Sunday, November 7, 2021

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौं पूर्णवैठकको राजनैतिक प्रस्ताव

आफैलाई रुपान्त्रण गर्दै पार्टीलाई शुद्धीकरण गरौं,
फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा उठाऔं ।

१) भूमिका 
सातौं पूर्ण वैठकपछि राष्ट्रिय राजनैतिक परिस्थिति असाधारणरुपले परिवर्तन भएको छ । दलाल पूँजीवादी सत्तामाथि क्रान्तिकारी हस्तक्षेप, प्रतिक्रियावादी सत्ताद्वारा हाम्रो पार्टी विरुद्ध प्रतिबन्धको घोषणा, पार्टीको सन्तुलित प्रतिरोध, सामाजिक फासिवादी सरकारद्वारा नृसंश एवं कायरतापूर्ण हत्या, कमरेड कुमार पौंडेल, नीरकुमार राई, तीर्थ घिमिरे, गोकुल राना(महान), दिपेन्द्र, निरन्तर, प्रज्वल शाही, रामकुमार श्रेष्ठ, रामबहादुर सिंहरुको वीरतापूर्ण वलिदान र उच्च सहादत, कमरेड सुदर्शनसहित सयौं नेता कार्यकर्ताहरुको गिरफ्तारी र बन्दी जीवन एवं पार्टीका शसक्त प्रतिरोध जस्ता अनेकौं घटनाहरु घटेका छन् । सारमा एकीकृत जनक्रान्ति अर्को उचाईमा प्रवेश गरेको छ । एकीकृत जनक्रान्तिको विकासले नेपाली राजनीति व्यापकरुपमा तरगिङ्त र धु्रवीकृत बन्न पुगेको छ । एकातिर वैज्ञानिक समाजवादी गणतन्त्र र अर्कोतिर दलाल पँजीवादी गणतन्त्र हुन पुगेका छन् । यसबीचमा अन्तराष्ट्रिय राजनैतिक घटनाहरु पनि नयाँनयाँ देखापरिरहेका छन् । केही घटनाहरुले नेपालमा सिधा प्रभाव पारिरहेका छन् ।

फासिवादी प्रतिबन्धका बावजुद एकीकृत जनक्रान्तिको विकास आफ्नै मौलिकतामा अगाडि बढेपछि  दलाल पूँजीपतिवर्ग र सामाजिक दलाल पूँजीवादी सरकारले घातक दमनका नयाँ चालहरु अगाडि सारेका छन् । पार्टीले ती चालहरुलाई नयाँ नीति, योजना र संघर्षद्वारा परास्त गर्दै क्रान्तिलाई अर्को उचाई प्रदान गर्नु पर्ने आवश्यक्ता छ । राष्ट्रिय, अन्तराष्ट्रिय वस्तुगत परिस्थितिको वस्तुवादी समिक्षा, पार्टी क्रान्ति सामुका चुनौंतिलाई सामना, पार्टीलाई क्रान्तिको वाहक शक्तिको रुपमा सुदृढ र विकास गर्न, साथै क्रान्तिलाई उचाई प्रदान गर्न केन्द्रीय समितिको यो आठौं पूर्ण वैठक आयोजना गरिएको छ । यसर्थ यो वैठक ऐतिहासिक चरणको ऐतिहासिक महत्वको वैठक बन्न पुगेको छ । 

२) राष्ट्रिय परिस्थिति 
सातौं वैठकपछि सामाजिक दलाल सरकार र हाम्रो पर्टीबीच चलेका संघर्षका कारण देशका राजनैतिक, आर्थिक, साँस्कृतिक, सामाजिक अवस्थाहरु गुणात्मकरुपले नयाँ बन्न पुगेकाछन् । प्रतिक्रान्ति र क्रान्ति, प्रतिबन्ध र प्रतिरोध, दमन र विद्रोहका चक्रमा दलाल पूँजीवादी सत्ता र हाम्रो पार्टीको विद्रोहबारे क्रान्तिकारी, संसदवादी, सुधारवादी पार्टीहरु साथै आम नागरिकहरुले विभिन्न धारणाहरु बनाइरहेका छन् । 

केपीको नेतृत्वमा सामाजिक दलाल सरकार गठन हुँदा “सुखी नेपाली, संमृद्ध नेपाल”को आर्थिक नारासहित रोजगारी, शिक्षा, स्वास्थ्य, खाध्यान्न, पानीजहाज, रेल, सुशासनका प्रचारगरेर जनतालाई भ्रम दिन खोजेको थियो । तर हाम्रो पार्टीले दलाल पूँजीवादी सत्ताभित्र यो संभव हुननसक्ने सच्चाई जनतामा राख्दै आएको थियो ।
वावस्तविक तथ्यले देखाउँदछन् कि केपी सरकार बनेयता देशको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । राष्ट्रिय अर्थउत्पादन र निर्यात घटदै गएको छ । यान्त्रिक वस्तुहरु मात्र होइन दैनिक उपभोग्य वस्तुहरुको आयातसमेत अकल्पनीयरुपले वृद्धि भएको छ । व्यापार घाटा राज्यको बजेट बराबर पुग्दैछ । उपभोग्य वस्तुहरुको महङ्गी जनताको आयले धान्नै नसक्नेगरी बढ्दै गएको छ । आर्थिक अभावकै कारण जीवन निर्वाहका लागि लाखौ युवा युवतीहरुले विदेशी गल्लीमा दासत्वपूर्ण जीवन विताउनु परेको छ । विदेशी लगानीको बाताबरण बनेको हल्ला मच्चाए पनि तथ्यअनुसार लगानी पछिल्लो दशककै सबैभन्दा कमजोर देखिएको छ । सरकार र सरकारी नेताहरुकै संलग्नतामा आर्थिक भ्रष्टाचार चरमचुलीमा पुगेको छ । यो सरकारकै सहभागितामा एनसेल करछली, ठूलो जहाज काण्ड, चिनी काण्ड, सुन काण्ड, बालुवाटार ललिता निवास काण्ड, बुढिगण्डकी काण्ड जस्ता अनेकौं काण्डहरु मच्चाइएका छन् । तस्करी, कालाबजारिया, कमिसनखोरी, सुदखोरी, अनेकौं खालका करहरु, मिटर ब्याज प्रणालीले जनतालाई लुटनु सम्म लुटन पुगेका छन् । राज्यले रिमिट्यान्सको भरमा तलव खानु पर्ने र देश चलाउनु पर्ने भएको छ । कैयौं अर्थविदहरुले भने जस्तै देशको आर्थिक अवस्था एक समयमा टाटपल्टाईमा पुग्ने भयानक खतरा छ । 

राजनैतिकरुपले केपी सरकारले दलाल पूँजीवादी गणतन्त्र र लोकतन्त्रको खुब महिमागान गरेर जनतालाई अलमलमा पार्न खोजेको थियो । यसले शान्ति एवं सुशासनको हल्ला फिजाएको थियो । तर हाम्रो पार्टीले केपी सरकारको यो प्रचारलाई जनता झुकाउने षडयन्त्र भएको स्पष्ट गर्दै दलाल पूँजीवादी गणतन्त्रमा शान्ति र सुशासन संभव नहुने धारणा राखेको थियो । जव जनताले राष्ट्रघात, भ्रष्टाचार, तस्करी, महङ्गि, बलात्कार, हत्याहिंसाका विरुद्ध आवज उठाए र संघर्ष गर्न थाले तव केपी सरकार लोकतन्त्रको सामान्य मान्यतालाई समेत धज्जि उडाउँदै फासिवादी दमनमा उत्रियो । उसले शान्तिपूर्ण विरोध प्रदर्शनलाई प्रतिबन्ध लगायो । जनतामा हाम्रो पार्टीको लोकप्रियता बढ्दै गएपछि पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसहित हाम्रा सयौं जना नेता कार्यकर्ताहरुलाई अपहरणको शैलीमा गिरफ्तार गर्ने र पार्टी महासचिवसहित सयौं जना कमरेडहरुलाई अनेकौं झुट्टा मुद्दा लगाएर दमन गर्ने कार्य गर्यो । पार्टीको प्रतिरोध, देशभक्त बुद्धिजीवी, मानवधिकारवादी, कानूनविद, राजनैतिक पार्टीका नेताहरुको सहयोगका कारण गिरफ्तार कमरेडहरु मुक्त हुनु भयो । जव पार्टीले तीन महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान देशव्यापीरुपमा संचालन गर्यो, जनताहरु जतापनि हाम्रो पार्टी वरिपरि गोलबन्द हुँदै गए, पार्टी चौतर्फी लोकप्रिया हुँदै गयो, केपी सरकारको साराक्षेत्रमा असफल हुँदै गयो तव केपी सरकार हतोत्साहित र आक्रोसित हुन थाल्यो । त्यही क्रममा पार्टीले एनसेल र मानव तस्करहरुलाई कार्यवाही गरेपछि जनताको आम समर्थन हुँदाहुँदै केपीको सामाजिक दलाल सरकारले हाम्रो पार्टी माथि हठात प्रतिबन्ध थोपर्न पुग्यो । प्रतिबन्ध सामान्य कदमन नभएर क्रान्ति विरुद्धको फासिवादी हस्तक्षेप थियो । प्रतिबन्धलाई हामीले पार्टीको लोकप्रियता, सफलता र केपी सरकारको संकटमा संश्लेषण गर्यौं । केपी सरकारले प्रतिबन्ध लादे पनि कसैको समर्थन पाउन सकेन । सारा कम्युनिष्ट, वामपन्थी, देशभक्त, बुद्धिजीवी, मानवधिकारवादी, कानूनविद, राजनैतिक पार्टीहरु यतिसम्मकि केपी—प्रचण्ड पार्टीकै कैयौं नेताहरुले यसका विरुद्ध खुल्लारुपले वोले । यदी नैतिक मूल्य हुन्थ्यो भने राज्यले प्रतिबन्ध समाप्त गरिसक्नु पर्ने थियो ।   
प्रतिबन्धपछि केपी सरकार हाम्रो पार्टी विरुद्ध बहुलट्टी प्रकारले हत्याकाण्ड र दमनमा उत्रिएको छ । पार्टीका राजनैतिक, संकठनात्मक कार्यमा हिडिरहेका कमरेडहरु सर्लाही जिल्ला इञ्चार्ज कमरेड कुमार पौंडेल, ओखलढुङ्गा जिल्ला सेक्रेटरी कमरेड नीरकुमार राई, जनमुक्ति सेना नेपालका सदस्य कमरेड तीर्थ घिमिरेलाई गोली हानेर क्रूरतापूर्वक हत्या गरेको छ । कमरेड दुर्गा रोका र कमरेड रोहित घाइते अवस्थामा जेलभित्र हुनुहुन्छ । त्यसैगरी कमरेड सुदर्शन, रणवीर, माइला, प्रज्वलन, बुन्धु, हितमानसहित सयौं जना कमरेडहरुलाई जेल—हिरासतमा बन्दी बनाइरहेको छ । अन्य जनअधिकारको पक्षमा उत्रिएका जनतामाथि समेत लाठी, गोली दागिरहेको छ । सारमा आफ्नो अस्तित्व रक्षाका लागि केपी सरकारले फासिवादी मार्ग पकड्नु परेको छ । 

यो सरकार बनेदेखि विगतमा जनताले सहजरुपले प्राप्त गर्ने सेवा—सुविधा पनि असहज र महङ्गा भएका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकार भन्नेहरुले करमाथिकर थपेर जनतालाई चुस्ने र थिच्ने कार्य गरिरहेका छन् । विभिन्न सरकारहरु जनताको सेवक होइन शासक बन्न पुगेका छन् । यस राजनैतिक शासनबाट जनता व्यापकरुपले असन्तुष्ट हुन पुगेका छन् । व्यवहारतः दलाल पूँजीवादी सत्ता र केपीको सामाजिक दलाल सरकार राजनैतिकरुपले अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको छ । फासिवादी प्रतिबन्धको असफलता र नेपाल कम्युनिष्ट पार्टीको लोकप्रियताकै कारण केपी सरकारले कथित संघीय गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरुको सर्वदलीय सहमति आवश्यक परेको प्रचार गरिरहेको छ । त्यसैगरी सरकारको आलोचना गर्ने नागरिकहरुका आवज सुन्नुको सट्टा भिजिलान्ते शैलीमा भौतिक हमला गर्ने आदेश दिने र गर्ने रवैया प्रयोग गरिरहेको छ । 

केपी सरकारको अक्षमता र असफलता कारणले गर्दा संसदीय व्यवस्था नै संकटमा पर्न थालेको बुझेपछि दलाल पूँजीवादी बुद्धिजीवी र विश्लेषकहरुले केही समयदेखि केपी सरकारको असफलता व्यवस्था कै असफलता नभई सरकार, कम्युनिष्ट पार्टी र नेताहरुको असफलता हो भन्ने बहस चलाई रहेका छन् । तर उनीहरुको तर्कले खासै काम गर्न सकिरहेको छैन । दिनप्रतिदिन जनताको नजरमा संसदीय व्यवस्था काम नलाग्ने बन्दै गएको छ भने हाम्रो पार्टी, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादप्रति आशा एवं विश्वास बढ्दै गएको छ ।
केपी सरकारको असफलतापछि नेपालको साँस्कृतिक क्षेत्र पनि तीव्ररुपले विघटनतिर गइरहेको छ । देशमा यौन, नसा(लागुपदार्थ) धर्म, युवा पलायन र भ्रष्टाचार विनाशकारी महामारीको रुपमा पैmलिएका छन् । युवा पीडि यौंन, लागुपदार्थ र आवारागिरीले ध्वस्त हुँदै गएको छ । उनीहरुलाई दलाल पूँजीवादी, पूँजीवादी, दलालहरुले खुलेआम असामाजिक, अराजक, छाडा, अश्लिल, वेश्यावृत्तिजस्ता विकृत कार्यमा डुबाइरहेका छन् । युवा युवतिमा पैmलाइएको वेश्यावृत्तिले सुसस्कृति, अध्ययन, अनुशासन, सृजनशिलता, शिष्टना पुरै ध्वस्त हुँदै गएका छन् । लागुपदार्थको ओसारपसार र सेवन युवावर्गमा खडेरिको डढेलो जस्तो फैलिदै गएको छ । निकै पहिले सहरका खासखास गल्लीमा देखिने लागुपदार्थ सेवन अहिले गाउँका कुनाकुनसम्म फैलिएको छ । लागुपदार्थ सप्लाई गर्ने र युवाहरुका हातमा पुगाइदिने काम विदेशी पूँजीपति अपराधी र देशका दलालहरुले गरिरहेका छन् । यसको सेवनले युवा पीडि गाउँ, सहर, कलेज, कारखाना, कलव सवैतिर वर्वाद हुँदै गएको छ । यसको पछाडि आर्थिक कमाउने उद्देश्य मात्र भन्दा नेपालमा जनतामाझ व्यापकरुपले लोकप्रिय हुन पुगेको कम्युनिष्ट विचार र त्यसमा क्रियाशील युवा पीढिलाई ध्वस्त पार्ने उद्देश्य रहेको देखिन्छ । तर देशको कथित कम्युनिष्ट सरकार तिनै लागुपदार्थ तस्करहरुसँग मिलेर कमिसन खाने र युवाहरुलाई समाप्त पार्ने खेलमा लागेको छ । यौन र लागुपदार्थको महामारीबाट देशलाई बचाउन एक पटक नेपाली प्रकृतिको अफिम युद्ध संचालन गर्नु पर्ने आवश्यकता बन्न पुगेको छ । त्यसैगरी धर्मको व्यापारले पनि नेपाली  समाजको मौलिकतालाई विकृत पार्दै लगेको छ । आखिर धर्म जनताका लागि सबै एउटै हुन् तर पैसाको प्रलोभनमा पारेर अठाह्रौं र उन्नीसौं सदीमा राजनैतिक क्रान्ति र भौतिकवादी विचारद्वारा युरोपमा धुलो चाटन पुगेको क्रियश्चियन धर्मलाई गाउँघरका उत्पीडित जनताको बीचमा पुगाएर जनताको चेतनालाई विकृत र भुत्ते पारिदै छ । यसमा यरोपियन युनियन योजनबद्धरुपमा लागेको छ । नेपालका केही पतित, भ्रष्ट र राजनैतिकरुपले कम्युनिष्ट विरोधी चुत्था दलालहरुको भूमिका रहेको छ । केपी सरकार स्वयं होली वाइन पिदै नशाको सुरमा धार्मिक वितण्डता मच्चाइरहेको छ । धर्मको नाममा जनताको मतिभ्रष्ट पार्नुमा पनि श्रमिक वर्गलाई कम्युनिष्ट आन्दोलनबाट विच्छेद गर्नु रहेको छ । यसका विरुद्ध पनि जागरण युद्ध संचालन गर्नु पर्ने भएको छ । 

यी दलालहरुकै संलग्नता र योजनामा देशको कर्मचारीतन्त्रलाई भ्रष्टाचार, तस्करी, कमिशनखोरी, माफियागिरी, दलालीमा चुर्लुम्म डुवाइएको छ । उनीहरुलाई रातारात धनीबन्ने र सुविधाभोग गर्ने भ्रष्ट चेतनामा लतारेर देशका राजनीति, व्यापार, शिक्षा, स्वास्थ्य, अख्तियार, अदालत, पुलिस, सेना, उधोग व्यवसाय आदि सारालाई अनुचित, अनैतिक, अपराधिक कार्यमा डुबाइदिएका छन् । देश भ्रष्टहरुको जालोमा क्रान्तिको तरबारले बाहेक अरुले चुडाल्नै नसक्नेगरी लपेटिन पुगेको छ । 

देश सामाजिक क्षेत्रमा पनि अस्तवेस्त बन्दै गएको छ । समाजमा असुरक्षा, मानव तस्करी, बलात्कार, गुण्डागर्दी, ठगीधन्दा, जुवातास, जाँडरक्सी, अश्लिलता, वेश्यावृत्ति व्याप्त छन् । रातमा ढुक्कसँग हिड्न सक्ने नेपाली बातावरण लगभग ध्वस्त भइसकेको छ । सारा अपराधहरु राज्य र सरकारका उपल्लो ओहदामा बसेका व्यक्तिहरुको संलग्नता र संरक्षणमा भइरहेका तथ्यहरु छताछुल्ल भइरहेका छन् । पार्टीले यसक्षेत्रमा पनि हातहाल्नु पर्ने आवश्यक्ता बढेको छ । 

दलाल पूँजीवादी सत्ता असफल हुँदै गर्दा इतिहास बनिसकेको राजतन्त्रबारे राजतन्त्रवादी तत्वहरुले आफ्नो च्याखेदाउ अगाडि सारेका छन् । उनीहरुले राजतन्त्रले यतिविधि राष्ट्रिय आत्मसमर्पण र विखण्डन कहिल्यै गरेको थिएन । राजसंस्थाले राष्ट्रिय स्वाभिमान र एकताको मियोको काम गरेको थियो त्यसैले विकल्प राजतन्त्र हुनसक्छ भन्ने सोच राखिरहेका छन् । यो धारणामा ठूलो जनमत नभए पनि विदेशी विशेषतः भारतको चलखेल भएमा यसको खतरा छैन भन्न सकिदैन । किनकि भारतको जासुसी संस्था ‘र’ का पूर्व अधिकारीले  हालै प्रचण्डको प्रसंगमा राजतन्त्र फालेको भारतले हो भन्ने जुन दावी गरे त्यसले खराब संकेत गर्छ । 

सत्ता र सरकारको असफलताबारे बहस हुन थालेपछि केही विश्लेषक, टिप्पनीकार र पार्टीहरुले राजनैतिक पार्टीहरु सत्ता र सरकार चलाउन असफल भइसकेकोले एक पटक सेनालाई सत्ताको नेतृत्व दिए हुन्छ भन्ने तर्क गर्न थालेका छन् । यसबारे नेपाली सेनाले खासै बोलेको छैन तर भित्री मनसायमा केही छैन भन्न सकिदैन । राष्ट्रिय अन्तराष्ट्रिय चलखेल भएको स्थितिमा यसको संभावनालाई पनि इन्कार गर्न सकिने देखिदैन । हालै प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति सार्वजनिक गरेको विषयलाई यसको एउटा संकेतमा बुझन सकिन्छ । 

संसदीय व्यवस्थाको विकल्पमा अनेकौं चर्चा, विश्लेषण चले पनि धेरै नेपाली श्रमिक वर्ग, बुद्धिजीवी, देशभक्त, वामपन्थी, कम्युनिष्ट शक्तिहरुले हाम्रो पार्टी र वैज्ञानिक समाजवादलाई भरपर्दो एवं विश्वासिलो शक्तिका रुपमा हेरेका छन् । आज सडक, बजार, गाउँ, सहर सारातिर खुलेआम नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादको पक्षमा बहसहरु भइरहेका छन् । इतिहासका प्रयोग, तथ्य र परिणामहरुले सावित गरेको सच्चाई हो कि संसदीय व्यवस्था एवं दलाल पूँजीवादी सत्ताको विकल्प विगतमा परीक्षित कुनै पनि राज्य प्रणाली हुनसक्देनन् । नत कुनै व्यक्ति, गुट र यही व्यवस्था भित्रका संस्था नै हुनसक्छन् । यसको अग्रगामी, जनवादी, वैज्ञानिक विकल्प भनेको वैज्ञानिक समाजवाद नै हो । 
सारसंक्षेपमा दलाल पूँजीवादी एवं सामाजिक दलाल पूँजीवादी सरकारभित्रको राष्ट्रिय परिस्थितिको उल्लेख गर्नुपर्दा यो राजनैतिकरुपले असफल संकटग्रस्त, आर्थिकरुपले भ्रष्ट र परनिरभर, साँस्कृतिकरुपले विकृत, सामाजिकरुपले असुरक्षित हुन पुगेको छ । यसका विकल्पमा अनेकौं चर्चा चलाइएका पनि वैज्ञानिक समाजवाद नै वस्तुवादी, जनवादी निकस हुनसक्छ । नेपाल कम्युनिष्ट पार्टीले यही प्रवृत्तिको नेतृत्व गरिरहेको विश्वास जनता छ । 

३) विदेशी हस्तक्षेपका नयाँ आयाम 
पछिल्लो समय नेपालमा विदेशी हस्तक्षेपका चार आयाम बढी चर्चामा छन् । पहिलो भारतको हिन्दुवादी सरकार विशेषतः उत्तरप्रदेश सरकारले नेपाल हिन्दुवादी राष्ट्र हुनु पर्छ भनेर दिएको धारणा । दोस्रो अमेरिकाले अगाडि बढाएको हिन्द प्रसान्त रणनीति, तेस्रो वीआरआई र चौथो युरोपियन युनियनको संघीयता र क्रिश्चियन धर्म—रणनीति । 

भारतको अतिक्रमणकारी एवं हस्तक्षेपकारी रवैया नयाँ भएन । नेपाललाई हरेक समय कुनैनकुनै सोच, नीति र संझौंताहरुद्वारा नियन्त्रण गर्न खोजिरहेकै हुन्छ । भाजपाको सरकार बनेदेखि राजनैतिक, आर्थिक हस्तक्षेपका अलावा धार्मिक हस्तक्षेप पनि तीव्र पारेको छ । भारतले अक्सर दुई—तीन खम्बाहरु सृजना गरेर चलाउने र जुनबाट आफ्नो स्वार्थ सिद्ध हुन्छ त्यसैबाट बढी लाभलिने नीति प्रयोग गर्दै आएको छ । प्राय राजनैतिक संकक्रमणकालमा नेपालले ठूला नोक्सानीहरु वेहोर्नु परेको छ । यो चालमा भारत अहिले पनि छ र त्यसैको एउटा भागको रुपमा हिन्दु धर्म र राजतन्त्रको हल्लाखल्ला चलिरहेको छ । 

अमेरिकाले नेपाललाई पहिले देखिनै दक्षिण एसियाको रणनैतिक महत्वको स्थानमा राख्दै आएको थियो । खासगरी चीनलाई रणनैतिकरुपले घेर्न र भारतलाई कार्यनैतिकरुपले प्रभावमा राख्न नेपाललाई हेर्दै आएको हो । अहिले विश्व अर्थराजनीतिमा देखिएका ठूला हेरफेर र त्यसमा चीनको बढदो भूमिकाका कारण अमेरिकाले खुलेआम नयाँ रणनीति हिन्द प्रसान्त रणनीति विकास गरेको छ । उसले घोषणा नै गरेको छ कि विश्वमा चीनको खतरा मुख्य बनेकोले उसलाई रोक्नकै लागि हिन्द प्रसान्त रणनीति विकास गरिएको हो, यसमा नेपाल सहभागि बन्नु पर्छ । अमेरिकाले यही दृष्टिकोण अनुसार नेपालमा आफ्नो गतिविधि बढाइ सकेको छ । उसको जोड नेपालमा सैन्य अखडा खडा गर्नेसम्मको रहेको छ ।  

नेपालले त्यसलाई रोक्न सक्ने देखिएको छैन । यो रणनीति नेपालका लागि निकै खतरनाक र हानिकारक छ । नेपालबाट हेर्दा कम्युनिष्ट प्रभावलाई कमजोर बनाउने र संभावित वैज्ञानिक समाजवादी क्रान्तिलाई रोक्ने पनि रहेका छ । तसर्थ यसलाई रोक्न प्रतिरोध संघर्ष समेत आवश्यक देखिन्छ । 

चीनले वीआरआईलाई अन्तराष्ट्रिय स्तरमा मानव संमृद्धिका लागि भन्ने गरेको छ । अमेरिकाले भने शान्तिपूर्णरुपले विश्व नियन्त्रण गर्ने रणनीति भनेर विरोध गरिरहेको छ । भारत अमेरिकी दृष्टिकोणसँग सहमत देखिन्छ । चीनको पहलमा वीआरआईमा नेपालले हस्ताक्षर गरेपछि संभाव्यता अध्ययन चलिरहेको छ । कुनै पनि आर्थिक योजनाको सम्बन्ध राजनैतिक प्रभावसँग रहन्छ नै । चीनले आगामी दिनमा कुन बाटो पकड्छ भन्नेले धरैहदसम्म प्रभाव पार्ने छ । 

युरोपीयन युनियनले नेपालमा आफ्नो प्रभाव जमाइ राख्न संघीयता र धर्मनिरपेक्षतालाई पकडेको छ । उसले शान्ति वार्ताको समयदेखि नै यसलाई समातेर नेपालका काग्रेस, एमाले, माके सारालाई प्रभावमा लिएको थियो । त्यसका लागि अरबौ रुपियाँ खर्च गरेको स्पष्ट भएको छ । हालपनि यसले संघीयता नाममा वैधानिकरुपले र धर्मका लागि गैरसरकारी संस्थाहरुबाट अरबौं पैसा खन्याइरहेको छ । मसिनोगरी हेर्दा युरोपियन युनियनको चाल राजनैतिक र साँस्कृतिक रुपले अरुको भन्दा खतरनाक देखिन्छ । यसको सम्बन्ध पनि दलाल पूँजीवादी सत्तालाई संरक्षण गर्ने , कम्युनिष्ट विचार र संगठनको प्रभावलाई कमजोर बनाउने र क्रान्तिलाई विथोल्नेसँग छ । यसका विरुद्ध जागरणका साथै भण्डाफोर आवश्यक छ । 

४) अन्तराष्ट्रिय वस्तुस्थिति
अन्तराष्ट्रिय राजनैतिक परिस्थिति आज पनि ठूलाठूला अन्तर्विरोधबाट गुज्रिरहेको छ । अन्तर्विरोधका केन्द्रमा अमेरिका, रुस, युरोपियन युनियन, चीन, जनवादी गणतन्त्र कोरिया, इरान, भारत,अफगानिस्तान, पाकिस्तान, सिरिया रहेकाछन् । अन्तर्विरोध साम्राज्यवादी साम्राज्यवादीका बीचमा, साम्राज्यवादी र पूँजीवादी बीचमा, पूँजीवादी साम्राज्यवादी र समाजवादी भन्नेहरु बीचमा, उत्तर—साम्राज्यवादी र उत्पीडित राष्ट्रहरु बीचमा केन्द्रीत छ । विगतमा केही धमिला देखिने अन्तराष्ट्रिय मोर्चाबन्दी र धु्रवीकरण पछिल्लो समय स्पष्ट बन्दै गएका छन् । 
राजनैतिक सैन्य दृष्टिले अमेरिका र रुस बीचको संघर्ष मुख्य देखिन्छ । खासगरी सिरिया, भेनेजुएला र इरानमा यो चित्र प्रष्ट देखा परेको छ । रुसकै कारण ती देशहरुमाथिको अमेरिकी हस्तक्षप सन्तुलित हुन बाध्य भएको छ । 
अर्थ—राजनैतिक अन्तर्विरोध भने अमेरिका र चीनका बीचमा केन्द्रीत छ । व्यापार युद्धको रुपमा चर्चित यो संघर्ष मत्थर बनाउन प्रयत्न भए पनि अमेरिकाकै कारण चर्किदै गएको छ । यसको एकमात्र उद्देश्य चीनको आर्थिक उन्नती, प्रभाव र विस्तारलाई रोक्ने र विथोलदिने रहेको प्रष्ट छ । पछिल्लो सूचनाअनुसार यो युद्धले दुवै देशलाई क्षति गरेको छ यदेपी तुलनात्मक रुपले चीनलाई बढी धक्का पुग्ने देखिन्छ । यही युद्धका कारण अन्तराष्ट्रिय अर्थसम्बन्धमा पनि नकारात्मक प्रभाव परिसकेको छ । विभिन्न देशहरुमा व्यापार असन्तुलन, सुन, तेल, खाध्य वस्तुहरुको मूल्यमा भएको वृद्धि, विभन्न खालका हस्तक्षेप र संझौता यसैका परिणाम हुन । 

दुई महिना यता अमेरिका र इरानको तनाव उच्चस्तरमा पुगेर रोकिएको छ । अमेरिकाले मध्यपूर्वका अधिकाँस देशहरुलाई नियन्त्रणमा लिएर त्यहाँका सम्पदालाई कब्जा गरेपछि उसको ध्यान इरानमा केन्द्रीत भएको छ । उसले इरानबारे अनेकौं प्रचार गरे पनि भित्री कारण इरानको तेल भण्डार कब्जा गर्नु रहेको छ । इरानमा पनि उसको नियन्त्रण भएमा चीन र रुसको अन्तराष्ट्रिय व्यापारमा समेत प्रत्यक्ष असर पर्ने भएपछि उनीहरुले इरानलाई रक्षा गर्ने नीति लिएका छन् र अमेरिकी सैन्य हस्तक्षेप अस्थायी ढंगले टरेको छ । 

भेनेजुएला र अमेरिका विवाद पनि निकै चर्किएको छ । अन्तराष्ट्रिय क्षेत्रमा विरलै देखिने राजनैतिक हस्तक्षेप भेनेजुएलामा देखियो । उसले चुनाव जितेर आएका वामपन्थी नेता मदुरोको सट्टा विपक्षि दलका नेता तथा प्रतिनिधि सभाका सभामुख गुएडोलाई राष्ट्रपतिको मान्यता दियो । अमेरिका लगत्तै केही ल्याटिन देशहरु र युरोपियन युनियनले समेत विद्रोहीलाई समर्थन गरेर अन्तराष्ट्रिय क्षेत्रमा धु्रवीकरण ल्याए । तर भेनेजुएलाले अमेरिकी कुटनीतिज्ञहरुलाई देश निकाला गरेर आफ्नो स्वाभिमान जाहेर गर्यो भने रुस, चीन, टर्की, म्याक्सिकोले मदुरोलाई समर्थन गरेर अमेरिकी सैन्य हस्तक्षेपलाई अस्थायी रुपले रोक्ने काम गरे । 

यसबीच हङ्कङको प्रदर्शनलाई लिएर चीन र अमेरिकाबीच विवाद भयो । गंभीर फौजदारी अभियोग लागेका नागरिकलाई चीनको केन्द्रीय सत्तासामु सुपुर्दगी गर्ने कानूनको बहानामा चलेको हङकङको प्रदर्शनलाई अमेरिकाले प्रजातान्त्रिक अधिकारको संघर्ष बताएर दमन नगर्न चुनौंति दियो भने चीन आन्दोलनलाई मत्थर पार्न पछि हटन पुग्यो । तनाव अझै कायम छ । ताइवानलाई लडाकु प्लेन र मिशाएर बेच्ने अमेरिकी निर्णयले पनि विवाद भयो । चीनले तीव्र विरोध गरे पनि अमेरिकाले अप्mनो निर्णय बदलेको अवस्था छैन । 

उत्तर कोरिया र अमेरिकी विवाद पनि हल भएको छैन । वार्ताबाट आआफ्ना विषय राखे पनि कुनै निस्कर्ष निक्लिन सकेको छैन । यसैबीच अमेरिका दक्षिणकोरिया सयुक्त सैन्य अभ्यास हुने भएपछि उत्तरले क्षेप्यास्त्र परिक्षण गरेर विरोध गर्यो । पुनः वार्ताका चर्चा गरेपनि कुनै टुङ्गो भएको छैन । 
गएको महिना भारतमा भाजपाको अन्धराष्ट्रवादी एवं साम्राज्यवादी सरकारले कास्मिरको विशेष अधिकार खारेज गर्ने निर्णय गरेपछि पाकिस्तान र भारतको तनाव चुलिएको छ । सिमाक्षेत्रमा दैनिक गोली हानाहान र मार्ने मर्ने घटना भइरहेका छन् । पाकिस्तानले कास्मिरको विषयलाई अन्तराष्ट्रिय अदालत र सयुक्त राष्ट्रसंघमा पुगाएको छ । युएनले पनि पाकिस्तानको पक्षमा संकेत दिएको छ भने अमेरिकाले सुरुमा पाकिस्तानको पक्ष लिएजस्तो गरेपनि पछि अमेरिका भारतको विपक्षमा उभिएन । चीनले लद्दाख क्षेत्रमा भारतको विरोध गरेको छ । कास्मिरमा समस्या झन बल्झिने संभावना बढेको छ । 

हालै अमेरिकाले प्रकाशन गरेको विश्वको नक्सामा प्लेष्टाइन देशनै नभएको विषय पनि ठूलो विवाद र बहसको विषय बनेको छ । प्लेष्टाइन राष्ट्रको भूमिमाथि अतिक्रमण गरेर बनेको इजराएललाई स्वतन्त्र राष्ट्रको मान्यता दिने तर जसको भूभाग हो उसैलाई नक्साबाट हटाउने कदम प्लेष्टाइन राष्ट्र र जनताको मात्र समस्या होइन अपितु विश्व उत्पीडित राष्ट्र र जनताको साझा विषय हो । यसलाई उत्तर साम्राज्यवादी या विश्व पूँजीवादी व्यववस्थाको चरित्र मान्न सकिन्छ ।  

क्रान्तिकारी आन्दोलनका दृष्टिले हालै कोलमवियाका फार्क विद्रोहीले पुनः युद्धमा फर्किन गरेको निर्णय र घोषणा विशेष महत्वको छ । तीन बर्ष पहिले फार्क र कोलमविया सरकारबीच शान्तिवार्ता भएर सशस्त्र विद्रोहलाई रोक्ने घोषणा गरिएको थियो तर प्रतिक्रियावादी सरकारले क्रान्तिकारीहरु माथि निरन्तर दमन गरेपछि शान्तिपूर्ण परिवर्तन असंभव भएको निस्कर्ष दिदै सशस्त्र संघर्षमा फर्किन गरेको निर्णय उत्पीडित जनता, श्रमिक वर्ग र क्रान्तिकारीहरुका लागि शिक्षाप्रद बनेको छ । यसले एकीकृत जनक्रान्तिको औचित्यलाई नयाँ उचाईबाट वैज्ञानिक सावित गरेको छ ।

समग्रमा भन्दा यतिवेलाको अन्तराष्ट्रिय परिस्थिति विस्फोटक  छ । कुनै पनि देशका राजनैतिक मामिलाहरु स्वतन्त्र रहन सक्ने अवस्था छैन भने विवादहरु उठिसकेपछि एक्लै चल्न सक्ने पनि स्थिति छैन । शक्ति राष्ट्रहरुका नयाँनयाँ मोर्चाबन्दी र ध्रुवीकरण बढ्दै गएका छन् । विश्व आजकै राजनैतिक खिचातानीमा धेरै परसम्म जानसक्ने पनि देखिदैन । हामीले यस्ता अन्तर्विरोधका बीचबाट नेपाली क्रान्तिलाई अगाडि बढाउने राजनैतिक कुशलता प्रदर्शन गर्नु परेको छ । 

५) प्रतिबन्धपछि पार्टीका सकारात्मक र नकारात्मक पक्ष  
दलाल पूँजीवादी सत्ता र सामाजिक दलाल सरकारले पार्टी माथि प्रतिबन्ध लगाएपछि पार्टी जीवनमा नेता र कार्यकर्ताहरु माझ केही राम्रा सकारात्मक पक्षहरु देखिएकाछन् भने केही गंभीर खालका नकारात्मक पक्षहरु पनि देखापरेका छन् । निरन्तरताको जीवनमा क्रमभङ्ग हुँदा सामन्यतः यस्ता विशेषताहरु देखा पर्नुलाई अस्वभाविक मान्न नहुने भएता पनि हामीले क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउन सकारात्मक पक्षहरुको रक्षा र नकारात्मक पक्षहरुको समाधान गर्न आवश्यक छ । 

क) सकारात्मक पक्ष
प्रतिबन्धपछि प्रतिक्रियावादी सत्ताको दमन चर्कियो । देश व्यापीरुपमा वारेन्ट, खानतलासी, गिरफ्तारी, हिरासत, जेलबन्दी व्यापक भयो । उसले संचार माध्यम, रेडियो, टेलिभिजन, पत्रपत्रिकाबाट पार्टी विरुद्ध अनेकौं भ्रमक प्रचारहरु चलायो । तर पार्टीको मुख्य पंक्तिमा सारा दमनलाई चिर्ने र पचाउने उच्च क्षमता व्यक्त भयो । क्रान्तिकारी कमरेडहरुले गिरफ्तारी, हिरासत, जेल जीवनलाई क्रान्तिको एउटा मोर्चा बनाएर पार्टी नीतिहरुको दृढतापूर्वक बचाउ गर्नु भयो । यो निकै राम्रो सकारात्मक पक्ष हो । 

पछिल्लो समयमा केपी—वादलको सरकार सामाजिक फासिवादमा पतन हुँदै वार्ता र दमनको रणनीतिम उत्रियो । उसले भ्रमको लागि वार्ता वास्तविकतामा दमनको नीति लागु गर्यो । उसले निहत्था कमरेडहरुलाई गिरफ्तारपछि निर्ममतापूर्वक क्रुरर प्रकारले हत्या गर्यो । त्यसक्रममा जनमुक्ति सेनाका कमरेड राजु, सर्लाही जिल्ला इञ्चार्ज कमरेड कुमार पौडेल र भोजपुर जिल्ला सचिव कमरेड नीरकुमार राईको साहदत भयो । कमरेड दुर्गा रोका घाइते अवस्थामा जेलमा हुनुहुन्छ । तर दुशमनको कब्जामा पर्दा ती कमरेडहरु पार्टीको गोपनीयता खोल्न र झुक्न तयार हुनु भएन । गोली हानेर घाइते बनाउँदासम्म निर्भयताका साथ लडेर बलिदान गर्नु भयो । यो पार्टीका लागि गौरबको विषय बन्यो । यसलाई आम नागरिकहरुले समेत सम्मान गरे । 

प्रतिबन्धको जटिल अवस्थामा पनि विचारधारात्मक, राजनैतिक एवं संठनात्मक विषयमा पार्टी र सेनाकाबीचमा स्कुल नियमित संचालन भए । यसबाट नेता कार्यकर्ताहरुमा अध्ययनको रुची वृद्धि हुनुका साथै ज्ञानको क्षेत्रमा राम्रा उपलब्धिहरु हासिल भइरहेका छन् । पार्टीको प्रतिरोधात्मक योजनाभित्र प्राविधिक कमजोरीका कारण कम्पनी कमाण्डर कमरेड महान, कमरेड दिपेन्द्र, निरन्तर, प्रज्वल, रविन, रामस्ािंले उच्च साहदत प्राप्त गर्नु भयो । उहाँहरु सबै पार्टी योजनालाई सफल पार्नका लागि खटिरहदा सहिद बन्नु भयो । घटना दुःखद हुँदाहुँदै पनि यसले पार्टीको जुझाररु भावलाई अभिव्यक्त गर्यो । 

पार्टीले निरन्तर देशव्यापीरुपमा भ्रष्टाचार, तस्करी, दलाली, राष्ट्रघातका विरुद्ध संघर्ष संचालन गरिरहेको छ । श्रमिक जनता, सहिद तथा वेपत्ता परिवार, जनयुद्धका घाइते आपाङ्हरुमा नयाँ आशा र विस्वास पैदा भएको छ । त्यसैगरी देशभक्त, बुद्धिजीवी, साहित्यकार, कलाकार, पत्रकार, मानवधिकारवादी, कानूनविदहरुमा सहयोगात्मक भावना व्यापक बनेको छ । आम नागरिकमा पार्टीको क्रान्तिकारी प्रतिष्ठा बढेको छ । यो अर्को सकारात्मक पष हो । 

दमन र प्रतिरोधको क्रममा पार्टी जनतातिर फर्किएको छ । खासै ठूलो दमन पनि नभइसकेको तर खुल्लै चल्ने स्थिति पनि नभएको अवस्थामा कैयौं जिल्लाहरुमा जनसम्बन्ध विस्तार भएको छ । जनताहरु पार्टीका कुरा सुन्न र संगठित हुन पहिलेभन्दा बढी आकर्षित भएका छन् । तीन महिने अभियानले जनसम्बन्धमा विशेष सफलता हासिल गर्यो भने अभियानमा आधारभूतवर्गका जनता दलित, जनजाति, सुकुम्बासीले आफ्नो पार्टी भेटाएको अनुभूति गरे । त्यसैगरी देशभक्त, बुभिजीवी, वामपन्थी र आम नागरिकहरु पार्टीवरिपरि गोलवन्द हुनसक्ने आधार निर्माण भएको छ । यो पनि पार्टीको सकारात्मक पक्ष हो ।   

प्रतिबन्धको कठिन परिस्थितिमा पनि पार्टीका खुल्ला र आन्तरिक प्रकासनहरु नियमितरुपले प्रकासित भइरहेका छन् । उनीहरुका दमनका बावजुद कार्यकर्ता र जनताका बीचमा पुगिरहेका छन् । विभिन्न जनवर्गीय संगठनबाट जनजिवीकाका समस्याहरुमा संघर्ष उठाउँने सकारात्मक प्रयत्न भएका छन् । पछिल्लो समय शैक्षिक माफिया र मेडिकल कलेजहरुका अतिरिक्त शुल्क विरोधी संघर्षहरु उपलब्धिमूलक भएका छन् । 

ख) नकारात्मक पक्ष 
पार्टी माथि प्रतिबन्ध लगाएपछि पार्टीका नेता—कार्यकर्तामा अर्थात पार्टी जीवनमा केही नकारात्मक पक्षहरु पनि देखा परे । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक भए पनि केही अलि बढी नै आन्दोलनलाई क्षति पुगाउने खालका समस्याहरु देखा परे । प्रतिबन्ध लगत्तै मध्यकमाण्ड इञ्चार्ज कमरेड सुदर्शन, पूर्वी ताम्सालिङ इञ्चार्ज कमरेड प्रज्वलनसहित एक दर्जन नेता कार्यकताको गिरफ्तारी भयो । पार्टीले प्रतिबन्ध विरुद्ध सुव्यवस्थित योजना नबनाउँदै कमरेडहरुको गिरफ्तारीले पार्टीलाई ठूलो क्षति पुग्यो । प्रतिबन्ध पछि पार्टीमा आकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखा परे ।  । कार्यकर्ता देखि आरवीएम, सीसीएम र पीवीएमसम्ममा यी प्रवृति देखिए । 

कमरेड सुदर्शनलाई गिरफ्तार गराउँन उहाँकै सुरक्षा स्टाफ आशिषले प्रहरीलाई सेल्टरसम्म पुगायो ।  उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, कमाण्र राजिवले आत्मसर्पण गरेर हिरासतबाट निस्किए । त्यसपछि एक बर्षदेखि पार्टी जिम्मेवारीमा नखटेका र पार्टी नीति विपरित बोलेका कारण निलम्बनमा परेका पीवीएम पदमराई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका वेला पूर्व पीवीएम जीवन्तमा पनि यो समस्या दोहरियो । केही जिल्लामा अहिले पनि कागज गर्ने, आत्मसमर्पण गर्ने र दलाल पूँजीवादी सत्ताको पहरेदार बन्न पुगेको सरकारी पार्टीमा प्रवेश गर्ने, सरकारसँग मिलेर क्रान्तिका विरुद्ध भ्रमछर्न र दमन गर्न आउने घोर आत्मसमर्पणवादी प्रवृत्तिहरु देखिने गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी पुनरगठन गर्दा र एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दा क्रान्ति, परवर्तन र मुक्तिको निम्ति गरेको प्रतिबद्धता र खाएको कसमलाई दुशमनको एक मामुली धक्कामै परित्याग गरेर उसैसामु मुन्टो लतार्न र घुसार्न पुग्नु भनेको पार्टीकै लागि एउटा चुनौंति बनेको छ । आम जनता क्रान्तिको आशासहित हाम्रो पार्टीतिर फर्किको वेला केही नेता भनिएका मान्छेहरु नै लमपसार पर्न पुगेपछि जनताले कसो गर्ने समस्या पर्नु स्वभाविका छ । यसलाई पार्टीले गंभीर ढंगले चिर्न आवश्यक छ । 

प्रतिबन्धपछि पार्टी पंक्तिमा कार्यशैलीगत कमजोरीहरु निकै गंभीर देखिए । आफ्नो जिम्मेवारी अनुरुप आचारण नगर्ने, शान्तिकालकै जसरी हल्काफुल्का तरिकाले काम गर्ने, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर माथिल्लो समितिलाई जानकारी नगरी अनावश्यक सम्बन्ध राख्ने, गाडीहरुको प्रयोगमा ध्यान नदिने, रुट सेल्टरको प्रयोगमा लाहपर्वाही गर्ने, कार्यक्रमहरु गर्दा अव्यवस्थिति र विना सूरक्षा बस्ने, विरोधीहरुसँगका भेटघाटलाई सस्तो बनाउने, फोनको प्रयोगमा कमजोरी गर्ने जस्ता समस्याहरु केन्द्रीय सदस्यहरु देखि जिल्लासम्मका नेताहरुमा व्यापकरुपले देखिए । दुशमनले प्रतिबन्ध लगाएपछि पार्टीका विभिन्न नेतृत्व तहलाई निशानामा राखेको सूचना प्राप्त भइसकेका थिए । उसले केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज र सेक्रेटरी, कमाण्डर र जवसका पदाधिकारीहरुलाई मुख्य निशानामा राखेको थियो । पार्टीले देशैभरी लगातार परिपत्र र निर्देशनहरु जारी गर्दा पनि यसमा संवेदनशील नबन्ने समस्याहरु आइरहेका छन् । यसैको परिणाम हालसम्म पाँच जना केन्द्रीय सदस्यहरु र तीन दर्जन वरिपरि जिल्ला इञ्चार्ज र सेक्रेटरीहरु राज्यको गिरफ्तारीमा परेको अवस्था छ । नेतृत्व गिरफ्तारीका कारण पार्टी काम कार्यमा बाधा परिरहेको छ । 

कमरेड कुमार पौडेलको हत्या र सगरमाथा व्युरोमा भएको अप्रेसनले राज्य बदनाम भए पनि सैन्य दृष्टिले पार्टी पंक्तिमा केही नकारात्मक प्रभवा पार्यो । प्रतिरोध संघर्षको क्रममा काठमाण्डौंमा श्रङखलाबद्ध आन्तरिक दुर्घटनामा परेर कमरेड महानसहित आधा दर्जन कमरेडहरुको साहदतले पनि  पार्टी मनोविज्ञान रक्षात्म जस्तो बन्न पुग्यो । प्रतिबन्धपछि आर्थिक क्षेत्रमा पैसा असुलि गर्ने, हिसाव पारदशी नगर्ने, जथाभावी खर्च गर्ने, एकअर्कोलाई आरोपप्रत्यारोप गर्ने समस्याहरु पनि देखिएका छन् । आर्थिक अभियान चलेपछि यसमा सुधार भएको देखिए पनि कमिटिहरु गंभीर बन्नु पर्ने आवश्यक्ता छ । 

दैनिक जनजीवनका समस्याहरु भ्रष्टाचार, महङ्गी, तस्करी, आर्थिक ठगीधन्धा, शैक्षिक एवं भूमाफिया विरुद्ध पार्टी, जवस र मोर्चाहरुबाट जनसंघर्षहरु जति उठाउनु पर्ने थियो त्यति उठाउन नसक्नु पनि नकारात्मक पक्ष रहेको छ । समग्रमा भन्दा दलाल पूँजीवादी सत्ता र सरकारको फासिवादी दमन र प्रतिबन्धलाई असफल पार्दै पार्टीले एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाउँदै अगाडि बढाइरहेको छ । पार्टीको क्रान्तिकारी पंक्ति अनेकौं दुःखकष्ट, दमन, यातना, बन्दीजीवन, वलिदान गर्दै, जनतालाई महान क्रान्तितिर आशावादी एवं विस्वस्त पार्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा बढिरहेको छ । केही खराबीहरु देखिए पनि क्रान्तिलाई यो उचाईसम्म पुगाउने पार्टी नेतृत्व, नेता, कार्यकर्ताका लागि असाध्य समस्याहरु होइनन् । पार्टीका खराबी र नकारात्मक पक्षहरुलाई सही समाधान दिन र महत्वपूर्ण सकारात्मक पक्षहरुलाई रक्षा गर्नै विजयतिर डोर्याउन सकिने दृढ विश्वास छ । 

६) पार्टी शुद्धीकरणबारे
क) शुद्धीरकणको सैद्धान्तिक अवधारणा
पार्टी शुद्धीकरण पार्टी जीवनको निकै गहन विषय हो । शुद्धीकरणको सार पार्टीका विचार, राजनीति, आचारण, व्यवहार र संगठनमा रुपान्त्रण गर्नु र नयाँ जीवन पैदा गर्नु हो । अर्थात पुरानो जीवनमा पैदा हुने विभिन्न अपूर्णता, असक्तता, खरावी, विचलन र अशुद्धिलाई सफा र शुद्ध गर्ने विशेष प्रकृया हो । पार्टीलाई पुरानो चरित्रबाट नयाँ चरित्रमा, पुरानो दृष्टिकोणबाट नयाँ दृष्टिकोणमा र पुरानो जीवनबाट नयाँ जीवनमा रुपान्त्रण गर्ने कदम हो । मालेमावादी र एकीकृत जनक्रान्तिको विचारमा उठाउने पहल हो । त्यसैले कम्युनिष्ट पार्टीको जीवनका खासखास चरणमा शुद्धीकरण जरुरी पर्छ र पार्टीले संचालन गर्नु पर्छ । हाम्रो शुद्धीकरण अभियान, क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रुपान्तरण भन्ने सिद्धान्तमा आधारित छ र हुनुपर्छ ।  

ख) आवश्यक्ता 
कम्युनिष्ट पार्टी एक वस्तु हो । वस्तु भएकोले विभिन्न समयमा यसभित्र विविध खालका सिमा, समस्या, खरावी र रोगहरु पैदा हुने गर्दछन् । ती समस्या र रोगहरुबारे समयमै ध्यान पुगाइएन भने तिनले पार्टी जीवनलाई हानी पुर्याउँछन् र खतरामा पार्दछन् । त्यस्ता अशुद्धि र खराबीहरुबाट पार्टीलाई बचाउने उपचार भनेको शुद्धीकरण नै हो । अर्थात पार्टीका दृष्टिकोण, आचार व्यवहार शैलीलाई मालेमावादी एवं सर्वहारावर्गीय बनाउँनु हो । दुशमनले यो पार्टी र क्रान्तिलाई समाप्त पार्न चाहन्छ । उसको प्रतिबन्ध र दमनका अनेकौ श्रङखलाले यसको सजीव पुष्टि गर्छन । तर श्रमिक वर्ग, क्रान्तिकारी र मित्रशक्तिहरुले यो पार्टीको रक्षा, विकास र विजय चाहन्छन् । 

हामीलाई क्रान्ति हाँक्नसक्ने मालेमावादी पार्टी चाहिएको छ । एकीकृत जनक्रान्तिको पार्टी चाहिएको छ ।  कम्युनिष्ट पार्टी क्रान्तिको साधन पनि भएकोले क्रान्तिले माग गरेअनुरुपको पार्टी आवश्यक छ । तर यो स्तरको अब्बल पार्टी बन्नमा केही सिमा र समस्याहरु लगातार देखिदै आए । 

नेतृत्वले ती बिषयमा पार्टीको ध्यान केन्द्रीत गर्दै पनि आयो । तर सिमा, समस्याहरु बल्झिराख्ने अवस्था देखियो । खासगरी पार्टीमा अवसरवाद, पलायनवाद, वर्गसमन्वयवाद, तदर्थवाद, टुक्रेचिन्तन, अर्थवाद देखा परिरहने अवस्था बन्यो । कुरा क्रान्तिको गर्ने व्यवहार आफ्नो तुच्छ स्वार्थ पुरा गर्ने दोहरो चरित्र अकल्पनीयरुपले फैलियो । निजी स्वार्थका लागि पार्टीका मूल्य, मान्यता, विचार, चरित्र कुनै मतलव नगर्ने, तुच्छभन्दा तुच्छ कार्य गर्न पनि तयार हुने प्रवृत्तिहरु मौलाए । पार्टीले राजनैतिक संघर्ष र वर्ग संघर्षमा जतिवेला उचाई हासिल गर्छ त्यही वेला यस्ता प्रवृत्तिहरुले जनता, कार्यकर्ताको भावनामा चिसो पानी खन्याउने तुच्छ कार्य गरिरहने स्थिति रह्यो । कतिपय कमरेडको उमेर तथा स्वास्थ्य अवस्थाका समस्याहरु पनि देखापरे । यी कुराहरुले पार्टीको रुपान्त्रण अनिवार्य आवश्यक्ता बोध गरायो । 

हामीले यो निर्णय केन्द्रीय समितिको औपचारिक वैठकबाट लिन निकै जोड गर्यौं तर हाम्रो पार्टीमा बचेको तिनै समस्याका कारण दुई पटकसम्म वैठक नै स्थगित गर्नु पर्यो । अन्ततः हामीले संगठनात्मक दृष्टिले असाधारण लाग्ने निर्णय स्थायी समितिबाट लिनुपर्यो । यो निर्णय स्थायी समितिको परिपत्रमा भनेजस्तै सामान्य संगठनात्मक विधि मान्यताभन्दा माथि क्रान्ति, वर्ग, कम्युनिष्ट आन्दोल र इतिहासप्रति जवाफदेही हुनेगरी लिइएको हो ।      

ग) शुद्धीकरणको प्रभाव
क्रान्तिको एउटा विशिष्ट अवस्थामा केन्द्रबाट पहल गरिएको शुद्धीकरणलले पार्टी पंक्ति र बाहिर पार्ने सकारात्मक एवं नकारात्मक प्रभाव र त्यसले ल्याउने तरङबारे गंभीर बनाएको थियो । पार्टीलाई रुपान्त्रण गर्दै जानु पर्ने वस्तुगत आवश्यकता तर प्रतिक्रियावादी, संशोधनवादी, अवसरवादीहरुका अनेकैं घेराबन्दी तथा  पार्टीको केही कमजोर धरातलका कारण शुद्धीकरणले समग्र पार्टी जीवनमा कस्तो परिणाम ल्याउला भन्ने एकतहको चिन्ता पैदा गरेको थियो । तर परिपत्र देशभरी संपे्रषित हुँदै जादा केही कमरेडहरुका सुझाव, गुनासा र असन्तुष्टि बाहेक मूलरुपमा कमरेडहरुमा व्यापक उत्साह, समर्थन, प्रतिबद्धता नै प्राप्त भए । केन्द्रीय समितिबाट विदा भएका केही कमरेडले पार्टी शुद्धीकरण सही भएकोभन्दै दिनुभएको साथ उत्प्रेणपूर्ण रहे । यसले वस्तु, चाहना र योजनाको बीचमा सजीव तालमेल मिलेको अनुभूति भयो । पार्टीको मूलपंक्ति क्रान्तिप्रति धेरै सचेतता छ भन्ने प्रष्टता भयो । जो कमरेडहरुका सुझाव र गुनासा प्राप्त भएका छन् तिनलाई पनि सकारात्मकरुपले ग्रहण गरिने छ । 

शुद्धीकरणको विषय पार्टीमा रहनु पर्छ, पर्दथ्यो तर त्यो गुणको विकास भइ नसकेको अवस्थामा पार्टी बाहिर पुग्ने नै देखिन्थ्यो, पुग्यो । विरोधीहरुले पार्टीमा अन्तर्विरोधको मसला पाएजसरी ठूलठूलो स्वरमा उचाल्न खोजे, अमुक नेताहरुलाई कार्यवाही गरेको प्रचार गरे तर उनीहरुले त्यसबाट खासै फाइदा पाउन सकेनन् । उल्टो प्रतिक्रियावादीहरुलाई समेत शुद्धीकरणको दवाव पर्न गयो । पार्टीका शुभचिन्तक, समर्थक जनता र बुद्धिजीवीहरुमा भने शुद्धीकरणको सकारात्मक प्रभाव पर्यो  । कैयौं मित्रहरुले पार्टीले लिएको निर्णय उचित भएको तर गोपनीयताको रक्षा अझै मजबुत तरिकाले गर्नु पर्ने सुझाव पठाउनु भयो । पार्टी राम्रो बनोस भन्ने चहाना राख्ने सहिद तथा वेपत्ता परिवारहरु पनि खुसी भएको सन्देश प्राप्त भए । यसले पार्टीको निर्णय जनअपेक्षा अनुरुप पनि वस्तुवादी भएको महसूस भयो ।  
सारमा शुद्धीकरणको प्रभाव नेतृत्व र स्थायी समितिले जस्तो अपेक्षा गरेको थियो या जस्तो परिणामको आवश्यक्ता थियो त्यस्तै प्राप्त भएको अनुभूति भएको छ । यसअर्थमा पार्टी पंक्ति, जनता, श्रमिक वर्ग र मित्रहरुको क्रान्तिप्रतिको आस्था र निष्ठाप्रति हामीले गर्व गर्नु पर्छ । साथै पार्टी नेतृत्वले पूर्ण निष्ठा र इमान्दारीपूर्वक शुद्धीकरणलाई क्रान्तिको महान उद्देश्यसँग जोडेर पुरा गर्नु पर्दछ । 

घ) शुद्धीकरणको संचालन 
शुद्धीकरण हाल केन्द्रीय समितिमा मात्र प्रयोग गरिएको छ र व्युरोहरुमा नीतिगत तहसम्म तय गरिएको छ । तर शुद्धीकरण केवल केन्द्रीय समितिका हकमा मात्र आवश्यक विषय होइन । यो सारा पार्टी पंक्तिका लागि आवश्यक विषय हो । यसलाई जिल्ला, गाउँ, जनसेना, जवस, मोर्चा, विभाग सबैतिर लागु गर्न जरुरी छ । यो अभियान त्यसवेला मात्र पुरा हुने छ जव पार्टीले सबै समिति, जवस, मोर्चा र विभागहरुमा पनि शुद्धीकरणको भावलाई पूर्णरुपले लागु गर्ने छ । 

स्थानीय तहहरुमा दुशमनको घुसपैठ, कैयौं कार्यकर्ताहरुलाई लोभलालचमा फसाउने र पार्टी कै विरुद्ध प्रयोग गर्ने, पार्टीको जिम्मेवारी, विचार, नैतिकतालाई वेवास्ता गर्ने, पार्टीका गोप्य सूचनाहरु चुहाउने, सामान्य गिरफ्तारीमा पनि आत्मसमर्पण गर्ने, विरोधी पार्टीसँग लाजलाग्दोगरी साँगगाँग गर्न पुग्ने, पार्टी भित्र फाटो पार्न मात्र खोज्ने, घोर संशोधनवादी, प्रतिक्रियावादी चरित्रको सरकारी नेकपामा प्रवेश गर्ने, पार्टीलाई पैसा उठाइखाने ससाना ग्रुपमा मात्र चलाउन खोज्ने, अराजक तरिकाले जाँडरक्सी खाने, छाडा यौन सम्बन्ध राख्ने, पार्टीका सामाग्रीहरुको जथाभावी दुरुपयोग गर्ने, पार्टीको रकम फारोतिनो गर्नुको साटो जतिपनि खर्च गर्ने, पार्टीसँग पैसा जतिपनि छ माग्ने हो भन्ने सोच प्रदर्शन गर्ने प्रवृत्तिहरु देखिने गरेकाछन् । यी पार्टीका साझा चुनौति हुन । यी सारा समस्याहरुलाई साफ गर्नु र पार्टीलाई तलदेखि माथिसम्म सर्वहारा वर्गीय र क्रान्तिकारी बनाउनु शुद्धीकरणको मर्म हो । यही सार, भाव, मर्म र दृष्टिकोणका साथ शुद्धीकरणलाई आफ्नो जीवन र पार्टीको जीवनमा लागु गरौं । आफैलाई बदल्दै पार्टीलाई नमुनाकृत गरौं ।

७) प्रतिबन्ध र दमनबारे विभिन्न पार्टी र जनताका धारणाहरु 
क) सरकारी नेकपाको दृष्टिकोण 
एकीकृत जनक्रान्तिप्रति केपी सरकार र सरकारी नेकपा स्पष्ट र निर्मम रहेको छ । नाममा कम्युनिष्ट पार्टी भनीए पनि यो दलाल पूँजीपतिवर्गको संरक्षक एवं संचालक बन्न पुगेको छ । प्रतिक्रियावादी सत्ताको रक्षकमा पतन हुनु साथै त्यसबाट असिमित सुविधाभोग गरिरहेको कारण सरकार र सरकारी पार्टीले जनक्रान्तिलाई आफ्नो भविष्यको मुख्य खतराका रुपमा बुझेको छ । महान जनयुद्धलाई विसर्जन गरिसकेपछि क्रान्तिको असफलतामा आफ्नो जीवन देख्ने प्रचण्डहरुको नकारात्मक भूमिकाले यसलाई थप पेचिलो बनाएको देखिन्छ । 
सरकारले एकीकृत जनक्रान्ति र पार्टीका विरुद्ध प्रतिबन्ध र दमनको नीति प्रयोग गरिरहेको छ । जनक्रान्ति वार्ताद्वारा हल हुने मामिला होइन भन्ने उनीहरुलाई थाहा छ त्यसैले वार्तालाई केवल जालझेलको रुपमा प्रयोग गरेर दमनलाई छोप्न खोजिरहेका छन् । वार्ताको हल्ला मच्चाएर संभव भएसम्म पार्टीमा घुसपैठ, चलखेल गर्ने, अवसरवादी प्रवृत्तिहरुलाई उपयोग गर्ने चाल पनि उनीहरुको छ । 

ख) काग्रेसको दृष्टिकोण 
नेपाली काग्रेस दलाल पूँजीपतिवर्गको प्रतिनिधि पार्टी हो । यसले एकीकृत जनक्रान्तिलाई दलाल पूँजीवादी सत्ताका विरुद्धको विद्रोह र वैज्ञानिक समाजवादी सत्ताको लागि हो भन्ने स्पष्ट बुझेको छ । साथै यो विषय  वार्ताद्वारा हल हुने विषय होइन भन्ने जानेको छ । काग्रेस भित्रिरुपमा जनक्रान्तिप्रति सत्रक छ । हाम्रो पार्टीलाई छुट दिनु हुँदैन भन्नेमा पनि प्रष्ट छ । सेरबहादुर, रामचन्द्र, सिटौला सबैले कि वार्तागरेर रोक्नु पर्ने होइन भने प्रसासनिक रुपले(दमनद्वारा) रोक्नु पर्ने सुझाव दिदै आएका छन् । तर सत्ता संचालनको प्रत्यक्ष भूमिकामा नभएकोले यसले जनक्रान्तिलाई सरकारी पार्टीको टाउकोमा थोपरिदिने खेल बनाउनु स्वभाविक  छ । 
काग्रेसको एउटा आसय सारमा जे भएपनि रुपमा दुई कम्युनिष्ट पार्टीहरु आपसमा लडुन र जनतामा भ्रम परोस, पार्नसकियोस भन्ने पनि छ । उसले तत्कालका लागि केपी प्रचण्डहरुलाई कमजोर बनाउने र दृर्घकालीकरुपले नेपाल कम्युनिष्ट पार्टीलाई समाप्त पार्न सकियोस भन्ने सोचेको देखिन्छ । 

ग) अन्य पार्टीहरुको दृष्टिकोण 
नयाँ शक्ति र संघीय समाजवादी मिलेर बनेको समाजवादी पार्टी एकीकृत जनक्रान्तिबारे प्रष्टै छ । उसले यो क्रान्ति दलाल पूँजीवादी सत्ताका विरुद्ध हो भन्ने बुझेको छ । तर यसले तत्काल हाम्रो पार्टीप्रति सन्तुलित दृष्टिकोण राख्ने, जनक्रान्तिको पनि सरकारी दमनको पनि विरोध गर्ने तरिका प्रयोग गरेको छ । कार्यनैतिकरुपले सरकारका विरुद्ध भएकोले हामीसँगको सम्बन्ध सामान्य बनाउन चाहन्छ । 
नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र वैज्ञानिक मसाजवादी पार्टीहरुले सापेक्षितरुपले एकीकृत जनक्रान्तिलाई सकारात्मक दृष्टिले लिएका छन् । उनीहरु हाम्रो पार्टीका विचार, कार्यदिशा, रणनीतिसँग पुरै सहमत नभए पनि क्रान्तिका विरुद्धमा बोलेका छैनन् । हाम्रो पार्टी माथि भइरहेको सरकारी फासिवादी दमनका विरुद्ध खुलेर बोल्नुका साथै सयुक्त कार्यक्रममा सहभागि बनिरहेका छन् । उनीहरुले पार्टी एकतासम्मका लागि छलफल गर्ने प्रस्ताव राखेका छन् । हाम्रो पार्टीले पनि उनीहरुसँगको सहकार्यलाई जोड दिदै आएको छ । नेपाल कम्युनिष्ट पार्टी मसाल प्रतिबन्धको विरोधमा बोले पनि एकीकृत जनक्रान्तिका विरुद्धमा बढी आक्रमक देखिएको छ । उसले सशस्त्र संघर्ष असंभव भएको पुरानै अवसरवादी तर्क गर्दै हामीसँग सहकार्य नगर्ने गलत नीति लिन पुगेको छ तर मसाल भित्रको अल्पमत पक्ष भने क्रान्तिकारी धु्रवीकरणको पक्षमा देखिएको छ । यसलाई सकारात्मक रुपले ग्रहण गर्नु पर्दछ । नेमकिपाले प्रतिबन्ध र क्रान्ति दुवै विषयमा मौण वस्ने गलत तरिका प्रयोग गरेको छ । 

घ) देशभक्त, बुद्धिजीवी, मानवधिकारवादी, कलाकारहरुको दृष्टिकोण 
कुनै पनि पार्टीमा प्रत्यक्ष नजोडिएका, जोडिए पनि आफ्नो दृष्टिकोण राख्न सक्ने देशभक्त नागरिक, बुद्धिजीवी र कलाकारहरुले एकीकृत जनक्रान्ति र हाम्रो पार्टीप्रति सकारात्मक धारणा र समर्थन सार्वजनिकरुपले नै व्यक्त गरिरहेका छन् । उनीहरुले कुनै निजी स्वार्थका कारणले नभइ देशको अवस्था, सरकारले गरिरहेको राष्ट्रघाति, जनघाति कामकार्यको विरुद्ध उज्जल संभावना बोकेको कारणले जनक्रान्तिको पक्षमा मत जाहेर गरिरहेका छन् । 
कैयौं व्यक्तित्व, बुद्धिजीवी, मानवधिकारवादी र कलाकारहरुले रेडियो, टेलिभिजन, पत्रपत्रिकामा राखेका महत्वपूर्ण विचारहरुले देशको ठूलो जनमतलाई जनक्रान्तिप्रति सकारात्मक धारणा बनाउन भूमिका खेलेका छन् । उनीहरुको विचारप्रति राज्य सरकार असहिष्णु बनेको देखिन्छ । 

ङ) आम जनताको धारणा 
एकीकृत जनक्रानित र नेपाल कम्युनिष्ट पार्टी प्रति आम जनताको धारणा निकै सकारात्मक रहेको छ । दलाल पूँजीवादी सत्ताको उत्पीडनमा परेका मजदूर किसान, युवा, मधेशी, महिला, दलित, जनजातिले संसदवादी पार्टीहरुबाट भएको धोकाको पर्खाल तोडिएर मुक्ति र अधिकारको लडाई अगाडि बढेको महसुस गरेका छन् । देशभक्त, बुद्धिजीवी, विज्ञ, साहित्यकार, पूर्व जनरल र प्रहरी अफिसरहरु, कलाकार, सच्चा लोकतन्त्रवादीहरुले परिबर्तनकारी एवं राष्ट्रिय स्वाधिनताको आन्दोलन अगाडि बढेको अनुभूति गरेका छन् । 

शान्तिकालको नाममा राजनैतिक संक्रमणलाई उपयोग गर्दै गरिएका राष्ट्रघात, जनघात एवं केपी सरकार बनेपछि देशमा अनियन्त्रित प्रकारले बढेका भ्रष्टाचार, तस्करी, अराजकता, दलाली, फजुलखर्ची जस्ता कृयाकलापबाट जनतामा निकै निराशा र असन्तुष्टि बढ्दै गएको थियो । जव हाम्रो पार्टीले एकीकृत जनक्रान्तिलाई जनभावना अनुरुप ठीक निशानामा प्रहार गर्दै अगाडि बढ्यो चौतर्फी उत्साह, आशा र एउटा भरोसा पैदा हुन पुगेको छ । राज्यले हाम्रो पार्टी माथि गरिरहेको दमनलाई जनताले अस्वीकार गरिरहेका छन् । पार्टीलाई जनताको साथसहयोग सबैतिर बढेको छ । 

च) विदेशीहरुको दृष्टिकोण 
हाम्रो पार्टी विरुद्ध सरकारले प्रतिबन्ध लगाएपछि साथै एकीकृत जनक्रान्ति अगाडि बढेपछि अन्तराष्ट्रिय जगत तरङ्गित भएको छ । मत्रिशक्तिहरुले प्रतिबन्धको खुलेर विरोध गरेका छन् । अष्ट्रलिया, फिनल्याण्ड, जर्मन कम्युनिष्ट पार्टीहरुले प्रतिबन्ध फिर्ता लिन र खारेज गर्न वक्तव्य दिए । माओवादी धारका क्रान्तिकारी पार्टीहरुको प्रतिक्रिया भने प्राप्त भएका छैनन् । रिमको निस्क्रियता, क्रान्तिकारी पार्टीहरु बीचको सक्रिय सम्बन्धको अभाव साथै उनीहरुको कमजोर मनोवृत्तिका कारण त्यहाँ स्पष्ट दृष्टिकोण बन्न सकेको देखिदैन । 
पूँजीवादी सत्ताहरु भने नेपाली सरकारलाई दमनका लागि उक्साएको देखिन्छ । भारतले भित्रिरुपमा क्रान्तिका विरुद्ध आक्रमक छ । विभिन्न पत्रपत्रिकाहरुमा अरुण तीन, माथिल्लो कर्णाली, विराटनगरको अवैधानिक भारतीय कार्यलय विरुद्ध भएका कार्यवाहीहरुलाई लिएर टिप्पनीहरु गरेका छन् । तर बाहिर बोलिहालेको अवस्था छैन । 
अमेरिकाले पनि चन्द्रागिरीको नामै लिएर आफ्ना नागरिकहरुलाई त्यहाँ घुम्न नजान सूचनाजारी गर्यो । भित्र उसले पनि क्रान्तिका विरुद्ध खेलखेलिरहेको देखिन्छ । चीनको कुनै प्रतिक्रिया आएको छैन । तर हालसम्मको अवस्थालाई नियाल्दा उसले सन्तुलनकारी नीति लिएको बुझिन्छ । अन्य देशहरुको स्थिति खासै उल्लेखनीय छैन । 

८) पार्टीहरुको अवस्था 
क) सरकारी नेकपाको अवस्था 
केपी प्रचण्डको नेकपा वैचारिक, राजनैतिक विषयमा भन्दा कुर्ची, पद , सुविधा र हैसियतको संघर्षमा फस्दै गएको छ । आआफ्ना संंकटलाई रोकथाम गर्न पार्टी एकताको जामा लगाइदिए पनि उनीहरु भित्रका स्वार्थ समुह, गुट , अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको चलखेलका कारण गठबन्धन जस्तो मात्र बनेको छ । भित्र एमाले र माओवादीका पुराना पार्टीहरु त्यसभित्रका पनि गुटहरु चलिरहेका छन् । विभिन्न समयमा एक अर्कालाई खुल्लै प्रहार गर्ने, खुइल्याउने, कटाक्ष गर्ने र सौदाबाजी गर्ने कार्य गरिरहेका छन् । यो खेलमा माकेभन्दा एमाले निकै अगाडि र प्रभावकारी देखिएको छ । 

एमाले र माकेको संघर्ष कुन विन्दुमा विस्फोट हुन्छ भन्ने निश्चित छैन । प्रचण्डको अस्थिर, आत्मसमर्पणवादी एवं महत्वकाक्षी प्रवृत्तिमा विदेशीले योजनाबद्धरुपले हात हालेमा र त्यो हातमा नेपाली काग्रेस, मधेशवादी दलहरुले साथ दिएमा या एमालेहरुले प्रचण्डहरुलाई छेउपार्न चाहेमा जतिवेला पनि गठबन्धन वालुवाको महलमा परिनत हुने देखिन्छ । तर विभाजनपछि आआफ्नो महत्वकाँक्षा पुरा नहुने अवस्थामा भने गठबन्धनको स्थिति बाध्यात्मक बन्ने देखिन्छ । यो पार्टीका कृयाकलाप, सोच र नीतिहरुप्रति जनताको उत्साहपूर्ण आशा छैन ।  

ख) काग्रेसको अवस्था 
काग्रेस पार्टी अझै पनि जनयुद्धमा गरेको गल्ति र संसदीय चुनावको पराजयको कुण्ठा र धक्काबाट समाहलिन सकेको छैन । विभिन्नरुपमा हारको हिनताबोध पोख्ने काम गरिरहेको छ । दलाल पूँजीपतिवर्गका विभिन्न गु्रप, विदेशी शक्ति केन्द्रका प्रभाव र राजनैतिक विचारको अभावले गर्दा गुटबन्दीमा नराम्रोसँग फसेको छ । आफ्नै संगठन बचाउन पनि गाह्रो परिरहेको छ । 

काग्रेसले इतिहासमा गरेका राष्ट्रघात, दलाली, दमनकारी भूमिकाका कारण जनताले यस पार्टीमाथि विश्वास एवंं भरोसा गर्ने अवस्था छैन । संसदीय हानथाप बाहेक देशको संकटलाई हल दिने न विचार छ न संगठनात्मकरुपले तत्कालै वैकल्पिक शक्ति बन्न सक्ने खेखिन्छ । यसले जनताको मन—विश्वास जित्ने अवस्था छैन ।

ग) अन्य राजनैतिक पार्टीहरुको अवस्था
अन्य राजनैतिक पार्टीहरु संगठनात्मक रुपले अस्तित्वमा रहे पनि तिनको राजनैतिक एवं संघर्षशील भूमिका अग्रनी खालको छैन । तिनको भूमिका चाहे सरकार संचालनमा होस चाहे संघर्षमा होस जता भएपनि सहयोगात्मक मात्र रहन सक्ने देखिन्छ । समाजवादी पार्टी, राजपा, मसाल र अन्य संसदवादी तथा सुधारवादी पार्टीहरु यस्तै खालका पर्टी हुन । तर यी पार्टीहरुले सरकार विरुद्ध आन्दोलनकारी जनमत बनाउनमा भने राम्रो भूमिक खेल्न सक्छन् ।

नेकपा(क्रामा), नेकपा, नेकपा(माके) र वैज्ञानिक समाजवादी पार्टीहरुको अवस्था वैचारिक, राजनैतिक महत्वको छ । संगठनात्मक एवं संघर्षका दृष्टिले नेतृत्वदायी भूमिका छैन । यिनले आफ्नो विचार,कार्यदिशाका कारणले पनि एक्लै तत्काल क्रान्तिको नेतृत्व गर्न सक्ने स्थिति छैन । तर क्रान्तिकारी सयुक्त मोर्चा मार्फत क्रान्तिमा योगदान गर्न सक्ने संभावना भने छ ।  

घ) हाम्रो पार्टीको अवस्था
हाम्रो नेपाल कम्युनिष्ट पार्टी आफ्नो वैचारिक, राजनैतिक, संगठनात्मक, संघर्ष र आर्थिक दृष्टिकोणका कारण देशमै स्थापित पार्टी हो । यससँग दलाल पूँजीवादलाई फाल्ने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने स्पष्ट दृष्टिकोण छ । तत्काल दलाल पूँजीवादी सत्ताले जनअधिकार, राष्ट्रियता, जनजिविकाका क्षेत्रमा लादेका राष्ट्रघाति, जनघाति, भ्रष्टाचार, तस्करी, महङ्गीका विरुद्धको संघर्षलाई संचालन गरिरहेको छ । हाम्रो पार्टीका यी विचार, संगठन र संघर्षका सन्दर्भमा श्रमिक जनता, देशभक्त, लोकतन्त्रवादी र कम्युनिष्टहरु स्पष्ट छन् । प्रतिबन्धपछि पार्टी राजनैतिक क्षेत्रमा पार्टी अरु स्थापित र लोकप्रिय बन्दै गएको छ । लोकप्रियतालाई प्रतिबन्धले कमजोर बनाएन बरु गुणात्मकरुपले माथि उठायो । यसैले गर्दा नै जनताले हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रुपमा आत्मसाथ गरेका छन् । 

संगठनात्मक रुपले हाम्रो पार्टी श्रमिक वर्गीय, अनुशासित कम्युनिष्ट पार्टी हो । यसमा मजदूर किसान, युवा, दलित, जनजाति, मधेशी, देशभक्त नागरिकहरु गोलबन्द हुँदै गएका छन् । प्रतिबन्धपछि केही अवसरवादी, आत्मसमर्पणवादी, पलायनवादीहरु पार्टीबाट निस्किए पनि त्यसले ठूलो समस्या ल्याएको छैन । पार्टीले शुद्धीकरण गर्ने नीति लिएपछि आम नागरिकहरु पनि खुसी भएको अवस्था छ । 

संर्घका दृष्टिले पार्टी धेरै आक्रमक पनि छैन र बढी रक्षात्मक पनि छैन ।  सन्तुलनकारी अवस्थामा छ । भ्रष्टाचारी, तस्कर, राष्ट्रघाति योजनामा पार्टीको संघर्ष आक्रमक छ भने दलाल, जालिफटाह, सत्ता प्रतिनिधि र सशस्त्र प्रतिरोधका क्षेत्रमा केही रक्षात्मक रहेको छ । यसको मतलव नसकेर मात्र पनि होइन । दुई कारणले यो स्थिति बनेको छ । पहिलो पार्टीको समग्र संघर्षसम्बन्धि योजनामा विचार पुर्याई रहेकोले दोस्रो पार्टी सामु पैदा भएका केही संगठनात्मक जटिलताहरुलाई मिलाउँदै गरेकाले । 

आर्थिक क्षेत्रमा पार्टीले पुन पहल अगाडि बढाएको छ । प्रतिबन्धपछि पैदा भएको प्रतिकूलतालाई विभागले मेहनतगरेर क्रमशः सकारात्मक परिणामतिर बढाएको छ । पर्याप्त संकलन नभएपनि सन्तोषजनकरुपले कामहरु भइरहेका छन् । पार्टी आर्थिकरुपले पुरै संकटमा छैन । क्रान्तिकारी पार्टीका लागि यो खुसीकै कुरा हो । 
तत्कालको संभावना र पार्टीको आवश्यक्तालाई ध्यान दिएर तीन महिने विशेष आर्थिक अभियान चलाइएको छ । पार्टी भरखरै मात्र प्रवेश गरेकोले समग्र रिपोर्ट आइसकेको छैन तर पार्टीले राम्रो पहल लिएको खण्डमा स्थिति सकारात्मक नै हुनसक्ने देखिन्छ । 

हाम्रो पार्टीले प्राविधिक क्षेत्रमा उल्यख्य सफलता हासिल गरेको छ । सही विचार, सही योजनाको प्रयोगमा यस्ता सफलताहरु आजको युगमा संभव छन् भन्ने पार्टीको विचार सही सावित हुँदै गएको छ । अगाडिका संभावना अझै राम्रा छन्  । पार्टीले संचालन गरेका पत्रपत्रिका र अनलाईनले हाम्रा दृष्टिकोण, नीति र धारणाहरु जनताका बीचमा पुगाउने भूमिका पुरा गरिरहेका छन् ।  समग्रमा हेर्दा हाम्रो पार्टी वैचारिक, राजनैतिक, संगठनात्मक, संघर्ष, आर्थिक, प्राविधिक, सूचनासंचार जस्ता महत्वपूर्ण विषयहरुबाट संश्लेषण गर्दा नेपालको सबैभन्दा स्पष्ट विचार, सवल, अनुशासित, क्रान्तिकारी र सुव्यवस्थित पार्टी हो । नेपालका अन्य संसदवादी पार्टीसँग यसको कुनै तुलना नै हुनसक्दैन । अन्य सवै पूँजीवादी, दलाल पूँजीवादी, संशोधनवादी, सुधारवादी, क्षेत्रियतावादी पार्टीहरु राजनैतिक, संगठनात्मक दृष्टिले संकटमा भासिदै जादा हाम्रो पार्टी मात्र सारा समस्याहरुबाट आफूलाई मुक्त गर्दै देशको नेतृत्व गर्ने तहमा विकास गर्दै गएको छ । धेरै बढाई चढाई नगरेर भन्न सकिन्छ हाम्रो पार्टीलाई मात्र जनताले आजको राजनैतिक संकटबाट देशलाई समाधान दिनसक्ने शक्तिको रुपमा विश्वास गर्दै गएका छन् । 

९) दलाल पूँजीवादी सत्ताको नीति 
केपी सरकारले पार्टी र क्रान्तिका विरुद्ध प्रतिबन्ध लगाएपछि “भ्रम छर्ने र दवाव दिने” नीति प्रयोग गर्यो । उसले पार्टी र जनता बीचको सम्बन्धलाई टुटाउन भ्रम प्रचारलाई खुब प्रयोग गर्यो । सरकारले प्रतिबन्ध लगाएको दुई महिना चैत्र भित्र नेताहरुलाई गिरफ्तार गरिसक्ने, वार्तामा नआएर जेलमा पुगाउने प्रचार गर्यो । तर पार्टीले प्रतिबन्धका विरुद्ध भण्डाफोर गर्दै नेपाल वन्दसहित प्रतिरोधलाई अगाडि बढायो । आम नागरिक र राजनैतिक पार्टीहरुले समेत प्रतिबन्धको विरोध गर्दै अस्वीकार गरे । उसको यो रणनीति असफल बन्न पुग्यो । 

दोस्रो चरणमा सामाजिक दलाल सरकारले “वार्ता र दमनको” रणनीति प्रयोग गर्यो । जनतालाई वार्ताको प्रचारगरेर भ्रममा पार्ने पार्टीलाई फासिवादी दमन गरेर दवाउने षडयन्त्र गर्यो । यसलाई सैन्य रणनीतिमा कुटनैतिक सैन्य रणनीति भनिन्छ । 

सरकारले फासिवादी वार्ता र दमनको रणनीति पनि असफल हुन पुगेपछि उसले तेस्रो कदममा “सर्वदलीय सहमति र दमन”को रणनीति प्रयोग गर्न खोज्दै छ । सुरुमा केपीले सरकारबाट सजिलै समाप्त पार्ने घमण्ड देखायो र देशव्यापी दमनको अभियान पनि चलायो त्यसपछि फासिष्ट दमनलाई चर्काएर, हत्याहिंसा गरेर सक्ने मूर्खता गर्यो । त्यो पनि असफल भएपछि अहिले ऊ लाचार भएर सर्वदलीय सहमति र दमनको फासिवादी रणनीति प्रयोग गर्न खोज्दै छ । हाल सम्म संसदवादी दलहरु बीचका आपसी अन्तबिरोधका कारण सहमति बनिसकेको छैन । तर यस संभावनालाई इन्कार गर्न सकिदैन । काग्रेसका कृष्ण सिटौंला र रामचन्द्रले हाम्रो जनक्रान्तिलाई एउटा झिल्को भएपनि डढेलो बन्ने भन्दै कि वार्ताबाट कि कानूनी कार्यवाहीबाट रोक्नु पर्छ भनेर दिएको प्रतिक्रियालाई यसको संकेत मान्न सकिन्छ । 

सरकारले आफ्नो यो रणनीतिलाई पुरा गर्न हाम्रो पार्टी भित्र देखिने छिद्रहरुलाई प्रयोग गर्ने, गिरफ्तार गर्ने र वार्ताको पक्षमा वोल्न लगाउने, आत्समर्पण गराउने अनि आत्मसर्पणवादीहरुलाई नै प्रयोगगरेर पार्टीका विभिन्न नेताहरुसम्म पुग्ने घातक खेलखेल्दैछ । 

१०) आगामी योजनाका नीतिहरु 
पार्टीका आगामी योजनाका नीतिहरु माथि उल्लेखित राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिति, सामाजिक दलाल पूँजीवादी सरकारका नयाँ नीतिहरु, राजनैतिक पार्टीका दृष्टिकोणहरु, उनीहरुबीचका आपसी अन्तर्विरोधहरु र हामीले अगाडि बढाइरहेको एकीकृत जनक्रान्तिका मौलिक नीतिहरुका आधारमा आगामी योजनाका नीतिहरु तय गरिनु पर्दछ । 

क)  राजनैतिकरुपले सामाजिक दलाल सरकार र सरकारी नेकपाले हामी माथिको प्रतिबन्ध र दमनलाई कायमै राख्ने, कुनै पनि वेला ठूला सैन्य अप्रेसनहरु संचालन गर्ने, संविधान र लोकतान्त्रिक गणतन्त्रका पक्षमा सर्वदलीय सहमति भनेर हाम्रो विरुद्ध मोर्चा बनाउने र दमन गर्ने योजनामा छ । तर यसमा नेपाली काग्रेस, समाजवादी पार्टी र अन्य संसदवादी पार्टीहरु तत्काल सहमत भइसकेका छैनन् । ठूलो दमनका लागि सेना र प्रहरी पनि एकमत भइसकेका छैनन् । सरकारी नेकपाभित्र पनि एकमत भइसकेको छैन । यो अवस्थामा हामीले केपी सरकार र सरकारी नेकपाभित्रको फासिवादी गुटको दमनकारी नीतिका विरुद्ध राजनैतिक भण्डाफोर गर्न, नेपाली काग्रेसको विमति साथै अन्य पार्टीहरुका अन्तर्विरोधलाई पकड्न ध्यान दिनु पर्छ । 

यता हामीले प्रतिबन्ध, दमन र फासिवादी चरित्रका “भण्डाफोर गर्ने र सयुक्त राजनैतिक संघर्ष” गर्नजोड
लगाउनु पर्छ । वैचारिक, राजनैतिक रुपले सामाजिक फासिवादलाई जनताका बीचमा नङ्ग्याउन,
एक्ल्याउन र एकीकृत जनक्रान्ति वरिपरि जनतालाई गोलवन्द गर्न हामीले “मालेमावादी विचारमा
स्पष्टता, राजनैतिक कुटनैतिकमा लचकता”, भन्ने नीतिलाई कार्यन्यन गर्नु पर्छ ।
यो नीतिभित्र केपी सरकार विरोधी शक्तिहरुलाई परिचालन गर्ने विशेषतः कम्युनिष्ट,
देशभक्त शक्तिहरुसँगको सहकार्यलाई पकड्नु पर्दछ । 
राजनैतिक रुपले दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भन्ने
दृष्टिकोणलाई आम जनताका बीचमा पुगाउन विभिन्न कार्यक्रमहरु संचालन गर्नु पर्दछ । 
पार्टी भित्र देखापरिरहेका आत्मसुरक्षावाद, समन्वयवाद र पलायनवादका विरुद्ध निर्मम तथा
सशक्त संघर्ष संचालन गर्नु पर्छ । पार्टी पंक्तिलाई “आत्मसुरक्षा, आत्मसमर्पण होइन विद्रोह, समन्वय
होइन संघर्ष, गद्दारी होइन वलिदान” भन्ने क्रान्तिकारी विचारलाई स्थापित गरेर जानु पर्छ । 
पार्टी विचार र नीतिमा स्पष्टता ल्याउन पार्टी, सेना, जवस, मोर्चाका नेता कार्यकर्ताका बीचमा
विचारधारात्मक , राजनैतिक स्कुल संचालन गर्नु पर्दछ । 

ख) संगठनात्मक क्षेत्रमा मालेमावादी कम्युनिष्ट पार्टीको निर्माण विना क्रान्ति संभव छैन भन्ने विचारलाई पकड्नु पर्छ । सो नीति अनुरुप सबै पार्टी कमिटिहरुले आपूmलाई शुद्धीकरण गर्दै लैजान जोड दिनु पर्दछ । शुद्धीकरण गर्दा केवल कमिटिमा संख्याको थपघटलाई मात्र नबुझेर हरेकले आफैलाई रुपान्त्रण गर्ने र अरुलाई पनि रुपान्त्रण गर्ने भन्ने सारलाई पकड्नु पर्छ । 

पार्टीलाई जनतासँग जोड्ने र जनतालाई पार्टीमा गोलवन्द गर्ने नीतिलाई दह्रोगरी पकड्नु पर्दछ ।
यसो गर्दा हाम्रा क्रान्तिका चार इलाकालाई सुदृढ गर्ने उद्देश्य मुख्य हुनु पर्दछ । 
जनमुक्ति सेना निर्माणको प्रकृयालाई गति दिनु पर्छ । साथै नयाँ युवाहरुलाई रुचि अनुसार सेनामा भर्ति गरे
पनि आम रुपले भन्दा नयाँ कार्यकर्ता संगठनमा र संगठित कार्यकर्ता सेना भन्ने मान्यतालाई पनि पकड्नु पर्दछ । 
केन्द्रमा पार्टी त्यसका वरिपरि व्यापक जनसंगठनहरुका जालो भन्ने मान्यतालाई जवस, मोर्चा
संगठनहरुका निर्माण र परिचालनमा प्रयोग गर्नु पर्दछ । पार्टी शुद्धीकरणको सैद्धान्तिक एवं वैचारिक
महत्वकोबारेमा प्रशिक्षण संचालन गर्नु पर्दछ । पार्टीका नेतृत्वदायी अंग र नेतृत्वलाई समाप्त पारेर क्रान्तिलाई
असफल पार्ने चालमा सामाजिक दलाल सरकार लागेकोले कुनै पनि हेलचक्रयाई र अराजक कार्यशैली प्रयोग
नगरी “टिमबद्धता, जनसम्बन्ध, गोपनीयता, गतिशीलता”लाई प्रयोग गर्नु पर्छ । 

ग) केपी सरकार र प्रचण्डहरुले क्रान्तिका विरुद्ध वार्ता र दमन, सर्वदलीय सहमति र फासिवादी दमनको सैन्य रणनीतिलाई अगाडि बढाएकाछन् । यो रणनीतिमा संसदवादीहरु बीचका अन्तर्विरोधका  कारण आम सहमति बनिसकेको छैन । यसलाई प्रतिरोध गर्न पार्टीले “मुख्य निशानामा कठोरता र सहायक निशानाहरुमा लचकता”, “मुख्य निशानामा पहिले र सहायक निशानामा क्रमशः” भन्ने तरिकालाई प्रयोग गर्नु पर्छ ।

उसले वार्ताको हतियारद्वारा भ्रम दिन खोजेमा पार्टीले वार्ता र प्रतिरोधको नीतिलाई पनि कलात्मक
एवं कुटनैतिक ढंगले प्रयोग गरेर जनतामा धु्रवीकरण ल्याउनु पर्दछ । 
पार्टी माथिको प्रतिबन्धलाई खारेज गराउन संसदभित्र रहेका र बाहिरका राजनैतिक पार्टीहरुलाई परिचालन
गर्नु पर्दछ । संभव रहेसम्म सरकारी नेकपा भित्रका अन्तर्विरोधलाई पनि प्रयोग गर्नु पर्दछ । दुशमनको दमन
विरुद्ध व्यापक प्रतिरोधलाई पकड्नु पर्दछ । नेपालको राष्ट्रिय स्वाधिनता विरुद्ध गरिने विदेशी शक्तिकेन्द्रका
राजनैतिक, आर्थिक, धार्मिक, साँस्कृतिक हस्तक्षेपका विरुद्ध देशभक्त, वामपन्थी, क्रान्तिकारी शक्तिसँग
सहकार्यगरे भण्डाफोर एवं प्रतिरोध संघर्ष अगाडि बढाउनु पर्दछ ।

घ) संघर्ष संचालन गर्दा सबै पार्टी कमिटिहरुले आआफ्नो कार्यक्षेत्रभित्र साँस्कृतिक, सामाजिक विकृति, विचलन र खराबीका विरुद्ध पनि संघर्षहरुलाई संगठित गरेर जनतालाई संरक्षण गर्नु पर्दछ । खासगरी यौन व्यापार, लागुपदार्थको ओसारपसार र सेवन, भ्रष्टाचार, करछली, बलात्कार, गुण्डागर्दी, फिरौंती, अपहरण जस्ता अपराधहरुलाई रोक्न विशेष जोड दिनु पर्दछ । 

जनता र राष्ट्रसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रियता र जनजीविकाका समस्याहरु राष्ट्रघात, भ्रष्टाचार,
करछली, तस्करी, सुदखोरी, शैक्षिक, स्वास्थ्य, भूमाफिया विरुद्ध जनवर्गीय संगठन, युवा संगठन र मोर्चाहरुबाट
संघर्ष उठाएर लैजानु पर्दछ कैयौं सामाजिक, राजनैतिक, न्यायीक समस्यामा मानवधिकार, बुद्धिजीवी,
साहित्यकार तथा कलाकार, पत्रकारहरुलाई पनि संघर्षमा सहभागी गराउँन जोड लगाउनु पर्छ ।  

ङ) केपी सरकार र फासिष्ट गुट हाम्रो पार्टीलाई चौतर्फी आर्थिक नाकाबन्दी गर्ने चालमा छ । उसले उद्यमी, व्यवसायी, व्यापारी, सहयोग दाता सारालाई सहयोग नगर्न मात्र भनेको छैन गरेमा कार्यवाही गर्ने धम्कि दिने गरेको छ । उसको आर्थिक नीति नाकाबन्दी र दमन भन्ने छ । तर उसको यो नीतिमा वामपन्थी, देशभक्त, भिन्न उद्योगी व्यवसायीहरु सहमत भएका छैनन् । हामीले यस नीतिलाई परास्त गर्न मित्रहरुसँग सहयोग र आफ्नै आर्थिक उत्पादनको तरिकालाई विकास गर्नु पर्दछ ।  यसका लागि सबै कमिटिहरुले आत्मनिरभर अर्थसम्बन्धको विकासमा निरन्तर जोड दिनु पर्दछ । नेता, कार्यकर्ता, जनतालाई अर्थउत्पादनमा सहभागी बनाउने योजनाहरुको विकास गर्नु पर्छ । पार्टीको संस्थागत पूँजीलाई बलिया बनाउँदै निजी पूँजीमा पनि उचित ध्यान दिनु पर्दछ । जुन अर्थसम्बन्धबारे यस अगाडि नै आर्थिक दृष्टिकोण पनि पठाइसकिएको छ । 

चार महिने आर्थिक अभियानलाई प्रभावकारी बनाउन अभियानको अवधिभित्र सबै पार्टी कमिटि, जवस र
मोर्चाहरु सक्रियतापूर्वक आआफ्नो तोकिएका क्षेत्रमा सक्रिय हुनु पर्दछ । अभियानको समापनपछि आर्थिक चन्दा
संकलन एक बर्षका लागि रोक्नु पर्दछ । पार्टीका नामबाट पैसा उठाउने तर निजी या केही ग्रुप मिलेर जथाभावी
खर्च गर्ने तरिकाहरुलाई पुरै रोक्नु पर्छ । कमिटिको निर्णय अनुसार  र संस्थागत उत्पादनका लागि मात्र
त्यसलाई प्रयोग गर्नु पर्छ । आर्थिक अनुशासन उलङ्घन गर्ने माथि तुरुन्तै कार्यवाही चलाउनु पर्छ । 

ङ) पार्टी प्रकासन भनेको आजको युगमा जनतालाई सशस्त्र बनाउने र दुशमनसँग लड्ने हतियार हो । रातोखबरबाट  धेरैले आफ्ना धारणाहरु निर्माण गरिरहेको अवस्था छ । तसर्थ हाम्रा प्रकासनहरुलाई जनतामाझ पुगाउन अधिकतम जोड दिनु पर्दछ  । 

च) अन्तराष्ट्रिय स्तरमा भाइचारा र मित्र पार्टीहरुसँगको सम्बन्ध विकासगर्न निरन्तर प्रयास जारी राख्नु पर्दछ  । 
छ) जनतालाई जागरुक बनाउन जनसाँस्कृतिक महासंघ र सामना साँस्कृतिक परिवारबाट साँस्कृतिक तथा साहित्यीक अभियानहरु जनताका बीचमा संचालन गर्नु पर्दछ । 

ज) युवा वैज्ञानिकहरुलाई पार्टी काममा जोड्न विद्यार्थी, शिक्षक र बुद्धिजीजी संगठनहरुबाट मेहनत अगाडि बढाउनु पर्दछ । 

झ) विद्रोहका क्रममा राज्यको गिरफ्तारीमा परेर निस्केका कमरेडहरुलाई आआफ्नो क्षेत्रमा संपर्कमा लिने, छलफल गर्ने र कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिने काम गर्नु पर्दछ । 

११) जेल नीति 
क) केन्द्रीय समितिका सदस्यहरुले आफ्नो पार्टी हैसियतको परिचय खुलस्तरुपले दिने तर सैन्य हैसियत नदिने । पार्टीको गोपनीयता पुरै रक्षा गर्ने, कुनै पनि विरोधी पार्टीसँग साँठगाँठ गरेर या कागज गरेर नछुटने, आत्मसमर्पण नगर्ने बरु जेल वसेर पार्टी नीति अनुरुप संघर्ष गर्ने  ।

ख) आरवीएम, डीसीएमहरुले राज्यले थाहा पाएको छ भने पार्टी जिम्मेवारी खोल्ने, थाहा पाएको छैन भने पार्टी सदस्य भएको बताउने, पार्टीको गोपनीयता पुरै रक्षा गर्ने, विरोधी पार्टीसँग साँठगाँठ नगर्ने, आत्मसमर्पण नगर्ने, कागज गरेर नछुटने ।

ग) जनसेनाका सदस्य सामान्य अवस्थामा समातिएमा सामान्य कार्यकर्ता या समर्थक भएको, युवा संगठनको सदस्य भएको बताउने, कार्यवाहीबाट समातिएमा जनसेनाको सदस्य भएको मात्र बताउने । दुशमनसँग आत्मसमर्पण नगर्ने, कागजगरेर नछुट्ने ।

घ) जवसका कार्यकर्ता समातिएमा आफू जवसको सदस्य भएको बताउने, आत्मसमर्पण नगर्ने । 
ङ) समर्थक जनता गिरफ्तार परेमा आफू सामान्य जनता मात्र भएको बताएर छुटन पाइने तर आत्मसमर्पण नगर्ने । 
च)गिरफ्तार परेका सबै कमरेडहरुले छुटने संभावना देखिएको अवस्थामा बाहेक धरोटी नराख्ने । जेलम वसेर कानूनी संघर्ष गर्ने ।

छ) जेल नीति विपरित गएर पार्टीलाई क्षतिपुग्ने कार्य गरेमा जिम्मेवारीबाट निलम्बन गर्ने । रुपान्त्रण भएमा कार्यवाही भएको दोषहेरी जिम्मेवारी दिइने छ ।  

ज) गिरफ्तार पर्ने कमरेडहरुलाई हिरासत र जेलभित्र भेटघाट गर्न व्युरो स्तरमा जेल व्यवस्थापन समिति बनाएर संपर्क सहयोग गर्ने । 

१२) पार्टीको छ महिने कार्ययोजना
कार्तिक—मंसिरसम्म 
क) राजनैतिक रुपले वैज्ञानिक समाजवादी गणतन्त्रबारे प्रचारप्रसार गर्ने, दलाल पूँजीवादी सत्ता र सामाजिक दलाल पूँजीवादको भण्डाफोर गर्ने
प्रतिबन्ध र दमन विरुद्ध राजनैतिक अन्तक्रिया, गोष्टी संचालन गर्ने 
पार्टी स्कुललाई नियमित संचालन गर्ने, स्कुल संचालन गर्दा एकीकृत जनक्रान्तिको कार्यदिशा अध्ययन
        अध्यापनमा जोड दिने । पुरानो सत्तालाई विस्थापित र जनसत्तालाई गठन पुनरगठन गर्दै जाने   
 
ख) पार्टीलाई सुदृढ गर्नका लागि संगठन सुद्धीकरणमा जोड दिने, गल्ती गर्ने कमरेडहरुलाई कमजोरी अनुसार आलोचना, निलम्बन, निस्कासनका कार्यावाही गर्ने, कमजोरीहरु गर्ने कमरेडहरुलाई रुपान्तरण गर्न प्रेरित गर्ने, पार्टी संगठनलाई चार इलाकामा केन्द्रीत गर्ने  

राज्यको दमन, प्रतिरोधको आवश्यक्ता र एकीकृत जनक्रन्तिको विकास अनुसार सैन्य संगठनको
        विकासमा जोड दिने । सैन्य संगठनलाई केन्द्रीय र सहायक संगठनमा संगठित गर्ने, सैन्य संगठनको
        मात्र र गुण दुवै विकासका लागि जोड लगाउने , क्रान्तिको विकास अनुरुप जवस, मोर्चाहरुलाई सुदृढ गर्ने,
        मजदूर, विद्यार्थी, युवा, महिला, किसान, दलित संगठनहरुको विस्तारमा विशेष जोड लगाउने 
मित्र शक्तिहरुसँगको सयुक्त मोर्चा निर्माणमा जोड दिने र पहल गर्ने । सयुक्त मोर्चा हुन नसक्नेहरुसँग
        कार्यगत एकता गर्न ध्यान दिने । कार्यगत एकता स्थानीय स्तरमा पनि निर्माण गर्न जोड दिने ।

ग) संघर्षका क्षेत्रमा फासिवाद, दमन, स्वाधिनता, वैज्ञानिक समाजवादका नाराहरु वालिङ गर्ने, केपी सरकार फासिवादी प्रतिबन्ध लगाएर हाम्रो पार्टी र जनसम्बन्ध भाड्न लागिपरेको स्थितिमा कुनै पनि हालतमा जनसम्बन्ध निर्माण गर्न जनसरोकारका विषयमा जनपरिचालन, जुलुस, जनसप्रदर्शन, जनसभा गर्न जोड दिने
        संघर्षमा पार्टी, सेना, जवस, मोर्चाका सबै शक्तिलाई सुव्यवस्थित प्रकारले परिचालन गर्ने, संभव भएसम्म
        पार्टी केन्द्रीय समितिबाट पनि प्रदर्शन र सभाहरुमा सहभागी बन्न जोड लगाउने  
भ्रष्ट, मानव तस्कर, लागुपदार्थ तस्कर, घार्मिक दलाल, बलात्कारी, वेश्यावृत्ति गराउने, जुवाडे, शैक्षिक
        एवं स्वास्थ्य माफिया, भूमाफिया, जासूस, गुण्डा विरुद्ध सेबोटेज र छानिएका कार्यवाही गर्ने 
मित्र शक्तिहरुसँग मिलेर सयुक्त संघर्षका कार्यक्रम गर्ने 
दलाल सत्ताले घोषणा गरेको उपचुनावहरु सशक्त प्रतिरोधसहित बहिस्कार गर्ने 

घ) विशेष आर्थिक अभियानलाई मंसिर अन्तसम्म प्रभावकारी रुपले संचालन गर्ने साथै हरेक व्युरोले मौसमी उत्पादन गर्ने,
आर्थिक अभियानमा सबै पार्टी कमिटि, जवस, मोर्चाहरु आआफ्नो कार्यक्षेत्रमा सहभागी बन्ने,
हरेक व्युरो र जिल्लाको आर्थिक हिसाबकिताव अडिट गर्ने गराउने,आगामी दिनमा ऋण लिएर पार्टी
        चलाउने र उठेको रकम सबै खर्च गर्ने चलन वन्द गर्ने,आएको निश्चित प्रतिशत केन्द्रीय कामका लागि
        पठाउन व्युरो इञ्चार्ज र जिल्ला नेतृत्वहरुले समुचित ध्यान दिने ।
ङ) नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन दिवसको अवसरमा मंसिर ८ गते देशभरी पुनरगठन दिवस भव्यरुपले मनाउने  
च) फासिवादी दमनका विरुद्ध र एकीकृत जनक्रान्तिका पक्षमा देशभरी साहित्यीक कार्यक्रमहरु संचालन गर्ने 
च) जनतामा फासिवाद विरोधी चेतना जागृत गर्न सामना र अन्य जनसाँस्कृतिक टोलीबाट साँस्कृकति अभियान संचालन 
छ) पार्टीका धारणाहरु कार्यकर्ता र जनतामाझ पुगाउँन मुखपत्र प्रकासन गर्ने, 
अंग्रेजी प्रकाशनको तयारी गर्ने साथै पहिले नै निर्णय भएको माइलाको गीति संकलन प्रकासन गर्ने 
ज) जनताका न्याय सम्बन्धि मामिलामा सहयोग सेवा दिन जिल्ला स्तरमा न्याय विभाग गठनगरी काम गर्ने 
झ) पार्टीले अगाडि बढाएका नमुना कार्यहरुलाई सम्पन्न गर्ने साथै नयाँ योजनाहरु निर्माण गर्ने 

पुस—माघ—फागुन 
क) राजनैतिक कार्यमा पुरानो सत्तालाई खालि गर्दै नयाँ सत्ता विस्तार गर्ने, 
फासिवादका विरुद्ध मोर्चावन्दी गर्न जोड लगाउँने,
ख) पार्टी संगठनलाई “सुदृढ आधार र व्यापक विस्तार”को नीतिलाई प्रयोग गर्दै जाने, 
सैन्य संगठनलाई सुदृढ र विस्तार गर्दै जाने, जवस मोर्चाहरुलाई विकास र विस्तार गर्ने 
ग) संघर्षमा जनवर्गीय संगठनहरुबाट जनप्रदर्शन, जुलुस र सभाहरुको आयोजना गर्ने, 
 छानिएका सेबोटेज र भौतिक कार्यवाही 
घ) आर्थिक उत्पादनमा विशेष जोड लगाउने साथै अर्थ विभागबाट नियमित सहयोग संकलन गर्ने,
ङ) जनसत्ता, जनसेना प्रकाशन गर्ने
च) सामना परिवार र अन्य साँस्कृतिक टोलीबाट साँस्कृतिक अभियान संचालन गर्ने, 
छ) देशव्यापीरुपमा फागुन १ जनयुद्ध दिवस र सहिदसप्ताह भव्यरुपले मनाउने 

मुख्य नारा 
सामाजिक दलाल फासिवादका विरुद्ध संघर्ष गरौ, 
वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढौं 
सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिष्ट शक्ति एक हौं 
भ्रष्टाचार, तस्करी, राष्ट्रघात र महङ्गिका विरुद्ध संघर्ष गरौं 
पूँजीवादी गणतन्त्रको विकल्प वैज्ञानिक समाजवाद स्थापना गरौं,  
एकीकृत जनक्रान्तिको दिशामा अघिबढौं 
 
आन्तरिक नारा  
आफैलाई रुपान्तरण गरौं, पार्टीलाई सुदृृढ गरौं, 
शुद्धीकराणलाई सफल पारौं । 

अन्य नाराहरु 
लागु औषधि निषेध गरौं । 
लागु औषधि व्यापार माथि कार्यवाही गरौं 
भ्रष्टाचारिहरुलाई कार्यवाही गरौं 
मिटर व्याज माथि कार्यवाही गरौं 
विषादी रक्सीको व्यापार वन्द गरौं 
वेश्यावृत्त वन्द गरौं 
भूमाफिया माथि कार्यवाही गरौं 
शैक्षिक र स्वाथ्यका माफिया माथि कार्यवाही गरौं 



No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...