Thursday, September 9, 2010

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा

नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को मुखपत्र
“युवा कम्युनिष्ट”
बर्ष– ४, अंक १
भाद्र

युवा समस्या, विचारधारात्मक चिन्तन र आन्दोलनको दिशा
१. आरम्भमा ः
हामी सहि युवा आन्दोलनको कुरा गरिरहेका छौं । हामीले समाजलाई अग्रगामी दिशा तर्फ रुपान्तरण गर्न खोजिरहेका छौं । शोषणलाई अन्त्य गर्नु हाम्रो चाहना हो, यो युगलाई बदल्नु हाम्रो लक्ष्य हो । त्यसैले, हाम्रो पहल प्रतिगामी, यथास्थितिवादी, सुधारवादी र अराजकतावादी धरातलबाट युवा संगठन र आन्दोलनलाई मुक्त बनाउन चाहन्छौं ।

२. युवा समस्याहरु र के गर्ने ः
हामीले देखिरहेका छौं, आज युवाहरुको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, रोजगार, सा“स्कृतिक र सामाजिक सुरक्षाको हो । रँज्यले शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा जस्ता प्रश्नहरुलाई आफ्नो अनिवार्य दायीत्व भित्र राखेर यसको पक्षमा भुमिका खेल्नु पर्ने थियो । तर, त्यो हुन सकिरहेको छैन ।
शिक्षा,
देशको शिक्षा नीति अत्यन्त नाजुक अवस्थाको छ । देशमा सर्वसुलभ शिक्षा छैन । भएको शिक्षा पनि वैज्ञानिक र व्यवहारिक छैन । त्यो, सिमित उच्च तह र बर्गको पउ“चमा र सहर केन्द्रीत मात्र छ । देशका ७२ प्रतिसत मानिसहरु शिक्षाबाट बन्चित छन । त्यसको लागि पुरानो शैक्षिक नीतिलाई बदल्ने, पुरानो शैक्षिक व्यवस्थालाई बदल्ने, पुरानो शैक्षिक पद्धतीलाई खारेज गर्ने, पुरानो अध्यापन नीतिलाई पूर्णरुपमा बदल्ने र नया“ शैक्षिक व्यवस्था, नया“ पद्धती, नया“ शिक्षा नीतिलाई उत्पादन मुलक, बैज्ञानिक र व्यवहारिक बनाउन जोड गर्ने र त्यसको लागि संघर्ष गर्नु पर्दछ ।
स्वास्थ्य,
स्वाथ्यको अवस्था पनि त्यही प्रकारको छ । नेपालको वर्तमान स्वास्थ्य नीति खराब छ । भएका स्वाथ्य केन्द्रहरु शहर केन्द्रीत मात्र छ । शहरमा केन्द्रीत भएका स्वास्थ्य केन्द्रहरु पनि निकै मह“गो छ । त्यसैले आम नेपाली जनता स्वास्थ्य उपचारको पउ“चमा छैनन । मानिस, युवा अवस्थामा पुगी नसक्दै उ अनेकौ रोगले ग्रस्त बनिसकेको हुन्छ । शारिरीक अस्वस्थताको कारणले गर्दा उ मानसिक रुपमा पनि निकै कमजोर बनिसकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो, घरपरिवारको, समाजको र देशको लागि केही काम गर्न नसक्ने अवस्थामा रहन्छ । यहि स्थिति आज नेपालमा विद्धमान रहेको छ । त्यसैले, स्वास्थ्यलाई जनमुखी बनाउन जोड दिनु, यसलाई राज्यको अनिवार्य दायीत्व भित्र राख्न पहल प्रयत्न गर्नु, यसको सर्वसुलभतामा जोड दिनको लागि पहल गर्नु पर्दछ ।
रोजगार,
अर्को, समस्या भनेको रोजगारीको हो । यो समस्या पनि युवाहरुको लागि निकै ज्वलन्त बनेको छ । देशमा सरकारले रोजगारीको व्यवस्था मिलाउन सकिरहेको छैन । त्यसैले, लाखौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा पलाएन भैसकेका छन । दैनिक हजारौं युवाहरु आज पनि आफ्नो देश छोडेर विदेशमा पलाएन हुने क्रम तिर्व बनिरहेको छ । नत, युवाहरुको जिवन विदेशमा सुरक्षित छ, न उनिहरुले त्यह“ा राम्रो काम पाईरहेका छन, न त्यहा“ उनिहरुको सामाजिक मर्यादा छ । यसरी, आज नेपाली युवाहरुले नया“ जोस, जा“गर, बल र उत्साहलाई विदेशी भुमिमा पोखिरहेका छन । अतः सम्पूर्ण विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा फर्काउने नीति बनाउनु पर्दछ । नेपाली युवाहरुले नया“ जोस, जा“गर, बल र उत्साहलाइ लाई देशमै लगाउनको लागि रोजगारको व्यवस्था मिलाउनको लागि पहल गर्नु पर्दछ । बैज्ञानिक र व्यवहारिक रोजगारको खोजीमा लाग्न पहल र प्रयत्न गर्नु पर्दछ , आदी ।
स“ास्कृतिक,
नेपाली युवाहरुमा सा“स्कृतिक समस्या पनि अर्को मुलभुत समस्या हो । साम्राज्यवादी, विस्तारवादी, पु“जीवादी र सामन्तवादी सा“स्कृतिक धरातलले हाम्रो देशलाई निकै गा“जेको छ । आज एकातिर, पश्चिमेली पु“जीवादी पाश्चात्य संस्कृतिले युवाहरुलाई उपभोक्तावाद, उदण्डता, चमत्कार र ध्वंस, छाडा सेक्स र पाश्चात्य संस्कृति, व्याक्तिवाद, शोषण र पु“जीमा आधारित बन्न अभिप्रेरित बनाईरहेको छ भने अर्कोतिर, सामन्तवादी संस्कृतिले पूर्वजन्म, यसजन्म, पुर्नजन्म, छुवाछुत, रहस्यवाद, अवतारवाद र भाग्यवाद, वंशको श्रखला, रुडिवाद, अलौकिकवाद जस्ता संस्कृतिले पनि नेपाली युवाहरुलाई दिग्भ्रमित पारिरहेको अवस्था कायम छ । अतः भौतिक परिस्थितिमा आधारित, उत्पादन प्रणालीस“ग आधारित, जनताको आन्दोलनस“ग आधारित, सहि व्यवहार सम्उन्नत विचार स“ग आधारित, आमुल परिवर्तन र रुपान्तरणमा आधारित, श्रम प्रति प्रेम र शोषण प्रति विरोधमा आधारित जनवादी तथा समाजवादी सा“स्कृतिक मुल्य मान्यतालाई स्थापनार्थ जोड दिनु ।
सामाजिक सुरक्षा,
यसको साथै सामाजिक सुरक्षाको प्रश्न पनि आज जटिल मोडमा रहेको समस्या हो । जुनसुकै मुलुकमा पनि जनताले शान्तिपुर्वक बस्न र बा“च्न पाउने उसको अधिकार हो । तर, आज नेपालको सामाजिक सुरक्षाको प्रश्न पनि निकै खलबलिएको अवस्थामा छ । समाजमा हत्या, हिंसा, अपहरण, लुटपाट, चोरी, डकैती जस्ता क्रियाकलापहरुले जोर पक्रेको छ । जसको कारणले गर्दा नेपाली जनता र युवाहरुको सामाजिक जिवन निकै प्रताडित बनेको छ ।

३. युवा आन्दोलनमा विचारधारात्मक चिन्तन ः
उत्पादन प्रणालीको विकाशको क्रममा उत्पादक शक्तिको पनि विकाश र परिवर्तन हुदै जान्छ । त्यस अनुशार मानिसको उत्पादन सम्वन्ध र उनिहरुको आर्थिक सम्वन्ध पनि बदलिदै जान्छ । त्यही प्रक्रियामा मानिसको राजनीतिक, सामाजिक, सा“स्कृतिक चेतनाहरु पनि बदलिदै जान्छ । राम्रो र नराम्रो, सहि र गलत पक्षहरुको पनि समाजमा देखा पर्दै जान्छ । त्यसैले युवा आन्दोलन शहि ढंगले अगाडि बढाउनको लागि आन्दोलनको विचारधारात्मक पक्षलाई पनि राम्रो गरि बुझ्न आवश्यक छ र सहि विचारको पक्षमा आफुलाई समाहित गर्न जरुरी छ । जुनकुरा क्रान्तिकारी युवा आन्दोलनको मुख्य कडि हुन जान्छ । हाल नेपालको युवा आन्दोलनमा मुख्यत ः ३ ओटा विचारधारात्मक पक्षमा युवा आन्दोलन क्रियाशिल रहेका छन ।

प्रतिक्रियावादी चिन्तन,
यसमा प्रतिगामी र यथास्थितिवादी विचारधारात्मक पक्ष छन । युवा आन्दोलनमा यतिवेला प्रतिगामीको अवस्था कमजोर रहेको छ । खासगरी गत ०६२÷६३ को ऐतिहा“सिक जन आन्दोलनको बलबाट राजतन्त्रको औपचारिक अन्त्य पछि यो धाराको खासै चर्चा छैन । तर, आज पनि यो वैचारिक पक्षमा यथास्थितिवादको चलखेल देखिन्छ । यसको मुख्य अभिष्ट भनेको आज विद्धमान रहेको दलाल, नोकरशाह, पु“जिपती तथा सामन्तवर्गको राज्य सत्तालाई टिकाई राख्नु हो । यसको अर्थ यथास्थितिवादको पक्षपोषण गर्नु हो । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा जान नदिन भुमिका खेलिरहेको हुन्छ । यसले विद्धमान रहेको दमन, शोषण, उत्पीडन, भेदभावलाई कायमै राख्न चाहन्छ । प्रतिक्रियावादी राज्य सत्तालाई टिकाईराख्न यसले बारम्वार गुण्डागर्दी गर्दछ । साम्राज्यवाद विस्तारवादको दलाली गर्ने काम गर्दछ । यो पक्ष सामन्त, दलाल नोकरशाह, पु“जिपती बर्गको निरन्तर सेवामा लागिरहेको छ । यसको सस्थागत प्रतिनिधित्व मुख्य नेपाल तरुण दलले गरेको छ । आफुलाई नेपाली काग्रेसको भातृ संगठनको रुपमा चिनाउने यो युवा संगठनले मुख्य यथास्थितिवादको पक्षपोषण गर्दछ र प्रतिक्रियावादी राज्य सत्ताको टिकाई राख्न भुमिका खेल्दछ । लगाएत अन्य कतिपय स साना युवा संगठनहरु पनि यसमा क्रियाशिल रहेका छन । यसले युवा आन्दोलनलाई अग्रगामी दिशामा लैजान अवरोध सृजना गरिरहेको छ । यसबाट सवै युवाहरु स्पस्ट हुन आवश्यक छ ।

सुधारवादी चिन्तन,
यो विचारधारात्मक पक्षको सैद्धान्तिक नेतृत्व दक्षिणपंथी अवसरवादले गर्दछ । यो विचारधारा सहि क्रान्तिकारी विचारधारा स“ग नजिक देखिएको भएता पनि यसले अन्त्यतः तिनै दलाल, नोकरशाह तथा पुजिपती बर्गको सेवामा नै लागेको हुन्छ । प्रतिक्रियावादी राज्यसत्ताको संरक्षणमा नै यो धारा क्रियाशिल रहेको पाईन्छ । यसको मुख्य अभिष्ट सुधारवाद हो । सामान्य सुधारलेनै युवा समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने यसको मुल दृष्टिकोण हो । यसले बर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिएको हुन्छ । बर्तमान प्रकृतिको चुनावबाट नै सवै कुराको हल गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । सरकार, सत्ता, कुर्सी, पदको लागि यो चिन्तन मरिहत्य गरेर लागेको हुन्छ । साम्राज्यवाद, विस्तारवाद, सामन्तवादस“ग सा“ठगा“ठ नगरीकन आफ्नो स्वर्थ पुर्ती नहुने भएकोले यसले जहिल पनि साम्राज्यवाद, विस्तारवाद र सामन्तवादस“को आत्मसमर्पण, उनिहरुको दलाली गर्दछ । जो नेपालको सन्दर्भ पनि ताजै छ । तत्कालिन तथा दिर्घकालिन विषयहरुको छिनोफानोमा पनि यसको चरित्र ढुलमुल, अस्पस्ट र अवसरवादी प्रकारको हुन्छ, त्यसैले यसले जहिले राष्ट्रघाती तथा जनघाती कामको पक्षपोषण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक युवा संघ, नेपाल (हालको युवा संघ, नेपाल) ले यो विचारधाराको नेतृत्व गरिरहेको छ । यसमा अन्य कतिपय युवा संगठनहरु पनि क्रियाशिल रहेको पाईन्छ । यसले युवाहरुको जोस, जा“गर, उत्साह÷उमङ्गलाई नष्ट पारी युवा आन्दालनलाई सुधारवादमा लगेर फसाउ“छ । संसदीय गोलचक्करमा युवा आन्दोलनलाई केन्द्रीत गर्दछ । त्यसैले सुधारवादी विचारधाराको बारेमा सवै युवाहरु स्पस्ट हुन आवश्यक छ । यसले नेपाली क्रान्तिकारी आन्दोलनलाई अवरोध सृजना गरिरहेको हुन्छ । यो धारा युवा आन्दोलन र युवा मुक्तीको लागि अवरोधक रहेको छ । त्यसैले यसबाट स्पस्ट हु“दै, सहि क्रान्तिकारी युवा आन्दोलनमा समाहित हुन आवश्यकता छ ।

अराजकतावादी चिन्तन,
क्रान्तिकारी युवा आन्दोलनमा अर्को खतरनाक प्रवृतिको नेतृत्व अराजकतावादी विचारधारले गरेको छ । यसको सैद्धान्तिक नेतृत्व “उग्रबामपंथी” चिन्तनले गरेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्न सक्दैन । अराजकतावादी गतिविधी यसको चारित्रिक पहिचान हो । उग्रवामपंथी भड्कावको पतन दक्षिणपंथी असरवादमानै हुने भएकोले क्रमशः यसले पनि बर्ग संघर्षलाई तिलाञ्जली, सर्वहारावर्ग अधिनायकत्वलाई तिलाञ्जली, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य÷मान्यतालाई तिलाञ्जली दिदै अगाडि बढिरहेको हुन्छ । नया“ जनवादी क्रान्तिको नीति देखाउनको लागि मात्र प्रयोग गरिन्छ । यो प्रवृति पनि सरकार, कुर्सी, पद ÷प्रतिष्ठा को लागि लालाहित हुने भएकोले यसले साम्राज्यवाद, विस्तारवाद र सामान्तवादस“गको सम्वन्धलाई सुधार गर्दै अगाडि बढिरहेको छ । यसको नेतृत्व आज योङ कम्युनिष्ट लिंग ले गरेको छ ।

क्रान्तिकारी चिन्तन,
युवाहरुको समस्यालाई ठोस ढंगले पहिचान गरेर आमुल परिवर्तकारी आन्दोलनकै बलमा युवाहरुको समस्यालाई समाधान गर्न क्रान्तिकारी चिन्तन लागि परेको हुन्छ । यसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवादको विरुद्धमा सधै संघर्षमा जोडदिन्छ । सामन्त, दलाल तथा नोकरशाह पु“जिपती बर्गको राज्यसत्तालाई खतम पारेर नया“ जनवादी राज्यसत्ताको स्थापनामा जोड दिन्छ । क्रान्तिकारी आन्दोलनको सधै सहयोगी भुमिका खेििलरहेको हुन्छ । यसले समाजमा हुने सवैखाले शोषण, दमन र उत्पीडनको अन्त्यको लागि संघर्षमा जोड दिनु पर्ने कुरामा विश्वास राख्दछ । माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पदप्रदशक सिद्धान्त मान्दै, नया“ जनवादी क्रान्ति, सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्य सत्ताको स्थापना, महान सर्वहारा सा“स्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको हुन्छ । यसले ठोस परिस्थितिको ठोस विष्लेषण गर्दै आफ्नो क्रान्तिकारी युवा आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । क्रान्तिकारी नीति, सिद्धान्त, दर्शनलाई आत्मसाथ गर्नु यसको चारित्रिक विषेशता हो । शोषण प्रति घृणा र श्रम प्रतिको प्रेमलाई आत्मसाथ गर्दछ ।

यस प्रकारको क्रान्तिकारी चिन्तनले मात्र युवा आन्दोलनलाई सहि ढंगले नेतृत्व प्रधान गर्न सक्दछ । युवाहरुको समस्याहरुलाई सहि ढंगले समाधान गर्न भुमिका खेल्न सक्दछ । त्यसैल्ो, यस प्रकारको क्रान्तिकारी चिन्तनले लेस भएको युवा संगठनको निर्माण आजको आवश्यकता हो । सामन्यतः यो भुमिकालाई हेर्दा आज नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) त्यो दिशामा परिचालित भएको छ । यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन भएकोले पनि यसको क्रान्तिकारी दायीत्व झन बढेर जाने कुरा स्वतहः सिद्ध छ । त्यसको विकाश, विस्तार, रुपान्तरणको लागि धेरै काम गर्न अझै पनि आवश्यक छ । यसको भुमिकालाई देशका सम्पूर्ण भागका युवाहरुलाई पहिचान दिलाउन र संगठन विस्तारमा जोड दिन अझै बा“की छ । निश्चयनै यो भुमिकाहरुलाई पुरा गर्न क्रान्तिकारी चिन्तन बोकेको नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) सफल हुनेनै छ । त्यसको लागि संगठनमा लागेका सवै नेता कार्यकर्ता जिम्मेवारी बोधका साथ लाग्नु आजको परिवेशले माग गरेको यर्थाथता र दायीत्वबोध हो ।

४. क्रान्तिकारी युवा आन्दोलनको निम्ति तत्काल गर्नु पर्ने कामहरु ः
युवाहरुलाई ठोस ढंगले मुलुकको बारेमा चिन्ता गर्ने र आमुल परिवर्तनकारी आन्दोलनमा समाहित हुने दिशा प्रवाहित गर्न अनिवार्य रहेको विषय हो । त्यसको लागि तत्कालमा केहि कामलाई सुचिकृत गरेर अगाडि बढाउन आवश्यक छ ।
विचारधारात्मक काम ः
क) नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्न ध्यान दिनु , ख) देशका केन्द्र, प्रदेश, जिल्ला, एरिया, गा“उ÷नगर र टोलहरुमा पुस्तकालय र वाचनालयहरुको व्यवस्थापन गर्न जोड दिनु, ग) व्यापक रुपमा युवाहरुलाई साहित्य, राजनीति, अर्थनीति, दर्शन, कला आदीको विषयमा स्वअध्ययनलाई प्रशय दिने, घ) आवश्यक पाठ्य साम्रागीको तयार पार्ने र नियमित तल पठाउन ध्यान दिने, ङ) संगठनको मुखपत्र, बुलेटिन आदी जस्ता प्रकाशनहरुलाई नियमित बनाउने, च) विश्व स्तरमा संचालन भएका क्रान्तिकारी आन्दोलन स“ग सम्वन्धित पाठ्य सामाग्रीहरुको अध्ययनमा जोड दिने, छ) नियमित प्रशिक्षणमा जोड दिने, आदी ।
संगठनात्मक काम ः
क) संगठनहरुको प्रचारात्मक कामले ल्याएको अनुकुलतालाई तुरुन्त संगठनात्मक शक्तिमा बदल्न प्रयत्न गर्ने, ख) युवा पूर्णकालिन कार्यकर्ता निर्माणमा व्यापक जोड दिने, ग) व्यापक युवा पूर्णकालिन कार्यकर्ताको परिचालन, रेखदेख, र विस्तारमा जोड दिने, घ) आम जनतालाई साधारण सदस्यमा, साधारण सदस्यलाई संगठित सदस्यमा, संगठित सदस्यलाई अगुवा कार्यकर्तामा, अगुवा कार्यकर्तालाई पूर्णकालिन कार्यकर्तामा बदल्न मुख्य ध्यान दिने, ङ) नियमित सम्मेलन, भेला, बैठक आदी जस्ता कामको निरन्तरतामा जोड, आदी ।
संघर्ष सम्वन्धी काम ः
क) सम्राज्यवाद, विस्तारवाद, सामन्तवाद विरुद्धको संघर्षमा व्यापक जोड दिनु, ख) पु“जीवाद, यथास्थितिवाद र संङ्क्रिणवाद विरुद्धको संघर्षमा जोड, ग) सुधारवाद तथा अराजकतावाद विरुद्धको संघर्षमा जोड दिनु, घ) राष्ट्रियता, जनअधिकार तथा जनजिविकाको पक्षमा हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, ङ) सामाजिक तथा सा“स्कृतिक रुपान्तरणको निम्ति हुने संघर्षमा भाग लिनु र नेतृत्व गर्नु, च) शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको निम्ति चल्ने संघर्षमा भाग लिनु र त्यसको नेतृत्व गर्नु, छ) रचनात्मक, सृजनात्मक क्रियाकलाप, र जनवादी सुधार अभियानलाई तिर्वता दिनु र त्यसको लागि संघर्ष गर्नु , आदी ।

५. क्रान्तिकारी युवा आन्दोलनले अनुशरण गर्नुपर्ने कुराहरु ः
क) कडा मेहनत गर्नु, मुख्य कुराहरु बुझ्नु, सहि विषयहरु छान्नु र त्यसमा विशेषज्ञ बन्न पहल गर्नु, ख) कडा मेहनत गर्नु, राम्रो योजना बनउनु, मुख्य विषयहरुमा ध्यान केन्द्रीत गर्नु र आफु व्यवस्थित बन्नु, ग) अध्ययनलाई कामस“ग गास्नु, समय, स्थान र परिस्थितिको उचित मुल्याङ्कन गर्नु, घ) कामको बारम्वार मुल्याङ्कन÷सिमाहलोकन गर्नु, ङ) नया“ नया“ कुराहरु पत्ता लगाउनु, सृजना गर्नु र त्यसलाई व्यवहारमा लागु गर्नु, च) आफ्नो र अरुको गलत विचारहरुको विरुद्ध संघर्ष गर्न सिद्धान्तनिष्ट बन्नु, छ) कामहरुको असल कुराहरुलाई प्रयोग गर्नु र कमजोरीहरुलाई सच्चयाउनु, ज) जनताबाट अलग नहुनु, जनताबाट सिक्नु र जनतालाई सिकाउनु, झ) जनतालाई सधै मद्धत गर्नु र सामुहिक जिवन विताउन सधै कोशिस गर्नुृ, ञ) अध्ययन अनुसन्धानलाई ध्यान दिनु र अनुशासनको सधै पालना गर्नु, ट) तन्दुरुस्त बन्न ध्यान दिनु र नियमित व्यायमहरु गर्नु, ठ) श्रम प्रतिको आस्था र शोषण प्रतिको घृणालाई दृढ बनाउनु, आदी । जुन विषयहरुमा कामरेड माओले व्यापक चर्चा गर्नु भएको थियो ।

समापनमा,
ठेगान गरिएको समयमा त संविधान बनेननै । थपिएको समयमा पनि नया“ अग्रगामी सार्थक संविधान बन्ने कुनै आधार छैन । आफुलाई ठुला भनाउदा पार्टीहरु संविधान बनाउनमा भन्दा सत्ता, सरकार र कुर्सीको लागि मरिहत्य गरिरहेका छन । देशको राजनीतिक संक्रमणको फाईदा उठाउनको लागि साम्राज्यवादी तथा विस्तारवादी झन कम्मर कसेर लागेका छन । उनिहरुको चलखेल तिर्व ढंगले बढेको छ । दिनहु“ सिमा मिचिएको छ । राष्ट्रियताको समस्या गम्भिर बनेको छ । हत्या, हिङ्सा, अराजकता, असान्ती बढेको छ । यस्तो अवस्थामा हामी सवै नेपाली युवाहरु बर्तमानमा थोपरिएका समस्याहरुलाई समाधान गर्न फेरी एकपटक एकतावद्ध हुन आवश्यकता छ । फेरी एक पटक आन्दोलनको आ“धी बेहरी सृजना गर्न जरुरी छ । जनताको अनेक समस्याहरुलाई बेवास्था गर्दै कुर्सीको लागि मरिहत्य गर्ने दल र नेताहरुलाई खवरदारी गर्नु पर्ने बेला भएको छ । त्यसैले थप गरिएको समयमा सार्थक संविधान निर्माणको लागि सवै एकतावद्ध बनौं । फेरी एकपटक आ–आफ्नो स्थानबाट जुरुक्क उठौं ।



(लेखक ः– नेकपा (एकीकृत) का केन्द्रीय सदस्य तथा नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) का केन्द्रीय सल्लाहकार हुनुहुन्छ )

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...