Wednesday, September 13, 2023

जनघातीलाई किन दिने भोट



जनघातीलाई किन दिने भोट

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ !
झुक्याउन फेरि’नि बोकी आउलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट !

हाम्रो देशको नदीनाला बेचिखाने यिनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यिनै हुन् ।
यो देशको स्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ती गर्ने यिनै
सुकुमबासी वस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाइँ गर्ने यिनै ।
जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौँ
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौँ !
झुक्याउन फेरि’नि बोकी आउलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट !

जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नैपर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनैपर्छ ।
उत्पीडित श्रमिकहरू सबै मिली उठौँ
राष्ट्रभक्त नेपाली हो जुर्मुराउँदै हिंडौँ
एकीकृत जनक्रान्तिको महासमरमा बढौँ
मक्किएको यो व्यवस्था एकधक्कामा फालौँ
जनसत्तालाई ... ।।

कथित चुनाव खारेज अभियानको सन्दर्भमा तयार पारिएको एउटा गीतका शब्दहरू हुन् यी । २०७४ वैशाख १ गते यो गीत लेखेँ र सङ्गीत पनि तयार भयो । हतार–हतार रेकर्ड पनि गरियो । सामना परिवारका थुप्रै कलाकारले गीत गाउनुभयो । यो गीतमा दलाल सत्ताका अङ्ग–रक्षकहरूको चरित्र र कथित चुनावको सन्दर्भलाई केही प्रस्ट्याउन खोजिएको छ । कथित चुनावमा जनताको प्रतिकार जारी छ । बम विस्फोटका घटनाहरू रोकिएको छैन । सङ्कटकालमा जस्तो गरी सेना परिचालन गरिएको छ । संसद्वादी दल, सुरक्षाकर्मी र निर्वाचन आयोग एक–अर्कालाई दोष देखाउँदै आफू चोखो बन्ने होडबाजीमा लागेका छन् ।

कथित आचार–संहितालाई लत्याउँदै दलाल र पैसावाला उम्मेद्वारहरू २ किलोमिटरको बाटोमा समेत हेलीको प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरिरहेका छन् । राजनीति पैसावाला दलाल र ठेकेदारको हातमा पुगेको छ भन्ने कुरा जनतालाई बुझ्न मुस्किल छैन । संसद्वादी व्यवस्थाका मतियार देउवा, केपी, प्रचण्डलगायतहरू पुरानै प्रतिक्रियावादी– संशोधनवादी राग अलाप्दैछन् । होइन, हान्नैपर्नेहरूलाई हानेका छन्, देउवाको कार्यक्रममा पड्कियो रे नि ? केपी ओली र प्रचण्ड गएको कार्यक्रममा पनि विस्फोट भयो रे ? रामचन्द्रे, वर्षमान, जनार्दन, रामशरण महत त झन्डै पो गएनन् हई ? होइन कान्छा यी देश लुटाहालाई त ठीकै पो गरेछन् जस्तो लाग्छ, जसले गरे पनि मलाई त ठीकै पो लाग्या’छ ! हो है वा मलाई पनि ठीकै लाग्या’छ । आखिर देश लुट्ने यिनै त हुन् नि होइन र ? ताकेरै दलाल, भ्रष्टाचारी, नेतै–नेतालाई हानेका छन्, हो यिनलाई अझै पुगेन जस्तो लाग्छ ! मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाबजारको सीमाचोकस्थित ठुल्दाइको चियापसलमा भएको छलफलको सन्दर्भ हो यो । आजभोलि देशभर एकाबिहानै चोकचोक र हरेक चियापसलमा चिसोलाई पर्वाह नगरेर मानिसहरू जम्मा हुन्छन् र यस्तै–यस्तै बहस सुरु गरिहाल्छन् । ए ... बाबु, यी मूलाहरूलाई भोट दिएर केही हुनैवाला छैन, म त चुनावका दिन मासुभात खाने, घरमै मजाले सुत्ने विचार ग¥या’छु, भोट हाल्न नजा केही हुन्न, यी नकचरालाई भोट हालेर । बूढी र केटाकेटीलाई पनि त्यही भनेको छु मइलेत ! बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका १६ टाङ्सगयाबस्ती ४६ का राममान भोलनको भनाइ हो यो ।

“सर्वहारावर्गका महान् नेता माक्र्स र एङ्गेल्सले भू–दास प्रथाको पतन भएझैँ, पुँजीवादी व्यवस्थाको पनि पतन हुनेछ र पुँजीवादले सर्वहारावर्गको रूपमा आफ्नो चिहान खन्ने वर्ग जन्माउँदैछ” भनेर बताउनुभएको थियो । त्यस्तै, आज उत्तर साम्राज्यवादको पालन– पोषणमा हुर्किएको दलाल संसदीय व्यवस्थाको चिहान खन्न वैज्ञानिक समाजवादी व्यवस्थाको आँधीहुरी फैलाउनुपर्ने परिवेश सिर्जना भएको छ ।

शान्ति, समानता, समृद्धि र स्वाधीनताका लागि वर्तमान दलाल संसदीय व्यवस्था बाधक छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका लागि पनि यो व्यवस्था झनै अवरोधक छ । दलाल संसदीय व्यवस्था भनेको लुटिखाने वर्गको व्यवस्था हो । राष्ट्रलाई लुट्ने, जनतालाई ठग्ने यसको परिचय हो । त्यसैले, यो दलाल संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जबसम्म नेपाली जनताले यो व्यवस्थालाई फालेर वैज्ञाानिक समाजवादी व्यवस्थाको स्थापना गर्न सक्ने छैनन्, तबसम्म जनताको अधिकारमाथि यिनीहरूको धावा बोल्ने क्रम रोकिनेछैन । यो विषयलाई आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले जोडतोडले उठाएको छ ।

माक्र्स–एङ्गेल्सले बताउनुभएझैँ, पुँजीपतिवर्गको विरुद्ध क्रान्तिकारीहरूले सर्वहारा क्रान्तिद्वारा आफ्नै राजनीतिक शासन सर्वहारावर्गको अधिनायकत्वले शोषकहरूको प्रतिरोधलाई चकनाचुर पारेर नयाँ वर्गहीन, कम्युनिस्ट समाजको सिर्जना गर्नुपर्छ । आज नेपाल कम्युनिस्ट पार्टी माक्र्स–एङ्गेल्सले बताउनुभएझैँ दलालवर्गको अधिनायकत्वलाई चकनाचुर पार्न चाहन्छ । जनताको मुटुमा किलासरह बनेर बसेको दलाल संसदीय व्यवस्थाको शोषणयुक्त समाजलाई जरैदेखि उखेलेर फाल्न चाहन्छ । यो सन्दर्भमा देखिएको एउटा सानो अन्तर्विरोधको झलक कथित चुनावका सन्दर्भमा पनि देखापरेको छ । संसद्वादीहरू बल लगाएर आफ्नो कथित संविधानको क्रियाशीलतालाई अघि बढाउन चाहन्छन् भने नेपाल कम्युनिस्ट पार्टी जनताको बलमा कथित चुनावी नौटङ्कीलाई ध्वस्त पार्न चाहन्छ । आजको अन्तर्विरोधको चुरो कुरा यहीमा निहित छ । 

राज्य लाचार छ, निकम्मा छ र भ्रष्ट पनि छ । बाटो हिंड्ने बटुवालाई समाउँछ, हिरासत राख्छ अनि भन्छ– बम पड्काउने मान्छे ? बजार गर्न जानेहरूलाई समाउँछ, पुलिस कस्टडीमा राख्छ अनि भन्छ– विस्फोटक पदार्थ बोक्ने मान्छे ? कसले विस्फोट बनायो, कसले बम पड्कायो, किन विस्फोट बनायो ? अत्तोपत्तो पाउँदैन । विस्फोटका बारेमा कुनै तथ्य सार्वजनिक गर्न सक्दैन अनि कतै लुगा सुकाउने १ मिटर तार र टिभीको बिग्रेको रेमोट भेट्यो भने कुर्लन्छ– बम बनाउने सामग्रीसहित गिरफ्तार !

राजनीतिक आस्थाको आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई समात्छ, विभिन्न मुद्दामा फसाउँछ, हिरासत राख्छ, षड्यन्त्र गर्छ तर रोकिँदैन बम विस्फोटका घटनाहरू ! किरियापुत्री बसेकै अवस्थामा बैतडीका सेक्रेटरी वासुदेव जोशीलाई लतार्दै पुलिसले गिरफ्तार ग¥यो । बेहोस अवस्थामा रहेका आफ्नो छोरालाई आईसीयुमा उपचार गराइरहेका पार्टीका पीवीएम वीरजङ्गलाई काठमाडौंबाट अपहरण शैलीमा पुलिसले समात्यो । ८८ वर्षका नन्दन अर्याल र ८५ वर्षका दरोगालाई बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुलिसले हिरासतमा लियो । दुर्घटनामा सिकिस्त परेको बिरामी अस्पतालमा उपचार गराउँदा–गराउँदै अस्पतालकै बेडबाट सीसीएम सुमनलाई विराटनगर न्युरो अस्पतालबाटै प्रहरीले समात्यो ।

आफैँ बिरामी अवस्थामा घरमा लडिरहेका दाङका मकर ओलीलाई पनि पुलिसले छोडेन । विद्यार्थीलाई पढाइरहेकै अवस्थामा ताप्लेजुङका शिक्षिका सुशीला गौतमलाई स्कुलकै कक्षा कोठाबाट गिरफ्तार गरेर लग्यो । निर्वाचनकै सन्दर्भमा गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदा बुटवलको पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलनस्थलबाटै समातियो । मानवअधिकारका लागि अहोरात्र खट्ने निर्वाचन आयोगले पर्यवेक्षकका लागि परिचयपत्रसहित पर्यवेक्षणमा हिंडेका मानवअधिकारकर्मी रौतहटका होमप्रसाद गौतमलाई समेत हिरासतमा कोच्यो । यी त केही नमूना सन्दर्भ मात्र हुन् लाचार सरकारको गिरफ्तारीको । यी र यस्ता गतिविधि के हुन्, राज्यले बोल्नुपर्दैन ? कथित ठूला पार्टीका नेताहरूले भन्नुपर्दैन ?

कथित लोकतन्त्रका मसिया ठान्नेहरूले देख्नुपर्दैन ? क्रान्तिकारी जनताले बुझेकै छन् कि क्रान्तिकारीहरूका लागि राज्यका दमन उत्प्रेरणाका सन्दर्भहरू बन्ने गर्दछ । राज्यको दमनले प्रतिबद्धतालाई जगाउने गर्दछ । विचारमा आक्रोशको ज्वाला थपेर दन्का ने गर्दछ । त्यसले ठूला–ठूला विस्फोटहरू बोकेर ल्याउँछ । त्यही विस्फोटको भुँवरीमा परेर ठूला–ठूला तानाशाहहरू खरानी हुन्छन् । हामीले यति मात्र भन्न सक्नेछाँै कि हेक्का रहोस्, तिम्रा यो नौटङ्की तालले तिम्रो स्वार्थको स्वर्गलाई बचाउन सक्नेछैन । तिम्रो एकलौटी कालोयुद्ध जनताले स्वीकार गर्नेछैनन् । आतङ्कवादको नाममा युद्धको सहारामा आफ्नो स्वार्थ पूरा गर्ने तिम्रा अभीष्टलाई कदापि जनताले पूरा हुन दिनेछैनन् ।

जसरी चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव छन् तु स्यूको दक्षिणपन्थी अवसरवादी गुटको नेतृत्वले गर्दा सन् १९२४ देखि १९२७ सम्मको क्रान्तिकारी नीतिमा गडबड गरेर पार्टीको नीतिमा गम्भीर भड्काव पैदा भयो । जसको कारणले गर्दा तत्कालीन अवस्थामा क्रान्तिमा ठूलो क्षति व्यहोर्नुप¥यो । त्यसैगरी तत्कालीन माओवादीको नेतृत्वमा रहेर प्रचण्ड– बाबुराम मण्डलीले गरेको गभ्भीर गल्तीले गर्दा आज नेपालको क्रान्तिकारी आन्दोलनमा समेत ठूलो धोकाधडी भएको छ । यो अवस्थाबाट मुक्त बन्दै एकीकृत जनक्रान्तिको महासमरलाई अघि बढाउन विप्लवको नेतृत्वमा पुनर्गठित पार्टी नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको शिरलाई उँचो बनाउने अभियानमा लामबन्द बनेका छन् । दाङ जिल्लाको तुलसीपुरमा भएको देउवाको कार्यक्रमका दौरान भएको विस्फोटनमा परेर एक जना म्यादी प्रहरी चौधरीको ज्यान गयो ।

राजनीतिक–वृत्तमा र अहिले सुरक्षा निकायहरूमा पनि व्यापक बहस हुन थालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चरित्र राजनीतिक हो वा होइन ? के यो पार्टी साँच्चिकै आतङ्कवादमा विश्वास राख्दछ ? के यो पार्टीले उठाएका मुद्दाहरू राजनीतिक छैनन् ? यस्ता बहसमा घोत्लिन थालेको नेपालको बौद्धिकवर्ग, सुरक्षा निकाय, मानवअधिकारकर्मी र सबैले एकपटक फेरि निधार तन्काएर सोच्नुपर्ने बेला भएको छ । 

‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेजस्तै कथित विश्लेषक र सुरक्षाविद्को भ्रष्ट अनुहार झल्काउँदै टुप्पीदेखिको बल लगाएर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्कारी देख्ने तिम्रा कुदृष्टिको मूल्याङ्कन नेपाली जनताले गर्ने नै छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई समातेर जेल हाल्दैमा यो वैज्ञानिक समाजवादी आन्दोलन रोकिन्छ भन्ने लागेको छ भने फेरि एकपटक समाजशास्त्र, मानवशास्त्र र राजनीतिक अर्थशास्त्रको शिक्षा लिन र ‘राम राम भन्ने तर काँध नथाम्ने’ परीपाटीजस्तै एकीकृत जनक्रान्तिले तिम्रा सबै भ्रमलाई च्यातचुत पारिदिनेछ । तिम्रा सबै कुदृष्टिहरूलाई नाङ्गेझार पारिदिनेछ ।

जसरी रुसमा लोकवादीले मानव इतिहासको बुझाइ गलत थियो, इतिहासका निर्माता, वर्गहरू र वर्गसङ्घर्षहरू होइनन्, त्यसका प्रमुख व्यक्ति–नायक वीरहरू हुन् भन्दथे । त्यस्तै, आज कथित बुद्धिजीवी र सुरक्षाविद्ले नेकपाले उठाएको माग र मुद्दालाई आतङ्कवादको जामा पहिलाएर हेर्ने उनीहरूको गलत दृष्टिकोणको पनि छिट्टै पर्दाफास हुनेछ ।

चीनमा सन् १९२७ अक्टोबरमा हुनान च्याङसी सिमान्त क्षेत्रस्थित चिङकाङसान पहाडमा ऐतिहासिक क्रान्तिकारी आधारक्षेत्र स्थापना गर्दै, सन् १९२८ अप्रिलमा चु तेहको नेतृत्वमा रहेको नानछाङ विद्रोहमा भाग लिने सैन्य दललाई माओ नेतृत्वमा रहेको सैन्य दलसँग मिलाएर चिनी मजदुर तथा किसानको लाल फौजको चौथो सेनाको गरेर च्याङ क्याई सेकको नेतृत्वमा रहेको सेनालाई संयुक्त प्रतिरोध गर्दै चिङकाङसान पहाडको आधारक्षेत्रलाई जसरी सुढृढ गरिएको थियो, त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई अघि बढाउँदै दलाल संसदीय व्यवस्थाका हरेक जीवाणुहरूलाई नस्ट गर्न योजनावद्ध र सङ्गठित अभियानमा लामवद्ध भएको छ ।

दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, दलाल सरकारको विकल्पमा जनसरकार, पुरानो सेनाको विकल्पमा नयाँ र सुदृढ जनसेना, पुरानो अदालतको विकल्पमा जनअदालतको पुनर्गठन गर्दै अघि बढेको छ । यसैको वरिपरि जनताको व्यापक समर्थनले गर्दा, कथित चुनावलाई खारेज गर्ने र जनसत्तालाई सुदृढ गर्ने अभियानले शिखर चुम्दै गएको छ । सम्पूर्ण किसान, मजदुर, युवा, विद्याार्थी, महिला, कर्मचारी, सुरक्षाकर्मी,
मध्यमवर्ग, राष्ट्रभक्त र देशभक्त शक्तिहरू एकताबद्ध हुँदै गएका छन् । पुरानो सत्ताले फैलाएका अफवाहहरूलाई चकनाचुर पार्न लामबन्द बन्दै अघि बढेका छन् ।

दलाल सत्तालाई ढाल्ने र वैज्ञानिक समाजवादी सत्तालाई आगमन गर्ने यो अभियानमा खाँचो परेको खण्डमा गोलाबारुद, बम मात्र हैन, सबैखाले क्रान्तिका औजारहरूलाई प्रयोग गर्न क्रान्तिकारीहरू कत्ति पनि पछि हट्नुहुँदैन भन्ने क्रान्तिकारी मान्यतामा अविचलित बन्दै गएका छन् । नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कथित चुनाव खारेज अभियानले अवश्य सार्थक महत्वका साथ सफलता प्राप्त गर्दै अघि बढेको छ । जनताले फेरि पनि भन्दै गएका छन्, झुक्याउन फेरि’नि बोकी आउलान् नोट, यी राष्ट्रघातीलाई किन दिने भोट ?!

(रातोखबर साप्ताहिक, वर्ष ३, अङ्क ४५, पूर्णाङ्क १२०, २०७४ मङ्सिर, काठमाडौं)
 

किन आवश्यक छ वैज्ञानिक समाजवाद



 किन आवश्यक छ वैज्ञानिक समाजवाद

“कम्युनिस्टहरूले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन् । उनीहरूले आफ्ना उद्देश्यहरू अहिलेका सबै सामाजिक अवस्थालाई बलपूर्वक फ्याँकेर मात्र प्राप्त हुन् सक्दछ भन्ने कुरा खुल्ला रूपले घोषणा गर्दछन्”, (माक्र्स–एङ्गेल्स, कम्युनिस्ट घोषणा–पत्र) ।

प्रारम्भ
क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारावर्गको सङ्गठित दस्ता हो । सर्वहारा सङ्गठनको उच्च रूप हो । सबै जनसङ्गठनहरूको उच्च रूप हो । मजदुरवर्गको अगुवाको सजीव रूप हो । क्रान्तिकारी परिवर्तनको संवाहक हो र आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक रूपान्तरणको जग हो । त्यसैले उनीहरूले जनतासमक्ष आफ्ना विचार, सिद्धान्त र लक्ष्यलाई खुलमखुल्ला र स्पस्ट ढङ्गले राख्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीले माक्र्स– एङ्गेल्सले राख्नुभएको उक्त सन्दर्भलाई आत्मसात् गर्ने मात्र होइन कि त्यो दिशाबोधलाई पूराका पूरा लागू गर्न दृढ सङ्कल्पित छ । नेपाल कम्युनिस्ट पार्टी वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक फ्याँकेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हाल भएका सबैखाले उत्पीडन र विभेदको अन्त्य गर्न सक्नेछ । न्यायपूर्ण र समानतामूलक समाजको स्थापनार्थ विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी क्रियाशील छ ।

मानवसमाज विकासक्रमको अवस्था
उत्पादन प्रणालीको विकास क्रममा उत्पादक शक्तिको विकास र परिवर्तनअनुसार मानिसको उत्पादन सम्बन्ध, उनीहरूको आर्थिक सम्बन्ध पनि बदलिँदै जाने भएकाले, समाजको विकास क्रममा देखापरेका आर्थिक आधारअनुरूप मानव समाजको विकासक्रम आजसम्म परिचालित छ । उत्पादनको साधनमा सामूहिक स्वामित्व हुने आदिम साम्यवादी युगको चरण मानव समाजले पार गरिसकेका छौँ । उत्पादनका साधनहरूमाथि दास–मालिकको स्वामित्व हुने दासयुगलाई समेत मानव समाजले पार गरिसकेको अवस्था हो । औजारहरू धातुको हुने, राज्यहरूको विकासक्रम सुरु हुने, श्रमको विभाजन हुने, बौद्धिक श्रम, शारीरिक श्रमको विभाजन हुने, शोषित जनसमुदायलाई दबाउन सेना, राज्य, कानुन आदिको जन्म र सुरुआत हुने, उद्योगहरूको अनेकन् शाखाहरू खुल्ने, दास–मालिकको नामले परियोजना, नहर, सडक, भवन आदि निर्माण हुने दास–मालिकको हकहितअनुकूल व्यवस्थाले मानव समाजको हल नहुने भएपछि त्यो युगलाई समेत मानव समाजले पछाडि छोडेर अघि बढे ।

उत्पादनका साधनहरूमाथि सामन्तहरूको स्वामित्व हुने सामन्तवादी व्यवस्थालाई समेत मानव समाजले धुलो चटाइदिइसकेका छन् । किसानहरूको व्यापक उत्पत्ति र विकास र जमिनहरूको मालिक सामन्तहरू नै हुने, औजारहरूमा झनै आधुनिकता आएको र समाजमा जल र वायु शक्तिको प्रयोग आरम्भ भएको सामन्तवादी व्यवस्थालाई पनि मानव समाजले देखे, बुझे र अनुभव गरे । धर्मको प्रभुत्व पनि यसै युगबाट सुरु र विकास भएको र श्रमको मूल्य, बजार र सामन्तवादी दासताको बीच सङ्घर्ष सुरु भएपश्चात् त्यही अन्तर्सङ्घर्षले सामन्तवादी युगको मानवसमाजले बिदा गरे । उत्पादनका साधनहरूमाथि पुँजीपतिको स्वामित्व हुने पुँजीवादी व्यवस्थाको आगमन भयो ।

ठूला उद्योग–कारखानाहरूको विकास, माल उत्पादन नाफाको लागि गरिने व्यवस्था र विद्युत विस्तार र विकासले ठूलो फड्को मारेको पुँजीवादी युगमा यी सबै विषयहरूमा पुँजीपतिको मात्रै स्वामित्व कायम रह्यो । उत्पादनको विस्तार, टेक्नोलोजीको विकास, मजदुरहरूको शोषणमा तीव्रता, उत्पादनमा अराजकता, पँुजीवादी अन्तर्विरोधको सघनीकरण, सामाजिक सम्पदाको विशाल रूपमा विनास आदि पुँजीवादका विशेषताहरू हुन् । पुँजीवाद उत्पादन विधिको सबभन्दा ठूलो अन्तर्विरोध हो । उत्पादनको सामाजिक स्वरूप र व्यक्तिगत स्वामित्वबीचको अन्तर्विरोध यो व्यवस्थाको मूल कडी हो । यो व्यवस्थाले सेना तथा आधुनिक बल प्रयोगको व्यापक विस्तार पनि ग¥यो । तर, यो पुँजीवादी युगले पनि मानव समाजको न्यायपूर्ण पक्षलाई सम्बोधन गर्न सकेन । पुँजीवादको विकास र विस्तारसँगै साम्राज्यवादमा रूपान्तरण हुन पुग्यो । त्यसले पनि ठूला–ठूला अन्तर्विरोधहरूको जन्म दिँदै आणविक होडबाजीसम्म विश्वलाई पु¥याइरहेको छ । यो व्यवस्थाको चरण अन्तिम अवस्थामा प्रवेश गरिसकेको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टीले आजको साम्राज्यवादलाई उत्तर सम्राज्यवाद भनेर संश्लेषण गरिएको हो । अझ यसलाई निभ्न लागेको साम्राज्यवाद वा अन्तिम चरणमा पुगेको साम्राज्यवाद वा अस्ताउन थालेको साम्राज्यवाद भनेर पनि बुझ्न सकिन्छ ।

वैज्ञानिक समाजवादको सङ्घारमा मानवसमाज
“कम्युनिस्टहरूको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो”, (माक्र्स–एङ्गेल्स, कम्युनिस्ट घोषणापत्र) । 
जसरी वर्गहरूको विभाजन निजी सम्पत्तिका कारणले पैदा भएको हो, त्यसैगरी ती वर्गमा देखिएको आर्थिक समस्यालाई हल गर्न पनि निजी सम्पत्तिको उन्मूलन वा अन्त्य आवश्यक छ । माक्र्स–एङ्गेल्सले निकै सुन्दर तर्क अघि सार्नुभएको थियो । लेनिनले “साम्यवादमा क्षमताअनुसारको काम र कामअनुसारको दाम” भनेर व्याख्या गर्नुभयो ।

वैज्ञानिक समाजवादका २ चरणहरू छन् ।  एक ः समाजवादी व्यवस्था र, दुई ः साम्यवादी व्यवस्था । यो अवस्थासम्म पुग्दा राज्य र वर्गहरूको पूर्ण उन्मूलनसम्म पुग्नेछ । आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग र पुँजीवादी–साम्राज्यवादी युगको अन्त्यपछि वैज्ञानिक समाजवादी युगको सुरुआत अनिवार्य छ । माथि नै चर्चा गरिएझँै विभिन्न अन्याय र उत्पीडनयुक्त समाजलाई पार गर्दै आइरहेको मानव समाजले अब न्यायपूर्ण समाजको आवश्यकतालाई बोध गरेको छ । वैज्ञानिक समाजवादले समानतामूलक समाजको प्रतिनिधित्व गर्ने भएकाले त्यो व्यवस्थाको अनिवार्यतालाई नेपाल कम्युनिस्ट पार्टीले जोड दिएको हो । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनको साधनमाथि सामूहिक स्वामित्व हुने र माल उत्पादन समाजको आवश्यकताअनुसार गरिन्छ ।

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या–अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन आधारलाई अघि सारेको छ ।  एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरूका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकताअनुसारको दामको नीति तय गरिनुपर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनुपर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधा भाग गरी उनीहरूको निजी जीवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै, कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरूले निजी सम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरूको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्नेछ । यो समाजका लागि सरल र आदर्शयुक्त हुनेछ । जुन कुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हल गर्न सम्भव नै देखिँदैन । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित गर्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको प्रक्रियाबाट गुर्जनुपर्ने हुन्छ, हो यसैका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले छलफल, बहस र आन्दोलनलाई केन्द्रीकरण गर्दै अघि बढिरहेको छ ।

नेपालमा देखिएको वर्गीय पक्षधरता
आज नेपालमा रहेको मानवसमाजको वर्गीय पक्षधरतालाई हामीले राम्ररी नबुझेसम्म नेपालको वर्गीय आन्दोलनलाई ठीक ढङ्गले अघि बढाउन सकिँदैन । आजको राजनीतिक शक्तिको चरित्र के हो ? र, नेपाली समाजको अर्थ–राजनीतिक विशेषता कस्तो छ ? भनेर ठीक निष्कर्ष निकाल्न आवश्यक छ । आर्थिक दृष्टिले हेर्दा हाल नेपालमा ८ वटा वर्ग विद्यमान छन् ।
एक ः दलाल नोकरशाही पुँजीपतिवर्ग
दुई ः सामन्त वर्ग
तीन ः राष्ट्रिय पुँजीपति वर्ग
चार ः सुदखोर, माफिया वर्ग
पाँच ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग)
छ ः सर्वहारा वा मजदुर वर्ग
सात ः किसान वर्ग
आठ ः भूमिहीन सुकुमबासी वर्ग

हालमा देखिएका यी वर्गहरूमा एक ः दलाल नोकरशाही पुँजीपति वर्ग, दुई ः सामन्त वर्ग र तीन ः सुदखोर, माफिया वर्गको हातमा नेपालको राज्यसत्ताको केन्द्रीकरण भएको छ । यो वर्ग जनविरोधी र उत्पीडक वर्गहरू हुन् । अर्कोतिर एक ः राष्ट्रिय पुँजीपति वर्ग, दुई ः नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), तीन ः सर्वहारा वा मजदुर वर्ग, चार ः किसान वर्ग, पाँच भूमिहीन सुकुमबासी वर्ग नेपालको उत्पीडित, श्रमिक, शोषीत–पीडित र क्रान्तिकारी वर्गहरू हुन् । राष्ट्रभक्ति र देशभक्ति भावनालाई क्रान्तिकारी शक्तिहरूले गोलबन्द गर्न हरदम पहल
गर्न आवश्यक छ । यी दुई वर्गको बीचको अन्तर्विरोध नै आज नेपालको मुख्य अन्तर्विरोध हो । यसलाई एकीकृत जनक्रान्तिमार्फत दलाल नोकरशाही पुँजीपति, जनविरोधी वर्गको हातमा रहेको राज्यसत्तालाई खोसेर क्रान्तिकारी वर्गको हातमा लिन अनिवार्य हुन्छ । यसले मात्र समाजमा रहेको उत्पीडनलाई हल गर्न सक्नेछ । यो व्यवस्था भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो ।

आर्थिक दृष्टिले जस्तै राजनीतिक हिसाबले पनि नेपालमा रहेका राजनीतिक शक्तिहरूलाई हेर्न, बुझ्न र जान्न आवश्यकता छ । हाल नेपालमा रहेका राजनीतिक शक्तिलाई मुख्यत ः सातवटा शक्तिमा विभाजन गर्न सकिन्छ ।
एक ः दलाल पुँजीवादी शक्ति
दुई ः पुँजीवादी शक्ति
तीन ः नोकरशाही शक्ति
चार ः सुदखोर, माफिया शक्ति
पाँच ः देशभक्त शक्ति
छ ः सुधारवादी शक्ति
सात ः क्रान्तिकारी शक्ति

आजको नेपाली समाज यिनै शक्तिहरूको बीचमा देखापर्ने राजनीतिक अन्तर्विरोधको बीचमा छ । दलाल पुँजीवादी शक्ति, नोकरशाही शक्ति, सुदखोर, माफिया शक्तिहरू यो दलाल संसद्वादी सत्तालाई टिकाउन लागि परेका छन् । उनीहरूले वर्तमान राज्यसत्ताको सबै सुख सुविधा र अङ्गहरूको प्रयोग गरेर क्रान्तिकारी शक्तिलाई आतङ्ककारीका भिल्ला भिराउँदै युद्धमार्फत आफ्नो लुटको सत्तालाई कायम राख्न चाहन्छन् भने अर्कोतिर सबै देशभक्त, राष्ट्रिय पुँजीपति शक्ति र क्रान्तिकारी शक्तिहरू यो दलाल संसद्वादी शक्तिको हातमा रहेको राज्यसत्तालाई फालेर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न लागि परेका छन् । राष्ट्रभक्त, देशभक्त र क्रान्तिकारीहरू उनीहरूको विरुद्ध एकीकृत जनक्रान्तिमा लामवद्ध हुँदै वैज्ञानिक समाजवादका लागि एकताबद्ध बन्दै गइरहेका छन् । यो अवस्थामा आजको आर्थिक तथा राजनीतिक दृष्टिले देखापरेका समस्याको हल वैज्ञानिक समाजवादले मात्र गर्न सक्नेछ । उत्पीडितहरूको समाज र न्यायपूर्ण समाजका लागि वैज्ञानिक समाजवाद यस मानेमा अर्थपूर्ण र अनिवार्य मानिएको हो ।

उपसंहार
उल्लिखित विषय र अवस्थाका आधारमा वैज्ञानिक समाजवादका लागि उत्पीडित जनसमुदाय एकताबद्ध हुन अनिवार्य छ । कम्युनिस्ट आन्दोलनमा देखापरेका सबैखाले प्रतिक्रिवाद, अवसरवाद, संशोधनवादलाई परास्त गर्न जरुरी छ । सबैखाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, लुटपाट र विचौलियाको जगजगीलाई तोड्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको बाटो सही हुन्छ भन्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको मान्यता रहेको छ । अवश्य पनि हरेक क्रान्ति सभ्य, सुशील र सरल बाटोमा जाँदैन । त्यसका लागि निकै उथल–पुथल अवस्थाको खाँचो पर्न सक्छ । 

दलाल संसद्वादी सत्ताले जनतालाई एकतर्फी युद्ध थोपरेर अघि बढेकाले त्यो अन्यायपूर्ण युद्धलाई रोक्न र परास्त गर्न क्रान्तिकारीहरू र उत्पीडितवर्गहरूले पनि न्यायपूर्ण क्रान्तिको सहारा लिनुपर्ने हुन सक्छ । हरेक युद्धहरूलाई सही ढङ्गले समाधान गर्ने भनेको सही क्रान्तिकारी दर्शन, सिद्धान्त, राजनीति र विचार बोकेको क्रान्तिकारी पार्टीको नेतृत्वमा सञ्चालन हुने क्रान्तिले मात्र हो । अवश्य पनि हामीले कसैलाई लुकाउनुहुँदैन, बल प्रयोगको सिद्धान्तलाई तिलाञ्जली दिने पार्टी क्रान्तिकारी हुन् सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले बल प्रयोगको सिद्धान्तलाई आत्मसात् गर्दछ । आवश्यकता परेको खण्डमा क्रान्तिका सबैखाले साधन र स्रोतलाई प्रयोग गर्नुपर्ने आदर्शमाथि विश्वास राख्छ । त्यसैले दलाल संसद्वादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता, सेना, न्यायालयको अवधारणालाई मूर्त रूपमा लागू र क्रियाशील गर्न थालिएको हो । सबै उत्पीडित जनसमुदाय यो महाभियानमा लामवद्ध बनाँै । दलाल व्यवस्था — मूर्दावाद ! वैज्ञानिक समाजवाद — जिन्दावाद !

(रातोखबर साप्ताहिक, वर्ष ३, अङ्क २६, पूर्णाङ्क १२१, २०७४ मङ्सिर, काठमाडौं)

असफलताको चाङभित्र लुकेको सम्भावना

 

असफलताको चाङभित्र लुकेको सम्भावना

असफल संसद्वादी राजनीतिक पार्टी र सरकार
बहुदलको आगमनपछि सबैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली कांग्रेस हो । २०४७ मा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पहिलो अन्तरिम सरकारबाट कांग्रेसले आफ्नो सरकारको यात्रा तय ग¥यो । त्यसपछि २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा दोस्रो, २०५५ वैशाख २ गते सभापति कोइरालाकै नेतृत्वमा तेस्रो, २०५६ जेठ १३ गते नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा चौथो, २०५६ चैत ७ गते गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा पाँचौँ, २०५८ साउन ११ गते नेता शेरबहादुर देउवाको नेतृत्वमा छैठौँपल्ट नेपाली कांग्रेस सरकारमा बस्यो । २०६१ जेठ २१ गते नेका (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवाको नेतृत्वमा साताँै, २०६३ वैशाख १२ गते सभापति गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा आठाँै पटक कांग्रेसकै सरकार बन्यो । २०७० माघ २८ गते पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा नवौँ र २०७४ असोज महिनामा सभापति शेरबहादुर देउवाको नेतृत्वमा दसौँपटक कांग्रेसको तर्फबाट प्रधानमन्त्रीमा बने । बहुदलपछि यो २८ वर्षमा सबैभन्दा धेरै आफ्नो नेतृत्वमा सरकार बनाउने पार्टी नेपाली कांग्रेस नै हो । उसको पालामा निकै राष्ट्रघात, जनघातका घटना भए । भ्रष्टाचार, कमिसनखोर, कालोबजारीले चुली नाघ्यो । त्यसैले नेपाली कांग्रेस र उसले सञ्चालन गरेको सरकार पूर्णतः असफल, राष्ट्रविरोधी, जनविरोधी सरकारको रूपमा नेपाली जनताको अघि चिरपरिचित बनेको छ ।

त्यस्तै, एमाले पनि निकै ठूलो ढुलमुले र अवसरवादी पार्टीको रूपमा परिचित छ । २०५१ सालमा एमाले अध्यक्ष मनमोहनको नेतृत्वमा पहिलो एमालेको सरकार बन्यो । २०६६ जेठ ११ गते एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा दोस्रो, २०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको नेतृत्वमा तेस्रो, २०७२ असोज २५ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भए तर उसले सरकारका लागि राप्रपाजस्तो पार्टीसँग पनि गठबन्धन सरकारमा सामेल भयो । कांग्रेसभन्दा पनि धेरैपटक गठबन्धन सरकारमा सामेल हुने पार्टी पनि एमाले नै हो । अझ तत्कालीन राजा ज्ञानेन्द्रलाई समेत एमाले नेता माधव नेपालले प्रधानमन्त्रीको लागि विन्तीपत्र चढाएर आफ्नो र पार्टीको अवसरवादी चरित्रलाई जनतासमक्ष छर्लङ्ग पारे । एमाले पूर्णतः अवसरवादी पार्टी हो, उसको भूमिका चरम प्रतिक्रियावादी भूमिकातर्फ परिलक्षित छ । कैयौँ जनविरोधी, राष्ट्रविरोधी पहिचान एमालेको परिचय हो । भ्रष्टाचार, कालोबजारी, कमिसनलाई आफ्नो राजनीतिको केन्द्रविन्दुमा राखेको एमालेले आफ्नो संशोधनवादी अनुहार जनतासमक्ष उदाङ्गो पारेको छ ।

१० वर्ष जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र उनको पार्टी माओवादी केन्द्र (माके) शान्तिप्रक्रियापश्चात् ठूलठूला जनविरोधी गतिविधिमा केन्द्रित भयो । उसले मुख्यत १० वर्षको महान् जनयुद्धको प्रस्तावनालाई ठूलो धोका र गद्दारी गरेर दलाल संसद्वादमा पतन भयो । २०६४ को संविधानसभाको निर्वाचनमार्फत सबैभन्दा ठूलो दलको नेताको रूपमा २०६५ साउन ३१ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसीन भए । त्यसपछि
२०६८ भदौ १२ गते माओवादी नेता डा. बाबुराम भट्टराई र २०७३ साउन १९ गते माके अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बसे । शान्तिप्रक्रियापछि कैयौँपटक माके संयुक्त सरकारमा समेत सामेल बन्यो । २०६४ को संविधानसभाको निर्वाचनमा जनतले गरेको आशालाई रद्दीको टोकरीमा मिल्काउँदै आफ्नो नवसंशोधनवादी राजनीतिक चरित्रमा इमानदार पात्रको रूपमा खडा भए र हाल एमालेसँग गठबन्धन गरेर आफ्नो संशोधनवादी यात्रामा पूर्णतः नेपाली जनताले स्पष्ट बुझ्ने गरी रूपान्तरित बन्न पुगेको छ ।

२०५३ फागुन २९ एमालेको समर्थनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । २०५४ असोज २१ गते कांग्रेसको समर्थनमा राप्रपा नेता सूर्यबहादुर थापा र २०५९ असोज २५ गते राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्रीको कुर्सीमा आसीन बने । २०६० जेठ २२ गते राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पुनः प्रधानमन्त्री नियुक्त भए । यसबाहेक पनि तत्कालीन राजा ज्ञानेन्द्र र २०६९ चैत १ गते सर्वोच्च अदालतका प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रीपरिषद्को गठन गरियो । अहिले हाम्रो देश दक्षिण एसियामा मात्र होइन, पूरै विश्वमा छोटो समयमा धेरैपटक सरकार गठन र पुनर्गठन गर्ने र छोटो समयमा सबैभन्दा धेरै मानिसलाई मन्त्री बनाउने देश बनेको छ ।

सरकार बारम्बार परिवर्तन भयो । कुर्सी प्राप्त गर्ने खेल धेरै गरियो तर देशको आर्थिक र विकासको अवस्था निकै दयनीय बन्यो । राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोर र विचौलियाको चङ्गुलमा देशलाई फसाउने काम गरियो । आजसम्मको अवस्थालाई हेर्दा राजनीति ठेकेदार, व्यापारी, तस्करी, कालोबजारिया, गुण्डा, भ्रष्टाचारी र विचौलियाको हातमा सुम्पने काम भएको छ । यहाँका संसद्वादी पार्टीहरू साम्राज्यवाद र दलाल पँुजीवादी वर्गलाई खुसी बनाउँदै आफ्नो कर्सी स्वार्थमा तल्लीन छन् । यसरी नेपालका संसद्वादी पार्टी र बनेका सरकारले ठूलो राष्ट्रघात, जनघात गर्दै, जनताको हक, हित र अधिकारलाई साम्राज्यवाद र दलालको पोल्टामा सुम्पँदै गएका छन् । यसअर्थमा, नेपालमा क्रियाशील संसद्वादी पार्टी र उनको नेतृत्वमा बनेका सरकार पूर्णतः असफलसिद्ध भइसकेको छ ।

असफल शान्तिप्रक्रिया
२०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीवीच विस्तृत शान्ति–सम्झौतामा हस्ताक्षर गरियो । २०६४ चैत २८ गते संविधानसभाको निर्वाचनमार्फत तत्कालीन नेकपा (माओवादी) सबैभन्दा ठूलो दल पनि भयो । प्रचण्ड, बाबुराम र फेरि प्रचण्डको नेतृत्वमा सरकार पनि बन्यो । योबीचमा क्रमशः जनसत्ता, जनअदालत, जनमुक्तिसेना सबै विघटन गरियो । तत्कालीन माओवादी पार्टीले उठाएका राजनीतिक मुद्दाहरूलाई चटक्कै बिर्सेर संसद्वादीहरूको गठजोडमा प्रचण्ड–बाबुरामहरू लागे । जनमुक्ति सेनाको भरण–पोषणका लागि भनेर राज्यकोषबाट अरबौँ रकम बुझेर आफ्नो दुनो सोझाउने काम गरे । आफ्नो निकटका नेता–कार्यकर्तालाई रक्तचन्दन, सुन तस्करीमा समेत लगाउने काम गरे ।

प्रचण्ड–बाबुरामले सबै दार्शनिक र सैद्धान्तिक आदर्शहरूलाई बेचे । जनयुद्धमा उठाएका राजनीतिक मुद्दाहरूलाई तिलाञ्जली दिएर, दलाल संसद्वादी सत्तासँग आत्मसमर्पण गरे । नयाँ जनवाद, वैज्ञानिक समाजवाद, सर्वहारावर्गको अधिनायकत्व, बल प्रयोगको सिद्धान्तलाई बिर्से । जनयुद्धका महान् योगदानहरूलाई साम्राज्यवादी–प्रतिक्रियावादी र संसद्वादी शक्तिहरूसँग बेचेर कुर्सीस्वार्थमा लागे । आफ्ना सबै क्रान्तिकारी–कम्युनिस्ट मूल्य–मान्यताहरूलाई छोडेर यात्रालाई संशोधनवादी–अवसरवादी दिशातर्फ केन्द्रित बनाउँदै लगे । कुर्सीका लागि राष्ट्रघात र जनघातमा केन्द्रित बन्न पुगे । भ्रष्टाचार, कालोबजारी, कमिसनखोरीको प्रक्रियामा लागे । दलाल वर्गसँग साँठगाँठ र गठजोठ गर्न पुगे तर जनयुद्धमा आफ्नो बलिदान दिने वीर सहिद, परिवार आज आकुल–व्याकुल अवस्थामा छन् । हजारौँ बेपत्ता योद्धाका परिवारहरूको दैनिकी दयनीय अवस्थामा गुज्रिरहेको छ । जनयुद्धका घाइते– अपाङ्ग योद्धाहरूको समस्या पनि विकराल छ । यस्तो अवस्थामा तत्कालीन माओवादीभित्रका क्रान्तिकारीहरूले प्रचण्डको संशोधनवादविरुद्ध विद्रोहको झन्डा उठाए । त्योसँग सम्बन्ध– विच्छेद गर्दै नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेर क्रान्तिकारी विचार, महान् जनयुद्ध र उत्पीडित जनतामाथि भए गरिएका सबै प्रकारका गद्दारी र धोखाधडीको विरुद्ध एकीकृत जनक्रान्तिको उद्घोष गरिसकेको छ । यस्तो परिवेशमा स्वभावैले तत्कालीन माओवादी र राज्यपक्षसँग भए–गरेका सबै शान्ति–सम्झौताहरू व्यवहारतः स्वतः भङ्ग हुन पुगेका छन् ।

विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आजको विश्व र नेपालको राजनीतिक अवस्थाको वस्तुनिस्ट संश्लेषण गर्दै एकीकृत जनक्रान्तिमा लामवद्ध हुने–बनाउने प्रक्रियाको उद्घोष गरिसकेको छ । न त यो संसदीय व्यवस्थाका लागि १० वर्षको महान्जनयुद्ध सञ्चालित थियो ? न प्रचण्ड–बाबुराम मण्डलीले गरेको गद्दारीलाई सहर्ष स्वीकार गरेर संसद्वादको फोहोरी खेलमा सामेल बनाउने कुरा क्रान्तिकारीहरूका लागि मान्य हुने विषय हो । के माओवादी क्रान्तिमा हारेर वा आत्मसर्मपण गरेर शान्ति–प्रक्रियामा आएका हुन् ? के राज्यले माओवादीमाथि युद्ध जितेर वा एकलौटी हतियार खोसेर शान्ति–प्रक्रियामा ल्याइएको हो ? त्यसैले, शान्ति–प्रक्रियालाई क्रान्तिकारीहरूले मान्नुपर्ने कुनै सन्दर्भ र कारणहरू तथ्यपरक छैनन् । यस मानेमा तत्कालीन अवस्थामा गरिएका शान्ति–सम्झौता स्वतः खारेज हुने वा भङ्ग भएको अर्थमा बुझ्न आवश्यक छ । जहाँसम्म आजको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले हतियार उठाउने कुरा छ, त्यो राज्यको नीतिमा भर पर्ने विषय हो । राज्यले राजनीतिक हिसाबले व्यवहार गर्छ त्यससँग प्रतिस्पर्धा गर्न नेकपा तयार भएको कुरा बारम्बार उद्घोष भएकै छ । होइन, राज्यले हतियारको बलमा ठीक लगाउन सकिन्छ भन्ने युद्धवादी नीति अख्तियार गर्छ र दमन गर्न आउँछ भने त्यसको प्रतिवादमा उत्पीडित जनता र नेपाल कम्युनिस्ट पार्टी तयार नै छ ।

असफल कथित संसद्वादी चुनाव
धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकाअन्तर्गत सेर्तुङस्थित बोराङको मुक्तवदेवी मावि मतदान केन्द्रमा ९९ दशमलव २६ प्रतिशत मत खस्यो । त्यहाँ मतदाता सङ्ख्या ८ सय १५ जना थिए । चुनावमा ८ सय ९ मत खस्यो । जब कि मतदाता नामावलीमा रहेकोमध्ये १७ जनाको मृत्यु पहिले नै भइसकेको थियो । बाजुरामा १ जनाले ६० पटकसम्म मत खसालेको समाचार बाहिरै आयो । । अझ सङ्कटकाललाई बिर्साउने गरी सेनाको घेराबन्दीमा यो चुनाव गरियो । मतदान गर्न नजाने जनतालाई बन्दुक तेस्र्याउँदै मत हाल्न बाध्य पारियो । निर्दोष नेकपाका कैयौँ नेता–कार्यकतालाई हिरासतमा कोच्यो । यसरी दिनको सङ्केत बिहानीबाटै गर्न सकिन्छ भनेजस्तै यो चुनाव कस्तो भयो, सानो नमूना यी विषयबाटै प्रस्ट हुन्छ । यहाँसम्मको राजनीतिक परिस्थिति हेर्दा नेपालको राजनीति पूरै तस्कर, व्यापारिक घराना, गुण्डानाइके, ठेकेदार, राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी, मानवतस्करी र हत्याराहरूको हातमा पुगेको छ । राजनीतिमा हामीले नियतलाई हेर्ने होइन, परिणामबाट मूल्याङ्कन गर्ने हो ।

चुनावमा जुन ढङ्गले आर्थिक चलखेल भएको छ, त्यो रूपामा नेपाली बैंकहरूबाट खर्चको निकासी नभएको सन्दर्भले मुलुक कालोबजारियाहरूको चङ्गुलमा पुगेको छ । आज देउवा, केपी, प्रचण्डहरू तिनै तस्कर, भ्रष्टाचारी, व्यापारिक घराना, गुण्डानाइके, ठेकेदार, राष्ट्रघाती, जनघाती, हत्यारा र कालोबजारियाको नेता बन्न पुगेका छन् । जीवनभर आस्था र इमानदार राजनीति गर्ने कार्यकर्ताहरू निरीह र अपमानित बनेर ओठ सुकाउँदै हिन्ने अवस्था पैदा भएको छ । आफ्नो जीवनभर तस्कर, व्यापार, गुण्डागर्दी, ठेक्कापट्टा, राष्ट्रघात, जनघात, हत्याहिंसा र आतङ्क, कालोबजारी, चेलीबेटी बेचबिखन र मानवतस्कर गरेर देशलाई ब्रह्मलुट र कङ्गाल बनाउनेहरू राजनीतिको ठूल्ठूला गफ हाँक्दै जनताको बीचमा हल्लिने कुरा झनै लाजमर्दो र उदेकलाग्दो छ । त्यसैले परिणामतः यो कथित चुनाव असफल मात्र हैन, जनताको बीचमा खारेजको तहमा नै पुगेको छ ।

असफल सुरक्षा नीति
सरकारले (सेना, सशस्त्र प्रहरी, प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान) गरी झन्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरेको कुरा बारम्बार भनिरहेको थियो । तर, देशभर उम्मेद्वारकेन्द्रित बम विस्फोटनका घटनाहरू चुनावकै दिनसम्म रोकिएन । १ जना म्यादी प्रहरी चौधरीको ज्यान गयो । दर्जनौँ उम्मेद्वारको घर र गाडीमा बम पड्कियो भने देशभरका दर्जनौँ चुनावीसभामा विस्फोटनका घटना भए । कैयौँ उम्मेद्वार र सर्वसाधारणहरू घाइते
बने । देशभरका सयाँै स्थानमा बेवारिसे बमहरू फेला परे । गृहमन्त्रालय र सुरक्षा निकायले जति नै सुरक्षा व्यवस्था कडा भने पनि विशेषतः दलाल, भ्रष्ट, तस्कर उम्मेद्वार र तिनका आसेपासेहरूका लागि यो चुनाव निकै त्रस्त, भयभीत र आतङ्कित बन्न पुग्यो ।

२०७४ मङ्सिर १९ गते वर्ष २५ अङ्क २८५ कान्तिपुर दैनिकले ‘कहाँ चुके सुरक्षा निकाय ?’ भन्ने मुख्य व्यानरमा समाचार छाप्यो । सुरक्षा निकाय चुक्नुमा ७ वटा कारण देखाइएको छ । एक ः गुप्तचर संयन्त्र फितलो हुनु । दुई ः सुरक्षा निकायको समन्वय कमजोर हुनु । तीन ः पहिलो चरणमा धेरै सुरक्षाकर्मी उपत्यका बाहिर खटाइनु । चार ः जाँच र खानतलासी प्रभावकारी नहुनु । पाँच ः विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा हुनु । छ ः विस्फोटनमा भाडाका अपराधी प्रयोग हुनु । सात ः विप्लव समूहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनु आदि । यो निष्कर्ष गृहमन्त्रालय र सुरक्षा निकायको उपल्लो तहको हो । 

माथिको निष्कर्षमाथि धेरै घोत्लिनुपर्छ जस्तो लाग्दैन । सुरक्षा निकायको असफलता गलत सुरक्षा नीतिका कारणले गर्दा हो । त्यो नीतिको बागडोर सरकार सञ्चालकहरूको हातमा थियो । निर्वाचन सुरक्षामा यसप्रकारको परिणाम आउनु निम्न कारणहरू हुन् ः पहिलो ः सुरक्षा निकायहरूमा राष्ट्रभक्त–देशभक्तिको भावना प्रवल हुनु र यो चुनावले उनीहरूको मन नछुनु, दोस्रो ः यो दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्र र जनविरोधी गतिविधिबाट सुरक्षा निकाय वाक्कदिक्क हुनु, तेस्रो ः यी राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी उम्मेद्वारलाई जिताएर के हुन्छ ? भन्ने भावना परिवेशले बन्न जानु, चौथो ः वर्तमान राज्यसत्ताले लादेको उत्पीडनले घरपरिवार र सामाजिक जीवन भताभुङ्ग बनेको अवस्थाले यो व्यवस्थाप्रति वितृष्णा जाग्नु, पाँचौँ ः आफूलाई ठूला भन्ने संसद्वादी दलहरूको आपसी अन्तर्विरोधको उत्पीडनमा पर्नु, छैठौँ ः वर्तमान समस्या राजनीतिक भएकाले यसको समाधान पनि राजनीतिक ढङ्गले गरि नुपर्दछ भन्ने मान्यता सुरक्षानिकायमा बलियो देखिनु, साताँै ः सरकारमा बसेका संसद्वादी दलले मुलुकमा जबर्जस्त युद्ध थोपर्ने रणनीति मन नपर्नु, आठौँ ः २४ सै घन्टा राष्ट्रसेवामा रहेका सुरक्षाकर्मीहरूलाई उचित सेवासुविधाबाट बञ्चित गरिनु रहेका छन । सुरक्षानिकायमा
अधिकांश हिस्सा किसान, मजदुर र श्रमिकका छोराछोरी छन् । सुरक्षा निकायभित्रैका केही सम्भ्रान्तवर्गको रवैया, भ्रष्टाचारले हैरान बनेका छन् । यी सबै समस्याको केन्द्रमा वर्तमान दलाल संसदीय सत्ता र त्यसको राजनीतिक कारण मुख्य आधार बन्न पुगेको हो ।

असफलताको चाङभित्र लुकेको सम्भावना
भनिन्छ, हरेक असफलताले सफलताको पाठ सिकाउँछ । आज विश्वका आर्थिक सम्पन्नता भएका मुलुकहरूको इतिहास हेर्दा पनि निकै सङ्कटग्रस्त अवस्थाबाट माथि उठेको पाइन्छ । ती देशहरू आ–आफ्नै सापेक्षताका समस्याहरूमा जकडिएका थिए । चीन सन् १९४९ सम्म विभिन्न साम्राज्यवादी देशहरूको रजाइँस्थल बनेको थियो, त्यही चीन आज आर्थिक सम्पन्नताको शिखरमा छ । अमेरिकाले आफ्नो अर्थतन्त्रलाई यो अवस्थासम्म पु¥याउन निकै ठूलो तिकडम गरिरहेको छ । जापान दोस्रो विश्वयुद्धमा हारसहित अर्थतन्त्रमा निकै ठूलो तहसनहस भयो तर उसले ती शिक्षालाई सही ढङ्गले सदुपयोग गर्दै आफ्नो समृद्धिलाई विश्वसामु टिकाइराख्न सक्यो । ठूलो अन्तद्र्वन्द्वबाट गुज्रँदै आएको जर्मनी आफ्नो आर्थिक समृद्धिका लागि निकै ठूलो कष्ट व्यहोरेको देखिन्छ । २०० भन्दा धेरै राज्यलाई एकताबद्ध गराउँदै, पूर्वी र पश्चिम जर्मनीका समस्यालाई समाधान गर्दै एकताबद्ध बनेर उसले विश्वसामु आर्थिक शिर ठाडो बनाउन सफल भएको हो । फ्रान्स, ब्राजिल, इटाली, रसिया, क्यानडा, अस्ट्रेलिया आदि देशहरू पनि धेरै असफलताहरूका बीच यो अवस्थासम्म आइपुगेका हुन् ।

सन् १९४७ सम्म बेलायत, जापानजस्ता देशहरूको उपनिवेशमा रहेको हाम्रै छिमेकी मुलुक भारतले अहिले विश्व आर्थिक बजारमा माथि नै फड्को मारिसकेको छ । भूगोलको हिसाबले १९० औँ र जनसङ्ख्याको हिसाबले ११६ औँ स्थानमा रहेको सिङ्गापुरलाई तत्कालीन प्रधानमन्त्री ली क्वान यूको पहलबाट सन् १९५९ सम्म प्रतिव्यक्ति आय ४ सयबाट आज प्रतिव्यक्ति आय ५३ हजार डलरसम्म पु¥याउन सफल बने । जम्मा ५ लाख ३७ हजार जनसङ्ख्या भएको लक्जम्वर्गले १,०३११६ प्रतिव्यक्ति आम्दानी गरेर विश्वमा प्रथम मुलुक बन्न सफल बनेको छ । भौगोलिक हिसाबले ४१,२२४ किलोमिटरसहित विश्वमा १३५ स्थानमा रहेको स्वीजरल्यान्ड ७९,२४२ सहित दोस्रो, नर्वे ७०,३९२ सहित प्रतिव्यक्ति आम्दानीका हिसाबले विश्वमा तेस्रो, ६७,०७९ प्रतिव्यक्ति आम्दानीसहित मकाउ चौथो, आइसल्यान्ड ६२,५६२ सहित पाँचौँ र जनसङ्ख्याको हिसाबले १९,७४००० भई विश्वको १४८ औँ स्थानमा रहेको कतार ६०,७८७ प्रतिव्यक्ति आम्दानीसहित विश्वको छैठाँै मुलुक बन्न सफल बनेका छन् । ती मुलुकहरू पनि आ–आफ्नै प्रकारका समस्याबाट माथि उठेका हुन् । विश्वस्तरमा देखिएका यी आर्थिक समृद्धिलाई हेर्दा हाम्रो देशको आजसम्मको आर्थिक–राजनीतिक असफलताको चाङभित्र निकै ठूलो सम्भावना बोकेको अवस्था छ । 

यतिधेरै स्रोतसाधन भएको सुन्दर देश हाम्रो प्रतिव्यक्ति आम्दानीका हिसाबले वार्षिक जम्मा ७३३ सहित विश्वमा १७९ नम्बरमा रहेको छ । यो हुनुमा नेपालको सत्ताधारीहरूले नेपालको स्रोतसाधनलाई कौडीको मूल्यमा बेचेर आफ्नो पेट भर्ने परम्पराले गर्दा नै हो । जलस्रोतमा विश्वको दोस्रो ठूलो देश हाम्रै हो । पर्यटन र जडीबुटी नेपालको अर्को महत्वपूर्ण स्रोत हो । अनेकांै स्रोतसाधनको सम्भावना बोकेको हाम्रो देशलाई भीखमङ्गा र गरिब मुलुकको सूचीमा पु¥याइएको छ । यो अवस्थाबाट मुक्त हुन हामीले नै हरेक सम्भावनाका बाटोलाई खोजी गर्नुपर्ने हुन्छ ।

हालै सम्पन्न भएको भनिएको कथित चुनावसम्म आउँदा दलाल संसदीय व्यवस्था पूर्णतः असफल बनेको छ । नेपालमा हाल देखिएका आर्थिक, राजनीतिक, सामाजिक,सांस्कृतिक समस्याको जग वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । उत्पीडकहरूको स्वार्थसिद्ध गर्ने लुटको व्यवस्था हो यो । यो व्यवस्था रहेसम्म राजनीतिक समानता, शान्ति, समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्दैन । त्यसैले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन अनिवार्य छ । 

अब सम्पूर्ण उत्पीडित वर्ग, क्षेत्र, लिङ्गका जनसमुदाय एकताबद्ध हुँदै वैज्ञानिक समाजवादका लागि गोलबन्द बन्नुपर्दछ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सबै राष्ट्रभक्त तथा देशभक्तहरू, किसान, मजदुर, विद्यार्थी, वकिल, बुद्धिजीवी, कर्मचारी, सुरक्षा निकाय, मध्ययमवर्गका जनसमुदाय एकताबद्ध हुनुपर्दछ । एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अभियानमा लामवद्ध हुनुपर्दछ । अन्याय र उत्पीडनले नै विद्रोहको जन्म दिन्छ । विद्रोहले क्रान्तिको शङ्खघोष गर्दछ । वर्तमान दलाल संसदीय व्यवस्थाले पैदा गरेको असफलताको चाङभित्र लुकेको नेपाली क्रान्तिको सम्भावनालाई आत्मसात् गरौँ । वैज्ञानिक समाजवाद स्थापना गर्ने गौरवपूर्ण यात्राको प्रारम्भ गर्दै एकीकृत जनक्रान्तिको आँधीबेहेरी सिर्जना गरौँ ।

(रातोखबर साप्ताहिक, वर्ष ३, अङ्क २९, पूर्णाङ्क १२४, २०७४ पुस, काठमाडौं)

क्रान्तिकारी विरासत र जनताको विद्रोह

 

क्रान्तिकारी विरासत र जनताको विद्रोह

प्रारम्भ
वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आदरणीय महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को कुशल नेतृत्वमा एकीकृत जनक्रान्तिको उद्घोषसहित नेपाल कम्युनिस्ट पार्टी अघि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी विश्वक्रान्तिको अविछिन्न उत्तराधिकारीको रूपमा नेपालमा पुनर्गठन गरिएको हो । सन् १८७१ को पेरिस कम्युनबाट सुरु भएको विश्वक्रान्तिका ज्वारभाटाहरू निकै उथल–पुथल अवस्थाबाट यहाँसम्म आइपुगेको छ । विश्वक्रान्तिको अनगिन्ती पे्ररणाका सन्दर्भ क्रान्तिकारीहरूका लागि जगजाहेर छन् । हजारांै कीर्तिमानी सङ्घर्ष र बलिदानबाट क्रान्तिकारी आन्दोलन यो अवस्थासम्म आइपुगेको हो ।

नेपाली क्रान्तिकारी आन्दोलनको सम्पूर्ण ऐतिहासिक सन्दर्भलाई र आजको नेपाली समाजको वस्तुनिस्ट र वैज्ञानिक संश्लेषणसहित त्यसको नेतृत्व गर्न नेपाल कम्युनिस्ट पार्टी सक्षम बनेको छ । विप्लवको कुशल नेतृत्व, आजको समाजको वस्तुनिस्ट कार्यदिशा र क्रान्ति सम्भव छ भन्ने मान्यतालाई हाम्रो पार्टीले सकुशल–सक्षम ढङ्गले स्थापित गर्न सिङ्गो पार्टी दृढ सङ्कल्पित छ । यसैको आलोकमा नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा लामवद्ध हुन नेपाली जनतालाई उद्घोष गरिराखेको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यावस्थाको स्थापना आजको अनिवार्य आवश्यकता हो । उत्पीडनका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । दमनले विस्फोट जन्माउँछ भन्ने कुरा विश्वको अनगिन्ती इतिहासले प्रमाणित गरिसकेको विषय हो ।

क्रान्तिकारी आन्दोलनका ऐतिहासिक विरासत
सन् १९१७ को रसियन अक्टोबर क्रान्ति, सन् १९१८—१९ को जर्मन क्रान्ति हुँदै, सन् १९४५ मा भियतनामको अगस्ट रिभोलुसन, सन् १९४९ मा सम्पन्न भएको चाइनिज क्रान्ति, नेपालमा सन् २००६ मा सुरु भएको जनयुद्ध र सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा आजसम्म सञ्चालन भइरहेको जनयुद्ध हुँदै कोरिया, क्युबा, भियतनाम, युरोपका कैयांै देशहरू, फिलिपिन्स, पेरुजस्ता विश्वभर देखिएका क्रान्तिकारी आन्दोलनले संसारभर ठूलो क्रान्तिकारी शिक्षा र परिवर्तनहरूको दिशाबोध बोकेर ल्याएको छ । चाहे त्यो प्रथम विश्वयुद्धको आहालबाट सोभियत समाजवादी सत्ताको जन्म होस् या दोस्रो विश्वयुद्धको परिवेशबाट चिनी जनवादी–समाजवादी सत्ता निर्माणको प्रक्रिया नै किन नहोस् । आजको विश्वव्यापी आर्थिक आधारको एउटा महत्वपूर्ण हिस्सा विश्व–समाजवादी व्यवस्थाको गर्भबाट जन्मिएको हो ।

हामीले यो पनि भन्न सक्नेछौँ कि विश्वभर समाजवादी व्यवस्थाका लागि सबैभन्दा धेरै रगत कम्युनिस्ट क्रान्तिकारीहरूले नै बगाएका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा पनि सबैभन्दा धेरै बलिदान, सबैभन्दा धेरै जेलनेल, हिरासत र यातना, सबैभन्दा धेरै बेपत्ता, र सबैभन्दा धेरै घाइते–अपाङ्ग हुनेहरू क्रान्तिकारी कम्युनिस्टहरू नै हुन् । अझ भनौँ, जसले राष्ट्रका लागि सबैभन्दा धेरै बलिदान पोखेको हुन्छ, उसैलाई राष्ट्रप्रति धेरै चिन्ता हुन्छ । यो दिनको घामझैँ छर्लङ्ग भएको इतिहासलाई कुल्चेर एकलौटी दलाल सत्ताले नेपाली जनतालाई उत्पीडन लाद्न चाहन्छ भने यो नेपाली जनताका लागि कुनै पनि हालतमा मान्य हुने विषय होइन ।

नेपाली महान् र गौरवपूर्ण जनयुद्धको ऐतिहासिक प्रस्तावनाहरूलाई बेचेर दलाल सत्ताको मतियारमा नियुक्त हुने प्रचण्ड–बाबुराम मण्डलीलाई छुट हुने विषय कदापि हुनुहँुदैन र हुनेछैन पनि । प्रचण्ड–बाबुराम मण्डलीले आफ्नो स्वार्थका लागि महान् जनयुद्धका महान् एजेन्डाहरूलाई बिक्री गर्न तयार भएको फाइदा उठाउँदै जनयुद्धका ऐतिहासिक विरासतलाई आफ्नो हितानुकूल बनाउन सफल मानिएका साम्राज्यवादका दलाल देउवा, केपी गुटका
दलाल प्रवृत्तिले कुनै पनि मान्यतामा दोषमुक्त हुन सक्नेछैनन् ।

नेपालका विद्रोह र त्यसका शिक्षा
हामीले नेपालको राजनीतिक सन्दर्भहरूलाई पनि हेर्न, जान्न र बुझ्न सक्छौँ कि अनेकौँ विद्रोह र क्रान्तिबाट हालसम्मका राजनीतिक अवस्थाको आगमन भएको हो । नेपालका प्रथम सहिद लखन थापाले राणा शासनविरुद्ध १९३३ तिर विद्रोह, राणा प्रधानमन्त्री जङ्गबहादुरको सरकारले लखन थापासहित ६ जना युवालाई गोर्खा मनकामनामा रुखमा झुन्ड्याएर हत्या गरे । प्रचण्ड गोरखाका सदस्यहरूले १९८८ मा भीम शमसेरमाथि बम प्रहार र त्यो बेला सङ्घर्षको दौरानमा ४ जनाको हत्या गरियो । २००४ सालमा स्थापना भएको नेपाली कांग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासनविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरेको बेला तत्कालीन सरकारले दर्जनौँको हत्या भयो । २००८ सालमा सामन्तवाद र विस्तारवादविरुद्ध सुदूर पश्चिममा किसान नेता भीमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौँ युवा सामेल भए । अन्ततः
भीमदत्तलाई झुन्ड्याएर मारियो ।

२००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठानपश्चात् राज्यको दमनद्वारा उनको हत्या गरियो । राजाको कूविरुद्ध नेपाली कांग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन सुरु ग¥यो । सोही साल माघ ५ गते जनकपुरको रङ्गभूमिमा राजाको गाडीमाथि बम प्रहार गरेको आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फासि दिइयो । २००७ देखि २०१७ सालसम्म सञ्चालन भएको सङ्घर्षमा ८ जनाले ज्यान गुमाए । २०१८ माघमै कांगे्रसले भरतपुर कब्जा ग¥यो । सोही सेरोफेरोमा पर्सा, कञ्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधि भए । यो दौरानमा ११९ जनालाई निर्ममतापूर्वक मारियो ।

२०१९ असोज १७ गते पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजासहित ११ जना कांग्रेसी कार्यकर्तालाई शाहीसेनाले गिरफ्तार गरी वित्थडलेकमा हत्या ग¥यो । नेपाली कांग्रेसले सशस्त्र सङ्घर्षको क्रममा २०३१ सालमा ओखलढुङ्गाको टिमुरेबोटेमा ४१ जना कार्यकर्तालाई शाहीसेनाको मारे । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमा राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार भयो । २०२७ सालमा तत्कालीन ‘झापा जिल्ला समिति नेकपा’ ले ‘वर्ग सत्रु खत्तम पार्ने’ विद्रोह सुरु गरे । त्यो दौरानमा २३ जनालाई राज्यले हत्या ग¥यो तर पनि आन्दोलन र जनताको विद्रोह रोकिएन ।

२०३० र ३१ सालमा झापामा किसान सङ्घर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुक्षा, सिन्धुलीमा पनि किसान सङ्घर्ष चल्यो । २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोसिस गरियो । जुगेडीमा धर्मे र घोडे नामका दुई सामन्तको अन्न खोसेर जनतालाई बाँडियो । २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो । सोही साल सुर्खेतकाण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केही युवाहरूले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालीन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले व्यापक दमन गर्दै ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए भने अन्य जेलमा परे ।

२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा रोल्पा–थबाङमा जनताले विद्रोह गरे । त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्ने स्थिति बन्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्करकाण्डमा ६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबारवरिपरि, सिंहदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको आसपास बम प्रहार भयो । २०४२ साल चैतमा चुनावमा ध्वस्त बनाउन भन्दै तत्कालीन नेकपा
(मशाल) का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण भयो । २०४६ सालको जनआन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमाउनुपरेको थियो । २०५२ साल तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्ध सुरु भयो र त्यो १० वर्षसम्म चल्यो । त्यसमा ८८९५ हजारभन्दा धेरै सहिद बने । हजाराँै आजसम्म पनि बेपत्ता अवस्थामा छन् । हजारौँ योद्धाहरू अपाङ्ग र घाइते जीवन बितााइरहेका छन् ।

२०६२–०६३ को आन्दोलनमा पनि नेपाली जनतालाई मार्ने काम रोकिएन । मधेस आन्दोलनका दौरान पनि दर्जनौँ मानिसहरूको हत्या भयो । कथित स्थानीय निर्वाचन खारेजको दौरानमा समेत नेपाल कम्युनिस्ट पार्टीका धनरूप बटाला र सनराइजले आफ्नो जीवनको आहुति दिएर एकीकृत जनक्रान्तिका प्रथम र दोस्रो सहिद बन्न पुगे । यो
ऐतिहासिक सङ्घर्ष र विद्रोहका शृङ्खलाको शिक्षाले के पाठ सिकाउँछ भने जब राष्ट्रमा अन्याय–अत्याचार हुन्छ, जनतामाथि उत्पीडन लादिन्छ, त्यतिखेर जनताले विद्रोह गर्दछ । जनताको विद्रोह हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । जनताले आवश्यकता परे हतियार पनि बोक्छन्, दुश्मनलाई धावा पनि बोल्छन् र आफूले नजित्दासम्म लडिरहन्छन् भन्ने कुरा प्रमाणित भइसकेको कुरा पनि हो । राज्यको कुनै पनि ताकतले जनताको विद्रोहलाई रोक्न र दबाउन सक्दैन । आजको नेपाली जनतासँग सही दर्शन, विचार, राजनीति, कार्यदिशा, रणनीति, कार्यनीति बोकेको सक्षम क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी साथमा छ । मालेमावादको सिद्धान्तले ओतप्रोत जनमुक्ति सेना छ । जनताको आफ्नो सत्ता जनपरिषद् (जनसत्ता) छ । जनताकै न्यायालय क्रियाशील छ । जनतालाई सुखदुःखमा साथ दिने स्थानीय तहसम्म पार्टीका नेता–कार्यकर्ता क्रियाशील छन् । त्यसैले, हामीले ढुक्क भन्न सक्छौँ कि यदि सुरक्षा निकायको परिचालन र दलाल सत्ताको जुनसुकै तिकडमलाई जनताले परास्त गर्नेछन् ।

उपसंहार
सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफियासहित सर्बियालीको आक्रमणमा गोलीको सिकार भए । यही घटनाले प्रथम विश्वयुद्धको सुरुआत भयो । २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको ४८ बुँदे मागलाई बेवास्ता गरेर राज्यले दमन गर्दा १० बर्से महान् जनयुद्ध सुरुआत भयो । यो सन्दर्भलाई सबैले मनन गर्न आवश्यक छ ।

दलाल सत्ताले राष्ट्रघात गरेको छ । जनघात गरेको छ । जनतामाथि अनेक प्रकारका उत्पीडन लादेको छ । भ्रष्टाचारले देश आकुल–व्याकुल बनेको छ । राजनीति ठेकेदार, भ्रष्टाचारी र व्यापारीसँग पैसा मोलमोलाइको हतियार बनेको छ । मुलुक कमिसनखोर, कालोबजारी र विचौलियाको रजाइँस्थल बनेको छ । आफूलाई ठूला दलका ठूला नेता भन्नेहरूले साम्राज्यवादको पाउमा लम्पसार परेर राष्ट्रिय स्वाधीनतालाई मागिखाने भाँडो बनाएका छन् । यस्तो परिवेशमा घोषणा गरिएको कथित संसदीय चुनावले जनता र राष्ट्रको हितमा काम गर्न नसक्ने कुरा आजसम्म उनीहरूले निर्वाह गरेका भूमिकाबाटै प्रस्ट हुन्छ ।

आफ्नो सत्ता स्वार्थलाई पूरा गर्न तयार गरिएको कथित गठबन्धनको नौटङ्कीले जनविरोधी खलपात्र जन्माउनुबाहेक अरू आशा गर्न सकिँदैन । नेपाल कम्युनिस्ट पार्टीको अपीललाई जनताले सहर्ष स्वीकार गरेर दलाल राज्यसत्ताको कथित चुनावविरुद्ध विद्रोह र प्रतिवाद गर्न सुरु गरेका छन् । अवश्य पनि जनताको यो विद्रोह र प्रतिवाद अझ उच्च तहसम्म लम्कनेछ । सम्पूर्ण उत्पीडित जनसमुदाय, विभिन्न पार्टी, कर्मचारी, सुरक्षा निकाय, न्यालयभित्र रहेका देशभक्त तथा राष्ट्रभक्त चिन्तन र प्रवृत्तिको एकताबद्ध सहकार्य र विभिन्न तह र तप्कामा रहेका जनसमुदायको बलियो एकताले वैज्ञानिक समाजवादको स्थापना गर्ने क्रान्तिलाई सफलताको विन्दुमा पु¥याउनेछ । नेपाल कम्युनिस्ट पार्टीको यो महान् र गौरवपूर्ण यात्रामा सहकार्य गर्न सबै तयार बनौँ ।

(दृष्टिकोण मासिक, वर्ष २, अङ्क ३, २०७४, पुस, काठमाडौं)

Sunday, September 10, 2023

सामाजिक दलाल पुँजीवाद र अन्तर्विरोध



- सामाजिक दलाल पुँजीवाद र अन्तर्विरोध

विषय प्रवेश
“तीव्र गतिको क्रूरतामा सारा शक्ति लुकेको हुन्छ”, दोस्रो विश्वयुद्धको बेला तानाशाह हिटलर यही नारासहित विश्व जित्न निस्केका थिए । हजार वर्षसम्म शासन गर्ने उनको कल्पना केवल २२ वर्षमै समाप्त हुन पुग्यो । आफूलाई कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने र कहिल्यै नढल्ने कल्पना गरेका हिटलर सन् १९४५ अप्रिल ३० मा आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भयो । यसले यही कुरा पुष्टि गर्दछ कि जहाँ अन्याय हुन्छ, त्यहाँ विरोध हुन्छ, जहाँ विरोध हुन्छ, त्यहाँ दमन हुन्छ, जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । यसरी जनताको प्रतिरोधले उत्पीडनकारी शासनसत्ता फालिदिन्छ र नयाँ शासन व्यवस्थाको सुरुआतगरिदिन्छ । यही प्रक्रियाले आजसम्म संसार अघि बढ्दै यहाँसम्म आइपुगेको छ ।

केपीको प्रारम्भिक यात्रा
अहिले एमाले नेता केपी पुरानो सत्ताको प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको एक साता पनि नपुग्दै नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनका दौरान विराटनगरमा पार्टीका स्थायी समिति सदस्य सुदर्शन र पीवीएम विकासलाई गिरफ्तार गरेर आफ्नो प्रारम्भिक पहिचान दिलाएका मात्र छैनन्, शान्तिपूर्ण कार्यक्रम गर्न पाउने जनताको अधिकारमाथि धावा बोलेर कथित गणतन्त्रात्मक संविधानको धज्जी पनि उडाएका छन् । केपी सरकारले प्रारम्भिक चरणमै नेकपाका नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तकलाई गिरफ्तार गर्ने, झुट्टा मुद्दामा फसाउने, जेल हाल्ने योजनामा लागिपरेको देखिन्छ । 

भारतीय साम्राज्यवादले दिनहुँ सीमा मिचिरहेको, भ्रष्टाचारले जनता आक्रान्त बनेको छ, मुलुक कालोबजारी–कमिसनखोर, तस्कर–विचौलियाहरूको रजाइँस्थल बनेको छ, राष्ट्रघात र जनघातका कैयौँ समस्या जकडिएर बसेको छ, मूल्यवृद्धिले आकास छोएको छ, दिनहुँ हजारौँ युवा विदेशिने क्रम रोकिएको छैन । राजनीति ठेकेदार, व्यापारी र तस्करहरूको  हातमा पुगेको छ, यी र यस्ता समस्यातिर केपीको कुनै ध्यान छैन । तर, नेकपाका नेता–
कार्यकर्ता खोज्न, गिरफ्तार गर्न, झुट्टामुद्दामा फसाउन टुप्पीदेखीको बल लगाएर कस्सिएका छन् केपी मण्डलीहरू ।

केपीका विश्वासपात्र मानिएका कथित १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनले त युवा सम्मेलनमा आएका सबैलाई गिरफ्तार गरेर मुद्दा लगाउन निर्देशन जारी गरेको कुरा बाहिरै आयो । कथित चुनावको बेला जनताले गरेको प्रतिकारबाट संयोगले जीवनदान पाएका शेरधनहरू र केपीहरूलाई सायद, लागेकै होला कि नेकपा गिरफ्तारीले झुक्छ ! झुट्टा मुद्दाले आत्तिन्छ ! जेल÷नेल÷हिरासतले तर्सिन्छ ! पुलिस÷प्रशासनको रवैयाले थर्किन्छ ! यो केवल पुरानो संसद्वादी व्यवस्थाको बासी विचार÷प्रवृत्ति र तरिका मात्र हो । यसले न त नेपाल कम्युनिस्ट पार्टीको गौरवपूर्ण यात्रा रोकिन्छ न, एकीकृत जनक्रान्तिको लहर जनतामा पुग्न छोड्छ । बरु, क्रान्तिकारीहरूलाई ऊर्जा दिलाउनेछ, एकीकृत जनक्रान्तिलाई शान लगाउनेछ, नेता÷कार्यकर्ता÷समर्थक÷शुभचिन्तक र आम क्रान्तिकारी जनसमुदायलाई झनै ज्वाला बनेर हुर्कन सिकाउनेछ । प्रतिबद्ध र जुझारु बनाउनेछ, चुस्तदुरुस्त बन्न भूमिका खेल्नेछ ।

नेकपाले बुझेरै यो दलाल संसद्वादी व्यवस्था फाल्न कस्सिएको हो । जानेरै यो दलाल व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन तम्सिएको हो । केपी गुटलाई हेक्का रहोस्, जर्मनमा एडोल्फ हिटलर ढले, इटालीका तानाशाह बेनिटो मुसोलिनो सन् १९४५ को अप्रिलमा मुक्तिसेनाको हातबाट गिरफ्तार भई मिलानको चौबाटोमा फासि दिइयो । फ्रान्सिस्को बहमन्डे फ्रेङ्को कम्युनिस्ट विरोधी (स्पेनी तानाशाह) उनको पनि अन्त्य भयो । तत्कालीन फासिवादका विश्वासपात्र बनेका बेलायती प्रधानमन्त्री नेविल चेम्बरलेन र विन्स्टन स्पेन्सर चर्चिलजस्ताको सत्ता बेलायतमा टिकेन । अजम्मरीको बुटी खाएको पञ्चायत ढल्यो, राजा ज्ञानेन्द्रको सत्ता पल्टियो । जनताको आवजलाई दमन गरेर, प्रहरी लगाएर, मुद्दा हालेर एकीकृत जनक्रान्तिलाई रोक्न सकिन्छ भन्ने लागेको छ भने नेकपा त्यसको प्रतिकारमा तम्तयार रहेकै विषय हुने नै भयो ।

सामाजिक दलाल पुँजीवाद
माक्र्सले पेरिस कम्युन टिक्न नसक्नुमा मुख्य यी ४ कारणहरूलाई बताउनुभएको छ । एक ः बुर्जुवाहरूमाथि सर्वहारा अधिनायकत्व लागू गर्न नसक्नु, दुई ः सेना निर्माण नगर्नु, तीन ः बैंक तथा वित्तीय संस्थाहरूमा कब्जा गर्न नसक्नु, चार ः बुर्जुवावर्गले दिएको झुठो आश्वासनप्रति बढी विश्वास गर्नु । माक्र्सको यो भनाइ निकै सान्दर्भिक छ । 

पेरिस  कम्युनमा यी विषयहरूलाई ध्यान दिएको भए सायद पेरिस कम्युनको आयु लम्बिन सक्थ्यो होला । रसियामा मार्च १९१७ मा जारशाहीको अन्त्य, ७ नोभेम्बर १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो । यो नै पहिलो वैज्ञानिक समाजवादी सत्ता थियो । रुसको सन्दर्भमा भन्नुपर्दा बोल्सेबिकहरू जनताको असली पात्र बन्न सफल बने र उनीहरूकै नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल पनि भए तर, मेन्सेबिकहरू दक्षिणपन्थी बाटो समात्दै पतनको बाटोमा लागे । यही सन्दर्भ नेपालमा पनि लागू हुने र देखिने विषय बन्यो । त्यही मेन्सेबिक र खुस्चेबी बाटोमा यहाँका केपी–प्रचण्ड गुट लागे र सामाजिक दलाल पुँजीवादको खाल्डोमा भासिन पुगेका छन् ।

अहिले झापा विद्रोहबाट जम्मेको एमाले–केपी, तथा १० बर्से महान् जनयुद्धबाट उर्मेका माके–प्रचण्डको नेतृत्वमा बनेको कथित वाम–गठवन्धन पूरै नै सामाजिक दलाल पुँजीवादी गठबन्धनमा पतन भएको छ । यसको रूप पक्षलाई हेर्दा यो वाम खोलमा छ, कम्युनिस्ट झन्डामा छ, नामका अघि वा पछि कम्युनिस्ट शब्द झुन्ड्याएर पनि हिंड्ने गर्दछ, केही समृद्धि र समाजवादको कुरा पनि गर्दछ, केही विकास र समानताको नारा पनि लगाउँछ तर यसको सारपक्षलाई हेर्दा यो पूरै सामाजिक दलाल पुँजीवादमा पतन भएको छ ।

दर्शनमा विचलन, सिद्धान्तमा विचलन, राजनीतिमा विचलन, कम्युनिस्ट रणनीति र कार्यनीतिमा विचलन, नैतिकतामा विचलन हुँदै यो पूरै भ्रष्टीकरणमा पुगेको छ । उत्तर साम्राज्यवादको दलाली र चाकडी यसको पर्यायवाची बनेको छ । निगम पुँजीलाई बढवा दिने र विचौलिया पुँजीबाट आफ्नो भुँडी भर्ने खेलोमेलो यसको दैनिकी बनेको छ । दलाल संसदीय व्यवस्थालाई अजम्मरीको बुटी मानेर संसद्वादमा चुलुम्मै डुबिसकेको छ । राष्ट्रघात, जनघात, जनहत्या, लुटपाट, तस्करी, कालोबजारी, ठेक्कापट्टा र कमिसनको चक्करमा देशलाई बन्धकी राख्नसमेत तयार बनेको एमाले–माके गठबन्धन सामाजिक दलाल पुँजीवादमा पूरै नै पतन भइसकेको छ । त्यसैले यो प्रवृत्तिसँग जनताले मित्रशक्तिको भूमिकाले हैन कि पूरै दुश्मन शक्तिको व्यवहार सम्पूर्ण ढङ्गले बदलिनुपर्ने आवश्यकता बनेको छ । एकातिर, क्रान्तिकारी शक्ति वा जनताको बलियो एकता अर्कोतिर, दलाल संसद्वादी सत्ता, दलाल तथा समाजिक दलाल पुँजीवादी शक्ति र प्रवृत्तिको बीच हुने लडाइँ÷द्वन्द्व÷क्रान्ति वा अन्तर्विरोधले वैज्ञानिक समाजवादको जन्म दिनेछ । एकीकृत जनक्रान्तिको माध्यमबाट हामी वैज्ञानिक समाजवादी व्यवस्थाका सङ्घारमा प्रवेश गर्नेछौँ ।

अक्टोबर क्रान्तिले क्रान्तिकारीका लागि महान् योगदानहरू दिएको सन्दर्भ
हाम्रा अगाडि जगजाहेर छ । पहिलो वैज्ञानिक समाजवादी सत्ता स्थापना, सर्वहारावर्गीय अधिनायकत्वको लागू, माक्र्सवादको आधारमा पार्टी सङ्गठन निर्माण, कम्युनिस्ट पार्टीको सङ्गठनात्मक पद्धतिको विकास, तेस्रो अन्तर्राष्ट्रिय स्थापना र विकास, समाजवादलाई विश्वभर फैलाउनु र माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नु र सोभियत मजदुर, किसान र सेनासहितको स्थापना गर्नु आदि रहेका छन् । यो वैचारिक परिवेशको बाटोमा हिंड्नुको साटो पूरै विचलन र पदभ्रष्ट हुँदै दलाल पुँजीवादी प्रवृत्तिजस्तै सामाजिक दलाल पुँजीवादी प्रवृत्ति पनि जनविरोधी तत्वमा परिणत बनेका छन् ।

सोभियत सङ्घमा स्टालिनको मृत्यपश्चात् निकिता ख्रुश्चेबको आगमनले जसरी ५ सिद्धान्तका नाममा एक ः शान्तिपूर्ण सहअस्तित्व, दुई ः शान्तिपूर्ण सङ्क्रमण, तीन ः शान्तिपूर्ण प्रतिस्पर्धा (आर्थिक), चार ः सम्पूर्ण जनताको राज्यसत्ता, पाँच ः सम्पूर्ण जनताको पार्टी भन्दै ख्रुस्चेबी संशोधनवाद लागू ग¥यो । त्यसैगरी केपी÷एमाले र प्रचण्ड÷माकेले पनि पूरै क्रान्तिकारी भूमिकाबाट च्यूत बन्दै सामाजिक दलाल पुँजीवादमा भासिएको छ । जनताको निम्ति दलाल पुँजीवादजस्तै खतरनाक भूमिकामा सामाजिक दलाल पुँजीवाद पनि क्रियाशील छ ।

यो शक्ति पूरै नै जनविरोधी र राष्ट्रविरोधी कित्तामा पुगिसकेको छ । दलाल संसद्वादी सत्ताको असली मतियार बनेर साम्राज्यवादको सेवामा लम्पसार परेर संसद्वादको सेवामा लागेको शक्ति सामाजिक दलाल पुँजीवादीहरू हुन् । एमाले–माके गठबन्धनले गरेको सामाजिक दलाल पुँजीवादी बाटो जनहित र राष्ट्र हित विपरीत छ, त्यसैले यसको विरुद्ध सबै क्रान्तिकारीहरू गोलबन्द र एकताबद्ध हुन आवश्यकता छ ।

आजको दुईध्रुवीय अन्तर्विरोध र हाम्रो पक्षधरता
पुँजीवादी÷साम्राज्यवादी÷उत्तर साम्राज्यवादी अन्तर्विरोध दुईधु्रवमा वा बहुधु्रवमा केन्द्रीकरण हुँदै गइरहेको छ । विश्व अर्थतन्त्र निगम पुँजीको हातमा प्रवेश गर्दै त्यहाँ पनि बहुध्रुवीय अन्तर्विरोध खडा भएको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले सिनेटमा रुस र चीन अमेरिकाको प्रतिद्वन्द्वी रहेको र रुस र चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेर आफ्नो अलग धु्रवको पहिचान विश्वसामु प्रस्ट्याए । अमेरिका र उत्तर कोरियाबीच बढेको तनाव र आणविक होडबाजी, तत्काल रुसले त्यसको विरुद्ध गरेको प्रतिवाद, चीनले गरेको भत्र्सना मननयोग्य बनेको छ ।

दक्षिण एसियामा चीन र भारतको दोक्लाममा भएको विवाददेखि गत डिसेम्बरमा भारतीय जासुसी ड्रोनलाई चीनले खसालेको सन्दर्भहरूले एसियामा समेत यो धु्रव देखा पर्दै गइरहेको छ । पाकिस्तान र भारतको निरन्तर विवाद, रणनीतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिएको छ । पाकिस्तान खुलेआम रूपमा चीनसँगको गठबन्धनमा पुग्नुले दक्षिण एसियामा समेत अन्तर्विरोधले चुली चुम्दै गइरहेको अवस्था बनेको छ । यहाँसम्म कि विज्ञ र जानकारहरूले फेरि तेस्रो विश्वयुद्ध र शीतयुद्धको प्रक्रियामा प्रवेश गरेको कुरा बारम्बार बताइरहेका छन् । यसै सन्दर्भमा नेपालको राजनीतिमा पनि दुई ध्रुवीय अन्तर्विरोध देखापरेको छ ।

विश्वस्तरमा मुलुकहरूका बीच अन्तर्विरोध छ भने हाम्रो देशमा भित्र प्रवृत्तिहरूमा दुई धु्रवीय द्वन्द्व सिर्जना भएको छ । एकातिर ः दलाल पँुजीवादी धार, सामाजिक दलाल पुँजीवादी धार, राजावादी संसदीय पुँजीवादी धार र मधेसवादीसहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृत्तिहरू क्रियाशील छन् भने, अर्कोतिर, क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरि किसान, मजदुर, श्रमजीवी मध्यमवर्ग, देशभक्त, राष्ट्रवादीलगायत क्रान्तिकारी शक्तिहरूको क्रियाशील बनेका छन् ।

यी शक्तिहरूबीचको द्वन्द्व र अन्तर्विरोधले निर्णायक क्रान्तितर्फ मुलुकलाई जबर्जस्त धकेलिरहेको छ । यसले एकातिर दलाल संसद्वादीहरूको गठजोडलाई बढाउँदै लगेको छ भने अर्कोतिर देशभक्त तथा राष्ट्रभक्त शक्तिहरूको बलियो एकता, मजदुर, किसान, मध्यमवर्ग (नयाँ श्रमिकवर्ग), युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, देशभक्त, राष्ट्रभक्तलगायत क्रान्तिकारी जनसमुदायहरूको धु्रवीकरण र एकतालाई मजबुद बनाउने दिशातर्फ केन्द्रीकरण बन्दै गएको छ । अहिलेको सन्दर्भमा देखापरेको यही अन्तर्विरोधले पुरानो दलाल संसदीय सत्तालाई अन्त्य गर्ने एकीकृत जनक्रान्तिको बीजारोपण गर्नेछ । वैज्ञानिक समाजवादको ढोका खोल्ने आधार सिर्जना गर्नेछ । नेपाल कम्युनिस्ट पार्टी यो अभियानमा लागेको छ ।

विप्लवको नेतृत्वमा क्रियाशील यो पार्टीले नै क्रान्तिकारी जनताको साथ समर्थनमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनार्थ लामवद्ध बनेको छ । आवश्यक जेल÷नेल÷हिरासत, आवश्यक बलिदान र आवश्यक प्रतिवादयुक्त एकीकृत जनक्रान्तिको सुन्दरमार्गमा लागेको छ । यही पक्षधरता क्रान्तिकारीहरूको सही पक्षधरता बनेको छ । गिरफ्तार कामरेडहरू रिहा गर ! केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवाद – मुर्दावाद !
एकीकृत जनक्रान्ति – जिन्दावाद ! वैज्ञानिक समाजवाद – जिन्दावाद !
रातो खबर, फागुन, २०७४

समकालीन राजनीतिक परिस्थिति, राष्ट्रियता र निकास

अन्तर्राष्ट्रिय सन्दर्भ
(क) उत्तर साम्राज्यवादी अन्तर्विरोध र बहुधु्रवको अवस्था आजको पुँजीवाद सम्राज्यवादमा मात्र सीमित छैन, त्यो उत्तर साम्राज्यवादको चरणमा प्रवेश गरिसकेको छ । आजको आर्थिक चरित्र, अवस्था र अन्तर्विरोधलाई निम्नानुसार बुँदामा राखेर हेर्न सकिन्छ ः
१. विश्व अर्थतन्त्र निगम पुँजीको हातमा प्रवेश
२. चरम प्रतिस्पर्धा
३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले सिनेटमा रुस र चीन अमेरिकाको प्रतिद्वन्द्वी
रहेको प्रस्ताव
४. रुस र चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव
५. रुसले त्यसको तत्काल विरुद्ध–प्रतिवाद
६. चीनले गरेको भत्र्सना
७. अमेरिका र उत्तर कोरियाबीच बढेको तनाव र आणविक होडबाजी
८. दक्षिण एसियामा चीन र भारतको दोक्लाममा भएको विवाद
९. गत डिसेम्बरमा भारतले चीनलाई ड्रोनबाट गरेको जासुसी र चीनले उक्त जासुसी
ड्रोन खसालेको परिवेश
१०. पाकिस्तान र भारतको निरन्तर विवाद
११. रणनीतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिएको सन्दर्भ
१२. पाकिस्तान खुलेआम चीनसँगको गठबन्धनमा पुग्नु
१३. नयाँ वर्षको सन्देश दिने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई तोकेरै अमेरिकाबाट अरबाँै डलर ल्याएर आतङ्कवादलाई प्रवद्र्धन गरेको आरोप र १५ वर्षदेखि पाकिस्तानलाई गरेको अरबांै डलर बेकार भएको प्रतिक्रिया
१४. ट्रम्पको भनाइप्रति लक्षित गरेर पाकिस्तानले अफगानिस्तान युद्धमा गरेको सहयोग नभुल्न र अमेरिकी राजदुतलाई पाकिस्तानमा ध्यानाकर्षण गरेको सन्दर्भले अन्तर्राष्ट्रिय परिस्थिति जटिल मोडतर्फ गएको कुरालाई सङ्केत गर्दछ । यसप्रकारको अवस्थाले विश्व बहुध्रुवतर्फ केन्द्रित हुँदै गइरहेको र फेरि अर्को विश्वयुद्ध र शीतयुद्धको आँकलन जानकारहरूको भनाइ छ । त्यसभित्र उत्पीडित राष्ट्रहरूमाथि हुने गरेका उत्तर साम्राज्यवादी हस्तक्षेप र चरम आणविक र विश्वबजारमाथि प्रतिस्पर्धाले गर्दा विश्व आर्थिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ ।

राजनीतिक परिवेश र स्वाधीनता
(क) दलाल पुँजीवादी राज्यसत्ता
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सुरक्षा निकाय, राजनीतिक दल, व्यापार, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रलगायत सम्पूर्ण क्षेत्रहरूमा दलाल पुँजीवादी राज्यसत्ताको असर जोडदार छ । त्यसभित्र राष्ट्रवादी देशभक्त प्रवृत्तिहरू पनि छन्, यो परिवेशलाई हेरेर आफ्नो नीति कार्यक्रम तय गरिनुपर्दछ ।

(ख) सरकारको चरित्र र प्रवृत्ति
दक्षिण एसियामा २६ वर्षयता भएका सरकार परिवर्तनहरूको सन्दर्भलाई हेर्दा हाम्रो देश कति दयनीय र अस्थिर अवस्थामा छ भन्ने कुरा छर्लङ्ग हुन्छ । श्रीलंका ५, बंगलादेश ९, भारत १०, पाकिस्तान १२, नेपाल २६ पटक सरकार परिवर्तन भएका छन् । यसले देशको राजनीतिक अवस्था निकै तरल र उथलपुथल अवस्थामा छ भन्ने कुराको अवस्थालाई जनाउँछ । त्यसका साथै, निगम पुँजीको प्रवेश र हस्तक्षेप र नेपाली अर्थतन्त्र विदेश पलायन
हुने समस्या पनि विकराल बन्दै गइरहेको छ । अर्थतन्त्रमा विचौलिया दलाल पुँजीको जनविरोधी परिचालन व्यापक भइरहेको छ भने त्यो कार्यमा माथिदेखि तलसम्म राजनीतिक सहभागिता उलेख्य मात्रामा भएको छ ।

राष्ट्रघात र जनघातको शृङ्खला
(क) नेपालका ठूला नदीनालाहरू क्रमशः विदेशीको हातमा सुम्पिएर विदेशीलाई खुसी बनाउने र देशको जलसम्पदालाई कौडीको मूल्यमा बेच्ने काम भएको छ ।
(ख) दिनहुँ सिमाना मिचिने क्रम जारी रहेकाले नेपालले हजारौँ हेक्टर जमिन गुमाउनुपरिरहेको अवस्था विद्यमान छ ।
(ग) भारतले नेपालको सीमा अतिक्रमण गर्ने प्रक्रियालाई पर्सा जिल्लाको छपकैया, सुन्दरपुर, सिर्सिया, मितेरीपुलसम्म आइपुग्दा आफ्नो साम्राज्यवादी चरित्र र मोदीको मित्रराष्ट्रमाथि हेर्ने कुनियतपूर्ण दृष्टिकोणको झनै उदाङ्गो भएको छ ।
(घ) भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व अधिकृत आरके यादवले आफ्नो किताब ‘मिसन रअ’ मा भनेका छन्, “मलाई भने कि सिक्किमको भारतमा विलय भएपछि उनको योजना नेपालको तराई क्षेत्रलाई पृथक बनाउने थियो किनभने त्यहाँ चीनको बढ्दो उपस्थितिले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई धेरै भयभित बनाएको थियो । उनले १९७५ मा नै भारतमाथि माओवादी खतराको भविष्यवाणी गरेका थिए जुन अहिले भारतको लागि गम्भीर सुरक्षा–चुनौती बनिरहेको छ । तथापि भारतमा राजनीतिक आन्दोलनका कारणले नेपालको तराई क्षेत्रलाई गाभ्ने योजना स्थगित भएको थियो, जसबेला इन्दिरा गान्धीले सिक्किमलाई भारतीय सङ्घमा विलय गरेलगत्तै सङ्कटकाल घोणणा गरेकी थिइन् । 

धेरैजसो विपक्षी नेताहरूलाई उनले गिरफ्तार गरिन् र अरू बाह्य क्षेत्रीय योजना सूत्रीकरण गर्न उनलाई आन्तरिक राजनीतिक आँधीले अवरोध ग¥यो । दुर्भाग्यवश १९७७ मा भएको चुनावमा इन्दिरा गान्धी पराजित भइन् र उनको पार्टी सत्तामा आउन सकेन अनि काओको तराईलाई विलय गराउने योजना र अन्य कार्यहरू कार्यान्वयन हुन सकेनन्”, (पृ.२६३) । इन्दिरा गान्धिको निर्देशन र तत्कालीन ‘रअ’ प्रमुखले बनाएको योजना त्यतिबेला स्थगित मात्र भएको थियो । अब यसलाई कार्यान्वयनमा लैजान भारतीय शासकहरू घुँडा धसेर लागेका छन् ।
(ङ) उपल्लो कर्णाली, अरूण तेस्रो, कोशी उच्चबाँध आदि राष्ट्रघातका शृङ्खलाहरू क्रमशः बढिरहेका छन् ।
(च) आफ्नो कुर्सीका लागि नेपाली जनताको हित विपरीत र राष्ट्र विपरीत गतिविधिमा केन्द्रित हुने प्रवृत्ति झनै मौलाएको छ ।

राजनीतिमा भ्रष्टाचारी, तस्करी, ठेकेदार, व्यापारीको प्रवेश
(क) राजनीतिमा दलाल, भ्रष्टाचार, कालोबजारिया, तस्कर, ठेकेदारहरूको प्रवेश र बोलवाला बढेको छ; जसका कारणले राजनीतिकर्मीलाई जनसेवकको रूपमा भन्दा पनि दलाल, भ्रष्ट, कालो बजारिया, व्यापारी, तस्कर र ठेकेदारमा रूपान्तरण गर्ने काम भएको छ ।
(ख) कथित स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावसम्म आउँदा उम्मेद्वारले गरेको असीमित खर्च । जुन प्रक्रियाले इमानदार राजनीतिज्ञहरू पाखा लाग्ने र पैसावाला, दलाल, ठेकेदार, तस्कर, गुण्डाहरू हाबी हुने विद्यमान अवस्था कायम छ । 

प्रशासनिक निकाय÷कर्मचारी संयन्त्र÷सुरक्षा संयन्त्र÷न्यायालयहरू सम्पूर्ण हिसाबले पदभ्रष्ट र दलालीकरण
(क) प्रशासनिक निकायहरूको गैर–जिम्मेवार तौरतरिका कायम छ ।
(ख) विकास–निमार्णका हरेक परियोजनामा चरम लापरबाही, कमिसन र भ्रष्टाचार गर्ने प्रवृत्ति माथिदेखि तलसम्मका योजनाहरूमा कायम छ ।
(ग) अख्तियार प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, उपल्लो तहमा रहेका कर्मचारी, न्यायाधिसहरू नै घुस र भ्रष्टाचार प्रकरणमा मुछिएका अनेकौँ सन्दर्भ छन्, जसका कारणले गर्दा राज्यका यी निकाय झनै बद्नाम बन्दै गइरहेका छन् ।

जनतन्त्र र जनजीविकाको सवााल
(क) नेपालका सबै क्षेत्रमा बसोवास गर्ने जनताको अधिकारहरू कुण्ठित भएका छन् ।
(ख) शिक्षा, स्वास्थ्य, रोजगारलगायत विषयमा राज्य गैर–जिम्मेवार छ । युवाहरू विदेश पलायन हुने समस्या झनै विकराल बन्दै गइरहेको छ ।
(ग) चरम मूल्यवृद्धि छ । हरेक क्षेत्रमा कमिसन चलखेल छ र विचौलिया दलालहरूको हातमा अर्थतन्त्रको केन्द्रीकरण भएको छ ।

राष्ट्रिय उद्योगधन्दा, प्रतिष्ठानहरूमा राज्यको नीति
(क) निजीकरण र व्यापारीकरणमा केन्द्रित ।
(ख) निगम पुँजीवादलाई कौडीको मूल्यमा हस्तान्तरण गर्ने नीति ।
(ग) बन्द भएका नेपालका ठूला उद्योगधन्दाहरू जुन नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउन सक्थ्यो ः गोरखकाली टायर उद्योग, वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हिमाल सिमेन्ट कारखाना चोभार, ट्रलीबस सेवा काठमाडौं, साझा बस सेवा, उदयपुर सिमेन्ट कारखाना, जनकपुर रेल्वे सेवा, चिया कारखाना वीरगञ्ज, कृषिऔजार कारखाना, हरिसिद्धी ईंटा टायल, इलाम चिया कारखाना, लुम्बिनी चिनी कारखाना, चाइनिज ईंटा कारखाना, हेटौँडा रोपवेलगायत छन् ।

अन्तर्विरोधमा परिवर्तन र यसको प्रभाव
(क) अन्तर्विरोधमा परिवर्तन । नेपाली कांग्रेसको नेतृत्वमा दलाल पुँजीवादी धार, एमालेको नेतृत्वमा सामाजिक दलाल पुँजीवादी धार, राप्रपाको नेतृत्वमा राजावादी संसदीय पुँजीवादी धारका आफ्नै प्रकृतिका अन्तर्विरोध कायम छन् ।
(ख) नयाँ धु्रवीकरणको सम्भावना । एकातिर दलाल पुँजीवादी धार, सामाजिक दलाल पुँजीवादी धार र राजावादी संसदीय पुँजीवादी धारा मधेसवादीसहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृत्तिहरू र अर्कोतिर क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरि किसान, मजदुर, श्रमजीवी मध्यमवर्ग, देशभक्त, राष्ट्रवादीलगायत क्रान्तिकारी शक्तिहरू ।
(ग) साम्राज्यवादी शक्तिहरूको हस्तक्षेपमा वृद्धिको सम्भावना बढेर गएको छ, जसको असर नेपालको राजनीतिमा समेत देखिँदै गएको छ । पहिलो ः भारत र चीनको घेराबन्दी, दोस्रो ः युरोपियन युनियनको घेराबन्दी, तेस्रो ः अमेरिकालगायत उत्तर साम्रज्यवादी शक्तिहरूको घेराबन्दी, चौथो ः विभिन्न आईएनजीओमार्फत हुने घेराबन्दी ।
(घ) झनै राष्ट्रघात र जनघात बढ्ने सम्भावना । भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणमा सुरक्षा र परराष्ट्र मामिला भारतलाई सुम्पनुपर्ने तर्कले प्रस्ट हुन सकिन्छ ।

निकास
(क) सही राजनीतिक दृष्टिकोणको आवश्यकता हुन्छ, त्यो नेपाल कम्युनिस्ट पार्टीले निर्माण गर्दै गइरहेको छ ।
(ख) संसद्वादप्रतिको सही धारणा बन्न आवश्यकता छ ।
(ग) सङ्घर्षप्रतिको सही दृष्टिकोण । अपमानित राष्ट्रमा नै फासिवाद हुर्कन्छ – जर्जी दिमित्रोब ।

१. प्रथम विश्वयुद्ध
साम्राज्यवादी स्वार्थको टकरावको परिणामका कारण भयो; जसले धेरैभन्दा धेरै उपनिवेश कब्जा गर्न चाहन्थे ।

२. दोस्रो विश्वयुद्ध
दोस्रो विश्वयुद्ध विश्व कब्जा गर्ने फासिवादी अहङ्कारका कारण भयो । यसले थुप्रै मुलुकहरू मुक्त बने; जसमा केही सन्दर्भलाई हेर्न सकिन्छ । सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफियासहित गोलीको सिकार भए । त्यसरी आक्रमण गर्नेहरू सर्वियाली थिए । यही घटनाले प्रथम विश्वयुद्धको सुरुआत भएको थियो । जसमा मानवीय क्षति निकै ठूलो भयो । 

रुस, फ्रान्स, अमेरिका संलग्न गठबन्धन राष्ट्रहरूबाट ः २ करोड, २० लाख, ६४ हजार । 
जर्मनी, टर्की, अस्ट्रो हङ्गेरीसहितको
केन्द्रीय राष्ट्रहरूबाट ः ३ करोड, ७४ लाख, ६८ हजार । गरी जम्मा ः ५ करोड, ९५ लाख ३२ हजार मानिस मरे ।

दोस्रो विश्वयुद्ध (सन् १९३९ देखि १९४५ सम्म) सम्बनधी केही सान्दर्भिक भनाइ ः
हिटलर ः लन्डन पेरिस शासकवर्ग जबसम्म समाप्त हुँदैन, तबसम्म यो आक्रमण तथा जर्मनको विजय अभियान जारी रहनेछ ।
स्टालिन ः जर्मनवासीहरूलाई सुरक्षित राख्दै फासिवाद र हिटलरलाई जरैदेखि उखेल्न जरुरी र जर्मन र जर्मन जातिलाई छिन्न विन्न गर्नु होइन ।
अमेरिका ः पैसा ल्याऊ सामान लौजाऊ ।

हिटलर ः तीव्रगति र क्रूरतामा सारा शक्ति लुकेको हुन्छ ।
स्टालिन ः मानवताको रक्षाको यस लडाइँमा सोभियत सङ्घले रगत, बेलायतले कुटनीति र अमेरिकाले हतियार दियो । स्टालिनग्रादमा फासिवादसँगको भिडन्तको क्रममा हिटलर भने– कुनै पनि हालतमा स्टालिनग्राद कब्जा गर्नू ।
सोभियत सङ्घ ः कुनै पनि मूल्यमा फासिवादलाई नस्ट गर्नुपर्छ । यी भनाइले कति भयानक सन्दर्भसहित अघि बढेको थियो दोस्रो विश्वयुद्ध भन्ने कुरा बुझ्न सकिन्छ ।

भौतिक सम्पत्तिको क्षति
जर्मनी ः ४२ हजार करोड, इटाली ः ४२ हजार करोड, अमेरिका ः ३१ हजार ८ सय
करोड, बेलायत ः ३१ हजार करोड, सोभियत सङ्घ ः १२ हजार ८ सय करोडलगायत ।
दोस्रो विश्वयुद्धमा मानवीय क्षति ः सोभियत सङ्घ ः २ करोड, ८० लाख, जर्मनी ः ८० लाख, पोल्यान्ड ः ६० लाख, भारत ः ५० लाख (भोकमरीसहित), चीनमा ः ३० लाख मानिसले जीवन गुमाए, झन्डै पौने ५ करोड मरे ।

नेपालमा भएका सङ्घर्ष र बलिदान
(क) विभिन्न चरणमा भएका सङ्घर्षहरू र त्यसमा भएको बलिदान ।
(ख) मुख्यतः १० बर्से महान् जनयुद्धमा भएको बलिदान, बेपत्ता, अपाङ्ग–घाइतेका सन्दर्भहरू ।
(ग) देशभक्त तथा राष्ट्रभक्त शक्तिहरूको बलियो एकता ः मजदुर, किसान, मध्यमवर्ग
(नयाँ श्रमिकवर्ग), युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, देशभक्त, राष्ट्रभक्तलगायतका क्रान्तिकारी जनसमुदायहरूको एकता ।
(घ) सही दार्शनिक तथा राजनीतिक दृष्टिकोण र कार्यदिशा (एकीकृत जनक्रान्ति) सहितको आन्दोलन ः
१. गाउँ सहरको सम्बन्ध र विकास (नगरसमाजको विकास),
२. विज्ञान र प्रविधिमा विकास,
३. भूपरिवेष्ठित देश,
४. नयाँ श्रमिकवर्गको विकास,
५. जाति–जनजातिको बसोवास र अन्तर्सम्बन्ध,
६. देशभक्त शक्तिको उपस्थिति,
७. दलाल पुँजीवादी चरित्र ।

दलाल संसद्वादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ‘शान्ति, समृद्धि, स्वाधीनता र समानताका लागि वैज्ञानिक समाजवाद !’ भन्ने मूल नाराका साथ एकीकृत जनक्रान्तिमा सहभागिता हुने प्रतिबद्धता र दृष्टिकोण । “कम्युनिस्टहरूको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य
गर्नु हो ।” – माक्र्स–एङ्गेल्स कम्युनिस्ट घोषणापत्र ।

आजको सन्दर्भमा देखिएका आर्थिक समस्या–अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन आधारलाई अघि सारेको छ । एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरूका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकताअनुसार दामको नीति तय गरि
नुपर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनुपर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त
गर्ने आधाभाग गरी उनीहरूको निजी जीवनसमेत सुखपूर्ण हुनेछ । त्यसका साथै, कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरूले निजी सम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरूको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्नेछ । यो समाजका लागि सरल र आदर्शयुक्त हुनेछ । जुन कुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हल गर्न सम्भव नै देखिँदैन । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित छ । एकीकृत जनक्रान्तिको प्रक्रियाबाट दलाल सत्तालाई परास्त गर्नु र त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नु आजको अनिवार्य आवश्यकता छ ।

(नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाराको आयोजनामा २०७४ माघ २५ गते कलैया र
हेटौँडामा आयोजित अन्तत्र्रिmया कार्यक्रममा प्रस्तुत कार्यपत्र)

Thursday, September 7, 2023

दर्शन, ज्ञान र क्रान्तिकारी सङ्घर्ष


सुरुआत
ज्ञान, दर्शन र क्रान्तिकारी सङ्घर्षलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्ने, बुझ्ने रव्याख्या गर्नुका साथै, संसारलाई बदल्ने प्रक्रियामा सामेल हुनु सही कम्युनिस्टहरूको आदर्शहो । माक्र्सवादी दर्शनलाई बुझ्नु भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई बुझ्नु हो ।समाज विकासक्रमलाई बुझ्नु हो । द्वन्द्वात्मक भौतिकवादलाई मानव समाजमा लागू गर्नु नैऐतिहासिक भौतिकवाद हो । माक्र्सको भौतिक खोजहरूमध्ये ऐतिहासिक भौतिकवाद पनि एकहो । द्वन्द्वात्मक भौतिकवादले सम्पूर्ण जगत्को अध्ययन गर्दछ भने ऐतिहासिक भौतिकवादलेमानव समाजको अध्ययन गर्दछ । त्यसैले ऐतिहासिक भौतिकवादको मुख्य विषय मानवसमाजहो । ऐतिहासिक भौतिकवाद र अन्य सामाजिक विज्ञानबीचको मानव समाजको अध्ययन गर्नअन्य धेरै सामाजिक विज्ञानहरू छन् । त्यसमा एक ः इतिहास, दुई ः राजनीतिशास्त्र, तीन ःअर्थशास्त्र, चार ः न्यायशास्त्र, पाँच ः भाषाशास्त्र आदि ।

ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशील रूपमा हेर्दछ । मानवसमाजनिरन्तर परिवर्तन हँुदै जान्छ र भविश्यमा पनि परिवर्तन हुँदै जान्छ । ऐतिहासिक भौतिकवादलेसमाजमा हुने परिवर्तन समाजको भौतिक जीवनको परिस्थितिहरूमा हुने परिवर्तनबाट सुरुहुन्छ । ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्व पहिलो र सामाजिक चेतनालाई दोस्रोमान्दछ । समाज परिवर्तनका लागि ३ ओटा प्रश्नले मुख्य भूमिका खेलेको हुन्छ । एक ःभौगोलिक अवस्था, दुई ः जनसङ्ख्या, तीन ः उत्पादन प्रणाली । हामीले यो प्रक्रियालाईबुझ्ने भनेको क्रान्तिलाई बुझ्नु हो । हामी कम्युनिस्ट दर्शन (माक्र्सवादी दर्शन) लाई आत्मसात्गर्ने कम्युनिस्ट पार्टीका मान्छेहरू हौँ । हामी सबै समाजलाई क्रान्तिकारी मान्छे बनाउनचाहन्छौँ । माक्र्सवादी दर्शनलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने मान्छे बनाउन चाहन्छाँै । साथै,ज्ञण् ÷ एकीकृत जनक्रान्तिका आधारहरूबदलिएको सकारात्मक विषयहरू र जितहरूको रक्षा र विकास गर्न सकने पार्टी र मान्छेबनाउन चाहन्छौँ ।

दार्शनिक पक्ष
संसारमा धेरै दार्शनिकहरू जन्मे । संसारको बारेमा धेरैले आ आफ्नो तरिकाले व्याख्यागरे । उनीहरूले संसारलाई बुझाउने कोसिस गरे । आफ्नो तर्फबाट तर्क–वितर्क गरे । यसलाईहामीले दुई चरणमा हेर्न सक्नेछाँै ः एक, प्राचीन युनान र रोम र दोस्रो, आधुनिककाल ।पानीलाई मुख्य तत्व बताउने प्राचीन युनानका भौतिकवादी दार्शनिक (थेल्स, ६२४—५५० ईपू), अनन्त र असीम विषयलाई मूल तत्व बताउने (एनेक्सिमेन्डर, ६१०—५४६ ईपू),वायुलाई मूल तत्व बताउने (एनेक्सिमिनिज ५५८—५२८ ईपू), सङ्ख्यालाई परम् पदार्थबताउने प्रसिद्ध गणितज्ञ (पाईथागोरस ५८०—४७०), पदार्थहरूमा गति र विपरीत तत्व हुन्छभन्दै आगोलाई मूल तत्व बताउने र सर्वप्रथम द्वन्द्ववादी विचार राख्ने (हेराक्लिटस ५३५—४४७ईपु), द्वन्द्वात्मक तर्क प्रणालीका जन्मदाता तथा मूल सत् हुन्छ र त्यो सत्, नित्य, शाश्वत्,अविभाज्य र अपरिवत्र्य हुन्छ भन्ने मान्यता राख्ने (जेनो फनिज ५७९—४८० ईपू), अणुलाईमूल तत्व बताउने (एम्पिडोक्लिज ४९५—४५३ ईपू) ।

परमाणुलाई मुख्य तत्व बताउँदै तिनीहरूको सञ्चालनमा बाह्यशक्तिको अनावश्यकहुन्छ भन्ने मान्यता राख्ने (ल्यूसिम्पस ४८० ईपू), व्यक्तिगत स्वार्थलाई सर्वोच्च प्राथमिकतादिँदै, धर्म र पुरानो रीतिरिवाज र अन्धविश्वासको विरोध गर्ने (प्रोटोगरिस ४८१—४११ ईपू),गलत विचारको तर्कद्वारा उदाङ्गो पार्ने र जनतालाई भ्रम फैलाएको आरोपमा मृत्युदण्डकोसजाय पाएका (सुकरात ७७०—४०० ईपू), संसारभन्दा बाहिर विचारको स्वतन्त्र अस्तित्व हुन्छभन्दै बुद्धिगम्य ज्ञानमा जोड दिने वस्तुवादी आदर्शवादी प्राचीन युनानका महान् दार्शनिक
(प्लेटो ४२८—३४७ ईपू), ईश्वरलाई सृष्टिको आदि र अन्त्य बताउने (अरस्तु ३८४—३२१ ईपू),देवी–देवतालाई मान्य, जीवनमा सुख प्राप्तिलाई सबैभन्दा जोड दिने र संसार प्राकृतिकनियमअनुसार चल्छ भन्ने (एपिक्युरस ३४२—२७० ईपू) हरू प्राचीन युनान र रोमकालकामुख्य दार्शनिकहरू मानिन्छन्, जसले समाजबारे आ–आफ्नै मान्यताबाट व्याख्या र तर्क गरे ।

दोस्रो, आधुनिककालको समयमा पनि दार्शनिकहरू आफ्नै प्रकारले लागिपरे ।मध्ययुगीन धर्म, अन्धविश्वास आदिको आलोचना गर्दै भौतिकवादी दर्शनको स्थापना गर्ने(फ्रान्सिस बेकन सन् १५६१—१५२६) जसलाई आगमन तर्कका पितासमेत मानिन्छ । प्रकृतिबारेभौतिकवादी मत प्रकट गर्ने र पदार्थभित्र गतिको अस्तित्वलाई स्वीकार गरे तर उनले गतिकोउत्पत्ति ईश्वरले गरेको हुन्छ भन्ने मत राख्ने दार्शनिक (रेजे डेमनर्त सन् १५६९—१५५०),ईश्वरलाई परम् तत्व बताउँदै प्रकृतिको स्वतन्त्र अस्तित्व मान्ने (स्पिनोजा सन् १५३२—१६७७),चिदणुलाई संसारको मूल तत्व बताउँदै, विभिन्न दर्शन, धर्म, भौतिकवाद र आदर्शवादलाईसमन्वय गर्ने तर्क प्रस्तुत (लाई बनिज सन् १५४५—१७१६) गरे । अनुभवलाई ज्ञानको साधनबताउने (जानलाक सन् १६३२—१७०४) ले आत्मा, ईश्वर र जगत्लाई तीन तत्व माने उनलाईअनुभववादका पितासमेत मानिन्छ । ईसाइ धर्म, रुढीवाद तथा परम्परागत अन्धविश्वासकाकटु आलोचक रहेका (डेबिड ह्युम सन् १७७१—१७८९) उनले सन्देहवादको प्रतिपादन गरे ।विचारलाई परम् तत्व मान्ने र त्यो तत्व द्वन्द्वात्मक प्रकारले प्रकृतिमा बदलिन्छ
भन्ने तर्क राख्दै उनले द्वन्द्ववादको सिद्धान्तलाई व्यवस्थित रूप दिए (जर्ज विल्हेम फेडरिकहेगेल सन् १७७०—१८३१), भौतिकवाद र द्वन्द्ववादको कट्टर विरोधी तथा निराशावाद रदुःखलाई सार्वभौम मान्ने दार्शनिक (आर्थर सोपेन हावर सन् १७८८—१८६०) थिए । हेगेलकोदर्शनको आदर्शवादी पक्षको आलोचना गर्दै, भौतिकवादी विचारको प्रतिपादन गर्ने दार्शनिक(फायरबाख सन् १८०४—१८७२) हुन् ।

त्यसो गर्दा उनले हेगेलको द्वन्द्ववादको पनि विरोध गरे । साथै उनले मानव जीवनमाधर्मको आवश्यकतामाथि उनले जोड दिए । (कार्ल माक्र्स सन् १८१८—१८८३) उनले (फ्रेडरिकएंगेल्स सन् १८२०—१८९५) सँग मिलेर द्वन्द्वात्मक भौतिकवादको स्थापना गरे । इतिहासर समाज विकासको क्षेत्रमा समेत दर्शनको विकास गरेर ऐतिहासिक भौतिकवादको समेतप्रतिपादन गरे । माक्र्सवादी दर्शनको सबैभन्दा ठूलो विशेषता भनेको दर्शनलाई दर्शनसँगजोडेर त्यसको मुख्य कार्य भनेको विश्वको व्याख्या गर्नु मात्र नभएर त्यसलाई बदल्नु होभन्ने कुराको व्याख्या गरे ।

कार्ल माक्र्सको पालापछि पनि (फ्रान्सिस हरवर्ट ब्रेडल सन् १८४६—१९२४) उनलेनिरपेक्ष सत्यलाई सत्य बताए । निरपेक्षवादको तीव्र आलोचना गर्दै, संसारका वस्तुहरूकोस्वतन्त्र अस्तित्व हुन्छ र उनले नव–यथार्थवादको सिद्धान्तलाई विकसित गरे । नव–प्रत्यक्षवादका प्रतिनिधि मानिने (बटनाई रसेल सन् १८९२—१९७०) देखि एक वर्गद्वारा अर्कोवर्गको उत्पीडन र वर्गीय प्रभुत्वलाई प्राकृतिक बताउने (बेर्गसा सन् १८५९—१९४१) सम्मका
दार्शनिकहरू क्रियाशील रहे । तत्पश्चात् पनि कैयौँ दार्शनिकहरूले आफ्नो तर्कहरू दिँदैआएका छन् ।

आजसम्मको यी दर्शनहरूको मुख्य आधारलाई हेर्ने हो भने माक्र्सवादी दर्शन नैश्रमजीवी, उत्पीडित जनताको सही दर्शन हो । यसको गरिमा, ओज र सान्दर्भिकतालाईहामीले आत्मसात् गर्नुपर्ने महत्व आज पनि त्यत्तिकै छ, जतिबेला रुसमा समाजवाद, युरोपतथा चीनमा जनवादी–समाजवादी सत्ताको स्थापनाले विश्वका बहुसङ्ख्यक जनतामा उत्साहपैदा गरेको थियो र आदर्शवादी तथा प्रतिक्रियावादी सत्ताका तानाशाहहरूमा ठूलो खैलाबैलामच्चाएको थियो । शासन–सत्तामा जनता–सर्वहारावर्गको अधिनायकत्व सम्भव छ भन्ने कुराविश्वसामु प्रस्टाएको थियो । त्यसैले माक्र्सवादी दर्शन नै आजको विश्वको सर्वश्रेष्ठ दर्शन रबाटो हो भन्ने मान्यतामा हामी क्रान्तिकारीहरू कहीँ विचलित हुनुपर्दैन ।

ज्ञानको सिद्धान्त
हामीले के गर्ने ? युद्ध वा क्रान्ति ? यसको फैसला कसरी हुन्छ ? के युद्ध रक्रान्ति एउटै विषय हो ? यसको ज्ञान कसरी प्राप्त गर्ने ? भन्ने विषयहरूलाई बहसकोविषय बनाउनुपर्दछ । यसका भ्रमलाई चिर्नुपर्दछ । यसको फरक कुरालाई बुझ्न र बुझाउनसक्नुपर्दछ । त्यसका लागि हामीले ज्ञानको सिद्धान्तको केही दार्शनिक पक्षलाई बुझ्नआवश्यक हुन्छ । दर्शनको धेरै भाग र पक्षहरू छन । त्यसमध्ये एक हो, ज्ञानको सिद्धान्त ।ज्ञान कसरी प्राप्त हुन्छ ? ज्ञानको स्रोत के हो ? हाम्रा प्राप्त ज्ञान कहाँसम्म सत्य हुन्छ ?प्राचीनकालदेखि नै यसबारेमा बेग्लाबेग्लै मत रहँदै आएको छ ।

अनुभववाद, बुद्धिवाद, अज्ञेयवाद, आदर्शवाद, भौतिकवाद आदिले यसबारेमाबेग्लाबेग्लै धारणा बनाएको हुन्छ । हरेक दार्शनिकले ज्ञान मीमांसाबारे आफ्नो विचार प्रकटगरेका छन । मानवजातिको इतिहासमा अहिलेसम्म यससम्बन्धी अनुभव र ज्ञानको विशालखोज–अनुसन्धान गरेर माक्र्सवादले ज्ञानसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण प्रतिपादनगरेको हो ।ज्ञान प्राप्तिको विषयमा पदार्थको प्रश्नले विशेष महत्व राख्दछ । भौतिक पदार्थ केहो ? भौतिक संसार के हो ? बाह्य संसार के हो ? यो छ वा छैन ? यो सत्य हो वा होइन ?यो आजसम्मका दार्शनिकहरूको ज्ञान प्राप्तिको प्रमुख लडाइँ हो । धेरै दार्शनिकले पदार्थकोअस्तित्वलाई नै अस्वीकार गरेका छन् । चेतना पदार्थको स्वाभाविक गुण हो र प्राकृतिकविकासको उच्च विकसित परिणाम हो ।
ज्ञानको उद्देश्य के हो ? संसारलाई बुझ्नु, संसारको व्याख्या गर्नु । तर, माक्र्सवादलेबुझ्नु र व्याख्या गर्नुलाई मात्र मुख्य ठान्दैन, यसलाई बदल्नुसँग जोडेर हेर्दछ । ज्ञान कसरीप्राप्त हुन्छ त ? यसबारे संसारमा दुईओटा मतले विशेष महत्व राखेका छन् ः प्रथम, ज्ञानकोस्रोतलाई बाहिर देख्ने अनुभववाद । अनुभवलाई नै ज्ञानको भण्डार मान्ने दृष्टिकोण बेकन,वर्कले, ह्यूम आदिले राखे । दोस्रो, हाम्रो आत्मालाई मात्र ज्ञानको स्रोत मान्ने बुद्धिवाद ।
यसैको जगमा माक्र्सवादले ज्ञानको स्रोत पदार्थलाई मान्यो । विज्ञान, प्रविधि, टेक्नोलोजीकोयुगसम्म आइपुग्दासम्म संसारमा यही विषमा चर्काचर्की छ । ज्ञानको आधार के हो ? पदार्थवा चेतना ? भौतिक वस्तु वा पदार्थ या मन, चेतना ? माक्र्सवादले ज्ञान प्राप्तिको आधारपदार्थलाई मानेको छ । भौतिक वस्तु नै ज्ञान प्राप्तिका कच्चा पदार्थहरू हुन् ।

द्वन्द्वात्मक भौतिकवादले पदार्थ, गति, दिक्, काललाई अध्ययनको प्राथमिक विषयबनाउँछ । द्वन्द्वात्मक भौतिकवादले प्रकृति र ब्रह्माण्डको अध्ययन गर्दछ । (क) पदार्थ ः पदार्थभनेको ब्रह्माण्डमा विद्यमान रहेको सम्पूर्ण भौतिकवस्तुलाई मानिन्छ । (ख) पदार्थ उत्पत्ति रनास हुँदैन, मानिसको दिमाग पदार्थको विशिष्ट उपज हो । (ग) पदार्थ गतिको अन्तर्विरोधकोउच्चतम् रूप हो । त्यसैले ज्ञान प्राप्तिका आधार पनि यही विषयलाई माक्र्सवादले मुख्यविषय मानेको छ ।

प्राप्त ज्ञान केका लागि ? बुझ्नु र व्याख्या गर्नु वा बुझ्ने, व्याख्या गर्ने सँगै बदल्ने ?हामी माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी, माओवादीहरूले बुझ्ने, व्याख्या गर्ने विषयसँगैबदल्ने कुरालाई महत्वका साथ हेर्दछाँै । आजको कम्युनिस्ट आन्दोलनभित्र (मोहनविक्रमलेनेतृत्व गरेको मसाल, प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, सिपी मैनालीले नेतृत्व गरेकोमाले, केपीले नेतृत्व गरेको एमाले, वैद्यले नेतृत्व गरेको (क्रान्तिकारी माओवादीले जो नामकोअगाडि आफूलाई नेपाल कम्युनिस्ट पार्टी लेखेका छन्) उनीहरूमा ज्ञानको सिद्धान्त कहाँ
लागू हुन्छ ? माक्र्सवाद कहाँ झल्कन्छ ? द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कहाँजोडिन्छ ? आजको उदेकलाग्दो प्रश्न यही हो, जो संसार बदल्ने कुरा छोडिसकेका छन्वा संसार बदल्न सम्भवै छैन वा राजनीतिक क्रान्ति समाप्त भइसक्यो वा परिस्थिति बनेकोछैन वा बल प्रयोग सम्भव नै छैन जस्ता प्रश्नभित्र माक्र्सवाद, मालेमावादको सम्बन्ध कहाँजोडिएको छ ? द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादसँग उनीहरूले नेतृत्वगरेका पार्टीहरूको के नाता छ ? यी प्रश्नको हल खोज्दै, नेपाल कम्युनिस्ट पार्टी माओवादीलेक्रान्ति सम्पन्न गर्न खोजिरहेको छ ।हामीले के गर्ने ? क्रान्ति । क्रान्ति भनेको निश्चित दर्शन, सिद्धान्त, विचार,कार्यदिशा, नीति, रणनीति, कार्यनीति र क्रान्तिकारी पार्टीले सञ्चालन गरेको हुन्छ । त्यसकोलागि राष्ट्रिय–अन्तर्राष्ट्रियअनुकूल परिस्थिति, सक्षम नेतृत्वको आवश्यकता हुन्छ । माओलेभन्नु भएजस्तै ३ जादुगरी हतियार एक, क्रान्तिकारी पार्टी, दोस्रो, क्रान्तिकारी सेना र तेस्रो,क्रान्तिकारी संयुक्त मोर्चा (सत्ता) अनिवार्य हुन्छ । नयाँ जनवाद, समाजवाद र साम्यवादीलक्ष्य क्रान्तिको केन्द्रीय विषय बनेको हुन्छ । हाम्रो पार्टीलाई विभिन्न कोणबाट युद्धवादी भनेरहल्लाा पिटाइराख्ने गरिएको छ तर नेकपा माओवादीले युद्ध होइन, क्रान्ति गर्न खोजेको हो,क्रान्ति शान्तिका लागि गरिन्छ । अधिकारका लागि गरिन्छ । स्वाधीनताका लागि गरिन्छ ।सम्पूर्ण खाले बन्धनबाट मुक्तिका लागि गरिन्छ ।

यो कुरालाई सबैले बुझ्न आवश्यक छ । यो विषयलाई आम बहसको विषयबनाउनुपर्दछ । यसका भ्रमहरूलाई चिर्नुपर्दछ । त्यसैले हाम्राअगाडि आज मात्र दुईवटा बाटाछन् ः एक, आजको परिवेश र भौतिक जगत्ले र सिर्जना गरेका ज्ञान–सीपलाई प्रयोगगरेर क्रान्तिकारी आधार तयार पार्न र क्रान्ति सम्पन्न गर्न लाग्नु, दोस्रो, आत्मसमर्पण,यथास्थितिवाद, नवसंशोधनवाद, जडसूत्रवादको चङ्गुलमा फस्दै प्रतिक्रान्तिकारी, आदर्शवादीर संसद्वादी सत्तालाई मलजल गर्ने, उसैको तावेदारी गर्ने र बुर्जुवा सत्तामा कुर्सीको आयुलामो बनाउने खेलमा संलग्न हुन् । आजको कम्युनिस्टहरू र क्रान्तिकारीहरूका लागि यहीदुई विषय आजका मुख्य र सान्दर्भिक छन् ।


माक्र्सवादी दर्शनको जगमा खडा भएका क्रान्ति
विश्वका धेरै मुलुकमा माक्र्सवादी दर्शन, नीति, सिद्धान्तका आधारमा क्रान्ति सञ्चालनगरियो । कतिपय क्रान्ति विजयसम्म पुग्न सकेनन् । सन् १८७१ मा पेरिस कम्युनको स्थापनाभयो । सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो र सोभियत समाजवादी सत्ताको स्थापनाग¥यो, जसको नेतृत्व रसिएन कम्युनिस्ट पार्टी बोल्सेविकले गरेको थियो ।

रोजा लक्जेम्बर्ग र कार्ल लिबेक्नेच्टको नेतृत्वमा सन् १९१८ देखि १९१९ सम्म जर्मनक्रान्ति सञ्चालन गरियो । त्यस्तै, सन् १९१९ मा बेला कुको नेतृत्वमा ५ महिनासम्म हंगेरियनक्रान्ति गरियो । मंगोलियन जनक्रान्तिकारी पार्टीको नेतृत्वमा मंगोलियन क्रान्ति सन् १९२१मा सञ्चालन भयो । चिनियाँ कम्युननिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा दीर्घकालीनजनयुद्धमार्फत चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९४५ मा भियतनाममा अगस्टक्रान्ति सञ्चालन गरियो । किम इल सुङको नेतृत्वमा रहेको ‘वर्कर्स पार्टी अफ कोरिया’ लेसन् १९४८ मा ‘डेमोक्र्याटिक पिपल्स रिपब्लिक अफ कोरिया’ को स्थापना भयो ।त्यस्तै, सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वोभाराको नेतृत्वमा ‘क्युबियन रिभोलुसन’सञ्चालन भयो । सन् १९६३ मा कङ्गो, सन् १९६९ मा फिलिपिन्स, सन् १९७९ देखि १९९०सम्म नाइजेरिया, पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ सन् १९८०, नेपाल कम्युनिस्ट पार्टी
माओवादीले २०५२ सालदेखि दीर्घकालीन जनयुद्ध सञ्चालन ग¥यो, त्यसले १० वर्षको समयलियो । सन् १९६७ देखि भारतीय कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा आजसम्म पनिलडिरहेको अवस्था छ । यसबीचमा पूर्वी युरोपका कैयौँ देशमा क्रान्ति सञ्चालन तथा सम्पन्नभए । यसप्रकारका क्रान्ति आज हाम्रा लागि प्रेरणाप्रद छन् । क्रान्तिका दौरान हासिल भए–गरिएका सकारात्मक तथा नकारात्मक शिक्षा हाम्रा अगाडि बढ्ने आधारहरू बन्न सक्नेछन् ।

नेपालमा भएका विद्रोह र सशस्त्र सङ्घर्ष
तत्कालीन अवस्थामा सत्ताले जनतामाथि भए–गरेका दमन, उत्पीडनका विरुद्ध हाम्रोदेशमा समेत कैयौँ प्रकारका सङ्गठित वा असङ्गठित विद्रोहहरू सञ्चालन भएका छन । यीविद्रोहरू सशस्त्र प्रकारका थिए । कतिपय कम्युनिस्ट दर्शनमा आधारित थिए भने कतिपयथिएनन् । तर, सबै विद्रोहमा हतियार वा बल प्रयोग वा सशस्त्र विधिमा आधारित विद्रोहथियो । जुन कुरा आज हाम्रो लागि पनि पे्ररणादायी बन्न सक्नेछन् । राणा शासनविरुद्ध १९३३तिर लखन थापासहितले विद्रोह सुरु गरे, केही समयपश्चात् नै राणा प्रधानमन्त्री जङ्गबहादुरराणाको लखन थापासहित ६ जना युवालाई गोर्खा मनकामनामा रुखमा झुन्ड्याएर हत्यागरियो । १९८० को दशकको अन्त्यतिर प्रचण्ड गोर्खाले नेपाल प्रजापरिषद्को नाममा राणा शासनविरुद्ध सशस्त्र र निःशस्त्र आन्दोलन गरे । प्रचण्ड गोरखाका सदस्यहरूले १९८८ माभीम शमसेरमाथि बम प्रहार गरे । उक्त सङ्घर्षको दौरानमा ४ जनाको हत्या गरियो ।

१९९९ मा भारतमा आन्दोलन गरिरहेका जयप्रकाश नारायण र राममनोहर लोहियालाईराणाहरूले गिरफ्तार गरेर सिरहा जिल्लाको हनुमाननगरको जेलमा राखेका अवस्थामा नेपालीयुवाले जेलमा सशस्त्र आक्रमण गरी नारायण र लोहियालाई छुटाएर भारत पठाइदिए ।२००४ सालमा स्थापना भएको कांग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासनविरुद्ध सशस्त्रसङ्घर्ष सुरु गरेको थियो । त्यो बेला तत्कालीन सरकारले दर्जनौँको हत्या ग¥यो तर २००७
सालमा राणा, कांग्रेस र भारतको त्रिपक्षीय सम्झौतामा सशस्त्र युद्ध तुहियो । २००८ सालमासामन्तवाद र विस्तारवादविरुद्ध सुदूर पश्चिममा किसान नेता भीमदत्त पन्तले सशस्त्रविद्रोहको उठान गरे । पन्तको ‘कि जोत हलो कि छोड थलो नत्र हुनेछैन भलो’ को नारामासयौँ युवाहरू सामेल भएका थिए । २००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्रविद्रोहको उठान गरे तर राज्यको ठूलो दमन ग¥यो र उनी मारिए ।

राजाको ‘कू’ विरुद्ध नेपाली कांग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलनसुरु ग¥यो । सोही साल माघ ५ गते जनकपुरको रगभूमिमा राजाको गाडीमाथि बम प्रहारगरियो । सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फासि दिइयो । २००७सालदेखि २०१७ सालसम्म सञ्चालन भएको सङ्घर्षको दौरानमा ८ जनाले ज्यान गुमाए ।

२०१८ माघमै कांगे्रसले भरतपुर कब्जा ग¥यो । सोही सेरोफेरोमा पर्सा, कञ्चनपुर, विराटनगर,रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधि भए । यो दौरानमा ११९ जनाकोज्यान गएको थियो ।२०१९ असोज १७ गते पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएको बझाङीराजासहित ११ जना कांग्रेसी कार्यकर्तालाई शाहीसेनाले गिरफ्तार गरी वित्थडलेकमा हत्यागरियो । कांग्रेसले सशस्त्र सङ्घर्षको क्रममा २०३१ सालमा ओखलढुङ्गाको टिमुरेबोटेमा ४१जना कार्यकर्ता शाहीसेनाको अपरेसनमा मारिएका थिए । गिरफ्तार परेका लडाकु टुकुडीकानेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमाराजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरियो तर कांग्रेसले २०३३ सालमा राजासँगसहकार्य गर्ने मेलमिलापको नीति लिएपछि सशस्त्र सङ्घर्षको नीति त्याग्यो ।

२०२७ सालमा तत्कालीन पूर्व कोशी प्रान्तीय कमिटी मातहात कार्यरत झापाकाकेही कम्युनिस्टले त्यस कमिटीबाट अलग भई ‘झापा जिल्ला कमिटी नेकपा’ को स्थापनागरे । अलग पार्टीको स्थापनापछि ‘वर्ग सत्रु खत्तम पार्ने’ विद्रोह सुरु गरे । यो नै नेपालकोयोजनाबद्ध र सङ्गठित सशस्त्र सङ्घर्ष थियो । त्यो दौरानमा २३ जनालाई राज्यले मा¥यो ।

२०३० र ३१ सालमा झापामा पुन किसान सङ्घर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी,धनुक्षा, सिन्धुलीमा पनि किसान सङ्घर्ष चल्यो ।२०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोसिस गरियो ।त्यसबेला खडेरीले चितवनमा अनिकाल परेको थियो । जुगेडीमा धर्मे र घोडे भन्ने दुईसामन्तले अन्न लुकाएर राखेका थिए । चेपाङ र गुरुङ जातिको बाहुल्य रहेको त्यो स्थानमाखानका लागि सङ्घर्ष गर्नुबाहेक विकल्प नदेखेपछि २०३४ साल असार ६ गते किसानहरूलेसुरक्षा दल बनाई ती सामन्तको घर कब्जा गरे र अन्न बितरण गरियो । २०३६ सालकोआन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो भने
सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केहीयुवाले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालीन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठानगर्न खोजे तर राज्यले उनीहरूमाथि दमन ग¥यो र ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी,दलबहादुर रजन मारिए र अन्य जेलमा परे ।२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा रोल्पा थबाङी जनताले विद्रोह गरे रमतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्करकाण्डमा६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबारवरिपरि, सिंहदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको आसपास बम प्रहार गरियो ।
२०४२ साल चैतमा घोषणा भएको चुनावमा ध्वस्त पार्नका लागि तत्कालीन नेकपा (मशाल)का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण गरे । २०४६ सालकोजनआन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमाउनुपरेको थियो ।

२०५२ साल तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध सुरु गरियो र त्यो१० वर्षसम्म चल्यो र १५ हजारभन्दा धेरै सहिद बने । कैयौँ बेपत्ता छन । घाइते–अपाङ्गकोअवस्था आज पनि दयनीय छ । त्यसपछि पनि विभिन्न चरणमा सङ्घर्ष सञ्चालन गरिएकाछन् । मधेस आन्दोलन २०६२–०६३ को आन्दोलनमा पनि नेपालीको सहिद बन्ने क्रमरोकिएको छैन । यो क्रम नयाँ जनवाद, समाजवाद र साम्यवादसम्म पनि जारी रहनेछ ।वर्गको अन्त्य नहुँदासम्म चलिरहनेछ ।

सङ्घर्षमा सशस्त्रको प्रश्न
माथि उल्लिखित क्रान्ति र विद्रोहहरूका सन्दर्भहरूलाई हेर्दा कम्युनिस्टहरूले मात्रहोइन, कम्युनिस्ट विचारलाई नमान्नेहरूले पनि हतियारको प्रयोगलाई प्राथमिकतामा राखेकाछन् । सबैमा प्रायः हतियार वा बल प्रयोग वा सशस्त्र सङ्घर्षमा आाधारित छन् । यसले केबुझाउँछ भने हतियारबिनाको सङ्घर्ष वा आन्दोलन वा क्रान्ति सम्भव छैन । जब सत्ता ठूलादमन र नरसंहारमा उत्रन्छ, त्यसलाई रोक्न जनताले विभिन्न उपाय र बाटाहरू खोज्दछन् ।त्यसका लागि माओले भनेजस्तै “हतियारको बलमा टिकेको सत्तालाई परास्त गर्न हतियारनै प्रयोग गर्नुपर्दछ” भन्ने मान्यता कम्युनिस्टका लागि मात्र होइन, अन्य विचार राख्नेले पनिप्रयोग गरेका स्पस्ट उदाहरण माथिका तथ्यले प्रस्ट्याउँछ ।

जब आफूलाई कम्युनिस्ट हुँ भन्नेहरूले नै बल प्रयोग वा सशस्त्र सङ्घर्ष वाहतियारसहितको क्रान्तिलाई बेठीक ठान्छ वा सिद्धान्तको मात्र कुरा गर्दै कहिल्यै त्यसकोआवश्यकता र तयारीमा लाग्दैन वा परिस्थिति बनेको देख्दैन वा अहिले सकिँदैन भन्छ, यस्तोबेलामा प्रश्न उठ्छ कि अब उनीहरू कम्युनिस्ट हुन्छन् वा हँुदैनन् ? उनीहरू क्रान्तिकारीबन्छन् वा बन्दैनन् ? आज यही प्रश्नले एमाले, माओवादी केन्द्रको त कुरै छोडौँ, मसाल,क्रान्तिकारी माओवादीजस्ता कम्युनिस्ट भन्नेहरूलाई समेत गिज्जाइरहेको छ ।नेपाल कम्युनिस्ट पार्टीले जनताको संविधान, जनताको सत्ता, जनताको सेना, अर्कोक्रान्ति एकीकृत जनक्रान्तिको शङ्खघोष गरिसकेको छ । यो आवेग, आक्रोश र भावनाकोमात्र कुरा होइन, आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले निम्त्याएको अनिवार्यआवश्यकता हो । पार्टीले भनेकौ छ, पुरानो संविधान जनताको पक्षमा छैन, त्यसैले नयाँसंविधान, जनतामा आधारित संविधान हुनुपर्दछ ।

पुरानो सत्ताले जनतालाई सेवा सुविधा दिन सकिरहेको छैन, त्यसैले नयाँ जनताकोसत्ता । यो त आजको अनिवार्य आवश्यकता हो । यसले जनतामा उत्साह पैदा गरेको छ ।फेरि जनतामा विश्वास जगाएको छ । अहिले नेपाल कम्युनिस्ट पार्टीले धेरै हतियारकोकुरा गरेको छैन, बरु जनताको अधिकारको मात्र विषय उठाएको छ । राष्ट्रघात, जनघात,भ्रष्टाचार, कालोबजारी, कमिसनखोर, वैदेशिक हस्तक्षेप र दलाल पुँजीवादले जनतालाईपारेको असरको मात्र कुरा गरेको छ । फेरि हेक्का राख्नुपर्ने अर्को सन्दर्भ के हो भने आफूलाईअन्याय पर्दा संसारमा कोही पनि हातमा दही जमाएर नबस्ने रहेछ, मुखमा चुकुल ठोकेर पनिनबस्ने रहेछ, यही कुरा माथिको सन्दर्भहरूले समेत स्पस्ट पारेको छ ।

उपसंहार“
ज्ञान अभ्यासबाट सुरु हुन्छ र अभ्यासबाट प्राप्त गरिएको सैद्धान्तिक ज्ञानले फेरिअभ्यासमा नै फर्कनुपर्दछ । वैचारिक ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फ फड्कोमा प्रकटहुनैपर्छ र यो झन् बढ्ता महत्वपूर्ण छ”, (माओ, सही विचार कहाँबाट आउँछ, मे १९६३) माक्र्सवादी दर्शन, मालेमावादी सिद्धान्त, एकीकृत जनक्रान्तिको कार्यदिशा हाम्रालागि अघि बढ्ने वैचारिक आधार हुन् । खरानीबाट माथि उठेर वैज्ञानिक समाजवादी क्रान्तिसम्पन्न गर्ने हुटहुटीसहित पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको नेतृत्व गर्ने सक्षम पार्टीहँसिलो मुहारसहित जनतासामु उपस्थित भइसकेको छ ।

क्रान्तिका लागि क्रान्तिकारी पार्टी, सक्षम नेतृत्वको आवश्यकता रहन्छ, त्यसको पूर्णतागरिसकिएको छ । नयाँ पार्टी, नयाँ कार्यदिशा, नयाँ कार्यनीति, नयाँ एकीकृत जनक्रान्तिकोकार्यदिशा, नयाँ नेतृत्व र नयाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको वस्तुनिष्ठ विश्लेषणसहितनेपाल कम्युनिस्ट पार्टी उपस्थित भएको छ । यसर्थ, सही ज्ञान, दर्शन र क्रान्तिकारीसङ्घर्षलाई नयाँ उचाइबाट उठाउँदै एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढौँ ।

(हस्तक्षेप, मुखपत्र नारायणी ब्युरो, नेकपा, अङ्क २, वैशाख २०७५)

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...