Sunday, November 7, 2021

सहि विचार र सहि नेतृत्वले मात्र क्रान्ति संभव हुन्छ

अखिल (क्रान्तिकारी) 
केन्द्रीय समितिको मुखपत्र कम्युनिष्ट विद्यार्थी
प्रकाशित मिति ः २०७८ असोज ६ 

मिलन 
विषय प्रवेश ः 
“बर्गहरु संघर्ष गर्छन, केहि बर्ग विजय पाउछन, अरुहरु निर्मुल हुन्छन । ईतिहास यस्तै छ, सभ्यताको हजारौ बर्षको ईतिहास यस्तै छ ।” “भ्रमहरुलाई मिल्काउ, सघर्षको तयारी गर,”  “अगष्ट १४, १९४९,” क. माओ । 
विश्व सर्वहारा वर्गका महान नेता कमरेड माओले राख्नुभएको यो विचार निकै मननयोग्य छ, निकै सान्दर्भिक छ,  निकै घतलाग्दो र कम्युनिस्ट जिवनउपयोगी पनि छ । हामी अहिले पनि बर्गसंघर्षको तुफानी परिवेशमा छौ । आफ्नो बर्गलाई विजयसम्म पुर्याउनका लागि संघर्ष गरिरहेका छौ । पुरानो राज्यसत्तालाई परास्त गर्न दिनरात नभनेर सगठन निमार्णमा जुटेका छौ । उत्पीडक बर्गलाई निमूर्लपार्ने अभियानमा लामवद्ध भएका छौ । हजारौ हार र संकटहरुलाई झेल्दै, पन्छ्याउदै जितको निम्ति लम्किरहेका छौ । हामीसँग सुनौलौ प्रतिवद्धता छ । सुन्दर अठोट छ । त्यसैले त, हामीले कमरेड माओको माथि उल्लेखित भनाईलाई आत्मसाथ गर्ने मात्र होईन, जिवन दर्शनको रुपमा बुझेका छौ । यहि प्रतिवद्धता सहित हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को ऐतिहाँसिक २२ औ राष्ट्रिय सम्मेलन आईरहेको छ । २०७८ असोज ६ देखि ८ गतेसम्म सुन्दर नगरी पोखरामा सम्पन्न हुन लागिरहेको ऐतिहाँसिक २२ औ राष्ट्रिय सम्मेलनको उद्धघाटन हाम्रो जनप्रीय पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले गर्नुहुने कार्यक्रम तय भएको छ । यो राष्ट्रिय सम्मेलनलाई नयाँ विचार निमार्ण र क्रान्तिप्रति दृढ विश्वास तथा प्रतिवद्धता बोकेको नेतृत्व र वैज्ञानिक समाजवादी शिक्षा नीतिको कोशेढुड्डा र एकत्वको रुपमा सम्पन्न हुनेछ भन्नेमा आशा राख्दछु ।  

नेपालमा कम्युनिस्ट आन्दोलनको सकरात्मक पहल ः 
२००६ साल वैशाख १० (अङ्ग्रेजी संवत् सन् १९४९ अप्रिल २२) गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपालको कम्युनिस्ट पार्टीले आज ६८ वर्ष पार गरेको छ । यसविचमा कैयौ उतार चडावबीच नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्दै यहासम्म आईपुगेको हो । पहिलो, नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने र श्रमजिवीबर्गको आवाजहरुलाई संगठित गर्दै नेपालबाट क्रान्तिको उद्धघोष गर्ने पहल निकै महत्वपूर्ण र सहासिक कदम थियो । दोश्रो नेपालमा कम्युनिस्ट पार्टीका स्थापनासँगै कम्युनिस्ट पार्टी, नीति र नेतृत्वहरुमा देखिएका विचलनहरु र यसले पारेको नकरात्मक असरहरुलाई आज पनि घोत्लिएर हेर्न सकिने अवस्था बनिरहेको छ । जो नेपालमा कम्युनिस्ट पार्टीको स्थापना देखि आजसम्म निरन्तर चल्दै आएको छ । जसले जनतालाई ठुलो विस्वासघात र पिडादायी बनाउदै लगेको सन्दर्भहरु छन । तेश्रो कैयौ जटिलता, कैयौ संकट र कैयौ कहालिलाग्दो दमन, गिरफ्तार, हत्या, हिंसाको बीचमा पनि कम्युनिस्ट पार्टीको विकाश र विस्तारले नेपालमा निकै ठुलो छलाङ र फड्को मार्दै आएको सन्दर्भले आज हाम्रो छाती आकाशभन्दा ठुलो भएको अनुभुति हुन्छ । नामधारी कम्युनिस्टहरुको भेलबाडी चलिरहेको यस्तो कहालीलाग्दो अवस्थामा पनि जनताले कम्युनिस्टलाई मन पराउनु र समाजवादी पङ्तीमा आफुलाई उभ्याउनु निकै आशावादी परिवश हाम्रो देशमा छ । 

चौथो कैयौ विद्रोह, कैयौ बलिदान, कैयौ संघर्षका बीच नेपालको कम्युनिस्ट आन्दोलन यहाँसम्म आईपुगेको हो । झापा विद्रोह र त्यसको नेतृत्वले गरेको विचारको विचलन, १० बर्षे महान जनयुद्ध र त्यसको नेतृत्वकर्ताको विचलनको श्रङ्खलाहरुलाई हेर्दा कैयौ क्रान्तिकारी बलिदानहरुको अवमुल्यन भएको सन्दर्भहरु ताजै घटनाको रुपमा हेर्न सकिन्छ । यसका कैयौ नकरात्मक विरासतहरुको चाड्ड नेपालको कम्युनिस्ट आन्दोलनले बेहोरेको पिडादायी परिवेश छ यसलाई समिक्षवोध गर्न आवश्यक छ । पाँचौ १० बर्षे महान जनयुद्ध र त्यसको मुल नेतृत्वको विचलन र प्रतिक्रान्तको विरुद्ध धावा बोल्दै त्योसँग सम्वन्ध विच्छेद गरेर नयाँ परिवेशमा क्रान्तिको उद्धघोषका निम्ति गरिएको पहल र एकीकृत जनक्रान्तिको नया पहल गर्दै नयाँ परिवेशमा नयाँ क्रार्यदिशा र नेतृत्व तथा नयाँ क्रान्तिको मार्गचित्र कोरेर  कमरेड विप्लवको नेतृत्वमा जनतालाई गोलवन्द्ध गर्ने महान र ऐतिहाँसिक क्रान्तिको पहल निकै आशालाग्दो गरि नेपाली भुमिका उभिएको कुरा सर्लड्ड बनिसकेको छ ।  

“कायरहरु घुडा टेक्छन्, क्रान्तिबाट भाग्छन् बहादुरहरुले क्रान्ति लड्छन् जित्छन् र अघि बढ्छन् ।” होचीमिन्ह 
यो महान भनाई पनि निकै मननयोग्य छ  ।  जनताको जायजमाग उठाउदा हाम्रो जनप्रीय पार्टी माथि प्रतिवन्घको क्रुर र असोभनिय षडयन्त्रको नाटक रचियो । दमन गरियो, कमरेड कुमार, कमरेड तिर्थ, कमरेड धनरुप बटाला लगाएतलाई गोलीले ठोकेर हत्या गर्ने कायरतापूर्ण कार्य भयो । हजारौ नेता कार्यकर्ताहरुलाई अनावश्यक गिरफ्तार गरेर दुख दिने काम भयो । झुट्टामुद्धामा फसाउने र जेल नेलको कहरमा दुख दिने कार्य भयो ।  अझै पनि एकसय भन्दा धेरै नेता कार्यकर्ताहरु जेलमै रहनुभएको छ ।

तत्कालिन केपी नेतृत्वको सरकार र हाम्रो जनप्रीय पार्टीबीच ३ बुदेँ संझौता भयो । तर त्यो ३ बुदेँ सझैताप्रति दलाल राज्य सत्ता अझै पनि सकरात्मक देखिदैन, त्यसलाई कार्यन्वयन गर्ने सन्दर्भमा कैयौ आलटाल र धोकाधडीका चित्रहरु क्यानभासमा देखिन सकिन्छ । प्रतिवन्ध फिर्ता, झुट्टामुद्धाहरुको खारेजी र जेलमा रहनुभएका नेता कार्यकर्ताहरुको रिहा ३ बुदेको प्रारम्भिक विषय थियो । तर यिनै विषयहरुमा पनि सरकारको तर्फबाट ईमान्दारिता देखाएको पाईएको छैन । यसमा स्पस्ट कुरा के हो भने दलाल सरकारले षडयन्त्र गरेर क्रान्तिकारीहरुलाई फेरी फसाउने जाल फ्याकिरहेका छन् भने त्यो षडयन्त्रलाई चिर्न र प्रतिकार गर्न क्रान्तिकारीहरु हरदम तयार रहनु पर्दछ । ३ बुँदे संझौतामा सरकार ईमान्दार नहुने हो भने विद्रोहको झण्डा फेरी उठाउनु बाहेक जनताको अगाडि अर्को विकल्प छँदै छैन । अन्यायले विरोध निम्त्याउछ, विरोध ले दमन निम्त्याउछ, दमनले प्रतिरोध निम्त्याउछ र प्रतिरोधले नयाँ युगको जन्मदिन्छ संसारभरी चल्दै आएको परिवेश यहि हो । 

सहि रणनीति र कार्यनीतिको श्रङ्खलामा हाम्रो जनप्रीय पार्टी ः 
हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऐतिहाँसिक आठौ महाधिवेशन २०७३ मा ऐतिहाँसिक रुपमा क्रान्तिको उज्जल दिशावोध सहित सम्पन्न भयो । संसद्वाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ ! माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ !! भन्ने मुलनाराका साथ हाम्रो जनप्रीय पार्टीको आठौ महाधिवेशन सम्पन्न गरिएको थियो । त्यो आठौ महाधिवेशनले पछिल्लो राष्ट्रिय तथा अन्तरराष्ट्रिय वस्तुस्थितिको सहि मुल्याड्डकन गर्दै पार्टीको नीति, कार्यक्रम र योजनाहरुलाई क्रान्तिको सहि मार्गदर्शनतर्फ केन्द्रीत र अग्रसर बनाउने बाटो कोर्यो । एकीकृत जनक्रान्ति मार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिवद्धतालाई अघि सार्यो । र एकीकृत जनक्रान्तिका ७ विशेषताहरुलाई प्रस्टसँग ब्याख्या गर्दै नेपालमा क्रान्तिको भविश्यलाई उज्यालो तर्फ दिशावोध गर्यो । त्यसका साथै आजको पुँजिवादको अवस्था र त्यसको चरित्रलाई स्पस्ट रुपमा परिभाषित गर्ने कार्यलाई स्पस्ट बनायो । र आजका कैयौ दार्शनिक, राजनीतिक, अर्थनीति र अर्थब्वयवस्था, क्रान्तिको मार्गचित्रहरुका सन्दर्भमा नयाँ सन्दर्भले ब्याख्या र विष्लेषण गरेर अघि बढदै आईरहेको छ । सहि विचार र सहि नेतृत्वले मात्र क्रान्ति संभव हुन्छ भन्ने मान्यतालाई आत्साथ गर्दै हाम्रो पार्टी अघि बढिरहेको छ । 

एकीकृत जनक्रान्तिका ७ विशेषताहरु ः 
१) नगरसमाजको विकास 
२) नयाँ श्रमिक वर्गको विकास 
३) विज्ञान र प्रविधिको विकास
४) आर्य, जनजाति, मधेसी र दलित समुदायको बसोबास 
५) देशभक्त शक्तिको उपस्थिति 
६) भूपरिवेष्ठित देश 
७) दलाल पुँजीवादी चरित्र  

विश्वस्तरमा स्थापीत क्रान्तिका मुख्यत २ मोडलहरुमा “सशस्त्र जनविद्रोह र दिर्घकालिन जनयुद्ध” को प्रकृयाले अव नेपालमा क्रान्तिलाई विजयसम्म पुर्उन नसकिने निष्कर्ष सहित एकीकृत जनक्रान्तको नयाँ कार्यदिशा पार्टीले अघि सारेको र आठौ महाधिवेशले त्यसलाई सहि निर्णय गरेर अघि बढिरहेको सन्दर्भमा एकीकृत जनक्रान्तको ७ वटा विशेषताहरुलाई अघि सारेको हो । आज विकाश भएको नगर समाज त्यसले पारेको प्रभाव र त्यसका अन्तरविरोधहरुलाई सहि र वस्तुनिष्ठ ढंड्डले कार्ययोजनालाई मुर्तिकृत गर्ने, आजको युगमा श्रमको रुपान्तरण र नयाँ श्रमिक बर्गको विकासले फड्को मारेको परिवेशमा त्यो नयाँ श्रमिक बर्गलाई क्रान्तिको मुलधारमा समाहित बनाउनु र पछिल्लो समय विज्ञान र प्रवृधिले जुन फड्को मारेको छ त्यसलाई नजर अन्दाज गरेर कुनैपनि देशमा क्रािन्त सम्पन्न हुन सक्दैन । जात जाति र समुदायको आजको मनोविज्ञान र त्यसले पारेको सकरात्मक सम्वन्ध र अन्तरविरोधहरुलाई वस्तुनिष्ठ ढंड्डले क्रान्तिको मार्गचित्रमा समावेश गर्नु, देशको भौगोलिक अवस्थाले पार्ने प्रभाव र देशमा विकाशहुँदै गएको देशभक्त शक्तिहरुको उपस्थिति र दलाल पुँजिवाद त्यसले पारेको प्रभाव र पुँजिवादको पनि रुपान्तरणको प्रकृयालाई सहि र वस्तुनिष्ठ निष्कर्षविना कुनै पनि देशमा क्रान्ति असम्भव छ, त्यसैले हाम्रो जनप्रीय पार्टीले एकीकृत जनक्रान्तिका ७ विशेषताहरुलाई स्पस्टरुपमा ब्याख्या गर्दै आफ्नो आगामी क्राािन्तको सहि कार्यदिशा तय गरेको कुराले नेपाली जनता र क्रान्तिमा ठुलो भरोसा पैदा गरेको छ । 

उत्तर साम्राज्यवादको विशेषताहरु ः 
आजको पुँजिवाद वा साम्राज्यवाद उत्तरसाम्राज्यवादमा विकाश भएको छ । अथवा यो पुँजीवाद मरनासन्न छ, वा अन्तिम चरण छ, वा ढिकमा पुगेको छ त्यसैले यसले मानवसमाजमा विभिन्न राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र प्राविधिक विशेषताहरू पक्डेर अघिबढिरहेको छ यसलाई संक्षीप्तमा निन्नानुशार उल्लेख गर्न सकिन्छ । 

१) उत्तरसाम्राज्यवादका राजनीतिक विशेषता ः 
क) प्रतिस्पर्धात्मक र आवधिक निर्वाचनपद्धतिको प्रयोग, ख) समावेशी, समानुपातिक र सहभागितामूलक परिवेश, ग) लोककल्याणकारी नाराको प्रयोग, घ) मानवअधिकारको प्रचार, ङ) धर्मराजनीतिको प्रयोग, च) जातिवादको प्रयोग, छ) अत्याधुनिक सैन्य प्रविधिको प्रयोग र ज) चरम अधिनायकत्वको प्रयोग आदी रहेका छन् । उत्तर साम्राज्यवादले माथि उल्लेखित विशेषताहरुलाई आफ्नो हितानुकुल प्रयोग गरेर संसारभरका उत्पीडित राष्ट्र र जनतामाथि आफ्नो हैकम चलाउदै आएको छ । क्रान्तिकारीहरुले यि विशेषताहरुलाई सहिरुपमा बुझेर आफ्नो रणनीति र कार्यनीति तय गर्नु अनिवार्य हुन्छ । 

२) उत्तरसाम्राज्यवादका आर्थिक विशेषता ः 
क) निगम पुँजीको प्रयोग, ख) समन्वयकारी रूपको प्रयोग, ग) सामाजिक सुरक्षाको प्रचार, घ) पुँजीको भूमण्डलीकृत चरित्र आदी रहेका छन् । उत्तरसाम्राज्यवाद निगमपुँजिवादको माध्यमबाट संसारसामु उपस्थित भएको, शोषणको नयाँरुप निगमपुजिलाई प्रयोग गरेर आएको छ । जस्तो नेपालको सन्दर्भमा हामीले एनसेललाई लिन सकिन्छ । निगम पुँजिलाई संसारभर एउटै नीति र एउटै छाताबाट परिचालन गरेर उत्तरसाम्राज्यवाद मानव समाजमा उपस्थित भैरहेको छ । र यो निकै घातक अवस्थामा रहेको छ । 

३) उत्तरसाम्राज्यवादका सांस्कृतिक विशेषता ः 
क) खुल्ला र भद्दा रूपको प्रयोग, ख) चरम उपभोगवादको प्रयोग, ग) धर्म–संस्कृतिको प्रयोग, घ) दलालीकरणको व्यापक वृद्धि आदी छन । दासयुग, सामन्तवादी युग, पुँजिवादी युग, साम्राज्यवादी र उत्तरसाम्राज्यवादी युगहरुमा आ आफ्नै प्रकारको साँस्कृतिक विशेषताहरु थिए र छन । आजको युगमा चरम र खुल्ला, अस्लिता, चरम उपभोग, धार्मिक कर्मकाण्डिय, र ब्यापक दलालीकरणबीच आजको उत्तरसाम्राज्यवाद अघि बढिरहेको छ । 

४) उत्तरसाम्राज्यवादका सामाजिक विशेषता ः 
क) नगर समाजको विकास, ख) प्राविधिक समाजको विकास, ग) नयाँ श्रमिक वर्गको विकास, घ) नवऔपनिवेशिक चरित्र । आजको समाज गाँउ वा शहरमा मात्र केन्द्रीत छैन । मानव समाज नगरसमाजमा, प्राविधिक समाजमा र त्यो समाजहरुमा नयाँ श्रमिक बर्गहरुको विकाश र सम्मिलन भएकोरुपमा छ । यसलाई नवऔपनिववेशिक चरित्रमा प्रयोग गर्दै उत्तरसाम्राज्यवादका सामाजिक विशेषताहरु आज हाम्रो सामु उपस्थित भएको छ । 

५) नेपालका अर्थराजनीतिक अन्तरविरोधहरू ः 
क) दलाल सत्ता र क्रान्तिकारी शक्तिबीचको सङ्घर्ष, ख) दलाल तत्व र देशभक्त शक्तिबीचको सङ्घर्ष, ग) संसद्वादी–संसद्वादी दलालबीचको सङ्घर्ष, घ) दलाल सत्ता र आम उत्पीडित वर्ग, राष्ट्र, क्षेत्र, लिङ्गबीचको सङ्घर्ष आदी छ । 

६) आर्थिक दृष्टिले नेपालमा ८ वटा वर्गः 
१) दलाल पुँजीपति वर्ग, २) सामन्त वर्ग, ३) राष्ट्रिय पुँजीपति वर्ग, ४) सुदखोर, माफिया वर्ग, ५) नयाँ श्रमिक वर्ग (मध्यम वर्ग), ६) सर्वहारा वा मजदुर वर्ग, ७) किसान वर्ग, ८) भूमिहीन सुकुमबासी वर्ग आदी छन । यसमा पहिलो, दोश्रो, चौथो, जनविरोधी बर्ग हो भने, तेश्रो, पाँचौ, छैठौ, सातौ र आठौ क्रान्तको मित्रबर्गहरु हुन । यसको आधारमा हामीले हाम्रो नीति तय गर्नु पर्दछ ।
 
७) राजनीतिक दृष्टिले ७ वटा शक्ति ः 
१) दलाल पुँजीवादी शक्ति, 
२) पुँजीपति शक्ति, 
३) नोकरशाही शक्ति, 
४) सुदखोर, माफिया शक्ति, 
५) देशभक्त शक्ति
६) सुधारवादी शक्ति
७) क्रान्तिकारी शक्ति

८) एकीकृत जनक्रान्तिलाई अघिभुत बनाउन पाटीै केन्द्रीय समितिको धरान विस्तारित बैठकले क्रान्तिका भौगोलिक आधार र  विशेषतालाई विश्लेषण गरेर पार्टीको योजनालाई केन्द्रीकृत गर्यो ।  जसले पार्टीको नीति र एकीकृत जनक्रान्तिको राजनीतिक तथा वैचारिक र संगठनात्मकरुमा देशका सम्पूर्ण भौगोलिक आधार र क्षेत्रहरुमा केन्द्रीत बन्न सक्यो । नेपालको चाहे पूर्वहोस, या पश्चिम, तराई होस या हिमाल, पहाड, शहरी क्षेत्रहोस या गाँउ, चुरेक्षेत्र होस या महाभारत जनताको बसोबास गर्ने सवैक्षेत्रहरुमा पार्टी पुग्यो । र एकीकृत जनक्रान्तको आधार खडा गर्दै दलाल पुँजिवादी सरकारको २ बर्षको प्रतिवन्धलाई निस्तेज पार्न सक्यो । 
९) क्रान्तिका ५ तयारी ः 
यदि कुनै देशमा कुनै पनि क्रान्तिकारी पार्टीले क्रान्तिलाई विजयसम्म पुर्याउने हो भने, क्रान्तिको ब्यवस्थित तयारीलाई प्रभावकारी बनाउनु पर्ने अनिवार्य हुन्छ । यसै मान्यतालाई आधार बनाएर हाम्रो जनप्रीय पार्टीले क्रान्तिको ५ तयारीलाई ब्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत गर्यो । क्वालिटीयुक्त पार्टी र गतिविधीहरुलाई जोड दियो । प्रभावकारी तयारी र ब्यवस्थित प्रतिरोध गर्ने नीतिलाई अघि बढाउदै आएको छ । जसमा १) राजनीतिक बैचारिक तयारी, २) संगठनात्मक तयारी, ३) संघर्षको तयारी ४) प्राविधिक तयारी लगाएत थिए र छन । हरेक कुरामा ब्यवस्थित तयारी विना त्यसको प्रतिफल प्राप्त गर्न नसकिने कुरा स्पस्ट नै हुन्छ त्यसैले पार्टीले यि विषयहरुलाई निकै गम्भिरताका साथ अघि बढायो, जो सहि र समयसापेक्ष थियो । 

१०)  आठौ केन्द्रीय समितिको पूर्ण बैठक र त्यसको ऐतिहाँसिक पहलकदमी ः 
प्रतिवन्धकै बिच हाम्रो पार्टीको आठौ केन्द्रीय समितिको ऐतिहाँसिक पूर्णबैठक सम्पन्न भएको थियो । यो बैठकको मुख्य विषय पार्टीभित्र सुद्धिकरण अभियान संचालन गर्ने र फासीवादको प्रतिरोध गर्ने विषय मुख्य थियो । एउटा जिवन्त पार्टी भित्र सुद्धिकरण र सुद्धिढिकरण नियमित र जिवन्त प्रकृया हो । आठौ केन्द्रीय समितिको पूर्ण बैठकले  पार्टीलाई सुद्धिकरणको प्रकृयामा ढाल्यो । यो निकै उचाईमा र प्रभावकारी बन्यौ । “आफुलाई रुपान्तरण गर्दै पार्टीलाई सुद्धीकरण गरौ ! फासीवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा उठाऔं !” यसमो मुल सारवस्तु थियो । 
पार्टीको आठौ केन्द्रीय समितिले अघि बढाएको शुद्धीकरणको दिशानिर्देश भनेको मुख्यत ४ विषयमा केन्द्रकृत थियो । क) पार्टीका विचार, राजनीति, आचारण, व्यवहार र संगठनमा रुपान्त्रण गर्नु  र पार्टीमा नयाँ जीवन पैदा गर्नु । ख) पार्टीको जीवनमा पैदा हुने विभिन्न अपूर्णता, असक्तता, खरावी, विचलन र अशुद्धिलाई सफा र शुद्ध गर्ने । ग) पार्टीलाई पुरानो चरित्रबाट नयाँ चरित्रमा, पुरानो दृष्टिकोणबाट नयाँ दृष्टिकोणमा र पुरानो जीवनबाट नयाँ जीवनमा रुपान्त्रण गर्ने, र घ) मालेमावादी र एकीकृत जनक्रान्तिको विचारमा उठाउने पहल । 

“क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रुपान्तरण”, “आत्मसुरक्षा, आत्मसमर्पण होईन – विद्रोह,  «बर्ग समन्वय होईन–संघर्ष, गद्धारी होईन – बलिदान”, “सुद्धिकरणलाई आफ्नो र पार्टीको जिवनमा लागु गरौ, आफैलाई बदल्दै पार्टीलाई नमुनाकृत गरौ” आदी सुद्धिकरण अभियानको मुख्य विषयवस्तु थियो । यसले पार्टीलाई नयाँ जिवन पैदा गर्यो । प्रतिवन्धबीच पार्टीलाई गतिशिल बनाउने, कार्ययोजनालाई तलसम्म लैजाने योजनाहरुलाई सुद्धिकरणले अहम भुमिका खेल्यो ।  र सापेक्षतामा पार्टीके गोपनियताहरु बच्न सफल पनि बन्यो । जुन निर्णय आवश्यक थियो र पार्टीले त्यो निर्णयको स्प्रीटलाई समात्यो । 

११) नवौ केन्द्रीय समितिको पूर्ण बैठक ः 
हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नवौ केन्द्रीय समितिको पूर्ण बैठक २०७७ मङ्सिर २० देखि २८ गतेसम्म ऐतिहाासिक रुपमा सम्पन्न भयो । “फासिवाद र आत्मसमर्पणवादका विरुद्ध संघर्ष गरौँ ! एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा उठाऔं !!” भन्ने मुलदस्तावेज महासचिव कमरेड विप्लवले पेश गर्नु भयो । वैठकले सर्वसम्मतरुपमा दस्तावेज पारित गर्दै, प्रतिवन्धको डटेर प्रतिकार गर्ने, रणनैतिक संयुक्तमोर्चाको ब्यवस्थित परिचालन, प्रगतिशिल संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद भन्ने कार्यनीतिक नारालाई अघि बढायो । फलस्वरुप केपी नेतृत्वको दलाल सरकारले हाम्रो पार्टीलाई वार्ताको निम्ति औपचारिक पत्राचार गर्यो । सरकारले औपचारिक वार्ताको पत्राचार गरिसकेको अवस्थामा पार्टीले सचिवालय सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड र केन्द्रीय सदस्य कमरेड दिपक रहेको २ सदस्यीय वार्ता टोली गठन यसै वैठकले गर्यो । यसैको जगमा तत्कालिन केपी सरकार र हाम्रो जनप्रीय पार्टीवीच ३ बुँदे सहमति भयो । कमरेड महासचिव विप्लवसमेत उक्त हस्ताक्षर सभामा उपस्थित भएर पार्टीको दरिलो विचार प्रस्तुत गर्नु भयो । 

अहिले हाम्रो पार्टीले तत्कालिन सरकारसँग भएको ३ बुँदे सहमति अक्षरस कार्यन्वयन होस भन्ने चाहन्छ । तर दलाल सत्ताको चरित्र र भुमिका फेरी क्रमश उदाङ्गो बन्दै गएको छ । अझै पनि हाम्रो पार्टीका नेता कार्यकर्ता सयौको सङ्ख्यामा जेलभित्र हुनुहुन्छ । झुट्टामुद्धाहरु खारेज भएका छैनन् । अहिले पनि दशैभर कमरेडहरुको घरघरमा पुर्जि टाँस्ने कार्यलाई निरन्तरता दिएको छ । राज्यले यसप्रकारको गतिविधीहरुलाई नरोक्ने र उल्टै सहि विचारमाथी दमन गर्ने नीति लिनेहो भने त्यसको एकमात्र विकल्प बन्ने छ विद्रोह । हाम्रो पार्टीमाथि दुईतर्फबाट हुने हमलाहरुबाट बच्न हरदम सचेत बन्नै पर्दछ । एकातिर, भएको संझौता कार्यान्वयनमा आलटाल गर्ने, षडयन्त्र गर्ने, दमन गर्ने, फेरी प्रतिवन्ध थोपर्ने, र क्रान्तिकारी विचार र नेतृत्वहरुलाई समाप्त पार्ने षडयनत्र, अर्कोतिर, प्रतिक्रियावदीहरुले पार्टीभित्र भगौडाहरु, कायरहरु, अवसरवादीहरु, धोकेवाजहरु र डरफोकहरु र षढ्डयन्त्रकारीहरुलाई पार्टीमा घुसाएर पार्टीभित्र अनावश्यक अन्तरविरोध सृजना गरेर पार्टी र क्रान्तिलाई समाप्तपार्ने षडयन्त्रबाट सिड्डो निकै सचेत बन्नुपर्दछ ।  संकटमा लुक्ने र अवसरमा चर्को नारा लगाउने पङ्ती बारम्वार देखिदै र दोहोरिदै आएको प्रवृति हो । त्यसैले यसबाट सचेत बन्दै पार्टीको १० औ पूर्ण बैठकको निर्णयलाई सवैले पक्क्रिनु पर्दछ । जुन निर्णय आजको सन्दर्भमा सहि छ । 

सहि क्रान्तकारी पार्टीले आफ्नो कार्यनीतिहरुलाई समयसापेक्ष बनाउन हरदम सचेत र चनाखो बन्न सक्नु पर्दछ । १० बर्षे जनयुद्ध र त्यसको राजनैतिक महत्वलाई आत्मसाथ गर्दा सत्ता साझेदारीको विषय र माग अवस्य नौलो र अन्यथा हुने थिएन । जब देशमा संविधानसभाको निर्वाचन र नयाँ संविधान वन्ने प्रकृयामा पार्टीले समानान्तर सत्ताको कार्यनैतिक नारा अघि बढायो । किनकी, दलाल ससदवादी सत्ताभित्र जनताको संविधान बन्ने प्रश्नै थिएन । त्यसैले पार्टीले त्यसपछिको निर्वाचनहरुलाई खारेज गर्दै आएको हो । अहिले हाम्रो पार्टीले प्रगतिशिल संयुक्त सरकार, जनमत संङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यनैतिक नारालाई अघि सारेको छ । आजको सन्दर्भमा यो सहि छ । तर यो कार्यनैतिक प्रश्न सधै सहिहुन्छ भन्ने होईन । 

निष्कर्ष ः 
हाम्रो पार्टी एक सहि क्रान्तिकारी पार्टी हुनुको नाताले जनता र राष्ट्रको विरुद्ध हुने जुनसुकै कदम र जनता र राष्ट्रको पक्षमा हुने न्यायोचित माग र मुद्धाहरुमा नजरअन्दाज गरेर कतापी बस्न सक्दैन । वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न अविचलित यात्रामा निस्केका हामी क्रान्तकारीहरुले दलाल सत्तासँग झुक्नुपर्ने र डराउनुपर्ने कुनै कारण छैन । संसारभर अनेकौ विद्रोहहरु हुँदै आएका छन् । सोभियत समाजवादी सत्ता, चीनि समाजवादी सत्ता र विश्वभर फैलिएको कम्युनिस्ट विचार र सत्ताहरु ढले, विचारहरु पतन भयो भन्नेहरुलाई हामी डटेर भन्न सक्नेछौ कि हाम्रो विचार कहिल्यै ढल्नेछैन, कहिल्यै परास्त हुने छैन । जबसम्म संसारमा बर्ग रहनेछ तबसम्म बर्गसंघर्षहरु चलिनै रहने छ । 
प्रथम विश्वयुद्ध सन् १९ १४ देखि १८ सम्म (४ बर्ष¬) । बाल्कन राज्यको राजकुमारीको हत्याको विषयबाट र साम्राज्यवादी स्वार्थको टकरावका कारण भएके थियो । गठबन्धन राज्यहरु ः रुस, फ्रान्स, अमेरिका, ईटाली आदी । केन्द्रीय राष्ट्रहरु ः जर्मन, टर्की, अष्ट्रो हङ्गेरी लगाएत थिए उनिहरुको आ आफ्नै स्वार्थहरु थियो ।  ५ करोड, ९५ लाख, ३३ हजार मानविय क्षेती विश्वले बेहुर्नु परेको थियो । ६ करोड, ५० लाख, ३९ हजार भन्दा धेरै सेनाहरु परिचालित थिय । घाईते अपाङ्गको सङ्ख्या पनि ३ करोड, ३९ लाख, ८९ हजार भन्दा धेरै थिय । कैयौ युद्धबन्दीहरु हराए भने झण्डै १ करोड, १८ लाख युद्धवन्दीहरु जिवनको भिख माग्ने अवस्था आयो । पहिलो चोटी विशालु ग्यासको प्रयोग जर्मनले शुरुवात गरेको थियो । भने सोभियत समाजवादी सत्ता र युरोपका कैयौ देशहरुमा समाजवादी सत्ताको प्रारम्भका मुख्य कारण प्रथम विश्वयुद्ध नै बन्यो । 

हामीले हेर्न सक्छौ, सन् १९३५ देखि ५ सम्म चलेको दोश्रो विश्वयुद्धमा पनि धेरै भन्दा धेरै उपनिवेश कव्जा गर्ने साम्राज्यवादी गलत उदेश्य सहित शुरुभएको थियो । झण्डै ५ करोड मानिसको जिवनलिला समाप्त भएको थियो । कुनै पनि हालतमा स्टालिनग्राथ कब्जा गर्नु ः हिटलरको यो उर्दीलाई क्रान्तिकारीहरुले परास्त पारिदिए । कुनै पनि मुल्यमा फासिवादलाई नस्ट गर्नु ः स्टालिन यो उर्दीले विश्वभर तरड्ड नै पैदा गर्यो । त्यसको असर हिटलरको १५ औ बर्षगाँठ मनाउने क्रममा भारतमा माहात्मा गान्धीको समेत हत्या भएको सन्दर्भ ताजै छ । दोश्रो विश्वयुद्धलाई स्टालनले निकै सटिक सस्लेषण गर्नुभएको छ, सोभियत संघले रगत, किनकी २ करोड मानिस सोभियतसंघबाट मृत्यु भएको थियो । वेलायतले कुटनिती र  अमेरिकाले  हतियार दियो । यो स्थिति आज कैयौ रुपमा फेरवदल भएको छ । ता पनि आजको सन्दर्भमा यि सन्दर्भहरुले निकै ठुलो शिक्षा दिनेछ । 

आज संसारभर चलेको साम्राज्यवादी होडवाजी, हालै अफगानिस्तानमा तालिवानले गरेको सत्ताकब्जा र नेपालमा जनताले कम्युनिस्ट विचारलाई माया गर्ने र अध्यधिक जनमत वैज्ञानिक समाजवादलाई मनपराउने छन । यो सन्दर्भमा हाम्रो पार्टीले अघि सारेको प्रगतिशिल संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समावादको कार्यनैतिक प्रश्न निकै सान्दर्भिक र सहि छ । यदि यो माग र मुद्धाहरुलाई दलाल संसदवादीहरुले वेवास्था गर्ने र सहि क्रान्तकारी कम्युनिस्ट विचारलाई दमन गरेर तह लगाउन सकिन्छ भन्ने मनसाय राख्ने हो भने हामी र नेपाली जनतासँग एकमात्र विकल्प रहने छ दलाल पुँजिवादी सत्ताको विरुद्ध धावा बोल र बलपूर्वक बैज्ञानिक समाजवाद स्थापना गर भन्ने मुल क्रान्तिकारी मान्यता स्वतह् अघि आउने छ । 

अत ः सहि विचार र सहि नेतृत्वले मात्र क्रान्तिको फैसला गर्नसक्ने भएकाले यो परिवेशमा सम्पन्न हुन लागिरहेको अखिल (क्रान्तिकारी) को २२ औ राष्ट्रिय सम्मेलनले देशको शैक्षिक तथा राजनीतिक मुद्धाहरुबारे सहिदृष्टिकोण निमार्ण गर्न एउटा कोशेढुड्डाको रुपमा उभ्याउन समल हुने अपेक्षा तथा अखिल (क्रान्तकारी) को २२ औ राष्ट्रीय सम्मेलन सफलताको शुभकामना !
 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...