Monday, September 8, 2014

शहीद क. शेरमान कुँवर “विशाल” र क. मोहनचन्द्र गौतम “कुमार” दशौ स्मृती सभा सम्पन्न, अपुरो रहेको जनवादी क्रान्तिलाई नेकपा — माओवादीले पुरा गर्ने उपाध्यक्ष क. “गौरब” को दावी ।




नेपाल कम्युनिष्ट पार्टी — माओवादी जिल्ला समिति सिन्धुलीको आयोजनामा  शहीद द्धय क. शेरमान कुँवर “विशाल” र क. मोहनचन्द्र गौतम “कुमार” दशौ स्मृती सभा कमलामाई नगरपालीका स्थित सभागृहमा भव्य ढंगले सम्पन्न भएको छ । १० औं स्मृति सभामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी — माओवादीका केन्द्रीय उपाध्यक्ष क. “गौरब” ले सहि क्रान्तिकारी सिद्धान्त र विचारले ओतप्रोत भएको आफ्नो पार्टी नेकपा — माओवादीले मात्र शहीद द्धय क. “विशाल” र “कुमार” ले देखाएको बाटोमा अघि बढेको बताउनु भयो । संशोधनवादी तथा नव संशोधनवादीहरुले क्रान्तिकारी शहीदहरुलाई संझेर आशु चुहाउनुको कुनै अर्थ नभएको भन्दै नयाँ जनवादी क्रान्तिको दौरानमा उहाँहरु शहीद हुनु भएकोले अपुरो रहेको क्रान्तिलाई आफ्नो  पार्टीले पुरा गर्ने बताउनु भयो । उहाँहरु दुवै निकै क्रान्तिकारी, अनुशासित, जनप्रेमी, जुझारु, संघर्षशिल रहनुभएको सन्दर्भ उल्लेख गर्दै उहाँहरुको शहादतले नेपाली क्रान्तिलाई निकै ठुलो क्षती भएको कुरा राख्नु भयो । प्रमुख अतिथि क. “गौरब”  ले हिजो “सर्वपक्षीय राजनैतिक सभा”द्धारा नयाँ संविधानको अन्तरवस्तुलाई  हल गर्ने कुरा राख्दा यो माग र नारालाई बे मौसमको खेती भन्नेहरु आजको परिस्थितिमा यहि  “सर्वपक्षीय राजनैतिक सभा” मा आउन तयार भएको बताउनु भयो । हामीले सहि माग उठाएका थियौं, आज त्यो पुष्टी भएको छ, । अझै पनि हामी र सम्पूर्ण जनता ढुक्कहुने अवस्था छैन, सवै जनताले जन संविधानको लागि संघर्षमा उत्रन तयार रहनु पर्दछ त्यसको नेतृत्व नेकपा — माओवादीले गर्नेछ, क. “गौरव” ले बताउनु भयो । पार्टीको केन्द्रीय समितिको बैठक सकेर फर्कदै गरेको अवस्थामा तत्कालिन शाही सेनाले घेरा हालेर सिराहामा तत्कालिन केन्द्रीय सदस्यद्धय क. “विशाल” र क. “कुमार” सहित ५ जनालाई २०६१ भदौ २० गते हत्या गरेको थियो ।

शहीदहरु प्रति श्रद्धान्जली गरी शुरुभएको दशौ स्मृति सभामा नेकपा — माओवादीका केन्द्रीय सदस्य क. “सन्ध्या”, नेकपा (एकीकृत) का जिल्ला सेक्रेटरी क. ढकप्रसाद देवकोटा, नेकपा (माक्र्सवादी) का केन्द्रीय पार्सद क. पर्शुराम प्याकुरेल,  राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष क. मानबहादुर लो, जनक्रान्तिका महान शहीद परिवार समाज सिन्धुलीका अध्यक्ष क. पूर्णकुमारी देवकोटा “निमा” लगाएतले शहीद द्धयको बारेमा स्मृति मन्तव्य राख्नु भएको थियो ।

शहीद क. “विशाल” का दाजु क. युद्धकुमार कुँवरको उपस्थितिमा सम्पन्न भएको दशौ स्मृति सभा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी क. चिरन पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सभागृह हलमा खचाखच भरिएको जनसमुदाय वीच सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्यालय सदस्य क. डम्मर कार्की र शहीद द्धयको जिवन परिचय जिल्ला कार्यालय सदस्य क. विनोद दहालले स्पस्ट पानु भएको  गर्नु भएको थियो । भने संचालन जिल्ला सदस्य तथा कार्यालय सेक्रेटरी क. मनु अछामीले गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी – माओवादी
जिल्ला कार्यालय सिन्धुली । 
२०७१ भदौ २० ।


No comments:

Post a Comment

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ – चिरन सी प्रकाशन ः जनखबर डटकम २०८२ बैशाख, २ (मङ्गलबार) काठमाडौ । आउनुहोस, आउनुहोस, लैजानुहोस, सस्तो मुल्यमा बिक्री...