Tuesday, June 28, 2011

नेकपा (एकीकृत) को आठौ महाधिवेशन प्रति गरिएको अपेक्षा बारे

अग्रगती साम्ताहिक
बर्ष ५, अंक ४२
२०६८ असार ९ गते विहिबार ।

चिरन पुन
“सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढौं ।” भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को आठौं महाधिवेशन अवध भोजपुरा प्रदेशको सुन्दर नगरी बुटवलमा ०६८ असौज ७ देखि १३ गते सम्म सम्पन्न गरिदैछ । यो आठौ महाधिवेशनले पार्टीको नीतिलाई झन स्पस्ट पार्नेछ । समयसान्दर्भिक, क्रान्तिकारी रुपान्तरणको लागि दिशानिर्देशनात्मक, गुणात्मक फड्कोयुक्त जुझारु आगामी कार्यक्रमहरुको ठेगान गर्नेछ र नेतृत्वको पुर्नसंरचना, व्यवस्थापन र परिमार्जित गर्ने काम समेत निकै वैज्ञानिक र बस्तुपरक ढंगले सम्पन्न गर्नेछ ।

क. माओले सन् १९४८ नोभेम्वर मा “संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऔं र साम्राज्यवादी आक्रमणका विरुद्ध जुध” भन्ने सन्दर्भमा बताउनु भएको थियो, “क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनै पर्दछ । क्रान्तिकारी पार्टी विना, माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुशार बनेको पार्टी विना, साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर बर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” हामी क्रान्तिकारी पार्टी निर्माण गर्न खोजेका छौ । हामीले सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यव्यवस्था स्थापना गर्न चाहेका छौं । दलाल, नोकरशाह, सामन्ती पुजिँपति बर्गको राज्यसत्तालाई नष्ट गर्न खोजेका छौ । किसान, मजदुर, सर्वहारा वर्गको वा गरिखाने वर्गको राज्यसत्तामा पउँच बनाउन लागेका छौ । समाजलाई नयाँ जनवादी, समाजवादी र साम्यवादी चरणमा रुपान्तरण गर्न तम्सेका छौ भने क. माओले भन्नु भएको उक्त कुरालाई हामी सवैले सधैभरी आत्मसाथ गर्न आवश्यक छ ।

हामीले नेकपा (एकीकृत) निर्माण गरेको पनि आधा दसक भन्दा बढी समय भैसकेको छ । नेकपा (एकीकृत) निर्माण गर्दा हामीलाई हाम्रो नीति, नेतृत्व र कार्यक्रम निकै क्रान्तिकारी, सक्षम र समयसान्दर्भिक लागेको थियो । कम्युनिष्ट आन्दोलनमा देखिएको विभिन्न अवसरवादी भड्कावहरुको विरुद्ध सघर्ष गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी कम्युनिष्ट पार्टी बनाउने दायीत्वबोध सम्झेका थियौ । कम्युनिष्ट आन्दोलनमा स्थापीत भैसकेको परम्परावादी, सङ्किणवादी, जडसुत्रवादी, व्याक्तिवादी सोँच, कार्यशैली र परम्परालाई तोड्दै हामी अगाडि बढ्ने अभिलाषा बोकेका थियौ । हाम्रो पार्टी नेकपा (एकीकृत) लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैकल्पिक शक्तिको रुपमा विकाश गर्ने र क्रान्तिकारी सिद्धान्तको सहि आत्मसाथ गरेर जनवादी क्रान्तिको असली संवाहक बनाउने विश्वास पनि गरेका थियौं । ति अभिभाराहरु पुरा गर्ने कदम बढाईरहदा हामी र हाम्रो नेतृत्वमा केहि समस्याहरु पैदा भए । केहि गडबढीहरु देखियो । केही असक्षमताको पनि प्रश्नहरु उठ्यो । केहि कार्यशैलीहरुमा पनि बेमेल देखियो । केहि निष्कृयता र केहि अराजकताको पनि महशुस भएको छ । तर नेकपा (एकीकृत) निर्माण गर्दा जस्तै आज पनि हाम्रो त्यो विश्वासमा कमि आएको छैन । त्यो सैद्धन्तिक दिशा निर्देशमा हामी विचलित भएका छैनौ । हाम्रो प्रतिवद्धताहरुमा कमि आएको छैन । हाम्रो विश्वास, भरोशा र उत्साहमा कहिँकतै तलमाथि भएका छैनौ तर, “ज्ञान अभ्यासबाट शुरु हुन्छ र अभ्यासबाटै प्रष्ट गरिएको सैद्धान्तिक ज्ञानले फेरी अभ्यासमा नै फर्कनु पर्दछ । बैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फको फड्कोमा प्रकट हुनै पर्दछ, र त्यो झन बढ्ता महत्वपूर्ण छ ।” क. माओले “सहि विचार कहाँबाट आउछन् ?” भन्ने सन्दर्भमा सन् १९६३ मा बताउनु भएको थियो । क. माओको यो सन्दर्भले पनि के स्पस्ट पार्दछ भने हाम्रो समस्या अभ्यासमा छ । क्रान्तिकारी व्यवहारमा छ । पार्टीको काम गर्ने सैली र तरिकामा छ । निष्कृयतामा छ । निष्कृयताको जगमा पैदा भएको अराजकतामा छ । अकृमन्यतामा छ । त्यसैले अभ्यासमा जाने निरन्तर कार्यक्रम, अभ्यासबाटै खारिएका सैद्धान्तिक ज्ञानलाई निरन्तर प्रशिक्षण, लेनिनवादी संगठनात्म सिद्धान्तमा आधारित पार्टीमा काम गर्ने सैली र तरिकाको तत्काल सुधार, निष्कृयताको तत्काल अन्त्य, निष्कृयताको जगमा पैदा भएको अराजकतालाई निमूल पार्ने ठोस कार्यक्रम र अक्रमन्यतालाई रोक्न नेतृत्वको पुर्नसंरचना, व्यवस्थापन र परिमार्जन गर्न आवश्यक कदम यसै आठौ महाधिवेशनबाट चाल्न आवश्यक छ ।

अबको क्रान्तिको नेतृत्व एनेकपा (माओवादी) एमाले वा अन्यकुनै आफुलाई कम्युनिष्ट भन्ने शक्तिले गर्न नसक्ने कुरा त प्रष्ट नै छ । किनकी, उनिहरुको यात्रा र पतन दक्षिणपंथी संशोधनवादमा नै छ । त्यो कुरा उनिहरुको आजसम्मको बैचारिक प्रतिवद्धता र गतिशिलता र उनिहरुले जनताको विचमा अवलम्वन गरेका व्यवहारले पनि स्पस्टै हुन सकिन्छ । तर, कुरा क्रान्तिकारी आन्दोलनको हो । क्रान्तिकारी आन्दोलनलाई हाँक्ने नेतृत्वको हो । क्रान्तिकारी पार्टी निर्माण गर्ने कार्यशैली, विस्वास र प्रतिवद्धताको हो । किशान, मजदुर, सुकुम्वासी, उत्पीडित क्षेत्र र जनतालाई उत्साहित पार्ने क्रान्तिकारी कार्यक्रमको हो । पार्टीको बैठक बस्यो, छलफल चलायो अनि कार्यक्रमहरु बनाउन खोज्यो धेरैको मुखबाट फुत्कन्छ कार्यक्रम सम्पन्न गर्न सकिन्न । फेरी छलफल चलायो, कार्यक्रमहरुको विषयमा योजना बनाउन खोज्यो र कतिपय कार्यक्रमहरु पनि ठेगान गर्यो फेरी सुनिन्छ महत्वकाक्षी कार्यक्रम भयो सम्पन्न गर्न सकिन्न । बल्ल बल्ल कार्यक्रमहरु बन्छन् अनि प्रदेश र जिल्लाहरुमा जाने कुरा उठ्छ, कार्यक्रमहरु बल्ल तल्ल सम्पन्न गरिन्छ समिक्षा हुँदा थाहा हुन्छ कि निकै थोरै मानिसहरु मात्रै कार्यक्रम सम्पन्न गर्न खटेको कुरा सुनिन्छ । यो सैली तौर तरिका र प्रवृतिले निश्चितै रुपमा क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्दैन । “हामीले आफ्ना पङ्तीहरुलाई सवै किसिमका लुरे विचारहरुबाट मुक्त पार्नुपर्दछ, शत्रुको शक्तिलाई भएको भन्दा बढ्ता ठान्ने र जनताको शक्तिलाई भएको भन्दा कम ठान्ने सवै विचार बेठिक छन” सन् १९४७ डिसेम्वर २५ मा क. माओले बताउनु भएको यो कुरालाई हामी र हाम्रो नेतृत्वले सवै बेलामा विचार गर्नु पर्ने अवस्था पैदा भएको छ ।

हामीले हाम्रो कामको समिक्षा, नेतृत्वको मुल्याङ्कन, कार्यक्रमहरुको बारेमा पनि आवश्यक छलफल र विचार गर्नै पर्दछ । हाम्रो पार्टी नेकपा (एकीकृत) को संगठन अहिले पनि देशको ठुलै क्षेत्रमा फैलिएको छ । देशै भरी हाम्रो पार्टीका सदस्यहरु, समितिहरु, र शुभचिन्तकहरु हुनुहुन्छ । तलका कामरेडहरुसँग भेट्दा निकै उत्साही भएको पनि पाईन्छ । अहिले त्यति निराशा पनि देखिदैन । केन्द्रमा भएका कामरेड गएर काममा भिड्ने हो भने, सानो शक्ति र थोरै कामरेडहरुले पनि निकै ठुलो र उत्साही कार्यक्रमहरु सम्पन्न गरेको तथ्यहरु हाम्रै सामु छर्लङ्ग छ । अनि मैले यसो विचार गरे, समस्या कहाँ हो त ? समस्याको समाधान गर्ने उपाए तलतिर कि माथितिर खोज्नु पर्ला ? समस्या तलतिर पनि होला तर, मुख्य समस्या माथितिरै को हो भन्ने मलाई लागेको छ । हाम्रो नेतृत्व छ, तर अक्रमन्ततामा फसेको देखिन्छ । हाम्रो केन्द्रीय समिति छ तर, कामको योजनाहरु बनाउन सकेको छैन । केन्द्रीय समितिमा थुपै्र सदस्यहरु छौ तर, निष्कृयतामा चुर्लुम्म डुवेका छौ । केन्द्रीय समितिका बैठकहरु पनि सम्पन्न हुन्छन कतिपय निर्णयहरु पनि गरिन्छ तर, अधिकांश निर्णयहरु क्रियान्वयनको तममा जादैनन् । गरिएको निर्णयहरुलाई तल्लोतहमा क्रियान्वयन गर्ने कुरा उठ्छ, अनि निकै थोरै कामरेडहरु मात्रैले निर्णय क्रियान्वयनको भुमिका खेलेको देख्न पाईन्छ । यस्तो अवस्थामा रहेको हामी र हाम्रो पार्टी नेतृत्वलाई बेलैमा उपचार गर्न सक्नु पर्दछ । यसै सन्दर्भमा क. माओले सन् १९६६ अगष्ट ८ मा “पार्टी नेतृत्वले निडर बनेर आम जनतालाई व्युझाउने, उठाउने सहास गर्छन कि गर्दैनन् भन्ने कुराले क्रान्तिकारी उपलव्दीलाई निर्धारण गर्दछ ।” “सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनतालाई व्युझाउ” भन्ने सन्दर्भमा भन्नुभएको थियो । क. माओले भन्नुभएको यो भनाईले पनि स्पस्ट हुन्छ कि आज हामी र हाम्रो नेतृत्वले यसको तारतम्यलाई कसरी उतारेका छौ । यसलाई हाम्रा तल्ला समितिहरुले के अनुभुति गर्न पाईराखेका होलान ? यसको निराकरण पनि हाम्रो पार्टी नेकपा (एकीकृत) को आठौ महाधिवेशनले गर्नै पर्नेछ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनताको निम्ति हाम्रो पार्टी संचालन गर्दै आएको जनदबाब अभियानको महत्व र यसले खेलेको भुमिकाको बारेमा पनि अवस्य महाधिवेशनमा समिक्षा गरिने विषय बन्ने छ । पार्टीको संगठन, आर्थिक अवस्था, पूर्णकालिन कार्यकर्ता, प्रकाशन आदीको विषयमा पनि महाधिवेवनले महत्वपूर्ण निर्णयहरु गर्नेछ ।

नया जनवादी क्रातिको तयारीमा लाग्ने विषय पनि आठौ महाधिवेशनको मुख्य मुद्धा बन्ने छ । सहि विचार, स्पस्ट नीति, जुझारु नेतृत्व, परिस्थिति जन्य ठोस र मुर्त कार्ययोजनाको लागि हामीेले आठौ महाधिवेशन बाट सहि निर्णय गर्ने छौ । यो महाधिवेशनले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा कोशे ढुङ्गाको काम गर्ने छ । दलाल, नोकरशाह, पुजिपति, सामन्त बर्गको विरुद्ध यो महाधिवेशनले निर्णयक क्रान्तिको निम्ति ठोस नीति बनाउने छ । सवै खाले अवसरवाद र भड्कावहरुलाई समेत यो महाधिवेशनले खवरदारी गर्दै सहि क्रान्तिकारी धारालाई बलियो र निर्णयक बनाउन यो महाधिवेशनले निर्णयक भुमिका खेल्ने छ । क्रान्तिकारीहरु विचको एकतालाई पनि यो महाधिवेशले बल पुर्याउने छ । विभिन्न अवसरवादी कित्तामा लागेका सहि क्रान्तिकारीहरुलाई पनि यो महाधिवेशनले एउटा क्रान्तिकारी जग पैदा गर्नेछ । आशा गरौं नेकपा (एकीकृत) को आठौ महाधिवेशन प्रति गरिएको सार्थक अपेक्षालाई अवश्य पनि हामी सवैले मिलेर पुरा गर्न सकिनेछ ।
धन्यवाद ।




Friday, March 18, 2011

जन सुरक्षा दस्ताको आवश्यकता र औचित्य


अग्रगति साप्ताहिक
बर्ष ५, अंक २९,
२०६७ चैत्र ३,विहिबार काठमाण्डौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले हालै जनसुरक्षा दस्ता गठन र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष क. श्रृषीराम शर्मा कट्टेलले यसको औपचारिक रुपमा सार्वजनिक भएको घोषणा ०६७ फागुन २५ गते काठमाण्डौमा गर्नु भयो । यसको आवश्यकता र औचित्यताको बारेमा पार्टीमा निकै महत्वपूर्ण छलफल र बहसहरु भए । यसको संगठनात्मक स्वरुप, परिचालनको विधि र कामको दायरालाई निकै गम्भिर ढंगले किटानी गरिएको छ । क्रान्तिकारी सुझ बुझ र विस्वासका साथ यसको गठन, सार्वजनिक र परिचालनमा जाने टुङ्गोमा पुगिएको हो । नेपालको कम्युनिष्ट आन्दोलनले स्थापित गरेका मान्यताहरु, आन्दोलनमा देखिएका अनुभव र अनुभुतिहरु र वर्तमान राजनीतिक परिवेशको आवश्यकतालाई आत्मबोध गर्दै, जन सुरक्षा दस्ताको निर्माण गरिएको महत्वलाई सवै पक्षले बुझ्न आवश्यक छ भन्ने लाग्दछ ।

नेकपा (एकीकृत) को एकताको सातौ महाधिवेशनले निकै उत्साहजनक ढंगले जनसुरक्षा दस्ता गठन गर्ने निर्णय गरेको थियो । आज एकताको सातौं महाधिवेशन सम्पन्न भएको पनि केहि समय वितिसकेको परिवेश छ । जनसुरक्षा दस्ताको औपचारिक गठन र सार्वजनिकको लागि यो समय लाग्नु नै पर्ने थियो । यसको गठन, सार्वजनिकिकरण र परिचालनको नीतिगत निर्णय गरेर मात्र पुग्दैनथ्यो । यसको सवै पक्षहरुको बारेमा सुश्म अध्ययन, अनुसन्धान, संभावना, अवरोध, अवसर र चुनौतिहरुको बारेमा व्यापक र गम्भिर छलफल गर्नु र सहि निर्णयमा पुग्नु थियो । जब पार्टीले यो नीति निर्णयलाई व्यवहारमा क्रियान्वयन गर्ने टुङ्गोमा पुग्यो पार्टीबाट केहि विचारमा अवसरवादी र क्रान्तिकारी आन्दोलनबाट पलाएन हुनेहरुले अवरोध पैदा गर्न खोजे । किनकी, नेपालको कम्युनिष्ट आन्दोलनमा “जता काफल पाक्यो, उतै चरि नाच्यो” भन्ने प्रवृति नया“ थिएन । विगत निकै छोटो समयमा भएका र गरिएका राजनैतिक तथा बैचारिक प्रस्तावनाहरुलाई चटक्कै भुलेर पद, प्रतिष्ठा, अवसर र सुविधाको लागि आत्मसमर्पण गर्ने प्रवृतिहरु र अवसरवादी भुमिकाले नेकपा (एकीकृत) लाई पनि केहि असर पुर्याउन खोज्यो तर, त्यो संभव थिएन र भएन पनि । आज नेकपा (एकीकृत) ति सवै प्रवृतिहरुलाई परास्त गर्दै अगाडि बढिरहेको छ र जनसुरक्षा दस्ताको गठन, सार्वजनिक र परिचालनको अवस्थामा पुगेको छ ।

जन सुरक्षा दस्ताको गठनको सार्वजनिक भए बाटै विभिन्न कोणहरुबाट सकरात्मक तथा नकरात्मक टिप्पोणीहरु हुनु स्वभाविक थियो र भए पनि । जन सुरक्षा दस्ता नेपाली काग्रेसको तरुण दल वा एमाओवादीको वाईसिएल, वा एमालेको युथफोर्स जस्तै हो त ? हामी स्पस्ट गर्न चाहन्छौ, आजको सैद्धान्तिक, राजनैतिक र दार्शनिक अवधारणा, गतिविधिको केन्द्र विन्दु र यसको उदेश्य यि दुवै सन्दर्भले जन सुरक्षा दस्ता विल्कुल उनिहरु भन्दा फरक छ र फरकै ढंगले परिचालन हुनेछ । वर्तमान दलाल, नोकरशाह, सामन्ती पुजिवादी राज्यसत्तालाई मलजल गर्न होईन त्यसलाई ध्वंस गर्न जनसुरक्षा दस्ताको भुमिका केन्द्रीत गरिनेछ । दलाल, नोकरशाह, सामन्ती पुजिवादी बर्गको ईसारामा टिकेको सरकार र त्यसले जनतालाई दिने गरेको उत्पीडनहरुको अन्त्य गर्न जन सुरक्षा दस्ता परिचालन गरिने छ । जनवादी अधिनायकत्व र सर्वहारा वर्गको अधिनायकत्वलाई तिलाञ्जली दिन होईन त्यसको स्थापनामा जन सुरक्षा दस्ताको भुमिकालाई केन्द्रीत गरिने हुनेछ । समाजमा देखिने भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरी, कालोबजारीलाई रोक्न पनि जन जनसुरक्षा दस्ताको परिचालन अनिवार्य गरिनेछ । साम्रज्यवाद विस्तारवादको विरुद्ध डटेर संघर्ष गर्दै राष्ट्रिय स्वाधीनता रक्षाको निम्ति जन सुरक्षा दस्ताको भुमिकाको खा“चो पर्नेछ । साथै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु, कम्युनिष्ट पार्टीको नाममा स्थपित भएको अवसरवादलाई परास्त गर्न पनि जनसुरक्षा दस्ताको भुमिकालाई अगाडि बढाईने छ ।

जन सुरक्षा दस्ता के यो नेकपा (एकीकृत) को संयमसेवक मात्र हुन ? निश्चितै रुपमा यो संयमसेवक मात्र होईनन् । तर, स्वयमसेवकको काम पनि जन सुरक्षा दस्ताले गर्नेछन । के जन सुरक्षा दस्तालाई लाल सेना नै बनाउन खोजिएको हो त ? त्यो पनि विल्कुल होईन । तर, आवश्यकता अनुशार जन सुरक्षा दस्ताले लाल सेनाको भुमिका खेल्न पनि परिवेशले बाध्यतामा रुपान्तरण गर्न नसक्ला भन्न सकिन्न । के नेकपा (एकीकृत) ले जनयुद्धनै घोषणा गर्न खोजेको हो त ? त्यो पनि गलत हुन्छ किनकी, पार्टीले अहिलेको परिवेशको वस्तुगत आधार र आत्मगत आधार सहि मुल्याङ्कन गर्दै जन संघर्षलाई नै अहिलेको संघर्षको केन्द्रीय प्रश्न हो भन्ने निष्कर्षमा पुगेको छ । र जन सुरक्षा नीतिको प्रकृयामा मुलुकलाई रुपान्तरण गरिनु पर्दछ भन्ने मान्यता अघि सारेको छ ।

युद्ध तथा विद्रोहहरु रहरले गरिने होईन, यो बाध्यताको उपज हो । सामाजिक, आर्थिक र राजनीतिक परिवेशले ल्याउने अनिवार्य आवश्यकताको परिणाम हो, भन्ने कुरा विश्वका हरेक मुलुकहरु र नेपालकै पनि विगतका स्थापित अवस्थाले प्रस्ट पारिसकेको छ । समाजका हरेक उत्पीडनहरुको अन्त्य हुनु पर्दछ । समयमा सार्थक संविधान बन्नु पर्दछ । राष्ट्रिय स्वाधीनताको रक्षा हुनु पर्दछ । सन् १९५० लगाएतका असमान सन्धी संझौताहरुको खारेजी गरिनु पर्दछ र रायमाझी आयोगका दोशीहरुलाई कारवाही हुनु पर्दछ । भ्रष्टाचार, कमिसनतन्त्र, घुसखोरीलाई निर्मुल पारिनु पर्दछ । के आज जनताको बीचबाट उठेका यि मागहरुलाई राज्यसत्ता र सरकारले पुरा गरिदिन सक्ला ? अहिले सरकारमा भएका र जान तम्सेका पार्टी र नेताहरुले यि कामहरुलाई सम्पन्न गर्न सक्लान ? यसको उत्तर जनताले को स“ग खोज्ने होला ? आज देशमा क्रियाशिल ठुला पार्टीहरु र हालसम्म सरकारमा बसेर कुर्सीको स्वाद चाख्नेहरुले यि कामहरु पुरा गर्न र यसको जनतालाई सकरात्मक जवाफ दिने हैसियद कामय गरेका छन ? यसको जवाफ चाहिएको छ अब जनतालाई । सहि भुमिका चाहिएको छ, अब यो देशलाई । जन सुरक्षा दस्ता हो त्यो जवाफको खोजीमा लाग्ने छ ।

फेरी जनताले युद्ध र विद्रोहको कुरा गर्दा साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र यथास्थितिवादलाई राम्रो लाग्दैन । किनकी, उनिहरुको बा“च्ने आधार युद्ध र हिंसा नै हो । हाम्रो देशको सरकार र सरकारमा बसेका पार्टीहरुलाई पनि अब युद्ध र विद्रोहको कुरा पच्दैन । किनकी, उनिहरुले पनि अब यहि राज्यसत्ताको रसस्वादनमा डुवुल्की मार्नु छ । खोई त, के गर्यो, एमाले, काग्रेस र एमाओवादीले देश र जनताको लागि ? भन्ने प्रश्नहरु मुलुकभर उठ्न थालेको छ । साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी, यथास्थितिवादी, दक्षिणपंथी र अराजकतावादीहरुलाई जनताले गर्ने युद्ध प्रति त्यति विस्वास पनि हुदैन । किनकी, जनताको युद्ध र विद्रोहको बाधन उनिहरुनै हुन । तत्कालिन माओवादीले देशमा यति ठुलो उथलपुथल ल्याउला भन्ने तत्कालिन राजा, वा काग्रेस, वा एमाले, वा अन्य साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले हेक्का राखेका पक्कै थिएनन । बागबजारको भित्तामा वालपेन्टिङ गर्दा डा. बाबुराम भट्राईको टाउको माथि लाठि बर्साउने मण्डलेहरुले पनि परिस्थितिको कल्पना गरेका थिएनन । अहिले ए माओवादीलाई जयजयकार मनाउदै आफ्नो अवसरवादी अनुहार ढाक्न एमाओवादीमा लामवद्ध हुने सामाजिक फासिवादी, सैन्यवादी, उग्रवादी भन्दै दस्तावेज तयार पार्ने कामरेडहरु र तत्कालिन माओवादीले बगाएको रगतलाई सुत्केरी महिलाको रगत सरह दा“ज्दै भाषण गर्ने नया“ क्रान्तिकारी जोगी कामरेडहरुलाई पनि सायद थाहा थिएन । सायद, माओवादीले ०५२ सालमा युद्ध सुरु गर्ने बेलामा न त यतिठुलो पार्टी बनेको थियो, न त उसले यतिधेरै हतियार जम्मा गरेको थियो । यि सन्दर्भहरुलाई साम्राज्यवादी, विस्तारवादी, यथास्थितिवादी, दक्षिणपंथी, उग्रवामपंथी तथा सम्पूर्ण जनसमुदायले हेक्का राख्नु पर्ने विषय हो ।

त्यसैले अब हामी सवैले जन सुरक्षा दस्ताको भुमिकालाई अघि बढाउन पहल गर्नु पर्दछ । यसको परिचालन र व्यवस्थापनमा जोड दिनु पर्दछ । यसको योजनाहरुलाई सफल पार्न लाग्नु पर्दछ । आजको विषम राजनीतिक संङ्क्रमणको अन्त्य गर्न र मुलुक र जनताको निराशालाई शक्ति र विश्वासमा बदल्न हामी सवैले भुमिका खेल्नु पर्दछ । यो परिवेशमा जन सुरक्षा दस्ताको आवश्यकता र औचित्यता महत्व स्थापित हुनेछ ।

धन्यवाद ।
०६७ चैत्र २ गते ।





Monday, February 28, 2011

अबको क्रान्तिकारी आन्दोलनको म’ल धार हाम्रो पार्टी मात्र बन्न सक्छ ।

अग्रगति साप्ताहिक,
बर्ष ५, अंक २६,
०६७ फाग’न १२, विहिबार
काठमाण्डौं नेपाल ।



चिरन पुन
केन्द्रीय सदस्य तथा ईन्चार्ज मगरात स्वाशासित प्रदेश ।

१. तपाईको पार्टीले माघ मसान्तसम्म विभिन्न संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको थियो । तपाईको क्षेत्रमा कस्तो रहयो ?
  • पार्टीको निरन्तर र नियमित कामहरु बाहेक पहिलो, अहिले हाम्रो क्षेत्रमा सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनता रक्षाको लागि जनदबाब अभियान ०६७ संचालन गरिएको थियो । दोश्रो माघ मसान्त भित्र पार्टीको प्रदेश तथा जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने निर्णय थियो । ठेगान भएका सवै कार्यक्रमहरु व्यापक जनसमुदायको सहभागितामा निकै उत्साहजनक रुपबाट सम्पन्न भएका छन ।

२. संगठनात्मक अभियान त पार्टीले औपचारिकताको लागि होला, जनस्तरसम्म त तपाईहरु जाने गर्नु हुन्न भन्ने सुनिन्छ नि ?
  • तपाईले यस्तो कुरा कसरी सुन्नुभयो, को बाट सुन्नु भयो, त्यो मैले जान्दिन । तपाईलाई अहिले हामी ठोकेरै भन्न सक्छौ कि, मगरात प्रदेश भित्र हाम्रो पार्टी नेकपा (एकीकृत) जस्तो विभिन्न कार्यक्रमहरु लिएर अरु कुनै पनि पार्टीहरु जनताको बीचमा गएको मैले भेटाएको छैन । अझै पनि हामी जनताको बीचमानै निरन्तर पुग्ने पहल गरिरहन्छौ । दाश्रो, पार्टीले ठेगान गर्ने हरेक कार्यक्रमहरु औपचारिकताको लागि मात्र हुन्न । बरु ति कार्यक्रमहरुले देश र जनताको आवश्यकता, परिवेश र सहि दिशा निर्देशलाई आत्मसाथ गरेको हुन्छ । समय सन्दर्भलाई निकाश दिने सही नीति र सिद्धान्तलाई बोकेको हुन्छ ।

३. माघ मसान्तसम्मनै सक्ने गरी यो संगठनात्मक कार्ययोजना बनाउनुको कारण के हो ?
  • पहिलो कुरा त, पार्टीको संगठनात्मक अवस्थालाई सुधार गर्नु नै हो । दाश्रो पार्टीको कामलाई परिणाममुखी र जनआधारित बनाउनु हो । तेश्रो देशको अहिलेको राजनीतिक खिचातानी, कुर्सी मोहले पैदा गरेको अन्यौलता, आफुलाई ठुला भन्ने दलहरुले देश र जनता प्रति गरेको बैमानीलाई स्पस्ट ढंगले जनताको बीचमा पुर्याउनु र थप गरिएको समयमा सार्थक संविधान निर्माणकोलागी जन दबाब सृजना गर्नको लागि सवै तहका जनतालाई एकतावद्ध हुन अनुरोध गर्ने उदेश्यले यो कार्यक्रमहरु बनाएका थियौ । हाम्रो पार्टीे केन्द्रीय समितिको दशौं बैठकले यि विषयहरुलाई निम्नअनुशार सुचिकृत गरेर ठोस ढंगको कार्यक्रमहरु ठेगान गरेको थियो । जस अन्तरगत सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनताको लागि जन दबाब अभियान संचालन गर्ने, जो संविधान नबन्दा सम्म चलिरहन्छ । पार्टीको केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्ने, प्रादेशिक तथा जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने, जनसंगठनहरुको राष्ट्रिय स्तरको भेला, सम्मेलन, प्रशिक्षणहरु सम्पन्न गर्ने, पार्टी सदस्यहरुको अद्यावधिक सम्पन्न गर्ने, र ०६७ चैत्र सम्ममा पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गरिसक्ने लगाएतका कार्यक्रमहरु थिए । यिनै कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामीले माघ मसान्त भित्र गर्नु पर्ने कामहरुको पनि सुची तयार गरेका थियौ, सोही अनुशार सम्पन्न पनि भएका छन ।

४. तपाईको प्रदेशमा अधियानको रुपमा कार्ययोजना लागु गरियो भन्नु भयो । अन्य कतिपय प्रदेशमा त त्यो कार्ययोजना लागु नै नभएको रहेछ । अब तपाईहरुले कार्ययोजना पुरा नभएकोले राष्ट्रिय सम्मेलन चैत्रमा गर्ने पूर्व निर्णय त बदल्नु हुन्छ होला नि त ?
  • चैत्रमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने पूर्व निर्णय बदल्ने होईन, बरु त्यो निर्णयलाई सफल पार्न अब बचेको समयलाई ठोस कार्य योजना बनाउने र चैत्रमै राष्ट्रिय सम्मेलन सफल पार्न लाग्ने हो । अर्को कुरा म ईन्चार्ज भएको मगरात प्रदेशमा सवै कार्ययोजनाहरु तोकिएको समयमै सम्पन्न गरिएको छ । अन्य प्रदेशहरुमा पनि कामहरु भएको सुनेको छु । अबको बैठकमा त्यसको समिक्षाहरु हुन्छ ।

५. तपाईले पार्टीलाई जनस्तरमा पुर्याउन पहल गरेको बताउनु भयो । जनताको बीचमा पुग्दा देशको वर्तमान अवस्थाप्रति जनताको कस्तो दृष्टिकोण पाउनु भएको छ ?
  • जनतालाई नेपाली काग्रेस, एमाले र एमाओवादीले संविधानसभाको निर्वाचन पछि हालसम्म सरकार, संविधानसभा र संसदमा खेलेको भुमिका देखेर घृणा जागेको छ । यिनीहरुको कुर्सी प्राप्ती र सत्ता मोहको फोहरी राजनीति देखेर जनतालाई आक्रोस पनि पैदा भएको छ । पूर्वमा हालका प्रधानमन्त्री झलनाथ खनाललाई थप्पड हान्ने कुराले पनि त्यसलाई पुष्टी गर्दछ । जनताले थप गरिएको समयमा सार्थक संविधान बनोस र मुलुक अग्रगामी दिशा तर्फ अगाडि बढोस भन्ने चाहन्छन । मैले जनताको बीचमा फेरी अग्रगामी रुपान्तरणको लागि फेरी एकचोटी ठुलो आन्दोलन गर्ने सल्लाह भएको पनि पाएको छु । यो दलाल, नोकरशाह तथा सामन्त पुजिपति बर्गको हातमा रहेको राज्यसत्तालाई जरै देखि उखलेर फाल्ने र त्यसको स्थानमा नया“ जनवादी राज्यसत्ता स्थापना गर्ने रहर भएको पाएको छु जनतालाई ।

६. वर्तमान अवस्था, दलहरुको सत्तालिप्सा र नया“ संविधान बन्न नदिने षडयन्त्र घनिभुत हु“दै गएको अवस्थामा तपाईले जनताको निराशालाई आशा र विश्वासमा बदलेर अग्रगामी रुपान्तरणको आन्दोलन हा“क्ने समथ्र्य राख्नु होला त ?
  • ठिक कुरा सोध्नु भयो, अग्रगामी रुपान्तरण गर्नेे आन्दोलनको लागि रथ हा“क्ने अब को छ यो देशमा ? आफुलाई कम्युनिष्ट भन्ने तर, संशोधनवादी बाटो समातेर साम्रज्यवाद, विस्तारवाद र सामन्त, दलाल, नोकरशाह बर्गहरुलाई खुसी पार्ने भुमिकामा हालको एमाले र ए माओवादी छन । उनिहरुले अबको अग्रगामी आन्दोलनको नेतृत्व गर्न सक्ने कुरै भएन । नेपाली काग्रेसको के कुरा गर्नु ? त्यसैले, अबको अग्रगामी रुपान्तरणको लागि चल्ने सहि क्रान्तिकारी आन्दोलनको नेतृत्व हाम्रो पार्टीले मात्र गर्न सक्दछ र त्यो सामथ्र्य केवल नेकपा (एकीकृत) ले मात्र राख्न सक्छ । अबको क्रान्तिकारी आन्दोलनको मुलधारको नेतृत्व केवल नेकपा (एकीकृत) मात्र गर्न सक्छ, भन्ने कुरा म तपाईको पत्रीका मार्फत सवैलाई स्पस्ट पार्न चाहन्छु । अर्कोकुरा जनता निराशा मात्रै हुदैनन् बरु जनताले सधै ठुला ठुला आन्दोलनलाई सफलतामा पुर्याएका छन । त्यसैले हामीलाई विश्वास र भरोसा छ कि अबको क्रान्तिकारी आन्दोलनलाई सफल पार्न फेरी जनताले आ“धी बनेर उठ्नेछन ।

७. सैद्धान्तिक विश्लेषण र नीतिगत प्रश्नमा तपाईहरु तुलनात्मकरुपमा सवल देखिनु हुन्छ । तर, त्यसलाई कार्यान्वयन गर्ने सामथ्र्य त तपाईहरुमा रहेनछ है ?
  • यसमा तपाई स्पस्ट हुनुहोस, अबको क्रान्तिको नेतृत्व केवल हाम्रो पार्टीले मात्र गर्न सक्दछ । सहि सैद्धान्तिक विष्लेषण र नीतिहरुलाई कार्यान्वयन गर्ने हैसियत पनि हामै पार्टीले मात्र राख्दछ ।

८. जुन परिस्थितिमा जुन उदेश्यका साथ तपाईहरुले पार्टीको निर्माण गर्नुभयो त्यो दिशामा अपेक्षा गरेजस्तै यो यो उपलव्धी हासिल गर्न सकियो भन्ने के ही छ ?
  • हो निकै कठिन परिस्थितिमा हामीले नेकपा (एकीकृत) को निर्माण गरेका थियौं । नेकपा (एकीकृत) निर्माण गर्दा राखिएका उदेश्यहरु पुरा गर्न आज पनि हामी निरन्तर लागि परेका छौं । फेरी तपाईले मलाई यो बताईदिनुस कि ३, ४ बर्षको बीचमा कुन चा“ही पार्टीले के के गरेका छन ? फेरी क्रान्तिकारी आन्दोलनलाई धु्रविकरण गर्ने र संगठित गर्न यो ३, ४ बर्षको समय निकै कम र थोरै हो नि त होईनर ? तर पनि यति छोटो समयको बीचमा पनि नेकपा (एकीकृत) ले जनता र देशको लागि सकरात्मक भुमिका खेलेको छ । क्रान्तिकारी आन्दोलनको लागि जनताको भरोसा योग्य शक्तिको रुपमा आफुलाई स्थापीत गराउन लागि परेको छ । क्रान्तिकारी नीति, सिद्धान्त र विचारको लागि आफुलाई जनताको बीच पहिचान गराउन सफल भएको छ नि त ?

९. तपाईहरुले कहिले पार्टी एकताको कुरा गर्नु हुन्छ, कहिले कार्यतालिकानै ल्याउनु हुन्छ, कहिले संयुक्त मोर्चा र गठवन्धन बनाउनु हुन्छ । तर व्यवहारले त तपाईहरुका यी कुरा कुराका लागि मात्रै देखायो होईन ?
  • क्रान्तिकारी पार्टी बहुआयामिक हुनु पर्दछ । परिवेसलाई मुल्याङ्कन गर्न सक्ने र सवैतिर विचार पुर्याउन सक्ने हुनुपर्दछ । आफ्नो सहि नीतिलाई व्यवहारमा लागु गर्न पनि चनाखो हुनु पर्दछ । त्यसको साथै सहि नीति र सिद्धान्तको आधारमा हुने क्रान्तिकारी धु्रविकरणको प्रश्न निरन्तर चलिरहने कुरा हो । यसको लागि क्रान्तिकारी पार्टी सधै खुला, खुकुलो र ईमान्दार हुनु पर्दछ । हाम्रो पार्टी आज पनि क्रान्तिकारी धु्रविकरणको लागि प्रयासरत छ । फेरी क्रान्तिकारी पार्टीले आफ्नो रणनीतिलाई पुरा गर्न आवश्यकता अनुशार संयुक्त मोर्चा, सहकार्य, आवश्यक गठवन्धनको नीतिलाई व्यवहारमा प्रयोग गर्न बढ्ता सिपालु हुनु पर्दैन र ? हो, त्यसैको लागि हाम्रो पार्टी यि नीति र कार्यक्रमलाई अख्तियार गर्दै आईरहेको छ ।

१०. तपाईहरुको पार्टीको बैठक बस्दै छ रे, अहिले खासमा के कुराका लागि तपाईहरुले केन्द्रीय समितिको बैठकको आवश्यकता महसुश गर्नुभयो ?
  • हालसम्मको कामको समिक्षा गर्न, आगामी कामको योजना बनाउन, पार्टीलाई कसरी जनताको बीचमा स्थापीत गराउन सकिन्छ भनेर सल्लाह गर्न, रणनैतिक योजनाहरुलाई नजिक्याउन के कस्तो कार्यनैतिक योजनाहरु बनाएर जाने भनेर निष्कर्षमा पुग्न, सार्थक संधिवान र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई कसरी लैजाने र प्रभावकारी बनाउने भन्न, आगामी चैत्रमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको ठोस कार्ययोजना बनाउन, त्यसको साथै अहिले मुलुकमा देखा परेको राजनीतिक उथल पुथलको बारेमा पनि आवश्यक नीति निर्माण र योजना बनाउनको लागि केन्द्रीय समितिको बैठकको आवश्कता महसुश गरिएको हो ।

११. तपाईहरुको पार्टीका बैठकहरु धेरै पटक बस्ने र धेरै दिनसम्म लम्विने गरेको सुनिन्छ । बाहिर जनस्तरसम्म अनुभुती गर्न मिल्ने गरी कार्यान्वयन भएको देखिन्न । होईन तपाईहरु बैठकमा मात्रै किन केन्द्रीय भएको ?
  • हाम्रो पार्टी जनवादी केन्द्रीयताको आधारमा संचालन हुन्छ । फेरी बैठकनै नबसी कसरी कार्यक्रमहरु संचालन गरिन्छ । बरु अरु पार्टीहरुको तुलनामा हाम्रो पार्टीको बैठक छोटो र सरितो पनि हुने गरेको मैले पाएको छु । मैनौ बैठक बसेर एउटा पनि निष्कर्ष ननिकाली उठेर हिडेको तत्थ्य पनि त हाम्रै देशमा अरु पार्टीहरुका छन होईनर ? फेरी जनस्तरमा भएको कार्यक्रमहरुको मापन पनि के हो ? एउटा भनाइ छ नि “जसको सिता खाई, उसैको गिता गाई” टिबीले कार्यक्रमहरु प्रसारण गरिदिएनन् र राष्ट्रिय स्तरका पत्रीकाले लेखिदिएनन् भनेर कार्यक्रमनै नभएको मान्ने हो की ? म तपाईलाई स्पस्ट पार्न चाहन्छु कि तपाई देशको विभिन्न भागहरुमा गएर बुझ्नुहोस जनताले हाम्रो पार्टीले गरेको कार्यक्रमहरुको राम्रो गरी अनुभुति जनताले गरेका छन भन्ने मलाई लाग्छ ।

१२. यो बैठक पछि पार्टीको आन्तरीक संगठनात्मक अवस्था र देशको समग्र राजनीतिलाई नया“ दिशा र गति दिने निर्णय वा कार्यक्रम ल्याउने संभावना छ ?
  • क्रान्तिकारी पार्टीले गर्ने हरेक निर्णयहरु देश र जनताको लागि निर्णायक हुन्छन । त्यसले जनता र देशको आवश्कतालाई दिशा बोध गरिरहेको हुन्छ । निश्चितै रुपमा यो बैठकले पार्टीको आन्तरिक संगठनात्मक अवस्थालाई झन सुधार गर्न निश्चित कार्यक्रमहरु बनाउने छ । त्यसको लागि नै हामीले पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भनेका हौं । क्रान्तिकारी आन्दोलनमा देखिएका चुनौतिहरुलाई सामना गर्न हामी स्पात बनेर जुध्नु छ । हाम्रो पार्टीले बोकेको रणनीतिलाई पुरा गर्न शिरमा कफन बाधेर उभिनु छ । हाम्रो विरोधीहरुले फैलाउने गरेको हौवाहरुलाई व्यवहारबाटै परास्त गर्नु छ । तपाईले भनेजस्तै जनतालाई हरेक व्यवहारहरुको अनुभुति हुने गरी कार्यक्रमहरु ठेगान गरेर जनतालाई क्रान्तिकारी आन्दोलन प्रति विश्वास दिलाउनु छ । यस प्रकारका कार्यक्रम र नीतिलाई झन तेजिलो पार्न हाम्रो यो बैठक फलदायी हुनेछ भन्ने तपाई मार्फत सवैलाई स्पस्ट पार्न चाहन्छु ।

१३. अन्त्यमा अग्रगतिलाई यहा“का सुझाव आलोचना केही छन ?
  • यो अग्रगतिले नाम अनुशारको काम गरेर देखाउनको लागि मैले आशा र विश्वास प्रकट गर्न चाहन्छु ।

धन्यवाद ।


Thursday, November 25, 2010

नेपालको कम्युनिष्ट आन्दोलनले उजागर गरेका विषयहरु


अग्रगती साप्ताहिक
बर्ष ५, अंक १४
०६७ मंसीर ९ गते ।

१. विषय प्रवेशः
नेपालको कम्युनिष्ट आन्दोलनले ६१ बर्ष पार गर्न लागेको छ । (शुक्रबार) १० बैसाख २००६ (२२ अपे्रल १९४९) मा चार जना उत्साही युवाहरु मिलेर नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । क. पुष्पलाल, क. निरञ्जन गोविन्द बैद्य, क. नरबहादुर कर्माचार्य, क. नारायण विलास जोसी कम्युनिष्ट पार्टीको संस्थापकहरु हुनुहुन्छ । जसमा क. मोतिदेवीको नाम आज पनि विवादिद अवस्थामा छ । यो छोटो समयको विचमा पनि नेपालको कम्युनिष्ट आन्दोलनले निकै आरोह–अवरोह पार गरेको सन्दर्भ हाम्रो अगाडि ताजै छ । आजको विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको भए पनि नेपालमा जनताले कम्युनिष्ट पार्टी र विचारलाई साथ, सर्मथन, सहयोग र विश्वास गरिरहेको अवस्था छ । आफुलाई कम्युनिष्ट भन्ने, कम्युनिष्ट पार्टीको झण्डा बोक्ने झण्डै २ दर्जन पार्टीहरु क्रियाशिल छन नेपालमा । तर, उनिहरुले आत्मसाथ गर्ने रणनैतिक प्रश्नहरुमा समानता छैन । कार्यनैतिक प्रश्नहरुमा पनि ठुलो बेमेल छ । विश्व स्तरमा कम्युनिष्ट आन्दोलनका अग्रजहरुले स्थापित गरेका मुल्य मान्यताहरुको बु“झाई पनि छुट्टा–छुट्टै रुपमा आत्मसाथ गर्दछन । दार्शनिक, सैद्धान्तिक, राजनीतिक र सांगठनिक प्रश्नहरुमा पनि समानता देखिन्न । सवैको व्यवहार, मुल्यमान्यता, अनुशासनमा पनि एकरुपता छैन । तर, सवैले आफुलाई कम्युनिष्टनै भन्छन । सच्चा क्रान्तिकारी विचारधाराको मुल प्रवाह आफुलाई नै सम्झन्छन । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनमा स्थापित गर्न खोजिएका नया“ तथा पुराना दर्शन, सिद्धान्त, नीति, विचार, मुल्यमान्यताहरु, अनुशासन, कार्यप्रणाली, पद्धती आदी सवैका विषयमा व्यापक छलफल हुन आवश्यक छ ।

२. कम्युनिष्ट आन्दोलनका नकरात्मक प्रवृति ः
क. आज नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै प्रवृतिहरु विद्धमान छन । जसमा फुट परस्त प्रवृतिले नेपालको कम्युनिष्ट आन्दोलनलाई निकै ठुलो धक्का दिईरहेको छ । आज जनताले संविधानसभामा ६२ प्रतिसत भन्दा धेरै कम्युनिष्टलाई जिताएर पठाउदा पनि किन कम्युनिष्टले चाहेको जस्तो संविधान बनाउन नसकेको होला भन्ने प्रश्न गरिरहेका छन । तर विडम्वना जनताको यो तर्कमा सत्यता भएको भएता पनि त्यसको आन्तरिक सैद्धान्तिक राजनीतिक पक्षको सारतत्वलाई नबुझ्दा जनतालाई नै ठुलो भ्रम पैदा भएको छ । संविधानसभामा जनताबाट कम्युनिष्टको नाममा ६२ प्रतिसत भन्दा धेरै मत प्राप्त गरेको भए पनि ति सवै कम्यनिष्ट होईनन । उनिहरुमा कम्युनिष्ट मुल्य मान्यता, कम्युनिष्ट विचारधाराको सृङ्खला, आचरण, राजनैतिक स्पस्टता, सहि सिद्धान्तप्रतिको प्रतिवद्धता र जनताप्रतिको विश्वास छैन । त्यसैले नै आज पनि जनताको भावना माथि तुषारापात भएको सन्दर्भ सत्य हो ।

ख. जनवादी केन्द्रीयताको सिद्धान्तलाई सहि रुपमा परिचालन गर्न नसक्दा कहिले नोकरशाह – तानाशाह प्रवृति र कहिले अराजकतावादी प्रवृतिले कम्युनिष्ट आन्दोलन भित्र विगत देखि आजसम्म जडा गाडेको अवस्था छ । आज व्यवहारमा देखिने अराजकतावाद, निष्कृयतावाद, केन्द्रीयतावाद र आर्दशवाद जस्ता नकरात्मक पक्षहरु कम्युनिष्ट आन्दोलनबाट विस्तापित हुन सकिरहेका छैनन । यान्त्रिक, भौतिक, रासाईनिक, जैविक र सामाजिक गतिको महत्वलाई कम्युनिष्ट आन्दोलनले बुझ्न सकिरहेको छैन । प्रकृति, समाज, चिन्तन, सा“स्कृतिक मुल्यमान्यता लगाएत हरेक क्षेत्रमा हुने सवै परिघटनाहरुको विशेषता भनेकै तिनिहरुमा अन्तरनिहित विरोधी तत्वहरुको बीचको एकता र संघर्षलाई राम्रो गरी कम्युनिष्ट आन्दोलनले बुझ्न, पक्रन र दिशानिर्देश गर्न सकिरहेको छैन । मेहनतकस जनता उत्पादक शक्तिको मुख्य तत्व हो भन्ने कुरालाई तिलाञ्जली दिदै, कम्युनिष्ट आन्दोलन भित्र आफ्नो व्याक्तिगत स्वार्थ र गुट स्वार्थलाई महत्व दिएको स्थिति छ । कम्युनिष्ट आन्दोलनमा देखा पर्ने बैचारिक अराजकतावाद, अवसरवाद, विखण्डनवाद, निष्कृयतावाद, संङ्किणवाद, व्याक्तिवाद, नातावाद, आर्दशवादलाई पुरै नष्ट गर्न आवश्क छ । यिनिहरुको बर्ग श्रोत केहो ? यसको सैद्धान्तिक जग कहा“बाट बिग्रेको छ ? आजको आन्दोलनमा यसको हिमायती को बनेका छन ? कुन आफुलाई कम्युनिष्ट भन्ने पार्टीले यि प्रवृतिहरुको भण्डारण गरिरहेको छ । यो कुरालाई अबको सहि आन्दोलनले बुझ्न र परित्याग गर्न आवश्यक छ ।

३. नेपालको कम्युनिष्ट आन्दोलनका बैचारिक सन्दर्भ ः
क. २०१० माघ १३ देखि १७ (१९५४, जनवरी २६ देखि ३०) सम्म कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन, २०१७ साल जेठ (१९५६ मई) मा दोश्रो महाधिवेशन, २०१९ बैसाख ४ देखि १५ (१९६२, अपे्रल १६ देखि २७) को तेश्रो महाधिवेशनसम्म नेपालको कम्युनिष्ट आन्दोलन अभिवाजित रुपमानै रहेको पाईन्छ । आज क्रियाशिल पार्टीहरुले २०१० माघ १३ देखि १७ गते सम्म सम्पन्न भएको पहिलो महाधिवेशनले नेपालमा नेकपा सवभन्दा मजदुर बर्गको क्रान्तिकारी पार्टी हुने प्रतिवद्धता जनाएको थियो । नेकपा मजदुर बर्गको सुःसंगठित अगुवा र यस बर्गको बर्ग संघर्षको सर्वश्रेष्ठ रुवरुप हुने नीति पारित गरेको थियो । जसमा नेपालमा साम्यवाद र समाजवादको स्थापना पछि नै मजदुर बर्गको अन्तिम लक्ष्य र स्वार्थ पुरा हुने नीति मुख्य रुपमा पारित गरेको थियो । तर, ति मुल्य मान्यतालाई आज क्रियाशिल रहेका आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरुले आत्मबोध गरेका छन त ? निश्चय नै छैनन । के यी मुल्यमान्यताहरु आजको सन्दर्भमा पुरा भएका छन ? छैनन । यदी यी मुल्य मान्यताहरु आज पनि आत्मसाथ गर्नु पर्ने हो भने किन तिलाञ्जली दिदैछन त यी उल्लेखित नीति र प्रतिवद्धताहरुलाई आजको आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरुले ?

ख. २०१९ बैसाख ४ देखि १५ (१९६२, अप्रेल १६ देखि २७) सम्म भारतको बनारस मयुरगंजमा सम्पन्न भएको कम्युनिष्ट पार्टीको तेश्रो महाधिवेशनले पनि निकै महत्वपूर्ण नीतिहरु पारित गरेको थियो । समाजवाद र साम्यवाद स्थापना गर्नुलाई पार्टीको मुख्य उदेश्य मान्नु, नेकपाको आन्दोलन अन्र्तराष्ट्रिय कम्युनिष्ट मजदुर आन्दोलनको एक अभिन्न अंग भएकोले माक्र्सवाद लेनिनवाद र सर्वहारा अन्र्तराष्ट्रियवादको दृढतापूर्वक सर्मथन गर्दै अन्र्तराष्ट्रिय मजदुर आन्दोलनस“ग भाईचारा सम्वन्ध कायम गर्न प्रयास गर्ने नीति थियो । गलत अवसरवादी तत्वहरुबाट पार्टीलाई मुक्त गरी सहि अर्थमा सर्वहारावर्गको पार्टीको रुपमा नेकपा लाई स्थापित गर्ने नीति थियो । आजको कम्युनिष्ट आन्दोलनले यी कुराहरुलाई आत्मसाथ गरेका छन ? आज आफुलाई कम्युनिष्ट भन्नेहरुले पार्टीलाई सर्वहारावर्गको पार्टीको रुपमा स्थापित गरेका छन वा गर्न खोजेका छन ? यी प्रश्नहरुलाई गम्भिर ढंगले हेनर्, बुझ्न र जान्न अनिवार्य रहेको छ ।

ग. २०२५ सालमा क. पुष्पलालले गोरखपुरमा सम्मेलन गरेर माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथ प्रदशक सिद्धान्तको रुपमा स्वीकार गर्ने नीति अवलम्वन गरिएको थियो । त्यस्तै, २०२८ मंसीर २० गते क. मोहन विक्रम सिंह, क. निर्मल लामा, क. मनमोहन, क. जयगोविन्द शाह, क. शंभुराम लगाएत मिलेर केन्द्रीय न्युक्लस गठन गरिएको थियो । त्यसले पनि माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथ प्रदशक सिद्धान्तको रुपमा स्वीकार गर्ने नीति बनायो । त्यतिमात्र होईन, २०३१ असार १४ बाट शुरुभई भारतको बनारसमा सम्पन्न भएको पार्टीको चौथो महाधिवेशनले पनि माक्र्सवाद लेनिनवाद माओविचारधारालाई पथ प्रदशक सिद्धान्त मान्ने, अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको बस्तुपरक मुल्याङ्कन गर्ने, उर्गबामपंथी र दक्षिणपंथी अवसरवादले कम्युनिष्ट आन्दोलनलाई पार्ने असरको बारेमा राम्ररी चिरफार गर्ने आदी नीति पारित गरेको सन्दर्भ छ । जतिवेला क. मोहन विक्रम सिंह, क. निर्मल लामा, क. मोहन बैद्य क. भक्तबहादुर श्रेष्ठ, क. जयगोविन्द शाह आदी नेतृत्वहरु थिए ।

उल्लेखित प्रस्तावना र पथ प्रदशक सिद्धान्तको मुल मर्म, भावना र सैद्धान्तिक आधारहरुलाई न त ए माओवादीले बोकेको छ न त एमालेले ? नेपालको कम्युनिष्ट आन्दोलनमा र विश्व कम्युनिष्ट आन्दोलनमा स्थापित भएका मुल्य र सैद्धान्तिक मान्यताहरुलाई तिलाञ्जली दि“दै आज एमालेले बहुदलिय जनवादको नाममा चरम दक्षिणपंथी संशोधनवादमा पतन भैसकेको अवस्था कायम छ, र एमाओवादीले २१ औं सताव्दीको जनवादको नाममा संशोधनवादी यात्राको प्रारम्भ गरिसकेको छ र एमालेकै बाटोमा पछि पछि लाग्दै छ । उनिहरुको लागि आज नत सर्वहारा बर्गको पार्टी नै सत्य छ, न जनवादको । नत माक्र्सवाद लेनिनवाद माओविचारधारा सत्य छ, न बर्ग संघर्षनै । नत सर्वहाराबर्गको अधिनायकत्व सहि छ, नत महान सर्वहारा सा“स्कृतिक क्रान्तिको मुल्य मान्यता । त्यसैले आजको कम्यनिष्ट आन्दोलनमा आफुलाई ठुलो र मुलधार बताउदै नेपाली जनतालाई निकै ठुलो भ्रम छरिरहेको एमाले र ए माओवादीको ग्रैर क्रान्तिकारी चरित्रलाई जनताले राम्ररी बुझ्न आवश्यक छ ।

घ. आज मुख्यत नेपालको कम्युनिष्ट आन्दोलन तिन धारमा विभक्त छ । पहिलो, एमालेले आफुलाई बहुदलिय प्रतिष्प्रदी धारामा रुपान्तरित गरिसकेको छ । बर्ग संघर्षको नीतिलाई तिलाञ्जली दिईसकेको छ । क्रान्तिबाट होईन शन्तिपूर्ण संक्रमणबाट जनताको बहुदलिय जनवाद स्थापना गर्ने भन्ने उसको आजको मुल सैद्धान्तिक जग र धरातल छ । बर्ग संर्षलाई तिलाञ्जली, सर्वहारावर्गको अधिनायकत्वलाई अस्विकार, माक्र्सवाद लेनिनवाद माओविचारधारालाई परित्याग, बलप्रयोगको नीतिलाई परित्याग गरिसकेर उ आज साम्राज्यवाद र विस्तारवादको दलाली चाकडी र उनिहरुकै तौर तरिकामा चल्ने पार्टीको रुपमा बदलिसकेको छ । त्यसैले आजको पहिलो र चरम संशोधनवादी बहुदलिय प्रतिष्प्रदी धाराको नेतृत्व र प्रतिनिधित्व नेकपा (एमाले) ले गरेको छ । अर्को आज नेपालमा सवैभन्दा ठुलो पार्टीको रुपमा स्थापित ए नेकपा (माओवादी) ले छुट्टै पहिचान देखाउन सकिरहेको छैन । उग्रबामपथी बिचारधाराको पतन अन्त्यतः संशोधनवाद नै हुन्छ भन्ने सैद्धान्तिक मान्यतालाई मनन गर्दा पनि त्यो चरित्र ए माओवादीमा स्पस्ट देख्न सकिन्छ । आज त्यो पार्टीको मुल बैचारिक चरित्रलाई हेर्दा उसको पनि यात्रा र बोटोको दिशा एमालेको जस्तै बहुदलिय प्रतिष्प्रदा तर्फ नै कुदिरहेको छ । नया“ जनवाद छोडेर २१ औं सताव्दीको जनवाद, बर्ग संघर्ष छोडेर शान्तिपूर्ण संङक्रमण, सर्वहारावर्गको अधिनायकत्व छोडेर पुजि“वादीहरुको खुल्ला प्रतिष्प्रदा, खुल्ला आर्थिक नीति र माओवादी नेतृत्वको सरकारले खेलेको भुमिका र त्यसको सकरात्मक नकरात्मक पक्षहरुलाई हेर्दा ए माओवादी पनि अब बहुदलिय प्रतिष्प्रदी पार्टीको रुममा क्रमश रुपान्तरित हु“दै अगाडि बढिरहेको छ ।

दोश्रो, अहिलै समाजवादी क्रान्तिको विचार र यसको संस्थागत प्रीतनिधित्व नेमकिपा ले गरिरहेको छ । उसले आजको अवस्थामा पुजीको विकास र विस्तार, अर्थतन्त्रको अवस्था आदीलाई हेर्दा पुजीवादी क्रान्तिको महत्व र सन्दर्भलाई तिलाञ्जली दिईरहेको छ । यतिवेलाको नेपालको आर्थिक, राजनीतिक, सा“स्कृतिक र सामाजिक सन्दर्भलाई निकै परिपक्को र माथिको अवस्थामा राखेर हेर्ने भुल उसले गरेको छ । ठोस परिस्थितिको ठोस मुल्याङकनले नै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाईरहेको हुन्छ । तर, परिस्थितिको परिपक्कता बिना हुने आन्दोलन वा युद्धले सहि निकाश निकाल्न सक्दैन भन्ने कुरा माओवादी विद्रोहले बिजय हासिल गर्न नसक्नुको सन्दर्भलाई हेर्दा पनि स्पस्ट हुन्छ । त्यसैले आजको नेपालको सन्दर्भमा एकैचोटी समाजवादी क्रान्तिको विचार र धाराले पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई सहिबाटोमा डोर्याउन सक्दैन भन्ने छर्लङ्ग छ ।

तेश्रो र सहि क्रान्तिकारी बैचारिक धाराको नेतृत्व भनेको माक्र्सवाद लेनिनवाद माओविचारधाराले नै गर्दछ । विचारको तहमा नेपालको कम्युनिष्ट आन्दोलनमा यहि धारानै अबको विकल्प बोकेको छ । किनकी, नेपालको आर्थीक, राजनीतिक, सामाजिक, सा“स्कृतिक अवस्था र चरित्र अर्धसामन्ती र अर्ध औपनिवेशिक धरातलमानै रहेको छ । यसको लागि किसान मजदुर एकतामा सर्वहारावर्गको नेतृत्वमा पुजीवादी जनवादी क्रान्ति अनिवार्य रहेको छ । त्यो बलप्रयोगको सिद्धान्तबाट गरिन्छ । शसस्त्र संघर्षको माध्यमबाट गरिन्छ । क्रान्तिकारी बिचार र पार्टीले त्यसको नेतृत्व गर्दछ । त्यसैले आजको अवस्थामा सहि र क्रान्तिकारी धार भनेको माक्र्सवाद लेनिनवाद माओविचारधारालाई आत्मसाथ गर्ने, बर्ग संघर्षलाई स्वीकार गर्ने, सर्वहारा बर्गको अधिनायकत्वलाई स्वीकार गर्ने, महान सर्वहारा सा“स्कृतिक क्रान्तिको दिशा निर्देशलाई पहिल्याउने र नया जनवाद बलप्रयोगको सिद्धान्तबाट स्थापना गर्ने उदेश्य राख्ने र त्यसको तयारीको दिशामा अगााडि बढ्ने धारानै आजको विन्दुमा सहि र क्रान्तिकारी धार बन्न सक्दछ ।

४. अब विकल्पको तयारी ः
क. हरेक परिस्थितिमा जनताले नया“ विचार र विकल्पको खोजि गरिरहेका हुन्छन । राणाहरुको विकल्पमा पञ्चायत बन्न सक्यो । पञ्चायती व्यवस्थाको विकल्पमा बहुदलीय व्यवस्था बनिरहेको छ । यसमा पनि संघीय गणतन्त्रको स्थापना भैसकेको छ । यी व्यवस्थाहरुको नेतृत्व पनि कुनै न कुनै बर्गले गर्दै आईरहेको छ । बहुदलीय व्यवस्थाको आगमन पछि केहि समय नेपाली काग्रेस सवै भन्दा ठुलो शक्तीको रुपमा स्थापित भयो । तर त्यो स्थायी कुरा थिएन । उसको आफ््नो कमजोरी र प्रतिक्रियावादी चरित्रका कारणले गर्दा उ निकै लामो समयसम्म सरकारमा रहन सकेन । त्यसको बदलामा ०५४ साल ताका जनताले नेकपा (एमाले) लाई विकल्पको रुपमा देखे र लगभग ४२ प्रतिसत भन्दा धेरै भोट प्राप्त गरी सवैभन्दा ठुलो पार्टीको रुपमा एमाले स्थापित भयो । उसको पनि राष्ट्र र जनविरोधी नीति र क्रियाकलापको कारणले गर्दा त्यो पार्टीमा पनि जनताको विश्वास लामो समय टिक्न सकेन । संविधानसभाको चुनाबको परिणामले गर्दा ए माओवादी देशको सबैभन्दा ठुलो पार्टीको रुपमा देखिएको छ । त्यसैको जगमा प्रचण्डको नेतृत्वको सरकार समेत देशले बेहोरेको छ । एमाओवादीको नीति, सरकार संचालनको तरिका, साम्राज्यवाद र विस्तारवादस“गको सम्वन्ध, राष्ट्र र जनताप्रतिको उत्तरदायीत्व के रहेछ भन्ने कुरा बुभm्न जनतालाई धेरै समयनै लागेन । त्यसैले जनताले यसको विकल्पको खोजी पनि गर्ने बेला भैसकेको अवस्था विद्यमान छ ।

अहिले धेरै कम्युनिष्ट पार्टीहरुको बीचमा नेकपा (एकीकृत) समेत क्रियाशिल छ । बिचारधाराको हिसावले यसलाई अबको बैकल्पिक धाराको रुपमा मान्न सकिन्छ । तर नेकपा (एकीकृत) भित्र रहेका नेता तथा कार्यकर्ताहरुको कामगर्ने परिपाटी र देखिएको वर्तमान स्थितिलाई हेर्दा यो पार्टी बैकल्पिक कम्युनिष्ट पार्टीको रुपमा स्थापित हुन सक्छ वा सक्दैन ? ठोकेरै भन्न मुस्किल छ । हुनत, नेकपा (एकीकृत) को पुर्नगठन भएको धेरै भएको छैन । यसले छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलवन्द गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको बैचारिक, आन्दोलनात्मक र संगठनात्मक अवस्थाले नेतृत्व गर्ने प्रस्तावना बोकेको थियो । आज यसको अगाडि गम्भिर चुनौतिहरु छन । चुनौतिहरुलाई डटेर सामना गर्न सक्ने वा नसक्ने ? आम पाटीं पङ्तीमा यो प्रश्न सोझिन्छ । अझ त्यसमा पनि यतिबेला मुख्य नेतृत्वहरु तर्फ यो प्रश्न केन्द्रीत हुन्छ । केन्द्रीय समितिमा रहेका कुनै पनि कामरेडहरु यो प्रश्नको जवाफदेयीताबाट उम्कन सक्दैनन । नेकपा (एकीकृत) ले विचारको तहमा कति प्रभावशाली भुमिका स्थापित गर्न सक्ने ? संगठनात्मक कामको क्षेत्रमा कति परिणाममुखी र प्रभावकारीता हासिल गर्न सक्ने ? आन्दोलनात्मक क्षेत्रमा पार्टी र नेतृत्वले के कति सफलता चुम्ने ? वैचारिक धु्रविकरणमा कति सहज ढंगले जान सक्ने ? तलका कार्यकर्ताले उठाउने गरेका मागहरुलाई कति संबोधन गर्न पहल प्रयत्न गर्ने ? आदी प्रश्नहरु नेकपा (एकीकृत) को पङ्तीलाई सोझिन्छ । यसलाई बैज्ञानिक, सैद्धान्तिक, संगठनात्मक, अनुशासित र समयसान्दर्भिक हिसावले हल गर्दै, निकै ठुलो आत्मविश्वासका साथ पार्टीको कामलाई परिणाममुखी र आन्दोलनको दिशालाई क्रान्तिकारी रुपान्तरणमा लैजाने हो भने, अनेकौ चुनौतिहरुको बीच फड्कोयुक्त संभावना समेत नेकपा (एकीकृत) ले बोकेको छ । अब आन्दोलनको परम्परागत ढर्रालाई त्याग्नु पर्दछ । रणनैतिक प्रश्नहरुको हल खोज्ने तर्फको आन्दोलनको तयारीलाई केन्द्रीत गर्नु पर्दछ । पार्टीलाई मिलिटेन्ट, अनुशासित र जुझारु बनाउने तर्फ ध्यान दिनु पर्दछ । पार्टीमा देखिने गरेका निष्कृयता र अराजकतालाई माथिबाटै त्याग्नु पर्दछ । पार्टी, नीति तथा कार्यक्रम, नया“ ढंगको आन्दोलन प्रतिको विश्वास र प्रतिवद्धतामा पार्टीको सिङ्गो पङ्तीलाई ढाल्नु पर्दछ । अनि मात्र नेकपा (एकीकृत) ले अबको सहि विचार र क्रान्तिकारी आन्दोलनको बैकल्पिक भुमिका निर्वाह गर्न सफल हुनेछ । यहि नै आज नेपालको कम्युनिष्ट आन्दोलनको अवस्थाले उजागर गरेको विषयहरु हुन ।






Friday, November 12, 2010

सार्थक संविधान निर्माणको प्रश्न र दलहरुको भुमिका

अग्रगती साप्ताहिक
बर्ष ५ – अंक १२
बिहिबार, कार्तिक २४
शुरुवात ः
अन्तरिम संविधानले २ बर्ष भित्र संघीय गणतन्त्र नेपालको नया“ संविधान निर्माण गर्ने निर्देश गरेको थियो तर, २ बर्षमा संविधान बन्न सकेन । नेपाली जनतालाई स्पस्ट छ की समय नपुगेर संबिधान बन्न नसकेको होईन । संविधान निर्माणको मुख्य कामलाई सरकारमा रहेका दलहरुले नै बेवास्था गरे । ठुला दलहरुको मुख्य नेतृत्वहरु नै संविधान निर्माणको काममा लागेनन । सरकारको छिनाझपेटीमा लागेर आज पनि देशलाई निकाश विहिन बनाउने काम भएको छ । थप गरिएको समयले पनि दिनानुदिन नेटा काटिरहेको छ, तर पनि नेताहरु गम्भिर बनेको पाईन्न । आज पनि सामाजिक सुरक्षाको अवस्था अस्त–व्यस्त छ । बैदेशिक हस्तक्षेप चरम ढंगले बढेको छ । संविधान निर्माणको लागि भनेर देशको निकै ठुलो बजेट दिनहु“ खर्च भैरहेको छ । यि तत्थ्यहरुलाई हेर्दा थप गरिएको समयमा नया“ सार्थक संविधान बन्ला र मुलुक अग्रगामी दिशा तर्फ अगाडि बढ्ला भन्ने विश्वास निकै कमलाई मात्र होला भन्न सकिन्छ ।

संविधान निर्माणमा कति सक्रिय भए नेताहरु ः
संविधानसभा भनेको संघीय गणतन्त्र नेपालको नया“ संविधान लेख्ने एतिहा“सिक थलो हो । त्यसैले यसको आफ्नै विशिष्ट महत्व रहेको छ । आफुलाई ठुला भन्ने दलका नेताहरु नै संविधानसभाको अधिकांश बैठकहरुमा अनुपस्थिति रहेको पाईयो । जसले गर्दा संविधानसभाको औचित्य, यसको काम र क्षेत्रअधिकार, जनताले सुम्पेको दायीत्व, पदीय जिम्मेवारी र देशको आवश्यकता माथिनै संविधान लेखन प्रकृयामा भएको नेताहरुको निष्कृयताले उनिहरुको औचित्यता र आवश्यकता माथि नै गम्भिर प्रश्न चिन्ह खडा गरिदिएको छ । एकातिर संविधान लेखनको कामका निष्कृय प्राय हुने अर्को तिर निकै लामो समयसम्म दलका मुख्य नेताहरु नै विभिन्न कारणहरु देखाउदै विदामा बसेको स्थिति पाईन्छ । जसमा गिरिजा प्रसाद कोईराला, पुष्पकमल दहाल, झलनाथ खनाल, बाबुराम भटराई, शेरबहादुर देउबा, विजयकुमार गच्छादार, रामबहादुर थापा, माधब कुमार नेपाल लगाएत ५५ जना सभासदहरु रहेका छन ।

नेपाली काग्रेसका तत्कालिन सभापती गिरिजा प्रसाद कोईरालाको निधन नहेने बेलासम्म संधिवानसभाको बैठकमा नेताहरु के कती उपस्थित भएका छन त ? गिरिजा प्रसाद कोईराला कुल बैठक संख्या ९८, बैठकमा उपस्थिति २, बैठकमा अनुपस्थित ९६ पटक, शेरबहादुर देउबा कुल बैठक संख्या १०१, बैठकमा उपस्थित ४, बैठकमा अनुपस्थित ९७ पटक, पुष्पकमल दहाल “प्रचण्ड” कुल बैठक संख्या १०१, बैठकमा उपस्थित ५, बैठकमा अनुपस्थित ९६ पटक, रामबहादुर थापा “बादल” कुल बैठक संख्या १०१, बैठकमा उपस्थित ८, बैठकमा अनुपस्थित ९४ पटक, माधव कुमार नेपाल कुल बैठक संख्या ७८, बैठकमा उपस्थित ९, बैठकमा अनुपस्थित ६८ पटक, झलनाथ खनाल कुल बैठक संख्या १०१, बैठकमा उपस्थित १४, बैठकमा अनुपस्थित ८७ पटक, डा. बाबुराम भटराई कुल बैठक संख्या १०१, बैठकमा उपस्थित १४, बैठकमा अनुपस्थित ८७ पटक । यो अवस्थाले समेत स्पस्ट हुन्छ कि नेपाली काग्रेस, एमाले र ए माओवादीका नेताहरु कति संवेदनशिल भए त संविधान निर्माणको काममा । उनिहरुको प्रथम कार्यशुची संविधान निर्माणको काम थियो कि थिएन ? आज पनि नेताहरुमा यो गम्भिर्यता देखिएको छैन । यो उनिहरुको निकै व्याक्ति केन्द्रीत महोत्वकाक्षा हो । यसले देशको राष्ट्रिय राजनीतिमा समेत ठुलो अवरोध सृजना गििररहेको छ । आफुलाई ठुला भन्ने नेताहरुनै मुलुकको यो राजनीतिक गत्यावरोधको कारक बनेको अवस्था लुकेको छैन ।

संविधान निर्माणमा कति सक्रिय भए सभासदहरु ः
संविधानसभा गठन भएको समय देखि १ बर्ष २०६६ जेठ सम्मको अवस्थालाई हेर्नेहो भने, संविधानसभाको बैठकमा आफ्नो नाम सम्म उच्चारण नगरेका सभासदहरुको संख्या ५९ रहेको थियो । “नेपाल साप्ताहिक बैशाख २०६६” आफुलाई ठुला भन्ने दल र ६०१ जनाको सभासदहरुमा संविधानसभामा सक्रिय सभासदहरुको तत्थ्यलाई हेर्ने हो भने पनि स्पस्ट हुन्छ कि सभासदहरु संविधान निर्माणमा कति सक्रिय रहेछन । जसमा, विरेन्द्र पासपान दलित जनजती पार्टी, दीनानाथ शर्मा एमाओवादी, लक्ष्मणप्रसाद घिमिरे नेपाली काग्रेस, हृदयेश त्रिपाठी तमलोपा, परी थापा नेकपा (एकीकृत), चन्द्रबहादुर गुरुङ राप्रपा, प्रकाशचन्द्र लोहनी जनशक्ति पार्टी, रामचन्द्र झा एमाले, सरिता गिरी सद्भावना आ., कल्पना राणा नेकपा (संयुक्त), सिपी मैनाली माले, चित्रबहादुर केसी राजमो, मुहमद रिजवान माले, मोहमद्धी सिद्धिकी नेपाली काग्रेस, भीमप्रसाद गौतम जनमोर्चा नेपाल, शुरेस आलेमगर एमाओवादी मात्र रहेका छन । यसले पनि के स्पस्ट पार्दछ भने, आफुलाई ठुला भन्ने दलका उच्च नेतृत्वमा रहेका सभासदहरु संविधान निर्माणको काममा नलागेका मात्र होईनन, उनिहरुले संविधान निर्माणको कामलाई बेवास्था नै गरेका छन भन्ने प्रसस्त आधार प्राप्त हुन्छ । यस्तो गैर जिम्मेवार तरिका र प्रवृतिले एकातिर समयमा संविधान बन्न नसकिरहेको अवस्था छ भने अर्को तिर उनिहरुले आफ्नो पदिय जिम्मेवारी र दायीत्वलाई पुरै विर्सेका छन । यस्तो अवस्थामा नत सभासदहरुले मुलुक र जनताको लागि प्रभावकारी भुमिका खेल्न सकेकाछन, नत उनिहरुले आफ्नो कमजोरीहरुलाई जनता समक्ष राख्न सकेका छन । यसले एउटा नेपाली उखान जस्तै “न गरिखानु न मरिजानु” सरह भएको छ ।
संविधान निर्माणको नाममा मुलुकले गरेको लगानी ः
क. अहिले देशमा ६०१ जना सभासदहरु छन । एकजना सभासदको लागि जनताको ढुकुटीबाट मासिक पारिश्रमिक रु.२६,११०, (तलब) स्वकीय सचिव भत्ता रु. १३,९९०, धारा विजुली भत्ता रु. १,२४८, टेलिफोन भत्ता रु. २,०००, आवास सुविधा भत्ता रु. ६,५००–, मसलन्द भत्ता रु. १,०००, पत्रपत्रिका भत्ता रु. ३००, गरी जम्मा रु. ५१,१४८, खर्च गरिरहेको छ । त्यसबाहेक पनि हरेक पटक बैठक भत्ता रु ३००, विदेश भ्रमण भत्ता प्रतिदिन रु १५० अमेरिकी डलर, यातायात भत्ता प्रतिपटक रु. ३००, रहेको छ । भने छुट्टै असिमिति स्वास्थ उपचार खर्च समेत २०६६ साउन देखि गरेको “लेखा शाखा, संविधानसभा सचिवलाय २०६६” को श्रोतबाट देखिन्छ । यसमा मन्त्रीहरु, सभा अध्यक्ष उपाध्यक्ष, दलका सचेतकहरु, दलका नेताहरु र समितिका सभापतीहरुको लागि लाग्ने करोडौ बजेटको यसमा समावेश गरिएको छैन । यो अवस्थाले हाम्रो जस्तो आर्थिक विपन्नता भएको देशमा कहिले सम्म यसरी सभासदहरुलाई अर्थिक खोला बगाउन सकिएला । देशले कहिले सम्म थेग्न सक्ला यो अवस्थालाई ।

ख. माओवादीका करिब १९ हजार लडाकुहरु शिविरमा रहेका छन । उनिहरुलाई पनि राज्यले नै खर्च बेहोर्नु पर्दछ । माओवादीका लडाकुहरु रहेका शिविर व्यवस्थापन कार्यालय, शिविर व्यवस्थापन केन्द्रीय कार्यालय, भरणपोषण खर्च, मासिक तलब भत्ता खर्चको नाम पनि मासिक करोडौ रकम गैरहेको अवस्था छ । “शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय, शान्ति पुनर्निर्माण मन्त्रालयको बेबसाइट २०६६” को श्रोतलाई हेर्दा २०६५ श्रावण देखि २०६५ चैत्र मसान्त सम्म भरणपोषण खर्चमा कुल रु. ३८,३१,५८,६४८, मासिक तलब भत्तामा रु. १,३०,९२,०१,०००, गरी जम्मा रु. १,६९,४३,५९,६४८, रहेको पाईन्छ । यसरी देशको ठुलो बजेट खर्च भैरहने र संधिवान निर्माण, सेना समायोजन र शान्ति प्रकृयाले निकाश नपाउने हो भने हाम्रो देश कहिले सम्म यो अवस्थामा वदेशीस“ग हात थापेर आर्थिक भा“डभैलो गर्न पुग्ला ?

ग. संविधान निर्माणको प्रकृया शुरु भए देखि औपचारिक रुपमा घोषित यस प्रकारको रकम विदेशीहरुले सहयोग गरेको र खर्च भएको देखिन्छ । राष्ट्रसंघीय शान्ति मिसन (अनमिन)ले आफ्नो गतिविधी संचालनमा रु १३ अर्ब १९ करोड, यूएनडीपीले शान्ति र संविधानको लागि रु. १ अर्ब ७५ करोड, यूएसआइडीले रु २ अर्ब ७२ करोड ५० लाख, एसडीसीले रु. २ अर्ब ७२ करोड, इयूले रु. ५१ करोड ५० लाख, सिडाले ४७ करोड, जीटिजेड्ले १९ करोड, नर्बेले रु. ४० करोड ४७ लाख, युनएनपीएफएनले सिडा मार्फत २१ करोड ११ लाख, नेपाली गैर सरकारी संस्थाहरुले रु. ५४ करोड १२ लाख रहेको छ । भने अर्बै प्राविधिक सहयोगको नाममा नेपाल भित्रिएको छ । आफुलाई ठुला भन्ने दलहरु आज किन सरकारको लागि छिनाझपेटीमा लागी परेका छन भन्ने कुरा पनि यसै अर्थिक अवस्थाबाट समेत बुझ्न र स्पस्ट हुन सकिन्छ ।

राज्य सत्ताको चरित्र ः
सामन्त दलाल–नोकरशाह तथा पुजि“पती बर्गको हातमा राज्य सत्ताको चरित्र केन्द्रीत छ । त्यस कारण आज पनि राज्य सत्ताको चरित्र अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ । त्यसैले यो राज्य सत्ता गरिखाने बर्गको हित अनुकुल होईन । त्यसैले राज्यसत्ताको चरित्रलाई बदल्नु अनिवार्य छ ।

सार्थक संविधान निर्माणमा समेटिनु पर्ने मुख्य
ःअब बन्ने नया“ संविधानले के–के विषयहरुलाई प्रत्याभुत गर्दा संविधान सार्थक बन्छ ? यो निर्णायक महत्वको प्रश्न हो । त्यसैले नया“ संविधान निमार्ण गर्दा सार्थकताको अर्थ र महत्वबारे पनि स्पस्ट हुन आवश्यक छ । १. संविधानमा राज्यको नया“ संरचना गर्दा आत्मनिर्णयको सिद्धान्त र जातीय÷क्षेत्रीय स्वशासनको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई आत्मसाथ गरिनु पर्दछ । २. जनताले गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा आदी पाईरहेका छैनन । यि प्रश्नहरुको हल गर्नु राज्यको कर्तब्य हो । तर हालसम्म यस्ता प्रश्नहरुलाई संविधान र सरकारले आफ्नो दायीत्व भित्र राख्न सकेन, त्यसैले गास, बास, कपास, शिक्ष्ाँ, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालाई नया“ संविधानले आफ्नो दायीत्व भित्र अनिवार्य राखिनु पर्दछ । ३. हालसम्म राज्यको विभिन्न तहमा निर्वाचित हुने कैयौँ पदाधिकारीहरुले राष्ट्रघाती तथा जनघाती कामहरु गरे । आफ्नो ब्याक्तिगत स्वार्थ पुरा गर्न तल्लिन बने । त्यसैले यो प्रकृयाको अन्त्य गर्र्न देश र जनताको हितविपरीत काम गर्ने प्रतिनिधि र पदाधिकारीहरुलाई प्रत्याआब्हानको व्यवस्थालाई सुनिश्चित गरिनु पर्दछ । ४.पुर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसाथ गर्दै मजदुर र किसान बर्गको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्दछ । ५. राज्यको सवै तह र प्रक्रियाहरुमा उत्पीडित वर्ग, जाति, आदिवासी जनजाति, दलित, महिला, तराईवासी तथा क्षेत्र र लिङ्गका जनसमुदायको समावेशी, सहभागिता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ । ६.हालसम्म सेनाको अवस्थालाई हेर्दा एकातिर, सिमित बर्गको सलामी, मलामी र गुलामीको प्रक्रियाबाट गुजे्रको देखिन्छ । अर्कोतिर नेपालको भु राजनैतिक अवस्था विषेश प्रकारको छ । त्यसैले अब बन्ने नया“ संविधानमा सेनाको न्युनिकरणमा जोड दि“दै जनशुरक्षा प्रणालीमा मुलुकलाई लैजानु पर्दछ । ७. राष्ट्रिय स्वाधीनतामा आधारित समाजवाद उन्मुख अर्थ व्यवस्था लागु गरिनु पर्दछ । यी प्रश्नहरु सार्थक संविधान निमार्णको निम्ति महत्वपूर्ण छन ।

संविधान निर्माणमा मुख्य तिन दलको भुमिका र कमजोरी ः
१. ठोस र मुर्त ढंगको राष्ट्रिय सहमती कायम गर्न नसक्नु । २. संविधान निर्माणमा भन्दा सरकारको विषयमा मुख्य जोड दिनु । ३. सहमतीय प्रणालीलाई संशोधन गरेर बहुमतिय प्रणालीमा जानु । ४. हरेक निर्णयहरुमा विदेशी शक्तीहरुस“ग आत्मसमर्पण गर्नु । ५. राष्ट्रिय आवश्यकतामा भन्दा आफ्नो गुट स्वार्थमा तल्लिन हुनु । ६. संविधान निर्माण र त्यो स“ग सम्वन्धित विषयहरुमा ठोस र मुर्त निर्णय र धारणा बनाउन नसक्नु । ७. निर्धारित समयमा सार्थक संविधान निर्माण गर्न बेवास्था गर्नु । आदी विषयहरुमो नेपाली काग्रेस, एमाले र एमाओवादीले स्पस्ट दृष्टिकोण बनाउन सकेका छैनन । उनिहरुको कसरी सरकारमा जान सकिन्छ र आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भन्ने कुरामा लागिरहेको अवस्था भएकोले आज पनि उनिहरुले मुलुकलाई राष्ट्रिय निकाशको प्रकृयामा लैजान अवरोध सृजना गरिरहेका छन ।

संविधानसभाको समयावधी थप गर्दा गरिएका कमजोरीहरु ः
संविधान निर्माणको काममा नलागेको कारणले गर्दा २ बर्षमा संविधान बन्न सकेन । राती १२ बजे संविधानसभाको समयावधी थप गरियो । तर निर्धारित समयमा संविधान निर्माण नगरेकोमा दल, संविधानसभा र सरकारले जनता समक्ष क्षमायाचना गर्नु पर्दथ्यो तर त्यतातिर कुनै पनि दलले ध्यान दिएनन । समयमा संविधान लेख्न नसकेकोमा कुनै पश्चाताप नै नगरीकन सगौरब संविधानसभाको म्याद थप गरियो । अब थपिएको समय १ बर्ष भित्र संविधान बनाउने स्पस्ट र विश्वसनिय आधार सृजना गर्न सक्नु पर्दथ्यो । हाल सम्म पनि त्यो हुन सकिरहेको छैन । संविधानसभाले ठोस कार्ययोजना र कार्यविधी तय गरी जनता समक्ष सार्वजनिक गर्न नसक्नु । राष्ट्रिय सहमतीको नाममा तीन दलीय सर्वसत्तावाद कायम गर्नु र गरिएको भनिएको सहमतीमा पनि तिनै दलको ईमान्दारीता नदेखिनु । आदी विषयहरु संविधानसभाको समयावधी थप गर्दा संविधानसभा र दलहरुले गरेका कमजोरीहरु हुन ।

अन्त्यमा,
अब हामी सवै एकतावद्ध हुनु पर्ने बेला फेरी आाएको छ । किनकी, थप गरिएको समयमा संविधान बनिहाल्छ भन्ने कुनै विश्वसनिय आधार देखिदैन । एमाओवादी, एमाले र नेपाली काग्रेस जस्ता पार्टीहरु कुुर्सी स्वार्थ र सरकार केन्द्रीत खेलमा लागिरहेका छन । आफ्नै पार्टी र त्यसमा पनि आफ्नै नेतृत्वमा सरकार बन्नु पर्दछ भन्ने उनिहरुको रट छ । १७ औं पटक सम्म प्रधानमन्त्री निर्वाचन र पराजय तथा आफ्नो टटस्थताको राजनीतिबाट दलहरु पछि हटका छैनन । आफुलाई निकै क्रान्तिकारीको पगरी गुथाएर कम्युनिष्ट भन्दै हिड्नेहरुले समेत दलाल नोकरशाह बर्गको प्रतिनिधित्व गर्ने र प्रतिक्रियावादी बर्ग चरित्र बोकेको नेपाली काग्रेसको उम्मेदबारको विपक्षमा समेत आफुलाई उभ्याउन सकिरहेका छैनन । यस प्रकारको राजनीतिक संक्रमणलाई अब देशले थेग्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा मुलुक अगाडि बढिरहेको छ । त्यसैले यस प्रकारको गत्यावरोधलाई अन्त्य गर्नु आजको अनिवार्य आवश्यता हो । थप गरिएको समयमा सार्थक संविधान निर्माण गर्न सवै क्षेत्रबाट दबाब सृजना गर्नु अनिवार्य रहेको छ । यो आजको समस्यालाइृ सवै मिलेर समाधान गरौं । सवैको एकतावद्ध दबाब आन्दोलनले मात्र देशको यो गत्यावरोधलाई छिचोल्न सक्ने छौ ।

Saturday, September 18, 2010

युवा आन्दोलन बारे

युवा आन्दोलन बारे
चिरन पुन
केन्द्रीय सदस्य
नेकपा (एकीकृत)
०६७ भदौ २९ ।
कामरेडहरु,
युवा भनेको नया“ जोस, जा“गर, उत्साह, बल बहाक रातो शक्ति हो । उमेरको हिसावले १६ बर्ष देखि माथि र ४० बर्ष सम्ममा रहेको उर्भर शक्ति हो । यसको छुट्टै कुनै स्थायी बर्ग हुन्न । यो समाजको रुपान्तरण, गती, विकाश, ध्वंस, सृजनाको प्रतिक हो ।
  • राज्य सत्ताको चरित्र ः
सामन्त दलाल, नोकरशाह पुजिपति बर्गको हातमा केन्द्रीत छ । यो अर्ध सामन्त तथा अर्ध औपनिवेशिक जगमा छ ।
  • समस्या ः
शिक्षा, स्वाथ्य, रोजगार, सामाजिक जिवन ।

  • क्रान्तिकारी युवा संगठनको महत्व ः
राजनीतिमा, सामाजिक रुपान्तरणमा, सा“स्कृतिक रुपान्तरणमा, आर्थिक रुपान्तरणमा, भौगोलिक रुपान्तरणमा, धार्मिक स्वतन्त्रतामा आदी ।
  • क्रान्तिकारी युवा संगठन के हो ः
  • सर्वहारा बर्गको सचेत र अगुवा दस्ताको सहायक, सर्वहारा बर्गको संगठित दस्ताको सहायक, सर्वहारा संगठनको उच्च रुपको सहायक, सवै जनसंगठनको उच्च रुपको सहायक, मजदुर बर्गको अगुवाको सजिव रुपको सहायक, क्रान्तिकारी रुपान्तरणको सहायक, आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक रुपान्तरणको जगको सहायक आदी ।

  • युवा आन्दोलनको प्रवृति ः
प्रतिक्रियावादी, यथास्थितिवादी, उग्रवामपंथी, अराजकतावादी, दक्षिणपंथी, संशोधनवादी, बैज्ञानिक, क्रान्तिकारी ।

  • युवा आन्दोलनको चरित्र ः
प्रतिक्रियावादको सेवा गर्नु, यथास्थितिवादको पक्षपोषण गर्नु, सुधारवादमा विश्वास गर्नु,, वसरवादको सेवा गर्नु, अस्थिर, ढुलमुल, दोधारे र अस्पस्ट हुनु, अराजकतावादमा विश्वास गर्नु, अवसरवादको सेवा गर्नु, परिस्थितिको सहि मुल्याङ्कन गर्न नसक्नु आदी ।

  • युवा आन्दोलनको संस्कृति ः
सामन्तवादी संस्कृतिको पक्षपोषण ( भाग्यवाद, वंशको सृङ्खला, रुडीवाद, अलौकिक, र शोषणयुक्त)
प“ुजिवादी संस्कृतिको पक्षपोषण ः (उपभोक्तावाद, उदण्डतावाद, चमत्कारवाद, छाडा सेक्स, ध्वंसवाद, व्याक्तिवाद, पु“जी, शोषणयुक्त)
जनवादी संस्कृतिको पक्षपोषण ः (भोतिकवाद, उत्पादन प्रणाली, वस्तुपरक आन्दोलन, सहि व्यवहार, समउन्नत विचार, रुपान्तरण, श्रम प्रतिको आस्था, शोषण प्रतिको घृणा)

  • युवा आन्दोलनको अनुशासन ः
व्याक्तिगत, संगठनात्मक, सा“स्कृतिक, सामाजिक, राजनीतिक, श्रमीक र संघर्ष प्रतिको अनुशासन ।

  • सहि युवा आन्दोलन परिचालनको सिद्धान्त ः
क. परिचालन विधी ः ( जनवादी केन्द्रीयता को सिद्धान्तमा आधारित)
ख. सिद्धान्त नीति ः माक्र्सवाद लेनिनवाद माओविचारधाराको पथप्रदशक सिद्धान्त, सम्पूर्ण बामपथी, प्रगतिशिल, देशभक्त तथा क्रान्तिकारीहरुको प्रतिनिधित्व गर्ने, बर्ग संघर्ष प्रतिको विश्वास, जनवादी वा सर्बहारावर्गको अधिनायकत्वलाई स्वीकार, महान सर्वहारा सांस्कृतिक मुल्य मान्यताहरुको अनुशरण, बैज्ञानिक समाजवाद र साम्यवाद स्थापनामा परिलक्षित , ज्ुाझारु र अनुशासित ।

ड्ड सहि युवा आन्दोलनको तत्कालिन कार्यभार ः
विचारधारात्मक काम ः प्रशिक्षण, पाठ्य सामाग्री, स्व अध्ययनलाई जोड, प्रकाशनको निरन्तरता, क्रान्तिकारी आन्दोलनको सामाग्रीको अध्ययन, आदी ।
  • संगठनात्मक काम ः
पूर्ण कालिन कार्यकर्ता उत्पादन र परिचालन जोड, साधारण सदस्यलाई – संगठित सदस्य, संगठित सदस्यलाई– अगुवा कार्यकर्ता, अगुवा कार्यकर्तालाई– पूर्णकालिन कार्यकर्तामा रुपान्तरण, प्रचारात्मक, संगठनात्मक, आन्दोलनात्मक, रचनात्मक र सृजनात्मक काम ।

  • संघर्ष सम्वन्धि काम ः
सामान्तवाद विरुद्ध, साम्राज्यवाद विरुद्ध, विस्तारवाद विरुद्ध, पुजिवाद विरुद्ध, यथास्थितिवाद विरुद्ध, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा, सामाजिक सास्कृतिक रुपान्तरणको पक्षमा, शिक्षा, स्वास्थ्य र रोजगारको पक्षमा, शान्तिशुरक्षा र राष्ट्रिय स्वाधिनताको पक्षमा आदी ।

  • तिनै स्थानमा संघर्ष गर ः
आफु, संगठन, बाहिरी दुस्मन ।

धन्यवाद
chiranpunji@gmail.com, chiranpunji@hotmail.com
chiranpun.blogspot.com




Sunday, September 12, 2010

साम्राज्यवादीको दलाली गर्नेहरु क्रान्तिकारी हुनै सक्दैनन

देशप्रेम साप्ताहिक, काठमाण्डौं ।
बर्ष १२, अंक २२,
०६७ भदौ २७ गते, (आईतवार)
प्रकाशित

चिरन पुन
केन्द्रीय सदस्य – ईन्चार्ज, मगरात स्वशासित प्रदेश ।
०६७ भदौ २५ ।
  • भर्खर कार्यक्षेत्रबाट फर्कनु भएको छ । के छ तपाईको कार्यक्षेत्र मगरात प्रदेशको गतिविधी ?
संगठन विस्तार नै, अहिले मगरात प्रदेशको मुख्य काम हो । पार्टीको आयोजनामा प्रशिक्षण कार्यक्रमहरु संचालन भैरहकेका छन । विभिन्न स्थानहरुमा अन्तरक्रिया कार्यक्रम, बैठक, पार्टी सदस्यहरुको अद्यावधिक गर्ने, नया“ आवेदन फारम संकलन गर्ने आदी कामहरु पनि भैरहेका छन । त्यसको साथै, अहिले मगरात प्रदेशको प्युठान, बागलुङ, म्याग्दी, पर्वत जिल्लाहरुमा विभिन्न पार्टीहरु परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ । “सार्थक संविधान निर्माणको लागि जनदबाब सृजना गरौं” भन्ने मुल नाराका साथ संचालन हुने “जनजागरण अभियान ०६७” को तयारी पनि छौं ।
  • देशको तत्कालिन राजनीति बारे तपाईको क्षेत्रका जनता र कार्यकर्ताहरुमा कस्तो धारणा रहेको छ ?
  • अहिले सत्तामा रहेका र आफुलाई ठुलो भन्ने नेपाली काग्रेस, एमाले र ए नेकपा (माओवादी) को तत्कालिन गतिविधी देखेर जनता छक्क परेका छन । उनिहरुले सत्ता र कुर्सीको लागि गरेको तछाड–मछाड देखेर जनतालाई घृणा पैदा भएको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको दलाली गर्ने, चाकडी गर्ने र नेपाली जनताको समस्या प्रति बेवास्था गर्दै आफ्नो व्याक्तिगत तथा गुटगत स्वार्थमा तल्लिन हुने ठुला दलको अवस्था देखेर ति दलहरु प्रति जनताको क्रमश आक्रोश बढ्दै गएको छ ।
सवैले थप गरिएको समयमा नया“ अग्रगामी सार्थक संविधान निर्माण होस भन्ने चाहन्छन । बहुमतीय खेल छोडेर राष्ट्रिय सहमतीको प्रकृयामा जाने र सरकार र कुर्सीे लछाचुडीको खेल बन्द गर्न माग गरेका छन ।
  • नेकपा (एकीकृत) को बैठक हु“दैछ भन्ने सुनिन्छ, के के छन् एजेण्डाहरु ?
हो हाम्रो पार्टीको केन्द्रीय समितिको नवौं बैठक यहि ०६७ असौज ३ गतेबाट शुरु हुदैछ । बैठकमा तत्कालिन राजनीतिक परिस्थितिको मुल्याङ्कन, पार्टीको आगामी संगठनात्मक कार्यक्रम, पार्टी एकता र संयुक्त मोर्चा, सार्थक संविधान निर्माणको लागि आन्दोलनका कार्यक्रम, जन शुरक्षा दस्ता आदी विषयहरुमा छलफल भई आवश्यक निर्णयहरु गरिनेछ ।
  • पार्टी एकताको कुरा पनि सुनिन्छ, तत्काल को को स“ग एकता गर्दै हुनुहुन्छ ?
हो सा“च्चीकै नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने र जनवादी अधिनायकत्वयुक्त राज्य व्यवस्था ल्याउने हो भने, क्रान्तिकारीहरुको बीचमा धु्रविकरण अनिवार्य छ । तर त्यो एकता विचार र दृष्टिकोणको आधारमा हुनु पर्दछ । अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा अवसरवादी धारा बलियो जस्तो देखिएको छ त्यसैले पनि क्रान्तिकारी शक्तिहरुको एकता झन आवश्यक बनेको छ । यहि अभिभारालाई पुरा गर्न हामी सहि क्रान्तिकारी धाराको निर्माण प्रकृयाको अभियानमा छौ । हामीले तिनओटा पार्टी मिलाएर नेकपा (एकीकृत) बनाएका हौ“ । क्रान्तिकारी धु्रवीकरणलाई अझ तिर्व बनाएर लैजानु पर्दछ भन्ने मान्यता हाम्रो पार्टीले राख्दछ ।
तत्कालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालस“ग एकताको लागि छलफलहरु भैरहेका छन । आधारभुत विषयहरुमा हाम्रो सहमती कामय भैसकेको छ । मुख्य राजनीतिक विषयहरुमा समेत कुरा मिलिसकेको छ । अव केही तात्कालिन विषयहरुलाई दुवै केन्द्रीय समितिले निर्णय गर्नु पर्ने भएकोले त्यो पनि अवको केन्द्रीय समितिको बैठकमा निर्णय गरिनेछ र पार्टी एकताको घोषणा हुनेछ ।
त्यसको साथै अहिले क. मातृका यादवले नेतृत्व गर्नु भएको नेकपा (माओवादी), पुर्नगठित नेकपा (मसाल) र नेकपा (माले –समाजवादी) स“ग पार्टी एकताको लागि सकरात्मक ढंगले छलफल अगाडि बढिरहेको छ । त्यसमा नेकपा (माक्र्सवादी) को एउटा हिस्सा समेत समावेश हुने कुरा भएको छ ।
  • संविधान सभाले संविधान र सरकार दुवै बनाउन सकेन अव के गर्नु पर्ला ?
अहिले संविधानसभामा प्रतिक्रियावादी र अवसरवादी राजनीति बोक्ने दलहरुको बोलवाला छ । त्यसैले उनिहरु समयमा संविधान बनोस भन्ने पक्षमा छैनन । उनिहरु राजनीतिक अस्थिरताको फाईदा उठाउ“दै यहिबेलामा आफ्नो स्वार्थ पुरा गर्न चाहन्छन । साम्राज्यवादी, विस्तारवादीहरुको दलाली गरेर आफ्नो कुर्सीको आयु लामो बनाउन चाहन्छन । त्यसैले प्रधानमन्त्रीको चुनावमा बारम्बार परिणाम ननिस्कदा समेत त्यसैमा मरिहत्य गरेर लागेका छन नि त ? त्यसैले, राष्ट्रिय सहमतीको लागि दबाब दिनु पर्दछ । थपिएको समयमा सार्थक संविधान निर्माणको लागि सम्पूर्ण जनता एकतावद्ध हुनु पर्दछ । संविधानसभाका सभासद, सरकार र आफुलाई ठुला भन्ने दलहरुलाई खबरदारी गर्नु पर्दछ । अब झन ठुलो आन्दोलनको आ“धी बेहरी सृजना गर्नु पर्दछ ।
  • संविधान सभा विघटन गरेर नया“ अन्तरिम व्यवस्था हुनु पर्दछ भन्ने कुरा पनि त उठेको छ नी ?
हो सतहमा हेर्दा, यो संविधान सभाले तोकिएको समयमा संविधान निर्माण गर्न नसकेकै हो । राती १२ बजे आफ्नो आयु आफैले लम्व्याएकै हो । तर, जनताले आफ्नो प्रत्यक्ष मत प्रदान गरेर निर्वाचित गरेको संविधानसभालाई त ठुला भन्ने पार्टीले यस्तो हालत बनाए भने यसलाई विघटन गरेर अन्तरिम अवस्थामा मुलुकलाई लैजादा झन प्रतिगामी, साम्राज्यवादी, विस्तारवादी र यथास्थितिवादी शक्तिलाई बल पुग्ला नि त होईनर ?
  • देश भित्रै क्रियाशिल दलका बीच बृहत छलफल गरेर १२ बु“दे सहमती जस्तै नया“ सहमती हुनु पर्छ पनि भन्छन नि ?
जति सहमति गरे पनि के भो र, त्यसलाई लागु गर्न नपरेपछि । सहमती गर्ने तर त्यसलाई लागु नगर्ने प्रवृति नै यतिबेलाको मुख्य समस्या हो । अर्कोतिर, सहमती गर्ने बेलामा कुर्सी स्वार्थको कारणले गर्दा जस्तो सुकै एजेण्डामा पनि लम्पसार पर्ने प्रवृति सत्ताधारीहरुको गलग तरिका हो । त्यसैले हाम्रो पार्टीले राष्ट्रिय सहमतीको प्रकृयामा जानु पर्दछ भनेको छ । अब नया“ सहमती गर्नुृ पर्दछ जस्तो मलाई लाग्दैन । ऐतिहा“सिक जन आन्दोलन ०६२÷६३ को दिशा निर्देशलाई सम्झे पुगिहाल्छ । जनताको माग र अहिले मुखरित भएको ऐजेण्डाहरुलाई आत्मसाथ गरे भैहाल्छ ।
  • विदेशी हस्तक्षेपको निकै चर्चा चल्छ । के के रहेछन साम्राज्यवादी र विस्तारवादी नया“ नीतिहरु ?
विस्तारवादी र साम्राज्यवादी नीति कस्तो हु“दो रहेछ भनेर तपाईले हालसम्म भोगी हाल्नु भएको छ नि हैनर ? हाम्रो देशमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप बाट कुन चा“ही क्षेत्र बचेको देख्नु हुन्छ ? एउटा प्रधानमन्त्रीको चुनावमा त विस्तारवादका एजेण्टहरु कसरी दौडधुप गरे । त्यसैले साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले नेपाललाई आफ्नो स्वार्थ पूर्ति गर्ने मनोरम स्थान बनाउन खोजिरहेका छन । यसमा हामी सम्पूर्ण नेपाली जनता सचेत हुन आवश्यक छ ।
  • बाम एकताको सरकार त बन्न नसक्दो रहेछ हैन ?
संविधानसभामा ६२ प्रतिसत मत बामपंथीहरुको रह“दा पनि किन मिलेर जान नसकेको होला भनेर आज सवैले भन्ने गरेको सुनेको छु । तर, सवैमा बामपंथी चरित्र भैदिएको भए किन देशको यस्तो अवस्था हुने थियो ? आफुलाई कम्युनिष्ट भन्ने तर काग्रेसले भन्दा पनि तल्लो दर्जाको राष्ट्रघाती र जनघाती काम गर्न तयार हुने प्रवृतिलेनै बामपंथी आन्दोलनलाई दिग्भ्रमित पारेको अवस्था देख्छु मैले । जहा“ सम्म बामपंथी सरकारको कुरा छ, अहिले त्यो अवस्था बन्ला जस्तो लाग्दैन ।
  • ए माओवादीका पछिल्ला गतिविधीलाई कसरी हेर्नु हुन्छ ?
बैचारिक हिसावले ए माओवादीको यात्रा संशोधनवाद तर्फ दौडिरहेको छ । एक्काईसौ सताव्दीको जनवादलाई आत्मसाथ गर्नु, बर्ग संघर्ष प्रतिको मोह भंग हुनु, खुल्ला अर्थ तन्त्रलाई स्वीकार गर्नु, पथप्रदशक सिद्धान्तमा समेत स्पस्ट नीति बनाउन नसक्नु आदी उनिहरुको संशोधनवादी यात्राको पहिचानहरु हुन । जहा“सम्म उनिहरुको व्यवहारको कुरा छ, उनिहरु अहिले पनि उग्रबामपंथी सो“च र चिन्तनबाट ग्रसित छन । अराजकतावादी गतिविधीमा तल्लिन छन । त्यहा“ भित्र अनेकौं प्रकारका विकृतिहरु मौलाईरहेका छन । पार्टीका ईमान्दार कार्यकर्ता पाखालाग्ने र अवसरको लागि झुम्मिएका दरबारीया देखि घरबारीया सम्मका अवसरवादी व्याक्तिहरुको बोलवाला हुने अवस्था देखिएको छ । त्यो कुरा त स्वयं ए माओवादीको नेताहरुले नै खुल्ला बोल्दै हिडेका छन ।
  • सार्थक संविधानको लागि नेकपा (एकीकृत) ले चलाएको जन दबाब अभियान कहा“ पुग्यो ?
हाम्रो अभियान निरन्तर जारी रहेको छ । संविधान नबन्दा सम्म यो अभियानले निरन्तरता पाउने छ । विगतमा पनि तोकिएको समयमा सार्थक संविधान निर्माणको लागि जनदबाब अभियान चलायौं । मेची महाकाली मोटर साइकल र्याली गर्यौं । अभियानमा विभिन्न कार्यक्रमहरु संचालन गरियो । तर, जेठ १४ गते संविधान बनेन । पार्टीको केन्द्रीय समितिले फेरी निर्णय गरेर असार १ गते देखि अवध–भोजपुरा र तमुवान प्रदेशबाट जनदबाब अभियानको शुरुवात भै सकेको छ । अबको केन्द्रीय समितिको बैठकमा विगतमा संचालित अभियानको समिक्षा गरिनेछ र अझ व्यवस्थित ढंगले यो अभियानलाई देशव्यापी बनाउने योजनामा छौ । जसले सार्थक संविधान निर्माण गर्न बल पुग्ने छ ।
  • जनदबाब अभियानमा कस्ता कार्यक्रमहरु छन त ?
विभिन्न कार्यक्रमहरु संचालित छन । प्रचा वितरण, माईकिङ, कोण सभा, सभा, अन्तरक्रिया, साईकल तथा मोटरसाईकल र्याली, जुलुस, गोष्ठि, जनभेटघाट, वालपेन्टिङ आदी जस्ता कार्यक्रमहरु छन ।
  • यो सार्थक संविधान भनेको के हो ?
आत्मनिर्णयको सिद्धान्तको आधारमा जातीय÷क्ष्ँेत्रीय स्वशासन सहीतको संघीय गणतन्त्रको स्थापना, सम्पूर्ण निर्वाचित निकायहरुमा प्रत्याआव्हानको अनिवार्य व्यवस्था, शिक्ष्ाँ, स्वास्थ, रोजगार, सामाजिक सुरक्ष्ाँ लगाएतका विषयहरुलाई राज्यको अनिवार्य दायीत्व, किसान र मजदुर बर्गबाट राज्यमा विशेष प्रतिनिधित्वका व्यवस्था र राज्यको सवैतह र प्रकृयाहरुमा शोषित पिडित बर्ग, उत्पीडित समुदाय, जात–जाती, आदिवासी÷जनजाती, दुर्गम क्षेत्र र तराईवासी लगाएत सम्पूर्ण क्ष्ँेत्र र लिङगको समावेशी, सहभागितामुलक र समानुपातिक प्रतिनिधित्वको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागु, वर्तमान सुरक्षा नीतिको खारेजी र जन सुरक्षा नीतिको लाग, समाजवाद उन्मुख अर्थ व्यवस्थाको अनिवार्यता, पुरानो सम्पूर्ण असमान सन्धी संझौताको खारेजी र समानताको आधारमा अन्तराष्ट्रिय सम्वन्धको विस्तार र व्यवस्थापन । राष्ट्रिय स्वाधीनताको निम्ति ठोस नीति निर्माण आदी विषयहरुलाई अव बन्ने संविधानले अनिवार्य रुपमा समावेश गरिनु पर्दछ अनिमात्र अव बन्ने संविधान सार्थक बन्नेछ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ ।
  • अन्त्यमा केही भन्नु छ ?
तपाईलाई धन्यवाद, पार्टीको विचारलाई राख्ने अवसर दिनुभयो । थप गरिएको समयमा सार्थक संधिवान निर्माणको लागि दबाब सृजना गर्न तपाई पत्रकारहरु पनि लाग्नु पर्ने भयो । सवैे एकतावद्ध बनौ ।





Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।