Sunday, August 17, 2014

प्रेश विज्ञप्ती


२०७१ भाद्र २

नेपाल कम्युुनिष्ट पार्टी – माओवादी जिल्ला समिति सिन्धुलीको पाचौ पूर्ण बैठक मिति २०७१ श्रावण ३०, ३१ र भाद्र १ गते जिल्ला सदरमुकाम सिन्धुलीमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग राज्य संयोजन समितिका ईन्चार्ज क. सुर्यप्रकाश सुवेदी “पथिक”, केन्द्रीय सदस्यद्धय क. “सन्ध्या”,  र क. “अनिल” को विशेष उपस्थितिमा  केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भयो । बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ । जानकारीको लागि यो प्रेश विज्ञप्ती जारी गरिएको छ । 

१. सर्वपथम ज्ञात अज्ञात वीर शहीदहरु्र प्रति हार्दिक श्रद्धान्जली सहित पाचौं पूर्ण बैठकको शुभारम्भ गरियो ।
२. बैठकको प्रारम्भमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग ईन्चार्ज क. “पथिक” ले प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो ।
३. मिति २०७१ साल असार १८ देखि श्रावण ५ गते सम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठक र मिति २०७१ श्रावण २० गते बसेको ताम्सालिड. राज्य संयोजन समितिको बैठकको निर्णय, दिशा निर्देश र सिन्धुली जिल्लाको अवस्थालाई समेत दृष्टीगत गरी केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव पेश गर्नु भई बैठकले व्यापक छलफल पश्यात यस प्रकार निर्णयहरु गरियो ।
४. संघर्षको कार्यक्रम अन्तरगत ः जिल्लामा हुने भ्रष्टाचार र अनियमितता, सरकारी कार्यालयहरुमा हुने ढिलासुस्तीहरु, विकाश निर्माणमा हुने अनियमिता र भ्रष्टाचारहरु, बन तस्करीहरुबाट अनियमित बन फडानी,  अनियमित ढुङ्ग्गा, गिट्टी, बालुवा निकाशी, गाविस सचिवहरुको सदरमुकाम केन्द्रीत गतिवधी, जलविद्युत परियोजनामा विस्तारवादी हस्तक्षेप, भारतीय दलालहरुले ओगटेर राखेका आयोजनाहरुको खारेजी, विभिन्न खानी उद्योगहरुमा  भारतीय हस्तक्ष्ँेप, भारतीय नं. प्लेटका गाडिको बेरोकतोक सवारी, तरकारी, माछा, अण्डा जस्ता वस्तुहरुको निकाशी, भारतीय दुतावासको तर्फबाट सिधै लगानी गरिएका आयोजनाहरुको रोक, भारतीय चिन्ह र पहिचानहरु, शिक्षा, स्वाथ्यमा भएको सरकारको भ्रष्ट अनियमितता, भारतीय विस्तारवादको चौथर्फी हस्तक्षेपको अन्त्य, असमान सन्धी संझौताहरुको विरुद्ध र जन संविधानको निर्माणका विषयमा दबाबमुलक संघर्षका आवश्यक कार्यक्रमहरुको ठेगान गरिएको छ ।

५. संगठनात्मक काम अन्तरगत, एरिया समितिहरुको गठन पुर्नगठन, पार्टीको आवश्यक गाउ समितिहरुलाई गठन पुर्नगठन, सवै पार्टी सदस्यहरुलाई अनिवार्य पार्टीको कुनै न कुनै समितिमा तत्काल आवद्ध, नया सदस्यता दिने कार्यलाई निरन्तरता, पार्टीको एरिया र गाउ सम्पर्क कार्यालयहरुको व्यवस्थापन,  प्रशासनिक क्षेत्रको काममा जनताको पक्षमा हस्तक्ष्ँेपपूर्ण भुमिका आदी जस्ता कार्यक्रमहरु बारे आवश्यक निर्णयहरु गरिएको छ ।
६. पाचौं पूर्ण बैठकमा संयुक्त जन समिति, युवा मोर्चा, जबस ÷ मोर्चाहरुको कार्यक्रम, ३३ दलीय राष्ट्रिय मोर्चा, नेपाल र ५ दलीय कार्यगत एकता समिति सग सम्वन्धित विषयहरुमा समेत आवश्यक निर्णयहरु गरिएको छ ।
७. बैचारिक तथा राजनैतिक काम अन्तरगत ः जिल्ला, एरिया, गाउ, टोल स्तरको प्रशिक्षण कार्यक्रम, एरिया तथा गाउ समितिका सेक्रेटरीहरुको प्रशिक्षण र पार्टीको तर्फबाट प्रशासनिक क्षेत्रमा काम गर्ने प्रतिनिधीहरुको प्रशिक्षण, जिल्ला पार्टीको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा सम्वन्धित बृहत अन्तरक्रिया कार्यक्रमहरु जस्ता विभिन्न कार्यक्रमको निर्धारण गरिएको छ ।
८. रिक्त रहेको जिल्ला समितिको सदस्य पदमा क. किरण जिम्वा, क. पदम शंकर सुनुवार, क. भेषबहादुर कार्की, क. लोकबहादुर थापा लाई पतपुर्ति गरिएको छ ।
९. जिल्ला कार्यालयका सदस्य कामरेडहरुको जिम्मेवारीमा आवश्यक हेरफेर गर्नुका साथै, क. लिला पौडेल प्रमुख र क. मदन बराल “नविन”, क. किरण राई रहनु भएको ३ सदस्यीय स्कुलिङ्ग विभाग र क. दयाराम रन्जितकार प्रमुख रहनु भएको ३ सदस्यीय अनुशासन आयोगको समेत गठन गरिएको छ ।
१०. क. हिरा बस्नेत लाई एरिया नं. ७ को सेक्रेटरी र क. भेषबहादुर कार्की लाई एरिया नं. २ को सेक्रेटरीको जिम्मेवारी दिईएको छ । जिल्ला देखि गाउ स्तरका प्रशासनिक कामहरुलाई व्यवस्थित बनाउन क. डम्मर कार्कीको संयोजकत्वमा क. हरी बस्नेत र कार्यालय सेक्रेटरी क. मनु अछामी रहनु भएको ३ सदस्यीय समितिको गठन गरिएको छ ।
क्रान्तिकारी अभिवादन सहित,

चिरन पुन
 सेक्रेटरी

Wednesday, August 6, 2014




शहीद परिवारहरुलाई सम्मान कार्यक्रम बेनि बजार म्याग्दी ।
नेपालमा के छ रु के छैन रु
मोदीको अर्तिवुद्धिले अबत नेपाली ऐजेण्टहरुको वुद्धिको विर्को खुल्यो कि रु
हा,,,, हा,,,,,,,,,,,,,,,,,,,,, हा,,,,,,,,,,,,,,,,,,,,,,,,,,, ।




नेपाल कम्युनिष्ट पार्टी – माओवादी ताम्सालिङको राज्य स्तरीय प्रशिक्षण कार्याक्रम ऐतिहाँसिक ढंगले सम्पन्न । अध्यक्ष क। किरण, उपाध्यक्ष क। गौरब, महासचिव क। बादल, सचिवद्धय क। देब गुरुङ र क। विप्लवद्धारा प्रशिक्ष

ण, नेपालमा अपुरो रहेको क्रान्तिलाई पुरा गर्ने जिम्मेवारी हाम्रो पार्टीको काधमा आएको बताउदै त्यसलाई पुरा गर्न एकतावद्ध ढंगले लाग्ने प्रतिवद्धता । प्रशिक्षण कार्यक्रममा जिल्ला समिति सम्मका कामरेडहरुको सहभागीता .

Thursday, July 24, 2014

प्रेस विज्ञप्ति



२०७१ असार १८ गतेदेखि श्रावण ५ गतेसम्म कमरेड किरणको अध्यक्षतामा नेकपा–माओवादीको केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिसहितको पूर्ण बैठक सम्पन्न भयो । बैठकमा लिइएका आवश्यक महत्वपूर्ण निर्णयहरुबारे प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक रुपमा जानकारी गराइएको छ । 

१। बैठकको प्रारम्भमा समग्र क्रान्ति, महान् जनयुद्ध र जनआन्दोलनहरुको प्रक्रियामा सहादत प्राप्त गर्नुभएका महान् अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । 

२। केन्द्रीय समितिको बैठकमा अध्यक्ष क। किरणद्वारा “मालेमाको आलोकमा सङ्घर्षको कार्यदिशालाई समृद्ध बनाऔं १ पार्टीलाई एकताबद्ध तुल्याउँदै क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढौं ११” शीर्षकमा राजनीतिक प्रस्ताव प्रस्तुत भयो । यस क्रममा सचिव क। विप्लवद्वारा “यथास्थितिमा क्रमभङ्गता, इतिहासको अपरिहार्य आवश्यकता” शीर्षक रहेको अर्को राजनीतिक प्रस्ताव प्रस्तुत भयो । 

३। उक्त दुवै राजनीतिक प्रस्तावहरुमाथि आवश्यक छलफल गरियो र तिनलाई पूर्ण बैठकमा प्रस्तुत गरी निष्कर्षमा पुग्नमा लागि आवश्यक प्रस्ताव तयार पारियो । 

४। यसै प्रक्रियामा केन्द्रीय समितिको पूर्ण बैठक सञ्चालन गरियो । 

५। केन्द्रीय समितिको पूर्ण बैठकमा उक्त दुवै दस्तावेजहरु र अन्य आवश्यक प्रस्तावहरु प्रस्तुत गरिए । उक्त सबै प्रस्तावहरुबारे निम्नानुसार निष्कर्षमा पुग्ने काम भएको छ ः
९क० सङ्घर्षको कार्यदिशाबारे प्रस्तुत दुवै राजनीतिक प्रस्तावहरुलाई तत्काल थाती राख्ने र सो विषयलाई एक वर्षभित्र महाधिवेशन सम्पन्न गरी समाधान गर्ने निर्णय लिइयो । 
९ख० अध्यक्ष क।किरणद्वारा प्रस्तुत राजनीतिक प्रस्तावका बाँकी विषयलाई आवश्यक संशोधन तथा परिमार्जनसहित संक्षिप्त राजनीतिक प्रतिवेदन पारित गरियो । 

९ग० पार्टीलाई अझै एकताबद्ध तथा अनुशासित तुल्याउने, अन्तःसङ्घर्षलाई स्वस्थ तथा मैत्रीपूर्ण रुपमा सञ्चालन गर्ने र जनवादी केन्द्रीयताको स्थापित मान्यताप्रति प्रतिबद्ध रहने निर्णय लिइएको छ ।

६। उक्त संक्षिप्त राजनीतिक प्रतिवेदनमा मूलतः निम्न विषयलाई समावेश गरिएको छ ः
आज विश्वमा आर्थिक, राजनीतिक, सामाजिक, सामरिक र सांस्कृतिक क्षेत्रमा साम्राज्यवादी भूमण्डलीकरणको प्रक्रिया तीव्र रुपमा बढ्दै गएको छ र यस प्रक्रियामा अमेरिकी साम्राज्यवादकै वर्चस्व कायम रहिआएको छ । परन्तु, यति भएर पनि अहिले दुई तथा बहुध्रुवीय शिविरका बीचको अन्तर्विरोधसमेत तीव्र बन्दै जान थालेको छ । आज विश्वमा अमेरिकी साम्राज्यवादको विरोध र राष्ट्रिय मुक्ति आन्दोलनका साथै समाजवादको क्षेत्रमा वैचारिक पक्षमा विभिन्न गतिविधिहरु विकसित हुँदै आएका छन् र विभिन्न प्रकारका प्रतिरोध आन्दोलन तथा विभिन्न देशमा सशस्त्र सङ्घर्ष पनि विकसित हुँदै गएका छन् । 

दक्षिण एसियाली क्षेत्रमा भारतीय विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपाजस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर त्यसको नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव अझै फैलने प्रबल सम्भावना देखिन्छ ।

आज नेपाल विस्तारवादी तथा साम्राज्यवादी नवऔपनिवेशिक उत्पीडन र निजीकरण तथा उदारीकरणको भयावह दलदलमा भासिन पुगेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झनै विकराल बन्दैगएका छन् । कथित दोस्रो संविधानसभामार्फत् जनताको संविधान बन्ने कुनै आशा तथा अपेक्षा गर्न सकिंदैन र देशमा प्रतिक्रान्ति अत्यन्तै प्रबल बन्दैगएको छ ।

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित रही तात्कालिक राजनीतिक कार्यनीतिका रुपमा नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संविधानसभाको विघटन, सर्वपक्षीय राजनीतिक सभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका जल्दाबल्दा समस्याको समाधानजस्ता विषयलाई तात्कालिक राजनीतिक कार्यनीतिका रुपमा लिइएको छ । 

संयुक्त मोर्चा तथा कार्यगत एकताको क्षेत्रमा संयुक्त जनसमितिको निर्माण तथा परिचालन गर्ने, तेत्तीस दलीय मोर्चामा क्रियाशील रहने, पाँच दलीय कार्यगत एकतालाई व्यवस्थित तथा सक्रिय तुल्याउने, संघीयतापक्षधर शक्तिहरुसित मोर्चा बनाउन प्रयत्न गर्ने, देशभक्त वा राष्ट्रवादी शक्तिहरुसित पनि सहकार्यका लागि पहल गर्ने कुरा उल्लेख गरिएका छन् ।

७। महासचिव क। बादलद्वारा सङ्गठन र सङ्घर्षसम्बन्धी तात्कालीन सङ्क्रमणकालीन योजना प्रस्तुत गरियो र आवश्यक संशोधन तथा परिमार्जनसहितको योजना पारित भयो । जसमा सिसिएम लगायत सबै आवश्यक कमरेडहरुको कार्यविभाजन, बैठक तथा प्रशिक्षण आदिका साथै वर्गसङ्घर्ष, राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष र जनप्रतिरोध सङ्घर्षलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, ग्रामीण क्षेत्रमा जनसेवा, विकास निर्माणका काम गर्ने तथा त्यसका लागि जनपरिचालन गर्ने, जनताको संघीय गणतन्त्रमा आधारित जनसंविधानको अन्तर्वस्तुसम्बन्धी पार्टी नीति सार्वजनिक गर्ने, सर्वपक्षीय राजनीतिक सभालगायतका विषयलाई सशक्त रुपमा उठाउने आदि विषय सम्मिलित रहेका छन् ।

८। समसामयिक विषयहरुमा निम्नलिखित प्रस्ताव पारित गरिएको छ ः 
१। हालै इजरायली विस्तारवादद्वारा प्यालेस्टाइनको सार्वभौमिकतामाथि निर्लज्ज हस्तक्षेप तथा बर्बर सैनिक आक्रमण गरी प्यालेस्टाइनी जनताको नरसंहार गरेकोमा त्यसको जोडदार विरोध तथा भत्र्सना गर्ने । 

२। भारतीय विस्तारवादद्वारा नेपालको जलस्रोतमाथि एकाधिकारवादी हैकम कायम गर्नका लागि गरिएका विविध काम तथा गतिविधिहरुको कडा विरोध तथा भत्र्सना गर्ने । 

३। देशमा चरम रुपमा बढ्दै गएको महङ्गी, भ्रष्टाचार, तस्करीको दृढ विरोध गर्दै तिनको नियन्त्रणको लागि सरकारसित जोडदार माग गर्ने । 

४। कृषिजन्य खाद्य पदार्थमा हुँदै आएका विषादि प्रयोगको नियन्त्रण गर्न र किसानहरुका लागि कृषि मल, बिउ, विजनको समयमै सर्वसुलभ रुपमा उपलब्ध गराउन जोडदार माग गर्ने ।

मिति ः– २०७१ साउन ७ गते


क रामबहादुर थापा ‘बादल’                                                                      क मोहन वैद्य ‘किरण’
महासचिव                                                                                                     अध्यक्ष

Wednesday, April 9, 2014

प्रेस विज्ञप्ती





हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी – माओवादी, जिल्ला समिति सिन्धुलीको तेश्रो पूर्ण बैठक मिति २०७० चैत्र २३, २४  र २५ गते जिल्ला सदरमुकाममा सम्पन्न भयो । पार्टीका केन्द्रीय सदस्य तथा दक्षीण ताम्सालिङ ईन्चार्ज क. अमृता थापा “सन्ध्या” को विशेष उपस्थिति र केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न गरिएको छ । बैठकले विभिन्न समसामयीक तथा संगठनात्मक निर्णयहरु गरेको छ । जानकारीको लागी यो प्रेस विज्ञप्ती जारी गरिएको छ । 

१. यतिबेला हाम्रो पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई विभिन्न बाहनामा झुट्टा मुद्धा दिने, अनावश्यक प्रशासनिक दुख दिने सरकारको दम्भ प्रदशन गर्ने जस्ता कार्यहरु विभिन्न राजनैतिक पार्टीका व्याक्तिहरुको संलग्नतामा भैरहेको छ । यो बैठक यस प्रकारका कार्यहरुको घोर विरोध गर्दछ । राजनैतिक प्रतिशोधपूर्ण कार्यहरु बन्द गर्न सम्वन्धित सवैको ध्यानाक्रशण गर्न चाहन्छ । अन्यथा यस प्रकारका गतिविधिहरुको विरोधमा पार्टीले प्रतिरोधपूर्ण संघर्षका कार्यक्रम संचालन गर्न बाध्य नपारिस भन्ने सचेत बनाउन चाहन्छ । 

२. सिन्धुली जिल्ला बनको लागि धनी जिल्ला हो । यस जिल्लाको बनहरुलाई व्यवस्थित बनाउने हो भने जिल्लाको आर्थिक विकाशमा ठुलो मेरुदण्डको भुमिका खेल्न सक्ने अवस्था छ । तर आज जिल्लाका विभिन्न बन क्षेत्रहरु  “सामुदायीक बन” तिर्ब ढंगले फडानी, चारी निकाशी र तस्करीहरु बढेका छन । यो तेश्रो पूर्ण बैठक यस प्रकारको कार्यहरुको विरोध गर्दै तत्काल यो प्रकृया रोक्न जोडदार माग गर्दछ । 

३. जिविस, गाविस, नगरपालिका र विभिन्न दातृ निकायहरुले संचालन गरेका विकाश निमार्णका कार्यक्रमहरुमा अत्यन्त  ढिलासुस्ती हुने गरेको छ । विभिन्न योजनाका उपभोत्ता समितिहरुमा आर्थिक अनियमितता देखिन्छ, कैयौं योजनाहरुको फस्र्योट हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा लक्षीत क्षेत्र र बर्गहरुलाई ठुलो घाटा परिरहेको छ । त्यसैले यो तेश्रो पूर्ण बैठक यस प्रकारका कार्यहरुको घोर विरोध गर्दै, तत्काल यस प्रकारका कार्यहरु रोक्न सम्वन्धित निकायहरुसँग जोजदार माग गर्दछ ।

४. जिल्लामा चर्को लोडसेडिङको समस्या छ । यस भन्दा अगाडि भएका सहमति र प्रतिवद्धताहरुलाई लत्याईएको छ । त्यसैले जिल्लालाई तत्काल लोडसेडिङ मुक्त जिल्ला बनाउन यो बैठक जोडदार माग गर्दछ । 

५. कतिपय गाविस तथा संघ संस्थाहरुको बैठक तथा कार्यक्रमहरुमा हाम्रो पार्टीका प्रतिनिधीहरुलाई उपस्थित हुन बाट बन्चित बनाउने कार्य भएको पाईएको छ । तत्काल ति गाविस तथा संघ÷संस्थाहरुमा हाम्रो पार्टीका प्रतिनिधीहरुलाई उपस्थित बनाउन पहल गरोस भन्ने सम्वन्धित निकायहरुको ध्यानाक्रशण गर्न चाहन्छ । अन्यथा, त्यसप्रकारको कार्यहरुको विरुद्ध पार्टीले जुनसुकै प्रकारका संघर्षका कार्यक्रम संचालन गर्न पछि नपर्ने कुरामा यो बैठक सचेत सचेत गराउन चाहन्छ । 

६. मध्य पहाडी लोकमार्ग र धरान चतरा सडकमा पर्ने जनताको मुआव्जामा भएको ढिलाईलाई अन्त्य गरी कार्य संचालन गर्न यो बैठक जोडदार माग गर्दछ । 

७.  आज जिल्लाका सरकारी कार्यालयहरुमा ढिलासुस्ती छ । सामान्य कामको लागि पनि विभिन्न बाहनामा दुख दिने जस्ता कामहरु देखिन्छ । यस्तो अवस्थामा जनताका कामहरुलाई छिटो छरितो ढंगबाट कार्य सम्पन्न गर्न गराउनको लागि सम्वन्धित निकायहरुको ध्यानाक्रशण गराउने प्रस्ताव पारित गर्दछ । 
८. आज जिल्लाका विभिन्न गाविसहरुमा संगठित अपराधका चलखेल बढेको छ,  यस्तो कार्य तत्काल रोक्न पहल गरोस भन्ने सम्वन्धित निकायमा यो बैठक ध्यानाक्रशण गराउन चाहन्छ । 

९. आज जिल्लामा व्यापक सुकुम्वासी समस्याहरु छन । ति सुकुम्वासीहरुको समस्याहरुलाई समाधान गर्न तत्काल पहल गरियोेस भन्ने माग गर्दछ । 

१०. बेरोजगारी समस्या हाम्रो देशको मुख्य समस्या मध्ये पर्दछ । युवाहरु धमाधम विदेश पलायन भैरहेका छन । हाम्रो देशको सरकार लाचार, मौन र नतमस्तक बनिरहेको छ । यो समस्याले हाम्रो जिल्लामा समेत प्रभाव पार्नु स्वभावीक नै हो । आज हाम्रो जिल्लाबाट पनि युवाहरु (महिला÷पुरुष) व्यापक विदेश पलायन भैरहेका छन, यस प्रकारका गतिविधीलाई रोक्न सम्वन्धित निकायहरुले पहल गरोस भन्ने माग गर्दछ । 

११. जनयुद्ध र विभिन्न आन्दोलनहरुमा यस जिल्लाबाट थुर्पै शहीदहरुले आफ्नो बलिदानी दिएका कुरा सवैलाई प्रष्ट छ । ती शहीद परिवार, घाईत, अपाङ्ग, वेपत्ता परिवारहरुको समस्याहरु समाधान गर्न पहल गरियोस भन्ने यो बैठक जोडदार माग गर्दछ । 

१२. शहीदहरु प्रति १ मिनेट श्रद्धान्जली गरी शुरु गरिएको तेश्रो पूर्ण बैठकले ५ सदस्यीय कार्यालयको गठन गरेको छ । जसमा क. चिरन पुन, क. विनोद दहाल, क. थलप्रसाद देबकोटा “शुवर्ण”, क. डम्मर कार्की र क. बर्तमान राई “शशी” हुनुहुन्छ । भने  जिल्ला कार्यालय ईन्चार्जमा क. विनोद दहाललाई ठेगान गरिएको छ । 

१४. सम्पूर्ण जिल्ला समितिका कामरेडहरुलाई जिम्मेवारी ठेगान गर्नुका साथै, पार्टी प्रशिक्षण, गठन पुनर्गठन, जबस÷मोर्चाहरुको गठन पुनर्गठन, कार्यालयहरुको व्यवस्थापन, सदस्यता नविकरण, सदस्यताको नयाँ आवेदन लिने कामलाई जोड दिने निर्णय गरिएको छ । 

१५. तेश्रो पूर्ण बैठकले निम्नअनुशार पार्टीका बरिष्ट सदस्य कामरेडहरु क. दयाराम रन्जीतकार – झाँगाझोली रात्माटा, क. निरराज गिरी — झाँगाझोली रात्माटा, क. रामकाजी कार्की — कमलामाई नगर पालिका, क. रामप्रसाद घिमिरे — सिर्थौली, क. टेकबहादुर नेपाली — रत्नावती, क. विरबहादुर विक — महादेवस्थान, क. अर्जुन कोईराला — भिमस्थान, क. शुभलाल पाख्रीन —महादेवस्थान, क. बिरमान माँझी — कल्पबृक्षलाई  सल्लाहाकारमा मनोनयन गरिएको सर्वसम्मत निर्णय भयो । 

१६. हाम्रो पार्टी नेकपा — माओवादीका जिल्ला कार्यालय सदस्य क. बर्तमान राई “शशी” को बुबा श्री तेजबहादुर राईलाई क्यान्सर रोग लागी उपचार प्रक्रियामा रहनु भएको ले जिल्ला समितिको तर्फबाट शिर्घ स्वाथ्य लाभको प्रस्ताव पारित गर्दै जिल्ला कार्यलय सदस्य तथा संयुक्त जन समिति ईन्चार्ज क. थलप्रसाद देवकोटा “शुबर्ण” को नेतृत्वमा उपचार सहयोग समितिको निमार्ण गरिएको छ । सम्पूर्णमा सहयोगका लागि अपील गर्दछ । 

१७. ३३ दलीय राष्ट्रिय मोर्चा, नेपाल र पार्टीको एकल पहलमा संचालन हुने राष्ट्रिय स्वाधीनताको रक्षा, जन संविधानको निमार्ण, जनतन्त्र र जनजीविकाको पक्षका आन्दोलनहरुलाई प्रभावकारी बनाउने निर्णय गरियो । 

अभिवादन सहित, 
................
चिरन पुन
सेक्रेटरी
 मिति ः २०७० चैत्र २६ 

Monday, April 7, 2014

वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न यो सरकारले जन संविधान निमार्ण गर्न नसक्ने ठोकुवा ।



२०६९ जेठ १४ गते मध्यरातमा तत्कालीन सरकारले गरेको घोषणा, २०६९ चैत्र १ गते राष्ट्रपतिबाट जारी गरिएको २५ बुँदे वाधाअडकाउ फुकाउसम्बन्धी आदेश र त्यस आधारमा जबर्जस्त रुपमा थोपरिएको दोस्रो संविधानसभालाई अस्वीकार गरिने कुरा नेकपा – माओवादी का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. चिरन पुनले बताउनु भयो । आन्दोलनरत राजनीतिक दलहरुसहितको अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक गोलमेचसभा गरिनु पर्ने, र गोलमेचसभाको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन हुनु पर्दछ भन्ने कुराको दावी गर्दै, सर्वपक्षीय राजनीतिक गोलमेचसभाबाट नै नयाँ संविधान निर्माणको लागि मूलभूत अन्तरवस्तुहरुमा सहमति, संविधान निर्माणको मार्गचित्र सहमतिले निश्चित,  नयाँ संविधानमा राष्ट्रियताको सम्बद्र्धन, गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष वा राज्यले कुनैपनि धर्मको पक्ष नलिने र जनसमुदायलाई धार्मिक स्वतन्त्रता रहने व्यवस्था, विगतमा एकल जातीय राज्यद्वारा आदिबासी÷जनजाति र मधेशीहरुमाथि गरिदै आएको उत्पीडनको पहिचान गरी उनीहरुलाई स्वायत्तता सहितको सङ्घीय प्रणालीको व्यवस्था र  राज्यका सबै अङ्गहरुमा आदिवासी–जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, लोपोन्मुख समुदाय र पिछडिएको क्षेत्रका समुदायहरुको जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने कुरा २४ औ जनआन्दोलन दिवसको सन्दर्भमा ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालको सिन्धुलीको आयोजना र  “राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधान निर्माणको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमा प्रमुख अतिथिको  रुपमा आधार पत्र प्रस्तुत गर्दै क. चिरन पुनले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि पुनले राष्ट्रिय स्वाधीनताको रक्षाको वृहत आन्दोलनको आवश्यकता रहेको  र वर्तमान सरकारले र यो संविधान सभाले जन संविधान निमार्ण गर्न नसक्ने कुराको ठोकुवा गर्नु भयो ।
मरिण कम्प्लेक्सको सभा कक्ष सिन्धुलीमा आयोजना गरिएको वृहत अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष प्रदिप कटुवाल, एनेकपा (माओवादी) का जिल्ला सदस्य धु्रव देवकोटा, नेपाली काग्रेसका कार्यवहाक सभापती खड्का वाईबा, नेकपा (सयुक्त माक्र्सवादी) का जिल्ला सदस्य पर्शुराम प्याकुरेल, नेपाल पत्रकार महासंघका सभापति द्धारीका काफ्ले, जनजाति महासंघका जिल्ला कोषाध्यक्ष रमेश भुजेल, नेपाल बार यसोसियसनका ओमराज तामाङ, उद्योग बाणीज्य संघ सिन्धुलीका उपाध्यक्ष उमेशचन्द्र बैदारले अन्तरक्रियाका आफ्नो धारणा राख्नु भएको थियो ।
शहीदहरु प्रति १ मिनेट मौन धारण गरी शुरु भएको अन्तरक्रियामा ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालका सदस्य तथा नेकपा (एकीकृत) का जिल्ला सचिव क. ढकप्रसाद देवकोटाले सभापतित्व गर्नु भएको थियो । उपस्थित सवैलाई स्वागत मन्तव्य नेकपा – माओवादीका ताम्सालिङ राज्य तथा सिन्धुली जिल्ला सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” राख्नु भएको थियो भने अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा – माओवादीका जिल्ला कार्यालय सदस्य क. विनोद दहालले गर्नु भएको थियो ।

२०७० चैत्र २४
नेपाल कम्युनिष्ट पार्टी – माओवादी
जिल्ला कार्यालय सिन्धुली ।

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

  Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न    चीरन पुन (सी)  प्रकाशन ः जनखबर डटकम, काठमाण्डौ, २०८२ आश्विन १५ गते, बुधवार ।