Sunday, August 17, 2014

प्रेश विज्ञप्ती


२०७१ भाद्र २

नेपाल कम्युुनिष्ट पार्टी – माओवादी जिल्ला समिति सिन्धुलीको पाचौ पूर्ण बैठक मिति २०७१ श्रावण ३०, ३१ र भाद्र १ गते जिल्ला सदरमुकाम सिन्धुलीमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग राज्य संयोजन समितिका ईन्चार्ज क. सुर्यप्रकाश सुवेदी “पथिक”, केन्द्रीय सदस्यद्धय क. “सन्ध्या”,  र क. “अनिल” को विशेष उपस्थितिमा  केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भयो । बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ । जानकारीको लागि यो प्रेश विज्ञप्ती जारी गरिएको छ । 

१. सर्वपथम ज्ञात अज्ञात वीर शहीदहरु्र प्रति हार्दिक श्रद्धान्जली सहित पाचौं पूर्ण बैठकको शुभारम्भ गरियो ।
२. बैठकको प्रारम्भमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग ईन्चार्ज क. “पथिक” ले प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो ।
३. मिति २०७१ साल असार १८ देखि श्रावण ५ गते सम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठक र मिति २०७१ श्रावण २० गते बसेको ताम्सालिड. राज्य संयोजन समितिको बैठकको निर्णय, दिशा निर्देश र सिन्धुली जिल्लाको अवस्थालाई समेत दृष्टीगत गरी केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव पेश गर्नु भई बैठकले व्यापक छलफल पश्यात यस प्रकार निर्णयहरु गरियो ।
४. संघर्षको कार्यक्रम अन्तरगत ः जिल्लामा हुने भ्रष्टाचार र अनियमितता, सरकारी कार्यालयहरुमा हुने ढिलासुस्तीहरु, विकाश निर्माणमा हुने अनियमिता र भ्रष्टाचारहरु, बन तस्करीहरुबाट अनियमित बन फडानी,  अनियमित ढुङ्ग्गा, गिट्टी, बालुवा निकाशी, गाविस सचिवहरुको सदरमुकाम केन्द्रीत गतिवधी, जलविद्युत परियोजनामा विस्तारवादी हस्तक्षेप, भारतीय दलालहरुले ओगटेर राखेका आयोजनाहरुको खारेजी, विभिन्न खानी उद्योगहरुमा  भारतीय हस्तक्ष्ँेप, भारतीय नं. प्लेटका गाडिको बेरोकतोक सवारी, तरकारी, माछा, अण्डा जस्ता वस्तुहरुको निकाशी, भारतीय दुतावासको तर्फबाट सिधै लगानी गरिएका आयोजनाहरुको रोक, भारतीय चिन्ह र पहिचानहरु, शिक्षा, स्वाथ्यमा भएको सरकारको भ्रष्ट अनियमितता, भारतीय विस्तारवादको चौथर्फी हस्तक्षेपको अन्त्य, असमान सन्धी संझौताहरुको विरुद्ध र जन संविधानको निर्माणका विषयमा दबाबमुलक संघर्षका आवश्यक कार्यक्रमहरुको ठेगान गरिएको छ ।

५. संगठनात्मक काम अन्तरगत, एरिया समितिहरुको गठन पुर्नगठन, पार्टीको आवश्यक गाउ समितिहरुलाई गठन पुर्नगठन, सवै पार्टी सदस्यहरुलाई अनिवार्य पार्टीको कुनै न कुनै समितिमा तत्काल आवद्ध, नया सदस्यता दिने कार्यलाई निरन्तरता, पार्टीको एरिया र गाउ सम्पर्क कार्यालयहरुको व्यवस्थापन,  प्रशासनिक क्षेत्रको काममा जनताको पक्षमा हस्तक्ष्ँेपपूर्ण भुमिका आदी जस्ता कार्यक्रमहरु बारे आवश्यक निर्णयहरु गरिएको छ ।
६. पाचौं पूर्ण बैठकमा संयुक्त जन समिति, युवा मोर्चा, जबस ÷ मोर्चाहरुको कार्यक्रम, ३३ दलीय राष्ट्रिय मोर्चा, नेपाल र ५ दलीय कार्यगत एकता समिति सग सम्वन्धित विषयहरुमा समेत आवश्यक निर्णयहरु गरिएको छ ।
७. बैचारिक तथा राजनैतिक काम अन्तरगत ः जिल्ला, एरिया, गाउ, टोल स्तरको प्रशिक्षण कार्यक्रम, एरिया तथा गाउ समितिका सेक्रेटरीहरुको प्रशिक्षण र पार्टीको तर्फबाट प्रशासनिक क्षेत्रमा काम गर्ने प्रतिनिधीहरुको प्रशिक्षण, जिल्ला पार्टीको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा सम्वन्धित बृहत अन्तरक्रिया कार्यक्रमहरु जस्ता विभिन्न कार्यक्रमको निर्धारण गरिएको छ ।
८. रिक्त रहेको जिल्ला समितिको सदस्य पदमा क. किरण जिम्वा, क. पदम शंकर सुनुवार, क. भेषबहादुर कार्की, क. लोकबहादुर थापा लाई पतपुर्ति गरिएको छ ।
९. जिल्ला कार्यालयका सदस्य कामरेडहरुको जिम्मेवारीमा आवश्यक हेरफेर गर्नुका साथै, क. लिला पौडेल प्रमुख र क. मदन बराल “नविन”, क. किरण राई रहनु भएको ३ सदस्यीय स्कुलिङ्ग विभाग र क. दयाराम रन्जितकार प्रमुख रहनु भएको ३ सदस्यीय अनुशासन आयोगको समेत गठन गरिएको छ ।
१०. क. हिरा बस्नेत लाई एरिया नं. ७ को सेक्रेटरी र क. भेषबहादुर कार्की लाई एरिया नं. २ को सेक्रेटरीको जिम्मेवारी दिईएको छ । जिल्ला देखि गाउ स्तरका प्रशासनिक कामहरुलाई व्यवस्थित बनाउन क. डम्मर कार्कीको संयोजकत्वमा क. हरी बस्नेत र कार्यालय सेक्रेटरी क. मनु अछामी रहनु भएको ३ सदस्यीय समितिको गठन गरिएको छ ।
क्रान्तिकारी अभिवादन सहित,

चिरन पुन
 सेक्रेटरी

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...