमा व्यापक जोड दिनु, ख) पु“जीवाद, यथास्थितिवाद र संङ्क्रिणवाद विरुद्धको संघर्षमा जोड, ग) सुधारवाद तथा अराजकतावाद विरुद्धको संघर्षमा जोड दिनु, घ) राष्ट्रियता, जनअधिकार तथा जनजिविकाको पक्षमा हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, ङ) सामाजिक तथा सा“स्कृतिक रुपान्तरणको निम्ति हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, च) शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको निम्ति चल्ने संघर्षमा भाग लिनु र त्यसको नेतृत्व गर्नु, छ) रचनात्मक, सृजनात्मक क्रियाकलाप, र जनवादी सुधार अभियानलाई तिर्वता दिनु र त्यसको लागि संघर्ष गर्नु , आदी ।

५. क्रान्तिकारी युवा आन्दोलनले अनुशरण गर्नुपर्ने कुराहरु ः
क) कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु, ख) कडा मेहनत गर्नु, राम्रो योजना बनउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु, ग) अध्ययनलाई कामस“ग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु, घ) कामको बारम्वार मुल्याङ्कन÷सिमाहलोकन गर्नु, ङ) नया“ नया“ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु, च) आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु, छ) कामहरुको असल कुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्चयाउनु, ज) जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र जनतालाई सिकाउनु, झ) जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नुृ, ञ) अध्ययन अनुसन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु, ट) तन्दुरुस्त बन्न ध्यान दिनु र नियमित व्यायमहरु गर्नु, ठ) श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु, आदी । जुन विषयहरुमा कामरेड माओले व्यापक चर्चा गर्नु भएको थियो ।

समापनमा,
ठेगान गरिएको समयमा त संविधान बनेननै । थपिएको समयमा पनि नया“ अग्रगामी सार्थक संविधान बन्ने कुनै आधार छैन । आफुलाई ठुला भनाउदा पार्टीहरु संविधान बनाउनमा भन्दा सत्ता, सरकार र कुर्सीको लागि मरिहत्य गरिरहेका छन । देशको राजनीतिक संक्रमणको फाईदा उठाउनको लागि साम्राज्यवादी तथा विस्तारवादी झन कम्मर कसेर लागेका छन । उनिहरुको चलखेल तिर्व ढंगले बढेको छ । दिनहु“ सिमा मिचिएको छ । राष्ट्रियताको समस्या गम्भिर बनेको छ । हत्या, हिङ्सा, अराजकता, असान्ती बढेको छ । यस्तो अवस्थामा हामी सवै नेपाली युवाहरु बर्तमानमा थोपरिएका समस्याहरुलाई समाधान गर्न फेरी एकपटक एकतावद्ध हुन आवश्यकता छ । फेरी एक पटक आन्दोलनको आ“धी बेहरी सृजना गर्न जरुरी छ । जनताको अनेक समस्याहरुलाई बेवास्था गर्दै कुर्सीको लागि मरिहत्य गर्ने दल र नेताहरुलाई खवरदारी गर्नु पर्ने बेला भएको छ । त्यसैले थप गरिएको समयमा सार्थक संविधान निर्माणको लागि सवै एकतावद्ध बनौं । फेरी एकपटक आ–आफ्नो स्थानबाट जुरुक्क उठौं ।



(लेखक ः– नेकपा (एकीकृत) का केन्द्रीय सदस्य तथा नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) का केन्द्रीय सल्लाहकार हुनुहुन्छ )

Wednesday, March 24, 2010

सार्थक संविधान र राष्ट्रिय स्वाधीनता

(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) द्धारा मिति ०६६ चैत्र १ गते, पर्वत जिल्ला सदरमुकाम कुश्मा बजारमा आयोजित “सार्थक संविधान र राष्ट्रिय स्वाधीनता” विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एकीकृत) का केन्द्रीय सदस्य तथा मगरात प्रादेशिक ईन्चार्ज क. चिरन पुनद्धारा प्रस्तुत, अवधारणा–पत्र)

प्रारम्भ
संविधान निमार्णको विषयमा सर्वत्र बहस चलिरहेको छ । संविधान घोषणाको मिति ०६६ जेठ १४ गते आउन पनि अब धेरै समय छैन । तोकिएको समयमानै अग्रगामी सार्थक संविधान निमार्ण गर्नु आजको राष्ट्रिय राजनीतिको मुख्य विषय हो । एकातिर ०६६ जेठ १४ गते भित्र नया“ संविधान निमार्ण गर्नु छ, भने अर्कोतिर नया“ संविधानले जनताको मागहरुलाई सार्थक ढंगले संवोधन गराउनु छ । यसको साथै आजको अर्को मुख्य प्रश्न भनेको राष्ट्रिय स्वाधीनताको हो । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले नेपालको राजनैतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, भौगोलिक लगाएतका विषयहरुमा बारम्बार हस्तक्षेप गर्दै आइरहेको छ । यो बेलामा उनिहरुको झन सक्रियता बढेको छ । त्यसैले राष्ट्रियता माथिको हस्तक्षेप लाई रोक्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने विषयमा एकतावद्ध हुनु सवै नेपाली जनसमुदायको मुख्य दायीत्व बनेको छ ।
१. संविधान ः
संविधान भनेको देशको मुल कानुन हो । जसले मुलुकलाई अघि बढाउन दिशा–निर्देश गर्दछ । विश्वका सवै मुलुकहरुले आफ्नो देशको अनुकुलतामा संविधान निमार्ण गरेका हुन्छन र संविधानलाई आवश्यकता अनुशार संशोधन पनि गरिन्छ । अमेरिका आज भन्दा दुई सय वर्ष अगाडि बाटै एउटै संविधानमा संचालित छ भने त्यहाको संविधान हालसम्म २७ पटक संशोधन भएको छ । हाम्रै छिमेकी मुलुक भारतमा संविधान जारी भएको ३० वर्षमा ९४ पटक संशोधन भयो । ब्राजिल स्वतन्त्र भए पछि ७ ओटा संविधान लागु भयो भने मेक्सिकोमा ६ र भेनेजुयलामा २६ ओटा यसरी विभिन्न देशहरुमा संिवधानको छुट्टा–छुट्टै अनुभवहरु छन । नेपालमा यस अघि पनि संविधान लेखिए तर ति संविधानहरुले जनतालाई सार्वभौम बनाउन सकेन । उल्टै सामान्ती राज्य सत्तालाई मलजल गर्ने प्रकारको भयो । जनताको अधिकारलाई कुण्ठित गरेर दलाल, नोकरशाह वर्गको हितअनुकुलको संविधान लेखियो ।
ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को बलमा सामन्ती राजसंस्थाको अन्त्य भयो, र २०४७ कार्तिक २३ गते जारी गरिएको संविधानलाई खारेज गरेर यतिबला हामी नया“ सार्थक संविधान निमार्णको प्रक्रियामा छौ । नेपाली जनताले आफुले चुनेको प्रतिनिधीबाट संविधान निमार्ण गर्ने अवसर पनि पहिलो पटक प्राप्त गरेका छौ । यो सन्दर्भमा हामी दुई प्रश्नमा स्पस्ट हुन आवश्यक छ । पहिलो, तोकिएको समयमानै संविधान निमार्ण हुनु पर्दछ, भने दोश्रो, त्यो संविधानले जनता र राष्ट्रको मागलाई सार्थक ढंगले संवोधन गरेको हुनु पर्दछ ।
२. सार्थक संविधानको मुख्य विषयहरु ः
अब बन्ने नया“ संविधानले के–के विषयहरुलाई प्रत्याभुत गर्दा संविधान सार्थक बन्छ ? यो निर्णायक महत्वको प्रश्न हो । त्यसैले नया“ संविधान निमार्ण गर्दा सार्थकताको अर्थ र महत्वबारे पनि स्पस्ट हुन आवश्यक छ ।
१. संविधानमा राज्यको नया“ संरचना गर्दा आत्मनिर्णयको सिद्धान्त र जातीय÷क्षेत्रीय स्वशासनको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई आत्मसाथ गरिनु पर्दछ । २. जनताले गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा आदी पाईरहेका छैनन । यि प्रश्नहरुको हल गर्नु राज्यको कर्तब्य हो । तर हालसम्म यस्ता प्रश्नहरुलाई संविधान र सरकारले आफ्नो दायीत्व भित्र राख्न सकेन, त्यसैले गास, बास, कपास, शिक्ष्ाँ, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालाई नया“ संविधानले आफ्नो दायीत्व भित्र अनिवार्य राखिनु पर्दछ ।
३. हालसम्म राज्यको विभिन्न तहमा निर्वाचित हुने कैयौँ पदाधिकारीहरुले राष्ट्रघाती तथा जनघाती कामहरु गरे । आफ्नो ब्याक्तिगत स्वार्थ पुरा गर्न तल्लिन बने । त्यसैले यो प्रकृयाको अन्त्य गर्र्न देश र जनताको हितविपरीत काम गर्ने प्रतिनिधि र पदाधिकारीहरुलाई प्रत्याआब्हानको व्यवस्थालाई सुनिश्चित गरिनु पर्दछ ।
४. पुर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसाथ गर्दै मजदुर र किसान बर्गको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्दछ ।
५. राज्यको सवै तह र प्रक्रियाहरुमा उत्पीडित वर्ग, जाति, आदिवासी जनजाति, दलित, महिला, तराईवासी तथा क्षेत्र र लिङ्गका जनसमुदायको समावेशी, सहभागिता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ ।
६. हालसम्म सेनाको अवस्थालाई हेर्दा एकातिर, सिमित बर्गको सलामी, मलामी र गुलामीको प्रक्रियाबाट गुजे्रको देखिन्छ । अर्कोतिर नेपालको भु राजनैतिक अवस्था विषेश प्रकारको छ । त्यसैले अब बन्ने नया“ संविधानमा सेनाको न्युनिकरणमा जोड दि“दै जनशुरक्षा प्रणालीमा मुलुकलाई लैजानु पर्दछ ।
७. राष्ट्रिय स्वाधीनतामा आधारित समाजवाद उन्मुख अर्थ व्यवस्था लागु गरिनु पर्दछ । यी प्रश्नहरु सार्थक संविधान निमार्णको निम्ति महत्वपूर्ण छन ।
३. राष्ट्रिय स्वाधीनताको प्रश्न
ःआज नेपालको राष्ट्रियता गम्भिर संकटमा छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले विविध प्रकारका हस्तक्षेप नेपाल र नेपाली जनता माथि कायम राख्दै आएको छ । मुख्यतः भारतीय विस्तारवादको हस्क्षेपले नेपाल माथि प्रत्यक्ष असर पुराईरहेको छ । राष्ट्र र जनता माथि हुने सम्पूर्ण प्रकारको हस्तक्षेपको अन्त्य नहु“दा सम्म राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । त्यसैले सम्पूर्ण नेपाली जनसमुदाय एकतावद्ध भई राष्ट्रियताको रक्षाको लागि आन्दोलनमा उठ्नु पर्ने आवश्यकता छ । यसको लागि केहि सन्दर्भहरु उल्लेख गर्नु आवश्यक तथा सान्दर्भिक छ, जो हस्तक्षेपको मुख्य असरमा रहेको क्षेत्र हो । भुगोल ःभारतस“ग जोडिएको नेपालको २६ जिल्ला मध्य २१ जिल्लाको ५४ भन्दा बढी स्थानमा नेपाली भुमि मिचिएको छ । भारतबाट एकतर्फीरुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी भुभाग मिचिएको अनुमान गरिएको छ । यसमध्य कालापानीको लिम्पियाधुरा क्षेत्रमा मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार भन्दा बढी हेक्टर जमिन मिचिएको छ । ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्षबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
बाराको दक्षिण झिटकोहिया वरपरका सिमाक्षेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्षले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्षेत्र लगाएतका सिमा क्षेत्रहरुमा भारतीय पक्षले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्षेत्र महेशपुर लगाएतका क्षेत्र अतिक्रमणमा छ भने सुस्ता क्षेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्षेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्षेत्रमा नेपाली भुमि गुमेको छ । दार्चुलाको कालापानी – लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्षेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्षेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्षेत्र पनि व्यापक सिमा अतिक्रमणको क्षेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन । जल सम्पदा ःभनिन्छ, नेपाल विश्वमा जल सम्पदाको लागि दोश्रो ठु्लो देश हो । यहा“ धेरै नदिनालाहरु छन । हिमालयबाट बगेको कारणले गर्दा यहा“का नदिनालाहरु स्थायी प्रकारका छन । तर नेपालको नदिनालाहरुको प्रयोग नेपालले भन्दा भारतले बढि गरेको छ । पानीबाट हुने फाईदाहरु विद्युत, सिचाई आदी सवैबाट भारतलाई नै फाईदा पुगेको छ । नेपाली जनताको लागि यो अत्यन्त दुखदायी तथा पिडादायी प्रश्न हो । नेपालको नदिनाला तथा पानीको लागि धेरै सन्धी÷सम्झौताहरु भएका छन । जुन सन्धी÷सम्झौताले नेपाललाई बल पुगेको छैन । बरु नेपालको स्वामित्वमा रहेको नदिनालाहरु भारतलाई सुम्पन्ने काम भएको छ । नेपालको हित विपरित भएका यि जल सम्पदाहरुकोे संम्झौताहरु मुख्य रहेका छन ।
(१. गण्डक सम्झौता, २. कोशी सम्झौता, ३. महाकाली सन्धी, ४. टनकुर सम्झौता, ५. पश्चिम सेती, ६. उपल्लो कर्णाली, ७. अरुण तेश्रो, ८. पंचेश्वर परियोजना, ९. सप्तकोशी, १०. नौमुरे ) आदी हुन । जो नेपालको पक्षका छैन । यसरी सम्पुर्ण नेपालको नदिनालाहरु भारतीय विस्तारवादले आफ्नो कब्जामा पारेको छ ।
अनियमित ढंगले बाधिएको बा“धहरु ःनेपालको सिमानामा अन्तराष्ट्रिय मान्यता विपरित भारतले एकतर्फी रुपमा बाँधहरु निमार्ण गरेको छ । सगैं बाटो निमार्ण गर्ने नाममा नेपालको सिमानाहरुमा बाँधहरु निमार्ण गरेको छ । जसका कारणले गर्दा नेपालको हजारौं हेक्टर जमिन डुवानमा परेको छ । त्यहा“का लाखौं जनता विस्तापित भएका छन । भारतले लक्ष्मणपुर, रसियावाल खुर्दलोटन, मोहली सागर लगाएतको स्थानहरुमा बा“ध बाधेर सकिसकेको छ, भने यो प्रक्रियालाई अगाडि बढाईरहेको छ । त्यसको साथै मेची, कोशी र नारायणी नदिहरुमा बाँधीएका बाँधहरुको कारणले गर्दा त्यहाँका जनताको समेत उठिबास लागेको अवस्था जगजाहेर छ । आर्थिक तथा राजनीतिक ःआर्थिक तथा राजनीतिक क्षेत्रमा समेत भारतीय विस्तारवादको हस्तक्षेप कायम रहेको छ । सन् १८१६ को सुगौली सन्धीले नेपाललाई अर्ध–सामन्त तथा अर्ध–औपनिवेशमा बदल्यो । यसैबेला देखि मूलतः नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न कमजोर रह“दै आएको छ । त्यसैको जगमा टेकेर फेरी सन् १९५० मा भएको कथित शान्ति तथा मैत्री सन्धीले झनै विस्तारवादको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक लागाएतका क्षेत्रको हस्तक्षेपलाई बढायो । आज भारतीय विस्तारवादले दार्चुला जिल्लाको कालापानीमा आफ्नो सेनाको क्याम्प राखेको छ । नेपालको सम्पूर्ण सिमा क्षेत्रमा विएसएफले नेपाली जनतालाई कुटपिट गर्ने, लुटपाट गर्ने, अपहरण गर्ने, नेपाली चेलिहरुमाथि बलात्कार गर्ने जस्ता कामहरु दिनहुँ गरिरहेको घटनाहरु सार्वजनिक भैरहेका छन । पछिल्लो समयमा सरकार र माओवादी विच भएको १२ बु“दे सम्झौताका कतिपय प्रश्नहरु र कालो नागरिकता विद्येकको कारणले गर्दा पनि राष्ट्रिय स्वाधीनतामा आ“च पुगेको छ । आज पनि त्यस प्रकारका असमान सन्धी÷सम्झौताहरु कायम छन, त्यसैले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको प्रश्न अत्यन्त कमजोर भएको छ ।
४. किन भैरहेको छ, राष्ट्रियता माथि हस्तक्षेप ः
क. साम्राज्यवादी÷विस्तारवादी शक्तिहरुको गलत नीतिका कारण, ख. नेपाली शाषकहरुको साम्राज्यवाद तथा विस्तारवाद परस्त चिन्तनका कारण, ग. हाल सम्म सरकार संचालन गर्ने दलहरुको दास मनोवृती र विस्तारवाद तथा साम्राज्यवाद परस्त चिन्तनका कारण, घ. नेपाल र नेपाली जनताको हित विपरित भएका असमान सन्धी÷सम्झौताको कारण, ङ. नेपाली जनताको सचेतना र जागरुकताको अभावको कारण, च. राष्ट्रियताको रक्षा र राष्ट्रिय स्वाधीनताको निम्ति जुझारु आन्दोलन उठ्न नसकेको कारण ।
५. राष्ट्रियता माथि हस्तक्षेप हुनुमा दोशी को हुन ?
मुख्य रुपमा १०४ बर्षे जहानिया राणा सासन, ३० बर्षे तानाशाही पञ्चायती व्यवस्था र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु हुन । ०४६ सालको परिपर्तन पछि संविधान निमार्णमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुमिका खेल्ने शक्तिहरु र हालसम्मको सरकार संचालनमा रहेका राजनीतिक दलहरु समेत यसमा दोशी रहेका छन ।
६. अब के गर्ने ?
नेपाल र नेपाली जनताको हित विपरित भएका सम्पूर्ण असमान सन्धी÷संझौताहरु खारेजी गर्न आवश्यक छ । निर्धारित समयमा सार्थक संविधान निमार्ण गर्नु पर्दछ । राज्यले वेदेशिक हस्तक्षेपलाई रोक्न विषेश कार्यक्रमहरु संचालन गर्नु पर्दछ । सरकारमा बस्न्े दलहरु राष्ट्र तथा जन उत्तरदायी बन्न आवश्यक छ । राष्ट्र र जनताको हित विपरित कुनै पनि काम सरकारले गर्नु हुदैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा काम गर्नु पर्दछ । साम्राज्यवाद र विस्तारवादको विरुद्ध सशक्त खबरदारी आन्दोलन संचालन गर्नु पर्दछ । जनताको तर्फबाट राष्ट्रिय स्वाधीनताको लागि जुझारु एकता कायम गर्दै आन्दोलनमा होमिनु पर्दछ । अनिमात्र एकातिर तोकिएको समयमानै सार्थक संविधान निमार्ण गर्न दवाव पुग्ने छ, भने अर्कोतिर राष्ट्रिय स्वाधीनताको रक्षा हुनेछ ।
अन्त्यमा,
यतिवेला हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले यिनै विषयहरुमा दवाव दिन “सार्थक संविधान र राष्ट्रिय स्वाधीनताको लागि जन दवाव सिर्जना गरौं” भन्ने मुलनाराका साथ “राष्ट्रिय जन दबाब अभियान–२०६६” संचालन गरिरहेको छ । भने यिनै विषयहरुमा नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल ले समेत संयुक्त आन्दोलन संचालन गरिरहेको छ । यि आन्दोलनका ऐजेण्डाहरु जनताका साझा हुन । त्यसैले यो आन्दोलनलाई सफल पार्न सवैको दायीत्व हो भन्ने लाग्दछ ।
धन्यवाद !
अजष्चबलउगलवष्२नmबष्।िअयm
०६६ चैत्र १ गते ।
(अन्तरक्रिया कार्यक्रम जिविसको सभाकक्षमा सम्पन्न भएको थियो । कार्यपत्रमाथि मानवअधिकारवादी नेता, शुर्यप्रशाद शर्मा, गै्रर सहकारी संघका जिल्ला अध्यक्ष गोविन्द पहाडी, अधिवत्ता तथा बुद्धिजिवी भोलानाथ शर्मा, नेपाल बार एसोसियसनका सचिव दिलिप पौडेल, नेपाल आदिवासी जनजाति महासंघ, पर्वतका अध्यक्ष भीमबहादुर पुन, नेकपा मालेका केन्द्रीय सदस्य क. विष्णु भट्राई, नेपाली काग्रेसका जिल्ला सदस्य कृष्ण पौडेल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष क. विकाश लम्साल ले टिप्पोणी गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा (एकीकृत) जिल्ला सचिव क. तेजेन्द्र पौडेल र संचालन क. कृष्णबहादुर क्षेत्रीले गर्नु भएको थियो)

Saturday, March 6, 2010

मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशावोध ः


युवा कम्युनिष्ट, नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) केन्द्रीय मुखपत्र–
अंक २ २०६६ फागुन
चिरन पुन
केन्द्रीय सदस्य तथा मगरात ईन्चार्ज
नेकपा –एकीकृत)
शुभारम्भ,
जाडो मौसमले कोल्टे फेरिसकेको छ । यात्रा मोटरसाईकलको हो । कन्चनपुर महेन्द्रनगर गड्डाचौकीबाट झापाको का“कडभित्ता पुग्नु छ । तराईका सम्पुर्ण जिल्ला सदरमुकामहरु, सिमा अतिक्रमित क्ष्ँेत्रहरुमा पुग्दा करिब १८ सय किलोमिटरको दुरी पार गर्नु छ । जीवनको आधा भन्दा धेरै उमेरकटाईसकेका देखि भर्खर युवा अवस्थामा पुगेका कामरेडहरुको जमघट छ । अभियानमा आवश्यक पर्ने भौतिक सामाग्री बोकेको तिन ओटा गाडीहरु अभियानको पोस्टरले छपक्क ढाकिएको छ । दुईओटा माईकबाट राष्ट्रियता माथिको हस्तक्ष्ँेप र राष्ट्रियता रक्ष्ाँको लागि सवैलाई एकजुट हुन आव्हान गरिएको छ । कतिपय स्थानहरुमा मोटरसाईकलले गति लिन छोड्छ तर मर्मत गर्ने साथिले कुनै समयनै नलगाई ठिक पारी हाल्नु हुन्छ । बेलाबेलामा राष्ट्रपे्रमी गीतहरु पनि घन्किन्छ । सवै गाडिहरु तथा मोटरसाईकलहरुमा कम्युनिष्ट पार्टी र यृुवा संघका लाल झण्डाहरु फहराईरहेका छन ।
सिमा अतिक्रमण बन्दगर । अतिक्रमित भुमी फिर्ता गर । भारतीय सेना कुटियाङ्दी पारी जा । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धि÷संझौताहरु खारेज गर । मुल्य वृद्धी नियन्त्रण गर । निर्धारीत समयमा सार्थक संविधान जारी गर । आदी जस्ता नाराहरुले अभियान गुञ्जयमान छ । प्रचा वितरण, कोण सभा, क्ष्ँेत्रीय सभा, विचारगोष्ठि, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु नियमित भैरहेका छन । यात्रामा सहभागी भएका कामरेडहरुलाई स्वागत गर्न विभिन्न स्थानहरुमा न्यायप्रेमी जनसमुदायहरु रातो अविर तथा फुलमा मालाहरुका साथ जमघट भएको पाईन्छ । कतै पक्की सडक त कतै धुले, कतै गा“उ त कतै सहर, कतै भिरपाखा, बन जंगल कतै खोलानालाहरु पार गर्दै अभियान अघी बढिरहेको छ । खाना, नास्ता र सुताईको कुनै निर्धारित समयनै छैन तर सवै अभियानमा सहभागी कामरेडहरुको अनुहार ह“सिलो छ । जोस–जा“गर छ, अभियान सफल पार्न उमङ्ग छ । सिमा अतिक्रमणको पीडा छ, नेपाली स्वाभिमान माथि भैरहेको विस्तारवादी हस्तक्ष्ँेपको विरुद्ध आक्रोश छ । यो सन्दर्भ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को आयोजनामा सम्पन्न गरिएको राष्ट्रियताको रक्ष्ाँ र अग्रगामी संविधान निमार्णका लागि मेची महाकाली जनजागरण अभियान – २०६६ को हो । गत २०६६ मंसीर १० गते देखि २१ गते सम्म संचालित अभियानको मु्ख्य नारा “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने थियो ।
सीमा अतिक्रमणको प्रश्न ःआज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा विद्धमान रहेको छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाह वर्गको हातमानै रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक लगाएतका क्ष्ँेत्रमा सामन्तवादी चिन्तन, शैली र तौर–तरिका कायमनै छ । बहुदलको आगमन र मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि सरकारमा रहेका दलहरुले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग लम्पसार परेर आफ्नो कुर्सीको आयु लामो बनाउने प्रवृती गएको छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मीक लगाएत सम्पूर्ण क्ष्ँेत्रमा मु्््ख्य रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्ष्ँेपले नेपाल र नेपाली जनताको स्वाभिमान माथि सम्पूर्ण क्ष्ँेत्रमा धावा बोलिरहेको छ । जसमध्ये यतिवेला सीमा अतिक्रमणको प्रश्न मुख्य विषय बनेको छ ।
भारतीय विस्तारवादले नेपालको पुर्व देखि पश्चिमसम्म आफ्नो विस्तारवादी खुनी हस्तक्ष्ँेपको एउटा रुप नेपाली सीमा अतिक्रमण गरेर देखाएको छ । दार्चुलाको कालापानी– लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।
ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ । यस्तो अवस्थामा संचालन गरिएको जनजागरण अभियान–२०६६ ले यि विषयहरु जनताको वीचमा राख्दै यस प्रकारको सीमा अतिक्रमणको विरुद्ध एकजुट हुन अव्हान गरेको थियो । सरकारमा रहेका दलहरुलाई यस प्रति संवेदनशिल हुन खवरदारी गर्नु , भारतीय विस्तारवादलाई जनताको तर्फबाट यसप्रकारका गतिविधी संचलन नगर्न चेतावनी दिनु, सम्पूर्ण न्यायप्रेमी जनसमुदायको ऐक्यवद्धता जाहेर गर्नु अभियानको एउटा पक्ष्ँ रहेको थियो ।
किन सार्थक संविधान निमार्णको आवश्यकताःअभियानको अर्को महत्वपूर्ण पक्ष्ँ भनेको तोकिएको समयमै भित्रै सार्थक संविधान निमार्ण गर्नु पर्ने कुरामा केन्द्रीत थियो । हामीले देखेका छौं, आज सम्म पनि जनआन्दोलनका अपराधीहरुलाई कारवाही हुन सकेको छैन । सरकार जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्न लागिपरेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल मोडमा छ । जनताले संघीय गणतन्त्रको व्यवहारमा अनुभुत गर्न पाईरहेका छैनन । संविधानसभा र सरकार तोकिएको समयमा सार्थक संविधान निमार्ण गर्न प्रतिवद्ध छैन । अहिले पनि कुर्सीको लागि हानथाप भैरहेको छ । तोकिएको समय भित्र संविधान निमार्ण हुन सकेन सम्वैधानिक संकटहरु आउने छन । जसको बहानामा साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुको चलखेलले झन मलजल पाउने छ । मुलुकमा राजनीतिक असफलताको प्रश्नहरु स्वतहः आउनेछन, एकातिर यी प्रश्नहरु सृजना हुनेछन् भने अर्कोतिर संविधान निमार्ण भयो, तर त्यसले जनताको मागलाई न्यायोचित ढंगले संवोधन गर्न सकेन भने देश गृहयुद्ध तर्फ स्वतहः मोडिने छ । त्यसैले अब बन्ने संविधानले जनतालाई सार्थक ढंगले प्रतिनिधित्व गरिनु पर्दछ ।
संविधानमा संवोधन हुनु पर्ने मु्ख्य विषयहरु के हुनः १ आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विषयलाई ठोस ढंगले आत्मसाथ गरिनु पर्दछ । २. आज सम्म नेपाली जनताले प्रतिनिधीहरु निर्वाचित गरेर धेरै पटक सरकार तथा संसदमा पठाए, तर ति प्रतिनिधीहरु जनता र मुलुक प्रति उक्तरदायी बन्न सकेनन । जनघाती तथा राष्ट्रघाती कामहरु गरे । असमान सन्धी÷संझौताहरु गरेर मुलुकलाई विदेशीको जातोमुनी लैजान भुमिका खेले । जनता र देशको लागी भन्दा आफ्नो सुख, सुविधा पुर्ती गर्ने तर्फ लागे । त्यसैले अव बन्ने संविधानमा सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हान सहितको सासन प्रणाली लागु गरिनु पर्दछ । ३. आज सम्म नेपाली जनतालाई गास, बास, कपास, सामाजिक सुरक्ष्ाँ, रोजगार, शिक्ष्ाँ, स्वास्थ लगाएतका विषयहरुमा सवैभन्दा बढी उत्पीडन गरियो । त्यसैले अब यी विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र राखेर संविधान निमार्ण गरिनु पर्दछ । ४. राज्यको सवैतह र प्रकृयाहरुमा उत्पीडित समुदाय, जात– जाती, आदिवासी÷जनजाती, तराईवासी, लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । ५. आज सम्म नेपालमा लागु भएको निर्वाचन प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसकेकोले मजदुर र किसान बर्गको प्रतिनिधित्वको सुनिश्चितता सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब बन्ने संविधानमा लागु गरिनु पर्दछ । ६. आज सम्म नेपालको सेना मु्ख्यतः दरबारको दलाली, गुलामी र मलामी जस्ता काममा मात्र सिमित भयो । पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्टिय सम्वन्धहरुलाई सुधार तथा व्यवस्थित गर्दै सेनाको न्युनिकरण र उन्मुलनको प्रकृयामा जान जनशुरक्ष्ाँ प्रणालीको लागु गरिनु पर्दछ । ७. आज पनि देशको अर्थतन्त्र दलाल तथा नोकरशाह वर्गको हातमा नै छ । अर्थतन्त्रले सामन्तवादको पक्षपोषण नै गरेको छ । त्यसैले अब बन्ने संविधानमा मुलुकको अर्थ व्यवस्था समाजवाद उन्मुख हुन आवश्यक छ । यी अब बन्ने संविधानको महत्वपूर्ण पक्षहरु हुन । यसलाई वेवास्था गरेर बन्ने संविधानले जनताको आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । यस कुरामा सवैको ध्यान जान आवश्यक छ । यसै सन्दर्भहरुलाई जनताको तहबाट दबाब सृजना गर्नु आजको मुख्य विषय हो । त्यसैले मेची–महाकाली जनजागरण अभियान–०६६ को नामबाट नेकपा (एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले जनताको विचमा जागरण अभियान संचालन गरेको हो ।
समापनमा, “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने मुल नाराको साथ सम्पन्न भएको राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निमार्णका लागि मेची–महाकाली जनजागरण अभियान २०६६ लाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने जनसमुदायलाई धन्यवाद नदिईरहन सकिन्न । अभियान निकै समय सान्दर्भिक थियो । आज सम्म कुनै राजनीतिक पार्टी वा संस्थाले यसप्रकारको कार्यक्रम संचालन गरेको थिएन । अभियानमा सामन्य कमी कमजोरीहरु ह्ुनु स्वभाविक हो । यो जनजागरण अभियानमा शुरुदेखि अन्त्यसम्म खटेर अभियान सफल पार्ने संगठनका सम्पूर्ण कामरेडहरुको भुमिका महत्वपूर्ण रहेको छ । यो अभियान मार्फत उठान गरेका मागहरु पक्कै पनि ओजनदार छन, यी मागहरुलाई पुरा गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु झन एकतावद्ध हुन आवश्यक छ । त्यसैले मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशाबोधलाई आत्मसाथ गरौं ।
अजष्चबलउगलवष्२नmबष्।िअयm

युवा कम्युनिष्ट, नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) केन्द्रीय मुखपत्र–
अंक २ २०६६
फागुन
चिरन पुन केन्द्रीय सदस्य तथा मगरात ईन्चार्ज, नेकपा –एकीकृत)
शुभारम्भ, जाडो मौसमले कोल्टे फेरिसकेको छ । यात्रा मोटरसाईकलको हो । कन्चनपुर महेन्द्रनगर गड्डाचौकीबाट झापाको का“कडभित्ता पुग्नु छ । तराईका सम्पुर्ण जिल्ला सदरमुकामहरु, सिमा अतिक्रमित क्ष्ँेत्रहरुमा पुग्दा करिब १८ सय किलोमिटरको दुरी पार गर्नु छ । जीवनको आधा भन्दा धेरै उमेरकटाईसकेका देखि भर्खर युवा अवस्थामा पुगेका कामरेडहरुको जमघट छ । अभियानमा आवश्यक पर्ने भौतिक सामाग्री बोकेको तिन ओटा गाडीहरु अभियानको पोस्टरले छपक्क ढाकिएको छ । दुईओटा माईकबाट राष्ट्रियता माथिको हस्तक्ष्ँेप र राष्ट्रियता रक्ष्ाँको लागि सवैलाई एकजुट हुन आव्हान गरिएको छ । कतिपय स्थानहरुमा मोटरसाईकलले गति लिन छोड्छ तर मर्मत गर्ने साथिले कुनै समयनै नलगाई ठिक पारी हाल्नु हुन्छ । बेलाबेलामा राष्ट्रपे्रमी गीतहरु पनि घन्किन्छ । सवै गाडिहरु तथा मोटरसाईकलहरुमा कम्युनिष्ट पार्टी र यृुवा संघका लाल झण्डाहरु फहराईरहेका छन ।
सिमा अतिक्रमण बन्दगर । अतिक्रमित भुमी फिर्ता गर । भारतीय सेना कुटियाङ्दी पारी जा । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धि÷संझौताहरु खारेज गर । मुल्य वृद्धी नियन्त्रण गर । निर्धारीत समयमा सार्थक संविधान जारी गर । आदी जस्ता नाराहरुले अभियान गुञ्जयमान छ । प्रचा वितरण, कोण सभा, क्ष्ँेत्रीय सभा, विचारगोष्ठि, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु नियमित भैरहेका छन । यात्रामा सहभागी भएका कामरेडहरुलाई स्वागत गर्न विभिन्न स्थानहरुमा न्यायप्रेमी जनसमुदायहरु रातो अविर तथा फुलमा मालाहरुका साथ जमघट भएको पाईन्छ । कतै पक्की सडक त कतै धुले, कतै गा“उ त कतै सहर, कतै भिरपाखा, बन जंगल कतै खोलानालाहरु पार गर्दै अभियान अघी बढिरहेको छ । खाना, नास्ता र सुताईको कुनै निर्धारित समयनै छैन तर सवै अभियानमा सहभागी कामरेडहरुको अनुहार ह“सिलो छ । जोस–जा“गर छ, अभियान सफल पार्न उमङ्ग छ । सिमा अतिक्रमणको पीडा छ, नेपाली स्वाभिमान माथि भैरहेको विस्तारवादी हस्तक्ष्ँेपको विरुद्ध आक्रोश छ । यो सन्दर्भ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को आयोजनामा सम्पन्न गरिएको राष्ट्रियताको रक्ष्ाँ र अग्रगामी संविधान निमार्णका लागि मेची महाकाली जनजागरण अभियान – २०६६ को हो । गत २०६६ मंसीर १० गते देखि २१ गते सम्म संचालित अभियानको मु्ख्य नारा “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने थियो ।
सीमा अतिक्रमणको प्रश्न ःआज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा विद्धमान रहेको छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाह वर्गको हातमानै रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक लगाएतका क्ष्ँेत्रमा सामन्तवादी चिन्तन, शैली र तौर–तरिका कायमनै छ । बहुदलको आगमन र मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि सरकारमा रहेका दलहरुले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग लम्पसार परेर आफ्नो कुर्सीको आयु लामो बनाउने प्रवृती गएको छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मीक लगाएत सम्पूर्ण क्ष्ँेत्रमा मु्््ख्य रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्ष्ँेपले नेपाल र नेपाली जनताको स्वाभिमान माथि सम्पूर्ण क्ष्ँेत्रमा धावा बोलिरहेको छ । जसमध्ये यतिवेला सीमा अतिक्रमणको प्रश्न मुख्य विषय बनेको छ ।
भारतीय विस्तारवादले नेपालको पुर्व देखि पश्चिमसम्म आफ्नो विस्तारवादी खुनी हस्तक्ष्ँेपको एउटा रुप नेपाली सीमा अतिक्रमण गरेर देखाएको छ । दार्चुलाको कालापानी– लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।
ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ । यस्तो अवस्थामा संचालन गरिएको जनजागरण अभियान–२०६६ ले यि विषयहरु जनताको वीचमा राख्दै यस प्रकारको सीमा अतिक्रमणको विरुद्ध एकजुट हुन अव्हान गरेको थियो । सरकारमा रहेका दलहरुलाई यस प्रति संवेदनशिल हुन खवरदारी गर्नु , भारतीय विस्तारवादलाई जनताको तर्फबाट यसप्रकारका गतिविधी संचलन नगर्न चेतावनी दिनु, सम्पूर्ण न्यायप्रेमी जनसमुदायको ऐक्यवद्धता जाहेर गर्नु अभियानको एउटा पक्ष्ँ रहेको थियो ।
किन सार्थक संविधान निमार्णको आवश्यकताःअभियानको अर्को महत्वपूर्ण पक्ष्ँ भनेको तोकिएको समयमै भित्रै सार्थक संविधान निमार्ण गर्नु पर्ने कुरामा केन्द्रीत थियो । हामीले देखेका छौं, आज सम्म पनि जनआन्दोलनका अपराधीहरुलाई कारवाही हुन सकेको छैन । सरकार जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्न लागिपरेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल मोडमा छ । जनताले संघीय गणतन्त्रको व्यवहारमा अनुभुत गर्न पाईरहेका छैनन । संविधानसभा र सरकार तोकिएको समयमा सार्थक संविधान निमार्ण गर्न प्रतिवद्ध छैन । अहिले पनि कुर्सीको लागि हानथाप भैरहेको छ । तोकिएको समय भित्र संविधान निमार्ण हुन सकेन सम्वैधानिक संकटहरु आउने छन । जसको बहानामा साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुको चलखेलले झन मलजल पाउने छ । मुलुकमा राजनीतिक असफलताको प्रश्नहरु स्वतहः आउनेछन, एकातिर यी प्रश्नहरु सृजना हुनेछन् भने अर्कोतिर संविधान निमार्ण भयो, तर त्यसले जनताको मागलाई न्यायोचित ढंगले संवोधन गर्न सकेन भने देश गृहयुद्ध तर्फ स्वतहः मोडिने छ । त्यसैले अब बन्ने संविधानले जनतालाई सार्थक ढंगले प्रतिनिधित्व गरिनु पर्दछ ।
संविधानमा संवोधन हुनु पर्ने मु्ख्य विषयहरु के हुनः १ आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विषयलाई ठोस ढंगले आत्मसाथ गरिनु पर्दछ । २. आज सम्म नेपाली जनताले प्रतिनिधीहरु निर्वाचित गरेर धेरै पटक सरकार तथा संसदमा पठाए, तर ति प्रतिनिधीहरु जनता र मुलुक प्रति उक्तरदायी बन्न सकेनन । जनघाती तथा राष्ट्रघाती कामहरु गरे । असमान सन्धी÷संझौताहरु गरेर मुलुकलाई विदेशीको जातोमुनी लैजान भुमिका खेले । जनता र देशको लागी भन्दा आफ्नो सुख, सुविधा पुर्ती गर्ने तर्फ लागे । त्यसैले अव बन्ने संविधानमा सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हान सहितको सासन प्रणाली लागु गरिनु पर्दछ । ३. आज सम्म नेपाली जनतालाई गास, बास, कपास, सामाजिक सुरक्ष्ाँ, रोजगार, शिक्ष्ाँ, स्वास्थ लगाएतका विषयहरुमा सवैभन्दा बढी उत्पीडन गरियो । त्यसैले अब यी विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र राखेर संविधान निमार्ण गरिनु पर्दछ । ४. राज्यको सवैतह र प्रकृयाहरुमा उत्पीडित समुदाय, जात– जाती, आदिवासी÷जनजाती, तराईवासी, लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । ५. आज सम्म नेपालमा लागु भएको निर्वाचन प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसकेकोले मजदुर र किसान बर्गको प्रतिनिधित्वको सुनिश्चितता सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब बन्ने संविधानमा लागु गरिनु पर्दछ । ६. आज सम्म नेपालको सेना मु्ख्यतः दरबारको दलाली, गुलामी र मलामी जस्ता काममा मात्र सिमित भयो । पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्टिय सम्वन्धहरुलाई सुधार तथा व्यवस्थित गर्दै सेनाको न्युनिकरण र उन्मुलनको प्रकृयामा जान जनशुरक्ष्ाँ प्रणालीको लागु गरिनु पर्दछ । ७. आज पनि देशको अर्थतन्त्र दलाल तथा नोकरशाह वर्गको हातमा नै छ । अर्थतन्त्रले सामन्तवादको पक्षपोषण नै गरेको छ । त्यसैले अब बन्ने संविधानमा मुलुकको अर्थ व्यवस्था समाजवाद उन्मुख हुन आवश्यक छ । यी अब बन्ने संविधानको महत्वपूर्ण पक्षहरु हुन । यसलाई वेवास्था गरेर बन्ने संविधानले जनताको आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । यस कुरामा सवैको ध्यान जान आवश्यक छ । यसै सन्दर्भहरुलाई जनताको तहबाट दबाब सृजना गर्नु आजको मुख्य विषय हो । त्यसैले मेची–महाकाली जनजागरण अभियान–०६६ को नामबाट नेकपा (एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले जनताको विचमा जागरण अभियान संचालन गरेको हो ।
समापनमा, “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने मुल नाराको साथ सम्पन्न भएको राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निमार्णका लागि मेची–महाकाली जनजागरण अभियान २०६६ लाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने जनसमुदायलाई धन्यवाद नदिईरहन सकिन्न । अभियान निकै समय सान्दर्भिक थियो । आज सम्म कुनै राजनीतिक पार्टी वा संस्थाले यसप्रकारको कार्यक्रम संचालन गरेको थिएन । अभियानमा सामन्य कमी कमजोरीहरु ह्ुनु स्वभाविक हो । यो जनजागरण अभियानमा शुरुदेखि अन्त्यसम्म खटेर अभियान सफल पार्ने संगठनका सम्पूर्ण कामरेडहरुको भुमिका महत्वपूर्ण रहेको छ । यो अभियान मार्फत उठान गरेका मागहरु पक्कै पनि ओजनदार छन, यी मागहरुलाई पुरा गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु झन एकतावद्ध हुन आवश्यक छ । त्यसैले मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशाबोधलाई आत्मसाथ गरौं ।
अजष्चबलउगलवष्२नmबष्।िअयm

Sunday, January 31, 2010

गणतन्त्र स्थापनाका लागि युवाहरूको भूमिका



(२०६३ आश्विन २८ गते अखिल नेपाल जनवादी युवा संघको विशेष राष्ट्रिय भेला काठमाडौंमा क. चिरन प’नद्धारा प्रस्तुत प्रतिवेदन ।)

ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली युवाहरूले खेलेको भूमिका महŒवपूर्ण छ । समाज परिवर्तन गर्न र आमूल परिवर्तनकारी आन्दोलन सफल पार्नका साथै हरेक समाजलाई रुपान्तरणको प्रक्रियामा लैजान युवाहरूको भूमिकाले नै मुख्य भूमिका खेल्ने भएकोले युवा संगठनहरू मजबुत बनाउन अनिवार्य रहेको छ । यस्तो अवस्थामा पनि हाम्रो संगठन अखिल नेपाल जनवादी युवा संघ आफ्नै विशिष्ट मोडमा छ । युवा आन्दोलन र संगठनभित्र विगतका दिनहरूमा हुने गरेका विखण्डनहरूले युवा आन्दोलन र संगठनलाई ठूलो क्षति पु¥याएको थियो । त्यसलाई आत्मसाथ गर्दै क्रान्तिकारी युवा संगठनहरूको बीचमा व्यापक ध्रुवीकरण हुुनुपर्ने टड्कारो आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । यसै उद्देश्यका साथ तात्कालीन अखिल नेपाल जनवादी युवा लिग र अखिल नेपाल युवक संघको २०५९ आश्विन १३ गते संयुक्त एकता अधिवेशनद्वारा औपचारिक रुपमा विघटन गरी अखिल नेपाल जनवादी युवा संघको निर्माण भएको थियो । जुन उद्देश्यलाई केन्द्रमा राखेर संगठनको एकता गरियो, त्यो अनुसार संगठन परिचालन हुन सकेन ।

संगठनभित्र अनेकौै समस्याहरू पैदा भए । संगठनको मुख्य नेतृत्वमा रहेका साथीहरूमा फूटपरस्त र पराई प्रवृत्ति हावी हु“दै गयो । व्यक्तिवादी, संकीर्ण र स्वेच्छाचारी प्रवृत्तिका आधारमा संगठन परिचालन गर्ने गलत शैलीहरू भित्र्याउने काम भयो । व्यापक गुटबन्दीजन्य कार्यहरू भए । संगठनात्मक पद्धति विपरीत अराजक कार्य र शैलीहरूको आधारमा चल्ने कामहरू भयो । संगठनलाई एकतामा बचाइ राख्नको लागि हाम्रो तर्फवाट धेरै पहल र प्रयत्नहरू भए तर ती प्रयत्नहरूलाई असफल पार्न र गुटगत मानसिकताको आधारमा संगठनलाई फुटाउने कार्यमा मुख्य नेतृत्व लागि प¥यो । एकातिर एउटा संगठन हु“दा–ह“ुदै अर्को को–अर्डिनेसन गठन गरेर अगाडि बढ्ने काम भयो भने अर्कोतिर संगठनभित्रै गोप्य संरचना निमार्ण गरेर अराजक गतिविधिमा लाग्नेमा मूल नेतृत्वबाटै मुख्य भुमिका खेलियो । यसरी मूल नेतृत्वमा देखिएको यिनै समस्याहरूको कारणले गर्दा आज हाम्रो संगठन पुनर्गठन गर्नुपर्ने अवस्थामा आयो । फेरि पनि विगतका दिनहरूमा जस्तै हामीले एकताको निम्ति हरदम कोशिस गर्नुपर्ने आवश्यकता छ । संगठनलाई पुनर्गठन गर्नुपर्ने अनिवार्य आवश्यकतालाई पूरा गरेर फेरी पनि व्यापक क्रान्तिकारी युवा आन्दोलन र संगठनलाई ध्रुवीकरणको प्रक्रियामा लैजानको निम्ति केन्द्रित योजनाको साथ अगाडि बढ्नुपर्ने दायित्वलाई मूल उद्देश्यभित्र राख्नुपर्ने अनिवार्य आवश्यकता छ । त्यसको साथै आमूल परिवर्तन र क्रान्तिकारी युवा आन्दोलनलाई अन्तिम लक्ष्यसम्म पु¥याउनको लागि क्रान्तिकारी विचार, संगठन, कार्ययोजना र व्यापक कार्यकर्ताको अनिवार्य आवश्यकता पर्दछ । त्यसको निम्ति हाम्रो संगठनभित्र केन्द्रित योजनाका साथ अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

देशको वर्तमान राजनैतिक अवस्था र खेल्नुपर्ने भूमिका ः–
ऐतिहासिक जनआन्दोलन ०६२÷६३ ले उठान गरेका माग र नाराहरूलाई, जनताद्वारा माग गरिएको लोकतान्त्रिक गणतन्त्रको उद्देश्यलाई पूरा गर्नु आजको मुख्य काम हो । जनतालाई पूर्णरुपमा सार्वभौमसत्ता सम्पन्न बनाउनु पर्ने विषय नै यतिबेलाको मुख्य एजेण्डा हो । राज्यको पुनर्संरचना, लोकतान्त्रिक गणतन्त्र, संविधानसभाको निर्वाचन, दुवै सेना र हतियारको व्यवस्थापनको प्रश्न, नागरिकता, अन्तरिम संविधान र निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा नीति, जनप्रतिनिधिहरूको प्रत्याव्हानको व्यवस्था, आदि विषयहरू नै देशको वर्तमान तात्कालीन राजनैतिक अवस्थामा देखा परिरहेका मूल र ज्वलन्त प्रश्नहरू हुन् ।
१. पुरानो राज्य संरचनालाई पुनर्संरचना गरिनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । राज्य पुनर्संरचना गर्दा भूगोल, बसोबास गरेमा जनजाति, देशभित्र बोलिने भाषाभाषि र संस्कृतिको आधारलाई केन्द्रमा राखेर गरिनु पर्दछ । त्यसो गर्दा अहिलेको राज्यलाई संघात्मक र आत्मनिर्णयको सिद्धान्त एवं जातीय, क्षेत्रीय स्वशासनका आधारमा गरिनु पर्दछ । समावेशी, सहभागितामूलक र समानुपातिक प्रतिनिधित्वमा आधारित लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक व्यवस्थाको अनिवार्य स्थापना गरिनुपर्दछ ।
२. लोकतान्त्रिक गणतन्त्रको अर्थ राजा र राजतन्त्रविहीन व्यवस्था हो । आज नेपाली जनताले राखेको मुख्य चाहना पनि यही हो । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ द्वारा राजा र राजसंस्था एक कदम झुकेको छ । त्यसको स्थितिलाई फैसला गर्न संविधान सभाको निर्वाचनभन्दा अगावै वा एकसाथ जनमत संग्रहद्वारा टुङ्गो लगाउन सकिन्छ । त्यो प्रक्रियामा जा“दा पनि फेरी जनताको जुझारु आन्दोलनको आवश्यकताको ढोका बन्द गरिनु हु“दैन ।
३. संविधान सभाको निर्वाचन नै आजको बिन्दुमा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने उपयुक्त बाटो हो । त्यसैले संविधान सभाको निर्वाचनलाई जनताको पक्षमा फैसलाको ग्यारेन्टी गर्न त्यसलाई प्रभावकारी बनाइनु पर्ने अनिवार्य रहेको छ । तर संविधान सभाको निर्वाचनलाई सफल पार्नको लागि त्यसमा प्रारुप, प्रक्रिया, निर्वाचन प्रणाली र प्रतिनिधित्वको व्यवस्था, निर्वाचक अंगहरू, निर्वाचनका क्षेत्रहरू जस्ता महŒवपूर्ण विषयरूपको टुङ्गो लगाउनु पर्दछ ।
४. अहिले राज्य र माओवादीस“ग रहेको सेना र हतियारको उचित व्यवस्थापन नभएसम्म संविधान सभाको निर्वाचन सफल हुन सक्ने धरातल बन्ने छैन । तत्काल नेपाली सेनालाई व्यारेकमा फिर्ता बोलाउनु पर्दछ भने माओवादी सेनालाई राज्यले अस्थायी शिविरको व्यवस्था मिलाई राखिनु पर्दछ । सरकारी र ने.क.पा.
(माओवादी)को बीचमा स्थायी युद्ध विराम सम्झौता, विस्तृत शान्ति सम्झौता गरिनु पर्दछ । साथै मानव अधिकारसम्बन्धी सम्झौता र बन्ने आचारसंहिताको दुवै पक्षद्वारा प्रतिवद्धता गरिनुपर्दछ । त्यसको प्रत्यक्ष असर नेपाली जनताले पूर्णरुपमा अनुभूति गर्न सकिने प्रकारले हुनु पर्दछ । तर पनि हाम्रो जस्तो मुलुकमा अब सेनाको जरुरी रहने छैन, नेपाल रहेको भूगोलको अवस्था, क्रान्तिकारी दृष्टिकोणको मुख्य आधारलाई हेर्दा अब हाम्रो मुलुकमा बुर्जुवा सेनाको विलोपीकरण गरी जनसुरक्षाको नीति अवलम्बन गरिनु पर्दछ । सेना र हतियारमा लगानी गरिएको ठूलो बजेट विकास निर्माणमा लगानी गरिनु पर्दछ ।
५. विशेष गरी तराईका भागहरूमा नागरिकताको समस्या ज्वलन्त रहेको छ । सम्पूर्ण नेपाली नागरिकले नेपाली नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय निकायको सिफारिस, राजनैतिक दलहरूको रोहवर र विशेषज्ञहरूको टोलीद्वारा वैज्ञानिक ढंगले छानविन गरी टुङ्गो लगाइनु पर्दछ ।
६. अर्को महŒवपूर्ण प्रश्न भनेको जुनसुकै निकायहरूमा जनप्रतिनिधिहरूको प्रत्यावहानको व्यवस्था गरिनु हो, आजसम्म निर्वाचित हुने जनप्रतिनिधिहरू जे–जस्ता प्रकारका राष्ट्रघाती, जनघाति काम गरे पनि प्रत्याव्हानको व्यवस्था नभएको कारणले गर्दा गलत प्रतिनिधिहरू पनि आफ्नो कार्यकालसम्म रहिरहने व्यवस्था छ । त्यो परिपाटीको अन्त्य गरिनु पर्दछ । त्यसो भयो भने मात्र निर्वाचित जनप्रतिनिधिहरू जनतास“ग उत्तरदायित्व बन्ने सवाल जोडिने छ ।
७. जसरी राजाको अधिनायकवादी निरंकुश गतिविधिहरूलाई सात राजनैतिक पार्टी, माओवादी र सबै नागरिक समाज र सबै वर्ग वा जनसमुदायको सहभागितामा परास्त गर्न सकियो, त्यसैगरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि त्यही प्रकारको संघर्ष मोर्चाको अनिवार्य आवश्यकता रहेको छ । लोकतान्त्रिक गणतन्त्रको एजेण्डालाई स्वीकार गर्ने सबै पार्टी, वर्ग र पेशागत संघ संस्था लगायत जनताको सहभागितामा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण हुन जरुरी छ । जसले लोकतान्त्रिक गणतन्त्रको मुख्य एजेण्डालाई जनतासम्म लैजानेछ । त्यो उद्देश्य प्राप्तिमा आउने षड्यन्त्ररूपलाई संघर्षद्वारा चिर्नेछ ।
संगठनसम्बन्धी तात्कालीन कार्य योजना ः–
क. संगठन सम्बन्धी काम ः–
१. संगठनको सम्पूर्ण संरचनाहरूलाई गठन र पुनर्गठन गर्न जोड दिनु ।
२. संगठनको सदस्यताहरू व्यापक युवाहरूको बीचमा वितरण गर्न जोड दिनु ।
३. संगठनको भेला, प्रशिक्षण भेला, कार्यशाला गोष्ठी संचालन गर्न जोड दिनु ।
४. संगठनले पर्चा, मुखपत्र, बुलेटिन प्रकाशन गर्न माथिदेखि तलसम्म जोड दिनु ।
५.वैचारिक अन्तरसंघर्षलाई व्यवस्थित पार्न र जनवादी केन्द्रीयताको सैद्धान्तिक मूल्य मान्यतालाई खलल हुन नदिन संघर्षमा जोड दिनु ।
६. विभिन्न तहमा छरिएर रहेका युवाहरूलाई क्रान्तिकारी संगठनमा गोलबन्द गर्न जोड दिनु । संगठित युवाहरूलाई अल्पकालीन कार्यकर्ता निर्माणमा जोडदिनु र अल्पकालिन कार्यकर्ताहरूलाई पूर्णकालीन कार्यकर्तामा रुपान्तरण गर्न जोड दिनु ।
७. संगठनको दृष्टिकोणलाई जनतामा स्थापित गर्न, अन्तरक्रिया, गोष्ठी, प्रवचन जस्ता कार्यक्रम संचालन गर्नमा जोड दिनु ।
८. आमूल परिवर्तनकारी विचारमा संभव भएका संगठन र व्यक्तिहरू सबैस“ग एकताको निम्ति जोडतोडका साथ पहल र प्रयत्न गर्नु ।
९. संगठनलाई अराजक, व्यक्तिवादी, संकीर्णता, फूटपरस्त र पराइ प्रवृत्तिबाट बचाई राख्न संघर्षमा जोड दिनु ।
१०. सही संगठनात्मक पद्धतिको रक्षा गर्न र आमूल परिवर्तनकारी आन्दोलनलाई प्रभावकारी बनाउन सही क्रान्तिकारी धरातलमा रहेको संगठन निर्माण र परिचालनमा जोड दिनु ।
ख. संगठनात्मक क्षेत्र ः
संगगठनको अहिलेको अवस्थालाई हेर्दा निम्न अनुसार संगठनात्मक क्षेत्र विभाजन गर्न उपयुक्त छ ।
क्षेत्र नं. १. मेची–कोशी
क्षेत्र नं.२. सगरमाथा–जनकपुर (रामेछाप र दोलखा बाहेक)
क्षेत्र नं.३. बागमती, रामेछाप, दोलखा सहित
क्षेत्र नं.४. नारायणी र गण्डकीमा (कास्की र स्याङ्जा बाहेक)
क्षेत्र नं. ५. धौलागिरी र काश्की
क्षेत्र नं.६. ाप्ती, लुम्बिनी र स्याङ्जा
क्षेत्र नं.७. भेरी–कर्णाली
क्षेत्र नं.८. सेती–महाकाली
ग. आन्दोलनसम्बन्धी काम ः
१. लोकतान्त्रिक गणतन्त्रको एजेण्डालाई जनतासम्म लैजान र लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न जोड दिनु ।
२. संविधानसभाको निर्वाचनलाई परिणाममुखी बनाउन संघर्षमा जोड दिनु ।
३. नेपाली जनताले पाउनुपर्ने नागरिकता समस्याको हल गर्न संघर्षमा जोड दिनु ।
४. पुरानो राज्य पुनर्संरचना गरी जनताको अधिकारलाई सुनिश्चित गर्न संघर्षमा जोड दिनु ।
५. समावेशी, समानुपातिक, सहभागितामूलक राज्य व्यवस्था निर्माण गर्न संघर्षमा जोड दिनु ।
६. संविधानसभाको चुनावभन्दा अगाडि सरकारी सेना, माओवादी सेना र हतियारको उचित व्यवस्थापन गर्न जोड दिने र निर्वाचन पछि सेना विलोपीकरणको प्रक्रियामा लैजान संघर्षमा जोड दिनु ।
७. संविधानसभाको निर्वाचनको प्रक्रियामा हुने विदेशी हस्तक्षेपका विरुद्ध संघर्षमा जोड दिनु ।
८. न्यायपूर्ण संघर्ष, सामाजिक, सांस्कृतिक कार्यक्रम, शिक्षा र रोजगारसम्बन्धी कार्यक्रम, रचनात्मक, सिर्जनात्मक क्रियाकलाप र जनवादी सुधार कार्यक्रम, स्वास्थ्य र शारीरिक सुगठनसम्बन्धी कार्यक्रम जस्ता कार्यक्रम जोड दिनु ।
आन्दोलनको निम्ति मूल नाराः–
“लोकतान्त्रिक गणतन्त्रको स्थापना, नेपाली युवाहरूको चाहना
अग्रगमन, संविधानसभाको निर्वाचन र राज्यको पुनर्संरचना ।”
अन्य नाराहरूः–
 संविधानसभाको तिथि, मिति घोषणा गर ।
 जनमत संग्रह घोषणा गर ।
 राजतन्त्र मूर्दावाद ।
 लोकतान्त्रिक गणतन्त्र जिन्दावाद ।
 अखिल नेपाल जनवादी युवा संघ जिन्दावाद ।
 जनआन्दोलनका दोषीहरूलाई तत्काल कार्वाही गर ।

Saturday, January 30, 2010

शुभकामना क्षेत्रीय मुखपत्र संकल्पलाई

अखिल नेपाल जनवादी युवा संघ
केन्द्रीय कार्यलय
काठमाण्डौ
फोन न.ं ४४४४१२८


जनताको सुनौलो भविश्यप्रति हार्दिक समर्पणका साथ कठीन चुनौतिहरुको सामना गर्दै मुक्तिमार्ग तर्फ लम्किदै र आमूल परिवर्तनकारी आन्दोलनको निम्ति दिशाबोध गराउदै अग्रिम भूमिकानिर्वाह गर्न महान उदेश्यको सुनौलो छितिजतर्फ कठोर संकल्पका साथ पहिलो अंकमै साइकलयात्राको विशेषङ्कको रुपमा उपस्थित हुन लागिरहेको अखिल नेपाल जनवादी युवा संघ नारायणी–गण्डकी क्षेत्रीय समन्वय समितिको मुखपत्र “संकल्प” लाई हार्दिक शुभकामना । प्रतिगमन विरुद्ध अनकन्टार बस्तीहरु देखि शहरका गल्लीहरुसम्म, आलिसान महलहरुदेखि सुकुम्वासीका झुप्राहरु सम्म बेगिदै गरेको तुफान सरी हुर्कदै गरेको ज्वाला बनी कालो सासनको अन्त्यको शंखघोष गर्दै नौलो संसारको स्थापनार्थ चल्ने आन्दोलनको महान् गुरु, जटिलताको बीचमा आमूल परिवर्तनकारी प्रशिक्षक बनेर निरन्तर उभिइरहोस् “संकल्प” ।
वर्गहरुको उदय सँगै वर्गिय आन्दोेलनको सुरुवात भएको छ । आज पनि बसिखाने वर्गहरु र गरिखाने वर्गहरुको बीच अन्तरद्धन्द्ध जोडतोडले चलिरहेको छ । बसिखाने वर्गहरुले गोला वारुद, आधुनिक हातहतियार, प्रहरी, सैनिक, काला कानुनहरुको माध्यमबाट गरिखाने वर्गहरुमाथी सधै आफ्नो अधिपत्य कायम राख्ने षडयन्त्र भईरहेको छ । फलस्वरुप ४६ सालको आन्दोलनका उपलब्दिहरुमाथि धावा बोल्दै मुलुकलाई प्रतिगमनको कुचक्रमा फसाईएको छ । एक पछि अर्को गर्दै प्रतिगामी षडयन्त्रका तानावाना बुनेर अधिनायकवादी उदेश्य पुरा गर्न प्रतिगामीहरुले आफ्ना गतिविधिहरुलाई कस्दै लगिरहेको स्थिति छ । यसलाई जनताको एकीकृत र सशक्त संयुक्त आन्दोलनले मात्र संभव छ ।
नेपाली युवाहरुलाई इतिहासले सुम्पेको जिम्मेवारी, बर्तमानले राखेको अपेक्षा र आमुल परिवर्तनकारी आन्दोलनमा निर्णयक भूमिका गर्नु पर्ने दाईत्वप्रति हामीहरु सचेत र सजक हुनुपर्ने आवाश्यकता छ । उत्पीडित जनता र घाएल राष्ट्र्ले नेपाली युवाहरुमाथी ठूलो भरोसा र विश्वास राखेको छ । अनि त्यो कर्तब्यनिष्ट जिम्मेवारी नेपाली युवाहरुको काँधमाथि सुम्पेको छ । त्यसलाई पुरागर्नु आजको प्रमुख काम हो । अतः त्यो दिशामा सबै नेपाली समुदायहरु एकजुट हुदै आज देखिएको युवा समस्या, राष्ट्र्यि समस्या, विदेशी हस्तक्षेपको समस्या, प्रतिगमनको समस्याको विरुद्ध जुझ्दै मुलुकलाई अग्रगामी दिशातर्फ लैजान प्रयत्न गरौ । आन्दोलनलाई सुनौलो भविश्य प्रति केन्द्रित गरौं, यवा संगठनलाई मजवुद पारौं । सबै नेपाली युवाहरुलाई आमुल परिवर्तनकारी आन्दोलनमा समावेश गरौं । त्रिमार्गको गोरेटोमा चालिएको संग्रामीयात्रालाई घनघोरतामा परिणत गरौं र त्यो आन्दोलन सँग घनिष्टतम सम्वन्ध कायम गर्दै वर्गीय आन्दोलनको साथी बनेर निरन्तर यात्रामा हिडिरहोस् “संकल्प” । अखिल नेपाल जनवादी युवा संघ नरायणी–गण्डकी क्षेत्रीय समन्वय समितिलाई धन्यवादसहित “संकल्प” ले आफ्नो संकल्प पूरा गर्नेछ भन्ने अपेक्षा राख्दछु । अभिवादनसहित !
( चिरन पुन )
महासचिव


पार्टी एकताको रक्ष्ाँमा देखिएका समस्या र महामन्त्री–सहमहामन्त्री कामरेडहरुले खेलेका नकरात्मक भुमिकाहरु बारे


ज भन्दा ४ बर्ष अगाडी तात्कालिन ने. क. पा. (एकताकेन्द्र)्र र ने. क. पा. (मसाल) मिलेर ने. क. पा. (एकताकेन्द्र– मसाल) निमार्ण भएको कुरा सबैमा जानकारी कै विषय हो । क्रान्तिकारी पार्टीमा एकता वा विखण्डन आधारभुत, रणनैतिक प्रश्नहरुको जगमा हुने गर्दछ । तात्कालिन ने. क. पा. (मसाल) र ने. क. पा. (एकताकेन्द)्र विच एकता गर्दा वा एकता प्रकृयाहरु अगाडी बढाईदा पनि तिनै आधारभुत सैदान्तिक प्रश्नहरुले नै मुख्य एकताको आधार खडा गरिदिएको थियो ।
क. दुवै समुह आधारभुतरुपमा माक्र्सवादी लेनिनवादी धरातलमा रहेका थिए ।
ख. दुबैले माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथ प्रदशक सिदान्त मान्दथे ।
ग. दुवैले तात्कालिन सघर्ष र वर्ग सघर्षको प्रश्नहरुमा समान द्रिष्टिकोण राख्दथे ।
घ. चुनावको प्रश्नलाई हेर्ने, बुझ्ने, उपयोग र बहिस्कार गर्ने सन्दर्भमा पनि समान निष्कर्षहरु थिए ।
ङ. सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने र महान सर्वहारा सा“स्कृतिक क्रान्तिका मुल्य– मान्यताहरुलाई आत्मसाथ गर्ने सवालहरु पनि एक आपसमा मिल्दथे ।
च. लेनिनवादी संगठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयताको सिद्धान्तको सवालमा पनि समानमतहरु थिए ।
एकातिर यिनै आधारभुत सैद्धान्तिक, दार्शनिक विषयहरुमा एक आपसमा समान भएको कारणले गर्दा नै दुई समुहको विचमा पार्टी एकताको निम्ति मुल आधार खडा गरिदिएको थियो । मुख्य यिनै सैद्धान्तिक रणनैतिक समानताको धरातलले गर्दा नै तात्कालिन मतभेदका विषयहरु मुख्य बन्न सक्दैनन् भन्ने मापदण्डलाई केन्द्रमा राखेर १६ ओटा मतभेदको विचमा नै पार्टी एकता गरिएको थियो । अर्कोतिर कम्युनिष्ट पार्टीहरुको विचमा हु“दै आएको असैद्धान्तिक टुट–फुट, बिखण्डनको प्रकृयालाई रोक्दै क्रान्तिकारीहरुका विचमा ब्यापक ध्रुविकरणको बाटोबाट अगाडी बढ्दै नौलो जनवाद, समाजवाद र साम्यवादी लक्ष्य हा“सिल गर्नु थियो । यिनै महान उद्देश्यलाई केन्द्रमा राखेर ब्यापक माथि देखि तलसम्म छलफल गरी पार्टीका सम्पूर्ण कार्यकर्ता र जनदवावको बावजुद पार्टी एकता सम्पन्न गरिएको थियो ।

मुल नेत्रित्वमा देखिएको अराजनैतिक प्रश्न ः–
आज ने. क. पा. (एकताकेन्द्र– मसाल) मा महामन्त्री क. मोहन विक्रम सिंह र सहमहामन्त्री क. प्रकाशले माथी उल्लेखित आधारभुत प्रश्नहरुलाई चटक्कै विर्सेर रणनैतिक धरातलको कारणले भन्दा तात्कालिक राजनैतिक र संगठनात्मक कारण देखाएर पार्टीलाई विखण्डनकोे संघारमा पुर्याउनु भएको छ । पार्टी महामन्त्री र सहमहामन्त्रीको नियोजित फुटपरस्त षडयन्त्रको प्रतिफल नै पार्टीले यस्तो अवस्था बेहोर्नु परेको हो । ४ वर्ष अगाडी ब्यापक पार्टी कार्यकर्ता र जनताको चाहना अनि आधारभुत रणनैतिक प्रश्नहरुको समानताको जगमा गरिएको पार्टी एकतालाई विखण्डन गरेर आफ्नो मनोमानी कायम गर्ने महामन्त्री र सहमहामन्त्रीको कुनियतले गर्दा आज पार्टी यो अवस्थामा पुगेको हो । पार्टीको मुल नेत्रित्वले नै गुटस्वार्थ, पुर्वसमुह स्वार्थ, आत्मकेन्द्रीत, अराजकतावादी सैली र संङ्किण फुटपरस्त मनसायको योजनालाई पार्टीमा लाद्ने र आफ्नो सिमित स्वार्थ पुरा गर्ने उदेश्यले गर्दा नै पार्टीमा यस प्रकारको स्थिति आईपरेको हो ।
नेपालको कम्युनिष्ट आन्दोलनको विगतका विभाजनहरुको स्थितिलाई हेर्दा पनि कतिपय विभाजन बाहेक मुलत व्याक्ती केन्द्रीत, तात्कालिन नेत्रित्वको नोकरशाही सैली, आग्रह– पुर्वाग्रहमा आधारित रहेर पार्टी विभाजनहरु गरिएको थियो । आज ने. क. पा. (एकताकेन्द्र – मसाल) पनि महामन्त्री र सहमहामन्त्री को कारणहरुले गर्दा त्यही पुरानो सैली र पुरानै बाटोबाट अगाडी बढिरहेको अवस्था हो । आधारभुत रणनैतिक सवालहरुलाई भन्दा तात्कालिन प्रश्नहरु देखाएर एक– अर्कालाई आरोप– प्रत्यारोप गरी गुट स्वार्थमा रमाउदै पार्टीलाई विभाजन गर्ने यो नै सवभन्दा गलत तरिका हो र त्यही वाटोबाट महामन्त्री का.मोहन जी र सहमहामन्त्री का.प्रकाश जी हिडिरहनु भएको छ ।

महामन्त्री र सहमहामन्त्री कमरेडहरुमा देखिएका कमजोरीहरु ः–
क. पार्टी एकता महाधिवेशनले गरेका दिशा– निर्देशलाई महामन्त्री र सहमहामन्त्रीले नै उपेक्षा गर्नु ।
ख. पार्टीको विधान, नियमावली, संगनात्मक पद्धती र अनुशासनलाई मिचेर ब्याक्ति केन्द्रीत गुटस्वार्थमा रमाउनु ।
ग. एकीकृत पार्टीको प्रशिक्ष्ँण, फोरम, बैठक, भेला, सम्मेलन, महाधिवेशनमा जोड दिनुको सट्टा महामन्त्री– सहमहामन्त्री नै पद्धती विपरीत गुटवन्दीपूर्ण कार्यमा केन्द्रीत हुनु ।
घ. लेनिनवादी संगठनात्मक सिदान्त तथा जनवादी केन्द्रीयताको सिदान्तलाई पार्टीमा कडाईपुर्वक लागु गराउनुको सट्टा आफै त्यसको बिरुद्ध धावा बोलेर अगाडी बढ्नु ।
ङ. पार्टी र कार्यकर्ताको जनवादी अधिकारहरु माथि केन्द्रीय कार्यालयबाटनै भोटे ताल्चा मारिनु
च. आफुलाई अनुपयुक्त लागेको फरकमतहरुलाई कार्यकर्तामा“झ (तलसम्म) नपठाईनु ।
छ. अन्तरविरोध नै जिवित पार्टीैको प्राण हो भन्ने मापदण्ड र पार्टीको गतिनै अन्तरविरोधमा निहित छ भन्ने द्धोन्दवादको आधारभुत नियम विरुद्ध महामन्त्री र सहमहामन्त्री नै जाईलाग्नु ।
ज. देशको समसामयिक राजनैतिक परिस्थितिलाई आफ्नो पार्टीको सहि वैचारीक अनुकुलतामा दिशा– निर्देश गर्नुको साटो पार्टीको बैठक राख्न नमानेर वा स्थानमा समेत सहमत नभएर आत्मसुरक्ष्ाँवादी नीति अवलम्वन गर्नु ।
झ. पार्टीको बैठक राखेर निर्णय अनुशार पार्टीलाई चल्ने चलाउने भन्दा गुटको बैठक राखेर पार्टीलाई चलाउने अराजक सैलीहरुमा आफुहरु नै अगाडी बढ्नु ।
ञ. पराई पार्टीको राजनिति बोकेर षडयन्त्र गर्नु र सैद्धान्तिक राजनैतिक निष्कर्षहरुमा आग्रह पुर्वाग्रहमा आधारित भएर पार्टीलाई जडतामा फसाउनु ।
ट. पार्टीमा रहेका मतभेदका विषयहरुलाई ब्यवस्थित बनाउन पार्टीको मुखपत्र, बुलेटिन लगाएत पार्टी प्रकाशनहरुलाई जोडदिने र ब्यवस्थित बनाउन कोशिस नगर्नु र पार्टी नजिक रहेका पत्रिकाहरुमा फरक मतहरुलाई दुई पेज दिने भन्ने पार्टीको सर्वसम्मत निर्णयलाई समेत मिचेर आफुखुसी पत्रिका संचालनको निम्ति निर्देशन दिनु ।
ठ. कार्यालय संचालनमा अवरोध सृजना गर्ने, आर्थिक पारदर्सिताको समेत अभाव रहनु । जस्ता समस्याहरु आज पार्टी नेत्रित्वमा नै देखापरेका समस्याहरु हुन ।
उल्लेखित समस्याहरु जिवित पार्टी भित्र देखापरिरहने समस्याहरु हुन तर त्यस प्रकारका समस्याहरु पार्टीमा देखिएको खण्डमा आत्मसमिक्ष्ाँ गर्न तैयार हुनै पर्दछ । उल्लेखित समस्याहरुका वावजुद पनि आलोचना आत्मआलोचना गर्दै पार्टीलाई अगाडी बढाउन सकिने रणनैतिक, सैद्धान्तिक, दार्शनिक आधारहरु पार्टीमा थिए तर महामन्त्री र सहमहामन्त्रीले नै पार्टीलाई त्यो दिशामा लैजाने प्रयत्न गर्नु भएन । पार्टीमा दार्शनिक, सैद्धान्तिक र रणनैतिक प्रश्नहरुमा कडा अन्तरसघर्ष र राजनिति र ब्यवहारमा लचकताको नीतिलाई तिलान्जली दिने काम महामन्त्री र सहमहामन्त्रीले नै गर्नुभयो । यिनै समस्याको कारणले गर्दा नै पार्टी एकताको लागी बाधा पैदाभएको छ ।

का. मोहन विक्रम सिंह र का. प्रकाश समुहको सामु उभिएका आधारभुत प्रश्नहरु ः–
यतिबेला पराई प्रवृती, आराजक र बिखण्डनकारी पक्षको नेत्रित्व गर्नुहुने सहमहामन्त्री का. प्रकाश जसले मोहनविक्रम सिंह पार्टीमा हुनुहुन्न भन्ने मनोमानी बिज्ञप्ती जारी गरेर औपचारीक रुपमा पार्टीमा विभाजनको रेखा कोर्ने काम गरेका छन । त्यसैगरी आफै महामन्त्री भएको पार्टी ने. क. पा. (एकताकेन्द्र–मसाल) स“ग न–सम्वन्ध न–सम्वन्धविच्छेद को नीतिलागु गरी कोअर्डिनेसन गठन गरेर वैधानिक मोर्चा, विभिन्न जनवर्गिय संगठनहरुको मनोमानी भेला गरेर छुट्टै संगठनहरु निमार्ण गर्दै आफ्नो फुटपरस्त बाटो तताईरहनु भएको छ । यस्तो अवस्थामा महामन्त्री का. मोहन विक्रम सिंह र सहमहामन्त्री का. प्रकाश समुहको अगाडी केही आधारभुत सैद्धान्तिक प्रश्नहरु उभिएको छ जसलाई उहा“हरुले औचित्व पुष्टी र उत्तरित गर्न जरुरी छ ।

के ४ बर्ष अगाडि पार्टी एकता गर्नु गलत भएको थियो ? के अहिले महामन्त्री र सहमहामन्त्रीले नेत्रित्व गर्नुभएको पक्ष वा समुह आधारभुत रुपमा माक्र्सवादी लेनिनवादी धरातलबाट च्युत भएका छन ? के माक्र्सवाद, लेनिनवाद, माओविचारधाराको पदप्रदशक सिद्धान्तबाट महामन्त्री वा सहमहामन्त्री समुह विचलन भएका छन् ? के ४ बर्ष अगाडि ५ बर्ष लगाएर ब्यापक छलफल, फोरमबाट निकालिएका सैद्धान्तिक निष्कर्षहरु गलत थिए ? तात्कालिन सघर्ष, बर्ग सघर्ष, चुनावको प्रश्न, आदी जस्ता प्रश्नहरुमा एक अर्का पक्षमा ब्यापक परिवर्तन भएको छ ? के सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने प्रश्न र सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल मर्मलाई एक अर्का समुहले तिलाञ्जली दिएका छन ? के यतिवेला कुनै समुहमा बैचारीक विचलन आएको वा अवसरवादी भड्कावमा पतन भएको निष्कर्ष निकाल्न उचित रहन्छ ? आदी जस्ता महत्वपुर्ण सवालहरुको सैद्धान्तिक हल नखोजिकन महामन्त्री र सहमहामन्त्री समुह एक अर्का सित मिल्न नसक्ने निष्कर्ष हो भने त्यो आधारभुत सैद्धान्तिक धरातल माथीको उहा“हरुको गद्दारी हो । जनता र कार्यकर्ता माथिको विश्वास घात हो । यो महामन्त्री र सहमहामन्त्री पक्षबाट मुलुक र क्रान्तिकारी आन्दोलन प्रतिको धोका हो । पार्टीको उल्लेखित समस्याहरु र उहा“हरुले गरेको गलत, पार्टी विरोधी गतिविधीहरुको जगलाई केलाउ“दा महामन्त्री का.मोहनविक्रम सिंह र सहमहामन्त्री का. प्रकाशलाई अबको दिनमा ने. क. पा. (एकताकेन्द्र–मसाल) को महामन्त्री र सहमहामन्त्री भन्ने र लेख्ने कुनै नैतिक अधिकार समेत र“हदैन । किनकी न त उहा“हरुस“ग पार्टीको स्पस्ट बहुमत छ , न त उहा“हरु पार्टीको विधान र अनुशासनमा रहि रहनुभएको छ । अहिले सम्मको सन्दर्भमा उहा“हरुले पार्टीको अवस्थाको बारेमा दार्शनिक र सैद्धान्तिक जिम्मेवारी त लिनु पर्छ नै उहा“हरु नैतिक जिम्मेवारीबाट समेत उम्कन पाउनुहुन्न किनकी आज भन्दा ४ बर्ष अगाडी भएको पार्टीको एकताअधिवेशनले निश्चित मापदण्ड, नियम, विधान, सैद्धान्तिक– राजनैतिक अवधारण सहित पार्टीको महामन्त्री मोहन विक्रम सिंह र सहमहामन्त्री प्रकाशलाई मुख्य जिम्मेवारी र मुख्य नेत्रित्व सुम्पेको थियो ।

अन्त्यमा,
यतिवेला पार्टीको सामु रहेका गम्भिर चुनौतिहरु ः–
आज पार्टीको सामु मुख्यत ५ ओटा प्रश्नहरु गम्भिर चुनौतिको रुपमा उभिएको छ । त्यसलाई यसरी उल्ल्ोख गर्न सकिन्छ ।
१. गलत अराजक गतिविधिहरुलाई रोक्दै पार्टी एकताको रक्ष्ाँमा जोड दिनु ।
२. क्रान्तिकारी विचार सिद्धान्त, लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी पद्धतीको रक्षा गर्न जोड दिनु ।
३. सङ्क्रमणकालिन अवस्थामा रहेको पार्टीलाई एकता महाधिवेशन गरेर नया“ रुपान्तरणमा लैजान जोडदार रुपमा पहल गर्नु ।
४. सम्पूर्ण तहमा छरिएर रहेका क्रान्तिकारी समुह, पार्टी, वा ब्याक्तिहरुको विचमा ब्यापक धु्रविकरणको निम्ति पहल गर्नु ।
५. वर्तमान अवस्थामा मुलुकलाई पूर्ण सार्वभौमसत्ता सम्पन्न गराउनको निम्ति संविधान सभाको निर्वाचनलाई परिणममुखी बनाउन सम्पूर्ण तहमा रहेका लोकतान्त्रिक गणतन्त्रिक शक्तिहरुको विचमा सघर्ष मोर्चा निमार्ण गरेर लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनलाई अगाडी बढाउन जोड दिनु ।
६. पार्टीलाई सम्पुर्ण तहबाट सचेत, संगठित, आन्दोलित र नया“ चरणमा रुपान्तरणको प्रकृयामा लैजान जोड गर्नु । उल्ल्ोखित चुनौतिहरुलाई पार गर्दै नौलो जनवादी, समाजवादी र साम्यवादी लक्ष्यको बाटोमा सम्पूर्ण पार्टी पङ्ती जोडतोडका साथ अगाडी बढौं ।

बर्तमान परिस्थितिमा नेपाली युवाहरुको भुमिका बारे केहि कुरा

Justify Full

अहिले हाम्रो देश प्रतिगमनको संकटमा छटपटाईरहेको छ । ०४६ सालको जनआन्दोलनको मुल मर्ममाथि
अधिनायकवादी हैकम लादेर तानाशाही हुकुम चलाउने षडयन्त्र भैरहेको छ । २१ औं सताब्दीको युगमा पनि १८ औं सताब्दीको कल्पना गरेर गत आश्विन १८ गते राजाले जननिर्वाचित देउवा सरकारलाई अपदस्त गरि मुलुकलाई प्रतिगामी चंङ्गोलमा फसाउन पुगे । २०४७ साल कार्तिक २३ गते घोषणा भएको सिमित प्रकारको संवैधानिक लोकतन्त्रवादी अधिकारहरुको घाँटी रेटियो । दरवारबाटै नाङ्गो रुपमा प्रतिगामी मुल्यहिन चरित्र प्रदशन गरियो । त्यसपछि क्रमश प्रतिगामी तानावानाहरु बुन्दै स्थानिय निकायको खारेजी, टिके सरकारको निरन्तरता र राजदरवार खर्च सम्मन्धि अध्यादेश ल्याएर मनोपली ढंगले आफ्नो सुविधालाई झण्डै ५ गुणा बढाई ६२ करोड ९२ लाखमा पुर्याईयो । माओवादी समस्यालाई समाधान गर्ने नाममा “युनिफाईट कमाण्डको” अवधारणा अघिसारी निजामती कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी आदी जस्ता सबै निकायहरुमा सेनाको हुकुम र सेनाले सासन चलाउने संयन्त्र निर्माण गरिदै छ भने विभिन्न जिल्लाहरुमा सिविल नागरिकहरुलाई समेत हतियार बिभाजन गरिएको र हतियारको तालिम समेत संचालन गरेको कुरा समेत सार्वजनिक भैरहेको छ । यसरी एकपछि अर्कोगर्दै जनविरोधी क्रृयाकलापले निरन्तरता पाईरहेको छ ।
गत आश्विन १८ गते राजाद्धारा चालिएको प्रतिगामी कदमको विरुद्ध अहिले सिङ्गो मुलुक आन्दोलनमा जुटेको छ । एकातिर देशका जिम्मेवार ५ राजनैतिक पार्टीहरु राजाको स्वविबेकीय ढंगले प्रयोग हुने सम्पुर्ण ऐन कानुनहरुको खारेजी हुनुपर्ने, ३ जनालाई मात्र श्री ५ को पदवी दिईनुपर्ने, स्वर्गीय राजा श्री ५ बिरेन्द्रको सम्पत्ति राष्टी«य करण गरिनुपर्ने, सेना जननिर्वाचित सरकारको अधिनस्त रहनुपर्ने, राष्टी«य सभालाई जाति—जनजाति विषेश सभामा परिणत गर्नुपर्ने, वर्तमान राजाका सम्पत्ति सार्वजनिक हुनुपर्ने आदी जस्ता १८ बुँदे न्युनतम सहमतिको माग अगाडि सारेर चरणवद्ध संयुक्त जनआन्दोलनमा छन भने अर्कोतिर मुलुकमा रहेका विभिन्न बर्ग,तह र समुदायहरु पनि आ—आफ्नै रुपबाट प्रतिगमनको विरुद्ध आन्दोलनमा जुटेका छन । राजधानी लागायत मुलुकभरी नै दिनहुँ जसो राजाको प्रतिगामी कदमप्रति विरोध र आक्रोश पोखिरहेका छन । त्यसमा विषेश गरी युवा तथा विद्यार्थीहरुको संयुक्त आन्दोलनको स्वरुप निकै चर्केको छ । सडकभरी बेरोकतोक ढंगले निषेधित भनिएका नाराहरु घन्किरहेका छन । राजा र राजतन्त्र विरोधी आवाजहरु मुलुकभर फैलिरहेको छ । गणातन्त्रको नाराहरु पनि संगठित हुदै गईरहेको छ । राजाले चालेको जनविरोधी प्रतिगामी कदम र राजतन्त्र प्रतिको अविश्वासलाई घिृणा र आक्रोसका साथ पोखिरहेका छन । यसरी जनताको स्वभाविक प्रतिक्रियाहरु प्रस्फुटित भैरहेको छ ।
जनताको यो न्यायपुर्ण आवाजहरुलाई अश्रुग्याँसका सोलाहरु बर्षाएर थुुन्ने प्रयत्न भैरहेको छ । शान्तिपुर्ण तरिकाले जुलुस प्रदशन गरिरहेका आन्दोलनकारी तथा सर्वसाधारण जनतामाथि लाठी बर्साएर हातखुट्टा भाँचिदिने, कपाल फुटालिदिने, गिरफ्तार गर्नेजस्ता कामहरु दिनहुँजसो भैरहेका छन । यसरी प्रतिगामीहरुले प्रहरी, सैनिक, लाठी, गोली, बन्दुकको बलमा आफ्नो प्रतिगामी सासनको आयू लम्ब्याउन खोजिरहेका छन ।
आज सबैलाई जानकार भएको विषय हो । हाम्रो मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक लगाएतका समस्याहरु झनपछि झन चुलिदै गईरहेको छ । भयाभह, डर, त्रासको वातावरणले सिङ्गो देश आतङ््कित बनेको छ । खेतवारीमा कामगर्ने किसान, विद्यालयमा पढाउनजाने शिक्षक, अफिसहरुमा कामगर्नजाने कर्मचारी, बाटोहिड्ने बटुवा, भारी बोक्ने भरीया, उद्योग ब्यवसाय संचालनगर्नेहरु तथा ब्यापारीजन सबैको स्थिति नाजुक अवस्थामा छ । कहिले, कहाँ, को , कसरी मरिने हो भन्ने वातावरण छ । “अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)” को पछिल्लो तथ्याङ्कबाट पनि पुष्टी हुन्छ कि २०५२ साल फाल्गुण १ गते देखी २०६० पुस ७ गते सम्ममात्र ८,६२८ जना नेपालीको मृत्यु भैसकेको छ । दोश्रो युद्धविराम पछाडीको यो ४ महिनाको अवधिमा मात्र १,६५७ जना मानिसहरु मारिएको देखिन्छ । ८ बर्षको यो अवधिमा माओवादी तर्फबाट भन्दा राज्य पक्षबाट २ गुणा बढी मानिसहरु मारिएका छन । माओवादी तर्फबाट २,७७१ र राज्य पक्षबाट ५,८५७ मानिसहरु मार्नेकाम भएको छ । त्यसबाहेक पुष्टिहुन नसकेको संख्या पनि निकै ठुलो छ । आज सबैको सामु प्रश्न खडाभएको छ ति मारिएका सम्पुर्ण मानिसहरु मार्नुनै पर्ने अवस्थाका थिए ? के उनिहरुलाई मृत्युदण्डनै दिईनु पर्दथ्यो ? यस प्रकारका तमामखाले स्वभाविक उब्जिएका प्रश्नहरु भित्र मुलुक शोेकमग्न बनेको छ । मुलुक रगतको आहालमा तौरिएको छ । पिडामा छटपटाईरहेको छ भने अर्कोतिर ति ८,६२८ जना नेपाली नागरिकको घर, परिवारजन, नाता—कुटुम्व, टोल छिमेक, गाँउ—जिल्लाहरु पनि मरेतुल्य बनेको छ । यसरी मुलुकको अवस्था चिन्ताजनक रुपमा छ । नेपाली माटोले हार—गुहार र पुकार गरिरहेको छ । आन्दोलनको निम्ति उठ्न सबैलाई कामना गरिरहेको छ ।
यो अवस्थामा उमेरको हिसावले बलवान युवाहरु, नयाँजोस जाँगरले भरपुर युवा शक्ति माथि नेपाली समाजले राखेको आसा विश्वास र भरोसा प्रति हामी र हाम्रो युवा संगठनले कत्तिको दाईत्वबोध गरिरहेको छौ ? मुलुकको समस्या प्रति कत्तिको चिन्तनशिल बनिरहेका छौं ? हामिलाई समाजको पिडादायी चित्कारले कत्तिको पिडाबोध गराईरहेको छ ? आलो रगतको आहालमा रोमलिएको जनताको आत्मासँग हामी र हाम्रो युवा संगठनहरुको सम्वन्धलाई कसरी विस्तार गर्न सक्दछौ ? अनि हामी नेपाली युवाहरुमाथि समाजले राखेको अपेक्षालाई कसरी पुर्णता प्रधान गर्न सक्छौ ? भन्नेजस्ता सवालहरुनै मुख्यरुपमा अहिले हामी र हाम्रो युवा संगठनहरु प्रति कठोरबनेर उभिन्छ । निश्चित होकी ईतिहासको कालखण्डमा धार्मिक, भाषिक, जातिय, क्षेत्रिय, साम्प्रदायिक आन्दोलन होस वा आमुलपरिवर्तनकारी बर्गीय मुक्ति आन्दोलन सबैमा युवाहरुको भुमिका उल्लेख्य स्थानमा रहेको छ । त्यसैले इतिहासले सिकाएका ति अवश्मणीय पाठहरु फेरी त्यही प्रकारको कुर्वानिपुर्ण आन्दोलनको शुरुवात गर्नुपर्ने अवस्था सिृजना भएको छ । “तन्नेरीहरु सम्पुर्ण समाजका सबभन्दा बढ्ता सक्रिय र जिँउदा शक्ति हुन” भन्ने का. माआको भनाईलाई नेपाली माटोमा समेत सार्थकता तुल्याउन नेपाली युवाहरु पनि जुर्मुरयाउनु पर्नेबेला आएको छ ।
राष्ट्रको मुल र सिङ्गो समस्या समाधान नहँुदा सम्म नेपाली युवाहरुको अन्य समस्याहरु पनि समाधान नहुने कुरा प्रश्टै छ । हरेक बर्गसमुदायहरुको समस्याहरुलाई राष्ट्रको मुलसमस्याहरु सँग जोडेर आन्दोलन चलाईनु पर्दछ । अनिमात्र समस्याहरुले वास्तविक रुपमानै निकास पाउन सक्दछ । आज पनि विभिन्न युवा संगठनहरुमा विभिन्न प्रकारका सोँच, चिन्तन सैली, बैचारिक अवधारणहरु छन । दक्षिणपंथी अवसरवाद, उर्गवामपंथी अराजकतावाद, प्रतिक्रियावादको पक्ष पोषण गर्ने युवा संगठनहरुको भुमिकाले गर्दा सहि र आमुलपरिवर्तनकारी युवा आन्दोलनले गति लिनमा धौं धौं परिरहेको कुरालाई कसैले नर्कान सकिदैन । तथापी क्रान्तिकारी युवा आन्दोलन निरन्तर रुपमा अगाडी बढिरहेको छ र बढ्दै जाने छ । दिर्घकालिन अवस्थामा ति युवा संगठनहरुको गलत सैद्धान्तिक तथा बैचारिक अवधारण र त्यसबाट उत्पादीत कामकार्यवाहिको स्वरुपको विरुद्ध निर्मम र संझौंताहिन अन्तरदोन्द र अन्तरसंघर्षले निर्णयक स्वरुप ग्रहण गर्नेकुरा निश्चित रहन्छ । तात्कालिक हिसावले पनि ति गलत बैचारिक धरातलको विरुद्ध सैद्धान्तिक सघर्षलाई ध्यान नदिने भन्ने होईन तर राष्ट्रको विषेश परिस्थितिमा यस प्रकारका सघर्ष गौण र राष्ट्रिय अश्तित्वको निम्ति चल्ने सघर्षले प्रधानरुप लिन्छ । त्यसले गर्दा प्रमुख समस्याको विरुद्ध गौण र आन्तरिक समस्याहरुलाई एकठाँउमा राखी तत्कालिन हिसावले मिल्नसक्ने अवधिसम्म सहकार्य र समन्वय गरी संयुक्त आन्दोलनमा जाने कुरामा ध्यान दिनुपर्दछ । त्यहि सैद्धान्तिक मुल्य र भावना अनुरुप आज विभिन्न प्रकारका राजनैतिक सोँच भएका राजनैतिक पार्टीहरु तथा युवा संगठनहरु प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनको विरुद्ध संयुक्त आन्दोलनमा गैरहेका छन ।
प्रतिगमननै आजको प्रमुख समस्या हो । त्यसलाई परास्त गर्नु आजको मुख्य कुरा हो । प्रतिगमन परास्त नभए सम्म मुलुक अग्रगमनमा जान सक्दैन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त गर्ने एकमात्र तागतिलो हतियार भनेको जनताको जुझारु, संयुक्त र ससक्त आन्दोलन नै हो । प्रजातान्त्रिक तथा राजनैतिक आन्दोलनमा जनताको प्रतिनिधित्व राजनैतिक पार्टीहरुले नै गरिरहेका हुन्छन । त्यसैले राजनैतिक आन्दोलनको नायक राजनैतिक पार्टीहरु नै हुन । त्यसैले ति राजनैतिक पार्टीहरुको नेत्रित्वमा चल्ने हरेक प्रकारका आन्दोलनहरुमा युवाहरुको भुमिका महत्वपुर्ण हुँदै आईरहेको छ र हुन्छ । यसरी समाजमा चल्ने हरेक प्रकारका आन्दोलनहरुबाट गलत विचार र गलत शक्तिहरु परास्त अनि विलिन हुँदै जान्छन र सहि विचार लिएका शक्तिहरु स्थापित र उनिहरुले जित हाँसिल गर्दै जान्छन । त्यहि आन्दोलनले नै अवसरवाद, अराजकतावाद, प्रतिक्रियावाद तथा जनविरोधी तत्वहरुको छिनोफानो गर्दछ र गलत तत्व बोकेका शक्तिहरुलाई किनारा लागाई दिँदै जान्छ । यो नै आमुलपरिवर्तनकारी आन्दोलनले स्थापित गरेका मुल्य र मान्यताहरु हुन र क्रान्तिकारी आन्दोलनले सिकाएका पाठहरु हुन ।
अहिलेको राष्ट्रको विषेश परिस्थितिले माग गरिरहेको कुर्बानी र मुलुकको संकटपुर्ण अवस्थालाई पार लगाउन आवाश्यक पर्ने मुल्यवान रगतका थोपाहरु दिन नेपाली युवाहरु तयार हुनु पर्ने अवस्था हाम्रो सामु उपस्थित भैरहेको छ । भविश्य प्रतिको सर्मपणता, बर्तमानले धिक्कारेको परिस्थिति, ईतिहाँसले किनारा लगाईदिएको तानाशाही ब्यवस्था र त्यो सोँचलाई परास्त गर्न सम्पुर्ण नेपाली युवा तथा विद्यार्थीहरु शिरमा कफन बाँधेर अझैँ जुर्मुराउनु पर्ने बेला भएको छ । लाठी, गोली, सेना, पुलिस, जेल—नेल, मुद्धा, यातनालाई समेत प्रवाह नगरी सडकमा ओर्लिनुपर्ने दिन आएको छ । जनतामाथि हुकुमतन्त्र लादेर रमाउने प्रतिगामी नायकहरुको विरुद्ध खवरदारी गर्ने र प्रतिगमनको योजनाकारहरुलाई हिटलर, जार, लुइस सोह्रौको ईतिहास दोहोर्याउदै प्रतिगामीहरुलाई परास्त पार्नुपर्ने समय भएको छ । यो नै अहिलेको निम्ति नौजवानहरुको परिक्षामय बेला हो । सम्पुर्ण युवाहरु एक हौं । जनताको जुझारु एकता जिन्दावाद । प्रतिगमन मुर्दावाद । युवा एकता जिन्दावाद ।

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।