Monday, February 28, 2011

अबको क्रान्तिकारी आन्दोलनको म’ल धार हाम्रो पार्टी मात्र बन्न सक्छ ।

अग्रगति साप्ताहिक,
बर्ष ५, अंक २६,
०६७ फाग’न १२, विहिबार
काठमाण्डौं नेपाल ।



चिरन पुन
केन्द्रीय सदस्य तथा ईन्चार्ज मगरात स्वाशासित प्रदेश ।

१. तपाईको पार्टीले माघ मसान्तसम्म विभिन्न संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको थियो । तपाईको क्षेत्रमा कस्तो रहयो ?
  • पार्टीको निरन्तर र नियमित कामहरु बाहेक पहिलो, अहिले हाम्रो क्षेत्रमा सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनता रक्षाको लागि जनदबाब अभियान ०६७ संचालन गरिएको थियो । दोश्रो माघ मसान्त भित्र पार्टीको प्रदेश तथा जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने निर्णय थियो । ठेगान भएका सवै कार्यक्रमहरु व्यापक जनसमुदायको सहभागितामा निकै उत्साहजनक रुपबाट सम्पन्न भएका छन ।

२. संगठनात्मक अभियान त पार्टीले औपचारिकताको लागि होला, जनस्तरसम्म त तपाईहरु जाने गर्नु हुन्न भन्ने सुनिन्छ नि ?
  • तपाईले यस्तो कुरा कसरी सुन्नुभयो, को बाट सुन्नु भयो, त्यो मैले जान्दिन । तपाईलाई अहिले हामी ठोकेरै भन्न सक्छौ कि, मगरात प्रदेश भित्र हाम्रो पार्टी नेकपा (एकीकृत) जस्तो विभिन्न कार्यक्रमहरु लिएर अरु कुनै पनि पार्टीहरु जनताको बीचमा गएको मैले भेटाएको छैन । अझै पनि हामी जनताको बीचमानै निरन्तर पुग्ने पहल गरिरहन्छौ । दाश्रो, पार्टीले ठेगान गर्ने हरेक कार्यक्रमहरु औपचारिकताको लागि मात्र हुन्न । बरु ति कार्यक्रमहरुले देश र जनताको आवश्यकता, परिवेश र सहि दिशा निर्देशलाई आत्मसाथ गरेको हुन्छ । समय सन्दर्भलाई निकाश दिने सही नीति र सिद्धान्तलाई बोकेको हुन्छ ।

३. माघ मसान्तसम्मनै सक्ने गरी यो संगठनात्मक कार्ययोजना बनाउनुको कारण के हो ?
  • पहिलो कुरा त, पार्टीको संगठनात्मक अवस्थालाई सुधार गर्नु नै हो । दाश्रो पार्टीको कामलाई परिणाममुखी र जनआधारित बनाउनु हो । तेश्रो देशको अहिलेको राजनीतिक खिचातानी, कुर्सी मोहले पैदा गरेको अन्यौलता, आफुलाई ठुला भन्ने दलहरुले देश र जनता प्रति गरेको बैमानीलाई स्पस्ट ढंगले जनताको बीचमा पुर्याउनु र थप गरिएको समयमा सार्थक संविधान निर्माणकोलागी जन दबाब सृजना गर्नको लागि सवै तहका जनतालाई एकतावद्ध हुन अनुरोध गर्ने उदेश्यले यो कार्यक्रमहरु बनाएका थियौ । हाम्रो पार्टीे केन्द्रीय समितिको दशौं बैठकले यि विषयहरुलाई निम्नअनुशार सुचिकृत गरेर ठोस ढंगको कार्यक्रमहरु ठेगान गरेको थियो । जस अन्तरगत सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधीनताको लागि जन दबाब अभियान संचालन गर्ने, जो संविधान नबन्दा सम्म चलिरहन्छ । पार्टीको केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्ने, प्रादेशिक तथा जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने, जनसंगठनहरुको राष्ट्रिय स्तरको भेला, सम्मेलन, प्रशिक्षणहरु सम्पन्न गर्ने, पार्टी सदस्यहरुको अद्यावधिक सम्पन्न गर्ने, र ०६७ चैत्र सम्ममा पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गरिसक्ने लगाएतका कार्यक्रमहरु थिए । यिनै कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामीले माघ मसान्त भित्र गर्नु पर्ने कामहरुको पनि सुची तयार गरेका थियौ, सोही अनुशार सम्पन्न पनि भएका छन ।

४. तपाईको प्रदेशमा अधियानको रुपमा कार्ययोजना लागु गरियो भन्नु भयो । अन्य कतिपय प्रदेशमा त त्यो कार्ययोजना लागु नै नभएको रहेछ । अब तपाईहरुले कार्ययोजना पुरा नभएकोले राष्ट्रिय सम्मेलन चैत्रमा गर्ने पूर्व निर्णय त बदल्नु हुन्छ होला नि त ?
  • चैत्रमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने पूर्व निर्णय बदल्ने होईन, बरु त्यो निर्णयलाई सफल पार्न अब बचेको समयलाई ठोस कार्य योजना बनाउने र चैत्रमै राष्ट्रिय सम्मेलन सफल पार्न लाग्ने हो । अर्को कुरा म ईन्चार्ज भएको मगरात प्रदेशमा सवै कार्ययोजनाहरु तोकिएको समयमै सम्पन्न गरिएको छ । अन्य प्रदेशहरुमा पनि कामहरु भएको सुनेको छु । अबको बैठकमा त्यसको समिक्षाहरु हुन्छ ।

५. तपाईले पार्टीलाई जनस्तरमा पुर्याउन पहल गरेको बताउनु भयो । जनताको बीचमा पुग्दा देशको वर्तमान अवस्थाप्रति जनताको कस्तो दृष्टिकोण पाउनु भएको छ ?
  • जनतालाई नेपाली काग्रेस, एमाले र एमाओवादीले संविधानसभाको निर्वाचन पछि हालसम्म सरकार, संविधानसभा र संसदमा खेलेको भुमिका देखेर घृणा जागेको छ । यिनीहरुको कुर्सी प्राप्ती र सत्ता मोहको फोहरी राजनीति देखेर जनतालाई आक्रोस पनि पैदा भएको छ । पूर्वमा हालका प्रधानमन्त्री झलनाथ खनाललाई थप्पड हान्ने कुराले पनि त्यसलाई पुष्टी गर्दछ । जनताले थप गरिएको समयमा सार्थक संविधान बनोस र मुलुक अग्रगामी दिशा तर्फ अगाडि बढोस भन्ने चाहन्छन । मैले जनताको बीचमा फेरी अग्रगामी रुपान्तरणको लागि फेरी एकचोटी ठुलो आन्दोलन गर्ने सल्लाह भएको पनि पाएको छु । यो दलाल, नोकरशाह तथा सामन्त पुजिपति बर्गको हातमा रहेको राज्यसत्तालाई जरै देखि उखलेर फाल्ने र त्यसको स्थानमा नया“ जनवादी राज्यसत्ता स्थापना गर्ने रहर भएको पाएको छु जनतालाई ।

६. वर्तमान अवस्था, दलहरुको सत्तालिप्सा र नया“ संविधान बन्न नदिने षडयन्त्र घनिभुत हु“दै गएको अवस्थामा तपाईले जनताको निराशालाई आशा र विश्वासमा बदलेर अग्रगामी रुपान्तरणको आन्दोलन हा“क्ने समथ्र्य राख्नु होला त ?
  • ठिक कुरा सोध्नु भयो, अग्रगामी रुपान्तरण गर्नेे आन्दोलनको लागि रथ हा“क्ने अब को छ यो देशमा ? आफुलाई कम्युनिष्ट भन्ने तर, संशोधनवादी बाटो समातेर साम्रज्यवाद, विस्तारवाद र सामन्त, दलाल, नोकरशाह बर्गहरुलाई खुसी पार्ने भुमिकामा हालको एमाले र ए माओवादी छन । उनिहरुले अबको अग्रगामी आन्दोलनको नेतृत्व गर्न सक्ने कुरै भएन । नेपाली काग्रेसको के कुरा गर्नु ? त्यसैले, अबको अग्रगामी रुपान्तरणको लागि चल्ने सहि क्रान्तिकारी आन्दोलनको नेतृत्व हाम्रो पार्टीले मात्र गर्न सक्दछ र त्यो सामथ्र्य केवल नेकपा (एकीकृत) ले मात्र राख्न सक्छ । अबको क्रान्तिकारी आन्दोलनको मुलधारको नेतृत्व केवल नेकपा (एकीकृत) मात्र गर्न सक्छ, भन्ने कुरा म तपाईको पत्रीका मार्फत सवैलाई स्पस्ट पार्न चाहन्छु । अर्कोकुरा जनता निराशा मात्रै हुदैनन् बरु जनताले सधै ठुला ठुला आन्दोलनलाई सफलतामा पुर्याएका छन । त्यसैले हामीलाई विश्वास र भरोसा छ कि अबको क्रान्तिकारी आन्दोलनलाई सफल पार्न फेरी जनताले आ“धी बनेर उठ्नेछन ।

७. सैद्धान्तिक विश्लेषण र नीतिगत प्रश्नमा तपाईहरु तुलनात्मकरुपमा सवल देखिनु हुन्छ । तर, त्यसलाई कार्यान्वयन गर्ने सामथ्र्य त तपाईहरुमा रहेनछ है ?
  • यसमा तपाई स्पस्ट हुनुहोस, अबको क्रान्तिको नेतृत्व केवल हाम्रो पार्टीले मात्र गर्न सक्दछ । सहि सैद्धान्तिक विष्लेषण र नीतिहरुलाई कार्यान्वयन गर्ने हैसियत पनि हामै पार्टीले मात्र राख्दछ ।

८. जुन परिस्थितिमा जुन उदेश्यका साथ तपाईहरुले पार्टीको निर्माण गर्नुभयो त्यो दिशामा अपेक्षा गरेजस्तै यो यो उपलव्धी हासिल गर्न सकियो भन्ने के ही छ ?
  • हो निकै कठिन परिस्थितिमा हामीले नेकपा (एकीकृत) को निर्माण गरेका थियौं । नेकपा (एकीकृत) निर्माण गर्दा राखिएका उदेश्यहरु पुरा गर्न आज पनि हामी निरन्तर लागि परेका छौं । फेरी तपाईले मलाई यो बताईदिनुस कि ३, ४ बर्षको बीचमा कुन चा“ही पार्टीले के के गरेका छन ? फेरी क्रान्तिकारी आन्दोलनलाई धु्रविकरण गर्ने र संगठित गर्न यो ३, ४ बर्षको समय निकै कम र थोरै हो नि त होईनर ? तर पनि यति छोटो समयको बीचमा पनि नेकपा (एकीकृत) ले जनता र देशको लागि सकरात्मक भुमिका खेलेको छ । क्रान्तिकारी आन्दोलनको लागि जनताको भरोसा योग्य शक्तिको रुपमा आफुलाई स्थापीत गराउन लागि परेको छ । क्रान्तिकारी नीति, सिद्धान्त र विचारको लागि आफुलाई जनताको बीच पहिचान गराउन सफल भएको छ नि त ?

९. तपाईहरुले कहिले पार्टी एकताको कुरा गर्नु हुन्छ, कहिले कार्यतालिकानै ल्याउनु हुन्छ, कहिले संयुक्त मोर्चा र गठवन्धन बनाउनु हुन्छ । तर व्यवहारले त तपाईहरुका यी कुरा कुराका लागि मात्रै देखायो होईन ?
  • क्रान्तिकारी पार्टी बहुआयामिक हुनु पर्दछ । परिवेसलाई मुल्याङ्कन गर्न सक्ने र सवैतिर विचार पुर्याउन सक्ने हुनुपर्दछ । आफ्नो सहि नीतिलाई व्यवहारमा लागु गर्न पनि चनाखो हुनु पर्दछ । त्यसको साथै सहि नीति र सिद्धान्तको आधारमा हुने क्रान्तिकारी धु्रविकरणको प्रश्न निरन्तर चलिरहने कुरा हो । यसको लागि क्रान्तिकारी पार्टी सधै खुला, खुकुलो र ईमान्दार हुनु पर्दछ । हाम्रो पार्टी आज पनि क्रान्तिकारी धु्रविकरणको लागि प्रयासरत छ । फेरी क्रान्तिकारी पार्टीले आफ्नो रणनीतिलाई पुरा गर्न आवश्यकता अनुशार संयुक्त मोर्चा, सहकार्य, आवश्यक गठवन्धनको नीतिलाई व्यवहारमा प्रयोग गर्न बढ्ता सिपालु हुनु पर्दैन र ? हो, त्यसैको लागि हाम्रो पार्टी यि नीति र कार्यक्रमलाई अख्तियार गर्दै आईरहेको छ ।

१०. तपाईहरुको पार्टीको बैठक बस्दै छ रे, अहिले खासमा के कुराका लागि तपाईहरुले केन्द्रीय समितिको बैठकको आवश्यकता महसुश गर्नुभयो ?
  • हालसम्मको कामको समिक्षा गर्न, आगामी कामको योजना बनाउन, पार्टीलाई कसरी जनताको बीचमा स्थापीत गराउन सकिन्छ भनेर सल्लाह गर्न, रणनैतिक योजनाहरुलाई नजिक्याउन के कस्तो कार्यनैतिक योजनाहरु बनाएर जाने भनेर निष्कर्षमा पुग्न, सार्थक संधिवान र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई कसरी लैजाने र प्रभावकारी बनाउने भन्न, आगामी चैत्रमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको ठोस कार्ययोजना बनाउन, त्यसको साथै अहिले मुलुकमा देखा परेको राजनीतिक उथल पुथलको बारेमा पनि आवश्यक नीति निर्माण र योजना बनाउनको लागि केन्द्रीय समितिको बैठकको आवश्कता महसुश गरिएको हो ।

११. तपाईहरुको पार्टीका बैठकहरु धेरै पटक बस्ने र धेरै दिनसम्म लम्विने गरेको सुनिन्छ । बाहिर जनस्तरसम्म अनुभुती गर्न मिल्ने गरी कार्यान्वयन भएको देखिन्न । होईन तपाईहरु बैठकमा मात्रै किन केन्द्रीय भएको ?
  • हाम्रो पार्टी जनवादी केन्द्रीयताको आधारमा संचालन हुन्छ । फेरी बैठकनै नबसी कसरी कार्यक्रमहरु संचालन गरिन्छ । बरु अरु पार्टीहरुको तुलनामा हाम्रो पार्टीको बैठक छोटो र सरितो पनि हुने गरेको मैले पाएको छु । मैनौ बैठक बसेर एउटा पनि निष्कर्ष ननिकाली उठेर हिडेको तत्थ्य पनि त हाम्रै देशमा अरु पार्टीहरुका छन होईनर ? फेरी जनस्तरमा भएको कार्यक्रमहरुको मापन पनि के हो ? एउटा भनाइ छ नि “जसको सिता खाई, उसैको गिता गाई” टिबीले कार्यक्रमहरु प्रसारण गरिदिएनन् र राष्ट्रिय स्तरका पत्रीकाले लेखिदिएनन् भनेर कार्यक्रमनै नभएको मान्ने हो की ? म तपाईलाई स्पस्ट पार्न चाहन्छु कि तपाई देशको विभिन्न भागहरुमा गएर बुझ्नुहोस जनताले हाम्रो पार्टीले गरेको कार्यक्रमहरुको राम्रो गरी अनुभुति जनताले गरेका छन भन्ने मलाई लाग्छ ।

१२. यो बैठक पछि पार्टीको आन्तरीक संगठनात्मक अवस्था र देशको समग्र राजनीतिलाई नया“ दिशा र गति दिने निर्णय वा कार्यक्रम ल्याउने संभावना छ ?
  • क्रान्तिकारी पार्टीले गर्ने हरेक निर्णयहरु देश र जनताको लागि निर्णायक हुन्छन । त्यसले जनता र देशको आवश्कतालाई दिशा बोध गरिरहेको हुन्छ । निश्चितै रुपमा यो बैठकले पार्टीको आन्तरिक संगठनात्मक अवस्थालाई झन सुधार गर्न निश्चित कार्यक्रमहरु बनाउने छ । त्यसको लागि नै हामीले पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भनेका हौं । क्रान्तिकारी आन्दोलनमा देखिएका चुनौतिहरुलाई सामना गर्न हामी स्पात बनेर जुध्नु छ । हाम्रो पार्टीले बोकेको रणनीतिलाई पुरा गर्न शिरमा कफन बाधेर उभिनु छ । हाम्रो विरोधीहरुले फैलाउने गरेको हौवाहरुलाई व्यवहारबाटै परास्त गर्नु छ । तपाईले भनेजस्तै जनतालाई हरेक व्यवहारहरुको अनुभुति हुने गरी कार्यक्रमहरु ठेगान गरेर जनतालाई क्रान्तिकारी आन्दोलन प्रति विश्वास दिलाउनु छ । यस प्रकारका कार्यक्रम र नीतिलाई झन तेजिलो पार्न हाम्रो यो बैठक फलदायी हुनेछ भन्ने तपाई मार्फत सवैलाई स्पस्ट पार्न चाहन्छु ।

१३. अन्त्यमा अग्रगतिलाई यहा“का सुझाव आलोचना केही छन ?
  • यो अग्रगतिले नाम अनुशारको काम गरेर देखाउनको लागि मैले आशा र विश्वास प्रकट गर्न चाहन्छु ।

धन्यवाद ।


No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...