Monday, April 7, 2014

वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न यो सरकारले जन संविधान निमार्ण गर्न नसक्ने ठोकुवा ।



२०६९ जेठ १४ गते मध्यरातमा तत्कालीन सरकारले गरेको घोषणा, २०६९ चैत्र १ गते राष्ट्रपतिबाट जारी गरिएको २५ बुँदे वाधाअडकाउ फुकाउसम्बन्धी आदेश र त्यस आधारमा जबर्जस्त रुपमा थोपरिएको दोस्रो संविधानसभालाई अस्वीकार गरिने कुरा नेकपा – माओवादी का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. चिरन पुनले बताउनु भयो । आन्दोलनरत राजनीतिक दलहरुसहितको अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक गोलमेचसभा गरिनु पर्ने, र गोलमेचसभाको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन हुनु पर्दछ भन्ने कुराको दावी गर्दै, सर्वपक्षीय राजनीतिक गोलमेचसभाबाट नै नयाँ संविधान निर्माणको लागि मूलभूत अन्तरवस्तुहरुमा सहमति, संविधान निर्माणको मार्गचित्र सहमतिले निश्चित,  नयाँ संविधानमा राष्ट्रियताको सम्बद्र्धन, गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष वा राज्यले कुनैपनि धर्मको पक्ष नलिने र जनसमुदायलाई धार्मिक स्वतन्त्रता रहने व्यवस्था, विगतमा एकल जातीय राज्यद्वारा आदिबासी÷जनजाति र मधेशीहरुमाथि गरिदै आएको उत्पीडनको पहिचान गरी उनीहरुलाई स्वायत्तता सहितको सङ्घीय प्रणालीको व्यवस्था र  राज्यका सबै अङ्गहरुमा आदिवासी–जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, लोपोन्मुख समुदाय र पिछडिएको क्षेत्रका समुदायहरुको जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने कुरा २४ औ जनआन्दोलन दिवसको सन्दर्भमा ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालको सिन्धुलीको आयोजना र  “राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधान निर्माणको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमा प्रमुख अतिथिको  रुपमा आधार पत्र प्रस्तुत गर्दै क. चिरन पुनले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि पुनले राष्ट्रिय स्वाधीनताको रक्षाको वृहत आन्दोलनको आवश्यकता रहेको  र वर्तमान सरकारले र यो संविधान सभाले जन संविधान निमार्ण गर्न नसक्ने कुराको ठोकुवा गर्नु भयो ।
मरिण कम्प्लेक्सको सभा कक्ष सिन्धुलीमा आयोजना गरिएको वृहत अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष प्रदिप कटुवाल, एनेकपा (माओवादी) का जिल्ला सदस्य धु्रव देवकोटा, नेपाली काग्रेसका कार्यवहाक सभापती खड्का वाईबा, नेकपा (सयुक्त माक्र्सवादी) का जिल्ला सदस्य पर्शुराम प्याकुरेल, नेपाल पत्रकार महासंघका सभापति द्धारीका काफ्ले, जनजाति महासंघका जिल्ला कोषाध्यक्ष रमेश भुजेल, नेपाल बार यसोसियसनका ओमराज तामाङ, उद्योग बाणीज्य संघ सिन्धुलीका उपाध्यक्ष उमेशचन्द्र बैदारले अन्तरक्रियाका आफ्नो धारणा राख्नु भएको थियो ।
शहीदहरु प्रति १ मिनेट मौन धारण गरी शुरु भएको अन्तरक्रियामा ३३ दलीय राष्ट्रिय मोर्चा, नेपालका सदस्य तथा नेकपा (एकीकृत) का जिल्ला सचिव क. ढकप्रसाद देवकोटाले सभापतित्व गर्नु भएको थियो । उपस्थित सवैलाई स्वागत मन्तव्य नेकपा – माओवादीका ताम्सालिङ राज्य तथा सिन्धुली जिल्ला सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” राख्नु भएको थियो भने अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा – माओवादीका जिल्ला कार्यालय सदस्य क. विनोद दहालले गर्नु भएको थियो ।

२०७० चैत्र २४
नेपाल कम्युनिष्ट पार्टी – माओवादी
जिल्ला कार्यालय सिन्धुली ।

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...