Tuesday, June 28, 2011

नेकपा (एकीकृत) को आठौ महाधिवेशन प्रति गरिएको अपेक्षा बारे

अग्रगती साम्ताहिक
बर्ष ५, अंक ४२
२०६८ असार ९ गते विहिबार ।

चिरन पुन
“सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढौं ।” भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को आठौं महाधिवेशन अवध भोजपुरा प्रदेशको सुन्दर नगरी बुटवलमा ०६८ असौज ७ देखि १३ गते सम्म सम्पन्न गरिदैछ । यो आठौ महाधिवेशनले पार्टीको नीतिलाई झन स्पस्ट पार्नेछ । समयसान्दर्भिक, क्रान्तिकारी रुपान्तरणको लागि दिशानिर्देशनात्मक, गुणात्मक फड्कोयुक्त जुझारु आगामी कार्यक्रमहरुको ठेगान गर्नेछ र नेतृत्वको पुर्नसंरचना, व्यवस्थापन र परिमार्जित गर्ने काम समेत निकै वैज्ञानिक र बस्तुपरक ढंगले सम्पन्न गर्नेछ ।

क. माओले सन् १९४८ नोभेम्वर मा “संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऔं र साम्राज्यवादी आक्रमणका विरुद्ध जुध” भन्ने सन्दर्भमा बताउनु भएको थियो, “क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनै पर्दछ । क्रान्तिकारी पार्टी विना, माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुशार बनेको पार्टी विना, साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर बर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” हामी क्रान्तिकारी पार्टी निर्माण गर्न खोजेका छौ । हामीले सर्वहारा बर्गको अधिनायकत्वयुक्त राज्यव्यवस्था स्थापना गर्न चाहेका छौं । दलाल, नोकरशाह, सामन्ती पुजिँपति बर्गको राज्यसत्तालाई नष्ट गर्न खोजेका छौ । किसान, मजदुर, सर्वहारा वर्गको वा गरिखाने वर्गको राज्यसत्तामा पउँच बनाउन लागेका छौ । समाजलाई नयाँ जनवादी, समाजवादी र साम्यवादी चरणमा रुपान्तरण गर्न तम्सेका छौ भने क. माओले भन्नु भएको उक्त कुरालाई हामी सवैले सधैभरी आत्मसाथ गर्न आवश्यक छ ।

हामीले नेकपा (एकीकृत) निर्माण गरेको पनि आधा दसक भन्दा बढी समय भैसकेको छ । नेकपा (एकीकृत) निर्माण गर्दा हामीलाई हाम्रो नीति, नेतृत्व र कार्यक्रम निकै क्रान्तिकारी, सक्षम र समयसान्दर्भिक लागेको थियो । कम्युनिष्ट आन्दोलनमा देखिएको विभिन्न अवसरवादी भड्कावहरुको विरुद्ध सघर्ष गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी कम्युनिष्ट पार्टी बनाउने दायीत्वबोध सम्झेका थियौ । कम्युनिष्ट आन्दोलनमा स्थापीत भैसकेको परम्परावादी, सङ्किणवादी, जडसुत्रवादी, व्याक्तिवादी सोँच, कार्यशैली र परम्परालाई तोड्दै हामी अगाडि बढ्ने अभिलाषा बोकेका थियौ । हाम्रो पार्टी नेकपा (एकीकृत) लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैकल्पिक शक्तिको रुपमा विकाश गर्ने र क्रान्तिकारी सिद्धान्तको सहि आत्मसाथ गरेर जनवादी क्रान्तिको असली संवाहक बनाउने विश्वास पनि गरेका थियौं । ति अभिभाराहरु पुरा गर्ने कदम बढाईरहदा हामी र हाम्रो नेतृत्वमा केहि समस्याहरु पैदा भए । केहि गडबढीहरु देखियो । केही असक्षमताको पनि प्रश्नहरु उठ्यो । केहि कार्यशैलीहरुमा पनि बेमेल देखियो । केहि निष्कृयता र केहि अराजकताको पनि महशुस भएको छ । तर नेकपा (एकीकृत) निर्माण गर्दा जस्तै आज पनि हाम्रो त्यो विश्वासमा कमि आएको छैन । त्यो सैद्धन्तिक दिशा निर्देशमा हामी विचलित भएका छैनौ । हाम्रो प्रतिवद्धताहरुमा कमि आएको छैन । हाम्रो विश्वास, भरोशा र उत्साहमा कहिँकतै तलमाथि भएका छैनौ तर, “ज्ञान अभ्यासबाट शुरु हुन्छ र अभ्यासबाटै प्रष्ट गरिएको सैद्धान्तिक ज्ञानले फेरी अभ्यासमा नै फर्कनु पर्दछ । बैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फको फड्कोमा प्रकट हुनै पर्दछ, र त्यो झन बढ्ता महत्वपूर्ण छ ।” क. माओले “सहि विचार कहाँबाट आउछन् ?” भन्ने सन्दर्भमा सन् १९६३ मा बताउनु भएको थियो । क. माओको यो सन्दर्भले पनि के स्पस्ट पार्दछ भने हाम्रो समस्या अभ्यासमा छ । क्रान्तिकारी व्यवहारमा छ । पार्टीको काम गर्ने सैली र तरिकामा छ । निष्कृयतामा छ । निष्कृयताको जगमा पैदा भएको अराजकतामा छ । अकृमन्यतामा छ । त्यसैले अभ्यासमा जाने निरन्तर कार्यक्रम, अभ्यासबाटै खारिएका सैद्धान्तिक ज्ञानलाई निरन्तर प्रशिक्षण, लेनिनवादी संगठनात्म सिद्धान्तमा आधारित पार्टीमा काम गर्ने सैली र तरिकाको तत्काल सुधार, निष्कृयताको तत्काल अन्त्य, निष्कृयताको जगमा पैदा भएको अराजकतालाई निमूल पार्ने ठोस कार्यक्रम र अक्रमन्यतालाई रोक्न नेतृत्वको पुर्नसंरचना, व्यवस्थापन र परिमार्जन गर्न आवश्यक कदम यसै आठौ महाधिवेशनबाट चाल्न आवश्यक छ ।

अबको क्रान्तिको नेतृत्व एनेकपा (माओवादी) एमाले वा अन्यकुनै आफुलाई कम्युनिष्ट भन्ने शक्तिले गर्न नसक्ने कुरा त प्रष्ट नै छ । किनकी, उनिहरुको यात्रा र पतन दक्षिणपंथी संशोधनवादमा नै छ । त्यो कुरा उनिहरुको आजसम्मको बैचारिक प्रतिवद्धता र गतिशिलता र उनिहरुले जनताको विचमा अवलम्वन गरेका व्यवहारले पनि स्पस्टै हुन सकिन्छ । तर, कुरा क्रान्तिकारी आन्दोलनको हो । क्रान्तिकारी आन्दोलनलाई हाँक्ने नेतृत्वको हो । क्रान्तिकारी पार्टी निर्माण गर्ने कार्यशैली, विस्वास र प्रतिवद्धताको हो । किशान, मजदुर, सुकुम्वासी, उत्पीडित क्षेत्र र जनतालाई उत्साहित पार्ने क्रान्तिकारी कार्यक्रमको हो । पार्टीको बैठक बस्यो, छलफल चलायो अनि कार्यक्रमहरु बनाउन खोज्यो धेरैको मुखबाट फुत्कन्छ कार्यक्रम सम्पन्न गर्न सकिन्न । फेरी छलफल चलायो, कार्यक्रमहरुको विषयमा योजना बनाउन खोज्यो र कतिपय कार्यक्रमहरु पनि ठेगान गर्यो फेरी सुनिन्छ महत्वकाक्षी कार्यक्रम भयो सम्पन्न गर्न सकिन्न । बल्ल बल्ल कार्यक्रमहरु बन्छन् अनि प्रदेश र जिल्लाहरुमा जाने कुरा उठ्छ, कार्यक्रमहरु बल्ल तल्ल सम्पन्न गरिन्छ समिक्षा हुँदा थाहा हुन्छ कि निकै थोरै मानिसहरु मात्रै कार्यक्रम सम्पन्न गर्न खटेको कुरा सुनिन्छ । यो सैली तौर तरिका र प्रवृतिले निश्चितै रुपमा क्रान्तिकारी आन्दोलन अघि बढ्न सक्दैन । “हामीले आफ्ना पङ्तीहरुलाई सवै किसिमका लुरे विचारहरुबाट मुक्त पार्नुपर्दछ, शत्रुको शक्तिलाई भएको भन्दा बढ्ता ठान्ने र जनताको शक्तिलाई भएको भन्दा कम ठान्ने सवै विचार बेठिक छन” सन् १९४७ डिसेम्वर २५ मा क. माओले बताउनु भएको यो कुरालाई हामी र हाम्रो नेतृत्वले सवै बेलामा विचार गर्नु पर्ने अवस्था पैदा भएको छ ।

हामीले हाम्रो कामको समिक्षा, नेतृत्वको मुल्याङ्कन, कार्यक्रमहरुको बारेमा पनि आवश्यक छलफल र विचार गर्नै पर्दछ । हाम्रो पार्टी नेकपा (एकीकृत) को संगठन अहिले पनि देशको ठुलै क्षेत्रमा फैलिएको छ । देशै भरी हाम्रो पार्टीका सदस्यहरु, समितिहरु, र शुभचिन्तकहरु हुनुहुन्छ । तलका कामरेडहरुसँग भेट्दा निकै उत्साही भएको पनि पाईन्छ । अहिले त्यति निराशा पनि देखिदैन । केन्द्रमा भएका कामरेड गएर काममा भिड्ने हो भने, सानो शक्ति र थोरै कामरेडहरुले पनि निकै ठुलो र उत्साही कार्यक्रमहरु सम्पन्न गरेको तथ्यहरु हाम्रै सामु छर्लङ्ग छ । अनि मैले यसो विचार गरे, समस्या कहाँ हो त ? समस्याको समाधान गर्ने उपाए तलतिर कि माथितिर खोज्नु पर्ला ? समस्या तलतिर पनि होला तर, मुख्य समस्या माथितिरै को हो भन्ने मलाई लागेको छ । हाम्रो नेतृत्व छ, तर अक्रमन्ततामा फसेको देखिन्छ । हाम्रो केन्द्रीय समिति छ तर, कामको योजनाहरु बनाउन सकेको छैन । केन्द्रीय समितिमा थुपै्र सदस्यहरु छौ तर, निष्कृयतामा चुर्लुम्म डुवेका छौ । केन्द्रीय समितिका बैठकहरु पनि सम्पन्न हुन्छन कतिपय निर्णयहरु पनि गरिन्छ तर, अधिकांश निर्णयहरु क्रियान्वयनको तममा जादैनन् । गरिएको निर्णयहरुलाई तल्लोतहमा क्रियान्वयन गर्ने कुरा उठ्छ, अनि निकै थोरै कामरेडहरु मात्रैले निर्णय क्रियान्वयनको भुमिका खेलेको देख्न पाईन्छ । यस्तो अवस्थामा रहेको हामी र हाम्रो पार्टी नेतृत्वलाई बेलैमा उपचार गर्न सक्नु पर्दछ । यसै सन्दर्भमा क. माओले सन् १९६६ अगष्ट ८ मा “पार्टी नेतृत्वले निडर बनेर आम जनतालाई व्युझाउने, उठाउने सहास गर्छन कि गर्दैनन् भन्ने कुराले क्रान्तिकारी उपलव्दीलाई निर्धारण गर्दछ ।” “सहासलाई सवैभन्दा माथि राख र निडर बनेर जनतालाई व्युझाउ” भन्ने सन्दर्भमा भन्नुभएको थियो । क. माओले भन्नुभएको यो भनाईले पनि स्पस्ट हुन्छ कि आज हामी र हाम्रो नेतृत्वले यसको तारतम्यलाई कसरी उतारेका छौ । यसलाई हाम्रा तल्ला समितिहरुले के अनुभुति गर्न पाईराखेका होलान ? यसको निराकरण पनि हाम्रो पार्टी नेकपा (एकीकृत) को आठौ महाधिवेशनले गर्नै पर्नेछ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनताको निम्ति हाम्रो पार्टी संचालन गर्दै आएको जनदबाब अभियानको महत्व र यसले खेलेको भुमिकाको बारेमा पनि अवस्य महाधिवेशनमा समिक्षा गरिने विषय बन्ने छ । पार्टीको संगठन, आर्थिक अवस्था, पूर्णकालिन कार्यकर्ता, प्रकाशन आदीको विषयमा पनि महाधिवेवनले महत्वपूर्ण निर्णयहरु गर्नेछ ।

नया जनवादी क्रातिको तयारीमा लाग्ने विषय पनि आठौ महाधिवेशनको मुख्य मुद्धा बन्ने छ । सहि विचार, स्पस्ट नीति, जुझारु नेतृत्व, परिस्थिति जन्य ठोस र मुर्त कार्ययोजनाको लागि हामीेले आठौ महाधिवेशन बाट सहि निर्णय गर्ने छौ । यो महाधिवेशनले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा कोशे ढुङ्गाको काम गर्ने छ । दलाल, नोकरशाह, पुजिपति, सामन्त बर्गको विरुद्ध यो महाधिवेशनले निर्णयक क्रान्तिको निम्ति ठोस नीति बनाउने छ । सवै खाले अवसरवाद र भड्कावहरुलाई समेत यो महाधिवेशनले खवरदारी गर्दै सहि क्रान्तिकारी धारालाई बलियो र निर्णयक बनाउन यो महाधिवेशनले निर्णयक भुमिका खेल्ने छ । क्रान्तिकारीहरु विचको एकतालाई पनि यो महाधिवेशले बल पुर्याउने छ । विभिन्न अवसरवादी कित्तामा लागेका सहि क्रान्तिकारीहरुलाई पनि यो महाधिवेशनले एउटा क्रान्तिकारी जग पैदा गर्नेछ । आशा गरौं नेकपा (एकीकृत) को आठौ महाधिवेशन प्रति गरिएको सार्थक अपेक्षालाई अवश्य पनि हामी सवैले मिलेर पुरा गर्न सकिनेछ ।
धन्यवाद ।




No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...