Wednesday, April 9, 2014

प्रेस विज्ञप्ती





हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी – माओवादी, जिल्ला समिति सिन्धुलीको तेश्रो पूर्ण बैठक मिति २०७० चैत्र २३, २४  र २५ गते जिल्ला सदरमुकाममा सम्पन्न भयो । पार्टीका केन्द्रीय सदस्य तथा दक्षीण ताम्सालिङ ईन्चार्ज क. अमृता थापा “सन्ध्या” को विशेष उपस्थिति र केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न गरिएको छ । बैठकले विभिन्न समसामयीक तथा संगठनात्मक निर्णयहरु गरेको छ । जानकारीको लागी यो प्रेस विज्ञप्ती जारी गरिएको छ । 

१. यतिबेला हाम्रो पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई विभिन्न बाहनामा झुट्टा मुद्धा दिने, अनावश्यक प्रशासनिक दुख दिने सरकारको दम्भ प्रदशन गर्ने जस्ता कार्यहरु विभिन्न राजनैतिक पार्टीका व्याक्तिहरुको संलग्नतामा भैरहेको छ । यो बैठक यस प्रकारका कार्यहरुको घोर विरोध गर्दछ । राजनैतिक प्रतिशोधपूर्ण कार्यहरु बन्द गर्न सम्वन्धित सवैको ध्यानाक्रशण गर्न चाहन्छ । अन्यथा यस प्रकारका गतिविधिहरुको विरोधमा पार्टीले प्रतिरोधपूर्ण संघर्षका कार्यक्रम संचालन गर्न बाध्य नपारिस भन्ने सचेत बनाउन चाहन्छ । 

२. सिन्धुली जिल्ला बनको लागि धनी जिल्ला हो । यस जिल्लाको बनहरुलाई व्यवस्थित बनाउने हो भने जिल्लाको आर्थिक विकाशमा ठुलो मेरुदण्डको भुमिका खेल्न सक्ने अवस्था छ । तर आज जिल्लाका विभिन्न बन क्षेत्रहरु  “सामुदायीक बन” तिर्ब ढंगले फडानी, चारी निकाशी र तस्करीहरु बढेका छन । यो तेश्रो पूर्ण बैठक यस प्रकारको कार्यहरुको विरोध गर्दै तत्काल यो प्रकृया रोक्न जोडदार माग गर्दछ । 

३. जिविस, गाविस, नगरपालिका र विभिन्न दातृ निकायहरुले संचालन गरेका विकाश निमार्णका कार्यक्रमहरुमा अत्यन्त  ढिलासुस्ती हुने गरेको छ । विभिन्न योजनाका उपभोत्ता समितिहरुमा आर्थिक अनियमितता देखिन्छ, कैयौं योजनाहरुको फस्र्योट हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा लक्षीत क्षेत्र र बर्गहरुलाई ठुलो घाटा परिरहेको छ । त्यसैले यो तेश्रो पूर्ण बैठक यस प्रकारका कार्यहरुको घोर विरोध गर्दै, तत्काल यस प्रकारका कार्यहरु रोक्न सम्वन्धित निकायहरुसँग जोजदार माग गर्दछ ।

४. जिल्लामा चर्को लोडसेडिङको समस्या छ । यस भन्दा अगाडि भएका सहमति र प्रतिवद्धताहरुलाई लत्याईएको छ । त्यसैले जिल्लालाई तत्काल लोडसेडिङ मुक्त जिल्ला बनाउन यो बैठक जोडदार माग गर्दछ । 

५. कतिपय गाविस तथा संघ संस्थाहरुको बैठक तथा कार्यक्रमहरुमा हाम्रो पार्टीका प्रतिनिधीहरुलाई उपस्थित हुन बाट बन्चित बनाउने कार्य भएको पाईएको छ । तत्काल ति गाविस तथा संघ÷संस्थाहरुमा हाम्रो पार्टीका प्रतिनिधीहरुलाई उपस्थित बनाउन पहल गरोस भन्ने सम्वन्धित निकायहरुको ध्यानाक्रशण गर्न चाहन्छ । अन्यथा, त्यसप्रकारको कार्यहरुको विरुद्ध पार्टीले जुनसुकै प्रकारका संघर्षका कार्यक्रम संचालन गर्न पछि नपर्ने कुरामा यो बैठक सचेत सचेत गराउन चाहन्छ । 

६. मध्य पहाडी लोकमार्ग र धरान चतरा सडकमा पर्ने जनताको मुआव्जामा भएको ढिलाईलाई अन्त्य गरी कार्य संचालन गर्न यो बैठक जोडदार माग गर्दछ । 

७.  आज जिल्लाका सरकारी कार्यालयहरुमा ढिलासुस्ती छ । सामान्य कामको लागि पनि विभिन्न बाहनामा दुख दिने जस्ता कामहरु देखिन्छ । यस्तो अवस्थामा जनताका कामहरुलाई छिटो छरितो ढंगबाट कार्य सम्पन्न गर्न गराउनको लागि सम्वन्धित निकायहरुको ध्यानाक्रशण गराउने प्रस्ताव पारित गर्दछ । 
८. आज जिल्लाका विभिन्न गाविसहरुमा संगठित अपराधका चलखेल बढेको छ,  यस्तो कार्य तत्काल रोक्न पहल गरोस भन्ने सम्वन्धित निकायमा यो बैठक ध्यानाक्रशण गराउन चाहन्छ । 

९. आज जिल्लामा व्यापक सुकुम्वासी समस्याहरु छन । ति सुकुम्वासीहरुको समस्याहरुलाई समाधान गर्न तत्काल पहल गरियोेस भन्ने माग गर्दछ । 

१०. बेरोजगारी समस्या हाम्रो देशको मुख्य समस्या मध्ये पर्दछ । युवाहरु धमाधम विदेश पलायन भैरहेका छन । हाम्रो देशको सरकार लाचार, मौन र नतमस्तक बनिरहेको छ । यो समस्याले हाम्रो जिल्लामा समेत प्रभाव पार्नु स्वभावीक नै हो । आज हाम्रो जिल्लाबाट पनि युवाहरु (महिला÷पुरुष) व्यापक विदेश पलायन भैरहेका छन, यस प्रकारका गतिविधीलाई रोक्न सम्वन्धित निकायहरुले पहल गरोस भन्ने माग गर्दछ । 

११. जनयुद्ध र विभिन्न आन्दोलनहरुमा यस जिल्लाबाट थुर्पै शहीदहरुले आफ्नो बलिदानी दिएका कुरा सवैलाई प्रष्ट छ । ती शहीद परिवार, घाईत, अपाङ्ग, वेपत्ता परिवारहरुको समस्याहरु समाधान गर्न पहल गरियोस भन्ने यो बैठक जोडदार माग गर्दछ । 

१२. शहीदहरु प्रति १ मिनेट श्रद्धान्जली गरी शुरु गरिएको तेश्रो पूर्ण बैठकले ५ सदस्यीय कार्यालयको गठन गरेको छ । जसमा क. चिरन पुन, क. विनोद दहाल, क. थलप्रसाद देबकोटा “शुवर्ण”, क. डम्मर कार्की र क. बर्तमान राई “शशी” हुनुहुन्छ । भने  जिल्ला कार्यालय ईन्चार्जमा क. विनोद दहाललाई ठेगान गरिएको छ । 

१४. सम्पूर्ण जिल्ला समितिका कामरेडहरुलाई जिम्मेवारी ठेगान गर्नुका साथै, पार्टी प्रशिक्षण, गठन पुनर्गठन, जबस÷मोर्चाहरुको गठन पुनर्गठन, कार्यालयहरुको व्यवस्थापन, सदस्यता नविकरण, सदस्यताको नयाँ आवेदन लिने कामलाई जोड दिने निर्णय गरिएको छ । 

१५. तेश्रो पूर्ण बैठकले निम्नअनुशार पार्टीका बरिष्ट सदस्य कामरेडहरु क. दयाराम रन्जीतकार – झाँगाझोली रात्माटा, क. निरराज गिरी — झाँगाझोली रात्माटा, क. रामकाजी कार्की — कमलामाई नगर पालिका, क. रामप्रसाद घिमिरे — सिर्थौली, क. टेकबहादुर नेपाली — रत्नावती, क. विरबहादुर विक — महादेवस्थान, क. अर्जुन कोईराला — भिमस्थान, क. शुभलाल पाख्रीन —महादेवस्थान, क. बिरमान माँझी — कल्पबृक्षलाई  सल्लाहाकारमा मनोनयन गरिएको सर्वसम्मत निर्णय भयो । 

१६. हाम्रो पार्टी नेकपा — माओवादीका जिल्ला कार्यालय सदस्य क. बर्तमान राई “शशी” को बुबा श्री तेजबहादुर राईलाई क्यान्सर रोग लागी उपचार प्रक्रियामा रहनु भएको ले जिल्ला समितिको तर्फबाट शिर्घ स्वाथ्य लाभको प्रस्ताव पारित गर्दै जिल्ला कार्यलय सदस्य तथा संयुक्त जन समिति ईन्चार्ज क. थलप्रसाद देवकोटा “शुबर्ण” को नेतृत्वमा उपचार सहयोग समितिको निमार्ण गरिएको छ । सम्पूर्णमा सहयोगका लागि अपील गर्दछ । 

१७. ३३ दलीय राष्ट्रिय मोर्चा, नेपाल र पार्टीको एकल पहलमा संचालन हुने राष्ट्रिय स्वाधीनताको रक्षा, जन संविधानको निमार्ण, जनतन्त्र र जनजीविकाको पक्षका आन्दोलनहरुलाई प्रभावकारी बनाउने निर्णय गरियो । 

अभिवादन सहित, 
................
चिरन पुन
सेक्रेटरी
 मिति ः २०७० चैत्र २६ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...