Monday, December 22, 2014

दोलखामा एमाओवादीसँग सम्वन्ध विच्छेद गरी नेकपा माओवादीमा समाहित एमाओवादी रिक्तिने क्रममा, सिसिएम क. चिरनले स्वागत अपुरो रहेको क्रान्तिलाई पुरा गर्न सँगै अघि बढ्ने प्रतिवद्धता

Saturday, December 13, 2014

पत्रकार सम्ममेलनमा नेताहरु,,,

पौष ११ गते खुल्लामंच जाऔं,
विशाल खबरदरीसभामा सहभागी बनौं

Tuesday, December 2, 2014

प्रेस विज्ञप्ति


हाम्रो गौरवशाली पार्टी ने.क.पा.माओवादीको केन्द्रीय समितिको २०७१ साल मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समितिका जेष्ठ सदस्य कमरेड असारेका अध्यक्षतामा सम्पन्न बैठकले लिएका ऐतिहासिक निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ –




१. मङ्सिर ७ गते कमरेड किरणको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा कमरेड किरणले पेश गर्नुभएको प्रस्ताव र अभिव्यक्ति दुवै आजको देशको राजनीति र पार्टीमा चलिरहेको दुईलाइन सङ्घर्षको परिवेशमा पार्टी एकतावद्ध गर्ने प्रकृतिको नभई पार्टी विभाजन उन्मुख भएको साथै उक्त प्रस्ताव स्वीकार गर्ने सम्भावना कुनै पनि क्रान्तिकारीको लागि सम्भव नरहेको निस्कर्षसहित कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गर्न दिएको पत्र सही रहेको निष्कर्ष निकाल्दै बैठकले सो निर्णय अनुमोदन ग¥यो ।
२. कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरिसकेपछि पार्टी पुनर्गठन गरियो । पुनर्गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी माओवादी रहने निर्णय लिइयो ।
३. पुनर्गठित पार्टी ने.क.पा.माओवादीको अगाडि नीति र कार्यक्रमका लागि “प्रतिक्रियावाद र राष्ट्रघातका विरुद्ध एकीकृत आन्दोलन ! नयाँ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन !!” नाराका साथ अगामी पुस २३, २४, २५ र २६ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिइयो । त्यसपछि केन्द्रीय कमरेड किरणसँग सम्बन्ध विच्छेद गरी आउनुभएका केन्द्रीय समितिका सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्य र सल्लाहकार कमरेडहरू रहेको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरियो । आयोजक समितिको संयोजकमा कमरेड विप्लव र पार्टी प्रवक्तामा कमरेड प्रकाण्डलाई निर्वाचित गरियो ।
४. पुनर्गठित ने.क.पा.माओवादीलाई राज्य, जिल्ला, इलाका र सेलसम्म पुनर्गठन गर्ने र व्यवस्थित परिचालन गर्ने निर्णय भयो ।
५. वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय साथै राष्ट्रिय स्वाधीनताको मुक्ति आन्दोलनलाई दृढतापूर्वक अगाडि बढाउन सबै जनवर्गीय संगठनहरू युवा, विद्यार्थी, मजदूर, किसान, जनजाति, दलित, महिला, सांस्कृतिक तथा सबै राष्ट्रिय मुक्ति मोर्चालाई ने.क.पा. माओवादीलाई साथ दिन आग्रह गर्ने निर्णय गरियो ।
६. सबै खालका विदेशी हस्तक्षेप एवं अतिक्रमण विशेषतः भारतीय विस्तारवादद्वारा नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, जलस्रोत आदिमा गरिएको हस्तक्षेपको सशक्त प्रतिरोध गर्ने सो प्रतिरोध आन्दोलनका लागि सबै देशभक्त, स्वाधीनताप्रेमी, प्रगतिशील, वामपन्थी शक्तिहरूसँग एकतावद्ध हुँदै अगाडि बढ्ने निर्णय भयो ।
७. संसदवादी राजनीतिक दलहरू मुलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले केही विदेशी शक्तिको आड र उक्साहटमा निर्वाह गरेको भूमिका र बेइमानीका कारण नेपाली जनताले पुनः ठुलो मुल्य चुकाउनुपर्ने परिस्थिति सृजना हुँदै गएको छ । दलालहरूको उक्साहटमा पर्दै जनताका प्रस्तावहरूबाट पछाडि फर्किन पुगेका छन् । संसदवादी र माओवादीबीचमा भएका सहमतिको राज्यमा सहअस्तित्व, सहकार्य र साझेदारीको विपरीत सबै सहमति र सम्झौताको उल्लङ्घन गर्दै जनयुद्ध; जनआन्दोलनबाट प्राप्त जनताका अधिकारहरूलाई निषेध गर्दै पछाडि फर्किरहेका छन् । उनीहरूको जोड एकलौटीरुपले राज्यलाई कब्जा गर्ने रहेको छ । यो प्रतिक्रान्तिकारी कदम हो । संसदवादीहरूको यसखाले भूमिकाले देशमा शान्ति, अग्रगमन, राजनीतिक निकास र समृद्धि ल्याउने नभई अस्थिरता, पश्चगमन, अराजकता सृजना हुँदैछ । देशको लागि यो गम्भीर राजनीतिक संकटको परिस्थिति हो । यदि जनता र देशको अपेक्षा र आवश्यकतालाई ग्रहण गर्ने हो भने आजको राजनीतिक सङ्घर्षको अग्रगामी समाधान संसदवादी र माओवादीको बीचमा पुनः शान्ति प्रक्रियाका समग्र विषय (राज्यसत्ता, न्यायालय, सुरक्षा प्रणाली, आर्थिक जनअधिकार, संविधान) मा पुनः समीक्षा गर्दै नयाँ सहमतिमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि कथित संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गरिनुपर्दछ । उक्त राजनीतिक सभाबाट नै सबै विषयको निकास निकालिनुपर्दछ ।
८. शान्ति प्रक्रियाको विषयमै विस्तृत छलफल गर्न आवश्यक छ । हाम्रो विचारमा दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासनको मान्यतालाई केन्द्र विन्दुमा राखेर सबै क्षेत्रमा पुराना संयन्त्रहरू दुवैतिर विघटन गरेर नयाँ संरचनाहरूमा पुग्न आवश्यक छ । किनकि शान्ति प्रक्रियाको मुल मर्म नै सहअस्तित्व, सहकार्य र साझेदारीता हो । कुनै पनि वहानामा यो मर्मको उलङ्घन कुनै एक पक्षद्वारा गरिनु भनेको अन्ततः शान्ति प्रक्रिया असफल हुनु नै हो । आज यो पक्षमा पनि हामी राज्यसत्ताको ध्यान केन्द्रित गर्न चाहन्छौँ ।
९. कम्युनिस्ट पार्टी श्रमजीवि जनताको अग्रदस्ता तथा प्रगतिशील, देशभक्त शक्तिहरूको नेतृत्वदायी शक्ति हो । यसले ठोस परिस्थिति अनुरुप ठोस निर्णयहरू गर्दै जनताको नेतृत्व गर्नुपर्दछ । हाम्रो पार्टीले यसको प्रयत्न गर्दै आएको छ । परन्तु कमरेड किरण पार्टी नेतृत्वमा रहिसकेपछि परिस्थिति अनुरुप देश र जनताको नेतृत्व गर्ने मामिलामा कमजोर बन्दै एक प्रकारले गतिहीन बन्न पुग्नुभयो । साथै प्रतिक्रान्तिकारी धारालाई चिर्न दृढतापूर्वक अगाडि बढ्नुको सट्टा यथास्थितिकै पछाडिमा घिस्रिने र गोलचक्करमा फस्ने समस्या देखाप¥यो । यो समस्याबाट निकास दिन पार्टीले राष्ट्रिय सम्मेलन या विशेष महाधिवेशन गर्नुपर्ने निर्णय लिइयो । परन्तु उक्त निर्णयको कार्यान्वयन पनि समय बिताएर मात्र गर्ने या अन्तसम्म पछि धकेल्ने सोचाइ देखाप¥यो । परिस्थितिको जटिलतालाई बुझेर विशेष कदम चालौँ भन्ने सुझावलाई बेवास्ता गर्दै उल्टो पार्टीभित्रको समस्यालाई मुख्य बनाउँदै असहिष्णुता, संकीर्णता, पुर्वाग्रह र वर्ग सङ्घर्षबाट भाग्ने र अन्तर्सङ्घर्षमै रमाउने शैली प्रकट भयो ।
१०. नेपालीमा कम्युनिस्ट पार्टीको स्थापनापछि राज्य र जनताको बीचको अन्तर्विरोध र सङ्घर्षको वस्तुस्थिति अनुरुप कम्युनिस्टहरूबीच बहस, अन्तर्सङ्घर्ष, एकता, पुनर्गठन निर्धारित हुँदै आएका छन् । प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध जनताका अधिकारहरूको नेतृत्व गर्नेगरी कम्युनिस्ट नेतृत्व अगाडि आउँदा व्यापक केन्द्रीकरण र ध्रुवीकरण हुने गरेको छ भने नेतृत्वले त्यो भूमिका पूरा गर्न नसक्दा भएको शक्ति विकेन्द्रित, विभाजित हुने गरेको छ । जनयुद्धकालमा माओवादी नेतृत्व वरिपरि व्यापक कम्युनिस्ट केन्द्रीकरण र शान्तिकालमा आएपछि भद्दा विकेन्द्रीकरण, विभाजन, छरपस्टता यसैका उदाहरण हुन । आज कम्युनिस्ट आन्दोलनमा अविश्वास, आशंका, छरपस्टता, अराजकता, आत्मसमर्पण मुख्या चुनौती बनेको छ । यसको बोध कम्यनिस्ट नेता, कार्यकर्ता, समर्थक सबैमा हुन पुगेको छ । माओवादी आन्दोलन हाल देखिएका अन्तर्सङ्घर्ष, विभाजन आदि पनि यसैका परिणाम हुन् । सम्भवतः यो कालक्रमले एउटा चक्र पार गरिसकेको छ । अब नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः एकता, केन्द्रीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि आउनेछ । आजको प्रमुख सङ्घर्ष र समस्या कम्युनिस्टहरूबीचको होइन र बनाउनुहुँदैन । समस्या दलाल पुँजीवादी राज्यसत्ता र नेपाली जनताको बीचको नै हो । केही व्यक्तिको तुच्छ व्यक्तिगत स्वार्थ र कमिसनको लागि देशको अमुल्य श्रोतसाधन (खानी, पानी, व्यपार) बेचेर खाने दलाल र उनीहरूको संरक्षण गर्ने प्रतिक्रियावादी सत्ता र स्वाभिमानी नेपाली जनताको बीचको सङ्घर्ष हो । हामी कम्युनिस्टहरूले त्यसले नेतृत्व गर्ने बेला आएको छ । यसको लागि आपसी अन्तरहरूलाई सहायक बनाउँदै सबै कम्युनिस्टहरू विशेषतः माओवादी कम्युनिस्टहरू एक अर्काका सहयोगी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
११. कमरेड किरणसहितको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेर पार्टी पुनर्गठन गर्दा अनेकौं भ्रम फैलाइएको देखिन्छ । त्यस्ता प्रचारहरूमा मुख्यतः माओवादी जंगल फर्किदैछ, हतियार उठाउँदैछ, युद्ध गर्दैछ, संवाद र सहमतिको बाटो त्यागिसक्यो आदि आदि छन् । वास्तवमै माओवादीका राजनीतिक, जनअधिकार, राष्ट्रिय स्वाधीनतासहित अग्रगमनकारी सुस्पष्ट दृष्टिकोणलाई छोपछाप पारिदिने, सम्पूर्ण नागरिकहरूको ध्यान विषयान्तर गर्ने, पार्टीबारे भ्रम श्रृजना गरिदिन र प्रतिक्रान्ति र प्रतिक्रियावादी राज्यसत्ता स्थापनाको बाटो सहज गरिदिने जाल हो । यी सबै प्रायोजित भ्रमहरुलाई खारेज गर्दै ती सहमतिहरूको समीक्षा गर्दै नयाँ सहमतिसहित मुलुकलाई शान्ति र अग्रगमनतिर लैजान तयार होऊन् भन्ने रहेको छ । जुन कदम नै वास्तविक शान्ति, अग्रगमन र समृद्धिको आधार हो । यदि स्पष्ट इमानदारीतापूर्वक दृष्टिकोण र प्रस्तावलाई हुँदै नभएको सिर्पm युद्ध र हतियारतिर मात्र प्रचार गरिदिनु भ्रामक त छ नै, यो बेइमानी, जालझेल र भयानक षड्यन्त्रको पुलिन्दा मात्र हो । यसले अनजानमै देशलाई द्वन्द्वको भूमरीमा फसाउँछ । हाम्रो आग्रह छ कि यसखालका गलत प्रचार, भ्रम र जालझेलको भ्रममा नपर्न अन्तर्राष्ट्रिय समुदाय, आम नागरिक र सबै सरोकारवाला पक्षसँग आग्रह गर्दछौं ।
१२. संसदवादी रमाओवादीबिच भएका पाँच बुँदे सहमति १२ बुँदे सहमति र त्यसको जगमा बनेको विस्तृत शान्ति सम्मmौता हुँदै शान्ति प्रक्रियामा भएका तमाम सहमतिहरूको नेपाली कांग्रेसबाट उल्लंघन भएको छ । जसमा सहअस्तित्व, सहमति, सहकार्यको मन्यताअनुसार सत्ता साझेदारी, भूमिहीन, सुकुम्बासी तथा आम किसानका जमिनको समस्याको समाधान, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यको पुनर्संरचना जस्ता आधारभूत सहमतिहरू एकलौटी रुपमा कांग्रेसको नेतृत्वमा बनेको संसदीय प्रणालीले भंग गरेको छ । त्यसलाई सच्याउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गरियोस् भन्ने हाम्रो पार्टी चाहन्छ ।
१३. सहमतिहरूको उल्लंघनको प्रभाव राष्ट्रियता, जनतन्त्र, जनजीविकामा देखापरेका छन् । जनताको नैसर्गिक तथा मानव अधिकारको हनन भएको छ । स्वास्थ्य, शिक्षा, रोजगारीमा व्यापारीकरण भएको छ । महिला तथा बालबालिकाको बेचबिखन जस्ता जघन्य अपराधहरू भएका छन, घरेलु हिंसा, पारिवारिक तथा सामाजिक विखण्डन, धार्मिक असहिष्णुता र अतिक्रमण, मूल्य वृद्धि, सेना तथा प्रहरीमाथि राजनीतिक विभेद भएको छ । कर्मचारीन्त्रको व्यापक भ्रष्टीकरण भएको छ । साथै, देशका विभिन्न जाति, क्षेत्र, लिंग र वर्गका जनताको सत्तामा हुने समानुपातिक सहभागिताको व्यवस्थालाई खारेज गर्ने हर्कत भइरहेको छ । जातीय क्षेत्रीय लिंगीय वर्गीय विभेदको अन्त्य गरी राष्ट्रिय सवाधीनता, आर्धिक समृद्धि सांस्कृतिक रुपान्तरण सहित राष्ट्रिय एकता पैदा गर्ने उद्देश्यका साथ माओवादीले अगाडि सारेको राष्ट्रिय पहिचानको आधारमा संघीयताको मुद्दालाई कांग्रेस लगायतका संसदवादीहरूले जातीय विभेद र जातीय साम्प्रदायिक तथा राष्ट्रिय विखण्डनको दिशातिर धकेलिएको छ । यी समस्याहरूको कारणहरू सहमतिको उल्लंघनले लयाएका परिणामहरू हुन् ।
१४. माथिका सहमतिहरू क्रान्तिको नेतृत्व गरेको तत्कालीन माओवादी, सत्तासीन संसदवादी र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको रोहवरमा भएका हुन् । यी सहमतिहरू कांग्रेसबाट एकलौटी रूपमा उल्लंघन हुँदा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको घोर अवहेलना तथा उपेक्षा भएको छ । तसर्थ, यी सहमतिहरूलाई पूर्ण रुपले कार्यान्वयन गराउन संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्टिय समुदायको विशेष हाम्रो पार्टी ध्यानाकर्षण गर्दछ ।
१५. भारतसित भएको सन् १९५० को असमान सन्धि र त्यसपछिका तमाम गोप्य तथा नेपालको हित विपरीत सहमतिहरुको जगमा टेकेर पीटीए, पीडीए लगायत नेपालका जमिन, जङ्गल, जल, खनिज लगायतका प्राकृतिक सम्पदामाथि नियन्त्रण गरिरहेको छ । सन् १९५० लगायत सबै प्रक्रिया तत्काल खारेज गरियोस्् भन्ने हाम्रो पार्टी चाहन्छ ।
१६. हामी शान्ति चहान्छौं, स्वाधीनता चाहन्छौं, परिवर्तन र समृद्धि चाहन्छौं । हामीलाई नेपाली जनता, श्रमजीवि वर्ग, राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरू कुनै स्वार्थको सर्त र आवश्यकता मान्य छैन । हाम्रो यो अभियानमा देशभक्त, वामपन्थी, प्रगतिशील, मजदूर, किसान, जनजाति, दलित, महिला, युवा सबैले सहयोग पु¥याइदिनु हुनेछ भन्ने विशेष आग्रह गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित !
…….. ……….
(विप्लव)
संयोजक
राष्ट्रिय सम्मेलन आयोजक समिति
नेपाल कम्युनिस्ट पार्टी माओवादी

Monday, September 15, 2014

एरिया स्तरीय संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, नेकपा – माओवादीको एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।



२०७१ भदौ २९ 
एरिया नं. ५ र ६
ग्वालटार, भुवनेश्वरी सिन्धुली ।

नेकपा – माओवादी एरिया नं. ५ र ६ को संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम मिति २०७१ भदौ २९ गते एरिया नं. ५ अन्तरगत ग्वालटार भुवनेश्वरीमा भव्य ढंगले सम्पन्न भएको छ ।  एरिया स्तरीय बृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा त्यस एरिया अन्तरगतका गाविसहरुबाट पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनले राष्ट्रिय राजनीतिमा पार्टीले लिएको नीति तथा पार्टीले खेल्नु पर्ने भुमिका, संगठनको आगामी कार्ययोजना, राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि पहल, संयुक्त तथा एकल आन्दोलनका कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । जनताले हाम्रो पार्टी माथि ठुलो अपेक्षा गरेका छन त्यसको साथै हामीले अपुरो रहेको जनवादी क्रान्ति पुरा गर्नु पर्ने दायीत्व पनि हामै्र काध माथि आईपरेको कुरा बताउदै पार्टीले जनताको अपेक्षा र वर्तमानले सुम्पेको जिम्मेवारी पुरा गर्न जोडदार ढंगले लाग्नु पर्ने कुरा बताउनु भयो । एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला सदस्य तथा एरिया नं. १० का  सेक्रेटरी क. रोमनराज गिरी “अशोक”ले पार्टी केन्द्र, राज्य, जिल्ला समितिको पाचौं पूर्ण बैठकले गरेको निर्णयको बारे र पार्टी एरिया समितिले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

शहीदहरु प्रति श्रद्धान्जली गरी शुरु गरिएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला सदस्य तथा एरिया नं. ५ का सेक्रेटरी क. अर्जुन थापाले गर्नु भएको थियो । जिल्ला सदस्य तथा एरिया नंं. ६ का एरिया सेक्रेटरी क. जुद्धबहादुर विक “जगत” ले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया समिति र कतिपय गाविसहरुको गाँउ पार्टी समितिको पुर्नगठन समेत गरिएको छ ।

एरिया समितिहरुको पुर्नगठन ः
नेकपा – माओवादी एरिया नं. ५ को पुर्नगठित समितिमा ः
सेक्रेटरी क. अर्जुन थापा र सदस्यहरुमा क. प्रेमप्रसाद पहाडी – डुडभन्ज्याङ,  क. डिल्ली तोलाङ्गे – भुवनेश्वरी,  क. गिता विक – तिनकन्या,  क. राजन चौहान – डुडभन्ज्याङ, क. गौरब विक वितिजोर  लगाएत कामरेडहरु रहनु भएको छ ।

एरिया नं. ६ को पुर्नगठित एरिया समितिमाः
सेक्रेटरी क. जुद्धबहादुर विक “ जगत”, र सदस्यहरुमा क. तेजप्रसाद देवकोटा – भिमेश्वर, क. विजय विक – जलकन्या, क. चन्द्रकला रम्तेल – रतनचुरा, क. उमेश मगराती – बाशेश्वर, क. पवित्रा तामाङ, क. भोजबहादुर देवकोटा “धनन्जय” लगाएत रहनु भएको छ ।

पुर्नगठित गाँउ समितिहरु ः
भुवनेश्वरी गाविस, 
सेक्रेटरी क. डिल्ली तोलाङ्गे, सह सेक्रेटरी द्धय क. अमृत तोलाङ्गे, क. कविन्द्र बयलकोटी र सदस्यहरुमा क. खड्कबहादुर तोलाङ्गे, क. सोमबहादु रम्तेल, क. ताराबहादुर तोलाङगे लगाएत रहनु भएको छ ।

डुडभन्ज्याङ्ग गाविस,
सेक्रेटरी क. प्रेमप्रसाद पहाडी, सह सेक्रेटरी द्धय क. राजन चौहान, क. शंकर थापा र सदस्यहरुमा क. शेरबहादुर अछामी क. झमक नेपाली लगाएत रहनु भएको छ ।

भीमेश्वर गाविस,
सेक्रेटरी क. तेजबहादुर देवकोटा सह सेक्रेटरी द्धय क. पवित्रा तामाङ, क. लक्ष्मीप्रसाद देवकोटा र सदस्यहरुमा क. कृष्णबहादुर नेपाली, क. हरी नेपाली, क. लालबहादुर श्रेष्ठ, क. चिनीमाया आले लगाएत रहनु भएको छ ।

जलकन्या गाविस,
सेक्रेटरी क. विजय विक, सह सेक्रेटरी द्धय क. सन्तबहादुर नेपाली, क. जिवन नेपाली र सदस्यहरुमा क. भेषबहादुर मगराती, क. सन्तोष मगराती लगाएत कामरेडहरु रहनु भएको छ ।

बाशेश्वर गाविस,
सेक्रेटरी क. उमेश मगराती सह सेक्रेटरी द्धय क. खिलबहादुर परियार, क. ईच्छाराम परियार र सदस्यहरुमा क. कल्पना परियार, क. दुर्गा परियार, क. अशोक परियार, क. स्यामबहादुर परियार लगाएत रहनु भएको छ भने सल्लाहकारमा क. रामबहादुर कालिकोटेलाई निर्वाचित गरेको छ ।

राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया तथा गाँउ पार्टी कार्यालयहरुको व्यवस्थापन, जवस ÷मोर्चाहरुको संगठन तथा सदस्यता वितरण, आन्दोलनको प्रचारात्मक कार्यक्रम, वडा स्तरीय समितिहरुको पुर्नगठन लगाएतका कार्यक्रमहरु समेत निमार्ण गरेको छ ।

नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ ३० 



एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न, आवश्यक एरिया तथा गाँउ समितिहरुको पुर्नगठन ।




२०७१ भदौ २८
एरिया नं. १०
झाँगाझोली रात्माटा, सिन्धुली ।

नेकपा – माओवादी जिल्ला समिति सिन्धुलीको पाचौ पूर्ण बैठकको निर्णय अनुशार यतिखेर एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम २०७१ भदौ २८ गते झाँगाझोली रात्माटा गाविसमा  भव्य ढंगले सम्पन्न गरिएको छ । एरिया नं. १० अन्तरगत सवै गाविसहरुका पार्टी सदस्यहरुको वृहत राजनैतिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव जिल्ला सेक्रेटरी क. चिरन पुन रहनु भएको थियो । राष्ट्रिय स्वाधीनताको रक्षा र जन संविधानको निमार्णको लागि जनताको जुझारु आन्दोलन निर्णयक भएको कुरा राख्नु भयो । यतिखेर  केन्द्रीय पार्टीले ठेगान गरेको ४ चरणको आन्दोलनका कार्यक्रमहरुलाई सशस्क्त ढंगले सम्पन्न गर्ने तयारीमा यो राजनैतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रस्ट पार्नु भयो । संविधान सभाको कथित निर्वाचन अगावै पार्टीले सर्वपक्षीय राजनैतिक सम्मेलनद्धारा मुलुक निकाश दिनु पर्ने कुरा उठाउदै आएको थियो, हाम्रो माग, ऐजेण्डा र नारा जनपक्षीय, वस्तुपरक र यथार्तपरक  थियो, त्यसैले ढिलैभए पनि प्रतिक्रियावादी, अवसरवादी, नवसंशोदनवादी र संसदवादी दलहरु सर्वपक्षीय राजनैतिक सम्मेलनको लागि वाध्य भएर तयार भएको कुरा बताउनु भयो ।  राजनैतिक हिसावले हामी हस्तक्षेपकारी भुमिकामै तर संगठनात्मक अवस्थाको मजबुतिकरण यतिवेलाको मुख्य विषय भएको बताउदै पार्टीलाई चुस्त, दुरुस्त, सक्रिय, सशक्त बनाउदै लैजानु पर्ने कुरा प्रशिक्षण मन्तव्य राख्दै क. पुनले बताउनु भयो । हामीले अपुरो रहेको नेपालको जनवादी क्रान्ति पुरा गर्नु छ, जनताको जनवादी अधिनायकत्व र सर्वहारा बर्गको राज्यसक्ता स्थापना गर्दै साम्यवादी लक्ष्य चुम्नु छ त्यसैले त्यो स्प्रीरिटमा लाग्न सवै पार्टी सदस्यहरुलाई प्रशिक्षण दिनु भयो ।

एरिया स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा अर्र्का अतिथि जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” ले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई हामीले आत्मसाथ गर्नु पर्दछ । पार्टी सदस्यहरुको काम, कर्तव्यको बारेमा प्रशिक्षण दिनु भयो । क्रान्तिको लागि क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा (सक्ता) अनिवार्य हुन्छ अब हामीले त्यसको अभ्यासमा जानु पर्दछ भन्दै यो राजनैतिक प्रशिक्षण कार्यक्रमले अवश्य बल पुर्याउने कुरा राख्नु भयो ।

कार्यक्रमको अध्यक्षता जिल्ला सल्लाहकार क. दयाराम रन्जीतकारले गर्नु भएको थियो । शहीदहरु प्रति १ मिनेट श्रद्धान्जली गरी शुरु भएको कार्याक्रममा स्वागत मन्तव्य क. निरराज गिरीले राख्नु भएको थियो भने, राजनैतिक प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला सदस्य तथा एरिया नं. १० का  सेक्रेटरी क. रोमनराज गिरी “अशोक” ले गर्नु भएको थियो । यसै दौरानमा क. निरराज गिरी सेक्रेटरी रहनु भएको झाँगाझोली रात्माटाको गाँउ पार्टी समितिको पुर्नगठन गरिएको छ । सदस्यहरुमा क. दयाराम रन्जीतकार, क. रोहितराज गिरी, क. हरिशरण गिरी, क. अमृत विक, क. खम्व विक, क. देवी नेपाली, क. कुष्णकुमार पुरी, क. नवराज श्रेष्ठ लगाएत रहनु भएको छ । राजनैतिक प्रशिक्षण कार्यक्रमको दौरानमा एरिया स्तरीय प्रचार प्रसार, आन्दोलनको तयारीका कार्यक्रमहरुको आवश्यक निर्णयहरु समेत गरिएको छ ।

एरिया नं. ११
हायुटार वस्तीपुर सिन्धुली ।
नेकपा – माओवादी एरिया नंं ११ को आयोजनामा राजनैतिक प्रशिक्षण कार्यक्रम बस्तीपुर गाविसको हायुटारमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यालय सदस्य क. विनोद दहाल हुनुहुन्थ्यो ।

राजनैतिक प्रशिक्षण मन्तव्य राख्दै क. विनोद दहालले पार्टीका आगामी नीति र कार्यक्रमको बारेमा प्रष्ट पार्नु भयो । अहिले जिल्लामा हाम्रो पार्टी संगठन सुद्धिढिकरण अभियानमा रहेको छ, सवै एरिया हरुमा राजनैतिक प्रशिक्षण कार्यक्रमहरु ठेगान गरिएको बताउनु भयो । आन्दोलनको तयारी, संगठन सुद्धिढिकरण, जबस ÷ मोर्चाका सदस्यता वितरण र गाँउ पार्टीलाई व्यवस्थीत गर्दै हामी जनवादी क्रान्तिको तयारीमा लागेको कुरा प्रशिक्षणको दौरानमा क. विनोद दहाले बताउनु भयो ।

जिल्ला समिति सदस्य तथा एरिया नंं ११ का सेक्रेटरी क. पूर्णकुमारी देवकोटा “निमा” को अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको शुरुवात शहीदहरुप्रति १ मिनेट मौन धारण गरी शुरु गरिएको थियो । जिल्ला समिति सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव क. पदमशंकर सुुनुवारले कार्यक्रमको संचालन गर्नु भएको थियो । राजनैतिक प्रशिक्षणको दौरानमा एरिया स्तरीय संगठनको आगामी कार्ययोजना बनाउदै नेकपा – माओवादी एरिया नं. ११ को एरिया समितिको पुर्नगठन गरिएको छ । जसमा सेक्रेटरी क. पूर्णकुमारी देवकोटा “निमा” र सदस्यहरुमा क. ईन्दमणी सुनुवार, क. लोककुमारी खड्का, क. चन्द्रबहादुर थामी, क. रोशनकुमार व्लोन, क. गणेश वाईवा, क. नानीमैया थिङ, क. शंसेरबहादुर स्याङ्तान लगाएत रहनु भएको छ ।

नेकपा – माओवादी
जिल्ला कार्यालय
सिन्धुली ।
२०७१ भदौ २९


Monday, September 8, 2014

शहीद क. शेरमान कुँवर “विशाल” र क. मोहनचन्द्र गौतम “कुमार” दशौ स्मृती सभा सम्पन्न, अपुरो रहेको जनवादी क्रान्तिलाई नेकपा — माओवादीले पुरा गर्ने उपाध्यक्ष क. “गौरब” को दावी ।




नेपाल कम्युनिष्ट पार्टी — माओवादी जिल्ला समिति सिन्धुलीको आयोजनामा  शहीद द्धय क. शेरमान कुँवर “विशाल” र क. मोहनचन्द्र गौतम “कुमार” दशौ स्मृती सभा कमलामाई नगरपालीका स्थित सभागृहमा भव्य ढंगले सम्पन्न भएको छ । १० औं स्मृति सभामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी — माओवादीका केन्द्रीय उपाध्यक्ष क. “गौरब” ले सहि क्रान्तिकारी सिद्धान्त र विचारले ओतप्रोत भएको आफ्नो पार्टी नेकपा — माओवादीले मात्र शहीद द्धय क. “विशाल” र “कुमार” ले देखाएको बाटोमा अघि बढेको बताउनु भयो । संशोधनवादी तथा नव संशोधनवादीहरुले क्रान्तिकारी शहीदहरुलाई संझेर आशु चुहाउनुको कुनै अर्थ नभएको भन्दै नयाँ जनवादी क्रान्तिको दौरानमा उहाँहरु शहीद हुनु भएकोले अपुरो रहेको क्रान्तिलाई आफ्नो  पार्टीले पुरा गर्ने बताउनु भयो । उहाँहरु दुवै निकै क्रान्तिकारी, अनुशासित, जनप्रेमी, जुझारु, संघर्षशिल रहनुभएको सन्दर्भ उल्लेख गर्दै उहाँहरुको शहादतले नेपाली क्रान्तिलाई निकै ठुलो क्षती भएको कुरा राख्नु भयो । प्रमुख अतिथि क. “गौरब”  ले हिजो “सर्वपक्षीय राजनैतिक सभा”द्धारा नयाँ संविधानको अन्तरवस्तुलाई  हल गर्ने कुरा राख्दा यो माग र नारालाई बे मौसमको खेती भन्नेहरु आजको परिस्थितिमा यहि  “सर्वपक्षीय राजनैतिक सभा” मा आउन तयार भएको बताउनु भयो । हामीले सहि माग उठाएका थियौं, आज त्यो पुष्टी भएको छ, । अझै पनि हामी र सम्पूर्ण जनता ढुक्कहुने अवस्था छैन, सवै जनताले जन संविधानको लागि संघर्षमा उत्रन तयार रहनु पर्दछ त्यसको नेतृत्व नेकपा — माओवादीले गर्नेछ, क. “गौरव” ले बताउनु भयो । पार्टीको केन्द्रीय समितिको बैठक सकेर फर्कदै गरेको अवस्थामा तत्कालिन शाही सेनाले घेरा हालेर सिराहामा तत्कालिन केन्द्रीय सदस्यद्धय क. “विशाल” र क. “कुमार” सहित ५ जनालाई २०६१ भदौ २० गते हत्या गरेको थियो ।

शहीदहरु प्रति श्रद्धान्जली गरी शुरुभएको दशौ स्मृति सभामा नेकपा — माओवादीका केन्द्रीय सदस्य क. “सन्ध्या”, नेकपा (एकीकृत) का जिल्ला सेक्रेटरी क. ढकप्रसाद देवकोटा, नेकपा (माक्र्सवादी) का केन्द्रीय पार्सद क. पर्शुराम प्याकुरेल,  राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष क. मानबहादुर लो, जनक्रान्तिका महान शहीद परिवार समाज सिन्धुलीका अध्यक्ष क. पूर्णकुमारी देवकोटा “निमा” लगाएतले शहीद द्धयको बारेमा स्मृति मन्तव्य राख्नु भएको थियो ।

शहीद क. “विशाल” का दाजु क. युद्धकुमार कुँवरको उपस्थितिमा सम्पन्न भएको दशौ स्मृति सभा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सभागृह हलमा खचाखच भरिएको जनसमुदाय वीच सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्यालय सदस्य क. डम्मर कार्की र शहीद द्धयको जिवन परिचय जिल्ला कार्यालय सदस्य क. विनोद दहालले स्पस्ट पानु भएको  गर्नु भएको थियो । भने संचालन जिल्ला सदस्य तथा कार्यालय सेक्रेटरी क. मनु अछामीले गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी – माओवादी
जिल्ला कार्यालय सिन्धुली । 
२०७१ भदौ २० ।


Sunday, September 7, 2014

नेकपा – माओवादीको जिल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न, केन्द्रीय उपाध्यक्ष क. सिपी गजुरेल “गौरब” ले पार्टीलाई जिल्लाको १ नं. पार्टी बनाउन प्रशिक्षण ।


नेपाल कम्युनिष्ट पार्टी — माओवादी जिल्ला समिति सिन्धुलीको आयोजनामा  कमलामाई नगरपालीका सभागृह हलमा जिल्ला प्रशिक्षण कार्यक्रम भव्यरुपमा सु सम्पन्न भएको छ । जिल्ला प्रशिक्षण कार्यक्रम प्रशिक्षण दिदै प्रमुख अतिथि क. सिपी गजुरेल “गौरब”ले नव संशोदनवादीहरुसग सम्वन्ध विच्छेद गर्नु तत्कालिन अवस्थामा हाम्रो अनिवार्य आवश्यकता तथा वाध्यता रहेको बताउनु भयो । क्रान्तिकारीहरुले आफ्नो लक्ष्यमा पुग्न विभिन्न खाले अवसरवादी तथा संशोदनवादी र नवसंशोदनवादीहरुसँग सम्वन्ध विच्छेद र विद्रोह गर्दै क्रान्तिकारी योजनाको लागि अगाडि बढ्नु पर्ने कुरा भन्नु भयो । पार्टीले केन्द्रीय सत्ता कव्जा गर्ने अभियानमा रहेको बेला नियोजित ढंगले नेतृत्वले आन्दोलनलाई ठुलो गद्धारी गरेर धोका दिएकोले आफुहरुले त्यो पार्टीबाट विद्रोह गरी नयाँ जनवादी क्रान्तिको लागि नयाँ ढंगले पार्टीलाई पुर्नगठन गरेर यहासम्म आएको बताउनु भयो । यतिले मात्र पुग्दैन जिल्लामा हाम्रो पार्टीलाई जिल्लाको १ नंम्वरको पार्टी बनाउनु छ,  हामीले ठिकै गरेका थियौ, त्यसको पुष्टी आजको राष्ट्रिय राजनीतिमा हामीले अघि सारेको नीति र कार्यक्रममा आउन  सवै दलहरु बाध्य परेको र अझै पनि जन संविधान बन्न सक्नेमा आफुहरु ढुक्क नहुने कुरा राख्नु भयो । आन्दोलनको बलले नै हामीले जनताको अधिकार स्थापीत गर्न सफल हुने भएकोले अझै पनि शसस्क्त आन्दोलनको लागि तयार रहनु पर्ने कुरा बताउनु भयो । पार्टीलाई सुद्धिढ, सक्रिय, सशस्क्त बनाउदै अपुरो रहेको नेपाली क्रान्तिलाई पुरा गर्ने कुरा बताउनु भयो । 

जिल्ला प्रशिक्षण कार्यक्रमा केन्द्रीय सदस्य तथा दक्षीण ताम्सालिङ ईन्चार्ज क. “सन्ध्या” ले पार्टी अहिले विभिन्न चरणको संघर्षको कार्यक्रम लिएर आएको छ, त्यसलाई  सफल पार्न सम्पूर्ण सदस्यहरु जोडदार ढंग्ले लाग्नु पर्ने कुरा प्रशिक्षणको दौरानमा बताउनु भयो । अर्का केन्द्रीय सदस्य तथा सेक्रेटरी क. चिरन पुनले जिल्ला पार्टीले खेल्नु पर्ने भुमिका, संगठन परिचालन र जिल्ला पार्टीले संचालन गर्ने संघर्षको बारेमा प्रशिक्षण दिनु भएको थियो । जिल्लामा पार्टीले प्रशासनिक कामलाई कसरी प्रभावकारी  र हस्तक्षेपकारी बनाउन सकिन्छ ? पार्टीको स्थानीय तथा एरिया र जिल्ला तहमा जनताको समस्याहरुलाई विभिन्न सम्वन्धित निकायहरुमा उठाउन सकिन्छ भन्ने बारे प्रशिक्षण जिल्ला कार्यालय सदस्य क. डम्मर कार्कीले दिनु भएको थियो । 

शहिदहरु प्रति १ मिनेट मौन धारण गरि अघि बढेको जिल्ला प्रशिक्षण कार्यक्रमको अध्यक्षता सेक्रेटरी क. चिरन पुन, स्वागत जिल्ला कार्यालय सदस्य क. थलप्रसाद देवकोटा “शुवर्ण” र संचालन जिल्ला कार्यालय सदस्य क. विनोद दहालले गर्नु भएको थियो भने, केन्द्र, राज्य र जिल्लाको पाचौं पूर्ण बैठकले गरेका निर्णयहरुको परिपत्र बाचन जिल्ला कार्यालय सदस्य क. बर्तमान राई “शशी” ले गर्नु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका सल्लाहकारहरु, सदस्यहरु, एरिया तथा गाँउ पार्टी समितिका सेक्रेटरीहरु र पार्टीको तर्फबाट स्थानिय निकायमा प्रतिनिधित्व गर्ने सदस्यहरुको सहभागीता रहेको थियो । जिल्ला प्रशिक्षणले पार्टीको भुमिकालाई जिल्ला भर अझ प्रभावकारी बनाउने महत्वपूर्ण भुमिका खेल्न थप उत्साह थपको र विभिन्न संगठनात्मक, प्रशिक्षणात्मक तथा संघर्षका कार्यक्रमहरु समेत निर्माण गरेको छ । 


नेपाल कम्युनिष्ट पार्टी – माओवादी 
जिल्ला कार्यालय सिन्धुली 



२०७१ भदौ २० । 

Saturday, August 30, 2014

नेपालमा भएका विद्रोहका केही सन्दर्भहरु

  • हालसम्मका प्रमाणित नेपालका प्रथम सहिद लखन थापा हुन । जसले राणा शासन विरुद्ध विक्रम सम्वत १९३३ तिर विद्रोह शुरु गरेका थिए । तर केही समय पश्च्यात नै राणा प्रधानमन्त्री जंगबहादुर राणाको सरकारले लखन थापा सहित ६ जना युवाहरुलाई गोर्खा मनकामनामा रुखमा झुण्डाएर हत्या गरियो । 
  • वि. सं १९८० को दशकको अनत्य तिर प्रचण्ड गोर्खाले ९० को दशकमा नेपाल प्रजापरिषदले राणा सासन विरुद्ध सशस्त्र र निशस्त्र आन्दोलन गरे । प्रचण्ड गोरखाका सदस्यहरुले वि. स १९८८ मा भीम शमसेर माथि बम प्रहार गरे । त्यो बेला सघर्षको दौरानमा ४ जनाको हत्या गरियो । 
  • वि. स. १९९९ मा भारतमा आन्दोलन गरिरहेका जय प्रकाश नारायण र राममनोहर लोहियालाई राणाहरुले गिरफ्तार गरेर सिराहा जिल्लाको हनुमान नगरको जेलमा राखेका  अवस्थामा नेपाली युवाले जेलमा सशस्त्र आक्रमण गरी नारायण र लोहियालाई छुटाएर भारत पठाइदिने काम भयो । 
  • वि. स. २००४ सालमा स्थापना भएको नेपाली काग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासन विरुद्ध सशस्त्र संघर्ष शुरु गरेको थियो । त्यो बेला तत्कालीन सरकारले दजर्नौको हत्या गर्यो । तर २००७ सालमा राणा, काग्रेस र भारको त्रीपक्षीय संझौतामा सशस्त्र युद्ध तुहियो । निश्चितै रुपमा राणाहरुलाई संझौतामा आउन काग्रेसले थालेको सशस्त्र युद्धले नै बल पुगेको थियो । 
  • वि. स. २००८ सालमा सामन्तवाद र विस्तारवाद विरुद्ध सुदुर पश्चिममा किसान नेता भिमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौं युवाहरु सामेल भएका थिए । 
  • वि. स. २००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठान गरे तर राज्यको ठुलो दमन गर्यो र उनि मारिए । 
  • राजाको कु विरुद्ध नेपाली काग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन शुरु गरे । सोही साल माघ ५ गते जनकपुरको रगभूमीमा राजाको गाडिमाथि बम प्रहार गरियो। सोही आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फाँसी दिईयो । २००७ साल देखि २०१७ सालसम्म संचालन भएको संघर्षको दौरानमा ८ जनाले ज्यान गुमाए । 
  • २०१८ माघमै कागे्रसले भरतपुर कव्जा गर्यो । सोही सेरोफेरोमा पर्सा, कन्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधी गरियो । यो दौरानमा ११९ जनाको ज्यान गएको थियो । 
  • २०१९ असौज १७ गते पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजा सहित ११ जना काग्रेसी कार्यकर्तालाई शाही सेनाले गिरफ्तार गरी वित्थड लेकमा हत्या गरियो । 
  • नेपाली काग्रेसले सशस्त्र संघर्षको क्रममा २०३१ सालमा ओखलढुङाको टिमुरेबोटेमा ४१ जना  कार्यकर्ता शाही सेनाको अपरेशनमा मारिएका थिय । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । 
  • २०३१ सालमा राजा विरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरियो । तर काग्रेसले २०३३ सालमा राजासँग सहकार्य गर्ने मेलमिलापको नीति लिएपछि सशस्त्र  संघर्षको नीति त्याग्यो । 
  • २०२७ सालमा तत्कालिन पूर्व कोशी प्रान्तीय कमिटी मातहात कार्यरत झापाका केही कम्युनिष्टहरुले तयस कमिटीबाट अलग भई “झापा जिल्ला कमिटी नेकपा” को स्थापना गरे । अलग पार्टीको स्थापना पछि “बर्ग सत्रु खत्तम पार्ने” विद्रोह शुरु गरे । यो नै नेपालको योजनावद्ध र संगठित सशस्त्र संघर्ष थियो । त्यो दौरानमा २३ जनालाई राज्यले मार्यो । 
  • २०३० र ३१ सालमा झापामा पुन किसान संघर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुषा, सिन्धुलीमा पनि किसान संघर्ष चल्यो र शासकको रित्तता बनाउने काम गरे तर कम्युनिष्ट पार्टीले त्यसको नेतृत्व दिन सकेन । 
  • २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोशिस गरियो । त्यसबेला खडेरीले चितवनमा अनिकाल परेको थियो । जुगेडीमा धर्मे र घोडे भन्न दुई सामन्तले अन्न लुकाएर राखेका थिय । चेपाङ र गुरुङ जातिको बाहुल्य रहेको त्यो स्थानमा खानको लागि संघर्ष गर्नु बाहेक विकल्प नदेखे पछि २०३४ साल असार ६ गते किसानहरुले सुरक्षा दल बनाई ति सामन्तहरुको घर कव्जा गरे र अन्न बितरण गरियो । 
  • २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो भने सोही साल सुर्खेत काण्डमा ७ जनालाई मार्ने काम भयो । 
  • २०३७ सालमा सिन्धुलीका केहि युवाहरुले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालिन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले उनिहरुमाथि दमन गर्यो र श्रृषी देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए र अन्य जेलमा परे । 
  • २०३८ सालको राष्ट्रिय पन्चायतको चुनावमा रोल्पा थबाङमा जनताले विद्रोह गरे र त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्यो । 
  • २०४० सालको सिन्धुपाल्चोकको पिस्कर काण्डमा ६ जनालाई मारियो । 
  • २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबार वरिपरी, सिंहदरवार दक्षीण ढोका, राष्ट्रिय पन्चायत भवनको आसपास बम प्रहार गरियो । 
  • २०४२ साल चैत्रमा घोषणा भएको चुनावमा ध्वस्त पार्नको लागी तत्कालिन नेकपा (मशाल)का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण गरियो । 
  • २०४६ सालको जन आन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमानउनु परेको थियो । 
  • २०५२ साल तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्ध सुरु गरियो र त्यो १० बर्ष सम्म चल्यो र १५ हजार भन्दा धेरै शहीद बने । 
  • त्यस पछि पनि विभिन्न चरणमा संघर्षहरु संचालन गरिएका छन मद्येश आन्दोलन ०६२ ६३ को आन्दोलन मा पनि नेपालीहरुले शहीद बन्ने क्रम रोकिएको छैन । 


Communist revolution,

Communist revolutions throughout history
The following is a list of communist revolutions throughout history. Among the lesser known revolutions, a number of borderline cases have been included which may or may not have been communist revolutions. The nature of unsuccessful revolutions is particularly contentious since one can only speculate as to the kinds of policies that would have been implemented by the revolutionaries had they achieved victory.
v  The creation of the short-lived Paris Commune in 1871, which was crushed within months by the French Army.
v  The 1917 communist revolution in Russia, known as the October Revolution and a part of the Russian Revolution. It resulted in the victory of the Bolsheviks and the creation of Soviet Russia, the predecessor of the Soviet Union.
v  The Finnish Civil War of 1918 between the Reds and the Whites, ending in defeat for the Reds.
v  The German Revolution of 1918–19, led by Rosa Luxemburg and Karl Liebknecht, which ended in defeat for the communists.
v  The creation of the short-lived Bavarian Soviet Republic in 1919, which was defeated within a month by the German army and Freikorps.
v  The creation of the Hungarian Soviet Republic in 1919, led by Béla Kun, which was defeated after five months.
v  The Mongolian Revolution of 1921 led by the Mongolian People's Revolutionary Party, which defeated the Republic of China's Mongolian puppet state and the White Guardsunder Baron Ungern with the help of the Russian Red Army.
v  The 1932 Salvadoran peasant uprising, known as La matanza (the slaughter), Pipil and peasant rebellion led by Farabundo Martí.
v  The Chinese Revolution was final stage of the Chinese Civil War, that resulted in the victory of the Communist Party of China in China in 1949.
v  The People's Liberation War in Yugoslavia waged by the Yugoslav Partisans under the command of Josip Broz Tito with Allied support against the invading forces of Nazi Germany and the pro-Nazi Croatian Ustase. The victorious partisans establish the Socialist Federal Republic of Yugoslavia.
v  The August Revolution of 1945 creating the Democratic Republic of Vietnam.
v  The Proclamation of the Democratic People's Republic of Korea in 1948, when the Soviet-backed Workers Party of Korea, led by Kim Il-sung, announced the formation of the state of the Democratic People's Republic of Korea.
v  The Cuban Revolution of 1959 was a nationalistic revolution led by Fidel Castro and Che Guevara which overthrew former president Fulgencio Batista and instated a marxist-leninist socialist regime later on in Cuba. Even though Batista had been elected for his first term, he got himself into power for his second term through a coup d'état.
v  The Communist Party of Indonesia's support for President Sukarno, which ended when Indonesian General Suharto removed President Sukarno from power and defeated the Communist Party of Indonesia.
v  The First Indochina War that resulted in the defeat of the French at the Battle of Dien Bien Phu, 1954, and brought the Communist Party of Vietnam under Ho Chi Minh to power in North Vietnam. A victory followed closely by the protracted guerrilla warfare-dominated Vietnam War (1957–1975), which in turn led to the Fall of Saigon and the driving-out of occupying United States military forces there, and the unification of North and South Vietnam by communist guerrilla forces into the Socialist Republic of Vietnam. The conflict drastically changed neighboring Laos and Cambodia.
v  The Laotian Civil War resulting in the victory of the communist Pathet Lao/Lao People's Revolutionary Party in Laos by 1975, eliminating a coalition government with anti-communists led to the establishment of the communist-administered Lao People's Democratic Republic.
v  The victory of the Khmer Rouge in Cambodia in 1975, establishing the agrarian socialist regime known as "Democratic Kampuchea," with Pol Pot as dictator. In 1979 it was overthrown by former allies: socialist neighbor Vietnam and another communist party faction, reconstituted as the Kampuchean People's Revolutionary Party and establishing the People's Republic of Kampuchea.
v  The Malayan Emergency when the Malayan Communist Party and communist guerrillas fought against, and were defeated by, British and Malayan forces.
v  Maoist-styled "Protracted People's War" in the Philippines, launched by the New People's Army in 1969 and continuing at present.
v  The overthrow of Emperor Haile Selassie I by Mengistu Haile Mariam who then set up one-party Marxist-Leninist rule in Ethiopia by the communist Workers' Party of Ethiopiaestablishing the People's Democratic Republic of Ethiopia, until they were defeated and expelled by the democratic socialist Ethiopian People's Revolutionary Democratic Frontduring a subsequent civil war.
v  The Saur Revolution that brought the People's Democratic Party of Afghanistan to power in Afghanistan. They were overthrown by the mujahedin in 1992.[1]
v  The overthrow of Eric Gairy that brought the New Jewel Movement to power in Grenada from 1979 until 1983, when they were deposed by a United States-led invasion.
v  The Nicaraguan Revolution that overthrew the dictator Anastasio Somoza Debayle and brought the Sandinistas to power in Nicaragua from 1979 to 1990.
v  The Salvadoran Civil War, FMLN (mainly composed of Marxist-Leninist guerrilla groups) fought against the U.S. backed military government which suppressed the rebel movement by framing and mass murdering alleged Marxist-Leninist revolutionaries (El Mozote massacre). The FMLN was inspired by the ideologies of Farabundo Martí andVladimir Lenin.
v  The Internal conflict in Peru comprised two rebellions by two different Marxist organizations. One of several groups that calls itself the Communist Party of Peru, the Shining Path fought a bloody war beginning in 1980 with successive Peruvian governments, both democratic and authoritarian in nature, and independent paramilitaries organized by the government known as Ronda Campesina. The Shining Path attempted to enforce a particular brand of communism inspired by the beliefs of Mao Zedong, the leader of the People's Republic of China from 1949 to 1976. The Shining Path opposed any form of democracy and committed numerous human rights violations. Another organization, known as the Tupac Amaru Revolutionary Movement (MRTA), named after an Incan warrior Tupac Amaru began their own rebellion in 1982. The MRTA did not adhere toMaoism like the Shining Path, claimed to be fighting for democracy, believed in a more mainstream version of communism and modeled their movement on other left-wing guerrilla groups in Latin America. The MRTA and Shining Path quickly became bitter enemies and fought one another as well as the government of Peru. During the war atrocities were committed on all sides, but mostly by the Shining Path and the Peruvian military. Fighting goes on today with a small number of Shining Path cadres, however the movement has mostly been crushed and only operates in a very remote jungle region. Since the capture of Shining Path leader Abimael Guzman, the organization has lost most of its earlier support. The Tupac Amaru Revolutionary Movement was largely destroyed in 1997 after the Japanese embassy hostage crisis.
v  The Communist Party of Nepal (Maoist) fought a fairly successful revolutionary war against the autocratic King of Nepal. In 2006 peace was declared, and an agreement was reached that the Maoists would join an interim government.
v  In India, various Maoist-oriented factions (generally called Naxalites) have waged armed struggles since the Naxalbari rebellion of 1967. Today, the most prominent Naxalite group is the Communist Party of India (Maoist).

Thank you
Chiran pun



जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...