Saturday, March 6, 2010

मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशावोध ः


युवा कम्युनिष्ट, नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) केन्द्रीय मुखपत्र–
अंक २ २०६६ फागुन
चिरन पुन
केन्द्रीय सदस्य तथा मगरात ईन्चार्ज
नेकपा –एकीकृत)
शुभारम्भ,
जाडो मौसमले कोल्टे फेरिसकेको छ । यात्रा मोटरसाईकलको हो । कन्चनपुर महेन्द्रनगर गड्डाचौकीबाट झापाको का“कडभित्ता पुग्नु छ । तराईका सम्पुर्ण जिल्ला सदरमुकामहरु, सिमा अतिक्रमित क्ष्ँेत्रहरुमा पुग्दा करिब १८ सय किलोमिटरको दुरी पार गर्नु छ । जीवनको आधा भन्दा धेरै उमेरकटाईसकेका देखि भर्खर युवा अवस्थामा पुगेका कामरेडहरुको जमघट छ । अभियानमा आवश्यक पर्ने भौतिक सामाग्री बोकेको तिन ओटा गाडीहरु अभियानको पोस्टरले छपक्क ढाकिएको छ । दुईओटा माईकबाट राष्ट्रियता माथिको हस्तक्ष्ँेप र राष्ट्रियता रक्ष्ाँको लागि सवैलाई एकजुट हुन आव्हान गरिएको छ । कतिपय स्थानहरुमा मोटरसाईकलले गति लिन छोड्छ तर मर्मत गर्ने साथिले कुनै समयनै नलगाई ठिक पारी हाल्नु हुन्छ । बेलाबेलामा राष्ट्रपे्रमी गीतहरु पनि घन्किन्छ । सवै गाडिहरु तथा मोटरसाईकलहरुमा कम्युनिष्ट पार्टी र यृुवा संघका लाल झण्डाहरु फहराईरहेका छन ।
सिमा अतिक्रमण बन्दगर । अतिक्रमित भुमी फिर्ता गर । भारतीय सेना कुटियाङ्दी पारी जा । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धि÷संझौताहरु खारेज गर । मुल्य वृद्धी नियन्त्रण गर । निर्धारीत समयमा सार्थक संविधान जारी गर । आदी जस्ता नाराहरुले अभियान गुञ्जयमान छ । प्रचा वितरण, कोण सभा, क्ष्ँेत्रीय सभा, विचारगोष्ठि, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु नियमित भैरहेका छन । यात्रामा सहभागी भएका कामरेडहरुलाई स्वागत गर्न विभिन्न स्थानहरुमा न्यायप्रेमी जनसमुदायहरु रातो अविर तथा फुलमा मालाहरुका साथ जमघट भएको पाईन्छ । कतै पक्की सडक त कतै धुले, कतै गा“उ त कतै सहर, कतै भिरपाखा, बन जंगल कतै खोलानालाहरु पार गर्दै अभियान अघी बढिरहेको छ । खाना, नास्ता र सुताईको कुनै निर्धारित समयनै छैन तर सवै अभियानमा सहभागी कामरेडहरुको अनुहार ह“सिलो छ । जोस–जा“गर छ, अभियान सफल पार्न उमङ्ग छ । सिमा अतिक्रमणको पीडा छ, नेपाली स्वाभिमान माथि भैरहेको विस्तारवादी हस्तक्ष्ँेपको विरुद्ध आक्रोश छ । यो सन्दर्भ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को आयोजनामा सम्पन्न गरिएको राष्ट्रियताको रक्ष्ाँ र अग्रगामी संविधान निमार्णका लागि मेची महाकाली जनजागरण अभियान – २०६६ को हो । गत २०६६ मंसीर १० गते देखि २१ गते सम्म संचालित अभियानको मु्ख्य नारा “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने थियो ।
सीमा अतिक्रमणको प्रश्न ःआज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा विद्धमान रहेको छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाह वर्गको हातमानै रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक लगाएतका क्ष्ँेत्रमा सामन्तवादी चिन्तन, शैली र तौर–तरिका कायमनै छ । बहुदलको आगमन र मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि सरकारमा रहेका दलहरुले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग लम्पसार परेर आफ्नो कुर्सीको आयु लामो बनाउने प्रवृती गएको छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मीक लगाएत सम्पूर्ण क्ष्ँेत्रमा मु्््ख्य रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्ष्ँेपले नेपाल र नेपाली जनताको स्वाभिमान माथि सम्पूर्ण क्ष्ँेत्रमा धावा बोलिरहेको छ । जसमध्ये यतिवेला सीमा अतिक्रमणको प्रश्न मुख्य विषय बनेको छ ।
भारतीय विस्तारवादले नेपालको पुर्व देखि पश्चिमसम्म आफ्नो विस्तारवादी खुनी हस्तक्ष्ँेपको एउटा रुप नेपाली सीमा अतिक्रमण गरेर देखाएको छ । दार्चुलाको कालापानी– लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।
ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ । यस्तो अवस्थामा संचालन गरिएको जनजागरण अभियान–२०६६ ले यि विषयहरु जनताको वीचमा राख्दै यस प्रकारको सीमा अतिक्रमणको विरुद्ध एकजुट हुन अव्हान गरेको थियो । सरकारमा रहेका दलहरुलाई यस प्रति संवेदनशिल हुन खवरदारी गर्नु , भारतीय विस्तारवादलाई जनताको तर्फबाट यसप्रकारका गतिविधी संचलन नगर्न चेतावनी दिनु, सम्पूर्ण न्यायप्रेमी जनसमुदायको ऐक्यवद्धता जाहेर गर्नु अभियानको एउटा पक्ष्ँ रहेको थियो ।
किन सार्थक संविधान निमार्णको आवश्यकताःअभियानको अर्को महत्वपूर्ण पक्ष्ँ भनेको तोकिएको समयमै भित्रै सार्थक संविधान निमार्ण गर्नु पर्ने कुरामा केन्द्रीत थियो । हामीले देखेका छौं, आज सम्म पनि जनआन्दोलनका अपराधीहरुलाई कारवाही हुन सकेको छैन । सरकार जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्न लागिपरेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल मोडमा छ । जनताले संघीय गणतन्त्रको व्यवहारमा अनुभुत गर्न पाईरहेका छैनन । संविधानसभा र सरकार तोकिएको समयमा सार्थक संविधान निमार्ण गर्न प्रतिवद्ध छैन । अहिले पनि कुर्सीको लागि हानथाप भैरहेको छ । तोकिएको समय भित्र संविधान निमार्ण हुन सकेन सम्वैधानिक संकटहरु आउने छन । जसको बहानामा साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुको चलखेलले झन मलजल पाउने छ । मुलुकमा राजनीतिक असफलताको प्रश्नहरु स्वतहः आउनेछन, एकातिर यी प्रश्नहरु सृजना हुनेछन् भने अर्कोतिर संविधान निमार्ण भयो, तर त्यसले जनताको मागलाई न्यायोचित ढंगले संवोधन गर्न सकेन भने देश गृहयुद्ध तर्फ स्वतहः मोडिने छ । त्यसैले अब बन्ने संविधानले जनतालाई सार्थक ढंगले प्रतिनिधित्व गरिनु पर्दछ ।
संविधानमा संवोधन हुनु पर्ने मु्ख्य विषयहरु के हुनः १ आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विषयलाई ठोस ढंगले आत्मसाथ गरिनु पर्दछ । २. आज सम्म नेपाली जनताले प्रतिनिधीहरु निर्वाचित गरेर धेरै पटक सरकार तथा संसदमा पठाए, तर ति प्रतिनिधीहरु जनता र मुलुक प्रति उक्तरदायी बन्न सकेनन । जनघाती तथा राष्ट्रघाती कामहरु गरे । असमान सन्धी÷संझौताहरु गरेर मुलुकलाई विदेशीको जातोमुनी लैजान भुमिका खेले । जनता र देशको लागी भन्दा आफ्नो सुख, सुविधा पुर्ती गर्ने तर्फ लागे । त्यसैले अव बन्ने संविधानमा सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हान सहितको सासन प्रणाली लागु गरिनु पर्दछ । ३. आज सम्म नेपाली जनतालाई गास, बास, कपास, सामाजिक सुरक्ष्ाँ, रोजगार, शिक्ष्ाँ, स्वास्थ लगाएतका विषयहरुमा सवैभन्दा बढी उत्पीडन गरियो । त्यसैले अब यी विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र राखेर संविधान निमार्ण गरिनु पर्दछ । ४. राज्यको सवैतह र प्रकृयाहरुमा उत्पीडित समुदाय, जात– जाती, आदिवासी÷जनजाती, तराईवासी, लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । ५. आज सम्म नेपालमा लागु भएको निर्वाचन प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसकेकोले मजदुर र किसान बर्गको प्रतिनिधित्वको सुनिश्चितता सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब बन्ने संविधानमा लागु गरिनु पर्दछ । ६. आज सम्म नेपालको सेना मु्ख्यतः दरबारको दलाली, गुलामी र मलामी जस्ता काममा मात्र सिमित भयो । पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्टिय सम्वन्धहरुलाई सुधार तथा व्यवस्थित गर्दै सेनाको न्युनिकरण र उन्मुलनको प्रकृयामा जान जनशुरक्ष्ाँ प्रणालीको लागु गरिनु पर्दछ । ७. आज पनि देशको अर्थतन्त्र दलाल तथा नोकरशाह वर्गको हातमा नै छ । अर्थतन्त्रले सामन्तवादको पक्षपोषण नै गरेको छ । त्यसैले अब बन्ने संविधानमा मुलुकको अर्थ व्यवस्था समाजवाद उन्मुख हुन आवश्यक छ । यी अब बन्ने संविधानको महत्वपूर्ण पक्षहरु हुन । यसलाई वेवास्था गरेर बन्ने संविधानले जनताको आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । यस कुरामा सवैको ध्यान जान आवश्यक छ । यसै सन्दर्भहरुलाई जनताको तहबाट दबाब सृजना गर्नु आजको मुख्य विषय हो । त्यसैले मेची–महाकाली जनजागरण अभियान–०६६ को नामबाट नेकपा (एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले जनताको विचमा जागरण अभियान संचालन गरेको हो ।
समापनमा, “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने मुल नाराको साथ सम्पन्न भएको राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निमार्णका लागि मेची–महाकाली जनजागरण अभियान २०६६ लाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने जनसमुदायलाई धन्यवाद नदिईरहन सकिन्न । अभियान निकै समय सान्दर्भिक थियो । आज सम्म कुनै राजनीतिक पार्टी वा संस्थाले यसप्रकारको कार्यक्रम संचालन गरेको थिएन । अभियानमा सामन्य कमी कमजोरीहरु ह्ुनु स्वभाविक हो । यो जनजागरण अभियानमा शुरुदेखि अन्त्यसम्म खटेर अभियान सफल पार्ने संगठनका सम्पूर्ण कामरेडहरुको भुमिका महत्वपूर्ण रहेको छ । यो अभियान मार्फत उठान गरेका मागहरु पक्कै पनि ओजनदार छन, यी मागहरुलाई पुरा गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु झन एकतावद्ध हुन आवश्यक छ । त्यसैले मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशाबोधलाई आत्मसाथ गरौं ।
अजष्चबलउगलवष्२नmबष्।िअयm

युवा कम्युनिष्ट, नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) केन्द्रीय मुखपत्र–
अंक २ २०६६
फागुन
चिरन पुन केन्द्रीय सदस्य तथा मगरात ईन्चार्ज, नेकपा –एकीकृत)
शुभारम्भ, जाडो मौसमले कोल्टे फेरिसकेको छ । यात्रा मोटरसाईकलको हो । कन्चनपुर महेन्द्रनगर गड्डाचौकीबाट झापाको का“कडभित्ता पुग्नु छ । तराईका सम्पुर्ण जिल्ला सदरमुकामहरु, सिमा अतिक्रमित क्ष्ँेत्रहरुमा पुग्दा करिब १८ सय किलोमिटरको दुरी पार गर्नु छ । जीवनको आधा भन्दा धेरै उमेरकटाईसकेका देखि भर्खर युवा अवस्थामा पुगेका कामरेडहरुको जमघट छ । अभियानमा आवश्यक पर्ने भौतिक सामाग्री बोकेको तिन ओटा गाडीहरु अभियानको पोस्टरले छपक्क ढाकिएको छ । दुईओटा माईकबाट राष्ट्रियता माथिको हस्तक्ष्ँेप र राष्ट्रियता रक्ष्ाँको लागि सवैलाई एकजुट हुन आव्हान गरिएको छ । कतिपय स्थानहरुमा मोटरसाईकलले गति लिन छोड्छ तर मर्मत गर्ने साथिले कुनै समयनै नलगाई ठिक पारी हाल्नु हुन्छ । बेलाबेलामा राष्ट्रपे्रमी गीतहरु पनि घन्किन्छ । सवै गाडिहरु तथा मोटरसाईकलहरुमा कम्युनिष्ट पार्टी र यृुवा संघका लाल झण्डाहरु फहराईरहेका छन ।
सिमा अतिक्रमण बन्दगर । अतिक्रमित भुमी फिर्ता गर । भारतीय सेना कुटियाङ्दी पारी जा । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धि÷संझौताहरु खारेज गर । मुल्य वृद्धी नियन्त्रण गर । निर्धारीत समयमा सार्थक संविधान जारी गर । आदी जस्ता नाराहरुले अभियान गुञ्जयमान छ । प्रचा वितरण, कोण सभा, क्ष्ँेत्रीय सभा, विचारगोष्ठि, अन्तरक्रिया लगाएतका कार्यक्रमहरु नियमित भैरहेका छन । यात्रामा सहभागी भएका कामरेडहरुलाई स्वागत गर्न विभिन्न स्थानहरुमा न्यायप्रेमी जनसमुदायहरु रातो अविर तथा फुलमा मालाहरुका साथ जमघट भएको पाईन्छ । कतै पक्की सडक त कतै धुले, कतै गा“उ त कतै सहर, कतै भिरपाखा, बन जंगल कतै खोलानालाहरु पार गर्दै अभियान अघी बढिरहेको छ । खाना, नास्ता र सुताईको कुनै निर्धारित समयनै छैन तर सवै अभियानमा सहभागी कामरेडहरुको अनुहार ह“सिलो छ । जोस–जा“गर छ, अभियान सफल पार्न उमङ्ग छ । सिमा अतिक्रमणको पीडा छ, नेपाली स्वाभिमान माथि भैरहेको विस्तारवादी हस्तक्ष्ँेपको विरुद्ध आक्रोश छ । यो सन्दर्भ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) को आयोजनामा सम्पन्न गरिएको राष्ट्रियताको रक्ष्ाँ र अग्रगामी संविधान निमार्णका लागि मेची महाकाली जनजागरण अभियान – २०६६ को हो । गत २०६६ मंसीर १० गते देखि २१ गते सम्म संचालित अभियानको मु्ख्य नारा “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने थियो ।
सीमा अतिक्रमणको प्रश्न ःआज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा विद्धमान रहेको छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाह वर्गको हातमानै रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक लगाएतका क्ष्ँेत्रमा सामन्तवादी चिन्तन, शैली र तौर–तरिका कायमनै छ । बहुदलको आगमन र मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि सरकारमा रहेका दलहरुले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुस“ग लम्पसार परेर आफ्नो कुर्सीको आयु लामो बनाउने प्रवृती गएको छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सा“स्कृतिक, धार्मीक लगाएत सम्पूर्ण क्ष्ँेत्रमा मु्््ख्य रुपमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्ष्ँेपले नेपाल र नेपाली जनताको स्वाभिमान माथि सम्पूर्ण क्ष्ँेत्रमा धावा बोलिरहेको छ । जसमध्ये यतिवेला सीमा अतिक्रमणको प्रश्न मुख्य विषय बनेको छ ।
भारतीय विस्तारवादले नेपालको पुर्व देखि पश्चिमसम्म आफ्नो विस्तारवादी खुनी हस्तक्ष्ँेपको एउटा रुप नेपाली सीमा अतिक्रमण गरेर देखाएको छ । दार्चुलाको कालापानी– लिम्पियाधुरा, कञ्चनपुरको शुक्लाफा“टा, शारदा ब्यारेज, गड्डाचौकी, बनबासा, टनकपुर ब्यारेज तथा त्यस आसपासका डुवान क्ष्ँेत्र, ब्रहमदेवमण्डी र पुर्णगिरी क्षेत्रमा पनि हजारौ विगाहा जमिन अतिक्रमणमा परेको तत्थ्य रहेको छ । कैलालीको लालबझी, रतनपुर, कालाकुन्डा र भजनी क्ष्ँेत्र बर्दियाको सती विरानाला, मादानाला, मनाउखेरी, टपरा, मुर्तिया, मानपुर र बा“केको सन्तलिया, होलिया, नैनापपुर (लक्ष्मणपुर बा“ध) क्ष्ँेत्र पनि व्यापक सिमा अतिक्रमणको क्ष्ँेत्रमा पर्दछन । दाङ जिल्लाको कोईलाबास, राजपुर, बेला र गोबडिया लगाएतको भारतस“ग जोडिएको २७ भन्दा बढी नाकाहरुमा भारतीय विस्तारवादले नेपाली सिमा अतिक्रमण गरेको छ भने यो क्रम रोकिएको छैन ।
ईलामको पशुपतिनगर, हिले, मानेभञ्ज्याङ आदी स्थानहरु यस भन्दा अघि नै अतिक्रमण भएको थियो भने अहिले सन्दकपुरमा भारतीय पक्ष्ँबाट खुलेआम अतिक्रमण भएको छ । ताप्लेजुङको कावेलीकाबु, भगेना, तुम्लिङ, टिम्वापोखरी र पा“चथरको च्या“ङथापु, सिंहलीला र चियाभञ्ज्याङमा सिमा अतिक्रमण भएको छ । झापाको माठामारी, भद्रपुर, गगललियाजान, का“कटभिट्टा, नकसवन्डा र पछिल्लो समयमा बाहुनडा“गी र महेशपुरमा थप नेपाली सिमा अतिक्रमणमा परेको छ । मोरङमा बक्राहा (लुना नदी), चुनीमाडी, रंगेली चोप्राहा, बुद्धनगर, जोगवनीनाका र सुनसरीको कटैया, दरिनगरिया, शिवगञ्ज, साहेवगञ्ज र भन्टावारी आदी स्थानमा नेपाली भुभाग गुमेको छ । त्यस्तै रौतहटको गौरजमुना र सलार्हीको त्रिभुवननगर, संग्रामपुर, हथिऔल सिराहाको चन्द्र्र्र्रगञ्ज, माडर र टा“डी र सप्तरीको वर्णपट्टी, सरबडा, छिनमस्ता, लालपट्टी, कुनौली, विष्णुपुर, शिवनगर गाढा पनि अतिक्रमणमा परेका भुभागहरुमा पर्दछन ।
हालै बाराको दक्ष्ँिण झिटकोहिया वरपरका सिमाक्ष्ँेत्रमा पनि ३० औं विगाहा जमिन भारतीय पक्ष्ँले अतिक्रमण गरेको कुराहरु आएका छन । पर्साको ठोरी, लक्ष्मीपुर, पिपरा र वीरगन्ज सिर्सिया, अलौ चितवनको वाल्मिकी आश्रम क्ष्ँेत्र लगाएतका सिमा क्ष्ँेत्रहरुमा भारतीय पक्ष्ँले नेपाली भुभागहरु लुटेको छ । त्यस्तै नवलपरासीको नर्साही क्ष्ँेत्र, महेशपुर लगाएतका क्ष्ँेत्र अतिक्रमणमा छ भने सुस्ता क्ष्ँेत्रको भुभाग बढ्ता अतिक्रमणको नमुना बनेको छ । रुपन्देहीको रसियावाल खुर्दलोटन बा“ध क्ष्ँेत्र र सुनौली नाका छन भने कपिलवस्तुको कृष्णनगर क्ष्ँेत्रमा नेपाली भुमि गुमेको छ । यस्तो अवस्थामा संचालन गरिएको जनजागरण अभियान–२०६६ ले यि विषयहरु जनताको वीचमा राख्दै यस प्रकारको सीमा अतिक्रमणको विरुद्ध एकजुट हुन अव्हान गरेको थियो । सरकारमा रहेका दलहरुलाई यस प्रति संवेदनशिल हुन खवरदारी गर्नु , भारतीय विस्तारवादलाई जनताको तर्फबाट यसप्रकारका गतिविधी संचलन नगर्न चेतावनी दिनु, सम्पूर्ण न्यायप्रेमी जनसमुदायको ऐक्यवद्धता जाहेर गर्नु अभियानको एउटा पक्ष्ँ रहेको थियो ।
किन सार्थक संविधान निमार्णको आवश्यकताःअभियानको अर्को महत्वपूर्ण पक्ष्ँ भनेको तोकिएको समयमै भित्रै सार्थक संविधान निमार्ण गर्नु पर्ने कुरामा केन्द्रीत थियो । हामीले देखेका छौं, आज सम्म पनि जनआन्दोलनका अपराधीहरुलाई कारवाही हुन सकेको छैन । सरकार जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्न लागिपरेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल मोडमा छ । जनताले संघीय गणतन्त्रको व्यवहारमा अनुभुत गर्न पाईरहेका छैनन । संविधानसभा र सरकार तोकिएको समयमा सार्थक संविधान निमार्ण गर्न प्रतिवद्ध छैन । अहिले पनि कुर्सीको लागि हानथाप भैरहेको छ । तोकिएको समय भित्र संविधान निमार्ण हुन सकेन सम्वैधानिक संकटहरु आउने छन । जसको बहानामा साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुको चलखेलले झन मलजल पाउने छ । मुलुकमा राजनीतिक असफलताको प्रश्नहरु स्वतहः आउनेछन, एकातिर यी प्रश्नहरु सृजना हुनेछन् भने अर्कोतिर संविधान निमार्ण भयो, तर त्यसले जनताको मागलाई न्यायोचित ढंगले संवोधन गर्न सकेन भने देश गृहयुद्ध तर्फ स्वतहः मोडिने छ । त्यसैले अब बन्ने संविधानले जनतालाई सार्थक ढंगले प्रतिनिधित्व गरिनु पर्दछ ।
संविधानमा संवोधन हुनु पर्ने मु्ख्य विषयहरु के हुनः १ आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको विषयलाई ठोस ढंगले आत्मसाथ गरिनु पर्दछ । २. आज सम्म नेपाली जनताले प्रतिनिधीहरु निर्वाचित गरेर धेरै पटक सरकार तथा संसदमा पठाए, तर ति प्रतिनिधीहरु जनता र मुलुक प्रति उक्तरदायी बन्न सकेनन । जनघाती तथा राष्ट्रघाती कामहरु गरे । असमान सन्धी÷संझौताहरु गरेर मुलुकलाई विदेशीको जातोमुनी लैजान भुमिका खेले । जनता र देशको लागी भन्दा आफ्नो सुख, सुविधा पुर्ती गर्ने तर्फ लागे । त्यसैले अव बन्ने संविधानमा सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हान सहितको सासन प्रणाली लागु गरिनु पर्दछ । ३. आज सम्म नेपाली जनतालाई गास, बास, कपास, सामाजिक सुरक्ष्ाँ, रोजगार, शिक्ष्ाँ, स्वास्थ लगाएतका विषयहरुमा सवैभन्दा बढी उत्पीडन गरियो । त्यसैले अब यी विषयहरुलाई राज्यको अनिवार्य दायीत्व भित्र राखेर संविधान निमार्ण गरिनु पर्दछ । ४. राज्यको सवैतह र प्रकृयाहरुमा उत्पीडित समुदाय, जात– जाती, आदिवासी÷जनजाती, तराईवासी, लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । ५. आज सम्म नेपालमा लागु भएको निर्वाचन प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसकेकोले मजदुर र किसान बर्गको प्रतिनिधित्वको सुनिश्चितता सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब बन्ने संविधानमा लागु गरिनु पर्दछ । ६. आज सम्म नेपालको सेना मु्ख्यतः दरबारको दलाली, गुलामी र मलामी जस्ता काममा मात्र सिमित भयो । पञ्चशीलको सिद्धान्तको आधारमा अन्तराष्टिय सम्वन्धहरुलाई सुधार तथा व्यवस्थित गर्दै सेनाको न्युनिकरण र उन्मुलनको प्रकृयामा जान जनशुरक्ष्ाँ प्रणालीको लागु गरिनु पर्दछ । ७. आज पनि देशको अर्थतन्त्र दलाल तथा नोकरशाह वर्गको हातमा नै छ । अर्थतन्त्रले सामन्तवादको पक्षपोषण नै गरेको छ । त्यसैले अब बन्ने संविधानमा मुलुकको अर्थ व्यवस्था समाजवाद उन्मुख हुन आवश्यक छ । यी अब बन्ने संविधानको महत्वपूर्ण पक्षहरु हुन । यसलाई वेवास्था गरेर बन्ने संविधानले जनताको आवाजहरुलाई प्रतिनिधित्व गर्न सक्दैन । यस कुरामा सवैको ध्यान जान आवश्यक छ । यसै सन्दर्भहरुलाई जनताको तहबाट दबाब सृजना गर्नु आजको मुख्य विषय हो । त्यसैले मेची–महाकाली जनजागरण अभियान–०६६ को नामबाट नेकपा (एकीकृत) र यसको सहायक संगठन नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) ले जनताको विचमा जागरण अभियान संचालन गरेको हो ।
समापनमा, “सीमा अतिक्रमण र बैदेशिक हस्तक्ष्ँेपको विरुद्ध हाम्रो अभियान, समृद्ध नेपालका लागि निर्धारित समयमा अग्रगामी संविधान “ भन्ने मुल नाराको साथ सम्पन्न भएको राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निमार्णका लागि मेची–महाकाली जनजागरण अभियान २०६६ लाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट महत्वपूर्ण सहयोग गर्ने जनसमुदायलाई धन्यवाद नदिईरहन सकिन्न । अभियान निकै समय सान्दर्भिक थियो । आज सम्म कुनै राजनीतिक पार्टी वा संस्थाले यसप्रकारको कार्यक्रम संचालन गरेको थिएन । अभियानमा सामन्य कमी कमजोरीहरु ह्ुनु स्वभाविक हो । यो जनजागरण अभियानमा शुरुदेखि अन्त्यसम्म खटेर अभियान सफल पार्ने संगठनका सम्पूर्ण कामरेडहरुको भुमिका महत्वपूर्ण रहेको छ । यो अभियान मार्फत उठान गरेका मागहरु पक्कै पनि ओजनदार छन, यी मागहरुलाई पुरा गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरु झन एकतावद्ध हुन आवश्यक छ । त्यसैले मेची–महाकाली जनजागरण अभियान २०६६ को दिशाबोधलाई आत्मसाथ गरौं ।
अजष्चबलउगलवष्२नmबष्।िअयm

Sunday, January 31, 2010

गणतन्त्र स्थापनाका लागि युवाहरूको भूमिका



(२०६३ आश्विन २८ गते अखिल नेपाल जनवादी युवा संघको विशेष राष्ट्रिय भेला काठमाडौंमा क. चिरन प’नद्धारा प्रस्तुत प्रतिवेदन ।)

ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली युवाहरूले खेलेको भूमिका महŒवपूर्ण छ । समाज परिवर्तन गर्न र आमूल परिवर्तनकारी आन्दोलन सफल पार्नका साथै हरेक समाजलाई रुपान्तरणको प्रक्रियामा लैजान युवाहरूको भूमिकाले नै मुख्य भूमिका खेल्ने भएकोले युवा संगठनहरू मजबुत बनाउन अनिवार्य रहेको छ । यस्तो अवस्थामा पनि हाम्रो संगठन अखिल नेपाल जनवादी युवा संघ आफ्नै विशिष्ट मोडमा छ । युवा आन्दोलन र संगठनभित्र विगतका दिनहरूमा हुने गरेका विखण्डनहरूले युवा आन्दोलन र संगठनलाई ठूलो क्षति पु¥याएको थियो । त्यसलाई आत्मसाथ गर्दै क्रान्तिकारी युवा संगठनहरूको बीचमा व्यापक ध्रुवीकरण हुुनुपर्ने टड्कारो आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । यसै उद्देश्यका साथ तात्कालीन अखिल नेपाल जनवादी युवा लिग र अखिल नेपाल युवक संघको २०५९ आश्विन १३ गते संयुक्त एकता अधिवेशनद्वारा औपचारिक रुपमा विघटन गरी अखिल नेपाल जनवादी युवा संघको निर्माण भएको थियो । जुन उद्देश्यलाई केन्द्रमा राखेर संगठनको एकता गरियो, त्यो अनुसार संगठन परिचालन हुन सकेन ।

संगठनभित्र अनेकौै समस्याहरू पैदा भए । संगठनको मुख्य नेतृत्वमा रहेका साथीहरूमा फूटपरस्त र पराई प्रवृत्ति हावी हु“दै गयो । व्यक्तिवादी, संकीर्ण र स्वेच्छाचारी प्रवृत्तिका आधारमा संगठन परिचालन गर्ने गलत शैलीहरू भित्र्याउने काम भयो । व्यापक गुटबन्दीजन्य कार्यहरू भए । संगठनात्मक पद्धति विपरीत अराजक कार्य र शैलीहरूको आधारमा चल्ने कामहरू भयो । संगठनलाई एकतामा बचाइ राख्नको लागि हाम्रो तर्फवाट धेरै पहल र प्रयत्नहरू भए तर ती प्रयत्नहरूलाई असफल पार्न र गुटगत मानसिकताको आधारमा संगठनलाई फुटाउने कार्यमा मुख्य नेतृत्व लागि प¥यो । एकातिर एउटा संगठन हु“दा–ह“ुदै अर्को को–अर्डिनेसन गठन गरेर अगाडि बढ्ने काम भयो भने अर्कोतिर संगठनभित्रै गोप्य संरचना निमार्ण गरेर अराजक गतिविधिमा लाग्नेमा मूल नेतृत्वबाटै मुख्य भुमिका खेलियो । यसरी मूल नेतृत्वमा देखिएको यिनै समस्याहरूको कारणले गर्दा आज हाम्रो संगठन पुनर्गठन गर्नुपर्ने अवस्थामा आयो । फेरि पनि विगतका दिनहरूमा जस्तै हामीले एकताको निम्ति हरदम कोशिस गर्नुपर्ने आवश्यकता छ । संगठनलाई पुनर्गठन गर्नुपर्ने अनिवार्य आवश्यकतालाई पूरा गरेर फेरी पनि व्यापक क्रान्तिकारी युवा आन्दोलन र संगठनलाई ध्रुवीकरणको प्रक्रियामा लैजानको निम्ति केन्द्रित योजनाको साथ अगाडि बढ्नुपर्ने दायित्वलाई मूल उद्देश्यभित्र राख्नुपर्ने अनिवार्य आवश्यकता छ । त्यसको साथै आमूल परिवर्तन र क्रान्तिकारी युवा आन्दोलनलाई अन्तिम लक्ष्यसम्म पु¥याउनको लागि क्रान्तिकारी विचार, संगठन, कार्ययोजना र व्यापक कार्यकर्ताको अनिवार्य आवश्यकता पर्दछ । त्यसको निम्ति हाम्रो संगठनभित्र केन्द्रित योजनाका साथ अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

देशको वर्तमान राजनैतिक अवस्था र खेल्नुपर्ने भूमिका ः–
ऐतिहासिक जनआन्दोलन ०६२÷६३ ले उठान गरेका माग र नाराहरूलाई, जनताद्वारा माग गरिएको लोकतान्त्रिक गणतन्त्रको उद्देश्यलाई पूरा गर्नु आजको मुख्य काम हो । जनतालाई पूर्णरुपमा सार्वभौमसत्ता सम्पन्न बनाउनु पर्ने विषय नै यतिबेलाको मुख्य एजेण्डा हो । राज्यको पुनर्संरचना, लोकतान्त्रिक गणतन्त्र, संविधानसभाको निर्वाचन, दुवै सेना र हतियारको व्यवस्थापनको प्रश्न, नागरिकता, अन्तरिम संविधान र निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा नीति, जनप्रतिनिधिहरूको प्रत्याव्हानको व्यवस्था, आदि विषयहरू नै देशको वर्तमान तात्कालीन राजनैतिक अवस्थामा देखा परिरहेका मूल र ज्वलन्त प्रश्नहरू हुन् ।
१. पुरानो राज्य संरचनालाई पुनर्संरचना गरिनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । राज्य पुनर्संरचना गर्दा भूगोल, बसोबास गरेमा जनजाति, देशभित्र बोलिने भाषाभाषि र संस्कृतिको आधारलाई केन्द्रमा राखेर गरिनु पर्दछ । त्यसो गर्दा अहिलेको राज्यलाई संघात्मक र आत्मनिर्णयको सिद्धान्त एवं जातीय, क्षेत्रीय स्वशासनका आधारमा गरिनु पर्दछ । समावेशी, सहभागितामूलक र समानुपातिक प्रतिनिधित्वमा आधारित लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक व्यवस्थाको अनिवार्य स्थापना गरिनुपर्दछ ।
२. लोकतान्त्रिक गणतन्त्रको अर्थ राजा र राजतन्त्रविहीन व्यवस्था हो । आज नेपाली जनताले राखेको मुख्य चाहना पनि यही हो । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ द्वारा राजा र राजसंस्था एक कदम झुकेको छ । त्यसको स्थितिलाई फैसला गर्न संविधान सभाको निर्वाचनभन्दा अगावै वा एकसाथ जनमत संग्रहद्वारा टुङ्गो लगाउन सकिन्छ । त्यो प्रक्रियामा जा“दा पनि फेरी जनताको जुझारु आन्दोलनको आवश्यकताको ढोका बन्द गरिनु हु“दैन ।
३. संविधान सभाको निर्वाचन नै आजको बिन्दुमा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने उपयुक्त बाटो हो । त्यसैले संविधान सभाको निर्वाचनलाई जनताको पक्षमा फैसलाको ग्यारेन्टी गर्न त्यसलाई प्रभावकारी बनाइनु पर्ने अनिवार्य रहेको छ । तर संविधान सभाको निर्वाचनलाई सफल पार्नको लागि त्यसमा प्रारुप, प्रक्रिया, निर्वाचन प्रणाली र प्रतिनिधित्वको व्यवस्था, निर्वाचक अंगहरू, निर्वाचनका क्षेत्रहरू जस्ता महŒवपूर्ण विषयरूपको टुङ्गो लगाउनु पर्दछ ।
४. अहिले राज्य र माओवादीस“ग रहेको सेना र हतियारको उचित व्यवस्थापन नभएसम्म संविधान सभाको निर्वाचन सफल हुन सक्ने धरातल बन्ने छैन । तत्काल नेपाली सेनालाई व्यारेकमा फिर्ता बोलाउनु पर्दछ भने माओवादी सेनालाई राज्यले अस्थायी शिविरको व्यवस्था मिलाई राखिनु पर्दछ । सरकारी र ने.क.पा.
(माओवादी)को बीचमा स्थायी युद्ध विराम सम्झौता, विस्तृत शान्ति सम्झौता गरिनु पर्दछ । साथै मानव अधिकारसम्बन्धी सम्झौता र बन्ने आचारसंहिताको दुवै पक्षद्वारा प्रतिवद्धता गरिनुपर्दछ । त्यसको प्रत्यक्ष असर नेपाली जनताले पूर्णरुपमा अनुभूति गर्न सकिने प्रकारले हुनु पर्दछ । तर पनि हाम्रो जस्तो मुलुकमा अब सेनाको जरुरी रहने छैन, नेपाल रहेको भूगोलको अवस्था, क्रान्तिकारी दृष्टिकोणको मुख्य आधारलाई हेर्दा अब हाम्रो मुलुकमा बुर्जुवा सेनाको विलोपीकरण गरी जनसुरक्षाको नीति अवलम्बन गरिनु पर्दछ । सेना र हतियारमा लगानी गरिएको ठूलो बजेट विकास निर्माणमा लगानी गरिनु पर्दछ ।
५. विशेष गरी तराईका भागहरूमा नागरिकताको समस्या ज्वलन्त रहेको छ । सम्पूर्ण नेपाली नागरिकले नेपाली नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय निकायको सिफारिस, राजनैतिक दलहरूको रोहवर र विशेषज्ञहरूको टोलीद्वारा वैज्ञानिक ढंगले छानविन गरी टुङ्गो लगाइनु पर्दछ ।
६. अर्को महŒवपूर्ण प्रश्न भनेको जुनसुकै निकायहरूमा जनप्रतिनिधिहरूको प्रत्यावहानको व्यवस्था गरिनु हो, आजसम्म निर्वाचित हुने जनप्रतिनिधिहरू जे–जस्ता प्रकारका राष्ट्रघाती, जनघाति काम गरे पनि प्रत्याव्हानको व्यवस्था नभएको कारणले गर्दा गलत प्रतिनिधिहरू पनि आफ्नो कार्यकालसम्म रहिरहने व्यवस्था छ । त्यो परिपाटीको अन्त्य गरिनु पर्दछ । त्यसो भयो भने मात्र निर्वाचित जनप्रतिनिधिहरू जनतास“ग उत्तरदायित्व बन्ने सवाल जोडिने छ ।
७. जसरी राजाको अधिनायकवादी निरंकुश गतिविधिहरूलाई सात राजनैतिक पार्टी, माओवादी र सबै नागरिक समाज र सबै वर्ग वा जनसमुदायको सहभागितामा परास्त गर्न सकियो, त्यसैगरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि त्यही प्रकारको संघर्ष मोर्चाको अनिवार्य आवश्यकता रहेको छ । लोकतान्त्रिक गणतन्त्रको एजेण्डालाई स्वीकार गर्ने सबै पार्टी, वर्ग र पेशागत संघ संस्था लगायत जनताको सहभागितामा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण हुन जरुरी छ । जसले लोकतान्त्रिक गणतन्त्रको मुख्य एजेण्डालाई जनतासम्म लैजानेछ । त्यो उद्देश्य प्राप्तिमा आउने षड्यन्त्ररूपलाई संघर्षद्वारा चिर्नेछ ।
संगठनसम्बन्धी तात्कालीन कार्य योजना ः–
क. संगठन सम्बन्धी काम ः–
१. संगठनको सम्पूर्ण संरचनाहरूलाई गठन र पुनर्गठन गर्न जोड दिनु ।
२. संगठनको सदस्यताहरू व्यापक युवाहरूको बीचमा वितरण गर्न जोड दिनु ।
३. संगठनको भेला, प्रशिक्षण भेला, कार्यशाला गोष्ठी संचालन गर्न जोड दिनु ।
४. संगठनले पर्चा, मुखपत्र, बुलेटिन प्रकाशन गर्न माथिदेखि तलसम्म जोड दिनु ।
५.वैचारिक अन्तरसंघर्षलाई व्यवस्थित पार्न र जनवादी केन्द्रीयताको सैद्धान्तिक मूल्य मान्यतालाई खलल हुन नदिन संघर्षमा जोड दिनु ।
६. विभिन्न तहमा छरिएर रहेका युवाहरूलाई क्रान्तिकारी संगठनमा गोलबन्द गर्न जोड दिनु । संगठित युवाहरूलाई अल्पकालीन कार्यकर्ता निर्माणमा जोडदिनु र अल्पकालिन कार्यकर्ताहरूलाई पूर्णकालीन कार्यकर्तामा रुपान्तरण गर्न जोड दिनु ।
७. संगठनको दृष्टिकोणलाई जनतामा स्थापित गर्न, अन्तरक्रिया, गोष्ठी, प्रवचन जस्ता कार्यक्रम संचालन गर्नमा जोड दिनु ।
८. आमूल परिवर्तनकारी विचारमा संभव भएका संगठन र व्यक्तिहरू सबैस“ग एकताको निम्ति जोडतोडका साथ पहल र प्रयत्न गर्नु ।
९. संगठनलाई अराजक, व्यक्तिवादी, संकीर्णता, फूटपरस्त र पराइ प्रवृत्तिबाट बचाई राख्न संघर्षमा जोड दिनु ।
१०. सही संगठनात्मक पद्धतिको रक्षा गर्न र आमूल परिवर्तनकारी आन्दोलनलाई प्रभावकारी बनाउन सही क्रान्तिकारी धरातलमा रहेको संगठन निर्माण र परिचालनमा जोड दिनु ।
ख. संगठनात्मक क्षेत्र ः
संगगठनको अहिलेको अवस्थालाई हेर्दा निम्न अनुसार संगठनात्मक क्षेत्र विभाजन गर्न उपयुक्त छ ।
क्षेत्र नं. १. मेची–कोशी
क्षेत्र नं.२. सगरमाथा–जनकपुर (रामेछाप र दोलखा बाहेक)
क्षेत्र नं.३. बागमती, रामेछाप, दोलखा सहित
क्षेत्र नं.४. नारायणी र गण्डकीमा (कास्की र स्याङ्जा बाहेक)
क्षेत्र नं. ५. धौलागिरी र काश्की
क्षेत्र नं.६. ाप्ती, लुम्बिनी र स्याङ्जा
क्षेत्र नं.७. भेरी–कर्णाली
क्षेत्र नं.८. सेती–महाकाली
ग. आन्दोलनसम्बन्धी काम ः
१. लोकतान्त्रिक गणतन्त्रको एजेण्डालाई जनतासम्म लैजान र लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न जोड दिनु ।
२. संविधानसभाको निर्वाचनलाई परिणाममुखी बनाउन संघर्षमा जोड दिनु ।
३. नेपाली जनताले पाउनुपर्ने नागरिकता समस्याको हल गर्न संघर्षमा जोड दिनु ।
४. पुरानो राज्य पुनर्संरचना गरी जनताको अधिकारलाई सुनिश्चित गर्न संघर्षमा जोड दिनु ।
५. समावेशी, समानुपातिक, सहभागितामूलक राज्य व्यवस्था निर्माण गर्न संघर्षमा जोड दिनु ।
६. संविधानसभाको चुनावभन्दा अगाडि सरकारी सेना, माओवादी सेना र हतियारको उचित व्यवस्थापन गर्न जोड दिने र निर्वाचन पछि सेना विलोपीकरणको प्रक्रियामा लैजान संघर्षमा जोड दिनु ।
७. संविधानसभाको निर्वाचनको प्रक्रियामा हुने विदेशी हस्तक्षेपका विरुद्ध संघर्षमा जोड दिनु ।
८. न्यायपूर्ण संघर्ष, सामाजिक, सांस्कृतिक कार्यक्रम, शिक्षा र रोजगारसम्बन्धी कार्यक्रम, रचनात्मक, सिर्जनात्मक क्रियाकलाप र जनवादी सुधार कार्यक्रम, स्वास्थ्य र शारीरिक सुगठनसम्बन्धी कार्यक्रम जस्ता कार्यक्रम जोड दिनु ।
आन्दोलनको निम्ति मूल नाराः–
“लोकतान्त्रिक गणतन्त्रको स्थापना, नेपाली युवाहरूको चाहना
अग्रगमन, संविधानसभाको निर्वाचन र राज्यको पुनर्संरचना ।”
अन्य नाराहरूः–
 संविधानसभाको तिथि, मिति घोषणा गर ।
 जनमत संग्रह घोषणा गर ।
 राजतन्त्र मूर्दावाद ।
 लोकतान्त्रिक गणतन्त्र जिन्दावाद ।
 अखिल नेपाल जनवादी युवा संघ जिन्दावाद ।
 जनआन्दोलनका दोषीहरूलाई तत्काल कार्वाही गर ।

Saturday, January 30, 2010

शुभकामना क्षेत्रीय मुखपत्र संकल्पलाई

अखिल नेपाल जनवादी युवा संघ
केन्द्रीय कार्यलय
काठमाण्डौ
फोन न.ं ४४४४१२८


जनताको सुनौलो भविश्यप्रति हार्दिक समर्पणका साथ कठीन चुनौतिहरुको सामना गर्दै मुक्तिमार्ग तर्फ लम्किदै र आमूल परिवर्तनकारी आन्दोलनको निम्ति दिशाबोध गराउदै अग्रिम भूमिकानिर्वाह गर्न महान उदेश्यको सुनौलो छितिजतर्फ कठोर संकल्पका साथ पहिलो अंकमै साइकलयात्राको विशेषङ्कको रुपमा उपस्थित हुन लागिरहेको अखिल नेपाल जनवादी युवा संघ नारायणी–गण्डकी क्षेत्रीय समन्वय समितिको मुखपत्र “संकल्प” लाई हार्दिक शुभकामना । प्रतिगमन विरुद्ध अनकन्टार बस्तीहरु देखि शहरका गल्लीहरुसम्म, आलिसान महलहरुदेखि सुकुम्वासीका झुप्राहरु सम्म बेगिदै गरेको तुफान सरी हुर्कदै गरेको ज्वाला बनी कालो सासनको अन्त्यको शंखघोष गर्दै नौलो संसारको स्थापनार्थ चल्ने आन्दोलनको महान् गुरु, जटिलताको बीचमा आमूल परिवर्तनकारी प्रशिक्षक बनेर निरन्तर उभिइरहोस् “संकल्प” ।
वर्गहरुको उदय सँगै वर्गिय आन्दोेलनको सुरुवात भएको छ । आज पनि बसिखाने वर्गहरु र गरिखाने वर्गहरुको बीच अन्तरद्धन्द्ध जोडतोडले चलिरहेको छ । बसिखाने वर्गहरुले गोला वारुद, आधुनिक हातहतियार, प्रहरी, सैनिक, काला कानुनहरुको माध्यमबाट गरिखाने वर्गहरुमाथी सधै आफ्नो अधिपत्य कायम राख्ने षडयन्त्र भईरहेको छ । फलस्वरुप ४६ सालको आन्दोलनका उपलब्दिहरुमाथि धावा बोल्दै मुलुकलाई प्रतिगमनको कुचक्रमा फसाईएको छ । एक पछि अर्को गर्दै प्रतिगामी षडयन्त्रका तानावाना बुनेर अधिनायकवादी उदेश्य पुरा गर्न प्रतिगामीहरुले आफ्ना गतिविधिहरुलाई कस्दै लगिरहेको स्थिति छ । यसलाई जनताको एकीकृत र सशक्त संयुक्त आन्दोलनले मात्र संभव छ ।
नेपाली युवाहरुलाई इतिहासले सुम्पेको जिम्मेवारी, बर्तमानले राखेको अपेक्षा र आमुल परिवर्तनकारी आन्दोलनमा निर्णयक भूमिका गर्नु पर्ने दाईत्वप्रति हामीहरु सचेत र सजक हुनुपर्ने आवाश्यकता छ । उत्पीडित जनता र घाएल राष्ट्र्ले नेपाली युवाहरुमाथी ठूलो भरोसा र विश्वास राखेको छ । अनि त्यो कर्तब्यनिष्ट जिम्मेवारी नेपाली युवाहरुको काँधमाथि सुम्पेको छ । त्यसलाई पुरागर्नु आजको प्रमुख काम हो । अतः त्यो दिशामा सबै नेपाली समुदायहरु एकजुट हुदै आज देखिएको युवा समस्या, राष्ट्र्यि समस्या, विदेशी हस्तक्षेपको समस्या, प्रतिगमनको समस्याको विरुद्ध जुझ्दै मुलुकलाई अग्रगामी दिशातर्फ लैजान प्रयत्न गरौ । आन्दोलनलाई सुनौलो भविश्य प्रति केन्द्रित गरौं, यवा संगठनलाई मजवुद पारौं । सबै नेपाली युवाहरुलाई आमुल परिवर्तनकारी आन्दोलनमा समावेश गरौं । त्रिमार्गको गोरेटोमा चालिएको संग्रामीयात्रालाई घनघोरतामा परिणत गरौं र त्यो आन्दोलन सँग घनिष्टतम सम्वन्ध कायम गर्दै वर्गीय आन्दोलनको साथी बनेर निरन्तर यात्रामा हिडिरहोस् “संकल्प” । अखिल नेपाल जनवादी युवा संघ नरायणी–गण्डकी क्षेत्रीय समन्वय समितिलाई धन्यवादसहित “संकल्प” ले आफ्नो संकल्प पूरा गर्नेछ भन्ने अपेक्षा राख्दछु । अभिवादनसहित !
( चिरन पुन )
महासचिव


पार्टी एकताको रक्ष्ाँमा देखिएका समस्या र महामन्त्री–सहमहामन्त्री कामरेडहरुले खेलेका नकरात्मक भुमिकाहरु बारे


ज भन्दा ४ बर्ष अगाडी तात्कालिन ने. क. पा. (एकताकेन्द्र)्र र ने. क. पा. (मसाल) मिलेर ने. क. पा. (एकताकेन्द्र– मसाल) निमार्ण भएको कुरा सबैमा जानकारी कै विषय हो । क्रान्तिकारी पार्टीमा एकता वा विखण्डन आधारभुत, रणनैतिक प्रश्नहरुको जगमा हुने गर्दछ । तात्कालिन ने. क. पा. (मसाल) र ने. क. पा. (एकताकेन्द)्र विच एकता गर्दा वा एकता प्रकृयाहरु अगाडी बढाईदा पनि तिनै आधारभुत सैदान्तिक प्रश्नहरुले नै मुख्य एकताको आधार खडा गरिदिएको थियो ।
क. दुवै समुह आधारभुतरुपमा माक्र्सवादी लेनिनवादी धरातलमा रहेका थिए ।
ख. दुबैले माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथ प्रदशक सिदान्त मान्दथे ।
ग. दुवैले तात्कालिन सघर्ष र वर्ग सघर्षको प्रश्नहरुमा समान द्रिष्टिकोण राख्दथे ।
घ. चुनावको प्रश्नलाई हेर्ने, बुझ्ने, उपयोग र बहिस्कार गर्ने सन्दर्भमा पनि समान निष्कर्षहरु थिए ।
ङ. सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने र महान सर्वहारा सा“स्कृतिक क्रान्तिका मुल्य– मान्यताहरुलाई आत्मसाथ गर्ने सवालहरु पनि एक आपसमा मिल्दथे ।
च. लेनिनवादी संगठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयताको सिद्धान्तको सवालमा पनि समानमतहरु थिए ।
एकातिर यिनै आधारभुत सैद्धान्तिक, दार्शनिक विषयहरुमा एक आपसमा समान भएको कारणले गर्दा नै दुई समुहको विचमा पार्टी एकताको निम्ति मुल आधार खडा गरिदिएको थियो । मुख्य यिनै सैद्धान्तिक रणनैतिक समानताको धरातलले गर्दा नै तात्कालिन मतभेदका विषयहरु मुख्य बन्न सक्दैनन् भन्ने मापदण्डलाई केन्द्रमा राखेर १६ ओटा मतभेदको विचमा नै पार्टी एकता गरिएको थियो । अर्कोतिर कम्युनिष्ट पार्टीहरुको विचमा हु“दै आएको असैद्धान्तिक टुट–फुट, बिखण्डनको प्रकृयालाई रोक्दै क्रान्तिकारीहरुका विचमा ब्यापक ध्रुविकरणको बाटोबाट अगाडी बढ्दै नौलो जनवाद, समाजवाद र साम्यवादी लक्ष्य हा“सिल गर्नु थियो । यिनै महान उद्देश्यलाई केन्द्रमा राखेर ब्यापक माथि देखि तलसम्म छलफल गरी पार्टीका सम्पूर्ण कार्यकर्ता र जनदवावको बावजुद पार्टी एकता सम्पन्न गरिएको थियो ।

मुल नेत्रित्वमा देखिएको अराजनैतिक प्रश्न ः–
आज ने. क. पा. (एकताकेन्द्र– मसाल) मा महामन्त्री क. मोहन विक्रम सिंह र सहमहामन्त्री क. प्रकाशले माथी उल्लेखित आधारभुत प्रश्नहरुलाई चटक्कै विर्सेर रणनैतिक धरातलको कारणले भन्दा तात्कालिक राजनैतिक र संगठनात्मक कारण देखाएर पार्टीलाई विखण्डनकोे संघारमा पुर्याउनु भएको छ । पार्टी महामन्त्री र सहमहामन्त्रीको नियोजित फुटपरस्त षडयन्त्रको प्रतिफल नै पार्टीले यस्तो अवस्था बेहोर्नु परेको हो । ४ वर्ष अगाडी ब्यापक पार्टी कार्यकर्ता र जनताको चाहना अनि आधारभुत रणनैतिक प्रश्नहरुको समानताको जगमा गरिएको पार्टी एकतालाई विखण्डन गरेर आफ्नो मनोमानी कायम गर्ने महामन्त्री र सहमहामन्त्रीको कुनियतले गर्दा आज पार्टी यो अवस्थामा पुगेको हो । पार्टीको मुल नेत्रित्वले नै गुटस्वार्थ, पुर्वसमुह स्वार्थ, आत्मकेन्द्रीत, अराजकतावादी सैली र संङ्किण फुटपरस्त मनसायको योजनालाई पार्टीमा लाद्ने र आफ्नो सिमित स्वार्थ पुरा गर्ने उदेश्यले गर्दा नै पार्टीमा यस प्रकारको स्थिति आईपरेको हो ।
नेपालको कम्युनिष्ट आन्दोलनको विगतका विभाजनहरुको स्थितिलाई हेर्दा पनि कतिपय विभाजन बाहेक मुलत व्याक्ती केन्द्रीत, तात्कालिन नेत्रित्वको नोकरशाही सैली, आग्रह– पुर्वाग्रहमा आधारित रहेर पार्टी विभाजनहरु गरिएको थियो । आज ने. क. पा. (एकताकेन्द्र – मसाल) पनि महामन्त्री र सहमहामन्त्री को कारणहरुले गर्दा त्यही पुरानो सैली र पुरानै बाटोबाट अगाडी बढिरहेको अवस्था हो । आधारभुत रणनैतिक सवालहरुलाई भन्दा तात्कालिन प्रश्नहरु देखाएर एक– अर्कालाई आरोप– प्रत्यारोप गरी गुट स्वार्थमा रमाउदै पार्टीलाई विभाजन गर्ने यो नै सवभन्दा गलत तरिका हो र त्यही वाटोबाट महामन्त्री का.मोहन जी र सहमहामन्त्री का.प्रकाश जी हिडिरहनु भएको छ ।

महामन्त्री र सहमहामन्त्री कमरेडहरुमा देखिएका कमजोरीहरु ः–
क. पार्टी एकता महाधिवेशनले गरेका दिशा– निर्देशलाई महामन्त्री र सहमहामन्त्रीले नै उपेक्षा गर्नु ।
ख. पार्टीको विधान, नियमावली, संगनात्मक पद्धती र अनुशासनलाई मिचेर ब्याक्ति केन्द्रीत गुटस्वार्थमा रमाउनु ।
ग. एकीकृत पार्टीको प्रशिक्ष्ँण, फोरम, बैठक, भेला, सम्मेलन, महाधिवेशनमा जोड दिनुको सट्टा महामन्त्री– सहमहामन्त्री नै पद्धती विपरीत गुटवन्दीपूर्ण कार्यमा केन्द्रीत हुनु ।
घ. लेनिनवादी संगठनात्मक सिदान्त तथा जनवादी केन्द्रीयताको सिदान्तलाई पार्टीमा कडाईपुर्वक लागु गराउनुको सट्टा आफै त्यसको बिरुद्ध धावा बोलेर अगाडी बढ्नु ।
ङ. पार्टी र कार्यकर्ताको जनवादी अधिकारहरु माथि केन्द्रीय कार्यालयबाटनै भोटे ताल्चा मारिनु
च. आफुलाई अनुपयुक्त लागेको फरकमतहरुलाई कार्यकर्तामा“झ (तलसम्म) नपठाईनु ।
छ. अन्तरविरोध नै जिवित पार्टीैको प्राण हो भन्ने मापदण्ड र पार्टीको गतिनै अन्तरविरोधमा निहित छ भन्ने द्धोन्दवादको आधारभुत नियम विरुद्ध महामन्त्री र सहमहामन्त्री नै जाईलाग्नु ।
ज. देशको समसामयिक राजनैतिक परिस्थितिलाई आफ्नो पार्टीको सहि वैचारीक अनुकुलतामा दिशा– निर्देश गर्नुको साटो पार्टीको बैठक राख्न नमानेर वा स्थानमा समेत सहमत नभएर आत्मसुरक्ष्ाँवादी नीति अवलम्वन गर्नु ।
झ. पार्टीको बैठक राखेर निर्णय अनुशार पार्टीलाई चल्ने चलाउने भन्दा गुटको बैठक राखेर पार्टीलाई चलाउने अराजक सैलीहरुमा आफुहरु नै अगाडी बढ्नु ।
ञ. पराई पार्टीको राजनिति बोकेर षडयन्त्र गर्नु र सैद्धान्तिक राजनैतिक निष्कर्षहरुमा आग्रह पुर्वाग्रहमा आधारित भएर पार्टीलाई जडतामा फसाउनु ।
ट. पार्टीमा रहेका मतभेदका विषयहरुलाई ब्यवस्थित बनाउन पार्टीको मुखपत्र, बुलेटिन लगाएत पार्टी प्रकाशनहरुलाई जोडदिने र ब्यवस्थित बनाउन कोशिस नगर्नु र पार्टी नजिक रहेका पत्रिकाहरुमा फरक मतहरुलाई दुई पेज दिने भन्ने पार्टीको सर्वसम्मत निर्णयलाई समेत मिचेर आफुखुसी पत्रिका संचालनको निम्ति निर्देशन दिनु ।
ठ. कार्यालय संचालनमा अवरोध सृजना गर्ने, आर्थिक पारदर्सिताको समेत अभाव रहनु । जस्ता समस्याहरु आज पार्टी नेत्रित्वमा नै देखापरेका समस्याहरु हुन ।
उल्लेखित समस्याहरु जिवित पार्टी भित्र देखापरिरहने समस्याहरु हुन तर त्यस प्रकारका समस्याहरु पार्टीमा देखिएको खण्डमा आत्मसमिक्ष्ाँ गर्न तैयार हुनै पर्दछ । उल्लेखित समस्याहरुका वावजुद पनि आलोचना आत्मआलोचना गर्दै पार्टीलाई अगाडी बढाउन सकिने रणनैतिक, सैद्धान्तिक, दार्शनिक आधारहरु पार्टीमा थिए तर महामन्त्री र सहमहामन्त्रीले नै पार्टीलाई त्यो दिशामा लैजाने प्रयत्न गर्नु भएन । पार्टीमा दार्शनिक, सैद्धान्तिक र रणनैतिक प्रश्नहरुमा कडा अन्तरसघर्ष र राजनिति र ब्यवहारमा लचकताको नीतिलाई तिलान्जली दिने काम महामन्त्री र सहमहामन्त्रीले नै गर्नुभयो । यिनै समस्याको कारणले गर्दा नै पार्टी एकताको लागी बाधा पैदाभएको छ ।

का. मोहन विक्रम सिंह र का. प्रकाश समुहको सामु उभिएका आधारभुत प्रश्नहरु ः–
यतिबेला पराई प्रवृती, आराजक र बिखण्डनकारी पक्षको नेत्रित्व गर्नुहुने सहमहामन्त्री का. प्रकाश जसले मोहनविक्रम सिंह पार्टीमा हुनुहुन्न भन्ने मनोमानी बिज्ञप्ती जारी गरेर औपचारीक रुपमा पार्टीमा विभाजनको रेखा कोर्ने काम गरेका छन । त्यसैगरी आफै महामन्त्री भएको पार्टी ने. क. पा. (एकताकेन्द्र–मसाल) स“ग न–सम्वन्ध न–सम्वन्धविच्छेद को नीतिलागु गरी कोअर्डिनेसन गठन गरेर वैधानिक मोर्चा, विभिन्न जनवर्गिय संगठनहरुको मनोमानी भेला गरेर छुट्टै संगठनहरु निमार्ण गर्दै आफ्नो फुटपरस्त बाटो तताईरहनु भएको छ । यस्तो अवस्थामा महामन्त्री का. मोहन विक्रम सिंह र सहमहामन्त्री का. प्रकाश समुहको अगाडी केही आधारभुत सैद्धान्तिक प्रश्नहरु उभिएको छ जसलाई उहा“हरुले औचित्व पुष्टी र उत्तरित गर्न जरुरी छ ।

के ४ बर्ष अगाडि पार्टी एकता गर्नु गलत भएको थियो ? के अहिले महामन्त्री र सहमहामन्त्रीले नेत्रित्व गर्नुभएको पक्ष वा समुह आधारभुत रुपमा माक्र्सवादी लेनिनवादी धरातलबाट च्युत भएका छन ? के माक्र्सवाद, लेनिनवाद, माओविचारधाराको पदप्रदशक सिद्धान्तबाट महामन्त्री वा सहमहामन्त्री समुह विचलन भएका छन् ? के ४ बर्ष अगाडि ५ बर्ष लगाएर ब्यापक छलफल, फोरमबाट निकालिएका सैद्धान्तिक निष्कर्षहरु गलत थिए ? तात्कालिन सघर्ष, बर्ग सघर्ष, चुनावको प्रश्न, आदी जस्ता प्रश्नहरुमा एक अर्का पक्षमा ब्यापक परिवर्तन भएको छ ? के सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्ने प्रश्न र सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल मर्मलाई एक अर्का समुहले तिलाञ्जली दिएका छन ? के यतिवेला कुनै समुहमा बैचारीक विचलन आएको वा अवसरवादी भड्कावमा पतन भएको निष्कर्ष निकाल्न उचित रहन्छ ? आदी जस्ता महत्वपुर्ण सवालहरुको सैद्धान्तिक हल नखोजिकन महामन्त्री र सहमहामन्त्री समुह एक अर्का सित मिल्न नसक्ने निष्कर्ष हो भने त्यो आधारभुत सैद्धान्तिक धरातल माथीको उहा“हरुको गद्दारी हो । जनता र कार्यकर्ता माथिको विश्वास घात हो । यो महामन्त्री र सहमहामन्त्री पक्षबाट मुलुक र क्रान्तिकारी आन्दोलन प्रतिको धोका हो । पार्टीको उल्लेखित समस्याहरु र उहा“हरुले गरेको गलत, पार्टी विरोधी गतिविधीहरुको जगलाई केलाउ“दा महामन्त्री का.मोहनविक्रम सिंह र सहमहामन्त्री का. प्रकाशलाई अबको दिनमा ने. क. पा. (एकताकेन्द्र–मसाल) को महामन्त्री र सहमहामन्त्री भन्ने र लेख्ने कुनै नैतिक अधिकार समेत र“हदैन । किनकी न त उहा“हरुस“ग पार्टीको स्पस्ट बहुमत छ , न त उहा“हरु पार्टीको विधान र अनुशासनमा रहि रहनुभएको छ । अहिले सम्मको सन्दर्भमा उहा“हरुले पार्टीको अवस्थाको बारेमा दार्शनिक र सैद्धान्तिक जिम्मेवारी त लिनु पर्छ नै उहा“हरु नैतिक जिम्मेवारीबाट समेत उम्कन पाउनुहुन्न किनकी आज भन्दा ४ बर्ष अगाडी भएको पार्टीको एकताअधिवेशनले निश्चित मापदण्ड, नियम, विधान, सैद्धान्तिक– राजनैतिक अवधारण सहित पार्टीको महामन्त्री मोहन विक्रम सिंह र सहमहामन्त्री प्रकाशलाई मुख्य जिम्मेवारी र मुख्य नेत्रित्व सुम्पेको थियो ।

अन्त्यमा,
यतिवेला पार्टीको सामु रहेका गम्भिर चुनौतिहरु ः–
आज पार्टीको सामु मुख्यत ५ ओटा प्रश्नहरु गम्भिर चुनौतिको रुपमा उभिएको छ । त्यसलाई यसरी उल्ल्ोख गर्न सकिन्छ ।
१. गलत अराजक गतिविधिहरुलाई रोक्दै पार्टी एकताको रक्ष्ाँमा जोड दिनु ।
२. क्रान्तिकारी विचार सिद्धान्त, लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी पद्धतीको रक्षा गर्न जोड दिनु ।
३. सङ्क्रमणकालिन अवस्थामा रहेको पार्टीलाई एकता महाधिवेशन गरेर नया“ रुपान्तरणमा लैजान जोडदार रुपमा पहल गर्नु ।
४. सम्पूर्ण तहमा छरिएर रहेका क्रान्तिकारी समुह, पार्टी, वा ब्याक्तिहरुको विचमा ब्यापक धु्रविकरणको निम्ति पहल गर्नु ।
५. वर्तमान अवस्थामा मुलुकलाई पूर्ण सार्वभौमसत्ता सम्पन्न गराउनको निम्ति संविधान सभाको निर्वाचनलाई परिणममुखी बनाउन सम्पूर्ण तहमा रहेका लोकतान्त्रिक गणतन्त्रिक शक्तिहरुको विचमा सघर्ष मोर्चा निमार्ण गरेर लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनलाई अगाडी बढाउन जोड दिनु ।
६. पार्टीलाई सम्पुर्ण तहबाट सचेत, संगठित, आन्दोलित र नया“ चरणमा रुपान्तरणको प्रकृयामा लैजान जोड गर्नु । उल्ल्ोखित चुनौतिहरुलाई पार गर्दै नौलो जनवादी, समाजवादी र साम्यवादी लक्ष्यको बाटोमा सम्पूर्ण पार्टी पङ्ती जोडतोडका साथ अगाडी बढौं ।

बर्तमान परिस्थितिमा नेपाली युवाहरुको भुमिका बारे केहि कुरा

Justify Full

अहिले हाम्रो देश प्रतिगमनको संकटमा छटपटाईरहेको छ । ०४६ सालको जनआन्दोलनको मुल मर्ममाथि
अधिनायकवादी हैकम लादेर तानाशाही हुकुम चलाउने षडयन्त्र भैरहेको छ । २१ औं सताब्दीको युगमा पनि १८ औं सताब्दीको कल्पना गरेर गत आश्विन १८ गते राजाले जननिर्वाचित देउवा सरकारलाई अपदस्त गरि मुलुकलाई प्रतिगामी चंङ्गोलमा फसाउन पुगे । २०४७ साल कार्तिक २३ गते घोषणा भएको सिमित प्रकारको संवैधानिक लोकतन्त्रवादी अधिकारहरुको घाँटी रेटियो । दरवारबाटै नाङ्गो रुपमा प्रतिगामी मुल्यहिन चरित्र प्रदशन गरियो । त्यसपछि क्रमश प्रतिगामी तानावानाहरु बुन्दै स्थानिय निकायको खारेजी, टिके सरकारको निरन्तरता र राजदरवार खर्च सम्मन्धि अध्यादेश ल्याएर मनोपली ढंगले आफ्नो सुविधालाई झण्डै ५ गुणा बढाई ६२ करोड ९२ लाखमा पुर्याईयो । माओवादी समस्यालाई समाधान गर्ने नाममा “युनिफाईट कमाण्डको” अवधारणा अघिसारी निजामती कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी आदी जस्ता सबै निकायहरुमा सेनाको हुकुम र सेनाले सासन चलाउने संयन्त्र निर्माण गरिदै छ भने विभिन्न जिल्लाहरुमा सिविल नागरिकहरुलाई समेत हतियार बिभाजन गरिएको र हतियारको तालिम समेत संचालन गरेको कुरा समेत सार्वजनिक भैरहेको छ । यसरी एकपछि अर्कोगर्दै जनविरोधी क्रृयाकलापले निरन्तरता पाईरहेको छ ।
गत आश्विन १८ गते राजाद्धारा चालिएको प्रतिगामी कदमको विरुद्ध अहिले सिङ्गो मुलुक आन्दोलनमा जुटेको छ । एकातिर देशका जिम्मेवार ५ राजनैतिक पार्टीहरु राजाको स्वविबेकीय ढंगले प्रयोग हुने सम्पुर्ण ऐन कानुनहरुको खारेजी हुनुपर्ने, ३ जनालाई मात्र श्री ५ को पदवी दिईनुपर्ने, स्वर्गीय राजा श्री ५ बिरेन्द्रको सम्पत्ति राष्टी«य करण गरिनुपर्ने, सेना जननिर्वाचित सरकारको अधिनस्त रहनुपर्ने, राष्टी«य सभालाई जाति—जनजाति विषेश सभामा परिणत गर्नुपर्ने, वर्तमान राजाका सम्पत्ति सार्वजनिक हुनुपर्ने आदी जस्ता १८ बुँदे न्युनतम सहमतिको माग अगाडि सारेर चरणवद्ध संयुक्त जनआन्दोलनमा छन भने अर्कोतिर मुलुकमा रहेका विभिन्न बर्ग,तह र समुदायहरु पनि आ—आफ्नै रुपबाट प्रतिगमनको विरुद्ध आन्दोलनमा जुटेका छन । राजधानी लागायत मुलुकभरी नै दिनहुँ जसो राजाको प्रतिगामी कदमप्रति विरोध र आक्रोश पोखिरहेका छन । त्यसमा विषेश गरी युवा तथा विद्यार्थीहरुको संयुक्त आन्दोलनको स्वरुप निकै चर्केको छ । सडकभरी बेरोकतोक ढंगले निषेधित भनिएका नाराहरु घन्किरहेका छन । राजा र राजतन्त्र विरोधी आवाजहरु मुलुकभर फैलिरहेको छ । गणातन्त्रको नाराहरु पनि संगठित हुदै गईरहेको छ । राजाले चालेको जनविरोधी प्रतिगामी कदम र राजतन्त्र प्रतिको अविश्वासलाई घिृणा र आक्रोसका साथ पोखिरहेका छन । यसरी जनताको स्वभाविक प्रतिक्रियाहरु प्रस्फुटित भैरहेको छ ।
जनताको यो न्यायपुर्ण आवाजहरुलाई अश्रुग्याँसका सोलाहरु बर्षाएर थुुन्ने प्रयत्न भैरहेको छ । शान्तिपुर्ण तरिकाले जुलुस प्रदशन गरिरहेका आन्दोलनकारी तथा सर्वसाधारण जनतामाथि लाठी बर्साएर हातखुट्टा भाँचिदिने, कपाल फुटालिदिने, गिरफ्तार गर्नेजस्ता कामहरु दिनहुँजसो भैरहेका छन । यसरी प्रतिगामीहरुले प्रहरी, सैनिक, लाठी, गोली, बन्दुकको बलमा आफ्नो प्रतिगामी सासनको आयू लम्ब्याउन खोजिरहेका छन ।
आज सबैलाई जानकार भएको विषय हो । हाम्रो मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक लगाएतका समस्याहरु झनपछि झन चुलिदै गईरहेको छ । भयाभह, डर, त्रासको वातावरणले सिङ्गो देश आतङ््कित बनेको छ । खेतवारीमा कामगर्ने किसान, विद्यालयमा पढाउनजाने शिक्षक, अफिसहरुमा कामगर्नजाने कर्मचारी, बाटोहिड्ने बटुवा, भारी बोक्ने भरीया, उद्योग ब्यवसाय संचालनगर्नेहरु तथा ब्यापारीजन सबैको स्थिति नाजुक अवस्थामा छ । कहिले, कहाँ, को , कसरी मरिने हो भन्ने वातावरण छ । “अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)” को पछिल्लो तथ्याङ्कबाट पनि पुष्टी हुन्छ कि २०५२ साल फाल्गुण १ गते देखी २०६० पुस ७ गते सम्ममात्र ८,६२८ जना नेपालीको मृत्यु भैसकेको छ । दोश्रो युद्धविराम पछाडीको यो ४ महिनाको अवधिमा मात्र १,६५७ जना मानिसहरु मारिएको देखिन्छ । ८ बर्षको यो अवधिमा माओवादी तर्फबाट भन्दा राज्य पक्षबाट २ गुणा बढी मानिसहरु मारिएका छन । माओवादी तर्फबाट २,७७१ र राज्य पक्षबाट ५,८५७ मानिसहरु मार्नेकाम भएको छ । त्यसबाहेक पुष्टिहुन नसकेको संख्या पनि निकै ठुलो छ । आज सबैको सामु प्रश्न खडाभएको छ ति मारिएका सम्पुर्ण मानिसहरु मार्नुनै पर्ने अवस्थाका थिए ? के उनिहरुलाई मृत्युदण्डनै दिईनु पर्दथ्यो ? यस प्रकारका तमामखाले स्वभाविक उब्जिएका प्रश्नहरु भित्र मुलुक शोेकमग्न बनेको छ । मुलुक रगतको आहालमा तौरिएको छ । पिडामा छटपटाईरहेको छ भने अर्कोतिर ति ८,६२८ जना नेपाली नागरिकको घर, परिवारजन, नाता—कुटुम्व, टोल छिमेक, गाँउ—जिल्लाहरु पनि मरेतुल्य बनेको छ । यसरी मुलुकको अवस्था चिन्ताजनक रुपमा छ । नेपाली माटोले हार—गुहार र पुकार गरिरहेको छ । आन्दोलनको निम्ति उठ्न सबैलाई कामना गरिरहेको छ ।
यो अवस्थामा उमेरको हिसावले बलवान युवाहरु, नयाँजोस जाँगरले भरपुर युवा शक्ति माथि नेपाली समाजले राखेको आसा विश्वास र भरोसा प्रति हामी र हाम्रो युवा संगठनले कत्तिको दाईत्वबोध गरिरहेको छौ ? मुलुकको समस्या प्रति कत्तिको चिन्तनशिल बनिरहेका छौं ? हामिलाई समाजको पिडादायी चित्कारले कत्तिको पिडाबोध गराईरहेको छ ? आलो रगतको आहालमा रोमलिएको जनताको आत्मासँग हामी र हाम्रो युवा संगठनहरुको सम्वन्धलाई कसरी विस्तार गर्न सक्दछौ ? अनि हामी नेपाली युवाहरुमाथि समाजले राखेको अपेक्षालाई कसरी पुर्णता प्रधान गर्न सक्छौ ? भन्नेजस्ता सवालहरुनै मुख्यरुपमा अहिले हामी र हाम्रो युवा संगठनहरु प्रति कठोरबनेर उभिन्छ । निश्चित होकी ईतिहासको कालखण्डमा धार्मिक, भाषिक, जातिय, क्षेत्रिय, साम्प्रदायिक आन्दोलन होस वा आमुलपरिवर्तनकारी बर्गीय मुक्ति आन्दोलन सबैमा युवाहरुको भुमिका उल्लेख्य स्थानमा रहेको छ । त्यसैले इतिहासले सिकाएका ति अवश्मणीय पाठहरु फेरी त्यही प्रकारको कुर्वानिपुर्ण आन्दोलनको शुरुवात गर्नुपर्ने अवस्था सिृजना भएको छ । “तन्नेरीहरु सम्पुर्ण समाजका सबभन्दा बढ्ता सक्रिय र जिँउदा शक्ति हुन” भन्ने का. माआको भनाईलाई नेपाली माटोमा समेत सार्थकता तुल्याउन नेपाली युवाहरु पनि जुर्मुरयाउनु पर्नेबेला आएको छ ।
राष्ट्रको मुल र सिङ्गो समस्या समाधान नहँुदा सम्म नेपाली युवाहरुको अन्य समस्याहरु पनि समाधान नहुने कुरा प्रश्टै छ । हरेक बर्गसमुदायहरुको समस्याहरुलाई राष्ट्रको मुलसमस्याहरु सँग जोडेर आन्दोलन चलाईनु पर्दछ । अनिमात्र समस्याहरुले वास्तविक रुपमानै निकास पाउन सक्दछ । आज पनि विभिन्न युवा संगठनहरुमा विभिन्न प्रकारका सोँच, चिन्तन सैली, बैचारिक अवधारणहरु छन । दक्षिणपंथी अवसरवाद, उर्गवामपंथी अराजकतावाद, प्रतिक्रियावादको पक्ष पोषण गर्ने युवा संगठनहरुको भुमिकाले गर्दा सहि र आमुलपरिवर्तनकारी युवा आन्दोलनले गति लिनमा धौं धौं परिरहेको कुरालाई कसैले नर्कान सकिदैन । तथापी क्रान्तिकारी युवा आन्दोलन निरन्तर रुपमा अगाडी बढिरहेको छ र बढ्दै जाने छ । दिर्घकालिन अवस्थामा ति युवा संगठनहरुको गलत सैद्धान्तिक तथा बैचारिक अवधारण र त्यसबाट उत्पादीत कामकार्यवाहिको स्वरुपको विरुद्ध निर्मम र संझौंताहिन अन्तरदोन्द र अन्तरसंघर्षले निर्णयक स्वरुप ग्रहण गर्नेकुरा निश्चित रहन्छ । तात्कालिक हिसावले पनि ति गलत बैचारिक धरातलको विरुद्ध सैद्धान्तिक सघर्षलाई ध्यान नदिने भन्ने होईन तर राष्ट्रको विषेश परिस्थितिमा यस प्रकारका सघर्ष गौण र राष्ट्रिय अश्तित्वको निम्ति चल्ने सघर्षले प्रधानरुप लिन्छ । त्यसले गर्दा प्रमुख समस्याको विरुद्ध गौण र आन्तरिक समस्याहरुलाई एकठाँउमा राखी तत्कालिन हिसावले मिल्नसक्ने अवधिसम्म सहकार्य र समन्वय गरी संयुक्त आन्दोलनमा जाने कुरामा ध्यान दिनुपर्दछ । त्यहि सैद्धान्तिक मुल्य र भावना अनुरुप आज विभिन्न प्रकारका राजनैतिक सोँच भएका राजनैतिक पार्टीहरु तथा युवा संगठनहरु प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनको विरुद्ध संयुक्त आन्दोलनमा गैरहेका छन ।
प्रतिगमननै आजको प्रमुख समस्या हो । त्यसलाई परास्त गर्नु आजको मुख्य कुरा हो । प्रतिगमन परास्त नभए सम्म मुलुक अग्रगमनमा जान सक्दैन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त गर्ने एकमात्र तागतिलो हतियार भनेको जनताको जुझारु, संयुक्त र ससक्त आन्दोलन नै हो । प्रजातान्त्रिक तथा राजनैतिक आन्दोलनमा जनताको प्रतिनिधित्व राजनैतिक पार्टीहरुले नै गरिरहेका हुन्छन । त्यसैले राजनैतिक आन्दोलनको नायक राजनैतिक पार्टीहरु नै हुन । त्यसैले ति राजनैतिक पार्टीहरुको नेत्रित्वमा चल्ने हरेक प्रकारका आन्दोलनहरुमा युवाहरुको भुमिका महत्वपुर्ण हुँदै आईरहेको छ र हुन्छ । यसरी समाजमा चल्ने हरेक प्रकारका आन्दोलनहरुबाट गलत विचार र गलत शक्तिहरु परास्त अनि विलिन हुँदै जान्छन र सहि विचार लिएका शक्तिहरु स्थापित र उनिहरुले जित हाँसिल गर्दै जान्छन । त्यहि आन्दोलनले नै अवसरवाद, अराजकतावाद, प्रतिक्रियावाद तथा जनविरोधी तत्वहरुको छिनोफानो गर्दछ र गलत तत्व बोकेका शक्तिहरुलाई किनारा लागाई दिँदै जान्छ । यो नै आमुलपरिवर्तनकारी आन्दोलनले स्थापित गरेका मुल्य र मान्यताहरु हुन र क्रान्तिकारी आन्दोलनले सिकाएका पाठहरु हुन ।
अहिलेको राष्ट्रको विषेश परिस्थितिले माग गरिरहेको कुर्बानी र मुलुकको संकटपुर्ण अवस्थालाई पार लगाउन आवाश्यक पर्ने मुल्यवान रगतका थोपाहरु दिन नेपाली युवाहरु तयार हुनु पर्ने अवस्था हाम्रो सामु उपस्थित भैरहेको छ । भविश्य प्रतिको सर्मपणता, बर्तमानले धिक्कारेको परिस्थिति, ईतिहाँसले किनारा लगाईदिएको तानाशाही ब्यवस्था र त्यो सोँचलाई परास्त गर्न सम्पुर्ण नेपाली युवा तथा विद्यार्थीहरु शिरमा कफन बाँधेर अझैँ जुर्मुराउनु पर्ने बेला भएको छ । लाठी, गोली, सेना, पुलिस, जेल—नेल, मुद्धा, यातनालाई समेत प्रवाह नगरी सडकमा ओर्लिनुपर्ने दिन आएको छ । जनतामाथि हुकुमतन्त्र लादेर रमाउने प्रतिगामी नायकहरुको विरुद्ध खवरदारी गर्ने र प्रतिगमनको योजनाकारहरुलाई हिटलर, जार, लुइस सोह्रौको ईतिहास दोहोर्याउदै प्रतिगामीहरुलाई परास्त पार्नुपर्ने समय भएको छ । यो नै अहिलेको निम्ति नौजवानहरुको परिक्षामय बेला हो । सम्पुर्ण युवाहरु एक हौं । जनताको जुझारु एकता जिन्दावाद । प्रतिगमन मुर्दावाद । युवा एकता जिन्दावाद ।

अराजकताबादको आहालमा कथित जनयुद्ध, भण्डाफोर अभियानमा दाड.को अनुभुती



प्युठानमा माओवादीले जनमोर्चाका २१ जना नेता तथा कार्यकर्ताहरुलाई अपहरण गरी ६ जनालाई अझै सम्म कथित जंगली हिरासतमा राखिरहेका छन । बिरामी हुदा औषधी उपचारबाट बन्चित गराउने, पत्रपत्रिका पड्न नदिने, रेडियो सुन्न नदिने र चरम शारिरिक तथा मानसिक यातना दिईरहेका छन । त्यो लगाएत माओवादी वाट भएका हरेक गलत जनविरोधी कृयाकलापको विरुद्ध तथा प्रतिगमनको विरुद्ध पश्चिमाञ्चलका सम्पुर्ण जिल्लाहरुमा जनमोर्चा नेपालले भण्डाफोर अभियान संचालन गरिरहेको छ । त्यस सिलसिलामा दाड. जिल्लाको अधिकासं गा. बि.स. हरुमा पुगेर जनता संग भेटघाट हुने मौका मिल्यो । त्यहा भएका घटनाहरुको बारेमा नजिकवाट हेर्ने, जनताको बिचमा पुगेर राज्य तथा माओवादी बाट भैरहेका गतिविधिहरुको बारेमा बुझ्ने, जनताको पिडाहरुलाई संगाल्ने अवसर मिल्यो । त्यसमा प्राप्त भएका केही अनुभुतिहरु लाई यहाँ राख्ने कोशिस गरिएको छ ।
“बाबुहरु मेरो खेतमा जम्मा चार मुरी धान फल्छ । अहिले त झन त्यही पनि भएन । म एउटी बुढीलाई ४ महिना पनि खान पुग्दैन । माओवादीहरु आएर मलाई १० पाथी धान मागे मैले म गरिब छु । धानले मलाई ४ महिना पनि खान पुग्दैन । मेरो साहारा कोही पनि छैन । १० पाथी धान दिएर म के खाएर बाँच्ने ? ५ पाथी लैजाउ भनिदिए तर माओवादीहरु मानेनन् । कति बिलौना गर्दा पनि मानेनन् । मैले दिएको ५ पाथी धान पनि नलगी मलाई धम्क्याउदै हामी लाई १० पाथी नै चाहिन्छ भनेर फर्के । बाबु निकै डर लागेको छ कहिले राती मार्न आउने हुन ? १० पाथी धान नै छुट्टाई राखिदिएको छु । “मर्नु भन्दा त बहुलाउनु नै निको ? हे बरै हामी गरिबको निम्ती के दिन आयो ?” आँखा भरि आँशु टलपल पारेर सेतै फुलेकी, सेतै पहिरन गरेकी, आँखा कम देख्ने, कान पनि कम सुन्ने ६५ बर्षिय बृद्ध महिलाले जनमोर्चाले आयोजना गरेको भण्डाफोर कार्यक्रम स्थल दाड. जिल्ला धर्ना गा.बि.स. को डाँगी गाँउ स्थित श्री जनता प्राथमिक विधालयको प्राङ्गढमा आई टुक्रुस्स बसेर धरधरी रुदै आफ्नो मनको बिलौना पोखिन ।”
सबैको हातमा राता राता झण्डा फहराईरहेका छन । जोडतोडले नाराहरु घन्किरहेको छ । ७२ बर्षिय किसान नेता मनिराम शर्माले जनमोर्चाको ठुलो झण्डा फहराउदै लेफ्ट राईटको तालमा पैदल मार्चको नेत्रित्व गरिरहनु भएको छ । बाटो बाटोमा (ईन्द्रेणी—रक्तिम) जनताका कलाकारहरुले “आगनमै बम पड्किन्छ कहिले, आछ्यानमै संगिन तेर्सिन्छ कहिले ....झन भन्दा झन भो आज आतंक गाह्रो भो जनतालाई बाँच्न दिनरात ...” जस्ता गितहरुले पैदल मार्चलाई उत्साहित पारिरहेका छन । सबैको अनुहारमा आगोको ज्वाला जस्तै कठोर मुस्कान छाईरहेको छ । उत्साह, उमङ्ग र प्रतिबद्धता अजङ्ग पहाड जस्तै बनि सबैको मनमा उभिएको छ । आन्दोलनको लक्ष्य प्रति सर्मपित सवै साथिहरु प्रतिबद्ध छन । मार्चमा महिलाहरुको संख्या पनि अत्यन्त उत्साहपरक रहेको छ । दुई ओटा हाते माईकले जुलुसको अगाडी र पछाडी कार्यक्रमको बारेमा प्रस्ट्याउने काम भएको छ । जताततै जनताले रङ्गी बिरङ्गी फुलका मालाहरु पहिर्याई दिंदै, राता अविरहरु बर्षाउदै मार्चलाई स्वागत गरिरहेका छन । बाटो बाटोमा सेतै फुलेका बृद्ध किसानहरुले “बाबु हो, नानीहरु हो तिमिहरुले साेंचेको सवैकुराहरु पुगोस, तिमिहरुको यात्रा सफल होस ।” भन्ने जस्ता भावविभोर शुभकामनाहरु दिईरहेका हुन्थे । कतिपयले तपाईहरुलाई डर लाग्दैन ? फेरी मार्लान्नी बाबुहरु समेत भन्थे । जुन गा.बि.स. को जुन स्थानहरुमा हाम्रो मार्च पुग्दथ्यो, हाम्रो विषयमा बुझिसकेपछि गाँउका सबै किसानहरु हाम्रो नजिक झुम्मिन्थे । सबैले आफ्ना भित्री मनका पिडायुक्त भावनाहरु टिलविल आँसुका साथ ओकल्थे । मार्च भरि पचासाँै स्थानहरुमा ब्यापक जनताको उपस्थितिमा ठुला ठुला विरोध सभाहरु सम्पन्न भए । सयौं स्थानहरुमा कोणसभाहरु भए । जनता सँग भेटघाट, छलफल, प्रशिक्षण हरु पनि सम्पन्न भए । हरेक कार्यक्रमहरुमा जनताहरुले त्रासपुर्ण बातावरणमा डराई—डराई आफ्ना कुराहरु सुनाउँथे । माओवादीको विषेश क्षेत्रिय ब्युरो प्रमुख विप्लवले तोकआदेश मुलक ढंगले लेखिएको ५ हजार, १० हजार, १५ हजार, २० हजार, २५ हजार, ३० हजार को ताकेता पत्रहरु देखाउथे र जोरजर्वजस्ती तरिकाले हजारौ रकम र मुिरका मुरी धान लगे भनेर बिलौना पोख्नेहरुको संख्या पनि कम थिएन ।
प्रतिगमन — मुर्दावाद ÷ जनमोर्चा नेपाल —जिन्दावाद÷ माओवादी होसमा आऊ — गरिव जनता नसताऊ ÷ हत्या, अपहरण, चन्दा आतंक — बन्द गर ÷ जनताको जुझारु एकता – जिन्दावाद ÷ अपहरित साथीहरुलाई – रिहा गर ÷ जंगली अदालत होईन, जनताको आदालतको सामना गर ÷ जस्ता नाराहरु धन्किने गर्दथ्यो । जिल्लाका सम्पुर्ण भागहरुमा (जहाँ मार्च पुग्यो) भित्ते लेखनका कामहरु पनि भए । जनमोर्चाको संगठन नभएका गा. वि. स. हरुमा पनि कार्यक्रम स्थलमा खचाखच जनसमुहको उपस्थिती रहन्थ्यो । खाना खाने समयमा मार्चमा सहभागी सयौं जनालाई जनताले खाना ख्वाउनको निम्ति खोसाखोस नै हुने गर्दथ्यो । राती सुत्ने बेलामा जनताहरु आफैले बाँडफाँड गरि सुताउँथे । ति सम्पुर्ण गतिविधिले हामिलाई के महसुस गराउदथ्यो भने हामीहरु आफ्नै संगठनको आधार क्षेत्रमा गैरहेका छौ ताकी सम्पुर्ण जनसमुदायहरु जनमोर्चामा प्रतिबद्ध छन र संगठित छन ।
संगठनात्मक हिसावले काग्रेस र एमालेले आफ्नो आधार क्षेत्र दावि गर्ने र प्रचारात्मक हिसावले माओवादी ले आफनो नयाँ सत्ताको जन्मथलो नै दावि गरिरहेको जिल्ला हो दाड. । बहुदलको स्थापना भैसकेपछि लगातार रुपमा मन्त्रि खाएको , राजसभा स्थाई समितिका सभापति भएको , भैगोलिक हिसावले पनि सुगम , दुई दुई ओटा पुराना नगरपालिका भएको , पुर्व पश्चिम राजमार्गले चिरिएको , पञ्चायती अवस्था मा होस वा १२ बर्षे बहुदलको अवस्थामा होस वा आश्विन १८ पछिको प्रतिगामी अवस्थामा होस जतिबेला पनि चर्चामा आईरहने जिल्लाको नाम हो दाड. । अहिले त्यस जिल्लामा आफुलाई ठुला भनाउँदा पार्टीहरुको उपस्थिती सुन्यता छ । हरेक गाँउमा राज्य तथा माओवादीका बन्दुके जमातहरुले जनतालाई पालो गरि गरि सताईरहेका छन । जनता अतंकित, भयाभह, डर, त्रासमा बाँचका छन । जिल्ला भरिनै साँझ ७ बजे बाट कफर््युको घोषणा भएको रहेछ । जिल्ला भरिकैै चिया पसल देखि बजारहरु साँझ ७ बजे पछि अन्धरकारमय हुन्छ । सारा गाँउहरु पनि सुनसान पल्टिन्छ । राती गाँउमा कोहि बिरामी भोि भने मर्नु बाहेक अरु कुनै उपाएनै देखिदैन । कहिले सतबरिया, कहिले घोराही, कहिले भालुवाड. आक्रमणको ताजा अनुभव संङ्गालेकाहरु बताउँछन “अझै स्मरण छ ति घटनाहरु अहिले पनि मुटु थरथरी काप्छ , रातभर माओवादीले जोरजर्वजस्ती चलाउने र दिनभर फेरि सरकारी सैनिकले दुखदिने, अब फेरि कहिले आक्रमणको मारमा परिने हो हे राम त्यस्तो दिन कहिल्यै नआवस ।” खिन्न हुदै भालुवड. बजारमा एउटा सानो होटल गरि बसेका ४५ बर्षिय महिलाले हाम्रो मार्चटोलिलाई बताईन ।
“मेरो एउटा छोरोले प्रहरीमा जागीर खान्छ । घरमा नआएको पनि झण्डै ४ बर्ष बितिसक्यो । मेरो श्रीमति टाउको सम्वन्धी विरामी भएर लगातार कहिले पाल्पा, कहिले काठमान्डा, कहिले भारतको विभिन्न स्थानहरुमा उपचार गर्न लैजाँदा लैजाँदै थुर्पै पैसा खर्च भैसक्यो । सम्पुर्ण रकम रिण खोजेर चलाईएको छ कसरी तिर्ने हो ? केही दिन अगाडी म घरमा नभएको बेलामा माओवादीहरु आएका रहेछन् १५ हजारको ताकेता चन्दाको चिठी पनि छोडेका थिए, त्यसको केहि दिन पछाडी फेरी आए । मैले आफ्नो हालत सम्पुर्ण बताएर तोकिएको पैसा दिन नसक्ने कुरा राँखे , तर उनिहरु मान्दै मानेनन् । तोकिएको पैसा नदिए मार्छौ भनेर धक्की दिए । म ७२ बर्ष पुगिसकेको छु , अब मलाई बाँच्ने रहर पनि छैन । मैले पैसा दिनै सक्दिन कँहा बाट दिने ? बरु मार्छौ भने मार भनिदिए । अनि माओवादीहरुले झोक्किदै अझ मुख मुखै लाग्ने ? हामीले त्यती सजिलै कहाँ मार्छौर ? हात खुट्टा काटी दिन्छौ । आँखा, नाक, कान झिकिदिन्छौ । हात खुट्टामा पिनले खोलिदिन्छौ । जिब्रो काटिदिन्छौ अनि मात्र तड्पाई तड्पाई मार्छौ भनेर जोर जर्वजस्ती गरे । गाँउका केहि मानिसहरु आएर मर्नु भन्दात बरु रिणै खोजेर भएपनि पैसा देउ भन्ने सल्लाह दिए अनि के गर्ने रिण खोजेर पैसा बुझाईयो । कलियुग भनेको त यहि पो रहेछ ।” लामो लामो स्वाँ स्वाँ सास फेर्दै दाड. जिल्ला हलवार गा.बि.स को खादे्रमा एक ७२ बर्षिय बृद्धले मंसिर ७ गते हामिलाई सुनाउनु भोि ।
जँहा—जँहा हाम्रो मार्च अभियान पुग्दछ त्यो भन्दा अगाडिनै सम्पुर्ण स्थानहरुमा विभिन्न प्रकारका भ्रमहरु छर्ने, डर—त्रास देखाउने, कार्यक्रममा जानुहुदैन भनेर जनतालाई धम्क्याउने, आज जनमोर्चाले कार्यक्रम गर्ने स्थानमा लडाई चल्छ नजानु भनेर आतंकित पार्ने काम माओवादी बाट जिल्लाभरिनै प्रशस्त मात्रमा भए । मंसिर ४ गते हाम्रो मार्च अभियान जिल्लाको पश्चिमी क्षेत्र पवन नगर गा.बि.स.मा पुगेर कार्यक्रम गरिरहेको बेला आफुलाई शान्ति नगर गा.बि.स.को कथित जनसरकार प्रमुख बताउने एक अपरिचित व्याक्तिले एकाएक आई कार्यक्रमका संचालक डिलाराम बुढाथोकी लाई यहाँ कस्को अनुमतिले कार्यक्रम राख्यौ भनेर धम्क्याउने काम समेत गरे । साथिहरुले हामिहरु जनमोर्चाको अनुमतिले आएका छौ , जनताको अनुमतिले आएका हौ भन्ने जवाफ दिनुभएपछि आफुलाई सर्मिन्दा हुदै एकाएक कथित जनसरकार प्रमुख कार्यक्रम स्थलबाट हाराउन पुगे । त्यसको केहि समय पछाडी सोही गाँउका छुट्टीमा गएका सैनिकहरु सँग अंगालो मारेर तिनै आफुलाई कथित जनसरकार बताउने मानिस आएको पनि देखियो । त्यसको ठिक भोलिपल्ट विहानको खाना र कार्यक्रम तुलसिपुर नगरपालिकाको वडा न.ं १० भट्टे भन्ने स्थानमा राखिएको थियो । त्यसको रातिनै माओवादीका हतियारधारी कथित लालसेनाहरु २५—३० जनाको संख्यामा आई जर्वजस्त जनताको घर भित्र पसि जनमोर्चालाई खान दिनु हुदैन भनेर बन्दुक सोझ्याउदै भोली यहाँ जनमोर्चाले कार्यक्रम राखेका छन् कोहि पनि नजाला भनि जंगली उर्दी जाहेर गरे । राती त्यहि गाँउमा सुते । बिहान हाम्रो मार्च त्यहाँ पुग्यो माओवादीको जर्वजस्तीका बावजुद पनि जनताले हामिलाई झुम्मिएर स्वागत गरे । माओवादीले राती गरेका कुराकानिहरु पनि सुनाए , उनिहरुले दिएको धाक धम्किको बारेमा पनि हाम्रो मार्च टोलिलाई खुलस्त राखे । गाँउका सम्पुर्ण जनताको उपस्थितिमा विशाल कार्यक्रम सम्पन्न गरियो । अनि फेरि पनि निरन्तर आउनुहोला भन्ने कामना गर्दै सबैले हात हल्लाएर हाम्रो मार्च टोलिलाई बिदाई गरे ।
२०६० मंसिर ९ गते दिँउसको खाना र कार्यक्रम रामपुर गा.बि.स मा आयोजना गरिएको थियो त्यस दिन अनेत्र पनि कार्यक्रम राखिएको ले त्यो रामपुर गा.बि.स.मा बिरोध कोणसभा राखिएको थियो । कार्यक्रम स्थलको नजिक बिधालय रहेछ हाम्रो कार्यक्रमको जानकारी पाए पछि विधालयबाट सबै बिधार्थीहरु हाम्रो कार्यक्रम स्थलमा आएर झोम्मिए । रिता मानुषीले मन्तब्य राखिरहनु भएको थियो त्यतिकैमा एकजना अपरिचित लाग्ने ब्याक्ति आई हातमा लठ्ठी समाएर त्यहाँ झुम्मिएका बिधार्थीहरुलाई भेडा बाख्रा लखेटे झैँ गरि बिधालय तर्फ खेद्न पुगे । कार्यक्रम पनि सकियो पछि स्थानिय जनता सँग कुराकानिहरु भए, साथीहरुले गाउलेलाई बिधर्थी लखेल्ने मानिस त्यही बिधालयको शिक्षक भएको कुरा सोधियो । तर उनि शिक्षक नभएर त्यही गा.बि.स.को कथित जनसरकार प्रमुख रहेको कुरा थाहा भोि । यस प्रकारको तह सम्म पनि माओवादीले दाड.मा जनता माथी बन्दुक र सैन्यवादी, अराजक, गैरराजनैतिक चरित्र प्रदशन गरेको भेटियो ।
हाम्रो मार्च अभियान मंसिर १३ गते देउखुरी क्षेत्रको अत्यन्त बिगट दक्षिणी गा.बि.स राजपुरको पोहरा भन्ने स्थानमा पुगियो । त्यहा हाम्रो संगठनको नाम निसानै रहेनछ , अत्यन्त पिछिडिएको बस्ति, धेरैले त नेपाली भाषा पनि बुझ्दैनथिए, बोल्न पनि जान्दैनथिए । त्यस दिन हाम्रो मार्च टोली आउदैछ भनेर थाहा पाएपछि सबै कामकाजमा नगएको कुरा बताए । हामिहरु सबै घरहरुमा बाँडिएर खाना खायौ, अत्यन्त खुसी साथ जनताले आफु सँग भएको दुध, घिउ, दहि सहर्ष टक्राए । दिनभर कार्यक्रम भािृ । स्थानिए भाषामा रेशम बि.सी, भरत भण्डारी, नाराएण योगी ले अभियानको बिषयमा बोल्नु भोि । जनताले जोर—जोरले ताली पिटे त्यही दिन हामी राप्ती तरेर लामो बाटो सतबरिया पुग्नु पर्ने थियो । तर त्यहाका जनताले हामीलाई तपाईहरु आज हाम्रो गाँउमा बस्नुहोस भनेर हाम्रो बाटो छेके, सबैले अनुरोध गरे । तर समय अभावको कारणले गर्दा फेरि आउने बाचा बाँधेर हात हल्लाउदै हाम्रो मार्च अभियान राप्तीमा हेलिदै सतबरिया तर्फ लाग्यो ।
आज देश रोईरहेको छ । जनता रोईरहेका छन । दुई थरी हतियार वालाहरु हतियारको तमासा देखाईरहेका छन । जनतालाई दुख दिईरहेका छन । हतियार भएको आधारले आफुलाई सर्वसक्तिमान सम्झिरहेका छन । प्रतिक्रियावादी, प्रतिगामी हरुले आफ्नो स्थितिलाई झन पछि झन मजबुद बनाउदै लगिरहेका छन । प्रमुख समस्याको रुपमा रहेको प्रतिगमनलाई परास्त नगरे सम्म हाम्रो देश अग्रगमनमा जान सक्दैन । त्यसैले प्रतिगमनको विरुद्ध संघर्षलाई केन्द्रित पार्नु पर्ने आजको प्रमुख बिषय हो । आज देशलाई रणनैतिक हिसावले सैन्यवादमा फसाउने दुवैथरि बन्दुकेहरुको मनसाए बुझिन्छ । प्रतिगामीहरुले त्यस प्रकारको सोचाई राख्नु लाई अन्यथा भन्न सकिदैन किनकी उनिहरुको वर्ग चरित्र, राजनैतिक चरित्र नै त्यसप्रकारको छ । तर दुखको कुरा क्रान्तिको नाममा, क्रान्तिकारी आन्दोलनको नाममा, जनयुद्धको नाममा आज माओवादीहरुले जनतालाई जोर जर्वजस्ती गरिरहेका छन । राजनैतिक आस्थाको कारण बाट सर्वसाधारण जनताको घांटी रेटेर मार्ने, आँखा झिकिदिने, नाक काटिदिने, खुट्टामा काँटी ठोकेर हिड्न लगाउन, तोके जति चन्दा नदिएको भनि गाउ निकाला गर्ने, जनताको घर कब्जा गरेर ताला मारिदिने, विकाश निमार्णको भैतिक संरचनाहरुमा बम पड्काएर ध्वस्त पारिदिने, राजनैतिक हिसाबले प्रतिवाद गरेको आधारमा अपहरण गरि कथित जंगली हिरासतमा राखी चरम शारिरिक तथा मानसिक यातना दिने काम निरन्तर संचालन गरिरहेका छन । आज उनिहरुले बिचार लाई गौण र बन्दुक लाई प्रधान ठनिरहेका छन । उनिहरुको हरेक गतिविधिहरु बिचारको आधारमा होईन कि बल र हतियारको आधारमा संचालित छन । यो उनिहरुको चरम सैन्यवादी रुझानको प्रतिफल हो । सैन्यवादी प्रवृतिको उपज हो । आज माओवादी चरम अराजकतावादको खाडलमा फस्दै गैरहेका छन । गुण्डागर्दीको दिशा समातिरहेका छन । उनिहरुले संचालन गरेको हरेक जनविरोधि गतिविधिहरुले प्रतिगामीहरुलाई मद्धत पुर्याईरहेको छ । प्रतिगमनका नायकलाई आफ्नो शक्ति अझ कस्दै लैजानको निम्ती माओवादी गतिविधिले बल पुगिरहेको छ ।
माओवादीहरुले बिगतका दिनहरुदेखिनै जे मागहरु सैदान्तिक,राजनैतिक तथा ब्यवहारिक हिसाबले राख्दै आए ठिक अर्को बिन्दु बाट ति मागहरुलाई राजाले पुरा गरिदिदै आएका छन । दरवार सँगको सम्वन्धलाई “अघोषित कार्यगत एकता” रुपमा चित्रण गर्ने, राजा लाई देशभक्ति किक्तामा राख्ने, बाग्लुङमा बेलाएती सेनाको अधिकृतहरुलाई अपहरण गर्दा सर्वोच्च कमाण्डर प्रचण्डले सोक बिहिल हुदै विज्ञप्ती दिने, अनि आस्थाको आधारमा राजनैतिक पार्टीका नेता कार्यक्रताहरुलाई अपहरण गर्ने , मार्ने , कथित जंगली हिरासतमा राखेर शारिरिक तथा मानसिक यातना दिने जस्ता अनगिन्ती जनविरोधि गतिविधिहरुको कारक तत्व माओवादीले अवलम्वन गरेको उर्गवामपन्थी गलत राजनैतिक बैचारिक धरातलनै हो । त्यसैको दुसित गर्भबाट जन्मेका हरेक कृयाकलापले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गराईरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तब्य बन्दछ । त्यसैले सबै राजनैतिक पार्टी, बौधिक समुदाय, राजनैतिक कर्मी लगाएत सम्पुर्ण तह र तप्का बाट ध्यान पुर्यादै गलत बैचारिक, राजनैतिक, सैदान्तिक,ब्यवहारिक पक्षहरुको विरुद्ध निर्ममता पुर्वक, संझौताहिन सैदान्तिक राजनैतिक रुपले संघर्ष संचालन गरिनु पर्दछ । जनतालाई त्यसको विषयमा सचेत पार्नु पर्दछ । गलत चिँजलाई सुधार्न हर संभव बाटाहरु अवलम्वन गर्नु पर्दछ । त्यही दैरानमा आज जनमोर्चा नेपाल छ । अहिलेको भण्डाफोर अभियान पनि त्यसैको एउटा अंग हो । आशा छ जनताको साथ अहिले जस्तै सदा—सदा रहने छ ।
२०६० मंसिर १ गते मार्च अभियानको उद्घाटन दाड.को सदरमुकाम घोराही बजारको दामोदर चोकमा भएको थियो । त्यस पछि विभिन्न गा.बि.स.हरु धर्ना, डुरुवा, उरहरी, टरिगाँऊ, हेकुली, पवननगर, तुल्सीपुर नगर पालिकाको विभिन्न वार्डहरु, हलवार, त्रिभुवन नगर पालिकाको विभिन्न वडाहरु, मानपुर, हापुर, गुलरिया, रामपुर, मौरिघाट, सिसनिया, सोनपुर, लालमटिया, बढरा, गोवडिया, गंगा परसपुर, गढवा, राजपुर, सतबरिया लगायतका गा.बि.स.हरु पार गर्दै २०६० मंसिर १५ गते लमही बजारमा हजारैं जनताको उपस्थितिमा जुलुसले बजार परिक्रमा गरि प्रथम चरणको कार्यक्रमको समापन गरियो ।


Sunday, January 24, 2010

युवा आन्दोलन हिजो र आज

युवा कम्युनिस्ट, मुखपत्र नेपाल कम्युनिस्ट युवा संघ (एकीकृत)
वर्ष ३, अंक १०६६ असोज
अग्रगति साप्ताहिक, वर्ष ४, अंक ११
२०६६ कार्तिक २६

आरम्भ,
विश्व कम्युनिष्ट आन्दोलनमा युवा संगठन र आन्दोलनको गौरवमय ईतिहा“स छ । शोषणमुलक समाजलाई ध्वस्त पारेर शोषणविहिन समाज निमार्ण गर्ने ठुला–ठुला आन्दोलनहरु युवाहरुले संचालन गरेका छन । श्रमजीवि वर्गको अधिकारलाई स्थापित गर्ने जनवादी, समाजवादी र साम्यवादी राज्यव्यवस्था निमार्ण गर्ने आन्दोलनको् मुख्य कडि युवाहरुनै हुन भन्न अतियुक्ति हुदैन । विश्वका महान क्रान्तिकारी अग्रजहरुले क्रान्तिकारी आन्दोलनको शुरुवात युवा अवस्था बाटै शुरु गरेका हुन । सवैभन्दा उर्जाशिल, सिर्जनशिल, सक्रिय, जागरिलो, तागतिलो, सिकारु, जुझारु, लडाकु तप्का युवाहरुनै हुन । त्यसैले पुरानो व्यवस्थाको अन्त्य गरेर नया“ व्यवस्थाको शुरुवात गर्ने आन्दोलनमा युवाहरुले ऐतिहासिक महत्व बोकेका छन । महान नेतृत्व, जुझारु सिपाई, सक्रिय कर्मचारी, सिपमुलक बैज्ञानिक, मेहेनती डाक्टर, दक्ष ईन्जिनियर, चनाखो वकिल, सिर्जनशिल समाज, उर्जाशिल नागरिक निमार्ण गर्ने मुख्य आधार युवाहरुनै हुन । त्यसैले त “क. माओले सन् १९५७ नोभेम्वर १७ मा युवाहरुलाई भन्नु भएको थियो ।” “संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरुकै हो । शक्ति र चेतनापूर्ण तिमी युवकहरु विहान आठ–नौ बजेको सूर्यझै“ जीवनको फत्र“mदो बेलामा छौ । हाम्रो आशा तिमीहरुमै रहेको छ । संसार तिमीहरुको हातमा छ । भविश्य तिमीहरुकै हातमा छ ।” नेतृत्व विकाशमा युवा, क्रान्तिकारी आन्दोलनमा क्रान्तिकारी विचार, दर्शन, सिद्धान्त, राजनीतिको आवश्यकता पर्दछ । त्यसलाई प्रतिपादन गर्ने, परिचालन गर्ने, बुझ्ने, बुझाउने र व्यवहारमा लागु गर्ने दक्ष जनशक्तिको झनै आवश्यकता पर्दछ । समाजमा देखा परेका हरेक विचार, नीति, सिद्धान्त, दर्शन र राजनीतिको बीचमा अन्तरसंघर्षहरु संचालन भैरहेका हुन्छन । ति विचारहरुको बीचमा एकले अर्काको अस्तित्वलाई समाप्त पार्न हरदम कोशिस भैरहेको हुन्छ । विचार, नीति, सिद्धान्त, राजनीति र दर्शनको बीचमा हुने अन्तरविरोधले गर्दा समाजमा शोषण, उत्पीडन, अन्याय, अत्याचार भैरहेको हुन्छ । प्रतिक्रियावादी शक्तिहरुले श्रमजीवि वर्ग माथि सवै प्रकारको दमन गर्न भुमिका खेलिरहेको हुन्छ । प्रतिक्रियावादीहरुको दमनले गर्दा श्रमजीवि वर्ग, गरिखाने वर्गलाई प्रतिरोधमा उत्रन वाध्य पार्दछ । त्यही अन्तरविरोधले पुरानो व्यवस्थाको अन्त्य भएर नया“–नया“ व्यवस्थाहरुको स्थापना हुदै गैरहेको हुन्छ । त्यसै परिवेशमा उत्पीडित जनताले क्रान्तिकारी युवाहरु निमार्ण गर्दछन । क्रान्तिकारी युवाहरुबाट क्रान्तिकारी नेतृत्व स्थापित हुन्छन । क्रान्तिकारी नेतृत्वले सहि विचार, सिद्धान्त, राजनीति, दशृन र आर्दशहरुको प्रतिपादन, परिचालन गर्न सक्छन । फेरी त्यसलाई व्यवहारमा लागु गर्न र रुपान्तरण गर्न तिनै क्रान्तिकारी युवाहरु र जनताले नै महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
जर्मनीमा एउटा एहुदी परिवारमा सन् १८१८ मा जन्मनु भएका कार्ल माक्र्सले “संसारका मजदुर एक होऔं” भन्ने नारा दिई विश्वभरिका मजदुरहरुलाई गोलवन्द गर्न सक्नु भयो । कार्ल माक्र्सले ३० वर्षको कलिलो युवा अवस्थामै सन् १८४८ मा “कम्युनिष्ट घोषणा पत्र” लेखेर विश्व भरिका कम्युनिष्टहरुको महान गुरु हुनुभयो, र संसारभरीमा कम्युनिष्ट आन्दोलनको जग बसाल्नु भयो । सन् १८५९ मा “पु“जी” ४२ बर्षको उमेरमै लेखेर विश्वभरीनै हलचल भच्चाईदिनु भयो । कार्ल माक्र्सले पुजीवादको विरोध र साम्यवादको प्रतिपादन गरेका कारण महान दार्शनिकको शुचिमा अग्रीम रुपमा चिनिनुहुन्छ ।
यस्तै सन् १८७० मा भोल्गा नदीको किनार सिम्वस्र्क रुसमा जन्मनु भएका क. लेनिन २३ बर्षको कलिलो उमेरमानै साम्यवादी विचारको प्रचारक भैसक्नु भएको थियो । २८ बर्षको कलिलो उमेरमा क. लेनिनले सन् १८९८ मा बोल्सेविक पार्टीको स्थापना गरिसक्नुृ भएको थियो । सन् १९०५ मा ३५ वर्षको उमेरमानै क. लेनिनले रुसमा जारको तानाशाहको विरुद्ध क्रान्ति शुरुगर्नु भयो, तर त्यो असफल भयो । फेरी सन् १९१७ मा दोश्रो पटक क्रान्ति गरेर तानाशाही जारको सासन पल्ट्याई दिनु भयो र आफ्नो अध्यक्षतामा सरकार समेत बनाउनु भयो । अफ्रिकामा नेल्सन मन्डेला, चिनमा क. माओ, भियतनाममा होचिमिन्ह जस्ता अग्रजहरुको क्रान्तिकारी आन्दोलनको शुरुवात र निरन्तरता उहा“हरुको युवा अवस्थास“ग अभिन्न ढंगले जोडिन्छ । त्यसैले क्रान्तिकारी आन्दोलनका अग्रज नेतृत्वको उत्पादन, बिकाश र परिचालनमा युवाहरुको भुमिका महत्वपूर्ण हुदै आईरहेको छ, र निरन्तरतामा अगाडि बढिरहने छ ।
युवा आन्दोलनको अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रभाव, युवा आन्दोलनको अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमानै अत्यन्त उल्लेख्य भुमिका रहेको छ । विश्व सर्वहारा वर्गका महान नेता क. लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व र निर्देशनमा स्थापीत युवकहरुको संगठन कम्सामोलले सोभियत समाजवादी क्रान्तिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । सन् १८९८ को बोल्सेविक पार्टीको स्थापना काल, सन् १९०५ को क्रान्तिको समय त्यस्तै सन् १९१७ को क्रान्ति, बोल्सेविक र मेन्सेविकको बीच हुने गरेको चरम बैचारीक अन्तरसंघर्ष आदीमा सोभियत युवाहरुको क्रान्तिकारी संगठन कम्सामोलको उल्लेख्य भुमिका क्रान्तिकारीहरुको लागि आज पनि अजर र अमर रहेको छ ।
हाम्रै छिमेकी मुलुक चीनमा चीनिया कम्युनिष्ट पार्टीको सहायक संगठनको रुपमा युवाहरुको क्रान्तिकारी संगठन “योङ्ग कम्युनिष्ट लिग” परिचालित थियो । क. माओका नेतृत्व र चीनिया कम्युनिष्ट पार्टीको अगुवाईमा संचालित जनवादी क्रान्तिको कालमा श्रमजीवि वर्गको मुक्तिको निम्ति अदम्य सहास र बलिदानीपूर्ण भाव सहित युवा संगठन “योङ्ग कम्युनिष्ट लिग” ले खेलेको गौरवमय भुमिका हाम्रो अगाडि सुः स्पस्ट रहेको छ । सन् १९१९ मई देखि १९२१ जुन सम्म चीनिया मई ४ आन्दोलन र कम्युनिष्ट आन्दोलनको उत्थान, सन् १९२१ जुलाई देखि १९२६ जुलाई सम्म चीनिया कम्युनिष्ट पार्टीको स्थापना, श्रमिक वर्गको आन्दोलनको विकाश, क्रान्तिकारी मोर्चा गठनको पहल र आन्दोलनको निम्ति प्रयास, सन् १९२६ देखि १९२७ सम्म चलेको प्रथम क्रान्तिकारी गृह युद्ध र उत्तरी अभियान, सन् १९२७ अगस्त देखि १९३१ सम्मको क्रान्तिकारी आधार क्षेत्रको स्थापना, जापान विरोधी आन्दोलन र पार्टी भित्र चलेको अन्तरसंघर्ष, सन् १९३१ देखि को जापानी साम्राज्यवाद विरोधी चरणवद्ध आन्दोलन, आधार क्षेत्रको निमार्ण, आन्तरिक शान्तिको पहल जो १९४२ डिसेम्वर सम्म चल्यो । त्यसपछि सन् १९४३ जनवरी देखि १९४५ सम्मको मुक्त क्ष्ँेत्रद्धारा प्रत्याक्रमणको शुरुवात, प्रतिरोध युद्ध र अन्तिम विजयको संखघोष आन्दोलन, सन् १९४५ देखि १९४६ सम्म जापानी साम्राज्यवादको आत्पसमर्पण र घरेलु जनवादको लागि संघर्ष, सन् १९४६ देखि १९४७ सम्म क्वमिङताङ फौजको विरुद्ध जनमुत्ती सेनाद्धा भिषण प्रतिरोधको चरण र क्रान्तिकारी गृह युद्धमा रणनैतिक आक्रमण र जन क्रान्तिको देशव्यापी विजयको शुरुवात सन् १९४७ जुलाई देखि १९४९ अक्टुवर सम्मको यि सवै चरणहरुमा युवाहरु, युवाहरुको क्रान्तिकारी संगठन “योङ्ग कम्युनिष्ट लिग”ले खेलेको भुमिका अजङ्ग पहाड जस्तो हाम्रो सामु उभिएको छ ।
त्यसपछि पनि सन् १९६६ देखि १९७६ सम्म चलेको महान सर्वहारा सा“स्कृतिक क्रान्तिमा युवाहरुको उल्लेख्य भुमिका रहेको हो । त्यसैले त “क. माओले सन् १९६६ जुलाई २१ गते केन्द्रीय कमिटिको बैठकमा युवाहरुको बारेमा संवोधन गर्नु भएको थियो ।” “यहासम्म कि तपाईहरुले आफ्नै जिउमा आगो लगाउन तयार हुनु पर्छ, दनदन बोलिरिहेको आगोको ज्वालामा आफुलाई होम्न तयार हुनुपर्छ के तपाईहरुमा यसो गर्न हिम्मत छ ? तपाई हरुले एकचोटि मात्र होईन बारम्वार देशलाई समाजवादमा प्रवेश गराउन बल गर्नु पर्दछ । राजनीतिलाई कमाण्डमा राख्नुहोस, जनताको बीचमा जानुहोस, उनिहरुस“ग घुलमिल गर्नुहोस र महान सा“स्कृतिक क्रान्तिलाई अझ राम्ररी हाक्नुहोस ।” क. माओको उक्त भनाई आज पनि युवा आन्दोलन र युवाहरुको लागि महत्वपूर्ण रहेको छ । यसलाई आत्मसाथ गर्नु सवै सहि युवा आन्दोलनको दायीत्व हो । पेरिस कम्युनको स्थापना, भियतनामी क्रान्तिको सफलता र नेपालको सन्दर्भमा समेत युवा आन्दोलनको प्रभाव अथक र महत्वपूर्ण रहेको छ । नेपाल कम्युनिष्ट पार्टीको मातहतमा २०१२ सालमा नेपाल राष्ट्रिय युवक फेडेरेसनको स्थापना गरिएको थियो । उक्त संगठनको २०१२ जेठ २९ देखि असार ३ गते सम्म पाल्पामा भएको प्रथम सम्मेलनले विधान तथा नीतिहरु पारित गरेको थियो र त्यस सम्मेलनले संगठनको नामलाई बदलेर पश्चिम नेपाल युवक संघ राख्यो । त्यस्तै २०१४, १७, २७ र २९ सालमा पनि युवा संगठनको गतिशिलता थियो । यसैगरी २०३८ साल माघ महिनामा राष्ट्रिय स्तरको अखिल नेपाल युवक संघ स्थापना गरियो । त्यही निरन्तरतामा बहुदलीय व्यवस्थाको स्थापना पछि अन्य युवा संगठनहरु पनि निमार्ण भए । जो आज सम्म पनि आ–आफ्नै ढंगले क्रियाशिल रहेका छन । आन्दोलनको सन्दर्भमा २००७, ०१४, ०१७, ०२७, ०३६, ०४६, ०५२ र पछिल्लो समयमा ऐतिहासिक जनआन्दोलन ०६२÷६३ सम्म आईपुग्दा लाखौं–लाख युवाहरुले बलिदानीपूर्ण संघर्षमा भाग लिईसकेका छन । हजारौं युवाहरु सहीद भैसकेका छन । त्यसैले आजको आन्दोलनको मेरुदण्ड पनि युवाहरु नै हुन भन्न अतियुक्ति हुने छैन ।
युवा आन्दोलन प्रतिको अपेक्षा, आज हाम्रो देशमा पनि समाजले युवाहरु र युवाहरुले संचालन गर्ने आन्दालन प्रति ठुलो विश्वास र भरोसा राखेको छ । विश्वस्तरमा पनि युवाहरुको आन्दोलनले ठुला–ठुला सफलताहरु चुमेको थियो । समाजले युवाहरु प्रति राखेको विश्वास र भरोसालाई पुरा गर्न आमुल परिवर्तनकारी आन्दोलनको प्रकृयालाई जोडतोडले विकाश गर्नु अनिवार्य रहेको छ । “कम्युनिष्ट समाज निमार्ण गर्ने वास्तविक कार्यभार युवाहरुको नै हो । श्रमजीवि वर्गको निम्ति वर्ग संघर्षमा होमिनु र कम्युनिज्म निमार्ण गर्न अगाडि बढ्नु युवाहरुको मुख्य कार्यभार हो” उक्त भनाई “क. लेनिनले सन् १९२० अक्टुवर २ मा युवाहरुको तेश्रो रुसी का“ग्रेसमा भन्नु भएको थियो ।”
रणनैतिक हिसावले जनवादी समाजवादी र साम्यवादी राज्य व्यवस्था निमार्ण गर्ने अभिष्टतालाई केन्द्रमा राखेर युवा आन्दोलन अगाडि बढ्नु पर्दछ । त्यसको साथै तत्कालमा देखा पर्ने समस्याहरुलाई पनि समाधान गर्न संघर्ष गर्न पछाडी पर्नु हुदैन । आज देशमा देखिएका समस्याहरुलाई समाधान गर्न पनि युवा आन्दोलनको खा“चो रहेको छ । त्यो भरोसा समाजले युवाहरु प्रति राखेको छ । यतिवेला तोकिएकै समयमा सार्थक अग्रगामी संविधान निमार्ण गर्न जोड दिनु पर्दछ । भारतीय विस्तारवादले नेपाली भुमि अतिक्रमण गरिरहेको छ त्यसलाई रोक्न राष्ट्रियताको आन्दालनको आ“धी–वेहरी सृजना गर्नु पनि अर्को महत्वपूर्ण जिम्मेवारी युवा आन्दोलनमा रहेको छ । सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धी—संझौताहरुलाई खारेज गरिनु पर्दछ । सरकारले गर्ने गरेको राष्ट्रघाती, जनघाती कामहरुलाई पूर्ण रुपले रोक्न फेरी पनि आन्दोलनको आवश्यकता पर्दछ । कमिसनतन्त्र, घुसखोरी, भ्रष्टाचार, तस्करीलाई तत्काल रोकिनु पर्दछ । पूर्ण शान्तिशुरक्षाको व्यवस्था, जनआन्दोलनका अपराधीहरुलाई कारवाही जस्ता विषयहरु पनि आजका मुख्य विषयहरु हुन त्यसैले आजका यि विषयहरुलाई हल गर्नको लागि फेरी ठुलो दवाब आन्दोलनको जरुरी रहेको छ । त्यसको नेतृत्व अझ युवाहरुले गर्नु पर्दछ । समाजले राखेको यो विश्वासलाई पुरा गर्न सम्पूर्ण युवाहरु र क्रान्तिकारी युवा संगठन ठोस योजनाका साथ लाग्नु आजको अनिवार्य प्रश्न हो । “एक युवक क्रान्तिकारी छ कि छैन भनेर कसरी जाच्नु पर्छ ? हामी कसरी छुट्ट्याउन सक्छौं ? यसको एउटा मात्र कडि हुन सक्छ, त्यो हो, उ मजदुर र किसानहरुको समुह सित एकाकार भई मिल्न ईच्छुक छ कि छैन र व्यवहारमा पनि त्यसै गर्छ कि गर्दैन । उ यसो गर्न ईच्छुक छ र वास्तवमा त्यस्तै गर्छ भने उ क्रान्तिकारी हो, नत्र उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हो । उसले आज मजदुर र किसानहरुको समुहमा एकरुप पार्छ भने उ आज क्रान्तिकारी हुन्छ, भोली उ त्यसो गर्न छाड्छ र साधारण जनतालाई थिच्न थाल्छ भने उ अ–क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हुन्छ ।” “सन् १९३९ मे ४ मा युवा आन्दोलनको दिशा मा क. माओले उक्त कुरा बताउनु भएको थियो ।” आजको परिवेशमा पनि यहि कुरा सहि र सत्य छ । किनकी, हाम्रो देशमा क्रान्तिकारी आन्दोलनको लागि किसान र मजदुर वर्ग नै सवैभन्दा आधारभुत वर्ग हो । त्यो वर्ग नउठे सम्म र आन्दोलनमा नलागे सम्म आजको नेपाली क्रान्तिले सफलता चुम्न सक्दैन । अन्त्यमा, युवा संगठन र आन्दोलनमा पनि विभिन्न अवसरवादी विचारहरु बारम्वार देखिने गरेको हुन्छ । एकातिर दलाल, नोकरशाही तथा सामन्ती प्रतिक्रियावादी विचारहरु युवा आन्दोलनका बाधक हुन भने अर्कोतिर दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी अराजकतावादको प्रकृयाबाट देखा पर्दछ । त्यस प्रकारको विचारले क्रान्तिलाई मदत गर्दैन बरु प्रतिक्रान्तिको सेवामा लाग्छ । उनिहरुले साम्राज्यवाद तथा विस्तारवादहरुस“ग संघर्षको होईन संझौताको नीति अवलम्वन गर्दछ । सत्ता, कुर्सी, सुख–सविधा, पद–प्रतिष्ठा, जनघाती तथा राष्ट्रघाती गतिविधीहरु उनिहरुको मुख्य कामहरुमा पर्दछन । यो गलत विचारबाट युवाहरुलाई सचेत पार्नु, युवा संगठनलाई यसबाट बचाउनु अनिवार्य रहेको छ ।
माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई पथप्रदशक सिद्धान्त मान्नु, सर्वहारावर्गको अधिनायकत्वलाई स्वीकार गर्नु, वर्ग संघर्षलाई हरेक समयमा आत्मसाथ गर्नु, सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य मान्यतालाई स्वीकार गर्नु र यसैको आधारबाट युवा आन्दोलनलाई अघि बढाउनु हामी सवैको दायीत्व हो । यो प्रकृयामा सवै क्रान्तिकारी युवाहरु लाग्नु पर्दछ, भने त्यही परिवेशमा युवा आन्दोलनलाई चर्काउनु पर्दछ ।

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।